छोराछोरीको पढाई शुल्क करयोग्य आयबाट घटाउनु पर्ने, एनआरएनकाे पैसा सेयर बजारमा ल्याउन प्राेत्साहन गर्ने

<p>काठमाडौं । नेपाल बैंकर्स संघले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटका लागि २६ बुँदे सुझावहरु दिएको छ । नेपाली बैंक तथा वित्तीय संस्थाको सुधारका लागि संघले बजेटमा २६ बुँदे सुझाव दिएको हो । सुझावमा अधिकांश माग करका समेटिएका छन् । सुझावमा १९ बुँदे सुझाव कर सम्बन्धी र ७ बुँदा सहुलियत तथा अन्य विषयका छन् । [&hellip;]</p>

काठमाडौं । नेपाल बैंकर्स संघले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटका लागि २६ बुँदे सुझावहरु दिएको छ । नेपाली बैंक तथा वित्तीय संस्थाको सुधारका लागि संघले बजेटमा २६ बुँदे सुझाव दिएको हो ।

सुझावमा अधिकांश माग करका समेटिएका छन् । सुझावमा १९ बुँदे सुझाव कर सम्बन्धी र ७ बुँदा सहुलियत तथा अन्य विषयका छन् ।

सुझावको पहिलो बुँदामा नेपालसँग भएको विदेशी सञ्चितीलाई ठुला सडक तथा अन्य परियोजना निर्माणमा खर्च गर्न आग्रह गरेको छ । ६ अर्ब जति ठूला सडक परियोजनामा खर्च गर्न सकिएमा यसले मुलुकलाई नै विकासको गतिमा लान सक्ने र धेरै लाभ हुने सुझाव दिएको छ । यस्तै सुझावमा करर्पोरेट आयकरमा २५ प्रतिशत कायम गर्न सुझाव दिएको छ ।

सुझावमा व्यक्तिगत आयमा आधारभुत करछुटको सीमा बढाउनु पर्ने, एक लाख सम्मको व्यक्तिगत जीवन बिमामा कर छुट गरिनु पर्ने, कर्मचारीले घरजग्गा खरिद गर्दा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जामा तिरेको व्याज रकमलाई सीमा निर्धारण गरी करयोग्य आयबाट घटाउन पाइनु पर्ने, कर्मचारीको आफ्नो पहिलो दुई सन्तानको माध्यमिक स्तर सम्मको अध्ययन गर्नका लागि लाग्ने मासिक शुल्कको सीमा निर्धारण गरी करयोग्य आयबाट घटाउन पाउने लगायतका व्यवस्था गरिनु पर्ने माग राखेको छ ।

संघले गैर आवासीय नेपालीहरुसँग भएको पुँजी पुँजी बजार मार्फत् प्रबद्र्धन गर्न विशेष प्याकेजको व्यवस्था गर्नु उपयुक्त हुने पनि सुझाव दिएको छ ।

[pdf id=270050]

Share News