संसद बैठक आज बस्दै, कार्यसूचीमा छैन एमसीसी

<p>काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार दिउँसो १ बजे बस्ने बैठक बोलाइएको छ । आजको बैठकमा विवादीत बनेको अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल नहुने भएको छ । आजको बैठकको कार्यसूचिमा सो कुरा उल्लेख गरिएको छैन् । एमसीसीलाई संसदमा टेबल गर्नका लागि बिहानैदेखि शिर्ष नेताहरु भेटवार्ता र छलफलमा [&hellip;]</p>

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार दिउँसो १ बजे बस्ने बैठक बोलाइएको छ ।
आजको बैठकमा विवादीत बनेको अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल नहुने भएको छ । आजको बैठकको कार्यसूचिमा सो कुरा उल्लेख गरिएको छैन् ।

एमसीसीलाई संसदमा टेबल गर्नका लागि बिहानैदेखि शिर्ष नेताहरु भेटवार्ता र छलफलमा जुटेका छन् । जसका लागि बिहान १० बजे सक्ता गठबन्धनको बैठक बस्दैछ ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७/०७८ पेस गर्ने सम्भावित कार्यसूची छ ।

संसद् बैठकअघि आजै प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । त्यसले बैठकका कार्यसूची तय गर्नेछ।

Share News