एभरेष्ट बैंकले धादिङको मच्छिन्द्र माध्यामिक विद्यालयलाई गर्यो दुई लाख २६ हजार सहयोग

<p>काठमाडौं । एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धादिङमा रहेकाे मच्छिन्द्र माध्यामिक विद्यालयलाई सहयाेग गरेकाे छ । बैंकले विद्यालयको कम्प्युटर ल्याबलाई आवश्यक विद्युत आर्पूति गर्नका लागि पावर ब्याकअप सिस्टम जाडान गर्नको लागि दुई लाख २६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हाे । बैंकका सिएसआर कमिटिका सदस्य तथा नायब महाप्रबन्धक केशव राज पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेखर कार्कीलाई [&hellip;]</p>

काठमाडौं । एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धादिङमा रहेकाे मच्छिन्द्र माध्यामिक विद्यालयलाई सहयाेग गरेकाे छ ।

बैंकले विद्यालयको कम्प्युटर ल्याबलाई आवश्यक विद्युत आर्पूति गर्नका लागि पावर ब्याकअप सिस्टम जाडान गर्नको लागि दुई लाख २६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हाे ।

बैंकका सिएसआर कमिटिका सदस्य तथा नायब महाप्रबन्धक केशव राज पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेखर कार्कीलाई चेक हस्तान्तरण गरेका थिए ।

एभरेष्ट बैंकले १२३ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५९ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

Share News