जीडीपी बराबर पुगेको सेयर बजार पुँजीकरण घट्यो

<p>काठमाडौं । झण्डै मुलुकको कूल ग्राहस्थ उत्पादन (जीडीपी) बराबर पुगेको बजार पुँजीकरणमा ठूलो गिरावट आएको छ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक लगातार ओरालो लागेपछि बजार पुँजीकरणमा उच्च गिरावट देखिएको हो । आज बिहीबार(फागुन १३ गते) नेप्से परिसूचक ४५ विन्दुले घट्दा बजार पुँजीकरण ३५ खर्ब १९ अर्ब ४८ करोड ८१ लाख ३२ हजार [&hellip;]</p>

काठमाडौं । झण्डै मुलुकको कूल ग्राहस्थ उत्पादन (जीडीपी) बराबर पुगेको बजार पुँजीकरणमा ठूलो गिरावट आएको छ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक लगातार ओरालो लागेपछि बजार पुँजीकरणमा उच्च गिरावट देखिएको हो ।

आज बिहीबार(फागुन १३ गते) नेप्से परिसूचक ४५ विन्दुले घट्दा बजार पुँजीकरण ३५ खर्ब १९ अर्ब ४८ करोड ८१ लाख ३२ हजार ५१९ रुपैयाँमा सीमित भएको छ । केही दिन पहिले बजार पुँजीकरण झण्डै साढे ३६ खर्ब रुपैयाँको हाराहारीमा पुगेको थियो ।

बजार पुँजीकरणमा ठूलो हिस्सा राख्ने नेपाल इन्फ्राष्ट्रक्चर बैंक (निफ्रा) को सेयर मूल्यमा लगातार दुई दिनदेखि गिरावट आइरहेको छ । सोही कारण पनि बजार प्रभावित भएको हो । मंगलबार र बुधबार बैंकको सेयरमा तीव्र उतारचढाव देखा परेको थियो ।

सम्बन्धित समाचार

राताम्मे बजारमा चन्द्रागिरीका लगानीकर्ताको सम्पत्ति करिब १०%ले बढ्यो, निफ्राको उच्च कारोबार

Share News