विष्णु पौडेलका छोरा नवीनले २ वर्षमै तिरे ललिता निवासको जग्गा धितोमा लिएको ४९ लाख ऋण

<p>काठमाडौं । सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलका छोरा नविनले ललिता निवासको जग्गा धितो राखेर तत्कालिन यति डेभलपमेन्ट बैंकबाट लिएको ४९ लाख रुपैयाँ ऋण २ वर्षमै तिरेका छन् । बैंक स्रोतले दिएको जानकारी अनुसार नविनले ललिता निवासको ८ अना जग्गा धितो राखेर तत्कालिन यति डेभलपमेन्ट बैंकबाट सन् २०१३ मा ४९ लाख रुपैयाँ ऋण लिएका थिए । [&hellip;]</p>

नेकपा महासचिव पाैडेल

काठमाडौं । सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलका छोरा नविनले ललिता निवासको जग्गा धितो राखेर तत्कालिन यति डेभलपमेन्ट बैंकबाट लिएको ४९ लाख रुपैयाँ ऋण २ वर्षमै तिरेका छन् ।

बैंक स्रोतले दिएको जानकारी अनुसार नविनले ललिता निवासको ८ अना जग्गा धितो राखेर तत्कालिन यति डेभलपमेन्ट बैंकबाट सन् २०१३ मा ४९ लाख रुपैयाँ ऋण लिएका थिए । सो ऋण रकम सन् २०१५ मा नै तिरेको बैंक स्रोतले जानकारी दियो ।

नवीनले सन् २०१३ मा नै सवै ऋण तिरेका भने होइनन् । उनले सो ऋण वापत तिर्नुपर्ने सावाँ व्याजमा १ हजार रुपैयाँ बाँकी राखेर सन् २०१५ मा सो ऋण तिरेका थिए । बाँकी रहेको १ हजार रुपैयाँ सन् २०१७ मा तिरेको बैंकको भनाइ छ ।

नवीनले ललिता निवासको सो जग्गा प्रतिआना ४ लाख रुपैयाँका दरले किनेका थिए । उनले लिएको सबै ऋण चुक्ता भइसकेको बैंकको भनाइ छ ।

सम्बन्धित सामग्री

ललिता निवासको जग्गा धितोमा ऋणः अख्तियारले भने झै बैंकबाट अर्बाैं कर्जा प्रवाह भएको छैन

ललिता निवास जग्गा प्रकरणः अख्तियारले पेश गरेका तथ्य नै असान्दर्भिक

ललिता निवासको जग्गा धितोमा साढे २ अर्ब कर्जा, ऋण दिने बैंकलाई कारबाही गर्न अख्तियारको पत्र

अख्तियारले यसकारण विष्णु पौडेल विरुद्ध मुद्दा दायर गरेन

ललिता निवास जग्गा प्रकरणः पूर्वमन्त्रीसहित १७५ जना विरुद्ध मुद्दा

Share News