मौद्रिक नीति: अटोमोवाइल व्यवसायीलाई राहत

काठमाडाैं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले नेपाल राष्ट्र बैंककाे आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सकारात्मक रहेको प्रतिक्रिया दिएको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै मौद्रिक नीति सकारात्मक रहेको प्रतिक्रिया दिए हुन् । उनले मौद्रिक नीतिमा विद्युतिय सवारीसाधन खरिदको लागि कायम गरिएको कर्जा धितो अनुपात र आवश्यक चार्जिङ्क स्टेशन स्थापनाको लागि प्रवाह हुने कर्जामा पुनरकर्जा उपलब्ध हुने व्यवस्थाले अटोमोवाइल व्यवसायीहरुलाई केही राहत पुग्ने देखिएको बताए । त्यस्तै माैद्रिक नीतिमा कोभिड-१९ महामारीबाट अति प्रभावित क्षेत्र मध्ये सार्वजनिक यातायात व्यवसायका ऋणीले २०७८ पुससम्म भुक्तान गर्नुपर्ने साँवा तथा व्याज दायित्वको समयावधि एक वर्षसम्म थप गरी कम्तिमा चार किस्तामा भुक्तानी गर्न सक्ने व्यवस्था गरिने भनिएको छ । यसका साथै कोभिड-१९ बाट अति प्रभावित सार्वजनिक यातायात सञ्चालन/मर्मत सम्भारको लागि बैंक तथा वित्तीय संस्थाले प्रति सवारीसाधन २ लाखसम्म थप कर्जा प्रदान गर्नसक्ने व्यवस्था मिलाइने र ऋणी स्वयं रोजगार हुने उद्देश्यले सवारी साधन खरिद गर्न प्रवाह हुने २५ लाखसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्न सक्ने व्यवस्था मिलाइने माैद्रिक नीतिमा उल्लेख छ । उनले यसबाट विपन्न वर्गलाई सवारीसाधन खरिद गरी व्यवसाय सञ्चालन गर्न र सार्वजनिक यातायातको व्यवसायमा संलग्न व्यवसायीहरूलाई केही राहत पुग्ने बताएका छन् । मौद्रिक नीतिमा कोभिड १९ को कारण वित्तीय अवस्था तथा नगद प्रवाहमा नकारात्मक असर परेका ऋणीहरूलाई बैङ्क तथा वित्तीय संस्था स्वयम्ले विश्लेषण गरी किस्ता रकम घटाई भुक्तानी अवधि थप गर्न सकिने व्यवस्थाले महामारीका कारण सङ्कटग्रस्त उद्योग लगायत यातायात क्षेत्रले पनि राहत पाउने देखिएकाे दुलालले बताएका छन् ।      

नेपाली बजारमा भित्रियो ‘चेरी’, वितरकमा एसपिजी अटोमोबाइल्स

काठमाडौं । चीनको सबैभन्दा ठूलो प्यासेन्जर भेहिकल निर्यातक चेरी आधिकारिक रूपमा नेपाली बजारमा भित्रिएको छ । चेरी २००३ देखि चीनको सबैभन्दा ठूलो प्यासेन्जर भेहिकल निर्यातकर्ता हो । उक्त ब्राण्डले साउन २८ गते आफ्नो आधिकारिक वितरक एसपीजी अटोमोबाइल्ससँग सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । चेरी २००३ देखि चीनको सबैभन्दा ठूलो प्यासेन्जर भेहिकल निर्यातकर्ता हो । यो बहुप्रतिक्षित ब्रान्डले नेपालको अटोमोबाइल क्षेत्रमा प्रवेश गरेपछि नेपाली अटोमोबाइल उद्योगमा सकारात्मक प्रभाव पार्ने कम्पनीको विश्वास छ । चेरी इन्टरनेशनलका अध्यक्ष ज्याङ्ग ग्योइबिङ्गका अनुसार यस दुई पक्षबीचको सहकार्यले नेपाली अटोमोबाइल क्षेत्रको विकासमा टेवा पुग्नेमा चेरी इन्टरनेशनल विश्वस्त छ । साथै, नेपालमा दीर्घकालीन व्यापार रणनीतिको अनुशरण गर्दै चेरीले नयाँ उत्पादनको माध्यमबाट प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने र बजारको मागलाई सम्बोधन गर्ने आयोजना रहेको पनि उनले जानकारी दिए । सम्बन्धित समाचार चेरी कारको वितरकमा एसपिजी अटोमोबाइल्स नियुक्त, अब छिट्टै नेपाली बजारमा भित्र्याइने

चेरी कारको वितरकमा एसपिजी अटोमोबाइल्स नियुक्त, अब छिट्टै नेपाली बजारमा भित्र्याइने

काठमाडौं । विश्व चर्चित अटोमोबाइल ब्राण्ड चेरीले नेपाली बजारको लागि अधिकारिक वितरकको रुपमा शारदा ग्रुप अन्तर्गतको एसपिजी अटोमोबाईल्स प्रालिलाई नियुक्त गरेको छ । नेपाली बजारमा छिट्टै चेरी कार भित्र्याउन लागेको कम्पनीले वितरकमा उक्त अटोमोबाइल्सलाई नियुक्त गरेको हो । चेरी ब्राण्डको आधिकारिक बिक्रेता (एसपिजी अटोमोबाइल्स प्रा. लि.) अटोमोबाइल्स व्यवसाय क्षेत्रमा लामो समय देखिेको अनुभवी कम्पनी हो । यस दुई पक्षबीचको सहकार्यले स्थानीय बजारको साथै नेपाली अटोमोबाइल क्षेत्रको विकासमा टेवा पुग्नेमा कम्पनी विश्वस्त छ । नेपालमा दीर्घकालीन व्यापार रणनीतिको अनुशरण गर्दै चेरी ब्राण्ड इन्टरनेशनलले नयाँ उत्पादनको माध्यमबाट प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न र बजारको मागलाई सम्बोधन गर्न मद्दत गर्नेछ । जनवरी ०८, १९९७ मा स्थापना भएको चेरी ब्राण्ड अटोमोबाइलस कम्पनीको उत्पादन लाइनबाट पहिलो कारले, १८ डिसेम्बर १९९९मा बजार प्रवेश गरेको हो । हाल चेरी ब्राण्डको वार्षिक ९ लाख कार, इन्जिन र ४ लाख ट्रान्समिसन उत्पादन क्षमता रहेको छ । चेरी ब्राण्डले पेसेन्जर, कमर्शियल सवारीसाधनको अतिरिक्त मिनी भ्यान पनि उत्पादन गर्दछ । चेरी ब्रान्डका एसेम्बल र पार्टपूर्जा उत्पादन गर्ने प्लान्ट चीन लगायत विश्वका १५ देश फैलिएको छ । हाल विश्व बजारमा चेरी ब्राण्डका २० भन्दा बढी मोडलहरु बिक्रि भैइरहेको छन् भने कम्पनीले सुरक्षा, ऊर्जा बचत, र वातावरण-अनुकूलतालाई ध्यानमा राखि भविष्यमा दर्जन भन्दा बढी मोडलहरु सार्वजनिक गर्ने योजना बनाएको छ । चेरी ब्राण्डले क्रमिक रूपमा आईएसओ ९००१ को गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ । यसका साथै कम्पनीले लगातार पाँच वर्षसम्म चीनमा ‘सर्वश्रेष्ठ विदेशी छवि उद्यम’ को सम्मानित उपाधि र उपकरण विनिर्माण उद्योगमा पहिलो स्थान हासिल गरको छ । “इन्डिपेन्डेन्ट इनोभेसन” चेरी ब्राण्ड मुख्य रणनीति रहेको छ । चेरी ब्राण्ड ले अत्याधुनिक र कोर प्रविधि जस्तै टीजीडीआई, डीभीभीटी, सीभीटी र नयाँ ऊर्जामा धेरै उपलब्धिहरू हासिल गरेको छ, जसले सबै चेरी उत्पादनलाई नयाँ पुस्तामा बढावा दिन्छ। चेरी ब्राण्डले आफ्नो स्थापनादेखि विश्वव्यापीकरण रणनीति लागू गरेको छ र चीनको पहिलो प्यासेन्जर कार कम्पनी बनेको छ र यसले पूरा गाडी, सीकेडी भाग, इन्जिन, विनिर्माण प्रविधि र उपकरणहरू विश्व बजारमा निर्यात गर्दछ । हालसम्म, चेरी ब्राण्ड ले ८० भन्दा बढी देश र क्षेत्रहरूमा निर्यात गरेको छ । यसले १.८ मिलियन भन्दा बढी संचित निर्यात मात्रा सहित १ हजार ५०० भन्दा बढी बिक्री तथा सेवा आउटलेटहरू स्थापना गरेको छ। यो एक पंक्तिमा १८ वर्षसम्म चीनमा पेसेन्जर गाडीको सबैभन्दा ठूलो निर्यातकर्ता रहेको छ । सन् २०१२ मा चेरी र जगुआर ल्यान्ड रोभर मोटर्सले संयुक्त रूपमा चेरी जगुआर ल्यान्ड रोभर मोटर्स कम्पनी लिमिटेडको स्थापनामा लगानी गरेको थियो यो चीनको पहिलो सिनो-ब्रिटिश संयुक्त उद्यम अटोमोबाइल कम्पनी हो । चेरीले ‘इन्डिपेन्डेन्ट इन्नोभेसन्, वर्ल्ड फर्स्ट क्लास्, सर्भिङ मेन्काइन्ड’ भन्ने आफ्नो उद्देश्यलाई निरन्तरता दिनेछ कडा परिश्रमलाई निरन्तरता दिइरहनेछन् र अन्तरराष्ट्रिय रूपमा प्रसिद्ध ब्रान्ड बन्ने आफ्नो चरण-द्वितीय लक्ष्य प्राप्त गर्न निरन्तर प्रयास गर्नेछन् ।

अटोमोबाइल क्षेत्र गतिशील बनाउन सहयाेग गर्न प्रधानमन्त्रीसँग आग्रह

काठमाडाैं । नाडाले प्रधानमन्त्री शेरवहादुर देउवालाई अटोमोबाइल क्षेत्र गतिशिल अवस्थामा पुर्याउन सरकारबाट विशेष पहल गरिदिन आग्रह गरेकाे छ । नाडाकाे उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएकार् ७ सदस्यी प्रतिनिधि मण्डल बुधबार प्रधानमन्त्रीलाई भेटी यस्ताे आग्रह गरेकाे हाे । सरकारले आम जनताको स्वास्थ्य रक्षाको लागि लगाएको बन्दाबन्दीको कारण समग्र अटोमोबाइल क्षेत्र नै धरापमा परेको बताए । त्यसैगरी सो भेटघाट तथा छलफलमा केन्द्रीय कार्य समिति सदस्य, सार्वजनिक सवारी साधन समिति तथा सडक शुरक्षा तथा वातावरण समितिका सभापति राजनबानु श्रेष्ठले लामो बन्दाबन्दीका कारण बस, मिनिबस र माइक्रोबस व्यवसायीहरु ठूलो मर्कामा परेकोले उनीहरुको राहतका लागि सरकारले अन्य व्यवसायीहरुलाई उपलब्ध गराउँदै आएको जस्तै आर्थिक राहत ती व्यवसायीहरुलाई पनि उपलब्ध गराउने व्यवस्थाका लागि आग्रह गरे । सो छलफलमा उनले वन तथा वातावरण मन्त्रालयले जीप, कार भ्यान र मोटरसाइकलमा युरो सिक्स बिएस फाइभ लागु गर्न लागेको विषय सराहनिय भए पनि त्यसको कार्यान्वयनका लागि व्यवसायीहरुलाई पर्याप्त समय उपलब्ध गराई दिने व्यवस्थाका लागि प्रधानमन्त्रीसँग आग्रह समेत गरे । सो छलफलमा नाडाका अर्का उपाध्यक्ष आकाश गोल्छा, सचिव अनुप बराल, सह-कोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्यसमिति सदस्य दिपक अग्रवाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।

अटोमोवाइल व्यवसायीलाई खाेप उपलब्ध गराउन माग

काठमाडाैं । नाडाले नेपालको अटोमोवाइल क्षेत्रमा संलग्न व्यवसायीहरु, कर्मचारीहरु, टेक्नीसीयनहरु र देशैभर छरिएर रहेका श्रमिकहरुको लागि खोप उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या राजमन्त्री उमेश लाल श्रेष्ठकाे ध्यानाकर्षण गराएको छ । नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको गएको ७ सदसिय मण्डलले बुधबार  राज्यमन्त्री श्रेष्ठलाई भेटी साे विषयमा ध्यानाकर्षण गराएको हाे । उक्त भेटघाटमा नाडाका उपाध्यक्ष चौधरीले कोभिड-१९ को कारण नेपालको समग्र अटोमोवाइल व्यवसाय नै समस्या परेको र यसको प्रत्यक्ष प्रभाव सरकारले अटोमोवाइलक्षेत्रबाट प्राप्त गर्ने राजश्वमा समेत परेको जानकारी गराए । उनले लकडाउन हाल केही खुकुलो भए पनि नेपालको अटोमोवाइल क्षेत्रका व्यवसायीहरु, कर्मचारीहरु, टेक्नीसीयनहरु र देशैभर छरिएर रहेका श्रमिकहरु खोपको अभावमा आफनो कार्यक्षेत्रमा जान नसकिरहेकाे बताए । उनले अटोमोवाइल व्यवसायले गति लिन खाेप पहिलाे प्राथमिकता भएकाे बताएका छन् । सो छलफलमा नाडाका उपाध्यक्ष करणकुमार चौधरी, कोषाध्यक्ष सुरेन्द्र कुमार उपे्रतील सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रिय कार्य समिति सदस्यद्धय निलमणी पाठक, मिलनबाबु मल्ल, दिपक अग्रवाल र पंकज अग्रवाल समेतको उपस्थिति रहेको थियो ।

सिप्रदी र शिखर इन्स्योरेन्सबीच अटो प्लस सम्झौता, ५ वर्षसम्म लागू हुने

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र शिखर इन्स्योरेन्स कम्पनीबीच अटो प्लसमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिप्रदी ट्रेडिङ्गको तर्फबाट संस्थाका उप-सभापति सौरव राज थपलिया र शिखर ईन्स्योरेन्सको तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । अटो प्लस सम्झौतामा टाटा मोर्टसद्धारा उत्पादित गाडीहरु जस्तै टाटा योद्धा, टाटा एस र टाटा इन्ट्रामा लागु हुनेछ । यस अटो प्लस स्कीममा सवारी साधन दर्ता भएको मितिबाट ५ वर्षसम्म लागू हुनेछ । साथै, यो स्कीम ब्यापक मोटर बीमा पोलिसीमा मात्र लागू हुनेछ । जस अन्तर्गत शुन्य ह्रासकट्टी, गाडी मर्मत गर्न लाग्ने १५ दिनसम्म टाटा योद्धाको लागि दैनिक भाडादर ३ हजार रुपैयाँ र टाटा एस/टाटा इन्ट्राका लागि भाडादर एक हजार ५०० रुपैयाँ प्रतिपूर्ति दिनुका साथै नयाँ गाडी प्रतिस्थापन योजना लगाएतका फाईदाहरु रहेका छन् । यो योजनामा सहभागी हुनका लागि ग्राहकहरुले दुर्घटना भएको अवस्थामा सिप्रदी ट्रेडिङ्गको जुनसुकै आधिकारिक सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बीमा दावी गर्न सक्नेछन् । अटो प्लस योजनाले टाटा योद्धा, टाटा एस र टाटा इन्ट्राको ग्राहकलाई थप सहज हुने दुवै कम्पनीको दावी छ ।

प्रोग्रेसिभ फाइनान्सले सञ्चालनमा ल्यायो ऋण अटोमेसन प्रणाली

काठमाडौं । प्रोग्रेसिभ फाइनान्सले एसबी सल्युसन प्रा.लि (भगिनी संस्था: डिजिहब प्रा.लि) सँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ । जसमा प्रोग्रेसिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाई र एसबी सल्युसनका प्रमुख कार्यकारी अधिकृत सन्जोग मिश्रले आ-आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका हुन् । यो प्रणाली सञ्चालनमा आएसँगै संस्थाको इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ । क्रेडिट-एक्स (ऋण अटोमेसन प्रणाली) को थालनी सँगै, बैंकहरूले पूर्ण रूपमा कागज निर्भर ऋण कार्यप्रवाह गर्न सक्षम हुनेछन् । यसले प्रणाली भित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पुर्याउनेछ । यो नयाँ तरिकले बैंकलाई द्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ । प्रणालीले जमानत र गैर जमानत बेस लोन पनि प्रोसेस गर्ने गर्दछ । ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अन्तर्गत रहेको रेटिगको दृष्टिकोणमा निर्माण गरिएको छ । यो स्वायत्त सिस्टम, प्रणालीले संचालित ग्राहकको उद्देश्य मूल्याकनका साथसाथै विषयगत प्यारामिटरहरूको मानकीकरणको रुपमा पनि रहेको छ । यस नयाँ प्रणाली कार्यान्वयन भएसाथै, बैंक र अन्तका उपभोक्ताहरूले प्रशोधन र स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशतभन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउनेछन् । प्रोग्रेसिभ फाइनान्स, राष्ट्र बैंकबाट “ग” वर्गको इजाजत प्राप्त संस्था हो । यस संस्थाले एक मजबुत र भरपर्दो बैंकको रूपमा स्थापित गर्ने प्रतिबद्धता लिएको छ । प्रोग्रेसिभ फाईन्सको लगभग १ लाख भन्दा बढि ग्राहक रहेका छन् र देशभरि १५ भन्दा बढि शाखाहरु रहेका छन् । एस्.बी. सोलुसन्स्ले डिजिहब सँगको सहकार्यमा बैंक तथा बित्तिय संस्थाहरुमा कर्जा पक्रियालाई अटोमेसन तथा डिजिटाइजेसन गर्न क्रेडिट- एक्स नामक सफ्टवेयर जडान तथा इम्पिलीमेन्टेसन गर्दै आईरहेको छ । साथै, पेमेन्ट अटोमेसन, एपीआई सर्भिसेस अटोमेसन तथा डिजिटाइजेसनको कामहरु पनि गर्दै आइरहेको छ ।

चेम्बरले गठन गर्या लजिष्टिक, ट्रान्सपोर्ट एण्ड अटोमोवाइल समिति

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले लजिष्टिक, ट्रान्सपोर्ट एण्ड अटोमोवाइल समिति गठन गरेको छ । चेम्बरका मानार्थ उपाध्यक्ष लोकमान्य गोल्छाको सभापतित्वमा उक्त समिति गठित गरिएको हो । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले उक्त समितिमा मादार्थ सदस्यका रुपमा मनोनयन गरिएका आर बि रौनियार लाई मनोनयन पत्र प्रदान गरेका छन् । अध्यक्ष मल्लले उक्त समितिमा पारवहन तथा पूर्वाधार क्षेत्रमा लामो अनुभव हाशिल गरिसकेका रौनियारको प्रतिनिधित्व भएकोले चेम्बरको पारवहन तथा पूर्वाधार क्षेत्रमा उल्लेखनिय परिवर्तन आउने अपेक्षा व्यक्त गरे ।

‘तरलता टाइट भयो, घरजग्गा, अटो, र सेयर धितो कर्जा कन्ट्रोल हुने नीति ल्याऔं’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले घरजग्गा, अटो व्यापार र सेयर धितो कर्जाले तरलतालाई कमजोर पार्न भूमिका खेलिरहेको बताएका छन् । शुक्रबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको मौद्रिक नीति सुझावका लागि आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै उनले घरजग्गा, अटो व्यापार र सेयर धितो कर्जाले तरलतालाई कमजोर पार्न भूमिका खेलिरहेको बताएका हुन् । यी विषयलाई नियन्त्रण गर्न आवश्यक नीति ल्याउन आवश्यक रहेको उनले बताए । कार्यक्रममा उनले पछिल्लो समय तरलता टाइट हुँदै गएको बताउँदै यसलाई कमजोर पार्न भूमिका खेलिरहेका क्षेत्रमा भइरहेको कर्जा प्रवाह नियन्त्रण गर्नु पर्ने धारणा राखेका हुन् । यसका लागि नेपाल राष्ट्र बैंकले आगामी आवको मौद्रिक नीति मार्फत नीति बनाएर अगाडि बढ्नु पर्ने धारणा राखे । ‘लिक्विडिटी टाइट छ, यसमा ठूलो चाप पर्ने देखिएको छ, अहिले डर लाग्दो अवस्था पनि छ, तरलताको व्यवस्थापन गर्नको लागि दरिलो नीति ल्याएन भने ठूलो संक्ट आउन सक्छ, अहिले धेरै कर्जा प्रवाह घरजग्गा, अटो व्यापार र शेयर धितोमा गएको छ, यसको नियन्त्रणका लागि मौद्रिक नीति मार्फत आवश्यक नीति ल्याउन आवश्यक छ,’ उनले भने । उनले मौद्रिक नीतिले पुनरकर्जा, रिसेड्युलिङका कार्यक्रमहरु पुनः एग्रेसिभ भएर ल्याउनु पर्ने बताए । ‘पर्यटन क्षेत्र तथा होटलका लागि विशेष प्याकेज ल्याउनु पर्छ, व्यवसायिक निरन्तरता कर्जालाई निरन्तरता र प्रभावकारी बनाउन आवश्यक छ, धितो राखेर कर्जा प्रवाहमा फरक खालकोे व्यवस्था गर्नु पर्ने देखिएको छ, डिजिटल पेमेन्ट सम्बन्धि नीतिलाई प्रोत्साहन गर्नुपर्छ, ’ उनले भने । यस्तै, उनले अर्थतन्त्रलाई लयमा फर्काउन कोभिड-१९ विरुद्धको खोप नै सबैभन्दा महत्वपूर्ण भएको धारणा राखे । उनले खोप ल्याउन नसक्नुले दीर्घकालीन समस्या समाधान नहुने समेत बताए । गत वर्ष घोषणा गरिएको व्यापार व्यवसाय पुनर्कर्जा सुविधा धेरैले सहजै नपाएको बताउँदै उनले त्यसकाे  वितरणको व्यवस्था सहज हुनु पर्ने पनि धारणा राखे ।

एनएमबी लघुवित्तले शुरु गर्यो ऋण अटोमेसन प्रणाली, अब कागज बिनै ऋण पाइने

काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्थाले एस्.बी. सोलुसन्स् प्रा.लिसँग सहकार्य गरेर क्रेडिट-एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ । इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्नको लागि संस्थाले उक्त प्रणाली शुरु गरेको हो । जसमा एनएमबी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत आनन्द पान्डे र एसबी सोलुसन्सका अध्यक्ष विपुल ढकालले आ-आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका हुन् । क्रेडिट-एक्स (ऋण अटोमेसन प्रणाली) को थालनीसँगै, लघुवित्त संस्थाले पूर्ण रूपमा कागज निर्भर ऋण कार्यप्रवाह गर्न सक्षम हुनेछन् । यसले प्रणाली भित्र जोखिम प्यारामिटरको अनुगमन गरेर ऋण लिएका ग्राहकसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पुर्याउनेछ । यो नयाँ तरिकाले लघुवित्त संस्थालाई द्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ । प्रणालीले जमानत र गैर जमानत बेस लोन पनि प्रोसेस गर्ने गर्दछ । ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अन्तर्गत रहेको रेटिंगको दृष्टिकोणमा निर्माण गरिएको छ । यो स्वायत्त सिस्टम, प्रणालीले संचालित ग्राहकको उद्देश्य मूल्याकनका साथसाथै विषयगत प्यारामिटरको मानकीकरणको रुपमा पनि रहेको छ । यस नयाँ प्रणाली कार्यान्वयन भएसाथै, लघुवित्त संस्थाहरूका उपभोक्ताहरूले प्रशोधन र ऋण स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशतभन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउनेछन् । एसबी सोलुसन्स्ले बैंक तथा बित्तिय संस्थाहरुमा कर्जा पक्रियालाई अटोमेसन तथा डिजिटाइजेसन गर्न क्रेडिट-एक्स नामक सफ्टवेयर जडान तथा इम्पिलीमेन्टेसन गर्दै आईरहेको छ । साथै एसबी सोलुसन्सले डिजिहब सँगको सहकार्यमा पेमेन्ट अटोमेसन, एपीआई सर्भिसेस अटोमेसन तथा डिजिटाइजेसनको कामहरु पनि गर्दै आइरहेको छ ।

एसबी सल्युसनसँग सहकार्यमा मेगा बैंकले सुरु गर्यो ऋण अटोमेसन प्रणाली

काठमाडौं । मेगा बैंकले एसबी सल्युसनसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणाली सुरु गरेको छ । यसले अनलाइन ऋण आवेदन, इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ । मेगा बैंकका प्रमुख व्यवसाय अधिकारी अमित श्रेष्ठ र एसबी सल्युसनका अध्यक्ष विपुल ढकालले आ–आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका छन् । क्रेडिट–एक्स (ऋण अटोमेसन प्रणाली) को थालनीसँगै बैंकहरूले पूर्ण रूपमा कागज निर्भर ऋण कार्यप्रवाह गर्न सक्षम हुनेछन् । यसले प्रणालीभित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पु¥याउनेछ । यो नयाँ तरिकले बैंकलाई द्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ । यस प्रणालीले जमानत र गैर जमानत बेस लोन पनि प्रोसेस गर्ने गर्दछ । ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अन्तर्गत रहेको रेटिंगको दृष्टिकोणमा निर्माण गरिएको कम्पनीले जनाएकाे छ । यो स्वायत्त सिस्टम, प्रणालीले संचालित ग्राहकको उद्देश्य मूल्यांकनका साथसाथै विषयगत प्यारामिटरहरूको मानकीकरणको रुपमा पनि रहेको छ । यस नयाँ प्रणाली कार्यान्वयन भएसाथै, बैंक र अन्तका उपभोक्ताहरूले प्रशोधन र स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशत भन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउनेछन् । थप रूपमा बैंकले एसबी सल्युसनले निर्माण गरेको अनलाइन ऋण योग्यता सेवा पनि सुचारु गर्दैछ, जसले ग्राहकहरूलाई अनलाइन ऋण योग्यता जाँच गर्न र बैंकले प्रस्ताव गरेको अनलाइन पोर्टल मार्फत कुनै पनि ऋण प्रडक्टको लागि आवेदन दिन सहयोग पु¥याउँछ । मेगा बैंक नेपाल, राष्ट्र बैंकबाट क वर्गको इजाजत प्राप्त संस्था हो । बैंकले हालै नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त “ख“ वर्गको गण्डकी विकास बैंकलाई आफ्नो संस्थामा गाभेको छ । मेगा बैंकको लगभग ८ लाख भन्दा बढि ग्राहक र देशभरि १८० भन्दा बढि शाखाहरु रहेका छन् ।  

ग्लोबल आइएमई बैंक गाईघाट शाखाले वितरण गर्यो अटो चालकलाई क्यूआरकोड

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडको गाईघाट शाखाले सीटी सफारी यातायात प्रा.लि.बाट सञ्चालित अटो रिक्सा चालकहरूलाई क्यूआर कोड वितरण गरेको छ । बैंकको गाईघाट शाखा कार्यालय परिसर भित्र आयोजितएक कार्यक्रमबीच बैंकको प्रदेश नं. १ का प्रादेशिक कार्यालय प्रमुख सुभाष सापकोटाले अटो रिक्साचालकहरुलाई क्यूआर कोड वितरण गरेका हुन् । कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंक,प्रदेश नं. १ काप्रमुखसापकोटाले क्यूआर कोडले छिटो, छरितो र सरल ढङ्गबाट नगद रहितकारोबार गर्नमा सहयोग गर्ने बताए । यसैगरी, ग्लोबल आइएमई बैंकगाईघाट शाखाका प्रबन्धक रबिनराज दाहालले क्यूआर कोडको प्रयोगले वस्तु तथा सेवाको खरिद गर्दा नगद बोक्नु पर्ने र बैंकमा समय बिताउनुपर्ने झन्झटबाट मुक्तहुने,कारोबारको सुरक्षामापनि बढावा हुनेर कोभिड–१९को संक्रमणको जोखिमन्युनीकरण हुने बताए । बैंकले वित्तीय कारोबारमा सहजीकरण प्रदानगर्ने उद्देश्यले त्रियुगा नगरपालिका क्षेत्रमा रहेका विभिन्न १५० भन्दा बढी व्यवसायीहरुलाई क्यूआर हस्तान्तरण गरेको छ । ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा बैंकको २७३ शाखा, २४२ एटीएम, २५७शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सनतथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

अर्बन स्पेसले युरोपियनस्ट्यान्डर्ड अटोमेशन टाउन हाउजिङ्गलाई नेपालमा भित्र्याउँदै, नेपालभर विस्तार गर्ने योजना

काठमाडौं । ललितपुरको सातदोबाटोमा आज विश्वस्तरीय शहरी–बसोबास ‘अर्बन स्पेस’को उद्घाटन भएको छ । कार्यक्रमको उद्घाटन पूर्व मिस नेपाल श्रृंखला खतिवडा र अर्बन स्पेसका संस्थापक बिपिन गैरैले गरेका हुन् । अर्बन स्पेसका संस्थापक बिपिन गैरेले नेपालमा हाउजिङ्गको नयाँ अवधारणा प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुसी भएको बताए । ‘यो एक रिभोलुसनरी आइडिया हो, जुनआर्किटेक्चर र इनोभेसनमा केन्द्रित रहेको छ, यो परियोजना नेपालमा एक नौलो सुरुवातहो, हाल हामीले यो प्रोजेक्ट काठमाडौँ उपत्यकाबाट सुरु गर्दैछौँ र यो परियोजना सम्पूर्ण नेपालमाविस्तार गर्ने योजनाबनाएका छाैं,’ उनले भने । खतिवडाले यो हाउजिङ्गको नयाँ इनोभेटिभ र डेमोक्रेटिक कन्सेप्ट भएकोले अर्बन स्पेसमा एक व्यक्तिले आफ्नोसानो थोरै जग्गाको बाँडफाँड गरेर व्यापक साम्प्रदायिक ठाउँको आनन्द लिन सक्ने बताइन् । अर्बन स्पेसका चिफ ब्रान्डिङ अफिसर शिव कँडेलले अर्बन स्पेसले विशेष गरी सहरका क्षेत्रहरुमा बाउन्ड्री लेस सोसाइटीको कल्पना गर्ने बताए । शहरी योजनाकारहरुको लागि मात्र नभई दिगो विकास लक्ष्यहरुमहरुमा गहन विश्वास गर्ने बृहत्तर दर्शकहरुको लागि पनि विश्वव्यापी अभियान भएको उनको भनाई छ । यस परियोजनामा १२ विशिष्ट घर रहेका छन् जसले एक अर्का बीच सद्भावकायम राखीजीवनशैली रवातावरणमा विविधता प्रदान गर्दछन् । यो मास्टर प्लानसेफ्टी, कन्भेनियन्स, कम्फर्ट र युनिक डिजाइनमा केन्द्रित छ जहाँमानिसलले विविध सामाजिकजीवनको अनुभवगर्न सक्नेछन्। डिजाइन गरिएकायुनिकफिचरहरुले मानिसहरुलार्ई फाइदा पूर्ण रुपमाविभिन्न सुविधाहरु प्रदानगर्ने छ। अर्बन स्पेसको विशेष फाइदाहरुमाभूकम्पप्रतिरोधी, २४ घण्टा वाटर सप्लाई, स्मार्ट ग्यास पाइपलाइन, फायर फाइटिंग प्रणाली, स्मार्ट सर्भेलेन्स, फुल्लीइन्सुलेटेड वाल, साउन्डइन्सुलेशन, मोड्युलर किचन, सेन्ट्रल हीटिंग जस्ता सुविधाहरु समावेश छन्।

नेपाली बीमा क्षेत्रकै नौलो ‘अटो प्लस बीमा,’ क्षतिको समयमा सवारीधनीलाई पूर्ण राहत

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ‘अटो प्लस बीमा’ सुरु गरेको छ । ‘मोटर बीमा निर्देशिका २०७३’ मा समावेश नभएका सुविधा र पूर्ण राहात दिने उद्धेश्यले शिखर इन्स्योरेन्सले ‘अटो प्लस बीमा’ नेपाली बीमा ल्याएको हो । यो बजारकै पृथक पोलिसि हो । शिखर इन्स्योरेन्स कम्पनीले गत मंसिरबाट शुरु गरेको सवारी साधन अतिरिक्त लाभ बीमालेख अन्तर्गतको ‘अटो प्लस बीमा’ कार्यक्रमले छोटो समयमै लोकप्रियता पाएको छ । ‘मोटर बीमा निर्देशिका २०७३’ अनुसार मोटर बीमा पोलिसीले क्षतिको समयमा सवारीधनीलाई पूर्ण राहात दिन नसक्ने, सवारी साधनको क्षति वा चोरी हुँदा बीमाङ्क रकमसम्मको मात्र दाबी पाइने, क्षतिको मूल्याङ्कनमा ह्रासकट्टीबापत रकम काट्ने, गाडी पूर्ण क्षति भएको र अर्को नयाँ सवारी साधन खरिद गर्नु परेमा बीमित आफैले रकम थप्नुपर्ने र उक्त गाडी मर्मत नहुञ्जेल वा नयाँ खरिद नगरुञ्जेलसम्म बीमित आफैंले यातायात खर्च ब्यहोर्नुपर्ने जस्ता कुरामा सवारी धनीलाई थप सहजता उपलब्ध गराउन आवश्यक ठानी शिखर इन्स्योरेन्सले अटो प्लस बीमा योजना सुरु गरेको हो । बीमा क्षेत्रकै नौलो, सवारी साधन अतिरिक्त लाभ पाउने गरी थालनी गरिएको ‘अटो प्लस बीमा योजना’अन्तर्गत ह्रासकट्टी हटाउने, नयाँ सवारी साधन पुनस्र्थापना र दैनिक सवारी भाडा/यातायात खर्च गरी तीन प्रकारका अतिरिक्त लाभ पाइन्छन् । यो बीमालेख कार, जिप, मोटरसाइकल र स्कुटर जस्ता चार पाङ्ग्रे र दुई पाङ्ग्रे निजी सवारी साधन हुनेले मात्र लिन सक्नेछन् । अटो प्लस बीमालेखको बीमा अवधि व्यापक सवारी साधन बीमाको अवधिको समान छ । नेपालमा दर्ता भएको मितिबाट १० वर्षभन्दा कम उमेरका सवारी साधनका लागि मात्र ‘अटो प्लस बीमा’ पोलिसी खरीद गर्न सकिन्छ । जस्तो सवारी साधन क्षति भई पार्टपूर्जाहरु फेर्नुपर्ने अवस्थामा सर्भेयरको प्रतिवेदन वा क्षतिको मूल्याङ्कनअनुसार भएको ह्रासकट्टीको रकम मात्र कम्पनीले भुक्तानी दिन्छ । यस्तै, अटो प्लस बीमा गर्दा सवारी साधन पुनस्र्थापना अन्तर्गत सवारी साधन पूर्ण क्षति भएमा वा चोरी भएमा पनि कम्पनीले नयाँ सवारी साधन उपल्ब्ध गराउँछ । यसैगरी, यो पोलिसीमा बीमितले तेस्रो सुविधाका रुपमा दैनिक सवारी भाडा÷यातायात खर्च समेत पाउनेछन् । जसमा आफ्नो सवारी साधन पूर्ण क्षति वा चोरी भएको छ भने अधिकतम ३० दिनसम्म र आंशिक क्षति भएको अवस्थामा अधिकतम १४ दिन सम्मको यातायात भाडा खर्च समेत कम्पनीले उपलब्ध गराउँछ । यद्यपि, यसरी भुक्तानी हुने दैनिक भाडा दर दुई र चारपाङ्ग्रे सवारीका लागि फरक हुन्छ । भाडादर पनि सवारी साधनको मूल्यअनुसार फरक हुन्छ । शिखर अटो प्लस बीमाले मोटर बीमा निर्देशिका २०७३ सहित बीमितहरुका लागि नयाँ आयम थपेका कारण हाल निजी सवारी धनीहरु उत्साहित देखिएका छन् । बिगत १७ वर्षदेखि निर्जीवन बीमाको क्षेत्रमा रोल मोडलको रुपमा प्रभुत्व जमाउन सफल शिखर इन्स्योरेन्सले सुरु गरेको अटोप्लस बीमा योजना नयाँ पोलिसी हो । हाल नेपालमा अन्य बीमा कम्पनीसँग नभएका मौसम सूचकाङ्क बीमा र अटो प्लस बीमा कार्यक्रम शिखरका पछिल्ला पृथक बीमा योजना हुन्। यसैबीच, शिखर इन्स्योरेन्समा हुन्डाइका गाडीहरुको बीमा गराउँदै आएको नेपालका लागि होन्डाइका गाडीहरुको आधिकारिक बिक्रेता इन्टरकन्टिनेन्टल प्रालिले पनि नयाँ वर्ष २०७८ साललाई लक्षित गरी ‘हुन्डाइ चढौं अघि बढौं’ अन्तर्गत एक वर्षसम्मको बीमा छुटको योजना ल्याएको छ । उक्त प्रालिले हाल नेपालभर रहेका आफ्ना १३ शोरुम र १७ सर्भिस सेन्टरहरुमार्फत ग्राहकहरुका लागि विभिन्न सुविधासहित बीमा सेवा प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ ।

कामना सेवा विकास बैंकले अटो व्यवसायीलाई वितरण गर्यो क्यूआर कोड

काठमाडौं । कामना सेवा विकास बैंकले अटो व्यवसायीलाई क्यूआर कोड वितरण गरेको छ । बैंकले रुपन्देही जिल्ला बुटवल स्थित बुटवल अटो इन्जिनियरिङ एशोेसियसनको रजत जयन्ती तथा २५औं वार्षिक साधारणसभाको अवसरमा उक्त एशोसियनमा आवद्ध अटो व्यवसायीलाई उक्त कोड वितरण गरेको हो । बैंकले एशोसयिसनमा आवद्ध ८२७ व्यवसायीलाई क्यूआर कोड वितरण गर्ने योजना अनुरुप पहिलो चरणमा करिब ५० व्यवसायीलाई क्यूआर कोड वितरण गरेको छ । नगदरहित कारोबारलाई प्रोत्सान तथा प्रवद्र्धन गर्ने साथै ग्राहक तथा व्यवसायीलाई सहज रुपमा डिजिटल बैकिङ सेवाको पहुँच पुरयाउने लक्ष्यका साथ बैंकले उक्त कोड वितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि लुम्विनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरी तथा कामना सेवा विकास बैंक बुटवल कलष्टर प्रमुख खिमलाल भुसालले संयुक्त रुपमा क्यूआर कोड बुटवल अटो इन्जिनियरिङ एशोसियसनका अध्यक्ष बाबुलाल पाण्डेलाई हस्तान्तरण गरेका थिए भने तत् पश्चात् अध्यक्ष पाण्डेले व्यवसायीलाई वितरण गरेका थिए । नेपालकै नमुना अटो भिलेजको रुपमा रहेको बुटवल अटो इन्जिनियरिङ डिजिटल बैकिङ्गमा आवद्ध भएकोमा मन्त्री चौधरीले खुसी व्यक्त गदै कामना सेवा विकास बैंकलाई दिएका छन् । अन्य व्यवसायी संघ संस्थाहरुमा समेत यो अभियान अगाडि बढाउन सुझाव दिनु भएको थियो ।

मुक्तिनाथ विकास बैंकको क्यूआर सेवा अटो रिक्सामा पनि

काठमाडाैं । मुक्तिनाथ विकास बैंकको क्यूआर सेवा अटो रिक्सामा पनि सूरु भएको छ । बैंककाे क्युआर काेड सेवा गोपिगंज, टाँडी, धनकुटा र काकडभिट्टाको विभिन्न रुटमा कुद्ने अटो रिक्साहरुमा सुरु भएकाे हाे । याेसँगैं अटो रिक्सामा चढ्ने यात्रुहरुले भाडा बापतको रकम रिक्सामा भएको क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । क्यूआर कोडबाट सुरक्षित रुपमा भुक्तानी गर्ने गराउने सम्बन्धमा बैंकका शाखा प्रबन्धकहरुले अटो रिक्साका चालकहरुलाई आवश्यक प्रशिक्षण समेत गरेका थिए । विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिषा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेकाे छ । त्यसैगरी बैंकले मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

अटोमेसनमा उद्योग विभाग, ४० प्रकृतिका सेवा अनलाइनबाटै लिन सकिने

काठमाडौं । पछिल्लो समय नेपालमा उद्योग दर्ता गर्नेको संख्यामा बृद्धि भएसँगै दर्ता झन्झटिलो भएको गुनासो बढ्दै गएको छ । उद्योग दर्तामा अनावश्यक झण्झटिलो सरकारी प्रक्रिया र गत वर्षबाट सुरु गरिएको एकल विन्दु सेवा केन्द्रबाट सहजीकरण नभएको उद्योगीको गुनासोपछि विभागले सुधारको योजना बनाएको छ । सरकारले विदेशी लगानीकर्ता सहजीकरण गर्नभन्दै उद्योग दर्ताका लागि आवश्यक सबै सेवा एकै स्थानबाट हुनेगरी २०७६ को जेठबाट एकल विन्दु सेवा केन्द्र सञ्चालनमा ल्याएको थियो । उद्योग दर्ताका लागि सहयोग पुग्ने अपेक्षासहित एकल विन्दु सेवा केन्द्र सञ्चालनमा ल्याईए तापनि लक्ष्य अनुसारको काम हुन नसकेको विभागका महानिर्देशक जिवलाल भुषाल बताउँछन् । उनका अनुसार विभिन्न कानुनी तथा प्राविधिक कारणले एकल विन्दु सेवा केन्द्रबाट लक्ष्य अनुसारको सेवा प्रवाह गर्न कठिनाई भएको हो । उद्योगी व्यवसायीको गुनासोपछि सेवा केन्द्रमा प्राविधिक रुपमा सुधारको तयारी भए तापनि सुधार भएको छैन । प्राविधिक काममा सुधार हुन नसक्दा विभागमा आएका फाइलहरु बोकेर नै अन्य कार्यालयहरु धाउनुपर्ने बाध्यता रहिरहेको छ । अटोमेसनमा जाने तयारी अब देश तथा विदेशबाट (घरमा नै बसेर) उद्योग दर्ता गर्न सकिने भएको छ । उद्योग दर्ताका लागि सेवाग्राहीहरु विभाग धाउनुपर्ने बाध्यताको अन्य गर्न विभागका सबै कार्यलाई अटोमेसिनमा लैजाने तयारी भएको हो । उद्योग विभागलाई पूर्ण रुपमा विद्युतीय कारोबारमा लैजान आगामी आर्थिक वर्षदेखि अटोमेसनमा लैजाने तयारी भएको छ । यसका लागि विभागले कम्पनीहरुसँग बोलपत्र आव्हान गरिसकेको छ । ‘अहिले विभागमा नै आएर उद्योग दर्ता, नवीकरण तथा अद्यावधिक लगायतका कामहरु हुने गरेको छ । अब साउनदेखि विभागबाट हुने सबै कामहरु घरमा बसीबसी गर्न सकिन्छ, आवेदनका सबै काम घरबाट अनलाइन मार्फत हुन्छ । डिजिटल हस्ताक्षरले मान्यता नपाउने हुँदा प्रमाणपत्र लिन मात्रै विभागमा उपस्थित हुनुपर्छ । सानो कामको लागि विभागमा आएर लामो लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुन्छ,’ महानिर्देशक भुषालले विकासन्युजसँग भने । विभागको सबै काम अटोमेसनमा लगेपछि एकल विन्दु सेवा केन्द्रमा सहज हुने अपेक्षा लिइएको उनी बताउँछन् । उद्योग विभाग अन्तर्गतको एकल बिन्दु सेवाका सबै काम पनि अनलाइनबाटै हुनेछ । आगामी आर्थिक वर्षदेखि सेवाग्राहीले उद्योग दर्ता, नवीकरण, म्याद थप, भिसा प्रक्रियालगायत कामहरू अनलाइनबाटै पाउनेछन् । प्रविधिको माध्यमबाट उद्योगीको उपस्थिति बिना नै प्रशासनिक काम हुनेछ । एकल बिन्दु सेवाबाट भूमि, भिसा, दर्ता, राजस्व, प्यानलगायत सेवा पाइनेछ । ‘चैत महिनाको अन्तिमसम्म अटोमेसनका लागि आह्वान गरिएको बोलपत्र अनुसार आर्थिक तथा प्रसासनिक कार्यका लागि प्रस्ताव आइसक्छ । प्रस्तावको आधारमा हामीले कम्पनी छनोट गरी सिस्टममा डाटा राख्ने, डकुमेन्ट स्कान गर्ने लगायतका कामहरु अगाडी बढाउँछौँ । हामीले विभागबाट प्रवाह गर्दै आएका ४० प्रकृतिका सेवाहरुको चेक लिस्ट बनाएर कार्यान्वयनको कामहरु भइरहेका छन्’, महानिर्देशक भुसालले भने । उद्योग दर्ताको झन्झट घटाइदै पछिल्लो समय विभागले छिटो छरितो रुपमा उद्योग दर्ताको काम गर्ने गरेको छ । यसअघि उद्योग दर्ता गर्दा उद्योगीले विभिन्न झन्झटिलो प्रक्रिया पूरा गर्नुपर्नेमा प्रविधिको प्रयोग गरी छिटो छरितो रुपमा उद्योग दर्ता गर्न पहल गरिएको छ । हाल थोरै कागजबाट धेरै सेवा प्रवाह गर्ने गरी आफूहरुले काम गरिरहेको महानिर्देशक भुषालको भनाइ छ । थोरै कागजबाट उद्योग दर्ता, नवीकरण, क्षमता बृद्धि लगायतका कामहरु सिघ्र रुपमा हुने उनले बताए । एकल विन्दु सेवा केन्द्रलाई थप प्रभावकारी बनाउँनका लागि अध्ययन भएको छ । सेवा केन्द्र सुधार अन्तरगत नीतिगत, संरचनागत र प्रक्रियागत सुधारका कामहरु अगाडी बढाइएको छ । एकल विन्दु सेवा केन्द्रमा विभिन्न अन्तरसम्बन्धित निकायबाट प्रतिनिधित्व भएका कर्मचारीहरु हुँदा सेवा केन्द्रबाट प्रभावकारी काम हुन नसकेको उनको बुझाई छ । सेवा प्रवाहमा समस्या देखिएपछि विभागले एकल विन्दु सेवा केन्द्रका कर्मचारीहरु स्थायी (लामो समयसम्म सरुवा नगरी केन्द्रमा नै रहने गरी) रुपमा राख्नुपर्ने, सबै निकायका कर्मचारी परिचालनका लागि छाता ऐन बनाउनुपर्ने र अल्पकालीन रुपमा अधिकार प्रत्यायोजन नहुनु मुख्य समस्या देखिएको औल्याएको छ । सेवा केन्द्रलाई सिमित अधिकार मात्र प्रत्यायोजन हुँदा साना साना कामका लागि समेत अन्य निकाय धाउनुपर्ने बाध्यता कायम नै छ । विभागले उद्योगसँग सम्बन्धित अन्तर निकाय कार्यालय वन, कम्पनी रजिष्ट्रार, अर्थ मन्त्रालय लगायतका निकायसँग समन्वय गरी अधिकार प्रत्यायोजनको विषयमा छलफल समेत गरेको छ ।

यसरी सार्वजनिक गरियो डिएफएसके ग्लोरी आई-अटो गाडी (फोटो फिचरसहित)

काठमाडाैं । डिएफएसकेको अधिकारीक वितरक कुजु नेपाल प्रालिले डिएफएसकेको एड्भान्स सिरिज ग्लोरी आई-अटो नेपालमा सार्वजानिक गरेको छ । कम्पनीले सो गाडी बुधबार सार्वजनिक गरेको हो । यसअघि ग्लोरी सिरिजका ५ सय ६० र ५ सय ८० एसयूभी विक्री गर्दै आएको कम्पनीले अब नयाँ मोडल आई-अटो थप भएको छ । आई-अटोलेएक इन्टेलिजेन्ट एसयूभी हो । यसमा रहेका धेरै फिचरहरु भ्वाइस कमान्डबाट चलाउन सकिन्छ । ग्लोरी आई-अटोले ७ सिटर इन्टेलिजेन्ट एसयूभीको उपमा पाएको छ । यो एसयूभी नेपाली बजारमा उपलब्ध समान मूल्यका एसयूभिहरु भन्दा धेरै एड्भान्स फिचरले भरिपूर्ण रहेको छ । डिएफएसकेको एसयूभी लग्जरी तथा उच्च माइलेजका लागि पनि विश्व बजारमा चर्चित रहेका छन् । इन्टेलिजेन्ट एसयूभी ग्लारी आई-अटोमा आईटक नामको एस भ्वाइस कमाण्डको विशेषता पाउन सकिन्छ । यसको सहायताले हाई ग्लोरी कमाण्ड दिएर गाडीलाई विभिन्न खालका कार्य गराउन सकिन्छ । यसको प्रयोगले मुख्य फोन कल एसेस सिस्टम, मिडिया कामण्ड, कार कन्ट्रोल, भाइस नेभिगेसन, कनेन्टिभिटी फिचर संचालन गर्न सकिन्छ । यस एसयूभीमा बसेपछि फोनबुकमा नम्बर खोजेर डायल गरिरहनु पर्दैन । यसरी सार्वजनिक गरियो डिएफएसके ग्लोरी आई-अटो गाडी (फोटोफिचर) सम्बन्धित समाचार डिएफएसके ग्लोरी आई-अटो सार्वजनिक, यस्ता छन् गाडीका विशेषता  

डिएफएसके ग्लोरी आई–अटो सार्वजनिक, यस्ता छन् गाडीका विशेषता

काठमाडौं । डिएफएसकेको अधिकारीक वितरक कुजु नेपाल प्रालिले डिएफएसकेको एड्भान्स सिरिज ग्लोरी आई–अटो नेपालमा सार्वजानिक गरेको छ । कम्पनीले सो गाडी बुधबार सार्वजनिक गरेको हो । यसअघि ग्लोरी सिरिजका ५ सय ६० र ५ सय ८० एसयूभी विक्री गर्दै आएको कम्पनीले अब नयाँ मोडल आई–अटो थप भएको छ । आई–अटोलेएक इन्टेलिजेन्ट एसयूभी हो । यसमा रहेका धेरै फिचरहरु भ्वाइस कमान्डबाट चलाउन सकिन्छ । ग्लोरी आई–अटोले ७ सिटर इन्टेलिजेन्ट एसयूभीको उपमा पाएको छ । यो एसयूभी नेपाली बजारमा उपलब्ध समान मूल्यका एसयूभिहरु भन्दा धेरै एड्भान्स फिचरले भरिपूर्ण रहेको छ । डिएफएसकेको एसयूभी लग्जरी तथा उच्च माइलेजका लागि पनि विश्व बजारमा चर्चित रहेका छन् । इन्टेलिजेन्ट एसयूभी ग्लारी आई–अटोमा आईटक नामको एस भ्वाइस कमाण्डको विशेषता पाउन सकिन्छ । यसको सहायताले हाई ग्लोरी कमाण्ड दिएर गाडीलाई विभिन्न खालका कार्य गराउन सकिन्छ । यसको प्रयोगले मुख्य फोन कल एसेस सिस्टम, मिडिया कामण्ड, कार कन्ट्रोल, भाइस नेभिगेसन, कनेन्टिभिटी फिचर संचालन गर्न सकिन्छ । यस एसयूभीमा बसेपछि फोनबुकमा नम्बर खोजेर डायल गरिरहनु पर्दैन । फोन गाडीसँग कनेक्ट भएपछि सजिलै भ्वाइस कमान्डबाटै डायल गर्ने, फोन उठाउने,फौन कल हिस्ट्री हेर्ने आदि काम गर्न सकिन्छ । मिडिया कमान्डबाट म्युजिक चलाउन र बन्द गर्न, साउन्ड बढाउन वा घटाउने काम बोलेरै गर्न सकिन्छ । यसमा रहेको कार कन्ट्रोल कमान्डबाट सजिल्लै क्लाइमेट कन्ट्रोल चलाउने, अगाडि पछाडिको विण्डो ग्लास खोल्ने बन्द गर्न, सनरुफ खोले बन्द गर्ने, आदि कार्यहरु गाडी चलाउँदा चलाउँदौ बोलेर गर्न सकिन्छ । त्यस्तै गाडी चलाइरहेको अवस्थामा जीपिएस खोल्न र बन्द गर्ने भ्वाइस नेभिगेसन तथा ब्लुटुथ र वाईफाई खोल्ने र बन्द गर्न पनि आवज दिए पुग्छ । यी र १ सय भन्दा बढी भ्वाइस कमाण्ड दिन सकिने छ । नेपाली बाटेको लागि उपयुक्त १८ इन्चको अलोय हवील रहेको एसयुभीमा अगाडि र पछाडि दुबैतर्फ एलइडी लाइटको प्रयोग गरिएको छ । दुईवटा एग्जस्ट पाईप, पानारोमिक सनरुफ तथा रुफ रेले ग्लेरी आई–अटोलाई स्पोर्टी बनाएको छ । यस एस यूभिमा खुट्टाले नै खोल्न मिल्ने टेन गेट रहेको छ । जसले गर्दा दुवै हातमा सामान लिएर गाडीको बुटमा राख्दा सहज हुन्छ । किलेस इन्ट्री, गाडीको स्र्टाट बन्दा गरेपछि आफै फोल्ड हुने ओआरभीएम तथा रेन सेन्सिङ अटो वाइपर जस्ता फिचर आई–अटोमा उपलब्ध छ । ग्लोवले एनक्याप क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएपको यो एसयुभीमा सुरक्षाका लागि अगाडि ४ ओटा एयरव्याग, चारै चक्कामा डिस ब्रोकको प्रयाग गरिएको छ । यस एसयुभीमा आधुनिक इलेक्ट्रिक स्टेबींलीटी प्रोग्रम (इएसपी ब्रेकिङ सिस्टम दिइएको छ । जसमा एबियस, इबीडी तथा इबीए (एमेर्जेन्सी ब्रके असिस्ट÷जस्ता फिचरहरको सहायताले जस्तोसुकै परिस्थिती गाडीलाई रोक्न सक्छ । हिल होल्ड केन्ट्रोल, ३ सय ६० डिग्रो क्यामरा र रियर पार्किङ सेन्सर आई–अटो उपलब्ध रहेको छ । यसमा जडान भएको अलार्म सिस्टम तथा इमाबीलाइजरले यो गाडी चोरी हुने समस्याको काम गर्छ । ग्लोरी आई–स्मार्ट एसयूभीमा स्पोर्टी कन्सोल, भोहिकल रनिङ रेकर्ड सिस्टम, क्रुज कन्ट्रोल, अटो एसी क्याइमेट केन्ट्रोल, ९ इन्चको फ्लोटिङ एचडी इन्फोटेन्मेन्ट सिस्टम जस्ता फिचरले चालकले ड्राइभिङ प्लेजर पाउने छन् । यस एसयुभीमा प्रिमियम इन्टेरियर डिजाइनको प्रयोग गरिएको छ । ड्यासबोर्डमा सफ्ट टच मेटेरियल, उड एक्सेन्ड मेटेरियल, लेदर सिट कभर पाउन सकिन्छ । सिक्सवे एट्जस्टेब ड्राइभर सिट कन्ट्रोल तथा सात सिटसम्म प्रयोग गर्न सकिने सिट अरेन्जेमेन्टले पारिवरिक गाडिको रुपमा यसको प्रयोगलाई उत्कृष्ट बनाएको छ । ग्लोरी आई–स्मार्टमा १.५ लिटर टर्बो चार्जड पेट्रोल इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १ सय ५० पीएस पावर तथा २ सय २० एनएम टर्क उत्पादन गर्ने क्षमता राख्छ । यो एसयूभी अटोमेटिक गियरबक्समा नेपाल आउने छ । यसको मुल्य ८९.५० लाख रुपैयाँ रहेको छ । डिएफएसकेको बारेमा डिएफएसके चाइनाको प्रख्यात मोटर कम्पनी डोङफेङ मोटर्स ग्रुप अन्तर्गत सन् २००३ मा स्थापना भएको कम्पनी हो । ग्लोबल फुर्चून ५ सय कम्पनीको ८० औ श्रेणीमा पर्न सफल यो कम्पनीले विश्वका ७० भन्दा बढि देशहरुमा आफ्नो गाडी विक्री गर्दै आइरहेको छ । डोङफेङ मोटर्सले चाइनामा प्यूजो, होन्डा, निसान, किया, रेनो तथा सिट्रोन गाडी संयूक्त लगानीमा उत्पादन तथा विक्रि वितरण समेत गर्दै आईरहेको छ । डिएफएसके मोटर कम्पनीको चाइना, अमेरिकका, जर्मन, जापान तथा इन्डोनेसियामा आरएण्डडी सेन्टरहरु रहेको छ । डिएफएसकेका गाडीहरु यूरो ३, यूरो ४, यूरो ५, यूरो ६ तथा डब्लुभीटीए सर्टिफइड भएका छन् । नेपाल आउने ग्लोरी आई–स्मार्ट यूरो ४ मापदण्डको रहेको छ । डिएफएसके मोटर इन्डोनेसियामा उत्पादन भई नेपाल आउँछ ।

अजोड इन्स्योरेन्स र आइएमई मोटर्स तथा आइएमई अटोमोटिभ्सबीच क्यासलेस क्लेम गर्ने सम्झौता

काठमाडौं । अजोड इन्स्योरेन्स र आइएमई मोटर्स प्रा. लि तथा आइएमई अटोमोटिभ्स प्रा. लि. बीच नगद रहित बीमा दाबी सहितको बीमा कारोबार गर्न द्धिपक्षीय सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र आइएमई मोटर्स र आइएमई अटोमोटिभ्सका नायब प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । आइएमई मोटर्स तथा आइएमई अटोमोटिभ्ससँग सवारी साधनहरुको दुर्घटना बापत बीमा दाबी प्रक्रियामा नगद रहित बीमा दाबी (क्यासलेस क्लेम) लाई सरल र प्रभावकारी बनाउन उक्त सम्झौता भएको हो ।