काठमाडाैं । नाडाले नेपालको अटोमोवाइल क्षेत्रमा संलग्न व्यवसायीहरु, कर्मचारीहरु, टेक्नीसीयनहरु र देशैभर छरिएर रहेका श्रमिकहरुको लागि खोप उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या राजमन्त्री उमेश लाल श्रेष्ठकाे ध्यानाकर्षण गराएको छ ।
नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको गएको ७ सदसिय मण्डलले बुधबार राज्यमन्त्री श्रेष्ठलाई भेटी साे विषयमा ध्यानाकर्षण गराएको हाे ।
उक्त भेटघाटमा नाडाका उपाध्यक्ष चौधरीले कोभिड-१९ को कारण नेपालको समग्र अटोमोवाइल व्यवसाय नै समस्या परेको र यसको प्रत्यक्ष प्रभाव सरकारले अटोमोवाइलक्षेत्रबाट प्राप्त गर्ने राजश्वमा समेत परेको जानकारी गराए ।
उनले लकडाउन हाल केही खुकुलो भए पनि नेपालको अटोमोवाइल क्षेत्रका व्यवसायीहरु, कर्मचारीहरु, टेक्नीसीयनहरु र देशैभर छरिएर रहेका श्रमिकहरु खोपको अभावमा आफनो कार्यक्षेत्रमा जान नसकिरहेकाे बताए ।
उनले अटोमोवाइल व्यवसायले गति लिन खाेप पहिलाे प्राथमिकता भएकाे बताएका छन् ।
सो छलफलमा नाडाका उपाध्यक्ष करणकुमार चौधरी, कोषाध्यक्ष सुरेन्द्र कुमार उपे्रतील सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रिय कार्य समिति सदस्यद्धय निलमणी पाठक, मिलनबाबु मल्ल, दिपक अग्रवाल र पंकज अग्रवाल समेतको उपस्थिति रहेको थियो ।