अर्थमन्त्रीबाट राजीनामा दिएलगत्तै संसद बैठकबाट निस्किए शर्मा

<p>काठमाडौं । जनार्दन शर्मा अर्थमन्त्री पदबाट राजीनामा दिएलगत्तै संसद बैठकबाट बाहिरिएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकबाट राजीनामा घोषणा गर्दै शर्मा बैठक छोडेर बाहिर निस्किएका हुन् । अर्थमन्त्री शर्माले आफूविरुद्ध संसदीय विशेष छानबिन समिति गठन भएकोमा धन्यवाद दिँदै छानविन समितिलाई सहयाेग गर्न राजीनामा दिएकाे बताएका हुन् । ‘सभामुखको पहलमा जुन छानबिन समिति बनेको छ, त्यसको [&hellip;]</p>

काठमाडौं । जनार्दन शर्मा अर्थमन्त्री पदबाट राजीनामा दिएलगत्तै संसद बैठकबाट बाहिरिएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकबाट राजीनामा घोषणा गर्दै शर्मा बैठक छोडेर बाहिर निस्किएका हुन् ।

अर्थमन्त्री शर्माले आफूविरुद्ध संसदीय विशेष छानबिन समिति गठन भएकोमा धन्यवाद दिँदै छानविन समितिलाई सहयाेग गर्न राजीनामा दिएकाे बताएका हुन् ।

‘सभामुखको पहलमा जुन छानबिन समिति बनेको छ, त्यसको स्वागत गर्छु, धन्यबाद दिन्छु, यो छानबिनका लागि मैले मार्गप्रशस्त गर्दै आफ्नो पदबाट राजीनामा दिएको घोषणा पनि गर्दछु,’ उनले राजीनामा दिँदै भने ।

शर्माले बजेट बनाउँदा आफूले कुनै गल्ती नगरेको पनि बताए । उनले छानबिन समिति गठन भइसकेको अवस्थामा मन्त्रीले राजीनामा दिनुपर्ने र मन्त्रीका रुपमा संसदमा बोल्न नहुने पनि बताएका छन् ।

Share News