काठमाडाैं । पूँजी बजारमा रेकर्ड कायमै भएको छ । गत बिहीबार पनि रेकर्ड कायम गरेको नेप्से परिसूचकले आइतबार पनि नयाँ रेकर्ड कायम गर्न सफल भएको हाे । आइतबारकाे बजारमा नेप्से परिसूचक ४१.२४ अंकले बढेर २२३५.७२ बिन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च बिन्दु हो । यसअघि अर्थात गत बिहीबारकाे बजारमा परिसूचक २१९४ बिन्दुमा पुगेर रेकर्ड राखेकाे थियाे ।
यस्तै, पछि्लाे समय बैंक तथा वित्तीय संस्थाहरुलेऋणी व्यवसायीहरुको सम्पत्ति लिलाम गर्ने विषयले पनि चर्चा पाएको छ । विभिन्न समयमा व्यवसायीहरुले सरकारसँग कोरोना प्रभावित व्यवसायीहरुका लागि राहतको माग गरेपनि त्यसको सम्बोधन नभएको उल्टै बैंकमा राखेको सम्पत्ति लिलाम गर्न बैंकहरु अगाडि बढेपपछि व्यवसायीहरुले संघर्ष समिति नै खडा गरेर विरोधमा उत्रिउका छन् । उनीहरुले भोलि आन्दोलनको कार्यक्रम घोषणा गर्ने बताएका छन् ।
यी हुन् आज दिनभरका सामग्री
पुँजी बजारमा रेकर्ड कायमै भएको छ । गत बिहीबार पनि रेकर्ड कायम गरेको नेप्से परिसूचकले आइतबार पनि नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । आइतबारकाे बजारमा नेप्से परिसूचक ४१.२४ अंकले बढेर २२३५.७२ बिन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च बिन्दु हो ।
व्यवसायीकाे भोलि आन्दोलनको घोषणा
नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित वयवसायीहरुका समस्या नबुझेको तथा वेवास्ता गरेको भन्दै उनीहरुले समस्या समाधानका लागि प्रधानमनत्रीलाई गुहारेका छन् । उनीहरुले समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका हुन् ।
युरोप, अमेरिकासम्म पुगिसकेको एउटा नेपाली ब्राण्डको कथा
हिमाल चढ्दा होस् कि ट्रेकिङ वा हाइकिङ जाँदा, शेर्पा एड्भेन्चर गियरका उत्पादनहरु निकै नै लोकप्रिय छन् । स्वदेशी तथा विदेशी नागरिकहरुले यो ब्राण्डलाई उत्तिकै रुचाउँने गर्छन् । नेपालमा मात्र होइन, अमेरिका र युरोपतिर पनि शेर्पा एड्भेन्चर गियरका उत्पादनहरु उत्तिकै रुचाईएका छन् । शेर्पा एड्भेन्चर गियरले उच्च गुणस्तरका ज्याकेट, डाउन ज्याकेट, स्वेटर, टिसर्ट, हुडी, उत्पादन गर्छ । हाल नेपालमा ठमेल, पोखरा र नाम्चेमा शेर्पा एड्भेन्चर गियरका डिलर स्टोरहरु छन् ।
स्थानीय तहले १ खर्ब २६ अर्ब खर्च गर्न सकेनन्
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विशेष प्राथमिकता दिएर स्थानीय तहहरुमा पूँजीगत खर्च बढाउने वातावरण तयार पार्न नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई आग्रह गरेका छन् । स्थानीय तहहरुमा पुगेको रकम मध्ये १ सय २६ अर्ब रुपैयाँ खर्च हुन सकेको छैन ।
चन्द्रागिरी हिल्सको आईपीओः साढे ८ लाख बढीले भरे
चन्द्रागिरी हिल्स लिमिटेडले जारी गरेको प्राथमिक सेयर(आईपीओ)मा हालसम्म अर्थात तीन दिनमै एक अर्ब ७० करोड रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आइतबार साँझ ५ बजेसम्ममा ८ लाख ६६ हजार ९२९ जना आवेदकले एक करोड ७० लाख ८७ हजार ४४० कित्ता सेयरको लागि आवेदन दिएका छन् ।
राष्ट्रियसभाको सातौँ अधिवेशन अन्त्य
राष्ट्रियसभाको यही पुस १७ गतेदेखि शुरु भएको सातौँ अधिवेशन आज अन्त्य भएको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन अन्त्यसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । सोहीअनुसार उनले राष्ट्रियसभाको चालु अधिवेशन आज राति १२ बजेदेखि लागु हुने गरी अन्त्य भएको घोषणा गरे ।
बीमा समितिले कहिले पाउँछ अध्यक्ष ?
बीमा समिति अध्यक्ष पद रिक्त भएपनि नयाँ अध्यक्षको जिम्मेवारी कसले पाउछ भन्ने अझै यकिन भएको छैन । बीमा क्षेत्रको नियामक निकायको प्रमुख नियुक्तिमा ढिलाई हुँदा नीति निर्माणदेखि नियमन र अनुगमनसम्ममा नकारात्मक असर पर्छ ।
आइतबार २३०० ले घट्यो सुनको मूल्य
आइतबार एकैदिन सुनकाे मूल्य २३०० ले घटेकाे छ । शुक्रबार प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा काेराेबार भएकाे सुन बिहिबार ताेलाकाे ९५ हजार ३ सय रुपैयाँ पुगेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेकाे छ ।