युरोप, अमेरिकासम्म पुगिसकेको एउटा नेपाली ब्राण्डको कथा

  २०७७ पुष २६ गते १३:२७     नरेन्द्र रौले

हिमाल चढ्दा होस् कि ट्रेकिङ वा हाइकिङ जाँदा, शेर्पा एड्भेन्चर गियरका उत्पादनहरु निकै नै लोकप्रिय छन् ।

स्वदेशी तथा विदेशी नागरिकहरुले यो ब्राण्डलाई उत्तिकै रुचाउँने गर्छन् । नेपालमा मात्र होइन, अमेरिका र युरोपतिर पनि शेर्पा एड्भेन्चर गियरका उत्पादनहरु उत्तिकै रुचाईएका छन् ।

शेर्पा एड्भेन्चर गियरले उच्च गुणस्तरका ज्याकेट, डाउन ज्याकेट, स्वेटर, टिसर्ट, हुडी, उत्पादन गर्छ । हाल नेपालमा ठमेल, पोखरा र नाम्चेमा शेर्पा एड्भेन्चर गियरका डिलर स्टोरहरु छन् ।

नेपालमा मात्रै होइन, अमेरिकामा पनि आउट्लेट खोलिसकेको यस कम्पनीले । विभिन्न डिलर मार्फत युरोपेली मुलुकमा पनि आफ्ना उत्पादनहरू निर्यात गर्छ । शेर्पा एड्भेन्चर कोभिड–१९ को महामारीपछि अझ आक्रामक रूपमा अगाडी बढ्न खोजिरहेको छ ।

अन्तरराष्ट्रिय रुपमै चर्चित ब्राण्ड बनेको शेर्पा एड्भेन्चर गियरको कथा भने रोचक छ ।

सगरमाथा आरोहण गर्ने एडमण्ड हिलारीसँगै त्यो शाहसिक यात्राका एक सदस्य थिए, आङ ग्याल्जेन शेर्पा । नाताले उनी टासी शेर्पाका काका । त्यो थियो सन् १९५३ को कुरा । कालान्तरमा उनै आङ ग्याल्जेनका भतिज टासीले शेर्पा समुदायमा चेतना जगाउन र यो ठूलो सफलताको खुसी साटासाट गर्न आजभन्दा १८ वर्ष अगाडी शेर्पा एड्भेन्चर गियरको सुरुवात गरेका हुन् ।

टासी र उनको परिवारले आफ्नो समुदाय र नेपालीलाई लक्षित गरेर शेर्पा एड्भेन्चर गियर सुरुवात गरेका थिए ।

‘एक्सप्लोर द वल्र्ड, चेन्ज द वल्र्ड’ नारा दिएर सुरू गरिएको शेर्पा एड्भेन्चर गियरको सञ्जाल बिस्तारै फैलिदै गयो । नेपालको एउटा कुनोबाट सुरु भएको सानो नेपाली ब्राण्ड नेपालसँगै विश्व बजारमा चिनिदै र स्थापित हुँदै गयो ।

संसारभरी ख्याती कमाउँदै गएको शेर्पा एड्भेन्चर गियर त्यस्तो बेलामा सुरु भयो, जतिबेला नेपालमा ८ घण्टा मात्र विद्युत आपूर्ति हुन्थ्यो । बाँकी समय लोडसेडिङको कारणले अन्धकार हुन्थ्यो । शेर्पा गियरका उत्पादनको माग बढिरहेको थियो । माग धान्न उत्पादन बढाउनु पथ्र्याे । उत्पादन बढाउन विद्युत चाहिन्थ्यो । दैनिक ८ घण्टा आउने विद्युतले माग अनुसारको उत्पादन गर्न नसकिने अवस्था आएपछि विद्युतको बैकल्पिक व्यवस्था गर्नुपथ्र्याे । विकल्प थियो– जेनेरेटर । जेनेरेटर पनि नेपालमा कहाँ पाउनु ? विदेशबाटै मगाउनु पथ्र्याे । पैसा तिरेर पनि भनेको बेलामा पाइदैनथ्यो जेनेरेटर ।

माग अनुसार दिनमा हजारौं ज्याकेटको उत्पादन गर्नुपथ्र्यो । ठूलो परिमाणमा ज्याकेटहरु अमेरिकाको स्टोर र युरोपमा पठाउनु पथ्र्यो । यस्तो कठिन परिस्थितिमा टासीले कठोर मिहिनेत गरेर ब्राण्डलाई स्थापित गरेका थिए । विभिन्न खालका चुनौती र समस्याहरुसँग जुझ्दै उनी आजको सफलता चुम्न आइपुगे ।

तपाईले शेर्पा एड्भेन्चर गियरका कुनै पनि उत्पादनहरु किन्दै हुनुहुन्छ भने नेपालका शेर्पा बालबालिकाहरूको शिक्षाको लागि पनि केही योगदान गर्दै हुनुहुन्छ । शेर्पा एड्भेन्चरले पाल दोर्जे फाउन्डेसन मार्फत कार्यान्वयन गर्ने गरी आफ्नो उत्पादन विक्रीबाट केही रकम शेर्पा बालबालिकाको शिक्षाको लागि छुट्याउँने गरेको छ ।

त्यसबाहेक शेर्पा एड्भेन्चरले विभिन्न सीपमुलक कामहरु गर्नका लागि आर्थिक सहायता प्रदान गर्दै आएको छ । सन् २०१९ मा १ हजार २ सय २८ लाई सीपमुलक तालिम प्रदान गरेको छ । यस्तो तालिम पाउनेहरुले सिजनल रुपमा विभिन्न बस्तुहरु उत्पादन पनि गर्ने गरेका छन् । गत वर्ष मात्रै ४ सय ३५ जनाले टोपी उत्पादन गरे । ३ सय ८८ जनाले कपडाका विभिन्न बस्तुहरु बनाए ।

शेर्पा एड्भेन्चर गियरले आफ्नो ब्राण्ड प्रचार–प्रसारका लागी बिभिन्न समयमा ब्राण्ड एम्बेस्डर नियुक्त गर्ने गर्छ । त्यो पनि महंगो रकम तिरेर । यसअघि हिमाल आरोही पासाङ ल्हामु शेर्पा ‘अकिता’ र अन्तर्राष्ट्रिय महिला पर्वतारोहण पथ प्रदर्शक दावा याङजुम शेर्पालाई ब्राण्ड एम्बेसडरका रुपमा नियुक्त गरेको थियो ।

दावा याङजुम शेर्पा नेपालकै पहिलो अन्तर्राष्ट्रिय महिला पर्वतारोहण पथ प्रदर्शक (फिमेल इन्टरनेशनल माउन्टेन गाइड) हुन् । शेर्पा एड्भेन्चर गियरले उनलाई ग्लोबल एथ्लेट दूतको रुपमा नियुक्त गरेको थियो । कम्पनीको ब्राण्डलाई स्थापित गर्न उनले ७ वर्ष एथ्लेट दूतको रुपमा भूमिका निभाईन् ।

दावा याङजुमले महिलालाई पर्वतारोहण प्रशिक्षण पनि दिने गर्छिन् । उनी दक्षिण एसियाकी पहिलो इन्टरनेश्नल माउण्टेन गाइड हुन् । आइएफएमजिएबाट प्रमाणपत्र पाउन सफल उनी सिंगो एसिया क्षेत्रमा २ मध्येकी एक नामी इन्टरनेश्नल माउण्टेन गाइड हुन् ।

हिमाल आरोहीले शेर्पा एड्भेन्चर गियरका उत्पादनलाई आरोहीले सगरमाथाको चुचुरोमा समेत फर्फराई सकेका छन् । सन् २००८ मै लाक्पा रिताले सगरमाथामा शेर्पा ब्राण्डलाई फर्फराई सकेका थिए ।

तुलनात्मक रुपमा यहाँका उत्पादनहरु भने अलि महंगा छन् । एउटै ज्याकेटको मूल्य, ६ देखि २८ हजार रुपैंयाँसम्म पर्छ । डाउन ज्याकेटको २२ हजारदेखि २६ हजार रुपैंयाँ, स्वेटरको १२ हजारदेखि १६ हजार रुपैैंयाँसम्म पर्छ । टिसर्टको ३ हजार ५ सय रुपैयाँदेखि ५ हजार रुपैंयाँसम्म पर्छ । हुडीको ६ हजार रुपैयाँदेखि १२ हजार रुपैैंयाँसम्म पर्छ ।

उच्च गुणस्तरको कपडा र सिलाई अलि विशेष हुनाले महंगो भएको शेर्पा एड्भेन्चर गियरका भाइस प्रेसिडेन्ट छिरिङ शेर्पा बताउ“छन् ।

यहाँ उत्पादन हुने स्वेटरहरू न्युजिल्याण्डबाट आयातित मेरिना उनबाट निर्मित हुन् । यहाँका उत्पादित कपडाहरु यस कारण पनि उत्कृष्ट छन् । भुकम्प र कोभिड–१९ को महामारीले गर्दा शेर्पा एड्भेन्चर गियरलाई असर पु¥यायो । आउने दिनमा आफ्नो ब्राण्डलाई उसैगरी चम्काउँन शेर्पा एड्भेन्चर गियरको रफ्तार बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.