
काठमाडौं । नबिल इन्भेष्मेन्ट बैंकिङ्गले सेयर बजारमा प्रवेश गर्न चाहाने लगानीकर्ताहरुलाई लक्षित गरी ‘नबिल इन्भेष्ट स्याटलाइट पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस’ संचालनमा ल्याएको छ ।
यस सेवा प्रयोग गर्नको लागि लगानीकर्ताहरुले कुनै पनि प्रकारको वार्षिक शुल्क तिर्नु नपर्ने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीको अनुसार विशेष लगानी व्यवस्थापन सेवा अन्तर्गत यस शेयर लगानी व्यवस्थापन सेवामा दक्ष तथा गहण विश्लेषणको आधारमा बजारको उतारचढावलाई मध्यनजर गरी लगानी गरिने र लगानी गरिएको रकम फाइदा भएको अवस्थामा मात्र केही शुल्क लिइनेछ ।
यो सेवामा प्रवेश गर्न चाहाने लगानीकर्ताले कम्तीमा २५ लाख बराबरको नगद रकम वा सोही बराबरको सेयरको मुल्यांकन गराई प्रवेश गर्न सक्नेछन् ।