ललिता निवासको जग्गा धितोमा साढे २ अर्ब कर्जा, ऋण दिने बैंकलाई कारबाही गर्न अख्तियारको पत्र

  २०७६ माघ २२ गते १९:११     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वमा हुनुपर्ने बालुवाटारको ललिता निवासको जग्गा धितोमा २ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

सो जग्गा प्रकरणमा छानविन गरेको अख्तियारले आज (२२ माघ) विशेष अदालतमा मुद्दा दायर गर्दै दोषीमाथि कारबाही, विगो तथा जरिबाना र जग्गा फिर्ताको माग गरेको छ ।

यस्तै, अख्तियारले सो जग्गा धितोमा विभिन्न बैंक वा वित्तीय संस्थाले कर्जा प्रवाह गरेकोले त्यस्ता बैंक वित्तीय संस्थालाई पनि कारबाही गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

‘प्रस्तुत मुद्दासँग सम्बन्धित ललिता निवास क्याम्पभित्रका सरकारी, सार्वजनिक जग्गाहरु व्यक्तिविशेषको नामबाट २ अर्ब ४१ करोड ६९ लाख ३६ हजार १ सय २५ रुपैयाँभन्दा बढीको धितो पारित भई विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट अरबौंको कर्जा प्रवाह भएको देखिएको अवस्थामा सम्बन्धित बैंक तथा वित्तीय संस्थामा रहेको सर्वसाधारणको अरबौंको निक्षेप सुरक्षण गर्ने समेतको प्रयोजनका लागि कानून बमोजिम आवश्यक कारबाही गर्नको लागि नेपाल राष्ट्र बैंकलाई लेखी पठाउने,’ अख्तियारको निर्णयमा उल्लेख छ ।

सो जग्गा धितो राखेर कुन कुन बैंकले कति रकम कसकसलाई ऋण प्रवाह गरेका छन् भन्ने विषयमा अख्तियारले केही खुलाएको छैन ।

सम्बन्धित सामग्री

अख्तियारले यसकारण विष्णु पौडेल विरुद्ध मुद्दा दायर गरेन

ललिता निवास जग्गा प्रकरणः पूर्वमन्त्रीसहित १७५ जना विरुद्ध मुद्दा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.