पार्किन्सन रोगबाट प्रभावित बीमितलाई रिलायबल नेपाल लाइफको ५० लाख दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधा अन्तर्गत एक बीमितलाई ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

कम्पनीका अनुसार बीमित हरि प्रसाद काफ्लेले २०७६ सालमा काठमाडौं शाखामार्फत ‘रिलायबल सुलभ जीवन बीमा’ योजनाअन्तर्गत २० वर्ष अवधिको १ करोड रुपैयाँ बीमाङ्कको जीवन बीमा गरेका थिए । उक्त योजनासँगै उनले पूर्ण अशक्तता सुविधा अन्तर्गत ५० लाख रुपैयाँ बराबरको अतिरिक्त सुरक्षा सुविधा पनि लिएका थिए ।

पछि काफ्लेलाई पार्किन्सन रोग देखिएको र उनको अवस्था पूर्ण अशक्तता सुविधा प्राप्त गर्ने मापदण्डअनुसार रहेको पुष्टि भएपछि कम्पनीले ५० लाख रुपैयाँ दाबी रकम भुक्तानी गरेको जनाएको छ ।

कम्पनीका अनुसार उक्त दाबी भुक्तानीसँगै काफ्लेले ५० लाख रुपैयाँ बराबरको बीमा शुल्क (प्रिमियम) छुट सुविधा पनि प्राप्त गरेका छन् ।

रिलायबल नेपाल लाइफले छिटो, पारदर्शी र विश्वासयोग्य दाबी भुक्तानी सेवामार्फत आफ्ना बीमितप्रतिको दायित्व पूरा गर्दै आएको जनाएको छ । भविष्यमा पनि ग्राहक तथा उनीहरूका परिवारलाई आवश्यक परेको कठिन परिस्थितिमा भरपर्दो आर्थिक सुरक्षा उपलब्ध गराउने प्रतिबद्धता कम्पनीले दोहोर्याएको छ ।

Share News