नेपाली बजारमा भित्रियो ‘चेरी’, वितरकमा एसपिजी अटोमोबाइल्स

<p>काठमाडौं । चीनको सबैभन्दा ठूलो प्यासेन्जर भेहिकल निर्यातक चेरी आधिकारिक रूपमा नेपाली बजारमा भित्रिएको छ । चेरी २००३ देखि चीनको सबैभन्दा ठूलो प्यासेन्जर भेहिकल निर्यातकर्ता हो । उक्त ब्राण्डले साउन २८ गते आफ्नो आधिकारिक वितरक एसपीजी अटोमोबाइल्ससँग सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । चेरी २००३ देखि चीनको सबैभन्दा ठूलो प्यासेन्जर भेहिकल निर्यातकर्ता हो । यो [&hellip;]</p>

काठमाडौं । चीनको सबैभन्दा ठूलो प्यासेन्जर भेहिकल निर्यातक चेरी आधिकारिक रूपमा नेपाली बजारमा भित्रिएको छ । चेरी २००३ देखि चीनको सबैभन्दा ठूलो प्यासेन्जर भेहिकल निर्यातकर्ता हो ।

उक्त ब्राण्डले साउन २८ गते आफ्नो आधिकारिक वितरक एसपीजी अटोमोबाइल्ससँग सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । चेरी २००३ देखि चीनको सबैभन्दा ठूलो प्यासेन्जर भेहिकल निर्यातकर्ता हो । यो बहुप्रतिक्षित ब्रान्डले नेपालको अटोमोबाइल क्षेत्रमा प्रवेश गरेपछि नेपाली अटोमोबाइल उद्योगमा सकारात्मक प्रभाव पार्ने कम्पनीको विश्वास छ ।

चेरी इन्टरनेशनलका अध्यक्ष ज्याङ्ग ग्योइबिङ्गका अनुसार यस दुई पक्षबीचको सहकार्यले नेपाली अटोमोबाइल क्षेत्रको विकासमा टेवा पुग्नेमा चेरी इन्टरनेशनल विश्वस्त छ ।

साथै, नेपालमा दीर्घकालीन व्यापार रणनीतिको अनुशरण गर्दै चेरीले नयाँ उत्पादनको माध्यमबाट प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने र बजारको मागलाई सम्बोधन गर्ने आयोजना रहेको पनि उनले जानकारी दिए ।

सम्बन्धित समाचार

चेरी कारको वितरकमा एसपिजी अटोमोबाइल्स नियुक्त, अब छिट्टै नेपाली बजारमा भित्र्याइने

Share News