मागेको मन्त्रालय नपाए सरकारमा जादैनौँ : झलनाथ खनाल

<p>काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पार्टीका नेता झलनाथ खनालले मागेजति मन्त्रालय नपाए एकीकृत समाजवादी सरकारमा सामेल नहुने बताएका छन् । पाँचथर सदरमुकाम फिदिममा शुक्रबार समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले समाजवादी पार्टीले मागेजति मन्त्रालय नपाए सरकारमा नजाने बताएका हुन । ‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा नेकपा एसले मुख्य तीन [&hellip;]</p>

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पार्टीका नेता झलनाथ खनालले मागेजति मन्त्रालय नपाए एकीकृत समाजवादी सरकारमा सामेल नहुने बताएका छन् ।

पाँचथर सदरमुकाम फिदिममा शुक्रबार समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले समाजवादी पार्टीले मागेजति मन्त्रालय नपाए सरकारमा नजाने बताएका हुन ।

‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा नेकपा एसले मुख्य तीन मन्त्रालय मागेको छ, मागेको मन्त्रालय दिए हामी सरकारमा जान तयार छौँ, नभए जादैनौ’ँ, उनले भने, ‘नेकपा एसले खेलेको भूमिकाबाट यो सरकार निर्माण भएको हो, हाम्रो योगदानलाई बेवास्ता गरे सरकारमा सहभागी हुँदैन ।’

पत्रकारसँग कुरा गर्दै खनालले प्रचण्ड नेतृत्वको सरकार लामो समयसम्म चल्न नसक्ने संकेत समेत गरे । कुनै पनि दलको बहुमत नभएकाले सरकारको आयु लामो नहुने उनको तर्क थियो ।

Share News