काठमाडौं । काठमाडौंको बुद्धनगरमा एक ४५ वर्षीय पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार शनिबार बिहान करिब सवा ६ बजे काठमाडौं महानगरपालिका–१० बुद्धनगरस्थित डेरामा बस्दै आएका अश्विन राउतले आफूमाथि आगो लगाएका हुन् ।
प्रारम्भिक अनुसन्धानबाट घरायसी विवादका कारण उनले आत्मदाहको प्रयास गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।
घटनापछि उनलाई तत्काल उद्धार गरी वीर अस्पताल लगिएको छ । प्रहरीका अनुसार राउतको शरीरको करिब ५० प्रतिशत भाग जलेको छ र उनको उपचार भइरहेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।