७६ हजारभन्दा बढी बिक्री भएको दिपल निभो क्यु०५ अब नेपालमा

काठमाडौं । एमएडब्लु वृद्धिले नेपालमा दिपल ब्रान्डको नयाँ इलेक्ट्रिक एसयुभी दिपल निभो क्यु०५ ल्याउने तयारी गरेको छ । अन्तर्राष्ट्रिय पुरस्कार विजेता डिजाइन, फराकिलो इन्टेरियर र स्मार्ट प्रविधिका कारण यो मोडल नेपाली बजारमा बहुप्रतीक्षित बनेको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार क्यु०५ आकर्षक डिजाइन, आरामदायी केबिन, आधुनिक प्रविधि र व्यवहारिक प्रयोगलाई ध्यानमा राखेर तयार गरिएको इलेक्ट्रिक एसयुभी हो । नेपालमा उपलब्ध हुने भेरियन्ट र स्पेसिफिकेसन सार्वजनिक नभए पनि यसले प्रतिस्पर्धी इभी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ ।

क्यु०५ को डिजाइन अन्तर्राष्ट्रिय अटोमोबाइल डिजाइनर क्लाउस जिसिओराको नेतृत्वमा तयार गरिएको हो । यसले सन् २०२६ को प्रतिष्ठित गोल्ड ए डिजाइन अवार्ड समेत जितिसकेको छ ।

२,७३५ एमएम ह्विलबेस भएको क्यु०५ मा यात्रुका लागि फराकिलो केबिन र पर्याप्त लगेज स्पेस उपलब्ध हुने कम्पनीले जनाएको छ । सहरी सडकमा सहज रूपमा चलाउन मिल्ने आकारका कारण यसले परिवारमुखी ग्राहकलाई पनि आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

कम्पनीका अनुसार क्यु०५ मा सिएटिएलको ब्याट्री, फास्ट चार्जिङ सुविधा र इन्टेलिजेन्ट ड्राइभिङ प्रणाली समावेश गरिएको छ । चीनको याकेशी क्षेत्रमा गरिएको परीक्षणमा यसले बरफयुक्त सडकमा समेत सफल प्रदर्शन गरेको बताइएको छ ।

चीनमा यो मोडल आफ्नो सेग्मेन्टकै लोकप्रिय कम्प्याक्ट इलेक्ट्रिक एसयुभीमध्ये एक बनेको छ । कम्पनीका अनुसार जुनको अन्त्यसम्म क्यु०५ का ७६ हजारभन्दा बढी युनिट बिक्री भइसकेका छन् ।

नेपालमा उपलब्ध हुने भेरियन्ट, फिचर, मूल्य र अन्य प्राविधिक विवरण भने आधिकारिक लन्चका क्रममा सार्वजनिक गरिने एमएडब्लु वृद्धिले जनाएको छ ।

Share News