आगामी बजेटमा सेयर बजारका लागि कस्तो व्यवस्था हुनुपर्ला ? यस्तो छ सरोकारवालाको सुझाव
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउन लागेको छ । गत वर्षको जस्तै यो वर्ष पनि सरकारले विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) र लकडाउनकै बीचमा आगामी आवको बजेट ल्याउन लागेको हो । उक्त बजेटमा पुँजीबजार सम्बद्ध सरोकारवाला निकायहरूले आ-आफ्नो तर्फबाट विभिन्न सुझावहरु राखेका छन् । पुँजीबजारका लगानीकर्ताका संघसंगठन, मर्चेन्ट बैंकर्स एसोशिएसन अफ नेपाल, धिताेपत्र व्यवसायी, नेपाल स्टक एक्स्चेञ्ज र नेपाल धिताेपत्र बाेर्डले अर्थमन्त्रालय समक्ष आ-आफ्नो तर्फबाट पुँजीबजारको विकास तथा विस्तारको लागि विभिन्न सुझावहरु पेश गरेका छन् । यस्ताे छ लगानीकर्ताकाे सुझाव छोटेलाल रौनियार- अध्यक्ष, नेपाल इन्भेष्टर्स फोरम ‘हामीले आगामी बजेटमा ५८ बुँदामध्ये बाँकी भएको बुँदाहरु समेट्न सुझाव दिएका छौं । जसमध्ये कमर्शियल बैंकको सब्सिडिज मर्चेन्ट बैंकिङ्गहरुलाई ब्रोकर लाइसेन्सलाई दिने भनिएको पुरा भएको छैन । त्यसैले सबै ६ वटै लगानीकर्ता संघको संयुक्त माग के छ भने मर्चेन्ट बैंकरहरुलाई ब्रोकर लाइसेन्स दिनुपर्छ भन्ने हो । यसले पुँजीबजार विकास विस्तार हुन्छ, ७ प्रदेश तथा ७७ वटै जिल्लामा सेयर कारोबार हुन्छ । देशमा छरिएर बसेका पैसा बैंकिङ्ग च्यानलबाट चलायमान हुन्छ । सरकारको राजश्व र क्यापिटल गेन ट्याक्स पनि बढ्छ । सीडीएस, नेप्से र सेवोनको कमिशन तथा व्यापार पनि बढ्छ । लगानीकर्ताले ७७ वटै जिल्लाबाट कारोबार गर्न पाए । जसले गर्दा दैनिक २० अर्ब रुपैयाँ बढी कारोबार हुन्छ ।’ ‘त्यस्तै, सेयर किनबेच गर्दा लाग्ने ब्रोकर कमिशन घटाएर अधिकतम ०.२५ प्रतिशत बनाउनु पर्छ । यसअघि अधिकतम ०.६ प्रतिशतसम्म रहेको ब्रोकर कमिशन घटेर अधिकतम ०.४ प्रतिशतमा आयो । जसले गर्दा लगानीकर्तालाई अलि राहात भएको थियो । तर अहिलेको अवस्थामा यो घटेर आएको कमिशन पनि बढी भएको र अब अधिकतम ०.२५ प्रतिशत बनाउनु पर्ने देखिएको छ । जुन हामीले अघिल्लो वर्ष नै माग गरेका थियौं । किनभने पछिल्लो समयमा अर्बौंको कारोबार भइरहेको छ । बजारमा दैनिक १५/१६ अर्ब बढीको सेयर कारोबार हुन लागिसकेको छ । एक दुई अर्बको कारोबार हुँदा पनि ५० वटा ब्रोकरबाट सेवा र १५ अर्ब माथिको कारोबारमा पनि ५० वटा ब्रोकरबाट मात्रै पाइने सेवाले गर्दा धेरै लगानीकर्ता छिटो, छिरितो कारोबार गर्नबाट वञ्चित रहेका छन् ।’ ‘साथै, पुँजीबजारको विकास विस्तारको लागि वान डोर पोलिसी लागू गरेर कार्यान्वयनमा ल्याउनु पर्ने देखिन्छ ।’ उत्तम अर्याल-अध्यक्ष, सेयर लगानीकर्ता संघ ‘अहिले अन्तिम कर भनेर ५ प्रतिशत कार्यान्वयनमा आइरहेको छ, त्यो ऐनमै उल्लेख गरिदिनु पर्यो । जसरी घर जग्गा किनबेच गर्दा अन्तिम कर भनेर जुन ऐनमा पाउछौं त्यसरी नै पुँजीगत लाभकर पनि ऐनमै हुनु पर्यो । त्यस्तै, अल्पकालिन र दीर्घकालिन लगानीकर्ता छुट्याउनु पर्यो । र, ‘नेपालको पानी, जनताको लगानी’ लाई नारामा मात्र सीमित नगरेर त्यसलाई कार्यान्वयनमा ल्याउने कार्यक्रमहरु ल्याउनु पर्यो ।’ राधा पोखरेल- अध्यक्ष, नेपाल पुँजीबजार लगानीकर्ता संघ ‘बजेटमा लगानीकर्ताहरुलाई वर्गीकरण गरियोस् भन्ने हाम्रो सुझाव हो । जस्तो अल्पकालिन र दीर्घकालिन लगानी गर्ने लगानीकर्तालाई पुँजीगत लाभकर एउटै छ । त्यसलाई छुट्याइयोस् । त्यस्तै, थाती राखिएका कामहरु कार्यान्वयनमा ल्याईयोस् । त्यस्तै, बजारलाई दिगो र दरिलो बनाउनको लागि बजेटमार्फत ल्याइयोस् । कारोनाको महामारीको कारणले देश आर्थिक संकटको मन्दीमा परेकोले हामीले सेयर बजारको लागि धेरै अपेक्षा राख्ने कुरा भएन । तर पनि सेयर बजारलाई लक्षित गरेर केही सम्बोधन आउला की भन्ने आशा छ ।’ मर्चेन्ट बैंकर्स एसोशिएसन अफ नेपाल मर्चेन्ट संस्थाहरुको छातासंगठन मर्चेन्ट बैंकर्स एसोशिएसन अफ नेपालले म्युचुअल फण्डमा र पीईभीसी फण्डहरुमा करको स्पष्टता गराउनुपर्ने । अस्पष्टताको कारणले फण्ड लेभलमा दोहोरो कर लागिरहेकोले त्यसमा स्पष्ट बनाउन संघको माग रहेको एसोशिएसनका अध्यक्ष तथा एनआईबीएल एस क्यापिटलका सीईओ मेखबहादुर थापाले बताएका छन् । अर्को, जीवन बीमामा जस्तो सामूहिक लगानी कोषमा म्युचुअल फण्डमा लगानी गर्दा ५० हजारसम्म करयोग्य आयबाट घटाउन पाउने व्यवस्था होस् भन्ने पनि मर्चेन्ट बैंकर्सको माग रहेको अध्यक्ष थापाले भने । ब्रोकर ब्रोकरले आगामी आर्थिक वर्षको बजेटको लागि अर्थमन्त्रालय समक्ष २१ बुँदे सुझावहरु पेश गरेको छ । उक्त बुँदामा क्लोज आउटमा कर हटाउनदेखि रियल स्टेटसंग सम्बन्धित कोष स्थापना गराउनसम्म सुझाव रहेको छ । ब्रोकर्स एशोसिएसनको २१ बुँदे सुझावः क्लोज आउटमा कर हटाउनदेखि रियल स्टेटसंग सम्बन्धित कोष स्थापना गराउनसम्म त्यस्तै, धितोपत्र व्यवसायीले १५ प्रतिशत अग्रिम कर बुझाउँदै आईरहेको हुँदा हाल संस्थागत करको दर ३० प्रतिशतबाट घटाई २५ प्रतिशत कायम गर्नुपर्ने ब्रोकरको सुझाव रहेको छ । नेपाल स्टक एक्स्चेञ्ज दाेश्राे बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले भने बजेटको लागि औपचारिक रुपमा सुझावहरु पेश नगरेको बताएको छ । र पनि अनलाइनको युजरहरु बढाउनेदेखि लिएर नेप्सेको पुनर्संरचना हुनु पर्छ र बोण्ड मार्केटलाई पनि गतिशिल रुपमा अघि बढाउनु पर्छ भन्ने उसको सुझाव रहेको उच्च श्रोतले बताएको छ । नेपाल धितोपत्र बोर्ड पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डले हाल एउटै रहेको पुँजीगत लाभकरलाई अलग अलग बनाउने, ५० करोड रुपैयाँभन्दा बढी पुँजी रहेका कम्पनी बजारमा भित्र्याउनेदेखि नयाँ स्टक एक्स्चेञ्ज सञ्चालनमा ल्याउने लगायतका सुझाव दिईएको बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले बताएको छन् । ‘हामीले अबको बजेटमा दुई अल्पकालिन र दीर्घकालिन लगानीकर्तालाई पुँजीगत लाभकर अलग अलग गराउनु पर्छ भन्ने सुझाव दिएका छौं । कमोडिटी मार्केटलाई सञ्चालनमा ल्याउनुपर्छ । सरकारी ऋणपत्रको डिम्याट गरेर कारोबार सञ्चालन गर्नुपर्छ । ५० करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी रहेको कम्पनीलाई पुँजीबजारमा भित्र्याउनुपर्छ । त्यस्तै, नयाँ स्टक एक्स्चेञ्ज पनि थप एउटा चाहिन्छ भनेका छौं । कानुनी व्यवस्थाको सुधार लगायत बजार विकास विस्तार गर्ने सम्मका सुझाव अर्थमन्त्रालयमा पेश गरेका छौं ’, अध्यक्ष ढुङ्गानाले बताएका छन् ।
सेयर बजारमा लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई कडाई, अल्पकालिन लगानी गर्न नपाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि सेयर खरिदमा कडाई गरेको छ । राष्ट्र बैंकले चालु बर्षको तेस्रो त्रैमासिक मौद्रिक समीक्षामा घोषणा गरिएका नीतिहरुलाई कार्यान्वयन गर्न जारी गरेको परिपत्र अनुसार बैंक तथा वित्तीय संस्थालाई सेयर कारोबार गर्नमा कडाई गरेको हो । राष्ट्र बैंकले सर्वसाधारणमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न नपाइने बताएको छ । यस्तै, बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको शेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन् । ‘राष्ट्र बैंकले भनेको छ,‘खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्नेछन् । तर, यसअघि (मिति २०७८।०२।१० सम्म) लगानी गरेका शेयर २०७९ असार मसान्तभित्र बिक्री गर्न यस व्यवस्थाले बाधा पुगेको मानिने छैन । (५) इ.प्रा.नि. नं. १७ को बुँदा नं ५ बमोजिम विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको शेयरमा लगानी गर्न पाइने छैन । यसअघि (मिति २०७८।०२।१० सम्म) त्यस्तो शेयर खरीद गरेको भए २०७८ पुस मसान्तभित्र बिक्री÷विनिवेश गरिसक्नुपर्नेछ ।’
राजनीतिक भंगालोलाई सेयर बजारको ‘इग्नोर’, आगामी यात्रा कस्तो रहला ?
काठमाडौं । विश्व महामारीका रूपमा फैलिएकाे काेराेना भाइरसकाे संक्रमण तीव्र रूपमा फैलिरहेकाे छ । नेपालमा पनि दिनप्रतिदिन काेराेना संक्रमितकाे संख्या बढ्ने मात्र हाेइन मृत्यु हुनेहरू पनि पहिलेकाे तुलनामा ग्राफ निकै माथि पुगेकाे देखिन्छ । पहिलाे लहरकाे काेराेनाभन्दा दोश्रो लहरको कोरोना झन भयावह भएकाे स्वास्थ्यविज्ञहरू बताउँदै आएका छन् । काेराेनाकै कारण देशका अधिकांश जिल्लाहरूमा निषेधाज्ञा छ । आर्थिक गतिविधि ठप्प छन् । तर, यही समयमा सेयर बजारमा भने दैनिक उछाल आएर नयाँ नयाँ उचाइमा पुगेकाे छ । बजारले छोटो अवधिमै एकपछि अर्को गर्दै नयाँ नयाँ रेकर्ड बनाइरहेकाे छ । गत मंगलबार (जेठ ४ गते) मात्रै उच्च अंकमा पुगेर नयाँ रेकर्ड राखेको बजारले पछिल्लो ३ कार्य दिनमै अर्थात आज (जेठ ९ गते) आइतबार अर्को नयाँ रेकर्ड राख्याे । कारोबार शुरु भएको केही बेरमा ५० अंकभन्दा बढी अंकले ओरालो लागेको आइतबारको बजार अन्ततः ३२.८१ अंकले बढेर २८२० बिन्दुमा पुगेर बन्द भयो । जनु नेपाली पुँजीबजारको इतिहासमै उच्च बिन्दु हो । त्यस्तै, सोहि दिन कारोबार रकममा पनि दोश्रो सर्वाधिक कारोबार भएको छ । बजारमा एकैदिन ११ अर्ब ६९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत जेठ ५ गते मात्रै हालसम्मकै उच्च कारोबार अर्थात ११ अर्ब ९५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । एकातिर कोराेनाले थलिएको देश । त्यहिमाथि गत शुक्रबार(जेठ ७ गते) मात्रै पुनः संसद विघटन भयो । सरकारले मध्यरातमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ गते र मंसिर ३ गते नयाँ निर्वाचनका लागि मिति समेत तोकिसकेको छ । कोरोनाकै कारण आर्थिक गतिविधि ठप्प, देशको अर्थतन्त्रको ओरालो यात्रा र बैंकिङ उद्योग पनि समस्यामा पर्न सक्ने अनुमान विभिन्न अर्थविदहरुले गरिरहँदा सेयर बजारमा यो चमक तथा उछाल कसरी सम्भव भयो ? राजनीतिक उतारचढावसँगै अबको अर्थतन्त्र के होला ? पहिलो संसद विघटन भएपछि नकारात्मक प्रभाव देखिएको बजारमा पुनः दोश्रो पटक संसद विघटन भएसँगै अब के होला ? त्यसको असर बजारमा कस्तो पर्ला ? लगायतका यी विविध प्रश्नहरूकाे उत्तर भने समयले दिनेछ नै । तर, पुँजीबजारका लगानीकर्ताहरु पनि अहिलेको अवस्थामा बजारमा राजनीतिक असर नपर्ने बताउँछन् । दोश्रो पटकको संसद विघटनपछि पहिलो दिन खुलेको बजारले संसद भंगको असर बजारमा खासै नपर्ने हो की भन्ने पनि देखाइसकेकाे छ । अबको बजार कता जाला ? नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल पनि बजारमा लगानीकर्ता डराइहाल्नु पर्ने अवस्था नरहेको बताउँछिन् । भलै कारोबारीले राजनीतिक अस्तव्यस्ततालाई माध्यम बनाएर चलखेल गरे भने मात्रै तर दीर्घकालीन रुपमा हेर्ने हो भने बजार घट्ने ठाउँ नभएको उनकाे तर्क छ । ‘अहिले राजनीतिक अस्तव्यस्थता छ, यो अवस्थामा लगानीकर्तालाई के होला कस्ताे होला भन्ने अन्यौलता छाएको मात्रै हो, अहिले नै डराइहाल्ने अवस्था भने छ जस्तो लाग्दैन, कारोबारीहरुले पनि राजनीतिक अस्तव्यस्थतालाई माध्यम बनाएर चलखेल गर्न सक्छन्त, र लगानीकर्ता आत्तिनु हुँदैन,’ उनले भनिन् । अहिले अहिले सेयर बजारमा लगानी गर्ने लगानीकर्ताका लागि राम्राे वातावरण बनेको छ । लगानीकर्तालाई अहिले उपयोगी नै भएको छ । बजार बढेर दैनिक जसो रेकर्ड ब्रेक गरिरहेको छ । लगानीकर्ताहरुकाे संख्या पनि बढ्दै गएकाे छ । त्यसैले पनि सेयर बजारलाई थप उचाईमा पुग्न सफल भएको धेरैकाे तर्क छ । सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल पनि बजारमा अहिलेको राजनीतिले खासै असर नगर्ने बताउँछन् । ‘अहिलेको बजारमा राजनीतिले खासै असर गर्दैन, घटिहाल्यो भने पनि अब केही दिन घटेर करेक्सन होला तर त्यस्तो आत्तिनु पर्ने गरी गिरावट भने आउँदैन,’ उनले भने । सरकारले घोषणा गरेको मितिमा मध्यावधी चुनाव भयो भने बजारलाई झन् बढ्नलाई टेवा पुग्ने उनकाे भनाई छ । ‘अहिले लगानी गर्नको लागि अन्य क्षेत्रहरु छैनन्, ब्याजदर बढ्दैन, रेमिट्यान्स सोचे जस्तो राम्रै आइरहेकाे छ, चुनावी सरकार हुने भयो भने झन् यतिकै राम्रो हुन्छ । सरकारसँगै निजी क्षेत्रले पनि रकम खर्च गर्छन्, उम्मेदवारले पनि खर्च गर्छन्, जसले गर्दा लुकेर बसेका पैसाहरु बजारमा निस्किन्छन्, र बैंकमा तरलता बढ्छ, तरलता बढेपछि ब्याजदर बढ्दैन, ब्याजदर नबढेपछि सेयर बजारलाई सकेसम्म असर गर्दैन ,’ उनले भने । त्यस्तै, अहिले बेच्ने भन्दा किन्ने लगानीकर्ता बढी भएकोले बजार बढेको उनको भनाई छ । उनी भन्छन्, ‘अहिलेको बजार पहिलेको जस्तो छैन । लगानीकर्ता सबैको हातमा आफ्नो अधिकार छ । उनीहरुले त्यो अधिकार प्रयोग गर्छन् । बजारमा इन्ट्राडे करेक्सन हुन थालिसक्यो । यसको मतलब भाउँ घट्छ घट्छ भनेर भाउ घट्यो भने पनि तल्लो भाउमा किन्ने लगानीकर्ताहरु जति पनि छन् । जसलाई कारोबारको रकमले सर्पोट गर्यो । दिनको करिब १२ अर्ब करोबार हुने भएपछि लगानीकर्ताले जति बेच्यो, त्यति बजारले खाईदिँदै छ । बेच्ने जति छन् त्यो भन्दा बढी किन्ने लगानीकर्ता भएकोले बजार बढेको न हो । आज ५ लाख कित्ता बेच्छु भनेर आयो भने पनि बजारले खाईदिन्छ । यसको मतलब बजार त्यो हिसाबले बढी सक्यो । त्यसमाथि विदेशमा बस्ने नेपालीहरुको प्रवेश भएको छ, जसले सोचबुझ गरेरै लगानी गरेका हुन्छन् । त्यसैले, तत्काललाई बजारमा डराउनुपर्ने स्थिति छैन ।’ बजार बढेपनि सुरक्षित क्षेत्र मानिने बैंकिङ्ग क्षेत्रका कम्पनीको सेयर मूल्य नबढेकोमा उनी दुःख व्यक्त गर्छन् । अहिले डिमाण्ड र सप्लाईले नै बजारलाई कन्ट्रोल गरिरहेकोले पनि वाणिज्य बैंकहरुको सेयर मूल्य नबढेको उनले बताए । ‘अहिले सुरक्षित रुपमा लगानी गर्ने भनेको बैंकिङ्ग सेक्टर नै थियो । तर दुःखका साथ भन्नु पर्छ बजारले दैनिक नयाँ उचाईमा पुग्न सफल भएपनि बैंकिङ्ग क्षेत्रको सेयर मूल्य बढ्न सकेका छैन । पछिल्लो समय लगानीकर्ताको आकर्षण कहिले लघुवित्त, कहिले हाइड्रो, कहिले इन्स्योरेन्स तिर गएको छ । यो भनेको अहिले डिमाण्ड र सप्लाईले नै बजारलाई कन्ट्रोल गरिरहेको छ । जसले अहिले पनि बजारमा अध्ययन गरेर राम्रो कम्पनीहरुको सेयर किनौं भन्ने लगानीकर्ताको कमी रहेको छ । र, हावा जता चल्छ त्यतै लगानीकर्ता लागिरहेका छन् भन्ने अहिलेको बजारले बुझिन्छ ।’ लगानीकर्तालाई सुझाव सरकार चुनावमा लागे पनि वा राजनीति अस्तव्यस्त भए पनि अहिलेको बजारमा खासै असर नपर्ने भन्दै अर्यालले लगानीकर्तालाई नआत्तिई, आफ्नो स्वाविवेक प्रयोग गरेर लगानी गर्न सल्लाह दिन्छन् । ‘चुनावको हल्लाले अब कस्तो सरकार आउला के होला भन्ने लगानीकर्तामा अन्यौलता होला । तर त्यसमा डराउनु पर्ने केही छैन । त्यसमा पनि अब तीन वर्षपछि गर्नुपर्ने चुनाव भएको भए पनि ओहो धेरै लामो समय थियो । बर्बाद हुने भन्यो भन्न हुन्थ्यो । तर अब एक वर्षमा त गर्नु नै थियो, जुन ६ महिनाअघि हुन लागेको त हो । ६ महिना ढिलो चाँडो हुनु स्वभाविक नै हो,’ उनले प्रष्ट्याउँदै भने । ‘हाल कम्युनिष्टको सरकारको थियो, भोलि चुनाव भएपछि डेमेक्रयाटिक सरकार आउन सक्छ की भन्ने आशा पनि हुन्छ मान्छेलाई । अर्को, बजारमा पैसाको तरलता बढ्छ । र, लोकतन्त्र जीवन्त हुन्छ । यसले गर्दा लगानीकर्ता डराउनु पर्दैन । एकदमै नआत्ति, स्वाविवेक प्रयोग गरेर लगानी गर्न सक्नु हुने छ,’ थप सुझाउँदै उनले भने । उता लगानीकर्ता संघकी अध्यक्ष पोखरेल भने कुनै कम्पनीको सेयर मूल्यमा सर्किट लाग्यो भन्दैमा त्यस कम्पनीमा सिँधै हाम नफाल्न लगानीकर्तालाई आग्रह गर्छिन् । ‘यो अवस्थामा लगानीकर्ताले राम्रा राम्रा कम्पनीमा जोखिम हेरेर लगानी गर्नु पर्यो । बजार बढेको छ, परिसूचक बढेको छ । कम्पनीको सेयर मूल्यमा निरन्तर रुपमा सर्किट लागेको छ भनेर त्यहि कम्पनी लिनु भएन । भोलि बजार केही गरी घट्न सक्ला, यस्ता विभिन्न बाधा आउन सक्छन् । त्यसलाई पनि जोखिम बहन गर्न सक्ने गरी लगानी गर्नुपर्यो । र, होल्ड गर्न सक्ने क्षमता हुनुपर्यो । बजार घट्यो भन्दैमा आत्तिएर फाल्नुभएन ।’, उनले भनिन् ।
सेयर बजारमा नलागेको भए म अहिले सडकमा हुन्थें
काठमाडौं । २०३० सालको कुरा हो । सायद म करिब १५ वर्षको थिएँ । र, कक्षा १० मा पढ्दै थिएँ । म ‘क्विज कन्टेक्स्ट’ र स्पेलिङ्ग कन्टेक्स्टमा एकदमै इन्ट्रेष्टेड थिएँ । र, कतिपय प्रतियोगितामा भाग पनि लिन्थेँ । त्यो बेला शिक्षकहरुले ब्याल्क बोर्डमा दिनभर देशविदेशमा भएका घटनाहरु टाँगिदिनुहुन्थ्यो । र, हामी ध्यान दिएर पढ्थ्यौं । त्यही क्रममा एकदिन आइल्यान्डको राजधानी रेक्जाभिकमा वर्ल्ड टेष्ट क्यापियन टुरनामेन्ट भइरहेको भन्ने पढियो । योङ्गस्टार भर्सेस् एक्पेरिएन्स्ड । जसमा अमेरिकाको १५ वर्षको केटोले च्यालेन्ज गरेको थियो । र, उनले ५० वर्षकोलाई हराएर जिते हासिल गरे पनि । आफु पनि १५ वर्षकै उमेरको भएर होला मलाई त्यसमा खुब चाख लागेको थियो । अर्को, सेयर बजारसँग सम्बन्धित थियो । जुन म कहिल्यै पनि बिर्सिन्न । त्यो बेलामा मलाई सेयर बजारका एबीसी पनि थाहा थिएन । थाहा हुने कुरा पनि भएन । त्यतिखेर जापानमा सामान्य इकोनोमिक क्राइसिस थियो । क्राइसिस हुँदा सरकारले आफ्नो जनताहरुसँग बचत भएको पैसा सेयर बजारमा लगाउनुस् भनेर अपिल गरेको थियो । सरकारले इकोनोमी क्राइसिस्हरु हटाउनको लागि गृहिणी, विद्यार्थी, कर्मचारी, व्यवसायीहरु लगायत बचत भएको पैसा सेयर बजारमा लगाउन आग्रह गरेको थियो । त्यहाँको जनताहरु एकदम लोयल हुन्छन् । र, उनीहरुले सबैले आफ्नो बचतको पैसाहरु बजारमा लगानी गरे । त्यसको फलस्वरुप टोयटा, निसान, नेशनल प्यानासोनिक, जस्ता जति कम्पनी छन् जापानका आज यो लेभलमा पुग्न सफल भएका छन् । जुन जनताको लगानीले गर्दा हो । यसलाई नेपालमा कसरी रिलेट गर्छु भने । आजभन्दा करिब साढे ५ वर्षभन्दा अगाडि म कमलादीमा रहेको एक ब्रोकरकोमा काम गर्थें । एकदिन म त्यहाँ गइरहेको थिएँ । कमलादी गणेशथानतिर एकदमै लामो लाइन देखेँ । र मलाई के को लाइन रहेछ भनेर बुझ्न मन लाग्यो र हेर्न गएँ । र, अचम्म लाग्यो । त्यहाँ आईपीओ भर्नको लागि त्यत्रो लाइन रहेछ । त्यो पनि हाइड्रोको । त्यो क्रममा मैले ४/५ जना महिलाहरुलाई भेटेँ । र एक महिलालाई सोधेँ ‘दिदी तपाईं कहाँबाट आउनुभएको ?’ भन्दा उहाँले धादिङबाट आएको आईपीओ भर्न भन्नुभयो । अनि कति रुपैयाँको भर्नुहुन्छ भनेर सोध्दा उहाँले १० देखि १५ हजार रुपैयाँसम्मको भन्नु भयो । त्यसपछि मलाईं उहाँले भन्नुभएको कुराले छोयो । यससँगै मैले यी कुरालाई नेपालको पुँजीबजारसँग रिलेट गरेर हेर्दा के लाग्यो भने अहिले नेपालमा धेरै कामहरु छैनन् । खासगरी २०५१/२०५२ सालदेखि माओवादी इरा भयो । त्यसपछि धेरै उद्योगधन्दा बन्द भयो । कार्पेट गार्मेन्टहरु पनि ६०० वटा जति बन्द भयो । त्यसमा मेरो पनि पर्यो । म गार्मेन्टमा पनि काम गर्थें । करिब ३५ वर्षजति त्यहाँ काम गरेँ । मेरो श्रीमतीजीले पनि २८ वर्षसम्म उक्त गार्मेन्टको प्रडक्सन डिपार्टमेन्टमा रहेका काम गर्नुभयो । युनियनको समस्याले हाम्रो गार्मेन्ट बन्द भयो । बन्द भएपछि ६ देखि ८ महिनासम्म खाली बसेँ । त्यो अवधिमा लण्डन गएँ र फर्केर आएँ । जब मेरो गार्मेन्ट फ्याक्ट्री बन्द भयो । मलाईं पैसाको अभाव भयो । किनभने मैले जबरजस्ती बन्द गरेको थिएँ । त्यसपछि मलाईं के गरौं गरौं भयो । त्यसपछि विद्यार्थी हुँदा सेयर बजारमा लगानी गरेको सम्झना आयो । २०३२/०३५ सालमा म शंकरदेव क्याम्पसमा बिकम पढिरहेको थिएँ । मेरो एक जना पुरानो साथी हुनुहुन्थ्यो प्रमोद धिताल । जो सेयर मार्केटमा काम गर्नुहुन्थ्यो । उहाँसँग काम गर्न जान्दा जान्दा म बजारमा लाग्ने अवसर पाएँको थिएँ । त्यो बेलामा बुबाआमाले दिनुभएको पकेट मनिहरु सेभिङ्ग गरेर सेयर बजारमा लगानी गरेको थिएँ । त्यहि पैसाहरु सेयर मार्केटमा लगानी गरेको थिएँ । पहिलो लगानी नै अहिलेको नेपाल इन्भेष्टमेन्ट बैंकमा गरेको थिएँ । त्यस्तै, एभरेष्ट एन्स्योरेन्स र बङ्गलादेश बैंकको सेयर भरेको थिएँ । त्यो सेयर मैले आजभन्दा ११ वर्षअघि अर्थात जब मलाईं पैसाको खाँचो परेको थियो । त्यो बेला निकालेर हेर्दा डेढ करोड रुपैयाँ बराबरको सेयर भईसकेको थियो । जबकी मैले ४ देखि ५ लाख रुपैयाँ जतिको आईपीओ भरेको थिएँ । अनि मलाई बढो अचम्म लाग्यो । याे क्षेत्र त अचम्मकै रहेछ भनेर त्यो बेलादेखि सेयर मार्केटमा लागे । त्यतिबेला अहिलेको जस्तो अनलाइन मिडियाहरु केहि पनि थिएन । एक दुई जना थिएँ कुन सेयर किन्ने भनेर एसो हात राख्दिन्थे । त्यो हात हाल्देको भरमा हामीले सेयर किन्ने हो । किन कसो भन्ने कुनै कारण नै थिएन । त्यस्तो समय थियो । म बजारमा छिर्दा नेप्से परिसूचक ३४० थियो । त्यो बेला माओवादीको सरकार थियो । बाबुराम भट्टराई अर्थमन्त्री हुनुहुन्थ्यो । प्रधानमन्त्रीमा पुष्पकमल दाहाल । त्यो बेलामा उहाँले पुँजीबजारलाई जुवाको घर भनिदिनु भयो । ११७५ बाट मार्केट घटेर ३४० बिन्दुमा आईपुगेको थियो । म छिरे ३४० मा । लगानी गरेँ । लगानी गर्दा गर्दा २९२ मा झर्यो । यो अवधिमा मैले ५० लाख बढी रुपैयाँ गुमाईसकेको थिएँ । त्यहि मेला मेरो श्रीमतिजी लण्डनबाट फर्केर नेपाल आउनुभयो । एकदिन कोठामा टिभी हेर्दै चियानास्ता गर्दै थियौं । त्यहिबेला टिभीमा सेयर बजार धरासायी भनेर समाचार आयो । अनि श्रीमतिजीले गार्मेन्ट बन्द गरेर गलत समयमा सेयर बजारमा लाग्नुभएछ, नलाग्नु भन्नुभयो । त्यो बेला सबै रिलेटिभहरुबाट पनि तपाईं सेयर बजारमा नलाग्नु भन्ने जस्ता सुझाव आयो । तर मैले ‘एकदिन यस्तो समय आउँछ, जसले पुँजीबजारमा सबैले मेरो नाम चिन्छन् । अहिले सिक्दै छु । म यसलाई राम्रो बनाउनको लागि राम्रो काम गर्छु ।’ भन्ने लाग्यो । र, आफैले ब्यालेन्ससिट मार्फत कम्प्यारेटिभ चार्ट बनाउन थाले । अहिलेको जस्तो मिडिया थिएन । एक्सेल बनाउँन पनि आउँदैन थियो । कम्प्यारेटिभ चार्टबाट सबै निकालेपछि मेरो आइज वाईड भयो । र, त्यसपछि मैले लोन लिएर, घर लोनमा राखेर पनि सेयर बजारमा लगानी गरेँ । त्यो बेलामा सेयर मार्केट डुबेको भएँ म खत्तम हुन्थें । अहिले सडकमा हुन्थें । तर, मैले चुनौतिलाई सामना गरेँ । लगानी गर्दै गएँ । फलस्वरुपः के भयो भने ३४० बाट २९२ झरेको बजार त्यसपछि बढ्दै गयो । जति गुमाएको थिएँ त्यो सबै सजिलै रिकभर भयो । त्यसैले मैले सेयर बजारमा एउटा राम्रो लेशन पाएको हुनाले त्यसबाट एकदम प्रभावित भएर अहिले सबैलाई सेयर गर्ने गरेको छुँ । सबैलाइ सुझाव दिने गरेकाे छु । त्यसैले, यसमार्फत पनि म के भन्न चाहान्छु भने तपाईं विद्यार्थी, गृहिणी, या जो जे पेशामा आवद्ध हुनुहुन्छ । तपाईंले बचत गर्नुभएकाे रकम सेयर बजारमा लगाउनुहोस् । जसको रिटर्न भविष्यमा अवश्य नै राम्रो पाउनुहुनेछ । (एनवाईईएफ काठमाडौं च्यापटरले आयोजना गरेका भर्च्युअल सेसनमा लगानीकर्ता तथा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष रौनियारले राखेका मन्तव्यको सम्पादित अंश)
सेयर बजारका लगानीकर्ताले थाहा पाउनै पर्ने यस्ता सूचकमा कुन बैंकको अवस्था कस्तो ?
काठमाडौं । नेपालको सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको बाहुल्यता ७० प्रतिशतको हाराहारीमा छ । तुलनात्मक रुपमा कम जोखिमपूर्ण लगानी हुने यो क्षेत्रमा लगानीकर्ताको आकर्षण पनि राम्रै देखिन्छ । गत आर्थिक वर्षमा कोभिड महामारीको बीचमा पनि वाणिज्य बैंकहरुको औसत प्रतिफल १२ प्रतिशतको हाराहारीमा छ । सोभन्दा अघिल्ला वर्षहरुमा यस्तो प्रतिफल १५ प्रतिशतको हाराहारीमा थियो । यो तथ्यले गत वर्ष वाणिज्य बैंकहरुका लगानीकर्ताले औसतमा वार्षिक १२ प्रतिशतले प्रतिफल पाएको देखाउँछ । यो भनेको अंकित मूल्य (प्रतिकित्ता १ सय रुपैयाँ) का आधारमा लगानीकर्ताले औसतमा १२ प्रतिशत प्रतिफल पाएका छन् भन्ने हो । चालु आर्थिक वर्ष बैंकहरुको नाफाको विषयमा विभिन्न चर्चा र प्रश्नहरु सुनिन्छ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु बैंकहरुको नाफा निकै कम भएकोले लगानीकर्ता र योग्य जनशक्ति बैंकिङ क्षेत्रबाट नै बाहिरिने हुन् कि भन्ने चिन्ता जनाउन थालेका छन् । बैंकहरुले गत चैत मसान्तसम्मको व्यवसायको आधारमा आफूहरुले के कस्तो आम्दानी गरेका छौं भनेर अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिरहेका छन् । बैंकको नाफा खासै नघटेको त्यस्ता वित्तीय विवरणले देखाएका छन् । सेयरमा गरेको लगानीबाट प्रतिफल प्राप्त गर्ने आशामा लगानी गरेका लगानीकर्ताको लागि बैंकहरुका केही सूचक महत्वपूर्ण र संवेदनशील हुन्छन् । त्यस्ता केही सूचकका लिएर हामीले वाणिज्य बैंकको सेयरमा लगानी गर्न चाहने लगानीकर्तालाई कुन बैंकको अवस्था कस्तो छ भन्ने जानकारी लिन सजिलो होस भनेर यो सामग्री तयार पारेका छौं । ग्लोबल आईएमई बैंक ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ३२ प्रतिशतले बढी हो । गत आवको चैत मसान्तसम्ममा बैंकले २ अर्ब ७० करोड रुपैयाँ नाफा गरेको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुबै बढेसँगै कम्पनीको खुद नाफामा वृद्धि भएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १४.४४ प्रतिशतले बढेर ६ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन नाफा ३२.७५ प्रतिशतले बढेर ५ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । ग्लोबल आईएमई बैंकको वितरणयोग्य नाफा २ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी २२.०५ रुपैयाँ, मूल्य आम्दानी अनुपात २०.४० र प्रतिसेय नेटवर्थ १४८.९२ रुपैयाँ रहेको छ । हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ रहेको भने जगेडा कोषको रकम भने ३.०६ प्रतिशतले घटेर ७ अर्ब ९२ करोड रुपैयाँ मात्रै सञ्चित रहेको छ । एनआईसी एशिया बैंक एनआईसी एशिया बैंकले ३ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा २०.०७ प्रतिशतले बढी हो । गत आवको चैत मसान्तसम्म बैंकले २ अर्ब ५० करोड रुपैयाँ नाफा गरेको थियो । बैंकको खुद व्याज आम्दानी र सञ्चालन नाफा दुबै बढेसँगै कम्पनीको खुद नाफामा वृद्धि भएको हो । समीक्षा अवधिमा बैंकको खुद व्याज आम्दानी १९.२३ प्रतिशतले बढेर ६ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन नाफा २१.९७ प्रतिशतले बढेर ४ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । एनआईसी एशिया बैंकको वितरणयोग्य नाफा १९९.५४ प्रतिशतले बढेर एक अर्ब २२ करोड रुपैयाँ पुगेको छ । गत बर्ष बैंकको यस्तो नाफा ४० करोड ७४ लाख रुपैयाँ थियो । यस्तै, बैंकको प्रतिसेयर आम्दानी पनि बढेर ३४.८७ रुपैयाँ पुगेको छ । पीई रेसियो २७.८२ र प्रतिसेय नेटवर्थ १६२ रुपैयाँ रहेको छ । हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड रुपैयाँ रहेको भने जगेडा कोषमा ८ अर्ब ६६ करोड रुपैयाँ सञ्चित रहेको छ । कोषको रकम गत वर्षको तुलनामा १५.२० प्रतिशतले बढेको छ । एनएमबि बैंक एनएमबि बैंकले २ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ८७.८० प्रतिशत बढी हो । गत आवको चैत मसान्तसम्म बैंकले १ अर्ब ३३ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकको खुद व्याज आम्दानी ४ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन नाफा ८६.७८ प्रतिशतले बढेर ३ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी पनि बढेर २०.६४ रुपैयाँ पुगेको छ । गत वर्ष बैंकको यस्तो आम्दानी ११.६७ रूपैयाँ मात्रै थियो । पीई रेसियो २१.१७ र प्रतिसेयर नेटवर्थ १४५.३२ रूपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी १६ अर्ब ३२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको भने जगेडा कोषमा ७ अर्ब ३९ करोड रुपैयाँ सञ्चित छ । कोषको रकम गत वर्षको तुलनामा ५.९४ प्रतिशतले बढेको छ । नबिल बैंक नबिल बैंकलेले ३ अर्ब ६७ करोड रुपैयाँ नाफा गरेको छ । जुन गत वर्षको तुलनामा १६.५० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब १५ करोड रुपैयाँ बढी खुद नाफा गरेको थियो । बैंकको खुद व्याज आम्दानी भने ५.०९ प्रतिशतले घटेर ५ अर्ब ९ करोड रुपैयाँमा सीमित भएको छ । खुद व्याज आम्दानी घटेपनि बैंकको सञ्चालन नाफा लगायत अन्य आम्दानी बढेसँगै बैंकको खुद नाफा बढ्नमा टेवा पुगेको हो । बैंकको सञ्चालन नाफा १६.३७ प्रतिशतले बढेर ५ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । नबिल बैंकको वितरणयोग्य नाफा ८१ प्रतिशतले बढेर ३ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको चैत मसान्तमा २ अर्ब ९ करोड रुपैयाँ थियो । बैंकको चुक्ता पुँजी १३ अर्ब ४८ करोड रुपैयाँ छ । जगेडा कोषको रकम ११.२२ प्रतिशतले बढेर १७ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी ३६.४० रुपैयाँ छ । पीई रेसियो ३७.९१ प्रतिशत छ । कृषि विकास बैंक कृषि विकास बैंकले २ अर्ब ७ करोड रुपैयाँ नाफा गरेको छ । यो नाफा बैंकको गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.३९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ४ करोड ४६ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकको वितरणयोग्य नाफा १ अर्ब ४३ करोड रुपैयाँ छ । त्यस्तै, खुद व्याज आम्दानी ४ अर्ब ४२ करोड ८६ लाख रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पुँजी १६ अर्ब ४२ करोड रूपैयाँ र जगेडा कोषमा १० अर्ब ११ करोड रूपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी २२.१९ रुपैयाँ छ । एभरेष्ट बैंक एभरेष्ट बैंकको नाफा ३५.९२ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको ९ महिनामा २ अर्ब ३५ करोड २६ लाख ५७ हजार रुपैयाँ नाफा गरेको एभरेष्टले चालु आवको सोही अवधिमा १ अर्ब ५० करोड ७४ लाख ४६ हजार रुपैयाँ नाफा गरेको हो । बैंकको रिजर्भमा ९ अर्ब ४२ करोड ३३ लाख ६६ हजार रुपैयाँ छ भने वितरणयोग्य नाफा १ अर्ब ६ करोड ५३ लाख ८६ हजार रुपैयाँ छ । हिमालयन बैंक हिमालयन बैंकले १ अर्ब २८ करोड रुपैयाँ नाफा गरेको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा ४४.४५ प्रतिशतले कम हो । गत आर्थिक वर्षको ९ महिनामा बैंकले २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको खुद व्याज आम्दानी २९.४५ प्रतिशतले घटेर २ अर्ब ७१ करोड रुपैयाँमा सीमित भएको छ । सञ्चालन आम्दानी २४ प्रतिशतले घटेर ३ अर्ब ७३ करोड रुपैयाँ र सञ्चालन नाफा ३९ प्रतिशतले घटेर १ अर्ब ८८ करोड रुपैयाँमा झरेको छ । वितरणयोग्य नाफा ८४ करोड ७६ लाख रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पुँजी १० अर्ब ६ करोड रुपैयाँ रहेको छ । जगेडा कोषको रकम ६.६२ प्रतिशतले घटेर ७ अर्ब ६७ करोड रुपैयाँमा सीमित भएको छ । प्रतिसेयर आम्दानी १६.०६ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ छ । सिद्धार्थ बैंक सिद्धार्थ बैंक २ अर्ब ६ करोड रुपैयाँ खुद नाफा गरेको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा ५४.१२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले १ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । गत वर्षको तुलनामा यो वर्ष बैंकको उक्त आम्दानी ६.०३ प्रतिशतले घटेर ३ अर्ब ९३ करोड रुपैयाँमा सीमित भएको छ । सञ्चालन आम्दानी भने ९.१० प्रतिशतले बढेर ५ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । खुद नाफासँगै कम्पनीको सञ्चालन नाफा पनि ५०.७५ प्रतिशतले बढेर २ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, गत वर्ष ऋणात्मक रहेको बैंकको वितरणयोग्य नाफा बढेर ८३ करोड १४ लाख रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पुँजी १० अर्ब ९ करोड रुपैयाँ छ । जगेडा कोषको रकम ४४.२५ प्रतिशतले बढेर ८ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी बढेर २५.२८ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ पनि बढेर १८१ रुपैयाँ पुगेको छ । माछापुच्छ्रे बैंक माछापुच्छ्रे बैंकले १ अर्ब २९ करोड रुपैयाँ खुद नाफा गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.६१ प्रतिशत बढी हो । गत आवको चैत मसान्तसम्म बैंकले १ अर्ब १६ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकको खुद व्याज आम्दानी ४.०९ प्रतिशतले बढेर ३ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ९.२५ प्रतिशतले बढेर एक अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी भने बढेर १९.०१ रुपैयाँ पुगेको छ । मूल्य आम्दानी अनुपात १८.५२ गुणा र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ पुगेको छ ।हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको भने जगेडा कोषमा २ अर्ब ५८ करोड रुपैयाँ सञ्चित रहेको छ । नेपाल बङ्गलादेश (एनबी) बैंक नेपाल बङ्गलादेश (एनबी) बैंकले १ अर्ब ६३ करोड ८४ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको ९ महिनामा बैंकले १ अर्ब ५० लाख रुपैयाँ मात्र खुद नाफा गरेको थियो । बैंकको खुद व्याज आम्दानी ७.३५ प्रतिशतले घटेर १ अर्ब ९५ करोड ३५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिका बैंकको खुद व्याज आम्दानी २ अर्ब १४ करोड १० लाख रुपैयाँ थियो । बैंकको सञ्चालन नाफा ५६.५१ प्रतिशतले बढेर २ अर्ब २८ करोड ८५ लाख रुपैयाँ पुगेको छ । चुक्ता पुँजी ९ अर्ब ४८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषको रकम २८.१२ प्रतिशतले बढेर ४ अर्ब ७८ करोड ३९ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी २४.२६ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ पनि बढेर १६५.७६ रुपैयाँ पुगेको छ । नेपाल बैंक नेपाल बैंकले २ अर्ब २६ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.३१ प्रतिशत बढी हो । गत आवको चैत मसान्तसम्म बैंकले १ अर्ब ९९ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकको खुद व्याज आम्दानी ११.७५ प्रतिशतले बढेर ४ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । सञ्चालन नाफा २९.७६ प्रतिशतले बढेर ३ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी २३.८७ रुपैयाँ छ । मूल्य आम्दानी अनुपात १९.२३ गुणा र प्रतिसेयर नेटवर्थ २७०.२२ रुपैयाँ छ । हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ६३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको भने जगेडा कोषमा २१ अर्ब ५१ करोड रुपैयाँ सञ्चित रहेको छ । प्रभु बैंक प्रभु बैंकले २ अर्ब १० करोड रुपैयाँ खुद नाफा गरेको छ । जुन गत वर्षको सोहि अवधिको तुलनामा ४४.८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको खुद व्याज आम्दानी र सञ्चालन आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको छ । बैंकले ३ अर्ब ८३ करोड रुपैयाँ खुद व्याज आम्दानी र ५ अर्ब ३९ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनामा क्रमशः ६.६० र १५.३९ प्रतिशतले बढी हो । बैंकको वितरणयोग्य नाफा १ अर्ब ५९ करोड रुपैयाँ छ । जुन अघिल्लो वर्षको चैत मसान्तमा ७७ करोड ७४ लाख रुपैयाँ थियो । बैंकको चुक्ता पुँजी ११ अर्ब ३४ करोड रुपैयाँ छ । जगेडा कोषमा ४२ अर्ब ७३ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी २४.७९ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १५२.८६ रुपैयाँ छ । कुमारी बैंक कुुमारी बैंकले १ अर्ब ८० करोड रुपैयाँ खुद नाफा गरेको छ । यो गत वर्षको भन्दा ७८.५८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब १ करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको खुद व्याज आम्दानी र सञ्चालन आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको छ । बैंकले चैत मसान्तसम्ममा ३ अर्ब ८२ करोड रुपैयाँ खुद व्याज आम्दानी र ५ अर्ब रुपैयाँ बढी सञ्चालन आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनामा क्रमशः ३९.०४ र ४४.८३ प्रतिशतले बढी हो । वितरणयोग्य नाफामा उल्लेख्य सुधार भएको छ । बैंकको चैत मसान्तसम्मा वितरणयोग्य नाफा ९८ करोड ४६ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको चैत मसान्तमा ४ करोड ५० लाख रुपैयाँ थियो । चुक्ता पुँजी १३ अर्ब ८७ करोड रुपैयाँ छ । जगेडा कोषमा ३ अर्ब ८० करोड रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १७.३७ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १३५.४९ रुपैयाँ छ । सिभिल बैंक सिभिल बैंकले ५० करोड २५ लाख रुपैयाँ खुद नाफा गरेकोे छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ३९.३९ प्रतिशतले बढी हो । बैंकले कर्जा तथा ऋण लगानीमा उल्लेख्य वृद्धि गरेको छ । गत आर्थिक वर्षको चैत्र मसान्तको तुलनामा सिभिल बैंकको निक्षेप ६१.९६ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ५४.६७ प्रतिशतले बढेको छ । बैंकले ८७ अर्ब ८९ करोड रूपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब ४४ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षको सोही अवधिसम्म बैंकले ५४ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । सिटिजन्स बैंक सिटिजन्स बैंक इन्टरनेशनले १ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४१.६१ प्रतिशतले बढी हो । गत आवको पहिलो ९ महिनामा बैंकले १ अर्ब ९ करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले १ अर्ब ३४ करोड रुपैयाँ वितरणयोग्य नाफा गरेको छ । जुन अघिल्लो आवको चैत मसान्तसम्ममा ४१ करोड ९ लाख रुपैयाँ थियो । बैंकको प्रतिसेयर आम्दानी २०.७२ रुपैयाँ छ । मूल्य आम्दानी अनुपात १५.९४ गुणा र प्रतिसेयर नेटवर्थ १४६.८७ रुपैयाँ छ । गत वर्ष एक अर्ब ५२ करोड रुपैयाँ रहेको बैंकको सञ्चालन नाफा चालु आवमा बढेर एक अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । चैत मसान्तमा बैंकले खुद व्याज आम्दानीबाट २ अर्ब ५४ करोड रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको यही अवधिमा २ अर्ब २४ करोड रुपैयाँ थियो । सम्बन्धित सामग्री वाणिज्य बैंकहरुको खुद नाफा ५० अर्ब ७४ करोड रुपैयाँ, २१ बैंकले कमाउँदा ६ वटाले गुमाए राम्रा मान्छे बैंकको लगानीकर्ता वा कर्मचारी भएर बस्न नचाहने अवस्था आउन सक्छः भुवन दाहाल राष्ट्र बैंकले ऋणीलाई फेरि राहत देउ भन्यो भने हामी थेग्न सक्दैनौंः गोविन्द ढकाल कर छुटको नाममा मर्जरले ल्याउने सिनर्जीकाे विषयलाई बिर्सनु हुँदैनः सरोजकाजी तुलाधर लघुवित्तको लागि छुट्टै कोषको व्यवस्था होस्ः बसन्तराज लम्साल
निषेधाज्ञाको बेलामा सेयर बजार खुल्छ कि खुल्दैन ?
काठमाडौं । काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी हुने भएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले बैशाख १६ गतेदेखि निषेधाज्ञा लगाउने निर्णय गरेको स्रोतहरुले पुष्टी गरेपनि औपचारिक रुपमा निर्णय सार्वजनिक भएको छैन । निषेधाज्ञा जारी भएको समयमा सरकारले तोकेका बाहेक पेशा व्यवसाय संचालन गर्न पाइदैन । सरकारले सामान्यतः औषधी पसल र खाद्यान्न पसल बाहेक अन्य व्यवसाय रोक्न सक्ने सम्भावना रहन्छ । निषेधाज्ञाको समयमा सरकारले अत्यावश्यक भनेको सेवा पनि सुचारु हुनेछन् । तर, २०७६ साल चैत ११ गतेदेखि गरिएको देशव्यापी लकडाउन घोषणा गर्दा सेयर बजार पनि बन्द भएको थियो । लकडाउन घोषणा भएको दिनदेखि नै बन्द भएको सेयर बजार २०७७ सालको असार १५ गतेदेखि मात्रै खुलेको थियो । कोरोना भाइरस संक्रमणको दोस्रो लहर चलेसँगै सुरु भएको निषेधाज्ञाको समयमा सेयर बजार बन्द हुन्छ कि खुल्छ भन्ने चासो बढेको छ । तर, अहिले बजार बन्द गर्नुपर्ने अवस्था नरहेको पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना बताउँछन् । ‘यसअघिको लकडाउनको समयमा अनलाइन कारोबार गराउन सक्ने अवस्था देखिएको थिएन, त्यसैले बजार बन्द थियो, अहिले अनलाइन कारोबारको लागि सबै संयन्त्र तयार छन्, निषेधाज्ञा जारी भएपनि बजार बन्द हुँदैन, स्वाभाविक रुपमा सेयर बजार खुल्ला रहन्छ,’ अध्यक्ष ढुंगानाले विकासन्युजसँग भने । सम्बन्धित समाचार धितोपत्र बोर्डले भन्यो- सेयर बजार बन्द नगर्नु, सुरक्षित कारोबारको लागि विभिन्न ६ व्यवस्था अपनाउनु
छोराछोरीको पढाई शुल्क करयोग्य आयबाट घटाउनु पर्ने, एनआरएनकाे पैसा सेयर बजारमा ल्याउन प्राेत्साहन गर्ने
काठमाडौं । नेपाल बैंकर्स संघले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटका लागि २६ बुँदे सुझावहरु दिएको छ । नेपाली बैंक तथा वित्तीय संस्थाको सुधारका लागि संघले बजेटमा २६ बुँदे सुझाव दिएको हो । सुझावमा अधिकांश माग करका समेटिएका छन् । सुझावमा १९ बुँदे सुझाव कर सम्बन्धी र ७ बुँदा सहुलियत तथा अन्य विषयका छन् । सुझावको पहिलो बुँदामा नेपालसँग भएको विदेशी सञ्चितीलाई ठुला सडक तथा अन्य परियोजना निर्माणमा खर्च गर्न आग्रह गरेको छ । ६ अर्ब जति ठूला सडक परियोजनामा खर्च गर्न सकिएमा यसले मुलुकलाई नै विकासको गतिमा लान सक्ने र धेरै लाभ हुने सुझाव दिएको छ । यस्तै सुझावमा करर्पोरेट आयकरमा २५ प्रतिशत कायम गर्न सुझाव दिएको छ । सुझावमा व्यक्तिगत आयमा आधारभुत करछुटको सीमा बढाउनु पर्ने, एक लाख सम्मको व्यक्तिगत जीवन बिमामा कर छुट गरिनु पर्ने, कर्मचारीले घरजग्गा खरिद गर्दा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जामा तिरेको व्याज रकमलाई सीमा निर्धारण गरी करयोग्य आयबाट घटाउन पाइनु पर्ने, कर्मचारीको आफ्नो पहिलो दुई सन्तानको माध्यमिक स्तर सम्मको अध्ययन गर्नका लागि लाग्ने मासिक शुल्कको सीमा निर्धारण गरी करयोग्य आयबाट घटाउन पाउने लगायतका व्यवस्था गरिनु पर्ने माग राखेको छ । संघले गैर आवासीय नेपालीहरुसँग भएको पुँजी पुँजी बजार मार्फत् प्रबद्र्धन गर्न विशेष प्याकेजको व्यवस्था गर्नु उपयुक्त हुने पनि सुझाव दिएको छ । [pdf id=270050]
सेयर बजारः फेरि माथि चढ्न थकाई मार्दैछ कि तल झर्ने तयारीमा छ ?
काठमाडौं । बैशाख २ गते (अप्रिल १५) २७ सय ३५.४ विन्दुमा रहेको पुँजी बजार मापक नेप्से परिसुचक बैशाख ७ गते (अप्रिल २०) २६ सय ६४.६२ विन्दुमा पुगेर कारोबार बन्द भयो । यो ४ करोबार दिनमा नेप्से परिसुचक ७०.७८ अंकले घट्यो । यसबीचका केही कारोबार दिनमा बजार सामान्य अंकले नबढेको भने होइन । यो ४ कारोबार दिनको नेप्सेको गतिविधि नियाल्ने हो भने बजारले केही सयम थकाई मारेको हो वा झर्ने चरणमा प्रवेश गरेको हो भन्ने दुविधा उत्पन्न हुन सक्छ । बजारले अहिले थकाई मात्रै मारेको हो भने बजार फेरि बढ्न सक्छ । बजार बढ्नु वा घट्नुमा बजारसँग सम्बन्धित खास कारणहरु हुने गर्छन् । पछिल्ला केही दिनयताका राजनीतिक गतिविधि र नेताहरुका भनाईलाई आधार मान्ने हो भने वर्तमान सरकारको निरन्तरतामाथि शंका गर्ने ठाउँ भेटिन्छ । बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम (तरलता) कम हुँदै गएको समाचारहरु सार्वजनिक भइरहेका छन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहर चलेसँगै सरकारले मानवीय गतिविधिमा केही नियन्त्रण गर्ने पहल थालेको छ । यी कारणहरु बजार घट्नको लागि सहयोगी हुन सक्छन् । तर, बजार अब घट्छ वा फेरि बढ्छ भनेर यकिन गरिहाल्ने अवस्था भने छैन । बजार बढ्नको लागि चाहिने आधारभूत परिवेश पनि छ । जस्तो कि कोभिड महामारी बढ्दै जाने हो भने लगानीका अन्य क्षेत्र आकर्षक नहुन सक्छन् । अरु नै पेशा व्यवसायमा संलग्न व्यक्तिहरु पनि कोभिडका कारण आफ्नो पेशा व्यवसायबाट फुर्सदिला भएर सेयर बजारमा लगानी गर्न भित्रन सक्छन् । बजारमैत्री छवि बनाएका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अहिले नै सेयर बजारलाई नियन्त्रण गरिहाल्नुपर्छ भन्ने निक्र्योलमा पुगिसकेका छैनन् । यस्तै, पुँजी बजारले हरदम स्वागत गरेका अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी आर्थिक वर्षको बजेट तयारीको चटारोमा छन् । उनले आगामी आर्थिक वर्षको बजेट मार्फत पुँजी बजारले अपेक्षा गरेअनुसारका केही सकारात्मक कार्यक्रमहरु ल्याउने आशामा लगानीकर्ता छन् । यी आधारहरु भनेको बजार अझै बढ्छ भन्ने अपेक्षा गर्नको लागि सहयोगी हुन् । नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष तथा भेट्रान लगानीकर्ता अम्बिका प्रसाद पौडेल बजार अहिल केही समयको लागि थकाई मारेको भएपनि छिट्टै नै नयाँ गतिका साथ माथि चढ्ने विश्लेषणमा छन् । ‘नेपाली पुँजी बजार जुन उच्चतम विन्दु चुम्नको लागि अघि बढेको थियो, त्यो विन्दु प्राप्त गरिसकेको छैन, पछिल्लो समय ३ सय रुपैयाँमा पहिलो कारोबार भएको निफ्रा (नेपाल इन्फ्रास्टक्चर बैंक), थपिएका यति धेरै बीमा कम्पनीहरु र चन्द्रागिरी हिल्स जस्ता कम्पनी नेप्सेमा थपिएपछि बजारको उच्चतम बिन्दु अझै निकै माथि हो भन्ने सहजै आकलन गर्न सकिन्छ, बजारले फेरि उकालो चढ्नको लागि केही समय थकाई मारेको मात्रै हो,’ नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार समितिका संयोजक समेत रहेका पौडेलले भने । पौडेलले यस्तो बताइरहे पनि पछिल्ला दिनका केही गतिविधिले बजार घट्ने त होइन भन्ने संसय उत्पन्न गरेको छ । जस्तो कि मन्जुश्री फाइनान्सले सार्वजनिक गरेको चैत मसान्तसम्मको वित्तीय विवरणमा उसले पछिल्लो तीन महिनामा ३७ करोड ३१ लाख रुपैयाँ ‘अदर अपरेटिङ इनकम’ गरेको छ । यो भनेको करिब सेयर कारोबारबाट कमाएको रकम हो । मन्जुश्री फाइनान्सको वित्तीय विवरणलाई आधार मान्ने हो भने बैंक तथा वित्तीय संस्थाहरु सेयर बजारबाट बाहिर निस्किएका हुन् कि भन्ने संकेत मिल्छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंक वित्तीय संस्थाले प्रसस्त लगानी गरेका र पछिल्ला केही दिनयता बजारबाट बाहिरिएका हुन सक्ने संकेत सो विवरणले गर्छ । तर, अर्का एक लगानीकर्ता भने बैंक वित्तीय संस्थाहरु अहिले नै सेयर बजारबाट बाहिरिएका छन् भन्ने मान्न तयार छैनन् । ‘मन्जुश्री फाइनान्सले तेस्रो त्रैमासमा खुद व्याज आम्दानी ९ करोड ३१ लाख रुपैयाँ गरेछ, जुन उसको कोर विजनेस हो, उसले अदर अपरेटिङ इनकम भनेपनि सेयर कारोबारबाट भने यही त्रैमासमा ३७ करोड ३१ लाख रुपैयाँ कमाएछ, यसको अर्थ चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सो फाइनान्सले सेयर बजारमा मज्जाले लगानी गरेर बाहिर आएछ भन्ने हुन्छ, अरु बैंक वित्तीय संस्थाहरुले पनि त्यसै गरेका छन् भन्ने आकलन गर्ने हो भने पनि अब उनीहरु फेरि लगानी गर्छन् कि गर्दैनन् भन्नेले बजार अब बढ्छ कि बढ्दैन भन्ने कुराको यकिन हुन्छ,’ अर्का एक लगानीकर्ताले भने ।
धितोपत्र बोर्डले भन्यो- सेयर बजार बन्द नगर्नु, सुरक्षित कारोबारको लागि विभिन्न ६ व्यवस्था अपनाउनु
काठमाडौं । नेपाल धितोपत्र बोर्डले कोभिड-१९ महामारीको बढ्दो संक्रमणमा सावधानी अपनाएर धितोपत्र कारोबार सञ्चालन गर्न निर्देशन दिएको छ । पछिल्लो समय विश्वभर फैलिँदै गएको नयाँ भेरियन्ट सहितको कोरोना महामारीको संक्रमण नेपालमा समेत बढ्दै गएकोले सुरक्षा मापदण्ड अपनाएर सेयर कारोबारलाई सुरक्षित तवरले सञ्चालन गर्ने तथा गराउने व्यवस्था मिलाउन बोर्डले धितोपत्र व्यवसायीलाई आग्रह गरेको हो । बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र बजार तथा सम्पूर्ण धितोपत्र व्यवसायीले समेत संक्रमण फैलिनबाट रोक्न विभिन्न व्यवस्था अपनाउन बोर्डले ६ बुँदे निर्देशन जारी गरेको छ । यस्ता छन् ६ बुँदे निर्देशन कार्यालय स्थलमा सेवाग्राही तथा कर्मचारीलाई मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गर्ने तथा गराउनु पर्ने छ । नेपाल सरकारले तोकेको जनस्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण पालना गर्ने तथा गराउनु पर्ने छ । कार्यालय हाता भित्र २५ जनाभन्दा बढी नहुने गरी सेवाग्राही बीच दुई मिटरको भौतिक दुरी कायम हुने गरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनु पर्ने बोर्डले जनाएको छ । सभा, सम्मेलन, गोष्ठी, सेमिनार, बैठक, तालिम, प्रशिक्षण जस्ता क्रियाकलापहरु सञ्चालन गर्दा सकेसम्म भर्च्युअल माध्यमबाट गर्ने तथा गराउने । सेवा प्रवाहलाई निरन्तर रुपमा सुचारु गर्न आफ्नो संस्थाका कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्ने गरी परिचालन गर्नुपर्ने छ । सेवाग्राहीको भिडभाड कम गर्ने अभिप्रायले सकेसम्म भर्च्युअल माध्यमबाट गर्ने तथा गराउनु पर्ने छ । कोभिड-१९ को संक्रमणबाट बच्न तथा बचाउन नेपाल सरकारले कोभिड-१९ रोकथामका लागि अपनाएका आवश्यक उपायहरुको साथै बोर्डले यस अघि दिएका निर्देशनहरु पूर्ण रुपमा पालना गर्न तथा गराउन बोर्डले आग्रह गरेको छ ।
सेयर बजारका लागि ऐतिहासिक २०७७ सालः कस्तो होला यो वर्ष ?
काठमाडौं । गत वर्ष (२०७७ साल) नेपाली पुँजी बजारको लागि सुखद वर्षको रुपमा रह्यो । पुँजी बजार मापक नेप्से इन्डेक्सले अहिलेसम्मकै उच्च विन्दु हासिल गर्यो भने कारोबार रकममा पनि उल्लेख्य सुधार देखियो । दैनिक १० अर्ब रुपैयाँसम्मको हाराहारीमा कारोबार भयो । गत वर्ष पुँजी बजारमा प्रविधि भित्र्याउन पनि महत्वपूर्ण कामहरु भए । लगानीकर्ताले आफू बसेकै स्थानबाट सेयर खरिद विक्रीको आदेश दिन सक्ने गरी अनलाइन कारोबारले व्यापकता पायो । आईपीओ भर्ने प्रयोजनकै लागि भएपनि डिम्याट खाता खोल्नेहरुको संख्या उल्लेख्य मात्रामा बढ्यो । सिडिएसले आफ्नो क्षमता बढाएका कारण पुँजी बजारमा सुधारका लागि बलियो जग हाल्ने काम भयो । यी त गत वर्षका उपलब्धी र आधारहरु भए । अब यो साल नेपाली पुँजी बजारको लागि कस्तो रहला ? सरोकारवालाहरुले गत वर्षको समीक्षा कसरी गरेका छन् भन्ने लगायत विषयमा केन्द्रीत भएर यो सामग्री तयार पारिएको छ । पहिला गाली गर्नेहरुले स्यावासी दिन थालेः इन्भेष्टर फोरम छोटेलाल रौनियार- अध्यक्ष, नेपाल इन्भेष्टर्स फोरम २०७६ सालको अन्तिममा कोरोना शुरु भयो । बजार बन्द गर्ने कुरा भयो । हामी लगानीकर्ताले हडताल गर्याैं । २ दिनमा भएको ४ करोडको कारोबारबाट ६४ अर्ब रुपैयाँ नोक्सानी भएछ । हामीले विज्ञप्ति निकालेर करिब डेढ महिना बजार बन्द गर्न लगायौं र बजार बन्द भयो । बजार बन्द भएको अवधिमा नेप्से र वाईको कम्पनीले धेरै काम गरे । अनलाइन प्रणालीमा धेरै सुधार आयो । मेरो सेयरमा पनि सुधार भयो । र, विस्तारै बजारमा प्रवेश हुने लगानीकर्ताको संख्या बढ्दै गयो । बजार बन्द गराउनको लागि नेपाल धितोपत्र बोर्डको अन्यत्तै ठूलो साथ रहेको छ । त्यतिबेला सबैले गाली गरेका थिए । त्यो बेला गाली गर्नेले आज स्यावासी दिन थालेका छन् । हामीले बजारको हित होस् भनेरै त्यतिबेला गाली खाई खाई पनि सुधारको लागि नै भनेर पनि निरन्तर अघि बढीरहेका थियौं । बजार बन्द गराउनको लागि नेपाल धितोपत्र बोर्डले अन्यत्तै ठूलो साथ दिएको थियो र बजारमा यत्तिको सुधार आएको हो । यो वर्षमा नेपालको पुँजीबजारका सरोकारवालाहरुले पनि धेरै ठूलो काम गरेका छन् । पुँजीगत लाभकर ५ प्रतिशत नै अन्तिम करको रुपमा लागू भयो । ब्रोकरको व्याजदर घट्यो । मौद्रिक नीतिपनि बजारमाप्रति सकारात्मक नै थियो । ब्याजरेट पनि घट्यो । अहिले लगानीकर्ताले औशतमा ८ देखि ८.७२ प्रतिशत भित्रमा व्याज पाइरहेका छन् । यसले पुँजीबजार बढ्नलाई ठूलो मद्दत गर्यो । कोभिडले गर्दा विदेशमा बसेका नागरिक अर्थात एनआरएनले पनि नेपाली पुँजीबजारमा लगानी गर्न पाए । यसबाट पनि दिनको ९/१० अर्ब रुपैयाँ दिनको व्यापार भइरहेको छ । नागरिक स्टक डिलरले पनि ब्रोकर लाइसेन्स पाएर हालै बजारमा प्रवेश गरी कारोबार गर्न थालेको छ । अहिले लगानीकर्ताको मनोबल पनि उच्च भएको छ । त्यसैले आईपीओमा मात्रै पनि १६ लाख बढीको आकर्षण बढेको छ । २०७८ मा पनि बजारमा नयाँ तरङ्ग आउँछ यो आर्थिक वर्षभरी व्याजदर बढ्ने सम्भावना छैन । राजनितिक अवस्था सामान्य छ । अब जे भएपनि दुई वर्ष बजारमा प्रभाव पार्ने खासै केहि देखिँदैन । वाणिज्य बैंकका सब्सिडजलाई पनि ब्रोकर लाइसेन्स दिने विषय फेरि उठेको छ । एनआरएन भित्र्याउने । यी सबै सकारात्मक पक्षले गर्दा अबको बजारलाई माथि पुग्न धेरै सहयोग पुग्छ । त्यसैले, २०७८ सालमा कारोबार रकम १० अर्ब होइन १५ देखि २० अर्ब रुपैयाँको हाराहारीमा पुग्नु पर्छ । किनभने बजारलाई प्रभाव पार्ने सबै पक्ष राम्रो छ । बजारमा बुलिस ट्रेन्ड शुरु भएको बल्ल एक वर्ष भयो । जुन अझै ३ वर्षको समय बाँकी छ । बजार बुलिसभएसँगै लगानीकर्ताको मनोबल पनि बलियो भएको छ । नियामकहरुले पनि लगानीकर्ता लगायत बजारका सरोबारहरुसँग हातेमालो गरेर बजार विस्तारको गृहकार्यलाई फाष्ट ट्रयाकमा अगाडी बढाउँदै लगेको छ । र, अन्तर्राष्ट्रिय लेभलमा जाने कुरा भइरहेको छ । साथै, रियल सेक्टरका कम्पनीहरु बुक बिल्डिङ्ग मार्फत बजारमा आउँदै छन् । यिनै कारण हुन् जसले अबको बजारलाई थप उचाईंमा पुर्याउने छन् । अहिले निर्जीवन र जीवन बीमा कम्पनीको अघोषित तरिकाले पुँजी बढाउनु पर्छ भन्ने बजारमा आइसकेको छ । र, माइक्रोफाइनान्सको पनि पुँजी बढाउनु पर्छ भन्ने भइरहेको छ । त्यस्तै, नेपाल राष्ट्र बैंकले क्रस होल्डिङ्ग भएका मर्जर गराउने तथा कमजोर बैंकलाई बलियो बनाउने रणनीति बनाएको छ । सोहिअनुसार नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक मर्ज हुने प्रक्रियामा रहेका छन् । त्यसैले, बलियो सब्बल तथा ५०औं अर्ब रुपैयाँ बराबरको कोर क्यापिटल भएका बैंकहरु आउने हल्ला भइरहेको छ । यसले गर्दा बजारमा नयाँ तरङ्ग आउने छ । एक वर्षको अवधिमा नेप्से परिसूचक १८२१ बाट २७१४ अंकमा पुग्यो । यो अवधिमा परिसूचक ९ सय अंक बढी बढेको छ । परिसूचकमा यति धेरै सुधार आएपनि वाणिज्य बैंक तथा वित्तीय संस्थाको सेयर मूल्य बढेको छैन । अन्य बीमा समूह लगायत होटलसमूहहरु पनि बढेका छन् । अहिले बढेको त हालै बजारमा भित्रिएका नयाँ कम्पनीहरु मात्र हुन् । ३५ खर्बको मार्केटमा २४/२५ खर्बको मार्केट त बढेकै छैन । यी सबै विषयको पछाडी एउटै के छ भने लगानीकर्ताको मनोबल उच्च भएन भने यी सबै कुरा भएपनि बजार बढ्दैन । साथै, नयाँ वर्षको अवसरमा सबै लगानीकर्ताहरुलाई उच्च मनोबलका साथ राम्रो राम्रो कम्पनी छानेर लगानी गर्न शुभकामना छ । राम्रो कम्पनी भन्नाले हरेक वर्ष वार्षिक साधारणसभा गर्ने, हरेक वर्ष लाभांश वितरण गरिरहेको, प्रतिसेयर आम्दानी राम्रो भएको, पीई रेसियो कम भएका कम्पनीमा लगानी गर्नको लागि आग्रह गर्दछु । समग्र बजार राम्रो हुँदा हामीलाई पनि राम्रै भयो- ब्राेकर भरत रानाभाट- पूर्वअध्यक्ष, स्टक ब्रोकर एशोसिएशन २०७७ सालमा पहिलाको तीन महिना बजार पुरै बन्दै थियो । त्यतिखेर अन्य क्षेत्रलाई जस्तै हामीलाई पनि ठूलै असर थियो । जब असार १५ गतेपछि बजार खुल्न थाल्यो त्यसपछिका दिनहरु ब्रोकरको लागि मात्रै नभएर समग्र बजारलाई नै राम्रो भयो । यो बीचमा कारोबार रकम र नेप्से परिसूचकमा धेरै रेकर्डहरु तोडिएका छन् । त्यसैले समग्र बजार राम्रो हुँदा हामीलाई पनि राम्रो नै भयो । घटेर आईसकेको कमिशनलाई पुनः नघटाएको भए हुन्थ्यो भन्ने थियो । अहिले यसलाई सामान्य रुपमा लिएका छौं । कमिशनमा भन्दा पनि हामील समग्र बजार सुधार गर्नतर्फ लाग्यौं र अब पनि लाग्ने छौं । लक्षण हेर्दा २०७८ साल अझ सुखमय बन्छ अब नयाँ वर्ष २०७८ सालमा ब्रोकरको नयाँ टीएमएस (टेडिङ्ग म्यानेजमेन्ट सिस्टम) आउँदै छ । जुन आएपछि ब्रोकरलाई त राम्रो हुने भइहाल्यो यससँगसँगै समग्र बजारलाई राम्रो हुने छ । यसलाई सबै सरोकारवालाहरुले सकारात्मक रुपमा लिएर यथाशिघ्र छिटो ल्याउनु पर्छ भनेर लागिरहेका छौं । नयाँ र पुरानो टीएमएसमा फरक के छ ? यसमा दुई तीन वटा कुराहरु फरक हुन सक्ने छ । पुरानोमा सामान्यतः बाई सेल अडर राख्छौं भने नयाँमा अन्य विशेषताहरु जस्तै, २०० सयको सेयर कुनै दिन ५०० रुपैयाँमा बिक्री होस् भनेर राखेका छौं भने त्यो सेयर केही समयमा बिक्री हुन सक्ने छ । जुन अहिलेको सिष्टममा छैन । त्यस्तै, समय परिवर्तनसँगै हामी कम्प्युटरबाट मोबाइल एप्समा आईसकेका छौं । यसको मतलब लगानीकर्ताले अब मोबाइलबाटै पनि सजिलैसँग सेयर किनबेच गर्न सक्ने छन् । त्यसैगरी, कुनै कम्पनीको प्राविधिक विश्लेषण पनि गर्न सकिन्छ । अहिले लगानीकर्तालाई कुनै कम्पनीको बारेमा सम्पूर्ण विवरण हेर्नुपर्यो भने कम्पनीको वेवसाइट तथा नेप्सेको साइटमा गएर हेर्नुपर्छ । तर त्यहा पनि उनीहरुले खोजेजस्तो विवरणहरु पाउँदैनन् । अबको नयाँ सिस्टममा चाहिँ एकपटक अपडेट गरिदिइसकेपछि सिष्टमले नै अटोमेटिक रुपमा क्यालकुलेट गर्ने फिचर भएकोले सबैलाई सजिलो हुन्छ भन्ने विश्वास छ । यसमा प्रशस्त फिचरहरु रहेका छन् । अब हामीले कति लिन सक्छौं, कसरी प्रयोग गर्न सक्छौं । त्यो आफ्नो कुरा भयो सबै सिष्टम टेस्टेड भइसकेकाले हामीलाई एउटा टाइमसम्म मजाले चलाउन मिल्छ । समग्रमा २०७७ साल बजारको लागि जति सुखमय बन्यो अब आउने साल अझ राम्रो हुन सकोस् । अहिलेको बजारको लक्षण हेर्दा राम्रै हुन्छ भन्ने संकेत देखिएको छ । २०७७ सालको पुँजीबजारले राज्यलाई ठूलो योगदान गर्यो- सीडीएससी पूर्णप्रसाद आचार्य- सीईओ, सीडीएससी २०७७ पुँजीबजारको लागि एकदमै फलदायी भयो । पुँजी बजारमा नयाँ लगानीकर्ताहरु धेरै नै आकर्षित भए । याे क्षेत्रले सरकारलाई ६/७ अर्बको पुँजीगत लाभकर तिर्न सफल भयो । राज्यको लागि यो क्षेत्रबाट उल्लेख्यरुपमा योगदान भएकोले पनि २०७७ साल एकदमै राम्रो भयो । सँगसँगै केही चुनौतिहरु पनि थपिएका छन् । हामीले मेरो सेयरको सुधारका लागि काम गर्दा गर्दै पनि बाहिर त्यो देखिएको छैन । र, गुनासाहरु आइरहेका छन् । हामीले मोबाइल एपलिकेशन लञ्च गर्यौं । लगानीकर्ताको सम्पत्तिको सुरक्षाको हक कायम गर्नको लागि व्यवस्थित गर्दै आईपीओ हेर्नको लागि छुट्टै व्यवस्था गर्र्यौं । एपीआईको सफ्टवेयर डेभलपमेन्ट गर्नको लागि एउटा सम्झौता गरेर केवाईसीको पनि ईओआई मागेका छौं । अत्याधुनिक दुई वटा सफ्टवेयर इन्स्टल गर्याैं । ठूला सफ्टवेयर तथा आईटी अबजरभेसनको लागि पनि काम भइरहेको छ । अब मेरो सेयरको सर्भरमा भने समस्या आउँदैन, लगानीकर्तालाई बिना समस्या सेवा दिन प्रयासरत हुनेछौं मेरो सेयरमा केही समस्याहरु अझै छन् । आगामी वर्षमा लगानीकर्ताले बिना समस्या मेरो सेयरको सेवा लिन सकुन् भन्ने हिसाबले हाम्रो साइडबाट सकेजति सुधारका कामहरु गर्ने योजना रहेको छ । सँगसँगै, हामीले गभरमेन्ट सेक्युरिटीहरुका डिम्याट गर्ने काम पनि अगाडि बढेको छ । सीडीएससीको नेतृत्वमा एउटा टेक्निकल कमिटी र राष्ट बैंकको नेतृत्वमा कानुन तथा लिगल फ्रेमवर्क बनाउने कमिटी बनाउने निणर्य भएको छ । कस्तो सफ्टवेयर तथा हार्डवेयर चाहिने हो र कानुनी कुरालाई व्यवस्थित गराउनको लागि यी समिति बन्ने भएका हुन् । यसबाट सरकारी ऋणपत्र कारोबार हुने छ र पुँजीबजारलाई राम्रैसँग चलायमान बनाउँछ भन्ने विश्वास छ । हामीले आईटीलाई नै सुधार गर्नको लाग प्रयासरत छौं । अन्य साइडमा समस्या देखिएपनि अब सर्भरको साइडमा भने केही समस्या आउँदैन । लगानीकर्तालाई अनलाइन प्रयोग गर्ने बानी बसालिदिएकोमा कोरोनालाई धन्यवाद- नेप्से चन्द्रसिंह साउद– सीईओ, नेपाल स्टक एक्स्चेञ्ज २०७७ साल नेपालको पुँजी बजारको लागि उत्साहपद रह्यो । पुँजीबजारको हरेक शीर्षकमा नेप्से परिसूचक, बजार पुँजीकरण, कारोबार, कर, लगानीकर्ताले कमाउनेमा, अनलाइन प्रयोगकर्ताको संख्या बढेको आधार लगायत सबैमा उत्साहजनक भयो । साथै, नेपालमा बसेका लगानीकर्ताले मात्रै नभई विदेशमा बसेका लगानीकर्ताले पनि नेपालको पुँजीबजारमा लगानी गर्नको लागि पहुँच पाए । त्यसैले, लगानीकर्ता, सरकार, नियामक निकाय, नेपालको अर्थतन्त्र लगायत इसेवाको सेवा प्रदान गर्ने भेन्डर कम्पनीहरुलाई पनि उत्साहजनक नै भयो । अरु क्षेत्र खस्किएता पनि पुँजीबजार धेरै माथि उठेको र २०७७ साल पुँजीबजारको लागि सुनौलो रह्यो । यसको श्रेय एउटा कोरोनालाई पनि जान्छ । जो जहाँ छ त्यहिबाट कारोबार गर्ने माहोलको सृजना भयो । अनलाइन सिस्टमले गर्दा पनि लगानीकर्ताको संख्या ह्वात्तै बढ्यो । हामीले अनलाइन त कोरोना अघि नै प्रयोगमा ल्याएका थियौं । तर त्यति खेर प्रयोगकर्ता धेरै थिएनन् । कोरोनाले अनलाइन प्रयोग गर्ने लगानीकर्ताको बानी विकास चाहि गरिदियो । कोरोनाअघि १० देखि १२ हजार लगानीकर्ता अनलाइनमा आवद्द थिए । अहिले उक्त संख्या बढेर ६ लाख पुगिसकेको छ । नेपालमा अनलाइनबाट कारोबार गर्नेको संख्या नै ८० प्रतिशत बढी नाघिसकेको छ । जुन भारतको तुलनामा बढी हो । यो वर्ष लगानीकर्तालाई नयाँ प्रडक्ट ल्याउँदै छौं नयाँ सालमा पुँजीबजार के होला त्यो भन्न त सकिँदैन । तर पनि हालसम्म हाम्रो बैंकिङ्ग क्षेत्र बढीनसकेकाले आगामी दिनमा उक्त क्षेत्रमा बढी चमक देखिएला की जस्तो लाग्छ । २०७८ सालमा हामी लगानीकर्ताको लागि नयाँ प्रडक्ट ल्याउँछौं । हामीसँग भएको प्लेटफर्मलाई थप मोडिफाई गर्छौं । लगानीकर्तालाई मात्र होइन नेपाल सरकारको राजस्व बढाउनको लागि नेप्सेले धेरै कामहरु गरिराखेको छ । अबको वर्षमा बुक बिल्डिङ्को माध्यमबाट सेयर कारोबार गराउने छौं । र, यो सँगसँगै ऐनमा भएका अनुसार इन्ट्रा डे, एक्सन, ल्याडिङ्ग जस्ता पूर्वाधारहरु ल्याउने तरखरमा छौं ।
सेयर बजारका बादशाह वारेन वफेट अर्बपतिको टप फाइभबाट हटे, विनोद चौधरीको सम्पत्ति कति ?
काठमाडौं । विश्वमा सेयर बजारका बादशाह भनेर चिनिने वारेन वफेट अर्वपतिको टफ फाइभ अर्थात पाँचौं स्थानभन्दा तल झरेका छन् । उनी पहिलो पटक टप फाइभको सूचीबाट बाहिरिएका हुन् । फोब्र्सको अर्बपतिको वार्षिक सूचीको टप फाइबाट बफेट दुई दशकमा पहिलोपटक बाहिरिएका हुन् । यस्तै, नेपाली अर्बपति विनोद चौधरी पनि अर्बपति सूचीको २१४१ नम्बरमा परेका छन् । फोब्र्सका अनुसार अप्रिल ६ सम्म उनको सम्पत्ति १ अर्ब ४० करोड अमेरिकी डलर छ । उनी नेपालका एक्ला डलर अर्बपति हुन् । फोब्र्सले सार्वजनिक गर्ने विश्वका अर्वपतिहरुको वार्षिक सूचीमा दुई हजार ७५५ जना अर्बपतिहरु अटाएका छन् । मंगलबार सार्वजनिक भएको सूचीमा अमेजन कम्पनीका संस्थापक तथा सीईओ जेफ बेजोस लगातार चौथो वर्ष पनि पहिलो स्थानमा रहेका छन् । अर्बपतिको सूचीको दोश्रो स्थानमा टेस्ला कम्पनीका सीईओ एलन मस्क रहेका छन् । गत वर्षको सूचीमा उनी ३१औँ स्थानमा थिए ।
बुधबारको सेयर बजार ४ बजेसम्म खुल्ने
काठमाडौं । बुधबार(चैत १८ गते)को सेयर बजार अपरान्ह ४ बजेसम्म खुल्ने भएको छ । नियमित ३ बजेसम्म खुल्ने बजार आज भने थप एक घण्टा अर्थात ४ बजेसम्म सेयर कारोबार हुने नेप्सेले जनाएको छ । बुधबार दिउँसो करिब एक घण्टा टिएमएसमा समस्या देखिएर कारोबार अवरुद्ध भएसँगै नेप्सेले कारोबारकाे समय अवधि बढाएको हो । साथै, हाल उक्त समस्या समाधान भइसकेकाे नेप्सेले जानकारी गराएको छ । टिएमएसमा समस्या देखिएसँगै लगानीकर्ताहरू एक घण्टासम्म काराेबार गर्न बञ्चित भएका थिए ।
सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताको लागि नबिल इन्भेष्मेन्टले ल्यायो पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस
काठमाडौं । नबिल इन्भेष्मेन्ट बैंकिङ्गले सेयर बजारमा प्रवेश गर्न चाहाने लगानीकर्ताहरुलाई लक्षित गरी ‘नबिल इन्भेष्ट स्याटलाइट पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस’ संचालनमा ल्याएको छ । यस सेवा प्रयोग गर्नको लागि लगानीकर्ताहरुले कुनै पनि प्रकारको वार्षिक शुल्क तिर्नु नपर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीको अनुसार विशेष लगानी व्यवस्थापन सेवा अन्तर्गत यस शेयर लगानी व्यवस्थापन सेवामा दक्ष तथा गहण विश्लेषणको आधारमा बजारको उतारचढावलाई मध्यनजर गरी लगानी गरिने र लगानी गरिएको रकम फाइदा भएको अवस्थामा मात्र केही शुल्क लिइनेछ । यो सेवामा प्रवेश गर्न चाहाने लगानीकर्ताले कम्तीमा २५ लाख बराबरको नगद रकम वा सोही बराबरको सेयरको मुल्यांकन गराई प्रवेश गर्न सक्नेछन् ।
प्रभु क्यापिटलले सुरु गर्यो सेयर बजार सम्बन्धी तालिम
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले सेयर बजार सम्बन्धी ज्ञान दिन तीन दिने आधारभुत तालिमको सुरुवात गरेको छ । क्यापिटकले प्लाटिनम कलेजमा विविए संकायमा अध्यनरत विद्यार्थीका लागि उक्त तालिम सञ्चालन गरेको हो । १० गतेसम्म चल्ने उक्त तालिम अन्तरगत पहिलो दिन नेपालको पूँजी बजार सम्बन्धी आधारभूत तालिम तथा प्राथमिक एवं दोश्रो बजारमा लगानी गर्नका लागि जान्नु पर्ने विषयका बारेमा सहजीकरण गरिएको क्यापिटकले जनाएको छ । यसैगरी तीन दिने तालिममा लगानी रणनीति तथा जोखिम व्यवस्थापन र आधारभुत तथा प्राविधिक विश्लेषणको बारेमा जानकारी दिईनेछ । उक्त तालिममा कलेजका ६० भन्दा बढी विद्यार्थीको सहभागीता रहेको छ । क्यापिटलको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सेयर सचेतना अभिवृद्धिकालागि विभिन्न संस्थाहरुसँगको सहकार्यमा तालिम कार्यक्रम सञ्चालन आएको छ । यसैगरी क्यापिटकले चैत ६ गते मण्डिखाटार स्थित इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस) संस्थाको सहकार्यमा सेयर बजार सम्बन्धी एकदिने आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको थियो । उक्त तालिममा २० जनाको सहभागीता रहेको थियो ।
प्रभु क्यापिटलले दियो सेयर बजारसम्बन्धी आधारभूत तालिम
काठमाडौं । प्रभु क्यापिटलले चितवनको भरतपुरमा सेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको छ ।क्यापिटलले गत फागुन २९ गते चितवन स्थित भ्याली स्टेट कलेजको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरेको हो । भरतपुरको स्मार्ट ब्यांकेटको सभाहलमा आयोजित कार्यक्रममा करिब २०० जनाको सहभागीता रहेको थियो । कार्यक्रममा भ्याली स्टेट कलेजका प्राध्यापक मन अधिकारीले स्वागत मन्तब्य दिएका थिए । कार्यक्रमको प्रमुख अतिथि प्रभु क्यापिटलका प्रबन्ध सञ्चालक दिनेश थकालीले कार्यक्रममा सम्बोधन गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत पुँजी बजार सम्बन्धी यस्ता किसिमका कार्यक्रमहरुमा बिजनेस स्कुलहरुसँग सहकार्य गर्दै प्रभु क्यापिटल अगाडि बढेको बताए । साथै, कलेजहरुले आयोजना गर्ने यस्ता कार्यक्रमहरुले वित्तिय साक्षरता अभिवृद्धिमा मद्दत गर्ने बताए । यस्तै कार्यक्रममा अतिथि युनियन लाइफ इन्स्योरेन्सका प्रदेश नं. २ का डेपुटि प्रदेश प्रमुख इन्द्र राज सुवेदिले मोफसलमा यस्ता कार्यक्रमको आयोजना हुनु सुखद पक्ष रहेको र यसले सेयरबजारको बारेमा चेतना अभिवृद्धि गर्ने बताए । तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले गरेका थिए । कार्यक्रममा नेपालका सेयर बजारको अवस्था, लगानी किन गर्ने, प्राथमिक बजार तथा धितोपत्रको दोश्रो बजार, सेयर बजारलाई प्रभाव पार्ने तत्वहरुका साथै सेयर बजार विश्लेषण गर्ने आधारभूत विश्लेषण तथा प्राविधिक विश्लेषण एवं आफ्नो पोर्टफोलियो कसरी बनाउने, लगानी व्यवस्थापन भनेको के हो लगायतका विषयमा जानकारी सहभागीहरुलाई जानकारी प्रदान गरिएको थियो ।
सेयर बजारमा लगानी गर्न चाहने महिला लगानीकर्तालाई वार्षिक शुल्कमा छुट
काठमाडौं । सेयर बजारमा लगानी गर्न चाहनेलाई नबिल इन्भेष्टमेन्ट बैंकिंगले वार्षिक शुल्कमा छुट दिने भएको छ । नबिल इन्भेष्टमेण्ट बैंकिंगले नारी दिवसको अवसरमा सेयर बजारमा प्रवेश गर्न चाहने महिला लगानीकर्तालाई प्रथम वर्षको लागि लाग्ने वार्षिक शुल्क पूर्ण रुपमा छुट दिने भएको हो । यससँगै इच्छुक लगानीकर्ताले लगानी व्यवस्थापन सेवा प्राप्त गरे वापत उक्त छुट पाउने भएका छन् । सेयर बजारमा लगानी गर्न इच्छा रहेको तर सेयर बजारको बारेमा ज्ञान नभएका वा अन्य जो कोही महिला लगानीकर्ताले यो सुविधा लिन सक्नेछन् । यो योजना अँग्रेजी महिना मार्च अन्तिमसम्म रहने छ । विभिन्न व्यवसायमा रहेका व्यवसायिहरु तथा सेयर बजारको बारेमा विस्तृत विश्लेषण तथा अध्ययनको अभावका कारणले गर्दा लगानी गर्न नसक्नु भएको लगानीकर्तालाई यो सेवा प्रदान गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डबाट लाईसेन्स प्राप्त गरी सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताको लगानीको व्यवस्थापन गर्ने कार्यलाई लगानी व्यवस्थापन सेवा भनिन्छ । निश्चित बार्षिक शुल्कका साथ शुरु गर्न सकिने यो सेवा अँग्रेजी महिनाको मार्च अन्तिमसम्मका लागि महिला लगानीकर्तालाई पहिलो वर्षका लागि बार्षिक व्यवस्थापन शुल्क वापतको रकम पूर्ण छुट गरिएको हाे । यो सुविधाबाट नेपालको सेयर बजारमा प्रवेश गर्न चाहने महिला लगानीकर्ताले यसको पूर्ण फाइदा लिने संस्थाले जनाएको छ ।
नेपालको सेयर बजार हल्लाकाे भरमा दौडिरहेको छ, आधारभूत पक्ष हेरेर लगानी गरौं
मार्चको मध्यसम्म संसारैभरका सबै सेयर बजार ओरालो यात्रामा थिए । त्यसपछि रिकभर हुँदै संसारभरकै परिसुचक उच्च विन्दुमा पुग्यो । न्युओर्क, भारत र नेपालमै कोभिडको बीचमा परिसूचकले उच्च विन्दु पार गरेर नयाँ रेकर्ड राख्यो । सेयर बजार बढ्दा हौसिने र घट्दा निराश हुने लगानीकर्ताको प्रवृति छ । नेपालकै सन्दर्भमा कुरा गर्दा १२ सयमा रहेको नेप्से परिसुचक बढेर २६ सयमा पुग्दा लगानीकर्तालाई वास्तै छैन । तर, २६ सयबाट २०/२५ अंकले घट्यो भने आत्तिएर बेच्न दौडिने प्रवृति लगानीकर्ताको छ । जुन सेयर बजारका लगानीकर्ताहरुका लागि उपयुक्त हुन सक्दैन । सर्वप्रथम यो प्रवृतिलाई सुधार्न आवश्यक छ । नेपाली सेयर बजारका लगानीकर्ताहरु बजार बढ्यो भने किन्ने तर बजार घट्न लाग्यो भने बेच्न दौडिहाल्छन् । हामी कहाँ आधारभुत ज्ञानको अभाव छ । हाम्रा लगानीकर्ताहरुमा वित्तीय चेतनाको अभाव छ । लगानीकर्ताले ‘डिभिडेण्ड इल्ड’ हेर्नुपर्छ । कम्पनीको प्रोफाइल हेर्नु पर्ने हो । कम्पनीको व्यवस्थापन कस्तो छ भनेर हेर्नु पर्ने हुन्छ । कम्पनीको इपीएस (प्रतिसेयर आम्दानी) लगायतका पक्षहरु अध्ययन गरेर लगानी गर्नु पर्ने हुन्छ । तर, हामी फलानोसँग मर्ज हुने भयो, फलानो कम्पनीको राइट सेयर आउने भयो भन्ने लगायतका हल्लाहरु सुनेर लगानी गर्न दौडिन्छौं । त्यही भएर हल्लाको भरमा बढेको सेयर बजार हल्लाकै भरमा घट्छ । यो सामान्य विषय नै हो । त्यसैले ‘फण्डामेन्टल्स’को आधारमा गरेको लगानी सुरक्षित हुन्छ । राम्रो हुन्छ । अगाडि बढ्छ । आजको दिनमा सेयर बजारको प्रबृत्ति बढी जसो ‘पर्फरमेन्सबेस्ड मार्केट प्राइस’भन्दा पनि ‘हल्लाबेस्ड मार्केट प्राइस’ छ । यसैले विनाकारण घट्बढ् हुने, आन्तरिक सूचना चुहावटको कारणले पनि मार्केट तलमाथि हुने अवस्था देखिएको छ । अहिले बजार विश्वास गर्न लायक भइसकेको अवस्था छैन । त्यसैले बजारको इण्डिकेटरले सही संकेत गर्छ त भन्दा ‘आई कान्ट सिरियस’ । तर, यो विस्तारै सुधार हुँदै जाने प्रक्रिया हो । हिजोभन्दा आज धेरै परिवर्तन भएको छ । हिजो दुई चार जनाले चाहे भने परिसुचक जता पनि लान सक्थे । सेयर मूल्य जता पनि लान्थे । तर, आज हेर्नुभयो भने बजारमा दैनिक १०/११ अर्ब रुपैयाँको हाराहारीमा कारोबार हुन थालेको छ । धेरै विषयहरु सकारात्मक छन् । तर, प्रयाप्त छैन । सुधारका कामहरु गर्नुपर्ने धेरै छन् । पुँजी बजारमा भएको ‘फरमेसन’ र विकास भने सन्तोषजनक छ । (चार्टर्ड एकाउन्टेन्ट ज्ञवाली नबिल बैंकका डीजीएम हुन् । उनीसँग गरिएको कुराकानीमा आधारित)
सेयर बजार राताम्ये, साढे २ प्रतिशतले घट्यो परिसुचक
काठमाडौं । साताको पहिलो दिन सेयर बजार खुलेदेखि नै राताम्ये देखिएको छ । बजार घट्दा रातो रंगले संकेत दिन गरिन्छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का यो समाचार तयार पार्दा (१२ः१८ बजे) सम्म पुँजी बजार मापक नेप्से परिसुचक करिब साढे २ प्रतिशतले घटेको छ । सो समयसम्ममा परिसुचक २.४५ प्रतिशतले घटेको हो । सो समयसम्ममा बजार ६२.६८ अंकले (२.४५ प्रतिशतले) घटेको छ । यस्तै, ६० लाख ३२ हजार ४७४ कित्ता सेयर ३ अर्ब ३६ करोड ८६ लाख ४८ हजार ८५७ रुपैयाँमा खरिद विक्री भएका छन् । नेप्सेका अनुसार अधिकांश उपसुचक घटेका छन् । यद्यपि, होटल तथा पर्यटन उपसुचक भने १८.१८ अंकले बढेको छ । बैंकिङ समुह ४५.११ अंकले, ट्रेडिङ समुह २.६४ अंकले, विकास बैंक समुह ६१.४९ अंकले, जलविद्युत समुह ४४.७४ अंकले, फाइनान्स समुह १७.६४ अंकले, निर्जीवन बीमा समुह १४६.४४ अंकले, उत्पादनशील समुह ११०.१६ अंकले, अन्य समुह ६४.५४ अंकले, लघुवित्त समुह ११७.७१ अंकले, जीवन बीमा समुह ४६४.४४ अंकले, म्युचअल फण्ड समुह ०.१९ अंकले र इन्भेष्टमेन्ट समुहको उपसुचक ३.४६ अंकले घटेका छन् । घटेको बजारमा पनि चन्द्रागिरी हिल्सको सेयर मूल्य बढेर सर्किट लेबलमा पुगेको छ । सो कम्पनीको सेयर मूल्य ९.८१ प्रतिशतले बढेको छ । सम्बन्धित सामग्री सेयर बजारलाई राजनीति र तरलताको एकैपटक प्रतिकूल सन्देश, कता जाला अब बजार ?
सेयर बजारलाई राजनीति र तरलताको एकैपटक प्रतिकूल सन्देश, कता जाला अब बजार ?
काठमाडौं । अर्थमन्त्रीका रुपमा विष्णु पौडेल आएपछि हौसिएको पुँजी बजारका लागि अब त्यति सुखद समाचार छैन । राजनीति अनिश्चयको गोलचक्करमा फसेको र वित्तीय बजारमा तरलता सहज अवस्थाबाट केही संकुचित अवस्थामा प्रवेश गर्न लागेकोले पुँजी बजारमा यसको नकारात्मक प्रभाव पर्ने देखिएको हो । नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल अहिले पुँजी बजारमा ‘केही कम्पनीको बाहेक’ त्यति उछाल नदेखिएको बताउँछन् । ‘केही समययता पुँजी बजार संयम देखिन्छ, केही कम्पनीको सेयरमा अझै राम्रो आकर्षण देखिए पनि समग्रतामा त्यस्तो फेरबदल देखिदैन,’ पोखरेलले भने । उनका अनुसार गत बिहीबार बैंकिङ क्षेत्रमा ८८ अर्ब रुपैयाँ अधिक तरलता थियो । सो दिन अन्तरबैंक कारोबारको व्याजदर औसतमा ०.५३ प्रतिशत थियो । सो दिन अन्तर बैंक कारोबार अधिकतम ०.६५ प्रतिशत पुगेको थियो भने न्यूनतम ०.३५ प्रतिशत थियो । गत माघ १५ गते बैंकिङ क्षेत्रमा १ खर्ब ७ अर्ब रुपैयाँ अधिक तरलता थियो । अधिक तरलता कम हुँदै गएपछि पुँजी बजारमा यसको नकारात्मक असर पर्ने देखिन्छ । बैंकिङ क्षेत्रमा हुने अधिक तरलताले व्यक्तिगत लगानीकर्ता भन्दा पनि संस्थागत लगानीकर्ताको लागि ठूलो अर्थ लाग्छ । अधिक तरलता भएपछि व्याजदर सस्तो हुने भएकोले व्यक्तिगत लगानीकर्ताले पनि कर्जा लिएर लगानी गर्ने गर्छन् । तर, यस्तो लगानीले नेपालको कुल गार्हस्थ उत्पादनको हाराहारीमा पुँजीकरण भइसकेको बजारमा खासै प्रभाव नपर्ने विश्लेषकहरु बताउँछन् । तर, संस्थागत लगानीकर्ताहरुले भने अधिक तरलता भएको समयमा संस्था व्याजको फाइदा उठाउँदै ठूलो परिमाणमा कर्जा लिएर लगानी गर्ने अबस्था रहन्छ । यस्तै, आफूसँग रकम भएका बीमा कम्पनीहरु, बैंक तथा वित्तीय संस्थाहरु, कर्मचारी संचयकोष, नागरिक लगानीकोष जस्ता कोषहरुले लगानी बढाउने भएकोले बजारमा त्यसको असर पर्ने अवस्था रहन्छ । अधिक तरलता कम हुँदै गएपछि व्याजदर माथि चढ्दै गएको राष्ट्र बैंकका सहयप्रवक्ता पोखरेलको भनाई छ । अनिश्चयको गोलचक्करमा राजनीति प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको आन्तरिक किचलो व्यवस्थापन गर्न नसकी सनकका भरमा गत पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनदेखि नै राजनीति अन्योलपूर्ण अवस्थामा पुगेको थियो । सर्वाेच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा विघटनलाई असंबैधानिक भनेर पुनस्थापना गरिदिएपछि राजनीतिले सही बाटो समात्ने आकलन धेरैले गरेका थिए । तर, सत्तारुढ नेकपाभित्रको आन्तरिक खिचलो र सो पार्टीको बैधानिकतामाथि उठेको प्रश्न सर्वाेच्चमा न्यायिक परीक्षणकै क्रममा रहेकोले अवको राजनीति अनिश्चयको गोलचक्करमा परेको आभास मिलेको छ । सत्तारुढ नेकपा राजनीतिक रुपमा विभाजन भएर २ पार्टी बनिसकेको छ । एउटा समुहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् भने अर्काे समुहको नेतृत्व पुष्पकमल दाहाल र माधवकुमार नेपालले गरेका छन् । यी दुबै समुह अहिले पानी बाराबरको अवस्थामा छन् । दाहाल–नेपाल पक्षले आफूलाई आधिकारिकता प्रदान गर्न निर्वाचन आयोगमा दिएको निवेदनमाथि कुनै निर्णय भएको छैन । यही अवस्थामा सरकारले फागुन २३ गतेका लागि प्रतिनिधिसभाको बैठक बोलाएको छ । प्रधानमन्त्रीबाट ओलीलाई जसरी भएपनि हटाइछाड्ने दाहाल–नेपाल पक्षको अभियान र कुनै पनि हालतमा नछोड्ने प्रधानमन्त्री ओलीको अडानले राजनीति फेरि अन्योलमा परेको छ । नेकपाको संसदीय दलको नेता २ जना छन् । उपनेता २ जना छन् । प्रमुख सचेतक २ जना नै छन् । तर, पार्टी एउटा छ । यस्तो अवस्थामा प्रतिनिधिसभाको बैठक कसरी अगाडि बढ्छ भन्ने नै अन्योल छ । यस्तै, सत्तारुढ नेकपाको नामप्रति असहमति राख्दै ऋषि कट्टेलले दिएको निवेदन पनि सर्वाेच्च अदालतमा विचाराधिन छ । आफूले पहिला नै नेकपा दर्ता गरिसकेको र पछि सत्ताको आडमा निर्वाचन आयोगले नेकपा दर्ता गराएको आरोप कट्टेलको छ । सर्वाेच्च अदालतले फागुन २० गते सो विवादको फैसला गर्ने भनेको छ । सर्वाेच्चले कट्टेलले नेतृत्व गरेको नेकपालाई नै आधिकारिकता दिएमा सत्तारुढ दलले नेकपा नाम पाउने छैन । यस्तो अवस्थामा अर्काे नाम प्रस्ताव गर्नुपर्ने हुन सक्छ । यसरी अर्काे नाम प्रस्ताव गर्न प्रधानमन्त्री ओली र उनीसँग पानी बाराबारको अवस्थामा रहेका दाहालले संयुक्त रुपमा पत्र पठाउनु पर्ने हुन सक्छ । किनभने तत्कालिन माओवादी केन्द्रका अध्यक्षको हैसियतमा दाहाल र तत्कालिन एमालेको अध्यक्षको हैसियतमा ओलीले संयुक्त रुपमा पत्र पठाएपछि निर्वाचन आयोगले नेकपालाई एकीकरण भएको पार्टीको हैसियत दिएको थियो । यद्यपि, नेकपा एकीकरण भएको बैधानिक प्राप्त भइसकेको छ । दुई पार्टी मिलेर बनेको सरकारलाई राष्ट्रपति, सर्वाेच्च अदालत, निर्वाचन आयोग जस्ता संस्था र निकायहरुले एउटै पार्टीको सरकारको मान्यता दिइसकेका छन् । तर, सर्वाेच्च अदालतले कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएको अवस्थामा सत्तारुढ नेकपा के हुन्छ ? पहिलाको जस्तै माओबादी केन्द्र र एमाले बन्छ ? यस्तो भएमा यसबीचमा दर्ता भएको एमाले के हुन्छ ? अनि गोपाल किरातीले पुनर्गठन गरेको माओबादी केन्द्रमा प्रचण्ड लगायतका माओबादी नेता प्रवेश गर्ने ? एमाले र माओबादी केन्द्र पूर्ववत अवस्थामा आएर अहिलेको सत्तारुढ नेकपा नै भएको थिएन भनेर मान्ने हो भने अहिले ओलीतिर लागेका बादल लगायत माओबादी केन्द्रका नेता र प्रचण्डतिर लागेका नेपाल लगायतका नेताले आफ्नो पूर्वपार्टीबाट केन्द्रीय सदस्य र सांसद दुबै ४०/४० प्रतिशत पुर्याएर अहिलेको समुहमा लागेका छन् ? यो संख्या नपुगे नेपाल बादललगायतका नेताको सांसद पद जान्छ कि जादैन ? यस्ता प्रश्नहरु अहिले गम्भीर बनेका छन् । हुन त नेपालको पुँजी बजार रानीतिक अस्थिरताको समयमा नै हौसने गर्छ । अहिले पनि विगतको नजिरलाई सदर गर्दै बजार अघि बढ्छ कि राजनीतिक अनिश्चयको कारण डराउँछ भनेर केही दिन पर्खनुपर्ने भएको छ । सम्बन्धित सामग्री जुरो हल्लाउँदै दौडिरहेको सेयर बजारको साँढेले कहाँ पुगेर थकाई मार्ला ?
जीडीपी बराबर पुगेको सेयर बजार पुँजीकरण घट्यो
काठमाडौं । झण्डै मुलुकको कूल ग्राहस्थ उत्पादन (जीडीपी) बराबर पुगेको बजार पुँजीकरणमा ठूलो गिरावट आएको छ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक लगातार ओरालो लागेपछि बजार पुँजीकरणमा उच्च गिरावट देखिएको हो । आज बिहीबार(फागुन १३ गते) नेप्से परिसूचक ४५ विन्दुले घट्दा बजार पुँजीकरण ३५ खर्ब १९ अर्ब ४८ करोड ८१ लाख ३२ हजार ५१९ रुपैयाँमा सीमित भएको छ । केही दिन पहिले बजार पुँजीकरण झण्डै साढे ३६ खर्ब रुपैयाँको हाराहारीमा पुगेको थियो । बजार पुँजीकरणमा ठूलो हिस्सा राख्ने नेपाल इन्फ्राष्ट्रक्चर बैंक (निफ्रा) को सेयर मूल्यमा लगातार दुई दिनदेखि गिरावट आइरहेको छ । सोही कारण पनि बजार प्रभावित भएको हो । मंगलबार र बुधबार बैंकको सेयरमा तीव्र उतारचढाव देखा परेको थियो । सम्बन्धित समाचार राताम्मे बजारमा चन्द्रागिरीका लगानीकर्ताको सम्पत्ति करिब १०%ले बढ्यो, निफ्राको उच्च कारोबार