बुधबारको सेयर बजार ४ बजेसम्म खुल्ने

<p>काठमाडौं । बुधबार(चैत १८ गते)को सेयर बजार अपरान्ह ४ बजेसम्म खुल्ने भएको छ । नियमित ३ बजेसम्म खुल्ने बजार आज भने थप एक घण्टा अर्थात ४ बजेसम्म सेयर कारोबार हुने नेप्सेले जनाएको छ । बुधबार दिउँसो करिब एक घण्टा टिएमएसमा समस्या देखिएर कारोबार अवरुद्ध भएसँगै नेप्सेले कारोबारकाे समय अवधि बढाएको हो । साथै, हाल उक्त समस्या [&hellip;]</p>

काठमाडौं । बुधबार(चैत १८ गते)को सेयर बजार अपरान्ह ४ बजेसम्म खुल्ने भएको छ । नियमित ३ बजेसम्म खुल्ने बजार आज भने थप एक घण्टा अर्थात ४ बजेसम्म सेयर कारोबार हुने नेप्सेले जनाएको छ ।

बुधबार दिउँसो करिब एक घण्टा टिएमएसमा समस्या देखिएर कारोबार अवरुद्ध भएसँगै नेप्सेले कारोबारकाे समय अवधि बढाएको हो । साथै, हाल उक्त समस्या समाधान भइसकेकाे नेप्सेले जानकारी गराएको छ ।

टिएमएसमा समस्या देखिएसँगै लगानीकर्ताहरू एक घण्टासम्म काराेबार गर्न बञ्चित भएका थिए ।

Share News