काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले लजिष्टिक, ट्रान्सपोर्ट एण्ड अटोमोवाइल समिति गठन गरेको छ । चेम्बरका मानार्थ उपाध्यक्ष लोकमान्य गोल्छाको सभापतित्वमा उक्त समिति गठित गरिएको हो ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले उक्त समितिमा मादार्थ सदस्यका रुपमा मनोनयन गरिएका आर बि रौनियार लाई मनोनयन पत्र प्रदान गरेका छन् ।
अध्यक्ष मल्लले उक्त समितिमा पारवहन तथा पूर्वाधार क्षेत्रमा लामो अनुभव हाशिल गरिसकेका रौनियारको प्रतिनिधित्व भएकोले चेम्बरको पारवहन तथा पूर्वाधार क्षेत्रमा उल्लेखनिय परिवर्तन आउने अपेक्षा व्यक्त गरे ।