ललिता निवास जग्गा प्रकरणः पूर्वमन्त्रीसहित १७५ जना विरुद्ध मुद्दा

  २०७६ माघ २२ गते १७:४८     विकासन्युज

काठमाडौं । बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री सहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उनीहरु विरुद्द आयोगले बुधबार मुद्दा दर्ता गरेकाे हाे ।

नेपाली कांग्रेसका उप-सभापति तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, डम्बर श्रेष्ठऽ चन्द्रदेव जोशी र आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसहित १७५ जना विरुद्ध विशेष अदालतमा मुद्गदा दर्रता गरेकाे हाे ।

विशेष अदालतका उप-रजिष्ट्रार एवं सूचना अधिकारी इन्दु कुमार खड्का ले तीन जना पूर्व मन्त्रीसहित १ सय ७५ भ्रष्टाचार मुद्दा दायर भएको बताए ।

पूर्वसचिवहरू दीप बस्न्यात, दिनेशहरि अधिकारी र छबिराज पन्तविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । गच्छदार भौतिक पूर्वाधारमन्त्री र बस्न्यात मन्त्रालयका सचिव भएकाे समयमा ललितानिवासको करीब ११४ रोपनी सरकारी जग्गा नक्कली मोही हुँदै व्यक्तिका नाममा पुगेको थियो ।

सरकारले २८ फागुन २०७५ मा मन्त्रिपरिषद्बाट निर्णय गरेर यो प्रकरणमा अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई जिम्मा दिएको थियो । सीआईबीले १७ माघमा सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

कोसँग कति बिगो दाबी ?

प्रतिवादी संख्याः १ सय ७५ जना

बिगो दाबी माग गरिएको संख्याः ६५ जना

तीन पूर्वमन्त्रीहरू

विजयकुमार गच्छदारः ९ करोड ७५ लाख ७५ हजार रुपैयाँ

डम्बर श्रेष्ठः ९ करोड ७५ लाख ७५ हजार रुपैयाँ

चन्द्रदेव जोशीः ७ करोड ८ लाख ४८ हजार रुपैयाँ

पूर्वसचिवहरू

दीप बस्न्यातः ९ करोड ६५ लाख ७६ हजार (बस्न्यात अख्तियारकै पूर्व प्रमुख आयुक्त पनि हुन्)

दिनेशराज अधिकारीः ७ करोड ८ लाख ४८ हजार रुपैयाँ

छविराज पन्तः ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ

भाटभटेनी संचालक मीनबहादुर गुरुङः ११ करोड २० लाख रुपैयाँ

शोभाकान्त ढकालः ३९ करोड २७ लाख ६८ हजार रुपैयाँ

अख्तियारले पूर्वप्रधानमन्त्रीहरू डा. बाबुराम भट्टराई र माधव नेपाल एवं पूर्वमुख्यसचिव लिलामणि पौडेलविरुद्ध भने मुद्दा नचलाउने निर्णय गरेको छ । मन्त्रिपरिषदकाे निर्णय अख्तियारकाे कार्यक्षेत्रमा नपर्ने भएकाेले उनीहरू दुबै विरूद्ध मुद्दा नचलेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.