काेराेना महामारी र हाम्राे भविष्य


विपद्, प्रकृति र संस्कृतिको अकंगणित

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको माहामारिले विश्व मानव जातिकै अस्तित्व संकटमा पर्दै गहिरहेको आभाष भइरहदा हाम्रो विगत, कोरोनाको सुरुवात र त्यसको फैलाबट तथा मानवको जीवन जिउने संस्कार र अबको गन्तव्य बीचको अन्तर सम्बन्धको विवेचना गर्नु आवश्यक देखिन्छ । कोरोनाको सुरुवात र फैलावट विगतका केही दिनहरुमा कोरोनाले लिएको स्वरुपको चर्चा गर्नु भन्दा पहिले त्यसको उत्पति र विस्तारका बारेमा उव्जिएका केहि मिथकका बारेमा चर्चा गराैं । चीनको हुवाइ प्रान्तको वुहान सहरबाट सुरू भएको मानिने कोभिड–१९ को सङक्रमण संक्रमितको संर्पग तथा उसले विर्सजन गरेका निस्कासनका पर्दार्थको माध्यमबाट एकबाट अर्को व्यत्ति हुदै विश्बव्यापि संकटको रुप लिइसकेको छ । आजको दिनसम्म यसको वैज्ञानिक रोकथामको औषधि पत्ता नलागिसकेको हुदा विज्ञानले औषधिको आविश्कार नस्कुन्जेलका लागि प्राकृतिक सुरक्षाका उपाय अपनाउनुनै सबैभन्दा बढि वुद्धिमानि होला । यसका लागि बारम्बार सावुन पानीले हात धुने, हात धुन नमिल्ने अवस्थामा गुणस्तरीय स्यानिट्याइजरको प्रयोग गर्ने र अत्यावश्यक अवस्थामा भन्दा बाहेक घरबाहिर ननिस्कने र निस्कनै परेमा सामाजिक दुरि कायम गर्नुपर्नेछ। सुरक्षाका उपाय र प्रकृति आजको दिन सम्म संक्रमित व्यक्तिको सम्पर्क भन्दा टाढा रहनुनै कोभिड–१९ को संक्रमणबाट बच्ने एक मात्र र बिकल्प बिहिन उपायको रुपमा देखिन्छ । यसका लागि संक्रमितको उचित व्वस्थापन गर्ने र थप संक्रमण फैलन नदिनुनै र्निविकल्प उपाय हुन आउछ । व्यत्तिगत रुपमा सरसफाइ र विषाणुको निर्मलिकरणमा जोड दिनु आवश्यक छ, जुन कार्यमा हाल विश्वका जुनसुकै सरकार पनि आफ्नो सम्पूर्ण शक्ति लगाएर लागिरहेको देखिन्छ । अब हामी आम नागरिकले पनि सरकारको त्यो कदममा हातमा हात र काधमा काध मिलाएर सहयोग गर्नु आवश्यक छ । यसका लागि हामी सबैले “कोरोना ल्याउदैनौ र कोरोना बाडदैनौ” भन्ने संकल्प गर्नु र उक्त संकल्पको पूर्ण पालना गर्नु आवश्यक छ । संस्कृति र विचलन लेखक कोभिड १९ को संक्रमड बढेसगै हाम्रो संस्कृति र त्यसमा आएको वीचलनलाई फर्केर हेर्दा, घर अगाडि रोपिने तुलसी अब कि त रोपिदैन, रोपिहाले पनि घरका छानामा पुराना फलामका वा प्लाष्टिकका भाडामा रोपिन थालेका छन् । बाटो विस्तार र विकासका नाममा चौताराका वर पिपलहरु पहिलो सिकार भए । सर्वसाधारणको त कुरा छोडौ शिक्षित भनिएका र निर्वाचित भएको हुँ भन्नेहरुले पनि स्वस्छताका ती धरोहरहरु न त संरक्षण गर्न सके, नत मासिएका ती धरोहरको विकल्प दिन सके । खानपिनको कुरा सम्झदा त झन उदेक लाग्दो स्थिति छ । कोदो, फापर र कागुनो त काहाँ गयो गयो, यहाँ चामल समेत धानको नभइ पलास्टिकको बन्न थाल्यो, दुध दहिको महत्व कम भइरहदा रक्सी भने नयाँ ब्रान्डमा विश्वभरी आयात, निर्यात हुदैछ । त्यस्तै आधुनिकताका नाममा ठेकी, ढुङ्रा र हर्पेलाई प्लास्टिकका जग, मग र सिसाका भाडाले पूर्ण रुपमा विस्तापित गरिसके । त्यतिमात्र काहा होर सुइले बढाउने सागसब्जिले नपुगेर होकि तिर्सना नमेटिएर हो, आजको मानिष चमेरो र सर्पको मिश्रित सुप खोज्न थालेको छ । अर्कोतर्फ आधुनिकताका नाममा र सीमितताका बाहानामा हाम्रा घरहरु एक आपसमा छाना र ढोका जोडिएर बन्न थालेका छन् । खुला जमिनको त कुरै नगरौ अलिकति खालि भएका घर आगन र सडक पनि सरसफाइका नाममा जम्मै ढलान गरिएका छन् कि त टायल बिच्छाइएका छन् । फलस्वरुप आजको मानिसका लागि माटोको सुगन्ध र स्वस्छता भनेको कस्तुरीको वीणा जस्तो दुर्लभ बन्दै गैरहेको आभाष हुन्छ । कोरोना र त्यसको असर विश्वव्यापी माहामारिको रुप लिइसकेको कोरोना माहामारीले विकास र जनजीवनका हरेक जसो क्षेत्रमा नकरात्मक असर परेको देखिन्छ । उद्याेग धन्दा पूर्णरुपमा बन्द गरिएका छन् भने पर्यटन क्षेत्रले अर्थतन्त्रमा कहीलेसम्म आफ्नो उपस्थिति देखाउन नस्कने हो भन्ने कुरा अझसम्म अन्योलको विषय वनेको छ । पर्यटन क्षेत्र विश्व भरिनै पहिलो पटक एकैपटक संकटमा परेको छ । विदेशमा फैलिएको कोरोनाको व्यापकताले वैदेशिक रोजगारी खुम्चिन गइ रेमिट्यान्समा कमि आएको मात्र होइन, विदेशीएका सदस्यको पिरले स्वदेशमा रहेका परिवारका सदस्यलाई रातको निन्द्रा र दिनको भोकहराएको छ जसले गर्दा परिवारका सदस्यहरुमा मानसिक चिन्ता समेत थपिएको छ । व्यापार ठप्प हुँदा एकातिर किसानको उत्पादन कुहिदै छ भने अर्कोतिर दैनिक उपभोग्य कृषि जन्य सामाग्रीको मूल्य दिन दुई गुणा र रात चौगुना बढेको छ । त्यस्तै आयतमा निर्भर हुनुपर्ने दैनिक उपभोग्य सामाग्रीको अभाव हुन थालेको छ । अभाव र असहजताको मौका छोपी कालो बजारी र तस्करी गर्नेहरु सलबलाउन थालेका छन् । शिक्षा र सामाजिक विकासका कार्यहरु पूर्ण ठप्प भएका छन् । यसरी समग्रमा विकास र अग्रगमनको बाटो समाउन खोज्दै गर्दा विश्वव्यापी माहामारिको रुप लिइ रहेको कोरोनाका कारण आजको दिनमा विकास, विस्तार र प्रगति ठप्प हुन पुगेको छ । आजको मानवलाई अहिलेको समयमा जीवन रक्षानै एक मात्र विकल्प विहिन उद्देश्य बनेको प्रतित हुदैछ । यी तमाम नकरात्मक पाटाहरुका माझमा कोरोनाको माहामारिले केही झिना मसिना सकरात्मक बाटाहरु पनि देखाएको छ । उद्याेग धन्दा पूर्ण रुपमा वन्द हुदा वायुप्रदुषणको मात्रामा दसकौ यताकै कमी महसुस भएको छ । गाउँघरमा अल्पकालीननै भएपनि चहलपहल बढेको छ । आयातमा पूर्ण भर परि कृषिमा नलाग्दा सिर्जना हुनसक्ने जोखिमका बारेमा सर्बसाधारणदेखि नीति निर्माता सम्मलाई एकचोटी गहिरिएर सोच्न बाध्य बनाएको छ । त्यस्तै वायुमण्डलीय तुवालो हटेको छ, वातावरणले विश्रान्तिको अनुभव गर्न पाएको छ र मानिषले वातावरणीय स्वस्चताको अनुभूती गर्न पाएको छ । चरा चुरुङगी तथा पसुपक्षीहरुले केही दिनलाई भनेपनि स्वस्छ विचरण गर्न पाएका छन् र समग्रमा वातावरणीय सन्तुलन कायम हुनलाई ठूलो सहयोग पुगेको छ । नेपालको मौजुदा अवस्था र व्यवस्थामा कोरोना कोरोना कहरले पिरोलीरहेको वर्तमान समयमा नेपालले त्यसको रोकथामका लागि चालिरहेको कदमको कुरा गर्दा नेपालले गरेको लकडाउन र अन्तराष्ट्रिय उडानमा लगाएको प्रतिवन्धलाई सकरात्मक मान्नु पर्दछ । त्यस्तै, विपतको यस घडिमा स्थानीय तहहरुले विपत नियन्त्रणमा देखाएको तदारुकताले विपत नियन्त्रणमा केही हदसम्म राहत मिलेको अनुभुति गराएको छ । त्यस्तै अर्कोतर्फ विपद् व्यवस्थापनका क्रममा राहत वितरण र संक्रमितको हुन सक्नेहरुको पहिचानमा वडा स्तरका राजनीतिक तथा प्रशासनिक संरचनाको भूमिका, व्यवस्थापनमा पालिकाहरुले देखाएको तदारुकता र नियन्त्रणका लागि प्रदेशहरुले देखाएको चासो र लगाव र समग्रमा केन्द्रको भूमिका एक दुइ प्रतिनिधि घटनालाई अपवाद मान्ने हो भने प्रसंसा गर्न लायकका छन् । ती एकाध घटना पनि नघटिदिएको भए विपद् व्यवस्थापनको कार्यमा सुनमा सुगन्ध हुने थियो । अबको बाटो र प्रकृति समय क्रममा सिर्जना हुने यी खालका विपद् व्यवस्थापनका लागि व्यक्तिगत भूमिकाको चर्चा गर्दा घर बनाउदा ठूलो कम्पाउन्ड वाल लगाउन मिल्ने, प्रत्येक कोठाका लागि छुट्टै वाथरुमको व्यवस्था , घर वरिपरि तरकारि र फलफूलका बिरुवा रोप्ने पर्याप्त स्थानको व्यवस्थापन सहित सकेसम्म हिमाल पाहाड तराईका तिनै भूगोलमा प्रत्येक परिवारको घर हुनु आवश्यक देखियो । यसो गर्न सकेमा तुलसीको मठका लागि स्थानको उपलब्धता त हुने नै भयो, त्यसको अलावा पनि केही फलफूलका बोट र करेसावारीले पनि मानव जीवनको हिस्सा बन्न पाउने थियो । ठूलो क्षेत्रफलमा कम्पाउन्ड सहितको घर भएमा वाहिरि संक्रमणका मानिसबाट बच्न सहज हुने देखिन्छ । प्रत्येक कोठाका लागि छुट्टा छुठ्टै बाथरुमको व्यवस्था गर्न सकेमा परिवारका सदस्यहरु बीच पनि क्वारेन्टाइनमा बस्नु पर्ने अवस्था सिर्जना भएमा पनि व्यवस्थापन थप सहज हुने थियो । घर वरिपरि तरकारी र फलफूल का विरुवा रोप्ने व्यवस्था गर्न सके सहज स्वस्छ खानेकुराको उपल्बधता हुनुका साथै बजारमा सिर्जना हुने अभाव र बजार जान नसकिने हालको जस्तो विषम परिस्थिति सिर्जना भएमा पनि गुजारा सहज हुने भयो । त्यस्तै हिमाल, पाहाड, तराई तिनै भूगोलमा वासस्थानको व्यवस्था गर्न सके संकटको बेलामा सहजता अनुसार जुन सुकै भूगोलमा गएर बस्न सकिने भयो । जीवन जिउने कला र सस्कृतिको कुरा गर्दा साकाहारी र सात्विक भोजन गर्ने, योग प्राडायाम, ध्यान र सरसफाइमा ध्यान दिने, शरीरिक कसरतका लागि करेसावारी तथा फूलवारीका कामहरुमा समय बिताउने, प्राकृतिक रुपमा खान भनेर तोकिएका विज्ञान र विकासले खान भनेर योग्य ठहराएका र परापूर्व देखि खाइ आएका कुराहरु स्वच्छता र सुस्वाथ्यलाई एकिन गरेर मात्र खाने, अनावश्यक र अप्राकृतिक कुरा खान लालायित नहुनुका साथसाथै उपलब्ध खाद्यन्यबीच सकेसम्म विविधता कायम राख्नु अपरिहार्य देखिदै गएको छ । जसले गर्दा मानिसहरुमा शान्ति र सहनसिलताको भावना विकास हुनुका साथै रोग प्रतिरोधी क्षमतामा पनि अभिवृद्धि हुनेछ । सम्बन्धको कुरा गर्दा समान आकाक्षा र चाहाना भएका सकेसम्म भैगोलिक विविधतामा रहेका सयुक्त परिवारमा हुर्केबढेका, सानातिना मनमुटावलाई सहज व्यवस्थापन गर्न सक्ने, व्यत्तिगत जिम्मेवारी र दाहित्वबाट कहिल्यै पन्छिन नखोज्ने , सुखमा नआतिने र दुःखमा नमातिने, एक अर्कालाई सहयोग गर्न पाउनुलाई अहोभाग्य ठान्ने र जस्तो सुकै विषम परिस्थितिमा पनि धैर्य धारण गर्न सक्ने र दृढ आत्मबल भएका मानिसहरुसँग सम्बन्ध विकास गर्न सकेमा मानव जीवन जस्तो सुकै विपत् र असहज परिस्थितिमा पनि सरल, सहज, र सुखमयी हुन सक्ने देखिन्छ । अपेक्षित भूमिका राष्ट्रिय स्तरमा नीति निमार्ण तथा योजना निर्माणमा संलग्न हुनेहरुले यस विपदबाट पाठ सिक्दै अबका दिनहरुमा अल्पकालिन र दीर्घकालिन योजनासहित अगि बढ्नु आवश्यक देखिन्छ । यसका लागि अल्पकालिन रुपमा मानविय चहलपहललाई जतिसक्दो निरुत्साहित गरिनुपर्दछ । खाद्य जोखिममा रहेका श्रमिक, मजदूर लगाएत तमाम दिन दुखीहरुमा खाद्य सुरक्षाको प्रत्याभूति गराउन सक्नुपर्दछ । राष्ट्रिय स्तरमा नीति निमार्ण तथा योजना निर्माणमा संलग्न हुनेहरुले यस विपदबाट पाठ सिक्दै अबका दिनहरुमा अल्पकालिन र दीर्घकालिन योजनासहित अगि बढ्नु आवश्यक देखिन्छ । यसका लागि अल्पकालिन रुपमा मानविय चहलपहललाई जतिसक्दो निरुत्साहित गरिनुपर्दछ । खाद्य जोखिममा रहेका श्रमिक, मजदूर लगाएत तमाम दिन दुखीहरुमा खाद्य सुरक्षाको प्रत्याभूति गराउन सक्नुपर्दछ । खुला सीमानाको उचित व्यवस्थापन गरिनु पर्दछ । जसले गर्दा खुला सीमानाबाट हुने जोखिम कम गर्न सकियोस् ,यसका अलावा खाद्य सुरक्षाको सुनिस्चितता र अनिवार्य आधारभूत आवश्यक्ताका वस्तुको उपलब्धता भइरहदा पनि यस विपद्को जोखिमलाई सामान्य रुपमा लिइ लकडाउनको उलङ्घन गरि अवान्चित गतिविधिमा भाग लिनेलाई नियन्त्रणमा लिन र विपद्को मौका छोपि कालोवजारी गर्ने र कृतिम अभाव सिर्जना र आफ्नो सामाजिक , पेसागत र व्यवसायगत दायित्व निर्वाह गर्नबाट पन्छिने माथि राज्यको नियन्त्रडात्मक शक्तिको प्रयोग गरि कडा भन्दा कडा दण्ड सजाय गरी पुन सामान्य अवस्थामा ल्याउनबाट राज्य चुक्नु हुदैन । त्यस्तै यस जोखिमको घडिमा जोखिम व्यवस्थापनका लागि अग्रपङ्तिमा बसेर खटिरहेका स्वाथ्यकर्मी र सुरक्षा कर्मीको सुरक्षा र जीवन रक्षामा राज्य आफ्नो सम्पूर्ण सामर्थ्यका साथ लाग्नुपर्दछ । प्राविधिक सामाग्री र सुरक्षाका सामाग्रीको यथोचित र पर्याप्त व्यवस्थापन गरिनुपर्छ र तपाई हामी सबै सर्वसाधारणले पनि स्वाथ्य कर्मी र सुरक्षाकर्मीको मनोवल गिर्ने कार्य कही कतैबाट गर्न तथा हुन दिनु हुदैन । विश्वव्यापी माहामारीले दीर्घकालिन योजना र नीतिहरुलाई आफ्ना योजना र नीति बनाउदा एक पटक गहिरिएर सोचि सम्झी वातावरण मैत्री र विपद् व्यवस्थापनमा सहयोग पुग्ने खालका वनाउनु पर्ने आवश्यकता देखिएको छ । अब वन्ने नीति र योजनाले हालको विपद्ले थलिएका क्षेत्रको उत्थानमा त सहयोग पुयाउनु पर्ने नै भयो । पुनः यस्ता विपद् आइलागेमा मौजुदा विकासका संरचना र कायम स्राेत कसरी बढी भन्दा बढी प्रयोग गर्न सकिन्छ भन्ने सोच्नु आवश्यक छ । यसका साथसाथै विश्वव्यापी वीपद्का यस्ता घडीहरुमा मानव जीवन रक्षाका उपाय र त्यसको जोखिम न्यूनीकरणतर्फ पनि राज्य शक्तिलाई कसरी परिचालन गर्न सकिन्छ भन्नेतर्फ पनि सोच्नु आवश्यक छ । यसरी सम्रगमा प्राकृतिक अनुसाशनको भंगगरि कृतिमतामा रमाउन खोज्दा सिर्जित संकटको समाधानका लागि विज्ञानको आविस्कार र चम्तकार नहुन्जेलसम्म प्राकृतिक वातावरण र मानवीय अनुसासन कायम गर्न सकेमा एवम् मानवीय इच्छाशक्तिमा विपद् विरुद्ध दृढ अठोट र सङ्कल्प कायम गर्न सक्षम भएमा विपद् व्यवस्थापन सहज र सरल हुने देखिन्छ । साथै आजका दिनमा प्राकृतिवादको मान्यताको अनुसरण गरि पृथ्वीको वहन क्षमतालाई ख्याल गर्दै मानविय गतिविधिलाई वातावरण मैत्रि बनाउन सके भोलि फेरि सिर्जना हुन सक्ने यी र यस्ता यावत विपत्को जोखिम अवश्य कम गर्न सकिन्छ ।

प्रजातान्त्रिक महामारी र सेतो कम्व्याटका सिपाही

दिसेम्बर १७,  २०१९ का दिन चीनको हुवेइ प्रान्तको वुहान शहरमा पहिलो पटक मानिसमा देखिएको भाइरसलाई वैज्ञानिकहरुले कोरोना भाइरस कोभिड १९ नाम दिएका हुन । कोरोना भाइरसले मानिसमा १००.४ डिग्री भन्दा बढी ज्वरो आउने, टाउको अत्यधिक दुख्ने, स्वास फेर्न कठिन हुने र फोक्सोमा असर गरि निमोनिया भएर मृत्यु हुने जस्ता लक्षणसहित छोटो समयमानै चीनको वुहानमा ८० हजार भन्दा बढि मानिस संक्रमित भए र ३२०० भन्दा बढीको मृत्यु भए संगै यो भाइरस दक्षिण कोरिया, जापान हुदै अमेरिका र युरोपका देशसहित आजका दिनसम्म आइपुग्दा विश्वका २१० देश र २ ठूला पानी जहाजमा समेत फैलिसकेको छ । एकै पटक विश्वका धेरै मुलुकमा तिब्र रुपमा फैलिरहेको यस भाइरसलाई ११ मार्च २०१९ मा विश्व स्वास्थ्य संगठनले महामारीको रुपमा घोषणा गरे संगै विश्वका सम्पूर्ण विज्ञान प्रविधि र औषधी विज्ञानले हरेक प्रयास गर्दा समेत यसको नियन्त्रण हुन सकेको छैन । चीन, दक्षिण कोरिया लगायत केही देशहरुले शुरुको चरणमै निर्ममता पूर्वक बन्दाबन्दी र अन्य उपायहरु अपनाएर नियन्त्रण पाउन सकेपनि विश्व शक्ति अमेरिका र अत्यन्तै राम्रो स्वास्थ क्षेत्र भएका युरोपियन देशहरु इटाली, स्पेन, फ्रान्स र बेलायत जस्ता देशहरु आज कोरोना भाइरसले सबैभन्दा बढी संक्रमित हुन पुगेका छन। याे लेख तयार गर्दासम्म विश्वमा कोरोनाबाट २२ लाख भन्दा बढी मानिसहरु संक्रमित भइसकेका छन भने १ लाख ५४ हजार मानिसको कोरोनाका कारण मृत्यु भइसकेका छन भने करिब ५ लाख मानिसहरु निको भएको अवस्था छ । अमेरिका सबैभन्दा बढी प्रभावित भएकाे छ । इटाली, स्पेन, फ्रन्स, जर्मनी र वेलायतमा संक्रमितको संख्या उच्चदरमा वृद्धि भएकाे छ । एशियाका देशहरु पनि यस महामारीबाट मुक्त छैनन् । एशियाका प्राय सबै देशहरु यस महामारीको चपेटामा परिसकेका छन । इरान, जापान, पाकिस्तान, भारत जस्ता धेरै जनसंख्या भएका देशहरु बढी प्रभावित भएका छन । । संक्रमित र मृतकको संख्या दिन दुइ गुणा र रात चार गुणाका दरले वृद्धि भइरहेको सन्दर्भमा कहा पुगेर रोकिने हो कुनै निश्चितता रहेको छैन । कोरोनाबाट मृत्यु हुने दर करिव ५ प्रतिशत रहेता पनि यसको संक्रमण फैलिने दर र गति अत्यन्त तिब्र रहेको छ । खास गरेर रोग प्रतिरोध क्षमता कम भएका वृद्ध र अन्य दीर्घ रोगका पीडित व्यक्तिहरुलाई कोरोनाले बढी ग्रस्त बनाउने र मृत्यु हुने गरेको छ । आज विश्व त्रस्त भएर मानव अस्थित्वको लागि कोरोना विरुद्धको खोप र औषधी निर्माणमा रात दिन नभनी लागिरहेको अवस्था छ तर पनि दुर्भाग्यबस सफलता हात लागेको छैन। रोकथाम तथा बच्ने उपाएहरु लेखक कोरोन भाइरसले विश्वका सबै कुनासम्म यात्रा गरिरहेको अवस्थामा यसको कुनै पनि औषधी र खोप समेत नभएको अवस्थामा यसको संक्रमणबाट बच्नुनै अहिलेको बुद्धिमानी हो । नयाँ प्रजातीको भाइरस भएकाले यसको बारेमा वैज्ञानिकहरु समेत अन्योलमा रहेका छन । दैनिक नयाँ नयाँ तथ्यहरु पत्ता लागिरहेको अवस्थामा विश्व भरिका मानिसको विश्वास र आशाको केन्द्र विश्व स्वास्थ संगठन नै बन्न पुगेको छ । आज हामिले विश्व स्वास्थ संगठनले दिएका सल्लाह र पूर्व सावधानिका उपाएहरु अपनाउनु नै एकमात्र बुद्धिमानी हो । विश्व स्वास्थ संगठनका अनुसार संक्रमित व्यक्तिले खोक्दा निस्किने थुकका छिटाहरुबाट, विभिन्न धातु प्लाष्टिक तथा कागजहरुमा रहेका भइरस विभिन्न माध्यमबाट स्वस्थ मानिसको हातबाट मुख नाक वा आँखामा पुग्दा, संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आउँदा कोरोन सर्ने जाेखिम बढी हुन्छ । यसरी कोरोना भाइरस सर्ने माध्यम भनेको संक्रमित व्यक्ति नै हो । तसर्थ हामी यस प्राणघातक भाइरसबाट बच्न संक्रमितको सम्पर्कमा नआउनु नै हो । विश्व स्वास्थ संगठनले कोरोनाबाट बच्नको लागि अपनाउनु पर्ने पूर्व सावधानीका लागि विभिन्न सल्लाह र सुझावहरु दिएको छ र विभिन्न देशहरुले समेत आ आफ्ना नागरिक हरुलाई शुरक्षित बनाउन जनचेतना फैलाउने उद्देश्यले सल्लाह र सुझाब हरु दिइरहेका छन । संक्रमण हुनबाट बच्न स्वस्थ व्यक्तिले सामाजिक दूरी निर्ममता पूर्वक कायम गर्ने, कुनै पनि कारणले अनावश्यक व्यक्तिको नजिकमा नजाने, बाहिर हिडडुल गर्दा मास्कको प्रयोग गर्ने, पटक पटक साबुन पानीले हात मिचि मिचि कम्तिमा २० सेकेण्ड समय लगाएर धुने काम गर्नुपर्छ । कोरोना भाइरस चिल्लो पदार्थले छोपिएर रहने हुँदा साबुनले बोसो पगाल्ने हुँदा साबुन पनिले हात धुदा कोरोना नष्ट हुन्छ । कसैसंँग भेट हुँदा हात मिलाउने वा अंकमाल गर्ने काम नगर्ने अभिवादन गर्दा नमस्तेको प्रयोग गर्ने, विना आपतकाल घरबाट बाहीर ननिस्कने, पटक पटक हातलाई आँखा नाक तथा मुखमा लैजाने कार्य नगर्ने, चिसो पदार्थ सेवन नगर्ने र तातो पानी निरन्तर पिउने, भिटामिन सि युक्त पदार्थको सेवन गर्ने, आन्तरिक रोग प्रतिरोधात्मक क्षमताको विकासमा सहयाेग पुग्ने गरी शारिरीक व्यायाम गर्ने, सन्तुलित खाना खाने, आत्मवल बलियो बनाउने, कोरोनाको बारेमा विभिन्न माध्यममा आउने अवफाहको विश्वास नगर्ने, विभिन्न बस्तु छोएपछि वा काम गरे पछि ६५ प्रतिशत अल्कोहल सहितको सेनिटाइजर प्रयोग गरी हात सफा गर्ने,  कोरोना महामारीको बारेमा आफूले जानेका कुराहरु परिवार तथा समाजका अन्य व्यक्तिहरुमा समेत फैलाउने,  आफ्नो छिमेकमा कोरोना महामारी नियन्त्रण प्रतिकुल गतिविधि भए गरेमा शुरक्षा निकायमा जानकारी गराउने कार्यले संक्रमणबाट बच्च सकिन्छ । संक्रमित वा सम्भावित संक्रमित व्यक्तिले पनि के गर्न हुने, के गर्न नहुने भनेर विश्व स्वास्थ्य संगठनले सिफारिस गरेकाे छ । आफूलाई कोरोनाको संका लागेमा तुरुन्तै अन्य व्यक्तिबाट टाढा रहने, सेल्फ क्वारेन्टायिनमा बस्ने र अरुलाई संभावित कोरोन संक्रमणबाट बचाउने, कोरोनाका लक्षणहरु उच्च ज्वरो, खोकी, टाउको दुखाइ र स्वास फेर्न असजिलो भएमा तुरुन्त स्वास्थ संस्था जाने,  स्वास्थकर्मीले सोधेका आफ्नो ट्राभल हिष्ट्री स्वास्थकर्मीलाइ बताउने, आत्मबल उच्च बनाएर स्वास्थ संस्थामा उपचार गराउने, आफूले प्रयोग गर्ने व्यक्तिगत सामाग्रीहरु अलग्गै बनाएर प्रयोगमा ल्याउने गर्नुपर्छ । विदेशबाट आएका वा विदेशबाट आएका व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिहरु अनिवार्य दुइ हप्ता क्वारेन्टाइनमा बस्नु पर्नेछ । विभिन्न देशका सरकारहरुले कोरोना नियन्त्रणका लागि अपनाउनु पर्ने पूर्व सावधानिका लागि विश्व स्वस्थ संगठनले विभिन्न सुझाव दिएकाे छ । त्यसमा कोरोना भाइरसलाई कुनै जाती वर्ग, धर्म वा रंगसँग नजोडी मानवता विरुद्धको महामारीको रुपमा ग्रहण गरी नियन्त्रणमा इमान्दार प्रयास गर्ने, देशमा मानिसको आवत जावतलाई नियन्त्रण गर्न लक डाउन वा कर्फयुको व्यवस्था गर्ने,  विदेशबाट आएका नागरिकलाई अनिवार्य एकान्त बासको व्यवस्था गर्ने, कोरोना विरुद्धको युद्धका सिपाइहरु स्वास्थकर्मीहरुको मनोवल उच्च राख्ने र शुरक्षाको व्यवस्था गर्ने, अन्तराष्ट्रिय सीमाको पूर्णरुपमा सिल गरेर आवतजावतलाई बन्द गर्ने, मानिसको सामुहिक उपस्थिति हुने गतिविधि र कार्यमाथि निषेध गर्ने, कोरोन परिक्षणका दुई विधि पिसिआर र आरडिटि विधिबाट बढी भन्दा बढी मानिसको परिक्षण गर्ने, संक्रमितसंँग सम्पर्कमा आएका व्यक्तिहरुको ट्रेसिङ्क गर्ने लगायत छन् । कोरोना माहामारीले विश्वमा पारेको असर विगतका महामारी भन्दा यो भाइरस बढी लोकतान्त्रिक देखिएको छ । सामान्यतया यस अघिका महामारीहरुले अल्प विकसित र गरिब मुलुका जनताहरु बढी प्रभावित हुने गरेकोमा यस पटक विश्वकै धनी र सभ्य मानिएका सुबिधा सम्पन्न अमेरिका र युरोपका देशहरु सबैभन्दा बढी प्रभावित भइरहेका छन । विश्व युद्ध भन्दा भयावह युद्धमा सेतो कम्व्याट लगाएका चिकित्सकले आफ्नो ज्यानको बाजी मारेर लडाइ लडिरहेका छन । चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस आज विश्वको हरेक कुनामा पुगेको छ । विगतका महामारी भन्दा यो भाइरस बढी लोकतान्त्रिक देखिएको छ । सामान्यतया यस अघिका महामारीहरुले अल्प विकसित र गरिब मुलुका जनताहरु बढी प्रभावित हुने गरेकोमा यस पटक विश्वकै धनी र सभ्य मानिएका सुबिधा सम्पन्न अमेरिका र युरोपका देशहरु सबैभन्दा बढी प्रभावित भइरहेका छन । विश्वनै आज महिनौदेखि अनिश्चतकालीन बन्दमा छ । विश्वका जनता सायद मानव इतिहासमा पहिलो पटक घरभित्र सीमित भइरहेका छन । बजार, उद्याेग, यातायात र मनोरञ्नजनका क्षेत्रहरु पूर्ण रुपमा बन्द छन् । मानिसहरु मानिससँग डराउनुपर्ने अवस्था छ । विश्वमा स्थल जल र हवाइ क्षेत्रमा समेत एकलौटी राज गरिरहेका सर्वशक्तिमान राष्ट्रहरु दैनिक हजारौँको संख्यामा आफ्ना नागरिकको जीवन गुमेको निरिह बनेर हेरिरहेका छन । विश्व युद्ध भन्दा भयावह युद्धमा सेतो कम्व्याट लगाएका चिकित्सकले आफ्नो ज्यानको बाजी मारेर लडाइ लडिरहेका छन । विश्वका सबैजसो मुलुक एकै पटक संक्रमणमा आउदा अति आवस्यक सामाग्री र औषधीको अभाव तिव्र बनेको छ । यस महामारिले गरिव देशका झोपड पट्टी देखि बेलायती राजकुमार, प्रधानमन्त्री, विभिन्न देशका शासकहरु र कलाकार अर्वपतीहरु समेत संक्रमित रहेका छन । विश्वका सम्पुर्ण क्षेत्रहरु यस महामारीका कारण प्रभावित भएका छन । विज्ञान, पैसा र प्रविधिले हारमानेको अवस्था रहेको छ । जसका नाममा मानिसहरु मर्न र मार्न तयार भएर धार्मिक युद्ध लडिरहेका हुन्थे आज भगवानले समेत मन्दिर, मस्जिद, र चर्चहरुको ढोका बन्द गरेको अवस्था छ । साच्चिकै कोरोना महामारीले विश्वमा वर्गविहिनताको अवस्था सृजना गरेको छ । आज सम्पन्न होस वा विपन्न, कालामानिस होउन वा गोरा, शिक्षीत वा अशिक्षीत, सहारीया वा गाँउले सबै समान रुपमा यसको निर्दयी प्रहार सहन बाध्य छन । मानव सभ्यतानै आफ्नै अस्थित्वको अनिश्चित कालो सुरुङ भित्र पसेको छ । विस्व स्तभ्द, चिन्तित हुँदै कोरोना विरुद्धको खोप वा औषधिको आविष्कारको सुखद खबरको व्यग्रताका साथ प्रतिक्षा गरिरहेको छ । नेपालमा कोरोना महामारी विश्व मानचित्रमा एउटा सानो अल्पविकसित गरिब मुलुक नेपालमा समेत कोरोना महामारीको चपेटामा परी सकेको छ । अरू देशकाे तुलनामा हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या थोरै नै छ । नेपालको पूर्व, पश्चिम र दक्षिणतर्फ भारत सँगको खुला सीमाना रहेकोले भारतमा कोरोना संक्रमण बढ्दा नेपालमा पनि उच्च जोखिम छ । नेपालको कमजोर स्वास्थ क्षेत्र, कम सचेत समाज र अव्यवस्थित प्रशासनिक संयन्त्रले गर्दा समेत नेपालमा संक्रमण बढेमा त्यसको क्षति अकल्पनिय हुने जाेखिम छ । संक्रमणलाई नियन्त्रण गर्न सरकारले बन्दाबन्दिको घोषणा गरी विगत करिव एक महिनादखि सम्पूर्ण देश ठप्प छ । नेपालका विभिन्न ग्रामिण क्षेत्रबाट सहरी क्षेत्रमा मजदुरी गर्ने मानिसहरु सबै भन्दा ठूलो समस्यामा परेका छन् । कोठाभित्र काम विहिन तरिकाले बन्दि जिवन विताउन भन्दा हप्तौ लामो बाटोमा पैदल यात्रामा निस्केका छन । नेपालबाट रोजगारीको लागि भारत गएका १५-२० लाख मानिसहरु नेपाल फर्कन आतुर छन । केहि मानिसहरु स्वदेश फर्कने शिलशिलामा सीमामा भारत सरकारद्धारा व्यवस्थापन गरिएका क्वरेन्टाइनमा बसेका छन भने केही नेपालको सीमा भित्र बसेका छन । लाखौको संख्यामा खाडी मुलुकमा रहेका नेपालीहरु धमाधम बेरोजगार बनिरहेका छन । शिक्षा र कामको शिलशिलामा अमेरिका यूरोप र अष्ट्रेलियामा रहेका ठूलो संख्याका नेपालीहरु कोरोना महामारीको संत्रासमा बाँचिरहेका छन । विदेशमा रहेका नेपाली मध्य केहिले कोरोना सांक्रमणका कारण ज्यान समेत गुमाइसकेका छन । नेपालको भारत सँगको सीमाना खुल्ला हुँदा र धेरै नेपाली भारतमा काम गरिरहेको अवस्थाले भारतमा कोरोना संक्रमण बढ्ने क्रमसँगै यसले नेपालमा जोखिम सिर्जना गरिरहेको छ । यस महामारीको संक्रमण समुदायमा फैलिएमा नेपलमा उपचार गर्न यहाँको स्वास्थ संरचना र जनशक्तिले कठिन छ तसर्थ विश्व स्वास्थ संगठन र नेपाल सरकारले जारी गरेका सुझावको पालना गर्दै पूर्व सावधानी अपनाउनु नै नेपाल र नेपालीको लागी सबैभन्दा बुद्धिमानी हुनेछ । कोरोना माहामारीले विश्वमा पर्ने असर कोरोना माहामारी विश्व भरी फैलिरको छ । सम्पन्न देशहरु समेत निरिह बनेर जनताको मृत्युको मौन साक्षी बनिरहेका छन । दैनिक हजारौँका दरले मानिसहरु मरिरहेकाछन । यसको समाधान र नियन्त्रणको कुनै निश्चितता छैन तर विश्वमा यस महामारीले पार्ने असरको बारेमा सोच्दा समेत कहाली लाग्दो अवश्था रहेको छ । कोरोनाको महामारीका कारण विश्वनै महिनौ देखि बन्द रहेको अवस्थामा अब विश्वमा दोस्रो विश्वयुद्ध पछिको जस्तै आर्थिक मन्दि आउने सम्भावनाको आकलन विश्व बैङ्क, संयुक्त राष्ट्रसंघले गरिरहेका छन् । विकसित देशहरुमा रोजगारीका अवसर गुम्ने छन । विश्वमा व्यापार गरिरहेका औद्याेगिक देशहरुको बजार गुम्ने छ । बैङ्कहरु आर्थिक संकटमा पर्ने छन् । विभिन्न दातृराष्ट्रहरुले विकासशिल गरिब देशहरुलाई गर्ने सहयोग कम हुनेछ । विश्वमा बेरोजगारी र गरिबी बढ्ने छ । शक्ति सन्तुलनमा परिवर्तन वर्तमानमा विश्व शक्ति बनेर एकछत्र राज गरिरहेको अमेरिका र आफूलाई तिब्र आर्थिक विकासको गतिमा अगाडी बढाउदै गरेको चीनबीच विश्व शक्तिका लागि प्रतिष्प्रधा चलिरहेको थियो । चीनले तत्कालका लागि कोरोना माहामारीमा नियन्त्रण पाउन सफल भएर आज विश्वलाई स्वास्थ सामाग्रीहरुको व्यापार गरिरहेको छ भने अमेरिकामा देनिक दुई हजार मानिस भाइरससका कारण मृत्यु भइरहेका छन । चीनले कोरोना नियन्त्रणको लागि चालेको कठोर नीति र नमूनाको आज विश्वमा प्रशंसा भइरहेको छ । कोरोना पछिको विश्वमा विश्व शक्ति र अर्थतन्त्रमा अमेरिकाको नियन्त्रण गुम्न सक्ने आकलन भइरहेको छ । विश्व अर्थतन्त्रको केन्द्र इतिहासमा पहिलो पटक एशियामा सर्ने सम्भावना देखिन्छ । चीनले आफूलाई कोरोनाबाट शुरक्षित राख्न सक्यो भने आफूलाई विश्व शक्ति सम्पन्न राष्ट्र बन्ने छ । कोरोना महामारिले विश्वमा सार्वजनिक विकासको सन्दर्भमा सरकारको सोँच बदल्न बाध्य हुनेछन । अहिलेसम्म महत्व कम पाएको स्वास्थ क्षेत्रलाई अबका दिनहरुमा स्वास्थलाई महत्व दिने क्रम शुरु हुनेछ । आर्थिक रुपमा कमजोर वर्गको स्वस्थ लाई समेत महत्व दिनको लागि स्वास्थमा लगानी वृद्धि हुनेछ । विकसित देशहरुले समेत शस्त्र अस्त्र हातहतियारलाइ छोडेर अस्पतालहरु स्वास्थ क्षेत्रमा आर्थिक लागानी बढाउने छन । नेपालमा कोरोनाको प्रभाव नेपाल जस्तो बैदेशिक सहयोग र विप्रेषणमा भरपरेको अर्थतन्त्र भएको देशमा विश्वमा पर्ने असरले प्रत्यक्ष असर गर्दछ । नेपालमा कोरोनाको असरलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ । लाखौँको संख्यामा बैदेशिक रोजगारीमा रहेका मानिसहरुले कोरोनाको कारण बेरोजगार हुँदा अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको रेमिटान्स आउन बन्द हुँदा नेपालको अर्थतन्त्रमा ठूलो असर पर्ने छ । स्वास्थ क्षेत्रलाई प्राथमिकतामा राखेर विकासको योजना बनाउने क्रम शुरु हुने छ । विश्व भरी विभिन्न देशहरुमा रहेका नेपाली युवाहरु स्वदेश फर्किने छन र रोजगारीको समस्या सृजना हुनेछ । भविष्यमा बैदेशिक रोजगारी र अध्ययन तथा बसाइका लागि बिदेश जान लालयित हुने प्रवृतिमा समेत कमी आउने देखिन्छ । नेपालमा ठूला विकासका योजना सम्पन्न आवस्यक पर्ने ठूलो मात्रामा बजेटको अभाव हुन सक्दछ । कोरोना पछीको नेपालमा गरिवी बढ्ने छ । सरकारलाई अनावश्यक खर्च कटौती गरेरै भए पनि देशको अर्थतन्त्र चलायमान गर्नुपर्ने बाध्यता रहने छ । कोरोना माहामारीबाट विश्वले सिकेका महत्वपूर्ण पाठहरु अचानक विश्वमा आइपरेको अकल्पनिय माहामारीले विश्व समूदायलाई धेरै पक्षहरुमा राम्रो सबक सिकाएको छ । भौतिक विकासले प्राकृतिक रुपमा आइपर्ने समस्याहरुसँग सामना गर्न नसक्ने कुरा यो सानो अदृश्य भाइरससँग विश्वले विकास गरेको विज्ञान प्रविधि र विकास निरह बनेर प्रमाणीत गरिसकेको छ । एटोमिक हतियारको विकास गरेर सर्व शक्तिमान हुन नसकिने तथ्य अमेरिका जस्तो विश्व शक्ति सम्पन्न राष्ट्रले दैनिक हजारौँका दरले आफ्ना नागरिकको मृत्युलाई निरिह बनेर हेर्नु पर्ने वाध्यताले महशुस गराएको छ । यो भूमण्डलीकरणको युगमा कुनै पनि देश जतिसुकै विकसित र शक्तिशाली भए पनि एक्लै शुरक्षित रहन सक्दैन । आफ्नो शुरक्षाको लागि आफ्ना वरपर भएका विपन्न र कमजोर देशहरु समेत शुरक्षित रहनु पर्दछ भन्ने गतिलो शिक्षा यस कोरोना माहामारीले विश्वलाई सिकायो । मिसाइल प्रतिरोधी क्षमता विकास गरेर आफ्नो देशको खुविया संयन्त्रमा असीमित बजेट लगानी गर्ने धनी देशहरुले समेत कोरोना भाइरसको सामू हरेस खाएबाट विश्वलाई शुरक्षित बनाउन सामुहिक प्रयास बाटमात्र सम्भव छ भन्ने पाठ विश्वले सिकेको एउटा गतिलो पाठ हो । सांस्कृति र सभ्यतालाई बुझ्ने बुझाइमा परिवर्तन यो कोरोना माहामारीले ल्याएको सकारात्मक परिवर्तन हो । आजसम्म पश्चिमा समाजलाई सभ्यताको पर्याय मानिन्थ्यो र उनीहरुले गर्ने गतिविधिहरु सभ्य कहलिन्थे । युरोपियन र अमेरिकीहरुले आफूलाई शिक्षित र सभ्य अनि हामीहरुलाई अशिक्षित र असभ्य भनेर टिका टिप्पणी हुने गरेकोमा अहिले कोरोना माहामारीको विश्वव्यापी प्रकोपपछि यसबाट बच्न अपनाउन पर्ने कतिपय आनि बानिहरु हाम्रो संस्कारका अभिन्न पक्षको रुपमा परम्परा देखिनै चलिआएका चलनहरु हुन् । हामीले गर्ने नमस्कार, हातले खाना खाने बानि जसले हामिलाइ पटक पटक हात धुन बानि पारिरहेको हुन्छ । आहार विहारका कुराहरुमा हामिहरु पहिले देखिनै वैज्ञानिक थियौँ भन्ने तथ्य अहिले प्रमाणित भएको छ । विभिन्न धर्मका अन्ध विश्वासी जमातलाई यस महामारीले गतिलो पाठ सिकाएको छ । जुन भगवानको नाममा हजारौँ निर्दोस मानिसलाई मार्न र आफू मर्न तयार हुने धर्मका ठेकेदारहरु यो संकटमा मन्दिर, मस्जिद र चर्चको ढोका बन्द गरेर आफ्नो ज्यान बचाउन लाग्दा समेत विश्वमा कयौँ धर्म गुरुहरुको कोरोनका कारण मृत्यु भइसकेको छ । आफ्ना लाखौँ अनुयायीहरु कोरोनाका कारण मृत्यु हुँदा बचाउन नसक्ने भगवानका नाममा विभिन्न युद्धलडी आफ्नो अमूल्या ज्यान फाल्नु अघि सोच्न बाध्य हुनेछन । प्राकृतिक सन्तुलनको सिद्धान्तको बोध अहिले विश्व समुदायले गरेको छ । पृथ्वीको भार क्षमता हुन्छ र हामीले गर्ने विकासका क्रियाकलापहरु पृथ्वीको भार क्षमतालाई मध्यनजर गरेर सोही अनुसार गर्नुपर्दछ भन्ने पाठ यस महामारीले विश्व समुदायलाई सिकाएको छ । अठारौँ शताब्दीका विद्धान माल्थसले आफ्नो जनसंख्या सिद्धान्तमा उल्लेख गरेको कुरालाई कोरोना माहामारीले जनमाजसमा प्रमाण सहित पुनर्ताजगी बनाइदिएको छ । विश्वमा जनसंख्या वृद्धि र उत्पादन वृद्धिमा सन्तुलन कायम हुनु पर्दछ । यो सन्तुलन गर्ने कार्य मानिसले आफै गर्नु पर्दछ । जनसंख्या वृद्धि दरको नियन्त्रण नै एकमात्र उपाय हो । यदि मानिसले जनसंख्या नियन्त्रण नगरेमा प्रकृतिले नै नियन्त्रण गर्न बाध्य हुँन्छ जुन पीडादायी र भयानक हुन्छ । अहिलेको विषम अवस्था प्रकृतिले नै जनसंख्या नियन्त्रण गरेको अवस्था हो । अव विश्वले जनसंख्या नियन्त्रण र पर्यावरण संरक्षणमा चासो पूर्वक लगानी बढाउन पर्दछ । आपसी सहयोग र सहकार्य प्रभावकारी उपाय । यस माहामारीले विश्वलाई कुनै पनि भयावह अवस्थाको सामना गर्नको लागि पैसा, हतियार र शक्ति होइन आपसी सहयोग र सहकार्यको आवस्यकता रहेको तथ्य विश्वले महासुस गरिरहेको छ । आज चीन स्वास्थ सामाग्री र जनशक्ति लिएर युरोप पुगिरहेको छ । यस विषम परिस्थितिको सामना सामूहिक प्रयासमा मात्र गर्न सकिन्छ । विश्वलाई व्यापार र शक्तिको होड र प्रतिष्पर्धा मात्र होइन मानवताको शुरक्षाका लागि सहकार्य र सहिष्णुताको आवश्यकता महसुश गर्ने छ । नेपालका सम्भावना र अवसर आज विश्व कोरोनाको माहामारीमा रुमल्लिरहेको अवश्थामा समेत विश्व कोरोना पछिका अवश्थाको बारेमा सोच विचार र छलफल समेत चलाइ रहेका छन । आशा गराैं, विश्व कोरोनाबाट मुक्ति पाउने नै छ । यसले विश्वलाई सयौँ वर्षपछि धकेल्ने र आर्थिक विकास दर न्यून र शून्य प्राय रहने प्रक्षेपण भइरहेको सन्दर्भमा नेपाल पनि यसको प्रभावबाट अलग हुन सक्दैन । हरेका समस्याले नयाँ समाधानका ढोका खोल्दछ भने जस्तै कोरोना माहामारीको अन्त्य पछि नेपालले कही नयाँ सम्भावनाको ढोका खोल्न सक्दछ । कृषिको आधुनिकीकरण विश्वका विभिन्न विकसित मुलुक र अन्य मुलुकमा कामका लागी गएका लाखौँ नेपालीहरु आफ्नो अनभवसहित नेपाल आउने छन । नेपालमा वर्षौदेखि जनशक्तिको अभावमा बन्जर भएका भूमिलाई हराभरा बनाउने कार्यमा अग्रसर भइ नेपालमा वैज्ञानिक कृषि क्रान्तिको शुरु हुनेछ । यसले नेपालमा आयातमुखी अर्थतन्त्रमा सुधार भइ देशको आर्थिक विकासमा नयाँ आयाम शुरु हुनेछ । बौद्धिक पलायनमा नयाँ सोँच आज विभिन्न कारणले नेपाल छोडेर अमेरिका, युरोप र अष्ट्रेलियामा बसोबास, रोजगारी र अध्ययनको लागि जानको लागि मरिहत्ते गर्ने प्रवृतिमा कमी आउने छ । आज कोरोनाको कहरले मानिसहरुलाई पैसा सम्पन्नता र यसको तुलनामा सन्तुष्टि र मातृभूमी नै महत्वपूर्ण भएको बास्तबिकता महसुस भइरहेको छ । नेपालबाट ठूलो संख्यामा खाडी मुलुक गएका युवाहरु स्वदेश फर्केर नेपालका विकास आयोजनामा आवश्यक योगदान गर्ने छन । विकासमा नयाँ अवधारणा नेपालमा विकासको प्राथमिकताममा स्वस्थ क्षोत्रले बढी महन्व पाउने छ । अव आगामी वर्षहरुमा प्रत्येक स्थानीय तहहरुमा अस्पतालहरु निर्माण हुने छन् । पैसामोह समेत कम हुने र जनचेतनामा वृद्धि हुनेछ । विश्वका विभिन्न देशमा गएका युवाहरु स्वदेश फिर्ता भएपछि उनीहरुको सचेतना युक्त खबरदारीले सुशासन कायम गर्न सजिलो हुने छ । आशा गराैं,  विश्वले यस महामारीबाट छिट्टै मुक्ति पाउने छ । वैज्ञानिकहरु कोरोना विरुद्धको खोप आविष्कार गर्न सफल हुनेछन। कोरोना मुक्त विश्वमा नयाँ सोँचका साथ विश्व आफ्नो पथमा अगाडी बढ्ने छ । [email protected]

पैसा, पद र यशको लालशामा

चीनको वुहानबाट शुरुभई विश्व जगतमा कोरोना भाइरसको नामबाट लाखौलाई संक्रमित पार्दै जब बुद्धको देश नेपालमा आयौ मैले समयलाई टक्क अढाए र आफैसँगको मृत्यु डरले कंक्रिट महलभित्र लुक्दै फुर्सदै फुर्सदमा खोज्नथाले म र मेरो अस्तित्व…….. फगत …………. तिमी आउनुभन्दा अगाडि….तर्साउनु भन्दा अगाडि फिक्का र शून्य रहेछ जीवन पैसा, पद र यशको लालशामा भौतिक दुनियाँको हतारोले साथी,सङ्गीनाता बीच रस्तामै छुटेछन् गाउँ बेसी पाखाँहरु वृद्ध बा आमाका बात्सल्य अबोध छोरीका कयौ मुस्कानहरु मानै एउटा युग छुटेछ र, तिमी आउनुभन्दा अगाडि….तर्साउनु भन्दा अगाडि फिक्का र शून्य रहेछ जीवन पैसा, पद र यशको लालशामा भौतिक दुनियाँको हतारोले साथी,सङ्गीनाता बीच रस्तामै छुटेछन् जीवन ओझेल परेछ प्रकाशमै जहाँ आज म खोजिरहेछु तिम्रो संत्रासभित्रको फुर्सदमा आफनै आँखी झ्यालबाट बा का चाउरी परेका निधारमा कयौं जीवन दर्शनका पुस्तकहरु ….अनि विश्व… विश्व मानचित्रमा मेरो देश म ……म हुनुको अस्तित्व सँगै कोरोना तिम्रो अब बिदाइमा कोयलीहरु गीत गाउने छन् खेतमा लहलह धानका बालाहरु झुल्नेछ कंक्रिट महल घरमा रुपान्तरित हुनेछन् जहाँ अबोध नानीहरु मुस्कुराउने छन् भडकिएको जीवनबाट नव युग सुरुहुने छ वा भनौ ……. मेरो आत्मविश्वासले तिमी पराजित हुनेछौ र बुद्ध देश घर घरबाट बुद्धत्व जन्मिने छ । जामुनगाछी-५, बिराटनगर, [email protected]

केपी ओलीलाई डोनाल्ड ट्रम्पकाे बधाई

(लघु कथा) विश्वको शक्ति राष्ट्र छिमेकी देश चीनको हुवेई प्रान्तबाट एउटा चित्कार आउँछ । त्यो चित्कार भगवानको आकाशवाणी जस्तो ब्रम्हाण्ड नै गुन्जयमान बनाउँछ । त्यो आवाजले विश्व नै स्तब्ध हुन्छ । चीनले सबै राष्ट्रहरुलाई आफू यो समस्याको समाधान गर्न सक्षम छु भनेर आश्वास्त तुल्याउँछ । तर यो यति जटिल हुँदै गयो कि उसको आफ्नो देश मात्र नभएर सारा विश्व नै यसको प्रभावमा आउन थाल्यो । आफूलाई शक्तिशाली भनाउँदा देशहरु पनि महिनौ बितिसक्दा पनि यस कोरोना भाईरसबाट मुक्ति पाउन नसकेर लाखौ मानिसहरुको मृत्यु हुन्छ । यस जटिल समस्या समाधानको लागि सबै ठूला राष्ट्र प्रमूखहरुको बैठक डाकिन्छ । त्यो बैठकको उद्देश्य “कोरोना महामारी र हाम्रो भविश्य” भन्ने नाराका साथ बहस अगाडी बढ्छ । सबै राष्ट्रको आँखा कोरोना भाईरसको उद्गम थलो चीनको छिमेकी सानो राष्ट्र नेपालतिर जान्छ । छिमेकी भएर पनि भाईरसको प्रभाव कम भएको पाउँदा सबै शक्ति राष्ट्र प्रमुखहरु नेपाल आएर जानकारी लिने निधो गर्छन । केही समय पछि प्रमुखहरुको आवागमन हुन्छ । अनी उनीहरुलाई यहाँको वस्तु स्थिति, बहुमत प्राप्त सरकार, संघीयता, लोकतन्त्र तथा समस्या पर्दा सबै राजनितिक दलहरु एकजुट हुने स्वभाव, विश्वको पुरानो इतिहास बोकेको मध्धे एक नेपाली सेना, प्रहरी, प्रशासन, संघीयतामा स्थानीय तह बलियो बनेको, साथै अवसरका लागि केन्द्रमा आएर बसेका जनताहरु स्वतस्फूर्त रुपमा सामाजिक दूरी कायम राख्न आफ्नो स्थानीय थलोमा फर्कि सहयोग गरेका कारणले आज हामी अन्यत्रको तुलनामा सुरक्षित रहेका छौ । साथै हामीलाई कुनै पनि राष्ट्रिय संकटको पूर्व जानकारी हुन्छ भन्ने कुरा जानकारी गराउँदा सबै राष्ट्र प्रमूखहरु आश्चर्य चकित हुन्छन । त्यस पश्चात प्रस्तुतकर्ताले नेपालको प्रदेश नं ३ अन्तर्गत दोलखा जिल्लामा अवस्थित दोलखा भिमसेनको बारेमा इतिहास जानकारी गराउँदा सबै राष्ट्र प्रमुखहरु यथास्थानबाट उठी ताली बजाउछन् । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल विज्ञानको युगमा अगाडी बढिरहेको भएता पनि आफ्नो धार्मिक मान्यता, तथा प्रकृतिलाई प्राकृतिक रुपमा ज्यूँदो राखि, विगतदेखि नै मानव कल्याणमा ध्यान दिएको स्मरण गराए । साथै, विश्वमा महामारीको रुपमा देखा परेको कोरोना भाईरसलाई नियन्त्रणमा राख्न सकेकोमा प्रस्तुतकर्ता नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिँदा तालीको गडगडाहटले ब्रम्हाण्ड नै गुन्जयमान हुँदा म एक्कासी निन्द्राबाट व्यूँजन्छु । आँखा भित्तामा झुन्डिएको क्यालेण्डरमा ठोक्किन्छ ! विक्रम सम्वत् २०७७ बैशाख ५ गते शुक्रबार ।  

युद्ध हारेर कोठाभित्र थुनिएकाे मान्छे

सुरक्षित तबरबाट सर्वसाधारणाकाे लागि वितरित राहात विगतमा हैजा, ज्वरो, झाडापखाला, औंलो रोग आदि विभिन्न महामारीको सामना गरेका नेपाली जनतादेखि स्वाइनफ्लु, इबोला भाइरस, जिका भाइरस आदि विभिन्न  विश्वमहामारी रोगसँग सामना गरि जित्दै आएको  विश्व मानव जाति अहिले आएर विश्वमहामारी कोरोनो भाइरससँग लडरिहेको छ। कोरोना महामारीले विश्वमानव जातिलाई शारीरिक, सामाजिक, आर्थिक, मानसिक तथा दैनिक जीवन निर्वाहमा प्रत्येक्ष प्रभाव पारेको छ। प्रकृति मानवजातिको निम्ति बरदान हुँदाहुँदै हामी मानवजाती हर जीवदेखि, व्यक्ति- व्यक्ति, समाज- समाज, राष्ट्र- राष्ट्र बीच कृतिमाताको प्रतिस्पर्धा गर्दैँ जाँदा, विश्वमा मानवजातिले नै प्रकृतिमाथि कृतिमाताले जित्न खोजिरहन लाग्दा, मानवले मानवजातिको स्वास्थ्य माथी हेलच्क्रयाँई  गर्दा, २१ औँ शताब्दी अर्थात  विज्ञान तथा प्रविधिको युगमा कोरोना भाइरस मानवजातिको अस्तित्वसंग युद्ध गरिरहेको छ। जसका कारण आज विश्व भयानक संकटमा परेको छ। ३० डिसेम्बर २०१९ मा चिनको वुहान बाट देखापरेको कोरोना भाइरस (कोभिड १९) विश्व महामारीको रुपमा विश्वभर हालसम्म २१३ देशमा देखापरी सकेको छ। विश्व स्वास्थ संगठनले कोरोना भाइरसलाई विश्वमहामारीको रूपमा ११ मार्च २०२० मा घोषणा गरिसकेको छ। विश्व स्वास्थ संगठनको पछिल्लो तथ्यांकअनुसार लेख लेख्दा सम्म विश्वमा २०,७४,५२९ लाई संक्रमण भएको र १,३९,३७८ जना कोरोना विरुद्धको लडाइमा हारेर मृत्युवरण गरिसकेका छ्न। कोरोना भाइरस हावा,पानी, बस्तु,व्यक्ति बीचको समवन्यता र सम्पर्कले सर्ने गर्दछ। कोभिड १९ एकपछि अर्को हुँदै सर्ने क्रममा नेपालमा देखापरिसकेको छ। दैनिक जसाे काेराेना संक्रमितकाे संख्या नेपालमा पनि बढ्दै गएकाे छ ।  नेपाल सरकारले २०७६ सालको फागुन अन्तिम हप्ता र चैतको पहिलो हप्तामा भारत तथा हवाई सेवा मार्फत बिदेशबाट आउने नागरिकहरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न नसक्दा भाइरस  संक्रमण तथा महामारीको लक्षण देखापरेको हो। कोरोना भाइरसले विश्वका शक्तिशाली राष्ट्रहरु अमेरिका, बेलायत, फ्रान्स लगायत युरोपेली देशहरूमा भयावह रुप लिएको छ। प्रत्येक दिन हजारौँ मान्छेको ज्यान गएको छ। नेपालको उतर छिमेकी राष्ट्र चिनले महामारी  नियन्त्रणमा केही सफलता हासिल गरेपनि भारतमा भाइरस संक्रमण बढिरहँदा र नेपालमा पनि  एक पछि अर्कोमा संक्रमण हुने अवस्था देखापर्दा नेपाललाई कोरोना महामारीबाट बचाउन नेपाल सरकारले २०७६ चैत ११ गते देखि चैत २५ गतेसम्म पहिलो पटक  र  द्रोसो पटक २०७७ बैशाख ३ गतेसम्म लकडाउन घोषणा गर्‍यो तर संक्रमण तथा संक्रमित संख्या बढिरहँदा  पटक पटक लकडाउन बढाउँदै लगेकाे छ । कोरोना भाइरस नियन्त्रणको लागि सबैभन्दा उपयुक्त कदम भनेकै लकडाउन घोषणा गरेर एकान्तमा सुरक्षित भएर बस्नु हो। हालसम्म कोरोना रोकथामका लागी कुनै औषधि तथा खोप पत्ता लाग्न सकेको छैन। छुट्टै  ग्रहको बसाई, अर्कै संसारको जिवनलाई साकार पारिरहन लागेको बिज्ञान तथा प्रबिधिको युगलाई कोरोना भाइरसले महामारी विरुद्धको खोप तथा औषधि बनाउनको निम्ति ठुलो चुनौती दिईरहेको छ। बैज्ञानिकहरु महामारी नियन्त्रणको निम्ति औषधि तथा खोपको खोजी र प्रक्षेपण गरिरहेका छ्न। कोरोना भाइरसको संक्रमण हुँदा १०४ डिग्री भन्दा उच्च ज्वरो आउने, निरन्तर हाँच्छ्यु तथा सुख्खा खोकी लाग्ने, स्वासप्रश्वास फेर्न ग्राहो हुने जस्ता लक्षणहरु देखापर्दछ्न। यो रोगको लक्षण देखापर्न संक्रमणको १४ दिन अथवा १४ दिनभन्दा बढी समय लाग्ने गरेको पाइन्छ। रोगको परिक्षण र्यापिड टेस्ट भन्दा पनि पि सि आर टेस्टबाट संक्रमित भए नभएको आधिकारिक रूपमा पत्ता लगाउन सकिन्छ। नेपालमा विभिन्न जिल्लामा पिसिआर टेस्ट लेखक अहिलेसम्म संचालन गरिएको छ। कोरोना लागेका सबैको मृत्यु नहुने तर दीर्घरोगि, बृदबृदालाई, बालबच्चालाई भने बढी प्रभाव पार्ने डाक्टरहरु बताउने गर्दछ्न। अहिलेसम्म  कोरोना भाइरसले वर्ग, वण, लिंग,भूगोल फरकफरक भएका कसैलाई छोडेको छैन । जो रोगिहरुको सम्पर्कबाट टाढा हुन्छ, रोगिको लसपसबाट टाढा हुन्छ रोगबाट बच्न उपयुक्त स्वास्थ्य उपायहरु साबुन पानीले मिचिमिची पटक पटक हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने, मान्छेको भिडभाडबाट टाढा रहने, लामाे यात्रापछि क्वारेन्टाइनमा तथा घरमै बस्ने, बाहिर निस्किदाँ मास्क प्रयोग गर्ने, व्यक्ति बीचको १ मिटरको दूरि कायम गर्ने जस्ता रोगबाट बच्ने उपाय जसले अपनाउछ, उ सुरक्षीत रहन सक्छ। रोगसँगको लडाइँमा जससँग रोगप्रतिरोधात्मक शक्ति बढी हुन्छ, दीर्घरोगहरुबाट सुरक्षीत हुन्छ र स्वास्थ्य  उपचार समयमै प्राप्त गर्छ उसले  कोरोनालाई भने जित्न सक्छ। कोरोना महामारीलाई नियन्त्रणमा ल्याउन विश्वका विभिन्न राष्ट्रहरु, विश्व स्वास्थ्य संगठन तथा विभिन्न निकाय लागिपरेका छन। अहिले विश्वका अधिकांश राष्ट्रहरुमा लकडाउन र कर्फ्यु घोषणा गरिएको छ। विकसित, विकासोन्मुख, अविकसित सबै राष्ट्रमा महामारी फैलिदा र लकडाउन घोषणा गर्दा विश्व स्वास्थ्य, सामाजिकसंगै आर्थिक संकटमा परेको छ। जसको प्रत्येक्ष प्रभाव हामीले नेपाल भित्रै भोगिरहेका छौँ। नेपालको अर्थतन्त्रको आधारहरु बस्तुको आयात र निर्यात व्यपार,वैदेशिक रोजगार, देशका विभिन्न सरकारी कामकार्य मार्फत आउने राजस्व, पर्यटन व्यवसाय, कृषि उत्पादन र बजारीकरण, यातायात, संचारका स्रोतसाधनको प्रयोग आदि आर्थिक संकलनका क्षेत्र चौपट्टै हुँदा अर्थतन्त्र धराशयी हुन पुगेको छ । एक तथ्यांकका अनुसार नेपालमा प्रति दिन साढे २ अर्बको आर्थिक घाटा हुनेगरेको पाइन्छ र यो दर अझै बढदै जाने अवस्था छ। अन्तराष्ट्रिय मुद्रा कोष (आएमएफी) का अनुसार विश्व अर्थतन्त्रमा तीन प्रतिशतले गिरावट आउने र सन १९३० भन्दा यताकै सबैभन्दा बढी गिरावट हुने जनाएको छ। नेपालको अर्थतन्त्रमा चरम संकट देखा पर्दैछ। चालू रकम अत्याधिक बढी खर्च हुने र पुँजी खर्च अत्याधिक कम खर्च हुने परिपाटीले गर्दा पुजीगत बजेट वर्षै पिच्छे फिंज भैरहन्छ। उक्त रकमलाई यतिबेला भाइरस रोकथाम र नियन्त्रणको निम्ति प्रयोग गर्नुपर्छ। लकडाउनका कारण श्रम गरि खाने, काम गरि दैनिकी टार्नेहरु भोकमरीको उच्च जोखिममा परेका छन्। त्यस्तै सहरमा अध्ययनलाई आएका विद्यार्थीहरु सँगै सम्पूर्ण नेपालीहरुको दैनिकी जोखिममा परेको छ। उनीहरुलाई राहत वितरण,खाद्यान्न, रोग नियन्त्रणलाई स्वास्थ्यकर्मी र स्वास्थ्य  उपकरणको व्यवस्थापन, क्वारेन्टाइन तथा आइसोलेसनको व्यवस्थापनको खर्चमा बजेट प्रयोग गर्नुपरेको हुँदा र देशको राजस्व, महशुल, ब्याजहरुमा केहि छुट र ढिलो जम्मा हुने हुँदा आर्थिक बचत कम र खर्च बढी हुँदा आर्थिक संकट देखापर्ने अवस्था छ। विश्वका सर्वहारा वर्गहरु बिचल्लीमा परेको छन् । नेपाल भित्र रहेका मजदूर, बिपन्न वर्गलाई राहत वितरण गरिरहँदा पनि केही ठाउँमा स्थानीय सरकारले घोटाला गरेका, वास्तविक मजदूरको पहिचान नगरी आफन्तजनहरुलाई बाँडने, पार्टीकार्यकर्तालाई बाँडने, मजदुरलाई राहत वितरण गर्दापनी निर्वाचनको भोट र राजनीतिक पार्टीको इशु जोडने गरेको देखिन्छ। त्यस्तो गैरजिम्मेवार काम गर्नेलाई कारबाही गरिनुपर्छ। केन्द्रिय सरकारले चालेका कदम राम्रो छ थप पारदर्शी तथा  प्रभावकारी बनाउनुपर्छ। देशभित्र मात्रै नभएर देश बाहिर रहेका नागरिकको जीवन निर्वाह र उनीहरुलाई बचाउनको निम्ति सरकारले अन्य राष्ट्रहरुसँग पहली कदम चाल्नुपर्ने नै हुन्छ। कोरोना महामारीबाट बच्ने र बचाउने हामी सबैको लक्ष्य हो। यस संक्रमणको समयमा विश्वका सम्पूर्ण राष्ट्रहरु कोरोना महामारी नियन्त्रणको निम्ति एक्यवद्धता भएर एकाअर्कालाई सावधानिक पूर्वक सहयोग गर्नुपर्ने समय हो। विश्व स्वास्थ्य संगठन कोरोना महामारी नियन्त्रणको लागि विश्वभर लागिपरेको छ। यस समयमा अमेरिका जस्तो पुँजीपति राष्ट्रले विश्व स्वास्थ्य संगठनलाई दिने आर्थिक सहयोग कटौती गर्ने निर्णय कोरोना विरुद्धको विश्व मानवजगतको लडाइँलाई कमजोर पार्न खोज्नु हो। जसले गर्दा विश्व स्वास्थ्य संगठनले मानवजातिको जीवन बचाउनलाई चालेको कदम माथि धक्का हो। जसले मजदूर वर्गको संख्या बढी भएको हाम्रो जस्तो देशलाई प्रत्येक्ष असर पर्नजान्छ। जतिबेला चीनमा कोरोना संक्रमण देखापरेर फैलियो त्यतिबेला विश्वका धेरैजसो राष्ट्रले कुनै मतलब राखेन्न, विश्व स्वास्थ्य संगठनले विश्व जोखिममा छ भन्दा पनि व्यवास्ता गरे, बरु भाइरसको नाममा चिनियाँ भाइरसको संज्ञा दिए । अमेरिका जस्तो राष्ट्र गम्भीर हुन नसक्दा आज विश्वमा कोरोना भाइरसको महामारीले सबैभन्दा बढी प्रभावित भएको छ। आजको अवस्थामा रहेको इटली, अमेरिका, तथा युरोपेली मुलुकहरु जस्तो भयावह रुप कुनै पनि बेला नेपालमा देखापर्न सक्छ। जतिसक्दो बढी भन्दा बढी संयमित हुनुपर्छ। नेपाली जनताहरुले सरकारले घोषणा गरेको लकडाउनलाई कार्यनयन गरि शान्त भएर बसिरहेका छ्न् तरपनि नागरिकहरुमा अत्यावश्यक सेवा र खाद्यान्नको जोखो सरकारले गरिदिनुपर्ने हुन्छ। रोगको संकट नियन्त्रणको मैदानमा भोगको संकट पैदा हुन दिनुहुँदैन। महामारी नियन्त्रणलाई दिनरात घाम, पानी, भोग, प्यास नमानी लागिपरेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी तथा स्वयंसेवकहरुलाई भने हामी सबैले सम्मान गर्नुपर्ने हुन्छ। यतिबेला विभिन्न व्यक्तिहरुले सरकारी क्षेत्रबाट लिएका विभिन्न सेवाहरु कटौती गर्दै आर्थिक मजबुतिका साथ महामारी नियन्त्रणमा केन्द्रित गर्नुपर्छ। यतिबेला मजदूर वर्ग काम गर्ने र खाने अवस्थामा नहुँदा कसले देला र खाउँला भनी मुख ताकेर बसिरहेकाछ्न। रोग नियन्त्रण कहिले हुन्छ आकलन गरेर भन्न सक्ने अवस्था छैन। खोपहरु परिक्षण  जारी नै हुँदा कोरोना महामारीले आजको यो स्थितिमा भोलि कसलाई कुन अवस्थामा पुर्याउने हो भनेर सबैमा तरंग पैदा भैइरहेको छ। विश्वमा शक्तिशाली राष्ट्र को देखिन्छ ? चीनमा फेरि कोरोना महामारी फैलिन सक्ला कि नसक्ला ? अमेरिका कुन अवस्थामा पुग्ला ? चीनको अबको कदम के होला ? युरोपेली राष्ट्रहरुको आधुनिकता कुन मार्गमा पुग्ला ? मानवजातिको जीवनमा यो भन्दा थप चुनौती झेल्नुपर्ने हो कि ? मानव अस्तित्व कुन अव्यवस्थामा पुग्ला ? जस्ता जिज्ञासाहरु विश्व राजनीतिक चेतना भएका मान्छेहरुमा उठेको छ। देशमा लकडाउन्नको समय अवधि बढिरहँदा,संक्रमितहरु फेला परिरहँदा, विश्वमा हजारौंको मृत्यु र हजारौंलाई संक्रमण बढिरहँदा विश्व मानवजाती त्रसित छ भोलि के हुने हो ? हाम्रो भविष्य के हुँदैछ ? भनेर चिन्तित छ्न्। विश्वमा रहेका श्रमजीवीहरु कहिले श्रम गरेर खान मिल्ला, स्वास्थ्यकर्मीहरु कहिले महामारी नियन्त्रणमा आउँला र दिनरातको संघर्षको मैदानबाट आराम पाउँला, सुरक्षाकर्मीहरु कहिले यो त्रसित वातावरणबाट मुक्ति मिल्ला, सञ्चारकर्मीहरु कहिले जनमानसमा गएर सूचना, सञ्चार सम्प्रेषण गर्न मिल्ला, राजनीतिकर्मिहरु कहिले जनताको बीच सभा र भेलामा गएर बोल्न मिल्ला, चालकहरू कहिले खुल्सत रुपमा सवारी साधन चलाउन मिल्ला, व्यपारिहरु कहिले निर्धक्क रुपमा व्यपार गर्न मिल्ला, बालबालिकाहरु कहिले साथिहरुसँग मिलेर खेल्न मिल्ला, विद्यार्थीहरु कहिले बिद्यालय जान मिल्ला  ? अन्य समूहरु आफ्नो जिम्मेवारी सन्तुष्टिका साथ कहिले पूरा गर्न मिल्ला भनेर भोलिलाई कुरेर बसिरेहेका छन। त्योभन्दा पनि के हामी कोरोनाबाट त जोगिन सक्छौँ ?  हामी बाँचछौँ ? भनेर चिन्ता गरिरहेका छन। यही कुरा यतिबेला नेपालि जनतासँगै विश्वभरका जनतामा खुल्दुली चलिरहेको छ। दैनिकी टार्न सहर, बजार तथा परदेश पुगेको मजदुरहरु भने अलपत्रमा छ्न्। सपनाका भारी बोकेर सहर पढ्न पुगेका गाउँका विद्यार्थीहरु पनि अलपत्रमै छ्न्। तिनहरुलाई उद्दार र राहत प्रदान स्वच्छ रूपमा गरिनुपर्छ। नेपालमा संक्रमित संख्या बढीरहँदा, हालसम्म भाइरस विरुद्धको लडाइँमा कसैले हार स्वीकार्नु परेको छैन तर कतै कुनै कमि कम्जोरिले हारिने हो कि ! भनेर विभिन्न व्यक्तिहरुले आकलन गरिरहेका छ्न। आफू पनि बचौँ अरुलाई नि बचाउ भन्ने हेतुले नेपाल सरकारले गरेको लकडाउनले भाइरस नियन्त्रणमा अत्यधिक सहयोग पुगेको छ। तर पनि दैनिकी टार्न सहर, बजार तथा परदेश पुगेको मजदुरहरु भने अलपत्रमा छ्न्। सपनाका भारी बोकेर सहर पढ्न पुगेका गाउँका विद्यार्थीहरु पनि अलपत्रमै छ्न्। तिनहरुलाई उद्दार र राहत प्रदान स्वच्छ रूपमा गरिनुपर्छ। तर कोरोना महामारीबाट बच्न र बचाउन गरेको लकडाउनका कारण भने अधिकांश मान्छे गाउँपुगे, अझै पनि गाउँजान प्रयत्न गरिरहेका छ्न। दिनहुुँ दिन हिडेर पनि गाउँ पुग्दा, गाउँ कोरोनाको जोखिममा पुगेपनि, कोरोना नियन्त्र पछि यस्तै तवरले अब मान्छे कतै सहरमुखीबाट गाउँमुखी त हुनेहैन ? अन्तिम आशा र जीवन सुरक्षाको बिन्दु गाउँ कसरी बन्न सक्यो मानवजातिको निम्ति ? के महामारी नियन्त्रणपछि  मान्छे आफ्नो गाउँ बनाउन लाग्ला ?  अहिले यो कुरा सान्दर्भिक बहस बनेको छ। गाउँ सहर देखी आत्मनिर्भर देखिएको छ। जेनतेन आफ्नो सानोतिनो खेती किसानीले रोगको संकटमा भोगभोगै मर्नुपर्ने शोकबाट सन्तोष रहन सक्ने बिम्बले गाउँ सहरभन्दा आत्मनिर्भर रहेकोे पुष्टि गरेको छ जसका कारण मान्छे गाउँतिर आकर्षित भएका छन। यसले भविष्यमा नेपाल सरकारले गाउँको उत्थान र दिगो बिकासलाई जोड दिनुपर्छ, कृषिलाई आधुनिक र आत्मनिर्भर बनाउनुपर्छ भन्ने सुझाव पनि दिएको छ। यतिबेला महामारीले बिश्व संस्कृत र परम्परालाई प्रत्येक्ष प्रभाव पारेको छ। भाइरस संक्रमणले गर्दा चाड, पर्व, उत्सवमा एक्लै हुँदा मान्छेलाई न्यार्सो लागेको छ। बिबाह, पुजा, जन्मउत्सव सबै चौपट्टै छ भने दु:खद घडी मृत्युमा पनि मान्छेको बिचमा पीडा व्यक्त गर्न र दुखिलाई सम्माल्ने कोहि नहुँदा मानवजातिलाई कोरोनाले बिश्व सामाजिक जीवन बाट एकल बनाएको छ। मान्छेले मान्छे सामु दुख र खुशी साटन नपाउँदा सामाजिकसंगै मानसिक र संवेगात्मक रूपमा ठूलो प्रभाव पारेको छ। मान्छेले मान्दै आएको धर्म संस्कार र परम्परा बन्द कोठा भित्र सीमित छ। हिजो धर्मको बादप्रतिबाद गर्नेहरू कोरोना सामुमौन छ्न। भाइरसले हिन्दुले पुजा गर्ने मठ मन्दिर, बौद्धले पूजा गर्ने गुम्बा, स्तुपा, क्रिश्चियनले पूजा गर्ने चर्च, मुस्लिमले पुजा गर्ने मस्जिद जस्ता विभिन्न धर्मले पूजाआज र प्रथाना गर्ने स्थलहरुलाई बन्द र शान्त बनाइदिएको छ। यसले गर्दा सबै धर्ममान्नेहरु बाँच्न चाहान्छ्न भन्ने आभास हुन्छ। संस्कृतिको क्षेत्रमा मात्रै नभएर शैक्षिक क्षेत्रमा पनि कोरोना महामारीले प्रभाव पारेको छ। जसका कारण भविष्यमा ठुलो मान्छे बन्ने सपना राखेका बालबालिकाहरु तथा विद्यार्थीहरुको पठपाठन बन्द भएको छ। नेपालमा यसको ठूलो प्रभाव परेको छ। नयाँ बर्ष, नयाँ जोशका साथ नयाँ कक्षामा पढने सपना सजाएका माध्यमिक तथा आधरभूत तहका विद्यार्थीहरु अहिले निराशामय छ्न। माध्यमिक शिक्षा परिक्षा एस.इ.इ  दिन एक बेलुका मात्रै कुरेर परिक्षा दिन परिक्षा स्थल आसपास पुगिसकेका विद्यार्थीहरु परिक्षा दिन नपाएर फर्किदा उनीहरु अन्यौलमा परेका छ्न। कहिले परिक्षा हुन्छ मिति सुनाईको प्रखाईमा छ्न। कक्षा ११,१२ का विद्यार्थीहरु पनि अन्यौल र त्रासमय छ्न। कलेज र विश्वबिद्यालमा पढने विद्यार्थीहरु पाठयक्रम अनुसार क्रोस पूरा नहुँदा र परिक्षा सर्दा अलमलमै परेका छ्न जसले शैक्षिक श्रेणीपास क्रममा र शैक्षिकसत्र पूर्ण अवधिमा धक्का लागेको छ। विज्ञान प्रविधिको समयमा पनि  सञ्चार नेट इनटरनेट सेवा देशभरी एकैनास नहुँदा अन्लाईन कक्षा संचालन असम्भव रहेको छ। यस्तो समस्या नेपालमा मात्रै नभएर विश्वभरका देशहरूमा देशको विकास अनुसार प्रभाव परिरहेको छ। विश्वसामु देखिएका हरेक समस्या समाधानको आधार भनेकै रोग नियन्त्रण हो। काेरोना भाइरस भन्दा पहिले इबोला, जिका भाइरस आदिले बिश्वमहामारी रुप लगेकै हुन तर किन विश्व जगत सचेत हुनसकेन? किन आधुनिकतामा दौडिरहयो ? मानव-मानवबीच बम र बारुदले युद्ध गर्न तातिरहँदा भाइरसको विरुद्धमा लडन तमतयार किन हुनसकेन? हिजो, आज हुँदै संक्रमण बढिरहेको बेला अब सरकारले थप कस्तो रणनीति ल्याउछ भनेर जनताहरु आशामा छन। विश्वमहामारी कोरोनालाई नियन्त्रणको निम्ति विश्व संयन्त्र चाल्नुपर्छ। महामारी विरुद्ध विज्ञान क्षेत्र तल्लीन हुनुपर्छ। जतिसक्यो भयानक संकटबाट विश्वलाई जोगाउनु पर्छ। विश्वमहामारी कोरोना विरुद्ध खोप तथा औषधि कतिबेला आउँछ र नियन्त्रण हुन्छ भनेर भन्न सकिने अवस्था नभएता पनि कोरोना महामारी नियन्त्रणमा ल्याउनुपर्छ तर कोरोना विरुद्ध खोप बनेपनी पूर्ण रूपमा नियन्त्रणमा ल्याउन सकिन्छ भन्ने छैन। यदि कोरोना महामारीबाट विश्वलाई बचाए पनि भविष्यमा मानवजातिको दैनिकी र व्यवहार परिवर्तन हुनसकेन भने यस्तो भाइरस संक्रमण यथावत रहनसक्छ। कोरोना भाइरस भन्दा पहिले इबोला, जिका भाइरस आदिले बिश्वमहामारी रुप लगेकै हुन तर किन विश्व जगत सचेत हुनसकेन ? किन आधुनिकतामा दौडिरहयो ? मानव-मानवबीच बम र बारुदले युद्ध गर्न तातिरहँदा भाइरसको विरुद्धमा लडन तमतयार किन हुनसकेन ? जस्ता आवज भाइरसले बिश्व समाजको सामु उठाए जस्तो भान हुन्छ। मान्छे अनुशासित नहुँदा एचआईभी  भाइरस नियन्त्रणमा आउन नसक्के यो विश्वमा के मान्छेको जीवन शैली परिवर्तन गरेर, प्रकृतिमाथिको दमन छोडेर के कोरोना जस्ता भाइरस आगामी दिनमा नियन्त्रणमा आउन सक्छन होला ? यसको नतिजा प्रतीक्षामा नै छौँ। कोरोना महामारीले कुन देश आफू भित्र कतिसम्म विकसित भन्ने कुराको संकेत गरेको पाइन्छ। बम र बारुदको प्रयोग गरि युद्ध जित्न सकिन्छ, शक्तिशाली भैइन्छ, हातहतियारको बिक्री वितरणले आर्थिक आम्दानी हुन्छ भन्नेहरुलाई यस कोरोना महामारीले तेर्सो विश्वयुद्धमा जसले यस्ता भाइरस उत्पादन र नियन्त्रण आफ्नो कब्जामा लिन्छ त्यसले युद्ध जित्न सक्छ, जसले भाइरस विरुद्ध खोप र औषधि बनाइ नियन्त्रणमा ल्याउँछ उ शक्तिशाली हुनसक्छ, जसले हातहतियार भन्दा औषाधीकाे व्यापार गर्छ उ आर्थिक आम्दानी उच्च गर्नसक्छ भन्ने संकेत देखापरेका छ्न। यदी तेस्राे  विश्वयुद्ध भयो भने अब बम, बारुद, बिमानले मात्र नभई भाइरस, जीनले पनि युद्ध हुन सकने आकलन गर्न सकिन्छ। कोरोना महामारीले पैसा भन्दा स्वास्थय  अर्थात जीवन ठूलो रहेछ भन्ने पाठ पनि सिकाएको छ। इटलिमा संक्रमणबाट बच्न सडकमा पैसा फाल्दा पनि कसैले उठाएनकाे सन्देश भाइरल भयाे । घमण्ड र अहमता कसैमा हुनुहँदैन । विश्वमा धनी रहेको अमेरिका आफ्नै घमण्ड र अहमताले आज कोरोना महामारीले सबैभन्दा बढी पीडित भएको छ। यतिबेला समाजवादी यात्रा तयार गरेका विश्वका केहि राष्ट्रहरू कम्युनिष्ट पार्टीहरू पुँजीवादी व्यवस्था भन्दा समाजवादी व्यवस्था उपयुक्त रहेको प्रमाणको खोजीमा लागेका छ्न। मानवजातिको भविष्य कोरोनाले बन्द कोठा भित्र थुनेर राखेको छ। कोरोना महामारीको अन्धकारमा उज्यालो खोपको आशामा विश्व जगतको भविष्य कुनठित भएको छ। बालबालिका, बृदाबृद, युवायुवती, विद्यार्थी, शिक्षक, नेता कार्यकर्ता, पत्रकार , लेखक, कवि, सेना, प्रहरी , डाक्टर, पाइलट, किसान, व्यपारी, विभिन्न पेसा, उमेर, लिंग आदि समूहका विश्वका आम मान्छेहरु विगतको जस्तै स्वतन्त्रता, स्वस्थता, सुन्दरता, सामाजिकता, र मनोरञ्जनको आशा सहित आफ्नो भविष्यको चिन्तन गरिरहेका छ्न। हिजो सामाजिक जीवन, स्वस्थ्य र स्वतन्त्रतामा समाजको गन्यमान्य व्यक्ति बन्ने भविष्यको सपना बोकेकाहरु आज कोरोनाको त्रासमा कोरोनाबाट बच्ने मात्रै सपना देखेका छन। यो बालबालिका तथा मानिसमा परेको मनोबैज्ञानिक प्रभावको ठोस प्रमाण हो। अहिले व्यक्ति, परिवार, समाज, राष्ट्र तथा विश्वनै कोरोनाबाट बच्न चाहान्छ। मानवजगतमा महामारीले पारेको सामाजिक,आर्थिक, सांस्कृतिक, मानसिक ,शारीरिक प्रभावलाई कम गर्न  रोग नियन्त्रणमा ल्याउनु नै पर्छ। अहिले  सम्पूर्ण राष्ट्र मिलेर महामारीको विरुद्ध शान्तमनले, त्रासविहिन भएर  लडनु उपयुक्त हुन्छ। जब हामीले कोरोना महामारीलाई जित्ने छौँ तब हामी कोरोना महामारीबाट धेरै कुराको सिको गर्दै भोलि आउने दिनमा हाम्रा दैनिकी र व्यवहारलाई हरेक भाइरसलाई जित्न सक्ने कदम चाल्दै  हाम्रो भविष्यलाई प्रकृतितर्फ केन्द्रित गर्ने प्रतिज्ञाको वाेध विश्वमानव जातिले ग्रहण गर्नुपर्ने हुन्छ। जसले गर्दा भविष्यमा हाम्रो माझ्मा कोरोना भाइरस जस्ता विभिन्न भाइरस र  रोगहरु विश्वमहामरिको रूपमा यसरी फैलिन पाउँनेछैन्न। हाम्रो भविष्यमा महामारी संकट आउनदिने छैनौँ यदि महामारी संकट देखापरे त्यसका विरुद्ध जित्न सफल हुनेछौँ भन्ने सिकाई कोरोना महामारीले मानवजातिलाई पक्कै हुनेछ। गुराँस गाउँपालिका- ७ लालिकाँडा दैलेख [email protected]

मानव जातिको घमण्ड र अभिमान माथि प्रहार

कोरोना नामको महामारी सारा विश्वभरमा फैलियो । बल्ल प्रकृतिले मानव जातिको सामर्थ्यलाई तौलियो ।। शक्तिको घमण्ड गर्ने देशको पनि होसहवासै उडी गयो । कालका लागि सबै श्रेणीका मानिस समान भएर गयो ।। आणविक शक्ति भएका देशको पनि केही जोर लागेन । धनको धाक देखाउनेबाट पनि ऊ डराई कदापि भागेन ।। दियो ठाडै चुनौती यस संसारमा मै हुँ भन्ने सबैलाई । बल्ल हार मान्ने बनाईदियो सबै वैज्ञानिक उपलब्धिलाई ।। सारा मानव जातिलाई दियो यसले अति नै धेरै कष्ट । मानव अस्तित्वमा नै ल्यायो यसले नसोचेको संकट ।। ठप्पै बनायो सबैको यसले त संसारभरको जनजीवन । आफ्नो शत्रुझै ठान्यो यसले सारा मानव जीवन ।। सारा मानव जातिलाई दियो यसले अति नै धेरै कष्ट । मानव अस्तित्वमा नै ल्यायो यसले नसोचेको संकट ।। ठप्पै बनायो सबैको यसले त संसारभरको जनजीवन । आफ्नो शत्रुझै ठान्यो यसले सारा मानव जीवन ।। एउटा सिक्काको दुईवटा पाटा सँधै अवश्य हुन्छ । सुन्दर कमलको फूल सँधै हिलोमा नै फूल्दछ ।। ढुङ्गाको काँप फोरेर नै पीपल सँधै फस्टाएर उम्रन्छ । मानिस चुप लागि घरमा बस्दा नै बाहिर प्रकृति रमाउँछ ।। आज पनि फूलहरु हिजो झैँ ढकमक्क फूल्न फूलेका छन् । टुडिँँखेलको चउरमा चीलहरुले रमाई बस्न पाएका छन् ।। वसन्त ऋतुमा कोईलीले वनमा सुमधुर गीत गाएका छन् । वनमा जीवजन्तु सबै निस्फिक्रीसँग रमाएका छन् ।। भेला भई घरमा सबैजना बात मार्न पाएका छन् मस्त । सन्तानसबै नजिकहुँदा भुलेका छन् पहिलोपुस्ताले सबै चिन्ताकष्ट ।। यन्त्रझै चलेको यो जीवनले केहीदिन बल्ल विश्राम पायो । चारैतिर वनमा फूल फूल्दा रमाईलो वसन्त ऋतु आयो ।। यही हो समय साथी हो हामी सबै प्रकृति तिर फर्कने । हाम्रो पालक प्रकृतिलाई सदैब स्याहार संरक्षण गर्ने ।। सबै जीवजन्तु वनस्पतिको महत्व र योगदानलाई बुझ्ने । वसुधैब कटुम्बकमको मन्त्रलाई संसारमा फिँजाउने ।। लेखक चीनबाट सुरु भएको कोरोना भाइरसले वर्तमान समयमा सारा विश्वलाई आक्रान्त र पीडित बनाएको छ । संसारका हरेक देश र समाज समयको विभिन्न कालखण्डमा महामारीको त्रासदीबाट गुज्रिएर आएका छन् । घुमन्ते–फिरन्ते जीवनशैलीबाट मानव समाज कृषि अर्थतन्त्रतर्फ फड्किएपछि महामारी अस्तित्वमा आएको पाईन्छ । कृषि अर्थतन्त्रसँगै स्थायी तथा घना बस्तीको विकास तथा जनावरहरुलाई घरपालुवा बनाउने चलनको थालनीसँगै महामारी अस्तित्वमा आएको पाईन्छ । बिफर,  क्षयरोग, औलो, प्लेग, दादुरा, हैजा, फ्लु , एचआईभी एड्सजस्ता सरुवा रोग मानिसले जनावरबाटै ग्रहण गरेका हुन् । पछिल्लो समय चीनको बुहानबाट फैलिएको कोरोना भाइरस पनि चमेराबाट मानिसमा सरेको बताईन्छ । कोरोना महामारीको विश्वव्यापी अवस्था भयावह रहेको पाईन्छ । दैनिक हजारौ व्यक्तिहरु यसको शिकार भई मृत्युवरण गरिरहेको समाचार निरन्तर रुपमा आईरहेको छ । युरोपीय देशहरु तथा अमेरिकालाई यसले बढी प्रताडित गरिरहेको पाईन्छ । विगतमा पनि यी देशहरुमा महामारीले विकराल रुप लिएको इतिहास रहेको हुँदा वर्तमान समयमा पनि यस कोरोना महामारीले पिरोलेको पाईन्छ । इतिहासमा विभिन्न समयमा फैलिएको प्लेग , इन्फ्लुऐन्जा तथा अन्य महमारीहरुले यस क्षेत्रमा बढी नै प्रभावित गरेको पाईन्छ । औषधीको आविष्कार तथा निर्माण अझै नभएको हुँदा यसको प्रभाव बढ्दै गईरहेको छ । मानिसहरुमा मनोवैज्ञानिक भय र त्रास दिनानुदिन वृद्धि भईरहेको छ । भय र भ्रम सिर्जना गर्ने मानिसहरुले मनोवैज्ञानिक त्रास फैलाउन खोजेको पनि पाईन्छ । संसारभरिको महामारी नियाल्ने हो भने यसले गाउँभन्दा बढ्ता सहरलाई तारो बनाउने गरेको पाईन्छ । पछिल्लो समय राज्य तथा जनता सबैको ध्यान शहरीकरणतर्फ केन्द्रित छ । महामारीको यस समयमा भौतिक पूर्वाधार लगायत सेवा सुविधा र अवसरको समुचित विकेन्द्रिकरण मार्फत गाँउलाई सुविधासम्पन्न तुल्याएर सहरको विकल्पको रुपमा प्रस्तुत गर्ने विकासको वैकल्पिक ढाँचाबारे बहस आरम्भ गर्नु पनि आवश्यक छ । नेपालमा विगतमा विफर, हैजा, लुतो, पिलो आदि तथा अन्य विभिन्न रोगहरुको महामारी फैलिई हजारौ मानिसहरुको ज्यान जाने गरेको इतिहास रहेको पाईन्छ । वर्तमान समयमा विभिन्न रोगहरुको औषधी पत्ता लागेर महामारी तथा मृत्युमा कमी आएता पनि विभिन्न समयमा रुघाखोकी तथा झाडापखालाको महामारी फैलिई मानिसहरुले ज्यान गुमाउन परेको समाचार विभिन्न समयमा आइ नै रहेको हुन्छ । महामारीसँग हामी पनि इतिहासदेखि नै परिचित रहँदै आएका छौँ । इतिहासमा हामीले महामरीको त्रासदीलाई बारम्बार बेहोर्यौ, जसको प्रभाव ऐतिहासिक दस्तावेज र हाम्रो सामाजिक मनोविज्ञानमा यत्रतत्र अभिलिखित छन् । विभिन्न ग्रहहरुको खोज तथा अनुसन्धान गरेपनि, अन्तरीक्षमा सयर गरेपनि,आखिर बस्ने त यस पृथ्वीमा नै हो । त्यसैले अन्तलोकको धेरै खोजबिन गर्नुभन्दा यस पृथ्वीको संरक्षण गर्नु र सम्पूर्ण मानव जातिको स्वास्थ्यका लागि लागीपर्नु आजको आवश्यकता र मुख्य चुनौती हो । यस महामारीले विश्व समुदायमा ल्याएको मुख्य चुनौती भनेकै विज्ञानको उपलब्धी भन्दा प्रकृतिको शक्ति तथा न्याय ठूलो भएकाले वैज्ञानिकहरुले आफूले आँफैलाई प्रमाणित गर्ने समय आएको छ । यस महामारीले नेपालको सामु पनि प्रशस्त चुनौतीहरु पेश गरेको छ । विप्रेषणमा आधारित रहेको नेपालको अर्थतन्त्र परनिर्भरतामा गईसकेको अवस्थामा अब केही सोच्नैपर्ने समय आएको छ । विभिन्न प्रकारका राजनैतिक चुनौती, सामाजिक चुनौति तथा आर्थिक चुनातीहरु यस महामारी सिर्जना गर्ने भएकाले त्यस विरुद्ध लड्न सारा विश्व एकजुट हुन आवश्यक रहेको छ । विभिन्न ग्रहहरुको खोज तथा अनुसन्धान गरेपनि, अन्तरीक्षमा सयर गरेपनि,आखिर बस्ने त यस पृथ्वीमा नै हो । त्यसैले अन्तलोकको धेरै खोजबिन गर्नुभन्दा यस पृथ्वीको संरक्षण गर्नु र सम्पूर्ण मानव जातिको स्वास्थ्यका लागि लागीपर्नु आजको आवश्यकता र मुख्य चुनौती हो । ठूलाठूला वैज्ञानिक उपलब्धिहरुको घमण्डमा मत्त भएको समग्र मानव जातिको निम्ति यो महामारी चुनौतीको रुपमा रहेको छ । साँढेको जुँधाई बाच्छालाई मिचाँई भनेझै ठूला तथा शक्तिसम्पन्न देशहरुको गल्तीको परिणाम आज सारा विश्वले भोग्नुपरेको छ । आज मानव अस्तित्व नै खतरामा परेको छ । प्रकृति भन्दा ठूलो र विद्वान यस विश्वमा कोही पनि छैन भनेर सबैले बुझ्न आवश्यक रहेको छ । आणविक शक्तिको प्रतिस्पर्धा र अत्याधुनिक हातहतियार निर्माणमा मात्र ध्यान दिदा शक्ति राष्ट्रहरु स्वास्थ्यको क्षेत्रमा पूर्णरुपले चुकेको देखिन्छ । यस महामारीले सारा विश्वमा आर्थिक हानी गरी आर्थिक मन्दी ल्याउने निश्चित रहेको छ । यसले नेपाली अर्थतन्त्रमा नराम्राे असर पार्ने निश्चित रहेको छ । विप्रेषणमा आधारित रहेको नेपाली समाज तथा अर्थतन्त्रमा यसले नराम्ररी प्रहार गर्ने निश्चित रहेको छ । विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग नगरी उपभोग क्षेत्रमा प्रयोग गर्ने प्रवृतिले गम्भिर असर पार्ने देखिन्छ । कुनैपनि देशको लागि विप्रेषण दिगो स्रोत होईन भनी बुझ्नुपर्ने समय आएको छ । यसको राम्रो उदाहरणको रुपमा हामीले दक्षिण कोरियालाई लिन सक्दछौ । दक्षिण कोरियाका जनता सन् १९६० को दशकसम्म खाडी देशमा काम गर्न जान्थे । तर पछि उनीहरुलाई विप्रेषणका बेफाईदाका बारेमा बोध भएपछि आफ्नो देशको आन्तरिक स्रोतहरुलाई परिचालन गरेर देशको विकास गरे । वर्तमान विश्वमा संसारका कुनै पनि देश सबै कुरामा आँफैमा आत्मनिर्भर छैन । अब सबै देशहरुले आआफ्नो आन्तरिक स्रोत साधनहरुको परिचालन गरेर सकेसम्म आत्मनिर्भर हुने समय आएको छ । विभिन्न कालखण्डमा देखापर्ने विभिन्न प्रकारका महामारीहरुले मानव सभ्यता र संस्कृतिमा अलग अलग असरहरु पार्दछन् । वर्तमान समयमा देखा परेको कोरोना महामारीले मानव अस्तित्व माथि नै प्रहार गरेको पाईन्छ । आणविक शक्ति तथा अत्याधुनिक हातहतियारमा प्रतिस्पर्धा गर्ने देशहरुलाई कोरोनाले गतिलो पाठ सिकाएको छ । यस महामारीले मानव जातिको भविष्य तथा अस्तित्व माथि नै चुनौती तथा प्रश्न चिह्न खडा गरेको छ । मानव जातिको घमण्ड र अभिमान माथि प्रहार गरेको छ । आणविक शक्ति र अत्याधुनिक हातहतियारको धाक दिने मानिसलाई एउटा भाइरसले फतक्कै गलाएको छ । सम्पूर्ण मानव सभ्यताको निम्ति यस महामारीको निर्मूल आवश्यक रहेको छ । मानव जातिको भविष्यमा पनि चुनौती थपिएको छ । वर्तमान पुस्ता स्वस्थ्य भएमात्रै भविष्यका पुस्ता स्वस्थ्य हुन्छ भाि आजै बुझ्न आवश्यक रहेको छ । हरेक सिक्काको दुईवटा पाटाहरु भएजस्तै यस कोरोना महामारीको नकारात्मक पाटा मात्र छैन । यसका धेरै सकारात्मक पाटाहरु पनि छन् । जसकाबारे चर्चा गर्नु आवश्यक रहेको छ । वातावरण कोलाहल मुक्त भएको छ । हावापानी स्वच्छ भएका छन् । काठमाण्डौँ सहरको मध्य भागमा अवस्थित टुँडिखेलमा चील आएर बस्नु सुखद लक्षण हो । अन्धाधुन्ध सहर विस्तारका क्रममा हामीले जीवजन्तुहरुको वासस्थान नाश कुन हदसम्म गरेका रहेछौँ भन्ने कुरा आज जीवजन्तुहरु खाली सडकमा आएर डुलेपछि थाहा पायौँ । सबै उद्योगधन्दा तथा कलकारखाना बन्द भएका कारण प्रदूषण पनि बन्द भएको छ । यो विश्व भनेको केवल मानव जातिको मात्र होईन । सम्पूर्ण प्राणी तथा वनस्पतिको पनि हो । विकासका नाममा हामीले नाश गरेका वनजंगललाई फेरी ब्युँताउने समय यही नै हो । हामी नाशेका वरपीपलका चौतारीलाई फेरी स्याहार्ने समय यही नै हो । मानिसहरु सबै घरभित्र बस्न बाध्य भएको यस समयमा बाहिर प्रकृति रमाएको छ । वायु प्रदूषण बन्द भएपछि हावा, पानी, माटो, आकाश सबै स्वच्छ र सफा भएको हामीले देख्न र भोग्न पाएका छौँ । यसबाट हामी सबैले यो अवश्य थाहा पायौ कि हामीले प्रकृतिको कति दोहन गरेर अत्याचार गरेका रहेछौ । जीवजन्तु, पशुपंक्षी आदिको बासस्थानको विनाश गरेर आफ्ना लागि मानवले जुन भौतिक निर्माणको कार्य गरेको छ त्यसमा मानवको उपस्थिति नभएपछि पुन उनीहरुले विचरण गर्नु स्वाभाविक नै हो । भारतको पञ्जावबाट दुईसय पचास किलोमिटर टाढा रहेको हिमाञ्चल प्रदेशमा अवस्थित हिमाल देखिन छाडेको ३० वर्ष भईसकेको रहेछ । कोरोनाको महामारीका कारण लकडाउन सुरु भएपछी प्रदूषण पनि बन्द भयो । जसका कारणले हिमाल प्रष्ट देखिन थाल्यो । यो कोराना महामारीको सकरात्मक पाटो हो । यो सूचना प्रविधि र हतारको युगमा कसैले कसैलाई दिने समय हुदैँनथ्यो । यो कोरोना महामारीले सबैलाई घरमै बस्न बाध्य बनाएपछी परिवारका सबै सदस्य घरमै हुने समय हो । एक अर्कालाई बुझ्ने र मायाप्रेम बाँड्ने समयको रुपमा यसलाई सदुपयोग गर्न सकिन्छ । एक पुस्ता र अर्को पुस्ता बिच हुने मत र विचार भेदलाई मेटाउन सकिन्छ । यान्त्रिकीकरण भईसकेको हाम्रो जीवनमा फेरी मानवीय मूल्य मान्यतालाई जगाँउन सकिन्छ । अघिल्लो पुस्ताबाट पछिल्लो पुस्तामा ज्ञान र जीवनउपयोगी सिप सार्ने समय पनि यही नै हो । अहिले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाबाट बच्ने मुख्य उपाय भनेकै प्राकृतिक जीवनशैली तिर फर्कनु हो । धुम्रपान , मध्यपान आदि जस्ता कुलतहरुलाई त्यागेर शाकाहार तथा सात्विक भोजन गर्नु नै उत्तम उपाय हो । वनजंगल तथा वातावरणको संरक्षण गर्नु आजको आवश्यकता हो । शुद्ध सात्विक भोजन , नियमित व्यायाम , योगाभ्यास , प्राणायाम , ध्यान आदिलै नै स्वस्थ्य जीवन जीउन सहयोग पुग्दछ । यसका साथै पारिवारिक तथा सामुदायिक सरसफाईमा पनि आवश्यक ध्यान पुर्याएमा कुनै पनि रोगव्याधिले मानिसहरुलाई सजिलै आक्रमण गर्न सक्दैन । जङ्क फुड (तयारी खाना)लाई आजैदेखि त्यागेर अघि बढ्न सक्नुपर्दछ । स्वस्थ खानपान तथा स्वस्थ रहनसहनले नै शरीरलाई स्वस्थ बनाउन सहयोग पुर्याउँदछ ।   ढिँडो, गुन्द्रुक, भुटेको मकै, भट्मास, सिस्नोको साग, गहत आदि जस्ता खाद्यपदार्थलाई विगतमा हेय दृष्टिले हेरिन्थ्यो । यसलाई विपन्न वर्गको भोजनको रुपमा लिईन्थ्यो । तर आज अवस्था फेरिएको छ । यी खाद्यपदार्थहरुको महत्व बुझेपछि सम्पन्नहरुको भान्सा तथा भोजनमा यिनीहरुले प्रवेश पाएका छन् । ढिँडो, गुन्द्रुक, भुटेको मकै, भट्मास, सिस्नोको साग, गहत आदि जस्ता खाद्यपदार्थलाई विगतमा हेय दृष्टिले हेरिन्थ्यो । यसलाई विपन्न वर्गको भोजनको रुपमा लिईन्थ्यो । तर आज अवस्था फेरिएको छ । यी खाद्यपदार्थहरुको महत्व बुझेपछि सम्पन्नहरुको भान्सा तथा भोजनमा यिनीहरुले प्रवेश पाएका छन् । घरमा मकै भुटेर खाँदा लज्जाको अनुभव गर्ने तर बाहिर भुटेको मकै पप्कर्नको नाममा किनेर खाने प्रवृति भएका व्यक्ति पनि छन् हाम्रो समाजमा । परिश्रम के्ही नगर्नाले मानिसहरुमा रोग प्रतिरोधको क्षमता दिनानुदिन घटिरहेको छ । विषादी मिश्रित दूषित खाद्यपदार्थले मानिसहरुको शरीर कमजोर बनाईरहेको छ । यही समय हो प्राकृतिक भोजन मात्र खान सुरु गर्ने । हामीले महाभारत महाकाव्यका पात्रहरुमध्ये एक पात्र अश्वत्थामाका बारेमा सुनेकै छौ । आफ्नो शक्तिको उन्मादमा उनले अभिमन्युकी पत्नी उत्तराको गर्भमा रहेको सन्तानको हत्या गर्न ब्रम्हास्त्र प्रहार गरे । जुन घोर पाप थियो । जसको परिणामस्वरुप उनको निधारमा रहेको दिव्य मणि छिनियो र अमर भए पनि सँधै पिप जमिरहने घाऊ सहित उनले जीवन बिताउनु पर्यो । यसप्रकारको अश्वत्थामा प्रवृति वर्तमान समयमा हाबी भएकाले नै कोरोना महामारीबाट सारा विश्व प्रताडित हुनुपरेको छ । आणविक शक्ति तथा अत्याधुनिक हतियारको फूर्ति गर्ने र धम्की दिने तर मानव स्वास्थ्यबारे अध्ययन अनुसन्धान नगर्ने शक्तिसम्पन्न देशहरुको गल्ती सारा संसारले भोग्नुपरेको छ । प्रकृति माथिको हस्तक्षेप र आक्रमण अब बन्द गरौँ यो पृथ्वी हामी मानव जातिको मात्र नभई सारा जीवजन्तु , चराचुरुङ्गी , कीटपतङ्ग आदिकोको साझा सम्पत्ति हो । जलचर , थलचर, नभचर सबैको । जबसम्म हामी मानव जातिले आफ्नो कर्तव्यबोध गरेर यस पृथ्वीको संरक्षण गर्ने कार्यमा लाग्दैनौ तबसम्म हामीलाई आफूले आफैँलाई विवेकशील र सर्वश्रेष्ठ प्राणी भन्ने कुनै अधिकार पनि राख्दैनौ । आणविक शक्ति प्रदर्शन र घमण्ड गरेर मात्र भोक र रोगबाट मुक्ति कदापि पाईदैन भनेर बुझ्न आवश्यक रहेको छ । आजैदेखि प्रकृति संरक्षणमा नजुटे सबैको भविष्य अन्धकार रहेको छ । आफ्नो विभिन्न आविष्कार माथि घमण्ड गर्ने मानवमाथि प्रकृतिले व्यङ्ग गरेको छ । प्राकृतिक जीवनयापन गर्ने र प्रकृतिकोे सम्मान र संरक्षण गर्नु नै आजको आवश्यकता हो । अनावश्यक डर र त्रासलाई त्यागेर उच्च मनोबलको साथ रोग र महामारी विरुद्ध सबै एकजुट भई लड्नु वर्तमान समयको माग पनि हो । प्रकृतिलाई प्राथमिकतामा राखेर विकास निर्माण गर्नु नै आजको आवश्यकता हो । यो पृथ्वी सबै प्राणीको साझा यो भनि बुझ्न आवश्यक रहेको छ । यस महामारीले एकता र भाइचाराको सन्देश पनि दिएको छ । वसुधैव कुटुम्बकमको । प्रकृतिको शक्ति र न्याय भन्दा ठूलो केही छैन भनि सन्देश दिएको छ । वैश्विक एकता नै वर्तमान समयको आवश्यकता हो । स्वस्थ भावी सन्तति हुन स्वस्थ वर्तमान पुस्ता हुन अत्यावश्यक छ भन्ने सन्देश यस महामारीले दिएको छ । यस्ता महामारी त समयसमयमा आउछन् जान्छन् तर हाम्रो आत्मविश्वास र मनोबललाई सदैब बलियो र अडिग राख्न सक्नुपर्दछ । समयको विभिन्न कालखण्डमा विभिन्न प्राकृतिक प्रकोप तथा युद्धहरुले मानिसको विनाश गरेकै हो तर पनि यसबाट नडराई मानव जाति अघि बढेकै हुन् । त्यसैले सँधै जीत मानव जातिकै हुनेछ । हामीले महामारी समय समयमा आउँछ र गुज्रिएर जान्छ भनि बुझ्नुपर्दछ । महामारीले मानवीय क्षति गराए पनि मानव जातिको समग्र अस्तित्व माथि नै धावा बोल्न चाँही सक्दैन भनेर बुझ्नुपर्दछ । महामारीको अन्त्यपछि सुनौलो भविष्य हाम्रो अगाडी अवश्य खडा हुनेछ । बालकोट, भक्तपुर [email protected]

कारुणिक अवस्थामा मानव सभ्यता

पाटन दरवार क्षेत्र समय आफ्नै गति अघि बढिरहेको थियो । मानिसहरु आ-आपनो काममा दौडधुप गरिरहेका थिए । सन् २०१९ लाई विदाइ गर्दै सन् २०२० को आगमनमा नयाँ वर्ष मनाउन आफ्नो विदाको योजना बनाउदै थिए मानिसहरु । त्यति नै बेला चीनको वुहान शहरका केही मानिसहरुमा रुघा, खोकी, ज्वरो आउन थाल्यो । त्यहाँका मानिसहरुले अघि पनि यस्तो भईरहने गरेकोले सामान्य रुपमा लिईरहेका थिए र उनीहरु स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिएर औषधी सेवन गर्न थाले तर यस पटक निको भएन । उनीहरु झन् झन् थला पर्न थाले । केही मानिसहरुमा बिस्तार बिस्तार श्वास फेर्न पनि गाहृो हुन थाल्यो र केही मानिसहरु यहि कारणले मृत्युवरण पनि गर्न थाले । यसबाट स्वास्थ्य सेवा प्रदायक निकायहरु त्रसित र चिन्तित हुन थाले र यसको बारेमा अध्ययन गर्न थाले । मानिसहरुमा नयाँ कोरोना भाइरसको कारणले त्यस्ता लक्ष्यणहरु देखा परेका र यस भाइरसलाई सखापपारी निको बनाउन रोग लागेको ब्यक्तिको रोग प्रतिरोधी क्षमतामा भर पर्ने र हालसम्म औषधी नरहेको बिषय अध्ययनले पत्ता लाग्यो । साथै यस कोरोना भाइरस एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सजिल्यै सर्न सक्ने देखियो र जीवाणु पनि वाहिरी वातावरणमा पनि धेरै समय बाच्न सक्ने र साथै संक्रमित ब्यक्तिमा भाइरस प्रवेश भई लक्षण नदेखिदा नै अरुमा सार्न सक्ने अवस्था देखियो । यिनै कारणहरुले गर्दा तीन महिना भित्र यस भाइरस विश्वभर फैलिएको छ । यस आलेख तयार पारिरहदा सम्म विश्वका २१ औं लाख मानिसहरु संक्रमित भएका छन् । एक लाख २५ हजार भन्दा बढी मानिसहरु मृत्युवरण गरिसकेका छन् । यहि अवस्था रहेमा करोडौं संक्रमित हुने र लाखौं लाख मानिसहरु मर्नु पर्ने अवस्था देखिन्छ । यसबाट जोगिन संक्रमित ब्यक्तिले प्रयोग गरेका चिज बस्तु नछुनु, संक्रमित ब्यक्तिसँग टाढा रहनु नै उत्तम उपाय हो । त्यसैले मानिसहरु एक अर्काको सम्पर्क तथा सम्सर्गबाट टाढा रहन थाले । यदि कहि कतै छोएको छ भने सुरक्षित रहन साबुन पानीले पटक पटक मिचिमिची राम्रोसँग हात धुन, सेनीटाइजर प्रयोग गर्न, पटक पटक तातोपानी पिउन र मास्क लगाएर मात्र बाहिर हिडडुल गर्न थाले । यतिले मात्र यसको संक्रमण रोकिएन । त्यसैले संक्रमण फैलनबाट जोगिन अहिले विश्वभरका मानिसहरु घरघरमा बन्दी भएका छन् । आज विश्वमा यस कोरोना भाइरस नसुन्ने सायदै होलान् । यसले विश्वका सबै भूगोल र त्यहाँका सबै मानिसहरुलाई एकै पटक भयभित बनाएको छ । मानव विकास क्रममा यो नै पहिलो घटना होला कि विश्वभरका मानिसहरु सबै एकै पटक त्रसित र भयभित भएको । अहिले यसबाट सुरक्षित हुनका लागि मानिसहरुले आफ्नो उद्योग, व्यवसाय, पेशा, काम रोकेर सुरक्षाका उपायहरु अपनाएर घरघरमा सुरक्षित बसिरहेका छन् । यस कोरोना भाइरस बिश्वभर भयंकर महामारीका रुपमा फैलिरहेको छ । आज मानव जीवन बन्दी भएको छ । यसमा मानिसका दुःखहरु पोखिन थालेका छन् । कति मानिसहरु घरपरिवारसम्म पुग्न नपाउदा लामो बन्दीले निराश र हतास भएका छन् । परिणामतः केहि मानिसहरु आफूलाई सम्हाल्न नसकिरहेको अवस्था छ । केही मानिसहरु खानेकुरा सकिएर आफ्नो घर पुग्न लामो पैदल यात्रा गरिरहेका छन् अनि भोक र प्यासले रोइरहेका छन् । कति त नाङ्गो खुट्टा पैदल यात्रा अनी खुल्ला आकासमुनी जंगल तथा बाटोमा जमिनलाई ओछ्यान र आफ्नो पाखुरीलाई सिरानी बनाएर निदाइ रहेका छन् स–साना आफ्ना लालाबालाहरुको साथमा । कति मानवहरु ती अप्ठ्यारामा परेकाहरुलाई सामाजिक दूरी कायम गर्दै सुरक्षाका उपायहरु अपनाएर सहयोग गरिरहेका पनि छन् । लेखक आज विश्व यस भाइरससँग त्राईमान भएको छ । विश्वका शक्तिशाली कहलिएका, स्वास्थ्य सेवा प्रणाली बजबुत भएका, मानव विकास सूचाङ्क उच्च रहेका, सम्मृद्धशाली कहलिएका देशहरुमा समेत दिनानु दिन हजारौ हजारको संख्यामा मानिसहरु मृत्यु पछ्याई रहेछन् । लाग्छ आज इटलीको रोम रोइरहेको छ, संसारको परी फ्रान्सको पेरिस उजाड देखिदै गएको छ, धेरैको सपना अमेरिकाको न्यूयोर्क शहर मशाटघाट झै भएको छ । यस महामारीमा सबभन्दा बढी जोखिम स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुले मोलिरहेका छन् । यस्तो कठिन अवस्थामा स्वास्थकर्मीहरु सुरक्षा उपाय अपनाई, सचेत भई दिनरात खटिरहेछन् । कतिलाई त संक्रमणले भेटेको र मृत्युवरण समेत गरेका समाचारहरु आईरहेका छन् । सलाम गर्न मन लागिरहेछ ती हातहरुलाई, जो उच्च जोखिम मोलेर सेवा गरिरहेका छन् । विश्वका प्राय मानिसहरुको मन क्षतबिक्षत भएको छ यतिबेला । विश्वका मानवहरु कल्पना नै नगरेको महामारीसँग जुधिरहेका छन् । यस महामारीले मानव जीवनमा पार्ने असर तथा चुनौतीका बारेमा सोच्दा र घोत्लिदा यो अन्य महामारी तथा अरु बेलामा भएका महामारीहरुसँग तुलना गर्न नै कठिन लाग्यो । किनकी यस महामारीले प्रभाव नपारेको कुनै मानव नै छैन । कुनै न कुनै रुपमा प्रभाव परेको छ । अनि यति चाडो यसको संक्रमण/फैलावट भयो की तीन महिनाको अवधिमा संसारभर गाँज्यो । अति नै तिब्र गतिमा रहेको विकास एक्कासी टक्क रोकिदा सबैतिर एकै पटक ठूला ठूला अप्ठ्याराहरु सामाना गर्नु पर्ने देखियो । यदि यसको औषधी र खोप बन्यो भने पनि त्यो बन्नु भन्दा अगाडि नै विश्व मानव समुदायले ठूलो मूल्य चुकाउनु पर्ने भयो । यस महामारीले कतै मानव सभ्यता नै त सकिने होइन ? मानवका मनमा प्रश्नहरु उब्जिरहेका छन् । भाइरस संक्रमित भएका सबैले मृत्युवरण गरेका छैनन् । धेरै यस भाइरससँग जुधेर तथा भाइरसलाई जितेर बाचिरहेका छन्, त्यो संख्या पनि यस आलेख तयार पार्दासम्म पाच लाख माथि रहेको छ भने धेरै मानिसहरु सुरक्षित भई जोगिईरहेका छन् । यसरी यसले अहिले नै मानव सभ्यता सखाप बनाउदैछ भन्ने अवस्था छैन तर यसले मानव विकास, अर्थतन्त्र, मानव सभ्यता तथा संस्कृति, वातावरण र जीव जगतमा गम्भिर प्रभाव पार्ने देखिन्छ र धेरै चुनौतीहरु सामाना गर्नु पर्ने अवस्था देखिन्छ । अर्थतन्त्रमा विकराल अवस्था सृजना गर्ने भएको छ । सन् २०१९ अन्ततिर सम्म विश्व व्यापार, उद्योग धन्दाको विकास, त्यसबाट हुने उत्पादन, सेवा तथा वित्तीय क्षेत्र आदि हावाको बेगसरी दौडिरहेको थियो । २०२० मार्चको अन्त्यतिर आईपुग्दा तीन महिनाको अवधिमा एक्कासी टक्क रोकिनु परेको छ । जसले कराेडाैं मानिसहरुको रोजगारी गुमेको छ । बस्तु उत्पादन हुन छोडेको छ । विश्व अर्थतन्त्रमा बारेमा के सोचौ र ? यसले अर्थतन्त्रमा विकराल अवस्था सृजना गर्ने भएको छ । सन् २०१९ अन्ततिर सम्म विश्व व्यापार, उद्योग धन्दाको विकास, त्यसबाट हुने उत्पादन, सेवा तथा वित्तीय क्षेत्र आदि हावाको बेगसरी दौडिरहेको थियो । २०२० मार्चको अन्त्यतिर आईपुग्दा तीन महिनाको अवधिमा एक्कासी टक्क रोकिनु परेको छ । जसले कराेडाैं मानिसहरुको रोजगारी गुमेको छ । बस्तु उत्पादन हुन छोडेको छ । उत्पादित सामाग्रीहरु एक ठाँउमा थन्काउनु परेको छ । यहि अवधिमा धेरै सामाग्रीहरु उपभोग मिति समाप्त भई खान अयोग्य भएका छन् । विश्व यातायात सडक भनौ,आकास भनौ, जल भनौ ठप्प छ । उद्योग ब्यावसायहरु टाट पल्टीने भएका छन् । होटल/पर्यटन सेवा क्षेत्र तथा वित्तिय सुनसान भएका छन् । जसले गर्दा प्रति घण्टा खर्वौ खर्व घाटा भई रहेको छ । यसले विश्व मानव जीवनलाई गम्भिर गरिवीतीर धकेलिएकाे छ । यस अवस्थाले विश्व अर्थतन्त्रमा गम्भिर संकट पैदा गरेको छ । समाजमा गरिवी, भोकमारी र अभाव सृजना गर्ने भएको छ । यसले विश्वका गरिव अविकसित र विकासोन्मुख देशहरु र त्यहाँका नागरिकहरु झनै जोखिममा पर्ने अवस्था रहेको छ । नेपालको अर्थतन्त्रमा पनि यस माहामारीले गम्भिर असर पार्ने देखिन्छ । विश्व बैंकले हालै गरेको प्रक्ष्येपणमा नेपालको आर्थिक वृद्धिदर दर १.५ देखी २.८ प्रतिशत मात्र हुने देखाएको छ र अझ यस भन्दा पनि कम हुने भनेको छ । यहाँ पनि विश्व समुदायमा झै सबै ठप्प छन् । जसका कारणले धेरै मानिसहरुले रोजगारी गुमाईरहेका छन् । आफ्ना उत्पादनहरु बजारमा बेच्न पाईरहेका छैनन् । गरीबहरु झनै गरिबीमा भासिने र मध्यम तथा उच्च वर्ग समेत गरिवीमा परिणत हुने अवस्था रहेको छ । नेपालको अर्थतन्त्रका आधारहरु बैदेशिक रोजगारी उच्च जोखिममा परेको छ । त्यसै गरि पर्यटन, व्यापार व्यवसाय धरासायी भएको छ । कृषि फर्महरुको अवस्था त्यत्तिकै नाजुक छ । नेपालमा त अन्तत्वगत्वा राजश्व संकलनमा असर परि राज्य सञ्चालनमा नै कठिनाई हुने अवस्था देखिन्छ । नेपाली समाजमा भोकमारी, अभाव, बेरोजगारी बढ्ने जसले गर्दा हिंशा, अपराध बढ्ने अवस्था रहेको छ । पेरिसकाे कलात्मक दरवार मानवहरुका ठाँउ, परिवेश र सोच अनुसार बिभिन्न सभ्यता र संस्कृतिहरु निर्माण भएका छन् । ती सभ्यता र संस्कृतिहरु डगमगाएका छन् यतिबेला । एक मानव अर्को मानवसँग सम्पर्कसँग भाग्नु परेको छ । जसले सभ्यता र संस्कृति धान्न कठिन भएको छ । मानिसहरुमा निरासा छाएको छ । आस्था, विश्वास र भरोसामा चोट लागेको छ । बेचैन भएका छन् मानिसहरु, आफ्नु बाबु तथा बाजे अनि परम्परा देखि गर्दै आएको कार्य गर्न नपाउँदा । उसलाई लागि रहेको छ उसको देवता रिसाउने हो कि ? कतै अर्को अनिष्ट पो हुने हो कि ? हामीलाई पनि त्यस्तै भएको छ बिस्केट अनि मछिन्द्रनाथको जात्रा गर्न नपाउदा । साच्चै बिरत्तिएका छन् मनहरु । यसले कतै हाम्रा परम्पराहरु, हाम्रा संस्कृतिहरु, हाम्रा सभ्यताहरु मासिने त होइनन् । चुनौती खडा भएको छ । कतै हाम्रा मौलिकता, हाम्रा आस्था/विश्वास, हाम्रा सम्पदा जससँग हाम्रो पहिचान जोडएको छ । तीनहरु कतै नासिने त होइनन् । मानिसहरु यति धेरै मृत्युवरण गर्नु परिरहेका छ कि उनीहरुलाई गाड्नको लागि ठाँउ अभाव देखिदैछ । जलाउनको लागि स्थान अभाव भै रहेको छ । मुर्दाघरहरुमा मानिसको लास माथि लासहरु थोपरिएका छन् । समुन्द्रमा लगेर लास फाल्नु पर्यो भने ! लेख्न पनि कलम रोकिन खोज्छ । मन भारी भएर आउछ । मन बलियो बनाएर फेरी कलम दौडाउन प्रयास गर्छु । खै के पो हुने हो ? ती दुर्घदित लासहरुले अनि समुन्द्रि तटमा बिर्सजन गरिएका मानव लास तथा कंकालहरुले वातावरण र जीव जगतको जीवन प्रकृयामा कस्तो असर पार्ने हो ? साहृै कारुणिक छन् कथाहरु । अनी मानवका व्यथाहरु । मानिसहरु यति धेरै मृत्युवरण गर्नु परिरहेका छ कि उनीहरुलाई गाड्नको लागि ठाँउ अभाव देखिदैछ । जलाउनको लागि स्थान अभाव भै रहेको छ । मुर्दाघरहरुमा मानिसको लास माथि लासहरु थोपरिएका छन् । समुन्द्रमा लगेर लास फाल्नु पर्यो भने ! लेख्न पनि कलम रोकिन खोज्छ । मन भारी भएर आउछ । यस महामारीले विश्वभरका मानवको मन चस्काएको छ । महामारीबाट बाँचेका सबैलाई झस्काएको छ । प्रविधि र सूचना सञ्चारको विकासले सबै मानवलाई खबर सुनेर मर्माहात बनाएको छ । आफ्ना प्रियसी गुमेका कथाले मानव मन रसाएको छ । मानव जातीमा आउन सक्ने निराशाले तर्साएको छ । साच्चै भावविहल भएका छौ हामी विश्व मानव समुदाय यतिबेला । महामारी पहिला पहिला पनि भएका रहेछन् । पढ्दा थाहा भयो । तर ती महामारीहरु मानव समुदायले बिर्सिएका थिए । पढे पनि त्यस युग र अहिलेको विज्ञानले गरेको चमात्कार हेरेर केही हुन्न सब समाधान छ मानवसँग भन्ने बलियो भ्रम थियो । अहिले त्यो भ्रम चकनाचुर भएको छ । मानव सभ्यता कुनै दिन कतै बिलय भएर जाने त हैन ? शंका उब्जाएको छ मानव मनहरुमा । यस महामारीले मानव जातीलाई अत्यन्त ठूलो कष्ट दिएको छ । मानिसहरुले प्रियसी गुमाएका छन् । आफ्ना प्यारा अभिभावक बाबा-आमा, हजुरवावा-हजुरआमा गुमाएका छन् । आफ्ना छोरा-छोरी गुमाएका छन् । आफन्त-साथीभाई तथा असल पथ प्रदर्शक गुमाएका छन् । भावनात्मक रुपमा भन्दा साहृै कारुणीक कथा दिएको छ यस महामारीले । मानवलाई सम्हालिन कठिन बनाएको छ । मानिसहरुको मन क्षतबिक्षत बनाएको छ । केवल याद र सम्झनाहरु मात्र रहने बनाएको छ । यति हुदा हुदै पनि, दुख कष्ट र पिडाहरुको बीचमा पनि नयाँ आशाको किरण अनुमान गर्न सकिन्छ । म त आशावादी मान्छे । जस्तो प्रकृतिले हिलो बीचमा कमलको फुल फुल्ने गराएको छ । यसले मानव जातीमा नयाँ सकल्प, कठोर त्याग र उत्कृष्ट इच्छा शक्ति पनि निर्माण गर्दछ । हामीले संसारमा हेर्यौ भने सबैले शुन्यबाट नै उचाई बढाउदै लाने हो । हामी नेपालीहरु चालिस वर्ष अघिसम्म खाद्यान्नमा आत्मनिर्भर थियौं । आज भन्दा तीस वर्ष अघि म विद्यालय शिक्षा लिदै गर्दा हाम्रो खेतबारीबाट हुने उत्पादनले खान पुग्थ्यो र बाबा आमाले केही अन्न बेच्ने पनि गर्नु भएको थियो । त्यस समयमा प्रायः आफ्नो उत्पादन मात्र खाने गरेका थियौ । अहिले हामीले खाने खाद्यान्न उत्पादन नै गर्न छोडेका छौं । विहान र बेलुका पाक्नको लागि सम्पूर्ण रुपमा अरुकोमा भर परेका छौं । उत्पादन गर्नेहरुले पनि ठूलो संख्यामा उत्पादन गरेका छैनन् । हामीसँग प्रसस्त जमिन छ अनी हामीले मानवता फर्किनेछ । याद र सम्झनाहरु कुदिनेछन् । क्रमशः आशा, भरोसाका नयाँ स्तम्भहरु पलाउनेछन् । मानवमा नयाँ आशाका किरणहरु जागृत हुनेछन् । सम्झना अनि यादलाई साहस बटुलेर दिलमा कैद गर्नेछन् र प्रेरणा अनि अठोट बनाउनेछन् । फेरी उनीहरु खुशी हुदै जानेछन् । ती असलहरु जन्मनेछन् । नयाँ मानविय युग, सहृदयपूर्ण युग आउने छ । चाहेमा सिंचाईको व्यवस्था पनि गर्न सक्छौ । त्यसैले यस महामारीले हामी नेपालीहरुलाई खाद्यान्न, फलफुल, तरकारी, दुध तथा दुध जन्य पदार्थ र माछामासुमा आत्मनिर्भर हुन सिकाउने भएको छ । नेपाली उत्पादन जसलाई हामी प्रयोग गर्दैनौ । अव बाहिरबाट नआउने भए पछि आफ्नो उत्पादन प्रयोग गर्ने हुनेछौ । हामी नेपाली आफ्नो घर मातृभूमी छाडेर प्रवासी हुन मरिहत्ते गरिरहेका हुन्थ्याैं । आफ्नो घर आगन बिर्सिएर पराइकोमा रमाउन थालेका थियौ । अब मातृभुमी फर्किएर यहाँ नै कर्म गर्न थाल्ने भएका छौ । यसले नविनतम, सुन्दर, सम्मृद्ध नेपाल निर्माणमा अवसर हुने देखिन्छ । यसले विश्व मानव जातीलाई गम्भिर सन्देश दिएर जाने भएको छ । मानवमा हुर्किरहेको अर्कमण्यता/घमण्ड घटाउने भएको छ । विज्ञानले सबै जित्न सकिन्छ भन्ने सोचाई तोडिदिएको छ । सबैलाई बिर्सिएर कुदिरहने मात्र दौडि रहने मानवलाई सोच्ने र अरुलाई हेर्ने बनाएको छ । सुविधा र सम्पन्नता हुदैमा मृत्युलाई पर सार्न नसकिने रहेछ भनिरहेको छ । मानव जातीको अन्त्य पो कुनै दिन छ कि भनेर झस्काएको छ । जती बाँचिन्छ खुशीले बाच्न, प्राप्त उपलब्धीमा रमाउन, एक आपसमा मिलिजुली रहन, एक मानवले अर्को मानवलाई सहृदय प्रेम गर्न, मिहिनेत र कर्ममा विश्वास गर्न, हिंशा अनियमितता नगर्न सन्देश दिएको छ । बेथानचोककाे एक दृय । तस्वीर gumante.com बाट आशाको किरण बनेर मानवमा मानवता फर्काईदिने भएको छ । सुविधा र सम्पन्नता सबथोक हो भन्ने मानव हैन रहेछ भन्न थाल्नेछ । माया, प्रेम, मिलिजुली भाव, आत्मियता फर्कने भएको छ । जती जीवित हुन्छन् उनीहरुको लागि नयाँ सोच जन्माएको छ । यसले नयाँ, भिन्न र भाबुक विहानी दिने भएको छ । यसले आफन्त र प्याराहरुको सम्झनामा केही गर्न प्रेरित गर्ने भएको छ । कतै प्रियसीको सम्झनामा स्तम्भ बन्नेछन् , कतै राम्रा कृति, कथा अनि संस्मरण आलेखहरु निर्माण हुनेछन्, कतै शिक्षालय, कतै खुशी बाढ्ने र सम्हालिने पार्कहरु, कतै मनमोहक पोखरी तथा जलकुण्डीहरु, कतै मानव आस्थाका धरोहरहरु यस्तै यस्तै हुनेछ कोरोना महामारी पछि । मानवता फर्किनेछ । याद र सम्झनाहरु कुदिनेछन् । क्रमशः आशा, भरोसाका नयाँ स्तम्भहरु पलाउनेछन् । मानवमा नयाँ आशाका किरणहरु जागृत हुनेछन् । सम्झना अनि यादलाई साहस बटुलेर दिलमा कैद गर्नेछन् र प्रेरणा अनि अठोट बनाउनेछन् । फेरी उनीहरु खुशी हुदै जानेछन् । ती असलहरु जन्मनेछन् । नयाँ मानविय युग, सहृदयपूर्ण युग आउने छ । फेरी नयाँ विहानी हुनेछ । आशा भरोसा र खुशीका किरणहरु लाग्ने छन । बेथानचोक गाँउपालिका -२, काभ्रेपलाञ्चोक [email protected]

आफू बचौं र अरुलाई पनि बचाऔं

विपत्ती कहिल्यै न बाजा बजाएर आउछ न कुनै पूर्व सूचना दिएर आउँछ । यसले नत कुनै धर्म चिन्छ, न कुनै जात, न कुनै धनीलाई चिन्छ न कुनै गरीब यो जति बेलानि आउन सक्छ । सबैभन्दा सचेत प्राणी मानिस भएकाले पनि बरु पूर्व तयारी गरी हामी बच्न सक्छौँ । यो विपत्ती पनि पहिलो पटक हो भन्न मिल्दैन । बरु यस्ता धेरै विपत्तीको सामना गदै विश्व अगाडि बढिसकेको छ । यति बेला बिश्व जगत नै बिषम परिस्थितिमा अर्थात संकटको घडिमा छ । कोरोना भाइरस (कोभिड–१९) को माहामारीले आक्रान्त छ । आमनागरिकहरु त्रसित बनेका छन । करिब डेढ अर्ब जनसङ्ख्या रहेको, आर्थिक हिसाबले दु्त गतिमा दौडिरहेको राष्ट्र चीनलाई नै पहिलो पटक यस माहामारीले आफ्नो पकट क्षेत्र बनायो । चीनको पूर्वी वुहान प्रान्तबाट सुरु भएको कोरोना भाईरस गत पुस (२०१९ डिसेम्बरमा) सबैभन्दा पहिला पत्ता लगाएको यस भाइरसबाट बिश्वभरी बैशाख ५ गतेसम्म मृत्यु हुनेको सङ्ख्या १ लाख ४१ हजार १ सय ८८ रहेका छन् । कोरोना भाइरस (कोभिड –१९) को माहामारीमा आफ्नो ज्यान गुमाउनु हुने प्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछु । यस माहामारीले विश्वलाई नै चुनौति दिएको छ । विश्वका शक्तिशालि मानिने राष्ट्रहरु तनाब अनि चुनौतिबाट गुज्रिरहेका छन् । कोरोना विरुद्ध लड्न हर सम्भब कसरत गरिरहेका छन् । सुरुवाति चरणमा चीनको मात्रै समस्याका रुपमा हेरिको यस माहामारी अहिले विश्वब्यापि रुपमा आतङ्क मच्चाइरहेको छ । सबै भन्दा घातक मानिएको यो रोग अझै फैलदै छ । यसले झन ठूलो माहामारी भयावह मृत्युको रुप लिइरहेको छ । विश्वका शक्तिशाली मानिने राष्ट्रहरु देखि विकासोन्मुख सम्मका राष्ट्रहरु यस माहामारीबाट ग्रसित भएका छन । आज कुनै पनि मुलु विश्वव्यापिकरणले गर्दा कुनै न कुनै हिसाबमा हरेक मुलुकसँग जोडिएर परिपूरक बन्दै आएका छन । एक राष्ट्रले अर्को राष्ट्रलाई सहयोग गर्नुको सट्टा चीनलाई ब्यङ्ग्य गर्ने राष्ट्रहरुले आफ्नो राष्ट्रमा तयारी गरेको भय यस माहामारीले भयावह संकटबाट लड्ने प्रेरणा प्रदान गरेको भए आज बिश्व जगतनै यो त्रासमा बच्नुपर्ने थिएन कि ? लेखक भारतमा समेत संक्रमणको दर निकै नै फैलिदै गएको देखिन्छ । २१ औँ शताब्दिको यो माहामारी कहाली लाग्दो छ । मानिसले प्रकृतिलाई जित्न सबै थोक बनायो । तर अझै पनि मानिस प्रकृतिभन्दा तलनै छ । प्रकृतिलाई जित्न अझै सकेको छैन । कोरोना भाइरस (कोभिड –१९) को माहामारी बाट बच्न अहिले मानिसहरु यस भाइरस सँग युद्ध लडिरहेका छन । यस युद्धसँग लड्न नियन्त्रण गर्न विश्व फाईटर बनिरहेको छ । तर प्नि यसलाई उत्कर्षमा पुर्याउन सकिरहेका छैनन । अहिले विश्वका शक्तिशाली भनिएका देशहरूलाई समेत आफ्नो पकडमा पार्न सफल भएको छ । यो कोरोनाभाइरस कस्तो जीव होला जो मृत्युलाई यती सस्तो अनि सहज बनाइ रहेको छ ? कोरोना भाइरसले सामान्य मानिसलाई मात्र होइन ठूला ठूला शासकहरूलाई पनि छोडेको छैन वेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई समेत संक्रमण पाइएको छ । विश्वलाईनै अहिले यो माहामारीले चुनौति थपेको छ । ठूला–ठूला यन्त्र र वन्दुकको आडमा आफूलाई शक्तिसालिको दम्भ देखाउने देशहरुमा समेत कोरोनाले चकनाचुर बनाईदिएको छ । यो भाइरसले गर्दा विश्वभरनै मानव मानवबीचको दूरीलाई टाडा बनाएको छ । संसारभरि २०० भन्दा बढि देशमा लकडाउनको कारण अरबौ जनसंख्या घरमै बस्न बाध्य भएका छन । विश्वमानव जगत कोलाहलबाट शान्त भएको छ । तर यसले गर्दा संसारमै गम्भीर रुपमा आर्थिक संकट र यसले निम्त्याउने सामाजिक दुरावस्थाको असरको कारण ठूलो मात्रामा गरिवी र भोकमरीको समस्या उब्जिने प्रष्टै देखिन्छ । संयुक्त राष्ट्र संघले जनाए अनुसार कोरोना भाइरस महामारीको कारण विश्वभर ५० करोड मानिसहरु गरीवीमा धकेलिने र लाखौ लाख व्यक्तिहरु बेरोजगार बन्ने आंकलन गरेको छ । इन्र्फमेसन सुपर जोनमा मानिसले पाएको विज्ञानको सफलता देखि अन्तरिक्ष माथिको विजयमा पनि आज उयाय बिहिन मनोेदशामा गुज्रिरहेको छ । विश्वले नै यस महामारीले लाखौंको मृत्यु र खर्बौ आर्थिक क्षति व्यहोर्नु परेको छ । लाखौले ज्यान गुमाउनु परेको छ । समस्याको तात्कालिन नियन्त्रण गर्न र दीर्घकालिन समाधानका लागि पनि विश्वलाई नै चुनौति थपिएको छ । संसारमै गम्भीर रुपमा आर्थिक संकट र यसले निम्त्याउने सामाजिक दुराबस्थाको असरको कारण ठूलो मात्रामा गरिवी र भोकमरीको समस्या उब्जीने प्रष्टै देखिन्छ । भारत र चीन नेपालका एकदम नजिकका छिमेकी राष्ट्र हुन । छिमेकी राष्ट्रमा भएका राम्रा तथा नराम्रा गुणहरु नेपालमा सर्नु स्वभाबिक नै हो । नेपाल पनि कोरोना भाइरसको अछुतोबाट बच्न सकेन । नेपाल पनि यस माहारीको उच्च जोखिममा रहेको छ । माघ १० गते नेपालमा पहिलो पटक कोरोना पुष्टि भएको थियो । हालसम्म नेपालमा कोरोना संक्रमण तुलनात्मक रुपमा न्युन नै छ । विदेश तथा छिमेकी देशहरुबाट आएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखेर उनीहरुलाई परिक्षण गरी घर समेत पठाएको छ । अझै धेरै व्यक्ति क्वारेन्टाइनमा छन् । सबै सीमा नाकाहरु शिल गरेको भएता पनि अझै थुप्रै व्यक्तिहरु लुकिछिपि नेपाल भित्रिने गरेका छन । ती मानिसहरु धेरै त कोरोना संक्रमित मुलुकहरुबाट नै आएका छन । विकसित देशहरुको तुलनामा नेपालमा यो संख्या निकै कम हुनुमा नेपाल सरकारले समयमै देश पूर्णरुपमा लकडाउन, अन्र्तराष्ट्रिय विमानस्थल बन्द, सीमा नाका शिलबन्द जस्ता निकै सरहानिय प्रयासहरु हुन् । अरु देशहरुबाट नेपाली जनताले पनि धेरै ठूलो पाठहरु सिकि संक्रमण फैलिन नदिन पूर्णरुपमा जनताले इमान्दारीताका साथ लकडाउनको पनि पालना गरिरहेका छन । आम जनाताको केहि यस्तो पनि बुझाई छ कि नेपालीहरुको रोगसँग लड्ने क्षमता छ र कोरोना भाइरस फैलनका लागि नेपालको वाताबरण हावापानी पनि रोक्न मद्दत गर्छ । सरसर्ती हेर्दा विश्वास पनि लाग्दछ । सामान्यतया सरुवा रोगका भाइरसहरु मौसम परिवर्तन हुने समयमा बढी क्रियाशील हुने बैज्ञानिक आधारहरुले पुष्टि गरेको छ । मौसम परिवर्तन हुने समयमै वा गर्मियाममा यस्ता माहामाहारीहरुको जोखिम आफैमा बढि हुन्छ । कोरोना भाईरस कम तापक्रम भएका ठाउँहरुमा व्यापक फैलिएको देखिन्छ कोरोना भाइरस माहामारीको असर नेपालमा पनि आर्थिक, सामाजिक, र सास्कृतिकमा क्षेत्रमा गम्भीर रुपमा असर पर्ने देखिन्छ । र, परिरहेको पनि छ । नेपालको प्रमुख आर्थिक स्रोत पर्यटन, कृषि र रेमिटयान्स भएको हुँदा पनि यो निकै प्रभाबित बनेको देखिन्छ । जसले गर्दा विदेशी मुद्रा आर्जनमा प्रभाव पार्ने देखिन्छ । लाखौँ नेपालीहरु वैदेशिक रोजगारका निमित्त विभिन्न देशहरमा जाने गरेका छन । यो महामारीको कारण सबै देशहरुमा रहेका नेपालीहरु ईमान्दारिपुर्वक आफनै कोठामा लकडाउनमा छन । उनिहरुले खाफ्नो दैनिकि जिबनमा समेत समस्या भोगिरहेका छन भने नेपालमा रेमिटयान्स नपठाउन पाएपछि रेमिट्यान्सले धानेको देशको अर्थतन्त्रमा घाटाको हिसाब किताब गर्न सकिने अवस्था नै छैन । देशले चौतर्फी घाटा बेहोर्दै छ । नेपालमा गम्भीर आर्थिक संकट देखिन्छ । यस्तै नेपालमा रहेका विभिन्न कम्पनी, संघ, संस्था बन्द हुने अबस्थामा पुगेका छन । धेरै व्यक्तिहरु बेरोजगारको चपेटामा पर्ने पनि देखिन्छ । अर्थतन्त्रलाई मजबुत बनाउन र बेरोजगारीको अन्त्य गर्ने उद्देश्यले सरकारले निकै तामझामका साथ उद्घाटन गरेको भ्रमण वर्ष २०२० मा २० लाख पर्यटन भित्रयाउने लक्ष्य लिएको पर्यटन व्यबसाय पनि नराम्ररि प्रभावित भइरहेको छ । नेपाल बहुजाति, बहुसस्कृतिक, बहुभाषिकले धनी राष्ट भएको हुदा पनि विभिन्न ठाँउहरु भ्रमण तथा अबलोकन गर्नका निमित्त पुग्ने आन्तरिक पर्यटनमा देश भित्र कै अनेक स्थानहरूमा देशबासीहरू तथा बिभिन्न ठाँउबाट आएका बाह्य पर्यटक तथा आन्तिरक पर्यटकहरु आ-आफ्नो देशमा फर्किएका छन् । मनोरञ्जनात्मक एवं अन्य उद्देश्यका साथ भ्रमणका लागि पुगेका पर्यटकहरु विभिन्न स्थानहरूमा पुग्दा उनीहरूले यातायातका साधन, होटल, रेष्टुरेन्ट, पसल, सिनेमा हल आदिको प्रयोग मार्ग गर्छन । यी सुविधाहरू स्थानीयले आन्तरिक पर्यटकहरूलाई उपलब्ध गराउँदा विभिन्न किसिमका कार्यहरू गर्नुपर्छ र यसरी विभिन्न किसिमका कार्यहरू गर्दा धेरै जनाले रोजगारी पाएका थिए । देशमा लकडाउन भए सँगै सबै चक्नाचुर भएको छ । देशका राष्ट्रिय गौरवका आयोजनाहरु अलपत्र परेका छन । तीव्र रुपमा भईरहेका पूर्वाधार विकास निमार्णहरु एकाएक रोकिएका छन । ठूला कम्पनीहरु, उद्योग, व्यापार, उत्पादन, विद्यालय, शिक्षालयहरु बन्द छन । देशको सेयर बजार ओरालो लागिसकेको छ । हवाई उडानहरु बन्द छन् । गरीव, मुलुकको सूचीमा रहेको नेपालको अर्थतन्त्रमा निकै ठूलो धक्का परेको छ । नेपालको मुख्य पेसा कृषि भएको र धेरे कृषि पेशामा नै आश्रित रहेको हुदा पनि यतिबेला कृषकहरुले आफ्नो उत्पादित सामानलाई बजारसम् पुर्याउन नपायर ठूलो घाटा बेहोरिरहेका छन । यस माहामारीको डरले कृषकहरुले आफ्नो लगाएको अन्न बालि पनि भित्रयाउन पाएका छैनन । जसले गर्दा बैंकबाट लिएको ऋण र ब्याज तिर्न नसक्ने अवस्था सिर्जना भैरहेकोछ । डडेलधुरामा काेराेना जाँच हुँदै कोरोनाभाइरसले जनमानसमा डर त्रास फैलाएको र यो रोगबारे हामी सबैमा सही ज्ञान पनि हुनु आवश्यक छ । यो रोगको सङ्क्रमण देखापरेको व्यक्ति र अन्य सबैले उचित सल्लाह समयमा नै पाएमा यो रोगले भयानक रूप समेत लिन पाउँदैन । हालसम्म उपचारको उपाय फेला नपरेको कोरोनाको संक्रमण एकबाट अर्को व्यक्तिमा द्रूत गतिमा फैलिइरहेको छ । रोगका बारेमा समुदायमा व्यापक जनचेतना जगाउनुपर्छ । बढी भीडभाडमा नजाने, मुखामुख कुराकानी नगर्ने, अनावश्यक रूपमा घर बाहिर जनसम्पर्कमा नजाने र अनावश्यक यात्रा नगर्ने, जथाभावी नथुक्ने, अन्य अवस्थामा स्वस्थकर बानी व्यवहार अपनाउने, पाखुराको साइडमा खोक्ने वा हाछयुँ गर्ने, अण्डा तथा मासु राम्रोसँग पकाएर मात्र खाने लगायतका जनचेतनालाई व्यापक बनाउनुपर्छ । कोरोनाको कडा महामारी भएको अवस्थामा जात्रा, उत्सव, मेला पर्व, भोजभतेरको आयोजना नगर्ने, स्कुल, कलेज बन्द गर्ने, एक र अर्को व्यक्ति कमसेकम १ मिटरको दूरीमा मात्र बस्ने जस्ता उपाय अबलम्बन गर्न सकिन्छ । रोगको उत्तम उपचार नै अनावश्यक मानव संसर्गमा नियन्त्रण र नियमित व्यक्तिगत सरसफाई हो । यसको रोकथामका लागि भनेर अहिले विश्वभरिनै मानिसको आवागमन र जमघटमा नियन्त्रण गरिएको छ । यो रोगबाट बच्न मास्कको प्रयोग सावधानीपूर्वक गर्नु र पटक पटक हात धुनु नै सबैभन्दा राम्रो रोकथाम र नियन्त्रणको विधि हो । मास्कको पनि सही तरिकाले प्रयोग गरी नष्ट गर्नुपर्छ । रोगका चिह्न र लक्षण देखिनासाथ तुरुन्त जँचाइहाल्न ुपर्छ । त्यस्तै, समयमै रोगको पहिचान गर्ने र रोगी व्यक्तिलाई अलग्गै कोठामा राख्नुपर्छ । सरसफाइमा निकै ध्यान दिनुपर्छ । अनावश्यकरूपले घरीघरी नाक मुखमा हात नलैजाने र व्यक्तिगत आनीबानीमा समेत सुधार गर्नुपर्छ । पशु, मानव र पारिस्थितिक प्रणाली या प्रकृतिको स्वास्थ्य एक आपसमा बलियोसँग जोडिएको सत्यलाई हामी सबैले बुझ्नु जरूरी छ । जलवायु परिवर्तन, बाक्लो मानव वसोबास मानिस तथा विभिन्न सरसामानको दूर्त आवागमन र ओसारपसारले विभिन्न सरूवा रोगको प्रकोप बढाउन अझ मद्दत पुर्याएको देखिन्छ । सरकारको प्रमुख दायित्वनै आफ्ना नागरीकको जीवन रक्षा गर्नु हो । घातक सरूवा रोगको महामारीको आपतकालिन समयमा संक्रमितलाई बचाउनु र संक्रमण फैलिन नदिनु नै पहिलो र सबैभन्दा महत्वपूर्ण कार्य हुन्छ । तत्काललाई कोभिड–१९ रोगीको उपचार रोगको रोकथाममा केन्द्रित हुनु स्वभाविक भएपनि दीर्घकालमा यो र यस्ता खाले रोगबाट मानव जीवनको रक्षा गर्न यस्ता रोगका मूल कारण र स्रोतहरुको बारेमा विशेष ध्यान दिनु बढी आवश्यक देखिन्छ । पशु, मानव र पारिस्थितिक प्रणाली या प्रकृतिको स्वास्थ्य एक आपसमा बलियोसँग जोडिएको सत्यलाई हामी सबैले बुझ्नु जरूरी छ । जलवायु परिवर्तन, बाक्लो मानव वसोबास मानिस तथा विभिन्न सरसामानको दूर्त आवागमन र ओसारपसारले विभिन्न सरूवा रोगको प्रकोप बढाउन अझ मद्दत पुर्याएको देखिन्छ । वन जंगलको जथाभावी विनास रोक्न जनावर विषेश गरेर जंगली जनावरको मासुको उपभोग तथा ओसारपसारमा नियन्त्रण गर्न जरुरी छ । व्यवस्थित शहरको विकास गर्न सके विभिन्न किसिमका सरूवा रोगको महामारीबाट मानव समुदायलाई सजिलै बचाउन सकिने देखिन्छ । तर, हालको मानव समाजमा प्रकृति माथिको जीत नै मानवको हीत भन्ने सोच हाबी भएको पाइन्छ । मानव जीवनशैली अझ बढी अप्राकृतिक हुँदै गएको देखिन्छ । आफू प्रकृतिको एउटा अंश मात्र हो भन्ने वास्तविकतालाई भुलेर आजको मानव आफ्नै धुनमा पृथ्वीको अधिकांश क्षेत्रको सबैजसो स्रोतको अन्धाघुन्ध दोहन बढेको छ । मानव र प्रकृतिको स्वस्थ सम्बन्धबाट मात्र स्वस्थ्य, सभ्य र संबृद्ध समाजको निरन्तरता सम्बभ छ । त्यसैले मानव जाति र सभ्यताको निरन्तर प्रगतिका लागि प्रकृतिमाथिको हालको मानव सोच र व्यवहारमा परिवर्तन हुनु जरूरी छ । सर्वप्रथम त मलाई कोरोना लाग्न दिने छैन । यदि मलाई कोरोना लाग्यो भने पनि आफ्नो घरपरिवार छिमेकिलाई लाग्न दिने छैन भन्ने संकल्पका साथ अगाडि बढ्नु पर्नै देखिन्छ । कोरोना सङ्क्रमणबाट प्रभावितहरुलाई हामी सक्दो सहयोग गर्ने छौँ । सर्वसाधारण नागरिकले पनि आ–आफ्नो ठाँउबाट यो कोरोना माहामारी रोकथाम र नियन्त्रणका लागि सरकारका निर्णयहरुको सहिरुपले पालना गरौं । घरमैं बसौं, स्वस्थ्य रहौं । यो महामारी बेलामा जनताको जीउधनको सुरक्षा गर्न सरकारलाई सबैको साथ र सहयोग चाहिन्छ । हालसम्म सरकारको कदमलाई जनसमुदायबाट सहयोग प्राप्त भएकोनै देखिन्छ । अहिलेको सन्त्रासपूर्ण रोगको कारक तत्व कोरोना भाइरस कोभिड–१९ बाट बच्न, रोग छिटो छिटो पत्ता लगाउन र उपचार गर्न सबैले केहि संकल्प लिनुपर्ने देखिन्छ । सर्वप्रथम त मलाई कोरोना लाग्न दिने छैन । यदि मलाई कोरोना लाग्यो भने पनि आफ्नो घरपरिवार छिमेकिलाई लाग्न दिने छैन भन्ने संकल्पका साथ अगाडि बढ्नु पर्नै देखिन्छ । कोरोना सङ्क्रमणबाट प्रभावितहरुलाई हामी सक्दो सहयोग गर्ने छौँ । रोगको शीघ्र रोकथामको अभियानमा सम्पूर्ण व्यक्तिहरुलाई सहभागी गराउनेछौँ । हामीले हाम्रा परिवार, साथी र समुदायलाई कोरोनासम्बन्धी सही सूचना र स्वास्थ्य शिक्षा दिनेछौँ । प्राकृति स्रोत, साधन र मानव श्रमको दोहन र शोषण गरेर कुनै पनि मुलुक समृद्ध र सुरक्षित हुन सकिन्छ भन्ने विश्व प्रभुत्ववादी सोचलाई कोरोनाभाइरस कोभिड–१९ले पराजित गरेको छ । तसर्थ चाइनिज भाइरस मात्र नभनी सबै शक्तिराष्ट्रका शासकहरू एकठाउँमा उभिई मानव जातिको रक्षको निम्ति यस भाइरसको भ्याक्सीन पत्ता लगाई शताब्दिकै ठूलो महामारीलाई जित्नु पर्ने देखिन्छ । बैशाख ५, डडेल्धुरा [email protected]

प्राथमिकतामा व्यक्तिगत सिर्जनशीलता र आत्मनिर्भर समाज

चीनको वुहानमा पहिलो पटक नोभल कोरोनाभाइरस रोगको पहिचान गरिएको थियो। यसलाई हाल कोरोनाभाइरस रोग २०१९ (अर्थात कोभिड-१९) नामाकरण गरिएको छ जसमा ‘को’ ले कोरोना र ‘भि’ ले भाईरस भन्ने जनाउँछ। यस भन्दा पहिले यो रोगलाई ‘२०१९ नोभल कोरोना भाइरस’ वा ‘२०१९-एन-कोभि’ भन्ने गरिएको थियो। कोभिड-१९ भाइरस एक परिवर्तित स्वरुपको भाइरस हो जसलाई सिभियर एक्युट रेस्पिरेटोरी सिन्ड्रम (सार्स) र सामान्य प्रकारका रूघाखोकीसँग पनि सम्बन्धित मानिएको छ। डा. ली वेनलियाङले वुहानमा सबैभन्दा पहिला कोरोनो भाइरस पत्ता लगाएका थिए । एक सङ्क्रमित  महिलाको  उपचार गर्दा उनलाई पनि यो सर्‍यो। त्यसैबाटै उनको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले  पुष्टि गर्यो । पत्रकार सम्मेलनमा डब्लुएचओका अधिकारीहरुले भने, ‘हामी डा. ली वेनलिङ गुमाएकोमा धेरै दुःखी छौं ।’ बास्तवमा हामीले उहाँलाई गुमायौ। बेलैमा उहाँको  सन्देशलाई चीन सरकारले बुझ्न सकेन अनि मृत्युमा दुःखी भयो। भनिन्थ्यो उनी कोरोना भाइरसबारे केही भन्न चाहान्थे तर भन्न पाएनन्। कोरोना महामारीको विश्वव्यापी अवस्था चीनको बुहानबाट सुरु भएको कोरोना भाइरस बेइजिङ, मकाउ, ताइवान हुँदै  अमेरिका, अष्ट्रेलिया, थाइल्यान्ड, दक्षिण कोरिया,इटाली ,स्पेन लगाएत बिश्वका अधिकांस देशमा फैलिएर महामारीको रुप लिएको छ। यो लेख तयार गर्दा (अप्रिल १७) सम्म गुगल कोरोनोभाइरस म्याप अनुसार कोभिड -१९ बाट बिश्वमा २,१५३,६२० जना संक्रमित छ्न् भने ५,४२,१४३ उपचार पछि निको भएका छ्न् भने १,४३,८४४ मानिसहरूको मृत्यु भएको छ। अमेरीकामा सबैभन्दा बढि ६,७५,२४३  जना संक्रमित छ्न् भने ५५,५६१  जना रोग उपचार पछि निको भएका छ्न् भने ३४,५६२ जनाको मृत्युु भएको छ। त्यस्तै इटालीमा १,६८,९४१ संक्रमित छ्न्  भने ४०,१६४ को उपचार पछि निको भएका छ्न भने २२,१७० को मृत्यु भएको छ ।त्यस्तै  स्पेनमा १८५,३०९ संक्रमित छ्न् ७४,७९७ निको भएका छ्न् भने १९,५१६ को मृत्यु भएको छ। यस महामारीले विश्वभरका सबै जसो देशहरूमा व्यापक मानवीय र आर्थिक क्षति गरेको छ। लेखक विश्वका एक के एक धनी राष्ट्रहरु अमेरिका, इटाली,स्पेन लगायत थुप्रै देशहरु कोरोना भाइरसको महामारी रोक्न असफल भएका छ्न। सरुवा रोगले मरिदैन भन्ने यूरोप र अमेरिका कोरोना अघि निरीह भए। अफ़्रिका र एसियाले पनि घुडा टेक्न लागेको छ। उच्च स्तरको स्वास्थ्य सेवा र सुबिधा सम्पन्न देशहरू  कोरोना भाइरस सामु शक्तिहिन भएर घूँडा टेक्न बाध्य भएका छ्न् । संसारलाई  कोरोनाले यसरी टक्‍क रोकिदिएको छ। अनि बिज्ञान र प्रविधि छ्क्क परेको छ । जुन काम अरू कसैले गर्न सक्दैन। यद्यपि थुप्रै देश र सयौं बैज्ञानिकहरु कोरोना भाइरस विरुद्धको औषधि र खोपको आविष्कारको लागि लागिपरेका छ्न् । तर ठोस परिणाम आएको छैन्। विश्वको अर्थतन्त्र लगातार ओरालो लागेको छ। जसले आर्थिक मन्दी र संकट भित्रिने निश्चित भएको छ। अत्यन्तै धेरै आर्थिक, मानविय र सामाजिक क्षति भएको छ । अझै हुनेवाला छ। कोरोना महामारीले पुँजीवादको पुरानो रूप ध्वस्त होला जस्तो  छ । आत्मनिर्भरता र ब्यक्तिगत सिर्जनशिलता अगाडि आएको छ। समाजवादको हालत पनि राम्रो छैन् । आधुनिकवाद, भौतिकवाद र वैज्ञानिक आविष्कार पनि हायल कायल अवस्थामा पुग्दै छन् । विज्ञानको यो मार्ग, हातहतियारको होडबाजी र विश्वव्यापीकरणको अन्त्यको संकेत दिदैछ । तर, इन्टरनेट र सामाजिक सञ्जालको व्यापक विकास भएको छ।प्रभावकारी सूचनाको यूग सिर्जना गरेको छ र  खास सन्देश दिएको छ। कोरोना महामारीमा नेपालको अवस्था नेपालमा पहिलो  कोरोना संक्रमित आजभन्दा चार महिनाअघि नै चीनबाट आएका एक  नेपाली युवामा देखिएको थियो । जो निको भएर घर फर्किएका छ्न्। चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएर  ‘सेल्फ क्वारेन्टाइनमा’ बसेकी युवतीलाई  चैत्र १० गते सोमबार कोरोना पोजेटिभ देखिए संगै  उनी दोस्रो कोरोना संक्रमित हुन् पुगिन्। त्यस्तै नेपालमा तेस्रो व्यक्तिका रुपमा चैत्र ६ गते दुबईबाट काठमाडौ आएका धादिङका युवकमा कोरोना संक्रमणको पुष्टि भयो। त्यस्तै दुबईबाट आएका उपत्यका बाहिरका कैलालीका  ३४ वर्षीय एक युवालाई कोरोना पोजेटिभ देखिए सँगै उनी चौथो संक्रमित बने।त्यस्तै बेल्जियमबाट कतार हुँदै काठमाडौँ आएकी १९ वर्षीया बाग्लुङ घर भएकी युवतीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै उनी नेपालको पाचौं संक्रमित भइन्। कैलालीकी ३४ वर्षीया महिला दुबईबाट आएका चौथो संक्रमित व्यक्तिको नातेदार  भाउजुलाई कोरोना पोजेटिभ देखिएपछि नेपालमा कोरोना संक्रमणको दोश्रो चरणमा प्रवेश गर्‍यो। ड्ब्लुएचओका अनुसार यो  लोकल ट्रान्समिसन हो। यो लेख तयार पार्दा सम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ उनीहरुको उपचार भइरहेको छ भने चीनबाट आएका एक युवा उपचार पछि निको भएर  घर फर्किएका छ्न्। तेस्रो चरण ‘कम्युनिटी ट्रान्समिसन’ हो । ‘कम्युनिटी ट्रान्समिसन’ महामारी पूर्वको अवस्था हो । लेख तयार गर्दासम्म नेपाल तेस्राे चरणामा पुगिसकेको छैन्। यो खुशीको कुरा हो। काठमाडौ को शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, नेपालको सातै प्रदेशमा, कोशी अस्पताल,वीर अस्पताल र अन्यमा कोरोना भाइरसको परीक्षण हुन्छ। नेपालका तीनै तह संघ, प्रदेश र स्थानीय तहका सरकारहरु कोरोना महामारीको रोकथामको लागि कम्मर कसेर लागेको छ्न्।  विदेशबाट आएकाहरुलाई सुरक्षाकर्मी र स्थानीय प्रतिनिधिले  ट्रेसिङ गरि खोजी खोजी निर्माण गरिएका क्वारेन्टाइन र आइसोलेसन कक्षमा लगेर १४ दिनसम्म निगरानीमा राखिएको छ। उनीहरुको कोरोना परिक्षणको लागि रयापिड रेस्पोन्स टिमले काम गरेको छ। द्रुत परिक्षण संचालन गरिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.बिकास देवकोटाका अनुसार र्‍यापिड टेस्टबाट कोरोनाको परिक्षण  नेपालको ६९ जिल्लामा गरिएको छ।  तीनिहरुको फेरि पिसिआर टेस्ट गरि कन्फम गरिन्छ । नेपालमा अहिलेसम्म १९,४३२ जनाको कोरोना टेष्ट भएको छ भने  ४,९०१ जना क्वारेन्टाइनमा छ्न् भने १०३ जना आइसोलेसनमा छ्न् । त्यसमा २४७ जना रेड जोनमा छ्न्। कोबिड-१९ को एन्टिबडि ( आइ जी एम ) टेस्ट गर्न शुरु  गरिएको छ। पछिल्लो समय सरकारले लकडाउन थपेर  बैशाख २५ गते(सम्पादित) सम्म पुर्‍याएको छ। अत्यावश्यक बस्तुको आपूर्ति ब्यवस्था मिलाइएको छ भने विपन्न ब्यक्तिहरु, मजदूर र गरिवहरुको विवरण संकलन गरि स्थानीय पालिकाहरुले राहत प्रदान गरिरहेका छ्न्। जसको प्रयोजननार्थ केन्द्र सरकारले हरेक पालिकालाई  आर्थिक सहयोग गरेको छ। प्रदेश र स्थानीय सरकारहरुले आफै पनि आर्थिक संकलन गरेका छ्न् र उक्त रकमबाट कोरोना भाइरस कोष स्थापना गरि राहत प्याकेज घोषणा र वितरण गरिरहेका छन्। कोरोनाको महामारीबाट बच्ने उपयाहरु •कोरोना नियन्त्रणको प्रभावकारी रणनीति तयार गर्ने र कार्यक्रमको कार्यान्वयन गर्ने : स्वास्थ्य मन्त्रालय  र ड्ब्लुएचओ मिलेर कोरोना भाइरस नियन्त्रणको प्रभावकारी रणनीति तयार गर्ने र कार्यक्रमको कार्यान्वयन गराउनुपर्छ । त्यसको लागि राज्यका संयन्त्रहरुको परिचालन गर्ने ब्यवस्था मिलाउनु पर्छ । जो सरकारले मिलाएको पनि छ। कोरोना संक्रमित देशबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राख्ने काम हुनुपर्छ । संक्रमित भेटिए तत्कालै आइसोलेसनमा राखेर उपचार शुरु गर्ने गर्नुपर्छ । नेपालका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणको रणनीतिलाई थप परिमार्जित गर्दै ‘सिक्स टी’ रणनीति  ट्राभल रेस्ट्रिक्सन, टेस्टिङ, ट्रेसिङ, ट्रयाकिङ, ट्रिटमेन्ट र टुगेदर रणनीति लिइएको बताएका थिए। यी रणनीतिहरुलाई वास्तविक कार्यनीति र कार्यान्वयनमा ल्याउनुपर्छ। •श्रोत, सामग्री र जनशक्तिको तयार गरि परिचालन गर्नेः माक्स, पिपिइ,थर्मल गन, टेस्ट किड, र्‍यापिड डाइग्नेस्टिक किट (आरडीटी) ,पिसिआर टेस्ट  मेडिसिन्, क्वारेन्टाइन, आइसोलेसन वार्ड, भेन्टिलेसन जस्ता श्रोत र सामग्रीको तयारी गर्नुपर्छ । जसको लागि आवश्यक रकम आन्तरिक तथा बाह्य श्रोतबाट जोहो गर्नुपर्छ। स्वास्थ र विज्ञ जनशक्ति तयार गरेर राख्नुपर्छ जसको लागि तालिम,गोष्ठी संचालन गर्नुपर्छ । हाम्रो जस्तो मुलुकले चीन, भारत कोरिया, जापान जस्ता देशबाट श्रोत तथा विशेषज्ञको माग गर्नुपर्छ। •लकडाउन,बन्दाबन्दी वा घरबन्दी  गर्नेः यो लेख तयार गर्दा सम्म नेपाल, भारत, अमेरिका, स्पेन इटाली जस्ता थुप्रै देशहरू लकडाउनमा छ्न्। केही देशहरूले सेमी लकडाउन गरेका छ्न्।अत्यावश्यक बाहेक सबै जनताहरुलाई घर भित्रै बस्न सुझाइएको छ। विश्व स्वास्थ्य संगठनले लकडाउन नै यो महामारी रोक्ने एउटा प्रभावकारी उपाय भनेको छ । अझ हाम्रो जस्तो गरिव देशको लागि त यो रामबाड नै हुन्छ । •सामाजिक दूरी कायम राख्नेः कोरोना संक्रमण रोक्ने प्रभावकारी विधि हो सामाजिक दुरी कायम राख्नु।अत्यावश्यक सामान किन्दा होस या घरमै बस्दा समेत भौगोलिक दुरी कायम गर्दा कोरोनाको संक्रमणबाट बचिन्छ। •क्वारेन्टाइन ,आइसोलेसन र सेल्फ क्वारेन्टाइनमा नियमपूर्वक बस्नेः संक्रमित देशबाट वा संक्रमितको सम्पर्कमा आएको ब्यक्ती कम्तिमा पनि १४ दिन क्वारेन्टाइनमा बस्नुपर्छ ।क्वारेन्टाइनमा बस्दा अपनाउनु पर्ने नियमहरु पालना गर्नुपर्छ। संक्रमणको आंशका गरिएको ब्यक्तिको स्वाव परिक्षण गरि पोजेटिभ देखिए आइसोलेसनमा राखेर तुरुन्त उपचार शुरु गर्नुपर्छ। आत्मा अनुशासनमा रहेर अरुको सम्पर्कबाट टाडा रहेर कोरोना भाइरसको संक्रमणबाट बच्न  सकिन्छ। •धैर्य, साहास र उच्च मनोबल राख्नेः धैर्यता,आत्मसंयम र अनुशासन नै कोरोना जित्ने अस्त्र हुन् । हो,सफलताको लागि तीन चिजको आवश्यकता पर्दछ -लगनशीलता, धैर्यता र सकारात्मक सोच। ती मध्ये धैर्यता सफलताको एउटा महत्वपूर्ण  कुञ्जी हो।  धैर्य धारण गर्ने व्यक्ति एक यस्तो ब्यक्ति हो जसले पक्कै पनि जित्नेछ। अहिले हामीलाई कोरोना भाइरससँग लड्न धैर्यता र संयमता चहिएको छ। भनिन्छ ,मानिस परिस्थितिले होइन मनस्थितिले टुट्छ। त्यसैले मनस्थिति बलियो बनाउनु पर्छ। मनस्थिति बलियो बनाउन धैर्यवान हुनुपर्छ। आत्मविश्वास र आत्मबल उच्च हुनुपर्छ। सकारात्मक सोच राख्ने, सहनशील हुने, बिषय वा घटनालाई छुट्टै दृष्टिकोणबाट हेर्ने, आत्मबिश्वास राख्ने हो भने आत्मबल उच्च भइ  कोरोनाबाट बच्न सकिन्छ। •संतुलित भोजन गर्नेः कोरोनाबाट बच्न लागि शारीरिक अभ्यास र खानपानमा  ध्यान दिन जरुरी हुन्छ । खानपानमा कार्बोहाइड्रेट, चिल्लो पदार्थ , प्रोटिन, खनिज, भिटामिन, पानीको संतुलित मात्रा मिलाउनु पर्छ। भिटामिन सि को लागि कागती खानुपर्छ। तातोपानी, बेसार, लसुन र अदुवाको सेवन गर्नु राम्राे मानिन्छ। यसले आन्तरिक रोग प्रतिरोधात्मक क्षमतामा पनि वृद्धि गर्न मद्दत मिल्छ। •विविध पक्षमा ध्यान दिने ः घर आगन सफा राख्नुपर्छ।खासगरी ट्वाइलेट,किचेन,बेडरुममा सेनिटाइजेसन या डिसइन्फेकसन गर्नुपर्छ। व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ।टेवल कुर्सी,चाबी धोका फुछेर सफा गर्नुपर्छ।  बाहिर गएर आएपछि सावुनले मिचिमिची हात धुने गर्नुपर्छ।हेण्ड सेनिटाइजरले हात धुनुपर्छ। साबुन पानीले हात धुने, माक्स लगाउने, बाहिर भरसक नहिड्ने।हिड्नैपरे एन नाइन्टिफाएभ माक्स लगाएर मात्र हिड्ने।हिड्दा भौतिक दुरी कायम गर्ने। बेला बेला साबुन पानीले मिचिमिची कम्तिमा २० सेकेन्ड हात धुने गर्नुपर्छ। विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले दिएको मापदण्डलाई सकभर आधार बनाएर काम गर्नु पर्छ । संक्रमितको खोजी,उपचारको व्यवस्था  र सतर्कताका नियमहरु आत्मसात गर्नुपर्छ। कोरोना महामारीले विश्व समुदायमा ल्याएको चुनौतिहरु कोरोना महामारीले ल्याउने आर्थिक चुनौती पहिलो नम्बरमा हुनेछ। आर्थिक मन्दी हुने हुँदा  जनताका आवश्यकता पूर्ती गर्न चुनौती हुनेछ । अझ एसिया र अफ्रिकाका गरिब देशहरु  भोकमरी र कुपोषणको चपेटामा पर्नेछ्न् । विकसित देशहरुले अल्पबिकसित देशहरुलाई दिने ऋण र अनुदानमा कटौती गर्नेछ्न् । जसले अल्पबिकसित देशहरूले बजेटमा कटौतीको चुनौती ब्यहोर्‍नु पर्नेछ । जसको अहिले नै लक्षण देखिसकिएको छ। विज्ञान र प्रविधिका कारण खुम्चिदै गएको रोजगारीमा यो महामारीले गर्दा विश्व बजारमा २.५ करोड रोजगारी गुम्ने आंकलन अन्तराष्ट्रिय श्रम संगठनले गरेको छ। अल्पबिकसित देशका श्रमिकहरुले आफ्नो रोजगारी गुमाउने हुदा रेमिटेन्समा कमी हुन्छ। विश्वले सामाजिक चुनौती पनि खप्नुपर्नेछ। विश्व भरिको शैक्षिक क्यालेन्डर प्रभावित भएको हुनेछ। रोग लागेर निको हुनेहरुको स्वास्थ्यमा खरावी आउने पुनः अर्को स्वास्प्रस्वास सम्बन्धि रोगहरुले सजिलै आक्रमण गर्दैन भन्न सक्ने अवस्था छैन । अहिले दीर्घ रोगिहरुले शारीरिक र मानसिक समस्या भोगिरहेका छ्न्। नियमित उपचार र ओपिडी सेवा बन्द हुदा इतर बिरामीहरु मर्कामा छ्न्। राजनैतिक क्षेत्रले पनि जनताहरुको बिश्वास गुमाउने खतरा छ । व्यवस्था परिवर्तनको  चुनौतीको सामना गर्नुपर्ने हुन सक्छ । मार्क्सवादी र पुँजीवादी व्यवस्थाको विकल्प खोज्ने सक्ने छ्न्। त्यो पनि सहज भने हुने छैन् । वातावरण संरक्षणको चुनौती पहिल्यै देखिको चुनौती थियो, त्यो झन दोहन हुनेछ र उच्च जोखिम हुनसक्छ। मनोबैज्ञानिक त्रासको वातावरण सिर्जना हुदैन भन्न सकिने छैन् । बालबालिका र वृद्धलाई समस्या ज्यादै भएको छ। मनोरोगीको संख्यामा पनि वृद्धि हुनेछ। नेपालमा अगाडि देखिएका चुनौतिहरु कोरोनाको महामारीले गर्दा नेपालको कूल ग्राहश्थ उत्पादनमा कमी आउने छ । औद्योगिक उत्पादन, कृषि जन्य उत्पादन, होटल तथा पर्यटन व्यवसाय ,यातायात व्यवसाय तथा चलचित्र उद्योगमा गम्भीर चुनौती खडा भएका छ्न्। भन्सार क्षेत्रबाट कम शुल्क संकलन हुने, कर संकलनमा कमी हुने, छुट दिनुपर्ने, ऋण मिनाहा गर्नुपर्ने, राहात प्याकेज दिनुपर्ने हुदा बित्तीय तथा आर्थिक क्षेत्रमा असंतुलन पैदा हुन सक्छ। सामाजिक क्षेत्रमा पनि चुनौती थपिने छ। शैक्षिक क्यालेन्डर लागु हुन नसक्ने अवस्था आएको छ । कक्षा १० को एसईई र कक्षा ११ र १२ को वार्षिक परिक्षा प्रभावित भएका छ्न् । खुद्रा व्यापार तथा कृषिको बजारिकरणका समस्या छन् । अहिले अत्यावश्यक वस्तुको आपूर्तिमा चुनौती देखिएको छ।औषधि ,खाद्यान्न ,कृषिबाली भित्र्याउने तथा थन्काउने चुनौती छ। श्रमिकहरुले श्रम गर्न नपाउँदा उत्पादन र रोजगारी गुम्ने भएको छ। गरिव तथा असाहयहरुलाई भोकमारी र कुपोषणको समस्याले पिरोलेको छ। राहत वितरणमा समेत समस्याहरु पैदा भएका छ्न्।  रेमिटेन्सले धानेको अर्थ व्यवस्थामा बिदेशबाट रोजगारी गर्ने मानिस नै नेपाल आएपछि दोहोरो चुनौती थपिएको छ। कोरोना महामारीले विश्वलाई दिएको सन्देशहरु अबका दिनमा विश्व सहकार्य, एकता र भाइचारा प्रगाड हुनुपर्ने देखिएको छ। विज्ञान प्रविधि र तथ्यांकहरुको वास्तविक साटासाट गर्नुपर्ने छ ।  प्रभावकारी संचारको महत्व बढेर गएको छ। अहिले सबै एकजुट भएर औषधि र भ्याक्सिन पत्ता लगाउनुको विकल्प छैन। हामीले बनाएको मेसिन, हाम्रो आर्थिक, सामाजिक, राजनीतिक व्यवस्था पुनर्विचार गर्नुपर्ने कोरोना कहरले जनाउँ दिएको छ। धनी राष्ट्रहरुको हालत देख्दा अब धनले मात्र सुख र स्वास्थ्य उपलब्ध हुने रहेनछ र त्यसको लागि मानबियता र मानव मूल्यलाई भूल्न नहुने भन्ने कुरा स्पष्ट हुन्छ। यो मात्र होइन धनी राष्ट्रले गरिव राष्ट्रलाई सघाउनु पर्ने पनि देखिन्छ । अबको समाज आत्मनिर्भर र ब्यक्तिगत सिर्जनशीलमा आधारित सरल  हुनुपर्छ भन्ने हो । सर्वप्रथम त यसले उच्च भौतिक मूल्यबाट विश्वलाई मानवीय मूल्य तर्फ डोर्याउने छ। हामी जे गर्छौ विश्वका लागि अर्थात पृथ्वी, मानव र ब्रहमाण्ड कै लागि गर्नु पर्छ भन्ने कुरालाई उजागर गरेको छ। अबको समाज आत्मनिर्भर र ब्यक्तिगत सिर्जनशीलमा आधारित सरल  हुनुपर्छ भन्ने हो । सर्वप्रथम त यसले उच्च भौतिक मूल्यबाट विश्वलाई मानवीय मूल्य तर्फ डोर्याउने छ। हामी जे गर्छौ विश्वका लागि अर्थात पृथ्वी, मानव र ब्रहमाण्ड कै लागि गर्नु पर्छ भन्ने कुरालाई उजागर गरेको छ। हाम्रो पूर्वाग्रह, घृणा, लालच, लोभ, मृत बिचार, अहंकार, अमानवीय ब्यवहार, सुख्खा खोला, बाझो खेत, प्रदुषित आकाश भोग्ने कि सुनौलो भविष्यको खाका कोर्ने भन्ने कुरा हाम्रो हातमा आएको छ। हाम्रो चेतलाई कोरोनाले खोलिदिएको छ। प्रकृतिको वास्तविक मूल्यबोध गराइदिएको छ। कोरोना महामारीले नयाँ भविष्यको कल्पना गर्न र बिश्व एउटा देश हो भन्ने बोध गरेको छ। सबै धर्मजाती वर्ग र पेशाकर्मी एउटै हुन्, त्यसैले मानवताको लागि एकै ठाउँ उभिन संकेत गरेको छ। हुनपनि के मन्दिर, के चर्च र के मस्जिद सबै बन्द छन् । विज्ञानको भरोसा र अपेक्षामा प्रतीक्षारत छ्न्। यो अवस्थाले आणविक शक्तिसम्पन्न हुनुभन्दा स्वास्थ्य सेवा सुबिधा सम्पन्न, नैतिक र चरित्रबान हुनुपर्ने रहेछ भन्ने सन्देश दियो । मानिसले कुन कुन प्राणीको मासु खान हुन्छ ? वा मासु नै खानु हुन्न कि भन्ने प्रश्न खडा गरिदिएको छ। चिनियाँहरुको अनौठो मासु बजारको प्रतिबन्धको संकेत समेत गरेको हुनुपर्छ । यस महामारीले हामीलाई परनिर्भरताको सिद्धान्त अन्तर्गत  वैदेशिक सहयोगमा आधारित विकास प्रणालीको अन्त्यको र आफ्नै स्थानीय उत्पादनले समाज विकासको मार्गमा लम्कनु पर्ने सन्देश दिएको छ। अबको राजनीति, अर्थशास्त्र, समाजशास्त्र, मानवशास्त्र, स्वास्थ्य र शिक्षाले परनिर्भरताको सिद्धान्तमा आधारित आधुनिकतावाद पूर्ण रूपले छोड्नुपर्दछ र आत्मनिर्भर हुनुपर्दछ । अवको भविष्यको नीति  राजनीति तथा भौगोलिक सिमा भन्दा पर पुगेको हुनुपर्ने कुरामा यसले सन्देश दिएको छ। हाम्रो पूर्वाग्रह, घृणा, लालच, लोभ, मृत बिचार, अहंकार, अमानवीय ब्यवहार, सुख्खा खोला, बाझो खेत, प्रदुषित आकाश भोग्ने कि सुनौलो भविष्यको खाका कोर्ने भन्ने कुरा हाम्रो हातमा आएको छ। हाम्रो चेतलाई कोरोनाले खोलिदिएको छ। प्रकृतिको वास्तविक मूल्यबोध गराइदिएको छ। विश्व अर्थतन्त्र र नेपाली अर्थतन्त्रमा पार्ने प्रभावहरु कोरोना भाइरसले संसारमा ‘आर्थिक मन्दी’ ल्याउने निश्चित छ । अहिले नै आर्थिक सूचकांकहरु ओरालो लागेको देखिएको छ। अन्तरास्ट्रिय मुद्रा कोषले एसियाको आर्थिक वृद्धि शुन्यमा झर्न सक्ने अनुमान गरेको छ । उत्पादन,व्यापार ,बजार,लगानी र रोजगार का क्षेत्रहरू नराम्ररी प्रभावित भएका छ्न्।तर, यसलाई कसरी डिल गर्ने ? यसबारे विश्वले एकजुट भएर सोच्नुपर्छ र रणनीति बनाउनुपर्ने छ। पर्यावरण, विश्वव्यापी आर्थिक मन्दी तथा महामारीजस्ता ग्लोबल समस्या समाधान गर्न संसारभरिका देश आ-आफ्नो राष्ट्रिय स्वार्थबाट माथि उठेर सहकार्य र एकता गर्नैपर्छ । महामारीविरुद्ध लड्न ग्लोबल गभर्नेन्सको कुनै न कुनै किसिमको स्वरूप बन्नुपर्छ । त्यसको नेतृत्व चीन या अमेरिका कसले लिने भन्ने प्रश्न पनि उठनसक्छ तर मिलेरै त्यसको पनि निश्चित गर्नु राम्रो हुन्छ। नेपालको अर्थव्यवस्था वैदेशिक साहयता, ऋण,अनुदान आदिमा धेरै नै भर परेको छ।कोरोनाको महामारीले बिश्वलाई नै जर्जर बनाएको बेला नेपालको बजेटमा त्यसको प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ। नेपालका वर्तमान अर्थमन्त्री युवराज खतिवडा भन्छन्, ‘कोभिड-१९ महामारीले अर्थतन्त्रमा झन्डै दुई खर्ब रुपैयाँको नोक्सानी हुन सक्छ।´ ४० लाख नेपाली वैदेशिक  कामदारहरूले पठाउने रेमिटान्सले धानेको देशको आर्थिक अवस्थामा नकारात्मक प्रभाव पर्ने छ।किनकि उनिहरुको रोजगारीमा सिधै प्रभाव पर्छ। कतिको त रोजगारी गुमी सकेको छ। अष्ट्रेलिया र अमेरीकाले नेपाली कामदारहरू र विद्यार्थीहरुलाई घर जान आव्हान गरेको समाचार आएका छ्न् । अर्कोतिर यदि नेपाल सरकारले कृषि नीति राम्रो बनाउने हो र अहिले नेपाल भित्रेका नेपाली कामदारको उपयोग गर्ने हो भने नेपालको अर्थव्यवस्थामा मौलिकतामा आधारित भई आत्मनिर्भरताका लागि अगाडि बढ्ने अवसर समेत हुनेछ। मानव सभ्यता र संस्कृतिमा पार्ने असरहरु कोरोनाको महामारीले मानव सभ्यता र संस्कृतिमा नकारात्मक असर पारेको छ । मानव कति समय सम्म सुरक्षित रहन सक्छ भन्ने प्रश्न सतहमा आएको छ। कतै इतिहासमा त सीमित हुदैन् डाइनोसर जस्तै। अहिले हाम्रो मन्दिर, चर्च, मस्जिद पनि बन्द छ्न् । हामाले मान्दै आएका चाड पर्व, रितिरिवाज पनि घरभित्रै सीमित भएका छ्न्। कोरोनाले गर्दा लकडाउनमा भएकाले भर्खरै नेपालीहरुले नयाँ वर्ष २०७७ साल हर्षेउल्लासपूर्ण तरिकाले मनाउँन पाएनन्। कोरोनाको कहरले अन्य थुप्रै चाड्बाड मान्न पाइएन्। रमाइलो बाताबरण छैन्। त्रासमय छ। भोलि के हुने भन्ने निश्चित छैन्। मानवजातिको भविष्यमा थपिएका चुनौतिहरु मानवजातिको भविष्य उज्ज्वल गर्न विश्व सहकार्य, एकता र भाइचारा हुनुपर्ने देखिएको छ। भविष्यमा हुने जैबिक हतियार निर्माण र प्रयोगमा प्रश्न तेर्सिएको छ। त्यस्तै बम, बारुद, गोला, फाइटर प्लेन र आणविक भट्टी निर्माण गर्न सोच्नुपर्ने छ। किनकी यिनले कुनै न कुनै दिन मानव सभ्यता नष्ट गर्नेछ भन्ने तत्व ज्ञान यो महामारीले दियो। अबको शिक्षा भनेको प्रकृतितिर फर्कने खालको हुनुपर्ने छ। प्रकृति र मानव सम्बन्धलाई प्रगाढ पर्दै लानु पर्ने छ। प्राकृतिक संतुलन, दिगो विकासलाई आत्मसात गर्दै इकोसिस्टमलाई कायम राख्नुपर्ने छ। विज्ञान र प्रविधिको सिमा तोक्नु पर्नेछ। विश्व भरी आचारसंहिता बनाएर लागू गर्नु पर्ने छ। अबको शिक्षा भनेको प्रकृतितिर फर्कने खालको हुनुपर्ने छ। प्रकृति र मानव सम्बन्धलाई प्रगाढ पर्दै लानु पर्ने छ। प्राकृतिक संतुलन, दिगो विकासलाई आत्मसात गर्दै इकोसिस्टमलाई कायम राख्नुपर्ने छ। विज्ञान र प्रविधिको सिमा तोक्नु पर्नेछ। विश्व भरी आचारसंहिता बनाएर लागू गर्नु पर्ने छ। कोरोना भाइरसको खोप तथा औषधिको निर्माणमा सबै देशहरू एकै ठाँउमा आउनुपर्ने छ। हरेक देशहरूले परनिर्भरतालाई कम गर्दै आत्मनिर्भर हुनुपर्ने छ। माक्सबादमा देखिएको शंका, पूँजीवादको बिरोध,अन्तरसम्बन्ध र वर्ग संघर्षमा रुमलिएको हुनाले अर्को नयाँ बैकल्पिक राजनीतिक प्रणाली चाहिने छ, जुन सजिलो छैन् । चुनौतीपूर्ण हुनेछ । रोजगारी सिर्जना गर्ने क्षेत्रको पहिचान र रोजगारी कायम गर्न समेत चुनौतीपूर्ण हुनेछ। वातावरण र जीव जगतमा पर्ने असर कोरोना महामारीका कारण बिश्व लकडाउनमा छ। यतिबेला सडक, घर, भवनमा डिसइन्फेक्सन गरिएको छ। सेनिटाइज गरिएको छ। किरा मार्ने विषाधिहरु दिनहुँ छिटिएको छ, जसले गर्दा हावापानी माटो विषालु भएको छ । सबै जसो मानिसहरू कोठा मै सीमित भएकाले सडक, घर तथा जंगलका जीवजन्तुहरु खासगरी कुकुर, बिराला, चराचुरुङ्गीहरु लोप हुने अवस्था आएको छ । मानवको अस्थित्वमा र  स्वास्थ्यमा गम्भीर असर गरेको छ।यसले मानव जीनमा समेत प्रभाव पर्न सक्छ।जसले इकोसिस्टममा गम्भीर असर पर्ने निश्चित छ। अर्कोतिर प्राकृतिक वातावरणमा स्वच्छता कायम भएको छ। जस्तै नदि तथा समुन्द्रको पानी सङ्लो भएको, आकाश खुलेको र कहिल्यै नदेखिएका हिमाल देखिएका छ्न् । यो प्राकृतिले आफ्नो अनुकुलताको लागि रचेको प्राकृतिक कुरा त हैन भन्ने समेत गरेको पाइन्छ। कोरोना महामारी बिरुद्ध सबै देशहरु आफ्नो राष्ट्रको सिमा भन्दा माथी उठेर एकता, सहयोग र सहकार्य गर्दै मानवताको पक्षमा काम गर्ने, आत्मनिर्भरतातर्फ अघि बढ्ने, प्राकृतिक संतुलन बनाइराख्ने र बिद्यामान राजनीतिक,आर्थिक र सामाजिक व्यवस्थाको पुनः बिचार गर्दै सबै राष्ट्रहरु एकै ठाउँमा उभिने हो भने हाम्रो भविष्य सुरक्षित हुन सक्छ।नत्र भन्न सकिन्न । के थाहा ?  फेरि  यो भन्दा ठूलो महामारी आउँदैन भनेर । अब नयाँ विश्वको सिर्जना गर्ने बेला आएको छ।कोरोना भाइरसले ल्याएको चुनौती र महामारीलाई अवसरमा रुपान्तरण गर्ने बेला भएको छ। यो हाम्रै हातमा छ। सुनपकुवा मा.बि., उर्लाबारी-२ मोरङ [email protected]

कमजाेर स्वास्थ्य युद्ध कवच

विश्व मानव जगत लगायत आधुनिक विज्ञान प्रविधिलाई समेत धक्का लगाउँदै चीनको वुहानबाट पहिलो पटक मानव सभ्यताको विकासलाई थप चुनौति दिदै उत्पत्ति भएको कोभिड–१९ अर्थात नोभेल कोरोना भाईरसले सिङ्गो मानवलाई जति त्रसित बनाएको छ त्यतिनै मात्रामा अबका दिनमा मानव सचेतनाको पाठ पनि सिकाउँदै गएको छ । हुन त कोरोना कसैको रहर नभई यो आफैमा कहर बनेको विषम परिस्थितिमा त्यसमाथि मानव जित सहितको हित स्थापित गराउनु पर्ने अवस्था छ जुन काम आफैमा अत्यन्तै चुनौतिपूर्ण बनेको छ । यति हुँदा हँदै पनि समस्या माथि विजयका लागि मुकाबिला गर्नु र सबै मानव एक भएर लाग्नु अहिलेको ज्वलन्त आवश्यकता हो । कोरोना नियन्त्रण माथि कसरी विजय हाँसिल गर्ने भनेर विश्व जगतले महसुश गर्दै काम पनि त्यहि गतिमा स्रोत र साधनको अवस्था अनुरुप गरेको देखिन्छ । यो महामारी नियन्त्रणका लागि जे जति कृयाकलाप सम्पादन भएका छन् ती आफैमा पूर्ण भने अवस्य छैनन् । त्यसको मूल कारण भन्नु नै यस किसिमको विषम प्रकारको महामारी आउला भनेर कसैको कल्पनामा थिएन र त्यस प्रकारको पूर्व तयारीका साधनहरु बनाउने तर्फ विश्वका शक्ति सम्पन्न राष्ट्रहरु समेत चुके । निराशावादी शिद्धान्त तय गरेको आरोप लागेका माल्थश जसले माल्थसियन थेअरी अफ पपुलेसन प्रतिपादन गरेका थिए र भनेका थिए कि जब विश्वमा अधिक जनसंख्याको चाप बढ्छ त्यसलाई प्राकृतिक विपद्, महामारी वा संक्रामक रोगले नियन्त्रण गर्दछ । तर अहिले झण्डै त्यस्तै शैलिमा विश्व मानव जगतलाई कोरोनाले आतंकित बनायो । भौतिक तथा रसायन शास्त्रीहरुलाई थप चुनौति दियो र अधिकांश मुलुकमा स्वास्थ्य संकटकाल घोषणा गरी संक्रमण नियन्त्रण गर्न अधिकांस देश लकडाउनको अवस्थामा छ । कस्तो छ कोरोनाको विश्व भ्रमणशैली ? आजको यस घडीसम्म आईपुग्दा कोरोना भाईरसले एकाद देश बाहेक विश्व भ्रमणको यात्रा अप्रत्यसित रुपमा गरेको देखिन्छ । जन्मथलो चीनको वुहान भए पनि यसले धनी गरिब, आफ्नो विरानो, सानो ठूलो, नजिक टाढा केहि भनेन । बरु एक व्यक्तिको सम्पर्कबाट अर्कोमा संक्रमण हुने हुँदा सामाजिक दुरीको पालना मानव जीवन रक्षाको सबैभन्दा बलियो सुत्र बन्न गयो । विश्व स्वास्थ्य संगठनका अनुसार पनि यो कुनै फ्लु जन्य भाईरस नभएकाले म्यान टु म्यान टच टु मोभ हुने अवस्था छ भन्ने कुरा अहिले आएर प्रमाणित भैसकेको छ । जहाँ उत्पत्ति भयो र जसरी संसर्ग हुँदै संक्रमण बढ्यो जुन विश्व भ्रमणमा सफल भयो । बैशाक ४ गतेको दिनसम्म विश्वको कोरोना सम्बन्धी तथ्यांक अवलोकन गर्दा २०८४७३५ मानिसमा कोरोना संक्रमण भएकोमा ५१५४६२ निको भएर घर गएको र त्यसमध्ये १३४६८५ मानिसको मृत्यु भएको तथ्यांक विश्व स्वास्थ्य संगठनले जारी गरेको छ । बाँकी संक्रमित १४३४५८८ मध्ये १३८३४५९ अर्थात ९६ प्रतिशतको अबस्था सामन्य रुपमा रहेको र ५११२९ अर्थात ४ प्रतिशतको स्वास्थ्य अवस्था जटिल रहेको कुरा रिपोर्टले देखाएको छ । विश्व राजनीतिमा सधै अग्रपंतिमा रहने देश अमेरिकाम कुल संक्रमितको संख्या ६४४३४८ मध्ये २८५५४ को मृत्यु भएको, ४८७०८ जना निको भई घर लेखक गएका र १३४८७ को अवस्था अत्यन्तै नाजुक रहेको तथ्यांक देखिन्छ । जब कि अर्थतन्त्रमा अग्र स्थान ओगट्दै बढेको देश चीन जहाँ कोरोना उत्पत्ति भयो सो स्थानमा केवल ८२३४१ जनामा संक्रमण देखा परेकोमा मृत्यु हुनेको संख्या ३३४२ रह्यो भने ७७८९२ जना निको भएर घर फिर्ता हुँदा केवल ९५ जनाको मात्र स्वास्थ्य अवस्था चिनताजनक रुपमा रहेको देखियो । यसै अवस्थामा नेपालमा केवल १६ जनामा मात्र संक्रमण फैलियको अवस्थामा १ जना निकोभएर घर गएको र अन्य सबैको स्वास्थ्य अवस्था सामान्य रहेको कुरा स्वास्थ्य मान्त्रालयले उल्लेख गरेको छ । त्यस्तै छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमित हुनेको संख्या १२४५६ रहेको छ भने ४२३ जनाको मृत्यु भएको, १५१३ जना निको भएर घर फर्किसकेको र अन्यको अवस्था सामान्य रहेको तथ्यांकले देखाउँछ । कोरोना संक्रमणको स्थितिलाई अवलोकन गर्दा अमेरिका प्रथम स्थानमा रहेको छ त्यसपछि स्पेन, इटाली, फ्रान्स, जर्मनी, युके र चाईना रहेको देखिन्छ । लक्ष्यण तथा बच्ने उपायहरु कोरोना एक प्रकारको भाईरस हो जो एक व्यक्तिबाट अर्कोमा सर्ने संभावना हुन्छ । यो कुनै फ्लु टाईपको भाईरस नभएको कारण यसको संक्रमण दर पनि मानव र उसले उपनाउने साबधानीमा नै निर्भर रहने हुन्छ । यसको लक्ष्यणहरु अन्तर्गत १००.४ डिग्री सेल्सियस भन्दा बढी ज्वरो लगातार आउने, स्वासप्रश्वासमा अत्याधिक समस्या आउनु, रुघाखोकी लागिरहनु, घाँटी तथा टाउको अत्याधिक मात्रामा दुखिरहनु पर्दछ । यसका अलावा यो भाईरस जीवित रहने समय, सुरक्षाका तथा सावधानीका उपायहरु आदिका बारेमा उचित विमर्श हुनु पनि त्यति नै आवस्यक छ । अहिलेसम्म यसको उपचारमा प्रयोग हुने कुनै खास औषधी बनिसकेको अवस्था पनि छैन । ज्वरो कम गर्न विरामीलाई सिटामोल दिन सकिन्छ भने अन्य औषधीहरु प्रयोग गर्नु राम्रो मानिदैन । त्यसैले विश्व स्वास्थ्य संगठन तथा हरेक राज्यले तोकेका सुरक्षामा उपायहरु नै यस प्रकोपबाट बच्ने अचुक औषधीको रुपमा हेरिनु पर्छ । साधारण तया यो भाईरसको लक्ष्यण २ देखि १४ दिन भित्रमा देखाँ पर्ने हुन्छ भने कोही कसैमा २७/२८ दिनमा समेत यसको लक्ष्यण देखाँ पर्न सक्ने कुरा बाहिर आएको छ । हरेक मानिसले आफुलाई सामाजिक दुरी कायम राख्ने, नियमित रुपमा साबुन पानीले हात धुने, खोक्दा र हाछ्यौं गर्दा नाक र मुख छोप्ने, जंगली तथा घरेलु पशुपंछिसँगको सम्पर्क टाढा बनाउने, माछामासु अण्डा राम्ररी पकायर खाने, मुखमा मास्क र हातमा पन्जाको प्रयोग गर्ने, भिडभाडमा नजाने, व्यक्तिगत सरसफाईमा ध्यान दिने, आवागमन कार्यमा निरुत्साहन गर्ने, नयाँ संकास्पद व्यक्तिको प्रवेशमा रोक लगाउने, योग व्यायाम गर्ने, स्वस्थ र ताजा खानेकुराहरु खाने, शरीरमा पोषण तत्वको मात्रा कायम राख्ने खालका खानाहरु खाने, गितसंगित, लेखन कार्य, सृजनसिलता जस्ता काममा आफूलाई सहभागि गराउने कार्यले यस रोगलाई टाढा राख्न सकिन्छ । यसको अलावा लामो समय ज्वरो आउनु, खोकी लागिरहनु, टाउको अत्यन्तै दुख्नु, स्वासप्रश्वासमा कठिनाई हुनु जस्ता लक्ष्यणहरु देखिए उसलाई तुरुन्त स्वास्थ्य संस्थामा लैजानु पर्छ । यदि कुनै संकास्पद स्थानबाट कुनै व्यक्ति आएको खण्डमा निजलाई कम्तिमा १४ देखि २० दिन क्वारेन्टीनमा राख्ने व्यवस्था मिलाउनु वा कोरोनाको शंका लागेको लक्ष्यणहरु देखिने व्यक्तिलाई आईसोलेसनमा राख्नु पनि यस रोगबाट बच्ने उपायमा पर्दछ । त्यस्तै यस रोगको उपचारमा संलग्न स्वास्थ्य कर्मी लगायत व्यक्तिको स्वास्थ्य सुरक्षको लागि पिपिई को व्यवस्था मिलाउनु पनि अति आवस्यक हुन्छ । अतः सामाजिक दुरी कायम गराउन र आवागमनलाई निस्तेज पार्न नेपाल सरकारले बैशाख १५ सम्म लकडाउनको रणनीति लिएको छ । यस समयमा हरेक नागरिक वा व्यक्ति अत्यावस्यक अवस्थामा बाहेक जो जहाँ छ त्यहिं अर्थात घर भित्रै बस्ने र सामाजिक दुरि कायम राखी आफू पनि बच्ने र अरुलाई पनि बचाउने कार्यमा लाग्नु नै सबै भन्दा ठुलो औषधी हुने छ । हेलचेक्रयाई गर्दा स्पेनको जस्तो नकारात्मक अवस्था नआउला भन्न नसकिने हुँदा हरेक नागरिक सचेतना नै लडाई जितको आधारमा हो । यहि पाठ चीन र स्पेनले विश्व मानव जगतलाई सिकाई सकेको अवस्था छ । नेपालमा यस प्रकोपको अवस्था हाल सामान्य रहेकाले डराउनु नपर्ने तर सचेत हुनु पर्ने अवस्था रहन गएकाले जीवनयापन विस्तारै सहज हुँदै जाने नै छ । चुनौतिहरु मानव स्वास्थ्यमा आई परेको यो युद्ध जित्नका लागि युद्ध कवचहरुको तयारी समेत नभएकोमा त्यसतर्फ लाग्नु आवस्यक छ । अबका दिनमा ति शक्तिसम्पन्न राष्ट्रहरुले आफ्नो बजेटको ठूलै हिस्सा मानव स्वास्थ्य संरक्षण गर्ने सामग्री उत्पादनमा खर्चनु आवस्यक छ र दक्ष व्यक्तिहरु पनि यसतर्फ केन्द्रित हुनु आवस्यक देखिन्छ । मानव हित अनुकुलका वातावरणहरु सिर्जना गराउनका लागि विश्व जगत एक हुने जुन वातावरण तय भएको छ यस घडीमा विश्वका नत ठूला नत साना देशहरु किन नहुन तिनीहरुले एउटै संकल्प गर्नु पर्छ कि अब भोलिका दिनमा यो भन्दा खतरनाक अर्को पनि समस्या आउन सक्छ । ती समस्यासँग सजिलै मुकाविला गर्न हरेक देशले मानव स्वास्थ्य संरक्षण गर्ने अत्यावस्यक वस्तुहरुको उत्पादन, भण्डारण र वितरण कार्यमा समेत प्रयाप्त मात्रामा ध्यान पुर्याउनु आवस्यक छ । राजनैतिक र प्रशासनिक दखल राख्न सक्षम ति शक्तिशाली राष्ट्रहरु आज यो सवालमा कसरी पछाडी परे त्यो हामी सबैलाई यस महामारीले सिकाउन सक्यो । शक्तिसम्पन्न, हतियारले पूर्णता पायको हवाला दिने ति देश आज कोरोना युद्धमा पराजित भएको समाचार सुन्ने अवसर पनि हामीले त पायौं तर ती देशका लागि यी सामान्य प्रकारका लाग्ने उत्पादन नहुँदाको पिडा बल्जिुनु आफैमा चुनौति सावित भयो । रासायनले पूर्णता पाएको वैज्ञानिकहरु हरेक युद्धमा दक्ष रहेको अहमता गर्ने देशका लागि अब हामी बचाउका दृष्टिले कमजोर रहेछौं र विनासमा मात्र ध्यान पुगेको रहेछ भन्ने चिन्तन गर्ने वातावरण तय हुनु पनि एक अर्को चुनौति हो । मानविय युद्ध लड्न जसरी जितको सुनिस्चितता पूर्व तयारीको रुपमा गरेरमा मात्र युद्ध भूमिमा होमिने गरिन्छ त्यसरी नै मानव स्वास्थ्यमा आई परेको यो युद्ध जित्नका लागि युद्ध कवचहरुको तयारी समेत नभएकोमा त्यसतर्फ लाग्नु आवस्यक छ । अबका दिनमा ति शक्तिसम्पन्न राष्ट्रहरुले आफ्नो बजेटको ठूलै हिस्सा मानव स्वास्थ्य संरक्षण गर्ने सामग्री उत्पादनमा खर्चनु आवस्यक छ र दक्ष व्यक्तिहरु पनि यसतर्फ केन्द्रित हुनु आवस्यक देखिन्छ । नत्र मानव नरहे केका लागि जित भन्ने युक्ति सावित हुन सक्छ । भोलिका दिनमा कसरी जनजीवन सहज बनाउने, उत्पादन बढाउने, अर्थतन्त्र सवल बनाउने र विश्वमा बढ्दो बेरोजगारी समस्या समाधान गर्ने भन्ने भावी दिनका चुनैतिहरु पनि हरेक सामना गर्नु पर्ने नै छ । विश्वअर्थतन्त्रमा पर्ने प्रभाव र नेपालको भविष्य कोरोना कहरले कसरी मानव सभ्यताको विजयमाथि आफ्नो ब्रचस्व जमाउन सफल भयो त्यसरी नै यसको फन्दाबाट उम्किएर आफू सक्षम रहेको प्रमाणित गराउन सजिलो छैन । विश्व बैंकले भनिसकेको छ कि अब अधिकांश देशको आर्थिक वृद्धिदर कम्तिमा पनि ५ प्रतिशत तल झर्ने छ । यसले के कुराको सांकेत गर्दछ भने आगामी दिनमा व्यापक मात्रामा रोजगारी सांख्यामा कटौती हुने छ जसबाट ठूलो संख्यामा बेरोजगारी उत्पादन हुनेछन् जसको सामना गर्न विश्ववैक, अन्तराष्ट्रिय मुद्राकोष, एशियाली विकास वैक लगायत सबै संस्थाहरु एक स्थानमा खडा हुँदाको बखतमा पनि काबु रहने छैन । विकसित देशको अर्थतन्त्र विस्तारै उकालो लाग्न बामे सर्ने जमर्को गर्ने छ भने विकसिल तथा विकासन्मुख देशको अर्थ व्यवस्था नकारात्मक गतिमा उकालो लाग्ने निस्चित छ । यसको प्रत्यक्ष प्रभाव उत्पादन क्षेत्रमा पर्ने हुन्छ । राज्यले साधारण खर्चको तुलनामा विकास खर्च कटौती गर्ने बाध्यकारी कारणले गर्दा विकासको गति तुलनात्मक रुपमा पहिलेको भन्दा निकै कम हुन्छ । फलस्वरु रोजगारीका अवसरहरु घटेर जाँदा प्रतिव्यक्ति आम्दानी पनि घट्छ जसले गर्दा उत्पादन गर्ने, क्रयशक्ति, वचत तथा खर्च गर्ने शक्ति ह्रास भएर जाँदा समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्छ । विश्वपरिवेशमा रोजगारीको अवसरमा कटौती पश्चात नेपालीहरुको खर्च शैलिमा कमी आउने छ । त्यसको मुल कारण भनेको जुन घरमा हिजो यथेस्टमात्रामा रेमिट्यान्स भित्रिने गरेको थियो भोलिका दिनमा त्यहि वातावरण रहँदैन । विश्वपरिवेशमा रोजगारीको अवसरमा कटौती पश्चात नेपालीहरुको खर्च शैलिमा कमी आउने छ । त्यसको मुल कारण भनेको जुन घरमा हिजो यथेस्टमात्रामा रेमिट्यान्स भित्रिने गरेको थियो भोलिका दिनमा त्यहि वातावरण रहँदैन । रेमिट्यान्स घटेर जाँदा नेपालीको खर्च गर्ने बानी कटौती हुन्छ । यसको प्रभाव वस्तुको उत्पादन, उपभोग र वितरणमा पर्छ । जब उपभोक्ताको क्रयशक्तिमा कमी आउँछ तब राज्यको कर प्रणलीमा गम्भिर असर पर्न गई स्वभाविक रुपमा राज्यको ढुकुटी फितलो हुन्छ । यसकारण भोलिका दिनमा नेपाली अर्थ व्यवस्थामा विश्व अर्थ व्यवस्थाको नकारात्मक प्रभावले प्रत्यक्ष असर पार्छ जुन कर प्रणाली र राष्ट्रिय उत्पादनमा गिरावट आई वैदेशिक ऋणमाथि थप चाप पर्न जान्छ । यस प्रकारको अवस्थाले अर्थ व्यवस्था निकै संकटपूर्ण घडीमा पुग्दछ जसको सामना गर्न न्यूनतम उपभोग्य वस्तुको प्रगोगमा कटौति गर्ने सम्मको दहमा ओरालो लाग्ने अवस्था बन्नसक्ने कारण बन्न सक्छ । मानव सभ्यता र जीवमा पर्ने प्रभाव कोभिड–१९ ले मानव सभ्यता माथि ठूलै चूनौति थपेको छ । मानिसले विज्ञान र प्रविधिको अधिकतम प्रयोगबाट हरेक विषयमा आफू सक्षम रहेको दावी गरिरहेको परिवेशमा कोरोना भाईरससँग मुकाविला गर्न विश्वजगतलाई धावा बोलिरहेको छ यसबाट त मानिसले आफूलाई जित गराउला तर भोलिका दिनमा यो भन्दा अन्य प्रकारका भाईरसहरुसँग लड्नका लागि उसले आफूलाई तयारी अवस्थामा राख्नु पर्ने हुन्छ । यस कार्यका लागि विश्व विज्ञान जगत र अनुशन्धान कार्यलाई निरन्तरता दिदै मानव हितका लागि स्वास्थ्य संरक्षणका उत्पादनमूलक अभ्यास भोलिका लागि नितान्त जरुरी छ । मानव सभ्यता माथिको प्रहारलाई निरुत्साहन गर्न र जीव माथि पर्न सक्ने संकटलाई हरेक तवरबाट सामना गर्न विश्व एक भएर लाग्नु भोलिका दिनका हितकारी हुन सक्न नकि यो देशले यो वा त्यो गर्यो भन्दै आलोचना गर्नु नै उपयुक्त हुनेछ । एक शताब्दीको समापन पश्चात कुनै न कुनै प्रकारको भयानक महामारी आउने कुरालाई स्वीकार गर्दै त्यससँग मुकाविला गर्न हरेक देशहरुले पूर्व तयारी पूर्णरुपमा गरेर बस्नुको विकल्प मानव संरक्षणमा अर्को उपाय नहुन सक्छ । अर्थात महामारी अउनु पूर्व नै निरुपणका उपाय सहित उपकरणद्धारा तयारी हालतमा रहनु पर्ने पाठ कोभिड–१९ ले सिकाएको कुरा नकार्न मिल्दैन । मानव भविष्य सुन्दर छ, हामी समस्यासँग डराएर हैन डटेर अगाडी बढ्दा जित हाम्रै हो भन्ने आधारमा सिङ्गो विश्व एक हुनु आवस्यक छ । हिजोको कुराले भोलिका दिनमा हुन सक्ने संभाव्य घटना र परिघटनालाई टार्ने उपायहरु खोज्न सहयोग गर्छ जुन कामका लाग्नका लागि प्रेरीत गरेको छ त्यो जीवन रक्षाको बलियो कवच बनेर मानव सभ्यतालाई पछाडी फर्कन दिदैन । बरु यसले द्रुत गतिमा अगाडी बढ्ने प्रेरणा दिएर गएको छ । निष्कर्ष मानव जीवन रक्षाका लागि यस घडीमा जसरी विश्वजगत एक भएर अगाडी बढेको छ त्यसरी नै आफू माथि आईपर्ने हरेक समस्याको समाधान पनि सजिलैसँग हुनेछ । यसमा हरेकको संयमता आवस्यक पर्छ । विवेकको सहि मात्रामा प्रयोग गरेर धैर्यताद्धारा विषम परिस्थितको सामना गरेर मानिस अगाडी बढ्दै जानेछ । सामाजिक सद्भाव, आहार विहार, व्यक्तिगत आचरण, राष्ट्रिय र अन्तराष्ट्रिय मूल्य मान्यताको पालनाले कोभिड–१९ लाई परास्त गर्दै विकास गति पुन पहिलेको अवस्थामा आउँछ प्रतिक्षा गरौं । हामी नेपाली एक भएर आगाडी बढेका छौ जसको कारण आजका दिनसम्म कोरोनाको कारण नेपालको भूमिमा नेपालीले ज्यान गुमाउनु परेको छैन । यो भन्दा ठूलो खुसी हामी नेपालीका लागि अर्को के होलार ! एउटै कुरा के हो भने यो विषम अवस्थामा आईपरेका अन्य समस्याहरुलाई हामीले साझा समस्या मानेर आत्मसाथ गर्नै पर्छ र कोरोना माथि हामीले जित गर्ने नै छौं । [email protected]

अबको प्रमुख एजेन्डा ‘सार्वजनिक स्वास्थ्य’

कोरोना भाइरसबाट जोगिन रणनीति बनाउने छलफलमा उच्च अधिकारीहरू कोरोना भाइरसको संक्रमण आज विश्वका सबै देशमा महामारीको रुपमा फैलिएको छ । जसले गर्दा विश्वको अर्थब्यवस्था तहसनहसको भईसकेको छ । हाम्रो देश नेपालमा पनि यो भाइरसले आक्रमण गरि सकेको आवस्था रहेको छ । हाल नेपालमा २०७७ बैशाख ४ गतेसम्म जम्मा परिक्षण करीब ६,८७१ ग्रिएकोमा करीब १६ जनामा कोरोना भाइरसको संक्रमण विभिन्न ५ वटा जिल्लामा पाइएको छ र नेपाल यसको उच्च जोखिममा रहेको विश्वस्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । यो जनावरबाट सर्ने एक प्रकारको भाइरस हो तर यो भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि भएको छ । यो भाइरस मानिसमा सर्नका लागि प्रत्यक्ष रूपमा यस रोगबाट संक्रमित मानिस वा पशुपक्षीको र्रयाल, सिँगान, थुक, जुठो खानेकुरा आदिबाट मात्र सर्ने गरेको देखिएको पाइन्छ । यो रोगको लक्षण कुनै पनि मानिसको शरीरमा यसको जीवाणु प्रवेश गरेको २ देखि १४ दिनभित्र देखा पर्दछन । यसको लक्ष्यण देखापर्ने समय अवधि मानिसको उमेर, उसको शरीरमा रहेको रोग प्रतिरक्षात्मक क्षमता, उसको शरीरमा रहेका दीर्घरोगको अवस्था, खानपान आदिका कारणले फरक फरक हुनसक्छ । यो रोगको लक्षण देखा परको मध्येमा पनि करिब ८० प्रतिशत मानिसमा सामान्य प्रभाव परेको हुन्छ र सजिलै उपचार हुन्छ । यो रोगबाट जटिल अवस्थामा पुगेका बिरामीको शरीरका बहुअङ्ग फेल हुने सम्भावना उच्च रहेको र करीब ६ प्रतिशतको समूहमा पर्ने बिरामीको मृत्युदर पनि उच्च रहेको पाइएको छ । पृष्ठभूमि छिमेकी देश चीनको उहान प्रान्तमा पहिलो पटक देखापरेको यो रोग के बाट र को बाट शुरु भयो र अन्य मानिसमा कसरी फैलियो भन्ने आजको दिनसम्म स्पष्ट हुन सकिएको छैन । संसारभरका वैज्ञानिक यस बारेमा अनेक कोणबाट अनुसन्धान गरिरहेका छन । तर निचोडमा पुग्न सकिरहेका छैनन । कुनै पनि भाइरसबाट संक्रमित पहिलो बिमारीलाई इन्डेक्स केस भनिन्छ । पहिलो बिरामीबाट मात्र यो रोग पत्ता लगाउन सकिन्छ । तर उहानमा फैलिएको यो भाइरसको पहिलो बिरामी को हो भन्ने थाहा पाउन सकिएको छैन । त्यहाँका चिकित्सक वैज्ञानिकले आजसम्म पत्ता लगाउन सकेका छैनन । संसारमा आजसम्म देखा परेका अधिकांश भाइरस जङ्गली जनावरबाट आएको पाइएको देखिन्छ । यो कोरोना भाइरस पनि जङ्गली जनावरबाटै उत्पत्ति भएको हो भन्ने बारेमा दुई मत नभए पनि कुन जङ्गली जनावरबाट आएको हो भन्ने बारेमा भने वैज्ञानिक एकमत हुन सकेका छैनन । अहिलेसम्म विभिन्न मुलुकमा फैलिएका भाइरस प्रायः चमेरो र ऊटबाट फैलिएको पाइएको छ । यो कोरोना भाइरस पनि चमेरोबाट फैलिएको हो भन्ने धेरैको अनुमान छ तर प्रमाणित भने हुन सकेको छैन । केही समय अगाडी इबोला पनि चमेराबाट फैलिएको थियो । त्यसै गरि अस्ट्रेलियामा हेन्ड्रा भाइरस र बङ्गलादेशमा फैलिएको भाइरस पनि चमेरोबाट नै फैलिएको थियो । त्यसैले नोभल कोरोना पनि चमेरोबाट फैलिएको हुनसक्ने आशंका वैज्ञानिकहरूले गरेका हुन तर वास्तविक तथ्य भने हालसम्म पत्ता लागेको छैन । यो भाइरसको संक्रमणबाट अहिले विश्वका सबैजसो मुलुक आक्रान्त छन् । स्वास्थ्य प्रणाली तुलनात्मक रूपमा राम्रा भएका अमेरिका र युरोपका इटाली र स्पेनमा यो रोगका कारण ज्यान गुमाउनेको संख्या चीनमा भन्दा बढी भइसकेको छ । इटली र स्पेनको स्वास्थ्य प्रणालीले धान्न नसक्ने स्थिति भएको छ । अमेरिका त्यस्तै अप्ठेरो हालतमा पुगेको छ । कोरोना संक्रमण नियन्त्रण गर्न चीनले गरेको अथक र योजनाबद्ध प्रयासको विश्वभरि नै प्रशंसा भएको छ । कोरोनाको विश्वमा परेको प्रभाव लेखक चीनमा पहिलोपटक कोरोना भाइरस देखिएको करिब चार महिना पुग्यो । यी चार महिनायता मानव समुदाय कोरोनासँग संघर्षरत छ । तर, कोरोनाको कहर भने बढेको बढयै छ । संक्रमणको जोखिमबाट बच्न, संक्रमण फैलिन नदिन विश्वका अधिकांश मुलुकले लकडाउन गरेका छन । लकडाउनका कारण मानिस आफ्नै घरभित्रका कैदी जस्तै जीवन बिताउन बाध्य भएका छन । विश्व स्वास्थ्य संगठनले महामारी घोषित गरेको कोरोनाले अहिले विश्वभरको स्वास्थ्य व्यवस्था गम्भीर संकटमा पारेको छ र विश्वको अर्थप्रणाली भने गम्भीर संकटमा पर्ने आकलन गरिएको छ । यो महामारीबाट विश्वका मानव समुदायले भोग्ने सबैभन्दा ठूलो असर अर्थतन्त्रमाथि पर्ने निश्चित छ । अर्थ-व्यवस्था ठप्प भएपछि विश्व अर्थ-व्यवस्था अनिश्चित कालका लागि मन्दीको चपेटामा परेको अन्तर्रािष्ट्रय मुद्रा कोषले घोषणा गरिसकेको छ । लकडाउनले माग र आपूर्ति तथा उत्पादन रोकिएको छ जसले गर्दा अर्थ–व्यवस्थामा नकारात्मक असर पुगेको देखिन्छ । अर्थ–व्यवस्थामा देखापर्ने यो संकटको पहिलो सिकार कमजोर आर्थिक अवस्था भएका मानिस र मुलुक हुनेछन । भारतीय लेखक तथा राजनीतिक विश्लेषक काँचा इलैया सेपहर्डको भनाई अनुसार ‘जब कुनै महामारी वा संकट सिर्जना हुन्छ, तब आर्थिक र सामाजिक रूपमा प्रतिरक्षा शक्ति कमजोर भएका गरिब नै यसको अधिक सिकार हुन्छन’ । अहिले नै विशवभरिका करोडो मानिस भोकमरीको चपेटामा छन । युएनसिटिएडीका अनुसार कोरोनापछि कम्तीमा पनि ११.३ करोड मानिसलाई बाँच्न बाह्य सहयोग आवश्यक पर्नेछ । अर्थात एक छाक खाना पनि जुटाउन नसक्ने मानिसको संख्या बढेर जान्छ । कोरोना भाइरसको नेपालमा प्रभाव कोरोना संक्रमणको महामारीले हाम्रो अत्यन्त कमजोर स्वास्थ्य प्रणाली, दैनिक उपभोगका वस्तुमा समेत अति परनिर्भरता, भ्रष्टाचार, उत्तरदायी राजनीतिको अभाव सबैथोक एकैचोटि उदांगिएको छ । कोरोनाका कारण विश्व अर्थतन्त्र मै नराम्रो असर परेको छ । दसौं लाख नेपाली रोजगारीका लागि विदेशमा छन । ती मुलुकको अर्थतन्त्र खुम्चिएर नेपाल फर्कनु पर्ने स्थिति बन्यो भने त्यसले नेपाललाई ठूलाे असर पार्ने छ । नेपालको अर्थतन्त्रमा कुल गार्हस्थ उत्पादनका आधारमा झन्डै एकतिहाइ र विदेशी मुद्रा सञ्चितिमा झन्डै दुईतिहाइ योगदान दिने हाम्रो अर्थतन्त्रको मुख्य आधार रेमिट्यान्स कमजोर हुने र विदेशबाट फर्किएकालाई रोजगारी पनि दिनु पर्ने त्यस्तो अवस्थामा नेपालको अर्थतन्त्रलाई व्यवस्थापन गर्ने र युवालाई रोजगारी दिने जिम्मेवारी हुनजान्छ । कोरोना भाइरस महामारीले हाम्रो अर्थतन्त्रमा निकै गहिरो असर पार्ने निश्चित छ । खाडी मुलुकबाट नेपालीलाई फर्काउन थालिएको छ । होटेलहरु खाली छ, हवाई जहाज एयरपोर्टमा थन्किएका छन, साना उद्योग बन्द छन। साना व्यापारी र निम्न आय भएका यसको चपेटामा परेका छन । यही कारणले उनीहरूको स्वास्थ्य, शिक्षा लगायत विषयमा थप जटिलता थपिने छन । हालसम्म करिब विश्वको हरेक मुलुकमा यो रोगको प्रभाव फैलिएको छ । यो रोगबाट सबभन्दा पहिला प्रभावित हने मुलुक चीन हो तर चीनले यसको उचित व्यवस्थापन गरिसकेको छ भने अन्य सबै मुलुकले भरमग्दुर कोसिस गरिरहेका छन । नेपालमा पनि यो रोगको प्रत्यक्ष प्रभाव देखिसकेको छ । यो रोगको त्रासका कारण नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्रशासनिक लगायतका क्षेत्र मारमा परिसकेका छन् । यही रोगको त्रासका कारण नेपालको पर्यटन क्षेत्र कोमामा पुगिसकेको छ भने वैदेशिक रोजगार ठप्प भएको छ । नेपालका भन्सार नाकाहरू सुनसान छन, जसको कारण दैनिक करिब एक अर्ब रूपैयाँभन्दा बढी राजस्व गुमिरहेको छ । त्यस्तै नेपालको आन्तरिक बजार अस्तव्यस्ततर्फ उन्मुख भइरहेको छ । त्यस्तै पर्यटन सेवा लगायत उद्योग धराशयी बनेको छ । हजारौँ मानिस बेरोजगार बन्दै छन । खाडी तथा भारतबाट फर्कने लाखौँले रोजगारी गुमाएका छन । यो नेपालको लागी ठूलो चुनौती हो । कोरोना भाइरस महामारीले हाम्रो अर्थतन्त्रमा निकै गहिरो असर पार्ने निश्चित छ । खाडी मुलुकबाट नेपालीलाई फर्काउन थालिएको छ । होटेलहरु खाली छ, हवाई जहाज एयरपोर्टमा थन्किएका छन, साना उद्योग बन्द छन । साना व्यापारी र निम्न आय भएका यसको चपेटामा परेका छन । यही कारणले उनीहरूको स्वास्थ्य, शिक्षा लगायत विषयमा थप जटिलता थपिने छन । कोरोना रोकथामको लागि नेपालमा भएका प्रयासहरु विश्वमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ लाई नियन्त्रण गर्न प्रधानमन्त्रीको उपस्थितिमा पटक पटक बैठक बसी विशेष नीतिगत निर्णय गरी साधन स्रोत लगायत अन्य आवश्यक बन्दोबस्तीका कार्य गर्ने निर्णय भएको छ । उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीको अध्यक्षतामा निर्देशक समिति गठन भएको, स्वास्थ्य तथा जनसंख्या मन्त्रीको अध्यक्षतामा समन्वय समिति र मुख्य सचिवको अध्यक्षतामा उच्च स्तरीय कार्यदल गठन गरी नीतिगत कार्य भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिवको संयोजकत्वमा मन्त्रालय स्तरको कार्यदल गठन भएको छ भने प्राविधिक पाटो हेर्न प्रमुख विशेषज्ञको संयोजकत्वमा प्राविधिक टोली गठन गरी कार्यरत रहेको छ । अति जोखिमयुक्त मुलुकबाट आउने यात्रुलाई त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थलमा स्क्रिनिङ गरी शकास्पद बिरामी भेटिएमा आइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको छ । सरकारी र निजी अस्पतामा आइसोलेसन बेडको स्थापना गरिएको छ भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई शंकास्पद बिरामीको नमुना परीक्षण गर्ने व्यवस्था गरिएको छ । चीन तथा भारतसँगका मुख्य नाकाबाट नेपाल प्रवेश गर्ने मानिसको शरीरको तापक्रम मापन गर्ने व्यवस्था गरिएको छ । यसका साथै यो भाइरसका बारेमा जनचेतनाका लागि सञ्चार माध्यमबाट सूचनामूलक सामग्री प्रवाह गर्ने कार्य गरिरहेको पाइएको छ भने विभिन्न सरोकारवालासँग सहकार्य, सहयोग र संयुक्त पहलमा कार्य गरिएको देखिन्छ । यसका साथै देशको ७ बटै प्रदेशमा नमूना परिक्षणको व्यवस्था मिलाई उच्च सर्तकताका साथ कार्यहरु अघि बढाइएको छ । सरकारले गरेको काम सरहनीय र स्वागत योग्य छ । हाम्रो दायित्य र यसबाट बच्ने उपायहरु कोरोना रोगबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको व्यक्तिगत सचेतना हो । जब व्यक्ति सचेत, जागरूक र सक्षम हुन्छन धेरै समस्या र जोखिम स्वतः न्यूनीकरण हुन्छन र समाधान पनि तुरुन्तै हात लाग्छन । कोरोना रोग मानिसको श्वसप्रश्वासका क्रममा निस्कने थुक, सिगान, र्याल, जुठो खानेकुरा आदिबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । सामान्यतया एक मिटरको दूरीका बीचमा यो सर्ने सम्भावना उच्च हुन्छ । त्यसैले मानिसको भीडभाड लाग्ने बजारमा जाँदा, पसलमा जाँदा, सपिङ मल, सार्वजनिक स्थलमा हुने जात्रा, कार्यक्रम, सभास्थल लगायत मानिसको जमघट हुने क्षेत्रमा नै कोरोना चाँडै सर्ने जोखिम हुन्छ । त्यस्तै हामीले प्रयोग गर्ने मोबाइल, लिपिस्टिक, कलम, ल्यापटप, रुमाल, अरूको प्रयोग गर्ने गरेमा भाइरस सर्ने ठूलो जोखिम हुन्छ र यो लाग्ने र सर्ने जोखिम सम्भावना सबैभन्दा बढी हुन्छ । पहिलो सचेतता भनेको रूघाखोकी लागेको मानिसको अगाडि नजाने हो र रूघा लागेको मानिससँग कम्तीमा एक मिटरको दूरी कायम राख्नुपर्छ । त्यसैगरी आफूलाई रूघाखोकी लागेको छ भने मास्क लगाउनु पर्दछ । सामान्य मास्क लगाएर पनि अरूलाई सार्नबाट जोगाउन सकिन्छ । मास्क छैन भने कुइनोले छेकेर हाछ्युँ गर्नु उपयूक्त हुन्छ । त्यस्तो गर्न सम्भव नभए हातले छेक्नु पर्दछ । तर हाछ्युँ गरिसकेपछि सकभर साबुनपानीले हात धोइ हाल्नुपर्छ । सामान्य अवस्थामा पनि हामीले बेलाबेलामा साबुन पानीले हात धुने गर्नुपर्दछ । यसो गरे आफू र अरूलाई जोगाउन सकिन्छ । हात धुन गाह्रो भयो भने हातको सबैतिर भिज्ने गरी सेनिटाइजरको प्रयोग गर्नुपर्छ । यस्तो बेलामा सबैभन्दा बढी वृद्धवृद्धा, मुटु, मधुमेह, उच्च रक्तचाप, अर्वुध, दमका रोगीलाई जोगाउनु पर्दछ । अब के गर्ने कल्याणकारी राज्यले संसारभर बहस छेडेको वेला नेपालमा पनि कल्याणकारी राज्यबारे चर्चा हुनु जरुरी छ ।सन १९१८ को फ्लुपछि धेरै युरोपका देशले आफ्नो स्वास्थ्य सेवामा व्यापक लगानी गरेका थिए । हामीले पनि स्थानीयस्तरमा आवश्यक स्वास्थ्य सेवा पुर्याउन जरुरी छ । हाल बेरोजगार बन्दै विदेशबाट फर्किएका जनशक्तिलाई नेपालमै राखेर उत्पादनशील क्षेत्रमा लगाउन सके हाम्रा लागि ठूलो अवसर हुनेछ । देशमै केही गर्नुपर्छ भन्ने भावनालाई क्यास गर्ने यो सबैभन्दा उत्तम मौका हो । कल्याणकारी राज्यले संसारभर बहस छेडेको वेला नेपालमा पनि कल्याणकारी राज्यबारे चर्चा हुनु जरुरी छ । तर, नेपाललाई त्यहाँ पुरयाउन उत्पादनमुखी अनि आत्मनिर्भर अर्थतन्त्रबारे भने थप काम गर्न जरुरी छ । सन १९१८ को फ्लुपछि धेरै युरोपका देशले आफ्नो स्वास्थ्य सेवामा व्यापक लगानी गरेका थिए । हामीले पनि स्थानीयस्तरमा आवश्यक स्वास्थ्य सेवा पुर्याउन जरुरी छ । निजी अस्पताललाई नियमन गर्ने अनि आवश्यक परे राष्ट्रियकरण गर्ने साहस नेतृत्वले देखाउन सक्नुपर्दछ । हाम्रो ल्याब, विश्वविद्यालय, अनुसन्धान केन्द्रको महत्व बुझ्न अब ढिला गर्नुहुन्न र सरकारी अस्पतालका बेड अनि भेन्टिलेटर लगायत अन्य सुधारको आवश्यकता रहेको छ । निष्कर्ष हरेक घटनाका सकारात्मक तथा नकारात्मक दुई पाटा हुन्छन । त्यसैले यस कोभिड—१९ बाट विश्व मानव समुदायले भविष्यलाई केही सकारात्मक सन्देश वा शिक्षा पनि पाउन सक्छ । मानवीय सोच एवं धारणामा आउने आमूल परिवर्तनले अन्तर्रा्ष्ट्रिय सम्बन्ध र मुलुकहरूबीचका अन्तर सम्बन्ध एवं सहयोगका क्षेत्रमा नयाँ र सकारात्मक आयाम थप हुन सक्छन । आपसी सदभाव र समझदारीमा बढोत्तरी हुन सक्दछ । सरकार र नागरिक सहकार्यको संस्कृतिले अनुकरणीय असल अभ्यास स्थापित हुन सक्छ । संकटकालका बेला मुलुकले उपयुक्त्त र शीघ्र नीति निर्माण गर्नसक्ने क्षमता, अनलाइन कारोबारको बढोत्तरी, स्वरोजगार वा स्वदेशमै रोजगारीलाई प्राथमिकता, नियन्त्रित विकास निर्माणलाई निरन्तरता, वातावरण संरक्षणमा थप सचेतना, प्राकृतिक स्रोतको दोहनमा विवेकशील बन्न प्रेरित गर्दछ । कोरोनाले नागरिकलाई अनुशासन सिकाउनको साथै ग्लोबल हेल्थ सिस्टमको बहस संसारभरि चलाएको छ । लकडाउनले ध्वस्त पारेको अर्थतन्त्र र सार्वजनिक स्वास्थ्य अबको संसारको प्रमुख एजेन्डा हुने छ । तर, हाम्रो जस्तो मुलुकका लागि भने त्यहाँसम्म पुग्न पनि कठिन छ । त्यसैले अब सबै नागिरकलाई सचेत गराएर, नागरिक सुरक्षाका प्रबन्ध गरेर, नागरिकको आत्मबल बढाएर, सरकारी, निजी, गैरसरकारी लगायतका क्षेत्रको सहकार्यबाट व्यवस्थापन गर्न सकिन्छ । [email protected]

विनाश विनाको विकास उत्तम विकल्प

विम्मात्मक तस्वीर, स्राेतःविकिपिडिया नोेवेल कोरोना भाईरस र उत्पत्ति विश्व स्वास्थ्य संङगठनका अनुसार कोरोनाभाईरस रुघाखोकीदेखि मिडिल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम र सिभियर एक्युट रेस्पिरेटोरी सिन्ड्रोमजस्ता गम्भिर रोग निम्त्याउने ठूलो भाइरसहरुको एउटा समूह हो । नयाँ प्रकारको भाइरस यसअघि मानिसमा देखा परेको थिएन यो भाइरस जुनोटिक अर्थात जनावर र मानिसबीच सर्ने भाइरस हो । यो भाइरस सर्वप्रथम चीनको वुहान क्षेत्रमा सन् २०१९ डिसेम्बर ३१ तारिखमा होलसेल सिफुड मार्केटबाट मानिसमा सरेको हो भनी पुष्टि भएको छ । यो भाईरस जनावरबाट मानिसमा सर्ने भनिएता पनि हालसम्म यो कुन जनावरबाट मानिसमा सरेको भनि पुष्टि भैसकेको छैन तथापी यी सालक, चमेरा, सर्प, सुङगुर, कुखुरा आदि जनावरहरु शंकाको घेरामा परेको भएता पनि यकिन हुन सकेको छैन । चिनिया अधिकारीहरुले सन् २०२० जनवरी २१ मा कोरोना भाईरस मानिसबाट मानिसमा सर्ने भनी पुष्टि गरेका थिए । शुरुमा चीनमा मात्र देखा परेको यो भाइरस अहिले विश्व परिक्रममा छ । हालसम्म २०६ भन्दा बढि देशमा आफ्नो पकड जमाएको छ । नोबेल कोरोनाको रुपमा रहेको भाइरसको न्वारान भने वैज्ञानिकहरुले सन् २०२० फेब्रुअरी ११ मा कोभिड–१९ अर्थात जसको पुरा नाम भने कोरोना भाइरस डिजिज २०१९ राखेका छन् । कोरोना र विश्व सन् २०१९ को अन्त्य संगैसंगै नयाँ वर्षको शुरुवात हुनु अघिलो दिन अर्थात सन् २०१९ डिसेम्बर ३१ तारिखमा चीनको वुहान क्षेत्रमा रहेको होलसेल सिफुड मार्केटबाट मानिसमा सरेसंगै यसले विश्वमा तहलका मच्चाउन शुरु गर्यो । रोचक र दुःख लाग्दो प्रशङ्ग त के छ भने चीनमा कोरोना आउँछ भनेर भविष्यवाणि गर्ने चिनियाँ डाक्टर लि तेनलिगले ३० डिसेम्बरमा घोषणा गरेकोमा गलत सूचना प्रवाह गरेको भनी पुलिसले पक्रेर जेल चलान गरिएकोमा पछि उनको जेलमै सन २०२० फब्रुअरी ७ मा कोरोनाकै कारणबाट मृत्यु भयो भने पछि उनलाई नायकको रुपमा चिनिएको छ । चीनपछि यो भाइरस चीनपछि कोरिया, फिलिपिन्स, हङकङ्ग हुदै विश्व जगतमा आतंकको रुपमा फैलिएको छ । चीनमा तीन हजार भन्दा बढि मानिसको ज्यान लिइसकेकोे छ भने इटाली, स्पेन, अमेरिका, फ्रान्स, बेलायत जस्ता विकसित मुलुकहरुमा बढि क्षति पुर्याएको छ । हालसम्म यस भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख २८ हजार नाघिसकेको छ भने संक्रमितको संख्या २० लाख पुगेको छ । विश्व्यापी भ्रमणमा रहेको यो भाईरसबाट नेपाल पनि अक्षुतो रहन सकेन चीनबाट नेपाल फर्केका एकजना व्यक्तिमा कोरोना भाइरस रहेको भनी २०७६ माघ १० मा पुष्टि भएको र उनलाई क्यारेनटाइनमा राखेर उपचार पश्चात निको भएका छन् । त्यसपछि हालसम्म विभिन्न मुलुकबाट नेपाल फिरेका १६ जनालाई यो भाइरस देखिएको छ भने उनीहरुको उपचार भैरहेको छ । विश्का धेरै मुलुकहरु कोरोना भाइरसको चुनौतिको सामना गर्न दिनरात लागि परेका छन । भाइरस फैलने क्रम नरोकिएमा विश्वमा ठूलो संकट निम्तने निस्चित छ । मानवीय, आर्थिक, वातावरणीय आदि क्षेत्रमा भयाभह स्थिति सिजना हुनसक्छ । लेखक ‘चीनबाट उत्पत्ति यो भाइरस विश्व भरी दिनमा दुई गुणा रात चौ गुणामा बढ्दै जानु र उपचारको लागि अहिलेसम्म कुनै औषधि र खोपको आविष्कार नहुँदा यसले मानवीय क्षति कुन गतिमा गर्छ भन्ने कुनै आकलन गर्न सकिने स्थिति छैन यो विषम परिस्थितिमा आफू पनि बाच्न र अरुलाई पनि बचाउन घरमै सेल्फ क्यारेनटाइनमा बस्नु बाहेकको अरु कुनै विकल्प छैन ।’ कोरोना भाईरसका लक्ष्ण हरु  १०४ डिग्रि सेल्सीयससम्म ज्वरो आउनु,  रुघाखोकि लाग्नु  सुख्खा खोकी लगातार लाग्नु  छिटोछिटो शास फर्नु,शास फेर्न गाहे हुनु,  जटिल हुदै गएमा निमोनिया हुनु,  सिभियर एक्युट रेस्पिेरिटोरी सिन्ड्रोम हुनु,  मृगौलाले काम गर्न छाडनु र मृत्युसमेत ह्न सक्ने नोवल भाइरस सर्ने तरिका नयाँ प्रकारको भाइरस यसअघि मानिसमा देखा परेको थिएन यो भाइरस जुनोटिक अर्थात जनावर र मानिस बीच सर्ने भाइरस हो । जनावरबाट मानिसमा सर्दछ कुनै एउटा सदस्यमा भाइरसको संक्रमण भएमा सो मानिससँग सम्पर्कमा आउने अन्य मानिसमा यसले सहजै संक्रमण हुने संभावना प्रवल रहन्छ । जनावरबाट मानिसमा सरेको यो भाइरस पछिल्लो समयमा जनावरबाट जनावरमा सरेको पनि छ । सर्वप्रथम सन् २०२० अप्रिल ६ मा संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित ब्रोङ्स चिडियाखानामा एउटा बघिनीलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । नोवल कोरोना भाइरसबाट बाट बच्ने उपायहरु  नियमित रुपमा साबुन पानीले मिचिमिचि हात सफा गर्ने,  संक्रमित व्याक्तिबाट टाढा रहने,  अनावश्यक भिडभाडमा नजाने,  खोक्दा हाच्यिउ गर्दा मुख छोप्ने,  घरबाहिर निस्कदा अनिवार्य माक्स लगाउने,  मासु र अन्डा राम्रोसँग पकाएर खाने,  कोरोना भाइरस सम्बन्धी तत्काल कुनै लक्ष्यण देखिएमा सम्बन्धित नजिकैको स्वास्थ्य संस्थामा खबर गर्ने÷जाने  जंगली तथा घरेलु पशुपंक्षीको नजिक नजाने संपर्कमा नआउने,  आफ्नो व्यक्तिगत सरसफाईमा ध्यान दिने,  कुनैकार्य गरेपश्चात स्यानीटाइजर, ह्यान्ड वासको प्रयोग गर्ने अथवा साबुन पानीले मिचिमिचि हात सफा गर्ने नोवल कोरोना र मानव जीवन पृथ्वीको सबैभन्दा बुद्धिमानी र सर्वश्रेष्ठ प्राणी मानीस यतिबेला एउटा सूक्ष्म जीवाणु भाइरसबाट त्रसित छ । एक्दमै सानो सूक्ष्म जीवाणुले मानिसलाई एउटा बन्दकोठामा जेल जस्तै बनाईदिएको छ । विश्वका अधिकांश नागरिक बन्द कोठाभित्र कुन्ठित भएका छन । दैनिकी जीवन कष्ठकर हुदैँ गएको छ । आफ्नो परिवार, इष्टमित्र, साथीभाईसँग समेत टाढा बनाइदिएको छ । प्राय सबै मुलुकले अत्यावश्यक बाहेकका अन्तराष्ट्रिय तथा राष्ट्रिय हवाई यातायात, जल तथा स्थल यातायात, राष्ट्रिय तथा अन्तराष्ट्रिय सीमा नाकामा मानवीय आवत जावतलाई ठप्प पारिएको, भेटघाट, सभासम्मेलन लगायतका सम्पूर्ण कार्यहरु पुरै बन्देज गरेका छन् । मानिसको दैनिकी कष्ठकर हुदैँ गएको छ भने करिव १ लाख २८ हजार भन्दा बढिको ज्यान गैसकेको छ २० लाख भन्दा बढि मानिस यो भाइरसबाट संक्रमित छन् । यो भाइरसले धनी, गरिव, जात, रुप रङ्ग, लिङ्ग, सानो ठूलो, कसैलाई भेदभाव गरेको छैन् । युरोपियन र अमेरिका जस्ता अर्थतन्त्रका बादशाह मानिने यी मुलुकमा सबैभन्दा बढि प्रकोप फैलिएको र ठूलो जनधनको क्षति तीब्र रुपमा बढ्दै गएको छ । हालसम्म विश्वका २०६ भन्दा बढि मुलुकमा यसको महामारी आगोको मुस्लो जसरी फैलिएको छ । मानवीय संकट निम्तत्याउन सक्ने भन्दै विश्व स्वास्थय संगठनले सन् २०२० जनवरी ३० मा आपतकालीन बैठकले यस प्राणघातक भाइरसको प्रकोपलाई ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ का रुपमा घोषणा गरेको छ । नेपालमा पनि यस भाइरसको प्रकोप नफैलियोस र मानवीय क्षति कम होस भन्ने हेतुले नेपाल सरकारले विस २०७६ चैत ११ देखि लकडाउन (स्वकफ्र्यु) घोषणा गरेको छ । मानवीय आवतजावत पूर्णरुपमा ठप्प छ । अत्यावश्यक बाहेकका सबै सेवामा बन्देज लगाइएको छ । मानव जीवन नै सबै थोकको सबै चीज भएकोले नेपालले चालेको यो कदम सहनिय छ । यसैको फलस्वरुप थप क्षति हुन पाएको छैन भने सबै आ–आफ्नो ठाउँबाट सबै सचेत भएका छन् । नोवल कोरोना भाइरस र अर्थतन्त्र कोरोना भाइरसले विश्वको अर्थतन्त्रलाई तहसनहस बनाईदिएको छ । विश्व बैंक, अन्तराष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंक लगायतका आदि संघसस्था र अर्थशास्त्रीहरुले सन् १९३० को विश्व आर्थिक मन्दी भन्दा जटिल अवस्था आउन सक्ने चिन्ता व्यक्त गरिसकेका छन । यहिँ अवस्था रहिरहेमा अर्थतन्त्रमा चौपट हुने निश्चित नै छ । उद्योग, कलकारखाना, पर्यटन, उद्यम, रोजगारी, व्यापार व्यावसाय, कृषि, हवाई यातयात, होटल रेष्टुरा आदि क्षेत्रमा प्रत्यक्ष प्रभाव पारेको छ । लाखौ मानिस रोजगार बिहीन भएका छन अत्यावश्यक बाहेकका सबै बस्तु तथा सेवाको आयात निर्यातमा समस्या सिर्जित भएको छ । कृषि उपजहरुले बजार नपाउँदा उत्पादन स्थलमै सडेर गएको छ भने अर्कोतर्फ उपभोक्ता वर्ग कष्ठकर जीवन यापन गर्न विवस छन् । वस्तु तथा सेवाको मूल्य छोईनसक्नु भएको छ सर्वसाधारणको पहुँचभन्दा बाहिर गएको छ । अर्थतन्त्रका बादशाह ठानिने विकसित मुलुकहरुसमेत अहिले ओरालो लागेका छन आर्थिक वृद्धिमा संकुचन आउने क्रम तिब्र छ यो विश्वव्यापी समस्याको रुपमा देखा पर्न थालिसकेको छ । केहि देशहरुले आन्तरिक, अन्तराष्ट्यि तथा बहुपक्षिय आयात निर्यातलाई पूर्ण रोक लगाईसकेका छन् । यहि भाइरसको कारण उत्पादनमा कमि, मागमा सुस्तता र पुँजी बजारमा भारी गिरावट आउन थालेको छ । आर्थिक स्थायीत्व र आर्थिक बृद्धिको लागि व्यापार व्यावसाय संचालन हुनुपर्ने हुन्छ तर अहिले न त व्यापार व्यावसाय संचालन न त लगानी नै भएको छ । यसको प्रत्यक्ष असर अर्थतन्त्रमा पर्न गएको छ । अर्थतन्त्रका दुई ठूला राष्ट्र चीन र भारतको बीचमा रहेको नेपालमा पनि प्रत्यक्ष असर परेको छ । ज्याला मजदुरी गरेर जीवन गुजारा गर्ने मानिसको अवस्था दिनानुदिन दयनीय बन्दै गएको छ, राजश्व संकलनमा भारी गिरावट आएको छ, पर्यटन, उद्योग, कषि, व्यापार, व्यावसाय पुरै सुनसान छन्, बैंक तथा वित्तीय संस्थाले पनि अपेक्षित गति लिने कुरै भएन कर्जा असुलीमा प्रत्यक्ष असर पारिरहेको छ, घरेलु तथा साना उद्योगको अवस्था झन् जरझर भएको छ । विकास आयोजना ठप्प नै छन् । विकास आयोजना समयमै सम्पन्न नहुँदा थप आर्थिक भार पर्ने कुरा निश्चित नै छ । रेमिटेन्सले धानेको नेपाली अर्थतन्त्रलाई ठूलो धक्का लागेको छ वैदेशिक रोजगारीमा गएका ४५ लाख भन्दा युवाको भविष्य के हुन्छ भनेर आंकलन गर्न सकिने स्थिति छैन । आशा राखौ यस भाइरसको आतंकबाट छिट्टै राहात मिल्ने छ र विश्व अर्थतन्त्रका साथै नेपालको अर्थतन्त्र पुरानै अवस्थामा जाने छ । कोरोना भाइरस र वातावरण यो भाइरसबाट सिर्जित विश्व महामारीले वातावरणलाई पहिलो प्राथमिकता दिएर मात्र विकास गर्नु पर्दछ भन्ने सन्देश उजागर गर्देको छ । अर्थलाई नै सबथोक मान्ने होडबाजीमा रहेका विश्व महाराष्ट्रहरुको आखाँको पट्टि खोलिदिएको छ । विनाश विनाको विकास नै अबको उत्तम विकल्प हो । अन्य क्षेत्रमा जस्तो वातावरणमा नकरात्मक असर परेको छैन । सम्पूर्ण विश्व जगत नै लकडाउनमा रहेको अवस्थामा वातावरण प्रदुषणमा कमी आएको छ । खनिज पदार्थको उत्खनन्, हवाई इन्धन, कलकारखाना, आणविक भट्टी आदि पूर्णरुपमा संचालन नहुँदा वातावरण स्वच्छ भएको छ । कतिपयले कोरोना भाइरसलाई मानिसले वातावरण माथि गरेको अव्यवस्थित दोहनले सिर्जित समस्या भनेका छन् । जनसंख्याशास्त्री मालथसले भनेझै ूपृथ्वीले धान्न नसक्ने भन्दा बढि जनसंख्या भयो भने पृथ्वीले आफै सन्तुलन कायम गर्न विभिन्न विपद, महामारी आउछ भनेका थिए । कतै त्यही सिद्धान्त सिर्जित भएको त होईनू ? यदि त्यसो हो भने यो भाइरसबाट सिर्जित विश्व महामारीले वातावरणलाई पहिलो प्राथमिकता दिएर मात्र विकास गर्नु पर्दछ भन्ने सन्देश उजागर गर्देको छ । अर्थलाई नै सबथोक मान्ने होडबाजीमा रहेका विश्व महाराष्ट्रहरुको आखाँको पट्टि खोलिदिएको छ । विनाश विनाको विकास नै अबको उत्तम विकल्प हो । कोरोना भाइरसले वातावरणमा धेरै जसो सकरात्मक परिवर्तन ल्याएको छ तर यहिँ मौका छोपि वन्यजन्तु र वनस्पतीको अवैध चोरिशिकारी हुने संम्भावना पनि उत्तिकै छ । खुला पशु चौपायकलाई आहार विहारमा समस्या भई तिनीहरुलाई जोगाउन समेत हम्मे पर्न सक्छ । समग्रमा यस भाइरसले वातावरणमा राम्रो प्रभाव पारेको छ भन्नु नै उत्तम होला । अब सबैले यो बुझ्न जरुरी छ कि पारिस्थितिक प्रणालीको संरक्षण र सम्बद्र्धन भयो भने सम्पूर्ण जगत नै सुरक्षित र व्यवस्थित रुपले संचालन हुन्छ । प्राकृतिक स्वरुपलाई नै कुरुप र खलबलिने तवरले मानवीय गतिविधि चलायमा प्रकृतिले त्यसको जवाफ दिन्छ भन्ने गतिले उदाहरण कोरोना भाइरसले प्रकट गरिसकेको छ । त्यसैले बुद्धिजिवी प्राणी मानवको मनमष्तिकमा वातावरणलाई पहिलो प्राथमिकता दिएर मात्र विकास गनुपर्छ भन्ने चेतना भर्नुपर्ने आवश्यक देखिन्छ । अन्ततः चीनबाट उत्पत्ति यो भाइरस विश्व भरी दिनमा दुई गुणा रात चौ गुणामा बढ्दै जानु र उपचारको लागि अहिलेसम्म कुनै औषधिको आविष्कार नहुँदा यसले मानवीय क्षति कुन गतिमा गर्छ भन्ने कुनै आँकलन गर्न सकिने स्थीति छैन यो विषम परिस्थितिमा आफू पनि बाच्न र अरुलाई पनि बचाउन विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जनस्वास्थ्यसंग सम्बन्धित सरोकार राख्ने निकायहरु, संचार माध्यमहरु आदिले जारी गरेका सुरक्षाका उपाय अपनाई क्वारेन्टाईनमा बस्नु पर्ने कुरा चीनले प्रमाणित गरिसकेकोले सबैले आ–आफ्नो ठाउँबाट सरकारले घोषणा गरेका नियम पालना गरी मानवीय धर्म निभाइ असल नागरिक भएको परिचय दिनु नै सम्पूर्ण मानव जगत र विश्वको लागि हित हुनेछ । सकारात्मक सोच राखौं । विश्वले कोरोनाबाट उन्मुक्ति पाई पुरानै अवस्थामा पुग्न सक्नेछौ । बेलैमा होस पुर्याउ, स्वास्थ्य जीवनशैलीमा परिवर्तन गरौँ, दीर्घजीवि बनौँ । मानव इतिहास रच्न आफ्नो व्यावहारलाई परिवर्तन गर्यौ भने यस्ता संकटको सहजै पार लगाउन सकिने छ र जगतकै भलो हुने निश्चित छ । [email protected]

काेराेना कहर र मान्छेकाे धरातल

कोरोना महामारी विश्व स्वास्थ्य संगठनले कोभिड-१९ नामाकरण गरेको र कोरोना महामारी घोषणा गरेको यो एक प्रकारको नोवल सरुवा रोग हो । सन् २०१९ डिसेम्बरमा चीनको वुहान शहरमा पहिलो पटक देखा परेको कोरोना भाइरस संक्रमण तीव्र गतिमा विश्वव्यापी भएपछि यसले महामारीको रुप लिएको थियो । गत २०७६ मंसीर २७ गते चीनमा ४१ जना बिरामीमा अनौठो निमोनियाँ देखिएपछि त्यसको परिक्षण गर्दा नोबल कोरोना भाइरस संक्रमण भएको पौष १ गते अर्थात सन् २०१९ डिसेम्बर १७ तारिखमा पुष्टि भएको थियो । कोरोना भाइरस संक्रमणको सामान्य लक्षण भनेको सुख्खा खोकी लाग्नु, ज्वरो आउनु, सास फेर्न अप्ठेरो हुनु, टाउको दुख्नु, अलमल हुनु, घाँटी दुख्नु लगायत हुन् भने यो भाइरस संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा मुख र नाकबाट निस्किएको पानीका ससाना थोपा तपाईका आँखा, नाक र मुखमा पुगेपछि अर्को व्यक्तिमा सर्दछ । बिरामीबाट निस्किएको र्याल टाँसिएको ढोकाका चुकुल, कलम, भर्याङ्जस्ता बस्तु छुँदा र हात मिलाउँदा पनि भाइरस फैलन सक्छ । कोरोना महामारीको विश्वयात्रा पौष २८ गते चीनबाहिर थाइल्याण्डमा यसको पहिलो संक्रमण पुष्टि भएसंगै यसले विश्वयात्रा तय गरेको ठानिएको थियो । आजसम्म आइपुग्दा यो महामारीले दुई सय भन्दा बढी देशहरुमा प्रवेश पाइसकेको छ । यसै क्रममा नेपालमा पनि माघ १० गते चीनबाट आएका एक युवामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यस्तै माघ १२ गते चीनमा ७ सय ६९ जनामा कोरोना संक्रमण फेला पर्दा विश्वभरी दुई हजार ८ सय एक जनामा संक्रमण पुष्टि भइसकेको थियो । यता भारतमा माघ १६ गते पहिलो संक्रमण पुष्टि भएकै दिन विश्व स्वास्थ्य संगठनद्वारा जनस्वास्थ्य संकटकाल घोषणा गरेको थियो । माघ १९ गते चीनभन्दा बाहिर फिलिपिन्समा पनि कोरोनाबाट मानिसको मृत्यु भएको थियो । माघ २० गते अमेरिकामा पहिलो संक्रमण पुष्टि भएको थियो । फागुन ६ गतेसम्म आइपुग्दा कोरोना संक्रमण विश्वका एक दर्जन देशहरुमा फैलिसकेको थियो । फागुन ७ गते इरानमा र फागुन ९ गते इटालीमा कोरोना संक्रमणको आउटब्रेक भएको थियो । फागुन १४ गते पाकिस्तानमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको थियो । फागुन १७ गते कोरोना संक्रमणका कारण अमेरिकामा पहिलो मृत्यु भएको थियो । फागुन १९ गते थप सात देशहरु इन्डोनेसिया, सेनेगल, पोर्चुगल, लात्भिया, जोर्डन, ट्युनिसिया र मोरक्कोमा पहिलो संक्रमण पुष्टि गरिएको थियो । फागुन २२ गते साउदी अरबमा र फागुन २५ गते बंगलादेशमा कोरोना संक्रमणको पहिलो केश फेला परेको थियो । फागुन २८ गते आएर विश्व स्वास्थ्य संगठनले कोरोना महामारी घोषणा गरेको थियो भने अमेरिकाद्वारा २६ युरोपेली देशलाई अमेरिका छिर्न प्रतिबन्ध लगाएको थियो । चैत्र १ गते भारतमा संक्रमितको संख्या ८२ र दुई जनाको मृत्यु भएको थियो । चैत्र ५ गते थप चार देशहरु किर्गिस्तान, जाम्बिया, एल साल्भाडोर, निकारागुवामा कोरोना संक्रमण फैलिएको पुष्टि भएको थियो । चैत्र ७ गतेसम्म आइपुग्दा विश्वभर दश हजारको ज्यान गइसकेको थियो । चैत्र १० गते भारतमा जनता कर्फ्यु घोषणा भएको थियो । चैत्र १४ गते बेलायती प्रधानमन्त्री बोरिस जोन्सनमा कोरोना संक्रमण पुष्टि भएको थियो । चैत्र १९ गतेसम्म ५० हजार मानिसको यो संक्रमणले मृत्यु भइसकेको थियो भने संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसद्वारा कोरोना महामारी दोस्रो विश्वयुद्धभन्दा पनि भयानक भएको टिप्पणी सञ्चारमाध्यमबाट सार्बजनिक भएको थियो । यो महामारीले यहि बैशाख ३ गतेसम्म विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर दुई सयभन्दा बढी देशहरुमा कुल २० लाखभन्दा बढी संक्रमित भएका छन् भने १ लाख २८ हजारभन्दा बढीको मृत्यु भइसकेको र ५ लाखभन्दा बढी संक्रमणमुक्त भएको तथ्याङ्क रहेको छ । नेपालमा कोरोना कहर यता नेपालमा भने माघ १० गते चीनबाट आएका एक युवामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उपचारपछि निको भई घर फर्किएकोले सरकारले तत्काल कुनै कदम चालेको थिएन । यसैक्रममा फागुन १८ गते कोभिड १९ रोग रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समिति गठन गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन १९ गते कोभिड १९ प्रभवित र यसको उच्च जोखिममा रहेका र तेस्रो देशबाट ती मुलुक हुँदै आउने नेपालीलाई अनिवार्य रुपमा होम क्वारेन्टाइनमा राख्ने निर्णय गरेको थियो । फागुन १० गते मुख्य सचिवको अध्यक्षतामा केन्द्रीय अनुगमन तथा मुल्याङ्कन समितिको बैठक बसी मास्क, सेनिटाइजर लगायत अत्यावश्यक वस्तुको मागलाई नियमित आपूर्ति गर्न आयात तथा उत्पादन वृद्धि गर्ने निर्णय लिएको थियो । यात्रुको ज्वरो मापनलाई प्रभावकारी बनाउने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नेपाल प्रवेश नाकामा उपकरणसहित स्वास्थ्यकर्मी परिचालनको निर्णय समेत गरेको थियो । यस्तै फागुन २८ गते कोभिड १९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सर्वदलीय बैठक बसेको थियो । चैत्र ५ गते आएर उच्चस्तरीय समन्वय समितिले सिनेमा हल, साँस्कृतिक केन्द्र, रंगशाला जस्ता भीड हुने स्थानहरु चैत्र मसान्तसम्म बन्द गर्ने र २५ जनाभन्दा बढी भेला हुन नपाउने व्यवस्था गर्ने निर्णय गरेको थियो । साथै सरकारले चैत्र ७ गते मध्यरातीदेखि बैशाख ४ गतेसम्म अन्तर्राष्ट्रिय सबै उडानहरु बन्द गर्ने निर्णय गरेको थियो । चैत्र ११ गते काठमाडौमा १९ वर्षिया युवतीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएसंगै नेपालमा दोस्रो केश फेला परेको थियो र सरकारले एक साताका लागि लकडाउनको घोषणा गरेको थियो । चैत्र १३ गते धादिङका व्यक्तिमा तेस्रो केस फेला परेको थियो । चैत्र १४ गते चौथो संक्रमण धनगढीमा देखिएको थियो भने बेल्जियमबाट कतार हुँदै आएकी बागलुङ्की युवतीमा चैत्र १५ गते पाँचौं संक्रमण पुष्टि भएको थियो । त्यसपछि चैत्र मसान्तसम्म करिब एक दर्जन संक्रमित भइसकेका छन् भने यो संक्रमण हुनेको संख्या बढ्दो रहेको छ । यसैबीच चैत्र १६ गते सरकारले लकडाउनलाई थप एक हप्ता अर्थात चैत्र २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको थियो भने चैत्र २४ गते सरकारले लकडाउनलाई ८ दिन थप गर्दै बैशाख ३ गतेसम्म गर्ने निर्णय लिएको थियो । पुनः बैशाख २ गते सरकारले आगामी बैशाख १५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरिसकेको छ । यो सम्पूर्ण सरकारी प्रयास कोभिड १९ को महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएका प्रयासहरु हुन् । बैशाख २ गतेसम्म हाम्रो देशमा करिब डेढ दर्जन संक्रमित भेटिए पनि नेपालमा याे लेखत तयार गर्दासम्म कोरोना भाइरसका कारण मृत्यु भने कसैको भएको छैन । छिमेकी भारतमा भने दश हजार पाँच सयभन्दा बढी संक्रमित पुष्टि भइसकेकोमा करिब तीन सय साठी मानिसको मृत्यु भएको छ भने एक हजारभन्दा बढी मानिस संक्रमणमुक्त भएको बताइएको छ । कोरोनाबाट बच्ने उपाय लेखक विश्व स्वास्थ्य संगठनले नै कोरोना महामारीबाट बच्न रोकथामका ६ वटा उपायहरु सुझाएको छ । राम्ररी हात धुने, खोक्दा मुख छोप्ने, व्यक्तिगत सामान नबाँड्ने, आँखा, कान र नाक नछुने, भीडभाडमा नजाने र स्वास्थ्य सल्लाह लिने आधारभुत उपायहरु व्यक्तिले अवलम्बन गर्नुपर्ने बताइएको छ । कोरोना भाइरस फैलन सक्ने शंकास्पद दुषित भागमा छोएपछि साबुन पानीले राम्ररी हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने गर्नुपर्दछ । नियमित मास्कको प्रयोग गर्ने, खोकी लागेमा वा हाच्छिउँ आएमा डिस्पोज गर्न मिल्ने खालको टिस्यु पेपर प्रयोग गर्नुपर्दछ र तत्काल डस्टबिनमा फ्याँक्नुपर्दछ । व्यक्तिगत प्रयोग हुने कलम, माउस र डिजिटल उपकरणहरु अरुलाई बाँड्नु वा कुनै पनि प्रकारका बिरामीलाई दिनु हुँदैन । आफ्नै आँखा, कान र नाक छुनु हुँदैन । संक्रमण शरिरमा फैलिनसक्ने यी संवेदनशील अंगहरु हुन् । संक्रमित व्यक्ति हुन सक्ने स्थानहरुमा सकेसम्म धेरै मानिसको भीडभाडमा प्रवेश गर्नु, सभा सम्मलेनहरुमा जान हुँदैन । बिरामी हुने लक्षण देखिएमा तुरुन्त स्वास्थ्य सल्लाह लिने गर्नुपर्दछ । समुदायमा सामाजिक दुरी कायम राख्दै सुरक्षित घरमै बस्नुपर्दछ । यो रोगको रोकथामको लागि विश्वमै एक मात्र उपाय भनेको लकडाउन हो र विभिन्न देशका सरकारहरुले कडाइका साथ लकडाउन जारी राखेका छन् । कोरोना भाइरस पुष्टि गर्न गरिने परीक्षण, सेल्फ क्वारेन्टाइन, होम क्वारेन्टाइन, सार्वजनिक रुपमा तयार पारिएका क्वारेन्टाइनहरुमा कम्तिमा दुई हप्तादेखि बढिमा तीन हप्तासम्म बसेर आफूमा कोभिड १९ को संक्रमण नभएको यकिन गर्न सकिन्छ । यो संक्रमणको लक्षण देखिएमा राज्यले नै आइसोलेशनमा राखेर उपचार गर्नको लागि वन्दोबस्त गरिरहेको अवस्था छ । नेपालमा अहिले सरकारले र्यापिड डायग्नोस्टि टेस्ट (आरडीटी) र पोलिमेरज चेन रिएक्सन (सिसिआर) विधिबाट कोरोना परीक्षण गरिरहेको छ । पहिलो विधिलाई विश्वभर आलोचना भएकोले त्यति विश्वासनीय नमानिने हुँदा पछिल्लो विधिबाट अन्तिम निर्णय लिने गरेको पाइन्छ । रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिने उपायहरु अपनाउनु नै बुद्धिमत्ता हुने हुँदा यसको संभावित जोखिम न्यूनीकरणको लागि राज्यले नै पुरै देशलाई लकडाउन गरी अत्यावश्यक सेवा प्रवाहबाहेकको अवस्थामा नागरिकहरुलाई घरमै बस्न आग्रह गरिरहेको छ । नेपाल सरकारले चैत्र ११ गतेदेखि जारी राखेको लकडाउन निरन्तर जारी छ भने यो समयमा अति आवश्यक कामबाहेक घरबाट बाहिर ननिक्लिन, भीडभाड वा बढी मानिसहरुको उपस्थिति हुने सम्पूर्ण कार्यक्रमहरु बन्द गर्न, कोराना भाइरस जहाँ र जुनसुकै अवस्थामा पनि हुन सक्ने भएकाले आफूलाई केहि हुँदैन, यो इलाका वा क्षेत्रमा आउँदैन भन्ने जस्ता सोचाई नराखी सजक र सतर्क भएर बस्न, जेष्ठ नागरिकहरुलाई बढी प्रभावित गरेको पाइएकोले घरमा रहनुहुने जेष्ठ नागरिकहरुको विषेश ख्याल गर्न, मास्क प्रयोग गर्न, कुनै चीज छोएपछि वा घर बाहिर गएपछि अनिवार्य साबुन पानीले हात धुन वा स्यानिटाइजरको प्रयोग गर्न र बैंकिङ्ग कारोवारका लागि एटिएम कार्ड वा विद्युतीय कारोवारमार्फत गर्न सरकारले सबैमा आग्रह गरेको छ । सरकारले यसको रोकथामको लागि पछिल्लो समय छ ‘टी’ को रणनीति लिएको बताएको छ । जसमा आउजाउ बन्द गर्ने (ट्राभल रेस्ट्रिक्सन), परीक्षणको दायरा बढाउने (टेस्टिङ्), संक्रमितको सम्पर्कमा आएकाहरुको परीक्षण गर्ने (ट्रयाकिङ् तथा ट्रेसिङ्), उपचार गर्ने (ट्रिटमेन्ट) र सबै एकजुट हुने (टुगेदर) रणनीति अपनाएको बताइएको छ । पटक पटक गरेर अवधि थप गर्दै आएको लकडाउनलाई नेपाल सरकारले बैशाख १५ गतेसम्मका लागि लम्ब्याएको छ । कोरोना महामारीले विश्व समुदायमा ल्याएको चुनौती मानव अस्तित्व संकटमा पार्ने खालको तीव्र गतिमा फैलिरहेको कोरोना भाइरस विश्व समुदायको लागि गम्भीर चुनौतीको विषय बनेको छ । अमेरिका, स्पेन, इटली, फ्रान्स, जर्मनी, बेलायत, चीन, इरान लगायत शक्ति राष्ट्रहरु अहिले यो महामारीको सबैभन्दा बढी चपेटामा परेका छन् । संक्रमितको संख्या, मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढिरहेको छ तर तत्काल यो रोकिने कुनै वैकल्पिक संकेतहरु मिलेको पाइन्दैन । विश्व अर्थतन्त्रमा नराम्रोसंग धक्का लागेको छ । हवाई उडान विश्वमै रोकिएका छन् । विश्व समुदाय अहिले लकडाउनको अवस्थामा गुज्रिरहेको छ । हरेक देशहरुमा लाखौं करोडौं श्रमिकहरु बेरोजगार हुने र भोकमरी फैलने संभावना बढेको छ । वैदेशिक रोजगारीमा विदेशी भुमिमा रहेका विभिन्न देशका लाखौं करोडौं मजदुरहरु अहिले संकटको अवस्थामा दिन गुजार्न बाध्य भइरहेका छन् । कोरोना भाइरस संक्रमण भइसकेपछि पनि लामो समय लक्षणहरु नदेखिने तर अन्य व्यक्तिहरुमा संक्रमण फैलिरहने अवस्था विश्वसामु सबैभन्दा खतरनाक चुनौती सावित भइसकेको छ । अहिलेसम्म यसको उपचार विधि र औषधि पत्ता नलागेको कारण सबैभन्दा चुनौती रहेको छ । विश्वयात्रामा रहेको यो भाइरसलाई यथास्थितिमा राख्न सक्नु पनि विश्वको चुनौती छ । जतिसुकै शक्तिशाली मानिएका राष्ट्रहरुले पनि यो भाइरस नियन्त्रणको ठोस उपलब्धी हासिल गर्न सकेका छैनन् । अहिलेको परिस्थितिमा विश्वको कुनै पनि ठाउँमा कोरोनाविरुद्धको भ्याक्सिन पत्ता लगाउन सके र यसको रोकथामको उपाय निकाल्न सके यो महामारीको चुनौतीसामु सबैभन्दा ठूलो सफलता हात लाग्न सक्ने ठानिएको छ । नेपालमा अगाडि देखिएका चुनौतीहरु नेपाल पनि कोरोना संक्रमणको उच्च जोखिममा प्रवेश गरिसकेको अवस्था छ । विदेशबाट आएका व्यक्तिहरुलाई मात्र देखिएको भाइरस समुदायस्तरमा आफन्तलाई सरेको भेटिएपछि यसको जोखिम उच्च भएको हो । संक्रमितको यात्रा वृत्तान्त धेरै हुनु र सार्वजनिक यातायातका साधनको प्रयोग भएको अवस्थाले यो भाइरसले समुदायमा भुसको आगो झैं मानिसहरुलाई संक्रमित गरिरहेको हुनसक्ने देखिन्छ । यसको लागि सरकारले जतिसक्दो चाँडो धेरै भन्दा धेरै व्यक्तिहरुमा कोरोना संक्रमणको परीक्षणको दायरा र संख्या बढाउनु पर्ने देखिन्छ । कोरोना महामारीका कारण मुलुक पूर्ण लकडाउनमा जाँदा देशको अर्थतन्त्र रोकिएको छ । शैक्षिक संस्थाहरु बन्द भएका छन् । होटल व्यवसाय, पर्यटन व्यवसाय, उद्योग कलकारखानाहरु बन्द भएका छन् । सरकारी निकायहरुले नियमित सेवाहरु प्रवाह गर्न पाएका छैनन् । सार्बजनिक सवारी साधनहरु ठप्प भएका छन् । यसबाट लाखौं मजदुरहरुको रोजगारी गुमिरहेको छ । लाखौं विद्यार्थीहरुको परीक्षाहरु रोकिएर शैक्षिक भविष्यमा संकट सिर्जना भएको छ । विकास निर्माणका कामहरु ठप्प हुँदा मुलुकको अर्थतन्त्र नै स्थिर भएको अवस्था छ । मुलुकले पछिल्लो एक महिनादेखि विषम परिस्थितिको सामना गरिरहनु परेको छ । यो अवस्था कहिलेसम्म लम्बिँदै जाने हो भनेर कसैले पनि लख काट्न सक्ने परिस्थिति रहेको देखिन्दैन । यति हुँदाहुँदै पनि अहिलेसम्म यो महामारीबाट कसैको पनि मृत्यु नभएको अवस्थामा नेपाललाई कोरोना विरुद्धको सुरक्षित जोन या कम खतरा क्षेत्र कायम राख्न, थप संक्रमण फैलन नदिने, संक्रमण फैलिएमा त्यसको व्यवस्थापन गर्न सरकारले सबै स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार समेतलाई उच्च साबधानीका साथ हाईएलर्टमा राख्नुपर्ने परिस्थितिको सिर्जना भएको छ । यो संकटसंग जुध्न आवश्यक सुरक्षाका सम्पूर्ण उपायहरु अबलम्बन गर्नु गराउनु अहिले सरकारको पहिलो दायित्व हुन पुगेको छ । यसले विश्वलाई दिएको सन्देश विश्व समुदाय नै यो महामारीविरुद्ध जुटिरहेको छ । महाशक्ति राष्ट्रहरु आणविक प्रतिष्पर्धा छोडेर भाइरसविरुद्ध लड्नु परिरहेको छ । मानव जीवनको रक्षार्थ सबै एकजुट हुनुको विकल्प छैन भन्ने सन्देश यो महामारीले दिइरहेको छ । स्वास्थ्यमाथि खेलवाड हुनु हुँदैन र संभावित महामारीविरुद्ध लड्न सक्ने क्षमताको पूर्वाधार निर्माणमा शासकहरुले पहिले नै राज्यभित्र लगानी गर्नुपर्ने रहेछ भन्ने सन्देश पनि यो प्रकोपले दिएको पाइन्छ । स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माण र व्यवस्थापनमा अहिले सबै देशहरु चुकेको देख्न सकिन्छ । विश्वमै आणविक हतियारमा खरबौं खर्च गर्ने देशहरुले अस्पताल र स्वास्थ्य संस्थाहरुको पूर्वाधारमा लगानी नै नगरिरहेको अवस्था अहिले देखिएको छ । विश्वको धेरै देशहरुले यसको आवश्यकताको रियलाइजेशन पनि गरिसकेका देखिन्छ । यो महामारीले राजपरिवार, प्रधानमन्त्री, मन्त्री, नेता, कर्मचारी, डाक्टर कसैलाई पनि अछुतो नगरी सानो, ठूलो, धनी, गरीब, शक्तिशाली, कमजोर, उच्च पदस्थ वा सर्वसाधारण कोहि पनि नचिन्ने र सबैको लागि समान जोखिम हुने सन्देश पनि यसले दिएको छ । विश्व अर्थतन्त्र र नेपाली अर्थतन्त्रमा पार्ने प्रभाव नेपालको पर्यटन क्षेत्रमा ठूलो धक्का लागेको छ । ठूला विकास आयोजनाहरु रोकिँदा लाखौं रोजगारीका अवसरहरु गुम्ने, आर्थिक वृद्धि प्रभावित हुने र ठूला कम्पनीहरुको नाफामा उच्च गिरावट आउने अवस्थाले सिँगो देशको अर्थतन्त्र धरासायी हुन सक्ने देखिन्छ । देशमा राष्ट्रिय महत्वका आयोजनाहरु रोकिँदा विकासको गति रोकिएको छ । विश्वको अर्थतन्त्रमा यो महामारीले नराम्रो असर गरेको छ । ठूलो संख्यामा मानवीय क्षति व्यहोरिरहेको विश्वले अर्थतन्त्र चलायमान बनाउन पाएको छैन । विश्व नै लकडाउनको अवस्था छ अहिले । विश्व बैंकले आर्थिक वृद्धि दर नराम्रोसंग तल झर्ने प्रक्षेपण गरिसकेको छ । चाँडोभन्दा चाँडो यो महामारी नियन्त्रण हुन सके थला परेको अर्थतन्त्र उकास्न पुनः सबै देशहरुले लाग्न सक्ने संभाव्यता भने बाँकी रहेको छ । यस्तै नेपालमा पनि अर्थतन्त्रमा ठुलो असर परेको छ । विकास निर्माणको पुँजीगत बजेट खर्च हुन नसक्दा राजश्व संकलनमा असर गरिरहेको छ भने आयात निर्यात ठप्प हुँदा अर्थतन्त्रमा ठुलो प्रभाव पर्ने देखिएको छ । आर्थिक वृद्धिदर पाँच प्रतिशतबाट झरेर दुई प्रतिशतको हाराहारीमा आउने प्रक्षेपण गरिएको छ । यसले नेपालको अर्थतन्त्र दशकौं पछाडि धकेलिने आँकलन हुने गरेको पाइन्छ । नेपाल सरकारले तयारी गरेको भिजिट नेपाल २०२० स्थगन भएको छ । यसले गर्दा नेपालको पर्यटन क्षेत्रमा ठूलो धक्का लागेको छ । ठूला विकास आयोजनाहरु रोकिँदा लाखौं रोजगारीका अवसरहरु गुम्ने, आर्थिक वृद्धि प्रभावित हुने र ठूला कम्पनीहरुको नाफामा उच्च गिरावट आउने अवस्थाले सिँगो देशको अर्थतन्त्र धरासायी हुन सक्ने देखिन्छ । देशमा राष्ट्रिय महत्वका आयोजनाहरु रोकिँदा विकासको गति रोकिएको छ । ठूला पूर्वाधारका परियोजनाहरु जस्तै जनविद्युत आयोजनाहरु, सडक निर्माण आयोजनाहरु, व्यापारमा आयात निर्यातको अवस्था, उद्योग, पर्यटन व्यवसाय आदिमा प्रतिकुलता आउँदा अर्थतन्त्रलाई नराम्रोसंग धक्का पुग्ने देखिन्छ । अहिले देशको सम्पूर्ण बजेट, दातृ निकायहरुको सहयोग समेत कोरोना संक्रमणबाट देश र जनतालाई बचाउन लगानी गर्नुपर्ने अवस्थाले गर्दा अन्य अर्थतन्त्रका सूचकहरुमा लगानी गर्न सक्ने अवस्था रहँदैन । यो महामारीले भविष्यमा कहिलेसम्म कस्तो रुप लिने हो भनेर कसैले पनि भविष्यवाणी गर्न नसक्ने हुँदा यसको असर र प्रभाव अर्थतन्त्रमा सबैभन्दा ठूलो रुपमा पर्न सक्ने आँकलन गर्न सकिन्छ । मानव जातिको भविष्यमा पारेको चुनौती कोभिड १९ महामारी र कोरोना भाइरस संक्रमण मानव जातीको अस्तित्व कायम राख्नको लागि एउटा ठूलो चुनौती भएको छ । बीसौं लाख मानिस संक्रमित भएको, अझै कति हुने हुन् यकिन नभएको, लाखौं मानिसहरुको मृत्यु भइसकेको, संक्रमित व्यक्ति निको भएर फर्किएपछि पनि पुनः यो भाइरसको लक्षण फकिएको आदि कारणले विश्वमा नै मानव जीवनको अस्तित्वमा खतराको घण्टी बजेको मान्न सकिन्छ । मानव जीवनको रक्षार्थ विश्वभरका देशहरुले आम जनतालाई घरभित्रै बन्दाबन्दीमा राखेर लकडाउन गर्नुको एकमात्र उद्देश्य कोरोना भाइरस संक्रमणको तीव्र फैलावटलाई नियन्त्रण र रोकथाम गर्नु नै रहेको छ । यो महामारीबाट जोगाउन खोज्दा अर्को भोकमरी फैलने चिन्ता विश्व समुदायमा भइसकेको छ । लामो समय लकडाउनका कारण लाखौं व्यक्तिहरुको दैनिकी गुजारामा जोखिम थपिएको छ । रोजगारी गुम्दा लाखौं परिवारहरुमा भोकमरी फैलने अवस्था सिर्जना हुँदैछ । अझ भोलिका दिन कति जटिल बन्दै जाने हो भनेर मानिसले अहिले कल्पना पनि गर्न सकेको छैन । यस्तो विषम परिस्थिति वर्तमान पुस्ताको मानव जीवनमा विगतमा पनि भएको थाहा थिएन र भविष्यमा पनि यस्तो अवस्था नआओस् भनेर कामना गरिरहेको अवस्था छ । यो महामारीको फैलावट अति नै तीव्र गतिमा भइसकेको हुँदा यसलाई रोक्न देशहरुले कडाभन्दा कडा कदम चाल्न पछि पर्नु हुँदैन अन्यथा यसले मानव जातीको अस्तित्वमाथि धावा बोल्न सक्ने देखिन्छ । विश्वका शक्तिशाली राष्ट्रहरुमा अकल्पनीय मानवीय क्षति भइरहँदा यो महामारीको चुनौतीलाई सामना गर्न सक्ने क्षमता विश्वका मानिसमा छ कि छैन भनेर हेर्न भने बाँकी नै छ । वातावरण र जीवन जगतमा पर्ने असर सार्वजनिक सवारीका साधनहरु बन्द हुँदा वातावरण प्रदुषणको मात्रा भने विश्वमै घटेको पाइएको छ । सधैं कालो बादल मडारिने आकाश नीलो देखिन थालेको छ । वातावरण प्रदुषणको मात्रा इतिहासमै न्यून भइरहेको अवस्था छ । यसले मानव स्वास्थ्यमा भविष्यमा पार्ने वातावरणीय जोखिम भने कम हुन सक्छ । यो महामारीले विश्वकै वातावरणीय चक्रलाई असन्तुलित बनाइरहेको छ । मावन जीवनकै अस्तित्व समाप्त पार्ने गरी फैलिइरहेको यो भाइरसका कारण मृतकको दाहसंस्कारमा समस्या सिर्जना भइरहेको छ । प्रकृति र मानवबीचको घनिष्ट सम्बन्धमा यसले पूर्णविराम लगाइरहेको छ । सम्पूर्ण मानिसहरु लकडाउनको कारण घरभित्र बस्दा चोरी शिकारी गर्ने तस्करहरुलाई वातावरण बिगार्न उपयुक्त समय हुन सक्छ । बदमासी गर्ने मानिसले यहि बन्दाबन्दीको मौका छोपेर वातावरण विनासमा लागेको अवस्थालाई रोक्न जरुरी छ । वन जंगलमा डढेलोको प्रकोप, वन्यजन्तु चोरी शिकारीबाट वातावरणमा नराम्रो असर पर्न सक्दछ । सार्वजनिक सवारीका साधनहरु बन्द हुँदा वातावरण प्रदुषणको मात्रा भने विश्वमै घटेको पाइएको छ । सधैं कालो बादल मडारिने आकाश नीलो देखिन थालेको छ । वातावरण प्रदुषणको मात्रा इतिहासमै न्यून भइरहेको अवस्था छ । यसले मानव स्वास्थ्यमा भविष्यमा पार्ने वातावरणीय जोखिम भने कम हुन सक्छ तर विश्वका सबै राष्ट्रहरुले प्रमुख प्राथमिकतामा वर्तमान महामारीको त्रासबाट आफ्ना देशका आम मानिसलाई मुक्त गर्नुछ । कोरोनामुक्त देश बनाउनु छ, कोरोनामुक्त विश्व बनाउनु छ । अबको बाटो अहिलेको विषय परिस्थितिमा विश्व समुदाय एक भएर कोरोनाविरुद्धको लडाईं लड्न जरुरी छ । शक्तिसम्पन्न राष्ट्रहरुको समूहले आणविक हातहतियार उत्पादन कारखानाहरु पूर्ण रुपमा बन्द गरेर महामारी रोकथामका लागि पूर्वाधार निर्माणमा लगानी गर्नुपर्ने आवश्यकता देखिन्छ । कोरोना अति प्रभावित देशहरुमा राहत प्याकेजको लागि विश्वले नै एकताबद्ध भएर अविकसित र विकाशोन्मुख देशहरुलाई सहायता गर्नुपर्ने अवस्था छ । विकासित देशहरुले पनि आफ्नो सम्पूर्ण अर्थतन्त्र कोरोनाविरुद्धको अभियानमा लगाउन ढिला गर्नु हुुँदैन । जुन देशमा यो महामारीविरुद्ध खोप पत्ता लाग्न सक्छ, त्यो खोपलाई पत्ता लाग्ने वित्तिकै विश्वभर नै आम मानिसहरुसम्म पुहँचमा पुर्याउन विश्व स्वास्थ्य संगठनजस्ता निकायहरुले पहल कदमी उठाउनै पर्दछ । अहिले सत्तामा बस्नेहरुले पनि राज्यसत्ताको शक्ति प्रदर्शन गर्ने होइन, आम नागरिकहरुको मन जितेर काम गर्ने बेला आएको छ । तानाशाही सरकारहरुले पनि जनतासंग संयम र सचेतनाका लागि घरैमा बसिदिन याचना गर्नुपर्ने बेला आएको छ । अहिले सत्तामा बस्नेहरुले पनि राज्यसत्ताको शक्ति प्रदर्शन गर्ने होइन, आम नागरिकहरुको मन जितेर काम गर्ने बेला आएको छ । तानाशाही सरकारहरुले पनि जनतासंग संयम र सचेतनाका लागि घरैमा बसिदिन याचना गर्नुपर्ने बेला आएको छ । आणविक शक्ति सम्पन्न राष्ट्रहरुले पनि हतियार बिसाएर स्वास्थ्यकर्मीहरुको उच्च मनोवल बढाउन र सुरक्षाकर्मीहरुको सकर्तकतापूर्वक परिचालनमा ध्यान दिनुपर्ने परिस्थिति बनेको छ । यसरी विश्वभरका राष्ट्रहरु चाहे ठूला हुन्, चाहे साना सबै देशहरुमा समान संकट सिर्जना गर्ने यो कोभिड १९ को महामारी र यसको संक्रमण गर्ने कोरोना भाइरस निर्मूल पार्ने अभियानमा हरेक व्यक्ति व्यक्तिको भूमिका रहन्छ भन्ने हेक्का सबैले राखौं । हामी हरेक व्यक्तिले सामाजिक दुरी कायम राखेर संयमित भई घरैमा बसौं । यदि हामी घर बाहिर गएका छौं भने राम्रोसंग हात धोएर बस्ने बानी गरौं । हाम्रो समाजमा कोहि पनि बिदेशबाट फर्केको वा लामो समय घरबाहिर गएर आएको अवस्था छ भने आफैं क्वारेन्टाइनमा बस्ने, संभावित लक्षण देखिएमा सेल्फ आइसोलेशनमा बस्ने, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई सम्पर्क गरी स्वास्थ्य संस्थामा चेकजाँचको लागि जाने, शंका लागेमा चेक गराउने गर्नुपर्दछ । हामीले लकडाउनको अवधि तीन साता पुरा गरिसकेको अवस्थामा हामीमा कोरोना संक्रमण अहिलेसम्म भएको छैन, कुनै पनि लक्षण छैन भनेर ढुक्क अवस्था छ भने आफूले जानेको र घरभित्रबाट गर्न सकिने प्रविधियुक्त काम कारवाही गरौं । निरन्तर अध्ययन वा पारिवारिक घुलमिलबाट एक्लोपन महशुष हुन नदिने वातावरण आफैं सिर्जना गरौं । यसबाट आत्मबल बलियो भई रोगप्रतिरोधात्मक क्षमता विकास हुने र समयको समेत सदुपयोग हुन जान्छ । जसरी पनि हामीले कोरोना भाइरसको संक्रमण देश र समुदायस्तरमा फैलिनबाट रोक्नु पर्दछ । अन्त्यमा, यो महामारीबाट आफु पनि बचौं, अरुलाई पनि बचाऔं । अहिले नगरे कहिले गर्ने? हामीले नगरे कसले गर्ने ? भनेझैं हामी सबै यो महामारीबाट सुरक्षित हुन एकजुट भएर लागौं । इति ! २०७७ बैशाख ३ गते [email protected]

अनाथ

जमुनाक‍ो आँखा घरिघरि दिवालमा झुन्डियाइएको घडीमा गएर अडकिन्थ्य‍ो। सवा चार बजिरहेको थियो। अहिलेसम्म बाबु किन नआएको होला भन्ने प्रश्न मनमा उठिरहेको थियोे । उसको लागि तयार गरिएको खाजा पनि सेलाउदै गइरहेको थियोे । गएर हेर्नु पर्यो  भनेर सोच्दै थिई कि अनुज माँ माँ गर्दै  जमुना कहाँ आइपुगे । स्कूलमा दिएको सूचनापत्र जमुनालाई देखाउदै, ” माँ ! हेर्नु न, हाम्रो जाँच अगाडि सर्यो। १० गतेबाट हुने भनिएको जाँच त ।” ५ गते भित्र नै सकिन्छ । यस्तो किन गरेको होला माँ ?” जमुनाले उसको लुगा फुकाल्दै भनिन्, “शिक्षा मन्त्रालयले  सूचना जारी गरेकोले सबै स्कूलहरु ५ गते भित्र बन्द गर्नुपर्ने छ।’ ‘तर माँ यस्तो किन गर्नु परेको होला ?’ अनुज हाथ धोएर खाजा खान थाल्छ । जमुना भन्छिन्, ‘कोरोना भाइरसले विश्वमा आतङ्क मचाइ राखेको अवस्था छ। यसबाट जोगिन सामाजिक दूरी अति आवश्यक छ। त्यसैले छिटो गरेको हो बेटा ।’ खाजा सिध्याइ सकेको अनुज झोलाबाट कागज निकाल्दै,’माँ हेर्नु न आज स्कूलमा दादादिदीहरु आउनु भएका थिए। यो पर्चा दिएर जानुभयो । यसमा देखाएको सबै कुरा पनि भनेर जानुभयो। थाहा छ माँ, बाहिर निस्कदा मास्क अथवा मुख ढाकेर निस्कनु पर्छ रे । बाहिर भएको बेलामा घरीघरी हाथ सेनिटाइज गरिराख्नु पर्छ रे । घर आउँदा साबुनपानीले हात मिचिमिचि धुनुपर्छ रे।’ मेरो बेटा त धेरै जान्ने भएछ भनेर जमुनाले अनुजलाई अंगालो हाली निधारमा मुँवाइ खाइन। ‘अब भोलिबाट त्यसो भए मेरो बेटा पनि मास्क लगाएर स्कूल जान्छन् । आफ्नो माँको कुरा मान्छन्। हैन त ‘ भनी अनुजलाई हेर्छिन्। अनुजलाई अप्ठ्यारो लाग्छ । लेखक ‘माँ अबबाट मैले हजुरले भनेको सबै कुरा मान्छु। अटेर गर्दिन । मास्क लाएर स्कुल जान्छु । खाजा खानु भन्दा पहिला स्कूलमा पनि हात साबुन पानीले  मिचिमिचि धुन्छु । मलाई थाहा छ हजुरलाई मेरो चिन्ताले सताइ राख्छ । अब हजूरले चिन्ता लिइ राख्नु पर्दैन । म ज्ञानी भएर बस्छु” भन्दै जमुनालाई समाउछ। चैत ५ गतेबाट स्कूल-कलेजहरु बन्द भयो । चीनमा महामारीको रुप धारण गरेको कोरोना भाइरस विश्व भ्रमणमा निस्केकाले विश्वभरी संकट देखापर्न थाल्यो । जताततै डर र त्रासको वातावरण फैलियो। नभन्दै विश्वभरी नै बन्दाबन्दी लागू भयो। राष्ट्रिय र अन्तर्राष्ट्रिय विमान बन्द गरियो । एक मुलुकका मानिसलाई अर्को मुलुक आवत जावतमा प्रतिबद्ध लगाइयो । देशभित्र पनि लकडाउन लगाइयो। बाटोघाटो, मल, हल, मन्दिर, मस्जिद, गुम्बा, चर्च जस्ता सबै स्थानहरु सुनसान भयो। मानिस हिड्ने बाटोमा पशुहरु बेफ्रिक घुमिरहेका छन् । पंक्षी स्वतन्त्र भएर गगनमा रमाइरहेका छन् । मानव आफ्नो घरमा बन्द छन् । सरकारले लकडाउन घोषणा गरेको छ। विश्व नै लकडाउन भएको छ। दिन प्रतिदिन कोरोना महामारी फैलिदै गइरहेको छ।सारा विज्ञान औषधि बनाउनमा दिनरात जुटेका छन् । तर अफसोस अहिलेसम्म कोई सफल हुन सकेका छैनन् । केही सफलता हात आएको छैन । लकडाउन फेरि लम्बिएको छ। ‘ घरमा बसौ सुरक्षित रहौ’ भनेर प्रचारप्रसार गरिएको छ। शत्रु अदृश्य छ। भनिन्छ शत्रु अदृश्य भए लुक्नु नै उत्तम उपाय हो। हुनत संसारसँग अर्को उपाय पनि छैन । संक्रमित व्यक्तिको थुकको नदेखिने थोपाबाट पनि सर्ने यो रोग अति नै घातक छ। घरमा एकजना संक्रमित भए परिवारलाई नै आफ्नो कब्जामा लिन्छ । त्यसैले सामाजिक दूरी राखौ। घरीघरी हात सेनिटाइज गरौ। मास्कको प्रयोग गरौ। सकभर बाहिर ननिस्कौ। यो विषाणु आफै आउदैन। मान्छेले बाहिर गएर यसलाई लिएर आउँछन् भनेर सरकारी र गैरसरकारी संस्थाहरुले नागरिकलाई जागरुक गराइरहेका छन् । लकडाउनको कारण मान्छेको जीवन अस्तव्यस्त भएको छ। स्कुल कलेज बन्द भएकाले बच्चाहरुलाई चौबीसै घण्टा घर भित्र बस्नु परेको छ। वृद्व,जवान र बच्चा सब निसासिएका छन् । लामो लकडाउनको कारण दैनिक उपभोगको समान पाउनु गाह्रो भएको छ। महँगी त्यस्तै बढेको छ। अति नै संवेदनशील घडी छ। विश्वमै त्राहिमाम छ। परमाणुको धाक लगाएर बस्ने  राष्ट्रहरु विषाणुको अगाडि घुँडा टेकेका छन्। बच्चा होस् कि बूढो, ज्ञानी होस् कि मूर्ख, धनी होस् कि गरिब कस‌ैलाई छोडेको छैन । सबैलाई संक्रमित बनाएको छ। विश्वको नै सारा काम ठप्प भएको छ। दैनिक ज्याला गरेर बाँच्ने मजदुरहरूको जीवन अति नै कष्टकर हुन गएको छ। उनीहरूको घरमा एक माना चामल छ‌ैन। एक दाना दाल छैन। स-साना बच्चा छ। के गर्लान् उनीहरू ? कसरी आफ्नो जीवन बिताउलान् ?  सरकारले राहतको व्यवस्था त गरेका छन् । तर त्यो समयमा पुग्न सकेको छैन । त्यसको पनि सही वितरण हुन सकेको छैन। के भएको होला मानिसलाई  ? राहतमा पनि भ्रष्टाचारको गन्ध आउन थालेको छ। कतिसम्म स्वार्थी र लोभी भएका होलान् ? के साच्चैमा उनीहरू भित्र करुणा र दयामाया छैन ? के विपन्न, असहाय र गरिबको कुनै जीवन नै छैन ? यस्तो विषम परिस्थितिमा एकले अर्कोलाई साथ दिने हो। एक अर्कोको सुखदुःखमा सहभागी हुने हो । आफ्नो चुलो सँगसँगै अरुको चुलो पनि बलोस् भन्ने तिर लाग्ने हो। यस्तो भए पक्कै पनि हाम्रो जीत र कोरोना विषाणुको हार हुनेछ। ‘माँ खाना पाक्यो’, भनेर अनुजको आवाज सुनेर जमुना सोचको दुनियाँबाट वास्तविक दुनियाँमा आएछ। खानपिन सकाएर औछ्यानमा आमा र छोरा सुत्न पुगेका छन् । ‘ माँ हाम्रो रिजल्ट कहिले आउँला?’ ‘ यस्तो परिस्थितिमा के रिजल्ट आउनु ? लकडाउन सकिए पछि आउँछ होला ?’ ‘ अनि हामी के गर्ने माँ ? बाहिर पनि जान पाइदैन। रिजल्ट पनि आको छैन । साथीसँग पनि भेट्न पाइदैन । अनि मैले गर्ने के त ?’ अनुजको आवाजमा दर्द लुकेको थियो। ‘ त्यसो भन्नुहुन्न बेटा । लकडाउन त हाम्रै कल्याणको लागि हो।” अनुज प्रश्नको आँखाले जमुनालाई हेर्छिन्। ‘कोरोना महामारीसँग बच्नको लागि पो लकडाउन हो। बेटा पुस्तकहरु पढनको लागि लकडाउन छैन। सिर्जनात्मक काम गर्नको लागि  लकडाउन छैन । केही सिक्नको लागि लकडाउन छैन। कल्पनामा डुबेर केही सिर्जना गर्नको लागि लकडाउन छ‌ैन। योग र ध्यानको लागि लकडाउन छैन।साथीसँग वार्तालापको लागि  लकडाउन छैन । माँ सँग मिलेर घरको काम सिक्न लकडाउन छैन ।’ ‘ सरी माँ । आ एम रँग् । लकडाउनमा पनि थुप्रै काम गर्न सकिन्छ । थुप्रै काम सिक्न सकिन्छ’  भनेर अनुजले जमुनालाई समाएर सुत्न पुग्यो। आज कैयौं मानिस अलपत्र परेका छन्। आफ्नो घरसम्म पुग्न सकेका छैनन् । कैयौं म जस्तालाई घरभेटीले कोठा छाड्न दबाब दिरहेका छन् । जसो कि हामीसँग नै कोरोना महामारी हो । कतिजना खानाको खोजीमा बाहिर निस्कन मजबुर छन् । बिरामीलाई अस्पतालसम्म पुग्न साधन छ‌ैन।अस्पतालमा खटिएका ईश्वररुपी डाक्टर र स्वास्थ्यकर्मीसँग आवश्यक सामग्री छैन । उनीहरू आफ्नो ज्यान जोखिममा राखेर रोगीको ज्यान  जोगाउदै छन्। दुनियाँ पनि कस्तो अजीब। कोही अरुको लागि मर्द‌ैछन् भने कोही अरुलाई मार्न खोज्दैछन् । साँचिनै यही धर्तीमा परोपकारी पनि छन् त विध्वंसकारी पनि छन् । सुरक्षाकर्मीहरु जनताको सुरक्षाको लागि बाहिर बाहिर खटिएका छन्। दुनियाँ पनि कस्तो अजीब। कोही अरुको लागि मर्द‌ैछन् भने कोही अरुलाई मार्न खोज्दैछन् । साँचिनै यही धर्तीमा परोपकारी पनि छन् त विध्वंसकारी पनि छन् । कसैले विपन्न, असहाय र गरिबको लागि खाने बस्नेको व्यवस्था व्यक्तिगत इच्छाले गरिरहेका छन् भने कसैले  राहतको समानमा पनि बइमानीको नजर गाडेका छन् । किन नबुझेका होलान् सम्पत्ति भनेको हिजो अरु कस‌ैको थियोे भने आज अरु कसैको छ र भोलि अरु कसैको होला । मरेर केही साथ लानु छैन । त्यसैले आफू पनि बाँचौ अरुलाई पनि बँचाऔं । जमुना साेच मग्न छिन् । ‘हैन मलाई अचेल के भएको होला ?’ अब निदाउनु पर्छ । समाल्दै जमुना निदाउन खोज्छिन्, ९९, ९८, ९७ … … घाम लागि सकेको थियो । जमुनाको कोठामा झ्यालबाट घाम छिरेर उसको कोमल बदनलाई स्पर्श गरिरहेकाले जमुनाको आँखा खुलेछ। मोबाइल हेर्दा त बिहानको आठ बजिसकेको रहेछ। ओछ्यानमा अनुजलाई नहेरेर मनमनै मुस्कुराउछिन्। बाबू त उठिसकेको रहेछ। अनुज ट्रेमा पानी र चिया लिएर जमुना निर आइपुग्छ। ‘माँ चिया।’ जमुना ट्रे लिएर टेबलमा राख्दै अनुजको हात समाएर आफू नजिकै बसाउदै,’ मेरो बेटा यस्तो ज्ञानी भएको ?’ ‘माँ चिया खानुस्से, लाउँला।’ जमुना चिया लिएर खान थाल्छिन् । ‘माँ कस्तो पाक्या छ।’ जमुना हातको औलाले ईशारा गर्दै,’ सो टेस्टी।’ ‘थैंक्यु माँ।’ यसरी ढिलो उठे बेटा हातको मीठो चिया खान पाए म अब देखि सधैं ढिलो उठने भए। अनुज हाँस्न थाल्छ। जमुना पनि उसँग‌ै हाँस्न थाल्छिन्। जमुना भावमा बगेर अनुजलाई गालामा थप्थपाउँछिन्। खाना पकाउन भनेर भान्सा तिर लाग्छिन् । ताजा तरकारी त अब सपनी नै भइयो । साग नखाएको पनि धेरै भयो । कस्तो साग खान मन लागेको । मन लागेर के गर्नु ? खै यो कोरोनाले कहिलेसम्म दुःख देला ? संसारलाई नै सुक्ष्म विषाणुले कैद  गरेर राखेको छ। सुकेको बाँसी तरकारी पनि कतिको मँहगो ? चामलमा पनि बोरामा दुई सय तीन सय जति पैसा थप लिया छन् । दाल र मसालामा पनि किलोमा पैसा थपिया छ । यहाँ सहरमा ताजा तरकारी पाउन गाह्राे छ भने किसानको तरकारी खेतमा कुहिरहेको छ। पसिना बगाएर उब्जाएको किसानको अन्नबाली खेतमे छ। यदि अन्नबालीलाई घरमा भित्र्याउन सकिएन भने भोलि अर्को संकट थपिएला निश्चित न‌ै छ। किन सरकारको ध्यान गइरहेको छ‌ैन ? इंधन जुटाएर थ्रेसर चलाएर सम्बन्धित निकायलाई खटाएर जसरी होस् अन्नबालीलाई किसानको घरसम्म पुर्याइ दिए हुन्थ्यो । किसानको खेतको तरकारीलाई उचित ढंगले व्यवस्थापन गरिए भने तरकारी पनि खेतमा कुहिनबाट जोगिने छ र जनताको अभाव पनि कम हुने थियो । कस्तो गाह्राे ? कस्तो कष्टकर जीवन ? अहिले कोरोना महामारीको कारण सबै निकायको ध्यान यतातिर लागेको छ। हुनु पनि स्वभाविक नै हो । तर भोलिको लागि भूतमा गरिएको परिश्रम त्यसै खेर जान दिनु पनि राम्रो होइन। भनिन्छ अगर चेति चिरञ्जीवी । भोलिको लागि गम्भिर आज भइएन भने अगामी दिनमा भोकमरी महामारी भएर आउनेछ। ‘अनुज ! बाबू ! बेटा ! खाना खान आउ,’ भनेर जमुनाले अनुजलाई बोलाइन् । कौसीमा खेलिरहेको अनुज, ‘एक छिन माँ आए’ भनेर बाटोमा कुरा गरिरहेको मानिसहरुको कुरा गम्भिर भएर सुन्दै थियो। उनीहरूको कुरा सुनिसके पछि दौड्दै अनुज कोठामा आए । जमुनालाई समाउदै धुरुधुरु रुन थाले छ ।जमुना अवाक् भइन। के भयो यसलाई ? काखमा बसाउँदै,’ के भो बाबू ? तिमी ठीक त छौ नि ? कही चोटपटक लाग्यो कि ? कसैले केही भन्यो कि ?’ अनुज नाइमा टाउको हल्लाएर उत्तर दिदै  थियो । ‘अनि के भयो छोरा ?’ अनुज जमुनाको छातीमा टाँसिएर झन् आँशु बगाउँदै रुन थाल्छ । आमाको मन । जमुना विचलिए छ। उसले आफूलाई थाम्न सकिन । जमुनाको आँखाबाट पनि आँशु बग्न थालेछ। आफूलाई सम्हाल्दै जमुना अनुजको आँशु पुछ्दै सोधेछिन्, ‘बेटा मलाई भन। तिमीलाई त्यस्तो के भा को ? किन एक्कासि तिमी यसरी रुन थालेको ? तिमीलाई थाहा छ नि तिम्रो आँखामा आँशु तिम्रो माँको लागि असहनिय छ। तिम्रो माँले हरहालातमा तिम्रो हेरचाह गरेको छ। जहिले पनि तिम्रो लागि बाँच्या छ। कहिले पनि आँखामा आँशु आउन दिएन। अनुज किन यसरी रोको ?  मलाई भन छोरा । के भयो तिमीलाई ?’ , ‘माँ मलाई  केही भएको छैन।’ जमुना राहतको सास लिदै,’ अनि किन रो को बाबू ?’ ‘माँ मेरो स्कूल जाने बाटोमा एउटा मेरो साथी  छ नि त्यसलाई र उसको आमालाई सन्चो छैन रे।’ ‘तिमी कसरी थाहा पायौ ?’ ‘ म बिहान कौसीमा हुँदा मानिसहरु कुरा गर्दै गइरहेका थिए।आमा र छोरा खाँस्दै छन् । उनीहरू सिकिस्त छन्। उनीहरू कोरोना संक्रमित भएका छन्। दुवैजना कोठामा छट्पटी रहेका छन्। माँ हजुरले केही गर्नु पर्यो । मेरो साथी र उसको आमा बिरामी छन्। संकटमा छन्। उनीहरूलाई उद्वार गर्नुस् माँ । उनीहरूलाई उद्वार गर्नुस् ।’ जमुनाले अनुजलाई माया गर्दै, ‘ तिमी पहिला शान्त होउ बेटा। तिम्रो आमाले कहिले पनि तिम्रो भन्या टारेको छ र ? म तिम्रो साथी र आमालाई बचाउछु बेटा । म उनीहरूलाई अस्पतालमा पुरयाउने छु। उनीहरू निको भएर घर फर्किने छन्। तिमी पीर नगर । तर त्यसको लागि  पहिले तिमी रुनुधुनु बन्द गर्नु पर्यो। तिमी छिटो खाना खाउ अनि पो म जान्छु ।’ ‘ हुन्छ माँ।’ ‘बाबू म नआउनजेल कोठामै बस्नु । कसैले  बोलाए पनि बाहिर ननिस्कनु। मोबाइल आफू सँगै राख्नु । मैले फोन गरेको बेला रिसिभ गर्नु । खाजा म पकाउन भियाउदिन। तिमी चिउरा, दही र आचार खाइहाल्नु । चिसो पानी नखानु । तातो पानी थर्मसमा छ त्यही खानु । मलाई बेलुका आउन ढिलो भए राम्ररी बस्नु । मेरो बेटा बहादुर छ। निडर छ। साहसी छ । एक्लै भए पनि डराउदैन। समझदार छ। एक थोपा पनि आँशु झार्दैन। कही बेलुका आउन ढिलो भए भोक लागेमा घरमा भएको जे खान मनलागे खाएर वीर बेटा भएर बस्नु’,भन्दै जमुनाले अनुजलाई दुवै गलामा मुवाई खाएर ढोका बन्द गर्न लाएर बिरामी तिर लागी। जमुनाले आफू सँग भएभरको पैसा लिएर हिडेकी थिइ। यो भन्दा बढता चाहिएमा के गरुला ? कहाँबाट ल्याउला ? आफूलाई महामारीबाट जोगाउन मास्क र पंजा लगाएकी थिई भने ब्यागमा सेनिटाइजर बोकेकी थिईन्। कोरोना महामारीमा ज्वरो बढी हुने भएकोले आफूसँग सिटामोल पनि लिइराखेकी थिई। बिरामीको घरमा पुग्दा आमा र छोरी दुवै नाजुक स्थितिमा थिए। जमुनाको आँखाभरि आँसु आयो। कस्तो दर्दनाक दृश्य ? हात छाम्दा दुवैलाई ज्वरो ।घर खाली खाली। जमुनाले चाल पाई सकी जे यिनीहरू भोकै पनि छन्। जमुनाले चिया, बिस्कुट र औषधि खुवाइन् । उनीहरूलाई केही राहत भयो ।अब अस्पताल यिनीहरूलाई कसरी पुरयाउनु ? जमुनासँग कुनै उपाय थिएन । नजिकका मानिसहरुसँग सहायता माँगिन् । कोई पनि अगाडि आएनन् । घरधनीहरुसँग गाडीको सहायता माँगे। कस‌ले दिन तयार भएनन् । बाटो हिडिरहेका बटुवालाई गुहारे। कसैले साथ दिएनन् । लकडाउनमा कुनै गाडी थिएन। जमुनाले बच्चालाई काखमा बोकी र आमालाई काँधको सहारा दिएर अस्पतालतिर लागिन्। बिस्तारै बस्दै उठ्दै अस्पतालमा पुगिन्। आमा र छोरीलाई डाक्टरको जिम्मा लाए पछि जमुनाले राहतको सास फेरिन् । ‘डाक्टर यिनीहरूलाई निको पार दिनु पर्यो । सिकिस्त छन् । ‘ जमुनाको आवाजमा दर्द र थकान थियो। उनीहरूलाई आइसोलेसन वार्डमा लगियो । जमुना बाहिर बसेर डाक्टर र नर्सलाई कुरी रहे। डाक्टर र नर्ससँग सोध्दा हामी चेकजाँच गर्दैछु भनेर जवाफ दिन्थे। तपाई घर जानुस्हा, हामी छौ भनेर भन्थे । साँझ पर्न लागेको थियो ।उता अनुज घरमा एक्लै थियो । यहाँ बसेर पनि केही गर्न दिएको छैन। बारम्बार घर जान नै भनिरहेकाले जमुना घर तिर हिँडी। अनुज झ्यालबाट जमुनाको बाटो हेर्दै थियो । कति बेला माँ आउनुहुन्छ भनेर । जमुनालाई देखे पछि अनुज जमुनाको नजिक आउन खोज्यो तर जमुनाले अनुजलाई आफुबाट टाढा राखेर हात सेनिटाइज गरेर बाथरुममा गई साबुनपानीले हात मुख धोएर कोठा भित्र छिरी। ‘माँ साथी कहाँ छन् त ?’ ‘अस्पतालमा छोरा। तिमीलाई भोक लाग्यो होला म खाना पकाउछु।’ ‘हैन माँ छोड दिनुस् । खाना नपाकाउनुस। हजुर थाकेको हुनुहुन्छ । हजुर आराम गर्नुस् । म चाउचाउ पकाउछु। त्यही खाएर सुतौला।’ अनुजको कुरा सुनेर जमुनाको अनुहारमा हाँसो आउँछ । उ आफ्नो सबै थकान बिर्सिन्छिन् । खाना खाएर दुवै आमा र छोरा सुत्न  गए। आमा र छोरा दुवैको चिन्ता एउटै थियो । कसरी  उनीहरू सन्चो ह‍ोलान् ? कहिले घर फर्किएलान् ? ‘ माँ किन कोरोनाले मानिसलाई यति धेरै दुःख दिएको होला ?’ ‘बाबु यो पृथ्वी सबैको साझा घर हो। जति मानवको हक र अधिकार छ उतिनै अरु जीव जन्तुहरुको पनि छ। मानिस यो पृथ्वीको सबैभन्दा श्रेष्ठ विवेकशील प्राणी हो। विषाणुलाई त केही थाहा छैन तर मानिससँग विवेक छ। चेतना छ। बुद्धि छ। ज्ञान छ। उ आफै सतर्क भएर बस्नु पर्ने हुन्छ । आज मानिसलाई कोरोनासँग  रिस उठिरहेको छ। जो स्वभाविक हो । उ एउटा सुक्ष्म किटाणुले विश्वलाई संकटमा पार दिएको छ। उसको अगाडि मानिस विवश छन् । सबैलाई मृत्युको मुखमा धकेल्दै छन्। उ नरसंहारीको रुपमा देखिदैछ। थाहा छैन कसरी इ भयानक विषाणुबाट मान्छेको कल्याण होला ? यदि  यो पृथ्वीको अन्य बासीले मानिससँग मलाई किन तिमीहरूले यतिका दुख दिएको भनेर सोध्यो भने मानिसले के जबाफ देला ? आज मानिसका कारण अन्य अरु सबै जीवहरु पीडित छन् । मानिसहरुले उनीहरूलाई स्वतन्त्र भएर बाँच्न दिएका छैनन् । हावामा प्रदुषण छ। पानी प्रदुषित छ।पृथ्वीको तापक्रम बढद‌ै गइरहेको छ। हिउँ पग्लिदै गइरहेको छ। पृथ्वी मुनिको पानी सुक्दै गइरहेको छ। वनजंगल विनास हुदै गइरहेको छ।जलचरको प्राण संकटमा छ। पशुपंक्षीको गाँसबाँस सखाप हुदैछ । यति मात्रै  हो र ? आकाशमा भएको ओजोन सतह जसले पृथ्वीका प्राणीलाई घातक रोगहरुबाट बँचाउछन् त्यसमा समेत प्वाल परिसकेको छ। तिमीलाई थाहा नहोला यो कोरोना घातक भएपनि मानिसलाई धेरै कुरा सिकाउँदै छ र धेरै राम्रो कुरा दिएको पनि छ। यसले गर्दा वातावरणमा प्रदुषण कम भएको छ। पृथ्वीको कम्पन कम भएको छ। नदीनाला स्वच्छ भएको छ। मानिसलाई अहंकारको दुनियाँबाट टाढा लग्दै छ। गाउँको महत्त्व थाहा भएको छ। ओजोन सतहको प्वाल पुरिदैछ। प‌ैसा नै सबै थोक होइन भनेर थाहा भएको छ। मानवताको पाठ सिकाउँदैछ।’ अनुज निदाएको थाहा पाएर जमुना पनि निदाउने कोशिश गर्छिन् । यो लकडाउनमा अरुलाई आराम थियो तर जमुनाको दिनचर्या व्यस्त र पीडादायी थियो । अस्पताल हिड्दै जानू र हिड्दै घर फर्किनु जमुनाको दैनिकी भएको थियो। आज डाक्टरले घर लग्नु भन्ला कि भन्ने आशमा सधै अस्पताल पुग्थिन्। जमुनालाई छिटै आएको देखेर अनुज खुशी थियो । जमुनाले अनुजको साथीलाई हातखुट्टा सेनिटाइज गरि अनुजको लुगा लाइदिएर आफू पनि साबुनपानीले हातमुख धोई अर्को लुगा लगाएर कोठा भित्र  गई । अनुज सँगै अनुजको साथीलाई बसाएर आफू पनि बसी। घरमा सब चुपचाप थिए।अनुजले साथीलाई एक्लै हेरेर सोधेछ,’ आन्टी खोइ ?’ ‘मेरो आमालाई कोरोना भाइरसले लग्यो अनुज।अब म को सँग बस्ने होला ? कहाँ जाने होला ? कसलाई आमा भनेर बोलाउने होला ?’ आवाजमा आमा गुमाएको दर्द र आफ्नो भविष्यको चिन्ताको पीडा थियो । अनुजको कलिलो मन पनि रुन थाल्यो । आँखाबाट आंशु बग्न थाल्यो । जमुनाले पनि आफूलाई रोक्न सकिन । आफ्नो आँसु पुछ्दै, ‘त्यसो भन्नू हुन्न बेटा। तिमी अनुज सँगै बस्छौं ।आजदेखि मेरो दुईवटा सन्तान । एउटा छोरा र अर्को छोरी’ भनी दुवै हातले दुव‌ैलाई समाइन्। जमुनाको आँखा शून्यलाई हेर्दै थियो । थाहा छैन कति बच्चा अनाथ होलान् ? कति  परिवार बेसहाय होला ? भविष्य त अझै पीडादायी हुनेछ। भोकमरीको महामारी आउँला। चारैतिर लुटपाट मचिएला। कति देशको त वर्चस्व पनि जोगाउन कठिन होला ? हो यो भन्दा पहिला पनि महामारी आएको हो। करोडौं मानिसको मृत्यु भएको हो। तर त्यो बेला सचेतनाकको कमी थियो। जागरुकताको कमी थियो । जानकारीको कमी थियो। श्रोत र साधनको कमी थियो । तर अहिले हामीसँग स्राेत छ। साधन छ। जानकारी छिटोभन्दा छिटो हामी कहाँ पुग्छ। हरेक कुराको दुईवटा पक्ष हुन्छ । सकारात्मक सोचौ। हामी अवश्य सफल हुन्छौं। जनकपुरधाम-४,धनुषा [email protected]

गरिबी र कोरोना

लेखक के मार्छस कोरोना तँ मलाई, जो हरेक पल सामान्य स्वास्थ्य समस्याले छट्फटाइरहेको छ । के तड्पाउँछस् कोरोना तँ मलाई, जो हरेक दिन विविध पिडा र अभावले तड्पिरहेको छ । जहाँ तेरो भन्दा डर भोकमरीको छ, आफ्नो भन्दा पिर भोको छोरा छोरीको छ । तेरो त के डर हुनु र मलाई, तेरो त के डर हुनु र मलाई, डर त हरेक वर्ष मेरा आसपासमा रहेकालाई मार्ने हैजा र झाडापखलाको छ । सुन्दैछु तँ सँग विश्व नै आतंकित छ अरे, सुन्दैछु तँ सँग विश्व नै आतन्कित छ अरे, ठूला ठूला पुँजीपति र धनाड्य पनि तेरै कारण मरे । मै विश्व कै शक्ति हु भन्नेहरु पनि तेरो सामु घुडा टेके अरे। तर मलाई प्रवाह छैन, तर मलाई प्रवाह छैन, म त केबल सोच्दैछु विहान त खाँए तर के खाने भरे , विहान त खाँए तर के खाने भरे । डर त मलाइ त्यस्ता सँग लाग्छ, डर त मलाइ त्यस्तासँग लाग्छ । जो आसेपासे सञ्चार माध्यमलाई अपवाह फैलाउ भन्दैछन, अगाडिको सटर बन्द गरि पछाडिको ढोकाबाट कालोबजारी गरि धनि बन्दैछन । हो डर त मलाई त्यस्तासँग लाग्छ, जो गत वर्ष करोड होइन अर्बौ भन्सार छुट लिएर पनि ज्वरो र रुघाखोकीको बिरामीलाई आफ्ना अस्पतालमा प्रवेश निषेध भन्दैछन् । जटिल परिस्थितिमा पनि स्वास्थ्य सामाग्री खरिदमा भित्रभित्रै नीतिगत भष्ट्राचार गरि बाहिर सरिप बन्दैछन, हो डर त मलाई त्यस्तासँग लाग्छ , जो गत वर्ष करोड होइन अर्बौ भन्सार छुट लिएर पनि ज्वरो र रुघाखोकीको बिरामीलाई आफ्ना अस्पतालमा प्रवेश निषेध भन्दैछन् । जटिल परिस्थितिमा पनि स्वास्थ्य सामाग्री खरिदमा भित्रभित्रै नीतिगत भष्ट्राचार गरि बाहिर सरिप बन्दैछन ।

मानवलाई संकट, धर्तीलाई लाभ

इतिहासलाई फर्केर हेर्दा मानव विकासको क्रमसँगै मानव समाजले प्लेग, बिफर, स्पेनिस फ्लु, ईबोला , एचआईभी/एड्स जस्ता विभिन्न प्रकारका प्राकृतिक विपत्तीहरुको सामना गर्दै आएको छ । विश्वमा समय समयमा बिभिन्न प्रकारका महामारीहरुले लाखौ मानिसहरुको ज्यान लिएको देखिन्छ । त्यस्तै गत सन २०१९ डिसेम्वर अन्त्यमा चिनको वुहान प्रान्त बाट फैलिएको कोभिड— १९को संक्रमण हाल सम्मबिश्वका २ सय भन्दा बढी देशमा पुगिसकेको छ । यो लेख तयार पार्दा सम्म मृत्युहुनेको संख्या १ लाख १९ हजार भन्दा बढी पुगिसकेको र १९ लाख भन्दा बढी संक्रमित रहेको पुष्टि बिश्व स्वास्थ्य संगठनले गरिसकेको छ । संक्रमित मध्ये ४ लाख ५० हजार निको भईसकेका छन् जसमा सबै भन्दा बढी चीनमा रहेका छन् । हाल सम्मको स्थितिलाई हेर्दा सबै भन्दा बढी संक्रमीत र मृत्यू हुनेको संख्या अमेरिकामा देखिएको छ । उच्च दरमा संक्रमित र मृत्य हुनेमा अमेरिका, ईटली,स्पेन, फ्रान्स, जर्मनी, चीन, ईरान, बेलायत, बेल्जियम र स्वीजरल्याण्ड रहेका छन् भने पछिल्लो समय भारतमा पनि संक्रमितको संख्या बढ्दो छ । विश्वका शक्तिशाली राष्ट्रहरुमा समेत भयावह बनिरहेको अवस्थामा नेपालमा पनि संक्रमितकाे संख्या बढ्दै गएकाे छ । भलै अहिलेसम्म कोरोनाको कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन । समयमा नै राज्यले लकडाउनको नीति अवलम्बन गरेको कारण संक्रमण फैलन पाएन । साथै, उपचारको लागि औषधि नभएको अवस्थामा संक्रमण हुन नदिने उपाय अवलम्वन गर्नुको बिकल्प पनि छैन । व्यक्ति व्यक्ति बीचको दूरी कायम गर्ने, शरीरमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने, स्वस्थ्य र पोषिलो भोजन गर्ने, भोजनमा भिटामिन सि र डी को प्रयोग बढी गर्ने, शरीरको तापक्रम बृद्धि गर्ने खानेकुरा खाने, साबुन पानीले हात धुने, सफा रहने, बारम्बार तातो पानी पिउने, बाहिरबाट घर आउँदा लगाएको कपडा तुरुन्त फेर्ने साथै कपडा सफा गर्ने, घरबाट बाहिर निस्कदा माक्स र सेनीटाईजरको प्रयोग अनिवार्य रुपमा गर्ने कोरोना संक्रमणबाट बच्ने उपाय हुन् । यदि संक्रमण भएमा संक्रमित व्यक्तिले पनि माथि भनिएका सबै उपायहरुको पालन गरि चिकित्सकको नियमित निगरानीमा रहेर पूर्ण आत्माबिश्वासको साथ सकारात्मक सोच राखेमा यो रोग निको हुन्छ । धेरै विरामीहरु निको भईसकेका छन् । तसर्थ, यो रोगसँग लड्नका निमित्त संयम, धैर्यता र उच्च मनोवलको खाँचो रहन्छ । कोभिड-१९ को संक्रमण दिन प्रतिदिन बढिरहेको छ । कहिलेसम्म र कहाँसम्म हो कुनै निश्चित छैन र निःसन्देह सामना गर्नुको अर्को विकल्प पनि छैन । यहि क्रमले संक्रमण बढिरहने हो भने यसले विश्वमा भयावह रुप लिने र मानव समुदाय नै संकटमा पर्ने देखिन्छ । लेखक लामो समय सम्मको लकडाउनको कारण कलकारखाना,उद्योगधन्दा ,व्यापार व्यवसाय लगायत आर्थिक र गैर आर्थिक क्षेत्रमा ठूलो क्षति भईसकेको छ । जसका कारण धेरैले रोजगारी गुमाउदै गइरहेका छन् । यो बिषम परिस्थितिमा दिनभर श्रम गरेर विहान बेलुका छाक टार्ने श्रमिकहरुको चुलोमा आगो बल्न छोडिसकेको छ । सरकारले कति समय राहात र सहयोग गर्न सक्छ त्यो पनि अनिश्चित छ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले पनि एक निश्चित समयसम्म मात्र अहोरात्र खट्न सक्छन् । यसरी कहिलेसम्म संक्रमणसँग लड्ने ? समयसँगै सबैले हार खाने समय आउन पनि सक्छ । भाईरस जो अदृष्य छ तर शक्तिशाली छ । औषधि पत्ता लागेको छैन,छिट्टै पत्ता लाग्ने सम्भावना पनि कम देखिन्छ। किनकी यसभन्दा अघिका विभिन्न महामारीमा पनि औषधि उपचारको अभावमा वर्षौसम्म रहेर धेरैले ज्यान गुमाएको उदाहरण छन् । विश्वका शक्तिशाली राष्ट्रहरु जो विज्ञान, प्रविधि र आर्थिक रुपमा सर्वशक्तिमान छन्, ग्रह उपग्रहमा आ-आफ्नो अधिपत्य कायम गर्नेदेखि लिएर शक्तिशालि हतियार निर्माण गरेर विश्वलाई आफ्नो नियन्त्रणमा राख्दै आफूलाई शक्तिशाली राष्ट्रको रुपमा सावित गर्ने प्रयत्न गदै गर्दा, आज हजारौ नागरिकको दैनिक मृत्यु भईरहँदा निरिह बनेर टुलुटुलु हेर्न विवश छन् । यो सम्पूर्ण परिवेसलाई नियाल्दा आज विज्ञानले हार खाएको महशुस भएको छ । विकसित राष्ट्रहरु जाे केवल पुँजीवादी अर्थ व्यवस्थामा नाफा र पैसालाई मात्र सर्वोपरि ठान्छन्, तिनमा दया माया र मानवताको अभाव देखिएको छ । यसरी नै यो विषम परिस्थितिमा पनि पैसा पहुँच र प्रविधिको घमण्डमा स्वार्थी बनेर बस्ने हो भने एक दिन मान्छेले मान्छे माथि ह्रिंसक जनवारले झै ब्यवहार गर्ने छ । मान्छे, मान्छे कै शिकार बन्ने दिन नआउला भन्न सकिन्न । एकतिर भाईरसको संक्रमण त अर्कोतिर खानाकै लागि मान्छे मान्छेबीच हिंसा, हत्या, अत्याचार बढ्ने छ । विकसित राष्ट्रहरु जाे केवल पुँजीवादी अर्थ व्यवस्थामा नाफा र पैसालाई मात्र सर्वोपरि ठान्छन्, तिनमा दया माया र मानवताको अभाव देखिएको छ । यसरी नै यो विषम परिस्थितिमा पनि पैसा पहुँच र प्रविधिको घमण्डमा स्वार्थी बनेर बस्ने हो भने एक दिन मान्छेले मान्छे माथि ह्रिंसक जनवारले झै ब्यवहार गर्ने छ । मान्छे, मान्छे कै शिकार बन्ने दिन नआउला भन्न सकिन्न । एकतिर भाईरसको संक्रमण त अर्कोतिर खानाकै लागि मान्छे मान्छेबीच हिंसा, हत्या, अत्याचार बढ्ने छ । कोरोना भाईरसले सबै भन्दा बढी आर्थिक क्षेत्रमा नकरात्मक प्रभाव पारेको छ । आज विश्वको शक्तिशालि राष्ट्रहरुमा सेवामा आधारित व्यवसायिक क्षेत्र तहसनहस भै सकेको छ,अन्य उद्योग धन्दा प्राय ठप्प रहेका छन् भने नेपाल समेत यसको प्रभावबाट अछुतो रहन सकेको छैन । जसको प्रत्यक्ष नकरात्मक प्रभाव लगानीकर्ता,कामदार कर्मचारी साथै वित्तिय क्षेत्रमा देखिन थालिसकेको छ । विश्वमा सन् १९३० को दशकको आर्थिक मन्दी भन्दा भयाबह मन्दीको आंकलन अर्थशास्त्रीहरुले गर्न थालिसकेका छन् । अमेरिका, युरोप जापान चीन र भारत जस्तादेशहरुले अर्थतन्त्रमा नकरात्मक असरलाई कम गर्नका निमित्त अरबौ डलर खर्च गर्नुका साथै आर्थिक राहत प्याकेजको घोषणा गरिरहेका छन् । यही अवस्था रहेमा विश्वको अर्थतन्त्र वर्षौसम्म उठ्न नसक्ने गरी भासिन पुग्दा हरेक राष्ट्रले आर्थिक संकटको सामना गर्नु पर्ने हुन्छ । जसका कारण गरिब राष्ट्रहरू अझ ठूलो आर्थिक संकटको भारमा पर्नेछन् । वैदेशिक रोजगार, रेमिट्यान्स, वैदेशिक सहायताको भरमा चलेका नेपाल जस्तो देशका अधिकांश मानिस गरिवी र बेरोजगारीको चपेटामा पर्ने निश्चित छ । प्रतिफल स्वरुप खानकै लागि झै-झगडा, हत्या, हिंसा बढ्ने देखिन्छ । यो महामारीले मानव अस्तित्व र सभ्यता माथि नै चुनौति दिईरहेको छ । अकालमा धेरै मानिसले ज्यान गुमाईसकेका छन् । यस्तो अवस्थामा विश्व स्वास्थ्य संगठनले सम्पूर्ण विश्वलाई सचेत र सुरक्षित रहन पटक पटक निर्देशन दिईरहँदा पनि विश्वका विज्ञान र प्रविधिमा सर्बशक्ति सम्पन्न राष्ट्रहरुले निर्देशनको अवज्ञा गरी विवेकहिन बनिरहेका छन । कोरोना भाईरसले न त कुनै राष्ट्र, धर्म, जाति, भाषा सम्प्रदाय छुट्याउछ, न त कसैको पक्ष र विपक्षमा बढि र कम क्षति पुर्याउछ । जसले समयमा नै सावधानी अपनाए साथै विश्व स्वास्थ्य संगठन र चिकित्सकहरुको मार्गनिर्देशनलाई पूर्ण रुपमा पालना गरे ती राष्ट्रहरुमा कम क्षति हुनुको साथै नियन्त्रण गर्न सफल भएका छन् भने जसले जानेर बुझेर पनि लापरबाही गरेका छन् ती राष्ट्रहरुले धेरै क्षति बेहोरिरहेका छन् । यस्तो विषम परिस्थितिमा विभिन्न राष्ट्र र समुदायबीच वैरभाव नराखी समभाव र सम्मान भावका साथ जहाँबाट जसले जसरी जे सहयोग गर्न सकिन्छ त्यही अनुरुप काम गर्नु नै अहिलेको आवश्यकता हो । नेपालको परिवेशमा हेर्ने हो भने साधन श्रोतको अभावमा पनि चिकित्सक तथा स्वास्थ्यकर्मीको योगदान उदाहरणीय रहेको छ । नेपाल जस्तो देश जहाँ उपचारमा खटिनेका निमित्त चाहिने सुरक्षाका उपकरण तथा सामाग्रीको अभाव रहेको छ भने अर्को तिर बिरामीका निमित्त चाहिने औषधि तथा अत्याबश्यक सामाग्रीको उचित प्रबन्ध गरिएको छैन यस्तो कटु यर्थाथको बीचमा घुस,कमिसनका समाचार सुन्दा साच्चै मान्छे भित्र दानव वृत्ति हुर्केको महसुुस हुन्छ ।  यो नै मानव सभ्यता संकटमा पर्नुको संकेत हुन सक्छ । नेपाल जस्तो देश जहाँ उपचारमा खटिनेका निमित्त चाहिने सुरक्षाका उपकरण तथा सामाग्रीको अभाव रहेको छ भने अर्को तिर बिरामीका निमित्त चाहिने औषधि तथा अत्याबश्यक सामाग्रीको उचित प्रबन्ध गरिएको छैन यस्तो कटु यर्थाथको बीचमा घुस,कमिसनका समाचार सुन्दा साच्चै मान्छे भित्र दानव वृत्ति हुर्केको महसुुस हुन्छ ।  यो नै मानव सभ्यता संकटमा पर्नुको संकेत हुन सक्छ । प्रकृति माथिको दोहन नै मानवको लागि खतरा हो भन्ने सोच मानवजातीलाई कहिल्यै भएन । क्षणिक सुख सुविधाका लागि जे पनि कर्म गर्दै गयो फलस्वरुप आज मान्छे आफूले खनेको खाडलमा आफै फसिरहेको छ । हरेक प्राणी जीवजन्तु, वनस्पती र सारा प्रकृतिको संरक्षण गर्नु आफ्नो मूल कर्तव्यलाई बिर्सेदै गएको देखिन्छ । यसरी क्षणिक व्यक्तिगत स्वार्थ र भोग विलासका निमित्त मानिसले प्राणी जगत र प्रकृति माथि राज गदै जानुको परिणाम एक दिन मानव सभ्यतामा नै संकट आउने देखिन्छ । मान्छेले आफ्नो संस्कार, संस्कृति, रितिरिवाज र मानविय कर्तब्य सबै भूलेर गरेका अमानविय क्रियाकलापको परिणाम केही हदसम्म कोरोना भाईरस हुन सक्छ । विगतका विभिन्न महामारीहरुलाई हेर्दा पनि पशुपंक्षीबाट नै संक्रमण फैलिएको पाईएको छ र हालको कोरोना पनि जनवारबाट नै आएको पुष्टि भएको छ । मान्छे यति ह्रिंसक भैसकेको छ कि आफूले सकेसम्मका प्राणीको हत्या गरि खाने गर्दछ, जसरी यस धर्तीमा मानव जातीलाई स्वतन्त्र रुपमा जीवनयापन गर्ने प्रकृतिप्रदत्त अधिकार छ त्यसैगरि अन्य प्राणीलाई पनि यस संसारमा स्वतन्त्र पूर्वक बाँच्ने अधिकार छ । तर, आज उनीहरु सबै मान्छेको शिकार भएका छन् । यी नै प्राणीको प्रतिशोध भावको प्रतिफल पनि हुन सक्छ कोरोना भाईरस । सृष्टिमा प्राणी मध्येको सर्वश्रेष्ठ र चेतनशील प्राणी मानव हो । सबै प्राणीको संरक्षण र सम्वर्द्धन गर्नु र अविभावकत्व निर्वाह गर्नु उसको कर्तव्य हो । प्रकृतिको संरक्षण गर्नु र प्राकृतिक नियम अनुरुप जीवनयापन गर्नु सच्चा मानव धर्म हो । तर आज मान्छेले बिपरीत कार्य गरिरहेको छ। शक्ति र सम्पति हुनेले सकेसम्म आफ्नो स्वार्थ पूर्तिको निमित्त निमुखा माथि दमन, दवाव र थिचोमिचो गरिरहेका छन् । धनी र गरिव बीचको दूरी बढ्दो छ। दया, माया, प्रेम, करुणा मान्छेबाट हराँउदै गएको छ । पारिवारिक प्रेम सद्भावको कमी छ । हरेक परिवारमा आमा बाबु सन्तानबाट अपहेलित हुदै बृद्धाआश्रमको सहारा लिन विवश छन् । बालबालिकाहरु बाबु आमाको प्रेमबाट ठाढिएका छन् भने कति आमाहरु पैसाको लागि दुधे बच्चालाई छाडेर बैदेशिक रोजगारमा जान बाध्य छन् । बात्सल्य प्रेमको कमिका कारण आजका बालबालिकाले एक्लोपनको महशुस गरी कलिलो उमेरमा नै कुलत दुर्वेसनमा फसेका छन् जसका कारण व्यक्ति घर परिवार जहाँ कही सुख शान्ति छैन । जहाँ कहि हत्या, हिंसा, बलत्कार, भ्रष्टाचार, दुराचार बढिरहेको छ । शक्ति र सम्पति हुनेले सकेसम्म आफ्नो स्वार्थ पूर्तिको निमित्त निमुखा माथि दमन, दवाव र थिचोमिचो गरिरहेका छन् । धनी र गरिव बीचको दूरी बढ्दो छ। दया, माया, प्रेम, करुणा मान्छेबाट हराँउदै गएको छ । पारिवारिक प्रेम सद्भावको कमी छ । प्राकृतिक तथा दैविक शक्तिले सम्पन्न, विभिन्न कालखण्डमा ऋषिमुनिहरुको तपस्याको तपले सिञ्चित,भगवान् बुद्धको जन्मभूमि, माँ सिताको जन्मस्थान, अनेकौ दिब्य आत्माहरुको जन्म भएको एक अध्यात्मिक र पबित्र तपोभूमि हो नेपाल । छुटै मौलिक धर्म संस्कृति रितिरिवाजले भरिएको यो देश आज पाश्चात्य संस्कार र संस्कृतिले नराम्रोसँग प्रभाव पारिसकेको छ । हामीले हाम्रो संस्कार रितिरिवाज परम्परालाई भूलेर विदेशीको नक्कल गरिरहेका छौ । खान, लाउन देखिलिएर बोली चालीमा समेत आफ्नो पन हराउँदै गएको छ । देखावटी र देखासिखीमा हामीले आफूलाई भूलेर जस्तोसुकै अमानविय कर्म गर्नपछि परेका छैनौ । आज हामीलाई आफ्नो संस्कार अनुरुप कर्म गर्न लाज लाग्दछ तर अरुको नक्कल गर्न हामी निर्धक्क छौ । हामीले चाहेको भए हाम्रो मौलिकतालाई नै विश्वव्यापिकरण गर्न सक्थ्यौ । प्रविधि, सञ्चार र विश्वव्यापीकरणको सकारात्मक पक्षलाई मात्र अनुशरण गर्न चुक्याै ।अरुबाट राम्रा कुराहरु सिकेर आफ्नै देशमा प्रयोग गर्न सकिन्थ्यो तर देश नै बिर्सिएर हामी बिदेश पलाएन भयौ अर्कौ देशको नागरिक बन्नलाई वर्षौ गुलामी गर्यौ । सायद त्यति मेहनत आफ्नै देशमा गर्न सकेको भए आज खेत बारी बाँझो हुने थिएन । कयौ बा-आमा सन्तानको प्रतिक्षामा रोएर बस्नु पर्ने थिएन । र, आजका सन्तानले बात्सल्य प्रेम, पारिवारीक स्नेहको अभावमा हुर्कदै कुलतमा फस्नु पर्ने थिएन । आज कोरोनाको संक्रमणले सबैलाई एक पटक यी सबै कुरालाई सोच्न बाध्य बनाएको छ । महामारीकै कारण भए पनि सयौ परिवार एक भएका छन् वर्षौपछि पारिवारिक खुशीको अनुभुति भएको छ । संगै बसेर खाने, खेल्ने, रमाउने दु.ख सुख साटने मौका जुटेको छ । प्रविधिको विकास संगै मान्छे विस्तारै कृतिम जीवन शैलीमा भुलेको छ तर विपतको बेला थोरै भए पनि मान्छे बेहोसिबाट ब्यूझिएका छन् । हाम्रा ऋषिमुनिहरुले सिकाएका हरेक संस्कार आज कोरोनाको कारण विश्वले अनुसरण गरिरहेको छ । तर विडम्वना हामी नेपाली यति असल कर्म, संस्कार भूलेर क्षणिक सुख भोगका लागि पश्चिमा संस्कृतिमा रमाईरहेका छौ । जति जति हामी प्रकृतिको नियम विपरित चल्न खोज्छौ त्यति नै अनेक प्रकारका प्राकृतिक प्रकोपको शिकार भईरहेका छौ । सृष्टिलाई जीवन्त राख्न हरेकले आ-आफ्नो धर्म पालना गर्नु पर्दछ । सूर्य, चन्द्रले मात्र पनि आफ्नो धर्म छाडने हो भने हामी हाम्रो अस्तितवको कल्पना गर्न सक्दैनौ, हरेक पशुपंक्षीले पनि प्रकृतिको नियमलाई पालना गरेका छन तर मानव चेतनशील प्राणी भएर पनि चेतनहिन कर्म गरिरहेको छ । स्वार्थ, अहंकार ,घमण्डले मानवलाई दिन प्रतिदिन संकट तर्फ धकेलिरहेको छ । हाम्रा संस्कारहरु जस्तै बिहान सबेरै उठनु,सफा रहनु,नित्य भगवानको जप तप पुजा आराधना गर्नु, नियमित स्वस्थ सफा र सात्विक भोजन गर्नु, बेलुकाको भोजन सूर्यास्त अगाडि हल्का मात्र गर्नु, चाडो सुत्नु, चाडो उठनु, हातले खानु, बाहिरबाट घर फर्कदा, खाना बनाउँदा र खाना खाँदा कपडा फेरेर मात्र खानु, भोजन गर्ने स्थान सफा, शुद्ध र चोखो राख्नु, बाहिरबाट आएका व्यक्तिसँग तुरुन्त नभेटनु, आगो छोएर, नुवाई धुवाई गरेर मात्र घर भित्र छिर्नु, नमस्कार गर्नु, अनियन्त्रित शारीरिक सम्पर्कबाट टाढा रहनु आदि आदि । आज कोरोनाले सिकाएका सारा कुरा हाम्रा परापूर्व कालदेखि चलिआएका संस्कार हुन तर हामीले छोडदै गएका थियौ ।आज कसैलाई भेट्यो कि अंकमाल गर्ने, चुम्बन गर्ने, चम्चा काटाले खाने, फ्रिजमा राखेका हप्ता, महिनाको बासी खाना खाने, मांसाहार भोजन, सफा पानीले नुहाउनुको सट्टा पेपर, टावेलको प्रयोग गर्नु, जनावरसँगको बढि सम्पर्क आदि व्यवहार मानव शरीरका लागि घातक सिद्ध भएका छन् । हरेक प्राणी आफ्नै बासस्थानमा स्वतन्त्र पूर्वक रमाएर बाच्न चाहन्छन तर मान्छेले आफ्नो मनोरञ्जनको साधन बनाएका छन्, स्वादको लागि भोजन बनाएका छन् । मानवका यी नै निर्दयी र क्रुर व्यवहारका कारण प्रकृतिमाथि बारम्बार अत्याचार भईरहेको छ । आधुनिकताको नाममा भएको प्राकृतिक विनासको कारण असह्य भएर विभिन्न वहानामा प्रकृतिले चेतावनी दिईरहेकी हुन्छिन । सायद त्यसकै एउटा रुप कोरोना हुन सक्छ । आजको यस परिवेसलाई हेर्दा जति पनि कोरोनाका कारण मृत शरिरहरु छन्, तीनको राम्रो व्यवस्थापन गरिएको छैन ।शरिर मरे पनि भाईरस जीवित हुन्छ । गाडिएका मृत शरीरबाट अझ खतरनाक भाईरस उत्पन्न हुने सम्भावना रहन्छ त्यसैले मृत शरीरलाई जलाउनु उपयुक्त हुन्छ । मान्छे जति सुकै जड र भौतिकवादी बनेता पनि दु.ख, कष्ट र अप्ठ्यारो परिस्थितिमा भने जानी नजानी भए पनि आध्यात्म, ईश्वरको चिन्तन स्मरण गर्दछन । आजको यो विषम परिस्थिति, लकडाउनको समयमा तनाव कम गर्ने बहानामा भए पनि ध्यान योगको बाटो अनुसरण गरेको पाईन्छ । नियमित योग ध्यानले मानवको आन्तरिक दिव्य शक्तिको उजागर हुन्छ । जसका कारण रोग प्रतिरोधात्मक क्षमताको विकास हुन्छ ।मष्तिस्क तेज हुन्छ, तनाव मुक्त भई सृजनात्मक शक्तिको विकास हुन्छ, आफूभित्र बाटै हिलिङ पावर जागृत हुन्छ । अहिलेको अवस्थामा तनावका कारण धेरै मानिसहरुलाई विभिन्न समस्याहरु आउन सक्छ यस्तो अवस्थामा स्वस्थ, स्वच्छ, सात्विक भोजनका साथमा भगवानको जप तप र योग ध्यानको अत्यावश्यक छ । हामी नेपालीको लागि यी सबै कुनै नयाँ कुरा होईन, यसको महत्व बुझेर आजको दिनमा पश्चिमा देशहरुले पनि यी कुराहरुको अनुसरण गरिरहेका छन् । कोरोना संक्रमणले मानव जातिमा ठूलो संकट ल्याए पनि धर्तीमा भने सकारात्मक परिवर्तन आएको छ। संक्रमणका कारण विश्वभर लागेको लकडाउनले कल कारखाना, उद्याेग, बजार सबै बन्द भएको कारण प्रदुषण कम भएको छ ।हावा स्वच्छ भएको छ, जसका कारण यहाँका अनेकौ जीवजन्तु वनस्पति चराचुरुङ्गि स्वच्छ वातावरणमा रम्दै स्वच्छ हावाको स्वास फेरिरहेका छन । कोरोना संक्रमणले मानव जातिमा ठूलो संकट ल्याए पनि धर्तीमा भने सकारात्मक परिवर्तन आएको छ। संक्रमणका कारण विश्वभर लागेको लकडाउनले कल कारखाना, उद्याेग, बजार सबै बन्द भएको कारण प्रदुषण कम भएको छ ।हावा स्वच्छ भएको छ, जसका कारण यहाँका अनेकौ जीवजन्तु वनस्पति चराचुरुङ्गि स्वच्छ वातावरणमा रम्दै स्वच्छ हावाको स्वास फेरिरहेका छन । तर मानिस भने कोरोना संक्रमणका कारण स्वास फेर्न गाह्रो भएर छटपटाई रहेका छन् । साथै, लकडाउनका कारण घर भित्रै निसास्सिएर बस्न बाध्य छन । अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरे अनुसार करिब ७५ वर्ष पछि पृथ्वीमा यति सफाहावा देखिएको हो । कार्वन उत्सर्जनमा आएको गिरावटका कारण पर्यावरणमा राम्रो प्रभाव देखिएको छ । उद्योग यातायात, बजार बन्दका कारण हावामा प्रदुषणको स्तर घटेको छ, ओजन लेयरमा हिल भएको र सकारात्मक सुधार देखिएको नासाले पनि पुष्टि गरिसकेको छ । फलस्वरुप ग्लोवल वार्मिङ घटेको छ । यी सबै संकेतलाई हेर्दा यस्ता महामारीबाट मान्छेले प्रकृति संरक्षणमा जोड दिनु पर्ने देखिन्छ । वातावरणमा देखिएको यो सकारात्मक सुधारलाई निरन्तर कायम गर्न सके मानव लगायत हरेक प्राणीले स्वच्छ र स्वस्थ जीवनयापन गर्न सक्ने छन्। कोरोना संक्रमण कहिलेसम्ममा अन्त्य हुन्छ भन्ने निश्चित छैन औषधि पत्ता नलागे सम्मवर्षौ लम्बिने संकेत देखिन्छ । एक पटक पूर्ण रुपमा नियन्त्रण भईसकेको चीनमा फेरि संक्रमण देखिनुले अवस्था अझ भयावह हुन सक्छ । यस्तो अवस्थामा आफूलाई सुरक्षित राख्नु, संयम र धैर्यताका साथ परिस्थितिको सामना गर्न तयार हुनुको विकल्प छैन । साथै व्यक्ति, समाज, राष्ट्र र अन्तराष्ट्रिय रुपमा सबैले सबैलाई सहयोग गर्नु अत्यावश्यक छ । हरेक राष्ट्रका सरोकारवाला पक्षले आफ्ना जनताको लागि गाँस, बास र स्वास्थ्य उपचारको उचित व्यवस्थापन गर्नु पर्दछ । मानविय भावनाका साथ एकबद्ध भई समभाव र सम्मान भावका साथ एक आपसमा सहयोग गर्दै सुरक्षित जीवन जीउनुमा नै आज मानव जातिको सुन्दर भविष्य तय हुनेछ । तब मात्र मानव सभ्यताको जर्गेना गर्न सकिन्छ । देउमाई नगरपालिका, ईलाम [email protected]

विपद्काे सामना गर्न सबैभन्दा उपयुक्त ठाउँ

समयको कालखण्ड अनुसार विश्वमा विभिन्न खाले महामारीको प्रकोप फैलिएको इतिहास भेटिन्छ । हामीले मानव जातिको विकास तथा सुविधालाई मध्यनजर गर्दै प्रविधिको प्रयोग र त्यसलाई परिस्कृत पार्ने दायरालाई फराकिलो पार्दै गएका छौँ । यसरी यही ब्रह्माण्डमा रहेर यसै ब्रहमाण्डमा रहेका प्राकृतिक साधन तथा स्रोतको माध्यमबाट आफू अनुकुल उपकरण तथा आफू अनुकुलको कृतिम संसारको निर्माण गर्न मानव जाति तल्लिन छ । उसले एउटा कुरा भुतुक्कै बिर्सिएको छ कि आफू अनुकुलको वातावरणको सृजना गर्दा हुने रसायनिक तथा अनेक खालका परिमार्जनबाट नयाँ खालको आफू प्रतिकुल वातावरणको पनि सृजना भइरहेको हुनसक्छ । हो, यस कुराको अनुसन्धानमा मानिसहरुको ध्यान केन्द्रित नहुँदा नसोचेको महामारी तथा प्रकृतिक बिपत्तिको सामना गर्नु परिरहेको छ । धेरै रोग बिरुद्धको औषधि बनाउने प्रयोगशालामा कहिले कहीँ रोगको जीवाणु अर्थात भाइरस पनि त बन्न सक्छ । सधैं एन्टिभाइरस बनाउने सफ्टवयर कम्पनीमा जानी–नजानी कहिले कहीँ भाइरस पनि बिकास हुन सक्छ । यसको मतलव सबै सकारात्मक कुराको मात्र संकलन वा ग्रहण गर्दै जाने हो भने त्यसक्रममा फालिएका नकारात्मक कुराले पनि आफ्नो शक्ति सञ्चय गर्दै जाँदा तिनीहरु हाम्रो चुनौतिको रुपमा खाडा हुन सक्छन । हामीले आफूलाई सुरक्षित र खुसी राख्न हाम्रो वरिपरि रहेका सबै चिजको प्रयोग अनेक तरिकाबाट गरिरहेका छौँ । मानौ एक किसिमले भन्ने हो भने प्रकृतिको दोहोन गर्ने होडबाजी नै चलेको छ । यसरी उल्टो सुल्टो तरिकाबाट प्राकृतिक स्रोत र साधनको प्रयोग बढाउँदा यसका अल्पकालिन तथा दीर्घकालिन असरहरु देखा पर्न थालिसकेका छन् । लेखक हामी आफूलाई जहिले सर्वश्रेष्ठ प्राणिको बिल्ला भिराएर बसिरहेका छौँ । हामी मानव जातिलाई सर्वश्रेष्ठ तथा सर्वशक्तिमान भनेर उपाधि कसले दियो ? आफूले आफैलाई मपाई भन्नुको पराकाष्ट हामीले एक दिन भोग्न तयार हुनु नै पर्छ । त्यो यही कारोनाको महामारी पनि त हुन सक्छ । आफूले आफैलाई महाराजा सावित गर्नु वा घोषित गर्नु कतिको नैतिक तथा जायज हुन सक्छ ? के संसारमा रहेका लाखौँ प्राणी तथा प्रकृतिले हामीसँग हारेको हो त ? के उनीहरुले हाम्रो चमत्कार र शक्तिलाई देखेर सर्वश्रेष्ठ घोषणा गरेका हुन ? यो संंसारमा रहेका सबै प्राणी तथा अभयवहरुले यो घोषणा गरेका हुन भने हामीले सन् १६५ देखि सन् १८९ मा देखा परेको एन्टोनाइन प्लेगबाट ५० लाख, सन् १३१४ देखि १३५१ मा फैलिएको ब्ल्याक डेथबाट २० करोड, सन् १९१८ देखि सन् १९१९ सम्म फैलिएको स्पेनिस फ्लुबाट ४ करोड १० लाख तथा एचआईभिबाट सन् १९८१ देखि हाल सम्म ३ करोड ५० लाख हाम्रा पुर्खा तथा आफन्तलाई कसरी गुमायौँ ? सबै भन्दा ठूलो नरसंहारको रुपमा लिएको प्रथम विश्व युद्धमा २ करोड र दास्रो विश्व युद्धमा ६ करोड गरी जम्मा ८ करोड मानिसको मृत्यु भएको देखिन्छ । जुन अहिले सम्म फैलिएका ठूला खालका महामारीबाट मृत्यु हुने ४५ करोड देखि ५० करोडको तुलनामा छ गुणा कम छ । साना तिना रोग र साना तिना युद्धबाट हुने मृत्यु हिसाब नगरौँ । अत्यन्तै विकसित प्रविधि हामीसँग छ भन्दै गर्व गर्ने हामीले सानो भाइरससँग कसरी हार्याैं ? सबै रोगको उपचार सम्भव छ भनेर विज्ञानले चमत्कार गर्यो भन्ने हामी आज पनि पुरानो क्वारेन्टीन पद्धतिकै साहारा लिन किन बाध्य भएका छौँ । बाघ, गैँडा, भालु संसारबाटै लोप गर्न सक्षम हामी सानो कोरोना भाइरसबाट डराएर घर भित्रै लुक्ने अवस्था किन आयो ? स्पेनिस फ्लुबाट १ घण्टा भित्र नर्सको मृत्यु भएको इतिहास छ । तर हामीले विकास गरेको औषधि तथा प्रविधिबाट १ घण्टामा मरेको मान्छे जिउँदो भएर घर गएको भन्दा अलि बढी नै हुन्छ होला, रुघाखोकी लागेको विरामी पनि निको पार्न सकेका छैनौँ । यी सबै दृष्टान्तको निचोड के हो भने विश्वमा मानव जाति सबै खाले विपद तथा महामारीको सामना गर्ने गरी सर्वश्रेष्ठ भइसकेको छैन्। महाविपदको अगाडि हामीले आविष्कार गरेका प्रविधि हवाई जहाजमा रहेका यात्रुहरुले जहाज दुर्घटना हुने निश्चित भइसकेपछि सिटमा जोडले समात्नु अर्थात आफूसँगै रहेको व्यक्तिको साहारा लिन खोज्नु जस्तै हो । जहाज नै दुर्घटना हुने भएपछि त्यो साहाराको के काम ? कारोना भाइरसको विश्वव्यापी अवस्था सन् २०१९ को अन्त्य तिर चीनको वुहानमा रहेका मासु पसलबाट कोरोना फैलिएको अनुमान गरिन्छ । तर अहिलेसम्म यसको आधिकारीक स्रोत भने पत्ता लागेको छैन । जे होस् यसले विश्वलाई तिब्र गतिमा आफ्नो सिकार बनाएको छ । एक किसिमले हेर्दा विश्वका सम्पन्न राष्ट्र जसले कुनै पनि रोगको उपचार आफूसँग भएको मेडिकल स्रोत र साधनको माध्यमबाट गर्न सक्छौँ भन्ने घमण्ड गरेका थिए, त्यस्ता देशलाई नराम्रसँग थला पारेको छ । तर जसले अरु देशमा पारेको असरलाई आँकलन गर्दै हामी यसको सामना गर्न सक्षम छैनाैं भन्दै आत्मस्वीकार गरेर परम्परागत लकडाउन पद्दति तथा परम्परागत क्वारेन्टीन पद्दतिको अवलम्बन गरे जसको कारण ती देशमा कोरोनाको जोखिम कम देखिएको छ । इटाली, फ्रान्स, रुस, जापान तथा अमेरिका जस्ता देशमा पनि मर्नेको सङ्ख्या बढ्दै जानु यसले कति र के सम्म गर्न सक्छ भन्ने सजिलो र गतिलो प्रमाण हुनजान्छ । तर पनि मानिस र सरकारले यसलाई चुनौती दिँदै मूर्खता प्रदर्शन गरेको खण्डमा यसले ठूलो नरसंहार निम्त्याउने कुरा निश्चित छ । विश्वको आधा जनसङ्ख्या अहिले घर भित्र छ । आधुनिक इताहासमा यो अवस्था पहिलो पटक आएको हो । चीनले यो भाइरससँगको युद्ध लगभग ७५ प्रतिशत जितिसकेको छ । तर २५ प्रतिशत बाँकी नै छ । अझै पनि उ ढुक्क हुने अवस्थामा छैन । नयाँ संक्रमितहरु देखिन सक्ने सम्भावना कायमै छ । उसका छिमेकी देशमा कोरोना भर्खर फैलिँदै छ । तर एउटा कुरा के सत्य हो भने उसले यसको नियन्त्रण गर्ने तरिका मजाले सिकेको छ जसको कारण फेरी पनि महामारी फैलिएको खण्डमा उसले सामना गर्न सक्छ भन्ने कुरामा विश्वास गर्न सकिन्छ । विश्व अर्थतन्त्र  विश्वले यति बेला काम गर्न सक्ने वा कामाएर पाल्ने सक्रिय जनसङ्ख्या घर भित्र थुनेर राखेको छ । तर अर्को सक्रिय जनसङ्ख्या स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई परिचालने गरे पनि ती सबै त्यही सक्रिय जनसङ्खयाको सुरक्षा तथ स्यहारमा खटिएका छन् । यसले विश्वको अर्बाै जनसङ्ख्यालाई कति दिनसम्म घर भित्र राखेर पाल्न सक्ला ? यो ठूलो चुनौतीको रुपमा खडा भएको छ । विश्वले यति बेला काम गर्न सक्ने वा कामाएर पाल्ने सक्रिय जनसङ्ख्या घर भित्र थुनेर राखेको छ । तर अर्को सक्रिय जनसङ्ख्या स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई परिचालने गरे पनि ती सबै त्यही सक्रिय जनसङ्खयाको सुरक्षा तथ स्यहारमा खटिएका छन् । यसले विश्वको अर्बाै जनसङ्ख्यालाई कति दिनसम्म घर भित्र राखेर पाल्न सक्ला ? यो ठूलो चुनौतीको रुपमा खडा भएको छ । यो अवस्थामा हिजो सहयोग गर्ने वा सम्पन्न देशको हालत झन बिग्रिने भएपछि गरिब देशले सहयोग पाउने आशा झन गर्न मिल्ने ठाउँ छैन । यसको मतलव सबै देशले आफ्नो व्यवस्था आफै गर्नु पर्ने दिन आउन सक्छ । यो महामारीको प्रकोप छिटो समाप्त नभएको खण्डमा विश्वमा स्वार्थी अर्थतन्त्र देखा पर्न थाल्नेछ । जसको कारण सबैले आफ्नो पेट पाल्ने कोसिश मात्रै गर्ने छन् । अरुको दुःख देख्ने क्षमतामा कमि आउने छ । हिजो निर्धारण गरिएको योजना तथा उद्देश्यहरु विश्वका सबै देशले परिवर्तन गर्नेछन् । जसको कारण विश्व अर्थतन्त्रमा क्रमभंगताको अवस्था आउनेछ । दाताहरुले सहयोगबाट हात झिक्नेछन् । यो अवस्थापछि विश्वमा स्थिर वा आफ्नो क्षमता अनुसारको विकास हुनेछ । अविकसित देशमा भोकमरी तथा अभावको अवस्था सिर्जना भएपनि परनिर्भरताको अवस्थाको अन्त्य हुने अवस्था आउने छ । यो अवस्थालाई सबै देशहरुले अवसरको रुपमा सदुपयोग गर्न सक्छन् । विश्वमा देखा परेको चुनौती र नयाँ आयम यो महामारीले २१ औं शताब्दीलाई चुनौती दिदैछ । यसले विश्वलाई फरक तरिकाले सोच्न बाध्य बनाएको छ । विश्वमा निर्माण भएको अमेरिकी सर्वशक्तिवाद माथि गम्भिर धक्का पुगेको छ । उसले आफ्नो हैकम गुम्ने देखेपछि देश लकडाउन नगर्ने नीति लियो तर यसै कारण सबै भन्दा बढी मृत्यु हुने देश बन्न पुग्यो । यो महामारीले २१ औं शताब्दीलाई चुनौती दिदैछ । यसले विश्वलाई फरक तरिकाले सोच्न बाध्य बनाएको छ । विश्वमा निर्माण भएको अमेरिकी सर्वशक्तिवाद माथि गम्भिर धक्का पुगेको छ । उसले आफ्नो हैकम गुम्ने देखेपछि देश लकडाउन नगर्ने नीति लियो तर यसै कारण सबै भन्दा बढी मृत्यु हुने देश बन्न पुग्यो । मानाैं अहिले पनि अमेरिका कोरोनाको कारण आफ्नौ हैसियत गिर्न नदिन विभिन्न खाले चाल र जाल गरिरहेको छ । तर यसले उसलाई बलियो भन्दा कमजोर बनाउने निश्चित जस्तै छ । त्यस्तै अन्य देशले पनि यो भाइरस माथि राजनीति गरेको खण्डमा नराम्रो असर भोग्नु पर्ने हुनसक्छ । अनि मेडिकल साधन र स्रोत समेतमा घमण्ड गरेको खण्डमा यो बिना तुकको गफ साबित हुनसक्छ । किनभने मेडिकल साइन्सले भनिसक्यो, हारिसक्यो, यसको कुनै पनि औषधि छैन । यही मौकामा चीनले आफ्नो हैकम विश्वभर फैलाउन खोजेको पनि देखिन्छ । तर उसको यो सपनामा आफ्नै देशमा उत्पादन भएको मेडिकल समाग्रीको गुणस्तरले अगाडि बढ्न दिएन । चीनले जहिले पनि आफ्नो हैसियत गुमाउनुको कारण सामानको गुणस्तरमा हुने कमजोरीले हो । युद्ध मैदानमा लड्न तयार भएको सिपाहीको बन्दुक पड्केन भने अर्थात बिग्रयो भने के हुन्छ ? हो त्यस्तै अबस्था आयो चीनलाई पनि । तर उ फेरी अर्को बाटोबाट अगाडि बढ्ने मौका हेरिरहेको हुन सक्छ । तर अमेरिका त्यसको प्रतिकार गर्न वा रोक्न हरेक तरिकाले कदम चाल्न पछि नपर्ने मनस्थितिमा छ । रुस मौन छ । सायद उसले पनि आफ्नो देशको सुरक्षा र अरु देशको रणनीतिको प्रतिकार गर्न हेर र पर्खको नीति लिएको हुनसक्छ । तर भारत यति बेला त्यस्तो खेलमा लाग्ने अवस्थामा छैन । उ कोरोना नियन्त्रणलाई मात्र प्रमुख रुपमा लिइरहेको जस्तो देखिन्छ । तर उ क्षेत्रिय स्वार्थ बाहेक अन्य स्वार्थमा अमेरिकाको कुरा काट्न सक्ने अवस्थामा छैन । नेपालको अवस्था हाम्रो देशले पनि परिस्थितिको मूल्याङ्कन गर्दै बन्दाबन्दीलाई अंगिकार गरेको अवस्थामा पनि धेरै नेपाली शहरबाट गाउँ फर्किए । भारतबाट नेपाल फर्किए । जसको कारण कोरोनाको महामारी गाउँमा फैलिने डर बढेर गयो । यो फैलिने बेग अत्यन्त तेज भएको कारण कुनै पनि क्षेत्रमा फैलिन त्यति बेर लाग्दैन । तर यसको असर वा मृत्यु दर भने कम छ । जसको कारण धेरै मानिस सजिलै निको हुन सक्छन् । नेपालले रोग फैलिन नदिन नै बिशेष ध्यान दिन जरुरी छ । महामारी फैलिसके पछि यसको नियन्त्रको लागि हामीसँग साधन र स्रोतको अभाव छ । बन्दाबन्दीलाई अझ कडा रुपमा लागू गर्ने तथा सरकारले अघि सारेका टि सिक्स रणनीतिलाई कडाईका साथ पालना गर्नुपर्छ । भारतसँगको सीमानामा अझ कडा निगरानी राख्नुपर्छ । परिक्षणको मात्रा बढाउनु पर्छ । अनि मात्र संक्रमणको यथार्थ अवस्था थाहा हुनुसक्छ । जनचेतना फैलाउन पर्छ । ताकी जनता आफै सजग होउन । यसको प्रभाव नेपालमा कसरी अगाडि बढ्छ भन्ने बारे नेपाली बैज्ञानिकहरुबाट नै अनुसन्धन गर्न लगाउन जरुरी छ । नेपाली अर्थतन्त्र कोरोना भाइरसको महामारीको बेला करौँडा राजस्व छुट पाएको अस्पतालको गेटबाटै बिरामी फर्किए । अहिले हस्पतालले जस्तै भोलिका दिनमा निजी क्षेत्रका बैङ्क, स्कूल तथा कलेज, यातायात व्यवसायीहरुले यसै गरी सरकारलाई धोका नदेलान भन्न सकिदैन । फाइदा हुने भए मात्र काम गर्ने, नत्र काम नगर्ने । आपत पर्दा सरकारलाई सेवा नगर्नेहरुको भरमा नेपाली अर्थतन्त्र दीर्घकालिन रुपमा अगाडि बढ्छ भन्ने कुरामा ढुक्क हुन सकिदैन । नेपाली अर्थतन्त्र सरकारी तथा नीजि क्षेत्रको साझेदारीमा अगाडि बढ्ने गरी सरकारले नीजि क्षेत्रलाई धेरै सहयोग गरेको छ । तर यो कोरोना भाइरसको महामारीको बेला करौँडा राजस्व छुट पाएको अस्पतालको गेटबाटै बिरामी फर्किए । निजी अस्पतालले भर्ना गर्न नमान्दा कति मानिसको अकालमौ ज्यान गयो । करोडौँको मेडिकल सामाग्री ल्याउन सक्ने नेसनल मात्रै नभएर इन्टरनेसनल अस्पतालले के एक थान पाँच हजार मूल्यको पि. पि. ई. र तीन हजार मूल्यको इन्फरेड थर्मोमिटर ल्याउन सकेनन् होला र ? सरकार तथा देशलाई आवश्यक परेको बेला सहयोग गर्नु सबैको कर्तव्य हुनेछ भनेर नेपालको संविधान प्रष्टसँग उल्लेख छ । के यतिबेला ती निजी अस्पतालको कर्तव्य हुँदैन र ? हिजो सरकारी अस्पतालमा राम्रो उपचार नहुने भन्दै आफ्नो निजी अस्पतालमा आउन आग्रह गर्ने माफियाहरुको झुण्ड आज के गर्दै होला ? र, भोलि महामारी अन्त्य भएपछि फेरी निजी अस्पतालमा राम्रो उपचार हुन्छ भन्दै नेपाली जनताको अगाडि कसरी मुख देखाउलान बिचारहरु ? भोलिका दिनमा निजी क्षेत्रका बैङ्क, स्कूल तथा कलेज, यातायात व्यवसायीहरुले यसै गरी सरकारलाई धोका नदेलान भन्न सकिदैन । फाइदा हुने भए मात्र काम गर्ने, नत्र काम नगर्ने । आपत पर्दा सरकारलाई सेवा नगर्नेहरुको भरमा नेपाली अर्थतन्त्र दीर्घकालिन रुपमा अगाडि बढ्छ भन्ने कुरामा ढुक्क हुन सकिदैन । सरकारले अघि सारेको निजी -सरकारी-साझेदारीको अवधारणाको बारेमा पनि सोच्ने बेला भएको छ । सरकारले गरेको सहयोगको बदलाको गुा नतिर्नेहरुलाई सहयोग गर्नुको अर्थ छैन । हरियो नम्बर प्लेटको गाडीमा बसरे दिउँसो रोडमा पाँच करोडको सामान पन्ध्र करोडमा बेच्ने अनि बेलुका बालुवाटार पुगेर एक करोड प्रधानमन्त्री राहत कोषमा सहयोग गर्नेहरुको जमात पनि कम छैन । यो देशका प्रतिष्ठित व्यापारीहरुको कमाईको सानो दृष्टान्त हुनसक्छ । तालमेल मिलाउन सक्नेहरुको नाम यसरी बाहिर आउनै सक्दैन । लगाम बिनाको घोडा जस्तै दौडिएको हाम्रो अर्थतन्त्रलाई अब लगाम लगाउने बेला आएको छ । हाम्रो भविष्य हामीले आज भन्दा मात्र १५ वर्ष अगाडि हाम्रो देशलाई गाउँ नै गाउँले बनेको देश भन्थ्यौं। तर आज यो अवस्था छैन । नेपाल एउटा शहरै शहरको देश बनिसकेको छ । हामीले हाम्रा सुन्दर गाउँ बस्तिलाई दुर्त गतिमा शहर बनायौँ । विकास निर्माण कार्यलाई पनि निश्चत ठाउँ केन्द्रीत बनायौँ जसका कारण विकट ठाउँका मानिसहरु बसाइ सरेर धेरै छिटो शहर बनाइ दिए । यसलाई अन्जान विकास पद्दति भन्न मिल्छ । विनायोजना भएको विकास वा अन्जानले भएको विकास जसले भोलिका दिनमा विनासको रुप लिनसक्छ । ठिक छ, कति ठाउँमा त सबै आधुनिक सुबिधा पुराउन सम्भव छैन । तर ती ठाउँभित्र पनि कति सुरक्षित ठाउँ छन् जहाँ हामी एकिकृत बस्ती विकास गर्न सकिन्छ । यो कुरालाई हामीले भुलेर हामी अव्यस्थित बस्ती विकास गरिरहेका छौँ । यसले बाढी पहिरो तथा अनेक खालको महामारीको सृजना हुने खतरा ९० प्रतिशत बढेको छ । नेपाली जनता कुनै पनि प्रकारको दुःख तथा बिपदको सामना गर्न सबैभन्दा उपयुक्त ठाउँ आफ्नो गाउँलाई ठान्दछन् । हुनत काठमाण्डौमा एउटा घरको जगमाथि ५० परिवार बस्ने गर्छन । तर गाउँमा पचास वटा घर बन्ने ठाउँमा एउटा परिवार बस्छन् । उसले आफ्नो त्यो खेतबारी तथा घरको आँगनमा युद्धलड्न बंकर बनाउन सक्छ । लास गाड्न मसान घाट बनाउन सक्छ । भूकम्पबाट जोगिन पाल टाँगेर बस्न सक्छ । भोकमरीबाट जोगिन खेतबारी लटरम्म धान झुलाउन सक्छ, तोरी फुलाउन सक्छ । एकान्तबास बस्न परिवारका प्रत्येक सदस्यलाई छुट्टै क्वारेन्टीन बनाउन सक्छ । नेपाली जनताको गाउँ प्रतिको विश्वास हामीले वा शासन गर्ने शासकले बुझ्न सकेका छैनन् । यही आकांक्षालाई सम्बोधन गर्न गाउँफर्क अभियान पनि नचलेको भने होइन । तर प्रभावकारी रुपले अगाडि बढ्न भने सकेन । नेपाली जनता कुनै पनि प्रकारको दुःख तथा बिपदको सामना गर्न सबैभन्दा उपयुक्त ठाउँ आफ्नो गाउँलाई ठान्दछन् । हुनत काठमाण्डौमा एउटा घरको जगमाथि ५० परिवार बस्ने गर्छन । तर गाउँमा पचास वटा घर बन्ने ठाउँमा एउटा परिवार बस्छन् । उसले आफ्नो त्यो खेतबारी तथा घरको आँगनमा युद्धलड्न बंकर बनाउन सक्छ । लास गाड्न मसान घाट बनाउन सक्छ । भूकम्पबाट जोगिन पाल टाँगेर बस्न सक्छ । भोकमरीबाट जोगिन खेतबारी लटरम्म धान झुलाउन सक्छ, तोरी फुलाउन सक्छ । एकान्तबास बस्न परिवारका प्रत्येक सदस्यलाई छुट्टै क्वारेन्टीन बनाउन सक्छ । उसलाई आफ्नो भूगोल प्रति विश्वास छ । आफूले टेकेको माटो प्रति गर्व छ । त्यो माटोमा उभिएर जुनसकै परिस्थितिको सामना गर्न सक्छ । उसलाई सरकारले दिन्छु भनेको राहत तथा सेवा प्रति बिस्वास छैन । सरकारले होमडेलिभरी गरेको चामल प्रति विस्वास छैन । लाग्छ उसलाई कुहिएको चामल पो पर्ने हो कि ? सरकारले दिने अन्य सेवा सुविधा आफूले पाउने आशा अब उसले मारी सकेको छ, किनकी उसलाई लाग्छ त्यो राहत ठूलाबडा तथा आसेपासेले मात्रै पाउने छन् । त्यही भएर त उ सयौँ किलोमिटरको दूरी फाटेको चप्पलमा नयाँ तुना हाली भए पनि तय गर्दछ । चिउराको भरमा सैयौँ माइलको यात्रा तय गर्छ । घरको आँगनमा पुगेर हिँड्दा हिँड्दा सुनिएको खुट्टा देखाउँदै घर आइपुगेकोमा ठूलै हर्स महसुस गर्नेको जमात कम छैन । आफ्नो घरको आँगन प्रति कति विश्वास ? उ गाउँ पुग्यो भने बाँचिन्छ भन्नेमा ढुक्क छ । गाउँका साथी सँगी तथा दौतरीहरुलाई भेट्दा लाग्छ संसारका सबैभन्दा ठूला डाक्टरहरुसँग भेट भइरहेको छ । गाउँघरका ढुङ्गे पँधेरो तथा कुवाको पानी घटघटी पिउँदा लाग्छ उसको आधा रोग उसै निको हुन्छ । आफ्नो घरको आँगन प्रति कति विश्वास ? उ गाउँ पुग्यो भने बाँचिन्छ भन्नेमा ढुक्क छ । गाउँका साथी सँगी तथा दौतरीहरुलाई भेट्दा लाग्छ संसारका सबैभन्दा ठूला डाक्टरहरुसँग भेट भइरहेको छ । गाउँघरका ढुङ्गे पँधेरो तथा कुवाको पानी घटघटी पिउँदा लाग्छ उसको आधा रोग उसै निको हुन्छ । नेपालको मात्र नभई एसियाकै चर्चित डाक्टर उपेन्द्र देवकोटा समेत अस्पतालको सैयाबाटै हेलिकप्टर चढेर गोरखामा रहेको गाउँको आफ्नो घरमा पुगेर आँगनमा बोल्न नसक्ने अवस्थामा पनि एक घुट्को पनि खाएर फर्किए । उनीमा पनि त्यो विश्वास थियो होला सबै भन्दा अमूल्य त्यो पानी छ जसले उहाँलाई उपेन्द्र देवकोटा बनायो । यी सबै यथार्थको आधारमा हामीले नयाँ तरिकाले सोच्न जरुरी छ । जनताको गाउँ र गाउँ प्रतिको विश्वास संंरक्षण गर्न सकेको खण्डमा देशमा सृृजित आधा-आधि समस्य त त्यसै हल भएर जानेछन् । यसले राष्ट्र र राष्ट्रियतालाई मजबुत बनाउन मद्दत गर्नेछ । विषम परिस्थितिको सामना गर्न पनि सजिलो हुनेछ । यसको लागि जब हाम्रा गाउँघरका चुुहिने छाना टालटुल पारिने छन् । एक्लै बेसाहार बस्नुभएको बुढा बा-आमाको लक्का जवान छोराछोरी गाउँमा आइपुग्ने छन् । आँगनमा उम्रिएका झारपात सफा पारेर छेउमै रहेको ढुङ्गाको पेटीमा बस्दै तल–तल सुसाइरहने खोला र नदी अनि माथी-माथी टल्किने सेता हिमाल, बिचमा शिरिरि बहने चिसो हावा, आँखाले देख्न सकिने जति ठाउँ ओगटेको आफ्नै लटरम्म फलेको कोदोको बारी, मगमग बास्ना हुत्ताइरहेको बासमती धानको खेत, आँगनमै घाँस खाइरहेको लैनौ भैँसी, छेउमै बाँधिएका एक हल गोरु, खोरमा रहर लाग्दा बाख्राका पाडापाडी यो भन्दा सुन्दर संसार कहाँ हुन सक्छ ? न यूरोप, न खाडी । हाम्रो मिठो प्राकृतिक संसार भुलेर विदेशीएका नौजवानलाई देशको माटोले फिर्ता बोलाइरहेको छ । मरुभूमिमा गगन चुम्बी महल र झुल्ने बगैँचा बनाउने पाखुरा अब झापामा धान फलाउन र मुस्ताङमा स्याउ फलाउन लगाउनु पर्ने बेला आएको छ । कोरोना भाइसको महामारीले पनि यही भनिरहेको छ । बाँच्ने र बचाउने सबै भन्दा उत्तम बिकल्प घर हो । हामीले इट्टा र बालुवा बोकेर बनाएका मलेसिया र कतारका सुविधा सम्पन्न अस्पताल साउदी र बहराइनका औषधि कारखानाहरुको ढोका हामी बिरामी परेको थाहा पाएको दिन खुल्ने छैनन् । तर पुरान विर अस्पतालको भाँच्चिन थालेको बेड र ढोका हाम्रो सेवामा हरमपल खुला र खाली रहनेछ । हाम्रो भविष्य यसैमा रहेको छ । आफ्नै आँगनको मर्मत सम्भार गर्नु । विदेश वा शहरको अरुको गगन चुम्बी महल बनाउनु भन्दा आफ्नै आँगनमा सपनाको महल बनाउनु उत्तम हुनेछ । भ्रष्टाचारको जरा नउखेलेसम्म बिदेशिएका चालिस लाख युवाको पसिनाको कमाइबाट लुटिएको रेमिटान्स हुने खाने र देश चलाइरहेका छाैं भन्दै भाषण ठोक्नेहरुको पेटमा मात्र गइरहने छ । यसलाई निर्मूल पार्ने सुनौलो मौका यही बन्न सक्छ । ठूला माफिया ठूला दलाल र कसले कहाँ निर भ्रष्टाचार गर्दछ भन्ने कुरा ऐना जस्तै छर्लङग छ, मात्रै हामीले भन्न नसकेको अवस्था हो । आजैबाट प्रदाफास गर्न सुरु गराैं, कसले कुन कुन ठाउँमा कति–कति भ्रष्टाचार गरेको छ ? अनि भोलि बिहानै सुकिला मुकिला भएर समाजमा बसेकाहरुलाई जुत्तको माला पैरिदै जेल पठाउँ । ७२ घण्टामा देशमा ९९ प्रशितश भ्रष्टचार समाप्त भएर जान्छ । ७३ घण्टा पछि देश विकासको गति बुलेट ट्रेनको भन्दा तिब्र हुनेछ । स्वामी कार्तिक खापर गाँउ पालिका, बाजुरा

पृथक तरिकाले उदाउँदै विश्व

सांकेतिक तस्वीर लाइभसाइन्सबाट लिइएकाे हाे । प्रसँग कोरोना भाइरसले मानव शरिरमा आफ्नो स्वामित्व खोजेको पहिलो घटना (१७ नोभोम्बर, २०१९) चीनको वुहानमा सार्वजानिक भएसँगै यसको भय विश्वभर महशुस गरिएको भए सायद आजको स्थीति नआउन पनि सक्दथ्यो । शुरुवाती दिनहरुमा अमेरीकाका राष्ट्रपति देखि नेपाली मन्त्रीसम्मले आ-आफ्नो तर्क प्रस्तुत गर्दै यो चीनको मात्र समस्या ठाने । हामी कहाँ कोरोनाको प्रभाव आउदैनसम्म भन्न भ्याए । तर वास्तविकता त्यसको ठिक विपरीत हुन गयो । हिजोको उपेक्षा भनौं या असावधानीको मूल्य आज विश्वले तिर्दैछ । आज विश्वकै सर्वशक्ति मान्य राष्ट्र अमेरिका कोरोनाबाट सबै भन्दा आक्रान्त बन्न पुगेको छ । कोरोनाले आफ्नो प्रभाव विश्वभर नै देखाइसकेको छ । यसले आम मानिसको दैनिकीमा त प्रत्यक्ष प्रभाव पार्यो/पार्यो; विश्व व्यवस्था प्रणालीनै परिर्वत गर्छ की भन्ने सम्मका वहसहरु हुने अवस्थाको सृजना गर्यो । पछिल्लो एक शताब्दी यताकै ठूलो चुनौतिको रुपमा विश्व सामु आज कोरोना भाइरस उभिएको छ । यस आलेखमा आजको अत्याधुनिक प्रविधिको दुनिया कोरोना भाइरससँग विश्व किन यसरी निरीह भयो ? यसको रोकथाममा अबको बाटो के हुन्छ ? कोरोनाले विश्व अर्थतन्त्र सन्तुलनमा परिर्वतन गर्ला ? विश्व व्यावस्था प्रणालीमा उथलपुथल होला ? भन्ने जस्ता प्राविधिक, आर्थिक, एवम् राजनीतिक विषयहरुको बारेमा “प्रौद्योगिक चर्चा” गरिएको छैन । यस सामाग्रीमा कोरोना भाइरसको संक्रमणको विश्वव्यापी प्रकोपका कारण आम मानिसको आर्थिक, सामाजिक, र राजनीतिक जीवनमा देखिएका स्थितिहरुको “व्यावहारिक पक्षको समीक्षा” गर्ने कोसिश गरिएको छ । फेरियो सबैको दैनिकी हिजोसम्म सबै मानिसको आ-आफ्नै दैनिकी थियो । सबैले एउटा ट्रयाकमा काम गर्दै आएका थिए । तर अकास्मात कोरोनाको विश्वव्यापी प्रकोपका कारण अधिकांश मानिसको नियमित रुटिन “पज्ड” मात्रै भएको छैन कि नयाँ ट्रयाकबाट अगाडी बढ्नु पर्ने चुनौति पूर्ण अवसर पनि प्राप्त भएको छ । अल जजिरा न्यूज (मार्च २०२०) को एक आँकडा अनुसार कोरोनाका कारण विश्वको कुल जनसंख्याको करिव एक चौथाई हिस्सा घरभित्रै बसेको छ । उनीहरुको समाजिक गति ठप्प छ । असाधारण अवस्थाले सबैको दैनिक कृयाकलापमा परिर्वतन भएको छ । यस अवधिमा मनिसहरुले के गरेर समय बिताएका छन् । त्यो सबैको चासोको विषय हो । इन्टरनेट सुविधा उपलब्ध भएका अधिकांश मानिसहरु अहिले सामाजिक सञ्जालमा निकै सकृय रहेका छन् । लेखक न्यू योर्क टाइम्स (अप्रिल ७, २०२०) अनुसार कोराना प्रकोप भएयता अमेरिकमा इण्टरनेट एपको प्रयोगमा उल्लेख्य बृद्धि भएको छ । जस अनुसार साविक भन्दा फेसबुक प्रयोग २७ प्रतिशत, नेटफिल्कस् १६ प्रतिशत र युवट्युव १५ दशमलव ३ प्रतिशले बढेको छ । समाजिक सञ्जालमा मानिसहरुको सकृयाता बढेसँगै “र्भच्युअल सोसल इन्टरएक्सन” बढेको छ । “जुम मिटिङ्ग” एप वा सफ्टवेर मार्फत मानिसहरुको अन्तरक्रिया झन बढेको सामाजिक सञ्जालमा देखिन्छ । यसले प्रत्यक्ष साक्षात्कार एवम भेटघाटको विकल्पको रुपमा “आभाषी अन्तरक्रिया” (र्भच्युल इन्टरएक्सन) को सम्भावनालाई पनि उजागर गरेको छ । यसले अन्तर्राष्ट्रिय समाजिक सम्बन्ध तथा अन्तरक्रियाको प्रवद्धन गरेको छ । यसका अतिरिक्त कतिपयले धेरै अगाडीदेखि थाति रहदै आएको कार्यहरु लेखाई पढाईलाई तिव्रता दिएका छन् भने कोही भने मनपसन्द खानाको परिकार बनाएर परिवारसँग रमाएका छन् । विकसित मुलुकहरु जहाँ मानिसको दिन कामको स्कयाजुलबाट शुरु भई कामकै स्कयाजुअलमा रात बित्दछ, उनीहरु भने परिवारसँग समय बिताउन पाइने विरलै अवसरको रुपमा सदुपयोग गरेका छन् । हुने खानेका निम्ति अवसर अत्यावश्यकका क्षेत्रहरु मुलत स्वास्थ्य र खाद्यान्न बहेक अन्य क्षेत्रमा काम गर्ने प्राय सबै मानिसहरु काम विहिन भएका छन् भने केही टेलिकम्युनिकेशन मार्फत कामलाई निरन्तरता दिइरहेका छन् । वर्तमानको व्यावसायिक युगमा विकसित राष्ट्र होस या अल्पविकसित, मानिसहरु घर परिवारलाई भन्दा बढि समय पेशा वा व्यावसायलाई नै दिदै आइरहेका थिए । समाजशास्त्रीय दृष्टिकोणले हेर्ने हो भने यसले “सोसल डिस्अर्गनिजेशन” अर्थात सामाजिक विघटनलाई प्रोत्सहान गरिरहेको हुन्छ । फलत, परिवारिक एवं सामाजिक सम्बन्धहरु भन्दा पेशागत सम्बन्धहरू मनिसहरुको प्रिय हुदै जान्छन् । कोरोनाको कारण अहिले जनजीवन ठप्प छ । देश अनुसार “लकडाउन,” “सेल्टर एट प्लेस,” “सेल्फ क्वारिनटिन,” या “सामाजीक दूरी” आदीका नामबाट मानिसहरुको आवतजावत तथा भेटघाटलाई निरुत्साहन गरिएको छ । परिणामत, मानिसहरु आफ्नै घरमा बसेका छन् । पूर्ण समय परिवारसँग बिताएका छन् । विभिन्न समस्याका बावजुत पनि आजको व्यस्त व्यावसायिक जीवन शैलीबाट मानिसहरुलाई फुर्सद मिलेको छ । मुलत, ब्याक्तिगत एवम् एकल जीवन जीउन मन पराउने पश्चिमाहरुमा पारिवारिक जीवनको महत्व बुझ्ने अवसर जुरेको छ । आजको व्यस्त व्यावसायिक जीवनमा हुने खाने वर्गका सबै मानिसलाई केही समय नै सही, परिवारसँग पूरा समय बिताउने दुर्लभ अवसर जुटेको छ । हुदाँ खानेका निम्ति चुनौति । दैनिक ज्यालादारीमा जीवन चलाउने अर्थात हुदाँ खाने श्रमिक वर्गका निम्ति भने जीवाणु संक्रमाणको जोखिम जति उच्च छ त्यो भन्दा भयानक परिणाम संक्रमणको नियन्त्रण पश्चात देखिने प्राय निश्चित छ । कोरोना प्रकोपले विश्व अर्थतन्त्रमा प्रतिकुल असर पारेको छ । अगामी दिनमा रोजगारीको अवसरमा भारी गिरावट आउने अनुमान गर्न सकिन्छ । अन्तराष्ट्रिय श्रमिक संगठन (आइएलओ) को पछिल्लो तथ्याङ्क अनुसार विश्व बजारबाट २ करोड ५० लाख रोजागार मानिसहरु कोरोनाको बढ्दो प्रकोपका कारण बेरोजगार हुन सक्ने जनाएको छ । त्यसो त २००८ को विश्व मन्दी पश्चात ज्यालदरमा पनि भारी कटौति भएको दृष्टान्त हामी माझ ताजै छ । विकसित देशमा रहेका अधिकांश श्रमिक वर्गमा उच्च बेरोजगारी तथा घट्दो ज्यालाका कारण जनजीवनमा दीर्घकालसम्म प्रतिकूल असर पर्ने सम्भावना देखिन्छ । त्यसो त अल्पविकसित मुलुकहरुका श्रमिकहरु (र्वकिङ्ग पोर), जो आज दिउसो कमाएर साझ छाक टार्ने गर्दछन् । यस्ता समुदायको निम्ति भने यस्तो महामारीको प्रभाव डे-वान अर्थात पहिलो दिनदेखि नै देखिन्छ । उनीहरुमा दैनिक दुई छाक पेट भर्ने समस्या लकडाउनको पहिलो दिनदेखि नै परेको छ । यो वर्ग जीवाणु संक्रमणको उच्च जोखिमा हुन्छन् नै साथै यस्तो शुन्य समयमा यिनहरुको दैनिकी निकै चुनौति पूर्ण हुन्छ । यस्ता महामारीले हुने खाने र हुदाँ खानेको बीचको खाडल झन फराकिलो बनाउने छ । विश्व र नै धनी र गरिव बीचको दुरी झन फारकिलो हुने छ । ओक्सफाम इण्टरनेशनल (अप्रिल २०२०) को अनुसार कम्तिमा ५० करोड मान्छेहरु कोरोनाको कारण गरिवीमा धकेलिदै छन् । यसको प्रत्यक्ष प्रभाव अल्पविकसित मुलुकहरुमा पर्ने छ । अल्पविकसित मुलुकहरुमा ९० प्रतिशत रोजगारीको अवसरहरु असंगठित क्षेत्रहरुमा छन् जबकी विकसित मुलुकमा केवल १५ प्रतिशत मानिसहरु असंगठित क्षेत्रमा निर्भर छन् । विपत्तिको असर असंगठित क्षेत्रहरुमा अधिक रहन्छ । सुस्तायो विश्व अर्थतन्त्र कारोना भाइरसका कारण आज विश्व अर्थ व्यावस्था अघोषित रुपमा बन्द छ । उत्पादनका कल कारखाना/उद्योगदेखि आयत/निर्यात एवं सेवाका वित्तीय कारोवारदेखि नोडल सर्भिसेज प्राय सबै ठप्प छ । अक्सफोर्ड इकानामिक्स (ओई) ले गरेको प्रक्षेपण अनुसार सन् २०२० मा विश्व कुल ग्राह्रस्थ उत्पादन (जीडीपी) मा २ दशमलव ८ प्रतिशतले कमी आउनुका साथै विश्वव्यापी आर्थिक बृद्धिमा ८ प्रतिशत सम्मले कमी आउन सक्ने छ । स्मरण रहोस, सन् २००८-०९ को मन्दीमा विश्व जीडीपी १ दशमलव १ प्रतिशतले घटेको थियो । अक्सफोर्ड इकानामिक्सले गरेको अध्ययन अनुसार लकडाउन जति लम्बियो स्थानीय अर्थतन्त्रलाई त्यति बढी क्षति हुने तथ्य सार्वजानिक गरेको छ । कोरोना भाइरसका कारण जनवरी-फेब्रुवरी महिनाको लकडाउनमा चीनमा औद्योगिक उत्पादन १३ प्रतिशतले तथा खुद्रा  व्यापार १७ प्रतिशतले घटेको थियो । ओईको अनुमान अनुसार हेर्दा ३ हप्ताको लकडाउनमा उपभोक्तको उपभोग ९ देखि १६ प्रतिशत तथा १२ हप्ताको लकडाउमा १८ देखि ३२ प्रतिशतसम्म कम आउने छ । यस्तो लक डाउने ५० देखि ९० प्रतिशत उपभोक्तामा प्रत्यक्ष असर पर्ने छ । विश्व जीडीपी र रोजगारमा हुने गिरावटले सबै अर्थ व्यावस्थामा प्रत्यक्ष असर देखिने प्राय निश्चित छ । नेपाल जस्तो देश जहाँ विप्रेषण आप्रवाहामा केही वर्षयता देखि देखिएको क्रमिक बृद्धिका कारण गरिवीको दर क्रमिक घटेको थियो । विश्व अर्थतन्त्रको उत्पादनमा कमी एवम् विश्व बजारमा घट्दो रोजगारीको अवस्थाले आगमी दिनमा भने विप्रेषण आप्रवाहामा भने निकै कमि सक्दछ । त्यसो त वैदेशिक रोजगारमा रहेका नेपालीहरुले पनि रोजागरी गुमाउन सक्ने सम्भावना पनि देखिन्छ । जुन नेपाली अर्थतन्त्रको निम्ति निकै प्रतिउत्पादक हुन सक्छ । पीउ रिर्सच—२०१६ को एक आँकडा अनुसार नेपालले प्रतिवर्ष ६ दशलव ६ विलियन डलर रेमिट्यान्स भित्रयाउँदछ । जुन देशको कुल ग्राह्रस्थ उत्पानको ३१ दशमलव ३ प्रतिशत हुन आउछ । त्यसो त लकडाउनको प्रत्यक्ष मारमा उत्पादन तथा सेवा क्षेत्र पूर्ण रुपमा बन्द रहेको वर्तमान परिपेक्ष्यमा ७ प्रतिशतको आर्थिक बृद्धिको उपलब्धी हासिल निकै जटिल देखिन्छ । ब्युतियो “पोर्क ब्यारल” राजनीति १९ औं शताब्दी ताका अमेरिकी राजनीतिमा “पोर्क-ब्यारल पलिटिक्स्” प्रचलनमा आएको थियो । अहिले प्राय सबै मुलुकमा यो पलिटिक्स् प्रचलनमा रहेको पाइन्छ । “पोर्क-ब्यारल पलिटिक्स” ले कुनै पनि राजनीतिक पार्टी, विधायक, या नेताले आफनो राजनीतिक पकड कायम राख्न वा मतदाताहरुलाई आफ्नो प्रभावमा राखी रहन आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्नको लागि सरकारी बजेट या कार्यक्रमको प्रपञ्च गर्ने पद्दतिलाई जनाउँदछ । वितरणमूखी कार्यक्रम मार्फत सत्ता पक्षीय राजनीतिक पार्टीको लोकप्रियता बढाउने महत्वपूर्ण नीतिगत औजारको रुपमा लिइन्छ यो पोर्क ब्यारल रणनीति । अहिले फेरी एक पटक यो पोर्क ब्यारल रणनीतिले विश्व राजनीतिमा स्थान पाएको छ। आज राहात वितरणको जस्तो दृष्य देखिएको छ त्यसमा जनकल्याण भन्दा बढी राजनीतिक उद्देश्य रहेको प्रष्ट देखिन्छ । केन्द्रीय देखि स्थानीय प्राय सबै राजनीति कर्मी तथा संस्थाले राहात कार्यक्रम मार्फत अफ्ना मतदाता या कार्यकर्तालाई प्रभावमा राख्ने उद्देश्य अनुरुप राहात वितराण गरेको आभाष हुन्छ । उदाहरणको लागि आगामी नोभेम्बरमा अमेरिकी राष्ट्रपतिको लागि निर्वाचन हुदैछ। कोरोना भाइरसको बढ्दो प्रकोप तथा रोजगारीमा आएको गिरावटका कारण जनतालाई प्रोत्सहान प्याकेजका लागि राष्ट्रपति ट्रम्पले २ ट्रिलियन डलरको कार्यक्रम ल्याएका छन् । यस कार्यक्रम अनुसार एकलको हकमा ७५ हजार डलर भन्दा कम आम्दानी भएका र विवाहितको हकमा १ लाख ५० हजार डलर भन्दा कम वार्षिक आय भएका परिवरमा बयस्कलाई जनही १ हजार २ सय र बच्चाको हकमा जनही ५ सय डलरको क्यास सहायता गर्ने योजना छ । झट्ट हेर्दा, यो विषम परिस्थितिमा यो कार्यक्रम राम्रो एवं प्रभावकारी देखिएता पनि यसको उद्देश्य कल्याणकारी कम राजनीतिक बढी देखिन्छ । त्यसो त नेपालमा पनि राहात वितरणका विभिन्न प्रयोगहरु भईरहेका छन् । जुन आवश्यक पनि छ । तर आज राहात वितरणको जस्तो दृष्य देखिएको छ त्यसमा जनकल्याण भन्दा बढी राजनीतिक उद्देश्य रहेको प्रष्ट देखिन्छ । केन्द्रीय देखि स्थानीय प्राय सबै राजनीति कर्मी तथा संस्थाले राहात कार्यक्रम मार्फत अफ्ना मतदाता या कार्यकर्तालाई प्रभावमा राख्ने उद्देश्य अनुरुप राहात वितराण गरेको आभाष हुन्छ । बदलियो समाजिक सद्भाव एवम् संस्कारको प्रचलन प्रसिद्ध समाजशास्त्री म्याक्स वेबरले भने झै “समाजिक सम्वद्धता” या “सामाजिक एकता” नै बलियो समाज तथा सामाजिक जीवनको आधार हो । सामान्य अवस्थामा बलियो एवं दिगो समाज तथा सामाजिक जीवन निर्माणमा वेबरको मान्यता सहि सावित हुन्छ । तर यस्तो असाधारण परिस्थीतिमा यो सिद्धान्त मान्य नहुँदो रहेछ । प्रसिद्ध समाजशास्त्री म्याक्स वेबरले भने झै “समाजिक सम्वद्धता” या “सामाजिक एकता” नै बलियो समाज तथा सामाजिक जीवनको आधार हो । सामान्य अवस्थामा बलियो एवं दिगो समाज तथा सामाजिक जीवन निर्माणमा वेबरको मान्यता सहि सावित हुन्छ । तर यस्तो असाधारण परिस्थीतिमा यो सिद्धान्त मान्य नहुँदो रहेछ । मुलतः खोप र ओखतीको विकास नभएको अवस्थामा यस्तो संक्रामक जीवणुबाट आफू र आफ्नो समुदायलाई सुरक्षीत राख्न एक्लिनुको विकल्प देखिदैन । आज यस्तो अवस्था सृजना भएको छ कि एक मानिसले अर्कोलाई समिपमा पाउद असुरक्षित महशुस गरेको छ । प्रत्येक ब्याक्तिले हरेक अर्कोलाई शत्रु सम्झेको छ । एक अर्कोसँग त्रसित बनेको छ । स्वस्थ्य समाज र बलियो समाजिक जीवनको लागिआज सामाजिक सम्वद्धता वा एकता होइन, सामाजिक दुरी या सामाजिक अलगीकरण आवश्यक भएको छ । सामाजिक दूरी एवं ब्याक्तिगत पृथकिकरणले बलियो समाज निर्माण आज अहम भूमिका खेलेको छ । जुन स्थिति सामाजिक सिद्धान्त भन्दा ठिक विपरीत छ । भनिन्छ नि, मान्छेले जीवनभर गरेको सतकर्म एवम् उपलब्धीको मूल्याङ्कन उसको मृत्युको बखत जाने मलामीको संख्याले दर्शाउदछ । तर विडम्वना कोरोना भाइरसले यसलाई पनि असत्य सावित गरिदिएको छ । आज कोरोनाको कारण मृत्युवरण गर्नेले मलामी पाउने त परको कुरा मृतकका परिवारलेसम्म अन्तिम पटक मुख हेर्न नपाउने अवस्थाको सृजना भएको छ । जुन निकै दुःखद छ । त्यसो त, एउटा प्रसँग जोड्न सान्दभिक देखियो । चीनको वुहानपछि कोरोना भाइरसको नयाँ केन्द्रका रुपमा देखिएको अमेरिकाको न्यू योर्क राज्यमा पहिलो पटक भाइरसको संक्रमण महानगरमा भन्दा ग्रामिण क्षेत्रमा देखिएको हो । ग्रामीण काउण्टी “न्यू रोसेल” र “वेष्टचेष्टर” बाट भएको थियो । न्यू योर्क राज्यका गर्भनरको भनाई उदृत गर्ने हो भने विदेश भ्रमणबाट आएका एक जना व्याक्तिले एउटा समाजिक-साँस्कृतिक कार्यक्रममा भाग लिदाँ सयौं व्याक्तिहरुमा संक्रमण फैलाएकाे थियाे । यस दृष्टिबाट हेर्दा जनघनत्व भन्दा पनि जनघनत्वात्मक वातावरण यस्ता जीवाणुको संक्रमण फैलाउन बढि जिम्मेवार हुने रहेछन् । तसर्थ, आवश्यक भन्दा बढी गरिने भेला, मेला, महोत्सव, उत्सव, धार्मिक सभाहरु सधै जोखिम पूर्ण हुन्छन भन्ने सन्देश कोरानाले दिएको छ । यस्ता किसिमका जैविक किटाणु कहिले र कहाँबाट उत्पत्ति हुन्छ? यकिन हुदैन, तर जोखिम सम्भावना रहन्छ तसर्थ सदैव सावधानी रहनु पर्दछ । कोरोनाको महामारीले यो पाठ पनि सिकाएको छ । फर्कायो मानिसलाई महानगरबाट ग्रामिण क्षेत्रतर्फ सन् १९५० देखि मानिसहरु ग्रामिण परिवेशलाई त्याग्दै नगरीय जीवनशैली अपनाउन शहरतर्फ स्थानान्तरण हुने प्रकृयाले व्यापकता पाएको देखिन्छ । त्यसो त मानिसहरु ग्रामीण जीवन भन्दा शहरी जीवन बढि सहज हुने, सुविधा जनक हुने भन्दै महानगरतर्फ आर्कषित हुने क्रम तिव्र नै छ । फलत महानगर क्षेत्रमा उपलब्ध जमिनको तुलनामा जनधनत्व अधिक हुदै गयो । शहरी आवास योजनाहरु क्षीतिज तल (हरिजेण्टल प्लानिङ्ग), एकल परिवार घर भन्दा गगन तल (भर्टिकल प्लानिङ्ग), गगन चुम्बि अपार्टमेण्टल हाउजिङ्गतर्फ आर्कषण बढ्यो । वैज्ञानिक दृष्टिकोणले हेर्दा समित भू-भागमा बढ्दो जनसंख्यालाई व्यावस्थापन गर्न भर्टिकल प्लानिङ्ग नै सर्वौत्तम विकल्प बन्न पुग्यो । विश्वका अधिकांश महानगरमा यसै योजना अनुसार आवासहरु निर्माण हुँदै गए । गगन तल भवनहरुमा भूकम्पीय जोखिम, आगोलागी समास्या तथा सामाजिक अपराधका जस्ता सामाजिक समस्याहरु त छदै थिए । कोरोना भाइरसको संक्रामणले यस्ता संक्रामक जीवाणुको जोखिम यस्ता अवासहरुमा अत्याधिक हुन्छ भन्ने कुरा वुहान, रोम, न्यू योर्क लगायता विश्वका ठूला महानगरको पछिल्लो अवस्था एवम् तथ्याङ्कहरुले पुष्टि गरिसकेका छन् । नेपाल जस्ता मुलुक जहाँ भर्खर-भर्खरै भर्टिकल प्लानिङ्गका आवासहरु निर्माण हुदै थिए, एउटा सन्देश पक्क मिलेको छ । उपमहानगरी क्षेत्र वा ग्रामीण क्षेत्रमा क्षतिज तल योजना अनुसार घर तथा आवास निर्माण भएको हुन्छ । जहाँ बस्ने मानिसहरु प्राय सधैं स्वयं अलगिकरणमा हुन्छ भन्दा फरक नपर्ला । एक परिवारको आवास अर्को परिवारको भन्दा केही दूरीमा रहन्छ भने घरभित्र या बाहिर गर्दा प्रत्यक्ष अरु मान्छेको सम्पर्कमा रहनु पर्ने स्थिति प्राय हुदैन । ठिक यसको विपरीत, महानगरीय अपार्टमेण्टमा एलिभिएटर, भर्याङ्ग, हल वे, पब्लिक स्पेश जता त्यतै मानिसको भिड रहन्छ । फलस्वरुप जीवाणु संक्रमण सम्भावना पनि धेरै हुन्छ । अग्ला गगनचुम्बी अपार्टमेण्ट भन्दा एक परिवार घर आवास बढि सुरक्षीत छन् । आगामी दिनहरुमा, शहरी विकास योजन ल्याउदा “गगनतल आवास योजना” भन्दा “एक परिवार घर” अवधारण अनुसार “क्षीतिजतल आवास योजना” लाई प्रथामिकता दिनु दीर्घकालिन रुपले राम्रो देखिन्छ । यसले एकातिर बस्तिको विस्तार हुन्छ, भने अर्को तिर ग्रामीण विकासमा पनि टेवा पुर्याउन सक्छ । आगामी दिनहरुमा, शहरी विकास योजन ल्याउदा “गगनतल आवास योजना” भन्दा “एक परिवार घर” अवधारण अनुसार “क्षीतिजतल आवास योजना” लाई प्रथामिकता दिनु दीर्घकालिन रुपले राम्रो देखिन्छ । यसले एकातिर बस्तिको विस्तार हुन्छ, भने अर्को तिर ग्रामीण विकासमा पनि टेवा पुर्याउन सक्छ । व्याक्तिगत स्वास्थ्य एवम् स्वच्छतामा निकै सजग हुन सिकायो  कोरोनाको प्रकोपले मानिसलाई स्वास्थ्य एवम् स्वच्छताको बारेमा निकै सचेत बनाएको छ । स्वस्थ्य जीवनचर्याको औचित्य, व्याक्तिगत सरफाइको आवश्यकता, स्वस्थ्य खानापानको महत्व र नियमित व्यायमको अपरिहार्यता आदिका बारेमा मानिसहरुलाई निकै समवेदनशील बनाएको छ । कोरोनाको जीवाणु आफै कुनै पनि ब्याक्तिको शरिरमा प्रवेश नगर्ने तर कुनै एजेण्ट, मानाैं आफ्नै हात मार्फत मुख, नाक, र आँखा हुदै यो मानव शरिरमा प्रवेश गर्ने सम्भावना निकै बढि हुने हुनाले नियमित रुपमा हात धुनु अनिवार्य मानिएको छ । डेली मेल पत्रिका यूके (अगष्ट २०१४), मा प्रकासित एक समाचार अनुसार केवल १२ प्रतिशत मानिसले मात्र खानेकुरा खानुअघि हात धुने गर्दछन । सोही समाचारमा भनिएको छ कि हात धुने बानीलाई प्रोत्सहान गर्ने हो भने ३० देखि ५० प्रतिशत विमारीमा कमी ल्याउन सकिन्छ । त्यसो त एक ब्याक्ति अर्को ब्याक्तिको समिपमा जाँदा पनि संक्रमण फैलिने जोखिम उच्च छ। यसले पनि अनावश्यक रुपमा अर्को मानिससँग आँकमाल गर्ने, हात मिलाउने, चुम्बन गर्ने जस्ता कुराहरुमा पनि अब कमि आउने देखिन्छ । मुलत, पश्चिमा संस्कृतिमा अकंमाल गर्ने, चुम्बन गर्ने तथा हात मिलाउने प्रचलन अत्याधिक हुन्छ । यी देशहरुमा कोरोनाको संक्रमण बढि देखिनुमा यस्ता किसिकमा संस्कृतिको पनि केही भूमिका छ । यो महमारी पश्चात यस्ता संस्कृति पूर्ण रुपले बन्द नभए पनि धेरै हदसम्म कमि आउने देखिन्छ । “नमस्कार” गरि अभिबादन गर्ने प्रचलनले विश्वब्यापकता पाउने सम्भावनालाई पनि नर्कान सकिदैन । अगामी नेपाली बजेटका प्राथामिक क्षेत्र अहिले नेपाल सरकार आ.व. २०७७/७८ को बजेटको तयारीमा छ । बजेटमा सरकारले मुख्य तीन क्षेत्रहरु “लक्षित वर्ग रहात कार्यक्रम,” “स्वास्थ्य सेवामा सक्षम प्रदेश” र “डिजिटल शिक्षण सिकाईको प्रारम्भ” लाई प्राथमिकतामा राख्नु सान्दर्भिक देखिन्छ । पहिलो, श्रमिक वर्गहरु जो दैनिक ज्यालामा जीवन निवार्हा गरि रहेका छन् तिनीहरुको न्यूनतम आवश्यकता पुरा गर्ने गरि तत्काल “प्रोत्सहान कार्यक्रम” मार्फत राहात वितरण गर्नुपर्दछ । यसमा आफ्नो कार्यकर्तालाई भरण गर्ने भन्दा पनि वास्तविक गरिवको पहिचान गरि सर्वदलिय सहमतिमा स्थानीय सरकार मार्फत वितरण गर्नु पर्दछ । दाेश्रो, स्वास्थ्य सेवामा निकै ठूलो लगानीको आवश्यकता छ । विभिन्न स्रोतमा आए अनुसार नेपालमा जम्मा जम्मी १ हजारको हाराहरीमा भ्याण्टिलेटर छन्, जस मध्ये काठमाण्डौं मा ७ सय र बाँकी मोफसलमा । ३ करोड जनसंख्याको लागि यो संख्या निकै नै कम हो । आगमी बजेटले कम्तिमा पनि हरेक प्रदेशमा भेण्टिटलेटर सहितका ५ सय स्वास्थ्य शैया सुविधा विस्तार गर्नु पर्ने देखिन्छ । कोरोनाको संक्रमण नेपलमा फैलियो भने अहिलेको स्वास्थ्य व्यावस्थाको लागि निकै चुनौति पूर्ण देखिन्छ । यसर्थ आगामी दिनमा आई पर्न सक्ने यस्ता स्वास्थ्य चुनौतिहरुका लागि अब तयारी रहनु पर्ने देखिन्छ । तेश्रो, विश्वको बदलिदो परिवेश अनुसार नेपाली शैक्षिक प्रणालीलाई प्रतिस्पर्धी बनाउनका लागि “डिजिटल लर्निङ्ग” को सुरुवात नेपाली शिक्षामा अब अनिवार्य छ । तसर्थ, आधारभूत पूर्वाधारको तयारी अविलम्व गर्नुपर्ने देखिन्छ । कम्तिामा पनि प्रत्येक विद्यालयमा इण्टरनेट सुविधा सहित “डिजिटल लर्निङ्ग” प्रयोगको थालनीको आधारहरु अब तयार पार्दै कम्तिामा पनि अबको ५ वर्षभित्र आवश्यक पर्दा पठनपाठन पूर्ण रुपमा अनलाइन गर्न सक्ने अवस्था तयार पर्ने गरि ठोस योजना ल्याइनु पर्दछ । यी कार्यक्रम मार्फत सुरक्षित स्वास्थ्य सुविधा र आधुनिक एवम् दिगो शिक्षा प्रणाली मार्फत स्वस्थ्य र दक्ष जनशक्तिको जग मजबुत बनाउन सकिन्छ । जसले देशको दीर्घकालीन विकासमा महत्व पूर्ण भूमिका खेल्न सक्छ । अन्त्यमा हुनत यस्ता प्रकोप या महामारी एक युगमा एक पटक आउने गर्दछन् । तसर्थ, यस्तो विषम परिस्थितिका कारण सृजित अल्पकालिन अवस्थालाई आधार मानेर सर्वव्यापीकरण गर्नु सान्दर्भिक हुदैन । तथापी, यस्ता असाधारण अवस्थाले धेरै साधारण कुराहरुको सन्देश दिएर गएको हुन्छ । यस्ता परिस्थितबाट हामीले पाठ सिकेर आगाडी बढ्नुको विकल्प रहदैन । उदहारणको लागि हामीले कम क्षति आँकलन गरेको या खासै चासो नराखेको क्षेत्र हो, शिक्षा । आज देशभरका शैक्षिक सस्था बन्द छन् । अन्य कुराहरु कुनै-कुनै माध्यामबाट आशिंक रुपमा चलेकै छन् । शैक्षिक गतिविधि भने शुन्य छ । यो अवस्था कहिले सुध्रने हो ? कहिलेदेखि अवस्था सामान्य हुने हो ? यसको कुनै टुङ्गो छैन । विद्यालय ठप्प हुन भनेको निकै भयावह अवस्था हो । नेपाल जस्तो मुलुकले हिजोसम्म कहिल्यै शिक्षण शिकाईको वैकल्पिक उपायको बारेमा सोचेन । फलतः आज नेपाली शिक्षा क्षेत्रले सबै भन्दा ठूलो मार खेपेको छ । लाखौं विद्याथीको भविष्य अन्योल भएको छ । यसलाई एउटा पाठको रुपमा लिएर आगमी दिनमा कक्षा कोठा सिकाईको विकल्पका लागि निश्चित योजना सहित सम्बन्धि निकाय अगाडि बढ्नु पर्ने देखिन्छ । स्मरण होस, विकसित मुलुकमा अन्य कुरा ठप्प भएता पनि पठनपाठन भने दूरशिक्षा मार्फत नियमित सञ्चालनमा छन् । कोरोनाले धेरै जनधनको क्षति बनायो । विश्व प्रणाली नै ठप्प पार्यो । सबैको दैनिकी फेरियो । धेरै कुरा असाधारण बन्दै गए । कोरोनाको जीवाणुले धेरै कुरा खोसे पनि थोरै सिकाएको छ । यो प्रकोपबाट विश्व छिट्टै मुक्त हुनेछ । भोली, नव-सामान्य अर्थात हिजो जुन स्थानमा थियो त्यो भन्दा पृथक तरिकाले विश्व उदाउने छ । कोरोना प्रकोपबाट खोसिएका मानव जीवन बाहेका सबै कुरा विश्वले नयाँ प्याराडाइम मार्फत पुन हाँसिल गर्ने छ । (लेखक सीटि युनिर्भसीटि अफ न्यू योर्क, योर्क कलेजका प्राध्यापक हुन ।) [email protected]

शहर केन्द्रित संस्कृतिमा धक्का, गाँउ नै सुरक्षित

म्याग्दीको ताकम गाविस–७ हिलापोखरी गाउँ र पृष्ठभुमिमा देखिएको गुर्जा, पुथा र चुरेनलगायतका हिमशृङ्खला । सन्तोष गौतम/रासस चीनको पुर्वी भागमा रहेको हुबेई प्रान्तको वुहान शहरमा एक अज्ञात भाईरसबाट पीडित तर निमोनियासँग मिल्दोजुल्दो लक्षण भएको रोगको बारेमा विश्व स्वास्थय संगठनको चीनमा अवस्थित कार्यालयमा पहिलो पटक सन् २०१९ डिसेम्बर ३१ तारेखमा जानकारी प्राप्त भयो । तर साउथ मोर्निङ्ग चाईना पोष्ट अनुसार यस भाईरसले पहिलो पटक सन् २०१९ नोभेम्बर १७ मा नै हुबेई प्रोभिन्स निवासी एक ५५ वर्षीय व्यक्तिलाई आफ्नो शिकार बनाएको थियो । जब डिसेम्बर २७ मा हुबेई प्रान्तिय अस्पतालको स्वासप्रस्वास विभाग प्रमुख डा. झाङ्ग जिशियानले यो अज्ञात रोग कोरोना भाईरस नामक विषाणुको कारण फैलिरहेको जानकारी अधिकारीहरुलाई गराए, त्यति बेलासम्ममा १८० भन्दा बढी व्यक्ति यस बिल्कुलै नयाँ रोगबाट संक्रमित भईसकेको थियो । यस रोगलाई शुरुवातमा देखापरेको क्षेत्रमा मात्र सीमित गर्ने अनेकौं तरिका अपनाईए पनि संसारभरि एकैसाथ ज्यामितिय रुपमा विस्तार हुँदै गएपछि सन् २०२० मार्च ११ मा विश्व स्वास्थय संगठनले आधिकारिक रुपमा यस कोरोना भाईरस जसलाई सन् २०२० फेब्रुअरि ११ मा कोभिड-१९ भनी नामाकरण गरिएको थियो, माहामारीको संज्ञा दियो । यसरी चीनको कुनै एक शहरबाट शुरु भएको एउटा सरुवा रोग आज विश्व भरि माहामारीको रुपमा फैलिसकेको छ । यस रोगबाट यो लेख तयार पार्दाको मितिसम्ममा संसारभरि लगभग १५ लाख मानिस संक्रमित भएका छन् भने ८५ हजारभन्दा बढी मानिसले आफ्नो ज्यान गुमाईसकेका छन् । भाईरस भनेको अति सूक्ष्म सरुवारोग सार्ने एक अभिकर्ता हो, जुन कुनै पनि जीवको कोषभित्र आफ्नो जीवन चक्र पुरा गर्दछ । भाईरसले सबै प्रकारको जीव तथा वनस्पतिलाई आफ्नो शिकार बनाउन सक्छ । कोरोना भाईरस चाँहि विभिन्न भाईरसहरुको एक ठूलाे समूह हो जसले मानिस तथा जनावर दुबैलाई संक्रमित गर्न सक्छ । मानिसमा साधारणदेखि गम्भिर प्रकृतिसम्मको रोग यस भाईरसको कारण देखिन सक्छ । सन् २००२ मा चीनबाट नै शुरु भई २६ वटा देशमा फैलिएर ८ हजारभन्दा बढीलाई संक्रमित पारी ७७४ लाई आफ्नो शिकार बनाएको ‘सार्स’ को कारण पनि कोरोना भाईरस नै रहेको थियो । लेखक एशिया महादेशको चीनबाट शुरु भएको यो रोगले अहिले एन्टार्टिका महादेश बाहेक बाँकी सबै महादेशको लगभग सबै देशमा देखा परिसकेको छ । चीन, दक्षिण कोरिया, इरान, जापान, इन्डोनेसिया, भारत, इटली, स्पेन, फ्रान्स, बेल्जियम, क्यानाडा, अमेरिका, ब्राजिल, जर्मनी, ब्रिटेन, टर्की, स्वीजरल्याण्ड, नेदरल्याण्ड, अष्ट्रिया, पोर्चुगल, इजरायल, रसिया, स्वीडेन, नर्वे, अष्ट्रेलिया, आइरल्याण्ड, चिली, मलेसिया, पाकिस्तान, फिलिपिन्स, साउदी अरब, मेक्सिको, युएई, थाईल्याण्ड, कतार, कोल्मबिया, सिंगापुर, मोरोक्को, बेलारुस, ईराक, न्यूजिल्याण्ड, हङ्गकङ्ग, कुवेत, अफगानिस्तान, क्यूवा, ताइवान, माल्टा, घाना, मौरिसस् , प्यालेसटाईन, भियतनाम, बंगलादेस, श्रीलंका आदि देशहरुमा व्यापक मानविय क्षति भएको छ । यसरी मानविय क्षति र नयाँ सकंमणको क्रम अझै रोकिएको मात्र छैन, बल्कि आउने महिनाहरुमा यसको गति अझै बढने सम्भावना रहेको अनुमान विज्ञहरुले गरेका छन् । तर्सथ, यो कोभिड-१९ अर्थात कोरोना भाईरस एक विश्वव्यापी महामारी हो भन्ने तथ्यमा कुनै शंका छैन । यस भाईरसको उत्पतिको बारेमा विभिन्न विवादस्पद बहसहरु भईरहेको छ । कतिले यो भाईरस वुहान शहरको समुद्री जीवहरु पाईने बजारमा उत्पन्न भई जनावरबाट मानिसमा सरेको तर्क गरिरहेका छ्न् भने कतिले यो भाईरस चीन सरकारले वैज्ञानिकहरुको सहयोगबाट ल्याबमा विकसित गरेको र सोहि क्रममा यसको चुहावट हुन गई मानिसमा फैलिएको हुन सक्ने शंका गरिरहेकाे छ । अमेरिकी सेनाले चीनमा ल्याएर छोडेको हुन सक्ने शंका चीन सरकारले गरेको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई ‘चाईनिज भाईरस’ को संज्ञा दिनबाट समेत पछि परेन् । यसै बीच विभिन्न सामाजिक संजालमा भाईरल भईरहेको एउटा भिडियो क्लिपलाई विश्वास गर्ने हो भने हावार्ड विश्वविद्यालयको प्राफेसर डा. चाल्र्स लाईबरलाई यो भाईरस बनाई चीन सरकारलाई बेचेको आरोपमा अमेरिकी सरकारले गिरफ्तार गरेको छ । यो भाईरसको उत्पतिको श्रोत जेसुकै भए पनि मानवजातिको अदृश्य दुशमन यो कोरोना भाईरसले इतिहासमा पहिलो पटक सम्पूर्ण मानव जातिलाई कैंयौं हप्तादेखि आ-आफनो बासस्थान भित्र सीमित पारेकाे छ । बाँकी दक्षिण ऐसियाली मुलुकहरुको तुलनामा नेपालमा आजको मितिसम्म कोरोना भाईरसबाट संक्रमितको संख्या निकै कम रहेको छ । नेपालको पहिलो संक्रमित व्यक्ति चीनको वुहान विश्वविद्यालयमा अध्यनरत् एक ३२ वर्षिय नेपाली विद्यार्थी रहेका थिए । उनी चीनमा रहँदा नै संक्रमित भइसकेकाे थियो । नेपाल आएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा १३ दिनको उपचार पछि उनी रोगमुक्त भएका थिए । पहिलो संक्रमण देखिएको लगभग दुई महिनापछि कोरोना भाईरसबाट संक्रमित भएको दोस्रो व्यक्ति पत्ता लागेको थियो । यी दोस्रो संक्रमित व्यक्ति एक १९ वर्षिया युवती हुन्, जो फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल अवतरण गरेकी थिईन्। यस रोगबाट पहिलेदेखि सचेत उनी घर आएको केही दिनसम्म आफ्नै घरमा ‘सेल्फ क्वारेन्टाईन’ मा रहेकी थिईन् । उनी सँगै आएकी भियतनामकी साथीले आफू कोरोना भाईरसको संक्रमित भएको मेसेज पठाएपछि नेपाली युवतीले आफुलाई जाँच गराउँदा उनी पनि यस भाईरसबाट संक्रमित भएको पुष्टी भयो। नेपालमा दोस्रो व्यक्ति पनि संक्रमित भएको प्रमाणित भए लगतै नेपाल सरकारले चैत ११ गतेदेखि लागू हुने गरि अति आवश्यक कामहरु बाहेक अरु कुनै पनि कामहरु गर्न नपाउने तथा घरबाट समेत निस्किन नपाउने गरि एक साताको लागि पहिलो पटक देशमा ‘लकडाउन’ को घोषणा गर्यो । पहिलो घोषणा लगतै दोस्रो तथा तेस्रो साताको लागी लक डाउनलाई लम्बयाएर आउँदो बैशाख तीन गतेसम्मको लागी पुनः समय सिमा बढाएको छ । सबै अन्तर्राष्ट्रिय उडानहरुलाई वैशाख १५ गतेसम्मको लागि स्थगित गरिएको छ भने हाललाई आन्तरिक उडानहरु पनि स्थगित गरिएको छ । उता भारतले पनि २१ दिने लामो लकडाउन गरेपछि भारतको विभिन्न क्षेत्र तथा राज्यहरुमा कार्यरत लाखौंको संख्यामा रहेको नेपाली कामदार आफ्नो देश फिर्ता हुन खोजि रहेका छन् । कति त नेपाल भारत बीचको खुल्ला सिमानाका फाईदा उठाउँदै चोरबाटोहरुबाट नेपाल प्रवेश गरिरहेको सामाचारहरु सञ्चारमाध्यमहरुमा सम्प्रेषित भएको छ । भारतमा ठुलो संख्यामा संक्रमित रहेको कारण उताबाट नेपाल प्रवेश गर्ने नेपाली कामदारहरु मार्फत कोरोना भाईरस सर्ने जोखिमलाई न्युनिकरण गर्नको लागि नेपाल सरकार नेपाल भारतको विभिन्न नाकाहरुमा चेक पोष्ट बनाएको छ । यस बाहेक उताबाट नेपाल प्रवेश गर्नेहरुलाई अनिवार्य रुपमा १४ दिन क्वारेनटाईनमा बस्नै पर्ने व्यवस्था गरिएको छ । खास गरि भारत तथा अन्य मुलुकबाट समेत नेपाल प्रवेश गरेका लगभग १० हजार नेपाली र केहि भारतीय पनि नेपालको विभिन्न क्षेत्रमा संघीय, प्रदेश र स्थानिय सरकारको पहलकदमीमा बनाईएका क्वारेन्टाईनमा बसिरहेका छन् । पश्चिम नेपालमा भारतबाट लाखौंको संख्यामा नेपालीहरु प्रवेश गरेकोले त्यस क्षेत्रमा यस भाईरसबाट संक्रमितको संख्या पनि थपिदै गएको छ । नेपाल यो भाईरस दोस्रो चरण अर्थात कम्युनिटी ट्रान्समिसनको चरणमा प्रवेश गरिसकेको छ । देशभित्रका सबै स्कूल, कलेज, कलकारखाना, यातायात, होटल आदि बन्द रहेको छ । यसको कारण हजारौं श्रमिकहरु बेरोजगार हुनु परेको तितो यर्थात नेपाली समाजले भोग्नु परेको छ । दैनिक रुपमा मजदुरी गरि खाने वर्गको लागि सरकारले एउटा राहत कोष खडा गरेको छ । यस राहत कोषमा दशौं करोड रकम जम्मा भईसकेको छ । यस रकमबाट राहत सामग्री खरिद गरि ‘एक द्वार प्रणाली’ मार्फत विभिन्न पीडित व्यक्तिहरु समक्ष पुर्याउने संयन्त्र बनाईएको छ । यस बाहेक विभिन्न प्रदेश सरकारहरुले आफ्नो प्रदेश स्तरिय राहत कोषहरु समेत खडा गरि ‘हुँदा खाने’ वर्गमा पर्ने विभिन्न व्यक्तिहरुलाई सक्दो राहत वितरण गरिरहेको छ । बन्द भएको व्यापारहरुको लागी सरकारले चैत मसान्तको व्याज असार मसान्तसम्ममा तिर्ने व्यवस्था गरेको छ । खानेपानी, बिजुली, घरभाडा ईत्यादीमा समेत केहि न केहि राहत दिने प्रयास सरकारले गरेको छ । यद्यपी, यो राहत प्याकेज अत्यन्तै न्युन भएको भनि आलोचनाहरु समेत विभिन्न राजनीतिक दल एवंम् नागरिक समाजको अगुवाहरुबाट भईरहेको छ। यस भाईरसको खोप तयार पार्नको लागि विभिन्न विकसित मुलुकहरुको वैज्ञानिकहरुले सक्दो प्रयास गरिरहेको छ । जति नै छिटो तथा छोटो प्रक्रिया अपनाएर यस भाईरसको खोपको विकास गरिए पनि साधारण जनताको पँहुचसम्म आउनको लागि कम्तिमा थप डेढदेखि दुई वर्षको समय अवधि चाहिने वैज्ञानिकहरुले बताईरहका छन् । तर्सथ, यस महामारीबाट आफुलाई बचाई राख्नु नै सबैको साझा आवश्यकता हो । यसको लागि सरकारले लागू गरेको लक डाउनको अवधिभरि घरमा बस्ने, सामाजिक दुरी कायम गर्ने, दिनमा सक्दो धेरै पटक मजाले संम्भव भएसम्म स्यानिटाईजर, नभए साबुन पानीले केहि मिनेट सम्मको समय लगाएर हात धुने, घर भित्र एवंम् बाहिरको वातावरणलाई किटानुमक्त राख्ने प्रयास गर्ने, बाहिर निस्किदा मास्क लगाएर मुख तथा नाक छोप्ने, कसैसँग हात मिलाउनुको सट्टा नमस्कार गर्ने, बाहिरबाट खरिद गरि ल्याईएका दैनिक खाद्य बस्तुहरुलाई समेत धोईपखाली मात्र घर भित्र प्रवेश गराउने, शरिरको आन्तरिक प्रणाली थप सुदृढ गराउन मद्दत गर्ने ताजा तथा स्थानिय स्तरमा उत्पादित फलफुल खाने बानी बसाल्ने, सकभर शाकाहारी भोजन गर्ने, म्युजिक कन्र्सर्ट, सिनेमा हल, पार्क, हाटबजार, सपिङ्ग मल ईत्यादि धेरै भिडभाड हुने ठाँउमा जानबाट बच्ने आदि सावधानी अपनाए यस रोगबाट बच्न सकिन्छ । यस महामारीले विश्व समुदाय सामु धेरै नयाँ चुनौतिहरु सृजना गरिदिएको छ। संसारमा पहिलेदेखि स्थापित केहि मान्यताहरुलाई यस महामारीले खारेज गरिदिएको छ भने केहि नयाँ मान्यताहरु स्थापित हुन पुगेको छ । यस पृथ्वीमा बसोबास गरिरहेको विभिन्न मानिसहरु जो धनी, गरिब, नेता, जनता, शासक, शासित, कालो, गोरो, ऐसियाली, युरोपेली, अमेरिकी, अफ्रिकन, मधेसी, पहाडी, हिन्दु, मुस्लिम ईत्यादी वर्गहरुमा विभाजित थिए, उनीहरुको वास्तविक पहिचानलाई उर्जागर गरिदिएको छ । यर्थाथमा, सबै मानवको एउटा मात्र जात रहेछ भन्ने कैयौं शताब्दी पुरानो मान्यतालाई पुनः स्थापित गरिदिएको छ, अन्यथा कुनै खास जाति वा वर्गभित्र पर्ने मानिसहरु मात्र यस महामारीबाट चिन्तित् हुनुपर्थ्याे, नकि सम्पूर्ण मानवजाति एकै पटक, बिना कुनै भेदभाव । सम्पूर्ण विश्वलाई नै आफ्नो नियन्त्रणमा लिन सफल यस भाईरसबाट नेपाल कदापि पनि बञ्चित रहन सकेको छैन । नेपालको समक्ष पनि प्रकृति प्रद्त वतावरणमा कुनै पनि प्रकारको बाधा अवरोध नहुने गरि दैनिकी चलाउनको लागि गर्नुपर्ने परिवर्तनहरुलाई समय हुँदै आत्मसात् गर्नुपर्ने चुनौति यस महामारीले दिएको छ । अन्यथा, सबैलाई हुने सजायको भागिदार नेपाल पनि हुनु पर्दछ । यस महामारीले सम्पूर्ण मानवजाति एवं विश्वलाई नै केहि सन्देशहरु दिन खोजेको छ । प्रकृतिको दृष्टिकोणमा सबै बराबर छन्, चाहे त्यो जुनसुकै भूगोलमा बस्ने होस् वा जुनसुकै जातजाति, समुदायको मानिस होस् । पृथ्वीको सतहलाई मानवले चाहे अनुसार विभिन्न महादेश वा देशमा गरेको खण्डिकरण प्रकृतिलाई स्वीकार्य छैन भन्ने सन्देश पनि यस भाईरसको प्रकोपबाट लिन सकिन्छ । जसरी मानव यस ग्रहको एउटा जीव हो, त्यसैगरि अन्य जलचर, थलचर, जनावरहरु पनि यस ग्रहकै अभिन्न अंग हो । आफ्नो क्षणिक स्वार्थ पुरा गर्नको लागि उनीहरुको जीवनलाई बिनास गर्ने काम गर्नु हुँदैन भन्ने सन्देश पनि यस नयाँ रोगबाट लिन सकिन्छ । मानवजाति जति नै ज्ञानी भए पनि र जति नै तयारीको साथ बसे पनि उसको ज्ञान एवंम् तयारी पनि कुनै समयमा कम भएको अनुभव हुन थाल्छ । तर्सथ, ज्ञान र तयारीको किनारासम्म कहिले पनि पुग्न सकिदैँन भन्ने सन्देश पनि यस संकटबाट लिन सकिन्छ । यसले विश्वको अर्थतन्त्रमा भईरहेको वृद्विलाई समेत कम गर्न सफल भएको छ । आर्थिक सहयाता एवं विकास संगठन (ओईसीडी) ले प्रकाशित गरेको प्रतिवेदनमा जनाईए अनुसार सन् २०२० को विश्वको आर्थिक वृद्धिदर सन् २००९ पछि सबै भन्दा कम गतिमा हुनेछ । गत वर्षको नोभेम्बर महिनामा प्रकाशित प्रतिवेदनमा विश्वको आर्थिक वृद्धिदर २.९ प्रतिशत हुने भनेको भए पनि यस कोरोना भाईरसको महामारी देखिए पछिको प्रतिवेदनमा सो दर २.४ प्रतिशतमा सीमित हुने भनिएको छ । यदि महामारीको अवधि अझै लम्बिने हो भने यो दर अझै कम भएर यस वर्ष १.५ प्रतिशतमा सीमित हुन सक्छ । विश्वको प्रमुख सेयर बजारहरुमा भारी गिरावट आएको छ । संसारकै उत्पादन केन्द्रको रुपमा परिचित चीनको कलकारखानाहरु बन्द हुँदा अरु देशको उद्योगहरुमा समेत कच्चा पर्दाथको अभाव भएको छ । अहिले लगभग सबै देशहरुले अति आवश्यक वस्तु उत्पादन गर्ने उद्योगहरु बाहेक सम्पूर्ण उद्योगहरु बन्द गरेको कारणले करौडौं श्रमिकहरुले आफ्नो रोजगारीबाट हात धुनु परेको छ । विभिन्न देशहरुले आफनो देशको नागरिकलाई यात्रा गर्न प्रतिबन्ध लगाएको कारण विश्वको पर्यटन क्षेत्र धराशायी बनेको छ । यस क्षेत्रमा लगानी गरिएको खर्बाैं रुपैयाँको सम्पत्ति जोखिमयुक्त हुन पुगेको छ । सन् १९२९ मा शुरु भएको महामन्दी जस्तै अवस्था विश्वको अर्थतन्त्रमा यतिबेला सृजना हुन पुगेको छ । विश्वको सम्पूर्ण आर्थिक क्रियाकलापहरु प्रायः ठप्प रहेका छन् । संसारकै सबैभन्दा सबल अर्थतन्त्र अमेरिका मात्र छोटो समयमा नै लगभग एक करोड मानिसले सरकारले दिने भनिएको बेरोजगारी भत्ताका फारम भरेका छन् । यस आर्थिक संकटबाट बचाउनको लागि विभिन्न देशको सरकारले आर्थिक सहयोगको प्याकेज घोषणा गरेको छ । अमेरिकी सरकारले इतिहासकै सर्वाधिक ठूलो आर्थिक प्याकेज ल्याएको छ भने भारतले पनि विभिन्न किसिमको जनतालाई प्रत्यक्ष राहत दिने प्रकारको आर्थिक सहयोगको घोषणा गरेको छ । यस महामारीबाट समग्र मानवजाति नै खतरामा परेको हुँदा यसबाट पाठ सिकि संसारमा अंगालिएका विभिन्न संस्कृतिहरुमा समय सापेक्ष परिवर्तन हुन आवश्यक छ । अति विकसित शहरको सीमित क्षेत्रफलमा कोचिएर बस्नुभन्दा कम विकसित तर न्यूनतम् सुविधाको पहुँच भएको ठाँउमा तुलानात्मक रुपमा कम जनघनत्व भएको ठाँउमा बस्दा यस्ता महामारीबाट संक्रमित हुने जोखिम कम हुन्छ । तसर्थ, विश्वभरि मौँलाएको शहर केन्द्रित संस्कृतिमा पुर्नविचार हुन आवश्यक छ । आयातमुखी नेपालको अर्थतन्त्र पनि यस महामारीबाट प्रत्यक्ष प्रभावित हुन पुगेको छ । पछिल्लो समय अर्थतन्त्रको मेरुदण्डको रुपमा चिनिएको वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणकाे ठूलाे हिस्सा रोकिन पुगेको छ । चालिसौं लाखको संख्यामा विदेशमा रहेको नेपाली कामदारहरुको रोजगारी खोसिएको छ। नेपाल सरकारले तामझामको साथ उद्घाटन गरेको नेपाल भ्रमण वर्ष २०२० ले पुर्वनिर्धारित समय अगावै मृत्युवरण गर्नुपरेको छ । यसको कारण नेपालको पर्यटन क्षेत्र पनि मुर्छित भएको अवस्था छ । भारतमा काम गरिरहेको लाखौं नेपालीहरु नेपाल फर्कदा देशको आय आर्जनमा धक्का पगेको छ । यी विविध कारण पहिलेदेखि नै कमजोर रहेको नेपालको अर्थतन्त्र झन् कमजोर हुन पुगेको छ । तर्सथ, आयातमुखी अर्थतन्त्रलाई प्रतिस्थापन गरि आन्तरिक उत्पादनलाई बढाउँदै, कृषि क्षेत्रमा यान्त्रिकिकरण गर्दै, पहिले आत्मनिर्भर भई पछि निर्यातमुखी अर्थतन्त्रमा रुपान्तरण हुनुपर्ने सुन्दा असम्भव जस्तो लागे पनि कडा मिहिनेत, निरन्तर प्रयास र धैर्यता मार्फत हाम्रै जीवनकालमा हासिल गर्न सक्ने चुनौति यस कोरोना भाईरसले प्रस्तुत गरेको अवस्था छ ।   काठमाडाैंकाे पुरानाे सहर इन्द्रचाेक यस महामारीबाट समग्र मानवजाति नै खतरामा परेको हुँदा यसबाट पाठ सिकि संसारमा अंगालिएका विभिन्न संस्कृतिहरुमा समय सापेक्ष परिवर्तन हुन आवश्यक छ । अति विकसित शहरको सीमित क्षेत्रफलमा कोचिएर बस्नुभन्दा कम विकसित तर न्यूनतम् सुविधाको पहुँच भएको ठाँउमा तुलानात्मक रुपमा कम जनघनत्व भएको ठाँउमा बस्दा यस्ता महामारीबाट संक्रमित हुने जोखिम कम हुन्छ । तसर्थ, विश्वभरि मौँलाएको शहर केन्द्रित संस्कृतिमा पुर्नविचार हुन आवश्यक छ । विश्वव्यापिकरणको कारण संसारको कुनै एक कुनामा उत्पादन भएको वस्तु अर्को कुनामा सजिलै पुग्दा र यसरी व्यापार गर्नको लागि ठूलो संख्यामा मानिसहरुको आवागमन एक ठाँउबाट अर्को ठाँउमा हुने हुँदा कुनै एक ठाँउमा देखिएको सरुवा रोग अर्को क्षेत्रमा पनि सजिलै सर्न सक्ने जोखिम रहेकोले अबको आउने वर्षहरुमा स्थानीय उत्पादनलाई प्राथमिकता दिई कुनै पनि देशको आन्तिरिक उत्पादन बढाउन सहयोग गर्ने संरक्षणवादी नीति अबलम्बन गर्नुपर्ने देखिन्छ । यसरी संरक्षणवादमा जोड दिने संस्कृतिको प्रचलनमा जोड दिनु आजको आवश्यकता हो । यसैगरी जे भेट्यो त्यही खाईहाल्ने संस्कृतिबाट मानिस भईसकेपछि कम्तिमा केहि जीवहरु नखाने वा पूर्ण रुपमा शाकाहारी भोजनको संस्कृतिको विकास गर्न सकियो भने भविष्यमा यस्ता महामारीको जोखिम न्यूनिकरण गर्न सकिन्छ । यसभन्दा पहिले पनि यस्तो महामारी मानव जातिले सामना गरिसकेको छ । सन् १९१८-१९१९ तिर चिनबाट नै शुरु भएको स्पानिस फ्लूको चपेटामा चारदेखि पाँच करोड मानिस परेको बताईन्छ । अहिलेको जति विकसित भईनसकेको त्यस बेला त महामारीको संकटबाट मानवजाति बच्न सफल भयो भने अहिलेको विकसित अवस्थामा यस संकटबाट पार नलाग्ने भन्ने कुरै हुँदैन। केहि समयको लागि मात्र यो संकट देखिएको हो । यसबाट आफु बचि अरुलाई पनि बचाउँनको लागि सक्दो सहयोग गर्नु समग्र मानवजातिको हितमा हुन्छ । कोरोना महामारी पश्चात्को समयमा हाम्रो भविष्य कस्तो हुन्छ भन्ने अनुमान लगाउन कठिन छ । यद्यपी, हाम्रो भविष्य धेरै हदसम्म सरकार र समाजले यस भाईरस र आर्थिक क्षेत्रलाई कसरी व्यवस्थापन गर्दछ भन्ने कुरामा निर्भर गर्नेछ । यस संकटबाट पाठ सिकेर शायद हामीले केहि राम्रो र मानव जातिको समग्र हित हुने काम गर्ने छौं । मानव जातिको जीवनमा केहि अकल्पनीय परिवर्तनको आवश्यकता यस भाईरस पछिको अवधिमा महशुस गरिेन्छ होला किनकी यो भाईरसको उत्पति प्राकृतिक भएपनि समग्र विश्वमा फैलिनुमा मानव निर्मित सोच, प्रविधि र प्रक्रियाको ठूलो भूमिका रहेको छ । [email protected]

आणविक हतियार, ठूला अस्पताल र धर्मगुरुको के काम ?

टर्कीस्थित यूराेपका सबैभन्दा ठूलाे अस्पताल दी अंकरा सिटी अस्पताल नोवेल कोरोना भाइरस (कोभिड–१९) सन् २०१९ को अन्त्यतिर चीनको वुहान शहरमा पहिलो पटक देखा पर्यो । सुरुमा चीनको वुहान सहरमा मात्र असर गरेको थियो यो भाइरसले विस्तारै तीव्र रुपले लियो । छोटो समयमा नै महामारीको संज्ञा लिएको यो भाइरसले अहिले विश्वका २ सयभन्दा बढी देश यसको सिकार बनिसकेका छन् । अचानक उत्पन्न भएको कारणले पनि भाइरसका यकिन लक्ष्यणहरु के–के कुन ? यसको औषधी के हो ? यसलाई कसरी नियन्त्रण गर्ने ? भन्ने बारेमा विश्वभरका वैज्ञानिकहरुले पत्ता लगाउन सकिरहेको अवस्था छैन । कोभिड–१९ एक नयाँ प्रजातीको भाइरस हो जुन मानव जातिमा पहिले पहिचान भएको थिएन । यो भाइरसले मानिस र पशुमा संक्रमण गरिरहेको छ । तर, पशुमा यसको संक्रमण निकै कम मात्रामा पाइएको छ । यो भाइरसले सामान्य रुघाखोकीदेखि गम्भीर प्रकारको स्वासप्रस्वास सम्बन्धि रोग समेत निम्त्याउन सक्ने चिकित्सक तथा वैज्ञानिकहरुले बताउँदै आएका छन् । सुरुमा कोरोना भाइरस चमेरोबाट मानिसमा सरेको भनिए पनि यो सम्बन्धि कुनै पनि बैज्ञानिकको आधार हालसम्म पत्ता लाग्न सकेको छैन । सन् २००३ मा देखिएको SARS (Severe Acute Respiratory Syndrome) र हालको कोभिड–१९ एकै प्रजातिका भाइरस हुन् । दुवै भाइरसले बिरामीलाई गम्भीर बनाउन सक्छन् । कोरोना भाइरस कसरी र कहाँबाट उत्पत्ति भएर मानिसमा संक्रमण देखा पर्यो भन्ने विषयमा हालसम्म पनि पुस्टि हुन सकेको अवस्था छैन । एकै परिवारका दुई वा दुईभन्दा बढी सदस्यहरु पनि बिरामी परेकाले कोरोना भाइरस मानिसबाट मानिसमा सर्न सक्ने सम्भावना देखिएको छ । तर, प्रमाणित भने भएको छैन । लेखक विश्व स्वास्थ्य संगठनले पनि यसलाई विश्वव्यापी महामारी घोषणा गरिसकेको छ । याे लेख तयार गर्दासम्म विश्वमा कोरोना भाइरसको संक्रमणबाट एक हजारभन्दा बढीको मृत्यु र १७  लाख मानिस यसको संक्रमणमा छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको भएतापनि सफल उपचार पश्चात यो भाइरसबाट मुक्ति पाउनेको संख्या पनि धेरै छ । विश्वको तथ्यांकलाई हेर्दा ३ लाखभन्दा बढी मानिसहरु उपचार पश्चात घर फर्किएका छन् । चीनबाट सुरु भएको यस विश्वब्यापी महामारीले वर्तमान अवस्थासम्म आइपुग्दा सबभन्दा बढी असर अमेरिकामा गरेको देखिन्छ । हालसम्म साढे ५ लाखको हाराहारीमा संक्रमित रहेका छन् भने १७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । केहि समय अगाडी सम्म कोरोना भाइरसलाई नियन्त्रणमा राख्न नसकेको इटालीमा १ लाख ५० हजारभन्दा बढी संक्रमित छन् साढे १८ हजारको मृत्यु भइसकेको अवस्था छ । कोरोना भाइरसको उद्गम स्थल मानिएको चीनमा भने नयाँ संक्रमितको संख्या घट्दो क्रममा छ । हाल चीनमा ८२ हजारको हाराहारीमा संक्रमित रहेका छन् भने ३ हजारको हाराहारीमा मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठनले विश्वब्यापी महामारी घोषणा गरे पश्चात यस भाइरसबाट बच्नका निमित्त सम्पूर्ण देशले देशव्यापी लकडाउनको घोषणा गरेका छन् । तर पनि दिन प्रतिदिन नयाँ संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । औषधी पत्ता लागि नसकेको अहिलेको अवस्थामा यसलाई रोकथाम गर्ने एक मात्र उपायको रुपमा लकडाउन रहेको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको यो भाइरसको संक्रमण नेपालमा पनि देखिइसकेको छ । हालसम्म अन्य देशको दाँजोमा नेपालमा कमै मात्रामा कोरोना संक्रमित भए पनि थपिने क्रम भने बढ्दै गएको छ । समयमा नै सुरक्षाका कदमहरु चालिएको भए नेपालमा कोरोना भाइरसको संक्रमण भित्रिन नै पाउने थिएन । नेपालमा कोरोना भाइरसको संक्रमण सर्वप्रथम कतार एअरवेजबाट नेपाल आएको जहाजमा सवार युवतीमा देखिएको थियो । सरकारले विमानस्थलमा सुरक्षा व्यवस्था कडा गरेको भए र विमानस्थलमा समयमा नै कोरोना जाँच गर्ने मेशिनको व्यवस्था गरेको भए नेपालमा कोरोना भाइरस नभित्रन केही सहयोग पुग्थ्यो । नेपालमा यो भाइरसको संक्रमण बढ्न सक्ने अर्को आधार भनेको खुल्ला सिमाना र अव्यवस्थित रुपमा नेपाल प्रवेश पनि प्रमुख समस्याको रुपमा रहेको छ । संक्रमण नियन्त्रणका निमित्त रास्ट्रिय तथा अन्तर्रास्ट्रिय हवाई उडान बन्द गरेतापनि खुल्ला सिमानाको फाइदा उठाउँदै ससुराली र माइतीको साइनो देखाउँदै नेपाल प्रवेश गर्ने व्यक्तिहरुलाई सरकारले बेवास्था गरेको छ । केहि समय अगाडि इटालीको अवस्था पनि नेपालको जस्तै थियो । इटालीले सरकारले भनेकोे बेवास्ता गर्दा धेरै नराम्रो परिणाम भोग्नु परेको थियो । अहिले हाम्रो देशमा पनि संक्रमितको संख्या औंलाले गन्न मिल्ने अवस्थामा मात्र रहेको छ । सरकारले कोरोना रोकथामका निमित्त चैत्र ११ गते देखि देशव्यापी रुपमा लकडाउनको घोषणा गरेको छ । लकडाउनले गर्दा पनि कोरोना भाइरसको संक्रमण फैलनबाट रोकिन्छ । यो सरकारको राम्रो कदम हो, जुन प्रशंसायोग्य छ । तर, सरकारको यो काम जब राती तब बुढी ताती भन्ने उखानसंग मिल्दोजुल्दो रहेको छ । कोरोना भाइरसको महामारी चीनबाट विश्वव्यापी रुपमा फैलदा पनि छिमेकि राष्ट्र नेपालमा नफैलनु हाम्रो लागि रोकथामको उपायहरु अवलम्बन गर्नका निमित्त धेरै राम्रो अवसर थियो । तर, हामीले त्यसको सदुपयोग गर्न सकेनाैं र अन्तिम आएर बचाउका उपायहरु अवलम्बन गरिरहेका छौ । ढिलै भएपनि यी कार्यहरु देश र जनताको हितमा भयो भनिएको छ । अहिलेको लकडाउनले धेरै नेपालीको दैनिक जीविकोपार्जनमा प्रत्यक्ष असर परिरहेको छ । नेता मन्त्रीहरुले सहर बजार हेरेर निर्णय गरिरहेका छन् तर ग्रामिण परिवेश र मजदुरलाई कसले हेर्ने ? यो सबैले एकपटक सोच्नुपर्ने बिषय हो । दिन प्रतिदिन कोरोना संक्रमित बिरामीमा नयाँ–नयाँ प्रकारका लक्षणहरु देखिन थालेका छन् भने अहिले केही बिरामीमा बिना कुनै लक्षण पनि कोरोना पोजेटिभ देखिएको छ । कोरोना भाइरसको संक्रमणबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको होम क्वारेन्टाइन नै हो । यस भाइरस हामीलाई खोज्दै हाम्रो घरमा आउँदैन हामीहरु नै कोरोनालाई लिन बाहिर जान्छौं । तर पनि बैज्ञानिक र डाक्टरहरुले अधिकांश बिरामीहरुमा पाइएको समान लक्षणकै आधारमा कोरोना भाइरसका मुख्य लक्षणहरु उल्लेख गरेका छन् । १०४ डिग्रीभन्दा बढी ज्वरो आउने, स्वासप्रस्वासमा अत्यधिक समस्या देखिने, रुघाखोकी लाग्ने, घाँटी र टाउको दुख्ने जस्ता लक्षणहरु कोरोना संक्रमितमा देखिने चिकित्सकहरु बताउँदै आएका छन् । यी लक्षणहरु देखिएमा समयमा नै अस्पताल गई कोरोना परीक्षण गर्ने र आइसोलेसन वार्डमा उपचार गराएमा कोरोना निको हुन सक्ने सम्भावना प्रबल रहेको बैज्ञानिकहरुको भनाई छ । यस भाइरसको संक्रमणबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको होम क्वारेन्टाइन नै हो । कोरोना भाइरस हामीलाई खोज्दै हाम्रो घरमा आउँदैन हामीहरु नै कोरोनालाई लिन बाहिर जान्छौं । यो भाइरसबाट बच्नको लागि हामीले बिशेषतः सरसफाईमा ध्यान दिनुपर्ने हुन्छ । नियमित रुपमा साबुन पानीले हात धुने, खोक्दा वा हाछ्युँ गर्दा नाक मुख छोप्ने, कोही कसैमा ज्वरो वा फ्लुजन्य लक्षण देखिएमा समयमा नै स्वास्थ्य संस्थामा गई डाक्टरसंग परामर्श लिने, जंगली तथा घरपालुवा पशुपन्छीबाट टाढा रहने, पशुजन्य मासु र अण्डा राम्रो संग पकाएर मात्र खाने, अनावश्यक रुपमा घरबाट बाहिर ननिस्कने, काम बिशेषले बाहिर जानुपर्ने स्थिति आएमा पनि सामाजिक दुरी कायम गर्ने, मुखमा मास्क र हातमा पन्जा लगाएर मात्र बाहिर निस्कने, कुनैपनि सामान छोए पश्चात सेनिटाइजरले हात सफा गर्ने गर्नुपर्छ । यस्तै, बढी प्रयोगमा आउने हातले अनुहारमा नछुने, सरसफाइमा बिशेष ध्यान दिने, रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नबस्ने, पौष्टिक आहारको सेवन गर्ने,वृद्दवृद्दा बालबच्चा र दिर्घ रोगीलाई बिशेष ध्यान दिने, अन्जान मान्छे संग धेरै घुलमिल नगर्ने, हात मिलाउनुको सत्ता नमस्कार गर्ने, हातले नाक मुख आँखा नछुने, फ्लुजन्य लक्षन देखिएमा अस्पतालमा सम्पर्क गर्ने जस्ता कार्यले हामीहरुलाई कोरोना भाइरसको संक्रमण हुनबाट बचाउँछ । हामी स्वस्थ हुनु भनेको नै हाम्रो परिवार स्वस्थ हुनु हो । त्यसैले सरसफाइमा ध्यान दिऊँ र कोरोना भाइरसको संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाऔं । कोरोना महामारीले सिंगो विश्व नै यतिबेला पीडामा छ । हरेक दिन हजारौंकोे संख्यामा मानिसहरुको मृत्यु भैरहेको छ । यसले मानव जगतमा नै ठूलो संकटको अवस्था खडा गरेको छ । हामीहरु सधैं पैसाको पछाडि लाग्छौं तर त्यो पैसाले हामीलाई मृत्युबाट बचाउन सक्दैन रहेछ भन्ने कुरा संसारका सम्पूर्ण मानिसले बुझ्नुपर्ने अवस्था आएको छ । आजकलका मानिसलाई मोबाइल र इन्टरनेट चलाउन बाहेक केहि नआउने रहेछ भन्ने कुराको ज्ञान पनि यस महामारीले दिएको छ । हरेक देशमा लडाइँको लागि पूर्व तयारी रहेको तर अकस्मात आउने महामारीबाट बच्ने पूर्व तयारी संसारका बिकसित देशहरुमा पनि रहेनछ भन्ने कुराको जानकारी यो कोरोना भाइरसले दिएको छ । आजकलका मानिसलाई मोबाइल र इन्टरनेट चलाउन बाहेक केहि नआउने रहेछ भन्ने कुराको ज्ञान पनि यस महामारीले दिएको छ । हरेक देशमा लडाइँको लागि पूर्व तयारी रहेको तर अकस्मात आउने महामारीबाट बच्ने पूर्व तयारी संसारका बिकसित देशहरुमा पनि रहेनछ भन्ने कुराको जानकारी यो कोरोना भाइरसले दिएको छ । मानिसहरु जतिसुकै धनी भएतापनि आफूसंग भएको पैसाले भैपरी आउँदा आफू र आफ्नो परिवारको ज्यान बचाउन सक्दैन रहेछ । विश्वमा अहिले मुख्य चुनौतीको रुपमा स्वास्थ्य समस्या रहेको देखिएको छ । कुनैपनि देशले स्वास्थ्यजन्य समस्यासँग लड्नका निमित्त कुनैपनि पूर्व तयारी गरेका छैनन् भन्ने कुराको पुष्टि वर्तमान यस महामारीले गरेको छ । हरेक राष्ट्रले आणविक शस्त्रास्त्रकै होडबाजीमा अगाडी बढेको, अरु देश भन्दा आफुलाई शक्तिसम्पन्न साबित गर्न हर सम्भव कोशिस गरेको तर भइपरी आउने समस्याको सामना गर्न नसक्ने रहेछन् । जतिसुकै ठूला अस्पताल निर्माण गरेतापनि तिनले मानव स्वास्थ्यको रक्षा गर्न नसक्ने, कुनै पनि धार्मिक गुरुले कसैको ज्यान बचाउन नसक्ने रहेछन् । दिन प्रतिदिन आधुनिकतातर्फ लम्कदै गएको हालको विश्व परिवेश मानव समुदायका लागि कत्तिको सुरक्षित छ ? शक्ति सम्पन्न राष्ट्रहरुले निर्माण गरेक आणविक हतियारबाट आफ्ना जनताको रक्षा गर्न सक्छन् ? धार्मिक गुरुसँग इश्वरीय शक्ति हुन्छ ? यस्ता अनेक प्रश्नहरु कोरोनाको महामारीले अगाडी सरेको छ । अहिलेको वर्तमान विश्वमा मानिसको आयु दिन प्रतिदिन घट्दै गइरहेको छ । यसको प्रमुख कारण अव्यवस्थित जीवनशैली र खानपान हो । प्राचीन कालमा मानिसहरु कसरी लामो समयसम्म स्वस्थ जीवनयापन गर्दथे भन्ने बारेमा खोज गर्नुपर्ने देखिएको छ । वर्तमान विश्वमा देखिएको प्रमुख चुनौती स्वास्थ्य समस्या नै हो । यसबाहेक देखिएका अन्य चुनौतीहरूमा बेरोजगारी, अर्थ र प्राकृतिक खनिज पदार्थको प्रयोग देखिएको छ । यो महामारीले नेपालमा पनि प्रमुख चुनौतीको रुपमा स्वास्थ्य समस्यालाई नै अगाडि ल्याएको छ । हरेक सहरमा दुई तीनवटा महंगा सुबिधा सम्पन्न निजी अस्पतालका साथै सरकारी स्वामित्वको अस्पताल पनि रहेका छन् तर कुनैपनि अस्पतालले महामारीको समयमा साथ नदिने पाइएको छ । वार्षिक रुपमा करोडौंको अनुदान प्राप्त गर्ने स्वास्थ्य सम्बन्धि क्षेत्रमा काम गर्ने भनेर स्थापना गरिएका एनजीओ, आइएनजीओले पनि विपतको बेला साथ नदिने भएकाले तिनको अस्तित्व नै एक चुनौतीको बिषय हो । बिपतमा साथ नदिने कुनैपनि संस्था चलाउनुको औचित्य रहेको छैन । नेपालमा स्वास्थ्य पश्चात देखिएको अर्को समस्या यातायात र रोजगारी रहेको छ । सहर बजारमा करौडौंको आलिशान महलमा बस्ने नागरिक भन्दा गाउँ घरमा झुपडीमा बस्ने मानिसलाई दिन प्रतिदिन खाद्यान्नको समस्याले पिरोल्न थालेको छ । विपतको बेला पनि भ्रस्टाचार गर्न नछोड्ने मन्त्री र कर्मचारी तथा एक किलो चामल बोकेर दश जनाले फोटो खिच्नेहरु यस देशका कोरोना भन्दा पनि ठूला भाइरस रहेका छन् । देशका नागरिकहरु हरेक दिन रोग र भोकसँग लडिरहेका छन् । तर, ठूला दर्जाका कर्मचारीहरु आफ्नो बारेमा मात्र सोचेर बसिरहेका छन् । विश्व स्वास्थ्य संगठनले नेपालमा इटालीकोभन्दा पनि भयावह अवस्था आउन सक्ने भनेर खबरदारी गरिसकेको छ । हाम्रो देश पनि अहिले लकडाउनको अवस्थामा रहेको छ । यसले जतिलाई फाइदा पुगेको छ त्यो भन्दा दश गुणा बढीलाई बेफाइदा पुगिरहेको छ । विश्वभर कोरोना भाइरसको महामारीले स्वास्थ्य क्षेत्रमा धेरै ठूलाे समस्या निम्त्याइरहेको छ । यसबाहेक यसको महामारीले विश्व अर्थतन्त्रमा पनि ठूलो प्रभाब पारिरहेको छ । हरेक दिन घट्दो क्रममा रहेको शेयर बजारले ठूला – ठूला कम्पनीहरु पनि घाटामा गई बन्द हुने अवस्थासम्म पुगिसकेका छन् । धेरै मानिसहरुले आफ्नो करोडौंको सम्पत्ति गुमाइरहेका छन् । शेयर मूल्य लाखौंमा रहेको कम्पनीको मूल्यमा भारी गिरावट आइरहेको छ । अधिकांश वित्तीय संस्थाहरु घाटामा गइरहेका छन् । बिशेषगरी यसको असर पेट्रोलियम पदार्थमा परेको छ । दिन प्रतिदिन पेट्रोलियम पदार्थको मूल्यमा भारी गिरावट आइरहेको छ । यस्तै क्रम चलिराखेको खण्डमा सम्पूर्ण विश्वमा आर्थिक संकट आउनसक्ने अनुमान गरिएको छ । नेपालमा पनि कोरोनाको कारण आर्थिक संकट उत्पन्न हुनसक्ने देखिन्छ । शेयर बजारमा आएको मूल्यह्रास नेपालको प्रमुख समस्या रहेको छ । निरन्तर रुपमा ठूला – साना कम्पनीहरुको शेयर मूल्य घट्दो क्रममा छ । यसले कम्पनीहरु घाटामा गई बन्द हुनसक्ने स्थिति पनि आउन सक्छ । ठूला कम्पनीहरुले दैनिक रुपमा लाखौंको घाटा व्यहोरेका छन् । फलस्वरूप बेरोजगारीको समस्या बढ्न सक्ने सम्भावना प्रबल छ । उद्योग कलकारखानाहरु बन्द रहेका कारणले मानिसहरु अहिले कामविहीन भएका छन् जसले गर्दा दैनिक मजदुरी गर्नेको जीवनयापन कष्टकर बन्दै गइरहेको छ । ठूला कम्पनीहरुले दैनिक रुपमा लाखौंको घाटा व्यहोरेका छन् । फलस्वरूप बेरोजगारीको समस्या बढ्न सक्ने सम्भावना प्रबल छ । उद्योग कलकारखानाहरु बन्द रहेका कारणले मानिसहरु अहिले कामविहीन भएका छन् जसले गर्दा दैनिक मजदुरी गर्नेको जीवनयापन कष्टकर बन्दै गइरहेको छ । फलस्वरूप आर्थिक तरलताको अभाव भई सिंगो देशको अर्थप्रणालीमा प्रतिकूल असर पर्न सक्ने देखिन्छ । कोरोना महामारीले विश्वको अर्थतन्त्रमा मात्र नभई सिंगो मानव जगतमा पनि गम्भीर असर गरिरहेको छ । यो महामारीले गर्दा मानव सभ्यताको कुनै न कुनै समुदाय नै लोप हुनसक्ने अवस्था पनि सृजना हुनसक्छ । विश्व समुदायमा अझ पनि आदिबासीको रुपमा जीवनयापन गर्ने समुदाय रहेको छ । उनीहरु आधुनिक विश्व परिवेशबाट पूर्ण रुपमा बाहिर अझ पनि प्राचिन शैलीमा जंगलमा जीवनयापन गरिरहेका छन् । यदि त्यो समुदायमा महामारी फैलिएमा पुरा समुदाय नै सखाप पार्नसक्ने सम्भावना राख्दछ । प्राकृतिक उपचारमा विश्वास राख्ने त्यो पुरा समुदाय नै महामारीले गर्दा लोप हुन सक्छ । यसका अलावा हाम्रो संस्कृतिमा पनि यसले असर परेको छ । अहिले नेपाल लकडाउनको अवस्थामा छ । यो समय धेरै संस्कृति र चाडपर्व मनाउने समय पनि हो । नवबर्ष संगै भक्तपुर र साँगामा बिस्केट जात्रा, बोडेमा जिब्रो छेड्ने जात्रा जस्ता पौराणिक महत्व बोकेका जात्राहरु चलाउने समय परेको छ । धार्मिक मान्यता अनुरुप यी जात्राहरु रोकिएमा अनिष्ट हुने किन्बदन्तिहरु प्राचीन कालदेखि चलिआएका छन् । अहिलेको यो स्थितिमा जात्रा संचालन गर्न असम्भब छ, जसको प्रत्यक्ष असर हाम्रो संस्कृतिमा पर्छ । स्वास्थ्य क्षेत्रमा यसले नयाँ चुनौती थपिदिएको छ । अहिले उद्योगधन्दा र पैसाको पछाडि मात्र दौडने हाम्रो विश्व समुदायलाई केहि कूरा आफ्नो स्वास्थ्यको लागि पनि सोच्न बाध्य बनाएको छ । हाल विश्वमा चलिरहेको आणविक होडबाजी र प्रकृतिको नियमलाई बदल्ने प्रयास स्वरूप स्थापना गरिएका अनुसन्धान केन्द्रहरु भबिस्यमा मानव समुदायको लागि कतिसम्म सुरक्षित छ भन्ने बारेमा एकपटक पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना भएको छ । विश्वका हरेक राष्ट्रले के हतियारले मात्र आफ्नो देशलाई सुरक्षित राख्न सक्छ त भन्ने बारेमा एकपटक सोच्नुपर्ने बेला आएको छ । नेपालमा वर्तमान अवस्थासम्म कोरोना भाइरस संक्रमितको संख्या औंलाको गन्तीमा मात्र सीमित हुनु धेरै राम्रो कुरा हो तर के नेपालमा कोरोना भाइरसले आक्रमण गर्न नसकेकै हो त भन्ने कुरापनि आएको छ भने अर्कातर्फ धेरै नराम्रा कुरापनि आइरहेका छन् । नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या कम देखिनुमा स्वास्थ्य क्षेत्रको लापरबाहीलाई पनि लिने गरिएको छ । जुन प्रमुख समस्या हो । राम्रोसंग ज्वरो जाँच नहुनु, गुणस्तरीय परिक्षण मेशिनको अभाबले गर्दा पनि कोरोना संक्रमितको संख्या कम भएको हुनसक्ने अनुमान पनि गरिंदै आएको छ । कामना गरौँ नेपालमा कोरोनाको असर छिट्टै समाप्त हुनेछ र सरकारले स्वास्थ्य क्षेत्रको बारेमा केहि सोचोस् र पुर्व तयारी पनि गरोस् । विश्वमा हालसम्म दश भन्दा बढी प्राणघातक महामारीहरु फैलिइसकेका छन् । हरेक महामारीले केहि न केहि सन्देश दिएर जाने गरेका छन् । अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाले पनि विश्वलाई केही सन्देश दिएको छ । हरेक देशले युद्ध भन्दा पहिला स्वास्थ्यको बारेमा सोच्नुपर्ने सन्देश प्रमुख रुपमा दिएको छ । हामीहरुले आफ्नो जीवनशैलीमा पनि परिवर्तन गर्नुपर्ने देखिएको छ । आजका मानिसहरु पैसाको पछाडि मात्र लागि आफ्नो स्वास्थ्यमा हेलचक्र्याइँ गरिरहेका छन् । हामी छोटो समयमा तयार हुने ड्राई फुड खान्छौ जसले दिर्घकालिन रुपमा हाम्रो स्वास्थ्यमा असर गरिरहेको हुन्छ जसलाई हामी बेवास्ता गरिरहन्छौ र दीर्घकालमा जटिल स्वास्थ्य समस्यामा पर्दछौं । के हाम्रो आजको जीवनशैली आफ्नो स्वास्थ्यको लागि सहि रहेको छ त ? यदि छ भने किन मृत्युदर बढ्दो क्रममा रहेको छ ? किन औषत आयु घट्दो क्रममा रहेको छ ? यसबारेमा एकपटक सोच्नुपर्ने सन्देश यस कोरोना महामारीले दिएको छ । स्वास्थ्य क्षेत्रमा हुने लापरबाही, भ्रष्टाचार जस्ता कामहरु रोकी नेपाल सरकारले पुनर्विचार गर्नुपर्छ । स्वास्थ्य क्षेत्रलाई साधारण क्षेत्र नमानी संबेदनशील क्षेत्रको रुपमा सुचिकृत गरी नयाँ नीति तथा योजना निर्माण गरी कार्यान्वयन गर्नतर्फ जोड दिनुपर्छ । महामारीको बेला बन्द गर्ने अस्पताल, बिदामा बस्ने डाक्टर सबैलाई बन्द तथा राकेर सरकारी स्वामित्वको नयाँ र सुबिधा सम्पन्न अस्पताल निर्माण गर्ने तथा आधुनिक स्वास्थ्य सामग्री जडान गर्दै जानुपर्ने देखिन्छ । हामीले अहिले गर्ने सानो प्रयासले पनि भबिस्यमा ठुलो महामारीबाट हामीलाई बचाउन सक्छ । बनेपा -९, काभ्रे [email protected]