लघुवित्त खारेज गर्नुपर्ने विषय बहसबाट बाहिरियो, समितिले तयार गर्यो प्रतिवेदन
काठमाडौं । लघुवित्त वित्तीय संस्थाको समस्या समाधानका लागि अध्ययन गर्न गठन गरिएको समितिले प्रतिवेदन तयार पारेको छ । गत चैतमा नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाको समस्या समाधान गर्न गठन गरेको अध्ययन समितिले प्रतिवेदनलाई अन्तिम रुप दिने तयारीमा जुटेको हो । राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभाग प्रमुख तथा कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठको संयोजकत्वमा गठन भएको समितिले प्रारम्भिक प्रतिवेदन तयार पारेको हो । कार्यकारी निर्देशक श्रेष्ठले प्रारम्भिक प्रतिवेदन तयार पारिएको र त्यसलाई परिष्कृत गर्न बाँकी रहेको बताए । सो प्रतिवेदनलाई अन्तिम रुप दिएर राष्ट्र बैंक समक्ष बुझाउने तयारीमा रहेको उनको भनाइ छ । के छ प्रतिवदेनमा ? डा.श्रेष्ठका अनुसार समितिले तयार पारेको प्रतिवेदनमा लघुवित्त क्षेत्रका समस्याहरुलाई विस्तृत रुपमा समेटिएको छ । साथै, ती समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषय पनि प्रतिवेदनमा उल्लेख छ । लघुवित्त विरुद्धको संघर्ष समितिले लघुवित्त संस्था खारेज गर्ने आवाज उठाएको भएपनि प्रतिवेदनमा सो विषय उल्लेख नभएको उनको भनाइ छ । पब्लिक कम्पनी भएकाले लघुवित्त खारेज गर्न सजिलो नरहेको उनले बताए । ‘लघुवित्त संस्था पब्लिक लिमिटेड कम्पनी हुन्, संस्थालाई पब्लिकले होल्ड गरेका छन् । सरकारी संस्था जस्तो होइन, लघुवित्त संस्था खारेजी गर्नु पर्ने प्रतिवेदनमा उल्लेख हुँदैन, अध्ययन समिति लघुवित्त संस्था खारेज गर्नु पर्छ भन्ने स्थितीमा पुगेको पनि छैन,’ उनले भने, ‘बजारमा मन लागेन भने त्यो पसलमा नगए हुन्छ । सामान खरिद नगरे हुन्छ । तर, पसल नै नखोल, बन्द गर भन्न मिल्दैन ।’ बजार अर्थतन्त्रमा कसैले दबाव दिन नमिल्ने बताउँदैन श्रेष्ठले भने, ‘बजार अर्थतन्त्रमा ग्राहक र व्यवसायीलाई दबाव दिन मिल्दैन, आफ्नो इच्छा गर्ने हो, मन लाग्छ भने किन्न जाने हो, मन लागदैन भने नकिन्ने ।’ लघुवित्त संस्थाले जबरजस्ती ऋण भिडाएको छ भने राष्ट्र बैंकमा गुनासो गर्न उनले सझाव दिए । उनका अनुसार कसैले करकाप गरेर दबाव दिएको गुनासो आएमा आवश्यक छानबिन गरी कारवाही हुने उनको भनाइ छ । अध्ययन समितिले लघुवित्त सञ्चालनमा समस्या के छन् ? त्यसलाई कसरी अघि बढाउने ? ती समस्याहरुको वैकल्पिक उपायहरु के हुन सक्छन् भनेर प्रतिवेदनमा उल्लेख गरेको डा. श्रेष्ठले बताए । समितिले वर्तमान समस्या पहिचान गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन समाधानका उपाय पहिल्याउने तथा लघुवित्त संस्थाको आवश्यक संख्या निर्क्यौल गर्नेछ । दीर्घकालमा लघुवित्तको आवश्यकता रहन्छ वा रहँदैन आफ्नो ठाउँमा छ । बजारले लघुवित्तको विकल्प छ भनेर कारोबार घट्दै गयो भने लघुवित्त संस्था चाहेर पनि सञ्चालन हुन नसक्ने उनले बताए । आवश्यकताका आधारमा लघुवित्त संस्थालाई विकास बैंकमा स्तरोन्नति गर्न सकिने डा.श्रेष्ठको भनाइ छ । दीर्घकालीनमा लघुवित्तको ब्यापार भएन भने उनीहरु पनि बजारमा रहिरहन सक्छन् भन्ने हुँदैन,’ उनले भने । राष्ट्र बैंक सञ्चालकलाई प्रतिबेदन बुझाएपछि प्रतिवेदनमा उल्लेख विषयहरुको सम्बोधनका लागि सर्कुलरमार्फत जारी हुने उनको भनाइ छ । ‘हामीले विभिन्न सरोकारवाला निकायसँग पनि सुझाव लिएका छौं, सर्वेक्षण पनि गरेका छौं, त्यसबाट आएका विषयलाई प्रतिवेदनमा समेटेका छौं, भदौसम्म अन्तिम प्रतिवेदन तयार गर्ने लक्ष्य छ,’ उनले भने ।
शरणार्थी प्रकरण : कानुनी प्रश्नको जवाफी बहस सकियो, आजै आदेश
काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दामा आरोपीका तर्फबाट कानुन व्यवसायीहरुले उठाएका कानुनी प्रश्नमाथि सरकारी वकिलले जवाफी बहस गरेका छन् । शुक्रबार अदालतले तोकको निर्धारित १ बजेभित्रै जिल्ला सरकारी वकिलको कार्यालयले जवाफी बहस सकेको हो । उनीहरुले अभियुक्तका वकिलहरुले उठाएको कानुनी प्रश्नको जवाफ दिए । काठमाडौं जिल्ला अदालतमा न्ययाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आज जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने, जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरे, जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्री र सहायक जिल्ला न्यायाधिवक्ता निर्मला मरासिनीले जवाफी बहस गरेका थिए । यस्तै, जाहेरीकर्ताका तर्फबाट पनि दुईजना वकिलले जवाफी बहस गरेको सहायक जिल्ला न्यायाधिवक्ता दधिराम बरालले जानकारी दिए । अब बाँकी काम नभएकाले आजै थुनछेक आदेश हुने छ । जवाफी बहसमा सहभागी जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्ता तथा जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्यय घिमिरेले अब बाँकी काम नरहेकाले आजै थुनछेक आदेश आउने जानकारी दिए । आजै आदेश आउने भए पनि कति बेला आउँछ भन्ने कुरा न्यायाधीशको समयमा भर पर्ने उनले बताए । आरोपीलाई थुनामा राख्ने कि नराख्ने भनेर दिने आदेश नै थुनछेक आदेश हो । प्रायः भाग्न सक्ने, प्रमाण नष्ट हुने अवस्था देखिएमा थुनामै राखेर मुद्दा अघि बढाउने आदेश हुनेगर्छ । उक्त प्रकरणमा प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले जेठ १० गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो । त्यसपछि आरोपीको बयान सकेर जेठ २१ गतेदेखि थुनछेक बहस सुरु भएको हो । तीन दिन सरकारी वकिल र उजुरीकर्ताका तर्फबाट बहस भएपछि प्रतिवादीका तर्फबाट वकिलहरुले बहस गरेका थिए । शुक्रबार त्यसको जवाफी बहस भएको हो । उक्त प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सोही घटनामा मुछिएर निलम्बनमा परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, भूटानी शरणार्थी नेता टेकनाथ रिजाललगायत १८ जनालाई पक्राउ गरी हिरासतमा राखिएको छ । शरणार्थी प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । उनीहरुविरुद्ध कीर्ते, ठगी, सङ्गठित अपराध, एकीकृत कसुरसमेत गरेकाले सोही अनुसार सजायको माग दाबीसहित मुद्दा दर्ता गरिएको थियो । सार्वजनिक ओहदामा बसेका व्यक्तिको हकमा थप तीन वर्ष सजाय हुन सक्छ । उनीहरुलाई कैदका साथै २८ करोड ८१ लाख बिगोसमेतको माग गरिएको छ । उक्त घटनामा अझै १२ जना फरार छन् । रासस
नक्कली भूटानी शरणार्थी प्रकरण : सरकारी वकिलको थुनछेक बहस सकियो
काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस आज सकिएको छ । सरकारी वकिलका तर्फको बहस सकिएसँगै अब प्रतिवादीतर्फबाट कानुन व्यवसायीले बहस सुरु गर्ने जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । उनले भने, ‘सरकारी वकिलतर्फको बहस सकिएको छ, अब प्रतिवादीतर्फबाट कानुन व्यवसायीले बहस गर्नु हुन्छ ।’ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी बहसमा यस प्रकरणका प्रतिवादीलाई थुनामुक्त गरे प्रमाण नष्ट हुनसक्ने तथा जाहेरीकर्ताको सुरक्षामा खतरा हुनसक्ने भन्दै थुनामा राखेर नै मुद्दाको पुर्पक्ष गर्नुपर्ने दलिल सरकारी वकिलले प्रस्तुत गरेका थिए । नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १८ जनालाई थुनछेक बहसका लागि उपस्थित गराइएको छ । सो थुनछेक बहस यही जेठ ३१ गतेसम्म जारी रहने र त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय लिइने बताइएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पक्राउ परेका १८ जनासहित फरार रहेका ३० जनालाई सङ्गठित अपराध, कीर्ते, ठगी तथा राज्य विरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै रु २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला अदालत काठमाडौँमा यही जेठ १० गते मुद्दा दायर गरिएको थियो । रासस
थुनछेक बहसका लागि रायमाझी र खाँण जिल्ला अदालतमा
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपीमाथिको थुनछेक बहसका लागि आरोपीहरुलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ । आईतबार बिहान नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणसहित १८ जनालाई थुनछेक बहसका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको हो । हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न भएपछि आजदेखि थुनछेक बहस शुरु हुन लागेको छ । सो थुनछेक बहसपछि आरोपीहरुलाई पुर्पक्षका लागि कारागारमा पठाउने या नपठाउने भन्ने बारेमा क्रमशः निर्णय लिइनेछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्वित सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापकाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, भूटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशव दुलाल र सानु भण्डारीलगायत १८ जनासँग काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेलगायतले बयान लिएका थिए । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पक्राउ परेका १८ सहितलाई फरार रहेका ३० जनालाई संगठित अपराध, किर्ते, ठगी तथा राज्य बिरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित काठमाडौं जिल्ला अदालतमा जेठ १० गते मुद्दा दायर गरेको थियो ।
शर्मालाई ८ प्रश्न : अनधिकृत व्यक्तिको प्रवेश, सचिवसँगको मनमुटावदेखि करका विषयमा बहस
संसदीय विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेको छ । समितिले आज सभामुख अग्नि प्रसाद सापकोटा समक्ष प्रतिवेदन बुझाउँदै अनधिकृत व्यक्ति प्रवेश नगरेको उल्लेख गरेको हो । समितिले १७ दिन लगाएर प्रतिवेदन तयार पारी शुक्रबार प्रतिवेदनमा तत्कालीन अर्थमन्त्री जनार्दनशर्मासँग भएको कुराकानीलाई पनि राखिएको छ । शर्माले करका दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेशको विषयलाई अस्वीकार गरेका छन् । यस्तो छ संसदीय समिति र शर्माबीच भएको प्रश्नत्तोर । १.सभामुखज्यूको रोहबरमा सरकार पक्ष र प्रतिपक्षबाट एक एक जना बसेर फुटेज हरौं भनेर प्रतिपक्षले पहिल्यै प्रस्ताव गरेको थियो । यसलाई किन गम्भीर रुपमा लिइएन ? सभामुखसहित त्यसरी आउनु भएको भए हेर्न नदिने भन्ने कुरै हुँदैनथ्यो । आउनु भएन । २. दरको हेरफेरको औचित्य पुष्टि गर्ने कागजातहरू छन् ? के गर्दा राजस्वमा कस्तो असर पर्छ भन्ने विश्लेषण सचिव र महानिर्देशकहरूले प्रेजेन्टेसन बनाएर स्क्रीनमा देखाउनु हुन्थ्यो । छलफल हुन्थ्यो । केही परिमार्जन गर्नु परे त्यही गर्नुहुन्थ्यो । ३. नीतिगत निर्देशन गरेर बाहिरिएँ भन्नुभएको छ । तपाईंको अनुपस्थितिमा दर कसले अन्तिम गर्यो, तपाईको अनुपस्थितिमा अनाधिकृत व्यक्तिको प्रवेश भएन भनेर कसरी विश्वस्त हुने ? मैले अन्तिम निर्णय गर्नुपर्ने कुराहरू सकिएपछि इन्ट्री गर्ने मात्र काम बाँकी हुँदा निस्किएको हुँ । भोलिपल्ट संसदमा बजेट वक्तव्य पनि पढ्नुपर्ने भएकोले रातभरि बस्दा गाहो हुन्छ, केही आराम चाहिन्छ भनेर सबैको सल्लाह अनुसार नै निस्केको हुँ । बाहिरी मान्छे प्रवेश गर्न सक्ने सम्भावना ने हुँदैन । कोही आएको भन्ने कुरा झुट हो । ४. निर्णय प्रक्रियाका हस्ताक्षर सहितका लिखतहरू के के छन् ? मन्त्रीपरिषद् लाने प्रस्तावमा मात्र मेरो हस्ताक्षर छ ५. अर्थ मन्त्रालयको लामो अनुभव भएका शोभाकान्त पौडेल जस्ता कर्मचारीहरूलाई बाहिर पठाई कम अनुभव भएका किन ल्याउनुभयो ? अहिलेका धेरै सहसचिव अर्थमा कम र अरू मन्त्रालयमा बढी अनुभव भएका हुनुहुन्छ । सचिवमा बढुवा हुने बेला हुन लागेका सहसचिवलाई प्रदेशमा सचिवका रूपमा खटाइने हुँदो रहेछ । त्यही कारण पुरानाहरू प्रदेशमा सरुवा हुनुभयो । नियमित प्रक्रिया अनुसार नै सरुवा भएको हो । उपसचिव सम्म अर्थ मन्त्रालयकै विशिष्टकृत कर्मचारी हुने भएकोले त्यसमा समस्या हुँदैन । ६. सरकारको उच्च नेतृत्वमा भएका पदाधिकारीका परिवारका सदस्य संलग्न भई सेनिटरी प्याड आयात गर्ने कम्पनी खुल्नु र आयातमा भन्सार ९० प्रतिशत छुट हुनुबीच केही सम्बन्ध छ । एक किसिमका फलाम उद्योग बन्द नै हुने अवस्थामा पुग्ने गरी कर बढाएर अर्को किसिममा छुट दिइएको छ । १५० किलोवाट सम्मका विद्युतीय गाडीलाई न्यूनतम दर लिने गरेकोमा १०० किलोवाट बनाइएको छ । निश्चित व्यक्ति र समूहको फाइदाको लागि दर हेरफेर गरिएको जस्तो देखिन्छ । नीतिले के गरे भन्ने विषय महत्वपूर्ण हो । उत्पादनलाई जोड दिएको छ । कसैलाई लक्षित गरिएको छैन । रोजगारी र उत्पादन वृद्धि भएको छ । राष्ट्रको स्वार्थमा छ । भोलि परिणामले यो देखाउने नै छ । सेनेटरी प्याडमा स्वदेशी उत्पादकका मागहरु पनि सम्बोधन भएका छन् । एउटा कच्चा पदार्थ प्याकिङ मेट्रिअल मा माग्नु भएको छुट दिइएको छैन । ३० प्रतिशत भन्सार दर छ । त्यसको कारण के हो भने प्याकिङ मेट्रिअल नेपालमै पर्याप्त उत्पादन हुने हुँदा नेपालकै किन्नुहोस् भनेर हो । विद्युतीय गाडीमा अहिले अलि धेरै तहमा वर्गीकरण गरिएको हो । त्यति गर्दा पनि यसबाट समान मूल्यका पेट्रोलियम गाडीको तुलनामा एक तिहाई मात्र राजस्व असुल हुन्छ । अन्तिम निर्णयको जिम्मेवार म हुँ । बजेटका विषयहरू संसदमा प्रस्तुत हुनु अघि कतै लिक भएको छैन । मन्त्रालयले संस्थागत मान्यताभित्रै बसेर काम गरेको छ । ७. अनाधिकृत व्यक्ति भनेर रघुनाथ घिमिरेको नाम आएको छ पत्रपत्रिकामा। रघुनाथ घिमिरेलाई चिन्नुहुन्छ ? पुराना कर्मचारीहरूलाई पनि कहिलेकाहीं विभागहरूले केही काममा लगाउँदा रहेछन् । मन्त्रालय आउनेजाने कममा सामान्य चिनजान छ । नजिकबाट चिन्दिन, व्यक्तिगत सम्पर्क छैन । ८. तपाईंले काम गर्दा टीम स्प्रिट कस्तो थियो ? अर्थ सचिव त तपाईसँग काम गर्न नसक्ने भनेर विदा बस्नुभयो अनि राजीनामा पछि फर्कनुभयो ? टीम स्प्रिटमा मैले त केही समस्या अनुभूति गरेको थिइँन । अरूले गर्नुभएको भए थाहा भएन । मैले राजीनामा दिँदैछु भन्ने सचिवलाई थाहा पनि थिएन ।
बिग मर्जरले झस्कियो राष्ट्र बैंक, सीमा तोक्नेबारे बहस शुरु
काठमाडौं । बैंकहरुबीच मर्जरबारे प्रारम्भिक अभ्यासदेखि नै समाचारहरु प्रकाशित हुने गरेका छन् । यस्तै समाचारमध्ये ‘नबिल बैंकमा एनसीसी बैंक पनि मर्ज हुँदै’, ‘ग्लोबल आईएमई बैंक र प्राइम कमर्शियल बैंकबीच मर्जको प्रयास’ शीर्षकमा समाचार बनेका छन् । यी समाचार पढेर राष्ट्र बैंक नेतृत्व झस्किएको छ । र, उसले बिग मर्जको सीमा तोक्नेबारे प्रारम्भिक छलफल शुरु गरेको छ । ‘वाणिज्य बैंकहरुको संख्या १५ वटामा झार्नुपर्छ भन्ने राष्ट्र बैंकको निष्कर्ष हो । अध्ययन गरेर सार्वजनिक रुपमा घोषणा नै गरिएको विषय हो’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने- ‘तर टु बिग, टु रिस्क (धेरै ठूलो, धेरै जोखिम) प्रति हाम्रो ध्यान गएको छ ।’ मर्ज भएर कति ठूलो बैंक बन्न दिने भन्ने विषयमा नयाँ मापदण्ड खाँचो भएको राष्ट्र बैंकले महसुश गरेको छ । कुल बजारको निश्चित हिस्सा भन्दा बढी एउटा बैंकमा हुन नहुने गरी मापदण्ड बनाउनु पर्ने आवश्यकता रहेको उनले बताए । चुक्ता पुँजी, निक्षेप, कर्जा, कर्मचारी, शाखा, नाफा लगायतको सूचकमा कुल बजारको निश्चित सीमा नघट्ने गरी मर्जमा जान स्वीकृति दिने व्यवस्था गर्नु पर्ने अवस्था आएको उनले बताए । कुनै एक बैंकले कुल बजारमा १५ प्रतिशतभन्दा बढी हिस्सा लियो भने त्यो जोखिमपूर्ण हुने उनले बताए । नबिल बैंकमा नेपाल बंगलादेश बैंक मर्ज हुँदैछ । इन्भेष्टमेन्ट बैंकमा मेगा बैंक नेपाल मर्ज हुँदैछ । ग्लोबल आईएमई बैंकमा बैंक अफ काठमाण्डू मर्ज हुँदैछ । यी ठूला मर्जले अरु बैंकलाई पनि मर्जमा जान दवाव सिर्जना गरेको छ । एकातिर बजारमा प्रतिस्पर्धामा टिक्नको लागि मर्ज गर्न चाहानेहरु छन् भने अर्कोतिर सबैभन्दा ठूलो बैंक बन्ने आकांक्षाले मर्जको लागि पहल गरेको पनि देखिन्छ । करिब एक दशक सबैभन्दा ठूलो र राम्रो बैंकको छवि बनाएको नबिलले आफ्नो पोजिसन गुमाउँदै गयो । विभिन्न सूचकाङ्कमा एनआईसी एशिया र ग्लोबल आईएमई बैंकले अरुलाई उछिने । सबैभन्दा ठूलो बैंकको ताज फिर्ता लिन नबिलले नेपाल बंगलादेश बैंक एक्वाएर गर्ने प्रक्रिया पूरा गर्दैछ । यहि बीचमा ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू मर्ज हुने सम्झौता भयो । यो सम्झौतापछि नबिल बैंकका मुख्य प्रवद्र्धक विनोद चौधरी फेरि नबिलमा अर्को बैंक भित्र्याउन तम्सिएका छन् । यहि क्रममा एनसीसी बैंकसँग छलफल अगाडि बढेको समाचार प्रकाशित भए । ‘ग्लोबल आईएमई बैंक र प्राइम कमर्शियल बैंक मर्जबीच मर्जको कुरा चलेको समाचार आयो । बास्तवमा यी दुई बैंकले मर्जको प्रस्ताव ल्याए भने राष्ट्र बैंकले के गर्छ भनेर बजारबाट हामीलाई प्रश्न गर्न थालेका छन्’ राष्ट्र बैंकका उच्च अधिकारीले भने- ‘यति ठूलो बैंक पनि राष्ट्र बैंकको चाहाना होइन ।’ बैंकहरुबीच बलियो बन्ने भन्दा सबैभन्दा ठूलो बन्ने होडबाजी भयो भने त्यो राम्रो नहुने राष्ट्र बैंकको बुझाई छ । ‘हामीले बैंकको संख्या घटाउन पनि खोजेका छौं, बैंकहरुलाई बलियो बनाउन पनि खोजेका छौं तर ज्यादै ठूलो बैंक हुनु हुँदैन’ उनले भने । गत आर्थिक वर्षमा एनआईसी एशिया बैंकले मात्र ९० अर्ब रुपैयाँ भन्दा कर्जा विस्तार गरेको थियो । सोही वर्ष अरु २६ वटा बैंकले औषतमा २७ अर्ब ६५ करोड रुपैयाँ कर्जा विस्तार गरेका थिए । एनआईसी बैंकले आक्रामक रुपमा बजार विस्तार गर्दा अरु बैंकलाई पनि ठूलो दवाव परेको थियो । कुनै एउटा बैंक धेरै ठूलो भयो भने त्यसको क्रियाकलापले पूरै बजारलाई असर गर्ने भएकोले कुनै पनि बैंक ज्यादै ठूलो हुनु बजारको लागि जोखिमयुक्त हुने केन्द्रीय बैंकको विश्लेषण छ ।
मन्त्री फेर्ने बहसमा माओवादी पनि, वर्षमानको तारो कोतिर ?
काठमाडौं । सत्ता गठबन्धनको दल नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेसँगै अन्य घटक पनि सोही बहसमा उत्रिएका छन् । सत्ता गठबन्धनको अर्काे दल नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आफ्नो पार्टीभित्र पनि मन्त्री परिवर्तन गर्नुपर्ने आवाज उठेको बताएका हुन् । बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेता पुनले माओवादी पार्टीबाट सरकारमा मन्त्री बनेकाहरुलाई फेर्नुपर्ने आवाज उठिरहेको बताएका हुन् । उनले नेकपा(एकीकृत समाजवादी)ले मन्त्रीहरु फेर्ने निर्णय गरेसँगै माओवादी केन्द्रलाई पनि मन्त्रीहरु फेर्न दबाब परेको बताए । यद्यपि, एकीकृत समाजवादीले मन्त्री परिवर्तन गर्ने गरी गरेको निर्णय भने आन्तरिक विवादका कारण अझै कार्यान्वयनमा आउन सकेको छैन । ‘हाम्रोमा अहिलेसम्म कुनै छलफल भएको छैन, समाजवादीका साथीहरुले पुरै सेट फेरिसकेपछि हाम्रोमा पनि दबाब छ, कांग्रेसमा पनि दबाब छ, जसपामा दबाब छ, यो दबाबलाई नेताहरुले कति थेग्नुहुन्छ थाहा छैन, हाम्रो अझै छलफल सुरु भएको छैन, अहिले फेर्नुपर्छ कि भन्नेखालका आवाजहरु उठिरहेको छ,’ नेता पुनले भने । नेता पुनले मन्त्री फेर्ने कुरा गरेपछि उनको संकेत कुन नेतातर्फ केन्द्रीत छ भन्ने अड्कलबाजी पनि सुरु भएको छ । नेता पुन अहिले मन्त्री बनेका छैनन् । केही समयअघि उनी र वर्तमान अर्थमन्त्री जनार्दन शर्माबीच विवाद सार्वजनिक भएको थियो । पछिल्लो केही समययता पुन र शर्माबीच विवाद साम्य भए जस्तो देखिए पनि मन्त्री फेर्ने आवाज उठेको बताएर नेता पुनले पुन विवाद उठाउन खोजेको शर्मा निकट नेताहरु बताउँन थालेका छन् । अर्का नेता गिरिराजमणि पोखरेलले संसदमा मन्त्रालयगत छलफल प्रारम्भ भएको बेलामा मन्त्री फेर्न नमिल्ने बताउ छन् । अहिले मन्त्रिपरिषद् हेरफेर गर्नु संयुक्त सरकारको सोचसँग मेल नखाने पोखरेलको भनाइ छ । ‘सरकारमा फेरबदल नै गर्नुपर्ने भएपनि, पहिलो त संयुक्त सरकार हो यो, संयन्त्र छ, आचारसंहिताहरु छन्, मन्त्रालयको छलफल प्रारम्भ गर्ने अनि मन्त्रीहरु बदल्छु भनेर कहीँ मिल्छ त्यो ? त्यो संयुक्त सरकारको सोचसँग मेल खाएन, र अहिले पछिल्लो बेलामा शिर्ष नेताहरु बसिसकेर अहिले बाहिर सार्वजनिक पनि भइसकेको छ, त्यो नमिल्ने कुरा उहाँहरुले सच्याउनुभएको छ,’ नेता पोखरेलले भने ।
बजेट बहस : करको दर घटाएर दायरा बढाऔं
काठमाडौं । सरकार आगामी आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणको तयारीमा जुटिरहेको छ । जेठ ३ गते अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिसकेका छन् । चालु आवमा मुलुकको अर्थतन्त्रका मुख्य सूचक सकारात्मक देखिएनन् । आवको बजेट कार्यान्वयन कस्तो रह्यो र आगामी बजेट कस्तो हुनुपर्ला भन्ने विषयमा मुलुकको बजेट निर्माणको महत्वपुर्ण समयमा विकासन्यूजले बहसको श्रृंखला प्रारम्भ गरेको छ । प्रस्तुत छ, विकासन्यूजका लागि नारायण अर्यालले नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधार र नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मासँग गरेको कुराकानीको सम्पादित अंश : चालु आर्थिक वर्ष ०७८/०७९ को हालसम्म बैंक तथा वित्तीय संस्थाको अवस्था कस्तो रह्यो ? के-कस्ता समस्या आए र सरकारले आगामी आर्थिक वर्षको लागि ल्याउन लागेको बजेटमा के-कस्तो विषय समेटिनुपर्ला ? सरोजकाजी तुलाधार, अध्यक्ष- नेपाल वित्तीय संस्था संघ कोभिड महामारीबाट रिकभर हुँदै आइरहेको अवस्थामा अहिलको अवस्थालाई बजारमा जसरी नकारात्मक रुपमा प्रस्तुत गर्न खोजिएको छ, त्यस्तो नकारात्मक छैन । जस्तैः भुक्तानी सन्तुलनमा जुन दबाब परेको छ, यो समस्या सबै ठाउँमा परेको छ । समग्रमा अर्थतन्त्रमा समस्या देखिएतापनि त्यसबाट आत्तिन नै पर्नेगरी समस्या छ जस्तो लागेको छैन । सीडी रेसियोको कारणले गर्दा सबैलाई तनाव भएको हो । फाइनान्स कम्पनीहरुमा चाहिँ त्यस्तो तनाव देखिएको छैन । कारण के भने हामीले निक्षेप लिएर मात्रै ऋण प्रवाह गर्ने गरेका छौं । त्यसैले गर्दा फाइनान्स क्षेत्रको सीडी रेसियो चाहिँ सहज छ भन्नुपर्छ । फाइनान्स क्षेत्र अहिलेको अवस्थामा बलियो रुपमा रहेका छन् भन्न सकिन्छ । हामीले जहिलेपनि सरकारले पुँजीगत खर्च बढाएन भनेर जसले गर्दा सरकारको ढुकुटीमा रकम बस्यो भनेर भन्छौं । यसको लागि हामीले सरकारलाई मात्र दोष दिने गरेका छौं । फेरिपनि हाम्रो सार्वजनिक खरिदको जुन प्रणाली छ, त्यसले गर्दा नै राज्यको ढुकुटीमा पैसा थुप्रने गरेको हो । मुख्य गरेर सार्वजनिक खर्चमा बढाउनको लागि जहाँबाट अप्ठ्यारो आएको हो, त्यसअन्तर्गतका कानुनहरु परिवर्तन गरेर अगाडि बढ्नुपर्दछ । अर्को, आम्दानीमा जुन समस्या देखिएको छ, गाडीहरुको एलसी नखोलेपछि त्यसबाट सरकारलाई आउने आम्दानी घटेपछि सरकारको नियमित खर्चलाई समस्या हुनसक्छ । त्यसलाई अन्यतर्फबाट पुर्ति गर्नुपर्ने हुन्छ । जसले कर तिर्ने हो उसलाई झन्-झन् करदर बढाएर उनीहरुलाई पेल्नुभन्दा त्यो करको जुन आधार हो, त्यसलाई बढाउन प्रोत्साहन प्याकेज ल्याउन सकिन्छ भन्नेतर्फ सरकारले फोकस गर्नुपर्छ भन्ने मेरो धारणा छ । कर मात्रै बढाउँदा चोरी पैठारी बढ्न सक्छ, बरु वस्तुको वास्तविक मूल्य कायम गरेर त्यसमा कर लगाउन सक्ने हो भने कर बढ्न सक्छ । पब्लिकलाई लगाइएको कर पनि असाध्यै असान्दर्भिक रहेको छ । ३५/४० प्रतिशत कर तिर्ने भनेको एकदमै बढी हो । अहिले पनि कर तिर्ने जनसंख्या कम छ, उनीहरुलाई पनि सोको दायरामा ल्याउनुपर्यो । व्यक्तिगत कर तिर्नेलाई पनि २५ प्रतिशतभन्दा बढी गर्नुहुँदैन । बैंक तथा वित्तीय संस्थाहरुको हकमा पहिलेको वित्तीय नीति तथा बजेटले नगरेको सम्बोधन मौद्रिक नीतिबाट ल्याएको हो । मौद्रिक नीतिलाई सबै बैंक तथा वित्तीय संस्थाहरुले समर्थन गरेकै हो । त्यो समर्थन गरेको विषयलाई अब रिवार्ड गर्ने बेला भएजस्तो लाग्छ । बल्ल व्यवसाय तङ्ग्रिन लागेको अवस्था छ । अब प्रोभिजनहरु बढाएर लैजानुपर्दछ । कोभिड महामारीको चपेटामा परेका साना-ठूला व्यवसायहरुलाई जुन ढंगले बैंक तथा वित्तीय संस्थाहरुले सहयोग गरे अब सरकारले बैंक तथा वित्तीय संस्थाहरुलाई सहयोग गर्ने कार्यक्रम ल्याउनुपर्दछ । सोही अनुसार नीति आउनुपर्छ । प्रकाशराज शर्मा, अध्यक्ष – नेपाल लघुवित्त बैंकर्स संघ कोभिड महामारीको कारणले चालु आर्थिक वर्षको शुरुवाती अवस्थादेखि नै वित्तीय क्षेत्रको अवस्था त्यति धेरै राम्रो हुन सकेन । तर पछिल्लो समयमा खोपको उपलब्धताको कारणले आर्थिक क्रियाकलापहरुमा वृद्धि हुँदै गयो । सोसँगै कर्जाको माग बढ्न थाल्यो । त्यसले गर्दा व्यवसाय विस्तार, कर्जा विस्तार, कारोबार विस्तार, जस्ता कुराहरु अगाडि बढ्न थालेको देखिन्छ । असोज-कार्तिकसम्म विशेष गरेर माइक्रो फाइनान्स लगायत अन्य बैंक तथा वित्तीय क्षेत्रमा पनि सकारात्मक असर देखिएको थियो । त्यसपछि भने रिसोर्स ग्यापको कारणले जुन रुपमा व्यवसायको विस्तार भइरहेको थियो, त्यसमा संकुचन आयो । अर्को, आवश्यकता परेका मानिसहरुलाई कर्जा प्रवाह गर्न नसकिने अवस्था सिर्जना भयो । त्यसले गर्दा समग्र उद्योगको वृद्धिदरमा लगाम लाग्यो । ग्राहकले मागेको समयमा कर्जा नपाउने भएपछि कर्जा समयमा पनि भुक्तानी हुन छाड्यो । जसले गर्दा निस्किृय कर्जा पनि बढ्न पुग्यो । चालु आवमा लघुवित्त क्षेत्रको नाफामा संकुचन पैदा भयो । चालु आवको चैत महिनासम्मको अवस्था हेर्यौं भनेदेखि अघिल्लो आवको चैतको तुुलनामा धेरैको नाफामा नकारात्मक वृद्धि भएको देखिन्छ । त्यसमा चाहिँ २ वटा प्रमुख कारण रह्यो । एउटा, व्यवसाय विस्तार भएन, अर्को रिसोर्सेसको मूल्य महंगो भयो । चैत महिनाको कुरा गर्दा १६ प्रतिशत ब्याजदर र त्यसमा थप सर्भिस चार्ज समेत जोडेर हामीले कर्जा लिनुपर्ने अवस्था बन्यो । त्यसले गर्दा संस्थाको खुद नाफामा असर पर्न पुग्यो । समग्रमा यो आवमा ३ वटा कुरा प्रमुख बाधकको रुपमा देखियो । रिसोर्सेस, रिसोर्सेसको मूल्य र कर्जाको गुणस्तर । यसले गर्दा हामीले जुन रुपमा व्यवसाय विस्तार गरिराखेका थियौं, कर्जाको माग पुरा गरिराखेका थियौं, त्यसमा असर गर्न पुग्यो । समग्र बैंकिङ क्षेत्रको कर्जा वृद्धि भएको छ । उत्पादनमा त्यसको असर देखिएन । कृषिजन्य उत्पादनमा कमि भयो, व्यापार घाटा, सोधानान्तर घाटाको अवस्था रह्यो । जसले विदेशी मुद्राको सञ्चितिमा असर पुर्याइरहेको अवस्था छ । वास्तवमा हामीले के भन्छौं भने, लघुवित्त संस्थाहरु जुन छन्, तिनीहरुको नेटवर्क ग्रामिण क्षेत्रमा र सहरी क्षेत्रको दुर्गम क्षेत्रमा रहेको छ । हामीसँग अहिले ५७ लाख सदस्यहरु अहिले आवद्ध हुनुहुन्छ । बैंक तथा वित्तीय क्षेत्रलाई लगानी क्षेत्रको टार्गेट पनि दिइएको छ । तर, लक्षित वर्गमा नपुगेको अवस्था छ । त्यसैले अबको आवश्यकता वा देशको आवश्यकता भनेको उत्पादनमा वृद्धि गरेर आयातलाई प्रतिस्थापन गर्ने हो । यदि निर्यातलाई बढाउन नै सकिएन भने पनि आफुलाई चाहिने आवश्यकता देश भित्रको उत्पादनबाटै पुर्याउनैपर्ने विकल्पबाहेक छैन । त्यसो गर्नको लागि पनि हामीसँग विकल्प सीमित छन् । डब्लुटीओ, ओपन मार्केट, ओपन इकोनोमीलाई पनि ख्याल गरेर अगाडि बढ्नु पर्ने भएकाले हामीले धेरै क्षेत्रलाई प्रतिबन्ध गर्नु पनि हुँदैन । गर्न के सकिन्छ भने यहाँ उपलब्ध कच्चा पदार्थमा आधारित जडिबुटी, कृषिजन्य, लगायतका उद्योगहरुलाई बढावा दिनुको विकल्प छैन । हामीले लघुवित्त संस्थाहरु सबैभन्दा धेरै नेटवर्क भएको संस्था हो । यसका ५ हजारभन्दा धेरै शाखाहरु छन् । हाम्रो योग्यता, क्षमता सुशासन, आदिमा सुधार भएका छ । त्यसैले सरकारले हामीलाई लगानीको रिसोर्सको लागि सरकारसँग लघुवित्त कोष निर्माणको लागि पहल गरिरहेका छौं । अर्को, वाणिज्य बैंकबाट हामीले सापटी लिने सन्दर्भमा पनि उनीहरुको बेसरेटमा प्रिमियम जोडेर गर्नुपर्यो । एउटा महत्वपुर्ण कुरा, लघुवित्तको ब्याजदरको विषयमा सँधै बिबाद हुने गरेको छ । सो सन्दर्भमा यसलाई बैज्ञानिक गर्नुपर्यो । यसको लागि लघुवित्तमा पनि बेसरेट लागु गर्न सकिन्छ । हामी कार्यान्वयन गर्न तयार छौं । यसलाई पारदर्शी बनाउँ । प्रिमियम चार्जको विषयमा पनि रेगुलेट गर्नुपर्छ । हामीले राष्ट्र बैंकलाई भनेका छौं । ४ प्रतिशतभन्दा बढि प्रिमयम कृषकलाई लगाउन नपाइने बनाउनुपर्यो । यदि ८ प्रतिशतमा हाम्रो बेसरेट भयो भने हामी १२ प्रतिशतमा गर्छौं । राज्यको जुन कन्सर्न छ, १५ प्रतिशत भन्दामाथि जान नहुने अथवा विपन्न बर्गकालाई महंगो ब्याजदर हुन्न भन्ने कुरालाई पनि सम्बोधन हुन्छ । अहिले मुलुकको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा छ । सरकार र राष्ट्र बैंकले अवस्थाको मापन गरिरहेका छन् । वस्तुको आयातलाई लामो समयसम्म रोकेर लामो समयसम्म ठप्प पार्न सक्ने अवस्था पनि हुँदैन । त्यसैले उत्पादन बढाएर आत्मनिर्भर हुने र आयातलाई केही हदसम्म प्रतिस्थापनसम्म गर्न सक्छौं । भएका वित्तीय संस्थाहरुको निगरानी गरौं । यिनीहरुको कमजोरी छ केलाऔं । पारदर्शी बनाऔं । सारांशमा भन्दा लघुवित्त संस्थाहरु गाउँघरमा छन् । मुलुकको हरेक कुनाकाप्चासम्म छन् । ती ठाउँहरुमा भएका तर प्रयोग नभएका स्रोतहरुलाई सरकार र लघुवित्त संस्थाले एकीकृत नीति तथा योजना बनाएर प्रयोग गर्ने वातावरण बनाउँ भन्ने हो ।
बजेट बहसमा अर्थविद् : आयात प्रतिस्थापनमुखी बजेट ल्याऔं, पर्यटनलाई प्रवर्द्धन गरौं
काठमाडौं । अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणको तयारीमा छ । संसदमा बजेटको विषयमा छलफल पनि सुरू भइसकेको छ । मंगलबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा संसदमा आगामी बजेटेको सिद्धान्त र प्राथमिकता पनि प्रस्तत गरिसकेका छन् । अहिले मुलुकको अर्थतन्त्रका सूचकहरू पनि सकारात्मक देखिँदैनन् । उच्च व्यापार घाटा, विदेशी मुद्रा सञ्चितिको गिरावट र मुद्रास्फिति झन–झन बढ्नुले सरोकारवालाहरूबाट अर्थतन्त्रको विषयमा चिन्ता व्यक्त हुन थालेको छ । आगामी बजेट र चालु आवको बजेट कार्यान्वयनको विषयमा विकासन्युजले बजेट बहस श्रृंखलाको प्रारम्भ गरेको छ । प्रस्तुत छ विकासन्युजका सम्वाददाता नारायण अर्यालले अर्थविदहरूसँग गरेको कुराकानी । चालु आर्थिक वर्षको बजेट कार्यान्वयन प्रकृयालाई कसरी हेर्नुभएको छ, आगामी बजेट कस्तो हुनुपर्ला ? डा. डिल्लीराज खनाल, अर्थशास्त्री समयमै खर्च नहुने समस्या विगतदेखिकै हो । तर, यो वर्ष थप समस्या देखियो । आर्थिक वर्षको अन्तिममा १ डेढ महिनाको समयमा जसरी पनि पैसा खर्च गर्ने, पैसा सिध्याउने, त्यसको गुणस्तरको मतलब नगर्ने, वित्तीय अनुशासनको पनि मतलब नहुने र अर्कोतिर कैंयौं रकमान्तर गर्ने जस्ता काम भइरहेको छ । बजेटको राम्रोसँग व्यवस्थापन गर्ने, राम्रोसँग प्रतिफल लिने, जुन योजनामा केन्द्रित गरेको हो त्यो समयमा नै पुरा गर्ने, भन्नेजस्ता सुधारका पक्षहरुमा विगतमा भन्दापनि झन बढी समस्या रहेको देखिन्छ । हामीकहाँ अहिलेसम्म जुन किसिमको एउटा रिक्वायर बजेटरी सिस्टम हो, त्यो नै छैन् । बजेटको परिचालन त आफ्नो ठाउँमा छँदैछ, परिचालन गर्ने स्रोतलाई कहाँ कसरी विनास गर्ने, कुन दक्षतापुर्वक खर्च गरेर थोरै खर्चबाट बढि प्रतिफल लिने भन्ने हो । यतिधेरै अनुत्पादक र फजुल खर्च भएका छन् । पुँजीगत खर्चभित्र सयौं काम नलाग्ने परियोजनाहरू (रोगी आयोजनाहरु) निर्माण गर्ने काम भएका छन् । सबै सिस्टम नै बिसंगतिपुर्ण रहेका छन् कि बालुवामा पानी खन्याउने किसिमको समस्या भएको छ । जनताबाट पैसा लिने, बेथितिपूर्ण ढंगले खर्च गर्ने, यो भन्दा वित्तीय अराजकता के हुन्छ ? क्यु सेन्समा बजेट, त्यसको प्रभावकारिता, विश्वासनियता, जुन किसिमको हुन पर्ने हो त्यो छैन् । विगतदेखि झाँगिदै आएको समस्यामा चालु आवमा थप आगोमा घ्यु थप्ने काम यो वर्षको बजेटले गरेको छ । कुनै क्षेत्रबाट दबाब आयो । त्यसमा अलिकति थप्ने, कुनै अन्य शिर्षकमा अलिकति घटाउने वा बढाउने, २/४ वटा पपुलिस्ट कार्यक्रम ल्याउने, अझै आगामी वर्षमा चुनाव हुने हुँदा चुनाव केन्द्रीत गरेर ल्याउने होला । समस्याहरुमा सुधार हुने र ठिक ढंगले बजेट आउने कुरामा त मेरो कुनै अपेक्षा नै छैन । पहिलो विषय त अर्थतन्त्रमा जुन संकट आएको छ, त्यो संकटलाई उन्मुक्ति दिने हिसाबले वा अर्थतन्त्रलाई पुनरुत्थान हुने रणनीतिमा प्राथमिकता दिनु पर्यो । व्यापक रुपमा अनुत्पादक खर्च कटौति गर्नेदेखि बजेटरी म्यानेजमेन्ट सिस्टमलाई कसरी प्रभावकारी बनाउने, मुलतः जवाफदेही परिपाटीभित्र कसरी आवद्ध गर्ने र काम सम्पन्न नगर्नेलाई दण्डित कसरी गर्ने भन्ने विधि सहित आउन जरूरी छ । अर्को, मुलुक परनिर्भर बन्दै गएको छ । यो पनि संकटको एउटा अंग हो । त्यसकारण ठोस रुपमा हाम्रो आयात प्रतिस्थापन कसरी गर्न सकिन्छ, भन्ने तर्फ कृषि र उद्योगको विषयलाई अगाडि बढाउनुपर्दछ । कृषि र उद्योग भन्ने वित्तिकै त्यसले पुर्वाधार, मार्केटिङ, जनशक्ति, प्रविधि जस्ता विषयहरूको माग गर्दछ । सोहीसँग सम्बन्धित रहेर उर्जाको उत्पादन र त्यसको आन्तरिक प्रयोगलाई कसरी बढाउने भन्ने आउनु पर्छ । वैदेशिक मुद्राको सञ्चितिमा जुन समस्या छ, त्यसलाई तत्काल सम्बोधन गर्ने भनेको टुरिजम सेक्टरले हो । टुरिजम सेक्टरलाई बढीभन्दा बढी चलायमान हिसाबले अगाडि बढ्नु पर्छ । उपेक्षित वर्ग र पछाडि परेका समुदायलाई समेट्दै नयाँ ढंगले आर्थिक रुपान्तरण गर्ने कार्यक्रम समेटेर आउनुपर्छ । स्थानीय तहमा नयाँ चुनाव पनि भएको छ, उनिहरुलाई सुदृढ बनाउने गरी स्रोत र साधनलाई संवैधानिक रुपमा दिएका अधिकार अनुरुप उनीहरूले उपयोग गर्न पाउन भन्ने हेतुले हस्तान्तरणको ठोस नीति पनि आउन जरूरी छ । कार्यान्वयनको पाटोलाई जोड दिँदै जवाफदेहीको पाटोलाई अंग बनाएर जानुपर्दछ । हरि रोका, अर्थविद् अहिले हामी निकै संकटपूर्ण अवस्थामा छौं । कोभिड–१९ महामारीपछि मुलुकको अर्थतन्त्र निकै अप्ठ्यारोमा छ । यसलाई व्यवस्थित गर्नको लागि सबै दलहरूको बीचमा एकदमै ठूलो सहमति हुन जरूरी छ । रोजगारीका लागि बाहिर जान सक्ने अवस्था अझै बनिसकेको छैन् । भएका कामहरुमा कटौति हुँदै गएको छ । आन्तरिक रूपबाट रोजगारी सिर्जना गर्नको लागि खास काम हुन सकिरहेको छैन । उत्पादन एकदमै कम भएको छ । औद्योगिक मात्रै नभएर कृषि उत्पादन पनि अत्यन्तै कमि हुन पुगेको छ । त्यसैले भुक्तानी सन्तुलनको पनि ठूलो समस्या आएको छ । वैदेशिक रोजगारीमा जानेहरूले पठाउने रेमिट्यान्स कम हुँदै जानु र उत्पादन कम हुँदै जानुको अवस्थाले मुलुक संकटग्रस्त अवस्थामा रहेको छ । यस्तो अवस्थामा राजनीतिक दलहरुले अलिकति गम्भीर भएर साझा सहमतिमा केही नयाँ विषयहरू गर्न जरुरी छ । जस्तो, कृषिलाई कसरी व्यवस्थित गर्ने र उत्पादन कसरी बढाउने, आयात प्रतिस्थापनको लागि नयाँ व्यवस्थापन कसरी गर्न सकिन्छ र औद्योगिक उत्पादन बढाउनको लागि पनि पुराना उद्योगहरूलाई पनि कसरी रिभाइभ गर्न सकिन्छ भन्नेतर्फ अब जान जरूरी छ । यसको लागि संरचनागत परिवर्तन गर्न आवश्यक छ भन्ने देखिन्छ । अहिले मुलुक स्थानीय तहको निर्वाचनमा छ । अर्को ६ महिनापछि पनि अर्को निर्वाचन हुन्छ । निर्वाचनपछि अर्को सरकार आएर नयाँ कुरा गर्छ भन्ने भन्दापनि अहिले नै समस्या आइसकेको छ । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । हामीले सबै वस्तुहरू बाहिरबाट आयात गरिराखेका छौं, मुद्रास्फिति बढेको बढ्यै छ । त्यसैले हामीले नयाँ सरकार पर्खेर पोलिसी लेवलमा अहिले नयाँ कुरा केही नगरौं, यो चुनावी सरकार हो भनेर कुरा गर्नुभन्दापनि अलिकती नयाँ फड्को मार्न कसरी सकिन्छ ? उत्पादन कसरी बढाउन सकिन्छ भन्ने कुरामा सबै पार्टीहरु सहमतिमा पुग्न जरूरी हुन्छ । अहिले जो सहमतिमा छन् वा जो सरकारमा छन् उनीहरूको बीचमा सहमति हुन जरूरी हुन्छ । पहिलो, अहिले तत्काल हामीले गर्नसक्ने भनेको खाद्यान्न उत्पादन नै हो । खाद्यान्न उत्पादनमा बढी जोड दिनु पर्छ । किनकी ३ महिना, ६ महिना र १ वर्षमा उत्पादन हुने भनेको त कृषि उत्पादन नै हो । त्यसका लागि सरकारले संरचनात्मक र संस्थागत काम गर्नु पर्यो । अहिले वार्षिक रूपमा हामीले लगभग ४ खर्ब रुपैयाँ बराबरको खाद्यान्न सामग्री आयात गर्ने गरेका छौं । यो भनेको धेरैै ठूलो परिमाण हो । सन् १९९० सम्म हामी खाद्यान्न आयात र निर्यात लगभग बराबरी गर्ने गरेका थियौं । त्यसपछि हामी प्रत्येक वर्ष हामीले खेतिपातिलाई वर्षेनी छोड्दै गयौं । उत्पादन घ्ट्दै गयो । त्यसलाई वेवास्ता गर्दै गयौं । लामो समयसम्म कृषि प्रणालीलाई व्यवस्थित बनाउन सकेनौं । अहिले तराई तथा पहाडमा ४० प्रतिशत भन्दा धेरै जमिन बाँझो भएको छ । अहिले धान, चामल, दाल, तेल जस्ता सबै वस्तु बाहिरबाट किनेर ल्याउने गरेका छौं । यी बाहिरबाट आयात गर्ने खाद्यवस्तुहरु स्वेदशमै कसरी उत्पादन गर्न सकिन्छ भन्ने कोणबाट सरकारले अहिले बजेटमार्फत् कामलाई अगाडि बढाउनु पर्छ ।
गभर्नरको रिट माथिको बहस : सरकार पक्षलाई झस्काएको ‘त्यो शब्द’
काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रिट आज (बिहीबार) पनि हेर्दाहेर्दैमा सकिएको छ । गत मंगलबार गभर्नर अधिकारीको तर्फबाट १३ वकिलले बहस गरेपछि आजसम्मका लागि स्थगित भएको मुद्दा आज पनि बहस नसकिएपछि शुक्रबारका लागि सारिएको छ । मंगलबार निवेदक गभर्नर महाप्रसाद अधिकारीको तर्फबाट १३ जना कानुन व्यवसायीले बहस गरेका थिए । आज पनि सरकारको तर्फबाट सरकारी र निजी कानुन व्यवसायीहरु गरी कुल १३ जनाले बहस गरे । न्यायाधीश द्वय सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा मंगलबारदेखि जारी सुनुवाइ १२ घण्टा चल्दा पनि सकिएको छैन । गत मंगलबार बहस गरेका निवेदकतर्फका कानुन व्यावसायीहरुले आधार र कारणबिना व्यक्तिगत रिसिवीको कारणले नै गभर्नरलाई पदमुक्त गर्ने मनसायका साथ जाँचबुझ समिति गठन गरेको तर्क राखे । गभर्नरका वकिलहरुले छानविन गर्न गठित समितिनै संबिधान बिपरित भएको तर्क अगाडि सारे । मंगलबार बहस गर्ने अधिकांश वकिलहरुले गभर्नर अधिकारीले आफ्नो जिम्मेवारी पूर्ण रुपले निर्वाह गरे पनि सरकारले आफ्नो ‘इन्ट्रेष्ट’ पूरा हुने नदेखेपछि जाँचबुझ समिति गठन गरेर औपचारिकता मात्रै निभाएको र गभर्नरलाई पदमुक्त गर्ने सरकारको नियत भएको धारणा राखेका थिए । आज सरकारी पक्षबाट महान्यायाधिवक्ता खम्मबहादुर खाती, नायब महान्यायाधिवक्ता टेकबहादुर घिमिरे, सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मी, वरिष्ठ अधिवक्ता रामनारायण बिडारी, वरिष्ठ अधिवक्ता मेघनाथ पोख्रेल, सहन्यायाधिवक्ता सुर्यराज दाहाल लगायत १३ जनाले बहस गरेका थिए । उनीहरुले नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्था अनुसार सरकारले आफ्नो अधिकार प्रयोग गरेको समान किसिमको धारणा राखे । उनीहरुले अहिले सरकारले जाँचबुझ समिति मात्रै गठन गरेकोले सो समितिको प्रतिवेदनपछि मात्रै सबै विषय थाहा हुने भएकोले अहिले काम गर्न दिनु पर्ने र रिट खारेज गर्नुपर्ने माग गरे । सरकार पक्षका सबै कानुन व्यावसायीहरुले रिट खारेजको माग गर्दा न्यायाधीश सपना प्रधान मल्लले सरकारले गभर्नर अधिकारीमाथि जाँचबुझ समिति गठन गरेर निलम्बनका लागि पठाएको पत्र पढेर सुनाइन् । सो पत्रमा नेपाल सरकारले गभर्नर अधिकारीको कार्य क्षमताको अभावलगायत विषयमाथि प्रश्न उठाउँदै राष्ट्र बैंक ऐन २०५८ को दफा २२ को उपदफा १ मा भएको व्यवस्था बमोजिम ‘पदमुक्त’ गर्न आवश्यक हुने भएकोले भन्ने शब्द प्रयोग गरेको उल्लेख गरिन् । उनले सो पत्रमा उल्लेख गरिएको ‘पदमुक्त’ शब्द किन प्रयोग गरिएको ? यो शब्द आवश्यक थियो वा थिएन ? भन्ने जवाफ अधिकांश कानुन व्यवसायीहरुबाट मागिन् । तर, त्यसको यथेष्ट जवाफ उनले पाउन सकिनन् । उनले पहिले नै पत्रमा पदमुक्त गर्न आवश्यक लेखिएकोले सरकारको नियत पनि पदमुक्त नै रहेछ नि भन्ने जवाफ मागिन् । तर, उनीहरुले भने त्यस्तो नभएर ऐनमा उल्लेख भएको शब्द नै सरकारले प्रयोग गरेको बताए । बहसमा न्यायधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानले गभर्नरविरुद्ध जाँचबुझ समिति गठन गर्दा वस्तुगत आधार र कारण किन नदेखाइएको भन्ने प्रश्न पनि गरे । उनी सरकार पक्षका कानुन व्यवसायीहरुले त्यसको पनि यथेष्ट जवाफ दिन सकेनन् । बहसमा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले गभर्नरको शैक्षिक योग्यतामाथि पनि प्रश्न गरे । उनले पत्रमा कार्यक्षमता उल्लेख गरेकोले व्यक्तिको शैक्षिक योग्यताले नै कार्यक्षमता निर्धारण गर्ने धारणा राखे । न्यायधीशद्वयले पत्रमा जाँचबुझ हुनु अगावै प्रयोग भएको पदमुक्त शब्द र जाँचबुझ समिति गठन गर्नुको कारण आधार बताउन वकिलहरुलाई बाराम्बार आग्रह गरिरहेका थिए । तर, सरकारको तर्फबाट बहस गर्ने कानुन व्यावसायीहरुले ती दुई प्रश्नको चित्त बुझ्दो जवाफ न्यायधीशलाई दिन सकेनन् । यसअघि न्यायाधीश हरिप्रसाद फुयालको इजलासले रिटमाथि सुनुवाइ गर्दै अन्तरअल्पकालीन आदेश दिएर गभर्नर अधिकारी अहिले काममा फर्किएका छन् । अब भोलि (शुक्रबार)को बहसपछि यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने वा रिट नै खारेज गर्ने भन्ने विषयको भने टुङ्गो लाग्नेछ । सम्बन्धित सामग्री: गभर्नरको पक्षबाट १३ जनाको बहस : आधार र कारण देखाउनदेखि जाँचबुझ समितिको नैतिकतामाथि प्रश्न
गभर्नरको पक्षबाट १३ जनाको बहस : आधार र कारण देखाउनदेखि जाँचबुझ समितिको नैतिकतामाथि प्रश्न
काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रिट आज (मंगलबार) हेर्दाहेर्दैमा सकिएको छ । आज गभर्नर अधिकारीको तर्फबाट १३ वकिलले बहस गरे पनि बहस नसकिएको हुँदा बिहीबारसम्मका लागि स्थगित भएको हो । मंगलबार दिउँसो साढे साढे १२ बजेपछि सुरु भएको बहस साँझ साढे ५ बजेसम्म चलेको थियो । बहसमा बोल्ने १३ जना नै निवेदक अधिकारीको पक्षका थिए । अधिकारीको पक्षबाट बहस गर्ने सबै अधिवक्ताहरुले अन्तरिम आदेश जारी गर्नुपर्ने धारणा राखे । बहसको सुरुमा बोलेका अधिवक्ता नरेन्द्रप्रसाद गौतमले गभर्नर अधिकारीका राम्रा पक्षहरूको विषयमा प्रकाश पारेका थिए । उनले अधिकांश समय उनको तारिफमा खर्चिए भने बहसको अन्तिममा सरकारले अनावश्यक रुपमा र राजनीतिक मनोविज्ञानले अधिकारीमाथि अनेकन आरोप लगाएर सरकारले जाँचबुझ समिति गठन गर्ने दुस्साहस गरेको टीप्पणी गरे । गौतमपछि अधिवक्ता सुरेन्द्र थापाले बहसमा भाग लिएका थिए । उनले सरकारले कुनै कारण र आधार बिना सरकारले गभर्नरअधिकारीमाथि विभिन्न आरोप लगाएको बताए । उनले कुनै वस्तुगत आधार नदेखाइ सरकारले रिस साँध्ने र पदमुक्त गर्ने मनसाय देखाएको आरोप लगाए । यस्तै, उनले मौद्रिक नीति र वित्त नीतिको कार्यान्वयनमा गभर्नर अधिकारीले प्रभावकारी काम गरेको, आफ्नो जिम्मेवारी पूर्ण रुपले निर्वाह गरे पनि सरकारले आफ्नो ‘इन्ट्रेष्ट’ पूरा हुने नदेखेपछि यस्तो निर्णयमा पुगेको बताए । बहसमा तेस्रो व्यक्तिका रुपमा वरिष्ठ अधिवक्ता सुशील पन्तले भाग लिएका थिए । उनले पनि सरकारले कुन आधार र कारणले गभर्नर अधिकारीमाथि जाँचबुझ समिति गठन गरेको हो भन्ने प्रश्नको जवाफ माग गरे । उनले जाँचबुझ समिति संयोजक सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारी अर्थमन्त्री जनार्दन शर्माका नातेदार भएको विषय पनि बहसमा उठाएका थिए । यस्तै, बहसमा बरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले पनि भाग लिएका थिए । उनले कुनै व्यक्तिको निजी स्वार्थ पूरा नहुने वित्तिकै गभर्नरमाथि विभिन्न आरोप लगाएर छानबिन गर्न नपाइने बताए । बहसमा वरिष्ठ अधिबक्ता शम्भु थापाले पनि कारण र आधारबिना आरोप लगाएको बताए । ‘अर्थसचिव पनि राष्ट्र बैंकको बोर्डको सञ्चालक हुनुहुन्छ, उहाँले कुनै पनि बैठकमा बिमति राख्नु भएको छैन, एक्कासि २४ गते जाँचबुझ समिति बन्यो, मनोमानी तरिकाले निजामति जस्तो अधिनस्तको कुरा राख्न पाइँदैन, गभर्नर सरकारको अधिनस्त होइन,’ उनले भने । उनले पहिले कारण र आधार खोलेर जानकारी पाउनु पर्ने कि जाँचबुझ समिति बनेपछि थाहा पाउने भन्ने प्रश्न पनि गरे । यस्तै, उनले जाँचबुझ समितिका संयोजक पुरुषोत्तम भण्डारीको नियतमाथि पनि प्रश्न उठाएका छन् । पूर्वन्यायाधीशले सेवानिवृत भएपछि कुनै यस्त काम गर्न नपाउने बताउँदै यो असंवैधानिक भएको बताए । ‘पूर्वन्यायाधीश तथा जाँचबुझ समितिका संयोजक पुरुषोत्तम भण्डारीले पाउने एक लाख रुपैयाँ सरकारी कोषबाटै एक लाख पाउनुहुन्छ, यो एक लाख रिवार्ड हो । तिमी मेरो पक्षमा कुरा गर भनेर सरकारले दीएको रिवार्ड हो, यदि उहाँ चाहनुहुन्छ भने २ लाख म दिन्छु,’ उनले भने । उनले आजसम्म नैतिकताका आधारमा भण्डारीले राजीनामा दिनुपर्ने भए पनि राजीनामा नदिएको जनाए । उनले गभर्नर के कारणले पदच्युत हुँदैछ भन्ने विषय पब्लिक डोमेनमा पनि जानकारी हुनुपर्ने धारणा राखे । उनले पनि अन्तरिम आदेश पूर्णरुपमा जारी हुनुपर्ने माग राखे । यस्तै, वरिष्ठ अधिवक्ता हरिहर दाहालले सरकारले गभर्नरलाई पदमुक्त गर्ने निर्णय गरिसकेको र जाँचबुझ समिति गठन गरेर औपचारिकता मात्रै निभाएको आरोप लगाए । उनले सरकारले हतारमा काम गरेको र सरकार पूर्वाग्राही देखिएको बताए । ‘यो विषय महाप्रसाद अधिकारको मात्रै होइन, नेपालको अर्थतन्त्रको सवाल पनि छ, उनले भने । वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले जाँचबुझ समितिको वैधानिकतामाथि प्रश्न उठाए । उनले पनि सर्वोच्चले अन्तरिम आदेश नदिएर गभर्नरलाई काम गर्न नदिने हो भने केही व्यक्तिको हालीमुहाली हुने बताए । बहसमा वरिष्ठ अधिवक्ता तुल्सी भट्टले पनि राष्ट्र बैंक नेपाल सरकारको निकाय नभई नेपाल राज्यको निकाय भएको जानकारी गराए । यस्तै, वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले पनि संविधानले निषेध गरेको काम सरकारले सक्रिय गरेको आरोप लगाए । उनले यसमा अदालतको हस्तक्षेप आवश्यक रहेको पनि बताए । उनले पनि सरकार गभर्नर अधिकारीलाई हटाउने निष्कर्षमा पुगेको बताए । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले पनि गभर्नर निलम्बनमा पर्दा अर्थतन्त्रमा समस्या देखिएको बताए । ‘गभर्नर नेपाल राष्ट्र बैंक सञ्चालक समितिको अध्यक्ष हुने व्यवस्था छ, अहिले बैठक नै बस्न सकेको छैन, यसले अर्थतन्त्रमा नै समस्या हुन्छ,’ उनले भने । बहसमा भाग लिने अधिकांश अधिवक्ताहरुले गभर्नरमाथि लगाएको आरोपको कारण र आधार माग गरेका थिए । बिहीबार सरकारी पक्षका कानुन व्यवसायीले बहस गरेपछि न्यायाधीश मल्ल र मोक्तानको इजलासले अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने आदेश जारी गर्नेछ । गत चैत २४ गते सरकारले गभर्नर अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेको थियो । सरकारले छानबिन समिति बनाएसँगै गभर्नर स्वतः निलम्बनमा परेका थिए । सरकारको निर्णयविरुद्ध गत वैशाख ५ गते सर्वोच्च अदालतमा अन्तरिम आदेशको माग गर्दै उनले रिट निवेदन दर्ता गर्न गएका थिए । चैत ६ गते सर्वोच्च अदालतले गभर्नर अधिकारीको पक्षमा अल्पकालीन अन्तरिम आदेश दिँदै वैशाख १३ गतेका लागि छलफलमा बोलाएको थियो ।
प्रतिनिधिसभा विघटनकाे जवाफी बहस शुरु
काठमाडाैं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ता हरिहर दाहालले जवाफी बहस शुरु गरेकाे छ । सभामुखका तर्फबाट बहस सकिएपछि आइतबारदेखि रिट निवेदनका तर्फबाट जवाफी बहस शुरु भएको थियो । वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले जवाफी बहससमेत गरिसकेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईका संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सुनुवाइ भइरहेको हो । रिट निवेदकका तर्फबाट जवाफी बहस गर्ने वरिष्ठ अधिवक्ता दाहालपछि वरिष्ठ अधिवक्ता शम्भु थापा र बद्रीबहादुर कार्कीले बहस गर्नेछन् । रिट निवेदकका तर्फबाट जवाफी बहसका लागि तीन घण्टा समय निर्धारण गरिएको थियो । एक घण्टा आइतबार नै सकिएको छ । आजका लागि दुई घण्टा मात्र समय बाँकी छ । त्यसपछि अदालतका सहयोगीले दुई घण्टा बहस गर्ने गर्नेछन् । एमिकस क्युरीमा नेपाल बार एशोसिएशनबाट वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र उषा मल्ल तथा सर्वोच्च बार एशोसिएशनले वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी रहेका छन् । आज जवाफी बहस सकिएपछि एकिकस क्युरीको पालो आउनेछ । अदालतका निष्पक्ष सहयोगीले कानूनअनुसार अदालतलाई आफ्नो स्वतन्त्र राय दिनेछन् । रासस
प्रतिनिनिधिसभा विघटनः सभामुखमा तर्फबाट बहस शुरु
काठमाडाैं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा समाभुखका तर्फबाट बहस शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा शुक्रबार सरकारी पक्षको बहस सकिएपछि आज समाभुखका तर्फबाट अधिवक्ता मेघराज पोखरेलले बहस शुरु गरेका हुन् । सभामुखका तर्फबाट बहस गर्ने कानून व्यवसायीका लागि एक घण्टाको समय छुट्याइएको छ । उनका तर्फबाट वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेल, लवप्रसाद मैनाली, उपेन्द्रकेशरी न्यौपाने र अधिवक्ता श्रीकृष्ण सुवेदीले बहस गर्नेछन् । त्यसपछि रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ । त्यसका लागि तीन घण्टाको समय तोकिएको छ । अनि अदालतका सहयोगीको पालो आउनेछ । त्यसका लागि दुई घण्टाको समय निर्धारण गरिएको छ । सोमबार सम्पूर्ण बहस सकिनेछ । उक्त विवादमा ३० रिट निवेदन परेका थिए । गत जेठ ८ गते मन्त्रिपरिषद्का सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सि ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको सोही दिनको निर्णय बदर गरेर असंवैधानिक र गैरकानूनी घोषणा गर्ने माग ती निवेदनमा गरिएको छ ।
प्रतिनिधिसभा विघटनः सरकारी पक्षको बहस समाप्त, सभामुखका तर्फबाट आइतबार
काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सरकारी पक्षका कानून व्यवसायीको बहस आजदेखि सकिएको छ । महान्यायाधिवक्ता रमेश बडालले सोमबार सरकारी पक्षको बहसको प्रारम्भ गर्नुभएको थियो । सरकारी पक्षलाई १५ घण्टाको समय दिइएको थियो । त्यसमा सरकारी वकिल र प्रधानमन्त्रीका वकिलले सातसात घण्टा बहस गरेका थिए । त्यही समयबाट सभामुखका वकिललाई एक घण्टा समय छुट्याइएको छ । उनको तर्फबाट आइतबार बहस हुनेछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा सुुनुवाइ भइरहेको छ । प्रधानमन्त्रीका तर्फबाट बहस गर्ने कानून व्यवसायीले संवैधानिक अधिकार प्रयोग गरेर प्रतिनिधिसभाको विघटन गरिएको तर्क गरेका थिए । सभामुखका कानून व्यवसायीको बहसपछि रिट निवेदक पक्षले जवाफ दिनेछ । त्यसका लागि तीन घण्टाको समय निर्धारण गरिएको छ । त्यसपछि अदालतका सहयोगीको बहस हुनेछ । त्यसका लागि दुई घण्टाको समय तोकिएको छ । त्यसपछि फैसला हुनेछ । सोही फैसलालाई राखेर प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गरिन्छ । आइतबार रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ सकिएको थियो । निवेदक पक्षलाई १२ घण्टाको समय दिइएको थियो । निवेदक पक्षका कानून व्यवसायीले बहुमत सांसद विघटन विपक्षमा रहेको जिकिर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गरेका छन् । उक्त विवादमा ३० रिट निवेदन परेका थिए । गत जेठ ८ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको सोही दिनको निर्णय बदर गरेर असंवैधानिक र गैरकानूनी घोषणा गर्ने माग ती निवेदनमा गरिएको छ ।
प्रतिनिधिसभा विघटनका मुद्दामा आज पनि सरकारी पक्षकै बहस
काठमाडाैं । प्रतिनिधिसमा विघटनसम्बन्धी रिट निवेदनमा आज पनि सरकारकी पक्षकै तर्फबाट बहस हुनेछ । सोमबारदेखि महान्यायाधिवक्ता रमेश बडालले सरकारी पक्षको नेतृत्व सरकारी पक्षको बहस प्रारम्भ गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा आज सहन्यायाधिवक्ता गोपालप्रसाद रिजालले १५ मिनेट बसह गर्नेछन् । उनले एकपटक विश्वासको मत लिन सक्दिन भनेपछि पुन प्रधानमन्त्रीका दावी गर्न मिल्ने नमिल्ने र प्रधानमन्त्रीको दुरासय रहे नरहेको विषयमा व्याख्या गर्नेछन् । सरकारी पक्षबाटै सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले ३० मिनेट बहस गर्नुहुनेछ । उहाँले प्रतिनिधिसभा विघटनसम्बन्धमा यसभन्दा अगाडि भएका आदेशमा भएको व्याख्या र प्रस्तुत विवादमा त्यसको सान्दर्भिकता प्रस्तुत गर्नेछन् । अर्का सहन्यायाधिवक्ता लोकराज पराजुलीले राष्ट्रपतिको दावीमा विश्वास प्राप्त हुने आधारका बारेमा राष्ट्रपतिले मूल्याङ्कन गर्ने विषयमा १५ मिनेट बहस गर्नेछन् । त्यस्तै, सहन्यायाधिवक्ता खेमराज्ञ ज्ञवालीले राष्ट्रपतिको अधिकारको विषयमा १० मिनेट बहस गर्नेछन् । अर्का सहन्यायाधविक्ता उदपप्रसाद पुडासैनीले विधिशास्त्रीय दृष्टिले विघटनसम्बन्धी निर्णयको विवेचनाका विषयमा १० मिनेट र उपन्यायाधिवक्ता दशरथ पङ्गेनीले सरकार गठनका लागि धारा ७६ ले गरेका व्याख्या र भएका अभ्यासका साथै राजनीतिक घटनाक्रमको विश्लेषण गर्नेछन् । सरकारी पक्षलाई १५ घण्टा समय दिइएको थियो । त्यसमा महान्यायाधविक्ता बडालले करिब तीनघण्टा २० मिनेट लिनुभएको छ । मङ्गलबार सरकारी पक्षबाट नायव महान्यायाधिवक्ताहरू पद्मप्रसाद पाण्डे, विश्वराज कोइराला, टेकबहादुर घिमिर र श्यामकुमार भट्टराइले बहस गरे । महान्यायाधिवक्ता बडालसहित सरकारी पक्षबाट ११ जनाले बहस गर्ने तय भएको थियो । त्यसमध्ये आज छ जनाको बहस हुनेछ । सरकारी पक्षले राष्ट्रपतिको निर्णय र प्रतिनिधिसभा विघटन संविधानसम्मत रहेको तर्क राखेका थिए । हान्यायाधिवक्तासहित महान्यायधिवक्ता कार्यालयका बहस सकिएपछि प्रधानमन्त्रीका नीजि कानून व्यवसायीको बहस शुरु हुनेछ । आइतबार रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ सकिएको थियो । निवेदक पक्षलाई १२ घण्टाको समय दिइएको थियो । उक्त समयमा रिट निवेदकका तर्फबाट ३६ कानून व्यवसायीले बहस गरेका थिए । निवेदक पक्षका कानून व्यवासयीले बहुमत सांसद पक्षमा रहेको जिकिर गर्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गरेका छन् । सरकारी पक्षको बहसपछि सभामुखका कानून व्यावसायीले एक घण्टाको सयम पाउनेछन् । त्यसपछि निवेदक पक्षले जवाफ दिनेछन् । जवाफ सकिएपछि अदालतको सहयोगी (एकीकस क्युरी) को बहस हुनेछ । त्यसपछि फैसला हुनेछ । सोही फैसलालाई राखेर प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गरिन्छ । उक्त विवादमा ३० वटै रिट निवेदन परेका थिए । गत जेठ ८ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको जेठ ८ गतेको निर्णय बदर गरेर असंवैधानिक र गैरकानूनी घोषणा गर्ने माग ती निवेदनमा गरिएको छ ।
प्रतिनिधिसभा विघटन: आज पनि सरकारी पक्षकै बहस, कसले कुन विषयमा गर्दैछन् बहस ?
काठमाडाैं । प्रतिनिधिसमा विघटनसम्बन्धी रिट निवेदनमा आज पनि सरकारकी पक्षको बहस हुनेछ । सोमबार महान्यायाधिवक्ता रमेश बडालले सरकारी पक्षको नेतृत्व गर्दै तीन घण्टाभन्दा बढी बहस गरेका थिए । उनले प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको तर्क राखेका थियो । महान्यायाधिवक्ता बडालसहित सरकारी पक्षबाट ११ जनाले बहस गर्दै छन् । अब १० जनाले बहस गर्न बाँकी छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा आज नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेले दुई घण्टा बहस गर्नेछन् । उनले राष्ट्रपतिले दुवैको दावी अस्वीकार गर्न मिल्ने नमिल्ने सम्बन्धमा नेपालको संविधानमा भएका व्यवस्थाको विश्लेषण गर्नेछन् । साथै नेपालको संविधानको धारा ७६ को सरकार गठनमा ह्विप लाग्ने नलाग्ने र फ्लोर क्रससम्बन्धी अन्य देशको व्यवस्थाको बारेमा व्याख्या गर्नेछन् । त्यसैगरी अर्का नायब महान्यायाधिवक्ता विश्वराज कोइरालाले राजनीतिक प्रश्न र न्याय निरुपणयोग्य मापदण्डको विषयमा २० मिनेट व्याख्या गर्नेछन् । नायब महान्यायाधिवक्ता टेकबहादुर घिमिरले पनि २० मिनेट बहस गर्नेछन् । उनले संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनमा राजनीतिक दलको भूमिका र भएको अभ्यासको विश्लेषण गर्नेछन् । अर्का नायब महान्यायाधविक्ता श्यामकुमार भट्टराईले संविधानले आत्मसात् गरेको मूल्यको दृष्टिले प्रस्तुत विवादको सान्दर्भिकताका विषयमा १० मिनेट व्याख्या गर्नेछन् । सहन्यायाधिवक्ता गोपालप्रसाद रिजालले एकपटक विश्वासको मत लिन सक्दिन भनेपछि पुनः प्रधानमन्त्रीका लागि दावी गर्न मिल्ने नमिल्ने र प्रधानमन्त्रीको दुराशय रहे नरहेको विषयमा १५ मिनेट व्याख्या गर्नेछन् । सरकारी पक्षबाटै सहन्यायाधिवक्ता सञ्जीवरा रेग्मीले ३० मिनेट बहस गर्नेछन् । उनले प्रतिनिधिसभा विघटनसम्बन्धमा यसभन्दा अगाडि भएका आदेशमा भएको व्याख्या र प्रस्तुत विवादमा त्यसको सान्दर्भिकता प्रस्तुत गर्नेछन् । अर्का सहन्यायाधिवक्ता लोकराज पराजुलीले राष्ट्रपतिको दावीमा विश्वास प्राप्त हुने आधारका बारेमा राष्ट्रपतिले मूल्याङ्कन गर्ने विषयमा १५ मिनेट बहस गर्नेछन् । त्यस्तै सहन्यायाधिवक्ता खेमराज्ञ ज्ञवालीले राष्ट्रपतिको अधिकारको विषयमा १० मिनेट बहस गर्नेछन् । अर्का सहन्यायाधविक्ता उदपप्रसाद पुडासैनीले विधिशास्त्रीय दृष्टिले विघटनसम्बन्धी निर्णयको विवेचनाका विषयमा १० मिनेट र उपन्यायाधिवक्ता दशरथ पङ्गेनीले सरकार गठनका लागि धारा ७६ ले गरेका व्याख्या र भएका अभ्यासका साथै राजनीतिक घटनाक्रमको विश्लेषण गर्नेछन् । सरकारी पक्षलाई १५ घण्टा समय दिइएको थियो । त्यसमा महान्यायाधविक्ता बडालले करिब तीनघण्टा २० मिनेट लिएका छन् । आइतबार रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ सकिएको थियो । निवेदक पक्षलाई १२ घण्टाको समय दिइएको थियो । उक्त समयमा रिट निवेदकका तर्फबाट ३६ कानून व्यवसायीले बहस गरेका थिए । निवेदक पक्षका कानून व्यवासयीले बहुमत सांसद पक्षमा रहेको जिकिर गर्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गरेका छन् । सरकारी पक्षको बहसपछि सभामुखका कानून व्यवसायीले एक घण्टाको सयम पाउनेछन् । त्यसपछि निवेदक पक्षले जवाफ दिनेछन् । जवाफ सकिएपछि अदालतको सहयोगी (एमीकस क्युरी) को बहस हुनेछ । त्यसपछि फैसला हुनेछ । सोही फैसलालाई राखेर प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गरिन्छ । उक्त विवादमा ३० वटा रिट निवेदन परेका थिए । गत जेठ ८ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको जेठ ८ गतेको निर्णय बदर गरेर असंवैधानिक र गैरकानूनी घोषणा गर्ने माग ती निवेदनमा गरिएको छ ।
सरकारले गरेका कामहरुको तथ्य र तथ्यांकमा टेकेर बहस गर्न प्रधानमन्त्रीलाई गगन थापाकाे चुनाैती
काठमाडाै । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले गरेका कामहरुको तथ्य र तथ्यांकमा टेकेर संसदभित्र बहस गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो दिएका छन् । प्रतिनिधिसभाको बिहिबारको बैठकको विशेष समयमा बोल्दै उनले मिथ्यांक अघि सारेर संसदबाहिर सभा सम्मेलनमा नभई तथ्यमा संसद भित्र बहस गर्न प्रधानमन्त्रीलाई चुनौति दिएका हुन् । उनले कसैले प्रश्न नगर्ने सभा सम्मेलनमा प्रधानमन्त्रीले मिथ्यांक प्रस्तुत गर्ने गरेको दाबी गर्दै उहाँले एक एक वटा आयोजना र कामका बारेमा संसदमा बहस गर्न चुनौति दिए । उनले भने. ‘प्रधानमन्त्री ज्यू तथ्य र तथ्यांकमा टेकेर बहस गर्नका निम्ति म तपाईलाई संसदमा निम्तो दिन चाहन्छु । होइन भने तपाई बाहिरको सभा सम्मेलनमा उभिएर प्रश्न नगर्ने ठाउँमा हुक्के, चिलिमे, बैठके ,चौतारे राखेर तपाईले माथिबाट ठोक्ने, तलबाट तालि बजाउने अनि माननीय सांसदहरुले संसदमा आएर बालकविता सुनाएर बस्ने होइन । म/हामी तपाईसंग बहस गर्न तयार छौ । तपाईले प्रस्तुत गर्नुभधएको तथ्यमा टेकेर । ल आउनुहोस् । तपाई एउटा एउटा मन्त्रालयमा बहस गरौ । कहाँ तीन बर्षमा चमत्कार भएको छ ? पानीमा बहस गरौ । सडकमा बहसगरौ । पुलमा बस गरौ ।’ उनले सरकारको ३ वर्षे कार्यकालमा विकास निर्माणका काम चमत्कारिक ढंगले भएको भन्ने प्रधानमन्त्रीको दाबीलाई ‘अल्पज्ञान’को संज्ञा दिए ।
प्रमलाई प्रतिनिधिसभामा अवरोध नआएको जिकिरः बहस मङ्गलबार पनि
काठमाडाैं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई अवरोध नहुँदा पनि विघटन गरिएकामा आपत्ति जनाए । प्रधानमन्त्रीले दुई वर्षसम्म सरकार राम्रोसँग चलाएकाले निर्दाेष सदन विघटन गर्न नपाइने जिकिर गरे । “पुस १७ गते संसद् अधिवेशन बस्ने तयारी थियो, ५ गते नै विघटन गरियो र केही अध्यादेश पनि ल्याइयो, यो न्यायोचित भएन । यसबाट प्रधानमन्त्री संंसद्पति उत्तरदायी नभएको ठहर्छ”, उनले भने । यसमा राजनीतिक विषय भनेर अदालत उम्किन नसक्ने बताउँदै उनले संविधानमा हुँदै नभएको व्यवस्थालाई राजनीति हो भनेर विघटन गर्न नमिल्ने तर्क दिए । “प्रधानमन्त्रीको लिखित जवाफमा दिइएको आरगुमेन्ट(तर्क) पनि मिल्दैन”, उनले भने, पार्टीभित्रको विवाद मिलाउन नसकी प्रतिनिधिसभा नै विघटन गरेर संसद्लाई पीडित बनाउन मिल्दैन । ताजा जनादेश मात्र भनेर हुँदैन ।” संविधानले नदिएको अधिकारका आधारमा निर्वाचन गर्न नमिल्ने जनाउँदै उहाँले ताजा जनादेशमा जान त प्रजातान्त्रिक अभ्यास हुनुपर्छ भने । विसं २०५२ को तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले गरेको प्रतिनिधिसभा विघटन मुद्दामा पनि संसद् विघटन गरेर ताजा जनादेशमा जानु राजनीतिक विषय भए पनि विघटन गर्दा संविधानसम्मत हुनुपर्छ भनी फैसला भएको जिकिर उनले गरे । “संसदीय अभ्यासलाई नमानीकन प्रतिनिधिसभा विघटन गर्नुहुँदैन”, पोखरेलले भने । रिट निवेदकै तर्फबाट अधिवक्ता सरोजकृष्ण घिमिरेले निर्वाचनमा जाने जनताको मनस्थिति नभएको जनाउँदै संविधानले प्रतिनिधिसभा विघटन अधिकार नदिएकाले मिल्ने भनी व्याख्या गर्न नमिल्ने जिकिर गरे । सत्तारुढ पार्टीका संसदीय दलका नेता केपी शर्मा ओलीले एकल निर्णयमा निर्दाेष प्रतिनिधिसभा गर्न नपाइने तर्क पनि उनले दिए । आज सुनुवाइ ‘हेर्दाहेर्दै’मा राखी पुनः मङ्गलबारका लागि तोकिएको छ । गत पुस ११ देखि सर्वाेच्च अदालत, संवैधानिक इजलासमा सुनुवाइ शुरु भई क्षेत्राधिकार विवादमा बहस भएपछि संवैधानिक इजलासमै सुनुवाइ गरिने भनी यही माघ २ गते आदेश भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेपछि आजदेखि विषयवस्तुमा प्रवेश गरेर बहस शुरु भएको हो । उक्त विवादमा संवैधानिक इजलास वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भनेर गत पुस २२, २९ गते हुँदै यही माघ २ गते संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय भएको हो । रिट निवेदक १३ जनामध्ये ११ जनाले उक्त विषय बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग गर्दै पूरक निवेदन दिएकाले क्षेत्राधिकारका विषयमा लामै बहस र छलफल भयो । गत १० पुस गते संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको थियो । आदेशअनुसार राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सभामुखले गत पुस १९ गते महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गरिसकेका छन् । अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी सिफारिश र निर्णयको सक्कलप्रति राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट झिकाउने तथा प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता भएको खुल्ने गरी सक्कल रजिष्ट्रारसमेतका कागजात सङ्घीय सचिवालयबाट झिकाउने आदेश जारी गरेको थियो । अदालतका सहयोगी (एमिकस क्युरी) मा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक रहेका छन् ।
सोती मुद्दामा वादी र जाहेरीवालातर्फका वकिलको सकियो बहस
काठमाडौं । सोती मुद्दामा रुकुम जिल्ला अदालतमा थुनछेक बहस जारी छ । शुक्रबारदेखि शुरु भएको बहस आज पनि जारी रह्यो । थुनछेक बहस शुरु भएको तीन दिनमा वादी र जाहेरीवालातर्फका वकिलको बहस सकिएको छ । आज बाँकी रहेका जाहेरीवालातर्फका सात वकिलको बहस सकिएसंँगै वादी र जाहेरीवालातर्फका वकिलको बहस सकिएको रुकुम जिल्ला अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिए । उनका अनुसार वादी र जाहेरीवालातर्फबाट २३ वकिलले बहस गरेका छन् । पहिलो दिन शुक्रबार वादीका तर्फबाट पाँच सरकारी वकिल र दुई जाहेरीवालातर्फका गरी सात तथा आइतबार जाहेरीवालातर्फका नौ र आज जाहेरीवालातर्फकै सात वकिलले बहस गरेका हुन् । मङ्गलबार प्रतिवादीतर्फका वकिलको बहस शुरु हुने स्रेष्तेदार बोहराले बताए । प्रतिवादीतर्फबाट सात वकिलले बहस गर्दै छन् । प्रतिवादीतर्फका वकिलको बहस मंगलबार नै सकिन सक्ने अदालतले जनाएको छ । मङ्गलबार नै थुनछेक बहस सकिएमा बुधबार थुनछेक आदेश आउन सक्ने आकलन गरिएको छ । गत जेठ १० गते रुकुम(पश्चिम)को चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनामा जाजरकोटका पाँच र रुकुम(पश्चिम)का एकको मृत्यु भएको थियो । उक्त घटनामा संलग्न रहेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयले ३४ जना विरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत कसूरमा मुद्दा दर्ता गराएको छ ।
बालुवाटारमा बहसः घर जान चाहनेलाई पठाउने कि नपठाउने ?
काठमाडाैं । देश लकडाउनमा छ । धेरै मानिसहरु घर जान चाहन्छन् । तर, सरकाले भने यसतर्फ ध्यान दिएको छैन । आज भने यो विषयको बारेमा ठोस निर्णय हुने बताइएको छ । लकडाउनका कारण शहरमा र बाटोमा अलपत्र परेका मानिसलाई गन्तव्यसम्म पुर्याउने बारे व्यवस्था मिलाउने सरकारले तयारी गरेको छ । यस विषयमा कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा छलफल भएको छ । तर निर्णय गर्नु अघि प्रधानमन्त्री केपी ओलीसँग पनि छलफल भइरहेको छ । छलफलका लागि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई पनि बोलाएका छन् । स्रोतका अनुसार घर जान दिने निर्णय गर्ने भन्दा पनि जनप्रतिनिधसँगको समन्वयमा जाने व्यवस्था मिलाउने बारे छलफल भइरहेको छ । धेरै नागरिकहरू सडकमा अलपत्र परेका छन् । धेरै नगरिकहरु राजधानीसहितका विभिन्न स्थानबाट पैदल नै गाउँ फर्किरहेका छन् । याे भन्दा अगाडि सरकारले निर्णय गरेकाे भनेर सञ्चार माध्यममा समाचार आएपनि सरकारले नगरेकाे बताएकाे थियाे ।