काेराेना महामारी र हाम्राे भविष्य
खुशी खोस्न दिन्नौ कोरोना तिमीलाई
कोरोना तिमी उडायौ चीनको वुहानबाट जे जेमा समात्न सक्थ्यौ समात्यौ त्यहिबाट पाउ बसाल्यौ तिमी सहि ठाउमा मानिसलाई ल्यायौ उसकै औकातमा जब तिमी आयौ संसारमा अंधकार छायो मानिसलाई उपवास बस्न बाध्य बनायौ सहर गाउँ शुन्य बनाइ आफू दुलिहिड्यौ सबैलाई संक्रमित बनाइ चिहानमा पुर्यायौ आफन्तलाई आफन्तबाट टाढा बनायौ जीन्दगीलाई जंगलको बास बनायौ सम्पूर्ण वातावरणलाई स्वच्छ बनाई अर्थतन्त्रमा भूइचालो ल्याइदियौ लेखक सजिलो छैन तिमीलाई हराउन तर हार मान्दैनौ हामी नेपाली आऊ अब लडौ यो माहामारीबाट जबसम्म समाप्त गर्दैनौ यो माहामारीलाई एक संयम एक विश्वास लिएर अब हामी हार नमानी,मनको पिडा हताई सिमा रेखा नतोडि ,कर्तव्यलाई पालना गरी समाप्त गरौ यो कोरोनालाई उम्रन्न दिन्नौ कोरोना तिमीलार्ई हाम्रो खुशी खोस्न दिन्नौ कोरोना तिमीलाई सबै ठाउँमा स्वछता राखी हात नमिलाई नमस्कार गरी साबुन सेनिटाइजर साथमा राखी हात धोइ नडराई सावधान भई , केहि दिनको कुरा मानी यो कोरानाले के गर्छ हामीलाई जब यो संसार साथमा छ भने
स्वार्थको अन्त्य
रोकिएको छ समय, टक्क अडिएको छ विश्व । जसरी अडिन्छ चुम्बकमा टासिएपछि फलाम । जसरी रोकिन्छ सबथोक मासिएपछि हुरी । संसार जित्न हौसिएकाहरु अहिले घर-घर भित्रै बसेका छन् । मै हुँ भन्नेहरु पनि आज दुलो पसेका छन् । संसार जित्न हौसिएकाहरु अहिले घर-घर भित्रै बसेका छन् । मै हुँ भन्नेहरु पनि आज दुलो पसेका छन् । लेखक जीवन बचाउन लागिपरेछन् केहिथान जीवनहरु । हर्के, सुन्तली र फुलमाया- सिमानाबाट आफ्नो देश छिर्न विलाप गरिरहेछन् । दिनभर आफ्नै जीवन घोटेर मुखमा माड पुर्याउने रामे, काँइलो र बसन्तीहरु – पैतालाले गन्तव्य नापिरहेछन् । समयले, एउटा पाठ पढाइरहेछ, चुनौतीले सधै लखेटिरहन्छ । जसरी बलियोले निर्धोलाई अचेटिरहन्छ । जसरी पिल्सिन्छ एउटा जिन्दगी- परदेश हिड्नु अघिको रात, आज त्यसरी नै पिल्सिएको छ जगत्, त्यति सानो विषाणुको कारण- यहाँ लाखौ जिन्दगीहरुको जिन्दगी गयो । सायद अब त मान्छेको स्वार्थको अन्त्य भयो । टिभीमा समाचार आइरहेको थियो, तपाइँको असावधानीले कोरोना फैलन सक्छ, कृपया सचेत हुनुस् । त्यसपछि एउटा ब्रान्डको साबुनले आफ्नो विज्ञापन यसरी बजायो तपाईको घरमा जुन साबुन छ, त्यसैले हात धुनुस् । हिजोसम्म त मेरो मात्रै सर्वश्रेष्ठ भन्थ्यौ, त्यो अहमता कहाँ गयो ? हो ! आज मान्छेको स्वार्थको अन्त्य भयो ।। रुपा-६, कास्की
सडकमा रुमल्लिएको देश
सडक पेटिमा बसेर “फूलको आँखामा फूलै संसार” गाउने फुलकुमारीको दुबै आँखा छैनन् देख्दिन कोरोनाको रङ जान्दिन सरकारको आकार कुनै घर नहुने, कुनै डेरा नहुनेहरू न घरभित्र बस्नु, न बाहिर ननिस्कनु ! लेखक कुनै घर नहुने, कुनै डेरा नहुनेहरू न घरभित्र बस्नु, न बाहिर ननिस्कनु ! सडककै एउटा कुनामा थोत्रिएको मेसिन राखेर च्यात्तिएको आफ्नै भाग्य सिलाउन नजानेको फुलकुमारीले वर्षाैं भयो, बटुवाहरूको उध्रिएको जुत्ता सिलाईरहेकी छे, देशै बेच्न नडराउनेहरूले कोरोनासँग डराएर देशलाई कैदी बनाएपछि उध्रिन छाडेका छन् मान्छेहरूका जुत्ता र झन् च्यात्तिएको छ फुलकुमारीको भाग्य जन्मिएको केही वर्षमै बाढिले सुकुम्बासी बनाएपछि छिरेकी हुन् शहर सडकलाई घर सम्झेर, अफिस सम्झेर अचेल राष्ट्रलाई कोरोनाको कहरबाट बचाउन सडक पेटिबाटै “साबुन पानीले हात धोउँ” गाउन थालेकी छे। निलकण्ठ न.पा.२ सीउँडीबार,धादिङ्ग [email protected]
हामी मर्दैनौं, बलियो भएरै छोड्छौं
गायिका केली क्लार्कसन ‘ह्वाट डज नट किल यु मेक्स यु स्ट्रङ्गर ।’ अर्थात्, जसले तपाइँलाई मार्दैन, त्यसले तपाइँलाई बलियो बनाउँछ । अमेरिकी गायिका केली क्लार्कसनको चर्चित गीतले भनेजस्तै हो, हाम्रो अवस्था । हाम्रा प्रत्येक पाइलाले मृत्यु र सिकाइलाई सँगसँगै लिएर हिँडिरहेको हुन्छ । जबसम्म मर्दैनौं, तबसम्म हामी सिकिरहन्छौं । त्यही सिकाइले नै हामीलाई बलियो बनाउँदै जान्छ । हामी अहिले कोरोनाभाइरस (कोभिड–१९) को महामारीमा छौं । हाम्रो सिकाइको शिलशिलामा अहिले एउटा कठिन मोड आएको छ । त्यस्तो मोड, जहाँ हाम्रा गति सुस्त छन्, गतिविधि शुन्य छन् । मृत्युसँग त हामी सँधैं खेलिरहेकै हुन्छौं, तर त्यसलाई अक्सर सम्झिँदैनौं । अहिलेको अवस्थामा हामीले मृत्युलाई सम्झिरहेका छौं र त्योदेखि भाग्न खोजिरहेका छौं, फरक यतिमात्रै हो । तर, यो चाहिँ अवश्य नै हो, यसबाट तपाइँ हार्न सक्नुहुन्छ, म हार्न सक्छु । इतिहास साक्षी छ, मानव जातिले हार्ने छैन । कोभिड–१९ को महामारी विश्व महामारीमा पहिलो घटना होइन । इतिहासमा कयौं त्यस्ता कहालिलाग्दा दिन पनि आएका थिए, जसले मानव सभ्यतालाई विघटनकै मुखमा पुर्याएको थियो । स्पेनी फ्लु नामको भाइरसले १०० वर्षअघि ५० करोडमा संक्रमण र ५ करोडको मृत्यु गराएको थियो । चौधौं शताब्दीमा ५ वर्षसम्म फैलिएको ‘ब्ल्याक डेथ’ नामक महामारीले आधा जनसंख्यालाई सखाप पारेर मानव जातिकै अस्तित्वमाथि धावा बोल्ने चेष्टा गरेकै हो । विश्वमा महामारीका यस्ता दर्जनौं घटना छन् जुन मानब जातिका लागि निकै कठिन बन्दै गए । तर अन्त्यमा मान्छेले नै जित्दै गयो । यी परिदृष्य हेर्दा कोभिड–१९ ‘सफ्ट’ महामारी हो । यसको संक्रमणको गति उच्च छ, तर यसको सर्भाइभल दर पनि उच्च नै छ । अहिलेसम्म संक्रमित मध्ये औसत ५ प्रतिशतको मात्रै मृत्यु भएको तथ्यांक छ । बाँकी ९५ प्रतिशत जनसंख्या निको भएर घर जाने गरेका छन् । अर्कोतर्फ, एकपटक निको भएर फर्किएको व्यक्तिलाई यो संक्रमण फेरि भएको अवस्था निकै कम छ । त्यसमाथि पनि फेरि संक्रमण भएर मृत्यु हुनेको संख्या शुन्यप्रायः नै छ । त्यसैले यो भाइरस मानव सभ्यतालाई चुनौती दिनेगरी आएको होइन । यो महामारीको अन्त्य कहिले हुन्छ र जनजीवन सामान्य अवस्थामा कहिले फर्किन्छ भन्ने एकीन गर्न कसैले सकेका छैनन् । तर, हार्डवर्ड विश्वविद्यालयको अध्ययनले यो महामारी अन्त्य भएर अवस्था सामान्य हुन कम्तीमा पनि २ वर्ष लाग्ने जनाएको छ । चीनले वुहान शहरले लकडाउन खुला गरे पनि ‘सामाजिक दूरी’ कायमै राख्नुले पनि हामीले भोगिरहेको बन्दाबन्दीको अन्त्यलाई नै कोरोना महामारीको अन्त्यको रुपमा बुझ्न नहुनेचाहिँ प्रष्ट भएको छ । लेखक कोरोनाले हामीमा निम्त्याएको पीडालाई शब्दमा उतार्न थाल्ने हो भने शब्द नै कमजोर बन्छ । किनकी शब्दले मात्रै सञ्चारको काम गर्न सक्दैन । भनिन्छ, हजार शब्दले गर्न नसकेको वर्णन एउटा चित्रले गर्छ । र, हजार चित्रले गर्न नसकेको वर्णन एउटा अनुभवले गर्छ । तपाइँ हाम्रो यो अनुभवलाई कम्युटरको स्क्रिनमा देखिएका काला अक्षरले वर्णन गरेर सक्दैन । त्यसमाथि सञ्चारको प्रक्रियामा शब्दको भूमिका ७ प्रतिशत मात्रै हुन्छ । बाँकी ९३ प्रतिशतमध्ये स्वरको ३८ प्रतिशत र बडिल्याङ्वेजको ५५ प्रतिशत भूमिका हुन्छ । ७ प्रतिशतको सीमितताभित्र बसेर हजारौं गुणा शक्तिशाली अनुभवलाई जित्ने चेष्टा नगर्दा नै राम्रो हुन्छ । त्यसैले आजको अवस्थाबारे वर्णन गर्ने साहस गरिएन । तर, पीडाको बीचमा पनि यो महामारीले हामीलाई धेरै कुरा सिकाएको भने छ । हिजोसम्म हाम्रो राष्ट्रियता भावनामा मात्रै सीमित थियो । अहिले यसलाई व्यवहारमा उतार्नुपर्ने दिन आएको छ । हिजो कानूनको डरले मान्दै आएका नियमहरु अहिले स्वतः लागू गर्ने अवस्थामा हामी पुगेका छौं । परदेशमा रहनुको पीडा र एक्लोपनबाट सिर्जित हुने ‘डायस्पोरिक चेतना’ अहिले फेरि फुल्न थालेको छ । यो महामारीको बीचमा मानवको प्रकृति माथिको दोहन रोकिएको छ । पहिले हामी वर्षको एक दिन ‘फ्युल होलिडे’को उत्सव मनाएर हिँडेर कार्यालय जाने गर्थ्याै । आज महिनौं भयो विश्वमा तेलको माग घट्न थाल्यो । हजारौं शहर लकडाउन भए । तेलको माग ज्यादै कम भयो । यसकै परिणाम हो, अहिले आकाश खुला भएको छ । पृथ्वीले आफ्नो रुप देखाउन सुरु गरेको छ । शहरको कोलाहल र प्रदुषण एकाएक हराएको छ । प्रकृतिले मान्छे र जनावरलाई बाँच्ने बराबर अधिकार दिएको रहेछ भन्ने चेतना पनि योबेला जागृत भएको छ । अहिले यसलाई व्यवहारमा उतार्नुपर्ने दिन आएको छ । हिजो कानूनको डरले मान्दै आएका नियमहरु अहिले स्वतः लागू गर्ने अवस्थामा हामी पुगेका छौं । परदेशमा रहनुको पीडा र एक्लोपनबाट सिर्जित हुने ‘डायस्पोरिक चेतना’ अहिले फेरि फुल्न थालेको छ । हामी ‘ब्याक टू दि नेचर’ भन्थ्यौं । तर, विकासको जति रफ्तार बढ्दै गएपनि मान्छेहरु शहरबाट फर्किएर गाउँ जाने अवस्था कहिलै बनेन । नेपालमात्रै होइन विश्वका विकसित देशहरुमा पनि शहरतिरै हुँइकिने प्रवृत्ति कायमै रह्यो । जापानका गाउँहरुमा मान्छे भन्दा घर धेरै छन् । अमेरिकाको डिभीको नाममा खाली गाउँमा राख्न वार्षिक लाखौंलाई नागरिकता दिएर आफ्नो देशमा लगिरहेको छ । तर, कोरोनोको महामारीले यो अवस्थालाई बदलिदिएको छ । हजारौं माइल हिँडेर आफ्नो गाउँ पुग्नुले गाउँप्रतिको माया र आत्मीयता झल्काएको छ । सभ्यताले गर्न नसकेको यो परिवर्तन महामारीले गर्ने सम्भावना देखिएको छ । महामारीको जोखिमभित्रको सकारात्मक पक्ष त्यही होला सायद । गाडी नचलेपछि हिँडेरै गन्तव्यमा जाँदैगर्दा थाकेर बसेका मजदूर यस्तो महामारीपछि परिस्थिति ‘बाउन्स ब्याक’ भएर पूर्ववत सम्भावना कम हुन्छ । हार्डवर्ड विश्वविद्यालय अनुमानजस्तै २ वर्षसम्म महामारीको अन्त्य नहुने हो भने लकडाउन खुलेपछि पनि अब तत्कालै गाउँको मान्छे शहर फर्किनसक्ने सम्भावना हुँदैन । बरु शहर र विदेशमा अड्किएकाहरु गाउँ फर्किने सम्भावना नै बढी हुन्छ । त्यसैले उनीहरुले केही समय गाउँमै अवसर खोज्न लाग्नुपर्ने अवस्था आउन सक्छ । त्यो अवस्थासम्म हाम्रा आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थाहरु निकै परिवर्तन भइसकेका हुनेछन् । हुन त, सबै महामारीले विद्यमान सन्तुलनलाई एक प्रकारले ध्वस्त नै बनाइदिन्छ । यसले मान्छेको काम गर्ने ठाउँ, समय र कार्यशैलीलाई परिवर्तन गराइदिन्छ । त्यसले प्रारम्भिक अवस्थामा निकै ठूलो असहजता निम्त्याउँछ । यो असहजताले भविष्यमा दुईवटा रुप धारण गर्न सक्छ । पहिलो, यो विस्तारै सहजता परिणत हुन्छ । दोस्रो, यो झनै भयावह भएर जान्छ । तर भयावहको त्यो अवस्थामा पुग्ने चाहना भने कसैको पनि हुँदैन । नेपाल र नेपालीको लागि त यो अवस्था झनै विशेष खालको छ । हाम्रो अर्थतन्त्र, रोजगारी, उपभोग, सरकारको राजश्व र पुँजी निर्माणको संरचनाका कारण यो परिस्थितिको सामना झनै चुनौतीपूर्ण बन्ने देखिएको हो । वर्षौंदेखि नेपाली अर्थतन्त्र बाह्य अर्थतन्त्रसँग ‘टाइअप’ भएर अडिएको छ । हामी काम गर्न विदेश जान्छौं । कमाएर नेपालमा रेमिट्यान्स पठाउँछौं । त्यही रेमिट्यान्सले हाम्रो परिवारको उपभोग चल्छ । त्यो उपभोग पनि विदेशबाट आयातीत सामानकै हुन्छ । त्यही सामानबाट सरकारको राजश्व प्रणाली चल्छ । देशभित्रको व्यापार व्यवसाय पनि त्यहीबाट सञ्चालित हुन्छ । यसप्रकार, विप्रेषणले अर्थतन्त्रको मुहानको काम गरिरहेको छ । चैतको खडेरीसँगै यो मुहान सुक्ने अवस्था सुरु भएको छ, यसबाट तिर्खाउने भविष्यका दिन हामीले देखिरहेका छौं । महामारी लम्बिँदै जाँदा विदेशमा श्रम गर्न गएका करिब ३० लाख मान्छे स्वदेश फर्किने सम्भावना विज्ञहरु औंल्याउँछन् । यो संक्रमणपछि विश्वका प्रमुख श्रम गन्तब्यहरुमा काम ठप्प भएका छन् । अहिले विभिन्न खाडी मुलुकहरुले कामदार कटौती गर्ने कानून ल्याइसकेका छन् । कतिपय देशले आप्रवासी श्रमिकलाई स्वदेश पठाउने प्रक्रिया समेत सुरु गरिसकेका छन् । रोजगारी कटौतीको पहिलो मारमा अदक्ष कामदार नै पर्ने हुन्, नेपालीको निर्भरता त्यसैमा बढी छ । त्यसैले नेपालको बैदेशिक रोजगारी संकटको घडीमा छ । लकडाउनको समयमा चौतारीमा जम्मा भएर बसेका धार्केका किसान त्यस्तै, वार्षिक रुपमा श्रम बजारमा प्रवेश गर्ने करिब ५ लाख जनसंख्या र देशभित्रै रोजगारीको अवसर गुमाएर बेरोजगार हुनुपर्ने अर्को ५ लाखको संख्या अनुमान गरिएको छ । त्यो जनसंख्या समेत जोड्ने हो भने करिब ४० लाखको श्रमशक्ति अबका दिनमा स्वदेशमै रोजगारीका लागि भौतारिरहेका हुनेछन् । यी सबै जनसंख्या अन्ततः निर्वाहमुखी कृषि क्षेत्रमै गएर ठोक्किने हुन् । तर पूर्वाधार, हाम्रो प्रणाली र हाम्रो साधन स्रोतका कारण सबैलाई यो क्षेत्रले एकैपटक धान्न सक्ने अवस्था छैन । यसलाई सम्बोधन गर्नु सरकारको मुख्य चुनौती हुनेछ । र, यो समस्यालाई उपयुक्त रुपमा ‘ट्याकल’ गर्न नसक्दा आउने सामाजिक विचलनको अबस्था नै माथि उल्लेख गरिएको भयावह अवस्था हो । जसको परिणाम हामीले अहिलै अन्दाज गर्न सकेत सक्दैनौं । त्यसो त, यो महामारीपछि सरकारको क्षमतामा कमी आउने प्रष्ट नै देखिन्छ । राजश्वको स्रोत गुम्दा सरकारी खर्चका लागि वैदेशिक सहयोगमा समेत कमी आउने देखिन्छ । द्विपक्षीय रुपमा पाइँदै आएको सहयोग अर्को वर्षदेखि नपाइन सक्छ, किनकी सबै देशहरुले महामारीपछिको पुनर्स्थापना गर्नैपर्ने हुन्छ । त्यसैले आफ्नै गाँस कटाएर अरुको पेट भर्ने चाहना उनीहरुको हुँदैन । बहुुपक्षीय सहयोग निरन्तर हुनसक्छ तर त्यो पनि अपेक्षाकृत परिणममा नआउन सक्छ । किनकी त्यस्तो सहयोगको अपेक्षा गर्ने मुलुकको संख्या धेरै हुनेछ । यसले गर्दा सहयोगको हिस्सा कम हुन सक्छ । यसले गर्दा सरकारी खर्च नियन्त्रण गर्नैपर्ने वाध्यता हुन्छ । तर सरकारी खर्च घटाउँदा पहिलो मार विकास निर्माणमा पर्छ । यसले उपभोगको अवस्थालाई पनि घटाउँछ । उपभोगमा कमी आउँदा उत्पादन घट्छ । यसले अर्थतन्त्रमा थप बेरोजगारी सिर्जना हुन्छ । अर्थतन्त्रको डाउनटर्नको यही चक्रलाई हामी ‘गरिबीको दुष्चक्र’ भन्छौं । रोगसँगको लडाइँपछि सुरु हुने भोकविरुद्धको त्यो दुष्चक्रको अवस्थालाई पनि हामी नकार्न सक्दैनौं । तर, निराशाको कालो बादलभित्र अवसरको चाँदीको घेरा हुन्छ । त्यो घेरा बादलपारि रहेको उज्यालोको संकेत हो । यसको अर्थ, हाम्रो उज्यालो गुमेको होइन, छेकिएको मात्रै हो । कोरोनाले ल्याउनसक्ने तात्कालीक विषमताको कालो बादलभित्र वर्षौंदेखिको हाम्रो सांस्कृतिक र आर्थिक प्रणालीको पुनर्संरचना गर्ने र दीगो समाज र बलियो अर्थतन्त्र निर्माण गर्ने अवसरको उज्यालो किरण यसभित्र लुकेको छ । करिब ३५ खर्बको आन्तरिक उत्पादन (कुल ग्राहस्थ्य उत्पादन) र करिब १५ खर्बको आयात समेत गरी हाम्रो वार्षिक कुल आन्तरिक माग करिब ५० खर्बको छ । त्यसमध्ये हामी मुस्किलले १ खर्बको निर्यात गर्छौं । बाँकी ४९ खर्ब हाम्रो वार्षिक उपभोग रहन्छ । यो हाम्रो माग पक्ष हो । यहाँनिर हामीले १४ खर्ब रुपैंयाको खुद आयात गरिरहेका छौं । यसले हाम्रो वैदेशिक ब्यापारमा माग पक्षको ‘डोमिनेसन’ भन्ने देखाउँछ । यो हाम्रो आन्तरिक आपूर्तिको लागि ज्यादै सकारात्मक पक्ष हो । अहिलेको अवस्थामा हाम्रो ब्यापार सन्तुलित थियो भने वा निर्यात बढी थियो भने यहाँ झनै ठूलो समस्या हुन्थ्यो । विदेशी बजारको माग हाम्रो नियन्त्रणमा हुने थिएन । त्यसैले उत्पादन भएका सामान नबिकेर जानसक्ने अवस्था पनि हुनसक्थ्यो । त्यो झनै भयावह हुन्थ्यो । तर हामीले आन्तरिक मागलाई आन्तरिक उत्पादनले परिपूर्ति गर्दै जाने अवस्था छ । हाम्रो अहिलेको मुख्य समस्या भनेको भण्डारण र बजारको हो । त्यही समस्याका कारण माग र आपूर्तिबीच ‘मिसम्याच’ भइरहेको छ । वास्तवमा यही असन्तुलन हाम्रो पहिलो र मुख्य समस्या हो । यहाँ जसले उत्पादन गर्छ उसैले बिक्री गर्नुपर्ने अवस्था परिरहेको छ । कामको विशिष्टकरण नहुँदा मुस्ताङमा स्याउ फलाउनेले पोखराको बजारमा आफैं बिक्री गर्नु परिरहेको छ । बजारको ग्यारेन्टी हुन्थ्यो भने उत्पादन कुनै समस्या थिएन । तर त्यही ग्यारेन्टी नहुँदा हामी विदेशबाट आयात गरेर जीविका चलाइरहेका छौं, तर हामी आफैं उद्यमी बन्न सकिरहेका छैनौं । कर्णालीमा झुलिरहेका मार्सीधानले काठमाडौंको भान्सामा पाक्ने ग्यारेन्टी पाउँछ भने धान फलाउनु समस्या होइन । चितवनमा उत्पादन गरिएको दुध बाटोमा पोखिनुपर्दैन भने गाईभैंसी पाल्नु समस्या पनि होइन । हाम्रो अहिलेको मुख्य समस्या भनेको भण्डारण र बजारको हो । त्यही समस्याका कारण माग र आपूर्तिबीच ‘मिसम्याच’ भइरहेको छ । बजारको ग्यारेन्टी हुन्थ्यो भने उत्पादन कुनै समस्या थिएन । कर्णालीमा झुलिरहेका मार्सीधानले काठमाडौंको भान्सामा पाक्ने ग्यारेन्टी पाउँछ भने धान फलाउनु समस्या होइन । चितवनमा उत्पादन गरिएको दुध बाटोमा पोखिनुपर्दैन भने गाईभैंसी पाल्नु समस्या पनि होइन । हामीकहाँ विकासका पूर्वाधारको उपलब्धता अहिले फैलिँदै गएको छ । प्रत्येक स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक पुर्याउने कुरा भइरहेको छ । धेरैजसो गाउँहरुमा बाटोघाटो खोलिएका छन् । विजुली र खानेपानीको पहुँच ९० प्रतिशत भन्दा माथि पुगेको छ । सञ्चारमाध्यमबाट अहिले कोही पनि विमुख हुनु परेको छैन । यो सक्षमताले उत्पादन र बजारीकरण गर्ने क्षमता विस्तार हुँदै गएको छ । त्यसलाई कार्यान्वयन गर्ने सोच र इच्छाशक्ति मात्रै अब चाहिएको हो । अबको अवस्थामा प्रत्येक गाउँका उद्यमीको उत्पादनले बजार पाउने व्यवस्था गर्नु सरकारको प्रमुख दायित्व हो । धेरैजसोले अहिले पुँजी नभएर उद्यमी नबनेका होइनन्, बजार नभएर मात्रै हो । यसका लागि स्थानीय सरकारहरुले स्थानीय उत्पादनको संकलन, भण्डारण र बजारीकरणको अगुवाई गर्नुपर्छ । त्यसका लागि माथिल्लो तह र एउटै तहका सरकारबीच समन्वय र सहकार्य गर्ने वातावरण मिलाउनुपर्छ । संघ, प्रदेश र स्थानीय तहमै पुग्न सक्नेगरी कमोडिटिज बजारलाई व्यवस्थित गरेर निजी क्षेत्रमा विस्तारै त्यसको हस्तान्तरण गर्दै जाने हो भने तत्कालका लागि बजारको समस्या समाधान हुन्छ । त्यसले प्रशस्त रोजगारीको अवसर समेत सिर्जना गर्छ । दीर्घकालमा यसले सरकारी भूमिकालाई कम गर्दै जाने र निजी क्षेत्रलाई नै मूलधारमा ल्याउने अवस्था पनि यसले सिर्जना गर्नसक्छ । त्यसैले यो अवस्थामा हाम्रो क्षमता र सरकारको भूमिकालाई रिडिफाइन गर्नुपर्ने अवस्था आएको छ । कोरोना भाइरसको महामारीसँगै चीनले एउटा मोबाइल एप्लिकेसनको विकास गरेको छ । यसले प्रत्येक दिन नागरिकको स्वास्थ्य अवस्था र गतिविधिलाई ट्र्याकिङ गरिरहेको हुन्छ । यदि कुनै व्यक्तिमाथि संक्रमणको आशंका गरियो भने उसले त्यो अवधिमा भेटेका सबैको जानकारी यो एप्लिकेसनले राख्छ र तत्कालै सबैलाई उपचारको दायरामा ल्याउन सकिन्छ । यो एप्लिकेसन मानव अधिकार र व्यक्तिगत स्वतन्त्रताका हिसावले उपयोगी एप्लिकेसन पक्कै होइन तर हामीले त्यस्तै एप्लिकेसनको विकास गरेर माग र आपूर्तिको असन्तुलनलाई हटाउने औजारको रुपमा प्रयोग गर्न सक्छौं । अर्थतन्त्रले हाम्रा गतिविधिलाई विभिन्न ३ वटा क्षेत्रमा वर्गीकरण गरेको हुन्छ । प्रारम्भिक क्षेत्र, द्वितीयक क्षेत्र र तृतीयक क्षेत्र । प्रारम्भिक क्षेत्रमा कृषि, बन र खनिज पर्छ । द्वितीयक क्षेत्रमा उद्योग पर्छ भने तृतीयक क्षेत्रमा ब्यापार र सेवा क्षेत्रहरु पर्छन् । यहाँ पहिलो क्षेत्रको उत्पादनको मूल्य ज्यादै न्यून हुन्छ । दोस्रो क्षेत्रले यसमा प्रशस्त ‘भ्यालु एड’ गर्न सक्छ । अहिलेको अवस्थामा त्यस्तो मूल्य अभिवृद्धि गर्ने उद्योगहरुको खाँचो नेपाललाई छ । यसले हाम्रो ठूलो जनसंख्यालाई रोजगारीको दायरामा समेट्न सक्ने अवस्था सिर्जना गर्छ । तर, यतिले मात्रै चाहिँ पुग्दैन । हामीले हाम्रा राष्ट्रिय व्यवहारलाई देखाउनुपर्ने दिन आएको छ । त्यसका लागि उपलब्ध भएसम्म नेपालकै उत्पादनलाई उपभोग गर्ने बानीको विकास हामीले गर्नुपर्छ । त्यति मात्रै होइन नेपालमा जुन उत्पादनले सबैभन्दा बढी मूल्य अभिवृद्धि गरेको छ, त्यसलाई उपभोगको पहिलो प्राथमिकतामा राख्ने बानीको विकास हामीले गर्नुपर्छ । त्यसो त, सरकारले पनि नेपालमै उत्पादन हुनसक्ने सामानको आयातमा पूर्ण प्रतिबन्ध लगाउन सक्छ । त्यसले वास्तविक रुपमा राष्ट्रियतालाई झल्काउँछ । यसले आत्मनिर्भर अर्थतन्त्रलाई विकास गर्न सहयोग पनि गर्छ । अर्को कुरा, हामीले हाम्रो उपभोग प्रवृत्तिलाई केही समयको लागि ‘निलम्बन’ गर्नुपर्ने अवस्था पनि आएको छ । कोरोनाको लागि हामीले एक महिनासम्म घरमा थुनिएर योगदान गर्न सक्छौं भने देशको लागि हामीले एक वर्ष न्यूनतम उपभोग गरेर बाँच्न पनि त सक्छौं नि ? मकै बेचेर हर्लिक्स आयात गर्नुभन्दा त्यही मकैको सातु बनाएर खान सक्छौं नि ? उद्योग प्रतिष्ठानहरुले पनि एक वर्ष न्यूनतम नाफा लिएर धेरै भन्दा धेरैलाई रोजगारी दिन पनि सक्छन् । यदि त्यसो गर्न सकियो भने भोकविरुद्धको यो लडाइँमा हामीले फेरि पनि जित्छौं । क्लार्कसनले आफ्नो गीतमा भनेझैं यदि हामी मर्दैनौं भने हामी बलियो भएरै छोेड्छौं । हाम्रो अर्थतन्त्र मर्दैन भने यो बलियो भएरै छोड्छ । कोरोनाको महामारीलाई दीगो विकास र बलियो अर्थतन्त्रको आधारशिला बनाउने सुनौलो अवसरको रुपमा हामी यसलाई प्रयोग गर्छ सक्छौं ।
आँखा आजै खुल्न सके, जीवन बाँकी र’ला
कोरोना माहामारीको विश्वब्यापी अवस्था नसोचेकाे, नसम्झेको, रोग आयो कस्ताे आँखै अघि कालो मृत्यु, मडारिए जस्तो नदेखिने वस्तुसँग, विश्व जुधि रा’छ । हेर्दा यस्तो नरसंहार, सपनी झैँ भा’छ । सारा विज्ञान लागिरा’छ, यसको निदान खोज्न सक्या छैन अझ सम्म, सही कुन हो रोज्न एकान्तवास विकल्प हो, एउटै मात्र अहिले अत्यास लाग्छ यो संकट, सकिने छ कहिले हिजोसम्म सारा विश्व, थियो आफ्नो धुनमा डढेलो झैं फैलियो यो, अछुतो छ कुनमा पैसा, ज्ञान, चातुर्यले, न त संकट टार्यो धनाढ्यकै देशमा अझ, झन् विचल्ली पार्यो राम्रो स्वास्थ्य भा’को भनी, हेरिन्थ्यो जुन देशलाई आच्छु, आच्छु पारि रैछ, झन् पहिला त्यसलाई अश्त्र, शस्त्र, अणुबम, त्यी सबको के काम सजग हुन नजान्नेको, मेटिन्छ कि बा नाम ? सारा विज्ञान लागिरा’छ, यसको निदान खोज्न सक्या छैन अझ सम्म, सही कुन हो रोज्न एकान्तवास विकल्प हो, एउटै मात्र अहिले अत्यास लाग्छ यो संकट, सकिने छ कहिले नेपालको अवस्था लेखक अजै पनि हाम्रो देशमा, विपत्ति त छैन यसको मतलब सुरक्षित नै, हौँ भन्ने चाँही होइन लाग्छ ढिला अझै पनि, भ’को छैन हाम्रो लक डाउनको पूर्ण पालन, भै दिएकै राम्रो संक्रमित जो भेटिए, विदेशबाट आ’का जोगाउनु पर्ने रै’छ, रोगी बुढा पाका एकान्तवास् बस्नलाई, नगरौँ अटेर हराउनु छ यसलाई अब, सबै डटेर विदेशीको डाटा हेरी, आत्तिहाल्नु हुन्न बेलैबाट सजग भए, रोगले हाम्लाई छुन्न हेल्चेक्रयाइ गर्ने देशको, हालतलाई हेरौँ ढिला गर्नु हुन्न अब, दैनिकीलाई फेरौँ यसबाट बच्ने उपाय चाँडै सर्ने मानिसमा, रै’छ यसको जात बच्नलाई धुनुपर्छ, पटक पटक हात दूरी कायम गर्नु भन्छन्, मान्छे मान्छे बीचमा विकल्प नै छैन अरु, यो रोगको जितमा सामान किन्न जाँदाखेरी, पञ्जा मास्क लगाउँ ल्याएपछि शुद्दिकरण, गर्न नविराउँ अनिमात्र हाम्रो पहल, प्रभावकारी हुन्छ ल हेरौँ त कोरोनाले, कसो गरी छुन्छ ? ताजा खाना, शक्ति बलियो, बनाउनु पर्ने इम्युनिटी बढी हुँदा, हुन्न रै’छ सर्ने खान पिनको मेसो मिलाइ, खानु पर्यो अब लाग्नु पर्यो बच्न बचाउन, आजैबाट सब नेपाल अगाडि देखिएका चुनौति नेपाल यसै श्रोत साधन, कमी भ’को देश त्यसमाथि नेतृत्वको, धनी हुने रेश व्यवस्थापन फितलो छ, भन्छन् जान्ने जति नसुध्रिए सबै पक्ष, होला ठूलै खति घर भित्र बस्नु भन्छन्, घरै छ’र कहाँ सडकैमा जीवन काट्ने, मानिस छन् यहाँ रोगले भन्दा भोकले यहाँ, ठूलो दुःख दिन्छ भन्छन् तिनी खान पाए, को बाहिर हिँड्छ ? हुने खाने भन्दा बढी, हुँदा खाने हामी भ’को बाँढीचुँढी खाउ, सबै समान ठानी ज्यान रहेन , धनी गरीब छुट्याएर हेर्नु बचाउन नसक्ने धन, साँची के नै गर्नु विश्व समुदायमा यसले ल्याएको चुनौति सबै थोकमा शक्तिशाली, भ’कालाई नि गाल्यो चुनौति नि कति दियो, विश्व झुक्न थाल्यो ठूलो तागत राख्ने देशलाई, तहसनहस पार्यो निर्ममतापूर्वक हेर, कति मान्छे मार्यो ? निर्मित हो कि भन्दै देश, विभाजित भा’छन् आशङ्खाले वुहानप्रति, कर्के नजर ला’छन् WHO को भूमिका नि, प्रभावकारी रै’न भन्छन् ठूला देशहरुनै, सहि हो या हैन सबलाई शक्ति देखाएर, ठूलो हुनुपर्ने मरिमेटी संकट रोक्न, कहिले लागी पर्ने लाग्नु पर्ने बेला यै हो, यो विपत्ति रोक्न दोष जति आतुर छन्, एक अर्कालाई पोख्न मानिसका अधिकार, लुटिए रे भन्छन् निर्धाहरुको छैन आवाज, चुपचाप सहन्छन् सत्य तथ्य के हो अझै, खुल्न आको छैन UNO नि बोल्न सक्ने, अवस्थामा रै’न देश् देश् बीचको लडाँई पो, वार्ताबाट मिल्ने भाइरससँग मिलापत्र, को छ गर्न सक्ने आशा राखौँ चाडैँ केही, विकल्प भेटिन्छ पहिला जस्तै संसार सारा, सामान्य देखिन्छ विश्व अर्थतन्त्रमा पारेको प्रभाव ठप्प हुँदा विश्व सारा, विकास कहाँ हुन्छ ? भन्छन् विज्ञ आर्थिक मन्दी, संसार भरी हुन्छ युगै परिवर्तन हुने देखिँदै छ गुन पुँजीवाद सकिन्छ रे, भन्ने आयो सुन्न नेपली अर्थतन्त्रमा पारेको प्रभाव बन्द हुन सक्छ यहाँ, विदेश जाने होड नयाँ युग सुरु हुने, वा यहि हो मोड स्वदेशकै बाँझा बारी, होलान् हराभरा पसिनाले सञ्चित हुँदा, आफ्नै देश सारा विश्व समुदायलाई दिएको सन्देश जीवनसँगै प्रकृतिलाई, मिलाएर लान नसकिए आउने संकट, यस्तै रै’छ जान कम मूल्याङ्कन नगर्नु है, यो अवस्थालाई नबिर्सिनु सजग हुन, यस्तो सवक पाइ वातावरण स्वच्छ राख्न, ध्यान दिनु पर्यो सन्तुलन बिग्रीएरै, यस्तो रोग सर्यो मानिस अब पर्यावरणको, अस्तित्वलाई बुझौँ आजैबाट सबको भलो, गर्नलाई जुटौँ । चेतनशील प्राणी भनी, कहलिने मान्छे शक्तिशाली आफूमात्र, हौँला भन्ने ठान्थे प्रकृतिले चुनौति दियो, खै सकेको जुध्न छोड्छ क्यारे अब विश्व, पैसा पछि कुद्न आँखा आजै खुल्न सके, जीवन बाँकी र’ला जान्नु पर्यो अब सबले, जीवित हुने कला जीवन नै नरहे त, शक्ति कसले हेर्छ ? मनुष्यको मूर्ख्यालाई, प्रकृतिले टेर्छ ? कार्यरत संस्था बेलवारी नगरपालिका, माेरङ
उता इभानाकाे बा र भाइ विते, यता दुधे बच्चा र सुत्केरी भोकै
विश्वभरी फैलिएको कोरोना महामारीका करण आजकल मेरो हरेक दिन घरमै बसेर बित्छ। हरदिन हरसाँझ एउटा कोठामा सीमित हुनुपर्दा मन त्यसै त्यसै आलस तालस भएर आउँछ। तर जतिसुकै आलस तालस भएतापनि बस्नुपर्ने त्यहीँ कोठामै छ। किनकि अहिलेको यो अवस्थामा घरमा बस्नु बाहेक हामीसंग अर्को कुनै राम्रो विकल्प छैन। समय कटाउने बाहानासगैं मेरी एक इटालियन साथी इभानालाई मैले केही हप्ता अघि पठाएको म्यासेजको जवाफ आयो कि भनेर म फेसबुक खोल्छुँ। तर उनको केही जवाफ आएको हुदैन। `कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या यति लाख कट्यो। थप संक्रमितको संख्या यति पुग्यो, उति पुग्यो।´ सामाजिक संन्जालभरी व्याप्त यस्ता समाचारहरु सुन्दैपिच्छे उदेक लागेर आउँछ। तर यो कुनै नयाँ घटना होईन। विगत केही महिनादेखि हामी हरेक दिन, हरेक रात यस्तै समाचारहरु सुन्दै र पढदै आईरहेका छौँ। कोरोना भाइरसको पहिचान सन् २०१९ को मध्य डिसेम्बरमा मध्य चीनको वुहान सहरमा भएको थियो। जनावरबाट मानिसमा सरेको भनिएको कोरोना भाइरस एक मान्छेबाट अर्को मान्छे हुँदै आज विश्वभरी एक विनासकारी महामारीको रुपमा फैलिरहेको छ। कोरोना भाइरसकै कारण आज पुरै संसार बन्द भएको छ। लाखौं मानिसहरुले ज्यान गुमाईसकेका छन भने लाखौं लाख मानिसहरू यस भाइरसबाट संक्रमित भईरहेका छ्न। विश्वभरी भयावहको स्थितिको छ। मृत्यु र संक्रमित हुनेको संख्या अस्थिर छ। विषेशगरी संयुक्त राज्य अमेरिका, स्पेन, इटाली, जर्मनी, फ्रान्स, बेलायत, ईरान, बेलजियम, चीन लगायतका देशमा कोरोनाले गरेको मानवक्षति कहालीलाग्दो छ। नेपालमा पनि कोरोना भाइरसको महामारी सन् २०२० जनवरी २४ मा पहिलो पटक एक महिलामा देखा परेको थियो। त्यसपछि नेपाल सरकारले बिश्व स्वास्थ संगठनको आज्ञा पालना गर्दै देशभर लकडाउन घोषणा गरेको थियो। संक्रमितकाे संख्या बढ्दै गएकाे छ । यसले कुन रूप लिन्छ त्यसको कुनै टुंगो छैन। कोरोना भाइरसको महामारी तीब्र गतिमा फैलिन थालेपछि मैले मेरी इटालियन साथी इभानालाई उसको र त्यहाको स्थितिको बरेमा सोधेको थिएँ। “केही ठिक छैन आनस,” उसले जवाफमा भनेकी थिई “सबथोक यति अचानक भईरहेको छ कि मानौँ एउटा ठूलो हुरी चलेको छ। सुरुमा यसलाई कसैले गम्भीर रूपमा लिएनन्। तर जब स्थिति खराब बन्दै गयो तब सबैजना आतिन्न थाल्यो। अहिले सबै त्रासित छन।” उनको कुरा सुनेर मलाई लाग्यो, संसारकै बिवेकी प्राणी भनिएको हामी मान्छे पनि कहिलेकाही यति अटेरी बनिदिन्छौ कि साँच्चिकै महत्त्वपूर्ण कुरालाई पनि हलुका रुपमा लोन्छौं। कोरोना भाइरस फैलिएको केही दिनमै यसको बारेमा पत्ता लागेको थियो। यसका लक्ष्ण र यसबाट बच्ने उपायहरु सार्वजनिक गरिएको थियो। बेलाबेलामा साबुनपानीले हात धुईरहे। भिड्भाडबात टाढा रहे। कतै जानूपरे मास्कको प्रयोग गरे। हातमा स्यानीटाईजरको प्रयोग गरे। नाक, मुख, आँखा हातले नछुने जस्ता सामान्य सावधानी अपनाएको भए सायद आज यस्तो विकारल अवस्था आउने थिएन होला। कोरोना महामारीका कारण आज संसार प्राय बन्द सरह भएको छ। सरकारी कार्यलय, विद्यालय तथा विश्वविद्यालय, हवाई उडान, यातायात, खुद्रा बजार, पर्यटकीय स्थल, सिनेमा घर, खेलकुद मैदान, होटल रेस्टुराँ, पुस्तकालय, संग्रहालय, सरकारी कार्यलय, भौतिक विकास निर्माण कार्य, धार्मिक क्षेत्र लगायत जे जति छ ती सबै बन्द भएको छ। उद्योग कलकारखानासँगै दैनिक उपभोग्य बस्तु उत्पादन गर्ने कम्पनी बन्द भएको छ। निर्माणधीन विकास कार्य रोकिएको छ। धेरै क्षेत्रमा आतंक किनमेल देखिएको छ र फलस्वरूप खाद्यान्न र अन्य किराना बस्तुहरुको अभाव देखिएको छ। अत्यावश्यक बस्तु आपूर्ति अभावका कारण बजार मूल्य बढेको छ भने ब्यक्तिगत सुरक्षा सामानको माग बढेको छ। कोरोनाको यस महामारीका कारण पेट्रोलियम पदार्थको खपत दर घटेको छ। यस महामारीले होटल रेस्टुराँ व्यावसायमा ठूलो प्रभाव पारेको छ। सिट डाउन अर्डर बन्द भएर टेक आउट अर्डर र वितरणमा सीमित भएका छन्। ठूल-ठूला रिटेल स्टोरहरु बन्द भएकाले खुद्रा क्षेत्रलाई प्रत्यक्ष असर परेको छ। यसका साथै सिनेमा घरहरु बन्द भएकाले प्रदर्शनका क्रममा रहेका चलचित्रहरु रोकिएका छन्। जसको असर बक्स अफिसमा परेको छ। कोरोना महामारीको कारण आर्थिक उथलपुथलको स्टक, ब्राँन्ड, कमोडिटी (कँच्चा तेल र सुनचाँदी) लगायतका वित्तीय बजारमा व्यापक र गम्भीर प्रभाव परेको छ। यसका साथै पर्यटकीय व्यावसाय पनि यसको मार्कामा परेका छन। कोरोना भाइरसका कारण अर्बौं मानिसहरुले आफ्नो रोजगार गुमाएका छन्। जसले गर्दा उनीहरुको जीवनस्तरमा प्रत्यक्ष असर परेको छ। अन्तत यी सम्पूर्ण क्षेत्रको प्रभावले विश्वको अर्थतन्त्रमा नै प्रतिकुल असर पार्दछ। यस महामारीका कारण विभिन्न विकसित राष्ट्रहरुको मात्रै नभई पुरै विश्वकै अर्थतन्त्रमा गिरावट आउने प्राय निश्चित जस्तै छ। विश्वका प्राय जसो सम्पूर्ण विद्यालय र विश्वविद्यालयहरु बन्द गरिएको छ। जसले गर्दा करोडौं विद्यार्थीहरु शिक्षाबाट बन्चित भएका छन्। मठ मन्दिर, गुम्बा, मस्जिद, चर्च लगायतका सम्पूर्ण धार्मिक स्थलहरु बन्द भएकाले धार्मिक अनुयायीहरु मार्कामा परेका छन्। सिनेमा हल, खेलकुद, फेसन सो, नाटक घर लगायतका क्षेत्रहरु बन्द भएकाले मानिसहरूका मनोरञ्जन खोसिएको छ। यी सबै कुराहरु मानव अधिकारसंग जोडिन आउँछ। विद्यालय गई शिक्षा लिन पाउने, धार्मिक स्थलमा सहभागी हुन पाउने, खेलकुद लगायत सिनेमा जस्ता मनोरञ्जनात्मक क्षेत्रमा सहभागी हुन पाउने कुरा मानवअधिकारको विषय हो। तर अहिले यी सबै अधिकारहरु हामीबाट खोसिएको छ। तर यो अधिकार कुनै व्यक्ति, राजनैतिक दल, वा कुनै राष्ट्रले खोसेको होइन। प्रकृतिमा आएको एउटा विपत्तिले खोसेको हो। प्रकृतिलाई कसैले जित्न सक्दैन। त्यसैले धैर्यता नै हाम्रो अहिलेको सबैभन्दा उत्तम विकल्प हो। एकदिन साझँ खाना खाईसकेपछी फेसबुक खोल्न बसेँ। इटालियन साथी इभानाले एउटा लामो म्यासेज पठाइएकि रहिछे। खोलेर हेरें। लेखेकी थिई “धेरै दिन भयो तिमीसँग नबोलेको। मलाई आशा छ तिमी सन्चैँ छौ। तर यहाँ केही ठिक छैन आनस। बा हिजो साझँ बित्नुभो। अहिले म सबभन्दा बढी दुःखी छु आनस। म कति मिस्ड गरिरहेकी छु मेरो बालाई। कोरोना भाइरस पोजेटिभ देखिएपछि बा तीन दिनदेखि आइसोलेसनमा हुनुहुन्थ्यो। हिजो बित्नुभो। मैले सोचेकै पनि थिईनँ। यस्तो दिन पनि आउँछ भनेर। म मेरो बासँग सधैँ झगडा गरिरहन्थेँ । स-सानो कुरामा पनि झर्किन्थेँ। तर बाले मलाई कहिल्यै केही भन्नुहुन्थ्यो। दुई हप्ता अघि बाको बर्थ डे थियो। त्यो बेला पनि म बासँग रिसाएको थिएँ। मैले बालाई बर्थ डे विस पनि गरिनँ। अहिले बाले हामीलाई सधैं सधैंका लागि छोडेर जानुभो। म उहाँलाई कति माया गर्थें, त्यो मैले उहाँलाई कहिल्यै भन्न पाईनँ। उहाँलाई सम्झनैपिच्छे भक्कानो फुटेर आउँछ। आजकल हरेक पल म उहाँलाई सम्झिन्दै रोएर बिताउँने गर्छु। बा हिजो साझँ बित्नुभो। अहिले म सबभन्दा बढी दुःखी छुँ आनस। म कति मिस्ड गरिरहेकी छुँ मेरो बालाई। दुई हप्ता अघि बाको बर्थ डे थियो। त्यो बेला पनि म बासँग रिसाएको थिएँ। मैले बालाई बर्थ डे विस पनि गरिनँ। उसको म्यासेज पढिरहँदा मेरो आँखा रसायो। आँशुले गहँ भरियो। आफ्नो गुमाउनुको पिडा कस्तो हुन्छ, त्यो मलाई राम्रोसँग थाँहा छ। कोरोना महामारीले लाखौं मानिस मरेका छन। कतिले आफ्ना बाआमा गुँमाएका छन। कतिले आफ्नो छोराछोरी गुँमाएका छन। मर्ने त मरेर जान्छ तर जिउँदो रहनेलाई के बित्यो होला। उनीहरूका त्यो रोदन, उनीहरूको त्यो वेदना, त्यो पिडा केवल म महसुस गर्न सक्छुँ। कमसेकम नेपालमा त्यो अवस्था छैन। यो सम्झेर म सान्त्वनाको सास फेर्छुँ। तर सास घाटीभित्रै कतै अड्के जस्तो लाग्छ। के थाँहा कतै त्यो अवस्था भोलि नेपालमा पनि आउँन सँक्छ। नेपालमा पनि अहिले अरु देश जस्तै सबैथोक बन्द गरिएको छ। खुद्रा बजार देखि लिएर होटल रेस्टुरेन्ट। स्कुल कलेजका पठ्नपाठन। सरकारी कार्यालय, सिनेमा घर, यातायात लगायत भौतिक निर्माण कार्य सम्पूर्ण बन्द गरिएको छ। यो एउटा बाध्यता हो। हाम्रो आफ्नै स्वास्थ्यको लागि यो विनासकरी महामारीसंग हामीले गरेको एउटा सम्झौता हो। एउटा युद्ध हो। यति जन्दा जान्दै पनि कहिलेकाँही कति ब्यक्तिहरुले यसको अवज्ञा गरेको समाचारहरु सुन्दा दुःख लागेर आउँछ। किन यति अटेरी बन्दैछ मान्छेहरु ? ती विकसित देशहरूले समेत नियन्त्रण गर्न नसकेको त्यो विकारल अवस्था भोलि हाम्रो देशमा पनि आयो भने के होला ? त्यो कल्पना भन्दा धेरै बाहिरको कुरा हुनेँछ। कोरोना भाइरसको महामारीले पुरै नेपाल ठप्प भएपछि यसबाट सबैभन्दा बढी मार्कामा परेका छन–गरीब मजदुरहरु। जो दिनमा कमाउँछन र साझँमा त्यसैबाट परिवारका छाक टार्छन। अहिले उनीहरुको रोजिरोटी खोसिएको छ। घरमा दुधे बच्चा र सुत्केरी श्रीमती भोकै छन। सरकार त भन्छ – “घर भित्रै बस्नु।” तर उनीहको घर नै कहाँ छ र ? सरकार त भन्छ – “धैर्य गर।” तर भोकको धैर्यता नै कहाँ हुन्छ र ? सरकारले दिएको राहत उनीहरुकै कार्यकर्ताले बाँड्छ्न। आफैँ आफैँ राँख्छन्। राहत पाउनको लागि यहाँ ठाउँमा आफ्नो मान्छे चाहिँन्छ। उनीहरुको न कुनै पहुँच छ। न कुनै शक्ति। उनीहरूसंग त केवल भोक छ। अव्यक्त पिण्डा छ। कसैले बुझ्न् नसक्ने वेदना छ। घरमा दुधे बच्चा र सुत्केरी श्रीमती भोकै छन। सरकार त भन्छ – “घर भित्रै बस्नु।” तर उनीहको घर नै कहाँ छ र ? सरकार त भन्छ – “धैर्य गर।” तर भोकको धैर्यता नै कहाँ हुन्छ र ?`मर्नुभन्दा बौलाउँन जाति´ भन्छ। सायद सत्य होला। `मर्नुभन्दा बौलाउँन जाति´ भन्छ। सायद सत्य होला। त्यसैले त आज जादैछ्न उनीहरू यो शहर छोडेर। हजारौं किलोमिटरका दूरीहरु पार गरेर। पानीको घुट्टकोले भोकको प्यास मेट्दै। दुधे बच्चालाई काखमा च्यापेर, जादैछन उनीहरू यो निर्जन शहर छोडेर। किनकि यो सहरमा उनीहरुको आवाज सुन्ने कुनै कान छैन। उनीहरुको आँशु पुछ्ने कुनै हात छैन। उनीहरूको दुख देख्ने कुनै आँखा छैन। उनीहरुको ब्यथा बुझ्ने कुनै हृदय छैन। छ्न् त ठूलो छ यो शहर तर उनीहरू अटाउने कुनै सानो ठाउँ छैन। केहि नहुनेहरुका लागि उजाड छ यो शहर, हुनेहरुको लागि त स्वर्ग। कोरोना महामारीको कारण विद्यालय विश्वविद्यालयका परिक्षा रोकिएको छ। विभिन्न खेलकुद समारोह, सभा सन्मेलन, धार्मिक तीर्थयात्रा लगायत भौतिक विकास निमार्णका कार्यहरू रोकिएको छ। ती रोकिएका कार्यहरु बेलैमा नसके अर्को वर्षको कार्ययोजनामा असर पर्न सक्छ। विकशित मुलुकहरूमा विज्ञान प्राविधिको प्रयोग गरेर कतिपय कामहरू अघि बढाउन थालिसकेको छ। तर नेपाल जस्तो आर्थिक स्थिति कमजाे भएको देशको लागि भने यो एक चुनाैति बनेको छ। मनसुनको समय सुरु हुनै लागेको छ। सडक तथा अन्य भौतिक निर्माणका कार्य वर्षा याममा त्यति उचित र सहज हुदैन। त्यसैले भौतिक विकास निर्माणको काम पछि पर्नसक्ने चुनौती छ। यो जटिल कोरोना महामारी पूर्ण रूपमा समाप्त हुन कति समय लाग्छ, त्यसको कुनै ठेस पूर्वानुमान गर्न सक्ने अवस्था छैन। त्यस अवधिसम्मको लागि दैनिक उपभोग्य सामान, स्वास्थ्य सामग्री लगायतका मागको आपूर्ति गर्न नेपाल जस्ता गरीब राष्ट्रका लागि चुनौति हुन सक्छ। समग्रमा भन्ने हो भने, कोरोना महामारीले निम्त्याएको यस खाड्ल पुरेर पुरानो अवस्थामा फर्किनु विश्वका सबै राष्ट्रहरुको लागि एक चुनौती बनेको छ। लकडाउनका कारण काठमाडौंका अस्तब्यस्त सडकहरु सुनसान भएका छन। यस फुर्सदमा म केही लेख्न खोज्छुँ। तर शब्दहरूले साथ दिदैँन। इभानाको म्यासेज नआएको धेरै दिन भयो। के गर्दै होली उ ? म उसलाई सम्झन्छुँ। र सम्झन्छुँ, उसँग चिनजान भएका सुरुवाती दिनहरू। उसको र मेरो चिनजान एउटा अनौठो संयोगले भएको थियो। त्यो चिनजान पछि बिस्तारै एउटा सम्बन्धमा परिणत भयो। र एउटा बृक्ष झै फुल्दै, फल्दै, झ्यांगिन्दै गयो। रोममा इभानाको एउटा लाईब्रेरी थियो। दिउसोभर उ आफ्नो लाईब्रेरीमा बस्थी। र, साँझ मलाई दिनमा भएका प्रत्येक घटनाहरु म्यासेजमा पठाउँथी। उसलाई पुस्तक पढ्न र घुम्नमा शौख थियो। “म संसारको कुना कुना चिहार्न चाहान्छुँ आनस।” कहिलेकाँही उ मलाई भन्ने गर्थी। धेरै दिनसम्म इभानाको कुनै म्यासेज नआएपछि एकसाझँ मैले फेरि उसलाई अर्को एउटा म्यासेज पठाएँ। त्यसको रिप्लाई भोलिपल्ट आयो। रिप्लाईमा उसले लेखेकी थिई “म्यासेजको रिप्लाई आएन भनेर दुःख नमान आनस। म बिरामी छुँ त्यसैले रिप्लाई गर्न सकिनँ। तिमी बिश्वास गर्दैनौँ होला कि मलाई कोरोना भाइरस संक्रमण भएको छ। बाबा बितेको तीन दिनपछि मेरो भाई बित्यो। म बुझनै सकिरहेको छुइँन, मेरो जीवनमा यो के भईरहेको छ ? किन भईरहेको छ ? रुँदा रुँदा आखाका आशुहरु रितिसक्यो। म कसरी भन्नु तिमीलाई, म कति धेरै दुखी छुँ। जिन्दगी सधैं एकनासले बगिरहने नदी जस्तो होइन रहेछ आनस। तिमी आफ्नो ख्याल गर। म कामना गर्छुं तिमीलाई केहि नहोस्। यहाँ फोन चलाउनु मिल्दैन। त्यसैले रिप्लाई आएन भनेर दुखी नहुनु। तिमीलाई भन्न मन लगेको कुरा म्यासेजमा पठाई राँख्नु। भोलि के हुन्छ, त्यो मलाई थाहा छैन। बाचेँ भने म तिम्रो म्यासेजको जवाफ दिनेछुँ। म्यासेजको जवाफ कहिल्यै आएन भने सम्झँनु – म तिमीले कहिल्यै नसम्झिने तिम्रो यादहरुमा बसेको छुँ। तिमीले कहिल्यै नदेख्ने दृश्यहरुमा बसेको छुँ। अहिले म जान्छुँ। आफ्नो ख्याल राख्नु। आई मिस्ड यु आनस। धेरै धेरै।” रिप्लाईमा उसले लेखेकी थिई “म्यासेजको रिप्लाई आएन भनेर दुःख नमान आनस। म बिरामी छुँ त्यसैले रिप्लाई गर्न सकिनँ। तिमी बिश्वास गर्दैनौँ होला कि मलाई कोरोना भाइरस संक्रमण भएको छ। बाबा बितेको तीन दिनपछि मेरो भाई बित्यो। म बुझनै सकिरहेको छुइँन, मेरो जीवनमा यो के भईरहेको छ ? किन भईरहेको छ ? रुँदा रुँदा आखाका आशुहरु रितिसक्यो। उसको म्यासेज मैले मुस्किलले पढि सिध्याएँ। मेरो हिक्का छुट्यो। मलाई डाको छोडेर रुन मन लाग्यो। आफैँमा च्यातिन मन लाग्यो। आफैँमा चिथोरिन मन लाग्यो। म कल्पन्छु, यी दिनहरु केवल एउटा भ्रम मात्रै भईदिउँन। एउटा सपना मात्रै भईदिउँन। बिउँझन्दा हराई जाने सपना। बिलाई जाने सपना। तर यथार्थमा त्यस्तो कुनै चमत्कारी हुनेवाला छैन। भ्रम जस्तै लाग्ने यो तितो यथार्थलाई टाउँकोले टेकेर हिड्नु नै छ। कोरोना भाइरसको महामारीमा आज हामीले जुन कठिन समय बिताईरहेका छौँ , त्यो भोलिका दिनमा एउटा इतिहास बनेर सुरक्षित रहनेछ्न इतिहासका पानाहरुमा। आज जसरी हामी विगतका इतिहास पढेर कहालिन्छौँ। त्यसरी नै भोलिका हाम्रा सन्ततीहरु पनि आजका यी दिनहरू पढेर कहालिनेछ्न। यो कोरोना भाइरसले निम्त्याएको एक महामारी मात्रै होइन। यस्तो संकटको समयमा एउटा मानवताको हिसाबले कसले कस्तो भूमिका निर्वाह गर्छ भन्ने कुराको परिक्षा पनि हो। राजनैतिक कर्मी र देशका नेतृत्वकर्ताहरुका लागि आफ्नो देशको जनताप्रति कति बफादार छ भन्ने कुराको परीक्षा हो। विपद्को घडीमा एक राष्ट्रले अर्को राष्ट्रसंग कस्तो सम्बन्ध राख्छ भन्ने कुराको परीक्षा हो। र पृथ्वीका सम्पूर्ण मानव जगतका निम्ति मानिसको जीवनमा सबै भन्दा महत्त्वपूर्ण कुरा के हो भन्ने प्रश्नको परीक्षा हो। आज पन्ध्र दिन बित्यो इभानाको कुनै म्यासेज आएको छैन। आजकल मेरो हरेक दिनहरु उसको म्यासेज कुर्नुमा बित्छ। प्रत्येक एक-एक घण्टामा फेसबुक र इमेल चेक गर्छुँ। तर त्यँहा इभानाको कुनै म्यासेज आएको हुँदैन। म उसले अन्तिम म्यासेजमा भनेका कुराहरु सम्झन्छुँ। र कता कता आफैँमा फाटिन्छुँ। आफैँमा चुडिन्छुँ। आफैँमा विरक्त्तिन्छु। मनमा एकाएक चिसो भएर आउँछ। कतै उनि पनि….? तर त्यस्तो नहोला। म आशा राख्छु, किनकी निराशा समस्याको समाधान होइन। हरेक घटना र समस्याहरुले केहि न केहि सन्देशहरु दिएर जाने गर्छन। तर त्यसलाई कस्ले कति सकरात्मक रूपमा लिन्छ भन्ने कुराले महत्त्व राँख्छ। कतिपय व्यक्तिहरु यस कोरोना भाइरसलाई कुनै अमूक मुलुकको राजनैतिक षड्यन्त्र हो भनी अफवा फैलाउँदै हिँडिरहेका छन्। भलै उसलाई भाइरस के हो र यसले कसरी रोग निम्त्याउँछ भन्ने कुराको सामान्य जानकारी समेत थाहा हुदैन। कुनैपनि विषयको ज्ञान पाउँनको लागि त्यसमा विशेषज्ञता हासिल गरेको हुनैपर्छ भन्ने छैन। तर भाइरस, सरुवा रोग र जीव विज्ञानको आधारभूत ज्ञान थाहा पाउनै पर्छ। हरेक व्यक्तिले विज्ञानलाई विस्वास गर्नुपर्छ भन्ने सन्देश यस महामारीले दिन्छँ। विगतका महामारीमा मानिसहरू चर्च, मठ मन्दिर, गुम्बा, मस्जिद लगायतका धार्मिक स्थलमा गई पूजाआजा तथा झारफुक गर्थे। तर अहिले सबै धार्मिक स्थलहरु बन्द भएका छन। धार्मिक अनुयायीहरुलाई पनि विज्ञानमा विश्वास गर्नुपर्छ भन्ने सन्देश यो महामारिले दिएको छ। यस विपद्काे घडीमा पनि विश्वका धनी राष्ट्रहरु आफ्नो अहमता, घमण्ड र शक्त्तिको प्रदर्शन गरिरहेका छन। अहिले कोरोना भाइरसको औषधी र भ्याक्सिम कसले पहिले बनाउने भनेर दौडधुप चलिरहेको छ। अन्य राष्ट्रहरुसंग सहकार्य गर्नुलाई परनिर्भरताको बर्दी दिएर भूल गरिरहेका छन। त्यसैको नतिजा स्वरुप कतिपय विकसित राष्ट्रहरुले ठूलो मानव क्षति गुमाइरहेका छन। मानिस एक परनिर्भर प्राणी हो। मानिसले बनाएको राष्ट्र त के संसारमा अन्य कुनै कुरा पनि पूर्ण रुपमा आफैमा आत्मनिर्भर हुदैँन। त्यसैले एक अर्काबीचको सहकार्य, वैज्ञानिक सूचनाको आदनप्रदान, धनी मुलुकले गरीब मुलुकलाई सहयोग जस्ता विश्वब्यापी सहकार्यले नै यस महामारी सँगै भविष्यमा आउने विपद् माथि जित हासिल गर्न सकिन्छ भन्ने अत्यन्तै महत्त्वपूर्ण सन्देश यस महामारीले दिएको छ। जो बाहिर देखि हेर्दा अत्यन्तै शक्तिशाली देखिन्छ त्यो वास्तविक रूपमा त्यति नै शक्तिशाली नहुन पनि सक्छ भन्ने सन्देश यो महामारीले दिन्छ। त्यसका साथै आर्थिक रूपमा विकशित राष्ट्रहरु मात्रै शक्तिशाली राष्ट्र हो भन्ने मान्यता केवल एक भ्रम मात्रै हो भन्ने प्रष्ट भएको छ। आज विश्वका गरिब राष्ट्रहरु नै आफ्नो गरिबीपनको डरका करणले यस महामारी रोकथामका सावधानीहरु इमानदारीतासाथ पालना गरेर आफ्नो मुलुकमा यो महामारी फैलन नदिई रोक्न सफल भएका छन। धनी र शक्तिशाली मानिएका राष्ट्रहरु यो मामिलामा नराम्रोसँग पराजित भएका छ्न। सबै युद्धहरु जित्नका लागि युद्धभूमिमा उत्रेर युद्ध लड्नै पर्छ भन्ने हुँदैन। कतिपय युद्धहरु केहि कदम पछि हटेर, आत्मा विश्वास र धौर्यताकासाथ बसेर पनि जितिन्छ। यसको लडाइ गर्ने नियम नै यहीँ हो भन्ने सन्देश यस महामारीले दिन्छ। दिन प्रतिदिन कोरोना महामारी झन जटिल बन्दै गईरहेको छ। लाखौंले ज्यान गुमाईसकेका छ्न भने लाखौं लाख संक्रमित भएका छ्न। विश्वको अर्थतन्त्र मात्रै नभई हरेक क्षेत्रलाई गम्भीर प्रभाव परेको छ। कोरोना भाइरसको विरुद्ध बिज्ञहरु खोज अनुसन्धान गरिरहेका छन। तर कुनै ठूलो जित हात परेको छैन। यो महामारीको अन्त्य हुन अझै कति समय लग्ने हो। त्यसको कुनै यकिन छैन। पूर्णरुपमा यसको अन्त्य हुनजेल कति जनधनको क्षति हुने हो, त्यो अनुमान गर्न सकिन्दैन। तीन हप्ता बित्यो। इभानाको कुनै अत्तोपत्तो छैन। म हरेक दिनझै उसको म्यासेजको पर्खाइमा बस्छु। मेरो पर्खाइलाई भेट्न सदाझै आउँछ दिनहरू। आउँछ अन्ध्यारा रातहरु। आउँछ आकाशमा केही चराहरु। तर उसको खबर कहिल्यै आउँदैन। तैपनि म अझै झिँनो आशा राख्छुँ, आखिर किन ? मलाई वास्तवमै थाहा छैन, म किन अझै आशावादी छु। अनेकन कुरा सोचेर टोलाउछुँ म। भित्ताको घडीको आवाजले मलाई झस्काईदिन्छ। घडी हेर्छ, घडीको सुई घुमिरहेको छ। झयाल खोलेर बाहिर हेर्छु, लाग्छ – समय जँहीको त्यहीँ अडिएको छ। साँझतिर मन भुलाउन छतमा निस्कन्छु। घाम आकाशको दक्खिन किनारै किनार हिडिरहेको छ। काठमाडौंका सडकहरु शान्त देखिन्छ। कहिँ कतैबाट पनि कुनै आवाज आउँदैन। वातावरणको त्यो मौनता देख्दा यस्तो लाग्छ मानौं, पुरै संसारमै सन्नाटा छाएको छ। फिक्का निलो आकाशमा केही बादलका टुत्राहरु उडिरहेका छन। बादलका टुत्रा संगै केही चराहरु पनि उडिरहेका छन। ती चराहरुलाई पनि लाग्दो हो, यी शहरहरु किन चुपचाप छ ? यी सडकहरु किन निँदाएका छन ? एउटा चरा फुर्र उडेर मेरो छेउमा आएर बस्छ। चिरबिर चिरबिर गर्दै दायाँबायाँ उफ्रिन्छ। मलाई उ कतै टाढाबाट मेरो खबर लिन आएको छ झै प्रतित हुन्छ। म पनि ती चरालाई उसको खबर सोधी पठाउछुँ। उ फुर्र उडेर जान्छ, आकाशको पश्चिम दिशातिर । उ उडदा उसको पखेँटाको हावाले नजिकै रहेको गमलाको फुल हल्लिँन्छ। म त्यो गमलामा हेर्छुँ, सेतो फुल हल्लिरहेको छ। एकैछिन पछि अध्यारो छाउँछ। र साँझ हुन्छ। म विश्वास गर्छु – यो अध्यारो संगै रात सकिएपछि फेरि उज्यालो दिन आउने छ। अवस्य आउने छ। * * *
सन्त्रास
ब्रह्माण्डको धैर्यता डगमगायो क्यारे मृत्युको सङ्खनाद गुञ्जियो जगमा प्रकृतिको सृजनाले नै बिनासको बिज छर्यो कि आफनै प्रगति र प्रविधिको मस्तमगनमा सम्स्त धर्तीलाई खुमच्याएर कल्पनाको कृतिम सहर धेरै बन्यो कि गगनदेखि माथि चन्द्र अनि मङ्गलमा शिखरमा पुग्दै गरेका सपनाहरु धकेलिएर पछारिए विवसता र बाध्यता बनेर आफ्नै आँगनमा विकासको वेगलाई पछि सारेरै भएपनि समयको छाल लहरहरुसँगै बगिरहेको छ आफ्नो जीवन हत्केलामा राखेर भएपनि मानव मानवकै निम्ति भगवान बनिरहेको छ व्यस्त भयो दुनियाँ जीवन अस्तित्वको भिख माँग्नमा नविनतम् सोच र नयाँ आविप्कारले बुनेको झिनो पच्छयौरी समातेर आत्तियो संसारको सर्वश्रेष्ठ प्राणी अनकन्टार अध्याँरो सुनशान एक्लो जीवनतर्फ भाग्नमा भासियो सारा विश्वलाई उन्नतीसम्म हाक्ने सबारी थेग्न नसक्ने गरि बढ्यो अर्थतन्त्रको गह्राैं भारी प्रकृतिले जीवन रक्षाको चुनौतीहरु थपिरहेको छ जीवन मरणको अनयौलताले भित्रभित्रै कपिरहेको छ विकासको वेगलाई पछि सारेरै भएपनि समयको छाल लहरहरुसँगै बगिरहेको छ आफ्नो जीवन हत्केलामा राखेर भएपनि मानव मानवकै निम्ति भगवान बनिरहेको छ सन्त्रास छाएको छ जीवनको हरेक प्रहरमा अनुशासन र आत्मविश्वासको नै साथ छ कोरोना भाईरसले निमत्याएको बिनासकारी कोभिड १९ को कहरमा हरेक गाउँ अनि शहरमा सद्भाव र सदविचारले मनको भयलाई बाहिर झिकौँ खुशीमा साथ हुनेहरुले दुःखमा एकजुट हुन सिकौँ प्रकोपको यो माहामारीमा अपनाउनुपर्छ सावधानी खास संयम्ता र धैर्यताले नै हटाउनसक्छ कोरोना भाईरसको सन्त्रास बेलबारी १, मोरङ नेपाल
लम्बिएकाे लकडाउन र आत्तिएकाे समाज
कोरोना शब्द जुन हाम्रो मन मस्तिष्कमा अहिले २४ घण्टामा कम्तीमा १६/१८ घण्टा चलिरहने विषय हो । यो शब्द मेरो, तपाईको र हाम्रो मन मस्तिष्कमा मात्र होइन, संसारको हरेक मानिसको मन मस्तिष्कमा चलिरहने शब्द हो । यो शब्दले पुरै विश्व नै हल्लिरहने भएको छ । यसको प्रकोपबाट आज सिङ्गो विश्व नै त्राहिमाम् भइसकेको अवस्था छ । चीनको वुहानबाट सुरु भएको यो भाइरस आज विश्वको करिब २०० भन्दा बढी देशहरू यसको चपेटमा आइसकेको कुरा दैनिक मिडियाहरु मार्फत हामी थाहा पाइनै राखेका छौ । जसले गर्दा हरेक दिन विश्व भरीमा लगभग लाखौँको सङ्ख्यामा यो रोग मानिसहरूमा सङ्क्रमित भइरहेको छ भने यसको प्रकोपबाट प्रत्येक दिन हजार भन्दा बढी मानिसहरूको मृत्यु भइरहेको छ । तर यसको प्रकोपबाट करिब हजारौँको सङ्ख्या भने मानिसहरू निको पनि भएर आफ्नो घर फर्किरहेको अवस्था छ । हुन त सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ भने निको हुनेको सङ्ख्या थोरै भए पनि निको भइरहेको छ । आज विश्वको ठूला ठूला राष्ट्रहरू यसको औषधी निकाल्न दिन रात लागि परेको छ । तर अहिलेसम्म भने रित्तो हात नै रहेको छ जसको कारण निराशा अझै बढ्दो अवस्थामा छ । “के यसले पृथ्वीमा मानिसकाे अन्त्य हुने त होइनन् ? के यसको भ्याक्सिन निकाल्न सकिएला त ?” यस्तो प्रश्न आज विश्वका सारा मानिसहरूको मनमा उब्जिरहेको छ । विश्वकै सुपर पावर भनिने राष्ट्र अमेरिका आज कोरोना भाइरस (कोभिड–१९) को केन्द्र विन्दु नै बनिसकेको छ । विश्वकै सबै भन्दा बढी प्रभावित राष्ट्र भनेको आज अमेरिका नै रहेको छ । आखिर किन ? नासा जस्तो विश्वकै प्रख्यात वैज्ञानिकहरूको समूह अमेरिका मै अवस्थित छन् तर आज अमेरिका नै यसको कहरबाट त्राहिमाम् बनिसकेको छ । इटाली, स्पेन, जर्मनी, जापान, चिन, अस्ट्रेलिया, रुस जस्तो देशहरूले पनि यसको एन्टिडोइ निकाल्न सकिरहेको छैन, आखिर किन ? “ भनिन्छ कि यो विश्वमा असम्भव भन्ने कुरा केही पनि छैन तर यो कोरोले सायद यो भनाई र विश्व भरिमा रहेका प्रसिद्ध वैज्ञानिकहरूले कमाएको नाम सबैलाई गलत साबित गर्छन् कि ?” जस्तो लाग्न थालेको छ । हुन त यस्तो महामरी इतिहासमा अरु पनि आएका छन र त्यसबाट पनि लाखौको सङ्ख्यामा मानिसहरुको ज्यान गएको हो । र तिनिहरुको एन्टिडोइ निकाल्न कम्तिमा ६ महिना लागेको कुरा विभिन्न सञ्चारको माध्यमले थाहा पाउन सकिन्छौ । त्यसले गर्दा आतिनु पर्ने कुरा त छैनन् तर सजग र सचेत हुन आवश्यक देखिन्छ । लकडाउन लकडाउन, जसको अर्थ तपाई जहाँ हुनुहुन्छ त्यही बस्नु, घरबाट बाहिर ननिस्किनु हो । जहिलेदेखि यो कोरोनाको कहर चीनको वुहानबाट पुरै विश्वमा फैलिएको छ त्यो दिन देखि नै लकडाउन प्रख्यात बनिसकेको शब्द हो । इतिहासमै सिङ्गो विश्व भरिमा नै यसरी एकै चोटिमा पुरै विश्वलाई नै बन्द गरेको पहिलो पल्ट नै होला । यसले गर्दा विश्वको सानादेखि ठूला राष्ट्रहरूले पुरै देशभित्र नै लकडाउन गरेका छन् । यस्तो त अवस्था पहिलो विश्व युद्ध र दोस्रो विश्व युद्धको बेलामा पनि भएको थिएनन् होला ? आज यसको कारण विश्वकै शिक्षा, स्वास्थ्य, आर्थिक, सामाजिक, बौद्धिक तथा मानसिक रूपमा धेरै नै पछाडि धकेलिरहेको अवस्था छ । जुन देशमा कोरोना फैलिसकेको छ त्यो देशको शैक्षिक संस्थान अनिश्चित कालसम्मको लागि बन्द गरिसकेको छ । देशका सबै बिजनेस ट्रेट जस्तै कल कारखाना, होटेल, पसलहरू आदि सबै बन्द रहेको अवस्था छ । त्यसले गर्दा सबै देशको अर्थतन्त्रमा पनि धेरै क्षति बेहोर्नु परेको देखिन्छ । यो कोरोनाले नेपाललाई पनि अछुतो छोरेको छैन । लकडाउनको कारणले गर्दा नेपालमा पनि विभिन्न क्षेत्रमा प्रत्येक्ष तथा अप्रत्येक्ष रुपमा असर परेको देखिन्छ । शिक्षाको क्षेत्रमा “शिक्षा भनेको देशको मेरुदण्ड हो । शिक्षाविना देशकोे विकास तथा आधुनिकता परिकल्पना पनि गर्न सकिदैनन् ।” कोरोनाको कारणले गर्दा अहिले नेपालको शिक्षाको क्षेत्रमा परेको प्रभाव सबै समक्ष छर्लङ्ग नै रहेको छ । विद्यार्थीहरुले आफ्नो १० वर्ष लगाएर लगनशीलताको साथमा गरेको मेहनतको परिणाम भनेको एसईईकाे परीक्षाफल हाे । अहिले उक्त परीक्षा नै भएकाे छैन । पढ्ने हरेक विद्यार्थीको एउटै मात्र धोको हुन्छ कि म राम्रो मार्क ल्याएर एसईई पास गर्ने छु जसको लागि मलाई जति मिहिनेत गर्न किन न परोस् । सबैको मनमा यो कुरा खेलिराखेको हुन्छ । त्यस्तै यसपालिको एसईई दिने विद्यार्थीहरूको मनमा यस्तो कुरा खेल्नु स्वाभाविक नै हो । जुन यो कोरोनाको कहरले गर्दा चैत्र ६ देखि हुने एसईई परीक्षा अनिश्चित काल सम्मको लागि स्थगित भएको छ । कक्षा १० मा पढ्ने विद्यार्थीहरू जसले यसपालि एसईई दिनेवाला थियो उनीहरूको मन उदासले भरिएको देखिन्छ । “अव के होला भन्ने प्रश्न सबैको मनमा होला ? हामी यो एसईई परीक्षा कहिले दिने, हाम्रो रिजल्ट कहिले आउला र हामी कहिले आफूले सोचेको गन्तव्य पुरा गरौला ? यस्तो विभिन्न किसिमको प्रश्न आउनु स्वाभाविक नै हो ।” शिक्षाको क्षेत्रमा यति मात्रै होइन कक्षा १ देखि कक्षा ९ सम्मको विद्यार्थीहरूले त कोरोनाको त्रास सँगै परीक्षा दिइयो तर तिनीहरू मध्ये धेरैकाे नतिजा निस्किन पाएको छैन । सबै विद्यार्थीको आकांक्षा हुन्छ कि आउँदो नयाँ सालसँगै म अर्को कक्षामा जान्छु, र तर त्यो आकांक्षा पनि यस पालि कहिले पुरा हुन्छ भने भन्न सकिँदैन । उनीहरूको मनमा पनि विभिन्न किसिमको त्रासहरू उत्पन्न भइनै राखेको होला । सबै भन्दा महत्त्वपूर्ण कुरा के हो भन्ने यदि शैक्षिक सत्र ढिलो सुरु हुन्छ भने कोर्स कहिले सकिन्छ ? विद्यार्थीहरूको सिकाई कहाँसम्म पुग्छ ? पुरै साल भरि पढाई हुँदा देशको विभिन्न ठाउँको सरकारी विद्यालयहरूमा पुर्णरुपले कोर्स सकेको हुँदैन भने यसपालि कस्तो हुन्छ ? “शिक्षा भनेको देशको मेरुदण्ड हो । शिक्षाविना देशकोे विकास तथा आधुनिकता परिकल्पना पनि गर्न सकिदैनन् ।” कोरोनाको कारणले गर्दा अहिले नेपालको शिक्षाको क्षेत्रमा परेको प्रभाव सबै समक्ष छर्लङ्ग नै रहेको छ । यति मात्र होइन उच्च शिक्षा सम्मको सबै परीक्षा लगायत प्राविधिक शिक्षा सम्मको परीक्षाको मिति सारेको छ । विद्यार्थीहरूले दिन र रात मिहिनेत गरी परीक्षाको लागि तयारी गरिराखेको हुन्छ तर यो कोरोनाको कहरले सबैको मनोबल नै घटाइ दिएको छ । यहाँसम्म कि लोकसेवा आयोगको परीक्षा दिनको लागि देशको विभिन्न स्थानबाट विद्यार्थीहरू काठमान्डु, हेटौडा, भरतपुर, विराटनगर, धरान, धनकुटा, वीरगन्ज आदी सहरहरूमा गएर कोचिङ गरी राखेको थियो तर यो लकडाउनको कारण रातारात सबै विद्यार्थीहरू आफ्नो घर फर्किएका कुरा दैनिक जसो रेडियो, टेलिभिजन, पत्रपत्रिकाको माध्यमले सुन्न र हेर्न पाएका छौ । लोकसेवा पास गर्नका लागि विद्यार्थीहरू सालौ साल लगाएर पढिराखेको हुन्छ तर यस्तो परिस्थिमा उनीहरूको मनमा कस्तो किसिमको तनाव उत्पन्न भएको होला ? कहिले सरकारले यसको बारेमा सोचेका छन् । जागिर न पाएर बिदेसिनु यस्तै किसिमको समस्याको परिणम हुन सक्छ होला ? यसले गर्दा प्रत्यक्ष र अप्रत्यक्ष दुवै रूपमा शिक्षाको क्षेत्रमा नकारात्मक प्रभाव परेको छ । जसले गर्दा हाम्रो देशको शैक्षिक स्तरमा पनि केही न केही अवश्य पनि ह्रास आउन सकिन्छ । स्वास्थ्य क्षेत्रमा परेको प्रभाव ‘अस्पतालको लपारवाहीको कारणले बाराको कलैयामा एक युवाको मृत्यु’, यो समाचार न्युज २४ बाट अप्रिल ५ अर्थात् चैत्र २३ को समाचारको भिडियो रिपोर्टमा आएको थियो । यस्तो समाचार धेरै मात्रामा अहिले सुनिन थालेकाे छ । यस्तो हुनुको कारण बिरामीलाई कोरोना भएको होला भन्ने शङ्काको कारणले चेक जाँच नै नगरी कोरोना हो भन्ने अस्पतालमा भर्ना न लिँदा देशका यस्ता कयाैं मानिसहरू उपचारको विना अकालमै मृत्यु खेप्नु परिरहेको छ ? आखिर मर्नेको के गल्ती ? यदि कोरोना नै लागेको हो भन्ने पहिलो स्टेजमा उसको उपचार गर्न सकिँदैन र ? उपचार नै गर्न सक्ने नभएको भए आज विश्वमा करिब लाखौ लाख मानिसहरू कसरी निको भएर घर फर्किएको छ । यस्तो निजी अस्पतालको लपारवाहीको कारणले अप्रिल ६ अर्थात् चैत्र २४ गते नागरिक न्युजमा “निजी अस्पताल सरकारको नियन्त्रणमा रहने” भन्ने शीर्षकमा समाचार छापिएको थियो । तर त्यो मात्र कोरोना सङ्क्रमित पहिचान गर्नको लागि थियो । तर अहिले सम्म त्यो पनि पूर्णरुपमा लागु हुन सकेको छैन । अहिलेको अवस्थामा सामान्य रुघाखोकी लाग्दा पनि मनमा कोरोनाको डरले गर्दा कतिपय मानिसहरू अस्पतालमा गएर चेक गराउन पनि डराइरहेका छन् । उपचार गर्दा गर्दा ज्वरो आएको बिरामीलाई अस्पतालको डाक्टरले जब कोरोनाको शङ्का लगाउन सकिन्छ भने अरूको त कुरै नगरौं । हिजोअस्ति अर्को एउटा घटना सामाजिक सञ्जालमा चर्चामा रह्यो । “टिचिङ अस्पतालबाट डिउटी सकाएर आइरहेको स्वास्थ्य कर्मीलाई सुरक्षाकर्मीले बेसरी कुट्यो “ यसले गर्दा पनि डाक्टरहरू बाहिर निस्किन मानिनै रहेको छैन । एक त पहिला देखि नै पिपिई नभएको कारणले गर्दा स्वास्थ्यकर्मीहरुलाई गाह्रो भइनै राखेको थियो तर अहिले यसले गर्दा पनि अझ समस्या स्वास्थ्य क्षेत्रमा ल्याएका छन् । गा्रमिण भेगमा रहेको सरकारी स्वास्थ्य चौकीहरूमा एउटा मात्र पिपिई उपलब्ध गराएका छन् भने दिन र रात भोकै प्यासै देश तथा देश भित्र बस्ने जनताको सेवा र सुरक्षाको लागि खटिराख्ने सुरक्षाकर्मीहरुलाई पनि सरकारले पपिई् उपलब्ध गराउन सकेको छैन । जब आम जनतालाई सुरक्षा प्रदान गर्न यी दुवै निकाय नै सुरक्षित रहन सक्दैन भने अरू आम जनता कसरी सुरक्षित रहन सक्छ ? जबकि सरकारलाई अनिवार्य रूपमा यी दुवै निकायहरूलाई सुरक्षा कवज दिनु पर्दथ्यो तर यहाँ सरकारमा बसेका मन्त्रीहरूले आफू घरबाट ननिस्किने र अरूको ज्यानको ज्यान नै नसम्झिने प्रवृत्ति बनिसकेको छ । विश्वको सुपर पावर भनिने देश अमेरिका तथा स्वास्थ्यको क्षेत्रमा दोस्रो स्थान हासिल गरेको देश इटाली जब यो कोरोनाको प्रकोपलाई समान्य राख्न सकिरहेको छैन भने हामी जस्तो सानो तिनो स्रोत र साधन भएको देश कसरी जनतालाई बचाउन सकिन्छौ ? जुन कि हाम्रो देशको पुरै अस्पतालको भेन्टिलेटरको सङ्ख्या गन्यौ भने ५०० सय पनि पुग्न सकिँदैन । अनि कसरी सुरक्षा प्रदान गर्न सक्छौ ? हामी सँग थुप्रै समय भए पनि हामी स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराउन सकेनौ यो कस्तो किसिमको सिस्टम हो ? कोरोना उच्च स्तरीय समितिको गठन गर्दा विना विज्ञको नै समूह गठन गर्यौ जसलाई कोरोनाको क पनि आउँदैन । त्यस्तो व्यक्तिलाई कोरोना विपत् व्यवस्थापन समितिमा राख्नु यो भनेको हाम्रो देशको लागि लज्जाको विषय हो । जब कि त्यस्तो समितिमा चिकित्सा क्षेत्रको विशेषज्ञ, अर्थ विशेषज्ञ, विपत् व्यवस्थापन विशेषज्ञ जस्तो व्यक्तिहरूलाई राख्नु पर्दथ्यो तर त्यो देखिएन किन ? किन भने कोरोनाको नाममा पनि भ्रष्टाचार गर्नु थियो ! यसले हामी अकडा लगाउन सक्छौ कि हाम्रो देशको स्वास्थ्य क्षेत्रको अवस्था कस्तो होला ? अर्थतन्त्र र रोजगारी एकै दिनमा १ लाख भन्दा बढी मानिसहरू काठमाण्डाैंबाट तथा हजारौँको सङ्ख्यामा देशका विभिन्न सहरहरूबाट जब घर फर्किरहेको कुरा सुने र पढे त्यस पछि मानिसहरूले अनुमान गर्न सकियो कि देशको अर्थतन्त्रमा ठूलो गिरावट हुनेबाल छ । आज नेपाल मात्र होइन संसारका ठूला ठूला राष्ट्रहरूले पनि आर्थिक सङ्कट बेहोर्ने विभिन्न अन्तर्राष्ट्रिय सूचनाहरूको अनुमान रहेको छ । कोरोनाले गर्दा भिजिट नेपाल २०२० लाई स्थगित गर्नु पर्यो जसका कारण नेपालले सोचेको आर्थिक लाभ लिन सकेको छैन । देशका विभिन्न कलकारखाना पनि बन्द भइसकेको अवस्था छ । जसको कारण ज्यालादारी गरेर खाने मानिसहरूलाई आफ्नो दिन टार्न गाह्रो हुन थालेको छ। वैशाख ५ गतेको थाहा खबरमा एउटा समाचार पढे ’कि काम देऊ कि माम देऊ’ भन्ने शीर्षक थियो ।यो घटना दाङ जिल्लामा रहेको इँटा उद्योगको हो । जहाँ खानको लागि इट्टा भट्टामा काम गर्ने व्यक्तिहरू खानाको लागि छटपटाइ रहेको छ । नेपालमा यस्तो एउटा मात्र होइन यस्तो समस्या धेरै छन् । वैशाख ५ गतेका दिन फेरी अर्को समाचार पढे काठमाडौं मै बसिरहे भोकले मरिन्छ, घर पुगे पक्कै बाँचिन्छ’ यो घटना सर्लाहीका राजकुमार दास हो जसले काठमाडौँमा कुकर र ग्यास चुल्हो बनाउने काम गर्थे। जोरपाटीमा बस्दै आएका दासको यो पेसा कोरोना भाइरसले खोसिदियो। सरकारले कोरोना भाइरस रोकथामका लागि लकडाउन गरेपछि उनले घर(घरमा गएर कुकर बनाउन पाएनन् । सहरवासीले बस्तीमा छिर्न पनि दिएनन् जसको कारण २१ दिनसम्म कोठामै बस्नु पर्यो तर, लकडाउन खुल्ने कुनै छाँट देखिएन । उसको घरमा भएका सबै रासन पानी सकिएपछि उनी आत्तिए। नआत्तिएर के गर्नु आफैँ घरमा रासन पानी आएन। भएको सबै पैसा पनि सकियो। राहत पाउन नाम पनि लेखाए तर, राहतको नाममा एक दाना चामल पनि उनको हातमा पर्न सकेन। यस्तै नयाँ पत्रिकाको पहिलो पेजमै वैशाख ५ गते नै फेरी यस्तै घटना पढ्न पाए । “लकडाउनमा मजदुरको पीडा , राजधानीमा खान पाइँदैन, प्रशासनले घर जान दिँदैन”मानिसहरूले खाना नपाएर आ आफ्नो घर गइरहेको फोटोहरू अहिले फेसबुकमा पनि भाइरल बनेको छ । उनीहरूलाई पैदल नै हिनेर घर जाने कुनै सौक छैन । न त कुनै त्यस्तो इमरजेन्सी नै छ तर भोकै भने कति दिन सम्म काठमान्डु लगायत देशका अन्य सहरहरू बस्न सकिन्छ । त्यसैले गर्दा मानिसहरू भोक भोकै पैदल नै हिनेर घर गइरहेको छ । तर त्यसमै वैशाख ४ गते सरकारले निर्णय गर्यो कि घर बाहिर देख्नेलाई मुद्दा चलाइने छ । के सरकारले मात्र नियम बनाउने हो कि भोकले छटपटाइरहेको मानिसहरूलाई रासनको पनि व्यवस्था मिलाउने हो ? “ सरकार दैनिक ज्यालादारी गर्नेलाई रासन दिनु, उनीहरूलाई घर जाने सोख छैन । खान पाए जहाँ गए पनि बस्नु नै छ । कोरोनाको कारणले मर्नु भन्दा पहिला मानिसहरूले कहीँ भोकै न मरिहालोस् ।” “लकडाउन पुर्णरुपमा लागु गर्न टोल टोलमा हेल्प डेस्क संचालमा ल्याउनु टोलको प्रत्येक व्यक्तिको खाने सबै सामग्री लगायत अन्य अति आवश्यक पर्ने सामग्रीको लिस्ट बनाउनु र भोलि पल्ट उसको गेट अगाडी राखी सुलभ मूल्य लिनु” लकडाउनको पालना स्व्म हुन्छ यदि त्यति गरेर पनि जनताले मानी राखेको छैन त्यस पछि मात्र करवाही गर्नु शोभनमय कार्य हुने सरकार । कालोबजारी र भ्रष्टाचार लकडाउनको बेलामा कालोबजारीले सीमा नाघिसकेको अवस्था छ । जुन समान प्रति केजी पहिला २० पर्थ्यो त्यो अहिले ४० परिराखेको छ । तर वास्तवमा त्यसको मूल्य भने त्यति छैन अहिले पनि । यस्तो आपद्काे घडीमा पनि कालोबजारी गरिरहेको छ तर सरोकारवालाको ध्यान त्यहाँ जान सकेको छैन र त्यो सबैको मर्का आम साधारण नेपाली जनताहरूमा परिरहेको छ । यसको समय मै निगरानी गरी जनताहरूलाई कालोबजारीबाट बचाउने प्रयास होस । भ्रष्टाचार भनेको कुरा त मलाई लाग्छ कि कसैले नेपालबाट नै सिकोस् । यस्तो परिस्थितिमा विभिन्न दशले आफ्नो देशको नागरिकहरूलाई बचाउन विभिन्न किसिमको उपाय र योजना बनाइ राखेको छ । तर यहाँ भने यस्तो विषम परिस्थिमा पनि भ्रष्टाचारको नै कुरा सुनिन्छ । भ्रष्टाचार भनेको कुरा त मलाई लाग्छ कि कसैले नेपालबाट नै सिकोस् । यस्तो परिस्थितिमा विभिन्न दशले आफ्नो देशको नागरिकहरूलाई बचाउन विभिन्न किसिमको उपाय र योजना बनाइ राखेको छ । तर यहाँ भने यस्तो विषम परिस्थिमा पनि भ्रष्टाचारको नै कुरा सुनिन्छ । गत महिना चैत्रमा कोरोनाको रोकथाम गर्नको लागि स्वास्थ्य सामग्री किन्नमा पनि चरम भ्रष्टाचारको कुरा सबै नेपाली जनताहरूले बुझेको नै हो । म धन्यवाद दिन चाहन्छु रमेश पौडेललाइ जसले स्वास्थ्य सामग्री किन्दा अनियमितता भएको भन्दै एकलै अनलाइन मार्फत अख्तियारमा मुद्दा हाले । जसको कारण त्यही दिन त्यो टेन्डर रद्द भयो जसबाट करोडौँ रकम भ्रष्टाचार हुनबाट जोगियो । यहाँ तल देखि माथि सम्म सबै भ्रष्टाचारले नै भरिएको देश हो । स्थानीय निकायहरूले अहिले कोरोनाबाट बाच्नको लागि बाटिरहेको मास्क, सेनिटाइजर, साबुन सबैमा भ्रष्टाचार नै गरिराखेको देखिन्छ । मास्क जुन एक लेयरको कपडाबाट बनाइएका छन् जुन १ प्रतिशत पनि कोरोनाबाट जोगाउन सकिँदैन भने विज्ञहरूको भनाई छ । आखिरमा त्यस्तो किन बाढने ? के त्यसको पैसा लाग्दैन र ? कुनै पनि कुराको सीमा हुन्छ तर यहाँ भने भ्रष्टाचारको सीमा छैन । कहिले क्वारेन्टाइनको नाममा त कहिले राहत वितरणको नाममा देशको पैसा लुटिरहेको छ । पहिला भुक्पको पैसा, त्यस पछि बाढी पीडितको पैसा र अहिले कोरोनाको पैसा । विश्व बैकले त्यत्रो पैसा कोरोना कोषमा खर्च गर्न सहयोग गरे पनि अहिले सम्म सबै सुरक्षा कर्मी तथा सबै स्वास्थ्यकर्मीहरुले सुरक्षा बवज पाउन सकेको छैन । “विदेशबाट आएको रेमिटेन्स भित्र्याउन अहो अहो गर्ने तर यस्तो विपद्को बेलामा विदेशमा फसेको नेपाली नागरिकहरूलाई नेपाल ल्याउन भन्दा कानमा तेल राखेर बस्ने लाज लाग्दैन सरकार ।” म घरमा बसिरहेको बेला एक जना मेरो मलेसिया बस्ने साथीले फोन गर्यो । कुरा कानी हुँदै थियो र मैले सोधे कस्तो त्यहाँ लकडाउनको प्रभाव उसले मन छोटो पार्दै भन्यो के भन्नु यहाँ त बिजोग छ । मेरो अवधि समाप्त भइसकेको थियो कम्पनीले भोलिको टिकट काटी दिएको थियो अनि त्यही दिन देखि विदेशी उड्डयन सेवा बन्द भयो । मलाई त यहाँ बिजोग नै भइसकेको छ । कम्पनी भन्छन् म जिम्मा लिँदिन यहाँ यस्तो परिस्थितिमा के गर्नु के गर्नु भएको छ ? यस्तो समस्या विदेशमा बस्ने एक जना नेपालीको मात्र होइन यस्तो समस्या विदेशमा बस्ने पुरै नेपालीको नै छ । जहाँ अरू देशले आफ्नो नागरिकहरूलाई आफ्नो प्लेन पठाएर देश फर्काइरहेको छ तर नेपाल सरकारले भने कानमा तेल हालेर बसेको छ । यस्तो बेलामा जसरी भए पनि संकतमा परेको नेपालीहरूलाई नेपाल बोलाउनु पर्दथ्यो र उनीहरूलाई क्वारेन्टाइनमा बस्न लगाउनु पदैथ्यो हैन भने जुन जुन देशमा नेपालीहरू काम गर्न गएका छन् त्यहाँ नेपाल एम्बेसीको सहयोगमा उनीहरूलाई मदत गर्नु पर्छ । ताकि उनीहरूलाई पनि लागोस् कि हाम्रो मातृ भूमिलाई हामीहरूको माया छ । मात्र आम्दानीलाई न सोचौँ सरकार ज्यान बच्यो भने धेरै पैसा कमाउन सकिन्छ । पहिला विदेशमा बस्ने नेपालीहरूको ज्यान जोगाउनु । अन्त्यमा, विद्यार्थीहरूलाई यो विषम परिस्थितिमा अनलाइन पढाईको व्यवस्था मिलाउस सरकार जसले गर्दा विभिन्न तहको विद्यार्थीहरुले आफ्नो घरमै बस्दा पनि पढाइबाट वञ्चित नहोस् । गरिबहरूको लागि खाद्यान्न सामग्री यथा शीघ्र उपलब्ध गराइदिनुस् । देशको जुन सुकै कुनामा बसेको मानिसहरूलाई त्यही ठाउँमै राहत मिलाइ दिनुहोस् । देश भरी खटी रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चार कर्मीहरूलाई अनिवार्यरुपमा सुरक्षा कवाज उपलब्ध गराइ उनीहरूको बिमाको व्यवस्था मिलाउनुहोस् । आज विश्वका शक्तिशाली देश अमेरिका, चीन, इटाली कोरोना भाइरससँग जुधिरहेका छन तर निकास भन्ने पाइराखेको छैन यो अवस्थालाई गम्भीर रूपमा बुझेर यस्तो खालको अवस्था नेपालमा आएमा नेपाल सरकारसँग सम्बन्धित उपकरणरु न्यून रहेको हुनालेडे आफूआफूमा ,गम्भीर र समुदायहरूलाई सूक्ष्म ढंगले विचार गरी दैनिक सरसफाइ, हिँडडुल, जमघट तथा भेटघाटलाई र अन्य विभिन्न सांस्कृतिक पर्व, उत्सवहरूलाई थाति राखी यस महामारीको सामना गर्न दृढ संकल्प र इच्छाशक्ति तथा ऊर्जाशील नेपाली दाजुभाइ, दिदीबहिनी, आमाबुवाहरूमा सादर अनुरोध छ । www.facebook.com/biveksharma100
प्रकृतिलाई पिंजडामा राख्न खाेज्दा
संसारमा कुनै कुराको दुई किसिमले चर्चा हुने गर्दछ। कुनै कुराको सकारात्मक पक्षमा चर्चा हुने गर्छ भने कुनै कुराको नकारात्मक पक्षको चर्चा। यी दुबै पक्षहरू खासगरी विषयको बिशेषताका आधारमा फरक पर्ने गर्छन। उदाहरणका लागि दुई वटा फरक फरक समाचारको प्रमुख लाइन लिएर हेरौं, मानौं पहिलो समाचारको प्रमुख लाइन यस्तो छ; ” कोरोना रोकथामका लागि नेपालले प्रभावकारी भूमिका खेल्यो। ” र दोस्रो समाचारको प्रमुख लाइन यस्तो छ ; “कोरोना महामारीले संसारका ६० प्रतिशत जनसंख्यामा संक्रमण हुन सक्ने।” यी दुबै समाचार आफैमा सत्य हुन सक्छ्न र दुबै विषय व्यापक चर्चामा आउने खालका पनि देखिन्छ्न । तर, पहिलो समाचारले मानव सभ्यतामा सकारात्मक सन्देश दिदै आशालाग्दो तरिकाले चर्चा हुन्छ भने दोस्रो समाचारले भयभित बनाउछ र मानव सभ्यतामा नकारात्मक प्रभाव पर्ने कुरामा बढी शङ्का गरिन्छ । त्यस्तै अहिलेको `नोभेल कोरोना भाइरस´ विषयले पनि पहिलो समाचार भन्दा पनि दोस्रो समाचारले जस्तै विश्वजगतमा नकारात्मक प्रभाव पार्न सक्ने कुरामा विश्वभरीनै आक्रान्त र भयभित अवस्था सृजना गरेको छ। समाजका हरेक क्षेत्रमा यसले पार्न सक्ने असर र कोरोना पछिको हाम्रो भबिस्यको समेत विभिन्न तरिकाले लेखाजोखा र कल्पना गरिएको छ। कतिपयले प्रकृतिले नया मुहार पाउने र हराउदै गएको मानवता, प्रकृति प्रेम, सद्भाव, स्वस्थ जीवनशैली, कृषि प्रतिको बढ्दो चासो जस्ता कुराहरूमा व्यापक सुधार आउनेमा आशावादी छन भने अर्को ठूलो हुलले भने कोरोना पछिको डरलाग्दो स्थितिको कल्पना गरेको छ। चाइनाको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस (कोभिड-१९) पहिलो पटक २०१९ डिसेम्बर ३१ मा पहिचान गरिएको थियो। विश्वब्यापी हवाई यातायात संजाल, सीमा वारपार र पर्यटकको आवतजावतले गर्दा छोटो समयमै यो भाइरसले विश्वका अधिकांश देशहरुमा फैलिन सफल भयो। दिन दुई गुणा रात चार गुणा भनेझै दैनिक हजारौं संक्रमण देखिन थाल्यो र कोभिड-१९ ले शताब्दीकै कहालीलाग्दो महामारीको रुप लियो। मानव नियन्त्रणभन्दा बाहिर गएपछि कोभिड-१९ लाई विश्व स्वास्थ्य संगठनले २०७६ फाल्गुन २८ गते विश्वब्यापी महामारीको घोषणा गर्यो। यो लेख तयार पार्दा सम्म २१० देशमा कोरोनाको संक्रमण फैलिएको छ भने संक्रमितको संख्या २२ लाखले नाघेको छ जसमध्ये ५ लाख भन्दा बढी उपचार पछि निको भैसकेका छ्न। एक लाख पचास हजार भन्दा धेरैले ज्यान गुमाइसकेको अवस्था छ। विश्व अहिले एक ठाउँमा अडिएको छ। कोरोना भाइरसको संक्रमण कम गर्नको निमित्त अधिकांश देशहरुले `लकडाउन´ गरेका छन। देशका नागरिकहरुलाई हिडडुल गर्न प्रतिबन्ध लगाइएको छ। विद्यालय, कलकारखानाहरु ठप्प छ्न। सिनेमा घर, मठ मन्दिर, खेल मैदान, बगैंचाहरु सबै शान्त छ्न। लाखौं मजदूरहरु काम बिहिन भएका छ्न। दिनानु दिन बेरोजगारको संख्या बढिरहेको छ। अमेरिका जस्तो आफूलाई शक्तिसम्पन्न मान्ने देश पनि अहिले कोभिड-१९ को महामारीले हल न चलको अवस्थासंग गुज्रिनुका साथै लाखौं संख्यामा बेरोजगारका आवेदनहरु भरिएको समाचार आएका छ्न। स्वास्थ्य सेवामा अब्बल मानिएका यूरोपेली मुलुकहरु, अमेरिका, बेलायत आदि जस्ता समृद्ध राष्ट्रहरु पनि कोरोना भाइरसको अगाडि निरिह भएर टुलुटुलु हेर्न बाध्य भएका छन् । लेखक यस्तै नेपालमा पनि कोरोना भाइरसको उस्तै प्रभाव परेको छ। २०७७ बैशाख ६ गतेसम्म नेपालमा ३० जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ जसमध्ये १ जना उपचार पछि निको भएका छ्न। कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या भने नेपालमा शून्य रहेको छ। यसको नियन्त्रणका लागि सरकारले चैत्र १० गतेदेखि देशलाई `लकडाउन´ गरेको छ। विद्यार्थी, मजदूर र गरिव निमूखा जनताहरु सबैभन्दा धेरै चपेटामा परेका छ्न। १९८० मा बादरबाट एचआईभीएड्स र २००४ मा चराबाट फैलिएको एभियन फ्लूले मानव स्वास्थ्य माथी संकट पैदा गर्यो। यस्तै सन् २००९ मा सुगुरबाट स्वाइन फ्लू भित्रिनुका साथै चमेरोबाट सार्स र इबोला भित्रियो। यसरि समयक्रममा मानव सभ्यतामाथी प्राण घातक भाइरस र यिनिहरुले निम्त्याउने रोगका कारण कैयौं पटक स्वास्थ्य संकटहरुले बिश्वलाई आक्रान्त पार्दै आएको तथ्यहरु छ्न। यद्यपि पहिलेका भाइरसहरुले मानिसमा पारेको संक्रमण र मृत्युदर हेर्ने हो भने कोरोना भाइरसको सवालमा यो अनुपात निकै कम देखिन्छ।बेइजिङबाट सुरु भएको सार्सका कारण नोभेम्बर २००२ देखि २००३ सम्म बिश्वभरिबाट ७७४ जनाको मृत्यु भएको थियो जसको मृत्युदर संक्रमित संख्याको ९.६ प्रतिशत हो। यस्तै मर्सका कारण २०१२ मा २४९४ जना संक्रमित भएका थिए भने ८५८ जनाको मृत्यु भएको थियो जसको मृत्युदर ३४.४ प्रतिशत हुन आउँछ। स्वासप्रस्वास सम्बन्धि यो रोग (कोभिड-१९) कोरोना भाइरसका कारणले लाग्ने गर्दछ। हाछ्यु गर्दा वा खोक्दा यो भाइरस सजिलै संक्रमित ब्यक्तिबाट स्वस्थ ब्यक्तिमा सर्ने गर्दछ। यो भाइरसले नाक, मुख , आँखाबाट छिरेर स्वासप्रस्वासमा असर गर्दछ। सुख्खा रुघाखोकी, स्वासप्रस्वासमा समस्या, उच्च ज्वरो यसका प्रमुख लक्षणहरु हुन। त्यसकारण एक अर्का बीचमा सामाजिक दूरी कायम गर्नु नै यो भाइरसको संक्रमणबाट बच्ने ब्रह्मास्त्र हो। विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणबाट बच्नका निम्न सल्लाहहरु दिएको छ । -एक व्यक्तिदेखि अर्को व्यक्तिसम्म कम्तिमा ३ फुटको दुरी कायम गर्ने -खोक्दा वा हाछ्यु गर्दा टिसु पेपर अथवा कुइनोले नाक, मुख छोप्ने -मास्कको प्रयोग गर्ने -साबुन पानीले बारम्बार हात धुने -भिडभाडमा नजाने -संक्रमित व्यक्तिको नजिक जानुपर्ने अवस्थामा डब्लुएचओको मापदण्ड पूरा गरेका स्वास्थ उपकरणहरु प्रयोग गरेर मात्र जाने -अफवाहको पछि नलाग्ने -कोभिड-१९ सँग मिल्दाजुल्दा लक्षण देखिएमा स्वास्थ परामर्श र डब्लुएचओको सल्लाह पालना गर्दै नजिकको स्वास्थ चौकी अथवा अस्पतालमा सम्पर्क गर्ने समय समयमा देखापर्ने प्राकृतिक विपत्तिहरु नौलो कुरा हुँदै होइनन्। संसारले थुप्रै संकटहरु झेल्दै आएको र ती सबैको सावधानी पूर्वक लडेर जितेका थुप्रै उदाहरणहरु पढ्न र सुन्न पाइन्छ। हाम्रो पुस्ताले स्वाइन फ्लू , इबोला जस्ता महामारीहरु त झन नजिकैबाट सुन्न र देख्न पनि पायो। यसका अतिरिक्त भूइचालो, बाढी पहिरो जस्ता प्राकृतिक विपद् माथि त संयमित ढंगले सहजै समाधान गरेका अनुभवहरु हामीसँग थुप्रै छ्न। त्यसैले मानव जगतमा आइपरेको कोभिड-१९ संकट नयाँ हो तर नौलो र आश्चर्यको विषय भने पक्कै होइन। त्यसैले यस महामारीबाट बच्न संयमता र सावधानी भन्दा अरु कुनै विकल्प छैन। नाफा र स्वार्थको मानसिकताले उत्पादनलाई नै विषालु बनाईदिन्छ जसको प्रत्यक्ष असर मान्छेको रोग प्रतिरोधात्मक क्षमतामा पर्न जान्छ र यस्ता रोगहरु लाग्न सक्ने सम्भावना उच्च हुन्छ। तसर्थ कोरोना महामारी पछि पक्कै पनि यस्ता विषयहरुमा ठूलो वहस हुनेछ। भाइरसलाई छिटोभन्दा छिटो नियन्त्रण गर्दै यसमा विजय पाउन सक्नु नै विश्व समुदायका लागि अहिलेको प्रमुख चुनौति बनेको छ। दोस्रो विश्वयुद्ध पछि संभवत सबै भन्दा ठूलो संकट मानव जगतमा पर्न जाने कुरा विज्ञहरुले औल्याउँदै आएका छ्न। त्यो संकट आर्थिक, सामाजिक र स्वास्थ क्षेत्रमा बढी हुने छ। चाइना, अमेरिका, कोरिया, यूरोपियन यूनियन, जापान जस्ता राष्ट्रहरु सबै भन्दा बढी प्रभावित हुन सक्ने अर्थतन्त्र हुन्। यस्ता मुलुकहरुको अर्थतन्त्रमा ठूलो ह्रास आउन सक्ने अनुमान गर्न सकिन्छ। युएनसिटिएडीद्वारा गरिएको विश्लेषण अनुरुप कोरोनाको सबैभन्दा बढी प्रभाव मेसिनरी, सञ्चार उपकरण, रबर, प्लास्टिक, कपडा लगायतका उत्पादनमा परेको छ जसले गर्दा यस्ता बस्तुहरुको उत्पादन गर्ने राष्ट्रहरुको अर्थतन्त्र खस्किनुमा कुनै अचम्म हुने छैन। नेपालको अर्थतन्त्रमा कोरोनाको प्रभाव झनै डरलाग्दो हुनेछ। खर्चको आवश्यकता बढ्नु र राजस्वको क्षेत्र कमजोर हुनुले झन्डै दुई खर्ब रुपैयाँको नोक्सान हुनसक्ने नेपाली अर्थविदहरुले अनुमान गरेका छ्न। नेपालको अर्थतन्त्रको ठूलो हिस्सा रेमिट्यान्सले थेगेको छ। पर्यटन र कृषि क्षेत्रको पनि राम्रै योगदान रहेको छ। ५० लाख भन्दा धेरै नेपाली युवा खाडी लगायत अन्य मुलुकमा काम गर्दै आएका छ्न। बढ्दो महामारीका कारण खाडी लगायत अन्य मुलुकहरुले विदेशी कामदारहरुलाई रोजगार दिन नसक्ने स्थिति देखा पर्दै गएको विवरण सार्वजनिक भएका छ्न। जसको प्रत्यक्ष असर लाखौं नेपाली श्रमजीवी वर्गमा पर्ने छ जो अर्काको मुलुकमा रोजिरोटीको निमित्त खटिएका छ्न। यसले रेमिट्यान्समा ठूलो ह्रास ल्याउनुका साथै अर्थतन्त्रलाई केहि समय अपांग बनाउन सक्ने छ। पर्यटन व्यावसाय लगभग शुन्य छ। करोडौं लगानीका यस्ता व्यावसाय शुन्यमा आउनुले अर्थतन्त्रमा प्रभाव पार्ने कुरामा कुनै सङ्का नै छैन। अझ नेपाल जस्तो पर्यटकीय मुलुकमा यस्को प्रभाव दीर्घकालीन नै हुन जान्छ। अर्कोतिर समयमा बिउ, रासायनिक मल, कृषि उपकरण नपाउने अवस्था सिर्जना हुने छ जसले गर्दा केही समय कृषि क्षेत्र पनि प्रभावित हुनेछ। सरकारले उचित कदम चाल्न सकेको खण्डमा भने कोरोना पछिको सुनौलो भविष्यको नक्सा कोर्न सकिन्छ। ५० लाख भन्दा बढी युवालाई साच्चिकै कृषि क्षेत्रमा लगाउन सकियो भने मात्र पनि हरेक नेपालीले भन्ने गरेको कृषि क्रान्ति सम्भब हुनेछ। गाउँघरतिरका खाली जमिनहरु फेरि हराभरा हुनेछ्न। पर्यटन क्षेत्रले बिस्तारै गति लिनेछ। विकासले फड्को मार्नेछ। यो नै कोरोना भाइरस महामारीबाट नेपाल ले सिक्नै पर्ने पाठ हो र सन्देश पनि। सबै कुराहरू सोचेको जस्तो सहज भने पक्कै हुने छैनन तर सबैको ऐक्यबद्धता र सरकारको उचित कदमले भने पक्कै हामी फड्को मार्न सक्नेछौ। कृषि र पर्यटन व्यवसायमा आजको भोलि पक्कै पनि परिवर्तन हुने छैन तर यिनै दुइ वटा क्षेत्रलाई मात्र महामारी पछिको विकल्प मान्नेहो र हाम्रो इच्छाशक्ति अब्बल हुने हो भने केहि वर्षमा नै मुलुक कायापलट हुनेमा द्विविधा हुने छैन। यसका लागि अन्य देशमा श्रम गरिरहेका युवाहरूलाई ग्यारेन्टीका साथ स्वदेशमै रोकिन सक्ने वातावरण दिलाउन सक्नुपर्छ। कृषि क्षेत्रमा लाग्नेहरुको लागि अनुदानको व्यवस्था गरिनुपर्छ। कृषिजन्य उत्पादनको बजारीकरणको निमित्त सहि मूल्य सहित सरकारले नै ग्यारेन्टी लिनुपर्छ। भण्डारण एवं प्रशोधनको पनि उत्तिकै महत्व दिनुका साथै कृषि बिमाको पनि व्यवस्था मिलाइनुपर्छ। मध्यस्थकर्ताहरुलाई निरुत्साहित गर्नु पर्छ। यति गर्न सकियो भने अवश्य पनि हामी कोरोना पछिको उज्यालो भविष्य देख्नेछौ। पश्चिमा सभ्यता र संस्कृतिको चरम सिको गर्दै आएको विश्व समुदायले अब एकपटक पूर्वीया संस्कृति र सभ्यता माथी आँखा अवश्य लगाउने छ। हात मिलाउनु भन्दा टाढैबाट नमस्कार गर्नुमा धेरै सहज महसुस गर्नेछ भने हाम्रा संस्कृति, सभ्यता र मूल्य मान्यताले पालो पाउनेछ्न र झन युगौ युग बाचिरहने छ्न। ठूला ठूला आणविक हतियारमा खर्बौ डलर खर्च गर्न सक्ने र विश्वलाई क्षणभरमै खरानी बनाउन सक्ने भनेर घमण्ड गर्ने मुलुकहरूका लागि भेन्टिलेटर जस्ता स्वास्थ्य उपकरण एउटा मामुली कुरा हुनुपर्ने हो तर यसकै अभाव देखियो। आफ्नो देशका नागरिकको जीवन रक्षाका लागि पूर्व तयारी नहुने देशले यस्ता घमण्ड गर्नु लज्जास्पद विषय हो। यस्ता मुलुकहरुलाई भने कोरोना महामारीले गतिलो नै पाठ सिकाएको छ। अत कुनै पनि राष्ट्रले आफ्नो सम्पन्नताको घमण्ड गर्न नहुने कुराको पुष्टि गरेको छ। कोभिड-१९ लाई मानिसको चरम उपभोगवादी चरित्रले निम्त्याएको महामारी पनि भन्न सकिन्छ। आफ्नो नाफाको निमित्त मानव जातिले प्राकृतिक स्रोत र साधनको दोहन गरेको छ। प्रदूषणको कुनै लेखाजोखा नै छैन। मानव जातीलाई आफ्नो घाटा र नाफाको मात्र मतलब छ जसको प्रतिफलले अस्वस्थ उत्पादन दिन्छ। नाफा र स्वार्थको मानसिकताले उत्पादनलाई नै विषालु बनाईदिन्छ जसको प्रत्यक्ष असर मान्छेको रोग प्रतिरोधात्मक क्षमतामा पर्न जान्छ र यस्ता रोगहरु लाग्न सक्ने सम्भावना उच्च हुन्छ। तसर्थ कोरोना महामारी पछि पक्कै पनि यस्ता विषयहरुमा ठूलो वहस हुनेछ। अप्राकृतिक र विषाक्त उत्पादन लगायत चरम उपभोगवादी चरित्रको बिस्तारै अन्त्य हुनेछ। पश्चिमा सभ्यता र संस्कृतिको चरम सिको गर्दै आएको विश्व समुदायले अब एकपटक पूर्वीया संस्कृति र सभ्यता माथि आँखा अवश्य लगाउने छ। हात मिलाउनु भन्दा टाढैबाट नमस्कार गर्नुमा धेरै सहज महसुस गर्नेछ भने हाम्रा संस्कृति, सभ्यता र मूल्य मान्यताले पालो पाउनेछ्न र झन युगौ युग बाचिरहने छ्न। मानव सभ्यताले जतिसुकै फड्को मारेपनि प्रकृति माथिको जीत असम्भव कुरा हो। कोरोना महामारीका राम्रा र नराम्रा पक्षहरु केलाउने हो भने वातावरणमा पर्न गएको सुधार यसको सबैभन्दा राम्रो पक्ष हो। लकडाउनको स्थिति र बन्द उद्योग कलकारखानाले गर्दा प्रदुषण ठूलो मात्राले घटेको छ, पछिल्लो ३-४ दशक यताकै जलवायु परिवर्तनमा कमि आउनुका साथै कार्बन उत्सर्जनमा व्यापक कटौती आएको छ। सहरहरु स्वच्छ देखिन थालेका छ्न। बाटो, वन जगंलहरुमा जनावर र चराचुरुङ्गी स्वतन्त्र घुमेका तस्बिरहरु सार्वजनिक भएका छ्न। यी सबै कुराहरुबाट मानव सभ्यताले केही दशकयता प्रकृतिलाई पिंजडामा राख्न खोजेको रहेछ भन्ने कुरा बुझ्न सकिन्छ। त्यसैले अबका दिनहरुमा जलवायु परिवर्तन कुन कुन कारणले भैरहेको छ भन्ने कुरामा विश्व अझ धेरै सजग हुनेछ। भविष्यमा आउन सक्ने यस्ता प्राकृतिक बिपत्तिबाट बच्नको निमित्त धेरै देशहरु पूर्वतयारीमा जुट्नेछ्न। आणविक हतियार भन्दा पहिले स्वास्थ्य उपकरणको प्रयाप्त मात्रामा जोहो गरेर राख्नेछ्न। रोगहरु फैलिन नपाउदै बेलैमा सतर्कता अपनाउने छ्न भने कोरोना भाइरस फैलिदै गरेको सुरुवाती चरणमा अहिलेको जस्तो लापरबाही भने भविष्यमा पक्कै गर्ने छैनन। मौसमी फ्लूबाट पनि दैनिक ७९५ देखि १७८१ जनाको मृत्युहुने गरेको तथ्यांक पनि विभिन्न अध्ययनहरुले देखाउने गरेका छ्न। तसर्थ कोरोना भाइरस पनि मानिसहरुले सोचेजस्तो घातक र डरलाग्दो भाइरस नभएको कुरा बुझ्न सकिन्छ। यद्यपि यसबाट बच्न भने उच्च सतर्कता अपाउनु अनिवार्य छ। अन्त्यमा वोर्ल्डोमिटरका अनुसार मार्च ३ सम्म कोरोना भाइरसको संक्रमित जनसंख्या र यसबाट भएको मृत्युको अनुपात ३.४ प्रतिशत रहेको छ। यो लेख तयार पार्दा सम्म संक्रमित मध्ये ९६ प्रतिशतको अवस्था मध्यम रहेको र ४ प्रतिशत मात्र गम्भीर रहेको तथ्यांक पनि वोर्ल्डोमिटरले रेकर्ड गरेको छ। त्यस्तै मौसमी फ्लूबाट पनि दैनिक ७९५ देखि १७८१ जनाको मृत्युहुने गरेको तथ्यांक पनि विभिन्न अध्ययनहरुले देखाउने गरेका छ्न। तसर्थ कोरोना भाइरस पनि मानिसहरुले सोचेजस्तो घातक र डरलाग्दो भाइरस नभएको कुरा बुझ्न सकिन्छ। यद्यपि यसबाट बच्न भने उच्च सतर्कता अपाउनु अनिवार्य छ। अत: शोकलाई शक्तिमा परिवर्तन गर्न सक्नुनै शोक माथि विजय पाउनु हो । प्रकृतिका प्रत्येक पक्षमा सकारात्मक र नकारात्मक दुबै पक्षहरु उत्तिकै हुन्छ्न । कुनै पक्षमा सकारात्मक पक्ष डोमिनेण्ट (हावी) भइदिन्छ भने कुनै पक्षमा नकारात्मक पक्ष डोमिनेण्ट भएर देखापर्छ । फेरि कुनै कुरालाई उही पक्षमा उभाईराख्न अथवा डोमिनेण्ट पक्षलाई डोमिनेण्ट बनाइराख्न, रिसेसिभ पक्षलाई रिसेसिभ बनाइराख्न होस अथवा डोमिनेण्ट पक्षलाई रिसेसिभ र रिसेसिभ पक्षलाई डोमिनेण्ट बनाउन नै किन नहोस, वातावरणको उत्तिकै सशक्त भूमिका हुन्छ । यो प्रकृतिको शाश्वत नियम हो । प्रकृतिमाथि आइपर्ने जस्तो सुकै परिस्थितिको पनि वातावरण हामी हौ । किनभने हामी पनि प्रकृति हौ अथवा अंश हौ । जुनसुकै परिस्थितिको पनि कुन पक्षलाई हावी बनाउने भन्ने कुराको वातावरणीय भूमिका खेल्ने हामी नै हौ । त्यसैले परिस्थितिलाई परिवर्तन गर्न सक्ने पनि हामी नै हौ । कुनै बेला जेनेटिकली नकारात्मक पक्ष हावी भइदिन्छ, तर हाम्रो उचित वातावरणीय भूमिका भयो भने डोमिनेण्ट भएर जन्मिएको नकारात्मक पक्षलाई सजिलै निरुत्साहित गर्न सकिन्छ । भनौ, त्यसैको रिसेसिभ अथवा सकारात्मक पक्षलाई डोमिनेण्ट गराउन सकिन्छ जुन अहिलेको परिस्थितिमा अपरिहार्य कुरा हो। छ्त्रदेब ,६अर्घाखाँची [email protected]
२०४०
सन् २०४० मे १२ तारिकको दिन । राहुललाई निकै हतार छ । आफ्नो कृषि फार्ममा खेतालाहरू त्यसै पनि अल्छी देखेकाले राहुललाई कामदार नै फेर्ने मनसाय पनि छ । तर केही दिन ऊ व्यस्त हुने कुरा करिब दुई हप्ता अगाडि आएको मेलले भनिसकेको थियो । राहुलका अत्यन्तै मिलनसार साथीहरू आउँदैछन् । जमिर, बेन्जामिन र दिपेश चितवन एयरपोर्टमा ११ बजे ल्याण्ड हुने खबर दिपेशले बिहान सात बजे नै फोनमा बताएको थियो । बेन्जामिन अमेरिकाको साथी हो, जमिर अफ्रिकाको र दिपेश बुटवलको । सन् २०२० को कोरोना महामारीमा अमेरिकामा सँगै कृषि पढिरहेका यी चार दौँतरीले आँखै अगाडि मृत्युको पुल पार गरे । महिनौ दिनसम्म अपार्टमेन्टबाट बाहिर ननस्किेका यी दौँतरीले छिमेकमै कोरोनोले मृत्युवरण गरेको मानिसको अनुहार पनि देखेका थिए । बेन्जामिन र जमिरलाई कोरोनाको महामारीमा गुन्द्रुकको स्वादसँग प्रेम बस्यो । राहुलसँग मेल वा भिडियो कलमा प्राय बेन्जामिन र जमिरले गुन्द्रुकको बारे सोधिरहन्थे । उनीहरू नै आउँदैछन् भनेर राहुलले अलिबढी गुन्द्रुक भान्सामा श्रीमती रितुलाई जोहो गर्न लगाएको थियो । यो जमात लगभग बीस वर्षपछि फेरि भेट्दै थियो । राहुल र दिपेशको भने कृषि मन्त्रालयमा कहिलेकाहीँ भेट नभएको पनि होइन । तर बेन्जामिन र जमिरलाई भने राहुल र दिपेशले स्वदेश फर्केपछि भेटेका थिएनन् । नेपालबाट दिपेश र राहुल कृषि विषयमा उच्चशिक्षा हाँसिल गर्न अमेरिका पुगेका थिए । जमिर पनि अफ्रिकाबाट कृषि विषयमा नै उच्चशिक्षा हाँसिल गर्न अमेरिका आएको थियो । बेन्जामिन भने अर्कै सहरको भए पनि अमेरिकाकै रैथाने थियो । यी चार जनाको भेट युनिभर्सिटी अफ फ्लोरिडामा सन् २०१८ मा भएको थियो । पढाइमा अब्बल राहुलले पहिलो वर्ष नै युनिभर्सिटी टप गर्यो । दिपेश त यसै पनि नेपालको थियो, राहुलको नजिक पर्न उसलाई कुनै आइतबार पर्खनु परेन । बेन्जामिन र जमिर भने बिस्तारै राहुलको नजिक भए र यी चार जनाको दोस्ती कक्षाकोठामा मात्र सीमित भएन । एउटै अर्पाटमेन्ट सेयर गरेर बस्ने थाले । सँगै बस्न थालेपछि, यिनीहरूले पढाइको मात्र कुरा गरेनन् । पाठसँगै परिवारको, देशको, राजनीतिको, साहित्यको र कलेजमा आएका जमर्नीका दुई केटीहरूको पनि कुरा हुन थाल्यो । लेखक भलै उनीहरू कृषिका विद्यार्थी भए पनि रुची भने अनेक कुरामा थिए । अमेरिकाको अबको चुनाव कस्तो हुन्छ ? अफ्रिका अधिकांश देश आफैँ किन विकसित हुन सकेन ? चीनले कस्ता कस्ता कुरामा आफ्नो लगानी गर्दैछ ? आदि इत्यादि । जमिर लिबियामा आफ्नै कलेज खोल्ने , बेन्जामिन डिग्री मात्र लिने त्यसपछि विश्वभ्रमणमा निस्कने, राहुल र दिपेश भने अमेरिकामै सेटल हुने नेपाल नफर्कने सोचमा थिए । तर सँगै बस्दा सँगै खाँदा कुराकुरामा यी चारजना एक भए । चारैजनाले आफ्नो पढाइ सक्काएपछि अमेरिकामा नै एक विशाल कृषि फार्म खोल्ने योजना बनाए । बेन्जामिनको जग्गा प्रशस्त भएकाले उनीहरूलाई जग्गाको कुनै तनाव भएन । लगानीको कुरा बेन्जामिन त्यहीँको रैथाने भएकाले उसैले मिलाउने भयो । तर जमिर भने एक टाइम त कलेज पढाउने नै भनेर ढिट कसेर बसेको थियो । साथीकै नाताले अन्य तीनले उसलाई कलेज पढाउन छुट दिने पनि भएका थिए । कोठाभित्र आ–आफ्नो योजना बनाउँदै यिनीहरूले आफ्नो पढाइमा दिलोज्यान लगाएर मिहेनत गर्दै थिए । बेन्जामिनले आफ्नो बा आमासँग फार्मको कुरा गरिसकेको थियो । विश्व भ्रमणमा जान्छु भन्ने छोरो देशमै बस्छु भनेको सुन्दा बा आमा पनि खुसी नै थिए । कुरासँगै धेरै कुरा बितेर गए । पचास वर्षभन्दा लामो सयम महामारी नभोगेको विश्वले पुनः अर्को महामारी आउने संकेत सामाजिक सञ्जालमा सुरु भएको थियो । एड्स, स्वाइनफ्लु, इबोलाजस्ता महामारीमा अहिलेको जस्तो अत्याधुनिक समय थिएन । स्वास्थ्य क्षेत्रमा विश्व पछाडि नै थियो । तर अहिले यो अवस्था त्यस्तो छैन । विश्व चनाखो भएर बसेको छ भन्ने सोचले चारजना मध्ये कोही पनि घर नफर्कने निर्णयमा पुगे । केही दिनमा समय स्वस्थ्य भएपछि आफन्त भेट्न जाने योजना बनाएर आउँदै गरेको परीक्षाको लागि यी चारजना तयारीमा जुटे । चाइनाको वुहानबाट सुरु भएको कोभिड – १९ ले विश्वमा नै आक्रमण गर्यो । घरबाट लगातार फोन आउन थालेपछि राहुल र दिपेशले एयरलाइन्स कम्पनीलाई फोन गरे । एयरलाइन्सले सम्पूर्ण विमान सेवा बन्द भइसकेको र नेपालमा लकडाउन सुरु भएकाले नेपाल जाने विमान नपाइने कुरा बतायो । जमिरको लागि पनि विमान बन्द भएको थियो । बेन्जामिन गाडीमा जान सक्थ्यो तर उसले साथी नछाड्ने निणर्य गर्यो र घरमा फोन गरेर म सुरक्षित छु । म यतै बसेँ भन्ने जानकारी दियो । यी चारजनाको आँखा किताबमा भन्दा धेरै टिभी र इन्टरनेटमा बढी हुन थाल्यो । उनीहरूले सोचेको भन्दा धेरै नै फरक अवस्थामा विश्व गुज्रिरहेको थियो । वुहानमा मृत्यु हुने संख्या दिनमा दुइ गुणा र रातमा चारगुणाको हिसाबले बढिरहेको थियो । उनीहरूले स्वास्थ्य अवस्था संसारका धनाड्य देशमा मजबुद छ भनेको कुरा दिनानु दिन मान्छेको मृत्यु बढेको खबरले ती कुरा फेल भइसकेको बताइरहेको थियो । जमिरकी आमाले लगातार फोन गरे तापनि जान सक्ने अवस्था थिएन । अमेरिकामा कतै लकडाउन नभए पनि बाहिरका देश स्थीर भएर बसेका थिए । यो कुरा बुझाउन जमिरलाई लगभग चार दिन लागेको थियो । चीनको वुहान भर्खर तङ्ग्रिन लागेको थियो । कोभिड – १९ ले फेरि युरोपमा हमला बोल्यो । युरोपलाई कोरोनाको महामारीले हेर्दाहेर्दै तहस नहस बनाएको थियो । युरोपका केही देशले घुडा नै टेक्ने अवस्था आएको थियो । इटालीले केही दिनमा नै आफ्ना हजारौँ जनतालाई गुमाएको थियो । यो देखेपछि अन्य देशले सर्तकता अपनाएका थिए । तर संसारले युरोप शिक्षित छ, त्यहाँका जनता सभ्य छन् भनेर चिनिरहेको बेला त्यो महामारीमा युरोपले अरुले सोचेको कुरा पालन गर्न सकिरहेको थिएन । इटालीमा कयौँ मान्छेको मृत्यु भएपछि त्यहाँका मान्छेले सडकभर पैसा फ्यालेर “ धन केही होइन, बाँच्नु नै ठूलो कुरा रहेछ” भन्ने कुराको प्रमाण दिइसकेका थिए । चाइनाको दृश्य महामारीले बिस्तारै अमेरिकाको यात्रा तय गरिरहेको थियो । सबै त्रासमा थिए । बेन्जामिनका बा आमाले सबै यतै आउनु भनेर खबर पठाए पनि बाहिर निस्कने अवस्थामा अमेरिका थिएन । उनीहरू सबै अर्पाटमेन्टमा नै बस्ने निर्णयमा थिए । अमेरिकाका तत्कालिन शासकले आफ्नो देशको अर्थतन्त्रलाई असर गर्छ र अन्य शक्तिशाली देश आफूभन्दा माथि जाने डरले आफ्नो देशको जनतालाई बेवस्ता गर्दै लकडाउन नै नगरी बसेको अधिकांश देश र त्यहाँका बासिन्दाले आशंका गरेका थिए । लकडाउनलाई बेवस्ता गरेको नतिजा युरोपले भोगिरहेको थियो भने अमेरिका लकडाउन नै नगर्ने पक्षमा थियो । महामारीको समयमा धेरैभन्दा धेरै विज्ञले सूत्रको अनुसारभन्दै चीनलाई आफैँले विश्वमा शक्तिशाली बन्ने होडमा जैविक हतियार बनाएको हो भन्ने पनि आरोप लगाएका थिए । यी सबै कुराहरू राहुल, दिपेश, बेन्जामिन र जमिरले इन्टरनेटकै माध्यमबाट थाहा पाएका थिए । उनीहरू पनि खास कुरा के हो भन्ने पक्षमा वकालत गर्न असक्षम भएका थिए । विश्व त्यतिबेला डरको हावामा बाँचिरहेको थियो । श्वास लिए पनि बाँच्न नसक्ने अवस्थामा कति देश थियो । त्यसमा मुख्य अमेरिका नै रहेको थियो । यहाँ मृत्यु हुनेको संख्या हजारौँ पुगिसकेको थियो । दक्षिण काेरियाकाे एक दृष्य कोरोनाको महामारी ताका आफ्ना जनताभन्दा आफ्नो अर्थतन्त्रमा बढी ध्यान दिएको कुरा राहुलले मनमनै गुनेको थियो । “ यस्तो देशमा त कसरी बस्नु ?” भनेर उसले दिपेशलाई बताएको थियो । महामारी सकिएपछि नेपाल ने फर्कने कुरा उनीहरूले नेपाली भाषामा सबैको अगाडि भनेका थिए । नेपाली बुझ्ने राहुल र दिपेश मात्र भएकाले यिनीहरू के भन्दैछन भनेर बेन्जामिन र जमिरलाई केही थाहा थिएन तर पनि उनीहरू हासिँदिए । विश्व त्यतिबेला पुनः बामे सर्न थालिसकेको थियो । मान्छेहरू घरबाट निस्कन थालिसेकेका थिए । पंछीहरू मान्छेको आगमन भएपछि फेरि जङ्गल पस्न थालिसकेका थिए । सडकमा निस्केका जनवारहरू गाडीको चर्को हर्नले आफ्नो पुरानै बसोबासमा फर्कने तयारीमा थिए । विश्व फेरि पुरानै हुने अवस्थामा थियो । केही महिना अगाडि प्रति मिनेट ५ जनाको दरले मान्छे कोरोनाकै कारणले मर्दै थिए भने त्यो अनुपात घटेर प्रतिदिन २/३ मा आइसकेको थियो । विदेश बसेका प्राय सबै आफ्नो देश फर्कने योजनामा थिए र कति गइसकेका थिए । चार जनाले बनाएको योजनामा बेन्जामिन मात्र रहने भयो । तर म एक्लै गर्छु भन्ने आँटका साथ ऊ तयार भएको थियो । जमिर पनि लिबिया फर्कने पक्कापक्की भइसकेको थियो । दिपेश र राहुलले अमेरिकामा नै हुँदा नेपाल सरकारले खुलाएको कृषि स्वरोजगार कार्यक्रममा अनलाई फारम भरिसकेका थिए । राहुललाई अब नेपाल बद्लिएको कुरामा विश्वास भइसकेको थियो । दिपेश भने नेपालमा गएर कृषि त गर्ने तर के गर्ने भन्नेकुरामा नै अन्योलमा थियो । जे होला भन्ने आँटले नै उनीहरूले सामान प्याक गरे । जमिरको फ्लाइट राहुल र दिपेशको भन्दा तीन दिन पछाडि थियो । बेन्जामिन भने सबैलाई पठाएर मात्र आफ्नो स्टेट जाने भनेर बसेको थियो । उनीहरूले अघिल्लो रात आफ्ना पुराना दिन सम्झेर कटाउने भए । बेन्जामिन र जमिरले जर्मनीकी एन्जिला र मेरीलाई मेल पठाए । जुन मेलमा उनीहरूले आफ्नो प्रेम पोखेका थिए । राहुल र दिपेशलाई छाड्न बेन्जामिन र जमिर विमानस्थलसम्म आए । करिब तीनवर्षको मित्रता त्यसै सकिँदैन हामी फेरि भेट्छौँ भनेर राहुल र दिपेश नेपालका लागि उडे । बेन्जामिन र जमिरले आकाशमा कालो बादलले नछेकुञ्जृल विमान हेरिरहे । उनीहरू कुन विमान उडेका हुन भन्ने बेन्जामिन र जमिरलाई थाहा थिएन तर हेरिरहे । जमिर लिबिया फर्केपछि कलेज खोलेर बस्ने पक्षमा थियो । ऊ पनि आफ्नो सपनालाई पछ्याउँदै लिबिया रवाना भयो । बेन्जामिन गाई फार्मको लागि गाई खोज्न न्युजिल्याण्ड गयो । राहुल र दिपेशको भने कुरा भइरहन्थ्यो । के गर्दैछौ ? कसो गर्दैछौ ? कहाँसम्म पुग्यो योजना भन्नेकुरामा उनीहरू विषेश छलफल गरिरहन्थे । म्हामारी पछि देशमा आएको राजनैतिक परिवर्तनमा सारा देश खुसी थियो । सरकारी कामभन्दा ज्वरो आउने समय थिएन । मान्छेहरू आफ्नो देशलाई यति छिटै परिवर्तन भएकोमा गर्व गर्दथे । इटालीकाे एक दृष्य विश्वमा भएको परिवर्तन पनि हेर्न लायकको थियो । आणविक हतियारसँग डराउने दुनियाँ महामारी पछि जैविक हमला पनि हुनसक्छ भन्नेकुरा विश्व सर्तक थियो । स्वास्थ्यलाई विश्वले हेर्ने नजर कयौँ नजिक नबाएर राख्ने क्रम सुरु भएको थियो । यसका लागि युरोपले विशेष कदमहरू चालिरहेको थियो भने अमेरिकामा जनताले सरकारसँग गुमाएको विश्वासलाई पुन फर्काउन धेरै प्रयत्न गरिरहेको थियो । कोरोना पछि नेपालमा राजनैतिक अवस्थामा आएको परिवर्तनले विश्वलाई लोभ्याइरहेको थियो । महामारीमा उमेर ढल्केको सरकारले नेतृत्व गरेको खण्डमा सरकार धेरै ठाउँमा चुकेको उदाहरण प्रशस्त थियो । त्यसैले आफ्नो सत्ता युवा वर्गलाई दिएर तत्कालिन नेतृत्व गरिरहेका नेताहरू युवालाई सल्लाह दिइरहेका थिए । सत्ता युवाको हातमा परेपछि रोकिएका विकासको काम तीव्र गतिमा बढिरहेको भान हुन्थ्यो । महामारीपछि विभिन्न देशबाट फर्केका नेपालीहरू आफ्नै व्यवसायमा सक्रिय भएर लागेका थिए । भ्रष्टचार न्यूनमा झरिसकेको थियो । भारतले नेपाली बजार धानिरहेको समय कुनैबेला मात्र थियो भन्ने अवस्थामा नेपाल पुगिसेकेको थियो । नेपालमा उत्पादन भएका बस्तु जमर्नी, बेलायत, अमेरिका, फ्रान्सजस्ता ठाउँमा दैनिक रूपमा निर्यात हुन थालेको थियो । राहुलले करिब आठ बिघामा अङ्गुर खेती गरेको थियो । रसियाका वाइन कम्पनीसँग उसको सम्झौता भएपछि उसलाई बजारको कुनै आपत्ति भएको थिएन । राहुलले उत्पादन गरेको अङ्गुर रसिया जान्थ्यो । त्यसबाट राहुलको आम्दानी दैनिकजसो बढिरहेको थियो । कामदारको संख्या धेरै नै थियो । यता दिपेश भने तरकारी खेतीमा व्यस्त थियो । उसको तरकारी खेतीले प्रदेश नं ४ र ५ मा तरकारी खपत गर्न सक्ने ल्याकत राखेको थियो । बेन्जामिनले आफ्नै डेरी खोलेको थियो । जुन डेरी अमेरिका नै नम्बर वान बनेको थियो । जमिरले भने लिबिया तीनवटा कृषि कलेज खोलिसकेको थियो । महामारीले विश्वको अर्थतन्त्रमा दिएको धक्काले कल्पनै गर्न नसक्ने क्षति पुर्याएको थियो र बिस्तारै त्यो अर्थतन्त्र उठिरहेको थियो । कारण युवा नै थिए । विश्वमा युवा पुनः जागरुक भएर उठेका थिए । मानिसहरू एक कुनाबाट अर्को कुनामा बिस्तारै घुम्न थालिसकेका थिए । नेपालमा तीन ठूला संस्कृत विश्वविद्यालय स्थापना भएको थियो । त्यहाँ पढ्न विश्वभरबाट विद्यार्थी आउने क्रम जारी थियो । नेपाली भिषाको लागि सामान्य नेपाली भाषाको ज्ञान अनिवार्य बनाएपछि प्रत्येक देशमा नेपाली राजदूतावासले नेपाली भाषाको कक्षा सुरु गरेका थिए । कोरोनापछि मान्छेले प्रकृतिलाई प्रेम गर्न थालेका थिए । प्रकृतिले सृजना पनि गर्छ र विनाश पनि गर्छ भन्नेकुरा पाठ कोरोनाले सिकाएको थियो । र मान्छेहरू थोरै कुरामा खुसी हुन सिकेका थिए । संसार खुसी बन्न सिक्दै थियो । संसारभर प्रदुषण कम भएर जाँदै थियो । अगाडि ट्राफिक लाइट बलेपछि राहुलले आफ्नो गाडी रोक्यो । अमेरिका छाडेपछि धेरैकुरा सम्झदै आइरहेको राहुललाई लाइटले भङ्ग गरायो । ११ बजिसकेको थियो । दिपेशले लगातार फोन गर्दै थियो । राहुलले गाडी पार्क गर्यो । जमिर त्यसै त कालो झन कालो भएछ । बेन्जामिनको पेट लागेछ, कपाल फुल्न सुरु गरेछ । तीन जनामात्र आउने भनेका थिए तर राहुललाई पर्खने त्यहाँ अन्य तीन पनि थिए । सबैले आफ्ना श्रीमती पनि ल्याएका थिए । महामारीमा सँगै बाँचेकाहरूको फेरि मिलन भएको थियो । सबै पहिला घरभन्दा पनि अङ्गुर खेती हेर्न जाने भए र उतै लागे । झापा, हालः काठमाडौँ [email protected]
विचलित हैन, धैर्यवान बनौँ
कोरोना माहामारीको विश्वब्यापी अवस्था हाल विश्वमा माहामारीको रुप लिई फैलिरहेको कोभिड–१९ अर्थात कोरोना भाइरस सर्वप्रथम चीनको वुहानमा सन् २०१९ को डिसेम्बरको अन्तिमतिर देखा परेको थियो । सुरुवाती दिनहरुमा यस भाइरसले आफ्नो उद्य्गम स्थल वरपर नै ज्यादा संक्रमण गर्यो र चीनलाई नै आक्रान्त बनायो । तर यस माहामारी भाइरसको प्रभाव त्यतिमा मात्र सिमित रहेन । यस कोरोना भाइरसले द्रुत गतिमा विश्वब्यापी यात्रा प्रारम्भ गरि युरोप र अमेरिकामा मुख्य अखडा जमाउँदै याे लेख तयार गर्दै गर्दा विश्वका दुई सय भन्दा बढि मुलुकका बाईस लाख भन्दा बढि मानिसहरुलाई संक्रमित गरेको छ । साथै एक लाख पचास हजार भन्दा बढि मानिसहरुको ज्यान गईसकेको छ । वल्र्डमिटर्स डट इन्फोकाे तथ्यांकअनुसार कोरोना भाइरसबाट हालसम्म अमेरिकामा मात्र सात लाख भन्दा बढि संक्रमित भई लगभग चालिस हजार ब्यक्तिको मृत्यु भैसकेको छ । त्यस्तै प्रमुख युरोपेली मुलुकहरु स्पेन, इटाली, फ्रान्स, जर्मनी, बेलायतमा मात्र आठ लाख भन्दा बढिको संख्यामा मानिसहरु कोरोना भाइरसबाट संक्रमित छन् । यी देशहरुमा मात्र असी हजारभन्दा बढि ब्यक्तिले ज्यान गुमाईसकेका छन् । त्यसो त यस भाइरसको संक्रमण भएर पुनः स्वस्थ हुनेको संख्या पनि उल्लेख्य रहेको छ । पछिल्लो तथ्यांक अनुसार कुल सात लाख पन्ध्र हजार संक्रमित मध्ये पाँच लाख पैँसठ्ठी हजार स्वस्थ भएको र एक लाख पचास हजारको मृत्यु भएको पाइएको छ । यसर्थ २१ प्रतिशत ब्यक्तिको मृत्यु हुँदा ७९ प्रतिशत मानिसलाई निको भएको तथ्यांकले देखाएको छ । अतः कोरोना भाइरसको संक्रमण हुँदैमा ज्यान नै जान्छ भनि आत्तिहाल्नु पर्दैन । तथापि बृद्धबृद्धाहरु, मुटुरोगीहरु, मधुमेह, क्यान्सर तथा दिर्घकालिन स्वासप्रश्वासका रोगीलाई यस भाइरस बढि जोखिम रहेको तंथ्याकले देखाएको छ । नेपालको अवस्था विश्वब्यापी माहामारीका रुपमा लिइएको कोरोना भाइरसबाट नेपाल पनि अछुतो रहन सकेन । नेपालमा सर्वप्रथम २०७६ माघ १० गते काठमाडौँमा एक ब्यक्तिमा कोरोना संक्रमण देखिएको थियो, जो उपचारपछि स्वस्थ भई घर फर्किसकेका छन् । त्यस्तै दोश्रो संक्रमण २०७६ चैत्र १० मा देखिएको थियो । पछिल्लो समयमा मिति २०७७ बैशाख ५ मा उदयपुर जिल्लाको एक मस्जिदमा १२ जना र चितवनमा २ जना गरि एकसाथ १४ जनामा संक्रमण देखिएको छ । यसपछि जम्मा ३० जना नेपालीमा संक्रमण पुष्टी भएकोेमा २ जना निको भै सकेको र १४ जनाको अवस्था सामान्य रहेको र नयाँ १४ जना संक्रमितको उपचारको सुरुवात भएको स्वास्थ्य मन्त्रालयले जानकारी गरेको छ । नेपालमा हालसम्म भएका संक्रमणहरु बिदेशबाट फर्किएको ब्यक्तिमा पाईएको छ । ति मध्ये कैलाली जिल्लाकी ३४ बर्षिय महिला भने संक्रमित एक आफन्तलाई भेटेपछी संक्रमण भएको पुष्टि भएको हो । यो संक्रमण २०७६ चैत्र २२ गते देखा परेसंगै एकबाट अर्को ब्यक्तिमा संक्रमण भएपछि नेपाल पनि कोरोना संक्रमणको दोश्रो चरणमा प्रवेश गरिसकेको मान्न सकिन्छ । नेपालमा कोरोना संक्रमण देखिए संगसंगै नेपाल सरसकारले माहामारी नियन्त्रणका लागी विभिन्न उपायहरु अबलम्बन गरेको छ । यसअन्र्तगत विभिन्न स्थानमा कोरोना हेल्प डेस्क स्थापना गर्ने, संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गरि परिक्षण गर्ने, संक्रमित भेटिएको स्थान वरपरका मानिसहरुको र्यापिड टेस्ट (तिब्र परिक्षण) गर्ने, अन्र्तराष्ट्रिय उडान स्थगित गर्ने, सिमानाकाहरु बन्द गर्ने, लकडाउन गर्ने, विदेशबाट पिपिई तथा औषधी आयात गर्ने र डाक्टर नर्स तथा कर्मचारीलाई तालिम प्रदान गर्ने प्रमुख रहेका छन् । कोरोना संक्रमणको जोखिम न्युनिकरणका नेपालमा २०७६ चैत्र ११ देखि लकडाउन लागु गरिएको हो । विभिन्न अवधिमा लकडाउनको मिति थप गर्दै २०७७ बैशाख १५ गतेसम्मका लागि सरकारले लकडाउन लागु गरेको छ । कोरोना माहामारीले विश्व समुदायमा ल्याएका चुनौतिहरु लेखक यस माहामारीले विश्वमा केहि गम्भिर प्रश्न तथा चुनौतिहरु खडा गरिदिएको छ । यस भाइरसलाई संसारबाट अन्त्य गर्नु विश्व समुदायका लागि पहिलो र तत्कालिन चुनौति हो । हालसम्म पनि यो भाइरसको उत्पत्ति कसरी भयो भनि ठोस प्रमाण र एकिनका साथ भन्न सकिएको छैन । शक्तिसम्पन्न देशहरुले समेत यस भाइरसलाई मानव निर्मित जैविक अस्त्रका रुपमा शंका गरेका छन् । कोरोना भाइरसले विश्वसामु ल्याएको प्रमुख चुनौतिहरु निम्नानुसार छन् । आर्थिक चुनौति हाल विश्वमा कयौँ देशहरु लकडाउनको अवस्थामा छन् । अधिकांश ब्यापार ब्यवसाय ठप्प छन् । मानिसहरुले रोजगारी गुमाएका छन् । उपभोक्ताहरु बस्तु तथा सेवा उपभोग गर्न डराईरहेका छन् । विश्वका अधिकांश देशका सरकार तथा तिनका जनताहरु उत्पादनमुलक र विकासमुलक भन्दा पनि उपभोग्य तथा स्वास्थ्य क्षेत्रमा खर्च गरिरहेका छन् । यसरी सम्पुर्ण विश्व नै उत्पादन भन्दा उपभोगमुखी भएकोले गर्दा समग्र रुपमा ठुलो आर्थिक क्षति भएको छ । यसकारण दीर्घकालिन रुपमा विश्वब्यापी आर्थिक चुनौति अगाडी आउने निश्चितप्रायः छ । सामाजिक चुनौति आर्थिक चुनौतिले अर्को सामाजिक चुनौति तथा समस्याहरु निम्त्याउँदछ । कोरोना संक्रमणको प्रभाव अझ फैलदैँ र यसको प्रभाव लामो समयसम्म रहिरहेमा समाजमा थप गरिवीको सृजना हुन्छ । साथै धनि र गरिबबिचको खाडल बढ्ने सम्भावना रहन्छ । समाजमा यस्ता संक्रमितलाई गर्ने ब्यवहार पक्षपातपुर्ण हुन सक्दछ । लकडाउन तथा गरिबिले खाना खान नपाउँदा समाजमा चोरी, डकैती बढ्ने सम्भावना पनि रहन्छ । हालै मात्र भारत सरकारले लकडाउनको अवधि थप गर्ने निर्णय गर्दा हजारौँ मजदुरहरु सडकमा आन्दोलनका लागि निस्किए र प्रहरीसंग झडप भयो । यो एक उदाहरण हो । मानिस रोगसंग एउटा अनि भोकसंग अर्को लडाँई गर्नुपर्ने अवस्था आउन सक्छ । यसका लागि प्रत्येक नागरिक र प्रत्येक देशका सरकारले अहिल्यैदेखि सोच्नु जरुरी छ । प्राविधिक तथा खोज, अनुसन्धानमा चुनौति विज्ञानले धेरै कुरा पत्ता लगायो । विज्ञानको प्रयोगले आविष्कार भएका विभिन्न उपलब्धीले हाम्रो जिवन धन्य छ । सायद मानिसहरुलाई अब पत्ता लगाउन केहि बाँकी नै छैन जस्तो भान पनि हुन्थ्यो कि ! तर खोज र अनुसन्धानको दुनियाँमा कोरोना नियन्त्रणको खोप पत्ता लगाउनु एउटा मात्र पनि ठूलो चुनौति भएको छ । हजारौँ वैज्ञानिक तथा अन्य ब्यक्तिहरु कोरोना भाइरसविरुद्धको खोप र औषधीको अनुसन्धानमा अहोरात्र लागिइरहेका छन् । चार महिना बित्न लाग्दा पनि कोरोना संक्रमणको समाधान गर्ने औषधी तथा खोप पत्ता लाग्न सकेको छैन । अतः मानव जगतलाई खोज तथा अनुसन्धानमा पनि अर्को चुनौति आएको छ । अनि के थाहा भविष्यमा के कस्ता रोगको सामना गर्न तयार भएर बस्नुपर्ने हो । विश्वसमुदायले यि र यसकै वरपर रहेर अन्य धेरै चुनौतिहरुको सामना गर्नुपर्ने सम्भावना रहेको छ । नेपालमा अगाडी देखिएका चुनौतिहरु नेपालको लागि प्रथम चुनौति भन्नु नै यस माहामारीबाट बाहिर निस्कनु हो । संक्रमणलाई फैलन नदिनु हो । अहिले सरकारको सम्पुर्ण ध्यान कोरोना नियन्त्रणमा लागेको छ । विकास तथा निर्माणका कार्यहरु लगभग ठप्प छन् । नेपाल यसै पनि विकासोन्मुख मुलुक त्यसमाथि पनि फैलदोँ माहामारीलाइ पन्छाएर पुनः अर्थतन्त्रलाई माथि उकास्नु नेपालको लागि पक्कै पनि चुनौतिपूर्ण कार्य हुनेछ । सरकारले कर तथा राजस्व संकलनबाट आय प्राप्त गरि प्रशासनिक तथा विकासमा खर्च गर्दछ । यसरी ब्यापार ब्यवसाय लकडाउनले ठप्प हुने भएकाले सरकारले लक्ष्य अनुरुप आम्दानी गर्न नसक्ने सम्भावना छ । अर्कातर्फ कोरोना नियन्त्रणका लागि मात्र पनि सरकारलाई ठूलो धनराशी आवश्यक्ता पर्ने देखिन्छ । यसरी खर्च र आम्दानीको ब्यवस्थापन पनि नेपालका लागि अर्को चुनौतिको विषय हो । नेपाली अर्थतन्त्रको ठूलो हिस्सा वैदेशिक रोजगारी र त्यहाँबाट प्राप्त रेमिटेन्सले धानेको छ । लाखौँ नेपाली जनता विदेशमा कार्यरत छन् । अहिले विश्वका हरेक राष्ट्र कोरोना माहामारीको संकटमा परेका बेला यदि ति रोजगारदाता देशहरुले नेपाली कामदारलाई रोजगारी दिन नसकेमा नेपाल र नेपालीले ठूलो आर्थिक क्षति ब्यहोर्नुपर्नेछ । यस माहामारीका कारण विदेशमा रहेका लाखौँ नेपालीहरु नेपाल फर्कन चाहेको कुरा अध्ययन तथा रिपोर्टहरुले देखाएको छ । यदि यस्तो कारणले वा बेरोजगारीका कारणले लाखौँ नेपाली एकसाथ नेपाल भित्रने हो भने त्यो नेपालका लागि अर्को ठूलो चुनौति हुन सक्दछ । ति नागरिकलाई कहाँ, कसरी रोकेर राख्ने, रोगको परिक्षण, क्वारेन्टाइनको ब्यवस्था, भविष्यमा दिनुपर्ने रोजगारीको ब्यवस्थापन आदिले नेपाललाई ठूलो चुनौति प्रदान गर्नेछ । देश लकडाउन भएका कारण मानिसहरुको आम्दानी लगभग ठ्याक्कै रोकिएको छ । यसले गर्दा बैंकबाट विभिन्न किसिमका कर्जा लिएका ब्यक्ति तथा ब्यवसायीहरुलाई समस्या पर्ने देखिन्छ । त्यसरी समस्यामा पर्ने ऋणी तथा ऋणदातालाई मिलाएर सम्बोधन गर्नु सरकार र नेपालका लागि अर्को चुनौति हो । विश्वलाई दिएको सन्देशहरु मानव जातिमा कोरोना भाइरसको संक्रमणलाई बिभिन्न प्रकारका विश्लेषणहरु गरिएको छ । कतिपयले यसलाई प्रकृत्तिले मानिसलाई लिएको बदला भनेका छन् । अर्थात मानिसद्धारा पृथ्वी र प्रकृतिमाथि भएको बढ्दो अतिक्रमण र प्रदुषणले मानिसमा यो भाइरस आएको भन्ने तर्क हो । कसै कसैको तर्कअनुसार, मानिसहरुको घर भित्रैको बसोबासले गर्दा मानविय क्रियाकलाप कम हुँदा पृथ्वीमा प्रकृतिले आराम गर्ने मौका पाएको निष्कर्श निकालेका छन् । त्यस्तै कत्तिपयले भने मानवले पशुपंक्षीलाई गर्ने गरेको क्रुरताका कारण मानिसमा पनि प्रकृत्तिद्धारा यो भाइरस हावी भएको हो भनेका छन् । मानिसको आफ्रनै कारणले आफ्नै हानी भएको हो भन्ने तर्क तथा विश्लेषणहरु आएका छन् । जे होस्, यिनै तर्क विश्लेषणहरुलाई आधार मान्ने हो भने पनि हामीले प्राणी र प्रकृत्तिमाथिको अतिक्रमण न्युनिकरण गर्दै लैजानुपर्छ भन्ने एक महत्वपुर्ण सन्देश यस भाइरसले गराएको छ । भविष्यमा कुनैपनि बेला जे पनि हुन सक्दो रहेछ । रोग, संक्रमण वा अन्य कुनै पनि आपत वा संकट आउन सक्दो रहेछ । यसका लागि हामी हरबखत तयारी अवस्थामा बस्नुपर्ने रहेछ । अतः खाद्य सामाग्री भण्डारण, भुमी वा जग्गाजमिनको उचित (कृषी उत्पादनमुखी) उपयोग, नगद तथा सम्पत्तिको जगेडा वा बचत राख्नु, रोग प्रतिरोधी शक्ति बनाउनका लागि उचित खानपान र जिवनशैली अपनाउनु पर्ने महत्वपुर्ण सन्देशहरु कोरोना भाइरस संक्रमणको प्रभावले मानिस जातिलाई दिएको छ । विश्व अर्थतन्त्र र नेपाली अर्थतन्त्रमा पार्ने प्रभावहरु केहि समय अगाडी चीन यस भाइरसको माहामारीले थलिएको थियो तर हाल चीनले उक्त माहामारीलाई लगभग शुन्यमा झारीसकेको छ भने उसले विश्वका धेरै देशहरुलाई अरबौँ डलर बराबरको स्वास्थ्य सामाग्री बिक्री गरिसकेको छ । यहि स्थिति दीर्घकालिन रह्यो भने चीनियाँ अर्थतन्त्रका लागि यो माहामारी वरदान सावित हुनेछ । कोरोना भाइरस माहामारीकोले विश्व तथा नेपाली अर्थतन्त्रलाई हलचल गराउने गरि प्रभावित गरेको छ । भविष्यमा यो प्रभाव अझ बढ्नेछ । अर्थतन्त्रमा पर्ने प्रभाव भन्नाले चुनौति मात्र नभई सम्भावनाहरु प्नि हुन सक्द्छन । विश्व अर्थतन्त्रमा उलटपुलट हुँदा धेरैले गुमाउने छन् अनि थोरैले कमाउने पनि छन् । हालको अवस्थालाई मध्येनजर गरि भन्ने हो भने स्वास्थ्य सामाग्री तथा औषधीजन्य उत्पादन र दैनिक उपभोग्य खाद्यबस्तुको ब्यापार गर्ने राष्ट्र तथा ब्यवसायीहरुका लागि कोरोना माहामारीले सुनौलो बिहानी ल्याउने छ । उदाहरणका लागि केहि समय अगाडी चीन यस भाइरसको माहामारीले थलिएको थियो तर हाल चीनले उक्त माहामारीलाई लगभग शुन्यमा झारीसकेको छ भने उसले विश्वका धेरै देशहरुलाई अरबौँ डलर बराबरको स्वास्थ्य सामाग्री बिक्री गरिसकेको छ । यहि स्थिति दीर्घकालिन रह्यो भने चीनियाँ अर्थतन्त्रका लागि यो माहामारी वरदान सावित हुनेछ । यो एक सम्भावना हो र यस प्रसंगलाई उदाहरणका रुपमा मात्र बुझौँ । विश्वमा आर्थिक रुपमा शक्तिशाली मानिएको संयुक्त राज्य अमेरिकाको अर्थतन्त्रलाई कोरोना भाईरसले नराम्रोसंग चोट पुर्याएको छ । कोरोनाको प्रभाव बढ्दै र लम्बीदैँ जाने हो भने दर्जनौँ युरोपेली राष्ट्रहरुको अर्थतन्त्र पनि नाजुक अवस्थामा पुग्ने सम्भावना रहेको छ । यसर्थ विश्व अर्थतन्त्रमा कोरोना भाइरसका कारण ठूलो हलचल ल्याउने सम्भावना रहेको छ । माथि उल्लेख भए झैँ यसले विश्वमा गरिबी बढाउने, धनि र गरिब बिचको खाडल बढाउने, शक्तिशाली मानिएका राष्ट्रहरु शक्तिहिन वा कम शक्तिशाली हुने सम्भावना रहन्छ । नेपाली अर्थतन्त्र पनि यस माहामारीको प्रभावबाट अछुतो रहनै सक्दैन । नेपालले आफ्नो बजेटको ठुलो हिस्सा स्वास्थ्य सामाग्री र स्वास्थ्य क्षेत्रमा खर्च गर्नुपर्ने हुँदा विकास तथा लगानीतर्फ ठोस प्रगति हुन सक्दैन । नेपाली अर्थतन्त्रको एक प्रमुख खम्बा भनेको पर्यटन ब्यवसाय हो । तर कोरोना भाइरस तिब्र गतिमा एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सर्ने भएकोले मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्न डराएका छन् । एउटै समाजमा पनि दुरि कायम गर्नुपर्ने आवश्यक्ता छ । यसले गर्दा मानिसहरुको अन्र्तराष्ट्रिय तथा राष्ट्रिय यात्रामा संकुचन आउँदछ । अतः कोरोना भाइरसका कारण ट्राभल तथा ट्रेकिङ, होटल आदि पर्यटनमुखी ब्यवसायलाई पनि ऋणात्मक प्रभाव पार्ने देखिएको छ । त्यस्तै नेपाली अर्थतन्त्रको अर्को प्रमुख खम्बा वैदेशिक रोजगारीबाट प्राप्त रेमिटेन्स हो । कोरोना संक्रमणको माहामारीले विश्वब्यापी संकट पैदा गरेको छ । अतः माथि उल्लेख गरे झैँ यदि रोजगारदाता मुलुकले रोजगारी दिन नसकेमा विभिन्न मुलुकमा रहेका नेपालीहरु तत्काल वा भविष्यमा नेपाल फर्कनु पर्नेछ । विदेशमा रहेका विभिन्न नेपाली संघ संगठनहरुका अनुसार लाखौँ नेपालीहरु स्वदेश फर्कन चाहिरहेका छन् । यदि बेरोजगारी वा आफ्नो इच्छाले लाखौँ नेपाली स्वदेश फर्कने हो भने नेपालले प्राप्त गर्दै आएको रेमिटेन्सको ठुलो हिस्सा गुम्नेछ । नेपाल सरकारले ति स्वदेश फर्कनेको तत्कालिन सुरक्षित ब्यवस्थापन गर्नुपर्नेछ । यसले नेपालको अर्थतन्त्रलाई नराम्रोसंग प्रभावित बनाउने छ । वातावरण र जीवजगत्मा पर्ने असर कोरोना भाइरसको नकारात्मक पक्ष मात्र छैनन् । भलै कोरोना भाइरस मानव जातिका लागि भयावह र डरलाग्दो छ तर समग्र प्रकृति र वातावरणमा मानवमा कोरोना संक्रमण देखिएकै कारण निकै सकारात्मक पारेको छ । कोरोना संक्रमण फैलन नदिन संसारमा दर्जनौँ देशहरु लकडाउनमा छन् । मानविय क्रियाकलापहरु एकदमै न्युन छन् । विश्वमा निरन्तर चलिरहेको प्रकृत्ति विनाश गर्ने कार्य एकदमै न्युन छ । रासायिनिक प्रशोधन गर्ने भट्टीहरु लगभग बन्द नै छन् । पेट्रोलियम पदार्थको प्रयोगमा उल्लेख्य मात्रामा कमि आएको छ । यस प्रकार विभिन्न कलकारखाना तथा अटोमोबाईल्स संचालनमा आएको कमिले नाइट्रस अक्साईड, मिथेन, कार्वन आदि हरितगृह ग्याँस (ग्रिनहाउस ग्याँस) को उत्पादन कमि भएको छ । यसले गर्दा प्रकृत्ति र वातावरण निकै स्वच्छ र सफा भएको छ । मानिसहरु लकडाउनमा रहँदा वातावरणमा मानविय क्रियाकलाप घटेको छ । त्यसैले त वातावरणले आफुलाई पुनर्निमाण र पुनर्ताजगी गरेको छ । वन्यजन्तु तथा समुन्द्री जिवहरु पहिले भन्दा स्वतन्त्र रुपमा विचरण गर्न थालेका समाचारहरु पनि अन्र्तराष्ट्रिय संचार माध्यमहरुले जनाउने गरेका छन् । माछामासुको उपभोगमा कमि आएको कारण मानिसले पाल्ने गरेका जिवजन्तुको मृत्युदरमा पनि कमि आएकोले सायद ति जिवजन्तुले पनि केहि राहत महसुस गरेको हुनुपर्दछ । यसर्थ कोरोना भाइरसको प्रभावले वातावरण र जिवजगत्मा सुक्ष्म वा देखिने गरि सकारात्मक प्रभाव पनि पारेको छ । कोरोना भाइरसको माहामारी अहिले हामीलाई नकारात्मक लागे तापनि दिर्घकालिन रुपमा यो हाम्रै राम्रो अनि भलाईका लागि पनि हुन सक्दछ । मानव सभ्यता र संस्कृतिमा पार्ने असरहरु कोरोना भाइरसले हामीलाई धेरै कुरा सिकाएको छ र अझै सिकाउँदै नै छ । ब्यस्त अनि भागदौडको जिवनशैली अपनाउने गर्दा हामीले जिवनका आधारभुत अनि महत्वपुर्ण कुराहरु गुमाउँदै आएका रहेछौँ । जिवनका कयौँ पाटो अनि आयामहरु हामीले बिर्सिएका रहेछौँ । घरमा बच्चाहरुलाई समय दिन हामीलाई निकै कठिन कार्य जस्तो लाग्दथ्यो । घरायसी कामकाज, सरसफाईमा गर्न हाम्रो मन रमाउँदैनथ्यो । नियालेर आकाश हेर्नु हामीलाई महत्वपूर्ण लाग्दैनथ्यो । यि लगायत विभिन्न सिर्जनशिल कार्यमा मन जादैँनथ्यो । अपवाद केहि ब्यक्ति होलान् तर वर्तमान समयको ब्यस्त जीवनशैलीका बीच मानिसहरुको धन कमाउने प्रतिस्पर्धा ब्याप्त थियो । संघर्षका बीच जीवन चलिरहेको थियो । तर कोरोना भाइरसले विश्वको लगभग आधा जनसंंख्यालाई घरभित्र राख्दा जीवनका विभिन्न आयामहरुको बारेमा जान्ने अवसर मिलेको छ । मानिसहरुले आफूलाई सुधार्नु पर्ने, रचनात्मक बनाउनुपर्ने जस्ता पाठ सिकेका छन् । त्यस्तै नेपाल लगायत विभिन्न मुलुकमा खेतियोग्य जमिनलाई आवासका लागि योजना (प्लानिङ, हाउजिङ) गरि बेच्ने संस्कृतिम मौलाउँदै गइरहेको थियो । अहिले घरभित्रै बसिरहँदा मानिसहरुले सायद खाद्यान्न र खाद्यान्न उत्पादनका लागि जमिनको महत्व पनि बुझेको हुनुपर्दछ । पैसा र धन महत्वपुर्ण छ तर त्यो भन्दा बढि महत्वपुर्ण हाम्रो स्वास्थ्य, खानका लागि अन्न रहेछ भन्ने बुझेको हुनुपर्दछ । जिवनमा घर परिवार अनि मानविय सम्बन्ध र माया प्रेमको महत्वलाई अझ बढि बुझेको हुनुपर्दछ । धेरै लामो समयको लकडाउन र कोरोना माहामारीले अर्को विकराल समस्या निम्त्याउन सक्दछ । नत्र भने मानविय सभ्यता र संस्कृतिमा पनि कोरोना भाइरसले सकारात्मक परिवर्तन ल्याउन सक्दछ । मानिसले जिवन र जगत्लाई हेर्ने दृष्टीकोणमा ब्यापक परिवर्तन आउन सक्दछ । मानवजातिको भविष्यमा थपिएका चुनौतिहरु भविष्य अनिश्चित छ । जे हुन्छ भनेर ठोकुवा गरेका कुरा पनि नहुन सक्छन् भने हामीले कल्पना पनि नगरेका कयौँ चुनौति एवं समस्याहरु हामीले भोग्नुपर्ने हुनसक्छ । यसर्थ हामी सिंगो मानवजातिले भविष्यमा विभिन्न रोग, माहामारी, प्राकृतिक प्रकोप आदि समस्या भोग्नुपर्ने हुनसक्छ । त्यसका लागि हामी तयार रहनुपर्दछ । प्रख्यात जर्मन वैज्ञानिक वर्नर हेसेनवर्गले सन् १९२७ मा अनिश्चितताको सिद्धान्तमा प्रकृत्तिमा जे कुरा पक्का हुने निश्चित हुन्छ त्यो नहुन सक्छ भन्ने कुरालाई ब्याख्या एवं प्रमाणित गरेका छन् । अतः भविष्य अनिश्चित छ । जे हुन्छ भनेर ठोकुवा गरेका कुरा पनि नहुन सक्छन् भने हामीले कल्पना पनि नगरेका कयौँ चुनौति एवं समस्याहरु हामीले भोग्नुपर्ने हुनसक्छ । यसर्थ हामी सिंगो मानवजातिले भविष्यमा विभिन्न रोग, माहामारी, प्राकृतिक प्रकोप आदि समस्या भोग्नुपर्ने हुनसक्छ । त्यसका लागि हामी तयार रहनुपर्दछ । अब आउने पुस्तालाई यस बारेमा सचेत बनाउने संयन्त्र र शिक्षा प्रणालीको विकास गर्नुपर्दछ । विभिन्न रोग तथा माहामारीबाट शिघ्र उन्मुक्त हुने उपचार तथा खोपहरुको अनुसन्धान गर्नुपर्दछ । कोरोना भाइरसको माहामारीले मानव समुदायलाई महत्वपूर्ण सन्देश पनि दिएको छ । पाठ सिकाएको छ । कोरोना भाइरसको संक्रमणबाट बच्ने उपायहरु कोरोना भाइरस एक सरुवा भाइरस भएकाले यो एक ब्यक्तिबाट अर्को ब्यक्तिमा श्वासप्रश्वास तथा छुवाईबाट सर्न सक्दछ । भाइरस आफैँमा एक जिवित जिवाणु होइन । भाइरस एक प्रोटिन अणु हो । मानिसको शरिरभित्र प्रवेश पाएपछि भाइरस सक्रिय रहन्छ । नजिकै बसेको संक्रमित ब्यक्तिको श्वासप्रश्वासबाट, संक्रमितले प्रयोग गरेका तथा छोएका बस्तुहरुमा बस्तुको प्रकृतिअनुसार यो भाइरस केहि दिन वा घण्टासम्म सक्रिय रहन सक्दछ । यसको संक्रमण भएपछि एक्कासी १००.४ फरेनहाइट ज्वरो आउने, रुघा लाग्ने, रातको समयमा लहरे खोकी लाग्ने, शरिरका मांसपेशीहरुमा थकान महसुस हुने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने प्रमुख लक्षणहरु देखा पर्दछन् । कोरोना भाइरसको औषधी तथा खास उपचार नभएकोले संक्रमित ब्यक्तिलाई विषेश हेरचाह गरेर निको बनाउने गरिएको पाईएको छ । साथै संक्रमण हुनुभन्दा पनि यस भाइरसको संक्रमण हुन नदिनका लागि सावधानी अपनाउनु तथा सचेत रहनु जरुरी छ । यसको संक्रमणबाट बच्नका लागि कोरोना संक्रमित वा संक्रमणको शंका लागेको ब्यक्तिको नजिक नजाने, खोक्दा तथा हाच्छँ्यु गर्दा संक्रमित तथा वरिपरि रहेको ब्यक्तिले नाकमुख ढाक्ने, मास्कको प्रयोग गर्ने, अनावश्यक रुपमा भिडभाडमा नजाने, पटक पटक साबुन पानीले हात धुने, अल्कोहलयुक्त स्यानीटाइजरको प्रयोग गर्ने, जथाभावी स्पर्श गरेको हात नधोईकन नाक, मुख, आँखा तथा कानमा नछुने गर्नुपर्दछ । यो विश्वब्यापी संकटको घडिमा विचलित हैन धैर्यवान बनौँ । रोगप्रति सजग बनौँ । सजगताले रोगबाट बच्न सकिन्छ, अतः आफू पनि सचेत बनौँ अरुलाई पनि सचेत गराऔँ । आशा अनि प्रार्थना गरौँ कि हामी सम्पूर्ण मानवजाति यस माहामारीबाट चाँडै उन्मुक्ति पाउनेछौँ अनि भविष्यमा आउन सक्ने चुनौतिहरुका लागि तयारी गर्नेछौँ । हामी अझ बलियो भएर उभिने छौँ । हामी चाडैँ नै नयाँ अनि सुनौलो बहानीसंग साक्षातकार गर्ने छौँ । दक्षिणकाली नगरपालिका, वडा नं. ३ काठमाडौँ, नेपाल
बालबालिकालाई प्रकृतिप्रेमी र माटोप्रेमी बनाऔं
एकैछिन सोच्नुहोस्, कल्पना गर्नुहोस्ः एउटा घरको । अझ झनै राम्रो आफ्नै भए त । आत्मीयपन र सद्भाव राखेर केही पाहुनालाई घरमा बोलाउनु भयो । आदर सम्मान दिनुभयो । आफुसँग जे छ त्यो सकेको खान दिनुभयो । आखाँ बन्द गरेर विश्वास गर्नुभयो । घरका सबै कोठाहरु खोलिदिनु भयो । कुनै रोकतोक, बन्देज लगाउनुभएन । हजुर त पूर्ण विश्वत हुनुहुन्थ्यो पाहुनाको आचरण माथि । हजुर जस्तै गरेर त्यो घर पनि पाहुनाले आफ्नै ठान्नेछ भनेर । तर बिडम्बना त्यसो हुन सकेन । हजुरको अतिथि सत्कारलाई हजुरको कमजोरि सम्झियो । आत्मीयपन र सद्भावलाई हजुरको दायित्व सम्झियो । जस्तोकी बच्चा जन्माएपछि आमाले हुर्काउनै पर्छ बिना सर्त । जुन विश्वास र स्वतन्त्रता दिनुभएको थियो त्यस्को कत्ति पनि सदूपयोग गर्न सकेन । उल्टै उन्मुक्त बन्यो, उदण्ड मच्चायो । घरको भान्सा, भण्डार छिर्यो । सकेको खायो अनि नसकेको फालिदियो तर कहिल्यै बाँडेन । बिस्तारै सारा घर मेरो हो भन्दै मनपरि गर्न थाल्यो । सुरु-सुरुमा त हजुर पनि नदेखेझैँ मौन बसिदिनु भयो । हजुरको मौनताको नाजायज फाईदा पहुनाले उठाउन थाल्यो । अब हजुरको धैर्यतालाई, मौनतालाई पाहुनाको दुस्कर्म, दुरव्यवहारले चुनौति दिन थालेपछि हजुर के गर्नु हुन्छ भन्नुहोस् त ? हो यस्तै हुँदैछ । हामीले हामीहरु पृथ्वीका, सृष्टिका, प्रकृतिका पाहुना हौं भन्ने बुझ्न नसक्दा, आत्मसात गर्न नसक्दा अनि मान्छे भएरै पनि सभ्य हुन नसक्दा दूर्दशा भोग्नु परेको छ । यहि रिति यस्तै अझ चलिरहे र सबै मिलेर बिचार नगरे बिकराल परिस्थितिहरुको सामना बारम्बार गरिरहनु पर्नेछ । सर्वाेत्कृष्ट, चेतनशील प्राणी भन्दै हामीले प्रमुख प्रकृति अनि यसका अरु सृष्टि, सन्तति माथि अत्याचार गरिरह्यौ । आज हाम्रै व्यवहारको फल पाउदैछौं । पृथ्वीलाई यति तातो र आक्रोशित बनाइदियौ कि आमा भएर पनि आफ्नै सन्तान विरुद्ध संघर्ष गर्नुपरेको छ । सन्तानले त घर सजाउँछ, श्रृङ्गार्छ, बलियो पार्छ तर हामी कस्ता सन्तान भयौ भनेर कहिले सोच्ने ? सबैले आत्म मूल्यांकन गर्नुपर्छ । जसरी सबै सन्तान आमाका प्यारा हुन्छन्, आशाका पात्र हुन्छन्, महत्वपूर्ण हुन्छन् । त्यसरी नै हरेक जीवजीवात्मा प्रकृतिका प्यारा अनि महत्वपूर्ण हुन्छन् र हरेक सँग गाँसिएको छ । धरतीको खुशीयाली, भविष्य, सम्पन्नता । एकले गरे के हुन्छ होइन, एकबाटै सुरु हुन्छ भन्ने सोच्ने की ? अब वर्तमान नियालौं । सन् २०१९ डिसेम्वरमा चीनको वुहान शहरमा पहिलो पटक कोरोना संक्रमित बिरामीहरु भेटिएका थिए । त्यसपछि विस्तारै चीनबाट अरु राष्ट्र हुँदै फैलिएको यस महामारिले विश्व सारा आक्रान्त पारेको छ । कतिले आफ्ना मान्छे गुमाए भने कति अझै अस्पतालका शैय्याहरुमा जीवन-मृत्युबीच लडिरहेका छन् । कति रोगभन्दा पनि बढि फैलिनै हल्लाहरु सुनेर डराइरहेका छन् । यस्तो परिस्थितिमा कतिभने अबुझ जस्तै परिस्थितिको गम्भीरतालाई हल्लाको संज्ञा दिईरहेका छन् । खैरः मान्छेका प्रवृत्तिहरु, जे भएपनि मान्छेहरु पिडामा छन् । जीन्दगी रोकिएको छ । आफ्नोले आफ्नै भेट्न, देख्न र छुन पाएका छैनन् । समय यस्तो पनि आउला भनेर पूर्व तयारी कसैले पनि गरेको पाइएन । नत्र भविष्यको तेश्रो विश्वयुद्ध अनुमान गर्दै सैनिक र हतियार तयार गरिरहेका शक्तिशाली राष्ट्रहरु आज मास्क र पञ्जाभन्दै गुहार मागिरहेको देख्नु सुन्नु पर्ने थिएन । दैनिक काेराेना संक्रमितकाे संख्या बढ्दाे छ । मृत्यु हुनेकाे संख्या पनि बढ्दाे छ । प्रयाप्त जाँच हुन सकेकाे छैन । कोरोना भाइरस विरुद्ध आजसम्म पनि कुनै प्रभावकारी उपचार नभेटिएको हुँदा संक्रमित संख्याहरु र यस्का नकारात्मक प्रभावहरु अझै बढ्ने अनुमान सजिलै गर्न सकिन्छ । संसारमा सम्पन्न र गुणस्तरीय जीवन बाँच्ने भनेर प्रख्यात भई रहेका राष्ट्रहरु नै आज यस भाइरसको चपेटामा परेको देखिन्छ । अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मन, ब्रिटेन आदि देशहरुले अहिले ठूलो धनजनको क्षति व्यहोरिरहेका छन् । यद्यपि कोरोना भाइरस चीनमा सुरु भएको थियो । चीनको सरकार र जनताको आपसी अथक प्रयासले भने आजको मितिसम्म तथ्यांक हेरेर मूल्यांकन गर्दा अकल्पनिय नियन्त्रण पाउन सकेको देखिन्छ । यस्तै दक्षिण कोरिया, ताइवान जस्ता देशहरुले पनि समयमै उच्च सर्तकता अपनाएको कारण ठूलो मात्रामा पर्ने क्षतिबाट देश र देशबासीहरुलाई बचाएका छन् । समय यस्तो पनि आउला भनेर पूर्व तयारी कसैले पनि गरेको पाइएन । नत्र भविष्यको तेश्रो विश्वयुद्ध अनुमान गर्दै सैनिक र हतियार तयार गरिरहेका शक्तिशाली राष्ट्रहरु आज मास्क र पञ्जाभन्दै गुहार मागिरहेको देख्नु सुन्नु पर्ने थिएन । नेपालमा पनि संक्रमितकाे संख्या दिन प्रतिदिन बढ्दाे छ । भलै अहिलेसम्म नेपाल भित्र काेराेनाकाे कारण नेपालीकाे मृत्यु भएकाे खवर सुन्नु परेकाे छैन । साथसाथै हाल सरकारले गरेको स्वतन्त्र हिडँडुल अनि भेटभाटमा रोकले पनि कोरोना संक्रमण केहि हदसम्म कम हुने आशा गर्न सकिन्छ । हरेक स्थानीय स्तरहरु पनि यस संक्रमण र यसले पार्ने असरप्रति सचेत भई केहि पूर्व तयारीहरु गरिरहेको देखिन्छ । समस्याको बखत् सरकार एक्लैले सबै नागरिकहरुको जीन्दगी छुन नसक्ने, हेरचाह गर्न नसक्ने हुँदा सम्पूर्ण नेपालीहरुले एकआपसमा हातेमालो र साथ सहयोग गर्दै अघि बढ्नु जरुरी छ । अझ नेपालजस्तो देशमा जहाँ जनसंख्याको ठूलो हिस्सा दैनिक ज्याला मजदूरीमा निर्भर रहेको छ, त्यहाँ सहयोग गर्ने हैसियत भएकाले कुनै प्रसिद्धीको लोभमा नपरी मानवियताको आधारमा एकअर्कालाई आफू सक्दो सहयोग गर्नुपर्ने देखिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसका कारण लाग्ने कोभिड-१९ एक सरुवा रोग हो । कोभिड–१९ संक्रमितमा ज्वरो, थकान र सुख्खा खोकी देखिनुका साथै केहिमा शरिर दुख्ने, नाक बन्द हुने, रुघा लाग्ने, घाँटी सुन्निने अनि पखला लाग्ने जस्ता लक्षणहरु देखिएका छन् । करिब ८० प्रतिशत संक्रमितहरु कुनै विशेष उपचार बिना नै सामान्य सर्तकताकै भरमा पनि स्वस्थ हुन सक्ने बताउँछन् चिकित्सकहरु । यस भाइरसबाट संक्रमित करिब ६ जनामध्ये एक जनालाई भने गम्भीर बनाउने, श्वासप्रश्वासमा असहज बनाउने गर्दछ । विशेषत बृद्धवृद्धा अनि उच्च रक्तचाप, मधुमेह र मुटुका रोगीहरुलाई कोभिड–१९ ले धेरै असर गर्ने गर्दछ । कोभिड–१९ एक सरुवा रोग भएकाले अनि एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वास प्रणालीको मार्फत सर्ने भएकाले हामीले हाम्रो दैनिक जीन्दगीमा उच्चतम सर्तकता अपनाउनु अत्यन्त जरुरी छ । सर्तक रहेर, सचेत रहेर नै हरेक नागरिकले यो विषम परिस्थितिमा सरकार तथा स्थानीय निकायलाई यो रोेग नियन्त्रणमा योगदान दिन सक्दछन् । एक आपसमा सकेको दूरी कायम गर्ने करिब १.५ मिटर गरे झनै राम्रो, समय समयमा राम्रोसँग करिव २० सेकेन्ड वा बढी साबुन पानीले हात धुने, सन्तुलित भोजन गर्ने, करिब ८ घण्टा सुत्ने अनि केहि आफूसक्दो शारीरिक कसरतहरु गर्ने गर्नाले यस रोगको जोखिमबाट बच्न सकिन्छ । यस परिस्थितिमा एक व्यक्ति बच्नु भनेको अरुलाई बचाउनु पनि हो भन्ने बुझनु एकदम जरुरी छ । स्वस्थ व्यक्तिमा मात्रै स्वस्थ सोचको विकास हुने भएकाले कोरोना भाइसले घरमै रोकिदिएको हाम्रो जीन्दगीलाई कीन नयाँ सुरुवात नदिने त ? रोगलाई समस्याको रुपमा मात्रै हेर्नु भयाे भने रोगले भन्दा पहिले डर, त्रास अनि मानसिक चिन्ताले कमजोर परिने हुँदा सकारात्मक सोच राख्नु पनि अत्यन्त जरुरी छ । कोभिड-१९ रोगका कारण कति निर्दोष मानिसले असामायिक रुपमै आफ्नो ज्यान त गुमाउनु पर्यो र आजसम्म पनि गुमाइरहनु परेको छ । जो एक बिडम्बना हो तर यहि संक्रमणका कारण आज हामीमा दबिरहेको मानवियता पनि जगाइदिएको महशुस हुन्छ । नेपाल लगायत संसारैभरि धेरै मानिसहरुले व्यक्तिगत तवरबाटै आफूसक्दो दिनरात मानवसेवा गरिरहेको पढ्न, देख्न पाउनु पक्कै पनि आशा लाग्दो भविष्यको शुरुवात हो । तर केहि मानिस भने महामारीको गलत फाइदा उठाउँदै मंहगी बढाउने, क्षणिक प्रसिद्धिका लागि सेवा गरेजस्तो गर्ने गरिरहेका छन् । तिनले एकपटक आत्मबोध गर्ने की ? कसैले भनेको सम्झिन्छु, “पृथ्वी पनि शरिर जस्तै हो । शरिरको कुनै एक अंगमा भाउ खटिरा भयो भने पूरै शरिर दुख्छ, ज्वरो आउँछ ।” हो आजको विश्वले, यसका राजनीतिज्ञले अब समस्त नागरिकहरुले यो बुझ्नु जरुरी छ । अब आफ्नो देश, सीमा, भूगोलबाट माथि उठेर सोच्ने समय आएको छ । रोग, संक्रमण र दैवी प्रकोपहरु आज विश्व धुर्विकरणतर्फ अघि बढेका समस्त राष्ट्रहरुलाई एक चुनौति हो । चुनौति यस अर्थमाकी महामारीको नियन्त्रण गर्नु, निवारण गर्नु निक्कै नै जटिल काम हो । तर चुनौतिले अवसर दिन्छ भनेझैं यदि सबै राष्ट्रहरु मिलेर हातेमालो गर्ने हो भन्ने असम्भव पक्कै छैन । सबै राष्ट्र मिल्नु, सबै विश्व नै आफ्नो हो भन्ने अपनत्वको भावना बढ्नु, भाइचारा बढ्नु पक्कै पनि सकारात्मक परिवर्तन हो । सुनसान न्यूयाेर्क शहर चुनौतिकै कुरा गरिरहँदा अब एकछिन कोरोना भाइरसले विश्वलाई दिईरहेको र दिने चुनौतिहरु हेराैं । हाल विश्व समूदायका एकदमै व्यस्त र व्यापारिक केन्द्र मानिएका प्रायः सबै शहरहरु उद्योग, कलकारखानाहरु साथै स-साना घरेलु व्यवसाय या व्यक्तिकै पनि आफ्नो निजी जीन्दगीहरु ठप्प छन् । विश्व समूदायको ध्यान अहिले कोरोना भाइरस, यसको संक्रमित र यसको संक्रमणको जोखिम नियन्त्रणमा गएपनि उचित तयारीको अभावमा प्रायः धेरै मुलुकहरुकलाई निकै समस्या परेको छ । संसारका धेरै देश तथा विश्वविद्यालय अन्तरगतका विज्ञहरुले कोरोना भाइरस विरुद्धको औषधी उपचार, खोप आदि खोजिरहे पनि अझै ठोस् नतिजासम्म पुग्न सकेका छैनन् । यसले संक्रमितको उपचारमा त समस्या भयो नै अझ नयाँ संक्रमण रोक्न पनि असमर्थ बनाएको छ । दैनिक बढिरहने संक्रमितकोे संख्या स्वास्थ्यकर्मी तथा अस्पतालले थेग्न सक्ने भन्दा अत्याधिक भएकाले बिरामीले उचित, अति आवश्यक हेरचाह पाइरहेका छैनन् । अवस्था यस्तो पनि छ, उचित उपकरण र प्रविधिको अभावमा स्वयम् चिकित्सक तथा अन्य स्वास्थ्य कार्यकर्ताहरुले समेत आफ्नो जीन्दगी गुमाइरहेका छन् । यहि क्रम कहिलेसम्म चल्ने हो भन्नेमा पनि प्रायः सबै अनविज्ञ छन् । आजको विश्वमा आर्थिक पाटो हाम्रो जीन्दगीको अभिन्न अंग बनिसकेको छ । महामारीको नियन्त्रणका लागि चलिरहेको बन्द रोकले प्रायः सबै देशको अर्थव्यवस्थालाई विक्षिप्त पारेको छ । अनि अझै दूर भविष्यसम्म पारिरहने देखिन्छ । नेपाल लगायत विश्वका सबै मुलुकमा करोडौं मान्छेले आफ्नो रोजगार गुमाएका छन् । व्यापार व्यवसाय बन्द गरेर बस्नु परेको छ । यस्ले वर्तमान जीन्दगीमा त असर पारेको छ नै अब कस्तो भविष्य हुने हो भन्नेमा प्रश्न खडा गरिदिएको छ । सम्पन्न मुलुकहरुले त आफ्ना नागरिकहरुलाई केहि सजिलो होस् भन्नका लागि केहि रुपैयाँ पैसा ऋण तथा अनुदान स्वरुप दिने प्रतिबद्धता जनाइसकेका छन् । तर जो विपन्न मूलुक छन् तिनीहरुलाई अझै पनि आवश्यक स्वास्थ्य सामाग्री पनि जुटाउन हम्मेहम्मे छ, अरु नै मुलुकहरुको भर पर्नु परेको छ । विज्ञहरु कोरोना भाइरसले खडा गरिदिएको समस्या र यसले पार्ने असर प्रति आ-आफ्नो विचारहरु दिइरहेका छन् । सबैका विचार बुझ्ने हो भने अब आर्थिक कारणले गर्दा नै विश्वको शक्ति सन्तुलनमा पारम्पारिक भन्दा केहि नयाँ परिवर्तन देखिनेछ । जसरी चीनले कोरोना महामारिलाई आफ्नो देशमा नियन्त्रणमा लिदैछ । साथसाथै विपन्न र सम्पन्न मुलुकहरुलाई पनि नियन्त्रणमा आवश्यक सामाग्री तथा चिकित्सक उपलब्ध गराइरहेको छ । यसले अन्तर्राष्ट्रिय जगतमा चीनको शासन प्रणाली र यसले लिन चाहेको अभिभावकत्वमा पक्कै पनि सकारात्मक प्रभाव पार्नेछ । अमेरिका, यूरोप, जति पनि शक्तिकेन्द्र मानिएका मुलुकहरु आज कोरोना संक्रमणले हालबेहाल भइरहदाँ चीनले देखाइरहेको उदारता राजनीतिक दृष्टिले नहेरि मानवियताका आधारमा हेर्ने हो भने त पक्कै पनि प्रशंसनीय छ । अब नेपाल नियालौ । उसो त कोरोना संक्रमण भन्दा पहिले नै हाम्रो देशको आर्थिक प्रणाली, अर्थ व्यवस्थाले निकै चुनौतिहरु भोग्दै आएको छ । देशको ठूलो हिस्सा निजी व्यापार, व्यवसाय, पर्यटन र दैनिक ज्याला मजदूरीमा निर्भर रहेको हुँदा अझै अहिलेको विषम परिस्थितिले पक्कै पनि ठूलो नोक्शान पुर्याउने छ । पर्यटन व्यवसाय जो हाम्रो अर्थतन्त्रको एउटा मुख्य आधार स्तम्भ थियो आज त्यहि शून्य सरह छ । अब अझै देशमा आर्थिक संकट पर्नुका साथै विदेशीएका नेपालीको कमाइमा निर्भर रहनु पर्ने अवस्था देखिन्छ । त्यसैले संकटको समयमा र संकट पछि पनि नेपालीहरु एकजुट भएर सरकारमात्र नभनी स्थानिय स्तरमै आ–आफ्नो सीप र क्षमताले जानेका घरेलु व्यवसाय, पशुपालन र आधुनिक कृषितिर अग्रसर हुन जरुरी छ । महामारीको डर त्रासले जनसंख्याको ठूलो हिस्सा घरमै बसेको हुँदा पहिले जस्तो खाद्यान्न उत्पादन नहुने तर उपभोग भने निकै बढ्ने हुन्छ । अझै केहि समय यस्तै रोकावट र संक्रमण चलिरहे खाद्यान्न अभाव हुने र मान्छे रोगले भन्दा छिटो भोकले मर्ने अनुमान जो कोहिले पनि सजिलै लगाउन सक्दछ । त्यसैले हुनेले नहुनेलाई निःश्वार्थ सहयोग गर्नु, बाडेँर खानु अनि शरिरलाई चाहिने जति मात्र खानु खाद्यान्न संकटबाट बच्ने उपाय हुन् । विश्व बजार नै ठप्प हुँदा अर्थ, रोजगार, औषधि उपचार भन्दा पनि ठूलो चुनौति खाद्यान्नको हुनेछ । महामारीको डर त्रासले जनसंख्याको ठूलो हिस्सा घरमै बसेको हुँदा पहिले जस्तो खाद्यान्न उत्पादन नहुने तर उपभोग भने निकै बढ्ने हुन्छ । अझै केहि समय यस्तै रोकावट र संक्रमण चलिरहे खाद्यान्न अभाव हुने र मान्छे रोगले भन्दा छिटो भोकले मर्ने अनुमान जो कोहिले पनि सजिलै लगाउन सक्दछ । त्यसैले हुनेले नहुनेलाई निःश्वार्थ सहयोग गर्नु, बाडेँर खानु अनि शरिरलाई चाहिने जति मात्र खानु खाद्यान्न संकटबाट बच्ने उपाय हुन् । युवापुस्ताहरुले आफू वरिपरिका असाहय, अशक्त, बृद्ध, विरामीहरुलाई आजको यस संकटको बखत् हेरचाह गर्नुपर्दछ । सम्पन्न वर्गहरुले आफू र आफ्नो परिवार मात्रै सोचेर आवश्यक भन्दा धैरै खाद्यान्न भण्डार गरिदिए बजारमा पक्कै अभाव सिर्जना हुन्छ, मँहगी बढ्छ । त्यसैले थोरै मानविय संवेदना देखाउनु पनि जरुरी छ । आफ्नो लागि जोहा त जनावरले पनि गर्छ । मान्छे भएर संवेदनशील हृदय भएन भने त ? हृदय पनि विशाल हुनुपर्यो आफ्ना पराई सबै अट्ने, एकै देख्ने । बन्दको जीन्दगी प्रविधिले भने केहि सहज अवश्य बनाएको छ । दिनभर भागदौड, कामकाजको व्यस्त जीन्दगीबाट अचानक एकै ठाउँमा असामाजिक जीवन जीउनु पक्कै पनि मान्छेको स्वभाव विपरित छ, सजिलो छैन । समयको माग नै यस्तै छ । तर प्रविधिहरु पनि आवश्यक भन्दा धेरै प्रयोग गरे फेरि यसले पार्ने नकारात्मक असरहरु नकार्न सकिन्न । यस्तो महामारी र संत्रासको अवस्थामा सरकारलाई सहयोग गर्नुपनि हाम्रो कर्तव्य हुन आउँछ । महामारीले डर, त्रास फैलाउने हुँदा डराएको अवस्थामा सुनेका सबै खबरहरु झुठै भएपनि हामी सजिलै विश्वास गरिदिन्छौ । तसर्थ विश्वासिलाे संचार माध्यमले दिएका समाचार, खबरहरु हेर्ने, पढ्ने गरेर डर त्रास नियन्त्रणमा मद्दत गर्न सकिन्छ । स्वास्थ विशेषकहरुले बताएका रोकथामका उपायहरु गम्भिर रुपले पालना गर्ने, अरुमा सचेतना फैलाउने, यदि कोभिड–१९ सँग मिल्ने लक्षण आफूमा देखिए सम्बन्धित स्वास्थ्य निकायमा सम्पर्क गर्ने, संक्रमणका जोखिम नागरिकहरु कम्तिमा पनि १४ दिनसम्म लगातार स्वास्थ्यकर्मीको निरक्षणमा रहने आदि गर्नुपर्दछ । घरमा बस्दा एक व्यक्तिले कसरी आफू र आफ्नो परिवारको उचित ख्याल गर्नेबारे केही बताउन मन लाग्यो । मानिस शारिरीक र मानसिक दुवै तवरले स्वास्थ्य हुन जरुरी छ । तसर्थ दैनिक स्वास्थ दिनचर्या अपनाउने गर्नुपर्दछ । खाद्य संकट नजिकिदै गर्दा खाद्यान्नको उचित प्रयोग गर्नु, थोरै तर सन्तुलित भोजन खानु एकदम महत्वपूर्ण छ । त्यस्तै बिजुलीबत्ती, पानी जस्ता अत्यावश्यक बस्तु तथा सेवाहरू सकेसम्म बचत गर्नु राम्राे हुन्छ । हिजो प्रायः घरबाहिर व्यस्त जीन्दगीलाई आज परिस्थितिले घर परिवारसँग बस्ने अवसर दिएको छ । त्यसैले यो समयलाई आत्मीय बनाउने, एकअर्कालाई अझ राम्रोसंग चिन्ने, बुझ्ने गरेर सदुपयोग गरौ । परिवार हुनेले परिवारसँग वा एक्लै हुनेले एक्लै आफ्नो शारिरको ख्याल गर्ने गराैं । व्यक्तिका आ-आफ्ना पनि व्यक्तिगत चाहना हुन्छन् । जस्तै कि किताब पढ्ने, गीत सुन्ने, गाउँने आदि । यस्ता चाहनाहरु पनि यहि बन्दको समयमा पूरा गरेर खुशीले बाँच्न सकिन्छ । यस्ले व्यक्तिलाई आफू र आफ्नो परिवारलाई खुशी राख्न मद्दत गर्नुका साथै महामारीले दिने मानसिक डर त्रास पनि बिर्सन सहयोग गर्छ । वनजंगल फडानीकाे विकराल रूप प्रकृति विद्हरुका अनुसार कोरोना महामारी प्रकृतिको पुकार पनि हो भनेर बुझ्ने समय भएको छ । हामीले मान्छे भएकै आधारमा हाम्रो जीन्दगी मात्रै महत्वपूर्ण सम्झियौं । अरु सबै जीवजीवात्मा, बोटविरुवा हाम्रै खातिर हुन्, हाम्रा भोगचालनका लागि भनेर मनोमानी गरिरह्यौ । प्रकृतिक स्रोत साधनहरुको धेरै नै दुरुपयोग गर्यौ । अझ प्रकृतिले, धरतिले दैनिक दिने नयाँ जीन्दगी भन्दा धेरै हामीले नष्ट गरिदियौं । प्रकृतिको सन्तुलन नै बिगारिदियौं । अझैपनि अन्जान बनेर वा अरुलाई दोष दिएर बसिरहे फेरि यस्तै माहामारी अरु अन्य पनि सामाना गर्नुपर्ने छ । हाम्रो पुरै अस्तित्व नै संकटमा पर्ने देखिन्छ । अब हरेक नागरिकले जिम्मेवार बनेर प्राकृतिक स्रोत साधनको प्रयोग गर्नु जरुरी छ । जस्तो कि हामी खोलाबाट, नदिबाट ढुङ्गा, बालुवा झिकेर बलिया घर त बनाउँछौं । तर नदिलाई बाँध बनाउदैनौ अनि पछि त्यहि नदि आएर हाम्रो घर बगाइदिन्छ । हामीले कहिल्यै दुरदृष्टि राखेनौ, कहिल्यै प्रकृति, धरतीको सोचेनौं । सधैँ प्रकृतिबाट एकोहोरो लुटिरह्यौ, बिना सोच बिचार । कतै परिजीवि हामी त होइनौ ? अब केहि प्रकृतिलाई दिने पनि कि ? देश, सरकारका साथै अन्तर्राष्ट्रिय संघसंस्था त अग्रसर हुन जरुरी नै छ । तर अब हरेक नागरिक व्यक्तिगत स्तरबाट आफू पनि सृष्टिको एक अभिन्न अंग हो र मैले पनि प्रकृतिकै भोगचालन गरिरहेको छु भन्ने बुझ्नु अनि सोहि अनुसारको वातावरणमैत्री आचरण गर्नु जरुरी छ । अब हरेक घरले अर्थप्रेमी सन्तान होइन, प्रकृतिप्रेमी, माटोप्रेमी, बालबालिका हुर्काउनु पर्दछ । हरेक विद्यालयले ‘क, ख’ अघि माटो पढाउनु पर्दछ । बच्चाले आमा बा पछि माटो भन्न जानोस् । माटोलाई माया गरोस, आफ्नै बाआमा जत्तिकै । हरेक बिहान सूर्य नमस्कार गरे जस्तै धरती, प्रकृति, माटो नमस्कार पनि अब हाम्रो नित्यकर्ममा जोडिनु पर्यो । हरेक मान्छेमा मान्छे मात्र नभई अरु जीन्दगीहरु, पशुपंक्षी, वनस्पति सबैको समान महत्व छ भन्ने चेतना जगाउनु पर्यो । अन्त्यमा अरुको आश गर्न र अरुलाई दोष देखाउन धेरै सजिलो छ । अब आफै भित्रबाट उठ्नु पर्यो । आफ्नो आचरण, व्यवहार सुधार गर्नुपर्यो । हामी कस्तो कसरी धरतीको, प्रकृतिको भोगचलन गर्ने, अनि कस्तो धरती हस्तान्तरण गर्ने भावी पुस्तालाई सबै हाम्रै हातमा छ । पृथ्वी हाम्रो समयको लागि मात्र होइन । यो त अरबौ वर्ष देखि छ र रहिरहनेछ, जस्तो अवस्थामा भएपनि । तर अब पृथ्वी बस्न योग्य र हरियाली बनाउने कि अझै यहि व्यवहार दोहोर्याएर प्रदूषित बनाउने ? हाम्रो आजको व्यवहारले निर्धारण गर्दछ भोलिको प्रकृति र धरतिको भविष्य । वातवरण मैत्री व्यवहार गरौं, गर्ने चेतना फैलाऔं । जे प्रकृतिले दिएको छ उचित प्रयोग र सम्मान गरौं, आभारि बनौं । अरु जीवजीवात्माहरु पनि हाम्रै सृष्टि र प्रकृतिको अभिन्न अंग हुन भन्ने बुझौं, सोहि अनुरुप व्यवहार गरौं । हामी प्रकृतिले, सुष्टिले झैं कसैलाई जीन्दगी, प्राण त दिन सक्दैनौ तर हाम्रो आचरण र व्यवहारले प्रकृति र यस्को सृष्टिमा बस्ने हरेकको जीन्दगी भने अवश्य सहज अनि आनन्दित बनाउन सक्दछौं । फेरिपनि एक स्वस्थ व्यक्तिले एक स्वस्थ घरपरिवार र समाज निर्माण गर्न सक्दछ । स्वस्थ जीन्दगी र जीवनशैली यो कोरोना भाइरस संक्रमणको महामारिमा मात्र नभई अरुपनि हजारौँ रोगसँग लड्ने हतियार भएको हुँदा स्वस्थ जीवनयापन गरौँ । स्वस्थ आचरण, स्वस्थ सोच अनि सन्तुष्ट मनले नै मान्छेलाई मान्छे हुनुको सार्थकता प्रदान गर्दछ । यस्तो महामारीमा लापरवाही गरेर, संक्रमणबाट बच्ने उपायहरुको बेवास्ता गरेर फेरि अर्को कोरोना संक्रमित भई किन सरकार र स्वास्थ्यकर्मीहरुको लागि भार बन्ने त ? आखिर हामी मान्छे हौ, चेतनशील प्राणी, चेतनशील बनौँ । सहयोग सामाग्रीः केहि तथ्याङ्कहरु Worldometers.info र WHO को आधिकारीक वेवसाइटबाट लिएको छु । नवलपुर, नेपाल हालः जर्मनी
मानिसको व्यवहारमा स्थायी परिर्वतनको आवश्यकता
भेनेजुएलामा सुनसान सडक कोरोनाले देखाइदिएको एउटा परिदृष्यबाट सुरु गरौँ । अमेरिकाको मिसिगन राज्यका गभर्नरले राज्यवासीलाई घरमा बस्ने आदेश लम्बाएपछि मानिसहरू काममा जान पाइएन भन्दै सडकमा उत्रिए । आफ्नै गाडीको हर्न बजाएर विरोध गरे । यस परिदृष्यलाई भिडियोको माध्यमबाट हेर्ने मौका पाएँ । बीबीसीले अपलोड गरेको उक्त भिडियोमा एक महिला आफ्नो जीवनकालमा पहिलोपटक बेरोजगार भएको र बिल तिर्न नसकेको बताउँदै थिइन् । कपाल मिलाउन हेयर ड्रेसरकोमा जान नपाएको र आफ्नो रूप बिग्रेकोमा उनलाई ठूलो चिन्ता छ । त्यसैले उनी आन्दोलन गर्न निस्केकी रहिछन् । अमेरिकी नागरिक भनेका विश्वमै हाइफाइ जीवन बिताउने अनुहारहरूका बिम्ब हुन् । यो परिदृश्य हेरिरहँदा लाग्छ, अमेरिकाजस्ता देशमात्र नभएर त्यहाँका जनता पनि केवल भौतिक रूपमा मात्र अब्बल बने । अन्य कुराहरूमा नेपालजस्ता देश र जनताभन्दा निकै तल रहेछन् । अमेरिकीहरूभन्दा हामी धेरै धनी रहेछौं। संक्रमण नियन्त्रणमै रहँदा पनि छिटफुट घटनाबाहेक हामीले लकडाउनको निर्णयमा घरमै बसेर समर्थन गरिरहेकाछौँ, सरकारलाई । खासमा सरकारलाई हैन, हामी जीवनलाई समर्थन गरिरहेका छौँ । हामीमध्ये धेरै जसोले महँगो गाडी र घरको लागि हामीले महिनैपिच्छे लाखौँको किस्ता तिर्नुपर्दैन । गरिब मुलुकमा बस्नेका आवश्यकता न्यूनतम छन् । केही हजार रूपैयाँमा हाम्रो महिना कट्छ । सन् २०१९ लाई बिदाइको हात हल्लाउँदै २०२० को स्वागतका लागि तयार थियो विश्व । तर सन् २०२० ले विश्वको दिशा, शक्ति र सामर्थ्यमाथि नै यसरी प्रश्न उठाइदिने छ भन्ने सायदैलाई मात्र थाहा थियो । यदि थाहा हुन्थ्यो त अमेरिका तथा युरोपले अहिलेको अवस्थामा पुग्नुपर्ने थिएन । गएको वर्षको नोभेम्बर १७ का दिन पहिलो कोरोना संक्रमणको केस चीनमा भेटिएको थियो, हुवेही प्रान्तको वुहान सहरमा । आजको दिनसम्म आइपुग्दा यस भाइरस नपुगेको र नछोएको सीमना सायदै छ । र, चीनबाट फैलिदै गएको भए पनि अमेरिकाको साथै युरोपियन देशहरूमा यसको प्रभाव इपिसेन्टरमा भन्दा बढी भएको छ । यस कुराबाट के भन्न सकिन्छ भने, कोरोना भाइरस जति फैलिँदैगएको छ, त्यति नै शक्तिशाली बन्दै गएको छ । लेखक कोरोनापछिको विश्व र नेपाल विश्व राजनीतिलाई हेर्ने हो भने अहिले विश्व दुई धुव्रमा धुव्रिकृत छ । डेमोक्रेट र कम्युनिष्ट । डेमोक्रेटहरूले डेमोक्रेसीलाई मात्र नभएर विश्वलाई नै अहिलेसम्म नेतृत्व गरे । प्रमुख मुलुकको रूपमा अमेरिका रहँदैआएको छ । अर्काेतर्फ कोरोनाको उद्गम स्थल चीनले कम्युनिजमलाई अहिलेको विश्वमा नेतृत्व गरेको जिकिर गर्दा अनुचित पक्कै हुँदैन । र, यी दुई राजनैतिक धारको बीचमा अहिले बहसको विषय बन्दै गरेको तथा विश्व राजनीतिमा महत्वपूर्ण स्थान राख्ने धार भनेको समाजवाद पनि हो । म यहाँ त्यो समाजवादको कुरा गर्दैछु जसले समाज कल्याणलाई आफ्नो प्रमुख मुद्दा बनाएर अघि बढ्छ । चाहे त्यो प्रजातान्त्रिक समाजवाद होस् वा लोकतान्त्रिका समाजवाद नै । चाहे त्यसले पुँजीवादी नीतिलाई अंगिकार गरोस् या कार्लमाक्स वा माओत्सेको साम्यवादलाई नै । तर अबको विश्वको राजनैतिक दिशा भनेको समाज कल्याण उन्मुख हुन जरुरी छ । कोरोना कहरको अन्त्यसँगै विश्व राजनीतिमा समाज कल्याणको मुद्दा बोकेर तेस्रो विश्वको देश उदाउन सक्छ । अमेरिका तथा युरोपका देशहरू हामी नेपालीहरूका लागि सपनाका देश हुन् । हामीलाई मात्र होइन, यो हाम्रोजस्तै हैसियत भएका तमाम देशहरूमा यही मानक स्थापित थियो । यी देशहरूलाई अहिलेसम्म स्वाथ्य, शिक्षा तथा गुणस्तरीय जीवनका लागि जानिन्थ्यो । शिक्षाको विगत लामो भएको कारणले पनि उनीहरू हामीभन्दा चेतनाको स्तरमा धेरैमाथि थिए । तर यस किसिमका मान्यतामाथि कोरोना संक्रमणले धावा बोलेको छ । उनीहरूको चेतना र दशकौँ लामो विरासतलाई कोरोनाले एकपटक छताछुल्ल बनाइदिएको छ । यसको अर्थ के भने तेस्रो विश्वका मानिसमा अब यी देशप्रतिको मोह घटेर जानेछ । जसको प्रभाव विश्व राजनीतिमा देखिने पक्का छ । अमेरिका तथा युरोपका देशहरू त्यतिका समृद्ध भएर पनि, अन्तरिक्षको यात्रामा निक्लने हैसियतमा भएर पनि, आखिर महामारीका बेला भने समाजको प्रतिरक्षासम्म गर्नसक्ने हैसियतमा रहेनछन् भन्ने कुराको प्रमाण फेरि एकपटक कोरोनाले पेश गरिदिएको छ । अबको विश्वले आफ्नो शक्तिका रूपमा आणविक हतियार, सेना तथा अन्तरिक्षको खोजअनुसन्धानलाई भन्दा पनि समाज कल्याणको अवधारणालाई पहिलो प्रथमिकतामा राख्न जरुरी छ । अमेरिका तथा युरोपका देशहरू त्यतिका समृद्ध भएर पनि, अन्तरिक्षको यात्रामा निक्लने हैसियतमा भएर पनि, आखिर महामारीका बेला भने समाजको प्रतिरक्षासम्म गर्नसक्ने हैसियतमा रहेनछन् भन्ने कुराको प्रमाण फेरि एकपटक कोरोनाले पेश गरिदिएको छ । अबको विश्वले आफ्नो शक्तिका रूपमा आणविक हतियार, सेना तथा अन्तरिक्षको खोजअनुसन्धानलाई भन्दा पनि समाज कल्याणको अवधारणालाई पहिलो प्रथमिकतामा राख्न जरुरी छ । चाहे त्यो अमेरिका होस् या चीन । विकसित भनिएका देशहरूमा जन्मदर अहिले न्युन रहेको अवस्था छ । तर कोरोनापछिको बेरोजगारी तथा आर्थिक मन्दीले मानिसलाई घरमा थन्काउने छ । मान्छेहरू फुर्सदिला बन्ने छन् । जसको कारण केही हदसम्म विश्वको जनसंख्या बनाउनमा भूमिका खेल्ने छ । आर्थिक गतिविधिमा ह्रास आउने कारणले गर्दा वातावरण सन्तुलनको अवस्था आउँछन नै, सँगै अबको विकासले वातावरणमैत्री निर्माणको मुद्धालाई प्रमुख बनाउने छ भन्नेमा मेरो विश्वास रहेको छ । ज्ञानको हिसावले पूर्वतयारी कार्यक्रम तथा सचेतना बढ्ने देखिन्छ । शक्तिशाली देशका सरकारहरूलाई विपद् न्यूनिकरण तथा समाजिक कल्याणको मुद्दामा केन्द्रित हुन पनि कोरोनाले बाध्य तुल्याउने छ । कोरोनाको समयपछि अल्पविकशित देशबाट विकशित देश, विशेष गरेर पश्चिमतिरको आप्रवासन घट्ने छ । कृषि र पारम्परिक उत्पादन प्रविधिमा बढी आधारित भएका अर्थतन्त्र बढी स्थिर हुने छन । उद्योग र प्रविधिमा आधारित अर्थतन्त्र खस्किने छन् । फलस्वरूप, एउटा लामो र नराम्रो आर्थिक मन्दीले विश्व आक्रान्त हुनसक्छ । विश्वको बौद्धिक नेतृत्व युरोप, चीन वा अमेरिकाभन्दा तेस्रो विश्वका देशतिरबाट हुने सम्भावन देखिन्छ । अर्काे मुख्य कुरो के पनि छ भने, विश्वको ठूलो युवा जमाथ बेरोजगारीको अर्काे महामारीमा फस्ने छन् । यसको सीधा असर विश्व अर्थतन्त्रमा देखिने छ । दशकभन्दा लामो समय मुद्रास्फिति र बेरोजगारीको दौर अतिशय उच्च हुने देखिन्छ । यसको प्रभाव नेपालमा पनि प्रत्यक्ष पर्ने पक्का छ । बेरोजगारीको दौर अतिशय उच्च हुनाले युवा जमात देशको राजनैतिक, आर्थिक लगायत विविध सामाजिक अवस्थाको बहसमा हुनेछ । यसले प्रत्येक देशमा सरकारविरोधि आन्दोलन तथा समाज कल्याणको मुद्दामा क्रान्तिहरू हुनेछन् । यसले गर्दा नेतृत्वमा दबाव सिर्जन हुने छ । यस्तो अवस्थामा सरकारसँग तीन विकल्प हुनेछन् । जनताको भावना अनुरूप काम गर्ने, नयाँ विचार तथा अवधारणा बोकेका युवाका लागि मार्ग प्रसस्त गर्ने वा तानशाह बन्ने । जुन शासकले जनताको आवाजलाई सम्बोधन गर्छ, त्यो समृद्धिको बाटोमा अघि बढ्ने छ । तर जसले जनतालाई दबाउने नीति लिनेछन्, तिनको अर्थतन्त्र चरम संकटमा फस्नेछ । यस्तो अवस्थामा सरकारसँग तीन विकल्प हुनेछन् । जनताको भावना अनुरूप काम गर्ने, नयाँ विचार तथा अवधारणा बोकेका युवाका लागि मार्ग प्रसस्त गर्ने वा तानशाह बन्ने । जुन शासकले जनताको आवाजलाई सम्बोधन गर्छ, त्यो समृद्धिको बाटोमा अघि बढ्ने छ । तर जसले जनतालाई दबाउने नीति लिनेछन्, तिनको अर्थतन्त्र चरम संकटमा फस्नेछ । कोरोनापछिको विश्वमा अर्थतन्त्रका महारथीहरूको अवस्था परिवर्तन हुन सक्छ । अहिलेसम्म राजनीतिले अर्थतन्त्रलाई निर्देशन गर्दैआएको विश्वमा अब अर्थतन्त्रले राजनीतिलाई निर्देश गर्छ । सेयर बजार र व्यापारका कुराहरूमा ह्रास आउँछ । सीधा अर्थमा हेर्दा अनलाइनमाध्यमका व्यवसाय बढ्ने देखिए पनि व्यक्तिको आम्दानीमा ह्रास आउने भएकाले डिजिटल क्षेत्रले पनि घाटा बेहोर्नु पर्ने छ । तर अबको विश्व बजारमा डिजिटल मार्केटिङ्ले आफ्नो उचाई अझ उच्चो बनाउने भने पक्का छ । कोरोनाले कामको प्रकृतिमा पनि परिर्वन ल्याउने पक्का देखाइसकेको छ । अबको विश्वले कामको मापन अफिस टाइम वा घण्टामा नभएर परिणम उन्मुख भएर गर्नेछ । अब कुनै पनि अफिसमा वा कुनै पनि क्षेत्रमा धेरै समय अफिसमा रहनेभन्दा पनि धेरै रिजल्ट दिन सक्नेलाई असल कर्मचारी मानिनेछ । घरमा बसेर अफिसको काम गर्ने नजिरलाई विकास गरिनेछ । अतिआवश्यकबाहेक धेरै काम अब विश्वले मात्र होइन नेपालले पनि घरमै बसेर गर्नेछ । काेराेना महामारीसँगै सहरबाट गाउँ फर्केका पैदल यात्रीहरू अब विश्वले व्यक्तिको स्वास्थ्यलाई दोस्रो वा तेस्रो प्राथमिकतामा राख्नेछैन । प्रत्येक देशको पहिलो प्राथमिकता व्यक्तिको स्वास्थ्य सुरक्षा नै हुनेछ । भारत र नेपालजस्ता देश, जहाँ आमनागरिकको स्वास्थ्य जुन रूपमा हेरिदैआएको थियो, त्यसमा परिर्वतन आउनेछ । गोबिन्द केसीका मुद्धाहरूले थप बल पाउनेछन् , उचाई लिने छन् । सम्बोधन गर्नका लागि सरकारलाई युवा जमातले दवाब सिर्जना गर्नेछन् । अब आममानिसलाई रोग लागे खास मानिस पनि सुरक्षित रहने छैन भन्ने चेतनाको नजिर विकास हुने छ । रोग तथा महामारीलाई अब भूगोल र देशसँग मात्र जोडेर हेरिने छैन । जसरी कोरोनाको सुरुवाती दिनमा अमेरिकाले हेर्याे । कोरोनालाई मात्र चीनको समस्या मान्यो । अब यस मानकमा पनि परिवर्तन आउनेछ । कुनै पनि महामारी संसारको कुनै एक गाउँमा देखिए त्यसको समाधानतर्फ पूरा विश्वको ध्यान केन्द्रित हुनेछ । विश्व स्वास्थ्य संगठनको औचित्य तथा संक्रियता अझ् बढ्ने छ । नबढे यसलाई विस्थापन गर्न अर्काे संस्थाको जन्म हुनेछ । यसरी हेर्दा विश्वको अबको पहिलो लगानी भनेको स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा हुनेछ । मानव सभ्यता, संस्कृति र कोरोना भाइरस पश्चिमा सभ्याताप्रतिको मोह अचम्मको छ, पूर्वीय विश्वमा । त्यसको मुख्य कारण भनेकै स्वतन्त्रता हो । उदारपन हो । र, मनमौजी जीवनयापन हो । पूर्वीय सभ्यतामा कसैलाई चोक, सडक, घर, पार्टी आदिमा भेट्दा अंकमाल गरिहाल्ने वा चुम्बन गरिहाल्ने परम्परा बर्जित छ । तर यस्ता सभ्यतामा पश्चिमाहरू अभ्यस्त छन् । र, यस किसिमका पश्चिमा सभ्यताले पूर्वी विश्वमा गतिलो हस्तक्षेप राख्दैआएको छ । तर अब यसको अन्त्य नै त नहोला, तर पूर्वी विश्व आफ्नो सभ्यतामा फर्किनेछ । स्वतन्त्रता र अनुशासन फरक कुरा रहेछन्, यिनीहरूलाई मिश्रण गर्दाको परिमाण घातक हुनेरहेछ भन्ने कुरा विश्वले बुझ्ने छ । पश्चिमा समाजले पनि समाजिक दूरी सम्बन्धि व्यवहारिक पूर्वीय सभ्यतालाई अपनाउने छ । पूर्वी विश्व आफ्नो सभ्यतामा फर्किनेछ । स्वतन्त्रता र अनुशासन फरक कुरा रहेछन्, यिनीहरूलाई मिश्रण गर्दाको परिमाण घातक हुनेरहेछ भन्ने कुरा विश्वले बुझ्ने छ । पश्चिमा समाजले पनि समाजिक दूरी सम्बन्धि व्यवहारिक पूर्वीय सभ्यतालाई अपनाउने छ । कोरोनापछिको विश्व खानपानमा अनुशासित बन्ने छ । खानापानमा पूर्वीय सभ्यता अनुशासित रहेर पनि पश्चिमा तथा आयातीत सभ्यताकै शिकार हुँदैआएको छ । तर अब खानपानलाई स्वास्थ्यसँग अझ् नजिकबाट जोडेर हेरिनेछ । सहाकारी हुनेको एक किसिमको लहरै पनि उठ्ने देखिन्छ । मान्छेलाई साबुनपानीले हात धुनुपर्ने कुरो थाहा नभएको होइन । तर अब व्यवहारमा देखिने छ । समय समयमा हात धुने, कतैबाट घर फकिएपछि शुद्ध भएरमात्र गृह प्रवेश गर्ने, जमघट तथा भीडभाडमा सकेसम्म कम सहभागी हुने, भए पनि अनुशासित हुनेजस्ता सभ्यताको विकास हुनेछ । अबको विश्वमा मानवतावादी नारी चर्काे हुनेछ । मानिसमा गैरसामाजिकबाट समाजिक भावना फिर्ती हुनेछन् । पारिवारिक भावना तथा संवेदनालाई अहिलेको लक डाउन र लक डाउन खुलेपछिको बेरोजगारीले बुझ्न सघाउने छ । विश्वले अब धेरैभन्दा धेरै समय आफूमा खर्च गर्नेछ । आफूलाई बुझ्नमा लगाउने छ । आफूलाई कतै छोडी भौतिक संसारका लागि गरिने दौडमा धेरैहदसम्म अंकुस लगाउने छ । विज्ञानले स्वाथ्यलाई पहिले प्राथमिकतामा त राख्ने नै छ । तर अबको विश्व विज्ञानमा मात्र भने निर्भर रहने छैन । तेस्रो विश्व अध्यात्मिक विज्ञानलाई बोकेर उदाउने छ । जसको नेतृत्व धेरैहदसम्म भारतले गर्ने सम्भावना छ । पूर्वीय सभ्यताले बिर्सिएको अध्यात्मवाद तथा पूर्वीय औषधि विज्ञानको उत्खन्न हुनेछ । र, मानिसको सम्पन्नताको मानकको रूपमा भौतिक सम्पतिलाई मात्र लिइने छैन । अध्यात्म र भौतिकवादको टकरावबाट अध्यात्मवादको क्षेत्र अबको विश्वमा विशाल भएर जानेछ । प्रकृति, पर्यावरण र कोरोना भाइरस हामीले पटक पटक प्रकृतिसँग जोहोरी खोज्यौँ । उसलाई चोट पुर्याएर आफ्नो आवश्यकता पूर्तिमा मात्र ध्यान केन्द्रित राख्यौँ । प्रकृतिको नियम उल्लघंन नगर्न मानवजातिलाई महामारीले पटक–पटक पाठ पढाउँदै पनि आएको देखिन्छ । तर, मानवजातिले ती महामारीबाट सिकेको कुरा महामारीको अन्त्यसँगै बिर्सिएका छन् । उदाहरणका लागि असुरक्षित यौनसम्पर्क र रगतबाट एचआइभी एड्सको संक्रमण हुने सबैलाई थाहा छ । एड्स एक मानिसबाट अर्काे मानिसमा संक्रमण हुनुको मुख्य कारण अनुशासनहीन यौन सम्पर्क हो । तर पनि यो संक्रमणले हालसम्म संसारभर ३ करोड ५० लाख मानिसको ज्यान लिइसकेको छ । यति धेरै महाविपत्तिका शृंखला हुँदा पनि मानवले किन शिक्षा लिएन ? किन आफूलाई अनुशासनमा राख्न आवश्यक ठानेन ? किन पटक पटक मानिसले विगतबाट पाठ सिक्दैन, र उही अनुशासनहीन जीवनयापनलाई पुनरावृत्त गर्छ ? अब पनि समीक्षा नगरे भोलिका दिनमा विश्वले अझ ठूलो मूल्य चुकाउनुपर्ने पक्का छ । एड्स एक मानिसबाट अर्काे मानिसमा संक्रमण हुनुको मुख्य कारण अनुशासनहीन यौन सम्पर्क हो । तर पनि यो संक्रमणले हालसम्म संसारभर ३ करोड ५० लाख मानिसको ज्यान लिइसकेको छ । यति धेरै महाविपत्तिका शृंखला हुँदा पनि मानवले किन शिक्षा लिएन ? किन आफूलाई अनुशासनमा राख्न आवश्यक ठानेन ? पर्यावरणको हामीले सुरक्षा गरे यसले हाम्रो पनि सुरक्षा गर्ने हो । तर हामीले यसको असावधानीका साथ विनाश गरिरहेका छौँ । वायुमण्डलको ओजन तह हामीले ध्वस्त पार्दैआएका छौँ । यसलाई सुधार्नु जरुरी छ । यदि अब पनि हिजोजस्तै पर्यावरणलाई जिस्काइरहने हो भने भोलिका दिनमा थप खराब परिणाम भोग्न तयार हुनुपर्छ । दक्षिण अफ्रिकाको क्रुगर राष्ट्रिय निकुञ्जका सिंहहरू प्रकृतिको क्षतिले गर्दा यस्ता महामारी फैलिनु राष्ट्रिय सरोकारका विषय मात्रै होइन । यो विश्वको मुद्धा हो । भौतिक विकासका महारथीको असावधानी पूर्ण पर्यावरणको प्रयोगले गर्दा माल्दिभ्स समुद्रमुनि विलय हुनेक्रममा छ । सगरमाथाले आफूलाई होचो बनाउँदैछ । सगरमाथा होचिनु भनेको विश्वको शिर घट्नु हो । माल्दिभ्स पानीमुनि दबिनु भनेको विश्वशक्तिका लागि पनि खतराको घण्टी हो । कोरोनाजस्ता महामारीका भाइरस ग्लोबल ट्राभलको माध्यमबाट संसारका कुनाकाप्चा पुग्न आकाशको एउटा सूर्य काफी हुन्छ । समस्या विश्वको भएकोले समाधान पनि विश्वले एक भएर खोज्नुपर्छ । अहिले डाइनासोर प्रजाति संसारमा छैन । प्रकृतिले नै त्यसलाई विलय गराइदियो । कोरोनापछि चिम्पान्जी लोप हुने अनुमान जैविक वैज्ञानिकहरूले लगाएका छन् । यसकारण प्रकृतिको विनाशले कुनै दिन मानवजातिकै विनाश निम्त्याउँछ भनेर बुझ्न ढिला गर्नु हुँदैन । त्यसैले कोरोना महामारीलाई हामीले मानव तथा प्रकृतिबीचको अन्तरसम्बन्धसँग जोडेर हेर्नुपर्छ । विश्वका असंख्य इकोसिस्टमबीचको अन्तरसम्बन्धको फराकिलो मानचित्रभित्र हेर्नु र बुझ्नुपर्छ । जनस्वास्थ्यकोे विषयलाई पनि मानव तथा प्रकृतिको अन्तरसम्बन्धको फराकिलो दायरामा राखेर सोचिनुपर्छ । भौतिक विकासका महारथीको असावधानी पूर्ण पर्यावरणको प्रयोगले गर्दा माल्दिभ्स समुद्रमुनि विलय हुनेक्रममा छ । सगरमाथाले आफूलाई होचो बनाउँदैछ । सगरमाथा होचिनु भनेको विश्वको शिर घट्नु हो । माल्दिभ्स पानीमुनि दबिनु भनेको विश्वशक्तिका लागि पनि खतराको घण्टी हो । कोरोनाले देखाएको बाटो कुनै पनि विषयबारे वर्तमानमा बोल्नुअघि विगतको जानकारी जरुरी हुन्छ । कोरोना भाइरसजस्ता महामारीहरू विश्वमा समयअन्तरालसँगै देखिने गरेका छन् । भलै त्यस्ता माहामारीहरूले भूगोल, क्षेत्र र आयतन फरक होला । क्षति र उपचार पनि फरक होला । तर यस्ता महामारीमध्ये ठूला महामारीहरूमा एउटा कुरा भने समान पाइन्छ । सर्ने माध्यम अथवा रोगको मान्छेमा पहिलो संक्रमण कसरी हुन्छ ? विगतलाई हेरौँ, सन् १९८० मा पहिलोपटक एचआइभी एड्स लागेको वैज्ञानिकहरूले पत्ता लगाए । र, रोगको बारेमा अनुसन्धान गर्दा पत्ता लाग्यो कि एचआइभी बाँदरबाट मान्छेमा सरेको थियो । सन् २००९ मा माहामारीकै रूप लिएर विश्वलाई नै आतंकित पार्दै स्वाइनफ्लु फैलियो । जसको कारण सुँगुर थियो । त्यस्तै अफ्रिकामा फैलिएको इबोलाको कारण पनि चमेरो थियो भन्ने वैज्ञानिकहरूले बताएका छन् । माथि उल्लेखित ३ महामारीलाई हेर्ने हो भने ४० वर्ष पहिलो रोग पत्ता लागेर पनि अहिलसम्म एचआइभीको खोप बन्न सकेको छैन । चालीस वर्षको लामो समयमा पनि किन भ्याक्सिन बन्न सकेन ? त्यो प्रश्न हाम्रो लागि होइन ? तर यस रोगको खोप नबनिएकाले मान्छेको व्यावहारमा यसले व्यापक परिवर्तन ल्याइदियो । मान्छेहरू सुरक्षित यौन सम्पर्कका खातिर कण्डमको प्रयोग गर्न लागे । केवल गर्भ नबसोस् भनेरमात्र प्रयोग गरिने कण्डमको उदेश्य अब रोगबाट बच्नु हो भन्ने पनि मानक स्थापित भयो । यतिमात्र होइन, यसले यौन व्यवहारमा नै परिवर्तन ल्याइदियो । यौनक्रिडालाई केही हदसम्म भए नि सुसंस्कृत र सोचनीय विषयको रूपमा स्थापित गरिदियो । मैले एचआइभीको कुरामा यतिका जोड किन दिँदैछु भने, यदि हामी हरेक मानिसलाई यौन सम्पर्कलाई पहिलेबाटै सुसंस्कृत र सफा राख्न सकेको भए अहिले संसारले एचआइभी सुन्नुपर्ने नै थिएन कि ? यदि मान्छेले सेक्सलाई व्यवहारिक र अनुसासित भएर प्रयोग गरेको भए यो चालीस वर्ष लामो महामारी विश्वले देख्नैपर्दैन थियो कि ? खैर, हामीले कोरोनाको बारेमा ध्यान केन्द्रित गर्नुपर्ने समय हो यो । वर्तमान अवस्थामा जस्तो उपाय लाएर पनि सके नियन्त्रण नसके रोकथाम गर्नुपर्ने चुनौति विश्वको अघि छ । अहिलेको विश्वमा पछिल्लो समय विशेष दुई कुराले पनि बहस पाउँदै आएका छन् । अठार महिनाको डाउन लक र विश्वको आधाभन्दा बढी जनसंख्यामा यसको संक्रमण फैलिन सक्ने अनुमान । कोरोनामा मात्र होइन, कुनै पनि महामारी फैलिएपछि त्यसको नियन्त्रणका तीन उपाय रहन्छन् । पहिलो, खोपको अविष्कार । दोस्रो, मानिसमा रोग प्रतिरोधात्मक क्षमताको विकास । र तेस्रो, मानिसको व्यवहारमा स्थायी परिर्वतन । रोग देखिइसकेपछि त्यसको अन्तिम तथा वैज्ञानिक उपचार भनेको भ्याक्सिन नै हो । तर भ्याक्सिनलाई तयार हुन एचआइभीलाई झैँ चालीसौँ वर्ष पनि लाग्न सक्छ । पूरा विश्वका शक्ति राष्ट्रहरू अहिले कोरोनाको भ्याक्सिनको दौडमा छन् । यदि कसैले सफलता हाँसिल गरे पनि त्यो सफलताको खुसी विश्वलाई मँहगो परिसकेको हुनेछ । विश्वको ठूलो जनसंख्यामा कोरोना देखिएको अवस्थामा भ्याक्सिनको पूर्ति पनि प्रयाप्त नहुन सक्छ । भ्याक्सिनले कोरोनालाई त रोक्ला, तर फेरि भोलि अर्काे महामारी फैलदा हाम्रो स्थान जहीँको तहीँ नै हुनेछ । जस्तो हाम्रो शरीरले फरक ठाउँको हावापानीलाई ग्रहण गर्छ, ठीक त्यसैगरी रोगसँग पनि घुलमिल हुने अवस्था आउन सक्छ । जस्तो कि हाम्रो लागि रुघाखोकी भनेको सामान्य हो । रुघाखोकीकै कारण कसैको ज्यान जाँदैन । यसको मतलब हाम्रो शरीरसँग त्यो प्रतिरोधक क्षमता छ, जसले रुघाखोकीलाई परास्त पारिदिन्छ । तर कोरोना भाइरसप्रति मानव शरीरको प्रतिरोधक क्षमता बढ्न पहिले यो रोग फैलन जरुरी हुन्छ । यसो हुँदा हाम्रो शरीरले कोरोनाविरुद्धको प्रतिरोधक क्षमता निमार्ण गर्ने बेलासम्ममा धेरै नै ठूलो क्षति बेहोरिसकेको हुनेछ । महामारी तथा कोरोनाजस्ता रोगहरूले विश्वलाई समाउनुभन्दा हामी नै त्यसबाट टाढा रहनु राम्रो हो । मानिसको व्यवहारमा ल्याइने स्थायी परिर्वन भनेको चाहिँ रोग विरुद्धको उपचारभन्दा पनि रोग विरुद्धको पूर्व तयारीचाहिँ हो । यदि हामीले हाम्रो व्यवहारलाई प्रकृति अनुकुल बनाउनसक्यौँ भने विश्वले न त कोरोना तथा एचआइभी जस्ता महामारी बेहोर्नु पर्छ न त खोपको नै कुरो आउँछ । अन्त्यमा, कोरोनाको कहरले सामाजिक दूरी बढेकाे छ । यसबाट पाठ सिक्दै भोलिका दिनमा पनि यसले निरन्तरता पाउने नै छ । तर मान्छेमा सामुदायिक भावनाको विकास गराउनेछ । भेलाहरूमा कमी अवश्य ल्याउने छ । निजीकरणका कुराहरू कम हुने र सरकारको भूमिका बढ्ने देखिन्छ । बसाइँसराइ घट्ने छ भने वैदेशिक यात्रा कम हुनुका साथै स्वदेशको माया बढ्ने देखिन्छ । पारिवारिक आत्मीयताले प्रश्रय पाउने देखिन्छ । गाउँ र सहरको दूरी कम हुने देखिन्छ । भैपरीमा कोष चाहिने रहेछ भन्ने कुराहरूमा पनि सरकारहरूले सोच्ने छन् । कोरोनाको रोकथाम र देशको अर्थतन्त्र एकअर्कासित जोडिएका छन् । एकलाई छोडेर अर्काेलाई मात्र सम्बोधन गर्दा जीवन झन् कष्टकर बन्नेछ । कोरोना महामारीको विश्वव्यापी संकटले केही नयाँ बाटा खोल्नेछन् । थाईल्यान्डका पर्यटकीय स्थलमा विदेशीहरूको स_ङ्ख्या घटेको छ निजीकरणका कुराहरू कम हुने र सरकारको भूमिका बढ्ने देखिन्छ । बसाइँसराइ घट्ने छ भने वैदेशिक यात्रा कम हुनुका साथै स्वदेशको माया बढ्ने देखिन्छ । पारिवारिक आत्मीयताले प्रश्रय पाउने देखिन्छ । गाउँ र सहरको दूरी कम हुने देखिन्छ । भैपरीमा कोष चाहिने रहेछ भन्ने कुराहरूमा पनि सरकारहरूले सोच्ने छन् । नेपालजस्तो देशका ठूलो युवाशक्ति विदेशमा छ । तीमध्ये धेरै स्वदेश फर्कनेछन् । यसले गर्दा रेमिट्यान्स त घट्छ नै, बेरोजगारी पनि बढेर जाने छ । तर, फर्किएका कामदारलाई देश विकासमा लगाउने उपयुक्त समय यस घडीलाई बनाउन सकिन्छ । नेपालमै गरिखाने अवसर सिर्जना गर्नसके यस विपत्ति हाम्रोजस्तो अर्थतन्त्रलाई अवसर बन्नेछ । विदेशबाट फर्किएका जनशक्तिलाई नेपालमै राखेर उत्पादनशील क्षेत्रमा लगाउन सके हाम्रा लागि ठूलो अवसर हुनेछ । युवाशक्तिमा देशमै केही गर्नुपर्छ भन्ने भावनाको विकास गराउँदै त्यसलाई पैसामा रूपान्तरण गर्ने उत्तम मौका योभन्दा अर्काे हुनेछैन । यो समय संसारभर कल्याणकारी राज्यको सिद्धान्तले बहस छेडेको बेला नेपालमा पनि यसबारे चर्चा हुनु जरुरी छ । तर, नेपाललाई त्यहाँ पुर्याउन उत्पादनमुखी अनि आत्मनिर्भर अर्थतन्त्रबारे बहस हरेक स्तरबाट हुन जरुरी छ । अबका सरकारका योजनाहरू रेल र पानीजहाजउन्मुख नभएर धरातलमा टेकेर तर्जुमा गरिनुपर्दछ । विदेशबाट फर्किएकाहरूले केही न केही सीप लिएर नै फर्किने छन् । यसको पहिचान गरेर सरकारले माटो सुहाउदो योजनामार्फत् फर्किएका सीपहरूलाई देश विकासमा लगाउनु पर्छ । यसका लागि तयारी थाल्ने उपयुक्त समय यही हो । यदि अहिले हामीले अवसर सिर्जना गर्नसक्यौँ भने कोरोनाजस्तो महामारी सम्झेर पनि धेरै देशमै केही गर्न अग्रसर हुनेछन् । यस मोडेलमा काम सुरु गरिहाल्नुपर्छ । कानूनी नामः दुर्गा ढुङगेल हल्दीबारी, झापा
प्रलय
हे नापनक्साको मात्र आधाउधी मानव तिमी सुकिलामुकिला कत्रो यो दम्भ, किन कसैलाई हेला दुई दिने जिन्दगीमा कस्तो गनाउने खेला ? श्रृष्टि झैँ लामो बाँचेको यो धर्तीमा जिन्दगीभन्दा अधिक छैन तिम्रो चोला तैपनी यो छिछि, दुर्रदुर्र र हुँकार कठै मृत्युभन्दा पर कहाँ पो पुग्छौ होला ? हे नापनक्साको मात्र आधाउधी मानव तिम्रो यो धन, तिम्रो यो ज्ञान तिम्रो नमेटिने तृष्णा, यो खोक्रो अभिमान तिम्रो सौन्दर्य अनि त्यो बहादुरी ? तिमी त फगत गु-मुत, सिँगान र खकारको भकारी । हे नापनक्साको मात्र आधाउधी मानव तिम्रो यो धन, तिम्रो यो ज्ञान तिम्रो नमेटिने तृष्णा, यो खोक्रो अभिमान तिम्रो सौन्दर्य अनि त्यो बहादुरी ? तिमी त फगत गु-मुत, सिँगान र खकारको भकारी । लेखक अनि तिम्रो ब्राण्डेड कपडा, अत्तर र चम्किला गहना तिमी त केबल लासको ज्यूँदोजाग्दो नमूना तिम्रो मिलेको ज्यान, कसिला पाखुरा, चम्किलो कपाल तिमी देख्छौ होला आफैलाई संसारभरकै महान तर म देख्छु तिमीमा जलिरहेको लाश, अनि तिम्रो अस्थित्व राजाले त्यागेको दरबारको विलाश । बिर्सियौ तिमीले ती विश्व युद्ध, अनि प्रकृतिको अनगिन्ती क्रोध कहिले भएन तिम्लाई आफ्नो निम्छरो अस्थित्वको बोध थुनियौ आफ्नै घरभित्र, बन्यौ संसारिक जेलभित्रको बन्दी आफ्नै देखि भाग्नपर्ने, मानिससँगै डराउनुपर्ने यो कस्तो पावन्दि ? जीवन सँधै थियो हेर अनिश्चित, बुझेनौ यसको मर्म उन्मक्त रह्यो, विश्वलाई जित्यौ अनि चलायौ प्रकृति मास्ने कर्म । खोल अब आँखा नत्र होला निकै अबेला कोरोना भाइरस बिरुद्ध एक हुने आएको छ बेला । बुझ है अब त तिमी आफ्नै कमजोरी एउट अदृष्य भाइरसले नाच्दैछ ताण्डव संसारभरी खोतल आफैलाई, नगर घमण्ड मिलेर बसौं सबैसँग, जोगाऔं भविष्यको लागि यस अमूल्य ब्रम्हाण्ड । *समाप्त*
सत्व भोजन गराैं, स्वास्थ्यमा लगानी बढाऔं
नोभल कोरोना भाइरस एक नयाँ किसिमको कोरोना भाइरस हो जुन मानव जातिमा यसअघि पहिचान भएको थिएन । यस भाइसरले मुलतः मानिस स्तनधारी जनावर तथा चराचुरुङ्गीहरुमा सङ्क्रमण गर्ने र रोग निम्त्याउने गर्दछ । यस भाइरसले ज्वरो, रुघा, सुख्खा खोकी देखी निमोनिया, तिब्र स्वासप्रस्वास सम्बन्धी समस्या, आन्तरिक रक्तस्राव र मृत्यु समेत निम्त्याउन सक्दछ । चीनको वुहान प्रान्तमा ३१ डिसेम्बर २०१९ मा केहि व्यक्तिहरुमा निमोनियाको संक्रमण देखा परेको थियो जसको कारणबारे त्यस समयको सबै चिकित्सक अनभिज्ञ थिए । या भनौँ त्यो निमोनिया असाधारण कारणबाट उत्पन्न भएको थियो । कोरोना भाइरसको संक्रमणबाट ५ जनावरी २०२० मा चीनमा पहिलो व्यक्तिको मृत्यु भएको थियो । यो भाइरस चीनको वुहान प्रान्तमा प्रथम पटक मानिसमा सरेको थियो । कोरोनाको यस प्रकोपलाई मनन गर्दै ३० जनावरी २०२० का दिन विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य सङ्कटकालको घोषणा गरेको थियो । यस नयाँ किसिमको कोरोना भाइरसलाई ११ फेब्रुवरी २०२० मा विश्व स्वास्थ्य संगठनले काेभिड-१९ को नाम दियो जसको विस्तारीत रुप काेराेना भाइरस डिजिज-२०१९ रहेको छ । कोभिड–१९ को केन्द्रविन्दु मानिने चीनको वुहान प्रान्तमा सर्वप्रथम सर्प र चमेराबाट यो भाइरस मानिसमा प्रवेश गरेको भनिएकाे छ तर आजको दिनसम्म यसको कुनै वैज्ञानिक तथ्य फेला पार्न सकिएको छैन । संक्रमित व्यक्तिको संसर्गमा आएमा, निजले प्रयोग गरेको व्यक्तिगत चिजवस्तु प्रयोग गरेको खण्डमा र संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट मानिसमा एक व्यक्तिबाट अर्को व्यक्तिमा यो भाइरस सर्ने गर्दछ । विश्व स्वस्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरे लगतै यस भाइरसले चीन लगायत चीनको छिमेकी राष्ट्रहरु, अमेरिका र युरोपका अधिकांश राष्ट्रहरुमा मानवजातिको अस्तित्व नै निष्कृय पार्न तम्सिएको छ । सुरुको अवस्थामा यस भाइरस निकै तिब्र गतिमा फैलिएको चीनको अवस्था अहिले सामान्यउन्मुख बनेको छ । २०७७ वैशाख ५ गते सम्म आइपुग्दा चीनको संक्रमितको संख्या ८२,६९२ रहेको छ भने ज्यान गुमाउनेको संख्या ४६३२ रहेको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै पुगेको छ । जान गुमाउनेकाे संख्या पनि अमेरिकामा सबैभन्दा धेरै छ । याे लेख तयार गर्दासम्म विश्वमा संक्रमण देखिएका २१० राष्ट्रहरु, क्षेत्रहरुमा संक्रमितको संख्या २,२१९,१६४ पुगेको छ जसमध्ये मृत्यु हुनेको संख्या १४९,८८४ रहेको छ भने ५६०,९१२ जना उपचार पछि निको भएका छन् । कोरोना प्रकोप नेपालमा पनि फैलदै गएकाे छ । याे लेख तयार गर्दासम्म संक्रमित संख्या ३० पुगको छ जसमध्ये दुई जना उपचार भइकन घर फर्किसकेका छन् । नेपालमा हालसम्म १५,८०० जनामा कोरोनाको नमूना परीक्षण गरिएको छ । नेपालमा कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउनु परेको छैन । नेपालमा कोरोनाको संक्रमण देखिएका क्षेत्रहरुमा बाग्लुङ, काठमाण्डौँ, कैलाली, कञ्चनपुर, उदयपुर, पर्सा र चितवन रहेका छन् । विश्वभर कोरोनाको प्रकोपले अत्याधिक प्रभाव पारेको देशहरुमा अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, बेलायत, चीन, इरान आदि रहेका छन् भने चीनसँग सीमा जोडिएको मुलुक उत्तरकोरियाले हालसम्म कुनै कोरोना संक्रमित नभएको दावी गरेको छ । कोरोनाको प्रकोपबाट दुइवटा अन्तर्राष्ट्रिय पानीजहाज पनि संक्रमणको चपेटामा परेका छन् । कोरोना भाइरस गम्भीर प्रकारको संक्रमण भएतापनि यसबाट जोगिन जनस्तरबाट उपायहरु र आवश्यक पूर्वसावधानी अपनाउनु जरुरी छ । यसका लागि सबैले अनिवार्य रुपमा साबुनपानीले कम्तीमा २० सेकेण्ड मिचिमिचि हात धुनुपर्छ र सम्भव भएसम्म अल्कोहलको सम्मिश्रण भएको स्यानिटाइजर प्रयोग गर्नुपर्छ । खोक्दा वा हाछ्युँ गर्दा नाक र मुख छोप्ने गर्नुपर्छ । कोरोना भाइरसको लक्षण धेरै हदसम्म फ्लुसँग मिल्ने हुँदा फ्लु जस्तो लक्षण देखाउने जो कोहीको सम्पर्कबाट टाढा रहनुपर्दछ र यदि आफूमा फ्लु जस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिनुपर्दछ । कोरोना प्रभावित देशबाट आएका व्यक्तिहरु अनिवार्य रुपमा १४ दिन सम्म छुट्टै एकान्तबासमा बस्नु पर्दछ र यदि ती व्यक्तिहरुमा कोरोना भाइरससँग मेल खाने लक्षणहरु देखा परेमा तुरुन्तै स्वास्थ्य केन्द्रहरुमा गईकन चिकित्सकको निगरानीमा आइसोलेसनमा बस्नुपर्दछ । विश्व स्वास्थ्य संगठनको प्रारम्भिक प्रतिवेदन अनुसार एउटा संक्रमित व्यक्तिले औसतमा २.६ जनामा यो भाइरस फैलाउने सामर्थ्य राख्दछ र उक्त भाइरस आफ्ना १० पुस्तामा हस्तान्तरण भएको ५-६ दिनपछि सो प्रारम्भिक १ ले दिनमा ३५०० को दरमा उक्त भाइरस फैलाउन सक्दछ । चीनले कोरोना भाइरसको उक्त चक्रलाई मानव हस्तक्षेपको प्रयोग गरेर तोड्न सफल भएको छ । यसको लागि चीनले आक्रामक रुपमा लकडाउनको कार्यान्वयन गरेको थियो । संक्रमित व्यक्तिबाट अरुमा भाइरस फैलन नदिन र आफूमा पनि संक्रमण नभएको सुनिश्चित गर्न लकडाउन नै एकमात्र प्रभावकारी उपाय हुनसक्दछ । अमेरिका, युरोपी मुलुकलगायत नेपालले पनि यसको प्रभावकारी रुपमा पालना गर्नु जरुरी छ । विश्व स्वास्थ्य संगठनको प्रारम्भिक प्रतिवेदन अनुसार एउटा संक्रमित व्यक्तिले औसतमा २.६ जनामा यो भाइरस फैलाउने सामर्थ्य राख्दछ र उक्त भाइरस आफ्ना १० पुस्तामा हस्तान्तरण भएको ५-६ दिनपछि सो प्रारम्भिक १ ले दिनमा ३५०० को दरमा उक्त भाइरस फैलाउन सक्दछ । कोरोना भाइरसको संक्रमण व्यापक रुपमा फैलनु तर संक्रमणलाई निर्मुल पार्ने औषधी पत्ता लगाउन नसक्नु विश्व समुदायका सामुन्ने प्रमुख चुनौतीको रुपमा रहेको छ । कोरोना भाइरसको महापरीक्षणको निमित्त वैज्ञानिक, चिकित्सक, विशेषज्ञ, अनुसन्धानकर्ताको टोली अहोरात्र लागिपरे पनि हालसम्म कुनै ठोस नतिजामा पुग्न असफल विश्वव्यापी महामारीको यस घडिमा विश्व समुदाय सबै आतंकित बनेका छन् । कोरोना भाइरसको संक्रमणलाई फैलन नदिन विश्व समुदायले लकडाउनको अभ्यास गरिरहेकोमा यसबाट व्यक्तिमा मानसिक स्वास्थ्य समस्या उत्पन्न हुनसक्ने मनोविज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । कोरोना भाइरसको महामारीले विश्व समुदायका करोडौं मानिसको दैनिकी नाट्कीय रुपमा बन्द कोठामा सीमित हुन पुगेको छ । नयाँ–नयाँ कुरा सिक्नमा सधैँ इच्छुक रहने बालबालिका र आफ्नो स्वतन्त्रतामा रमाउन चाहने युवाहरुमा लकडाउनको कारणबाट मानसिक चिन्ता, पागलपन र आत्मबलमा गिरावट आउन सक्ने भनी चौतर्फी आशंका गरिएको छ । कोरोना प्रकोपको यस समयमा विश्व समुदायले विश्व स्वास्थ्य संगठन र सरकारको निर्देशन पालना गर्दै बालबालिका, किशोर–किसोरीहरु र युवाको मानसिक स्वास्थ्यमा आघात आउन नदिई लकडाउनको जिम्मेवारी बोध गर्न जरुरी छ । कोभिड–१९ नामक यस भाइरसले कुनै राष्ट्रिय सीमाना, सामाजिक सीमा, राजनैतिक प्रणाली, सांस्कृतिक मूल्य–मान्यता विशेषलाई उदारता देखाएको पाइँदैन । यसले विश्वलाई समान स्तरमा आफ्नो महामारीमा च्यापेको छ । कोरोना भाइरसको इतिहासलाई नजर लगाउँदा सन् २००२ र २००४ मा ग्वाङडोङ, चीनबाट प्रकोपको रुपमा लिएको सार्स जुन हवाइ सार्स कोरोना भाइरसको संक्रमणबाट विश्वका २७ राष्ट्रमा फैलिएको थियो जसबाट ८०९८ संक्रमितमध्ये कुल ७७४ जनाको मृत्यु भएको थियो । त्यसैगरी सन् २०१२ मा साउदी अरबबाट प्रकोपको रुपमा लिएको मर्स विश्वका २७ राष्ट्रमा फैलिएको थियो जसबाट २४९४ संक्रमितमध्ये कुल ८५८ जनाको मृत्यु भएको थियो । मानव सभ्यतामै आघात पार्ने गरी फैलिएको समान लक्षण देखाउने कोरोना भाइरसकै प्रजाति नोभेल कोरोना भाइरस २०७७ वैशाख ५ गते सम्म विश्वका २१० राष्ट्रहरु, क्षेत्रहरुमा फैलदा संक्रमितको संख्या २२ लाख नाघेको छ । जसमध्ये झण्डै १ लाख ५० हजार जनाको मृत्यु भएको छ । समान प्रजातिको भाइरस भएपनि यसको महामारीलाई नियन्त्रण गर्न नसक्नु अहिले विश्व समुदायको सामु चुनौतिको विषय रहेको छ । अहिले विश्व भूगोलमा छरिएर रहेका सबै विश्व समुदायले कोरोना भाइरसविरुद्ध एक्यवद्धता जनाउनु अपरिहार्य रहेको छ । पैदल हिडेर घर फर्कदै नेपाली नेपालमा कोरोना भाइरस दोस्रो चरणमा प्रवेश गरेकोमा यसलाई दोस्रो चरणबाट फैलन नदिनु हाल नेपालको सामु प्रमुख चुनौतीको रुपमा रहेको छ । व्यक्तिमा संक्रमण देखापर्नुलाई पहिलो चरणको रुपमा लिइन्छ भने संक्रमित व्यक्तिबाट निजको परिवारका सदस्यहरुमा संक्रमण फैलनुलाई दोस्रो चरणको रुपमा लिइन्छ । दोस्रो चरणमै यस भाइरसलाई नियन्त्रण गर्नका लागि सरकारले सर्वसाधारण समक्ष लकडाउनको निर्देशन दिएपनि मानिसहरुले यसको पालना गरेको देखिदैन । राजधानीबाट मानिसहरु पैदल हिडेर सिराहा, सप्तरी सम्म पुगेका छन् । सिराहा सप्तरी घर भई राजधानीमा मजदुरी गर्न आएका मजदुरहरु सरकारबाट लकडाउनको निर्देशन जारी भए यता राजधानीमै अलपत्र परेका थिए । अहिले उनीहरु कोरोनाको संक्रमण र सरकारको निर्देशनलाई पनि परवाह नगरी परिवारलाई भेट्नु नै उनीहरुको अन्तिम इच्छा रहेको बताउँदै हिँडेर नै घर पुग्ने साहस जुटाएर लामो यात्रा तय गरेका छन् । गाउँगाउँमा पनि कतै सयौँको संख्यामा घाँस दाउरा काट्न राष्ट्रिय निकुञ्ज पसेको खबर सुनिन्छ त कतै माक्स लगाएर समूहमा जुवातास खेलेको पनि देखिन्छ । जनचेतनाको कमि र मानिसको अटेरीपनाले गर्दा राष्ट्रले नै ठूलो क्षति व्योहोर्न पर्ने खतरा देखिएको छ । विश्वमा कोरोनाको संक्रमण तिब्र गतिमा बढिरेको र नेपालमा पनि जोखिम रहेको अहिलेको अवस्थाको माझमा पनि सरकारको निर्देशनको अपहेलना गर्दै बझाङ जिल्लामा चैतली मेलाको आयोजना भएको छ । संक्रमणलाई फैलन नदिन सरकारले यस्ता क्रियाकलापमाथी निगरानी राख्नु जरुरी देखिएको छ । बझाङ जिल्लामा सम्मन्न चैतली मेला कोरोनाको संक्रमणलाई फैलन नदिन भारतमा कर्फ्यूको अवलम्वन गरिएको र नेपाल सरकारबाट पनि लकडाउनको निर्देशन जारी भए यता भारतमा ठूलो संख्यामा नेपालीहरु र नेपालमा ठूलो संख्यामा भारतीय नागरिक बन्दाबन्दीमा परेका छन् । नेपाल सरकार र भारत सरकारबीच कोरोना प्रकोपको यस समयमा भारतमा रहेका नेपालीहरुलाई भारतमा नै सुरक्षित स्थानमा राख्नुपर्ने र नेपालमा रहेका भारतीय नागरिकहरुलाई नेपालमै सुरक्षित राख्नुपर्ने कुरामा सम्झौता भएको छ । दुई सरकारको सम्झौतालाई बेवास्ता गरी खुला सीमानाको फाइदा उठाउँदै सीमाक्षेत्रका नागरिक खुलारुपमा आवतजावत गरिरहेका छन् । नेपाल सरकार सामु खुला सीमानाको व्यवस्थापन चुनौतीको रुपमा रहेको छ । विशेषज्ञहरुको सीमितता, विश्व स्वास्थ्य संगठनको मान्यता अनुसारका क्वारेन्टाइन र आइसोलेसन केन्द्रको सीमितता, सीमित मेडिकल उपकरण र त्यसमा पनि कालोबजारीले गर्दा यसको व्यवस्थापन गर्नु नेपाल सरकारको चुनौतीको विषय रहेको छ । पुर्खाहरुले भन्ने गर्दथे, “कालोबजारी अन्याय हो” तर बुझ्नेहरुले कालोबजारीलाई अन्य आयको रुपमा लिई विपद्को यस घडीमा पनि कालोबजारी गरेको उदाहरणहरु प्रशस्तै छन् । सरकारले यस सम्बन्धमा गम्भीर भई निर्णय गर्नु जरुरी छ । कोरोना प्रकोपको कारणको नेपाल सरकारले विभिन्न चरणामा मिति ताेकेर अत्यावश्यक बाहेक अरु सबै खाले सेवाको लागि आफ्ना हवाई उडान रद्द गर्ने निर्णय गरेको छ । सरकारको यस निर्णयबाट कामको सिलसिलामा विदेशीयका नेपाली नागरिकहरु विभिन्न देशहरुमा अलपत्र परेका छन् । रोजगारको लागि पलायन भएको राष्ट्रमा कोरोनाको प्रकोप बढी राखेको अवस्थामा नेपाली नागरिकहरु मानसिक रुपमा ग्रसित हुँदै दिन काट्न बाध्य छन् । विदेशमा रहेका नेपालीहरु त्रसित छन् र यथाशीघ्र नेपाल आउन माग गरेका छन् । नेपाल सरकारले यस सम्बन्धमा आवश्यक प्रक्रिया मिलाइदिनु जरुरी छ । विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काएर उनीहरुलाई व्यवस्थित रुपमा क्वारेन्टाइन र आइसोलेसनमा राख्नुपर्ने हुनाले यसको व्यवस्थापनमा सरकारले कार्य गर्नुपर्ने देखिन्छ । कामको सिलसिलामा विदेशीयका नेपाली नागरिकहरु विभिन्न देशहरुमा अलपत्र परेका छन् । रोजगारको लागि पलायन भएको राष्ट्रमा कोरोनाको प्रकोप बढी राखेको अवस्थामा नेपाली नागरिकहरु मानसिक रुपमा ग्रसित हुँदै दिन काट्न बाध्य छन् । विदेशमा रहेका नेपालीहरु त्रसित छन् र यथाशीघ्र नेपाल आउन माग गरेका छन् । नेपाल सरकारले यस सम्बन्धमा आवश्यक प्रक्रिया मिलाइदिनु जरुरी छ । कोरोना संक्रमण चार महिनादेखि तिब्र गतिमा फैलदा यसको असर विश्व अर्थतन्त्रमा देखा परेको छ । उत्पादनको दर घटिरहेको छ । बेरोजगारीको स्तर बढिरहेको छ । निर्माण कार्यहरु कम भएका छन् । अर्थतन्त्रको हरेक क्षेत्र यसबाट प्रभावित हुने देखिएको छ । विश्व व्यापार संगठनले कोरोनाको संक्रमणले विश्वलाई नयाँ महामन्दीसम्म पुर्याउन सक्ने भनि चेतावनी दिएको छ । धेरै व्यापारिक फर्महरु असफल हुने वा ठूलो घाटाको मार सहने देखिएको छ । उत्पादित वस्तुहरुको माग घट्ने अवस्था देखिएको छ । माग घटेको कारणले मूल्य र लागत पनि घट्ने तर लागत भने मूल्य जस्तो तिव्र दरमा नघट्ने हुँदा उद्यमीहरुले ठूलो नोक्सानी व्यहोर्नु पर्ने हुन्छ । विश्वलाई महामन्दीको चपेटामा पर्न नदिन हरसम्भव प्रयास भैराखेतापनी कोरोनाको प्रकोपले निकै भयावह अवस्था सिर्जना गरेको कारणले विश्व अर्थव्यवस्थामा सुधार आउन लामो समय लाग्ने देखिएको छ । विश्वभर लकडाउनको कारणले कतिपय कम्पनी बन्द भएका छन् भने कतिपयले अस्थायी र स्थायी रुपमा कर्मचारी कटौती गरेका छन् । विश्व श्रम संगठनले सन् २०२० को अप्रिल महिनासम्म आइपुग्दा विश्वभर १९ करोडभन्दा बढी रोजगार विहिन हुनसक्ने भनी प्रक्षेपण गरेको छ । खाडीका मुलुकहरुमा पनि ५० लाखको संख्याले पूर्णरुपमा जागिर गुमाउन सक्ने प्रक्षेपण विश्व श्रम संगठनको रहेको छ । यसको सबैभन्दा बढी प्रभाव अमेरिका, मध्य एसिया र यूरोपमा पर्न सक्ने भनी विश्व श्रम संगठनले जानकारी गराएको छ । कोरोनाभाइरस महामारीका कारण उद्योग व्यवसाय बन्द भएपछि संयुक्तराज्य अमेरिकामा रोजगारी गुमाउनेको संख्या १ करोड ६८ लाख नाघेकाे छ । अमेरिकी सरकारले अप्रिल ९ विहिबार सार्वजनिक गरेको विवरणमा गत साता बेरोजगारी प्रोत्साहन भत्ताको लागि ६६ लाख कामदारले आवेदन दिएको उल्लेख छ । यसअधि नै १ करोड भन्दा बढीले दुई साताको अवधिमा रोजगारी गुमाएका थिए । यसको अर्थ प्रत्येक १० जना मध्ये १ जनाले रोजगारी गुमाएका छन् । त्यस्तै अप्रिल १६ सम्म आइपुग्दा थप ५० लाखले रोजगारी गुमाउन पुगेका छन् । यससँगै अमेरिकामा बेरोजगारी प्रोत्साहन भत्ताको लागि आवेदन दिने कामदारको संख्या दुई करोड नाघेको छ । जानकारहरुका अनुसार अझै धेरै रोजगारी गुम्ने खतरा देखिएको छ । अप्रिलमा बेरोजगारीको दर १५ प्रतिशत पुग्नेछ र यो अवस्था विश्वव्यापी महामन्दीको अवस्थापछि पहिलो पटक देखिएको हो । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९, कोरोना भाइरसको संभावित जोखिम कम गर्न नेपाल सरकारले चैत्र ११ गतेबाट देशभर लकडाउनको घोषणा गरेको थियो । शुरूमा चैत्र २५ गतेसम्मका लागि लागू गरिएकाे लकडाउनकाे अवधि सरकारले पटक पटक थप्दै लगेकाे छ । कोरोनाको प्रकोप र लकडाउनको कारणले नेपाली अर्थतन्त्रमा पनि नकरात्मक प्रभाव देखापरेको छ । कृषिप्रधान देश नेपालमा लकडाउनको कारणले कृषि वस्तु तथा कच्चा पदार्थको मागमा कमि आउनुको साथै मूल्यमा पनि कमि आएको कारणले कृषकहरुले समस्या झेल्नुपरेको छ । देशका विभिन्न ठाउँहरुमा वस्तुको मागमा आएको कमीका कारण कतै खाडल खनेर कुखुरा पुरेको खबर सुनिन्छ त कतै दुध नष्ट गरेको खबर सुनिन्छ । देशको माग धान्न सक्षम सिमेन्ट उद्योगहरुले पनि लकडाउनको कारण उत्पादन बन्द हुँदा घाटा व्यहोरिरहेका छन् । उपभोग्य वस्तुहरु उत्पादन गर्ने उद्योगहरु त्यति प्रभावित नभए पनि आधारभूत पूँजीगत वस्तु उत्पादन गर्ने उद्योगहरु प्रभावित देखिएका छन् । विश्व श्रम संगठनले खाडीका राष्ट्रहरुमा ५० लाखको संख्याले जागिर गुमाउन सक्ने प्रक्षेपण गरेकोमा यसबाट नेपाल पनि प्रभावित हुने देखिन्छ । लाखौँको संख्यामा नेपालीहरु खाडी मुलुकहरुमा रोजगारीको लागि पलायन भएको हुँदा खाडीमा रोजगाररत नेपालीहरुको पनि रोजगार खोसिने देखिएको छ । नेपालको अर्थतन्त्रको मुख्य स्रोत विप्रेषण आम्दानी विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको प्रकोपको कारणले घट्ने देखिएको छ । नेपालमा लकडाउनले गर्दा निर्माण उद्योग, पर्यटन उद्योग, वैदेशिक रोजगारी, साना तथा मझौला उद्योग, बैंक तथा वित्तीय संस्थामा बढी प्रभाव पर्ने देखिन्छ । नेपालमा अत्यावश्यक बाहेकका सबै उद्योगहरु बन्द भएका कारणले नेपालले कम्तीमा पनि दुई खर्बको घाटा व्यहोर्नु पर्न सक्ने भनी अर्थमन्त्री खतिवडाले जानकारी गरिएका छन् । कोरोना संक्रमणले विश्वलाई मानवताको पाठ सिकाएको छ । ‘मानवता नै सबभन्दा ठूलो धर्म हो’ भन्ने उक्तिले आज सार्थकता प्राप्त गरेको छ । विश्वभरी कोरोनाको कहर फैलिरहेको समयमा एक देशले अर्को देशलाई सहयोग गरिरहँदा त्यस्तै एक देशको पीडाले अर्को देशको पीडालाई सहानुभूति दिँदै गर्दा मानवता शब्दले अर्थ प्राप्त गरेको छ । प्रकोपको यस घडीमा कोरोनाको कारण हुन सक्ने दुष्परिमाणबाट विश्वलाई बचाउन आज सबैले हातेमालो गर्दै यस परिस्थितिसँग जुधिरहेका छन् । सेवानिवृत्त डाक्टर, नर्स, सुँडेनी, सामाजिक कार्यकर्ता, स्वास्थ्य पेशेवरहरु आज फेरि कोरोनाको प्रकोपसँग लड्नको निम्ति लागिपरेका छन् । कोरोनाको प्रकोपसँग लड्न हाल उपलब्ध आधुनिक मेडिकल उपकरण पनि पर्याप्त नभएको देखिन्छ । विश्वका शक्तिशाली राष्ट्रहरुले आणविक हातहतियार, क्षेप्यास्त्र आदिमा लगानी गर्नुको सट्टा प्रकोपको समयमा डटेर लड्ने डाक्टर, वैज्ञानिक, प्रहरी, आर्मी, अनुसन्धानकर्ता जस्ता जनशक्तिको उत्पादन र मानव भलाइका निम्ति लगानी गर्न जरुरी छ । कोरोनाको प्रकोपले पारिवारिक सामिप्यता बढाएको छ । आज विश्व समुदाय घरमा बसी लकडाउनको पालना गरिरहँदा परिवार शब्दको वास्तविक अर्थ बुझ्न समक्ष भएको छ । लकडाउनको जिम्मेवारी बोध गरी घरमै परिवारजनसँग भलाकुसारी गर्दा पारिवारिक सम्बन्धको गाँठो झन झन् कसिएको छ । घरबाटै कार्यालयको काम सम्पन्न गर्न पाउँदा कार्यबोझ हराएको छ । परिवारको साथ पाउँदा जतिसुकै कठिन परिस्थितिको पनि सामना गर्न सकिन्छ भन्ने सन्देश विश्वले प्राप्त गरेको छ । कोरोनाको प्रकोपसँग लड्न हाल उपलब्ध आधुनिक मेडिकल उपकरण पनि पर्याप्त नभएको देखिन्छ । विश्वका कतिपय राष्ट्रहरुमा चिकित्सक, नर्स, स्वास्थ्य बुद्धिजिविहरु आदिको कमी भएका कारणले ती राष्ट्रहरुले सम्बन्धित पेशेवरहरुको उत्पादनमा लगानी गर्नुपर्ने देखिन्छ । विश्वका शक्तिशाली राष्ट्रहरुले आणविक हातहतियार, क्षेप्यास्त्र आदिमा लगानी गर्नुको सट्टा प्रकोपको समयमा डटेर लड्ने डाक्टर, वैज्ञानिक, प्रहरी, आर्मी, अनुसन्धानकर्ता जस्ता जनशक्तिको उत्पादन र मानव भलाइका निम्ति लगानी गर्न जरुरी छ । मासांहारको अत्याधिक प्रयोगबाट यस भाइरसको उत्पत्ति भएको हुनसक्ने चौतर्फी आशंका भइराखेको बेलामा अहिले विश्व जनसमुदायलाई मासांहार छोड्न र साकाहारतर्फ उत्मुख हुन प्रेरित गरेको छ । कोरोना भाइरसको प्रकोप सुरु भए यता विभिन्न देशहरुमा मांसाहारको लागि पशुहत्या र मासांहारको प्रयोगमा गिरावट आएको कुरा तथ्यांकले देखाएको छ । चीनलगायतका कतिपय राष्ट्रहरुले मासुको प्रयोगमा अस्थायी रुपमा निषेध गरेका छन् । हिन्दु आध्यात्मवादहरुले पनि यस सम्बन्धमा आफ्नो धारणा व्यक्त गरेका छन् । गीताको अनुसार अन्नबाट नै विचार र मन बन्ने हुँदा आयु बढाउने, मन शुद्धि गर्ने र आत्मतृप्ति गर्ने सत्व (साकाहारी) भोजनको प्रयोग गर्नुपर्ने कुरामा उनीहरूकाे जोड रहेकाे छ । माथिका तथ्य र तथ्यांकलाई नजिकबाट चिहाउँदा भविष्यमा विश्व समुदायले मासांहरको उपभोग गर्नुको सट्टा साकाहारलाई प्राथमिकता दिने कुरा अहिले धेरै हदसम्म भविष्यवाणी गर्न सकिन्छ । पारिस्थितिक पद्धतिमा असन्तुलन देखिएको वर्तमान परिपेक्ष्यमा विश्व जनसमुदायको यस्ता कदमले निकट भविष्यमा पारिस्थितिक पद्धतिमा सन्तुलन आउने आशा पलाएको छ । हिन्दु आध्यात्मवादहरुले पनि यस सम्बन्धमा आफ्नो धारणा व्यक्त गरेका छन् । गीताको अनुसार अन्नबाट नै विचार र मन बन्ने हुँदा आयु बढाउने, मन शुद्धि गर्ने र आत्मतृप्ति गर्ने सत्व (साकाहारी) भोजनको प्रयोग गर्नुपर्ने कुरामा उनीहरूकाे जोड रहेकाे छ । विश्वव्यापी रुपमा कोरोनाको महामारी बढेसँगै ओजन तहमा असर पुर्याउने क्लोरोफ्लोरोकार्वन उत्पादन गर्ने खालका उद्योगहरु लगायत वातावरणलाई नकारात्मक प्रभाव पर्ने अन्य उद्योगहरु ठप्प भएका छन् । वायुप्रदुषण र ध्वनि प्रदुषण पैदा गर्ने सवारी साधनहरु पनि हाल लकडाउनले गर्दा ठप्प छन् । विभिन्न देशहरुमा सञ्चालनमा रहेका ग्लोबल वार्मिङ र मौसम परिवर्तन गर्ने खालका उद्योगहरु हाल बन्द हुँदा वातावरणमा सकारात्मक प्रभाव परेको छ । विगतका दशकहरुमा वातावरणमा नकारात्मक प्रभाव पार्ने उद्योगहरु ठूलो मात्रामा सञ्चालन हुँदा हाल विश्वमा असाधारण रुपले मौसम परिवर्तन भएको छ । गर्मीयाममा तापत्रम वर्षैपिच्छे बढिरहेको छ भने जाडोयाममा तापक्रम न्यानो हुँदै गएको छ । वर्षयाममा पनि समयमा पानि परिराखेको अवस्था छैन । कहिले अत्याधिक रुपमा पानि पर्दा बाढी, पहिरो जस्ता प्रकोपहरु झेल्नुपरेको छ भने कहिले कम वर्षाको कारण खडेरीको समस्या भोग्नुपरेको छ । ग्लोबल वार्मिङ र मौसम परिवर्तनको कारण हिमालहरुमा हिँउको स्तर घटिरहेको छ । कृषि उत्पादकत्व घटिरहेको छ । जनावर र चराचुरुङ्गीका अमूल्य प्रजातिहरु लोप हुने अवस्थामा पुगेका छन् । आगामी दिनहरुमा वातावरणलाई नकारात्मक प्रभाव पार्ने विलासीताका सवारी साधनको प्रयोगमा कमी आएमा र ग्लोबल वार्मिङ र जलवायु परिवर्तन गराउने खालका उद्योगहरु बन्द गरिएमा हाम्रो पृथ्वि साँच्चिकै मानवको लागि उपयुक्त बन्दछ र हाम्रो भविष्य पनि सुनिश्चित हुन्छ ।
‘सकारात्मक’सँग त्रसित मान्छे
कोरोना भाइरस वर्तमान विश्वका लागि चुनौतिका रुपमा रहेको छ । विगतमा विश्वले बेहोरेको सार्स (सिभेयर आक्युट रेस्पिरेटरी सिन्ड्रम), मार्स (मिडल इष्ट आक्युट रेस्पिरेटरी सिन्ड्रम) लगायतका अन्य श्वास प्रश्वासका समस्यामा हताहतिको प्रतिशत कोरोना भाइरसको हालसम्म कम देखिए पनि भौगोलिक विस्तार व्यापक रहेकोले खतरा बढी देखिएको छ । विश्व स्वास्थ्य संगठनले महामारीको रुपमा चित्रित गरी कोभिड–१९ नामाकरण गरुन्जेल चीनको उहानमा प्रकट भएको यस भाईरस नियन्त्रणमा लिन संयम बाहेक उपचार विधि नभएकोले संसार निरीहतामा चल्नु पर्ने स्थिति बन्यो । नेपाल, छिमेकी चीनसँग आर्थिक, सामाजिक सम्बन्ध बढ्दै गएको अवस्थामा विश्व स्वास्थ्य संगठनले ‘उच्च जोखिम’को क्षेत्र घोषणा गरिदिएपछि देशभित्र र बाहिर मानसिक खैलाबैला मच्चिएको स्थिति रह्यो । भौतिक आँखाले नदेखिने, सामान्य लसपसबाट पनि थाहै नपाई सर्ने यो भाइरसले आर्थिक रुपले पछि परेको मुलुकमात्र प्रभावित हुन्छन् भन्ने मान्यता नाघेको छ । विश्वका २ सय १० भन्दा बढी देशहरुमा फैलिएको यो भाइरसबाट यो लेख पाठक समक्ष पुगुन्जेल ३ लाखको हाराहारीमा मानवजातिको हताहति भैसकेको हुनेछ । विश्व भाइरसको वस्तुगत स्थिति र सोको प्रभावभन्दा आफ्नो विश्वासको आधार लिई के गर्ने, के नगर्ने भन्नेमा विभाजित छ । राजनीति जोडिएको छ । सामाजिकता त विगतको मान्यतालाई जीर्ण बनाउने गरी व्यवहारमा उत्रन बाध्य पारिएको छ । सुनिश्चित निदानको अभावमा यस्तो अन्यौल रहेको हो । लेखक चीनबाट उत्पन्न भएको ठानिएको कारोना भाइरस सोअघि नै इटालिमा धेरै जनताको हताहति भैसकेको दावी पनि गरिन्छ । वास्तवमा लक्षणै नदेखिई प्रभावित गर्ने, रुघा खोकी (आँठे) को छद्ममा फोक्सोलाई नष्ट गरिदिने भएकाले कोरोना भन्ने एकिन हुन नसकेको मात्र हो, युरोप नै कोरोनाको उद्गमथलो भन्ने दावी पनि गरिँदै छ । हताहतिको दृष्टिले युरोप र उत्तर अमेरिका अग्रस्थानमा देखिएका छन् । मृत्यु हुनेको संख्या ५ अंक माथि हुनेमा बेलायत, फान्स, स्पेन, इटाली र सबैभन्दा बढी अमेरिकी ८० हजारभन्दा बढी पुगेको छ । हाल पनि चीनले मृत्युको तथ्याङ्क लुकायो भन्दा पनि ४ हजार ६ सय ३३ नाघेको छैन । युरो–अमेरिकाको बढ्दो हताहतिको संख्या बढी हुनुमा स्वास्थ्य सेवाप्रति विघ्नै विश्वास र ‘स्वतन्त्रमा’प्रतिको सैद्धान्तिक आस्था प्रमुख रुपले रहेको देखिन्छ । हाल पनि बन्दाबन्दी (लकडाउन), सामाजिक दुरी (सोसियल डिष्टान्सिङ), र एकान्तबास (आइसोलेसन) जस्ता व्यवहारबाट धेरै हदसम्म संक्रमण रोकिने गरेको मान्यता राखिएका देशमा प्रभाव कम हुँदै गएको मानिएको छ । तर, लामो समयसम्मको बन्दाबन्दीले आर्थिक स्थिति डामाडोल हुँदा राजनीतिक प्रतिकुलतालाई ख्याल गरी उक्त पद्धतिहरु रुढीबादी हुन् भन्न थालिएको छ । जनताको जीवन र क्षणिक आर्थिक गतिविधि कुन महत्वको भन्ने विषयमा विश्व विभाजित हुँदै गएको छ । अमेरिकी राष्ट्रपतिका समर्थक हतियारसहित विपक्षी–प्रजातन्त्रवादीको पकड भएको राज्यहरुमा चलनमा ल्याईएका भाइसर प्रतिरोधी अभियानको विरोध गरिरहेका छन् । दैनिक हताहतिको संख्यामा बढ्दै जाँदा र अन्य मुलुकमा प्रभावकारी भएका उक्त संयमयुक्त तीन विधि अव्यवहारिक हुन भनि प्रमाणित गर्न स्वयम् राष्ट्रपति उद्धत छन् । ब्राजिलमा राष्ट्रपति स्वयम् उक्त तीन विधिको विरोधीहरुको नेतृत्वमा सडकमा उत्रेका छन् । चुरो कुरो बन्दाबन्दी लगायतका प्रकृयाबाट रोजगारी, आपूर्ति लगायतका मानवीय दैनिक व्यवहारमा संकुचन आउने भएकाले मानवहक विरोधी धारणाका आधारमा अर्को अभियान मच्चिँदै छ । राजनीतिको मूल विषयमा केन्द्रित उक्त व्यवहारको अर्को उदाहरण भाइरस उत्पन्न गराईएको आरोपको दोहोरीबाट प्रष्ट हुन्छ । अमेरिकी राष्ट्रपतिले ‘कोभिड–१९’लाई ‘चिनियाँ भाइरस’ भनेपछि वैज्ञानिकहरुले पनि काम पाए । वास्तवमा चीनउपर भाइसर उत्पादन गरी गलत मनसायबाट अमेरिकी अर्थतन्त्रलाई तहसनहस पार्ने नियत थियो भन्ने आरोप अमेरिकी पक्षको थियो । यसै क्षेत्रमा कार्यरत वैज्ञानिकहरुले प्रयोगशालामा उत्पादन गरिएको वा गर्न सकिने ‘भाइरस’ नभएको विचार व्यक्त गरेका छन् । त्यस्तै, चीनले भने सैनिक अभ्यासमा हुने प्रान्तको उहानमा आएका अमेरिकी सैनिकहरुले छाडेर गएको ‘भाइरस’ भन्ने जवाफ दिएका छन् । यो राजतीतिक खेलको जुहारी मात्र हो भन्ने ठान्न त्यसपछिका घटना क्रमले दिँदैन । चिनियाँ नेताहरु विश्व समुदायको संयुक्त प्रयासले मात्र यो मानवजातिकै शत्रुको रुपमा रहेको महामारीमाथि विजय प्राप्त गर्न सकिन्छ भन्छन् । व्यवहारमा आफ्ना स्वास्थ्यकर्मीहरु, स्वास्थ्य सेवा सम्बन्धि औषधी उपकरणहरु भाइरसबाट प्रभावित युरोपलगायत उत्तर अमेरिकामा पठाएका पनि छन् । आफूले आंशिक रुपले प्राप्त गरेको सफलताको सिकाई आदान–प्रदान गर्न हातेमालो गरेका समाचार प्रकाशित भएका छन् । तर, अमेरिकी अहम् भने विश्व स्वास्थ्य संगठनले समयमा उचित काम गर्न नसकेकोले अमेरिकाले ठूलो क्षति व्यहोर्नु पर्यो भन्दै आफ्नो आर्थिक सहयोग बन्द गर्ने घोषणा गर्दैछ । बालकोष, जलवायु परिवर्तन सम्बन्धि सहयोग आदिबाट पहिल्यै हात झिकिसकेको अमेरिकाका लागि कोभिड–१९ महामारी राजनीति गर्ने विषय त बन्यो तर, त्यसको भयावह परिणामले पुर्याउने क्ष्यति हाल आकलन गर्न मुस्किल छ । अर्कोतर्फ, राजनीतिकै सेरोफेरोमा सरकारले असीमित अधिकार प्रयोग गर्ने गतिविधि पनि विश्वमा देखिएका छन् । अफ्रिकी मुलुकको राष्ट्रपति निर्वाचन रद्द गरी म्याद गुज्रिएको सत्ताभोग राष्ट्रपति गर्दैछन् । दक्षिण कोरियामा भने निर्वाचन विधिसम्मत सम्पन्न भएको खबर छ । कोरोनाको महामारीमा आर्थिक मनोमानीका अतिरिक्त विपक्षी राजनीतिज्ञहरु उपर विभेद चर्काउने काम पनि विभिन्न राष्ट्रहरुमा देखिएका छन् । कोरोनाको संक्रमण बढी रहेका बेला, असंगठित क्षेत्रमा काम गर्ने श्रमिकको अनिश्चिता रहेको अवस्था बन्दाबन्दीलाई न्युनाकलन गरी महामारीको परिणाम आफ्नै जहान परिवारसँग भोग्ने उदेश्यले १२÷१५ दिनसम्मको पैदल यात्रामा निस्केका नाङ्गाखुट्टा, भोका र गलित नेपालीको अवस्थाप्रति सरकार संवेदनशील हुन नसकेको आरोप सरकार माथि लागिरहेको छ । विदेशमा काम गर्न गएका नेपालीले घर फर्कन गरेका हरेक प्रयत्न ‘काम हुँदैछ’ भन्ने उधारो आश्वासनमा सीमित छ । यहि मौक छोपी राजनीतिक दलहरु भताभुंग पारि ‘शुन्य विरोध’को अवस्था सिर्जना गर्न अति छोटो बाटोबाट अध्यादेश जारी गरियो । संवैधानिक समितिको परम्परागत मान्यता समेत न्युनिकरण गरी ६ पदाधिकारी मध्ये प्रधानमन्त्री सहित अन्य दुई जनाको मतमा पदाधिकारी चयन गर्न सक्ने गरी विधि साघुर्याईयो । भलै चौतर्फि विरोधपछि यी दुबै प्रावधान फिर्ता लिइयो । जेठ १५ मा बजेट पेश गर्नु छ । संसदीय समितिहरुमा ‘पूर्व बजेट’ छलपल गर्ने परम्परा छ । अनि जटिल अवस्था त संक्रमितको संख्या बढ्दै गएको र सुदुर पश्चिम ‘इपिसेन्टर’ हुने प्रधानमन्त्रीकै भनाईलाई ख्याल गर्ने हो भने रोग पत्ता लगाउन, नियन्त्रण गर्न र निदान गर्न कुन परिमाणको श्रोत साधन आवश्यक पर्ने हो, एकिन गर्न सकिने अवस्था छैन । अर्थतन्त्र बन्दाबन्दीमा छ, निजी क्षेत्र प्रोत्साहन र राहतको अपेक्षामा छ । राजनीतिक स्थिरताको तालमा रहेको पानीमा ‘अध्यादेश’ले जवरजस्त आँधी ल्याई दियो । राजनीतिक वृत्त, पर्यवेक्षकका लागि नकारात्मक र कुबेला जचेको यो सरकारी रवैयाले आफ्नो पट्का भने बलियो बन्ने आँकलन सहित प्रस्तावकहरु विश्वस्त देखिए । अध्यादेश फिर्ता नभएको भए कोरोनाको प्रताडनाको भयले गाँजेको नेपाली समाजमा राजनीतिक आस्थिरताको पुनः विजारोपण हुने र अकाल्पनीय दिशामा मुलुक धकालिने थियो । अध्यादेश फिर्ता नभएको भए जिम्मेवार राजनीतिक दलहरुले सुझबुझका साथ उत्तरदायित्वपूर्ण तरिकाले संसदमा प्रस्तुत हुन आवश्यक थियो । अन्यथा आर्थिक जर्जरतामा गुज्रिरहेको मुलुकमा बेरोजगारी, वैदेशिक श्रोतबाट प्राप्त हुने आम्दानी घट्दै जाने स्थिति र आन्तरिक उत्पादनको ठिट लाग्दो अवस्थाले सार्वभौमिकता नै धर्मराउने अवस्था निम्त्याउने थियो । बन्दाबन्दी, एकान्तवास, सामाजिक दुरी कायम राख्ने विषय प्रतिरोधात्मक उपचार विधि प्राप्त नहुन्जेल जतिसुकै स्वतन्त्रताको विगुल फुके पनि पण्डितले ‘कितावको माछा पो खान नहुने, खनेलाको त भैहाल्छ’ भने जस्तै हो । त्यसका अतिरिक्त राज्यले सबै जनताको परीक्षण गराउने व्यवस्था, स्वास्थ्यकर्मीहरको रक्षकवचको सुनिश्चित व्यवस्था गरिनु पर्दछ । सुरक्षा लगायत राहतका काममा संलग्न भएकाहरुको लागि जोखिम बीमाको व्यवस्था हुनुपर्छ । कोरोनाको प्रकृति हेर्दा निश्चित तापक्रमभन्दा बढीमा कम संक्रमण हुने, उमेर समूहमा पाका र वालवालिका बढी प्रभावित हुने, जमघट, भिडभाड र सामान्य सम्पर्कबाट पनि संक्रमण बढ्ने अनुभवका आधारमा बच्ने उपायहरु निर्क्यौल गर्न सकिन्छ । शीघ्र भएको उपचार विधिको अभाव र सो खोप (भ्याक्सीन) प्राप्त गर्न समय लाग्ने मान्यताका आधारमा आचार व्यवहारमा निश्चित समयसम्म संयममा रहनु नै असल उपाय हो भनी पूर्व र पश्चिममा सबै विज्ञहरुले सुझाएका छन् । माथि उल्लेख गरिएका बन्दाबन्दी, एकान्तवास, सामाजिक दुरी कायम राख्ने विषय प्रतिरोधात्मक उपचार विधि प्राप्त नहुन्जेल जतिसुकै स्वतन्त्रताको विगुल फुके पनि पण्डितले ‘कितावको माछा पो खान नहुने, खनेलाको त भैहाल्छ’ भने जस्तै हो । त्यसका अतिरिक्त राज्यले सबै जनताको परीक्षण गराउने व्यवस्था, स्वास्थ्यकर्मीहरको रक्षकवचको सुनिश्चित व्यवस्था गरिनु पर्दछ । सुरक्षा लगायत राहतका काममा संलग्न भएकाहरुको लागि जोखिम बीमाको व्यवस्था हुनुपर्छ । सुरक्षात्मक अवस्थामा रहन प्रचार, प्रसारमा निरन्तरता दिनु पर्छ । विषय वस्तु प्रस्तुत गर्ने पात्रहरुमा विषय विज्ञ, उपचारबाट निको भएका व्यक्तिहरुको अभिव्यक्ति प्रभावकारी हुन्छ । विविध क्षेत्रमा सामाजिक प्रतिष्ठा कमाएका व्यक्तिहरुको प्रवचनले सर्वसाधारलाई आश्वस्त पार्न सघाउँछ । सबैभन्दा बढी त तथ्य सत्य सूचनाको प्रवाह निरन्तर रहनु र मानवीय धर्म सम्झेर सरकारबाट चालिएका कदमहरु निष्पक्ष र समावेशी गर्न गराउन सक्नु पर्दछ । मनोवैज्ञानिक रुपले कमजोर बन्न पुगेको नेपालीको मानसिकता, खास गरी औद्योगिक राष्ट्रहरुमा घटित घटनाको परिणामबाट हतोत्साहित हुनबाट सरकारले रोक्न सक्नु पर्दछ । सुदृढ मनोवल भएको व्यक्तिले नै सकृय जीवनबाट कृयाशील जिम्मेवारी निर्वाह गर्न सक्छन् । कोरोनाको बढी असर शरीरमा प्रतिरोध क्षमताको अभावले पनि हुने गर्छ भन्ने मान्यता छ । पूर्वीय चिकित्सा पद्दतिले स्थापित गरेका जडीबुडी, कन्दमूल आदिको सेवन र शरीर खास गरी श्वास, प्रश्वाससँग सम्बन्धित अङ्गलाई न्यायो राख्नु जरुरी ठानिन्छ । दन्केर्तो (एक प्रकारको उनियो जात), अजिर्णका निम्ति अचुक औषधि गुर्जो विभिन्न शारीरिक विकार विरुद्ध उपचारयोग्य वस्तु र कालो हलेदो, यार्सागुम्बा प्रतिरोध क्षमता बढाउने वस्तुमा पर्दछन् । परम्परागत यस्ता जडीबुटी संकलन, प्रशोधन र प्रयोगमा ल्याउन सके अन्य चिकित्सकीय औषधीभन्दा अनपेक्षित र नकारात्मक असर शुन्य हुने र रोगीलाई फाइदा पुग्ने हुन्छ । प्रविधिको प्रयोग अर्को उपाय हो संक्रमण न्यूनीकरण गर्ने । चीनले नै संक्रमणको हुरिकाबीच परीक्षण गर्ने, संक्रमितको उपचारमा सेवा पुर्याउने जस्ता कार्यमा ‘कृतिम बौध्दिकता’को प्रयोग गरेको जानकारी सार्वजनिक भएको छ । त्यसैगरी, दक्षिण कोरियामा कोरोनाको महामारी चीनपछि लगत्तै शुरु भएपछि संक्रमित र हताहतिको संस्था कम हुनुमा ‘कृतिम बौध्दिकता’ सम्बन्धि उपकरण प्रयोगमा ल्याएको परिणाम दावी गरिएको छ । तर, सुनिश्चित परिणामका लागि संक्रमितको ‘रगतको प्लाज्मा’बाट खोप तयार गर्नुको विकल्प छैन । नेपालमा कोरोनाको आर्थिक प्रभावको आँकलन गर्नु समय नभएको ठानिँदै छ । तै पनि एशियाली विकास बैंकले कूल गार्हस्थ उत्पादनको एक तिहाई अंश घट्ने जनाएको छ । त्यस्तै, चालु आर्थिक वर्ष बढीमा २.८ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान विश्व बैंकको छ । पर्यटन र यातायात क्षेत्रमा बन्दाबन्दीका कारण २० लाखभन्दा बढीले रोजगारी गुमाउने अवस्था छ । चालु आर्थिक वर्षको ८ महिनासम्म ८ खर्ब ४९ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा छ । गत वर्षको यसै अवधिको तुलनामा विप्रेषण १.८ प्रतिशतले बढेर ५ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ । चालु खाता (वस्तु व्यापार, सेवा र रकम ट्रान्सफरको योग) उक्त अवधिमा १ अर्ब २५ अर्ब रुपैयाँ बराबर घाटामा छ । विदेशी मुद्राको संचिति पौने ९ महिनाका लागि पर्याप्त हुने वस्तु र सेवा आयात गर्न सक्ने रकम छ । यी सबै अवस्था मौजुदा रहँदा अन्तर्राष्ट्रिय मुद्राकोषले अल्पविकासित देश (नेपालसहित) हरुको ऋण मिनाहा वा पछि तिर्ने व्यवस्था गरिरहेकै बेला नेपाल सरकारले सहयोगका शर्त खुकुलो बनाउन, रकम बढाउन अनुरोध गरेको छ । बहुउद्देश्यीय वित्तीय संस्थाहरु (विश्व बैंक, अन्तराष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंक) बाटै सहायता मिलेपनि द्धिपक्षीय (मुलुकहरुबाट) थप सहायताको सम्भावना कोभिड–१९ ले कम गरिदिएको छ । विश्व अर्थतन्त्रमा ३ प्रतिशतको संकुचन आउने आकलन अन्तराष्ट्रिय मुद्रा कोषले गरेको छ । साथै, संसारका सरकारको कुल राजश्व २.५ ग्रार्हस्थ उत्पादनको २.५ प्रतिशत मात्र उठ्ने आँकलन गरिरहँदा खर्च भने प्रत्यक्ष बजेटबाट ३३ खर्ब डलर, जमानतबाट २.७ अर्ब डलर, स्वपुँजी र सार्वजनिक क्षेत्र ऋणबाट १ खर्ब ८० अर्ब र शर्तसहितको दायित्व २ खर्ब ७० अर्ब डलर खर्च गर्ने अनुमान गरेको छ । विश्वकै प्रख्यात ठानिएको वाल स्ट्रिट स्टक बजार सन् २००८ को आर्थिक मन्दीभन्दा पनि तल झरेको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य सन् १६९१ को खाडीयुद्धका बेलाको भन्दा पनि खस्किएको छ । उपभोक्तालाई सहुलियत हुने देखिए पनि दीर्घकालिन अवधिसम्म आपूर्ति निरन्तर हुने कुरामा लागत बढी, आम्दानी कम हुने कारणले शंका उत्पन्न भएको छ । रोजगारीमा प्रतिकूलता, व्यापार प्रवाहमा संकुचन जस्ता कारणहरुले अर्थतन्त्रलाई धान्न चुनौतिपूर्ण छ । कोरोनाको सामना गर्न अख्तियार गरिने रणनीतिमा राष्ट्रहरुबीच मतैक्य नभएका कारण सो भाईरसको अंक कुनै कुनामा रहेको महामारीको रुपमा संक्रमण हुने प्रवृत्तिलाई ध्यानमा राख्दा स्वास्थ्य क्षेत्र ज्यादै जोखिममा देखिन्छ । फेरि व्यक्ति र मुलुकहरु स्वकेन्द्रित हुने प्रवृतिले अन्ततः मानवजातिकै प्रलयको संकेत देखिन्छ । सुक्ष्म जीवाणुको औषधीको आविष्कार भए पनि अर्काथरी जीवाणुसँगको मिलनले नयाँ समस्या सिर्जना हुने सम्भावना रहन्छ । विश्वले यो चुनौती समस्त मानव जातिको (अझ–पशुमा पनि संक्रमण देखिँदा) र चराचर जगतको हितका लागि जलवायु परिवर्तन, प्राकृतिक प्रकोप आदिबाट पर्ने नकारात्मक प्रभावको समाधान खोज्न संयुक्त प्रयासमा लाग्न आवश्यक छ । सम्पन्न राष्ट्रहरु अन्तरिक्षयानको होडवाजीमा लागिरहेका बेला हिजोसम्म संयुक्त रुपमा संचालन गरिएका अन्तरिक्ष कार्यक्रम छुट्याई आ–आफ्नै पद्धतिबाट अघि बढे्ने प्रयासहरु बढिरहेका छन् । त्यसैले विश्वले यो चुनौती समस्त मानव जातिको (अझ–पशुमा पनि संक्रमण देखिँदा) र चराचर जगतको हितका लागि जलवायु परिवर्तन, प्राकृतिक प्रकोप आदिबाट पर्ने नकारात्मक प्रभावको समाधान खोज्न संयुक्त प्रयासमा लाग्न आवश्यक छ । सम्पन्न राष्ट्रहरु अन्तरिक्षयानको होडवाजीमा लागिरहेका बेला हिजोसम्म संयुक्त रुपमा संचालन गरिएका अन्तरिक्ष कार्यक्रम छुट्याई आ–आफ्नै पद्धतिबाट अघि बढे्ने प्रयासहरु बढिरहेका छन् । कतै शारीरिक दृष्टिले सुसंगठित केही दर्जन जोडीहरुलाई कोभिड–१९ बाट जोगाउन भनी अन्तरिक्षमा लामो अवधिका लागि पठाउँदै त छैनन् ? यदि त्यसो हो भने जसरी वैज्ञानिक उपलब्धिको उच्च तहमा पुगेको भनिएको देशहरु पनि कोरोनाको प्रतिकारमा असफल भएका छन् । त्यस्तै, नतिजा उक्त अभ्यासको पनि हुन सक्नेछ । समस्त मानव एवम् प्राणी जगतका लागि घातक ठहरिएको कोरोनाको प्रतिकारद्धारा दिगो समाधान खोज्ने उपाय अन्तर्राष्ट्रिय सहकार्य र सहयोग बढाउनु नै हुनेछ । कोरोना भाइरसका असरहरुको मूल्याङ्कन गर्दा केही सकारात्मक प्रभावहरु पनि देखिएका छन् । वातावरण प्रदुषणमा प्रत्यक्ष असर परेको दावी गरिएको छ । हुन पनि पेट्रोलियम पदार्थबाट चल्ने (गुड्ने, उड्ने) सबै प्रकारका साधनबाट उत्र्सजन हुने कार्बोन शुन्य हुँदा आकास सफा देखिने, नदीनाला प्रदुषणरहित भएका दृष्टान्तहरु प्रकाशमा आएका छन् । त्यस्तै, जंगली जनावर र मानव सम्बन्धमा पनि अन्तर आएको छ । अफ्रिकी मुलुकमा सिंहहरु दिन दहाडै सडकको बीचमा विचरण गर्न थालेका छन् । नेपालमै पनि पाटे बाघ जंगलबाट बस्तीतिर निर्भिकताका साथ ओहोर–दोहोर गरेका घटना प्रकाशमा आएका छन् । मानव र खास गरी सवारीका साधनको चहलपहलमा शुन्यता आएपछि त्रासको वातावरण न्यून हुन जाँदा जंगली जनावरमा आँट बढेको अनुमान गरिन्छ । कोरोनाका कारण मानवीय व्यवहारमा ठूलो परिवर्तन देखिएको छ । आत्मकेन्द्रित र आत्म सुरक्षाको प्रभूत्वले गर्दा अपनत्वमा ह्रास आई संवेदनहिनतामा व्यवहार परिणत हुँदै गएको छ । नेपालमा पहिलो संक्रमित भनी घोषित भएकी युवतीले विदेशबाट फर्केर आफैं परीक्षण, एकान्तवासमा प्रवन्ध मिलाईए पनि समुदायले अवाञ्छित तत्वका रुपमा व्यवहार गर्ने दुष्कार्यको शिकार भएको अनुभव पोखिन् । संक्रमित व्यक्तिलाई प्रविधिको माध्यमबाट खाद्य सामाग्री उपलब्ध गराउने, उपचार गराउने कार्यले सेवा पाउनेले गर्ने अनुभूति मानवीय सम्वेदनाभन्दा विल्कुलै फरक र निरस भएको हुनु पर्दछ । स्वास्थ्य परीक्षणको इतर क्षेत्रमा सोच सकारात्मक हुनुपर्ने, स्वभाव र व्यवहार सकारात्मक हुनुपर्छ भनी आत्मरुपमा उपदेश दिईएको हुन्छ । तर, कोरोनाको दुष्प्रभावले ‘नकारात्मक’ शब्दावलीलाई ‘प्रिय’को तहमा ल्याइदिएको छ । परीक्षणमा कसैको नतिजा ‘सकारात्मक’ निस्कियो भने सो व्यक्तिबाट सबै भागाभाग, सम्बन्ध छुटाउने कुरा आम भएको छ । भाइरसको उपचारका संलग्न स्वास्थ्यकर्मीले डेरा, वासस्थान नपाउनु, त्यति महान कार्यमा सरिक भएका व्यक्तिको पनि त्यो हाल हुन्छ भने मानवीय संवेदनशीलताको पतनको कसरी आँकलन गर्ने ? अतः कोरोनाको व्यापकताको आलोकमा स्वास्थ्य परीक्षणको नतिजा ‘नकारात्मक’ जस्तै आनन्ददायक हुन्छ, सदा स्वीकार्य ‘सकारात्मक’ त्यतिकै घातक मानिने भाष्य स्थापित हुन पुगेको छ । चर्चाचल्ने गर्छ–मानव विकासको यो शिखरमा पुर्याउन योगदान दिने सबै बुज्रुकलाई अदृश्य रुपमा सकृय रहेको जिवाणुले लल्कारिरहेको छ । मानव सभ्यता नै जोखिममा पारिदिने आभास प्राप्त हुँदैछ । दरबार र घरानीयालाई कम, झुपडी र घनावस्तीमा बस्नेलाई बढी प्रभावित गर्ने देखिए पनि आम रुपमा वर्ग, लिङ्ग, ओहोदाको विभेद नराख्ने कोरोनालाई ठेगान लगाउन सामूहिक प्रयासको संस्कृति आवश्यकताको बोध भएको छ । यस्तो मानवजातिको संकटमा परेको अनुभूति हुँदाहुँदै पनि नितान्त निहित स्वार्थका निम्ति विभिन्न उपलब्धिको अहंकार गर्नु मानव जातिको हितमा पिठ्यु फर्काउनु हो । विकसित मुलुकमा पनि दैनिक प्रयोग गर्ने औषधी पाउन घण्टौं पंक्तिमा उभिनु परेका चित्रहरु छापिने गरेका छन् । अल्प विकासीत देशमा बन्दाबन्दीको कारणमा अनिश्चित रोजगारीले थप संवेदनशीलता विद्यमान भए पनि अन्तिम नतिजा ‘इहलिला’ त्याग गर्नु नै हो । संख्या नियाल्ने हो भने स्वतन्त्रताको दुहाई दिने देशहरु तुलनात्मक रुपले ‘संयम’ धारण गर्ने देशको भन्दा हताहतिको दर धेरै बढी देखिएको छ । विगतका संक्रमणभन्दा नौलो पाइएको कोरोना प्रमाणित उपचारको अभावमा मानवजातिकै विनासको कारक बनेकोमा विश्वका सबै महादेशका २ सय १० भन्दा बढी देश प्रभावित भएका छन् । तीन हप्ता जति सकृय रहने सो भाइरस चुनौतिका रुपमा उपस्थित छ । सहभागिता, सहकार्यमा सकृयता राखिने प्रकृयामा एकान्तवास, सामाजिक दूरी कायम राख्ने, बन्दाबन्दी जस्ता कार्यबाट कोरोनाको प्रभाव न्यूनिकरण गर्न प्रभावकारी ठहरेपछि विश्वव्यापी प्रयोगमा रहेको पद्धति केही राष्ट्रमा विरोध भएको पाइएको छ । मानवजाति माथि चुनौतिपूर्ण रुपमा खडा भएको कोरोना आर्थिक विकास, रोजगारी जस्ता कारकमा प्रतिकुल सावित भएको छ । राजनीतिसँग पनि साइनो जोड्न साँघुको रुपमा रहेको कोरोनाको चित्त बुझ्दो समाधान प्राप्त भैनसकेको अवस्थामा परम्परागत जडीबुटीको प्रयोगले प्रतिरोध क्षमता बढाउन सक्ने देखिए पनि अन्य जीवाणुसँगको मिश्रणबाट थप चुनौतीका रुपमा देखिन सक्ने संभाव्यता भएकाले सम्पूर्ण मानवजाति संयुक्त रुपले उभिनु आवश्यक छ । (लेखक राष्ट्रिय याेजना आयोगको पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट बैंकको पूर्व गभर्नर हुनुहुन्छ । विकासन्युजको विशेष अनुरोधमा प्राप्त यो लेख अप्रतिस्प्रधीको रुपमा प्रकाशन गरिएको छ ।)- सम्पादक
कोरोना भाईरस विरूद्ध डटेर लडौं
विश्वमा कोरोना भाईरस संक्रमणबाट ठूला ठूला देशहरुलाई टाउको दुखाईको विषय बनेको छ । यसले ठूला र शक्तिशाली देशहरु मात्र हैन हाम्रो जस्तो साना र विकासोन्मुख देशहरुले पनि ठूलै आर्थिक दायित्व बहन गर्नुपर्ने स्पष्ट देखिन्छ । यसबाट स्पष्ट हुन्छ की हामीले र हाम्रा नीति निर्माण गर्ने तहमा बसेका विद्धान व्यक्तित्वहरु र राजनैतिक नेतृत्वले आफ्नो देशमा परम्परागत कृषिको अवस्था कस्तो छ? यसलाई आधुनिकीकरण गर्न के गर्नुपर्छ? भन्ने बारेमा सोच नराख्नु नै हो । उब्जाउ योग्य भएका जमिनहरु शहरीकरणको नाममा खण्डिकरण गरी टुक्रा टुक्रापारी त्यही टुक्रा जमिनमा अव्यवस्थीत रुपमा ठुला ठुला घर बनाई त्यही घरको भाडा खाने र छोरा छारीलाई पढाएर दक्ष बनाई दक्ष र शिक्षित जनशक्ति (रेडिमेड रिसाेर्स) विदेश पठाउन र त्यहाँबाट आएको रेमिट्यान्सले ठुला र महंगा गाडी चढ्ने, अरु भाडा खाने घरहरु बनाउने अनि देश विदेशको शयर गर्ने प्रवृति हामी कहाँ मौलाएको छ । शिक्षित र दक्ष जनशक्ति ठूला विकसित देशहरुमा पलाएन भएका छन् भने अर्धदक्ष जनशक्ति खाडी मुलूकहरुलाई रोजगारीको गन्तव्यको रुपमा लिई गैरहेका छन् । सरकार वा नीति निमार्ण तहमा बसेकाहरुले आफ्ना नागरिकहरुलाई स्वदेशमा नै बसेर जो जे जस्तो पेशामा छौ, जसले जस्तो ज्ञान सीप हासील गरेका छौ त्यो ज्ञान र सीप स्वदेशको उन्नति र प्रगतिको लागि खर्च गर तिमीले उत्पादन गरेको हरेक बस्तुहरुमा राज्यले सहुलियत दिन्छ । निर्यात सहजीकरण तथा बजारीकरणका लागि हामी सहयोग अर्थात राज्यले सहयोग गर्छ वा गर्छौ भन्न नसक्नु नै हो । हाम्रा नीति निर्माण तहमा बस्ने व्यक्तित्वहरुले आफ्नो देशका लागि कति जना कृषि विशेषज्ञ चाहिन्छ? कस्तो जमिनहरु आवासको लागि छुट्याउनु पर्ने हो? कस्तो खाले शिक्षा नीति देशका लागि आवश्यक छ? डाक्टर कति चाहिन्छ? अर्थात हरेक क्षेत्रमा के कति र कस्तो विषयको विशेषज्ञ जनशक्ति हामीलाई अवश्यक छ र तिनलाई कसरी परिचालन गर्ने भन्ने बारेमा कहिल्यै सोचेनन् बस सोचेत केवल कसरी बढि भन्दा बढि मानिसलाई वैदेशिक रोजगारीका लागि पठाउने र त्यसबाट आर्जन भएको रेमिट्यान्सबाट देश चलाउने। देशमा वेथित, विशंगती अनि भ्रष्टाचारले निकै गहिरोसंग जरा गाडी सकेको छ जो रक्षक उही नै भक्षक भएको हाम्रो देशमा अझै पनि नीति निर्माण तहमा बस्ने ब्याक्तित्वहरु हुन् वा राजनीतिको माध्यमबाट देश र जनताको सेवा गर्छु भन्ने राजनैतिक व्यक्तित्वहरु हुन् यस्तो विषम परिस्थिीतिमा पनि भ्रष्टाचार र कमिशन मै लिप्त छन् जसले देशलाई नै खोक्रो पारी सकेको छ । जनता विदेशमा बसी रोईरहेको छन् । आफ्नो मातृभूमिमा आउन पाउँ भनेर तर ती जनतालाई स्वदेश फिर्ता गरी तिनलाई उचित प्रबन्ध गर्ने योजना हाम्रा नेतृत्वमा छैन । हरेक नागरिक समाज होस् वा प्राध्यापक, डाक्टर हो वा इन्जिनियर, नागरिक होस् वा पुलिस, विद्ध्वान होस् वा मुर्ख सवैलाई राजनीतिले गिजलेको छ । जस्तो सुकै अपराध कर्म गरेता पनि त्यसलाई राजनीतिले चोखाई दिने हाम्रो नियति नै भैसकेको छ । हरेक ठाउँमा राजनैतिक नियुक्ती भएको छ । अनि जसले आफुलाई नियुक्ती दिलाएको हो उसको भजन गाउनु र उसले गरेका अपराध कर्मलाई ढाकछोप गर्ने । आफ्नो राजनैतिक दुनो सोज्याउन यहाँ जातको, धर्मको अनि लिंगको सहारा लिईन्छ । हामी जनता पनि वा हाम्रो नेता क्या कुरा गर्नुभयो । उहाँले त साच्चै हाम्रै लागि बोलेको हो भनि तुरुन्तै पत्याई हाल्छौ र लुरुक्क भोट हाल्छौ अनि सत्तामा पुर्याउछौ । यो हाम्रो नियती नै बनेको छ । लेखक अब हामी जनता यस्ता नेताको फुस्रो आश्वासनमा नबसौ आखिर देश त हाम्रै हो हामीले नगरे कसले आएर गर्ला र? जसले जे जस्तो सीप ज्ञान हासिल गरेका छौ त्यही सीप गरौ । हामीसंग अझै पनि उत्पादन योग्य जमिन छ, जल छ अनि जंगल छ । आज हामीले केही दुख पाएता पनि हाम्रा लागि भोलिको दिन सूनौलो छ । आन्तरिक उत्पादनमा जोड दिउँ डाक्टरले विशुद्ध डाक्टरी पेशा गरौ, पुलिसले जनताको शान्ती सुरक्षामा ध्यान दियौ । हरेकले आफुले जानेको सीप, ज्ञानलाई पुर्णरुपमा ईमान्दारिक पूर्वक पालना गरी देश र जनताको सेवा गर्ने हो भने यो देश बन्नलाई धेरै समय लाग्दैन किनकी हामी हरेक तरहले धनी छौ जडिबुटीमा, खानीमा होस् वा पानीमा, प्राकृतिक सौदर्यतामा होस् वा वीरतामा हाम्रो शान्ति भूमि, बुद्ध भूमि सगरमाथाको देश नेपाललाई आज साच्चै अप्ठेरो परेको छ । यो सवै हाम्रै अदुरदर्शिताको कारणले हो भन्ने मनन गरी कूनै पद, धर्म, जात, राजनैतिक दर्शन, धनी, गरीव नभनी जसले जसरी जस्तो तरिकाले नेपाल आमाको सेवा गर्न सक्छौ सोही अनुसार सभ्य र शालिन नागरिक भै नेपाल आमाको सेवा गरौ । हामी नेपालीहरुसंग पैसा नभएको पनि होईन तर हाम्रा नेतृत्व तहले कसरी स्वदेशी पूँजीलाई परिचालन गर्न सकिन्छ भन्ने सोच नै राख्नसक्नु भएन । जो देशका लागि र जनताका लागि भनेर नीति निर्माण तहमा बस्नुभएका छन् अधिकांश उहाँहरु कमिशनको चक्करमा फस्नु भएको छ । राम्राृे प्रतिफल दिनसक्ने कुनै एक कम्पनीकोे प्राथमिक निष्काशनमा कम्पनीले माग गरेको भन्दा १०० गुणसम्म अधिक आवेदन पर्दछ लगानी गर्न चाहनेहरुका लागि शेयर बाँडफाँड गर्न सकिएको छैन पैसा फिर्ता गर्नुपरेको छ । के हामीले त्यस्तो पैसालाई ठुला ठुला जलविद्युत कम्पनीहरुमा, ठुला ठुला पूर्वाधार विकास कम्पनीहरु लगाएत उत्पादनमुलक क्षेत्रहरुमा सरकारको प्रत्येक्ष निगरानीमा नियामक निकाय गठन गरी परिचालन गर्न सकिन्न र ? जसबाट देशलाई ठुलै फाईदा हुने देशमा रोजगारीको अवसरहरु सृजना हुने र लगानीकर्ताहरुले पनि उच्चतम प्रतिफल पाउने निश्चित छ । यसका लागि नेपाल सरकारले दिएको लाईसेन्स वाला मर्चेन्ट बैंकिंग तथा ईन्भेष्टमेन्ट बैंकिग कम्पनीहरु धेरै छन् । यस तर्फ देश चलाउछु भन्नेहरुको ध्यान जाओस् । अर्कोतर्फ हाम्रा वीर सपुतहरु जो विश्वाका विभिन्न शक्तिशाली देशहरुमा शक्तिशाली ओहोदामा नै हुनु हुन्छ जसलाई आफ्नो मातृभूमिको औधि माया छ । नेपाल आमा रोईरहेको हेरेर उहाँहरु पनि निकै चिन्तित हुनुहुन्छ । देख्न सकिन्छ चाहे भारतले नेपालमा नाकाबन्दी गर्दा नेपालीहरुले देखाएको एैक्यवद्धता होस् वा हाल कोरोनाले आफुलाई सताउदा पनि कतिपय नेपालीहरु आफ्नो देश फर्कन नचाहनेहरु हुन् कारण आफ्नो कारणले आफ्नो देशमा आफ्नो मातृभूमिमा संक्रमण नफैलियोस् । यस्तो देश भक्ति संसारका नागरिकहरुमा विरलै पाईन्छ । हाम्रा वीरहरुले बहादुरीका साथ चाहे भारत होस् वा बेलायत वा शान्ती सेनाको रुपमा अन्य देशहरुको सुरक्ष्यामा ठुलो योगदान पुर्याइ रहेका छन् । आज देश रहेको छ त केवल ती सपूत सन्तानहरुका कारणले जसले जस्तोसूकै परिस्थितीमा पनि नेपाल र नेपालीलाई अर्थात आफ्नो जन्मभूमिका लागि आफ्नो कर्म गरी रहेका छन् के तिनीहरुलाई आफुले सिकेको ज्ञान, आर्जन गरेको धन आफ्नै मातृभूमिमा लगानी गर्नुहोस् देशले तपाईहरुलाई प्रतिफल दिन्छ । नेपाल आमाले तपाई जस्तो सपूत पाउँदा गौरव गर्नेछिन् भनि आव्हान गर्न सकिन्न र ? अझ भन्नु पर्दा विश्वका सवै प्राणी मात्रको रक्षा हुनु पर्छ भन्ने हाम्रो देशमा जन्मिएका शान्तीका दुत भगवात बुद्धको उपदेशको पालना गरी जय बुद्ध भूमि, जय शान्त भूति जय वीर भूमि नेपाल हो भन्ने पहिचान दिऔ । कृषि जन्य बस्तुहरुमा आयात मुखि हैन बढि से बढि आन्तरिक उत्पादनमा जोड दिई निर्यात मुखी बनौं । जसले रोजगारीको सृजना लगाएत परनिर्भरताबाट हामीलाई बचाउने छ । सरकारले पनि अब यसरी हैन आफ्ना नागरिकहरु जुनसूकै राजनैतिक दर्शन जुनसूकै धर्म, लिंगका भएपनि आफ्ना नागरिकहरु हुन् यिनलाई हामीले नगरे कस्ले गर्छ? आखिर यी नागरिक र देश रहेन हामीले राजनीति गर्ने हो मन्त्री, प्रधानमन्त्री अनि राष्ट्रपती हुने हो नरहे के गर्ने भन्ने मनन गरी देशमा थुनिएर रहेका जनतालाई बाहिरी संसर्गबाट अगल गरी तिनीहरुको स्वास्थ्य पूर्ण रुपमा जाँच गरी आ आफ्नो थाकथलोमा पठाई बेलैमा परम्परागत पाकेको बाली भित्र्याउने र नयाँ रोप्ने व्यवस्था मिलाउनु पर्ने देखिन्छ । संक्रमणको सिकार नभएका व्यक्तिहरुबाट निश्चित दुरी कायम हुने गरी सावधानी पूर्वक देशमा रहेको उद्योग धन्दा तथा कल कारखाना पनि संचालन गर्ने व्यवस्था यथाशक्य चाँडो गर्नुपर्ने देखिन्छ । यसरी लकडाउनको नाममा महिनौसम्म नागरिकलाई थुनेर राख्ने हो भने देशमा बचेको उद्योग धन्दा, कृषि लगाएत सम्पूर्ण क्षेत्र तहस नहस हुने पक्का पक्की छ र देशले अझ धेरै ठूलो चूनौतिको सामना गर्नुपर्ने निश्चित छ । सम्बन्धित निकायको बेलैमा ध्यान जाओस् । हामीले अब पनि आफनो देशका बारेमा, आफनो मौलिक, परम्परागत उत्पादनको रक्षा गर्दै त्यसलाई कसरी आधुनिकीकरण तर्फ लैजाने भन्ने वारेमा सोच्न सकेनौ, आफूलाई चाहिने उद्योगहरु आफैले स्थापना गर्न सकेनौ, आफ्नै देशमा उत्पादित बस्तुहरुको गुणस्तर जाँच गरी स्वदेशी उत्पादन नै प्रयोगमा ल्याउने वातावरण बनाउन सकेनौ भने भोलिका दिन हामीलाई अझ बढी ठुलो चूनौतिको सामना गर्नुपर्ने निश्चित छ । सरकारले वा सम्बन्धित निकायले अव पनि आफ्नो देशका लागि के कस्तो जनशक्तिको खाँचो छ त्यस्तो जनशक्ति आफ्नो देशमा तयार भएको छ की छैन? भन्ने सोच राख्नुपर्ने हुन्छ र त्यस्तो जनशक्तिलाई स्वदेश मै रोजगारी वा परिचालनको व्यवस्था गर्नुपर्ने हुन्छ । अर्कोतर्फ दक्ष जनशक्तिको नाममा निजीक्षेत्रले विदेशी कामदारहरु भित्र्याइरहेकोले विदेशी कामदारहरुको परिचालनमा कडाई गर्नुपर्ने हुन्छ । भने विदेशबाट आयात हुने हरेक खाद्यान्न लगाएतका मालबस्तुहरुको चेकजाँचमा कडाई गर्नुपर्ने देखिन्छ । कतिपय आयातित मालबस्तुहरु प्रयोग मिति गुज्रीएको, कतिपयमा अत्याधिक मिसावट पाईएको वा कतिपय बस्तु प्रयोगबाट मानव स्वास्थ्यमा अम्भिर असर गर्ने सम्मको बस्तुहरु निर्वाद भित्रिरहेको छ । कोरोना भाईरसबाट त्रसिदभई घरमा बसिरहनु भएका व्यक्तिहरुले आफ्नो फुर्सदको समय आफुले गर्नसक्ने कुनै न कुन काम गर्ने गर्नुहोस् । सरकारले पक्कै केही न केही सोचेकै होला यसबाट त्रसित हुनु भन्दा पनि घर मै बसेर पनि केही राम्रो काम गर्न सकिन्छ आफ्नो परिवारको सदस्यहरुको काममा नै सघाउन सकिन्छ खुशी रहनुस, स्वस्थ रहनुस् । त्रैसिद नहुनु होस् । अन्त्यमा मैले आफ्नो देशमा भएको विकृति र विसंगतीलाई मात्र उर्जागर गर्न खोजेको हुँ आखिर जो जहाँ जसरी रहेता पनि भएता पनि हामी सवै नेपाली नै हौ । यो देश हाम्रो नै हो यसलाई हामीले नै बनाउने हो अरु कसैले बनाउने हैनन् । देश राम्रो हुनको लागि हामी जनता राम्रो हुनु पर्छ त्यसैले यसलाई अन्यथा नमानी सदैव देशको नियम कानूनको अधिनमा रही स्वाभिमानी नेपाली भई नेपाल राष्ट्रको उन्नती र प्रगतिका लागि सधैं सबैं एकजुट भएर लाग्यौ भने यो देश अवश्य बन्नेछ हामीलाई विश्वले भन्ने गरेको गरिब नेपालीको पगरीलाई फ्याक्न सफल हुनेछौं । एक दिन हामी विश्वलाई आवश्यक पर्ने जडिबुटी निर्यात गर्ने देश, विश्वलाई आवश्यक पर्ने विद्युत निर्यात गर्ने देश र यो ब्रम्हाण्डको सृष्टि गर्दा भगवानले यो नेपाल भूमिचाँही आफुलाई भनि छुट्याएको सुन्दर शान्त र सम्बृद्धशाली नेपाल र धनी नेपालीको उपमाबाट चिनिने छौ । एक दिन सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको नारा अवश्य पुरा हुनेछ । विश्वले हामीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने छ।
सुन्दर बिहानी
२०१९ डिसेम्बर ३१ को एउटा सामान्य दिन बिरामी भए भन्दै एउटा मानिस गयो डाक्टरको छीन डाक्टरलाई लागेर शंका घोषणा गर्दियो यउटा रोग ल्याउन सक्छ प्रलय संसारमा यसले होउ है सावधान गलत समाचार फैलाएको भन्दै हालियो उसलाई जेल सुरु भयो अनि स्वतन्त्र भाईरसको एउटा खेल ।। मर्न थाले मान्छे भकाभक रोगी कुखुरा मरे सरी दबावमा आउन थाल्यो चिनिया सरकार रोकु यसलाई कसो गरी कोरोना भनि गरियो नामाकरण,डर लाग्दो त्यो भाईरसको बुझ्नु पर्थ्याे विश्वले त्यसै बेला ठूलो संकट आई सक्यो कहां चुक्यो सरकार र त झुक्यो सरकार तर झुकेनन् डाक्टर बचाउँछौ मान्छेहरुलाई जसरी नि ज्यानकै बाजी थापेर ।। कस्तो भाईरस हो भनि बभ्दा यो संसार भर फैलिसकेथ्यो एक दुई जना मरेपनि बचाउँ अरुलाई भन्दा धेरै ढिला भैसकेथ्यो राजा रंक केही भनेन यस्ले फैलियो सर्बत्र बन्द भए कल कारखाना अनि विकासका काम खलबलियो अर्थतन्त्र दिनरात अनि भोकप्यास नभनी छाडेर आफ्नाे घर लड्छौं हामी तपाँईहरुका लागि सबै बस्दिनु है आफ्नै घर गरे बिन्ती मान्छेहरु अनि सरकारलाई मान्दिनु यति भनि समयलाई चुनौती दिन खोज्ने देशहरु क्हां मान्थेर टन्टलापुर घामले सुकेको जंगलमा आगो सल्कींदा सरि बिरामी भए मान्छे एक, दुई, सयाैं, हजारौं अनि लाखौं गरि ।। लेखक कस्तो भाईरस हो भनि बभ्दा यो संसार भर फैलिसकेथ्यो एक दुई जना मरेपनि बचाउँ अरुलाई भन्दा धेरै ढिला भैसकेथ्यो राजा रंक केही भनेन यस्ले फैलियो सर्बत्र बन्द भए कल कारखाना अनि विकासका काम खलबलियो अर्थतन्त्र धाईए हरेक मठ मन्दिर पुकारिय सबै भगवान सुनेनन् बिन्ती सायद भगवानले पुग्यो यो हर घरदरवान ।। सक्रिय भए देशका शाशक अनि गरे सबलाई सावधान मरिन्छ आजै देखि नै बस घरभित्र यसलाई ठट्टा नठान कस्तो खाले भाईरस आज मान्छे सँग मान्छे छुट्याईदियो नझुक्दा समयमा उससँग सारा विश्व रुवाईदियो नभेट्नु मान्छे नगर्नु अंकमाल न त मिलाउनु हात मनबाट मान्ने हो माया र सम्मान बरु गरौं नमस्कार ।। हात धोई राखौं नजाऔं बाहिर बसौं घर खाई सिस्नु गुन्द्रुक नगरौं लापरवाही नगरौं भीडभाड फेरी मरिएला है खुत्रुक लाग्दैमा कोरोना मरिहालिंदैन झुटो भ्रम नपालौं यही हो मौका भनि भ्रष्टचार गर्दै आफ्नो ईज्जत नफालौं चन्द्रमा छुने सामर्थ्य राख्ने देशले हात उठाए सक्छौ भने जोगाईदेउ मानव सभ्यता भन्दै सबलाई गुहारे ।। खटे प्रहरी अनि डाक्टर हामी डट्छौं पहिले भनि आएकी देबता उनीहरुको भेषमा आशाका किरण बनि बसिदियौं घरभित्रै हामी नगरी भीडभाड अटेरी बनि कष्ट भयो मेरा सन्तानलाई भनि कुनै दिन गर्जिएलिन प्रकृति पनि हट्छ एकदिन यो प्रलयको बादल सुन्दर बिहानी आउनेछ जित्यौं सबले यो भाईरसलाई भनी कोईली रम्दै गाँउनेछ ।। [email protected]
आउँदैन महामारी कहिल्यै पनि, बाजा बजाएर
चीनको वुहान शहरमा विशालु, जीवाणु उत्पत्ति भयो । सर्प सामुन्द्रिक परिकार खानु, कारण पर्न गयो ।। आयो राक्षस सरी महामारी, संसार भजाएर । आउँदैन महामारी कहिल्यै पनि, बाजा बजाएर ।। सिंगो विश्व अर्थतन्त्रको रेखा, लाग्दैछ अधाेगति । दोहोरी खेल्दैछन् शक्ति राष्ट्रहरु, कहिले सुधार्लान मति ।। शीत युद्ध चलेकै छ उनीहरुको, आआफ्नै समस्या बोकी । सुनिन्छ बजारमा शक्ति राष्ट्रको ताजै, फेरिने पो हो कि ।। युद्ध-युद्धकाे कुरा गर्थ्यौ मनुष्य, युद्ध रुपी विष पिलायो ।। हतियार किन चाहियो र अब, युद्धकै झझल्को दिलायो ।। आँधी हुरी जस्तै रहेछ कोरोना, रुवायो सारा संसार । भनेन सानो-ठूलो, धनी गरिब, त्यागौं अब अहंकार ।। भर्खरै विदेशबाट आएकाहरु, स्वास्थ्य जाँच गराऊ । उपहार रुपी सुन्दर यो जीवन, आफू बाँच अरु बचाऊ ।। तितो सत्य स्वीकार आजको, वियोगका तृष्णा मेटौंला । फोन म्यासेन्जर मै कुरा गर, बाँचे भोलि भेटौला ।। यस्तै छ हालत नेपालको, चुनौती थपिए अरु । धैर्य गरि घरमै बसौँ आज,पछि घुमौला बरु ।। लेखक रोकिएका छन्, थुनिएका छन् नागरिक, खै के गर्यो गर्यो । आफ्नै नागरिक रोक्नु पर्ने सीमानामा कस्तो बाध्यता पर्यो ।। नबोलाऔँ आफन्त नातागोता ,साथी सङ्गती मित्र । मान्छे देख्दा मान्छे भाग्नु पर्ने, के भयो यो विचित्र ।। बनौँ आशावादी गरौ नित्य कर्म,राखौँ सोच नविन । साँच्चै उज्जवल छ भविष्य हाम्रो, बचाउ पहिला जीवन ।। लापरबाही हेलच्याक्राई गरे सिधै, मृत्युको पाशामा । आतंकीत होइन सावधानी अपनाउ, भोलि आउने आशामा ।। बन्दाबन्दी छ गाउँ शहर देश, परदेश संसार सारा । पाल्नुपर्छ नागरिक राज्यले, राज्यकै हो अभिभारा ।। बन्दाबन्दी भएको धेरै भयो, भोकले कोहि नमरोस् । झुपडीमा चुलो बाल्नेलाई पनि, मेरो सरकार भन्ने परोस् ।। ठप्प छन् सवारी साधन, उद्याेव व्यापार पनि । धनीले गरिबलाई सहयोग गर, पुण्य कमाउँछु भनि ।। सिंगो विश्व अर्थतन्त्रको रेखा, लाग्दैछ अधाेगति । दोहोरी खेल्दैछन् शक्ति राष्ट्रहरु, कहिले सुधार्लान मति ।। शीत युद्ध चलेकै छ उनीहरुको, आआफ्नै समस्या बोकी । सुनिन्छ बजारमा शक्ति राष्ट्रको ताजै, फेरिने पो हो कि ।। चलाएमान विश्व अर्थतन्त्र ठप्प छ, ठप्प छन् कारोबार । भन्छन् महाशक्तिहरुले मैदानमा, मानेका हुन् कि हार ।। कैदी जस्तै बनेको छ जीवन, निर्णय गर बुद्धिले । बाठो तीन बल्ढ्याङ लढे झै लढे,आफ्नै घमण्ड जिद्दिले ।। मान्छे थाक्दैन यहाँ लडिरहन्छ, कोरोना विरुद्ध भनि । जित्नेछ मनुष्य एक दिन अवस्य, खोप बनाएर पनि ।। अछुतो छैन नेपाल पनि, सरकारले भनेको मान । अस्तित्व धरापमा पर्यो सभ्यताको, ओखती खोज्दैछ विज्ञान ।। पक्ष-प्रतिपक्ष पछि जुधौला, एकजुट भएर आऊ । संकटको घडीमा मूल्याङ्कन हुन्छ तिम्रो, साझा मुद्धा बनाऊ ।। स्वास्थ्यकर्मी शुरक्षाकर्मी तिम्रो, योगदानको सानो बयान । यद्ध लड्दैछौ अवस्य जित्नेछौ, गौरवगाथा कति महान ।। कोभिड-१९ उद्दण्ड, उग्र-चण्ड, नरसंहारी तेरो रुप । हार्छ नरसंहारीले जित्नेछ मानवले, बाल्नेछ विजयको दीप ।। जुधौं खटेर लडौ डटेर आज,उत्सवमा भोलि हासौंला । जितौं महामारी आज जसरीनी, खुशीले भोलि नाचौंला ।। हिजो अन्न बेच्ने हामीलाई, भोकले मरिने डर । कृषि प्रधान देशमा आलु किन्न विदेशीकै भर ।। पाखो जमिन भनियो, छाडियो कौडिको भाउमा । फल्छ साना-साना मोतिका दाना, आफ्नै घर गाउँमा ।। खेतबारी बाँझो राखियो-लागियो विदेश, खासै भएन चासो । स्थायी सम्पत्ति हो बुझिराख, पुर्खाले छाडेको नाशो ।। गन्छौ नगद-बन्छौ स्वावलम्बी, कर्म गर निरन्तर । आफ्नै भूमिमा पसिना बगाउँ, बन्नेछौ आत्मनिर्भर ।। सर्भेक्षक नापी विभाग, काठमाण्डौँ
जैविक युद्धमा गुज्रिएको विश्व
फेसबुकको पोष्टदेखि मानिसको ओठसम्म विश्वभरी चर्चाको शिखरमा छ कोरोना भाईरस ⁄आखिर के हो कोरोना ? कोरोना भाईरस श्वासप्रश्वासको माध्यमवाट सर्ने रोग हो । वैज्ञानिकहरुका अनुसार यो नयाँ किसिमको कोरोना भाईरस हो । जुन् १८ वर्ष अघि माहामारी जस्तै बनेर फैलिएको मार्ससँग मिल्दोजुल्दो भएको उनीहरुको ठहर छ । विश्व स्वास्थ्य संगठनका वैज्ञानिकहरुले नयाँ कोरोना भाईरसलाई “२०१९ एन सिओभी ” नाम दिएका छन । यसको आकारवाटै नामाकारण ’ कोरोना भएको हो । ’ जुन इलेक्ट्रोन माइक्रोस्कोपबाट यसको आकार खिच्दा यो सोलारको रुपमा देखिन्छ । प्रारम्भिक चरणमा हावाबाट सर्ने यस महामारी चरा र स्तनधारी जनावरको स्वासप्रस्वासबाट एक अर्कामा सर्ने गर्छंं । यो संक्रमित व्यक्तिले खोक्दा वा हाँछ्यू गर्दा नाक वा मुखबाट निस्कने छिटाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ । हाल विश्वभरी फैलिरहेको नयाँ कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) ले कोभिड–१९ को नाम दिइएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकेको छ । चीनबाट संक्रमणकै रुपमा फैलिएको कोरोना भाइरस सर्वप्रथम डिसेम्बर ३१, २०१९ का दिन चाइनाको पूर्वीय क्षेत्रमा अवस्थित ११ मिलियन जनसंख्या भएको वुहान प्रान्तमा देखापरेको थियो । त्यसैले नोवेल कोरोना भाइरसको उद्गम स्थल चाइनाको वुहान सहरलाई मानिन्छ । जहाँ प्राथमिक चरणमा ठूलो जनसंख्या माथि रुघाखोकी, सामान्य ज्वरो, निमोनिया देखापरेको थियो । जसलाई विश्व स्वास्थ्य संगठन चाइनाले अत्यन्तै फरक किसिमको भाइरस भनी नोवेल कोरोना भनेको थियो । कोरोना भाइरसको उच्च संक्रमण क्षेत्र वुहान सहरलाई चाइना सरकारले जनवरी २३, २०२० का दिन लकडाउन(सरकारी तालाबन्दी) घोषणा गरी मानव आवतजावत बन्द गरेको थियो । लामो समयको सरकारी तालाबन्दी पछि कोरोना संक्रमणको उच्च जोखिम क्षेत्र मानिएको चाइनाको बुहान सहर ७७ दिनपछि मार्च ८, २०२० का दिन लकडाउन अन्त्य घोषणा भएको छ । जहाको जनजीवन सामान्य बनिसकेको चाइना सरकारको दावी छ । सिएनएनले पनि कोरोना संक्रमणको उच्च जोखिम रहेको बुहान सहरको जनजीवन विस्तारै सामान्य हुँदै गएको जनाएको छ । कोरोना भाइरसको उत्पत्ति सँगै कोरोना भाइरस सम्बन्धी गलत धारणा टिक्का टिप्पणी पनि विश्व जनसख्यामा उत्तपत्ति भएको छ । कोरोनाको उत्पतिको विषयमा गौर गर्दा कोही चमेराको मासु खाएर भन्छन त कोही सर्पको ! अमेरीकी सरकारले चाइनालाई तल पार्न कोरोना बनाएको भन्नेको पनि सानो मत छैन । त्यस्तै विश्व कब्जा गर्ने उदेश्यले चाइनालेनै कोरोना भाइरस बनाएको भन्ने पनि कम छैनन् । आखिर कसरी भयो कोरोना भाइरसको उत्तपत्ति ? यो प्रश्न आज आफै दोधारमा छ । कोरोना भाइरसको रोकथामका सन्दर्भमा पनि व्यक्ति व्यक्तिमा फरक टिकाटिप्पणी हुने गरेको पाइन्छ । कोही जडिया रक्सि पिउनाले कोरोनाबाट बाच्न सकिन्छ भन्छन त कोही लसुन र तातोपानी खाँदा कोरोना भाक्छ भन्दछन । तिलको तेलले मालिस गर्दा कोरोना लाग्दैन भन्नेको पनि सानो मत छैन । कागती पानी पिउनाले कोरोना भाइरसको संक्रमणबाट बचाउछ भन्नेको पनि सानो घुइचो छैन । कोही पढेलेखेका मुर्खहरु के युभि किरण –अल्ट्रा भ्याइलेट प्रकास) ले कोरोना भाइरस मार्न सकिन्छ भनि गफ लडाउछन । कोही निमोनिया विरुद्धको खोपले कोरोना भाइरको संक्रमणबाट बचाउछ भनि हल्ला फिजाउछन । कोही चुरोटको नसा लागेका नसेडीहरु धुवा उडाउदै चुरोटले संक्रमणबाट बचाउछ भनि हल्ला गर्दछन । कोही हुँदहुदैँ माउथ वासले कुल्ला गर्दा कोरोनाको संक्रमणबाट बाँच्न सकिन्छ भनि भन्दछन । यस्तै गलत धारणा र भ्रममै रुमलिएको हाम्रो समाज कोरोनाको असर नजानी एक मजकको रुपमा लिन थालेको छ । वाहियात हल्ला र सामाजिक सन्जालमा फैलाइएको गलत समचारले पुरा विश्वनै आतंङ्कित भएको छ । कोरोना भाइरसको रोकथामका सन्दर्भमा पनि व्यक्ति व्यक्तिमा फरक टिकाटिप्पणी हुने गरेको पाइन्छ । कोही जडिया रक्सि पिउनाले कोरोनाबाट बाच्न सकिन्छ भन्छन त कोही लसुन र तातोपानी खाँदा कोरोना भाक्छ भन्दछन । तिलको तेलले मालिस गर्दा कोरोना लाग्दैन भन्नेको पनि सानो मत छैन । कोही चुरोटको नसा लागेका नसेडीहरु धुवा उडाउदै चुरोटले संक्रमणबाट बचाउछ भनि हल्ला गर्दछन । सन २०१९ सालको डिसेम्बरमा पहिलेपटक देखिएको अद्देश्य रहस्यमही कोरोना भाइरस (कोभिड–१९) को प्रकोप याे लेख तयार गर्दासम्ममा विश्वमा २०० भन्दा बढी देशमा फैलिएको छ भने संक्रमणको कारण १ लाख ५४ हजार ७ सय २६ भन्दा बढी मानिसहरुको मृत्यु हुनुका साथै करिव २२ लाख ६१ हजार २८ व्यक्तिहरु संक्रमित भइसकेका छन । जुन भाइरसको संक्रमण वर्तमान विश्वव्यपी त्रास माहामारी र चिन्ताकाे विषय बनेको छ । जहाँ चीनमा संक्रमतिको संख्या ८२ हजार ७ सय १९ छ र मृत्यु हु्नेको संख्या ४ हजार ६ सय ३२ छ । त्यस्तै अमेरिकामा मृत्यु हुनेको संख्या ३७ हजार १ सय ७५ र संक्रमितको संख्या ७ लाख १० हजार २ सय ७२ छ । इटालिमा संक्रमतिको संख्या १ लाख ७२ हजार ४ सय ३४ र मृत्यु हुनेको संख्या २२ हजार ७ सय ४५ छ । साथै स्पेन, वेलायत जस्ता युरोपीयन मुलकमा पनि कोरोनको माहामारी बढ्दै गएको छ । छिमेकी मुलक भारतमा पनि कोरोना भाइरसले विरुवा हुर्काइ सकेको छ । आज विश्वका सबल मानिएका राष्ट्रको सूचिमा आउने राष्ट्रहरु आज बर्वादिको तगारोमा झुण्डिएका छन् । कोरोना भाइरसको उदय भएको चीनमा चिनिया सरकारले आफ्ना देशका ५ मिलियन मानिसहरुलाई यो भाइरसको संक्रमणबाट बचाउन सेल्फ क्वारेन्टाइन, आइसोलेसन, लक डाउन सहित सम्पूर्ण सहरहरुमा सार्वनिक तथा लामो दूरिको यातायत, व्यापार व्यवसाय, अतिआवश्यक बाहेकका सरकारी सेवा, स्कूल रेष्टुरेन्ट आदि बन्द गर्ने, पशु्पन्छी तथा बन्यजन्तुको बिक्री वितरणमा प्रतिवन्द लगउने कार्य गरेपछि हाल कोरोना भाइरस केही हदसम्म नियन्त्रण भएको छ । विश्वव्यापि महामारी कोरोना भाइरसका कारण आज पुरै विश्व त्रासमा बाचिरहेको छ । संसारका सबै वरिष्ट डाक्टर र वैज्ञानिकरहरु कोरोना भाइरसको औषधी अथवा एन्टिडोटको खोजिमा दिनरात खटिरहेका छन । कोरोना भाइरसको उत्पत्तिनै कसरी र के कारणले भयो भन्ने प्रश्न नै आजसम्म अन्योलमा छ । विश्वको कुनै पनि वैज्ञानिकहरुले यकिनका साथ कोरोना भाइरसको कारण र उत्पत्तिको विषयमा ठोस प्रमाण दिन सकेको छैनन् तर विश्वमा आशंकाका क्षेत्रहरुको पनि कमि छैनन् । विश्वमा त्रासको स्थिति सिर्जना भएको छ । त्यसैले विश्वका अधिकंस मुलुकहरु लकडाउन गरिएको छ । विश्वमा यस भाइसको संक्रमणको संख्या दिन प्रतिदिन बढ्न थालेपछि जैविक युद्ध नै सुरु भएको मानिएको छ । कतिपयले यसलाई हातहतियार विनाको तृतीय विश्व युद्धको रुपमा लिने गरेको पनि पाइन्छ । आज पुरै विश्वनै जैविक युद्धमा गुज्रिएको छ । विश्वका शक्तिशाली राष्ट्रहरु पनि वर्वादिको नजिक उभिएका छन । यस्तो महा विनासकारी माहामारिबाट बाँच्न विश्वका सबै राष्ट्रहरु संघर्ष गरिरहेका छन । साथै आजको विश्वमा संघर्षकै बीचमा बलि चढ्नेको संख्या पनि कम छैन । विश्वमा यस भाइसको संक्रमणको संख्या दिन प्रतिदिन बढ्न थालेपछि जैविक युद्ध नै सुरु भएको मानिएको छ । कतिपयले यसलाई हातहतियार विनाको तृतीय विश्व युद्धको रुपमा लिने गरेको पनि पाइन्छ । आज पुरै विश्वनै जैविक युद्धमा गुज्रिएको छ । यस भाइसरको संक्रमण नेपालमा पनि दिन प्रतिदिन बढ्दो अवश्थामा छ । नेपालमा कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि पहिलो चरणमा २०७६ चैत्र ९ गते लकडाउन गरियो र सरकारले विभिन्न चरणमा लडडाउन बढाउदै गएकाे छ । यो तालावन्दी अझै थप्दै जाने सम्भावना प्रवल रहेको छ । सरकारका राजपत्रमा प्रकासित अनुसु्चि ९ बमोजिका २७ वटा कार्यहरु बाहे अन्य सम्पूर्ण गतिविधिमा पूर्ण रुपमा बन्देज गरेको छ । यस भाइरसको प्रमुख औषधी नै सामिाजिक दूरी कायम रोख्ने भएकाले नेपाल सरकारले यसलाई पूर्ण रुपमा पालना गरेको पाइन्छ । नेपाल सरकारले पनि कोराना भाइरसको जोखिम बढेको उल्लेख गर्दै एक साताको लागि लगडाउन गरेपछि आशकिंत सक्रमितको नमूना परिक्षणमा असफल भएको छ । नेपालीमा कोरोना संक्रमणको जोखिम बढ्नुको प्रमुख कारण बह्य देशबाट आएको व्यक्तिहरु हुन भन्ने प्रमाण फेला परेको छ । सरकारले बह्य देशबाट आउने, आशकिंत व्यक्तिहरुलाई क्वारेन्टाइनामा बस्न आग्रह गरेपनि यो आदेश पूर्ण रुपमा पालना हुन सकेको छैन । भारतबाट पनि लुकिछिपि नेपाल आउनेको संख्या धेरै छ । आज नेपालमा संक्रमणको जोखिम उच्च हुनुकाे कारणमा स्वयं नेपालीनै दाेषी छन । विश्व स्वास्थ्य संगठनको अनुसार अमेरिकामा ५०० भन्दा बढी नेपालीहरु कोरोनाबाट संक्रमित छन र विश्वमा यस भाइरसको कारणबाट मृत्युदर पनि बढ्दो क्रममा छ । बाह्य मुलुकमा रहेका नेपालीहरुलाई कसरी बचाउने भन्ने सवाल आज ठूलो चुनौतिको रुपमा देखा परेको छ । नेपाल भूपरिवेष्टित राष्ट्र र खुल्ला सीमाना भएका कारणले पनि संक्रमणको जोखिम उच्च रहेको छ । विश्वव्यापी चुनाैति र उच्च जोखिमको रुपमा मानिएको कोभिड १९ ले विश्वका अधिकांश मुलुकको विकासमा बढ्दो प्रभाव पारेको छ । विश्वका २०० भन्दा बढी मुलुक प्रत्यक्ष प्रभावित छन् । २०० भन्दा बडी मुलुकमा लक डाउन गरिएको छ । यसरी नराम्ररी थलिएको विश्व फेरि कसरी उठ्छ, पहिलेको अवस्थामा फर्किन्छ, फर्किदैन, यसले अरु कति मानवीय क्षति गर्दछ, अर्थतन्त्रको के हालत हुन्छ यी सवाहरु अनुमान भन्दा बाहिर छन । किनकी यसबारे गरिने आकलन अहिले कुनै पनि बरिष्ठ समाजशास्त्री अर्थशास्त्री, राजनीतिशास्त्रीकाे बशको गणित हुन सक्दैन । किनकी समुन्नत भनिएका राष्ट्रहरु नै आज ठप्प छन् र अत्यन्त उत्तम भनि मानिएका व्यवस्थाले पनि काम गरिरहेका छैनन भने यस प्रकारको सत्रुको सामाना गर्ने हिसाबले प्रचलित प्रणालीहरु नबनेका हुदाँ व्यवस्थाहरु जरैदेखि हलिएका छन् । यो शत्रु भयानक छ र भविश्यकाे गर्भमा रहेका यस्ता अरु शत्रुहरु पनि पक्कै पर्खिरहेका होलान र आज पृथ्वी जती पनि जीवित मानिस छन, यतिखेर उनीहरु कहिल्यै नभोगिएको अवस्था भोग्दै छन । भनिन्छ, यो भाइरस जीवबाट आर्काे प्रजातीमा सर्ने त्रममा मानवसम्म आइपुगेको हो । तर वैज्ञानिकहरुले अझैपनि यो रहस्य महि भाइरसको संक्रमण कसरी र कति चाडो फौलिन्छ भन्ने कुरा यकिनका साथ पुष्टि गर्न नसके पनि एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्छ भनेका छन । साथै जोखिम प्रभावित क्षेत्रहरुमा यात्रा गरिरेका व्यक्ति संक्रमित व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिहरु चिकित्सक तथा स्वस्थयकर्मी यस भाइरसको उच्च जोखिमा हुन्छन भने दम रोग, मधुमेह, मुटु रोग, एचआइभि, क्यान्सर जस्ता दीर्घरोग भएका र रोघ प्रतिरक्षत्मक प्रणाली कमजोर भएका बाल बच्चा तथा बृद्धहरु पनि बढी जोखिममा पर्ने गरेको विश्व स्वास्थ्य संकगठनको अनुसन्धानले देखाएको छ । तर यो रोग लाग्दैमा विरामीको मृत्यु भइहाल्छ भनेर यकीनका साथ भन्न सकिन्न । याे राेग लागेका धेरै मानिसलाइ निकाे पनि भएकाे छ । चीनको बुहान प्रान्तबाट सुरु भएको विश्वव्यापी माहामारी विश्वमा त्रास र चिन्ताको विषय बनेको छ । नेपालमा पनि यसको स्थिति भयावह छ । कोरोनाको कारण हिजो मान्छे र गाडी कराउने सहरमा कुकुरहरु कराउन थालेका छन । मानिसहरुको ठूलो जमात देखिने सहरहरु आज ठप्प छन । आर्थिक चहलपहल कमीकाे कारण विश्वमा भोकमरी शुरु हुन सक्ने विज्ञहरको भनाइ छ । कोरोना भाइरस नेपालमा प्रवेश गर्न साथ नेपालका मानिसहरु हातेमालो अंकमाल गर्न डराइरहेका छन । नेपालमा कतिपय चिकित्सकहरुले नेपालमा परिक्षणकौ कमी भएका कारण संक्रमितको सख्या कमि देखिएको बताएका छन । उनीहरुको भनाइमा जती परिक्षण भएको छ त्यसको आधारमा नेपालमा कोरोना भाइरस धेरै फैलिएको छैन भन्न नसक्के अवस्था छ । नेपल लक डाउन भएको कारण सम्पूर्ण व्यवस्थाहरु ठप्प छन । आर्थिक चहलपहल हुन सकेका छैनन् । अर्थतन्त्र खस्किदो आवश्थामा छ । मानिस मानिसदेखि डराउन थालेको छ । कोही विदेशी व्यक्ति देखिएको कि मनामा संखा उत्पन्न हुन थालेको छ । उपयुक्त प्रविधि नहु्नको कारण आज नेपाली नाक थुनेर हिड्न बाध्य छन् । आर्थिक चहलपहलको कमीका कारण नेपालमा आर्थिक मन्दि हुन सक्ने सम्भावना प्रवल देखिएको छ । आज आम नेपाली जनता त्रासमा बाचिराखेका छन । कहिले आधिवेरी बनि कोरोनाले आफ्नो कब्जामा लिन्छ कोही सुरक्षित छैन । कोही ढुक्क रहन सकेको छैन । विस्वव्यापी माहामारी कोरोना भाइरसको कारण विश्व अर्थतन्त्रमा समेत ठूलो धक्का परेको छ । कोरोना भाइरस विश्वका सवल अर्थव्यवस्था मानिएका अमेरिका, चाइना, बेलायत जस्ता मुलकका निम्ति आजात शत्रु बनेको छ । विश्वमा कोरोना भाइरसको संक्रमणका कारण मानवीय क्षति लगायत आर्थिक क्षति पनि तिव्र छ । अमेरिकाको आर्थिक बृद्धिद्धर ४.५ प्रतिशतले घट्ने प्रक्षपण गरिएको छ । चाइनाको आर्थिक वृद्धिमा ३ प्रतिशतले घट्ने प्रक्षपण गरिएको छ र हाल विश्वको कुल ग्राहास्थ उत्पादनको ५ प्रतिशत हिस्सा ओगटेको छ । विश्व अर्थबजारमा आर्थिक मन्दि छाउन थालेको छ र सेयर बजारले मुन्टो नै टेकिसकेको छ । विश्वका उच्च अर्थव्यवस्था भएका मुलुकहरुको कुल ग्राहास्थ उत्पादनको आर्थिक वृद्धिद्धर खस्किदो आवस्थामा पुगेको छ । आर्थिक वृद्धिदर कहिलेसम्म र कहाँसम्म पुग्छ कोही पनि प्रस्ट सँग भन्न सक्दैन । ओइसिडिका अनुसार कुल ग्राहस्थ उत्पादन २०१९ को बृद्धि र २०२० को बृद्धि हुने सम्भावना तलको चित्रमा प्रष्ट पारिएको छ । कोरोना भाइरको कारण चिनको अर्थतन्त्रमा ३० बर्ष यताकै मन्दी छाउन थालेको छ । साथै अरु मुलुकहरुमा पनि अर्थ बजारको स्थिति डामाडोल छ । विश्व अर्थबजारमा विश्वका सवल अर्थव्यवस्थाले काम नगरेको अवस्था छ र काही कुनै पनि व्यवसायहरु सन्चालन हुन सकेका छैनन । भालि आर्थिक वृद्धिदर कति हदसम्म तल खस्किन्छ यो कुनै पनि अर्थशास्त्रिको अनुमान भन्दा पर छ । विश्वमा आयात तथा निर्यात कम हुन थालेका छन र कुनै पनि कलकारखाना सन्चालन हुने स्थितिमा छैनन् । विश्वमा मोवायल फोन बढी उत्पादन ह्ुने चाइनामा गत दुइतिन महिना देखि उत्पादन दर अन्यन्त न्य्ुन छ । जसमा चिनले ठुलो आर्थिक क्षति विहोर्नु परेको छ । भारतको सेयर बाजारलाई नियाल्दा ५२ लाख करोड मध्यको ३५ प्रतिशत घाटामा छ । नेपालको अर्थतन्त्रमा पनि प्रतक्ष्य प्रभाव पारको पाइन्छ । यस भाइरसको संक्रमण नेपालमा न्युन रुपमा देखिएपनि यसको असर नेपालको पर्यटन र व्यवसाय क्षेत्रमा देखिएको छ । जसले आर्थिक वृद्धिदरमा ह्रसा आउने आकलन गरिको छ । छिमेकी मुलुक भारत र चीनसँग सीमा जोडिएका नाका ठप्प हुदाँ राजश्व संकलनमा ठूलो प्रभाव परेको छ । हवाउ उड्यान बन्द हुनाले पर्यटन क्षेत्रमा मार परेको छ र नेपाल भ्रमण वर्ष २०२० लाई २०२२ मा सारिएको छ । नेपालको अनुमानित एवं प्रक्षेपित ८ प्रतिशत आर्थिक वृद्धि दर मा असर पर्ने देखिन्छ । केरुङ नाकामा माग १६ देखि ठप्प छ । तातोपानी नाका एक, डेढ महिनादेखि बन्द हुनाले आयात निर्यातमा कमी आएको छ । जसले देशमा खाद्य संकट देखा पर्न सक्ने सम्भावना प्रष्टाइएको छ । यो नाकावन्दी होइन आवश्यक सामान आयत भइरहेको छ भनि नेपाल सरकारले भने पनि बजारमा मूल्य बृद्धि, कालोबाजारी जस्ता अवैध कृयाकलापहरु बढिरहेका छन । खाने दाल, चनामटर, जस्ता खाद्य पदार्थको मूल्य झन्डै १५ प्रतिशतले बढेको छ भने चामल र ग्यासको मूल्य निर्धारणमा मनोमानी छ । कोरोना भाइरस संक्रमणबाट मानवीय क्षतिबचे पनि आर्थिक क्षति चौतर्फी रुपमा देखापरेको छ । ठूलो संख्यामा नेपाली कामदार रहेको मलेसिया लगाएतका खाडी मुलुकमा कोरोना संक्रमण जोखिमको चर्काे मार देखिदैन । यदि यी देशहरुमा कोरोनाको प्रकोप फैलिएर कामदारहरुको माग घटेर नेपाली अर्थतन्त्रमा टेको बनेको रेमिटान्समा ठूलो असर पुगी नेपाली अर्थतन्त्र नुहुन पुग्छ । यस भाइरसले नेपाली र विश्व अर्थतन्त्रमा कस्तो नयाँ मोड थप्छ ? यो भाइरसको त्रास कहिले सकिन्छ ? के फेरि विश्वको अर्थतन्त्र माथि उठ्दछ ? यस्ता सवालहरुको अखडाले विश्वलाई चुनौति दिएको छ । यस भाइरस मानव र मानवीय कृयाकलापको सत्रु बनेको छ । मानव विकासका निम्ति गर्नुपर्ने क्रियाकलापहरु कोरोनाको कारण अवरुद्ध छन । शिक्षा क्षेत्रको अवस्था अत्यन्त नाजुक छ भने सांस्कृतिक क्षेत्र त त्रासमा बाचिरहको छ । नेपाल लगायत विश्यका विभिन्न स्थानमा हुने शैक्षिक लगाएत सांस्कृतिक क्षेत्रमा कोरोना भाइरस पर्खाल वनि उभिएको छ । कोरोनको कारण सनिवार ठूलो भिड हुने पशुपतिनाथमा कुकुर विराला र बादर मात्र देखिन्छन । बौद्ध धर्मावलम्बीहरुको पवित्र स्थलन मानिने वौद्धनाथ स्वयंभुनाथ मा मानिसहरुको चहलपहल छैन । कृस्चियन, मुस्लिम धर्म मान्नेहरु आफ्नो धार्मिक स्थल नगइ घरमै बस्न बाध्य छन । झण्डै १ महिनादेखि मुलकमा सन्चालन हुने सम्पुर्ण परिक्षाहरु र पठनपाठन कार्य ठप्प रहेका छन, जसले व्यतित्व विकासमा ठुलो झड्का पारेको छ । विद्यार्थी हरुका लागि फलामे ढोका मानिने एस.ई.ई. परिक्षा गत चैत्र ६ गत्तेबाट हुनेमा अनिश्चितकालिन बन्द भएको छ । देशमा थलिएको शिक्षा प्रणालि समयमै माथि उठ्छ कि उठ्दैन ? उठ्दा कुन अवश्थामा माथि उड्छ ? यस्ता सवाल अफौमा अन्योल छन । यस भाइरसका कारण बातावरण र जीव जगतमा ठूलो असर परेको छ । दिनैभरी मानिसहरु अनवश्यक मोवायल तथा सामाजिक सन्जालमा झुम्मिने भएकाले साइवर अपराध बढ्न थालेका छन । यस भाइरसका कारण डुलेर जीविका चलाउने छाडा जीवजन्तुहरु भोकभोकै मर्ने स्थितिमा छन । विश्व श्रम सङ्गठनले विश्वमा करिव २ करोड मानिसको रोजगारी गुम्नसक्ने आकलन गरेको छ । नेपालमा यस भाइरसले अर्थतन्त्रमा परेको असरबाट बच्ने गत साल विनियोजित बजेको मुख्य शिर्षकमा खर्च गर्न रोक लगाएको छ । यस भाइरसले मानव जाती बीच एकता ल्याएको छ । विभिन्न हल्लाका पछाडी नपरे यथार्थ का पछाडि लाग्न सरकारले आग्रह गरेको छ । नेपाल टेलिकमले पनि आफ्नो रिङटोनमा यस भाइरसको महामारिबाट बच्ने उपायबतायर जनचेतनामुलक कार्य गरेको छ । यसरी सरकाले दिएको आदेश पालना गह्रौ सामाजिक दुरी कायम राखौँ, अनावश्यक रुपमा खाद्यन्न, ग्यास भण्डार नगरौँ, कालोबजारी, मूल्य बृद्धि नगरौ, समयसमयमा हात धोऔँ, घरमै सुरक्षित बसेर सम्पूर्ण विश्व मानवजाती एकताको सुत्रमा आवद्ध भइ आफ्नो रोघ प्रतिरोधात्मक क्षमता बढाएर यस भाइरसलाई पराजित गरौँ । ट्रिनिटि इन्टरनेशनल कलेज, काठमान्डौ [email protected]