नक्कली भ्याट बिल बेचेरै बीरगञ्ज र काठमाडौंमा घर, एउटा कोठा भाडामा लिएर वार्षिक अर्ब बढीको कारोबार

  २०७७ मंसिर २८ गते १०:०८     विकासन्युज

काठमाडौं । नक्कली भ्याट विल विक्री गरेर अकुत सम्पत्ति कमाउनेहरुको पहिचान हुन थालेको छ । ‘पप्पु भ्याट’ भनिने एक व्यवसायिक फर्मका संचालकले नक्कली भ्याट विल विक्री गरेर अकुन सम्पत्ति आर्जन गरी बीरगञ्ज र काठमाडौंमा घर तथा गाडी समेत जोडेका छन् ।

राजस्व अनुसन्धान विभाग स्रोतका अनुसार सो फर्मले निश्चित प्रतिशत कमिसन खाएर आफ्नो फर्ममा वस्तु आयात तथा विक्री वितरण गर्न पनि दिएको छ । तर, विभाग स्रोतले सो फर्म र त्यसको संचालकको पहिचान भने खुलाएन ।

‘नक्कली भ्याट विलको कारोबार गरेर बीरगञ्ज र काठमाडौंमा घर जोडेको पाइयो, उसका गाडी पनि रहेछन्, अकुत सम्पत्ति कमाएको पनि भेटियो, सो फर्म र त्यसमा संलग्न व्यक्तिमाथि कानुनी कारबाहीको लागि मुद्दा दायरका अन्तिम तयारीमा छौं, केही दिनपछि आवश्यक विवरण सार्वजनिक पनि हुन्छ,’ स्रोतले भन्यो ।

सो फर्मले नक्कली भ्याट विलको कारोबारबाट एक अर्बभन्दा बढी अकुन सम्पत्ति आर्जन गरेको पाइएको स्रोतको दाबी छ ।

सो फर्मले बस्तु आयात गर्ने व्यापारिक फर्मलाई ४ प्रतिशत कमिसनमा आफ्नो नाममा आयात देखाउन दिने गरेको अनुसन्धानबाट देखिएको छ । आफूले बस्तु आयात गरेको नदेखाउने व्यापरिक फर्मलाई कमिसनमा सो फर्म प्रयोग गर्न दिने गरिएको तथ्य खुलेको छ ।

‘४ प्रतिशत जति कमिसनमा वस्तु आयात गर्न दिइने गरिएको रहेछ, आयातित वस्तु सम्बन्धित व्यापारिक फर्मले लाने र त्यसको हिसाव किताव केही पनि नदेखाउने गरिदो रहेछ, आयातकर्ता देखिएको फर्मले वस्तु आयात भएपनि विक्री नदेखाउने र विक्रीको विल फेरि ८ प्रतिशत जति कमिसन खाएर अन्य फर्महरुलाई विक्री गर्ने गरिएको रहेछ, यो आफैमा नौलो घटना हो,’ स्रोतले भन्यो ।

वार्षिक अर्बभन्दा बढीको कारोबार गर्ने सो फर्मले एउटा सामान्य कोठा भाडामा लिएर कारोबार गर्ने गरेको पनि अनुसन्धानबाट खुलेको छ ।

सम्बन्धित समाचार

मनिष ट्रेडिङको भ्याट बिल धन्दा, किन्ने कुर्तासुरुवाल–बेच्ने डण्डी सिमेन्ट

नक्कली भ्याट विल विक्रीबाट २ सय फर्मले छले १५ अर्ब राजस्व, १०० फर्मको अनुसन्धान अन्तिम चरणमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.