पुँजी बजारमा रेकर्ड कायमैः ४१ अंकले बढ्यो नेप्से, जीवन बीमा बाहेक सबै समूह हरिया

  २०७७ पौष २६ गते ३:२७       विकासन्युज

काठमाडौं । पुँजी बजारमा रेकर्ड कायमै भएको छ । गत बिहीबार पनि रेकर्ड कायम गरेको नेप्से परिसूचकले आइतबार पनि नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।

आइतबारकाे बजारमा नेप्से परिसूचक ४१.२४ अंकले बढेर २२३५.७२ बिन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च बिन्दु हो । यसअघि अर्थात गत बिहीबारकाे बजारमा परिसूचक २१९४ बिन्दुमा पुगेर रेकर्ड राखेकाे थियाे । उक्त रेकर्डलाई आइतबारकाे नेप्सेले ताेडेर नयाँ रेकर्ड राख्न सफल भएकाे हाे ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ७.२१ अंकले बढेर ४२८.४३ बिन्दुमा पुगेकाे छ । जुन गत बिहीबारकाे तुलनामा १.७१ प्रतिशतले बढी हाे ।

सो दिन ६ अर्ब ३२ करोडको सेयर कारोबार भएको छ । बजारमा कुल २०७ कम्पनीको एक करोड ५० लाख कित्ता सेयर किनबेच भएको छ । जसमध्ये प्रभु बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । बैंकको एकैदिन ४० करोड २९ लाख रुपैयाँ सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ४१४ रुपैयाँ रहेको छ ।

त्यस्तै, बजारमा कारोबारमा आएका १२ समूह मध्ये जीवन बीमा घटेको छ भने बाँकी समूह बढेका छन् । सबैभन्दा बी विकास बैंक समूह ८८ अंकले बढेको छ । जीवन बीमा समूह भने १७.१६ अंकले घटेको छ ।

सम्बन्धित समाचार

प्रभु लाइफ इन्स्योरेन्ससहित ६ कम्पनीको सेयर मूल्यमा सर्किट