काठमाडौं । सादा पोशाकको प्रहरी भएको भनेर ठगी गर्ने एक जना पक्राउ परेका छन् । शनिबार काभ्रेपलाञ्चोकको बनेपाबाट ४५ वर्षीय रोज बहादुर तामाङ पक्राउ परेका हुन् ।
ईट्टाभट्टीस्थित एक खाजा घरमा बसी आफू सादा पोशाकको सीआइडीको प्रहरी भएको भनेर कारवाहीको लागि नियन्त्रणमा लिएका ट्रिपरहरुलाई छुटाउन सहजीकरण गरिदिन्छु भन्दै उनी हिड्ने गरेका थिए । प्रहरीले सेवाग्राहीहरुसँग रकम माग गर्दै गरेको अवस्थामा तामाङलाई नियन्त्रणमा लिएको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ ।
मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसुरमा जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकबाट उनीविरुद्ध सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।