रास्वपा र राप्रपाको संसद बैठक बहिस्कार, प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै (लाइभ)
काठमाडौं । सोमबार प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे जानकारी गराउने बताइएको छ । यस्तै, प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपा र राप्रपाले अवरोध गरेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका रास्वपा र राप्रपाले संसद् अवरोध गर्दै आइरहेका छन् ।
साढे १ घण्टा उभिएर विरोध गरेपछि संसद बैठकबाट बाहिरिए रास्वपाका सांसद
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरु संसद् बैठकबाट बाहिरिएका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा झण्डै साढे १ घण्टा उभिएर विरोध गरेपछि उनीहरु बाहिरिएका हुन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि आरोप लगाउँदै रास्वपाका सांसदहरुले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएका छन् । उनीहरू गत जेठ १३ गतेदेखि निरन्तर अवरोधमा उत्रिएका छन् ।
आइतबारको संसद बैठक सहज रुपमा सञ्चालन हुने सभामुख घिमिरेको संकेत
काठमाडौं । सभामुख देवराज घिमिरेले आइतबारदेखि संसद सञ्चालनमा आउने संकेत गरेका छन् । सभामुख घिमिरेले आइतबारको संसद बैठक सहज रुपमा सञ्चालन हुने विश्वास व्यक्त गरेका हुन् । सत्तापक्ष र प्रतिपक्षबीच संवाद बढेसँगै संसद गतिशील बनाउने सहमति नजिक पुगेको सभामुखको भनाइ छ । उनले सत्तापक्ष र प्रतिपक्षी दलका शिर्ष नेताहरुबीचको छलफलपछि संसद अवरुद्ध अवस्थाको अन्त्य हुने बताए । प्रतिगामी शक्तिहरू सक्रिय हुन थालेको संकेत दिँदै यस्तो संवेदनशील अवस्थामा सत्ता र प्रतिपक्षले मिलेर अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि बताए । व्यवस्थाकै विरुद्धमा जाने दलहरुले संसद गतिरोधका कारण खुच्चिङ भनिरहेको उल्लेख गर्दै उनले संसदीय दलभित्रका नेताहरुले यसबारे सोच्न जरुरी रहेको बताए । उनले भने, ‘संसद सञ्चालन गर्ने जिम्मेवारी सभामुखको जत्तिकै प्रतिपक्षी र सत्तापक्षको पनि हुन्छ । सत्तापक्ष र प्रतिपक्षबीच गम्भिरतापूर्वक बहस नहुनु चिन्ताको विषय हो । सत्तापक्ष र प्रतिपक्षी दलका नेताहरुबीचको छलफलले परिणाम दिन्छ । आजको संसदमा हामी अत्यन्त जरुरी सूचनाहरु सुनाउनुपर्ने देखि लिएर विभिन्न काम कारबाहीहरु गर्नुपर्ने थियो । तथापि हामी संसद सुचारु गर्नको लागि हामी निष्कर्षका पुग्दैछौँ । यस्ता कुरामा म उहाँहरुलाई अगाडि बढ्नको लागि शुभकामना पनि व्यक्त गर्न चाहन्छु । आईतवारदेखि संसद अगाडि बढ्ने सहमति बनोस् ।’ प्रतिनिधि सभामा देखिएको गतिरोध अन्त्य गर्न सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल हुने बताइएको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भएको भिजिट भिसाको बद्मासीमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने र आवश्यक छानविन हुनुपर्ने मागबाट पछि हट्न नखोजेपछि शिर्ष तहमा छलफल हुन लागेको हो ।
सोमबारको मन्त्रिपरिषद् बैठक स्थगित गरेका ओली संसद बैठकमा पनि सहभागी नहुने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि सहभागी नहुने भएका छन् । सोमबार साँझ बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अन्तिम आवरमा स्थगित गरेका उनले मंगलबारको संसदको बैठकमा पनि सअभागिता नजनाउने भएका हुन् । यसअघि मंगलबारको प्रतिनिधिसभाको बैठकमा संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने कार्यसूची थियो । तर, मंगलबार स्वास्थ्यको कारण देखाउँदै ओलीले बैठकमा नै सहभागी नहुने जानकारी गराएपछि आजको कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम नै हटाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद-९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको थियो । सोमबारको मन्त्रिपरिषद् बैठक पनि उनले स्वास्थ्यमा समस्या आएको भन्दै स्थगित गरेका थिए ।
संसद बैठक बंक गरेर विदेश भ्रमणमा सांसद, फरार सहकारी ठगले पनि बिरामी भन्दै लिन्छन् सुविधा
काठमाडौं । निर्वाचन जिते पनि जनताको मतको सम्मान नगरेर व्यक्तिगत रजगजमा रमाउनु नेपाली सांसदहरूको पुरानै रोग हो । सकेसम्म आफ्नो जिम्लामै रमाउने, पार्टीको कार्यक्रममै व्यस्त हुने, विदेश भ्रमण गर्ने केही काम नभए पनि बिरामी भएँ भनेर संसदलाई जानकारी गराएर घरमै बस्नु अधिकांश सांसदहरूको संस्कार बनिसक्यो । पछिल्लो समय संसद बैंठक बंक गरेर विदेश घुम्न जाने सांसदहरूको संख्या पनि बढ्दै गएको छ । मंगलबारमात्रै प्रतिनिधिसभा संसदका सभामुख देवराज घिमिरेले ७ जना सांसद बैठममा लामो समयदेखि अनुपस्थित रहेको सूचना सुनाए । उनले उनीहरू बैठकमा नआउनुको जानकारी संसद बैठकलाई गराउँदै अनुपस्थित भएको सूचना पारित गराए । उसो त बैठमा नबसे पनि भत्ताकै लागि एक छिन उपस्थित हुने र हाजिर गरेर टाप कस्ने प्रवृत्ति पनि संसदका लागि हानिकारक बनिरहेको छ । एउटा बैठकमा उपस्थित भएवापत गाडी भाडासहित सांसदले दुई हजार रुपैयाँ पाउने व्यवस्था भएअनुसार सो दुई हजार रुपैयाँ असुल्न पनि कतिपय सांसद बैठकमा एकछिन उपस्थित भएर टाप कस्ने गरेको संसद सचिवालयको धारणा छ । मंगलबार पनि सभामुख घिमिरेले संसद बैठक बंग गरेर विदेश भ्रमण गरिरहेका, देशमै भएर पनि बैठक छलिरहेका र स्वास्थ्य उपचार गरिरहेका सांसदहरूको सूची सार्वजनिक गरे । उनीहरू संसद बैठकमा उपस्थित नभए पनि तलब भने पाउने गर्छन् । संसद सचिवालयका सहप्रवक्ता अनन्तप्रसाद कोइराला सांसदहरू जति बैठकमा अनुपस्थित भए पनि तलब भने पाउने व्यवस्था रहेको बताउँछन् । उनका अनुसार बैठकमा अनुपस्थित भएपछि बैठक भत्तावापतको दुई हजार रुपैयाँ भने उनीहरूले पाउँदैनन् । ‘मासिक तलब आए पनि नआए पनि नियमित हुन्छ । तर, लेखाले बैठकमा उपस्थित भएको हाजिरी प्रमाणित गरेपछि मात्रै बैठक भत्ता दिने अभ्यास छ, त्यसैले पनि बैठकमा हाजिरी नगरेका सांसदहरूले बैठक तगा ट्याक्सी भत्ता पाउनु हुन्न,’ उनले भने । १. लीलादेवी बोखिम २०८१ फागुन २२ देखि चैत १९ गतेसम्मका लागि बिदा माग गरेको जानकारी गराइएको छ । उनी १४ पटक बैठकमा अनुपस्थित भएको जानकारी गराइएको छ । उनी पारिवारिक कारणले बेलायतमा गएको जानकारी सभामुख घिमिरेले गरेका छन् । लीलादेवी बोखिम । ताप्लेजङ घर भएकी उनी नेपाली कांग्रेसकी सांसद हुन् । उनी २०७९ मा आदिवासी जनजाति समुदायबाट समानुपातिक प्रतिनिधिको रूपमा निर्वाचित भइन् । २. सरस्वती बजिमय सांसद सरस्वती बजिमय पनि संसद बैठक छलेर अहिले विदेश भ्रमणमा छिन् । उनी फागुन २८ गतेदेखि चैत १९ गतेसम्म १ज्ञ वटा बैठकमा अनुपस्थित रहेको जानकारी गराइएको छ । उनी समानुपातिक निर्वाचन प्रणालीमार्फत नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य चुनिएकी हुन् । बजिमय दोस्रो पटक समानुपातिक सांसद बनेकी हुन् । उनी २०७० सालमा पनि सांसद बनेकी थिइन् । उनले आफ्नो व्यक्तिगत कारणले विदेश भ्रमणमा रहेको जानकारी संसदलाई गराएकी छन् ।सरस्वती बजिमय । ३. रमेश रिजाल नेपाली कांग्रेसका नेता सांसद रमेश रिजालले पनि संसद बैठकलाई बंक गरेर विदेश भ्रमणमा छन् । उनी १२ पटक बैठकमा अनुपस्थित भएको जानकारी गरिएको छ । उनी यसअघि मन्त्री पनि भइसकेका छन् । पर्सा क्षेत्र नं ४ बाट निर्वाचित सांसद हुन् । उनी फागुन २५ गतेदेखि चैत १९ गतेसम्म बैठकमा अनुपस्थित रहेको बताइएको छ । उनी यसअघि उद्याेगमन्त्री थिए । रमेश रिजाल । जो नेपालमै छन्, बैठकमा आउँदैनन् ४. शेरबहादुर देउवा शेरबहादुर देउवा । नेपाली काँग्रेसका सभापति समेत रहेका सांसद शेरबहादुर देउवा पनि ११ वटा बैठकमा अनुपस्थित भएको बताइएको छ । पटक–पटक प्रधानमन्त्री भइसकेका उनी संसद बैठकमै बस्न नरुचाउने नेताका रुपमा चिनिन्छन् । डडेल्धुराबाट निर्वाचित उनले पार्टीको कामको व्यस्तताले बैठकमा उपस्थित हुन नसकेको जानकारी गराएका छन् । ५. मनोरमा शेरचन मनोरमा शेरचन । सांसद मनोरमा शेरचन पनि बैठकमा अनुपस्थित भएको जानकारी गराइएको छ । उनी २७ वटा बैठकमा अनुपस्थित भएको जानकारी गराइएको छ । उनको शारिरीक समस्या रहेकोले हाल थेरापी चलिरहेकोले बैठकमा उपस्थित हुन नसकेको सभामुले घिमिरेले जानकारी दिएका छन् । उनी नेपाली कांग्रेसलाई प्रतिनिधितव गर्दै आदिवासी जनजातिबाट समानुपाति सांसद बनेकी हुन् । ६. गीता बस्नेत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद गीता बस्नेत पनि २७ वटा संसद बैठकमा अनुपस्थित भएको जानकारी गराइएको छ । हाल सहकारी ठगीमा फरार रहे पनि संसद्मा भने उनले स्वास्थ्य उपचारमा रहेको सूचना पठाएकी छन् । गीता बस्नेत । सांसद बस्नेत २०८१ माघ १८ गतेदेखि चैत १९ सम्म बैठकमा अनुपस्थित रहेको जानकारी दिए । नवलपरासीको छिपछिपे, चितवनको सनराइज र बर्दियाको नमस्ते सहकारी ठगीमा मुछिएकी सांसद बस्नेत यसअघि नै फरार भइसकेकी थिइन् । प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी पनि जारी गरिसकेको थियो । तर, उनी भन्दै फरार भएर संसदमा बिरामी भएको जानकारी गराएकी हुन् ।
संसद बैठकमै माननीयज्युहरू घ्वाँरघ्वाँर निदाउनुहुन्छ : उपसभामुख राना
काठमाडौं । उपसभामुख इन्दिरा रानाले संसद बैठकमा सांसदहरू निदाउने गरेको भन्दै आपत्ति जनाएकी छन् । आइतबार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले संसद बैठकका बेला सांसदहरू घुर्दै निदाउने गरेको आफूले देखेको बताइन् । संसदमा फोटो खिच्न आफूले नपाउने भएपनि संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा पनि सांसदहरु निदाएको भन्दै फोटो र भिडियो खिचेर राखेको बताइन् । सुत्ने बेला नभएको भन्दै सभामा सुतेर सपना नदेख्न सांसदहरूलाई सचेत गराइन् । सांसदहरुले नीति निर्माणमा बढी जोड दिएर काम गर्न आवश्यक रहेको बताइन् । ‘संसदमा फोटो खिच्न मिल्दैन, घ्वाँरघ्वाँर सुतिरहेको हुनुहुन्छ मान्यज्युहरू । यहाँ मलाई के भन्न मन लाग्यो भने यहाँ पनि धेरै सुतेको देखेँ । अलिअलि रेकर्ड पनि गरेर राखेको छु मैले । यो सुत्ने तरिकाले चाहीँ हामी सभामा नबसौँ । जाग जाग नेपाली भन्न मन लाग्यो मलाई । सुत्ने बेला भएको छैन, सुतेर सपना नदेख्नुस् । उठेर हेर्नुस् त कति सुन्दर छ । यि अनुहारहरू फेरि एकछिनमा हामी देख्न पाउँदैनौँ’, उनले भनिन् । उपसभामुख रानाले महिला मन्त्रालयको बजेट एउटा परियोजनाको बराबर नभएको भन्दै दुःख व्यक्त गरिन् ।
कर्मचारीसँग वार्ता जारी रहेकाले संसद बैठक सुरु हुन ढिलाइ
काठमाडौं । सङ्घीय संसद्, सचिवालयका कर्मचारीको माग सम्बोधनका लागि वार्ता जारी रहेकाले आजको निर्धारित प्रतिनिधिसभाको बैठक सुरु हुन ढिलाइ भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र कर्मचारी युनियनका प्रतिनिधिबीच वार्ता जारी रहेकाले आज बिहान ११ बजेका लागि निर्धारित बैठक सुरु हुन ढिलाइ भएको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । सचिवालयका कर्मचारीले विभिन्न सेवा र सुधारका माग राखी २० दिनदेखि विरोध कार्यक्रम गर्दै आएका छन् ।
संसद बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची
फाइल फाेटाे काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक शुक्रबार बस्दैछ । प्रतिनिधि सभाको आजको बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ । बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची छ । जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रममा हालसम्म छलफल हुन सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म सदनको कामकारबाही अघि बढ्न नदिने बताएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत गरिनेछ । सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री प्रचण्डले जवाफ दिनेछन् । त्यसपछि पारित गर्ने सभामुखको तयारी छ ।
संसद बैठक २ बजेलाई सर्यो
फाइल फाेटाे काठमाडौं । ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सरेको छ । विशेष कारण देखाउँदै दिउँसो २ बजेलाई बैठक तय गरिएको हो । सहकारी प्रकरणमा छानबिन समितिको क्षेत्राधिकारलगायतको विषयमा सत्ता र विपक्षी दलको संयुक्त कार्यदलको बैठ जारी छ । गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने तर छानबिन समितिको टीओआरमा सहमति नजुटेसम्म बैठक नचलाउन विपक्षी मोर्चाको आग्रहपछि सदनको समय परिवर्तन गरिएको बताइएको छ ।
संसदीय समिति बनाउन सहमति जुटेन, कांग्रेसले संसद बैठक अवरोध गर्ने
काठमाडौं । गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न दलहबीचमा सहमति नजुटेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद बैठक अवरोधलाई निरन्तरता दिने भएको छ । आज बिहान ११ बजे बस्ने बैठक स्थगित गरेर सहमति जुटाउन भन्दै दिउँसो ४ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको थियो । दलहरूका बीचमा सहमतिको प्रयास भएको भए पनि कांग्रेसले भने अनुरूपको संसदीय छानबिन समिति बनाउन सत्तारुढ दलहरू (सरकार) तयार नभएपछि अवरोध कायम राख्ने भएको हाे । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले सहमतिको बिन्दुमा पुग्न नसकिएको बताइन् । उनले सहमति जुट्न नसकेका कारण कांग्रेसले आफ्नो मागलाई यथास्थितिमा राख्दै बैठक अवरोध राख्ने जानकारी दिइन् । उनले भनिन्, ‘अहिले सहमतिको बिन्दुमा पुग्न सकिएन, तत्काल हामी सदनमा यथावस्थामा आफ्नो माग राखेर उभिने पक्षमा छौँ, केही कुराहरू अपुग भयो, विषयवस्तु गृहमन्त्रीले बोल्नु र नबोल्नुमा सरोकार रहेन, हामीले राखेको सरोकार भनेको संसदीय छानबिन समिति गठन हुनुपर्छ, संसदीय छानविन समिति डा. रामशरण महतदेखि जनार्दन शर्माको पालासम्म गठन हुने, अहिलेको पालामा चाहीँ नहुने भन्ने अभ्यास कहाँबाट सुरु गर्न खोजेको हो यो चाहीँ मिलेको छैन, सरकारमा संलग्न दलहरूको कारणले अड्किएको हो ।’ कांग्रेसका सांसद डा. प्रकाशशरण महतले सरकार सहकारी ठगी प्रकरणमा छानबिन गर्न तयार भए पनि गृहमन्त्री रवि लामिछाने केन्द्रित भएर छानिबन गर्न तयार नभएको बताए । उनले गृहमन्त्री लामिाछाने केन्द्रित छानबिन गर्नुपर्ने आफूहरूको मागमा सहमति नजुटेको कारण कुरा नमिलेको बताए । उनले सरकारले गृहमन्त्री लामिछानेको विषयलाई सामान्यीकरण गरेर छानबिन समिति बनाउन खोजेको भन्दै सो कुरा कांग्रेसलाई मान्य नहुने बताए ।
संसद बैठक : अर्थमन्त्रीले जवाफ दिने
काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्ने कार्यसूची छ । बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले राजस्व र व्ययको वार्षिक अनुमान माथिको छलफलमा उठेका प्रश्नको उत्तर दिने कार्यसूची छ । अर्थमन्त्री डा महतले आजै विनियोजन विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० संसद्मा प्रस्तुत गर्ने कार्यसूची छ । त्यस्तै, विनियोजन विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने समेत आजको कार्यसूचीमा राखिएको छ ।
दिउँसो १ बजेलाई सर्यो प्रतिनिधिसभाको संसद बैठक
काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेलाई सारिएको छ । बिहान ११ बजे निर्धारित बैठक दुई घण्टा पछि सारिएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदैछन् । नेपाली कांग्रेसको बैठक जारी रहेपछि बैठक सारिएको अनुमान छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक लम्बिएकाले संसदीय दलको बैठकसमेत बस्न सकेको छैन । कांग्रेसले यो बैठकबाट प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय गर्ने छ । आजै बिहान बसेको एकीकृत समाजवादीको बैठकले भने प्रधानमन्त्री प्रचण्डलाई सर्तसहित विश्वासको मत दिने निर्णयगरेको छ ।
अर्थमन्त्रीबाट राजीनामा दिएलगत्तै संसद बैठकबाट निस्किए शर्मा
काठमाडौं । जनार्दन शर्मा अर्थमन्त्री पदबाट राजीनामा दिएलगत्तै संसद बैठकबाट बाहिरिएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकबाट राजीनामा घोषणा गर्दै शर्मा बैठक छोडेर बाहिर निस्किएका हुन् । अर्थमन्त्री शर्माले आफूविरुद्ध संसदीय विशेष छानबिन समिति गठन भएकोमा धन्यवाद दिँदै छानविन समितिलाई सहयाेग गर्न राजीनामा दिएकाे बताएका हुन् । ‘सभामुखको पहलमा जुन छानबिन समिति बनेको छ, त्यसको स्वागत गर्छु, धन्यबाद दिन्छु, यो छानबिनका लागि मैले मार्गप्रशस्त गर्दै आफ्नो पदबाट राजीनामा दिएको घोषणा पनि गर्दछु,’ उनले राजीनामा दिँदै भने । शर्माले बजेट बनाउँदा आफूले कुनै गल्ती नगरेको पनि बताए । उनले छानबिन समिति गठन भइसकेको अवस्थामा मन्त्रीले राजीनामा दिनुपर्ने र मन्त्रीका रुपमा संसदमा बोल्न नहुने पनि बताएका छन् ।
संसद बैठक भोलि १ बजेसम्मका लागि स्थगित
काठमाडाैं । प्रधानमन्त्रीको आग्रहमा प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी भोलि (शुक्रबार) १ बजेसम्मका लागि स्थगित गरिएको हो ।
आजको संसद बैठकमा पनि एमसीसी पेश नहुने
काठमाडौं । आजको संसद बैठकमा पनि एमसीसी पेश नहुने भएको छ । सत्ता गठबन्धनको बैठकले आजको संसद बैठकमा एमसीसी पेश नगर्ने सहमति गरेको हो । बैठकमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले एमसीसी परियोजनालाई टुंगोमा पुर्याउन चाहने धारणा राखेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । संसद बैठक दिउँसो १ बजे बस्दै छ ।
संसद बैठक आज बस्दै, कार्यसूचीमा छैन एमसीसी
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार दिउँसो १ बजे बस्ने बैठक बोलाइएको छ । आजको बैठकमा विवादीत बनेको अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल नहुने भएको छ । आजको बैठकको कार्यसूचिमा सो कुरा उल्लेख गरिएको छैन् । एमसीसीलाई संसदमा टेबल गर्नका लागि बिहानैदेखि शिर्ष नेताहरु भेटवार्ता र छलफलमा जुटेका छन् । जसका लागि बिहान १० बजे सक्ता गठबन्धनको बैठक बस्दैछ । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७/०७८ पेस गर्ने सम्भावित कार्यसूची छ । संसद् बैठकअघि आजै प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । त्यसले बैठकका कार्यसूची तय गर्नेछ।
बुधबारसम्मका लागि संसद बैठक स्थगित
काठमाडौं । सोमबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक फेरि स्थगित भएको छ। संसद सचिवालयले आइतबार एक सूचना जारी गर्दै बुधबारसम्मका लागि संसद बैठक स्थगित गरिएको जनाएको हो । संसद सचिवालयले सोमबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको थियो। तर विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने जानकारी संसद सचिवालयले दिएको हो।
संसद बैठक साउन ३ गते बोलाउन सर्वाेच्चकाे आदेश
काठमाडाैं । सर्वोच्च अदालतले पुन:स्थापित प्रतिनिधिसभाको बैठक आगामी साउन ३ गते बोलाउन आदेश दिएको छ । अदालतले संसद अधिवेशन साउन ३ गते ५ बजेभित्र बोलाउन आदेश दिएको हो। अदालतले भोलि नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न पनि आदेश दिएको छ ।
राष्ट्रपतिले गरिन् २३ गतेकाे लागि संसद बैठक आह्वान
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी फागुन २३ गतेकाे लागि संसद अधिवेशन आह्वान गरेकी छिन् । भण्डारीले फागुन २३ गते साँझ ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् । नेपाल सरकारका सिफारिशमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सो अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत आज जनाएका छन् ।
कोरोनाकाे रिपोर्ट नदेखाई संसद बैठकमा प्रवेश नपाइने
काठमाडौं । कोरोनाकाे रिपोर्ट नदेखाई संसद बैठकमा प्रवेश नपाइने भएकाे छ । वैशाख २६ गते सुरु हुने संसद अधिवेशनमा सहभागी हुने सांसदले आफूलाई कोरोना संक्रमण नभएको रिपोर्ट देखाएपछि मात्र बैठकभित्र प्रवेश गर्न पाउने भएका छन् । पीसीआर विधिबाट गरिएकाे कोरोनाको परीक्षण रिपोर्ट देखाएरमात्र बैठक हलभित्र प्रवेश गर्न दिने निर्णय भएकाे हाे । सभामुख अग्नि सापकोटाको अध्यक्षतामा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले यस्ताे निर्णय गरेकाे हाे । समिति अधिवेशन सुरु भएपछि सासदहरु काठमाडौं बाहिर पनि जान नपाउने निर्णय पनि गरेकाे छ । संघीय संसदका दुवै सदनका सांसदहरुको बिहीबार कोरोना परीक्षणका लागि स्वाब संकलन भइरहेको छ । काठमाडौं बाहिर रहेका सांसदहरुको स्वाब संकलन शुक्रबार विहानैदेखि हुनेछ ।