काठमाडाैं । देश लकडाउनमा छ । धेरै मानिसहरु घर जान चाहन्छन् । तर, सरकाले भने यसतर्फ ध्यान दिएको छैन । आज भने यो विषयको बारेमा ठोस निर्णय हुने बताइएको छ ।
लकडाउनका कारण शहरमा र बाटोमा अलपत्र परेका मानिसलाई गन्तव्यसम्म पुर्याउने बारे व्यवस्था मिलाउने सरकारले तयारी गरेको छ । यस विषयमा कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा छलफल भएको छ । तर निर्णय गर्नु अघि प्रधानमन्त्री केपी ओलीसँग पनि छलफल भइरहेको छ । छलफलका लागि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई पनि बोलाएका छन् ।
स्रोतका अनुसार घर जान दिने निर्णय गर्ने भन्दा पनि जनप्रतिनिधसँगको समन्वयमा जाने व्यवस्था मिलाउने बारे छलफल भइरहेको छ । धेरै नागरिकहरू सडकमा अलपत्र परेका छन् । धेरै नगरिकहरु राजधानीसहितका विभिन्न स्थानबाट पैदल नै गाउँ फर्किरहेका छन् ।
याे भन्दा अगाडि सरकारले निर्णय गरेकाे भनेर सञ्चार माध्यममा समाचार आएपनि सरकारले नगरेकाे बताएकाे थियाे ।