
काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबीच एकीकृत कारोबार हुनेभएपछि शाखा कार्यालयको पनि टुंगो लगाएको छ । दुवै बैंकबीच पुस १७ गते एकीकृत कारोबार गर्ने भएका छन् । सोही अनुसार दुवै बैंकका शाखा कार्यालय गाभेर एउटै शाखाबाट कारोबार हुने भएका छन् ।
बिहीबार जारी गरेको सूचनामा दुवै बैंकका ६० वटा शाखा कार्यालय गाभिने भएका हुन् । जसमा कुमारी बैंक ३० वटा शाखा कार्यालय र एनसीसी बैंकका ३० वटा गरी ६० वटा शाखा कार्यालउ गाभिएका हुन् ।
कुमारी बैंक र एनसीसी बैंक एक आपसमा मर्ज भई कुमारी बैंकको नामबाट एकीकृत कारोबार हुनेछन् । एकै स्थानमा रहेका कुमारी बैंक र एनसीसी बैंकका शाखाहरु पुस १७ गतेदेखि गाभिएर कारोबार हुने भएका हुन् ।
