दीर्घ मैनालीलाई अर्को सफलताः साढे २ अर्ब राजश्व ठगी गर्ने नक्कली नेपाली यसरी समातिए

<p>काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घ मैनालीलाई फेरि एक अर्को सफलता मिलेको छ । नक्कली भ्याट बील, नक्कली नागरिकता लगायतका गैर कानुनी काम गर्दै राजश्व ठगी गर्ने विभिन्न ठगहरुलाई तह लगाउँदै आएका मैनालीलाई पुनः एक पटक अर्काेसफलता मिलेको हो । मैनाली नेतृत्वकाे विभाग नक्कली नेपाली नागरिकता बनाएर राजश्व ठगी गर्ने नक्कली नेपाली अर्थात भारतीय [&hellip;]</p>

काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घ मैनालीलाई फेरि एक अर्को सफलता मिलेको छ । नक्कली भ्याट बील, नक्कली नागरिकता लगायतका गैर कानुनी काम गर्दै राजश्व ठगी गर्ने विभिन्न ठगहरुलाई तह लगाउँदै आएका मैनालीलाई पुनः एक पटक अर्काेसफलता मिलेको हो ।

मैनाली नेतृत्वकाे विभाग नक्कली नेपाली नागरिकता बनाएर राजश्व ठगी गर्ने नक्कली नेपाली अर्थात भारतीय मुलका एक जना सुनिल सोनी विरुद्द दुई अर्ब उनान्चालिस करोड पचपन्न लाख पन्ध्र हजार नौं सयको विगो सहित  मुद्दा दर्ता गर्न सफल भएकाे हाे ।

सोनी विरुद्ध राजस्व अनुसन्धान विभागले दुई अर्ब उन्ना चालिस करोड पचपन्न लाख पन्ध्र हजार नौं सयको विगो सहितको मुद्दा दायर गरेको जानकारी दिएको छ ।

विभागले रुपन्देही जिल्ला सिद्धार्थनगरपालिका वडा नं १२ मा रहेको सोनी ज्वलर्स र सोनी गोल्ड एण्ड सिल्भरका सञ्चालक सोनी विरुद्धसोनीले नेपाली नागरिक सुनिलकुमार सुुनारको नाममा नागरिकता लिएर रुपन्देहीमा सुन पसल सञ्चालन गर्दै आएको पाएकोले उनी विरुद्द राजस्व छलिको मुद्दामा दायर गरेको हो ।

उनले सुनचाँदी भन्सार छलि ल्याई अर्बौं राजस्व हिनामिना गरेको आरोपमा सोमबार वुटबल तुलसीपुर उच्च अदालतमा मुद्दा दायर गरेको विभागले जनाएको छ ।

सोनीले अवैध रुपमा सुन तथा चाँदी आयात तथा निर्यात गरि विक्रि वितरण गर्ने थाहा पाएपछि विभागले कारोबार स्थल र निजको बैंक खाताको विवरणबाट पत्ता लागेको विभागले जनाएको छ ।
सोनीको बैंक कारोबार, लेजर, विधि विज्ञान प्रयोगशालामा भएको डिजिटल फरेन्सिक ल्याबमार्फत उत्खनन गरेका सूचनाका आधारमा उनले सुन चाँदीको भन्सार चोरी पैठारी तथा निकासी गरेर राजस्व चुहावट गरेको पत्ता आरोव विभागको छ ।

मैनालीले उनले गरेको कामको विगत तीन महिनादेखि अनुसन्धान हुँदै आएको थियो । तर सूचना भने ६ महिना अगाडि नै पाएको उनले बताए ।

सोनीको सोनी ज्वलर्स र सोनी गोल्ड एण्ड सिल्भरले भन्सार चारीबाट २ अर्ब २३ करोड १३ लाख ३८ हजार ८ सय ७० र आयकर तर्फ १६ करोड ४१ लाख ७७ हजार ७३ रुपैयाँ राजस्व ठगी गरेको विभागले आरोप लगाएको छ ।

सम्बन्धित सामग्री: दीर्घराज मैनाली अर्थात नक्कली भ्याट बिलका ‘मुख्य दुस्मन’

Share News