नक्कली भ्याट विल विक्रीबाट २ सय फर्मले छले १५ अर्ब राजस्व, १०० फर्मको अनुसन्धान अन्तिम चरणमा

  २०७७ मंसिर १९ गते १२:१८     विकासन्युज

काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली मूल्य अभिबृद्धि कर (भ्याट) विक्री गर्ने २ सय फर्मको पहिचान गरेको छ । विभागले विगत २ वर्षको अनुसन्धानबाट सो संख्याका फर्मले नक्कली भ्याट विल विक्री गरेको पहिचान गरेको हो ।

नक्कली भ्याट विक्री गर्ने अहिलेसम्म २ सय फर्म पहिचान भएको र सोमध्ये करिब १ सय फर्मलाई कानुनी कारबाहीको लागि मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । बाँकी रहेका करिब १ सय फर्मको अनुसन्धान पनि अन्तिम चरणमा पुगेकोले छिट्टै न्यायिक निरुपणमा लगिने उनको भनाइ छ ।

‘हामीले अनुसन्धानबाट करिब २ सय फर्मले नक्कली भ्याट विल विक्री गरेर १५ अर्ब रुपैयाँको राजस्व छलिगरेको पहिचान गरेका छौं, यसमध्ये करिब १ सय फर्मलाई कानुनी कारबाही गर्न मुद्दा दायर गरिसकिएको छ भने बाँकी १ सयको अनुसन्धान अन्तिम चरणमा पुगेको छ,’ महानिर्देशक मैनालीले भने ।

उनले बाँकी रहेका १ सय फर्मको अनुसन्धान सकेर एक महिनाभित्रमा मुद्दा दायर भइसक्ने पनि जानकारी दिए । दशैं, तिहार र छठ जस्ता ठूला चाडपर्वको लामो विदा परेको तथा कोभिडका कारण कर्मचारी विरामी परेकोले मुद्दा दायरको लागि महान्यायाधिवक्ता कार्यालयबाट राय आउन ढिलाई भएकोले न्यायिक निरुपणमा जान केही फाइल ढिला भएका छन् । विभागले मुद्दा दायर गर्नको लागि महान्यायाधिवक्ता कार्यालयबाट राय लिनुपर्ने कानुनी व्यवस्था छ ।

सम्बन्धित सामग्री

नेपालको कर प्रणालीको ‘रेक्टो फिटिङ’ गर्दै भीसीटीएस

दीर्घराज मैनाली अर्थात नक्कली भ्याट बिलका ‘मुख्य दुस्मन’

दीर्घ मैनालीलाई अर्को सफलताः साढे २ अर्ब राजश्व ठगी गर्ने नक्कली नेपाली यसरी समातिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.