काेराेना महामारी र हाम्राे भविष्य
नसाेचेकाे वर्तमान र भविष्यकाे बाटाे
भन्दा, लेख्दा र भोग्दा पनि सपना लाग्न थालेको छ–यर्थाथता । कसले अनुमान गरेको थियो होला र विद्यालय, कलेज महिनौंदेखि बन्द हुनेछन । कर्मचारीलाई घरमै बसेर सेवा दिन अनुरोध हुनेछ । सरकारी कार्यालयका काम महिनौंदेखि ठप्प हुनेछन् । प्रवेशिका, लोकसेवा लगायत परीक्षा अनिश्चितकालीन बन्द हुनेछन् । सरकारले मुलुकमा बन्दाबन्दीको घोषणा गर्नेछ र अवज्ञा गर्नेलाई कारबाही गर्नेछ । परिवारको सुनौलो सपना पासपोर्टमा देखि विदेश उड्नेहरू स्वदेश फर्किन चाहे पनि पाउने छैनन । महामारी रोक्न गरिएका अवलम्बनले सीमामा अलपत्र पर्दा घर फर्किन नपाई विदेशी भूमिमा अलपत्र पर्दा महाकाली नदी तरेर घर फिर्ने गैरकानूनी बाटो रोज्न बाध्य हुनेछन । वर्षौदेखि श्रीमान कुरी बसेकी एक नवविवाहित महिला श्रीमान परदेशबाट घरदेश आउँदा समेत नजिक नआउनु रोग सर्न सक्छ, एक्लै दुई हप्ता पल्लो कोठामा सुत्नु भन्ने छे । ठूला अस्पतालमा समेत बहिरङ्ग कक्ष बन्द हुनेछन । बिरामी देख्दा डाक्टर तर्सिनेछन र भन्नेछन पिपिइ नभइ स्वास्थ्य सेवा दिन सकिन्न । नेपाल सरकारको प्राथमिकता १ मा परेको खोप कार्यक्रम समेत भीडभाडबाट संक्रमण रोक्न भन्दै बन्द हुनेछ । फ्लाेरेन्स बन्ने सपनाका साथ अघि बढेकी इटालीकी एक नर्स रोग लागेपछि अरुलाई नसरोस् भनेर सुसाइडल नोट लेखी देह त्याग गर्नेछिन । लोकतान्त्रिक मुलुकको सरकारले समेत विश्व महामारीबाट बच्न भन्दै नागरिकको स्वतन्त्रताको हकमा बन्देज लगाउन बाध्य हुनेछ र प्रतिपक्षको समेत पूर्ण समर्थन प्राप्त गर्ने छ । यहाँ न त वैज्ञानिकको अविष्कारले काम गरेको छ न त ज्योतिषको भविष्यवाणी । विश्व महामारीसँग जुध्न विश्व स्वास्थ्य संगठनको सिफारिस अनुसार गर्नुपरेको छ लकडाउन । लकडाउन ।। लकडाउन ।।। मानिसको रहरले नभै कोरोनाको कहरले । तपाई मेरो नजिक कोही व्यक्ति भएमा झट्ठ हेर्दा नचिनिने कतिपयमा रोग भएपनि लक्षण नदेखाउने त कतिलाई सामान्य असर त कतिलाई सिकिस्त बनाईदिने मानिस र पशुमा संक्रमण गराउन सक्ने मौसमी रुघाखोकी, स्वाईन फ्लु आदिसँग मिल्दोजुल्दो लक्षण देखाउने, सुख्खा खोकी लाग्ने, ज्वरो आउने (१००.४ डिग्री फरेनहाइट भन्दा बढी ), सास फेर्न निकै गाह्रो हुने, टाउको दुख्ने जस्ता लक्षण देखाउने एक भाइरस चीनको वुहान प्रान्तमा उत्पत्ति भएको मानिने नोभेम्बर १९ मा कोभिड १९ न्वारन भएको कोरोना नामले सुपरिचित भाइरसले विश्वमा सन्त्रास सिर्जना गरेको छ । यसले संक्रमण गराउन बालक, वृद्ध भन्दैन । अनि युवा, युवती कसैलाई छोड्दैन तर जेष्ठ नागरिक, प्रतिरक्षा प्रणाली कमजोर भएका ब्यक्ति, दम, मधुमेह, मुटु रोगीलाई निकै असर पुर्याउँछ । हाच्छ्यु गर्दा थुक र छिटाको माध्यम सर्ने, हावाबाट संक्रमण फैलने यो रोगको विशेषता रहेको छ । धातु कपडा, पैसा, मानिसको शरिरमा आदिमा केही घण्टादेखि केही दिन बाँच्न सक्ने वैज्ञानिक अनुसन्धान बताउँछ । हात मिलाउँदा र शरीर स्पर्श गर्दा पनि यो रोग सर्ने गरेको पुष्टि भएको छ । याे लेख तयार गर्दासम्म काेराेनाबाट नेपालमा कसैको मृत्युको दुुखद् खबर सुन्नु नपरेको भएतापनि विश्वमा मुलुक हेरि संक्रमित मध्ये २.६ प्रतिशत देखि १४ प्रतिशतसम्म मृत्यु भएको भएको तथ्यांक बताउँछ । लेखक यो पंक्ति लेख्दासम्म कोरोना संक्रमित विश्वभर २३ लाख ३२ हजार ७२७ छन् भने कूल मृत्यु १ लाख ६० हजार ७९१ भएको छ भने ६ लाख १२९ निको भैसकेका छन । संक्रमित मध्ये सामान्य अवस्थामा ९६ प्रतिशत छन् भने जोखिमपूर्ण अवस्थामा ४ प्रतिशत छन । वर्ड मिटरका अनुसार अमेरिका, स्पेट, इटाली, फ्रान्स, जर्मनी, बेलायत, चीन लगायत देशमा उच्च संक्रमण र मृत्यु भएकाे देखिएकाे छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा बैशाख ७ गतेसम्म आरडिटी र पिसिआर गरी ८०१७ को परीक्षण गरिएकोमा ७९८७ मा संक्रमण देखिएको छैन । ११७ जना आइसोलेसनमा छन । ३१ मा संक्रमण देखिएकोमा २ जना निको भैसकेका छन भने २९ जना उपचारत छन । वैदेशिक रोजगारमा गएकामध्ये युएइमा १८ नेपाली संक्रमित छन भने ४ जना निको भए र १ को मृत्यु भैसकेको छ । त्यसैगरी साउदी अरबमा ४ संक्रमित भएकोमा ३ जना निको भैसकेका छन । कुवेतमा १५ जना संक्रमित छन । मलेसियामा १ संक्रमित भएकोमा १ जना निको भैसकेका छन । कोरोनासँग जुध्न जनस्वास्थ्य र प्रशासनिक विधि अवलम्वन गर्नु जरुरी छ । विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको विधिको प्रयोगले कोरोना संक्रमण कम गर्न सहयोग पुर्याउँछ । जसअनुसार बेलाबेलामा कम्तिमा २० सेकेण्ड मिचिमिचि हात धुने वा अल्कोहल भएको सेनिटाइजर प्रयोग गर्ने, भिडभाडमा नजाने, हात मिलाउनुको सट्टा नमस्कार गर्नुपर्दछ । सरकारले तोकेको लकडाउन अवधिभर अत्यावश्यक काम बाहेक काममा ननिस्कने गरेर रोगको संक्रमण फैलिनबाट रोक्न सकिन्छ । विदेशबाट फर्केका, रोगको संक्रमणको सम्भावना भएका, रोगीसँग सम्पर्कमा रहेका व्यक्ति, उपचार गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गराउनु जरुरी छ । विदेशबाट फर्केका ब्यक्ति कम्तिमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्दछ । कुनै शंका लागेमा सरकारले उपलब्ध गराएको हटलाइन नम्बरमा सम्पर्क गर्ने वा स्वास्थ्य संस्थामा सम्पर्क गर्न सकिन्छ । युद्धमा कमाण्डरको आदेश पालना नगरेमा जतिसुकै शक्तिशाली फौज भएपनि पराजय भोग्नु पर्ने हुन जान्छ । कारण कमाण्डर र लडाकुको रणनीतिको तादाम्यता मिल्दैन । ठीक त्यस्तै यो महामारीमा विश्व स्वास्थ्य संगठन, सरकार, चिकित्सक, नर्स, स्वास्थ्यकर्मीको आदेश पालना नगरेमा रोग फैलने तीव्र सम्भावना भएकाले उनीहरुको आदेश पालना गर्दै स्व स्फूर्त अनुशासनमा बसेमा रोगको संक्रमण फैलन रोकिन सक्छ । राज्यले प्रशासनिक विधिमा संक्रामक रोग नियन्त्रण ऐन, २०२० को पूर्ण कार्यानयन गर्नुपर्छ । रोगको संक्रमणबाट रोक्न सरकारले लकडाउन गरेतापनि अत्यावश्यक खाद्य पदार्थ पाइने ठाउँमा देखिने भीड, स्थानीय तहबाट वितरण गरिने राहत कक्षमा देखिने भीड, छोटो समयका लागि भएपनि खुलेका बैंकमा एकै जनाले सयौँलाई सेवा दिनुपर्ने बाध्यता, कोरोनाका शंकास्पदलाई उपचार गरेको चिकित्सक र स्वास्थ्यकर्मीले अन्यलाई समेत उपचार गर्नुपर्ने बाध्यता, लुकीछिपी चोरबाटोबाट खुला सीमानाका कारण छिमेकी मुलुकबाट प्रवेश गरेका संख्या अनि मुल सडकमा मानिस नदेखेपनि शाखा सडकको संख्याले लकडाउन कार्यान्वायनमा समस्या तेर्सिएको छ भने महामारी फैलिन्छ भने डर सबैमा छाएको छ । महामारीमा आहातका लागि राहत वितरण भन्दा नामवीर र दानवीर कहलिन सामाजिक संजालमा फोटो पोस्टिन आउनेको जमात अनि भोकले उर्लेको सडकको भीड देख्दा पनि महामारी फैलाउलान कि भनेर सबैलाई सशंकित पारेको छ । विश्व परिदृश्य हेर्दा तथ्यांक केलाउँदा विश्व स्वास्थ्य संगठनको सिफारिस अनुसार लकडाउनको पूर्णपालन गरेको मूलुकमा संक्रमण दर न्युन रहेको छ भने लकडाउन नगरेको मूलुकमा संक्रमण दर र मृत्युदर उच्च रहेको छ । लकडाउन नगरिएको चिकित्साशास्त्र र विज्ञान प्रविधिमा फड्को मारेको मूलुक अमेरिकामा मृत्युदर र संक्रमण दर हालसम्मकै उच्च रहेको पाइएको छ । संक्रमण र मृत्युदर उच्च भएका मुलुकमा अमेरिका , इटाली , स्पेन , फ्रान्स ,बेलायत, बेल्जियम , इरान , चीन भएको उदाहरणबाट पनि शक्ति सम्पन्न मुलुकलाई समेत कोरोनासँग जुध्न फलामका च्युरा चपाउनु ुसरह सिद्ध भैसकेको छ । प्राकृतिक नियन्त्रण ,खोपको विकास वा नयाँ केश विश्वबाट शुन्यमा नझरेसम्म लकडाउनको अन्य विकल्प देखिएको छैन भने विश्व स्वास्थ्य संगठले समेत लकडाउन हटाउन नहतारिन विभिन्न मुलुकलाई सुझाव दिएको छ । कोरोनाले महामारी लिन थालेको चार महिना भयो । चीनमा लकडाउन भएको तीन महिना हुन आँटिसक्यो । नेपालमा पनि चैत्र ११ देखि सुरु भएर मिति थप भैरहेको छ । दैनिक ज्यालादारी गर्ने र हुँदा खानेको अवस्था बारे सोच्नुपर्ने कुरा उठ्न थालिसकेको छ । सात दिन हिंडेर घर फर्किनुपरेको मजदूरको कारुणिक समाचार दैनिक सुन्न विवश छौँ । अब यसको समाधानका दीर्घकालीन उपायबारेमा समालोचना गर्नु जरुरी देखिएको छ । यसले विश्वमा आर्थिक मन्दिको खतरा देखिएको छ । धेरैको रोजगारी गुम्ने डरले सताइरहेको छ । ठूला अस्पतालमा बहिरङ्ग सेवा समेत बन्द हुँदा अन्य रोगको संक्रमणको सम्भावना आँकलन गर्न थालिएको छ । अब यसको ब्यबस्थापन नयाँ शीराबाट सोच्नु जरुरी छ । विश्वको आर्थिक वृद्धि घट्ने देखिन्छ भने मुद्रास्फितिले आकाश चुम्ने आँकलन अर्थविद्ले गरेका छन् । मुख्य आयस्रोत विप्रेषण भएको मुलुकमा अन्य मुलुकले रोजगारी कटौति गरेमा के हुने भन्नेमा समेत सबैमा चासो र चिन्ता बढेको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार ११६ श्रम गन्तब्य मुलुकमा ४१ लख कामदार रहेका छन । अनौपचारिक बाटो र अवैध रुपमा गएकालाई समेत जोड्दा करिब ६५ लाख हुन आउँछ । जसमध्ये ८६ प्रतिशत कामदार मलेसिया र खाडीका ८ देशमा रहेका छन ।यी मुलुक कोरोनाको उच्च जोखिममा भएकाले त्यहाँ रोजगारी कटौति भए श्रमिक र आश्रितको भविष्यमा प्रश्न चिह्न खडा हुनेछ । खाडी मुलुकमा तेलको मूल्यको गिरावटले थप आर्थिक संकट झेल्नु परेको छ । नेपाल राष्ट बैंकको आ व २०७५।७६ प्रतिवेदन अनुसार कुल ग्राहस्थ उत्पादनमा रेमिट्यान्सको योगदान २५.४ प्रतिशत रहेको छ । मासिक रुपमा ७३ अर्ब भित्रिने गरेकोमा मुहान सुक्दा के हुने भन्ने प्रश्न पनि अनुत्तरित छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्रको वृद्धिदर ३ प्रतिशतसम्म ऋणात्मक (अघिल्लो वर्षभन्दा कम) हुने तथा नेपालको साढे दुई प्रतिशतसम्म वृद्धि हुने आँकलन गरेको छ । विश्व बैंकले एसियाली अर्थतन्त्र ४० वर्षमा सबैभन्दा कमजोर हुनका साथै नेपालको आर्थिक वृद्धि पनि दुई दशमलव आठ ननाघ्ने प्रक्षेपण गरेको छ । लकडाउन जति नै लम्बिन्छ समस्या झन टड्कारो पर्ने देखिन्छ । दोस्रो विश्वयुद्धले संयुक्त राष्ट संघको स्थापना भए जस्तै कारोना महामारीले आत्मनिर्भरताको सन्देश दिएको छ । जलवायु र वातावरणमा सकारात्मक परिवर्तन आएको छ । प्रदुषण उल्लेखनीय मात्रामा घटेको छ । सडक दुर्घृटनामा कमी ल्याएको छ । क्लोरोफ्लोरो कार्वनको उत्सर्जनमा उल्लेखनीय मात्रामा कमी ल्याएको छ । दोस्रो विश्वयुद्धले संयुक्त राष्ट संघको स्थापना भए जस्तै कारोना महामारीले आत्मनिर्भरताको सन्देश दिएको छ । जलवायु र वातावरणमा सकारात्मक परिवर्तन आएको छ । प्रदुषण उल्लेखनीय मात्रामा घटेको छ । सडक दुर्घृटनामा कमी ल्याएको छ । क्लोरोफ्लोरो कार्वनको उत्सर्जनमा उल्लेखनीय मात्रामा कमी ल्याएको छ । कार्वन ब्यापारबाट मनग्य लाभ लिन सक्ने अवस्था सिर्जना गरेको छ । विभिन्न अध्ययन अनुसन्धानको अवसर मिलेको छ । लामो समयसम्म विछोडिएको परिवारको मिलनको आभास भएको छ । प्रतिद्धन्दी मुलुक मिलेका छन । सरकार पक्ष र प्रतिपक्ष एकजुट भएकाछन । सबै जनतालाई समान स्वास्थ्यको आवश्यकता पर्ने आभास भएको छ । धनि उपचारमा विदेश जाने गरीब उपचार नपाई विचल्ली पर्ने अवस्था कोरोनाले सिर्जना गरेन सबैलाई समान आवश्यकता सिर्जना गरी सरकारी अस्पतालमा लगानी गर्नुपर्ने अवस्था सिर्जना गर्यो । मिसाइल अस्त्र शस्त्रमा लगानी गर्ने मात्र हैन स्वास्थ्य क्षेत्रमा लगानी बढाउनपर्ने कुरामा आवश्यकता महसुस भयो । सार्वजनिक निजी साझेदारीमा वास्तविक आवश्यकता जोड दियो । विदेशमा श्रम गर्नुमा इज्जत सम्झिनेलाई देशमा केही गर्नुपर्छ भन्ने आवश्यकता बोध भयो । मातृभूमि प्रतिको स्नेह बढेर गयो । देशको कूल बजेटको १० प्रतिशत स्वास्थ्य छुट्याउनु पर्ने मापदण्ड हुँदा पनि वर्षेनी बजेटमा ३–४ प्रतिशत मात्र छुट्याउने गरेकोमा स्वास्थ्यमा लगानी गर्नुपर्ने आवश्यकता बोध भयो । अख्तियार, राजस्व, अदालत, संसद सेवा आदिमा उत्प्रेरणा भत्ता दिन तयार तर स्वास्थ्यमा जोखिम र उत्प्रेरणा भत्ता दिन हात कमाउनेहरू स्वास्थ्य क्षेत्रको आवश्यकता बोध गरी उत्प्रेरणा भत्ता दिन सहमत भए तर कार्यान्वायन यो पंक्ति लेख्दासम्म बाँकी छ । विद्युतीय माध्यमबाट सार्वजनिक सेवा दिनुपर्ने आवश्यकता बोध भयो । कृषि क्रान्तिमा जोड दिनुपर्ने बहस सुरु भयो । लामो समयसम्म गतिरोध विहिन बनेको सार्कमा सबै मुलुक एक जुट भए । सार्क स्तरीय कोभिड १९ कोष स्थापना हुने भएको छ, जसमा भारतले १० मिलियन , श्रींलंका ५ मिलियन, पाकिस्तान ३ मिलियन, माल्दिभ्स, बंगलादेश साढे एक मिलियन, नेपाल १ मिलियन, अफगानिस्तान १ मिलियन र भुटान शुन्य दशमलव १ मिलियन जम्मा गर्न प्रतिवद्धता जनाएका छन । लामो समयसम्म लकडाउन रहदा मुलुक कुनै पनि कार्य नगरी बन्दि अवस्थामा रहन सक्तैन । यस अवस्थामा विभिन्न जनशक्तिलाई उत्पादनमूलक कार्य आर्थिक उपार्जन र आर्थिक वृद्धिका कार्यको योजना बनाउन, शासकीय सुधारका अवधारणा पेश गर्न, अध्ययन अनुसन्धानमा समय खर्चिन सकिन्छ । जुन कार्य कोठामै बसी लकडाउनको पालना गरेर गर्न सकिन्छ । सार्वजनिक निकायका अभिलेख ब्यबस्थित र डिजिटाइजेसन गर्ने, विद्युतीय शासनको कार्यान्वयन हरेक कार्यालयमा लागू गर्न फ्रेमवर्क तयार गर्ने, हरेक कार्यालयको संगठन संरचनाको रणनीतिक दस्तावेज तयार गर्ने लगायत गरेर घरबन्दी अवस्थामा राखेर पनि काममा लगाउन सकिन्छ । सरकारी कर्मचारीलाई यी लगायत यावत काममा लगाइ लकडाउन अवस्थामा समेत फाइदा लिन सकिन्छ । हिलेका युवा हलो समाई हिलोमा हुत्तिएर कृषि उत्पादन गर्न चाहदैनन् । यसका लागि आधुनिक प्रविधिको माध्यमबाट अघि बढाउन जरुरी छ । हामीले नयाँ सोच बनाउनु जरुरी छ । अनि प्रतिज्ञा गर्नुपर्ने छ। कृषियोग्य भूमि बाँझो रहने छैन । कुनै नदी अनुपयोगी हुनेछैन । लोकसेवा आयोग, विद्युत प्राधिकरण, नेपाल टेलिकम लगायत सबैजसो सरकारी र गैरसरकारी निकायले विद्युतीय सेवा मार्फत सेवा प्रदान गरेको अनुभव संगाल्दै विद्युतीय कारोबार ऐन २०६३ ,सूचना प्रविधि नीति २०५७ को कार्यान्वयन गर्दै अगाडि बढ्नु जरुरी छ । अब यही मौकालाई सदुपयोग गर्दै कागजविहिन सरकारको परिकल्पना साकार पार्ने अवसरको रूपमा लिन सकिन्छ । विद्यालय र कलेजका पाठ्यक्रम अनलाइन मार्फत विकास गरेर सुरुवात गर्नुपर्ने हुन्छ र लामो समय विद्यार्थी कक्षाकोठा बाहिर भएमा विग्रने सक्ने अवस्थालाई नजरअन्दाज गरी खुला विश्वविद्यालयले थालनी गरेको जस्तो दूर शिक्षा कार्यक्रम सबैले प्रयोग गर्नुपर्दछ । विद्युत प्राधिकरणको अनुसार दैनिक ११०० मेगावट विद्युत खपत हुनेमा हाल ८०० मेगावट मात्र खपत हुने गरेको छ । वृहत जलविद्युत आयोजना निर्माणका चरणमा समेत रहेकाले विद्युतीय उपकरणमा जोड दिनुपर्ने जसले गर्दा उर्जा संकटको सामना गर्नुपर्ने छैन । वातावरण प्रदुषण कम गर्न मद्दत गर्नेछ । हामीले रेमिट्यान्सको आधारमा मुलुकको आर्थिक वृद्धि गर्नु अस्थायी ब्यवस्थापन मात्र हो । गाउका जमिन श्रम शक्तिको अभावमा गाउका जमिन परिवार नियोजन गर्न विवश भै अनुत्पादक बनेका छन भने अर्को तर्फ गरीबी र भोकमरी हाम्रो सामू रहेको यथार्थतालाई विश्लेषण गर्दै अघि बढ्र्नु जरुरी देखिएको छ । कुल गार्हस्थ्य उत्पादनमा कृषि, मत्स्यपालन, खानी, उद्योग विजुलीको योगदान करिब ३५ प्रतिशत रहेकोमा यसको योगदान बढाएर ४५ देखि ५५ प्रतिशत सम्म गराउन सकिन्छ । अहिलेका युवा हलो समाई हिलोमा हुत्तिएर कृषि उत्पादन गर्न चाहदैनन् । यसका लागि आधुनिक प्रविधिको माध्यमबाट अघि बढाउन जरुरी छ । हामीले नयाँ सोच बनाउनु जरुरी छ । अनि प्रतिज्ञा गर्नुपर्ने छ। कृषियोग्य भूमि बाँझो रहने छैन । कुनै नदी अनुपयोगी हुनेछैन । निजी क्षेत्रले उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने लगानीमैत्री वातावरण सरकारले सिर्जना गर्नुपर्छ । एनआरएनलाई लगानीको लागि प्रोत्साहन गर्नुपर्नेछ । यसले पारिवारिक सम्बन्धमा विचल्ली ल्याएको र पैसा कमाउन जाँदा पैसा आउने बाकसमा थुप्रै लास आएको घटनाबाट सिक्दै कोरोनाको कारण श्रम बजारमा कामदार कटौति भएपछि पनि समस्या नहोस भनी संघ, प्रदेश र स्थानीय तहले योजना बनाउनुपर्छ । यस अवधिमा तथ्यांक संकलन गरी कार्ययोजना बनाएर उद्योग, पर्यटन, औषधि उत्पादनमा लगानी गरी रोजगारीको अवसर सिर्जना गरेर आफ्नै माटोमा श्रम र सीपको प्रयोग गर्ने कार्य गर्नुपर्छ । मुलुक आत्मनिर्भर बन्नेछ । यस अवधिमा श्रम र सीप यस्ता कुरामा खर्च गरेर कोरोनाको कहर सँगै नयाँ युगको सुरुवात गर्ने अवसरको रुपमा लिनुपर्नेछ । नेपालगन्ज ४, बाँके हालः ललितपुर नेपाल
आत्मनिर्भरताको बाटोमा
संसारमा भीमकाय ह्वेलदेखि सूक्ष्मातिसूक्ष्म जीवहरू अस्तित्वमा छन् । स्वजीवी र परजीवी अनेक जीव अस्तित्वमा छन् । कति सूक्ष्म जीव हाम्रै शरीरभित्र छन् कति बाहिर । जीवको सम्बन्ध कुनैसँग अति मित्रवत् छ भने कतिपयसँग शत्रुवत् । आफ्नो मस्तिष्कको प्रयोग गरी अन्य जीवलाई वशमा राखी आफूअनुकूल प्रयोग गर्न मानिस सक्षम छ । मानिसको विश्वविजयको यो यात्रामा समयसमयमा मानव जातिकै अस्तित्वमाथि धावा बोल्ने गरी अनेक सङ्कट आउँदै गएका छन् । प्रकृति र जीवनमा सन्तुलन कायम राख्ने जीवनशैलीलाई निरन्तरता नदिँदा विभिन्न कालखण्डमा ठूलो जनसङ्ख्या अकाल मृत्युको चपेटामा पर्दै आएको छ । प्रत्येक १०० वर्षमा मानव अस्तित्वमा ठूलो चुनौती दिँदै विभिन्न महामारी हुने गरेको ऐतिहासिक तथ्यले देखाउँछ । मानवीय आविष्कारलाई नै असफल सिद्ध गर्दै चुनौतीका रूपमा यस प्रकारका महामारी फैलिने गरेका छन् । संसारका अन्य प्राणीलाई आफ्नो वशमा पार्दै संसारमा शासन गरिरहेको मानिसलाई अहिले नाङ्गो आँखाले देख्न नसकिने सूक्ष्म भाइरसले हायलकायल तुल्याएको छ । यो कुनै अमुक राष्ट्र वा भौगोलिक क्षेत्रको नभई सिङ्गो मानव जाति र समग्र भूगोलकै चुनौतीका रूपमा आएको छ । यसको नियन्त्रणमा त अवश्य नै मानव जाति सफल रहला । समय कति लाग्ने भन्ने मात्रै हो । महामारीपछिको विश्वको स्थिति कस्तो बन्छ भन्ने कुरा यतिबेला सबैको चिन्ता र चासोको विषय बन्न पुगेको छ । स्वयं महामारी कुन स्तरसम्म फैलन्छ भन्ने टुङ्गो नभएको अवस्थामा त्यसपछाडिको स्थितिको आँकलन गर्न सहज छैन । यद्यपि कोरोना भाइरससँगै विश्वमा देखिएका घटना परिघटनाले समग्र विश्वस्थितिमा आमूल परिवर्तन आउने कुराको स्पष्ट सङ्केत भने गरेका छन् । कोरोना सङ्क्रमण र यसको विस्तार सन् २०१९ डिसेम्बर महिनाको अन्तिम हप्ता चीनको वुहान प्रान्तमा देखिएको कोरोना भाइरसले अहिले सारा विश्व आफ्नो कब्जामा लिएको छ । दिनहुँ मृत्युको आँकडा बढ्दै गइरहेको छ । यसबाट हुने सम्भावित मानवीय क्षतिको पूर्वानुमान अहिल्यै गर्न सकिने स्थिति छैन । पछिल्लो समय विश्वको महाशक्ति राष्ट्र अमेरिकामा यसको सङ्क्रमण तीव्र छ । थालनीका दिनमा चीनप्रति पेचिलो बन्नु, विश्व स्वास्थ्य सङ्गठनले गरेको आग्रह नटेर्नु र रोकथामका आवश्यक तयारीमा ढिलाइ गर्नु आदि कारणले अमेरिकाले ठूलो क्षति व्यहोर्नुपरेको हो । अहिले अमेरिका मर्माहत छ । युरोप थला परेको छ । कोभिड–१९ भाइरसको अकल्पनीय सङ्क्रमणले विश्वलाई ध्रुवीकरण गर्ने सङ्केत देखिएको छ । लेखक कोरोनाको सङ्क्रमण के कारणले भयो भन्ने तथ्य पत्ता लागिसकेको छैन । यद्यपि यसको प्रमुख कारण मासुजन्य खाद्यपदार्थको उपभोग नै हो भन्ने प्रारम्भिक अध्ययनको निष्कर्ष छ । यसको सङ्क्रमण ज्यामितीय आकारमा वृद्धि हुँदै गएको छ । अन्य भाइरसहरू कुनै एक हावापानीमा बढी सक्रिय भएको पाइन्थ्यो भने यो भाइरस जुनसुकै हावापानीमा पनि सक्रिय भएको पाइएको छ । लण्डनको चिसोदेखि अरब राष्ट्रको तातोसम्म यसको फैलावट उत्तिकै तीव्र छ । कोभिड–१९ ले फोक्सोमा सङ्क्रमण हुने र श्वासप्रश्वासमा कठिनाइ भई बिरामीको मृत्यु हुन्छ । खासगरी रुघा (सिँगान) तथा खोकी (खकार)का माध्यमले यसको सङ्क्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलन्छ । त्यसैले यसको सङ्क्रमण पहिचान गर्न र्याल र खकारजन्य पदार्थको परीक्षण गरिन्छ । यसकारण सिँगान र खकारजन्य पदार्थबाट टाढा रहेर नै यसबाट बच्न सकिन्छ । यसको सङ्क्रमणबाट बच्नका लागि विश्व स्वास्थ्य सङ्गठनले केही विशिष्ट उपायहरू (आधारभूत सुरक्षाका उपायहरू) सुझाएको छ । ती उपायहरूमा नियमित रूपमा हात धुने, सामाजिक दूरी कायम राख्ने, नाक, मुख, आँखा नछुने, आदि छन् । अन्यत्रबाट आएका मानिससँग टाढै बस्ने, शारीरिक सक्रियता र सामाजिक सक्रियता(भौतिक) नगर्नु नै यसबाट बच्ने प्रमुख उपाय हुन् । विश्व स्वास्थ्य सङ्गठन, स्वास्थ्यकर्मी र सरकारले दिएका सूचना तथा निर्देशनको पूर्ण पालना गरी यसको जोखिमबाट बच्न सकिन्छ । विश्वव्यापीकरणको यो समयमा आत्मनियन्त्रण अत्यन्त कठिन कुरा हो, चाहे त्यो व्यक्तिका हकमा होस् वा राष्ट्रका हकमा । त्यसैले त चीनको वुहान प्रान्तमा पत्ता लाग्नासाथ सचेतना अपनाउँदा अपनाउँदै पनि यो विश्वभर डढेलोकै गतिमा फैलियो । अहिले विश्वभर विनाशको ताण्डब देखाएको छ । डढेलोलाई सानै आकारमा नियन्त्रण गरेमा त्यो फैलन नपाएझैँ कोरोनालाई पनि प्रारम्भिक चरणमै रोक्न सकेमा व्यापक क्षति हुन पाउँदैन । यो तथ्यलाई अझै पनि प्रारम्भिक अवस्थामा रहेका विश्वका दर्जनौँ राष्ट्रले ध्यान दिँदै कार्यान्वयन गर्नु आवश्यक छ । चीनको वुहान क्षेत्रको मृत्युको आँकडा अझै पनि बढिरहेको छ । चीनलगत्तै सङ्क्रमण देखा परेपछि सुरुमै नियन्त्रणमा राख्न सकेको दक्षिण कोरियामा निको भएका ९१ जनामा फेरि सङ्क्रमण देखिएको छ । यसले एकपटकको सङ्क्रमणलाई जित्दैमा कोरोनामाथिको विजय सम्भव नभएको नयाँ तथ्य फेला परेको छ । विश्वका २३२ राष्ट्रमध्ये २२६ राष्ट्रमा यसको सङ्क्रमण फैलिसकेको छ । विश्वको कुनै कुनो यसको सङ्क्रमणबाट जोगिन सकेको देखिँदैन । मानिसको शरीरमा बसेर भ्रमण गर्ने भएका कारण यो भाइरस अति छिटो विश्वव्यापी बन्यो । यसका लागि पासपोर्ट भिसा केही नचाहिने भएकाले पनि यसले निर्वाध विश्वभ्रमण गरिरहेको छ । ठोस औषधी पत्ता नलागिसकेको अवस्थामा पूर्वसावधानीसहितको सङ्क्रमण रोकथाम नै एक मात्र उपाय हो । स्वास्थ्य वैज्ञानिकहरू यसकोे औषधी पत्ता लगाउन अहोरात्र खटिरहेका छन् । स्वास्थ्यकर्मीहरू बिरामीको उपचारका लागि सक्रिय छन् भने सामाजिक अभियन्ताहरू रोकथामका लागि दिनरात खटिरहेका छन् । उपचारकै क्रममा सयौँ स्वास्थ्यकर्मीले ज्यान गुमाइसके भने हजारौँ आफैँ सङ्क्रमित बने । जर्मनी, नेदरल्यान्ड, अष्ट्रेलिया लगायतका केही देशले यसको सङ्क्रमणलाई नियन्त्रण गर्दै मृत्युदर न्युन राख्ने कार्यमा सफलता हासिल गरेका छन् । यसभन्दा बढी हालसम्म अन्य कुनै प्रयास सार्थक बन्न सकेका छैनन् । चीनले कोरोना नियन्त्रणका क्रममा प्राप्त अनुभवबाट विश्वका विभिन्न देशमा स्वास्थ्यकर्मी एवम् स्वास्थ्य उपकरण पठाएर सहयोग गरिरहेको छ । अमेरिकामा सङ्क्रमण फैलिन थाल्दा रुसले अमेरिकालाई र अहिले रुसमा सङ्क्रमण फैलिरहँदा अमेरिकाले एकअर्कालाई उपकरण सहयोग गरिरहेका छन् । मानवीय सङ्कटसँग विश्व एक भएर मात्र जुध्न सम्भव भन्ने सन्देश यो र यस्ता आपसी सहयोगले प्रमाणित गरेका छन् । विश्वबन्धुत्वको भावना फेरि एकपटक विश्वव्यापी बनेर आएको छ । यो समग्र मानव जातिको अस्तित्वसँग जोडिएर गरिएको सबैभन्दा सार्थक पहल हो । कोरोनाको विश्वव्यापी प्रभाव र नेपाल कोरोना भाइरसको उद्गम थलोका रूपमा रहेको चीन र हाल सबैभन्दा बढी असर परेको मुलुकका रूपमा अमेरिका दुवैको अर्थतन्त्रमा यसले गम्भीर असर पार्ने प्रारम्भिक अध्ययन र प्रतिवेदनले देखाएका छन् । चीनमा यसको प्रभाव केही मत्थर भइसकेकाले चीनको अर्थतन्त्रमा ठूलो गिरावट नआउने प्रक्षेपण गरिएको छ । विश्व बैँकले मार्च २ मा गरेको आर्थिक प्रक्षेपणले विश्वको कुल ग्राहस्थ उत्पादन सन् २०१९ मा २.९ रहेकोमा सन् २०२० मा २.४ मा झर्ने देखाएको छ । चीन, भारत, जापान, दक्षिण कोरिया, अष्ट्रेलियालगायतका अत्यन्त सीमित राष्ट्रको ग्राहस्थ उत्पादनमा केही गिरावट आउने बताएको छ । यसबाहेक विश्वका अन्य राष्ट्रमा भने भारी गिरावट आउने बैँकको प्रक्षेपण छ । अमेरिकाको कुल ग्राहस्थ उत्पादन २.३ बाट १.९ मा झर्ने प्रक्षेपण बैँकको छ । विश्व बैङ्कले दक्षिण एसियाली क्षेत्रको आर्थिक गिरावट विगत ४० वर्षयताकै सर्वाधिक न्यून हुने जनाएको छ । पसिना र परिश्रमलाई घृणा गर्ने गलत संस्कार नेपालीमा बसेको छ । जनताको जीवनशैली र सरकारको योजना दुवै उत्पादनमुखी छैनन् । जनतादेखि नेतासम्म सबैले निष्क्रिय र सुविधाभोगी जीवनशैली रोजेपछि परनिर्भरताको केन्द्रका रूपमा देश परिणत भएको छ । नेपालीको जीवनशैलीको कोल्टेफेराइ सम्पूर्णतः परनिर्भर, निष्क्रिय र भ्रष्ट आचरणयुक्त बन्दै गएको छ । सामाजिकता हराउँदै गएको छ । यी सबै यथार्थले नेपाल कोरोनासँग जुध्न पनि अन्य राष्ट्रकै सहयोग कुर्नुको विकल्प छैन । विश्व बैँकको प्रक्षेपणको यो आँकडाले पनि कोरोना भाइरसको महामारीले विश्वको अर्थतन्त्र थला पर्ने देखाएको छ । चलायमान अर्थतन्त्र सीमिततातर्फ उन्मुख हुने सम्भावना प्रबल छ । उत्पादनमुखी अर्थतन्त्र रहेका राष्ट्रमा यसले त्यति धेरै असर नपारे पनि वितरणमुखी, सेवामुखी र व्यापारमुखी अर्थतन्त्र भएका राष्ट्रमा भने यसको अत्यन्त नकारात्मक असर पर्ने देखिन्छ । नेपालको भूराजनीतिक अवस्थिति अत्यन्त संवेदनशील छ । नेपालका दुई छिमेकी राष्ट्रको जनसङ्ख्या साढे दुई अरबभन्दा बढी छ । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हुनु र भारत पनि आर्थिक विकासमा उदीयमान रहनु नेपालका लागि अवसर र चुनौती दुवै हो । नेपालको अर्थतन्त्र रेमिट्यान्स र आयातीत वस्तुमा लगाउने भन्सारमा निर्भर छ । कृषि उत्पादन निरन्तर ओरालो लागिरहेको छ । औद्योगिक विकासको क्रम दयनीय छ । सेवा क्षेत्रको उचित विकास छैन । जलस्रोत र पर्यटनबाट अपेक्षाकृत आम्दानी गर्न सकेको छैन । देशका सम्भावनालाई यथार्थमा बदल्नका लागि वैज्ञानिक नीति तथा योजना आवश्यक हुन्छ । नेपालका अधिकांश योजना कागजमै सीमित छन् । वैदेशिक सहायता प्राप्त गर्नका लागि मात्रै योजना बनाउने गरेको जस्तो देखिन्छ । मनसुनी हावापानीका कारण नेपालको सबैभन्दा ठूलो सम्भावनाको क्षेत्र कृषि हो । सरकारी योजनामा भने कृषि कहिल्यै पहिलो प्राथमिकतामा परेन । नेपालले प्रत्येक वर्ष चालीस अर्बभन्दा बढी रुपैयाँको कृषिजन्य वस्तु आयात गर्छ । यही एउटा उदाहरणले नेपालका सम्भावना र योजनाबीचको बेमेल प्रष्ट पार्छ । जलस्रोतको विकास, कृषिजन्य उद्योग, पर्यटन, जडीबुटी खेती (औषधी उद्योग), पशुपालन आदि नेपालको आर्थिक विकासको सम्भावना बोकेका क्षेत्र हुन् । सरकारी तथ्याङ्कअनुसार हाल ५० लाख युवा विदेशमा छन् । सरकारी तथ्याङ्कमा नरहेकाहरूसमेतको यो सङ्ख्या करिब ७० लाख रहेको अनुमान छ । देश विकासका लागि उपलब्ध स्रोत र साधनको समुचित परिचालनका लागि युवा जनशक्ति आवश्यक छ । देशनिर्माणको आधार युवाको ठूलो सङ्ख्या विदेश हुनुले हाम्रो परनिर्भरताको हद प्रष्ट्याउँछ । सरदरमा नेपालका प्रत्येक घरको कम्तीमा एक जना विदेशमा छ । विदेशिनेको सङ्ख्या बढ्नासाथ सुखको लोभमा सहरतिर बसाइँसराइँ तीव्र छ । अनावश्यक उपकरणको उपभोगले आकाश छोएको छ । उर्बर भूमि बस्तीमा परिणत भएको छ । पसिना र परिश्रमलाई घृणा गर्ने गलत संस्कार नेपालीमा बसेको छ । जीवनशैली नै निष्क्रिय भएपछि शारीरिक र मानसिक रोगको शिकार बन्छ मान्छे । वैदेशिक अनुदान सरकारले सदुपयोग गरेको पाइँदैन । भ्रष्टाचारले राज्यसंरचना थिलथिलो छ । जनताको जीवनशैली र सरकारको योजना दुवै उत्पादनमुखी छैनन् । जनतादेखि नेतासम्म सबैले निष्क्रिय र सुविधाभोगी जीवनशैली रोजेपछि परनिर्भरताको केन्द्रका रूपमा देश परिणत भएको छ । नेपालीको जीवनशैलीको कोल्टेफेराइ सम्पूर्णतः परनिर्भर, निष्क्रिय र भ्रष्ट आचरणयुक्त बन्दै गएको छ । सामाजिकता हराउँदै गएको छ । यी सबै यथार्थले नेपाल कोरोनासँग जुध्न पनि अन्य राष्ट्रकै सहयोग कुर्नुको विकल्प छैन । कोरोनापछिको विश्व कोरोनाले विज्ञानलाई ठाडो चुनौती दिएको छ । तत्कालीन आवश्यकता पूर्ति गर्दै जाने र यथासम्भव अवसरलाई छोपिहाल्ने मनोवृत्तिमा मानव जाति लाग्दै गयो । पृथ्वी आँखाले देख्न सकिने र नसकिने सबै प्रकारका जीवको साझा घर हो । मानवीय गतिविधिले पृथ्वी उसकै लागि मात्र सिर्जित भएको ठान्दै यहाँका स्रोतसाधनको चरम दोहन गरिरह्यो । यसले प्राकृतिक असन्तुलन बढायो । अर्कातिर राष्ट्र राष्ट्रका बीचको अस्वस्थ प्रतिस्पर्धाले मानवीय अस्तित्व नै सङ्कटग्रस्त छ । खाद्यन्य सहायता लिन लाममा बसेका बंगलादेशका महिला र बालबालिका ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेत्’ यो मन्त्रले संसारका सबै प्राणीको सुख र अमनचैनको कामना गरेको छ । यो कामना भनेकै मानवजातिलाई सबै प्राणीको हितमा आफ्नो तन र मन समर्पण गर भनेको हो । ‘कर्मेषु फल मापेषु’ को भावनाअनुसार कर्म (जगत्का प्रति आफ्ना कर्तव्य निर्वाह) गर्दै जाने तर फलको आशा नगर्ने हो । मानिस भने उल्टै फलकेन्द्रित हुँदै गएकाले तन र मनभन्दा धनलाई प्राथमिकता दियो । संसारभर सम्पत्ति र शक्तिको होडबाजी चल्दै गयो । दया, करुणा, सहयोग, मेलमिलाप जस्ता मानवीय र सामाजिक भावना हराउँदै गए । यी भावनाको साटो घमण्ड, ईर्ष्या, रिस, वैमनस्य आदि अमानवीय भावना विकास भए । विश्वबन्धुत्व र सहअस्तित्व लत्याइए । फलस्वरूप विश्वमा प्रकारप्रकारका महामारी फैलिरहेका छन् । मान्छेको हेलचर्क्याइँले विश्वको हावापानीमा परिवर्तन भयो । यसले पृथ्वी नै सङ्कटमा पर्ने सम्भावना नजिकिँदै छ । मानिसले आफ्नो सुखका लागि पृथ्वीका कति प्राणीहरूको अस्तित्व नै नामेट पारिदियो । यसले पारिस्थितिक प्रणाली बिगार्यो । हिजो फैलिएका हैजा, औलो, मलेरिया, प्लेग लगायतका महामारीहरू यसै शृङ्खलाका एक एक उदाहरण हुन् । आध्यात्मिक दृष्टिले हेर्ने हो भने पनि महाभारतमा अर्जुनलाई श्रीकृष्णले भनेका छन् –“परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्, धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।” जबजब धर्म र प्रकृतिमाथि सङ्कट आइपर्छ तब तब धर्म (अधिकार र कर्तव्यको तालमेल) रक्षा गरी दुष्टलाई दण्ड दिन म आइपुग्नेछु । डार्बिनको विकासवादले प्राकृतिक छनोटको सिद्धान्त अगि सारेको छ । पृथ्वीमा प्राणी सङ्कटमा पर्दा त्यसको रक्षार्थ विविध अवतारमा ईश्वर आई रक्षा गर्ने कुरा वेद–पुराण, कुरान, त्रिपिटक र बाइबलमा समेत उल्लेख छ । कोरोना महामारीले विश्वको अर्थतन्त्र, सामाजिकता, व्यापार, राजनीति, विकास निर्माण आदि विविध क्षेत्रमा ठूलै उथलपुथल ल्याउने देखिन्छ । यो महामारीले चलायमान विश्व ठप्प छ । दगुरिरहेका मान्छेका भीड पक्षाघातले थला पारिदिएको छ । मानव सभ्यता एउटा बिन्दुमा आएर अडिएको छ । अब कता जान्छ, सहजै आँकलन गर्न सकिँदैन । कोरोना आतङ्क साम्य भएपछि विश्वको विकासले कोल्टे फेर्ने निश्चित छ । आत्मकेन्द्रित बन्दै गएको मानिसका गतिविधि प्रकृति केन्द्रित हुँदै जाने, धमिला नदीहरू सङ्लिने, सहअस्तित्वको भावना विकसित बन्दै जाने सम्भावना छ । विश्वव्यापीकरणमा भन्दा स्थानीयकरणमा जोड दिने क्रम बढ्ने देखिन्छ । आत्मनिर्भरताको परिभाषा फेरिँदै जानेछ । सेवामुखी अर्थतन्त्र केही समय शिथिल बन्नेछ भने उत्पादनमुखी अर्थतन्त्रले विश्वको नेतृत्व गर्दै जानेछ । उदारवाद र लोकतन्त्रका मान्यताहरू केही मत्थर बन्दै राष्ट्रवादी विचार राजनीतिमा हाबी बन्ने देखिन्छ । यसले मानिसको सोच्ने शैलीमा पनि परिवर्तन ल्याउने छ । आत्मकेन्द्रित बन्दै गएको मानिसका गतिविधि प्रकृति केन्द्रित हुँदै जाने, धमिला नदीहरू सङ्लिने, सहअस्तित्वको भावना विकसित बन्दै जाने सम्भावना छ । विश्वव्यापीकरणमा भन्दा स्थानीयकरणमा जोड दिने क्रम बढ्ने देखिन्छ । आत्मनिर्भरताको परिभाषा फेरिँदै जानेछ । सेवामुखी अर्थतन्त्र केही समय शिथिल बन्नेछ भने उत्पादनमुखी अर्थतन्त्रले विश्वको नेतृत्व गर्दै जानेछ । उदारवाद र लोकतन्त्रका मान्यताहरू केही मत्थर बन्दै राष्ट्रवादी विचार राजनीतिमा हाबी बन्ने देखिन्छ । बहुलवादको साटो एकतन्त्रीय शासन लोकप्रिय बन्दै जानेछ । टाढा हेर्न छोडेर नजिक ध्यान दिने क्रम विकास हुनेछ । संयुक्त राष्ट्रसंघ जस्ता संस्थाको कार्यशैली र योजना सम्पूर्णतः फेरिँदै जानेछ । सार्कजस्ता क्षेत्रीय सङ्गठनहरू थप प्रभावकारी बनेर देखिनेछन् । महाशक्ति राष्ट्र हराएर क्षेत्रीय शक्ति राष्ट्र बलिया हुँदै जानेछन् । विश्व एक वा दुई ध्रुवीय नरही बहुध्रुवीयता कायम हुनेछ । राष्ट्रहरू देशभित्रका सम्भावनाको खोजीमा केन्द्रित हुनेछन् । यसले स्थानीय प्रविधिको विकासमा तेस्रो विश्व केन्द्रित हुनेछ । परम्परागत जीवनशैलीको वैज्ञानिक व्याख्या हुनेछ र परिमार्जन गर्दै लगिनेछ । अर्थतन्त्र साटो स्वास्थ्यलाई केन्द्रमा राखेर राज्य सञ्चालित हुनेछन् । धेरै देशमा शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रहरूमा राज्यको स्वामित्व कायम हुँदै जानेछ । स्वास्थ्य विषयलाई पाठ्यक्रममा उच्च महत्वकासाथ राखिनेछ । आयुर्वेद विज्ञानको महत्ता बढ्दै जानेछ । जडीबुटी खेती र यससँग सम्बन्धित उद्योगधन्दाहरू विश्वव्यापी रूपमा फस्टाउनेछन् । विश्वलाई गाउँ ठानिएको वर्तमान जीवनशैली गाउँलाई नै विश्व ठान्नेतर्फ उन्मुख हुने सम्भावना बलियो छ । तात्क्षणिक नकारात्मक असर कोरोनाको महामारीले मानवीय क्षति ठूलो नभए पनि नेपालमा यसको गम्भीर असर पर्नेछ । वैदेशिक रोजगारमा गएका अधिकांश नेपालीहरू फर्कनेछन् । वैदेशिक अनुदानमा ठूलो गिरावट आउनेछ । फलस्वरूप राज्यकोषले साधारण खर्चसमेत धान्न नसक्ने अवस्था सिर्जना हुनेछ । कर्मचारीको ठूलो सङ्ख्या कटौती गर्न स्वयं सरकार र निजी क्षेत्र बाध्य हुनेछन् । बेरोजगारीको वृद्धिले समाजमा आपराधिक क्रियाकलाप नबढाउला भन्न सकिँदैन । यसको रोकथाम गर्न नसकेको खण्डमा नेपालमा यस महामारीबाट मर्नेको सङ्ख्या धेरै हुनेछ । सहरकेन्द्रित जनसङ्ख्या गाउँकेन्द्रित हुने सम्भावना प्रबल छ । विश्व निशस्त्रीकरणतर्फ मोडिने सम्भावना छ । हिटलर शैलीले मुन्टो निहुर्याएर बुद्ध, गान्धी र मण्डेला शैलीले शिर ठाडो पार्नेछ । मानव जातिले प्रकृति र अन्य प्राकृतिक जीवलाई माया गर्न थाल्नेछ । प्राकृतिक सन्तुलनका लागि वृक्षारोपण कार्यले तीव्रता पाउनेछ । केही समयका लागि मात्रै भए पनि मानिसका सुविधाभोगको चाहना साँघुरिनेछन् । राष्ट्र प्रतिरक्षात्मक अर्थतन्त्रमा केन्द्रित हुनेछन् । कृषिकेन्द्रित अर्थतन्त्र र स्वास्थ्यकेन्द्रित जीवनशैली मूल परिवर्तनका रूपमा देखा परेका हुनेछन् । नेपालीहरू आफ्ना स्रोत र साधन खेर फालेर समुद्रपारि हामफाल्ने क्रम घट्दै जानेछ । पर्यटनमा ठूलो गिरावट आउनेछ । होटल तथा रेष्टुरेन्टको व्यापार पनि कम्तीमा एक वर्ष शिथिल हुने छ । नेपालको भविष्य हरेक राष्ट्रका लोपोन्मुख कला र संस्कृति मुर्झाएर आउनेछन् । पुर्ख्याैली जीवनशैली फेरि एकपटक सर्वप्रिय बन्नेछ । इतिहासको अध्ययन नयाँ शिराबाट थालनी हुनेछ । पारिवारिक र राष्ट्रिय एकता कायम हुनेछ । कोरोना महामारी सिङ्गो मानव जातिका लागि अभिशाप त अवश्यै हो । यद्यपि हरेक सङ्कटले नयाँ अवसर पनि बोकेर आएको हुन्छ । सम्भावना पहिचान गरी राष्ट्रनिर्माणमा लागु गर्न भने सक्नुपर्छ । स्वतन्त्रताको अधिक उपयोगले कोरोना सङ्क्रमण फैलिएको स्वतः सिद्ध छ । स्वतन्त्रताका सीमा निर्धारण हुनेछन् । प्रकृतिप्रेम नै शान्ति र दीर्घकालीन समृद्धिको मुख्य आधार बन्नेछ । दिगो विकासका अवधारणाले विकास निर्माणका कार्यमा दह्रो उपस्थिति जनाउनेछन् । हरेक राष्ट्रका लोपोन्मुख कला र संस्कृति मुर्झाएर आउनेछन् । पुर्ख्याैली जीवनशैली फेरि एकपटक सर्वप्रिय बन्नेछ । इतिहासको अध्ययन नयाँ शिराबाट थालनी हुनेछ । पारिवारिक र राष्ट्रिय एकता कायम हुनेछ । नेपालका परम्परागत जीवनशैली, खानपान, पहिरन, चाडबाड, ओखतीमुलो आदि विविध विषयको ज्ञान प्रवाहमा उल्लेख्य वृद्धि हुनेछ । सनातन रीतिरिवाजका सबल पक्ष केलाउँदै हावापानीअनुकूल जीवनशैलीकोे निरन्तरतामा भावी पुस्तालाई लगाउने अवसर प्राप्त हुनेछ । स्वास्थ्य नै धन हो भन्ने कुरा मानव जीवनशैलीको मूल आधार बन्न सक्छ । दैनिक उपभोग्य वस्तुको स्थानीय उत्पादनबारे व्यापक अध्ययन, अनुसन्धान गरी कार्य प्रारम्भ हुनेछ । शिक्षा क्षेत्रमा पनि कृषिकेन्द्रित विभिन्न जनशक्ति उत्पादन गर्ने गरी पाठ्यक्रम परिमार्जन गर्न सकिन्छ । कृषि क्षेत्रको दक्ष जनशक्तिलाई राज्यले खास महत्व दिएर राष्ट्रिय उत्पादन बढाउनेतर्फ जोड दिँदै जानेछ । यसो गरेमा हामी कृषिमा परनिर्भर बन्नु पर्दैन । गाँसको आवश्यकता परिपूर्ति गर्न अरूसँग हात फैलाउनु नपरेपछि अन्य आवश्यकता परिपूर्तिमा आत्मनिर्भर बन्ने योजना र अवसरको खोजी स्वतः बढ्न थाल्छ । वैदेशिक रोजगारप्रतिको आकर्षणमा कमीले युवा जनशक्ति आफ्नै देशको विकासमा केन्द्रित गर्ने अवसर सरकारलाई प्राप्त हुनेछ । उनीहरूको श्रम, सीप र पसिना राष्ट्रनिर्माणमा लगाउने उपयुक्त अवसर यही हो । कोरोना महामारीपछिका दस वर्ष नै नेपालले राष्ट्रनिर्माणको स्वर्णयुगका रूपमा प्रयोग गर्न सक्नेछ । यतिबेला विश्व फुट्ने नभई जुट्ने समय हो । विश्व एक भएर मानवताको रक्षा गर्ने र विश्व भ्रातृत्व कायम गर्नेतिर लाग्ने समय हो । संयुक्त राष्ट्र संघमार्फत सबै राष्ट्रले सामूहिक निर्णय गरी सशस्त्रीकरणमा गर्दै आएको खर्च प्रकृति र मानव स्वास्थ्य संरक्षणमा लगाउने सामूहिक अभियानको थालनी गरिहाल्नुपर्छ । जनसहभागिता नै विकासको प्रमुख आधार हो । स्थानीय सरकारले जनताको वर्ग निर्धारण गरी रोजगारीका अवसरको प्राथमिकीकरण सहजै गर्न सक्छ । जनसहभागितामा आधारित योजना तर्जुमा गर्दै साना तथा मझौला उद्योगको प्रवद्र्धनमा स्थानीय सरकार केन्द्रित बन्नुपर्छ । सरकार मेरो/हाम्रो हो भन्ने आभास जनतालाई दिलाएर स्थानीय सरकारका योजना तथा कार्यक्रममा जनसहभागिताको सुनिश्चितता कायम गर्न सक्छ । यो समयलाई आन्तरिक सुदृढीकरण र भावी समृद्धिका वस्तुपरक एवम् वैज्ञानिक योजना निर्माणमा समावेशीता अपनाउँदै सर्वपक्षीय विकासको दरिलो जग खन्ने उपयुक्त अवसरका रूपमा परिणत गर्नुपर्दछ । यसले संघीयता सबल बनाउनेछ । कोरोना महामारीपछि नेपाल सभ्यताको स्वर्णयुगमा प्रवेश गर्न सक्ने प्रशस्त आधारहरू छन् । नेपालको जनसाङ्ख्यिक संरचनामा युवाको आधिक्य छ । अबको दश वर्षपछि नेपालमा युवाहरूको भन्दा वृद्धहरूको सङ्ख्या बढी हुँदै जाने जनसाङ्ख्यिक संरचना तयार हुनेछ । तसर्थ यही समयमा देशको सर्वाङ्गीण विकासको दह्रो जग बसाल्न सकिन्छ । विश्वको विकास देखेर लोभिने सम्पूर्ण नेपालीलाई विकास आफैँले गरेमा सम्भव छ भन्ने दृष्टान्त प्रस्तुत गर्ने अवसरको रूपमा कोरोना महामारी उपस्थित छ । हालसम्मका राजनीतिक उपलब्धिलाई सामाजिक, सांस्कृतिक, आर्थिक, प्राविधिक एवम् सर्वाङ्गीण विकासमा उपयोग गर्ने बेला यही हो । तसर्थ मैलिएको राजनीति सङ्ल्याएर सभ्यतानिर्माणको थालनी गर्न युवाहरूले सशक्त राजनीतिक हस्तक्षेप गर्ने बेला पनि यही हो । विकास, राजनीति र संस्कृति जगेर्नामा युवाहरूको सशक्त हस्तक्षेप गरी आफ्नो देश आफैँ बनाउने कार्यको थालनी हुनेछ । दोस्रो विश्वयुद्धपछि ध्वस्त जापान कुनै विदेशीले गएर बनाएको होइन । नेपाल पनि नेपालीहरू मिलेर विकास गर्न सकिन्छ र सक्नुपर्छ । यसो गर्न सकेमा अहिले हुर्कँदै गरेको पुस्तामा स्वदेशका सम्भावना यथार्थमा बदल्ने सङ्कल्प विकास हुन्छ । यसले आत्मनिर्भरता सुनिश्चित हुन्छ भने पछिल्लो पुस्तामा देशप्रेमको भावना प्रगाढ बन्दछ । हाम्रोलाई नभई राम्रोलाई प्राथमिकतामा राखी विधिको शासनलाई जोड दिने गरी राजनीतिक संस्कारको काँचुली फेर्न जरुरी छ । कोरोना महामारीले नेपालका लागि यो अवसरको ढोका पनि पूर्ण रूपमा खोलिदिएको छ ।
कोरोना एक अवसर
लेखक कोरोना कोरोना भन्दै काराउँदै सबै एक साथ एउटै धुन गाउँदै महामारीको माहामारी बाहिरियो सबै आज घरमा बन्दी भईयो । निरास मात्र किन हुनु सँधै बस्नुस साथ परिवारका जन गरौ दुई पल मिठा मिठा बात यसलाई मानि सुवर्ण मौका । यति क्रुरता अझै पनि किन धनि र गरिव यो जात र भात अझै मानिस किन हुदैछ अन्धो नियति हो वा भ्रम मात्र मनको । मान्छे मान्छेसँग डराउने पूजा र प्रार्थना सबै हराउने एक आपसमा पनि छि र दूर डराउनै पर्ने सबै विना कसुर । संयमित बन्नु डराउनु पर्दैन आफू माथि गरौं विश्वास आफ्नो कर्मसँग सधै डराउँ दूरी राखी मनोवलले भगाउँ । नागर्जुन न.पा. ४, सीतापाइला । (याे कविता स्वतन्त्र लेखन प्रतियाेगितामा अप्रतिस्पर्धीकाे रूपमा प्रकाशित गरिएकाे छ)
सन्ततीका लागि राम्रो पूर्खा बन्ने समय
हाल विश्वका सारा मानिस त्रसित देखिन्छन् । कारण अदृष्य किटाणु (कोभिड-१९) अर्थात नोबेल कोरोना भाइरस । चीनको वुहान प्रान्तबाट विश्वभर फैलिएको कोभिड – १९ नयॉ प्रकरको कोरोना भाइरसको प्रजाति हो । यसको प्रकोप विश्वको २१० वटा देशमा देख्न सकिन्छ । जसमा करिब २० लाख मानिस यस भाइरसले पीडित छन् भने मैले यो निबन्ध लेख्ने समय सम्ममा करिब १ लख २० हजार मनिसले ज्यान गुमाएका छन । यहि कारण्ले गर्दा त होला विज्ञहरुले कोरोनाको प्रकोपलाई दोस्रो विश्व युद्ध पछिको मानव इतिहासको महत्वपूर्ण र ठूलो घटनाका रुपमा लिएका छन् । त्यसैले कोरोनाको बुझ वा अबुझ बीच उल्टै चेपुवामा परेका मानिसहरु संङकित हुन भने छाडेका छैनन् । यसले खुला रुपमा हरेक देश्को समाजिक, राजनीतिक, स्वास्थ्य, शिक्षा, रोजगार, अर्थतन्त्रसँग जाेडिका पद्धतिहरुलाई समेत अदलबदल पार्न सक्ने देख्न सकिन्छ । त्यसैले हरेक देशले आफ्नो सीमना भित्र लकडाउनको घोषणा गरेका छन् । यसको असर नेपालमा समेत परेको छ । सुरुसुरुमा विश्वभर कोरोनाको प्रकोप फैलदा त नेपालमा कुनै पनि असर देखिदैनथ्यो । भन्नुको अर्थ नेपाल सरकारले र जनताले नेपालमा कोरोना नलागेकाले होला केही ख्याल नै दिएको थिएन । तर जब एसईई परीक्षा स्थगित भयो तब सबै जना सतर्क हुन थाले । मैले पनि एसईई परिक्षा हुनुभन्दा एक दिन अगाडि मेरो परीक्षा स्थगित हुन्छ भनेर ठाने कि थिइन । किनभने कोरोनालाई मैले पनि गम्भीरतापूर्वक लिएकी थिइन तर पछि भने आफू पनि सतर्क हुन थाले । गाउँ घरतिर पनि हल्ला चलेको थिएन तर दुई दिन पछि देशभर जब सरकारले लकडाउन गरेकाे समाचार प्रकाशति भए तब दशैंको बेला बाहेक अरु बेला कहिल्यै खाली नदेखिने काठमाण्डौं सहर खाली देखियो । सायद मैले यो पहिलो पटक देखेकी थिए। कोरोनाको प्रकोप कम गर्ने काम एक दिन मै हुने होइन । तर हरेक नागरिक आफू सचेत भइ यसबाट बच्नुपर्दछ । भनिन्छ कि केही कामको थालनी पनि आफैले आजैबाट अहिलेबाट नै गर्नुपर्छ । घरपरिवारमा सकेसम्म बाहिरि मानिस आउन नदिने, बहिर अति आवश्यक बेला मात्र जाने, सबैसँग विश्व स्वाथ्य संगठनले तोकेको दूरी कायम गर्ने गर्नुपर्दछ । साथै, राष्ट्रले पनि यस्तो बेला नयाँ नीति ल्याइ त्यसलाई पालना नगर्नेलाई उचित सजायको पनि व्यवस्था मिलाउनु पर्दछ । यसका साथसाथै जनताले पनि इमान्दारितापूर्वक आफ्नो स्वास्थ्य स्थितिको सूचना दिनुपर्दछ । माथि भने जस्तै हरेक दशैको विभिन्न प्रणाली जस्तै अर्थतन्त्र, रोजगार, शिक्षा, राजनीति, संस्कृतिमा कोरोनाले ठूलो प्रभाव परेको छ । जसका करण धेरै चुनौतिहरु देखापर्न थालिसकेका छन् । अहिले विश्वको लागि सबैभन्दा ठूलो चुनौति त कोरोनाको औषधी वा खोप निकल्नु हो । यसका साथ साथै यस्तो बेलमा इन्टरनेटको माध्यमबाट शैक्षिक प्रणाली चल्यो भने वा घरमै बसेर काम गर्न थलियो भने मानव सभ्यता कस्तो होला भन्ने कुरा पनि सोच्न जरुरी देखिन्छ । नेपालको राजनीतिक दलहरुमा ठूलो चुनौति वा खतरा थपिएको छ । कयौं समयदेखि तोडिएको विश्वास कहाँ एक दिन मै पुनर्निर्माण गर्न सकिन्छ र ? तर यहिं चुनौति उनीहरुका लागि ठूलो अवसर हो । यदि यो समयमा जनताकालागि केही नगरिकन बसे भने जनताहरुको मनमा कहिल्यै राजनीतिक दलहरु प्रति विश्वास पलाउने छैन । यतिमात्रै कहाँ हो र ? नेपाल रेमिट्यान्सले धानिएको देश । नेपालको अर्थव्यवस्थाको करिब करिव २५ प्रतिशत रेमिट्यान्सले ओगटेको रेकर्ड नै रहेको छ । तर जब कोरोनाको प्रकोप विश्वभर फैलियो तब विदेशिएका लाखौं नेपाली नागरिकहरु नेपाल फर्कन बाध्य भएका छन् । यसले के देखउन सक्छ त भन्दा जुन पैसाले (रेमिट्यान्सले) नेपालको आर्थतन्त्रमा धानेकाे थियाे अब तेसले त्यति नओगट्न पनि सक्छ । सरकारले नेपालका साना व्यवसायलाई फस्टाउन मद्दत गर्नुपर्दछ। कृषिमा बढी ध्यान दिनुपर्दछ । लेखक केही मानिसले त कोरोनाले निम्त्यउने अभावलाई २००८ को आर्थिक अभावसँग तुलना गर्न थालेका छन् । यदि विश्वभर आर्थिक अभाव हुन थाल्यो भने हामीले आहिले १०० रुपैयामा किन्ने आलुलाई पछि हजारौ पर्न सक्छ । महँगाई धेरै बढ्ने छ । यस्तो अवस्थमा नेपालले आफू विकासित हुने ठूलो अवसर पाएको छ । जब विश्वमा अभाव बढ्दै जान्छ तब भोकमरीको आवस्था सिर्जना हुन्छ, तर नेपाल कृषि प्रधान देश भएकै कारणले गर्दा यो समयमा कृषिलाई राम्ररी उपयोग गर्यौ भने हाम्रो देश नेपालको नाम विश्वभरफैलने छ । साथै, आम जनताले पनि कृषकहरुको केही गर्न मनोबल बढाउन सक्नुपर्छ । यसो गर्दा नेपालमा भोमरीको अवस्था कहिल्यै आउदैन । यसका साथै नेपालका लागि सबैभन्दा ठूलो चुनौती त नेपालमा कसरी हुन नदिने हो । नेपालभित्र लकडाउनको घोषणा भएपछि पनि महाकाली नदी पारगरि भारतमा बसोबस गर्दै आएका नेपाली नागरिक आफ्नो जन्मथलो नेपाल आएको समाचार त सबैले नसुन्नुभएको त पक्कै पनि छैन होला । यस्तो समयमा खुला सीमानाको समस्याापनि प्रमुख हो । यो महामारीका करण हाम्रो देश्को स्वस्थ्य प्रणलीमा परिवर्तन हुन सक्छ । देश्मा औषधीको अभाव पनि देखापर्न सक्छ । सस्ता पर्ने औषधीको दामले आकाश छुन सक्छ । यो लकडाउनको मुख्य असर त दैनिक ज्याला मजदूर गरी आफ्नो छाक टार्नेहरुलाई परेको छ। अब यो समस्यालाई राज्यले कुन रुपमा लिन्छ त्यो पनि हेर्नु पर्ने कुरा हो । मैले यो निबन्ध लेख्ने समय सम्ममा नेपालमा १६ जनालाई कोरोनाको सङ्क्रमण देखिएको छ । जुन अरु देश्को तुलनामा निकै नै कम हो । यदि हामी नेपालमा सङ्क्रमण नबढियोस् भन्ने चहन्छौं भने आजैबाट रोक्न लाग्नुपर्छ । सरकारले ट्रेसिङ, ट्राकिङ, ट्रेसिङ विधि अपनउनु पर्ने आवश्यक छ । यसको नियन्त्रणका लागि सबै क्षेत्र र निकायको अग्रसरता जरुरी छ । केन्द्र सरकारले मात्र नभएर प्रदेश सरकारले पनि आआफ्नो प्रदेशमा उपयुक्त सेवा सञ्चालन गर्नुपर्दछ ।नेपालमा अरु देशको तुलनामा मोबइल तथा इन्टरनेटको प्रयोग व्यापक छ । जसको प्रयोग राष्ट्रिय स्तरमै परिक्षण गरि हुनसक्दछ । हामीले कोरोनाको प्रकोप रोक्न नेपालमा मात्रै नभएर विश्वमा पनि उचित कदम चाल्न जरुरी देखिन्छ । साथै यदि हामी यो भाइरस माथि विजय प्राप्त गर्न चाहान्छौँ भने विश्वव्यापीरुपमा सूचना प्रवह गर्नु आवश्यक छ । यो महामारीका करण विश्व त्रसित भएको खण्डमा सबै मानवजाती एक हुनुपर्ने अवस्था देखिन्छ । विज्ञहरु भन्छन् एक आत्मप्रेरित र आत्मसूचित जनसङ्ख्या अज्ञानी जनसङ्ख्या भन्दा कयौं गुना प्रभावी हुन्छन् । भविश्यमा कोरोना जस्ता महामारी रोक्न एकता नै आवश्यक हो । मानौं, कोरोना रोकियो रे तर के कोरोना जस्ता अरु महामारी नआउला त ? यो निश्चित छैन । हामी निश्चित छैनौं । हामीले सार्स, इबोला र स्वाइन फ्लु जस्ता व्यापक फैलेका महामारी पछि कोरोना फैलन्छ भनेर सोचेका थिएनौं । यो एउटा ठूलो समस्या हो । महामारी आफैंमा र त्यसले निम्त्याएको आर्थिक अभाव ठूलो समस्या हो ।अब अहिले सबैले मानवताको बारेमा सोच्ने बेला आएको छ । संसारका कैयौ राष्ट्रवादहरुलाई कोरोनाले चुनौती दिएको छ । कोरोना भाइरसलाई एक समय चिनियाँ भाइरसको नाम दिएका ती मानिसहरु आफ्नै देशमा यस्तो खतर्नाक भाइरस फैलिएपछि हारगुहारको स्थितिमा छन् । विश्वका सबै मानिस बीच एकता हुनुपर्छ । तिनीहरुले एकअर्कालाई विश्वस गर्नुपर्छ । चीनमा बनेको औषधी र उसले कोरोनाको नियन्त्रणमा अपनाएको विधि उसले कुनै स्वर्थ बिना अमेरिका, इटली र स्पेनलगायतका देशलाई भन्न सक्नुपर्दछ । साथै अमेरिका, इटली र स्पेन जस्ता राष्ट्रले पनि चीनमा विश्वस गर्नुपर्ने छ। यो हो एकता, यो हो मेलमिलप । यति मात्रै कहाँ हो र । कोरोनाले मानव सभ्यतालाई नयाँ मोडमा लैजने कुरा खुला रुपमा देख्न सकिन्छ । मैले सुनेको थिए कि कुनै कुरको बानी बसाल्नु छ भने २१ दिनसम्म लगातार त्यो काम गरियो भने बानी बस्छ भनेर । अनि हेर्नुस् त यो कुरा हाम्रो जीवनमा अहिलेको समयमा लागु हुन सक्छ नि । यो लकडाउन भएको २१ दिन भन्दा बढि भएको छ। यो त २१ हप्तासम्म पनि त लम्बिन सक्छ । यतिमा हामी घरमै फलेका सागसब्जी खाने, कसरत गर्ने गर्दा हामीहरु तन्दरुस्त हुन्छौँ । यसले हामीलाई सभ्य बनाउँछ र स्वस्थ पनि । साथै कोरोनाका कारण मानिस बढि सतर्क देखिन्छन् । जबदेखि विज्ञानको राम्रोसगँ विकास हुदैँ गयो तब तब विज्ञानको तथ्यहरुलाई मानिसले आत्मसात गर्दै आए । जस्तै कि सबुनले हात धुदाँ कीटाणुहरू मर्छन् भन्ने कुरा वैज्ञानिकहरुले १९ औं शताब्दीमा पत्ता लगाए। यस कुरालाई मानिसले विश्वास गरे र नियमित साबुन पानीले हात धुन थाले । यो भन्दा आगडि त डाक्टरले पनि शल्यक्रिया गर्दा हात नधोइ शल्यक्रिया गर्थे तर जब साबुन पानीले हात नधुदा हुने असरको पत्ता लाग्यो त्यसपछि बल्ल अफ्नो हात धोए पछि मात्र शल्यक्रिया गर्न थाले । यसरी सायद मानिस अबदेखि झनै बढी सर्तक हुन सक्छन् । कहाँ यतिमात्र हुनु , लकडउन भएपछि विभिन्न देशमा अझ सम्मकै कम प्रदुषण भएको भनेर समेत मैले सुनेको छु । यसले के दर्शउछ त भन्दा हाम्रो वातावरण अहिले सफा हुदैँछ । कल कारखाना नखुल्दाँ हावा, ध्वनी, पानी प्रदुषण सोच्नै नसक्ने स्तरले कम हुँदैछ । मनौँ न मानव चाहिँ भाइरस अनि कोरोना चाहिँ एन्टिभाइरस । यस्तो पनि त हुन सक्छ । पृथ्वीको धान्ने शक्ति भन्दा जनसंख्या बढी भएपछि वा मानवले आफ्नो स्वर्थका लागि प्रकृतिको गलत उपयोग गरेकाले पनि त प्रकृतिले सन्तुलन ल्यउनका लागि पनि त यस्तो समस्या मानव जातिले देखेको हुन सक्दछ । सायद, मानवले यो महामारी पछि “म प्रकृतिमा बस्छु । जसरी प्रत्येक कार्यको समान र विपरित प्रतिक्रिया हुन्छ त्यसरी नै मैले प्रकृतिलाई नकरात्मक होस् वा सकरात्मक होस् असर गरे भने मलाई पनि असर पर्छ” भनेर बुज्यो होला । एक समयमा त कोरोना जीवजन्तुबाट फैलिएको समाचार पनि सुनिएको थियो। जसको प्रतिफल मानिसले जीव जन्तुहरुलाई मानिसको आहरका लागि मार्न अलि अलि मात्रै भए पनि छाडिएको देखिन्छ । यसले पृथ्वीमा जीवजन्तुहरुको अस्तित्व बचाईदिएको देखिन्छ । अब समय आएको छ, मानवताको बारेमा सोच्ने । हामी आहिले अलमलमा छौँ । “म र मेरो राष्ट्र महान् “, भन्ने कि “हामी र हाम्रो विश्व” । हाम्रो आजको निर्णयले मानवजातीको भविष्यले नयाँ मोड लिने छ । अब समय आएको छ, मानवताको बारेमा सोच्ने । हामी आहिले अलमलमा छौँ । “म र मेरो राष्ट्र महान् “, भन्ने कि “हामी र हाम्रो विश्व” । हाम्रो आजको निर्णयले मानवजातीको भविष्यले नयाँ मोड लिने छ । आजको जमानामा मानिस राष्ट्रवादमा यति तल्लिन छन् कि उनीहरुले मानवताको भविष्यको बारेमा बिर्सेका छन् । यदि यसरी नै सोच्दै गइयो भने यस्तो संकटले झन् ठूलो संकट निम्त्यउने छ । यद्यपी, हरेक संकट एउटा अवसर हो । भविष्यम कोरोना जस्ता महामारी भारू आए भने त्योसँग लड्न सक्ने अवसर, मानवताका लागि काम गार्ने अवसर, अनेकताका वा मतभेदका कारण आउन सक्ने प्रकोपको बोध गर्ने अवसर तथा विश्व समस्वार्थताको महत्त्वको बारेमा बुझ्ने अवसर । हाम्रा पूर्खाले हाम्रो लागि धेरै काम गरेका छन् । अब हामी हाम्रो सन्ततीका लागि राम्रो पूर्खा बन्ने समय आएको छ । त्यसैले राष्ट्रवादी बनी अनेकता तिर जाने कि सबैसँग मेलमिलप गरी विश्व एकता तिर जाने हाम्रो निर्णय हो । र, यो निर्णयले नै कोरोना पछिको विश्व कस्तो होला भन्ने कुरा दर्शाउने छ । साथै, अब यो कसैले पनि नकार्न सक्दैन कि आगामी दिनहरुमा हामीले जस्तो पाइला सार्छम त्यसले हाम्रो विश्वको भविश्यको नक्शा कोर्ने छ । कक्षा १० मा अध्ययनरत छात्रा जि.एस.निकेतन मा. बि.
भात खाने अवसर र छाेराकाे खुशी
‘लकडाउन’का कारण समस्यामा परेका डोल्पा ठूलिभेरी नगरपालिका स्थानीयवासीलाई चामल, नुन र तेल लगायतका सामग्री वितरण गरिदै । तस्वीरः हेमन्त केसी/रासस आज गोमाने छिटै घर फर्किए। हुन त उनको नाम गोमानसिंह हो। तर गाउँले सबैले गोमाने भन्छन्। उनी गोमानसिंहभन्दा गोमाने नामले बढी परिचित छन् गाउँमा। उमेरले साठी कटेका गोमानेका कपाल सरी दाह्री पनि सेताम्मे फुलेका छन्। गाला चाउरी परेका, हातमा ठेला उठेका र खुट्टाका कुर्कुच्चा खडेरीले फुटेको खेत जस्तै छन्। पहाडको फेदीमा छ उनीहरुको घर। सँधैभन्दा मलिन अनुहार र रित्तो हात। घरबाट निस्केको दुई घण्टामै फर्किएको देखेपछि कार्कीनी अलमल्ल परिन्। जेठो छोरो मुग्लान(भारत) पसेकाे , माइली छोरीको सानैमा बिहोवारी भएको, साइँलीछोरी चाहि गाउँतिर(खेल्न), सानो छोरा(६ वर्षको)लाई बोकेर कार्कीनी बसेकी छन्। बाबा छिट्टै घर आएको देखेर काखको छोरो पनि उधुम खुसी थियो। उ बाबाका हाततिर हेर्दै थियो। सँधै केही न केही बोकेर आउने बाबाका हात रित्ता थिए। तर कुनै प्रतिक्रिया जनाएन। हेरिह्यो मात्रै। कार्कीनी गोमानेको श्रीमती, उनको पनि नाम त जौमति हो। तर गाउँका कसैले नामले बोलाउँदैनन्। उनको नाम नै कार्कीनी भएको छ। ‘लौं बुढा चाडै आयौं त? साहु घरमा थिएनन् क्या? कि काम भएन ? अनुहार पनि निन्याउरो छ त ? के भयो र ? मैले त तिम्लाई खाना पनि पकाइन।’ गोमानेलाई सोधिन्। खासमा गोमाने सँधै बिहानै साहुकोमा काम गर्न निस्कन्थे। गाउँकै बैदार (विष्ट थरका ती साहूलाई सबैले बैदार भनेर चिन्थे) कोमा उनी काम गर्थे। गोमाने झर्किए। ‘तलाई किन चाहियो? म चाडै आऊ कि ढिला ?’ कार्कीनीका कुनै पनि प्रश्नको उत्तर उनले दिएनन्। कार्कीनीको मनले मानेन। फेरि दोहोर्याइन् उही प्रश्न। ‘मैले भनेको सुनेनौं र ? किन बटारिन्छौं ? के भयो भनन ?’ अब भने नभनी सुखै भएन। तर सबै प्रश्नको उत्तर एकै वाक्यमा दिए गोमानेले। लेखक ‘कामै नभए क्यार्नु त नि। गाउँ नै लकडाउन भयो रे।’ अघिपछि पनि कमै बोल्ने गोमानेको स्वभाव कार्कीनीलाई थाहा थियो। काम किन भएन सोध्न मन थियो। तर पनि सोध्ने कष्ट गरिनन्। कुरो बुझेझैं गरिन्। प्रश्न बाँकी थिएर र उत्तर पनि। बरु कुरो अन्तै मोडिन्। ‘लौ अब के गर्ने त? बिहानलाई पकाएको ढिडो पनि सकियो। हाम्ले त खायौं। तिमी क्यार्छौं त ? लौ छोरो बोक। म केही पकाउँछु।’ गोमाने हच्किए। ‘पर्ख पर्ख। का छोरो बोक्नु। खरानी ले त बरु म हात धुन्छु।’ अघिपछि खाना खाँदा मात्रै हात चोख्याउने गोमानेको कुरा सुनेर कार्कीनी छक्कै परिन्। ‘हात धुने रे ? त्यो पनि खरानीले।’ कार्कीनीको कुरा नसकिँदै गोमाने बोले। ‘हो त । गाउँमा कुन चाहि भाइरस पसो रे। काउरोना(कोरोना) कि के नामको। हात त मिचिमिची धुनुपर्छ रे बुढी। त्यही कारणले त साहुको काम भएन। आज मात्रै होइन अब लामै समय काम हुँदैन रे साहुकोमा। कुन देशमा त कति हजार मान्छे मरे रे । हाम्रो गाउँमा पनि मर्छन् रे। देश त लकडाउन भयो रे। साहुले भनेको।’ कार्कीनीले अघिका आफ्ना प्रश्नको उत्तर पनि पाइन्। तर मनमा थप प्रश्न उब्जिए। गाउँमा भाइरस पसो रे। त्यो के हो ? कहाँबाट आयो ? कस्तो हुन्छ ? मान्छेलाई किन मार्छ। कसले पठायो ? तर सोधिनन्। एक लोटा पानी र हातमा खरानी लिएर आइन्। बुढाले मितिमिची हात धोएर भित्र पसे। चुलोमा झिँजा दाउरा ठोस्दै आगो बाल्न थालिन् कार्कीनी। टिनले छाएको गोठ जस्तो (एकै कोठा भएको) छाप्रो धुवाम्मे भयो। गोमाने छोरो समातेर बसे। कार्कीनीले भाडोमा पानी लगाइन् र पोको पुन्तुरो खोतल्न थालिन्। कुना काप्चामा हेर्न थालिन्। ‘के पकाउउँछस् त?’ गोमानेले सोथे। ‘के पकाउनु नि। खानामा सँधै ढिढो, आटो र मकैको रोटीत हो नि। भात खान त चाड आउनु पनि पर्यो नि। खोज्दै छु केही भेटे उमाल्छु।’ कार्कीनी बोलिन् । ‘थोरै आटो (मकैको च्याख्ला) त थियो जस्तो लाग्छ। भेट्दिन त।’ कार्कीनी एक्लै बोलिन्। उनको मनमा भाइरस बारेको प्रश्न खेल्दै थियो। यहि मौकामा बुढालाई सोधिन्। ‘तिम्ले भन्या भाइरस के रै छ ?’ बुढाले झर्किर्दै भने, ‘जे सुकै होस् आफ्नो काम गर न।’ फेरि पनि कार्कीनीले उत्तर पाइनन्। ‘आफ्नो एउटा झुप्रो र आँगन मात्रै छ। थोरै जग्गा जमिन हाम्रो पनि भए खेती गर्न हुन्थ्यो नि। आपतमा खान हुन्थ्यो’ कार्कीनी एक्लै बोलिन् । गोमानेले कुनै प्रतिक्रिया जनाएनन्। छोराले बाबाको सेतै फुलेको जुँगातिर हेरेर भन्यो, ‘हामी भात खाने हो?’ गोमाने नाजवाफ भए। मनमनै सोचे भात खानलाई दशैं हो र ? तर छोरालाई सान्तवना दिन भए पनि भने,‘भोलि खाने नि त भात।’ माघी (माघे सक्रान्ती) मा खाएको भात छोराले बिर्सैको रहेनछ। ‘अस्ती जस्तै हैं बाबा’ चिची पनि, काखे छाेराेले भन्याे । गोमाने भक्कानिए। तर बोलेनन्। टाउको मात्रै हल्लाएर छोरालाई समर्थन जनाए। बुढिले आटो पकाइन्। नुन मोलेर गोमानेले मिठो मानी मानी खाए। खाने बित्तिकै हिडे गोमाने। ‘कता हिडेको ?’ काकीनीले सोधिन् तर जवाफ आएन। कार्कीनीलाई भाइरसबारे थप कौतुहलता जाग्दै गयो। मेरो बुढाको कामै बन्द गर्ने भाइरस कुन चाहिले गाउँमा पठाएछ। मान्छे पनि मार्छ रे। कस्तो हुन्छ होला यो भाइरस? उनलाई उत्तर नखोजी भएन। उनी पनि निस्किन् छाप्रोमा द्वार (स्याउला र काठले बनाइएको ढोका) लाएर। नजिकै थियो मास्टर(शिक्षक)को घर। उनले सोचिन् यसबारे तिनलाई त कसो थाहा नहोला। मास्टरको घर पुगिन्। मास्टरनी मात्रै भेटिन्। नमस्कारपछि सोधिन, ‘मास्साप कता जानु भएछ त आज ?’ मास्टरर्नीले जवाफ दिइन्, ‘के पढ्न आयौं नि आज?’ मास्टरनीले जिस्काउँदै सोधिन्। उनी बेलाबेलामा अनेक कुरा सोधि रहन्थिन् मास्टरलाई। ‘के जाति भाइरस पसो रेन्त गाउँमा । मान्छे पनि मार्छ रे। मेरो बुढाको त कामै बन्द गरिदियो’ कार्कीनी बोलिन्। भाइरसबारे सबै कुरा थाहा पाएझैं गरी मास्टरनीले भनिन्, ‘कोरोना भाइरस आयो रे गाउँमा। मेरो बुढाले पनि यही कुरा गर्छन्। स्कूल पनि बन्द छन् । टिभीमा यही मात्रै सम्चार आउँछ।’ कार्कीनी ढुक्क भइन्। अब कोरोनाबारेको जिज्ञासा मेट्न पाइने भयो। मास्टरनी कुरा नसकिदै प्रश्न गरिन्। ‘यस्तो ज्यानमारा भाइरस कसले पठाएछ गाउँमा ?’ घरको बारदलीबाट मास्टरनी बोलिन्, ‘हाम्रो गाउँमै आइसक्या त होइन क्या। आउँछ भनेर मानिसहरु तर्सेका। पख म तलै आउँछु।’ उनी तल झरिन्। ‘धेरै कुरा त मलाई पनि के थाहा। बुढाले भनेको र टिभीमा देखेको । भएन यति भने।’ तल पुग्ने बित्तिकै जवाफ दिइन्। ‘अ साच्चै टिभीमा चाहि कहिले आउँछ त?’ उत्सुकताका साथ कार्कीनीले सोधिन्। ‘पख न अब १ बजेको सम्चारमा आउँला। अघिपछि पनि आइराकै हुन्छ। टिभीले आजकाल कोरोना मात्रै भन्छ।’ कार्कीनीले मास्टरनीको घरको चित्तामा हेरिन्। दिउँसोको साढे १२ बजेको रहेछ। पढे लेखेका नभएनि घडी हेरेर समय भने छुट्याउँछिन् कार्कीनी। ‘अब आधा घण्टा त बाँकी रहेछ १ बज्न। १ बजेपछि त पक्कै भन्छ नि टिभीले। लौं आज त नहेरी भएन।’ कार्कीनी एकोहोरो बोलिन्। मास्टर्नीले जवाफ दिइनन्। टाउको मात्रै हल्लाइन् र समर्थन जनाइन्। मस्टर्नी घरधन्दामा लागिन्। कार्कीनीले भने भित्ताको घडी हेर्दै आधा घण्टा बिताइन्। एक बज्नै आट्दा फेरि बोलिन्। ‘मास्टरनी एक बज्न आट्यो त।’ काखमा छोरो पनि करायो, ‘मम्मी (आमा) पानी खाने।’ मास्टरनीले कुनै नसुनी भनिन्, ‘लौ छोरालाई पानी देऊ। यता बसेर हेर। म टिभी खोल्दिन्छु। मेरो त अझैं कति काम छ।’ मास्टरनी फेरि हराइन् काममा। कार्कीनीले चाख लाएर हेरिन् टिभीतिरै। छोरो पनि खुसी भयो। ‘आमा अब फिलम हेर्ने हो।’ पहिले पनि कहिलेकाही मास्टरकै टिभीमा फिलम हेरको थियो छोराले। कार्कीनीले ‘हो’ भन्दै छोरालाई चुप लाग्न भनिन्। घडीको टिकटिक सँगै एक बज्यो। टिभीमा समाचार आयो। मुख्य समाचारमै कोरोना। उनले ध्यान अझैं केन्द्रीत गरिन्। ‘नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो’ देशभर लकडाउन । पाच हजार क्वारेन्टाइनमा, साटी जना आइसोलेसनमा भारतमा मृतकको संख्या बढ्यो अमेरिकामा सबैभन्दा धेरैको मृत्यु हालसम्म डेढ लाखको ज्यान गयो मजदुरलाई राहत वितरण कोरोनाबाट बच्न बारम्बार हात धुने र मास्क लगाउने संक्रमितको संख्या २५ लाख नजिक। यस्तै यस्तै सुनिन् उनले मुख्य समाचारमा। समाचार चाख मानेरै सुनिन्। तर आफ्ना सबै प्रश्नको जवाफ पाइनन्। बरु मनमा थप केही प्रश्न उठे। समाचार सकिनै लाग्दा मास्टरर्नीले टिभी बन्द गरिन्। बारीमा काम गर्न जानु छ हिड ढोका बन्द गर्छु भन्दै उठेर हिँडिन्। कार्कीनी पनि घर फर्किइन्। यति र उति मरे। बारम्बार हात धुने र मास्क लगाउने बाहेकका कुनै कुरा बुझिनन्। बाटोमा घोत्लिदै सोच्न थालिन्। संक्रमित, कोभिड-१९, क्वारेन्टाइन, आइसोलेसन, पोजेटिभ, नेगेटिभ, राहत। एकएक शब्द सम्झिइन् तर कुरोको छेउटुप्पोसम्म थाहा पाइनन्। घर पुग्दा पनि उनलाई तिनै कुराले पीरोल्यो। अब कहाँ गएर जान्नु? कसलाई सोध्नु? मनमनै कुरा गरिन्। दिन बित्यो उनले जवाफ पाइनन्। साँझ पर्यो। बुढा पर्किए। उही निन्याउरो अनुहार लिएर । दिनभरि कता डुल्यौं, साँझलाई खाने कुरा के ल्यायौं ? यो भाइरस के रहेछ ? धेरै कुरा सोध्न मन थियो। तर सोधिनन्। चुलोचौकोमा लागिन्। आगो फुक्ने र धुवा मडारिने बाहेक उपलब्धी केही भएन। छोरो चिच्याइरहेको थियो। साइँली छोरी पनि घर फर्किसकेकी थिइन्। खानलाई आतुर थिए दुबै जना। सानो छोराले घरि चुलोतिर हेर्छ घरि भाडामा। छोरी त अलि बुझ्ने भैसकेकी छिन्। भोक लागेकै भए पनि बालेकी थिइनन्। भोक नलागेको त बुढाबुढीलाई पनि कहाँ छ र ? बिहानको ढिडो बोहक दिनभर कसैले केही खाएका छैनन्। निकै बेरसम्म गोमाने बोलेनन्। सोची रहे। घोत्ली रहे। तनाव, पीडा कार्कीनीलाई पनि थाहा छ तर समाधान कसैसँग छैन। निकै बेर सोचेपछि गोमाने बोले, ‘लौ केही जोहो गर।’ यति सुन्न नपाउँदै कार्कीनी बोली हालिन्। ‘के चाहि पकाउनु हौं। घरमा केही भए पो। बाँकी अलिकति मकैको पीठो छ। रोटी बनाउँदा एकै दिन पुग्दैन। ढिडो बनाउँछु। दुई तीन दिनलाई होला।’ गोमानेले नबोली सहमति जनाए। छोराले ‘ढिडो पो’ बाहेक कसैले केही बोलेनन्। ढिडो पाक्यो। खाए पनि। साँझमा बुढाबुढीको गफगाफ भयो। गोमानेले गाउँकै चौतारीमा दिन बिताएका रहेछन्। त्यहाँ स्वास्थ्य चौकीका डाक्टर (अहेव,गाउँमा सबैले डाक्टर भन्छन्) पनि आएका रहेछन्। त्यहाँ उनले कोरोना बारे सबै कुरा जान्ने अवसर पाएछन्। सबै कुरा बुढीलाई सुनाए। कार्कीनीको दिनभरिको खुलदुली भेटियो। क्वारेन्टाइन, लकडाउन, आइसोलेसन, पोजेटिभ नेगेटिभलगायत सबै कुराको जवाफ पाइन्। आफ्नो गाउँमा उक्त भाइरस आइनपुगेको पनि पत्तो पाइन्। गाउँमा आइहाल्छ कि भनेर सतर्कता अपनाइएको पनि कुरा बुझिन्। गोमानेले सम्झाए। ‘साबुन पानीले हात धोइरहनु पर्दो रहेछ। हामीसँग त छैन। खरानीले धुँदा पनि हुन्छ होला। भिडभाडमा जानु हुँदैन रे। मान्छेबाट मान्छेमा सर्छ रे। मुखमा मास्क लगाउनु भन्थे । त्यो हामीसँग छैन।’ तर अझैं एउटा प्रश्न भने अनुत्तरित नै रह्यो। जसको जवाफ गोमानेले चौतारीमा पनि सुनेनन्। यो भाइरस कहिलेसम्म रहन्छ ? यही कुरा मनमा खेलाउँदै उनीहरु सुते। ००० दिन बित्यो, रात बित्यो। अवस्था फेरिएन। एक हप्ता भैसक्यो बुढाबुढीले राम्ररी खान नपाएको। केही दिन मागेर पनि कट्यो। एक छाकको तीन छाक बनाएर पनि खाए। खाली पेटमा पटुका बाँधेर पनि बसे। तर छोराछोरीलाई मनाउन सकेनन्। भोको पेट हिँडुल गर्न पनि गाह्रो हुनथाल्यो। करिब ८ दिनपछि गाउँमा राहत बाँडियो। २० किलो चामल, दुई किलो दाल, नुन, तुल आदि आदि। हातमा राहतको सामग्री बोकेर गोमाने घर फर्किए। कपडा उही भएपनि थोपडा(अनुहार) बदलिएको थियो। सँधैको मलिन् अनुहारमा चमक थियो। भोकले गलेका गोमाने जोसिला जस्ता देखिन्थे। गोमानेले उत्तर दिन नपाउँदै छोरो बोल्यो। ‘यो भाइरस त राम्रो रहेछ। सँधैं आइरहे हुने। भाइरस नआए सरकारले राहत दिँदैन। आए भात खान पाइदो रहेछ।’ छोराको कुरा सुनेपछि गोमानेले ‘होइन’ मात्रै भने। धेरै बोलेनन्। सायद उनलाई पनि भाइरसका कारण भात खान पाएकोमा खुसी थियो। कार्कीनी मुसुक्क हाँसिन् मात्रै। सायद मौन समर्थन जनाइन्। छोरी बोलिनन्। घर पुग्नेबित्तिकै चुल्हो बाल्न भने। कार्कीनीले सोधिनन् चामल कहाँबाट ल्यायौं। कसले दियो। हतारहतार चुल्हो बालिन्। घरमा भात दाल पाक्यो। माघीमा भात खाएको छोराले बैशाखको खडेरीमा फेरि भात खान पाउने भयो। छोरी र बुढाबुढीले पनि। केही दिनदेखिको भोको पेटमा भात पस्ने भयो। छोराछोरीमा उत्साह छायो। छोराले सोध्यो, ‘आज कुन तिहार हो बाबा? ‘तिहार होइन। कोरोनाका कारण सरकारले राहत बाँडेको रहेछ। हामी जस्तै खान नपाएकाहरुलाई। त्यहीबाट ल्याएको चामल।’ गोमानेले जवाफ दिए। कार्कीनीले पनि सुनिरहिन्। तर केही बोलिनन्। भात पाक्यो। कार्की परिवारलाई दशैं आयो। टन्न भात खाएपछि कार्कीनीले सोधिन्। ‘यो राहत कति दिनलाई पुग्ला? बाह्र, पन्ध्र दिन। त्यसपछि फेरि दिन्छ रे ? दिए त राम्रै हैं।’ गोमानेले उत्तर दिन नपाउँदै छोरो बोल्यो। ‘यो भाइरस त राम्रो रहेछ। सँधै. आइरहे हुने हैं। भात खान पाइदो रहेछ।’ छोराको कुरा सुनेपछि गोमाने बोले, त धेरै होइन। ‘होइन होइन।’ कुरा प्रष्ट्याएनन्। सायद उनलाई पनि भाइरसका कारण भात खान पाएकोमा खुसी थियो होला। कार्कीकनी मुसुक्क हासिन मात्रै। छोरी बोलिनन्। ००० राहतको भात खान थालेको पनि हप्ता बित्यो। अब थोरै दिनलाई पुग्ने चामल मात्रै बाँकी थियो। लकडाउन खुलेन। फेरि राहत दिन पनि कोही आएन। अब फेरि के हुने हो ? के खाने हो भन्ने चिन्ताले सताउन थालिसक्यो गोमाने र कार्कीनीलाई। यो भाइरस कहिलेसम्म रहन्छ भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास पनि दुबै जनाले धेरै गरे। मास्टर, मास्टरनी, मुखिया, चोक, चौतारो वा डाक्टर सकैले जवाफ दिएनन्। ‘भाइरस आइहाले पनि गाउँमा कसलाई लाग्ला हैं। साहुलाई त नलागे नि हुने। राहत दिने सरकारलाई त नलागे नि हुने।’ कार्कीनी बिचैमा बोलिन्। ‘साहु त नमर्नु पर्ने। मरे हामीलाई कसले काम दिन्छ। अनि के खाएर बाच्नु?’ गोमाने सोच्थे। भाइरस सकिए काम गर्न पाइन्थ्यो। काम गरे खानलाई समस्या थिएन। गाउँमा अझैं पनि कसैलाई केही भएको छैन। ‘किन लकडाउन भनेका होलान्। काम त गर्न दिए पनि हुने नि।’ कार्कीनीले बोलिन। सहमति जनाउँदै गोमानेले थपे। ‘साहुकोमा गएर पनि सोधेको, घर नजिकै नआइजा भन्छन्। काम त के दिन्थे।’ ‘भाइरस आइहाले पनि गाउँमा कसलाई लाग्ला हैं। साहुलाई त नलागे नि हुने। राहत दिने सरकारलाई त नलागे नि हुने।’ कार्कीनी बिचैमा बोलिन्। ‘साहु त नमर्नु पर्ने। मरे हामीलाई कसले काम दिन्छ। अनि के खाएर बाच्नु?’ सानो छोरो बिचैमा बोल्यो, ‘भाइरस त सँधै रहे हुन्छ। भात खान पाइन्छ।’ बुढाबुढीले कुनै प्रतिक्रिया जनाएनन्। भाइरस र ज्यानकोभन्दा उनीहरुलाई खानको पीरलो छ। फेरि काम गर्न पाइएला कि नपाइएला? सरकारले दोस्रोपल्ट राहत देला कि नदेला भन्ने पीर छ। सारा संसार ध्वस्त होस् वा गाउँमै भाइरस पसोस्। चिन्ता छैन उनीहरुलाई। राहत दिने सरकार नमरोस्। साहुलाई कोरोना नलागोस्। बस उनीहरु यही प्राथना गरिहे।…. [email protected]
नेपालीकाे उत्कृष्ट माैलिकता, उल्टो मानो चल्ला भाेकमरी चल्दैन
काेराेना महामारीपछि बन्दाबन्दीकाे दृष्य । फाेटाेः द्वारिका काफ्ले पृष्ठभूमि/परिचय विश्वले अङ्ग्रेजी नयाँ वर्षको ब्यग्र प्रतीक्षा गरिरहेको थियो । नयाँ वर्षलाई थप उत्सवमय बनाउने तयारी कै अवस्थामा ‘कोरोना भाइरस’ ले आफ्नो असली रुप चीनको बुहान सहरबाट शुरु गर्यो । बुहान सहर विश्व व्यापारमा आफ्नो दर्बिलो उपस्थिति जनाउँदै आएको छिमेकी मित्रराष्ट्र चीनको मध्यभागमा अवस्थित व्यापार तथा पारवहनको अन्तर्राष्ट्रिय केन्द्र हो । मानिसबाट मानिसमा नै स्थानान्तरण हुने उक्त भाइरसलाई चीनमा, छिनछिनमा आवतजावत हुने मानिसको भीड अत्यन्तै अनुकूल बन्यो । कोरोनालाई अल्पकालीन साम्राज्य विश्वव्यापी फैँल्याँउन धेरै समय कुर्नु परेन । नयाँ वर्षको शुरुवातसँगै विश्ववासीमा पसेको कोरोना कहर यो आलेख तयार पार्दासम्म बढ्दो क्रममा छ । सन् २०१९ को अन्तिम दिन अर्थात ३१ डिसेम्बरमा पहिलोपटक परीक्षणबाट पुष्टि भएको भनिएको कोरोना भाइरसलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड–१९ औपचारिक नाम दिएको छ । उक्त भाइरसले अत्याधुनिक र प्रविधिसम्पन्न भनिँदै आएको गतिशील विश्व समाजलाई गम्भिर आघात पुर्याएको छ । विज्ञान–प्रविधि, सुशासन र समृद्वि त्यहीँ गतिशील समाजका चार स्तम्भ हुन् । विज्ञान प्रविधि विकासको, प्रविधि आर्थिक विकासको र आर्थिक विकास सुशासन र समृद्विका आधारशिला हुन् । यी चारै स्तम्भहरुको समूचित विकास भएको समाजलाई गतिशील समाज भनिन्छ । गतिशील समाजको दावा गर्ने धेरै राष्ट्रहरुको हबिगत पटकपटक घटेका दैवी वा प्राकृतिक घटनाले उदाङ्गो पार्दै आएका छन् । यसपटक वैश्विक महामारीको रुपमा प्रकट एउटा सानो अदृश्य जीव कोरोना भाइरसले विश्वव्यापी चर्चासँगै समाजको विद्यमान गतिमा धावा बोलेको छ । विश्वव्यापी अवस्था जोन हप्किन्स विश्वविद्यालयका अनुसार बैशाख ७, बिहानसम्म विश्वका दुई सय दशभन्दा बढी राष्ट्रहरू कोभिड–१९ बाट प्रभावित बनेका छन् । विश्वभरी २३ लाख २९ हजार ५ सय ३९ जनालाई यो भाइरसले सङ्क्रमित तुल्याएको छ । सङ्क्रमित मध्ये १ लाख ६० हजार ७ सय १७ जनाको मृत्यू भइसकेको छ । ५ लाख ९५ हजार २ सय १७ जना निको भएका छन् । १५ लाख ७३ हजार ६ सय ५ विश्व नागरिक भाइरस विरुद्धको लडाइँमा अस्पतालकै शैयामा छन् । बाँकी विश्ववासी मनमा राप र सन्ताप दबाएर घर–घरमा कैदी जीवन व्यतीत गरिरहेका छन् । लेखक कोरोना संक्रमणको गति जुन अनुपातमा तीब्र छ त्यहि अनुपातमा मृत्यूदर तुलनात्मक रूपमा कम छ । अहिलेसम्मको आँकडा अनुसार, कोरोना सङ्क्रमितको मृत्यूदर ३ दशमलव ५ प्रतिशत मात्र छ । त्यस्तै प्रकृतिका अन्य सङ्क्रमण जस्तैः– सार्स र मर्सको मृत्यूदर क्रमशः १० र ३० प्रतिशतमा स्थिर भएको थियो । समकालीन विश्वलाई पिरोलिरहेको यो भाइरसको प्रकोप कहाँ पुगेर टुङ्गिन्छ एकिन छैन । यद्यपी, कोभिड– १९ प्रतिरोधी खोप प्रमाणित हुनासाथ यसबाट मुक्ति पाउने अपेक्षा गर्न सकिन्छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो लेख तयार पार्दासम्म नेपालमा कूल ८ हजार १७ जनामा कोरोना परीक्षण गरिएकोमा ३१ जनाको मात्र रिपोर्ट पोजेटिभ पाइएको छ । त्यसमा पनि २ जना निको भएर घर फर्किसकेका छन् भने मृत्यू हुनेको संख्या शून्य छ । नेपालको भूगोलभित्र मानवीय क्षति शून्य र सङ्क्रमितको सङ्ख्या नगण्य भएपनि नेपाल त्यो भाइरसको दुष्चक्रबाट अछुतो छैन । ‘अनिकालमा बीऊ र महामारीमा जीऊ’ जोगाउनु भन्ने ठेट नेपाली उखान यो पटक पनि चरितार्थ भएको छ । समग्र विश्वकै सुरक्षा के होला ? साझा चिन्ता एकातिर छँदैछ अर्कोतर्फ भाइरसको उद्गमस्थल चीनको निकट छिमेकी एवम् गतिशील समाजका चारै स्तम्भहरूको समेत संस्थागत विकास यथोचित ढंगले भइनसकेको मुलुक नेपालको सुरक्षा चिन्ताले हामीलाई झन बढी पिरलो थपिरहेको छ । सूरक्षा सतर्कता हाम्रा पीतापूर्खाहरुले बजारबाट ल्याएको नयाँ बस्त्र तथा आभूषण निर्मलीकृत गरेर मात्र प्रयोग गर्न दिन्थे । नयाँ कपडालाई ‘माडी’ पछारेर मात्र लगाउनुपर्छ भन्थे । धारा वा कुवाको पानीमा छप्छप्पी आठ/दशपटक पछारेर घाममा सुकाएपछि मात्र दिन बार हेरेर ती कपडा लगाउनयोग्य मानिन्थ्यो । हामीले सोध्थ्यौं यो नयाँ कपडालाई किन यस्तो गरेको ? भन्थे ‘देशपरेशबाट आएका चीजमा किटाणु हुन्छन्, रोगब्याधी ल्याउँछन् । यसो गर्दा किटाणु नाश हुन्छन्’ । हाम्रा पीतापूर्खाहरुले बजारबाट ल्याएको नयाँ बस्त्र तथा आभूषण निर्मलीकृत गरेर मात्र प्रयोग गर्न दिन्थे । नयाँ कपडालाई ‘माडी’ पछारेर मात्र लगाउनुपर्छ भन्थे । धारा वा कुवाको पानीमा छप्छप्पी आठ/दशपटक पछारेर घाममा सुकाएपछि मात्र दिन बार हेरेर ती कपडा लगाउनयोग्य मानिन्थ्यो । हामीले सोध्थ्यौं यो नयाँ कपडालाई किन यस्तो गरेको ? भन्थे ‘देशपरेशबाट आएका चीजमा किटाणु हुन्छन्, रोगब्याधी ल्याउँछन् । यसो गर्दा किटाणु नाश हुन्छन्’ । यस्तो चुस्त सुरक्षा सतर्कता अपनाउने हाम्रो मौलिक पद्वतिलाई हामीले नै पुरातन सोच भन्ने आरोप लगायौं । त्यसो गर्न छाड्यौं । अहिले बजारबाट ल्याइएका हरेक बस्तुका प्याकेटलाई पखाल्ने, घाममा सुकाउने वा स्यानिटाइजर छर्किने वाध्यतामा हामी आफैँ आइपुगेका छौँ । गतिशील भनिएको अहिलेको समाज र पुरातन भनिएको पहिलाको समाजको सुरक्षा चाँसो एकपटक नियाल्दा हुन्छ को गतिशील को पुरातन ? भेद आफैँ प्रष्ट हुन्छ । पूर्वीय दर्शनको प्रत्यक्ष प्रभावमा परेका समाजमा कोरोना भाइरसको मात्र होइन इतिहास हेर्नुहोस् अन्य भाइरसजन्य प्रकोपको क्षति तुलनात्मक रुपमा कम छ । पूर्वीय दर्शनले उषाकालको पहिलो प्रहरमै उठ्नु भन्छ । उषाकालमै शौच एवम् ऋषिस्नान सम्पन्न गरि सेवा, सन्ध्या र ध्यान गर्नु भन्छ । जतिपटक शौचालय गइन्छ, त्यति नै पटक शुद्ध हुनुपर्दछ भन्छ । यसको अर्थ पानीसँग बढ्ता खेल्नुपर्छ भनेको हो । कोरोना भाइरसबाट बच्न मिचीमिची पटकपटक हात धुनुहोस्…..’ यस्तै सन्देश अहिले प्रकाशित/प्रसारित हुँदा हामीलाई आधुनिक लाग्ने हाम्रै मौलिक दर्शनले भन्दा पुरातन लाग्ने ? हाम्रै दर्शनमा छ सुरक्षा सतर्कता, अनुसरण गरौँ । हरेक भाइरसको साझा विशेषता हुन्छ, मानिसको रोगसँग लड्न सक्ने क्षमता कमजोर तुल्याइदिनु । नाशवान रोगप्रतिरोधात्मक क्षमता बृद्वि गर्ने उत्तम उपाय एकाग्र चिन्तन हो । ध्यान, जप र योग साधना एकाग्र चिन्तनका साधन हुन् । उदाउँदो सूर्यसँगै तुलसीको मठ र कुसको आसनको ध्यान र जपलाई विज्ञानले पनि अनुकरण गर्नु भन्छ । सूर्य बुद्विका स्वामी, देव हुन् । उदाउँदो सूर्यको राप र ताप दुवै लिनु भन्छ । घाममा पाइने भिटामिन ‘सी’ सम्भावित कोरोना सङ्क्रमणको प्रतिरोधी मानिएको छ । यस्तो पूर्वीय दर्शन दुर्भाग्य हामीलाई पुरातन लाग्छ, ‘इम्युन सिस्टम स्ट्रोङ्ग राख्न साँझ विहान योगा गर्नुहोस्’ भन्यो भने त्यो हामीलाई प्रीय लाग्छ । अहिले हामी अप्ठ्यारोमा छौँ जे प्रीय लाग्छ त्यहि अनुसरण गरौँ आखिर बच्नु त छँदै छ । जसो गर्दा पनि, घुमीफिरी हामी हाम्रै मौलिक दर्शनमा फर्किन्छौँ । नेपाललाई त्यसै वैदिक सभ्यताको शास्त्रीय मान्यता दिइएको होइन् । हाम्रा हरेक प्रचलनमा आधुनिकता र विज्ञान मात्र होइन, विवेक पनि छ । मात्र हामी विवेकले शासित हुने इच्छा राख्दैनौं । हिमालयको काखमा अवस्थित हाम्रो भूगोल ज्ञान, विज्ञान, दर्शन, कला, धर्म, संस्कृति, इतिहास र पारस्परिक भाइचारको बेजोड संगम हो । तपाईंको शरीरको प्रतिरक्षात्मक प्रणाली सुदृढ पार्न तपाईंले तपाईंकै शरीरलाई चलायमान तुल्याउने हो । आफ्नै शरीरलाई आलस्यमा पुर्याउने तपाईंकै खानपान र आनीबानीले हो, अर्कोले होइन । हामीलाई जन्माएको हुर्काएको दर्शनले तामसी चीजको सेवन नगर्नु भन्छ । राम्रोसँग पाक पुगेको सात्विक भोजन ग्रहण गर्नु भन्छ । आफ्नै माटोका अप्रसोधित उत्पादन रितपूर्वक उपभोग गर्नु भन्छ । गृहस्थीमा बढ्ता समय बितोस् भन्छ । भीडभाड कोलाहलमा गइ रमाउनुभन्दा शुद्ध मनसहित भगवानको आराधनामा प्रहर व्यतीत गर्नु उत्तम भन्छ । एकपटक फर्केर हेर्नुहोस् त कोरोना भाइरसबाट बच्न विश्व स्वास्थ्य सङ्गठन, विज्ञ, चिकित्सक एवम् सरोकारवाला सबैले सुझाएका सुरक्षा सतर्कता योभन्दा पृथक कतै भेटिन्छन् कि ? विश्व स्वास्थ्य सङ्गठनले कोरोनाको संक्रमण अब अफ्रीकामा विस्तार हुने जानकारी दिएको छ । एउटा अध्ययनले समुन्द्री तटीय क्षेत्रमा अवस्थित शहरहरू कोभिड– १९ को प्रभावबाट बढ्ता प्रभावित बनेका उल्लेख गरेको छ । हामी यो त्रासबाट भने मुक्त छौँ । तर, दक्षिणी छिमेकी मित्रराष्ट्र भारतमा बढ्दो कोरोना भाइरस र उक्त राष्ट्रसँग नेपालको बाक्लो आवतजावत एवम् खुल्लमखुल्ला सिमानाका कारणले हामीले झनै बढी सुरक्षा सतर्कता अपनाउनुपर्ने नै देखिन्छ । प्राकृतिक असन्तुलन सृष्टीको श्रेष्ठ जीव मानवले जे गर्नु हुँदैन त्यहि गर्न उद्वत् हुँदा प्राकृतिक असन्तुलन चुलिँदै जाने हो । कोरोना भाइरसको विश्वव्यापी चर्चा चूँलिनुभन्दा एकाध हप्ता पहिला अष्ट्रेलियाका जङ्गलमा लागेको भीषण आगालागीको लप्कामा लपेटिएर करोडौँ पशुपंक्षीको बाच्न पाउने अधिकार हठात् तोडियो । त्यो विभत्स घटनाबाट बाच्न सफल थप पशुपंक्षी समेत भयावह माननीय सङ्क्रमणको त्रासबाट उन्मुक्ति पाउने निहुँमा मारिए । त्यसै समयको आसपासमा पश्चिम नेपालमा समेत पशुबध भएका र गर्न ठिक्क पारिएका घटना सार्वजनिक भए । पृथ्वीको एउटा टुप्पो अष्ट्रेलिया र अर्को टुप्पो नेपाल–चीन । कोरोना भाइरससँग ती घटनाहरुको कुनै साइनो सम्बन्ध हुन वा नहुन पनि सक्दछ । तर, जीवजगत्को समान स्वार्थ राख्नुपर्ने गतिशील विश्व समाजले त्यस घटनामा त्यति ठूलो मानवीय समवेदना प्रकट गर्ने आवश्यकता ठानेन् । लोभलाग्दो जीवन चुडेर बाच्न पाउने अधिकारबाट बञ्चित भइन्छ कि भन्ने भय अहिले मानिसलाई छ । त्यसैले अदृश्य कोरोना भाइरसको चर्चा–परिचर्चाले विश्वमै साझा आकार ग्रहण गरेको छ । दुःखको कारण मानिसको आफनै स्वभाव हो । स्वभावलाई सुधार्नु बडा कठिन काम हो । मेरा निम्ति मेरो जीवन सर्वाधिक मायावी एवम् महत्त्वपूर्ण लाग्छ । त्यस्तै हुन्छ जीवन बोकेका हरेक प्राणीहरुको पनि । पूर्वीय दर्शनका अनुसार नभोगी नाश नहुने एउटा अप्रीय अनुभव हो ‘पाप’ । हामी सानै छँदा आफू अन्यायमा परियो भने ‘पाप’ धुरीबाट कराउँछ भन्थ्यौँ । यो कली हो, कलीमा पापको दुष्चक्र पनि रफ्तारमा फनफनी घुमिरहन्छ । मानव मात्रले गर्व गर्ने गतिशील समाजको निर्माणमा यहीँ सृष्टिका हरेक प्राणीहरुको उत्तिकै योगदान छ । मात्र उपभोगको अधिकार मानवले नियन्त्रणमा लिएको हो । एकापसको अस्तित्वलाई मेटाउँदै जाँदा प्राकृतिक असन्तुलन गहिरिन्छ । प्राकृतिक असन्तुलन नै दैवी, प्राकृतिक वा वैश्विक विपत्तीको मुख्य जड हो । यस्ता विपत्तीले लाखौँ करोडौँ अरु निर्दोषको जीवन चुड्छ, चुँडिरहेकै छ । सिङ्गो मानव समाजले ढिला गरि बुझ्ने विषय सृष्टिको सम्बन्ध हो । सृष्टिका हरेक प्राणीको एकापसमा साइनो सम्बन्ध पक्कै छ, नत्र यो साझा पृथ्वीमा तिनको अस्तित्व र इतिहास दुवै किन भेटिन्छ ? मानव सम्भ्यता र संस्कृति जति विवेकले शासित हुन्छ त्यति नै समग्र वातावरण र जीवजगत्मा प्रभाव न्यून देखिने हो । मानव मात्रले गर्व गर्ने गतिशील समाजको निर्माणमा यहीँ सृष्टिका हरेक प्राणीहरुको उत्तिकै योगदान छ । मात्र उपभोगको अधिकार मानवले नियन्त्रणमा लिएको हो । एकापसको अस्तित्वलाई मेटाउँदै जाँदा प्राकृतिक असन्तुलन गहिरिन्छ । प्राकृतिक असन्तुलन नै दैवी, प्राकृतिक वा वैश्विक विपत्तीको मुख्य जड हो । यस्ता विपत्तीले लाखौँ करोडौँ अरु निर्दोषको जीवन चुड्छ, चुँडिरहेकै छ । लकडाउनले खुलेको स्वच्छ र निर्मल आकाश देखेर मात्र भएन् । मानिसले मानवीय उद्विकासका विभिन्न चरणहरुमा बिचित्र त्रुटीहरू गर्दै आइरहेको छ । हामीले सधैँ हेक्का राख्नुपर्दछ ‘होचो बलेसीमुनी बास भएको मानिस मुन्टो निहु¥यार मात्र भित्र पस्नु पर्छ ’ । प्रकृतिमाथिको अतिसय दोहन चुनौतीका प्रमुख कारक हुन् । एकले अर्काको अस्तित्व स्वीकार गर्न नखोज्ने स्वार्थलिप्त समकालीन गतिशील विश्व समुदायलाई कोभिड–१९ ले आफ्ना आगाडी थुप्रिएका चुनौतीका चाङ्गलाई एकपटक धैर्यतापूर्वक अवलोकन गर्न मानिसलाई दवाव सिर्जना गरेको छ । चुनौती एवम् सन्देशहरू कोरोना भाइरसको सङ्क्रमण एशिया, अमेरिका र युरोप लगायतका राष्ट्रहरूमा फैलिँन थालेयता विश्वका बहुसङ्ख्यक नागरिकहरुको दैनिकी फेरिएको छ । रोजगारी, पेशा–व्यवसाय र काम गुमाउनेको सङ्ख्या करोडौँ छ । विश्वको पहिलो चुनौती ती नागरिकहरुलाई विश्व विकासको मुलधारमा कसरी फर्काउने भन्ने नै हुनेछ । अन्यथा, त्यो मानवशक्ति विभिन्न समाजविरोधी क्रियाकलापहरू जस्तैः– हत्याहिँसा, चोरी–चाकरी, आपराधिक क्रियाकलाप आदिमा आकर्षित हुने प्रवल सम्भावना रहन्छ । अतः मानवीय श्रोतको व्यवस्थापन अत्यन्तै चुनौतीपूर्ण कार्य हो । जो नेपालको हकमा पनि लागु हुन्छ । संक्रमण राेकथापकाे लागि सडकमा नराेधात्मक ग्यास छर्कदै स्वास्थ्य क्षेत्रका जानकारहरुले प्रत्येक डेढ–दुई दशकको अन्तरालमा विद्यमान उपचार पद्वतिले थेग्न नसक्ने नविन र व्यापक रुपमा फैलिँने सङ्क्रामक रोगले विश्वलाई गाज्ने चेतावनी दिएको धेरै भयो । चालु कोरोना भाइरसको महामारीले स्वास्थ्य सेवा संरचनामा आमूल परिवर्तनको सन्देश दियो । हामी गतिशील राष्ट्र हौँ, सुविधा सम्पन्न अस्पतालले नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिरहेका छौँ भनेर घमण्ड गर्ने अस्पतालहरूको दुरावस्था समेत तेस्रो विश्वले देख्न पायो । २०७२ कै भूकम्पीय विनासको बेला घाइतेको उपचारमा कठिनाई भोगेर पहिलो चेत खुलेको नेपाललाई स्वास्थ्य क्षेत्रको उदार निजीकरण ठीक रहेनछ भन्ने नमिठो सन्देश यो घटनाले दोस्रो पटक प्रवाह गरेको छ । हरेक सरकारले स्वास्थ्य क्षेत्रमा बढी रकम बिनियोजन गर्नुपर्ने वाध्यता खेप्नेछन् । बजेटको सन्तुलन नमिल्दा अर्को क्षेत्र नराम्रोसँग प्रभावित हुने सम्भावनालाई नकार्न सकिँदैन । जवसम्म कोरोना विरुद्धको प्रामाणित खोप पत्ता लागेर सर्वशुलभ हुँदैन तवसम्म विश्वमा एउटा मात्र कोरोना सङ्क्रमित विरामी छ भने पनि विश्वका नागरिकहरुले हिँडडुल, भेटघाट र भोज भतेरमा स्वतस्फुर्त बन्देज लगाउनेछन् । अन्तरदेशीय सम्बन्धका आधारमा चलेका उद्याेग प्रतिष्ठानहरू जस्तैः पर्यटन, होटल, एयरलाइन्स र रेमिट्यान्स व्यवसाय यो कारणले अलि लामै समयसम्म प्रभावित हुनेछन् । नेपालको अर्थ प्रणालीमा यसले थप चुनौती निम्त्याउने छ । ठप्प आर्थिक गतिविधि कोरोना भाइरसको उद्गम चीनको बुहान शहर ७६ दिनपछि खुल्यो । विश्वका मुख्यमुख्य व्यापारिक नाका र शहरहरू महिनौँदेखि ठप्प प्रायः छन् । सेवा प्रदायक संघसंस्था, उत्पादनशील उद्याेग धन्दा कलकारखाना, ब्यापार–व्यावसाय सबै उल्टो मानो खाएर बसिरहेका छन् । नेपाल पनि किस्ताबन्दीमा लकडाउन थपिएसँगै सबै व्यवसाय ठप्प छ । बजारको यति लामो र यस्तो सत्राट्टा समकालीन विश्वले अनुभव गरेको थिएन, कामना भावी पुस्ताले पनि गर्नु नपरोस् । बजारको चहलपहल कुनै पनि देशको अर्थतन्त्रको आधारभूत मानाङ्क हो । अनि अर्थतन्त्र सुशासन र समृद्विको । सुशासन र समृद्वि गतिशील समाजको । अर्थतन्त्रको यो ठप्प चक्रीय प्रणालीले पूँजीवादी अर्थतन्त्र उन्मुख विश्वको गतिशील समाजलाई कुझ्ययाँउन धेरै समय लाग्दैन । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले विश्वको अर्थतन्त्र सन् १९३० को महामन्दीपछिकै जटिल अवस्थामा पुग्ने जनाउ दिएको छ । विश्व बैंकले एसियाली अर्थतन्त्र ४० वर्षयताकै सबैभन्दा कमजोर हुने जनाएको छ । विश्वभरका सरकार र सम्बन्धित सबैलाई उक्त प्रकोपको नियन्त्रण र व्यवस्थापन अहिले सबैभन्दा जटिल मुद्दा बनेको छ । विश्व अर्थतन्त्रको भावी स्वरुपमा प्रारम्भिक अड्कबाजी मात्र प्रस्तुत भएका छन् । क्षतिको एकिन तथ्याङ्क आउनै बाँकी छ । परिपूर्तिका उपायहरू पक्कै पनि आउने नै छन् । नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार साढे ३४ खर्ब रुपैयाँ बराबरको हो । चालु आर्थिक वर्षमा यो आकारलाई सात प्रतिशले बढाएर पुगनपुग ३७ खर्बमा उकाल्ने सरकारी लक्ष्य थियो । अन्य विश्वको तुलानामा कूल अर्थतन्त्रको आकार सानै भएपनि विप्रेषण आप्रवाह एवम् वैदेशिक रोगजारी, पर्यटन, साना तथा मझौला उद्योग र व्यापार तथा वित्तीय क्षेत्रले सरकारी राजश्व संकलनमा मुख्य योगदान पुर्याउँदै आएका थिए । आर्थिक वर्षको अन्तिम त्रैमासिक देख्न नपाउँदै यस क्षेत्रका ठप्प आर्थिक गतिविधिले अव सरकारी लक्ष्य अनुरुपको योगदान दिने सम्भावना शून्य छ । यसर्थ, घरयासी अर्थतन्त्रको संकुचित आकारमा समायोजन हुन हामी तत्काल तयार हुनुपर्दछ । यद्यपी, ढिलो नगरी नेपाली अर्थतन्त्रलाई खास लयमा फर्काउने प्रशस्तै मौका फेरि पनि हामीमा छ । विकल्पको बाटो यो महामारीले नेपाल र नेपालीलाई भोकमारी जस्तो दयनीय अवस्थामा पुर्याउँदैन । लकडाउन अवधिमा देश विदेशबाट घर फर्केकाले केहि न केहि पसिना त आफ्ना खेतबारीमा चुहाएकै छन् । भएकाले नभएकालाई दिने, एैँचो–पैँचो विनिमयका धेरै माध्यम हाम्रो मौलिक अर्थप्रणालीले सिकाएकै छ । त्यसैमा नेपाली समुदायको पारस्परिक सद्भाव अहिलेसम्म कतै चुकेको छैन । उन्नती प्रगतिको बाँकी मुद्दा पहिला बाचौं र बचाउँ संसारमा अरू विकल्पका बाटा भेटिन्छन् । नेपालीमा एउटा उखान प्रचलित छ, ‘जोगीको कुटीमा सन्यासी पाहुँना’ । हरेक संकटमा हामी हात थाप्छौँ, संयोग अहिले कस्तो छ भने हामी जस्तै संकटमा अरु राष्ट्रहरु पनि धकेलिएका छन् । अव हामीलाई हातमाथि पार्न अप्ठ्यारो छ । अहिलेसम्म प्रयोग गरि नहेरिएको स्वदेशी श्रम, सीप, श्रोत र साधनको समुचित उपयोगको सजिलो विकल्प बाँकी छ । जसले दिगो आर्थिक विकासको अनुपम नमुना विश्वलाई प्रस्तुत गर्ने क्षमता राख्दछ । राष्ट्रिय जनगणना २०६८ का अनुसार नेपालमा १५–५९ वर्षसम्मको जनसङ्ख्या ५७ प्रतिशत छ । यसको अर्थ नेपालले जनसांख्यिक संक्रमण पार गरि लाभको अवस्थामा प्रवेश गरेको भन्ने बुझिन आउँछ । यसलाई अंग्रेजीमा ‘बोनस पपुलेशन’ भनिन्छ । नेपालीमा भन्दा पाखुरी बजारेर ज्यान पाल्न सक्ने जनसङ्ख्या भनेर बुझ्दा उत्तम हुन्छ । त्यो के भनेको भने, १५ वर्षको नागरिक ५९ वर्ष नपुग्दासम्म अर्थात चार दशकभन्दा बढी त्यो जनसङ्ख्याले मनग्य उत्पादन पनि गर्न सक्छ र उत्पादित वस्तु खपत गर्न सक्ने क्षमता पनि राख्दछ । घरयासी दिगो आर्थिक विकासका लागि यो अत्यन्तै अनुकूल अवस्था हो । नेपालमा त्यो अवस्था अझै ३ दशक बाँकी छ । तर, दुर्भाग्य के भयो भने त्यो जनसङ्ख्याको अधिक हिस्सा घरपरिवार चलाउने सानो उद्देश्य लिएर सस्तोमा श्रम बेच्न अन्तर्राष्ट्रिय श्रम बजारमा क्रियाशील छ । त्यो जनसङ्ख्यालाई आफ्नै देशको सिमाभित्र फर्काउनुपर्छ भन्ने बहस राष्ट्रिय मुद्दा हो, हामी धेरै बोल्नु पनि अनर्थ होला । अहिलेको महामारीले त्यस्तै कम्तीमा पनि १५ लाख श्रमिकको वैदेशिक रोजगारी संकटमा पुगेको छ । पर्यटन उद्योगबाट ११ लाख श्रमिक विस्थापित हुँदै छन् । हवाई क्षेत्रको अरु थपिन्छ । विदेश जान ठिक्क परेका पनि यतै रोकिन्छन् । अब त्यो श्रम शक्तिलाई राज्यले कृषि औजार, बीऊ–बिजन, मल आदि अनुदानमा उपलब्ध गराएर तपाईंहरुले छाडेपछि बाँझिएका जमिन फोर्नुहोस् । परम्परागत कृषिलाई आधुनिक कृषिमा रुपान्तरण गर्नुहोस् भन्न निसंकोच सक्नुपर्छ । पटकपटकको नेपाली अनुभवले यो भन्छ, यसो फेरि पनि हुँदैन । एक त राज्यले त्यो संयन्त्र तयार गर्नै भरपुर समय लगाउँछ । अर्को हामी पनि झट्ट तयार हुँदै हुँदैनौँ । ‘भोकाएकाले भन्छ डाँडा वारी खाउँ, अघाएकोले भन्छ डाँडा पारी खाऊला’ भने जस्तै हुन्छ । राज्यले भन्नेछ पख्नुहोस् काम हुँदै छ, श्रमिकलाई परिवार कसरी पाल्ने पिरलोले च्याप्दै लग्छ । फेरि उही चक्र रोहोरिन्छ, अलिक मुनासिव आम्दानी हुने वैदेशिक रोजगार । ख्याल गर्नुपर्ने अर्को कुरा के छ भने वैदेशिक रोजगारीको विकल्प यो महामारीले सदाका लागि निमिट्यान्न पार्दैन । महामारीको क्षतिपूर्तिका लागि द्रुत आर्थिक विकास हाम्रा दाजुभाइलाई सस्तैमा भएपनि रोजगारी दिने हरेक रोजगारदाता मुलुकहरुको उच्च प्राथमिकता हुनेछ । नेपालीको लगन र उच्च इमान्दारिता नेपाल वाहेकका अरु देशमा बेच्न अप्ठ्यारो छैन् । सबै विकल्प बन्दै भएपनि हामी ढुक्क भए हुन्छ, यो महामारीले नेपाल र नेपालीलाई भोकमारी जस्तो दयनीय अवस्थामा पुर्याउँदैन । लकडाउन अवधिमा देश विदेशबाट घर फर्केकाले केहि न केहि पसिना त आफ्ना खेतबारीमा चुहाएकै छन् । त्यो योगदानको प्रतिफल स्वरुप मौसमले साथ दियो भने यसपटकको कृषि उत्पादन बढ्नेछ । भएकाले नभएकालाई दिने, एैँचो–पैँचो विनिमयका धेरै माध्यम हाम्रो मौलिक अर्थप्रणालीले सिकाएकै छ । त्यसैमा नेपाली समुदायको पारस्परिक सद्भाव अहिलेसम्म कतै चुकेको छैन । उन्नती प्रगतिको बाँकी मुद्दा पहिला बाचौं र बचाउँ संसारमा अरू विकल्पका बाटा भेटिन्छन् । सन्दर्भ सामग्रीहरूः १) पूर्वीय दर्शनको पुनर्व्याख्या– डा. प्रमोद ढकाल २) कोरोनाबिरुद्व वैश्यिक लडाइँ– डा. रवीन्द्र पाण्डे, गोरखापत्र वैशाख ६ ३) Joshn Hopkins University & Medicine https://coronavirus.jhu.edu/ ४) नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय https://covid19.mohp.gov.np/#/ ५) श्रीमद्भागवत रहस्य– अनुवादक ढुण्डीराज कोइराला ६) कोरोना संकट र सहर– डा. पीताम्बर शर्मा, नयाँ पत्रिका वैशाख ६ ७) International Monetary Fund https://www.imf.org/external/index.htm ८) The world Bank https://www.worldbank.org/ ९) प्रकृतिमाथि मानव जातिले मच्चाएको महामारी, यादव देवकोटा कान्तिपुर वैशाख ६ १०) World Health Organization https://www.who.int/ ११) National Population & Housing Census 2011- National Report टिव्टरः@rajupaudel44 जैमिनी नगरपालिका– ९, बागलुङ् हाल– टोखा–काठमाडौं
भय अनि उपाय
दिन चलिरहेकै थियो सबैको दुई छाक टरिरहेकै थियो र जिन्दगी चलिरहेकै थियो मान्छेहरु आफ्नो गन्तव्य तिर लम्किरहेका थिए हावा आफ्नै गतिमा थियो हावासँगै चराहरु आकाशमा उडिरहेका थिए घाम प्रकाश छरिरहेको थियो जुन सितलता दिइरहेकै थियो सबै आफ्नो कर्ममा ब्यस्त थिए आफ्नो कर्तव्य पूरा गरिरहेका थिए कसैलाई कुनै भय थिएन सबै आफ्नै सुरमा थिए त्यतिन्जेल सबथोक ठिकै त थियो सबै सँगै थिए, आफ्ना थिए कोहि बिरानो थिएन जुन बेलासम्म यो कोरोना थिएन। लेखकएकाएक कसरी जन्मियो यो अदृश्य शत्रु जुन एटम बम भन्दा शक्तिशाली छ जस्ले सारा विश्वलाई हल्लाइरहेको छ मै हुँ भन्ने शक्तिहरुलाई रुवाइरहेको छ सबैलाई आफ्नो कब्जामा राखिरहेको छ सारा मानव सभ्यतालाई नै धावा बोलिरहेछ संसार एक जुट हुनुपर्ने बेला सबैलाई एक अर्काबाट टाढा लखेटिरहेको छ हातमा हात मिलाएर हिड्नु पर्ने बेला सबैलाई एक अर्काको साथ छोड भनिरहेको छ चराचुरुङ्गीलाई पिंजडामा राखेर बाहिरबाट तमासा हेर्ने हामी मान्छेहरुलाई आफ्नै घर भित्र बन्दी बनाएर राखेको छ अनि हाम्रै तमासा हेरिरहेको छ स्वतन्त्रता एउटा कोठा भित्र सीमित भएकोछ कसैलाई थाहा छैन आखिर कुन शक्तिले चलिरहेछ यो ? संसार एक जुट हुनुपर्ने बेला सबैलाई एक अर्काबाट टाढा लखेटिरहेको छ हातमा हात मिलाएर हिड्नु पर्ने बेला सबैलाई एक अर्काको साथ छोड भनिरहेको सारा विश्व नै अचम्मित छ एक अर्काको दुर्दशा देखेर भयभीत छ मान्छेहरु ससंकित छन् कयौं आत्मीय मनहरु गुमाइसकेका छन् कयौं मनहरु गुमाउने डरमा छन् गुमिसकेका मनहरु पनि अलपत्र छन् जाने कहाँ गर्ने के कसैलाई थाहा छैन चन्द्रमा देखि मंगल ग्रहको भ्रमण गर्ने विज्ञान अहिले चुपचाप छ रुगा खोकी देखि क्यान्सरको उपचार गर्न सक्ने चिकित्सा क्षेत्र आफै बिरामी परेको छ विश्व युद्ध लडेका शक्तिहरु डराएर शक्तिहिन भएका छन् विश्व अर्थतन्त्रले घुडा टेकिसकेको छ मान्छेहरु बेजोजगारीको त्रासमा छ्न् भोकमरीको भयमा छ्न् लाग्छ ठुलो प्रलयमा छन् कसैलाई थाहा छैन आखिर के चाहान्छ यो ? तर यस बिपतलाई हामी मनन गरौं चिन्ता हैन चिन्तन गरौं यसको विरुद्धमा गर्न सकिने सबै गरौं आफ्नो लागि पनि गरौं अरुको लागि पनि गरौं सम्पूर्ण मानव सभ्यताको लागि गरौं मर्ने डर सबैलाई हुन्छ र त बाच्ने रहर पनि सबैलाई हुन्छ डार्बिनले भने जस्तै हामी बाँच्नको लागि संघर्ष गरिरहेका छौँ यो संघर्ष जितेर हामी अझै धेरै बाँच्नु छ यो संसारबाट धेरै कुरा लिनु छ अनि यहि संसारमा धेरै कुरा गर्नु छ आफ्नो लागि परिवारको लागि समाजको लागि देशको लागि अनि सारा पृथ्वीको लागि। हामी धैर्यका साथ यसको समना गर्यौ भने यो डगमगाएको मानव इतिहासले फेरि अर्को इतिहास रच्ने छ यो अस्वस्थ चिकित्सा क्षेत्र फेरि निको भएर तङरिने छ यो चुपचाप विज्ञानले फेरि अर्को चमत्कार गर्ने छ यो क्षणिक बन्धन र सुन्यता फेरि स्वतन्त्र हुनेछ यो सुस्ताएको अर्थतन्त्रले फेरि अर्को शिखर चुम्ने छ यो कालो समय अवस्य फेरिने छ फेरि उज्यालो समयले जन्म लिनेछ डराएका मनहरु शक्तिशाली हुनेछन् छुटेका आत्महरु फेरि एक हुनेछन् र नयाँ नयाँ सिर्जनाहरु गर्ने छन् नकारात्मक तत्व हटेर जानेछ सकारात्मक तत्वले बास गर्ने छ हामी फेरि उस्तै हुनेछौं जस्ता हिजो थियौ र हामी फेरि आफ्नो कर्ममा फर्किने छौ। [email protected]
विपद्को पीडा र बन्दाबन्दीको उपचार
बन्दाबन्दीपछिकाे सुनसान बस्ती सिङ्गो विश्वमा यतिबेला हायलकायल बनाउने कोरोना भाइरसको महामारी चलिरहेको छ । यस किसिमको महामारी करिब सय वर्षको हाराहारीमा फैलिएको विगत छ । नेपाल जस्तो विकासोन्मुख देशको कुरा छोडौँ, अमेरिका बेलायत लगायत समृद्ध भनिएका युरोपेली मुलुकहरुले पनि मानवजीवन बचाउका लागि कुनै उल्लेख्य काम गरेको देखिएन । चीनको वुहान प्रान्तबाट सुरु भएको भनिएको कोरोना भाइरस बिस्तारै संसारभर फैलिदै महामारीको रुप लियो । यो भाइरस चमेरो चरा हुँदै सालक जीवबाट मान्छेमा सरेको हुन सक्ने समाचारहरू प्रकाशनमा आएका छन् । कतिपय मिडियाले यो वुहानमै भएको अति संवेदनशील मानिएको जीवाणु प्रयोगशालाबाट कुनै भुलचुकले कोरोनाको जीवाणु चुहावट भएर मानिसमा संक्रमण भएको अनुमान गरे तर यी सबै अनुमानका कुरा हुन्, तथ्यमा आधारित छैनन् । कोरोनाले महामारीको रुप लिने क्रममा विभिन्न खाले परिदृश्यहरु देखिए । स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि प्रयोग हुने सुरक्षाकवच (पिपिई) समेत समयमा उपलब्ध हुन नसक्दा समृद्ध देशका स्वास्थ्यकर्मीहरुको समेत रुवाबासी नै चल्यो । सुरक्षाकवचकै अभावमा स्वास्थ्यकर्मी स्वयंले ज्यानको बाजी राखेर भगवान् भरोसामा काम गर्नुपर्यो । कयौँ स्वास्थ्यकर्मीहरुले ज्यानसमेत गुमाउनु पर्यो । महामारीसँग लड्ने सवालमा विश्वका समृद्ध मुलुक पनि निरीह सावित भए । कयौँ मुलुकले व्यक्तिको जीवन रक्षालाई भन्दा आफ्नो देशको आर्थिक स्थितिलाई महत्व दिँदा हरेक दिन हजारौँको संख्यामा ज्यान गुमाउनु पर्यो । अमेरिका स्वयंले चौवीस घन्टामा पैतालीस सय मानिस गुमाउनु परेको तथ्यांक बाहिर आयो । साधन र स्रोतले सम्पन्न मुलुकहरुले यो महामारीसँग लड्न धैर्य नगुमाउलान् । विभिन्न विधिहरु अपनाउँदै लड्ने साहस गर्लान् तर नेपालजस्तो मुलुकमा यो महामारीसँग लड्ने आधार छैन । भाइरस फैलने तरिकाको हालसम्म कुनै वैज्ञानिक आधार भेटिएको छैन । यो अझै पनि शोधको विषय नै छ । यो महामारीसँग विजय प्राप्त गर्न समय लाग्न सक्छ । सामान्य रुपमा यो भाइरसको साङ्लोलाई तोड्न सकेको खण्डमा जीवन रक्षा गर्न सकिन्छ । त्यसको लागि हुलमुलमा जान भएन । भाइरस सर्ने प्रक्रियाका सन्दर्भमा सयौँ सूचनाहरु, भिडियोहरु इन्टरनेटमा छन् । अधिकांशकोे आधिकारिकता छैन । यो बीचमा केही व्यक्तिहरुले आफूलाई विज्ञ बनाए । शोधबिनाको सतही लेखनले मानिसलाई दिग्भ्रमित पार्ने काम गरे । नेपालमा फेरि अनौठो प्रचलन छ । जो पनि जुनसुकै विषयको विज्ञ बन्न मिल्ने । महामारीको यस्ता समाचारले भौतिक रुपमा भन्दा मनोवैज्ञानिक रुपमा डर, त्रास र भय भर्ने काम गरे । बालक वृद्ध र असक्तहरुको मनोविज्ञानमा निकै ठूलो असर पुर्यायो । नेपालमा खुला सिमाना हुँदा हुँदै पनि कोरोना सङ्क्रमणको अवस्था न्यून देखिएको छ । कोरोना परीक्षणको संख्या उल्लेख्य हुन नसक्दा शायद हामी सुरक्षित छौँ भन्ने भ्रममा छौँ । नेपालीहरुको जीवनशैली र खानपानका कारणले पनि रोगसँग लड्ने प्रतिरक्षा प्रणाली बलियो छ भनिएको छ । कारण जे जस्तो भए पनि नेपालमा कोरोनाको प्रभाव कमै देखिएको छ । तर, यो स्थिति कहिलेसम्म रहने हो थाहा छैन । कोरोनाबाट बच्न सरकारी तबरबाट पनि मनग्ये सूचनाहरु आएका छन् । मोबाइल म्यासेज, भाइबर, फोनको रिङ्टोन, विभिन्न छापा तथा अनलाइन समाचारको माध्यमबाट । वृद्ध, बालक र अशक्तको विशेष ख्याल गर्ने, लकडाउनलाई लक्ष्मण रेखा मानेर घरभित्रै बस्ने, हिँडडुल गर्नु पर्दा मास्क लगाउने, हातमा पञ्जा, स्यानिटाइजरको प्रयोग गर्ने, बेलाबेलामा साबुनपानीले हात धुने, विशेष गरी घर बाहिरबाट आउँदा ख्याल गर्ने, शरीरको रोगसँग लड्ने प्रतिरक्षा प्रणाली वृद्धि गर्नमा ध्यान दिने, आफन्त र साथीभाइहरुको नियमित सम्पर्कमा रहने, विदेशबाट आएका व्यक्तिहरुको जानकारी दिने आदिका बारेमा सुझाव गरेको पाइयो । छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दीप प्रज्वलन गरेर कोरोनासँग लड्ने ऐक्यवद्धता देखाए भने हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि त्यसैको सिको गर्दै राष्ट्रिय गान गाउन लगाए । प्रधानमन्त्रीबाट राष्ट्रको नाममा सम्बोधनहरु आए तर तात्विक रुपमा जनताका आकांक्षालाई सम्बोधन गर्न सकेनन् । लेखक छिमेकी मुलुक भारतले लामो समय बन्दाबन्दी गरेर कोरोना महामारीबाट जोगाउने पहलकदमी गरे भने नेपालका प्रधानमन्त्रीले उस्तै खाले बन्दाबन्दी किस्ताबन्दीमा गरे । बन्दाबन्दी हठात् हुँदा व्यवस्थापन फितलो बन्यो । गाउँका मान्छे समेत शहरमै थुनिए । मानिसहरु आ–आफ्नो गन्तव्यमा पुग्न सकेनन् । विभिन्न देशमा छरिएर रहेका नेपालीहरुको स्वदेश फर्कने विकल्प बन्द भए । छिमेकी मुलुक भारतमा रहेका हजारौँ नेपालीहरु आफ्नो गाउँ ठाउँ फर्कन कतिले चोरबाटो प्रयोग गरे । कतिले महाकाली नदी नै पौडिएर तरे । आज पनि विदेशमा लाखौँ नागरिक अलपत्र परेका छन् । उनीहरुको रोजी रोटी ठप्प छ । आ–आफ्नाे कोठामा महिनौँदेखि बस्न बाध्य छन् । देश फर्कन उनीहरु यति बेला हार गुहार गरिरहेका छन् । यो भयावह अवस्थाबाट पार पाउने कहिले हो थाहा छैन । देशभित्रै पनि राजधानीलगायत विभिन्न शहरहरुमा सामान्य मजदुरी गरेर जीवन धान्ने व्यक्तिहरु जीवन चलाउन नसकेर कोसौँ दुरीको यात्रा पैदलै तय गरिरहेका छन् । बस्ने खानेको ठेगान छैन । हप्तौँदेखिको यात्रा गर्दै आफ्नो थातथलोमा पुग्ने क्रम जारी छ । यस किसिमको जोखिम मोल्न जनताहरु बाध्य भएका छन् । यसप्रति सरकार र सरोकारवाला निकायहरु मौन छन् । कोरोनाले गर्दा सबैको दैनिकी फेरियो । कोही रमाए । कोही आत्तिए । सुरु सुरुमा रमाउनेहरु पछि पछि आत्तिए । सरकार पनि थामथुम गर्न बन्दाबन्दी किस्ताबन्दीमा लगाउँदै गयो । पर्यटन वर्ष सन् २०२० सफल पार्ने नाममा, कोरेना महामारीमा विश्व जुधिरहेको बेला परिस्थितिको आकलन नगरी हाम्रा नेता नेपाल कोरोना मुक्त देश हो भन्दै देश विदेशमा प्रचार गरे । यसबाट सरकार विवादित बन्यो । यो बाहेक सरकारले भ्रष्टाचारको सञ्जाललाई तोड्न सकेन । महामारीको कठिन घडीमा पनि भ्रष्टाचारको नमिठो गन्ध आइरह्यो । प्रधानमन्त्री बेडमा थलिए । सरकारको बिँडो थाम्नेहरुले समयलाई चिन्न सकेनन् । जनताहरुको सहानुभूति बटुल्नु पर्ने बेलामा भ्रष्टाचारको दलदलमा फसेर जनताहरुलाई चिढाए । सरकारको विरोधमा आगो ओकल्नेहरुले राम्रो मौका पाए । स्वास्थ्य सामग्री खरिदको विषयमा भएको चरम अनियमितता छरपस्ट भयो । सोसम्बन्धी अनलाइन समाचारलाई इन्टरनेटबाट हटाउने प्रपंञ्चलाई लिएर सरकारले चर्को आलोचना खेप्नु पर्यो । बन्दाबन्दीकै बीच काठमाडौँदेखि दुई दिनको लागि बाहिर जान दिने हठात् निर्णय र त्यो निर्णयबाट पछि हट्ने सरकारको चालबाजीको सर्वत्र विरोध भयो । छिमेकी मुलुक भारतले लामो समय बन्दाबन्दी गरेर कोरोना महामारीबाट जोगाउने पहलकदमी गरे भने नेपालका प्रधानमन्त्रीले उस्तै खाले बन्दाबन्दी किस्ताबन्दीमा गरे । बन्दाबन्दी हठात् हुँदा व्यवस्थापन फितलो बन्यो । गाउँका मान्छे समेत शहरमै थुनिए । मानिसहरु आ–आफ्नो गन्तव्यमा पुग्न सकेनन् । विभिन्न देशमा छरिएर रहेका नेपालीहरुको स्वदेश फर्कने विकल्प बन्द भए । छिमेकी मुलुक भारतमा रहेका हजारौँ नेपालीहरु आफ्नो गाउँ ठाउँ फर्कन कतिले चोरबाटो प्रयोग गरे । कतिले महाकाली नदी नै पौडिएर तरे । हरेक फोनको रिङटोनमा विदेशबाट कोही आएमा वा तिनको सम्पर्कमा गएमा कोरोनाको चेकजाँच गर्ने भनिए पनि त्यसलाई बेवास्ता गर्दै घरमा लुकेर बसेको घटना चालीस दिनपछि बाहिर आउँदा आतंक नै सिर्जना भयो । विदेशमा कोरोनाको महामारी चलिसक्दा विमानस्थलबाट हजारौँको संख्यामा मानिसहरु भित्रिए । ती व्यक्तिहरुमा कोरोना परीक्षण गराउन सकेको भए यति धेरै डरमर्दो अवस्था बन्ने थिएन । सुरुका दिनमा सरकारले चीनमा अलपत्र परेका विद्यार्थीलाई स्वदेश फर्काएर चौध दिनसम्म सुरक्षित राखी घरघरमा पठाउने सह्रायनीय काम गरेको थियो । त्यसलाई निरन्तरता दिन सकेन । सरकार यति बेला सीधा बाटो नपक्डेर बाङ्गो बाटो हिड्न बाध्य छ । कोरोना भेटिए पछि मात्र त्यो व्यक्ति पहिचान गरी कुन प्लेनमा आयो भनेर खोज्न थाल्याे। उता कोरोना प्लेन चढेर आयो अनि गाडी चढेर गाउँ बस्ती पुग्यो । आफ्नो घरमा एकान्तवास बस्ने सर्तनामा गरेकाहरु सर्त अनुसार बसे वा बसेनन् त्यसको अनुगमन गर्ने संयन्त्र भएन । दक्षिणतिर खुला सिमानाबाट सुरुका दिनमा कति मानिस छिरे त्यसको लेखाजोखा छैन । कति स्वदेश फर्कने क्रममा महाकाली नदिकाे किनारमा राेकिएका नेपाली । फाेटाेःसुविना श्रेष्ठ, अलजजिरा । क्वारेन्टाइनबाट भेडाबाख्रा सरी भागेको दृश्य देखियो । व्यक्ति स्वयंले बरु ठाउँ ठाउँमा पहरा दिएर रोग भित्रिन नदिन पहलकदमी गरिरहे । सरकारको क्षमता यस्तै कठिन परिस्थितिमा हुन्छ । यो सरकारले साथ र सर्मथन लिने बेला हो । तर, सरकारका केही थान मान्छे यस्तै अप्ठेरो परिस्थितिको फाइदा उठाउन लागे । सँगसँगै कोरोनासंग जुधेका मुलुकहरुमा सामान्य गल्ती कमजोरीमा पनि कडा कारवाही गरेको सुनियो । सायद हाम्रो विडम्बना यसैमा छ । सरकार जनताप्रति जवाफदेही कहिल्यै बन्न सकेन । जुन जोगी आए पनि कानै चिरेका भनेको यही होला ! यिनै बेथिति सहन गर्न नसकेर कयौँ नेपालीहरुले पलायन रोजेका हुन् । नत्र कसैलाई पनि आफ्नो जन्मभूमि छोड्ने रहर हुदैँन । यहाँ कारवाही भोग्ने भनेकै साना र निमुखाले हो । ठूलाबडालाई जसरीतसरी चोख्याउन खोजिन्छ । देशमा आशा गर्ने ठाउँ छैन । देशका संयन्त्रहरु ठीकठाक छैनन् । कोरोनाबाट बच्ने सवालमा सरकारले राम्रो पहलकदमी लिन्छ भनेर विश्वास गर्ने ठाउँ छैन । अस्पतालमा अहोरात्र खटिने डाक्टरमाथि नै स्पष्टीकरण मागिएकाे समाचार प्रकाशित भए । हुनत डाक्टरको पेशाको धर्म बिरामीको उपचारमा खटिनु हो । मिडिया बाजीमा उत्रिनु होइन । अस्पताल गएर रोग ठीक होला भन्दा पनि मानिसहरुले गर्ने घृणा सहन गर्न गाह्रो छ । स्वास्थ्य सुरक्षा सामाग्रीको अभावमा काम गर्न परिरहेकोले अस्पतालहरु असुरक्षित छन् । रोग सर्ने र समयमा उपचार नपाउने डरले मानिसहरु घर भित्रै लुकेर बसेको पाइयो । संसारभर कोरोनाको महामारीले हरेक दिन हजारौँको सङ्ख्यामा ज्यान गुमाएका छन् । यो कहालीलाग्दो समयमा पनि मानिसहरु सामाजिक सञ्जालमा मिष्ठान्न परिकारहरु पकाएको, तास खेलेको, जन्मदिन मनाएको फोटो र भिडियो राख्न मस्त छन् । कोहीले चर्चा कमाउने ध्येयले राहत बाँडेका तस्वीर र भिडियोहरु राखे । गरिव र निमुखा मानिसको पीडालाई धज्जी उडाएर राहत भन्दा आहत बाडिँरहे । कोही चर्चाका भोकाहरु अनलाइनबाट पढाउने कुरालाई लिएर आफ्नाे प्रचार प्रसारमा जुटिरहे । कोही आफन्तहरु स्वास्थ्यकर्मी भएको फाइदा उठाएर आफनै लागि सान्त्वना लिन र आफनै प्रचारप्रसार गर्न लागे । थरी थरीका मानिसका थरि थरिका चरित्रहरु उदाङ्ग भैरहे । बन्दाबन्दीको मारमा महिलाहरु नै बढी परे जस्तो लाग्छ । जति बेला पनि घरका सदस्यहरुको हेरविचारमा समय खर्चिनु पर्यो । उनीहरुको व्यक्तिगत जीवन रहेन । प्रायः पुरुषहरु गफ गर्नमा, मोबाइल ल्यापटप चलाउनमा, थरि थरिका परिकारहरुको माग गर्नमा व्यस्त भए । घरभित्र गर्ने काम कति हुन्छ कति ! वरको सिन्को पर नसारी दिन कटाउनेहरुले घरको काम कसरी देख्ने ! पढ्नमा रुचि हुनेहरुको लागि यो समय जति भए पनि अपुग नै छ । पढाइमा रुचि नहुनेका लागि कुरै बेग्लै । कतिपय मानिसहरु पुरानो फोटो भिडियो सामाजिक सञ्जालमा राखेर चित्त बुझाए । लाग्छ कसै कसैलाई अहिलेको पीडाले छोएकै छैन । थरि थरिका वस्त्र पहिरिएर टिकटकमा रमाउन भ्याएका छन् । महामारीको यो विकराल अवस्थामा पनि मानिसहरु धुमधामका साथ जन्मदिन मनाउन भ्याए । नयाँ वर्ष पनि धुमधामले मनाउन भ्याए । कतिपय मानिसहरु यस्तो बेलामा पनि जन्मदिन मनाउन पर्यो, नववर्ष मनाउन पर्यो भनेर बहानाबाजी गर्न भ्याए । मानौँ जुकरवर्गले उनीहरुलाई जागिर नै दिएको छ । कतिपय मानिसहरु कोरोनाको अफवाहहरु फैलाउन उद्यत भए । कसैलाई घरबाट घरबेटीले निकाल्यो भने । आज यति मानिस यो हस्पिटलमा मरे भन्दै आतंकित पारे । विदेशतिर सडकमा पैसा फालेको सुन्नमा आयो । कोरोना सार्ने ध्येयले नेपालमै पनि सडकमा पैसा फाल्दै हिडेको समाचार आयो । सत्य के हो, झुट के हो ठम्याउन गाह्रो । नेपालका एक जनाले भारतमा कोरोना फैलाउने षड्यन्त्र रचे भनेर भारतीय मिडियाहरु कुर्लिए । अमेरिकी एक जना वैज्ञानिकले चीनसंग मिलेर कोरोनाको जीवाणु प्रयोगशालामा उत्पादन गरे र सोबापत उनलाई अमेरिकी सरकारले कारवाही गर्यो भनेर अफवाह फैलाउन भ्याए । कोही सरकारलाई असफल बनाउन हातै धोएर लागे । यसरी लाग्नेमा आफ्नै दलको रुष्ट नेता तथा कार्यकताहरु देखिए। संसारभर कोरोनाको महामारीले हरेक दिन हजारौँको सङ्ख्यामा ज्यान गुमाएका छन् । यो कहालीलाग्दो समयमा पनि मानिसहरु सामाजिक सञ्जालमा मिष्ठान्न परिकारहरु पकाएको, तास खेलेको, जन्मदिन मनाएको फोटो र भिडियो राख्न मस्त छन् । थरि थरिका वस्त्र पहिरिएर टिकटकमा रमाउन भ्याएका छन् । यतिन्जेलसम्म खाद्यान्नको कमी भएन तर सुरक्षित तरिकाबाट किन्ने माहोल भने रहेन । पैसा नहुनेहरुको पीडा बेग्लै छ, व्यक्त गर्ने शब्दहरु छैनन् । नजिकका पसलहरु जतिबेला पनि खचाखच भरिए । हातमा पञ्जा नलगाई मास्क नलगाई लामबद्ध नभई भीडभाड गरिदिए । पसलेहरुले पनि आफ्नो व्यापारलाई असर पुग्ने डरले ग्राहकलाई केही भन्न सकेनन् । त्यसमा पनि मुखमा मास्क हातमा पञ्जा लगाएर सुरक्षित भएर पसल जानेहरुप्रति नै पसलेहरु डराए । पैसा साटासाट गर्दासमेत उनीहरु निकै झस्किए । लकडाउनमा किनमेल गर्दै सर्वसाधारण । फाेटाेः मदन ठाकुर, माइ रिपब्लिका सुरुका दिनहरुमा मोबाइल, इन्टरनेट चार्ज गर्ने कार्डहरु समेत पाइएन । ग्याँसको आपूर्ति पूर्णरुपमा ठप्प भयो । सुनिन्छ ग्याँस भर्ने सिलिन्डरहरुको अभावमा ग्याँसका टयाङ्करहरुले सेवा सुचारु गर्न सकेका छैनन् । घर घरमा चाहिनेभन्दा बढी ग्याँसका सिलिन्डरहरु जम्मा गर्नाले यो अवस्था आएको हो । लकडाउनले गर्दा इन्डक्सन चुलोको जोडजाम गर्न सकिएन । नाकाबन्दीताकाको स्टोभलाई ठोकठाक पारेर चलाउने प्रयत्न गरिए । फेरि कुरा आयो मट्टितेलको । त्यस्को जोहो गर्न फेरि सकस पर्यो । यो बन्दाबन्दीको बेलामा आफन्तहरुसँग बोल्ने विषय नै छैन । नबोल्दा नबोले जस्तो, बोल्दा बोल्ने कुरा नै नहुने । एउटै कुरा कति मात्र गर्नु । नेटको पहुँच नभैदिएको भए कस्तो हुन्थ्यो होला यो संसार ? बच्चा बच्चीलाई घरभित्र राख्न कहाँ सकिन्थ्यो होला ? यो नेटको सर्वसुलभताले मानव जीवनमा रंग भरिदिएको छ । एक मनले यसो भन्छ । तर, अर्को मनले फेरि यो कुरा स्वीकार्न चाहदैन । यसले मानिसको समय पुरै खाइदिएको छ । यो बिनाको जीवन असम्भव जस्तै लाग्दैछ । यो विकराल माहोल कहिले सुध्रिने हो ? नेपाल फर्कन चाहनेहरु त्यत्रो भीडभाड छिचोलेर त्यति लामो यात्रा कसरी कहिले गर्ने हो थाहा छैन । त्यतिन्जेलसम्मको दैनिकी त्यो बिरानो मुलुकमा कसरी धान्ने हो ? जागिरमा फर्कने माहोल छैन । कतिको त जागिर पनि गैसक्यो । घर भित्र बसेर मुखमा माड लाग्दैन । भोलिको दिनकोे दैनिकी कसरी चल्ने हो अन्यौल छ । कतै नेपालबाट पैसा पठाएर सास धान्ने मेलो गर्न पर्ने पो को कि ! त्यो जुटाउने फेरि सबैको हैसियत नहोला । मानव जातिमाथि परेको यो बज्रपात कसरी अन्त्य हुने हो, यो सबै भविष्यको गर्भमा छ । आजभोलि सबैका हातमा केही न केही इलोक्ट्रिोनिक सामान छन् । के बालक, के वृद्ध सबै नेटमा डुबिरहेजस्तो लाग्छ । नेट चलेन भने मात्र परिवारसँग बोल्ने हुन् । नत्र एकै ठाउँमा घन्टौँ बसिरहे पनि एक अर्कामा बोलचालसम्म हुँदैन । सबैको आ–आफ्नाे संसार छ । यो अवास्तविक संसारको यति धेरै मोहमा फसेको छ मान्छे ! त्यो मोहजालबाट बाहिरिने कुनै संभावना छैन । यतिबेला रमाइलो दृश्य पनि देखिएको छ । घरका छत छतबाटै गफ गर्छन् । कोही छतमै हिँड्छन्, कोही फोनमा झुन्डिइरहेका हुन्छन् । कोही छतमा नाचिरहेका हुन्छन् । यति लामो समयसम्म घरभित्र थुनिएको सम्भवत वि. सं. २०४६ सालको जनआन्दोलनपछिको पहिलो अनुभव हो । घर वरिपरि यतिबेला गाडीको कोलाहल छैन । घरमा आउने धुलो पनि निकै कम छ । घरका फर्निचर पहिलाजस्तो पुछिरहन पर्दैन । वायुमण्डलमा पनि धुलोको कणहरु देखिन छाडे । प्रकृतिले पनि काया फेरेजस्तो, सुविस्ताले सास फेरेजस्तो लाग्दैछ । जनावर, पशुपंक्षी, चराचुरुङ्गी र कीराफट्याङ्ग्राहरुले निर्बाध रुपमा उपस्थिति देखाएजस्तो लाग्छ । यो पृथ्वी मान्छे मात्रको होइन उनीहरुको पनि हो भन्ने आभाष मिलेको छ । प्रकृतिको दोहन मानिसले हदैसम्म गरेकोले शायद यो दुष्परिणामको पो हो कि ? पसलहरुमा सामानहरु खरिद गर्दा मिति हेरेर गरिन्थ्यो तर यो पटक त्यसो गरिएन । सामान पाए पुग्यो भन्ने भयो । पसलमा महिनौँदेखि थन्किएर रहेका खाद्यान बिक्री भए । खाद्यान र औषधीका पसलबाहेक अन्य पसलहरु टाट पल्टिने अवस्थामा पुगे । घरभाडा तिर्ने कसरी ? फेरि घरभाडा नतिरे घरबेटी कसरी बाँच्ने ? यो कठिन मोडमा पुगेका व्यापार व्यवसाय तङ्ग्रिन कति समय लाग्ने हो । सरकारले पनि घरधनी तिरै सोझिएर सरकार आफूले राहत दिएझैँ गरी घरभाडा छुट गरीदिन अनुरोध गर्छ । यसबाट घरधनी र भाडावालबीच भोलिको दिनमा द्वन्द्व हुन सक्छ । घरभाडा छुट गर्ने भन्ने कुरा स्वतस्फूर्त रुपमा आ–आफ्नो गच्छे हेरेर गर्ने कुरा हो । कसैको करकापले गरिने विषय होइन । बन्दाबन्दीको समयमा कतिपय मानिसहरुले निर्बाध रुपले हिँड्ने सवारी पास जुटाए । कोही एम्बुलेन्स मिलाएर गाउँको घरसम्म पुगे । कोहीले कालाबजारी गर्नसमेत भ्याए । कसैका सवारीसाधनहरु गुडेको गुडै छन् । कोही भने घरभित्र थुनिएको थुनिएै छन् । सरकार भन्छ, सवारीपासको दुरुपयोग भयो । अब त अनलाइनबाट पास दिने रे । त्यो पनि काजकिरियाको लागि मात्र । बिरामी पर्दा के गर्ने हो थाहा छैन । मृत्युको शोकमा डुबेको बेला कता अनलाइन पास जुटाउने रहेछ ! मान्छे बिरामी हुन्छ, तुरुन्तातुरुन्तै अस्पताल पुर्याउनु पर्छ । कता अनलाइन भर्ने, के के डकुमेन्ट अपलोड गर्ने र सवारी पास लिने ! बिरामीलाई छिटो भन्दा छिटो अस्पताल पुर्याउने कि अनलाइन फर्म भरेर बस्ने ! यो सुन्दै पनि व्यवहारिक नलाग्ने । राजधानीमा पानीको हाहाकार छ । यो समयमा इनारको पानी समेत आउँदैन । यो काकाकुल समयमा बाहिरबाट ल्याएका खाद्यसामग्री, तरकारी फलफुल साबुनपानीले धोएर घरभित्र छिराउनु पर्छ । घरमा बस्दा पनि साबुनपानीले हात धुनपर्छ । यो दैनिकी कष्टकर बन्दै गइरहेको छ । सासै फेर्न सकस भइसक्यो । आफैले फेरेको सासप्रति पनि शंका भइसक्यो । त्यो सासले जीवन दिन्छ कि मृत्यु भन्ने ? कतै हामीले फेर्ने सासमा कोरोना भाइरसका जीवाणुहरु त छैनन ? मान्छे यतिसम्म स्वार्थी बन्ने रहेछ । आफूले घरभित्र महिनौँसम्म पुग्ने खाद्यान्न जुटाएँ भनेर तरकारी किन्न हिँडेकालाई समात्न घरका छतबाट प्रहरीलाई बोलाए । प्रहरीले भने ती निरीह व्यक्तिहरुलाई भ्यानमा कोच्न सकेनन् । शायद उनीहरुले पनि आफ्नो परिवार र आफन्तहरुको व्यथा सम्झे होलान् । यसो भन्दै गर्दा औषधी किन्न गएकालाई निर्घात रुपमा पिटेको दृश्य पनि देखियोे । यो बीचमा केही अनौठा घटनाहरुसँग पनि साक्षात्कार भइयो । मान्छे यतिसम्म स्वार्थी बन्ने रहेछ । आफूले घरभित्र महिनौँसम्म पुग्ने खाद्यान्न जुटाएँ भनेर तरकारी किन्न हिँडेकालाई समात्न घरका छतबाट प्रहरीलाई बोलाए । प्रहरीले भने ती निरीह व्यक्तिहरुलाई भ्यानमा कोच्न सकेनन् । शायद उनीहरुले पनि आफ्नो परिवार र आफन्तहरुको व्यथा सम्झे होलान् । यसो भन्दै गर्दा औषधी किन्न गएकालाई निर्घात रुपमा पिटेको दृश्य पनि देखियोे । डाक्टरहरु स्वयंले पिटाइ खाएको सुन्नमा आयो । पैदल यात्रा गरी घर फर्कने क्रममा बाटाेमा थकाइ मार्ने कामदारहरू । फाेटाेः रमन पाैडेल, डाउनटुअर्थ यो बन्दाबन्दीको समय घरभित्र थुनिए पनि, बुद्धि विवकेलाई थुनेको थिएन । सिर्जनात्मक काम गर्न केल्ले छेक्थ्यो र ? घरभित्र गर्ने काम पनि कति हुन्छ कति । पुरुष र महिलाको भेदभाव नराख्ने हो भने काम गरेर नभ्याइने काम घरभित्रै छन् । घरभित्रको सरसफाइ गरे भयो । करेसाबारीमा गोडमेल गरे भयो । गमलाहरुमा फूल तरकारी सार्नेे गरे पनि भयो । किताबहरुको धुलो पुछे पनि भयो । लुगाफाटाहरु सुकाउने र उठाउने गरे भयो । अस्तव्यस्त सामानहरुलाई व्यवस्थित गरे पनि भयो । कागजातहरुलाई व्यवस्थापन गरे भयो । सकिन्छ, छोराछोरीको पढाइमा सहयोग गरेपनि भयो । उनीहरुलाई आफूसरह कुनै सिर्जनात्मक काममा सरिक गराए पनि भयो । पुस्तकहरु पढ्दा भयो । लेखरचना लेख्दा भयो । पठनसंस्कृतिको विकास गर्ने योभन्दा उपयुक्त समय अरु कुन होला ? बहानाबाजी गरेर आफूसँग नभएको खोजेर भएकोलार्ई बेवास्ता गरेर कसरी हुन्छ ? प्राइभेट स्कुल, कलेजहरुको पनि आआफनै कथा छ । महंगो भर्ना र शुल्क उठाउन पल्केका उनीहरु यतिबेला रन्थनिएका छन् । ब्रिजकोर्स र तयारी कक्षा भनेर मोटो रकम उठाइरहेको बानी, उनीहरुको व्यापार चौपट भएको छ । अनलाइनबाटै भएपनि मोटो रकम असुल्न सकिन्छ कि भनेर तानाबाना बुन्दै छन् । विद्यार्थीहरुलाई जति बेला पनि घोकाइरहन पर्ने किन ? विद्यार्थीहरुलाई केही समय आफ्नै बुद्धिविवेकले अध्ययन, मनन र चिन्तन गर्न दिँदा के बिग्रन्छ ? विद्यार्थीहरुको सिर्जनशीलता माथि यिनै च्याउसरी उम्रेका ब्रिजकोर्स र तयारी कक्षाले कुठाराघात गरेका छन् । वनका काँडा त्यसै तीखा हन्छन् । तिनलाई तिखार्न पर्दैन । कमलको फूल फोहोरी हिलो छेडेर फक्रिएरै छाड्छ । त्यसैले यी प्राइभेट स्कुल र कलेजहरुले अस्वभाविक रुपमा हतार गरेकोमा स्वार्थको गन्ध आएको छ । कोरोना महामारीले केही कुरा सिकाएको पनि छ । भीड मात्र रुचाउने मानिसको जीवनशैलीलाई एकपटक चुनौती दिएको छ । प्रकृतिप्रति मानिसको अधिक दोहनलाई नरुचाएको प्रस्ट छ । यो पृथ्वी मानवमात्रको होइन भन्ने अनुभूति गराइदिएको छ । जैविक हतियारलाई युद्धको माध्यम बनाउन खोजेमा त्यसको ठूलो मूल्य चुकाउन पर्छ भन्ने पाठ सिकाएको छ । भलै अहिलेको महामारी त्यो उदेश्यका साथ नहोस् । जति नै सम्पन्न मुलुक भएपनि महामारीसँग लड्ने क्षमतामा गरिब मुलुकहरुको तुलनामा तात्विक भिन्नता रहेन । यतिबेला न त कुनै विज्ञानको चमत्कारले काम गर्यो । न त कुनै अध्यात्मको साधनाले काम गर्यो । नेपालको सन्दर्भमा महामारीसँग जुध्ने क्रममा वास्तविक विज्ञहरुको खोजी हुन सकेन । एउटा विपद्सँग लड्ने सर्वमान्य राष्ट्रिय संयन्त्र पनि बन्न सकेन । आफ्नाे घर, परिवार भन्दा सुरक्षित अरु केही रहेनछ । त्यही घर, त्यही परिवारको सन्तुष्टिले नै जीवन बाँच्ने आधार दिने रहेछ । मान्छेलाई आफ्नो धरातल र चौघेराको वास्तविक मर्मको अनभूति भयो । भीडभाडभन्दा एकान्तवासको खोजी गर्न सिकायो । आजको जीवनशैलीलाई बदल्न सिकायो । यतिबेला सहर भन्दा गाउँ बस्ती प्यारो भयो । रोजगारीका तौर तरिकामा परिवर्तन ल्याउन पर्ने भयो । कतिपय ठाउँमा पैसाले काम गर्न छाड्यो । पैसाले सुख दिए पनि खुसी बाढ्न सकेन । आफ्ना मानिसहरुको मृत शरीरको दाहसंस्कार गर्ने मौकासमेत गुमाए । मान्छेको मरण जनावरको सरह भयो । मिडियाहरु पनि यतिबेला घरै बसेर समाचार लेख्न बाध्य भए । बलिउड र हलिउडको पनि महत्व रहेन । तेलखानीको पनि महत्व रहेन । अमेरिकाको दबदबा पनि सकियो । सबै खाले असमानताका पर्खालहरु भत्किए । मानवताभन्दा पर केही देखिएन । यो विषम परिस्थितिमा स्वास्थ्यकर्मीहरुको पेशाप्रतिको निष्ठाले काम गर्यो । कतै कतै देश हाक्ने सच्चा नेताको बुद्धि विवेकले काम गर्यो । मानिसहरु आ–आफ्ना घरमा फर्किए । घरमा फर्कन मरिहत्ते गरिरहे । ज्यानै लाने महाकाली नदीसमेत तर्न भ्याए । सयौँ कोशको यात्रा पनि हिडेरै पूरा गरे । आफ्नाे घर, परिवार भन्दा सुरक्षित अरु केही रहेनछ । त्यही घर, त्यही परिवारको सन्तुष्टिले नै जीवन बाँच्ने आधार दिने रहेछ । मान्छेलाई आफ्नो धरातल र चौघेराको वास्तविक मर्मको अनभूति भयो । भीडभाडभन्दा एकान्तवासको खोजी गर्न सिकायो । आजको जीवनशैलीलाई बदल्न सिकायो । यो महामारीले हाम्रो दायरा र सीमाको अवगत गरायो । हामी जुन ज्ञान र बोधका साथ बसेका छौँ, त्यो जीवनरक्षाका लागि पर्याप्त रहेनछ । प्रकृतिको अत्यन्तै न्यून ज्ञान हामीसँग रहेछ । जहिले पनि विपद्को लागि तयारी अवस्थामा बस्नु पर्ने रहेछ । विपद्लाई विपद्को रुपमा बुझन नसक्दा सिङ्गो विश्वले ठूलो मूल्य चुकाउन पर्ने रहेछ । (विपद् जोखिम न्यूनीकरणमा महाविद्यावारिधी गरेका डा.तिवारी पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापन पेशमा सक्रिय छन् ।)
मानव जातिमा थपिएका चुनौति
नोभल कोरोना भाइरस (काेभी) एक नयाँ प्रजातिकाे भाइरस हो । यो भाइरस चीनको हवेइ प्रान्तको वुहानमा गत डिसेम्बर ३१ मा पहिलो चोटी पहिचान गरिएको थियो । यस रोगलाई हाल कोरोना भाइरस रोग २०१९ (कोभिड–१९ ) भनि नामाकरण गरिएको छ, जसमा ‘को’ ले कोरोना र ‘भि’ले भाइरस भन्ने बुझाउँछ । यो रोगलाई पहिले २०१९ नोभल कोरोना भाइरस वा २०१९ एन कोभि भन्ने गरिएको थियो । यो भाईरस एक परिवर्तित स्वरुपको भाईरस हो जसलाई सिभियर एक्युट रेस्पिरेटोरी सिन्ड्रम ( सार्स ) र सामान्य प्रकारका रुघाखोकीसँग पनि सम्बन्धित मानिएको छ । १०४ फरेन्हाईट भन्दा माथि ज्वरो आउनु , खोकी लाग्नु , तथा स्याँस्याँ हुनु यस रोगका प्रमुख लक्षणहरु हुन् । यो रोग जटिल हुदै गएको अवस्थामा यसको संक्रमणले निमोनियाँ हुनुको साथै सास फेर्न कठिन हुन्छ । कोभिड–१९ को नै लक्षण हो वा होइन भनि निक्रर्याेल गर्नको निम्ति परिक्षण नै गर्नु पर्ने हुन्छ । त्यसैले हामीले रुघाखोकी लागेको अवस्थामा पनि होसयारीपूर्वक आफ्नो स्वास्थ्यको परिक्षण गरि हाल्नु पर्ने आवश्यकता देखिन्छ । अहिले रोगले एउटा महामारीको रुप धारण गरिरहेको छ । पहिले चीनमा देखापरेको यो भाईरसले हाल २१५ वटा राष्ट्रमा आफ्नो प्रभुत्व जमाई सकेको अवस्था छ । आज यस भाईरसका कारण विश्व नै भयभित, त्रसित र स्तब्ध भएको छ । यस भाईरसको संक्रमणबाट बच्नका लागि आज विश्व भरि नै विभिन्न उपायहरु अपनाईरहेका छन् । ती उपायहरु हाम्रो देशले पनि अपनाएको छ । जस्तो कि नियमित रुपमा सावुन पानीले २० सेकेन्डसम्म मिचिमिचि हात धुने वा सत्तरी प्रतिशत भन्दा वढी अल्कोहल भएको जिवाणु नाशक पदार्थ (स्यानिटाईजर ) को प्रयोग गर्ने, खोक्दा वा हाच्छयूँ गर्दा कुहिनो वा कागजको रुमालले नाक, मुख, छोप्ने र प्रयोग पश्चात तत्काल त्यसलाई बन्द फोहोरदानीमा फाल्ने, रुघाखोकी वा फ्लुका लक्षण देखिएका व्यक्तिबाट टाढा बस्ने, आफू वा आफ्नो वालवालिका तथा वृद्धवृद्धामा ज्वरो, खोकी वा सास फेर्न कठिनाई भएमा तुरुन्तै स्वास्थ्य सेवा लिने, सामाजिक दुरी बढाउने कार्य गर्नु पर्दछ । यस भाईरसलाई फैलिन नदिनका लागि संक्रमित व्यक्तिले आफूलाई नियमपूर्वक क्वारेन्टिन वा आइसोलेसनमा बसी उपचार गर्नु पर्दछ । हाल यस भाईरसको निवारणका लागि कुनै औषधि खोपहरु पत्ता लागेको छैन । विभिन्न देशका वैज्ञानिक तथा विज्ञहरु यो भाईरस विरुद्धको खोप औषधिको अनुसन्धानमा दिनरात जुटिरहेको अवस्था छ । तैपनि यो भाईरस विरुद्धको औषधि खोप पत्ता लाग्न सकेको छैन । यो भाईरसको न्युनिकरणका लागि लकडाउन नै एउटा अचुक उपाय सावित भएको छ । तसर्थ अहिलेको अवस्थामा व्यक्ति स्वंयम आफै चिकित्सक हो । त्यसैले व्यक्ति आफै सचेत भई सरकारले जारी गरेका नियम निर्देशनहरु र विश्व स्वास्थ्य संगठनले दिएका नियम तथा निर्देशनहरु पालन गरी घरभित्रै बस्नु पनु पर्दछ । त्यसकारण हाल यो भाईरस विरुद्धमा विश्वका धेरै देशहरुले लकडाउन गरिरहेको अवस्था छ । विश्वको अवस्था कोरोना भाईरसले आज विश्वलाई नै त्रासपूर्ण अवस्थामा बाच्न बाध्य बनाएको अवस्था छ । किनकी यो भाईरस विरुद्धको खोप औषधि अहिलेसम्म पत्ता नलाग्नु र यो भाईरस न्यून हुनुको सट्टा दिन प्रतिदिन भुसको आगो सल्के झै तीव्र गतिमा विश्वका २१० भन्दा वढी देशहरुमा फैलिदै महामारीको रुप लिईरहेकोछ । आज यो भाईरसको महामारीबाट सिंगो विश्व कै मानव समाज इतिहास कै सर्वाधिक कठिन मोडमा उभिएको छ । विश्वका धेरै जस्तो देशमा लकडाउन गरिए सँगसँगै मानिसहरु भयभित, त्रसित र स्तब्ध छन् । विश्वकै मानिसहरु आफ्नो सम्पूर्ण कामकाजलाई थाती राखि पिंजडाको सुंगा झै एउटा घरमा सीमित भएर बस्नु परेको अवस्था छ । तैपनि आज विश्व यो भाईरसको संक्रमणबाट आक्रान्त बनेको छ । मानिसहरु खाद्यन्नको आभाव भई दिनदिनै भोकभोकै मर्ने अवस्थाको सिर्जना हुँदैछ । लेखक विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेसंगै कोरोना भाइरसको महामारीको त्रास विश्व भरि फैलिदै जानेक्रममा यी पङ्क्ति लेख्दासम्म विश्वमा हालसम्म २३ लाख २८ हजार ६०० जना मानिसहरु कोरोना भाईरस संक्रमित भैसकेका छन् भने एक लाख ६० हजार ७०१ जनाको ज्यान गईसकेको छ । पाँच लाख ९५ हजार २१७ जना रिकभर भई सकेको अवस्था छ । नेपालको सन्दर्भमा ३१ जना संक्रमित मध्ये २८ जनाको उपचार जारी छ भने तीन जना उपचार पछि घर फर्किएका छन् । यता चीनले कोरोना भाईरसको महामारीलाई नियन्त्रणमा धेरै हदसम्म सफलता हासिल गरेकाे छ भने उता अमेरिका, इटाली, इरान, स्पेन, जर्मनी, फ्रान्स, वेलायत आदि देशहरुमा द्रुत गतिमा सङ्क्रमितको संख्या वृद्धि भईरहेको अवस्था छ । संक्रमितको संख्याका हिसावले उच्च दश मुलुकमा क्रमश अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, वेलायत, इरान, टर्की र वेल्जियम छन् भने संक्रमणको कारणले सबभन्दा वढी मृत्यूको घट्ना हुने मुलुकहरुमा क्रमश अमेरिका, इटाली, स्पेन, फ्रान्स, वेलायत, इरान, वेल्जियम, चीन, जर्मनी र नेदरल्यान्डहरु पर्दछन् । यस महामारीले विश्व भरका मानव जातीमा आर्थिक, सामाजिक र मनोवैज्ञानिक त्रास पैदा गरिदिएको अवस्था छ । आज यो भाईरसका कारण विश्वको अर्थतन्त्र, राजनीति र विद्यमान शक्ति सन्तुलन नै खलबलिन पुगेको अवस्था देखिन्छ । यो कोरोना भाईरस महामारीको विरुद्धमा चीन आक्रमक भएर लागेको देखिन्छ भने अमेरिका रक्षात्मक भएको अवस्था देखिन्छ । नेपालको अवस्था विश्व जगत नै कोरोना भाइरसले ग्रस्त भैरहेको आजको अवस्थामा नेपाल पनि अछुतो रहेको छैन। विश्व जगतको लकडाउन संगै नेपालमा पनि लकडाउन भईरहेको अवस्था छ । नेपालमा पहिलो पटक चैत्र ११ गते देखि १८ गते सम्म भएको थियो । तर भाईरसको तिव्रतालाई ध्यान दिदै नेपाल सरकारले फेरी क्रमश १९ गते देखि २५ गते सम्म, २६ गते देखि वैशाख ३ गते सम्म र वैशाख ४ गते देखि १५ गते सम्म गरी पटक पटक लकडाउनको अवधि बढाइरहेको छ । जसको कारण नेपालमा पनि सामाजिक, आर्थिक, राजनीति लगायत पेशा व्यवसाय तथा जनजीवन नै ठप्प भएको अवस्था छ । विदेशी तथा स्वदेशी लगानी रोकिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले निश्चित समयका लागि मात्र काउन्टर खोलेका छन् भने बैंकका अन्य कारोवारहरु ठप्प छन् । शेयर कारोवार पनि ठप्प भएको अवस्था छ । नेपालको जी. डि.पी. मा ७३ प्रतिशत हिस्सा गैर कृषि क्षेत्र छ । देशभित्र ५० लाख भन्दा बढी नेपालीहरु वेरोजगार भएका छन् भने वैदेशिक रोजगारमा गएका ४० लाख भन्दा बढी नेपालीहरु रोजगार विहिन हुने अवस्था देखिन्छ । त्यस्तै गरि भारतमा पनि लाखौ नेपालीहरुले रोजगार गुमाएका छन् । रेमिट्यान्स घटेको छ भने अझ घट्ने क्रममा देखिन्छ । रेमिट्यान्सले धानेको हाम्रो मुलुकको अवस्था नाजुक बन्दै गईरहेको र नेपालीहरुको भविश्य अन्धकार हुदै गएको अनुभव गर्न सकिन्छ । भारतमा कार्यरत लाखौ नेपालीहरु घर फर्किएका छन् भने कति सीमानामा आएर अलपत्र परिरहेको अवस्था छ । नेपालमा किसानहरुले उत्पादन गरेका सामान बजारसम्म ल्याउन नसकि नष्ट भईरहेका छन् । बजारमा भने सागसब्जीको अभाव खडकिन थालेको अवस्था छ । मूल्य वृद्धि, कालोबजारी बढेको छ । सरकारले चालु आ. व. मा मुलुकको आर्थिक वृद्धिदर साढे आठ प्रतिशतको लक्ष्य लिएको भएता पनि लकडाउनका कारण चालु आ. व. मा मुलुकको आर्थिक वृद्धिदरमा गिरावट आउने तिव्र संम्भावना देखिन्छ । हालको अवस्थामा सरकारले राहतको व्यवस्था गरेको त छ तर सन्तोसजक भएको पाईने अवस्था छैन् । यस्तो महामारीको संकटको अवस्थामा पनि भ्रष्टचारले आफ्नो प्रभुत्व जमाएको समाचारहरु विभिन्न पत्रपत्रिका, सामाजिक संजाल तथा विभिन्न मिडियाहरुबाट सुन्न र पढन पाईएको अवस्था छ । मुलुकमा यस्तो अवस्थाको र्सिजना हुनु भनेको देश ठूलो संकटको भूमरीमा पर्नु हो । विश्व समुदायका चुनौती विश्व आज तेश्रो विश्व युद्धमा होमिएको आभाष हुन्छ । किनकी यस भाईसले कुनै जात, धर्म, राष्ट, सानो, ठूलो, धनी, गरिव केही नहेरी बेजोड रुपमा हमला गरिरहेको छ । मानव जातीलाई बाच्नका लागि धेरै संघर्स गर्नु पर्ने छ । चीनमा पहिलो पटक देखापरेको चार महिना वितिसक्दा पनि नोभल कोरोना भाईरस अझ तिव्र हुदै गइरहेको यो परिप्रिक्षमा यस भाईरसले आज सम्मको मानव जातिको अनुसन्धान, विकास तथा प्रविधिमा भईरहेको प्रगतिलाई ठाडो चुनौती दिएको छ । मानव सम्यता र आधुनिक विज्ञान माथि नै धावा वोलिरहेको आभाष गर्न सकिन्छ । यसले अत्यन्तै विकसित मुलुकहरुलाई पनि यसबाट सिर्जित चुनौतीहरुको समना गर्न बाध्य बनाएको छ । विश्व आज तेश्रो विश्व युद्धमा होमिएको आभाष हुन्छ । किनकी यस भाईसले कुनै जात, धर्म, राष्ट, सानो, ठूलो, धनी, गरिव केही नहेरी बेजोड रुपमा हमला गरिरहेको छ । जसको कारण विश्व नै लकडाउन गरिएको अवस्थामा यसले मानव जातीलाई ठूलो चुनौती दिएको छ । जस्तो की विश्वमा आर्थिक मन्दी हुने छ जसले मानव जातीलाई बाच्नका लागि धेरै संघर्स गर्नु पर्ने छ । विश्व व्यापार संगठनले पनि कोरोनाका कारण सन २००८ को भन्दा पनि खराव आर्थिक मन्दी हुन सक्ने खतरा औलाएको छ । त्यस्तै गरि माग र आपूर्तिमा निकै गिरावट आउनेछ । उत्पादन तथा व्यापार व्यवसायमा कमी आउने छ । रोजगारी तथा आयमा भारी गिराउट आउनेछ । सामाजिक, राजनीति तथा धर्मसंस्कृति धारासायी हुने देखिन्छ । मूल्य र वित्तीय बजारमा तिव्र मन्दीको अवस्था आउनेछ । पर्यटन क्षेत्र संकटमा पर्ने छ । मानव मानव बीचको सम्वन्ध नै विथोलि रहेकोछ । स्वास्थ्य क्षेत्रमा बढी लगानी बढाउनु पर्ने देखा परिरहेको छ । यी यावत चुनौतीहरुको सामना गर्न विश्वजगतले भारी मेहनत गर्नु पर्दछ । नेपाल समुदायका चुनौती नेपालमा पनि कोरोना भाईरसले प्रवेश गरिसकेको छ । त्यसैले नेपालले पनि यो भाइरस विरुद्ध लकडाउन गरिरहेको छ । जसको कारण नेपालमा पनि विभिन्न चुनौतीहरु खडा हुने देखिन्छ । जुन चुनौतिहरुसँग सामना गर्नको निम्ति ठूलै मूल्य चुकाउनु पर्दछ । नेपालको लागि पहिलो चुनौती नै स्वास्थ्य क्षेत्र रहेको छ । नेपालले सबै काम छाडेर स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ सवल र सक्षम बनाउनु पर्ने आवश्यकता खडकिएको छ । त्यस्तै गरि सीमाको समस्याको कुरा तिव्र रुपमा उठनेछ । पर्यटन क्षेत्र सबै भन्दा बढी प्रभावित भएको देखिन्छ । उत्पादन व्यापार र वैदेशिक लगानीमा भारी कमि आउने छ । रोजगारी र आयमा अझै भारी गिरावट आई देशमा भोकमरीको अवस्था सिर्जना हुन सक्ने तिव्र सम्भावना देखिन्छ । वस्तु तथा सेवाको माग र आपूर्ति दुवैमा प्रकट हुने अवरोध र न्युनताका कारण नेपालको अर्थतन्त्रले इतिहास कै भारी मन्दीको सामना गर्नु पर्ने देखिन्छ । मूल्य र वित्तीय बजारमा भारी मन्दी आउने छ । विश्व अर्थतन्त्र नै चर्को मन्दीमा गुज्रको हुदाँ विदेशी सहायतमा पनि कमि आउने देखिन्छ । यी विविध कारणले गर्दा नेपालको आर्थिक वृद्धिदरमा उल्लेखनिय गिरावट आउन सक्ने छ । सामाजिक रुपमा व्यक्ति व्यक्ति बीचको सामाजिक सम्बन्ध खल्बलिने अवस्था देखिन्छ । नेपालको सामाजिक, राजनीतिक, आर्थिक, धर्मिक, संस्कृतिक पक्षहरू खलबलिने छन् । नेपालको शिक्षा क्षेत्र तथा न्याय क्षेत्र पनि कोरोना भाईरसका कारण प्रभावित भैरहेकोछ । नेपालले यी विविध चुनौतीहरुसँग सामना गरि नेपाललाई सक्षम र सवल बनाउनका निम्ति ठूलै संघर्ष गर्नु पर्ने देखिन्छ । विश्व अर्थतन्त्रमा परेको प्रभाव विश्व अहिले कोरोना भाइरसको संक्रमणले आक्रन्त बनिरहेको र मानव जातीहरुले त्रासपूर्ण जिन्दगी विताईरहेको अवस्थामा छ । त्यसकारण धेरै मुलुकहरु भाईरसलाई फैलिन नदिनका लागि लकडाउनमा छन् । जसको कारण विश्व अर्थतन्त्रको शुक्ष्म र समष्टिगत दुवै आयममा नकारात्मक प्रभाव परिरहेकोछ । संक्रमणको अस्थिर र अनिश्चित प्रकृतिका कारण अर्थशास्त्रीहरुलाई यसको आर्थिक असरबारे खास अनुमान गर्न कठिन भएको छ । तर पनि कोरोना महामारीको यस्तै गरि समय लम्विदै गएको खण्डमा बस्तु तथा सेवा र आपूर्ति दुवैमा सिर्जना हुने अवरोध र न्यूनताका कारण विश्व अर्थतन्त्रमा नराम्रोसँग मन्दीको सामना गर्नु पर्ने अवस्था भएको छ । प्रभावित मुलुकमा संक्रमण नियन्त्रणका कारण क्वारेन्टिन तथा सेल्फ आइसोलेसन वा लकडाउनमा छन् । यात्रा प्रतिवन्ध, व्यापारिक महल, साना व्यवसाय, होटल, रेस्टुरेन्ट, अन्य मनोरञ्जन स्थल जस्ता सार्वजनिक स्थल बन्द गर्ने नीतिका कारण आर्थिक गतिविधिमा उल्लेखनिय कमि आई आगामी दिनमा यस्ता क्षेत्रका रोजगारी र आयमा कटौती हुनेछ जसले मागमा कमि आई रोजगारी र आयमा गिरावट आउँदछ । उत्पादन, व्यापार र वैदेशिक लगानीमा कमि हुनेछ । पर्यटन क्षेत्र, शैक्षिक क्षेत्र, न्याय क्षेत्र प्रभावित भएका छन् । मूल्य र वित्तिय बजारमा कमि आउछ । सरकारी बजेट घाटामा गईरहेको अनुभव गर्न सकिन्छ । यी विविध कारणबाट बस्तु र सेवाको उत्पादन र वितरणको गतिविधि ठप्प हुदाँ विश्वको आर्थिक वृद्धिदरमा भारी गिरावट आउनेछ । एशियाली विकास बैंकले गत मार्च पहिलो साता गरेको अनुमान अनुसार कोरोनाका कारणले सन २०२० मा विश्व अर्थतन्त्रको आकार (कुल गाह्रस्थ उत्पादन ) मा पूर्वानुमानको तुलनामा आधारभूत अवस्थामा ०.१ प्रतिशत विन्दु (अर्थात ७७ विलियन डलर ) र अति खराव अवस्थामा ०.४ प्रतिशत विन्दु (अर्थात ३४७ विलियन डलर) ले संकुचन आउने छ । मध्यम प्रभावको स्थितिमा भने यो ०.२ प्रतिशत विन्दु (अर्थात १५६ विलियन डलर )ले खुम्चनेछ । आकलनको सन्दर्भमा आधारभूत, मध्यम र अति खराव स्थितिलाई कोरोना महामारी क्रमश २ महिना, ३ महिना र ६ महिना रहने अवस्थालाई मानिएकोछ । विश्वमा पर्ने कोरोनाको प्रभावको दुई तिहाई भार पर्ने मानिएको छ । चीनको सन्दर्भमा भने तीन वटा परिस्थितिमा पूर्वानुमानित अर्थतन्त्रको आकार क्रमश ०.३ प्रतिशत, ०.८ प्रतिशत र १.७ प्रतिशत विन्दुका दरले घट्ने आकलन गरेकोछ । अर्थतन्त्रमा आउने गिरावटले चीन निकट जापान, कोरिया,पूर्वी र दक्षिण पूर्वी एसिया लगायत केही अर्थतन्त्र, बस्तु निर्यातकर्ता मुलुक र यूरापियन क्षेत्रलाई बढी प्रभाव पार्नेछ । अर्थशास्त्रीहरुको विश्लेषण अनुसार विश्व अर्थतन्त्र सन २०२१ मा भने क्रमश सुधारोन्मुख हुनेछ । तर यस्तो सुधारोन्मुख हुनका लागि महामारीले लिने समय र पार्ने प्रभावमा भर पर्दछ । त्यसको नियन्त्रणका लागि लिने नीति कति प्रभावकारी र उपलब्धिमुलक हुन्छन् भन्नेमा भर पर्दछ । नेपालको अर्थतन्त्रमा पर्ने प्रभाव कोरोना भाईरसका कारण नेपाली अर्थतन्त्रमा भारी प्रभाव परिहेको छ । जसले गर्दा आर्थिक मन्दी विकराल हुनेछ । जसले गर्दा कैयौ वित्तीय संस्थाहरु टाट पल्टने अवस्थामा पुग्ने छन् । वेरोजगार समस्याले अझ उग्ररुप लिने देखिन्छ । रेमिट्यान्स अर्थतन्त्र करिव करिव समाप्त हुने आँकलन गर्न सकिन्छ । विदेशी ऋण सहायतामा कमि आउनेछ । विभिन्न उद्योगधन्दाहरु बन्द हुने अवस्थामा पुग्नेछन् । पर्यटन व्यवसाय र सोसँग सम्बन्धित उद्योगधन्दाहरु धारासायी हुनेछन् । सरकारले चालु आ. व. मा मुलुकको आर्थिक वृद्धिदर साढे आठ प्रतिशतको लक्ष्य लिएको भएता पनि लकडाउनका कारण चालु आ. व. मा मुलुकको आर्थिक वृद्धिदरमा गिरावट आउने तिव्र संम्भावना देखिन्छ । यि विविध कारणले गर्दा हाम्रो भविश्य कठिन र अन्धकार हुने सक्नेछ । मानव सभ्यता र संस्कृतिमा पर्ने असर विश्व मानव समुदाय सम्पूर्ण जगत नै कोरोनाको महामारीसँग जुझ्दै गरेको यो विषम घडीमा मानब सम्यता र संस्कृतिमा नकारात्मक असर परेको छ । कोरोना नियन्त्रणका निम्ति विश्वभर लकडाउन भएका कारण आज मानव जाती एउटा घर भित्र बन्दी भई बस्न बाध्य भएको छ । जसको कारण मानव जातिको कामकाज चालचलन, रितिरिवाज, धर्म, पेशा, आनीवानी, भेषभूषा सवैमा प्रतिवन्ध लागेकोछ । त्यसैले हाल मानव जाति अहिले त्रासपूर्ण जीवन ज्यून बाध्य भएको तितो अनुभवले भोलीको अवस्थालाई गिज्याई रहेकोछ । यस्तो हुनु भनेको मानव जातिको स्वतन्त्रताको हक खोसिनु हो । सवै कामकाज ठप्प भएको यो अवस्थामा दिनदिनै मानिसहरु भोकभोकै मर्न सक्ने अवस्थाको र्सिजना हुदै गएको छ । त्यस्तै गरि मानव विभिन्न धर्मसंस्कृति चाडपर्वबाट पनि वन्चित हुन पुगेको छ । तर कोरोना महामारीले पूविर्य संस्कृति व्यताएको महसुस गर्न सकिन्छ । आज सारा विश्वले पश्चिमा संस्कृति हात मिलाउने, अंकमाल गर्ने संस्कृतिलाई छाडेर पूर्विय सस्कृतिको खाना खाने वेलामा बाहिर पानी राखि दिने , कपडा फेरेर खाना खाने , मानिसको मृत्यू भएको वेलामा मलामी गएर घर आउदा घर भित्र पस्नु भन्दा अगाडि आगो छुएर र नुहानु पर्ने प्रचलन रहेको छ । जसलाई विश्वले आज अनुसरण गर्दै हात धुने र नमस्कारलाई अंगालेको छ । यो पूर्वीय दर्शनका लागि राम्रो पक्ष हो भन्न सकिन्छ । मानव जातीमा थपिएका चुनौति पितृसत्ताद्धारा पीडित महिलाहरुले रोजगारी गुमाउनु पर्दा झन संकटमा पर्ने देन्खिछ । महिलाहरु माथि यौनिक हिंसा अझ बढेर जानेछ । नियोजनका सेवा र सुविधाबाट बञ्चित भएको यो अवस्था पछि महिलाको यौन स्वास्थ्य र अधिकारमा भारी असर पर्ने छ । कोरोना महामारीले विश्व मुलुक र मानव जातिलाई ठाडो चुनौति दिईरहेकोछ । कोरोनाको कहरपछि सबभन्दा बढी अर्थतन्त्र संकटमा पर्नेछ । अर्थव्यवस्थामा देखापर्ने संकटको पहिलो सिकार कमजोर आर्थिक अवस्था भएका मानिस र मुलुकहरु हुनेछन् । जसको कारण मुलुकमा वेरोगार समस्या अझ वढेर जानेछ । यसको पहिलो र सबभन्दा वढी सिकार असंगठित क्षेत्रका मजदुरहरु तथा महिलाहरु हुनेछन् । पितृसत्ताद्धारा पीडित महिलाहरुले रोजगारी गुमाउनु पर्दा झन संकटमा पर्ने देन्खिछ । महिलाहरु माथि यौनिक हिंसा अझ बढेर जानेछ । नियोजनका सेवा र सुविधाबाट बञ्चित भएको यो अवस्था पछि महिलाको यौन स्वास्थ्य र अधिकारमा भारी असर पर्ने छ । विश्व संसार अहिले भन्दा कम खुल्ला, कम समृद्ध र कम स्वतन्त्र हुनेछ । खुल्ला सीमा भएका मुलुकहरुमा खुल्ला सिमाको विरुद्ध तिब्र रुपमा आवाज उठ्नेछ । विश्व व्यापारमा कमि आउनेछ । विदेशी ऋण सहायता अनुदानमा कमि हुनेछ । शिक्षा क्षेत्र, पर्यटन क्षेत्र, कृषि क्षेत्र, सामाजिक, आर्थिक राजनिती , धर्मसंस्कृति क्षेत्र प्रभावित हुनेछन् । हाल स्वास्थ्य व्यवस्था गम्भीर संकटमा परेको हुनाले कोरोनाको कहर पछि सरकारले सवभन्दा पहिले स्वास्थ्य माथि पूर्नविचार गरी गरीवी निवारणको कोष स्वास्थ्य व्यवस्थामा नै लगानी वढाउनु पर्ने हुन्छ । यी विविध कारणले मुलुकमा गरिवी संकट पर्न गई मुलुक नै ठुलो संकटको भुमरीमा फस्नेछ । जसको कारण मुलुकमा भोकमरी भई धेरैले ज्यान गुमाउनेछन् । त्यसैले हरेक मुलुकले अहिले नै सजग र समवेदनशिल भई यी विविध समस्याका समाधानका वाटोहरु केलाउनु पर्ने जरुरी भईसकेको देखिन्छ । वाताबरण र जीव जगतमा पर्ने असर कोरोना महामारीले मानव जगतमा मात्र नभएर वातावरण र विभिन्न जीवहरुमा असर गरिरहेको छ । कैयन जीवजन्तुहरु मानिसहरुले छरेका र दिएका अन्न खाएर बाँचेका थिए । तर अहिले मानव कोरोनाको कहरलाई नियन्त्रण गर्नका लागि विश्व मुलुक नै लकडाउनमा रहेको अवस्था छ । मानिसहरुले बन्दी जीवन बिताईरहेकाछन् । त्यसैले मानिसहरुले घर वरीपरि र मन्दीरहरुमा जान सकेका छैनन् । अन्न छर्न र दिन नसकेका कारण जीवजन्तु चराचुङ्गीहरुको जीवन धाराशायी बन्दै गएकोछ । यता मानिसहरु लकडाउनमा परेका हुनाले कलकारखाना उद्योगधन्दा संचालन गरेका छैनन् । जसले गर्दा बायुमण्डली वातावरण सफा भएकोछ । बाटोहरुमा मानिसहरुको भीडभाड छैन । त्यसैले बाटोहरु सफा छन् । तर यसो भन्दै गर्दा पनि मानव जगत गम्भीर संकटमा परेको छ । कोरोना जस्ता अन्य महामारी यसभन्दा अघि पनि वेला वेला आउने गरेका थिए । यस्ता संकटहरु स्वयम मानव जातिले विवेक गुमाएर वनजंगल विनाश तथा वन्यजन्तुहरुको विनास गरेको कारणले नै निम्तेको पाईन्छ । यस्ताे महामारीको कुनै राजनीति, जैविक वा प्राकृतिक सीमा हुदैन । महामारीले मान्छेको न आर्थिक अवस्था हेर्छ न त सामाजिक र राजनीति हैसियत केही हेर्दैन । कोरोना जस्ता भाइरस वन्यजन्तुको कोषमा बसुन्जेल मानिसका लागि हानिकारक हुदैन । जव मानिसले वातावरण विनास गर्छ तव यस्ता रोगहरुले वन्यजन्तुबाट मानिसमा सरेर प्रकोपको रुप लिन्छन् । यस्ता महामारी र प्रकोपबाट बच्नका लागि मानिसले वेलैमा सोचेर अघि वढ्नु आवश्यक छ । नत्र भने भविश्यमा झनै ठूलाे महामारीको चपेटामा पर्न सक्नेछ । यस्ता महामारी रोक्न विकसित तथा अल्पविकसित समाजले वेलैमा सोच्न पर्ने जरुरी देखिन्छ । विकसित राष्ट्रहरुले आर्थिक उन्नतिका लागि प्राकृतिक श्रोतको विनास कम गर्नुपर्छ । अविकसित समाजले पनि वन्यजन्तुको सिकार गरि जीवन चलाउने कामलाई न्यून गरि पर्यावरणलाई जोगाउनु अत्यन्त आवश्यक देखिन्छ । सन्देश नोभेल कोरोना भाइरसले विश्वभर महामारीको रुप लिदै गर्दा यो रोगले विश्व जगतलाई केही सन्देश पनि दिईरहेकोछ । जस्तो की सिंगो विश्व जगत एक हो । विश्वका सवै मानिसहरु एकै हुन् । मानिसहरुलाई खालि भूगोलको राजनितिक विभाजनले मात्र टाढा वनाएको हो । त्यसैले एक विवेकशिल राष्ट्र तथा व्यक्तिले सवै सँग असल भाईचाराको सम्बन्धको विकास गरि आ–आफ्नो विचको दुरी कम गर्नु पर्दछ । यहाँ सवै प्राणी जगतको समान अधिकार हुन्छ । कुनै धनी, गरिव, जातवर्ण, कालोगोरी उचनिच आदिको आधारमा विभेद गरिनु हुदैन । यो संसारमा धनी, गरिव, उचनिच कोही छैन सवै समान छन् । त्यसैले प्रत्येक मानिसहरुले जात, धर्म,राजनिती, आर्थिक अवस्था सबै भुलेर एकिकृत हुनुको कुनै अर्को विकल्प नै छैन भन्ने सन्देश दिएको आभास हुन्छ । कोरोनाको कहरले आफ्नो मातृभूमिको महत्वलाई प्रष्ट अगाडि देखाईदिएकोछ । प्रत्येक मानवले आफ्नो गाँउघर शहर पुरै राष्ट्रलाई सफा राख्नु जरुरी हुन्छ । सरसफाईमा सबैले ध्यान दिनु नै मानव जगतको लागी बुद्धिमता हुने देखिन्छ । पैसा र धनसम्पतिले मात्र मानवलाई बचाउन सक्दैन त्यसैले विकाशलाई भौतिक र यान्त्रिक उन्नतिमा मात्र केन्द्रित नगरी मानवको स्वास्थ्यलाई केन्द्रमा राख्नु पर्ने आवश्यकता छर्लङ्ग पारिदिएको छ । वातावरण र अन्य जीवको पनि संरक्षण गर्नु पर्ने सन्देश दिएको छ । अन्तमा हाल विश्वभर कोरोना महामारीको त्रास छाएकोे छ । कोरोनाको कहरलाई नियन्त्रण गर्नका लागि विश्व भरी लकडाउन गरिएको छ । विश्व जगतसँगै नेपाल पनि लकडाउनमा छ । जसले गर्दा देशको अर्थतन्त्र, शिक्षाक्षेत्र, न्यायक्षेत्र, पर्यटनक्षेत्र कृषि क्षेत्र आदि सबै क्षेत्रहरु प्रभावित हुन पुगेका छन् । मुलुकमा बरोजगार समस्या अझ बढेर गएको छ । हरेक तह र तप्काका मानिसहरु संकटमा परेका छन् । मानव जातिको भविश्य अन्धकारमय भएको छ । त्यस कारण सरकारले अहिले दुरदर्शी भई समस्याको समाधान गर्दै जानु पर्ने आवश्यकता देखिएको छ । दीर्घकालिन योजना ल्याउनु पर्ने देखिन्छ । नागरिकहरुले भने सरकारद्धारा जारी गरिएका नीति नियममा बसी सरकारलाई सहयोग गर्नु पर्दछ । (सुनसरी निवासी लेखक समाजशास्त्री तथा मेलमिलापकर्ता हुन्) [email protected]
चुक्चुकाउँदै मनहरू
किर्तिपुर नगरसँगै हिमालकाे दृष्य प्रकृतिको नियम अनौठो छ । धर्मास्तिकहरू यही कुरालाई भगवानको लीला भन्लान् । घरसँगको न्यानो सम्बन्ध तोडेर रात दिन खुल्ला चौर, खेत अनि मैदानमा न्यास्रिँदै बिताएका पलहरू कटाएको चार वर्ष पुग्दा नपुग्दै रीति उल्टिएको छ आज । आआफ्नै घर र कोठामा कैद भएको छ मान्छे । घर छोडेर बाहिर निस्कनु हानिकारक छ भन्ने स्वयं मान्छेले बुझेको छ । मान्छेमा त्यति विवेकले काम नगरेको अवस्थामा अथवा बाहिर निस्कन पाईन्छ वा पाईदैन भनी जाँच्नको लागि बाहिर निस्किएका मान्छेहरूका लागि चोकमा खटिएका प्रहरीको लाठीले राम्रैसँग सम्झाउने गरेको छ आजभोलि । छिमेकी देश चीनको बुहान क्षेत्रमा उत्पत्ति भई फैलिएको प्राणघातक कोरोना भाइरसका कारण विश्व समुदाय यतिखेर चिन्तित अवस्थामा छ । त्रसित अवस्थामा छ । हामी उत्पत्तिस्थल देशसँग सीमा जोडिएको स्थानमा भएका कारण उच्च जोखिममा रहेको कुरा विश्व स्वास्थ्य सङ्गठनले अनुमान गरेको छ । दुःखीमाथि प्रकृतिको न्याय हो वा सदाशयता हो, अन्य स्थानहरूमा जुन गतिमा यो भाइरस फैलिएको छ, त्यो गति नेपालमा देखिँदैन । अथवा त्यो रफ्तारले नेपालमा भाइरस फैलिएको देखिँदैन । खैर, हामीले त्यसको गतिलाई वास्तविक रूपमा पहिचान गर्न नसकेका पो हाैं कि ? प्रकृतिको न्याय, प्रकृतिको माया अथवा प्रकृतिको सदाशयता भन्नु एउटा भावुकताको स्वाङ् हुनसक्छ । यथार्थतः यससँग हाम्रो जीवनशैली नै पो जाडिन्छ कि ? यसरी विभिन्न कोणबाट हामी आफूले आफैलाई विश्लेषण गर्ने तथा पहिचान गर्ने समय आएको छ । विभिन्न धर्मका अन्धभक्तहरूको अफवाह सामाजिक सञ्जालमा फैलिने क्रम पनि सँगसँगै बढिरहेको छ । यस्तै यस्तै प्रकारका भिडियोहरूले सामाजिक सञ्जाल मार्फत अहिले आम मान्छेलाई पेट मिचिमिचि हँसाएको छ । तर यो गम्भिर हुने समय हो । “औलोको अर्को रूप कोरोना” यस्तै यस्तै अभिव्यक्तिहरू पोष्टिन्छन्, आजभोलि फेसबुके भित्ताहरू । हाम्रा परम्परागत तथा छिरलिएर बसेका बस्तीहरू यस्ता प्रकारका सङ्क्रमण सुरक्षाको हिसाबले अत्यन्तै उपयुक्त थिए भन्ने कुरा प्रमाणित हुँदै गईरहेको छ । अस्वस्थ प्रतिस्पर्धाले मानिस केन्द्रिकृत हुँदै जाँदा कुनै ठाउँ अस्वभाविक कोलाहलमय भयो भने कुनै स्थान सुनसान । यो प्रकृति अनुकूलको कार्य थिएन भन्ने कुरा पनि क्रमशः प्रष्टिँदै गईरहेको छ । लेखक प्रकृति सर्जक हो । हामी प्रकृतिका सिर्जना । हामी मायामा विभोर छौँ प्रकृतिको । प्रकृतिको लागि त झन् हामी सन्तान न भयौँ । माया नहुने कुरै भएन । तर यही मानव समुदायले प्रकृतिमाथि नै धावा बोलेर उसैमाथि क्षयीकरणको अभियान थालेपछि प्रकृतिले सहीराख्ने कुरा पनि त भएन नि । छोराछोरीले आमाको गलामा नै खुकुरी सोझ्याएपछि आमा आफ्ना छोराछोरी हुन् भनेर टुलुटुलु हेर्छिन होली त ? उनले पनि आफ्नो अस्तित्व त बचाउनुपर्छ । स्वभाविक हो, आफ्नो अअस्तित्वको माया सबैलाई हुन्छ र अस्तित्व रक्षाको लागि जसले जे पनि गर्नसक्छ । अति नगर्न प्रकृतिले मान्छेलाई बेलाबेलामा विभिन्न प्रकारका चेतावनीहरू दिईरहने गरेको थियो, छ । जस्तैः महाभूकम्प, सुनामी आँधी, इबोला भाईरस, बर्डफ्लु, स्वाईनफ्लु आदि यसका उदाहरण हुन् । विश्व नै लकडाउनमा छ अहिले । कामकाजहरू सबै ठप्प छन् । मान्छेहरू फरक फरक परिवेशमा अलपत्र छन् । दैनिक मजदुरीबाट जीवन गुजारा गर्ने मजदुरहरूको चुल्हो निरन्तर चिस्सिँदै गईरहेको छ । मानव जातिको अस्तित्व माथि निर्मम सङ्कट आएको छ । यही सङ्कटको बेला केही चल्तापुर्जाहरू मानवतालाई घाममा सुकाएर आफूलाई फरकै प्रकारको अजेय प्राणी ठानेर महामारी उद्धारको नाममा, सोही कार्यमै चुहावट गरी जिब्रो पड्काउन तल्लिन् रहेको कुराले पीडित मनहरू थप मर्माहत भईरहेका छन् । प्रकृतिले दिएका यी र यस्ता हरेक चुनौतिहरूमा मानवजातीले थुप्रै क्षतिहरू ब्यहोर्नु परे पनि अन्ततः मुक्ति प्राप्त गर्नमा सफलता हात पार्दै आईरहेको छ । यस पटकको महामारी (कोभिड–१९) बाट मानवले कहिले मुक्ति प्राप्त गर्छ वा गर्दैन, निश्चित भईसकेको छैन । याे लेख तयार गर्दै गर्दा महामारीबाट विश्वभरमा ज्यान गुमाउनेको सङ्ख्या डेढ लाखको आसपासमा पुगिसकेको छ, जुन बढ्दो क्रममै रहेको छ । विश्व नै लकडाउनमा छ अहिले । कामकाजहरू सबै ठप्प छन् । मान्छेहरू फरक फरक परिवेशमा अलपत्र छन् । दैनिक मजदुरीबाट जीवन गुजारा गर्ने मजदुरहरूको चुल्हो निरन्तर चिस्सिँदै गईरहेको छ । मानव जातिको अस्तित्व माथि निर्मम सङ्कट आएको छ । यही सङ्कटको बेला केही चल्तापुर्जाहरू मानवतालाई घाममा सुकाएर आफूलाई फरकै प्रकारको अजेय प्राणी ठानेर महामारी उद्धारको नाममा, सोही कार्यमै चुहावट गरी जिब्रो पड्काउन तल्लिन् रहेको कुराले पीडित मनहरू थप मर्माहत भईरहेका छन् । गोबर कमिलाले चिनीको सुगन्ध थाहा पाउन नुहाइ धुवाइ गरी नाकको प्वालमा टाँसिएको गोबरहरू उप्काउनु परेको थियो । सो विधि यी महामानवहरूमा कहिलेसम्म लागु हुन्छ होला त ? यस्तो संवेदनशील घडीमा पनि मानवताको विर्को नखुल्ने महामानवहरूमा अब कुनै पनि पलमा परिवर्तन आउँछ कि भनेर आश गर्नु छेपारोको बहकाउमा परेर आफैलाई यातना दिनुसरह हुनेछ । त्यसैले मानवीय मुटु चिन्ने समय पनि हो यो । गल्ती पनि नगर्ने र गल्ती पनि नसहने सच्चा नेपाली मन यतिखेर उजागर हुनु जरुरी छ । आधुनिक र सचेत नेपाली नागरिकले कम्तिमा यति कुरालाई राम्रोसँग पहिचान गरी छुट्याउन सक्नेछन् भन्ने कुरामा विश्वास गर्न सकिन्छ । अनुमान अनेक सल्बलाईरहेको छ अहिले मानव जगतमा । मानवको अस्वभाविक खानपान र जीवनशैलीलाई भाइरस उत्पादन र विस्तारको आधार मानेका छन् स्वास्थ्य सम्बद्ध विज्ञहरूले । प्रकृतिले अनुकूलताको पहल थालेको ठान्छन् कोही, त कोही जैविक युद्ध अर्थात तेस्रो विश्वयुद्ध ठानिरहेका छन् यसलाई । जसले जेसुकै अनुमान गरे पनि यो मानव जातिका लागि एक महाविपत्ति हो भन्ने कुरामा भने सबैकोे एकमत छ । र, यसबाट मुक्ति प्राप्त गर्नुपर्छ भन्ने कुरामा पनि सबैको एकमत रहेको कुरामा शङ्का गर्न सकिँदैन । शक्तिराष्ट्रहरूको दम्भ तथा पृथ्वीमाथिको आधिपत्यको सपना तुहिँदै गईरहेको छ । पुस्तौँ पुस्ता धान्ने सम्पत्तिका मालिकहरूको मन मृत्युको भयावह दर्शनले खडेरीको खहरेजस्तै उजाडिँदै गईरहेको छ । पैसा नै सबैथोक हो भन्दै पैसाकै पछाडि दगुर्दा दगुर्दा मानवीयताबाट हात धोईसकेका मनहरू पनि चुक्चुकाउँदै पछाडि फर्किरहेका छन् । उदार पूँजीवादका अभियन्ताहरू सरकार, सामाजिक संघ संस्था र सङ्गठनहरूसँगै राहत वितरणको रङ्गमञ्चमा सफल अभिनयका साथ उत्रिएका छन् । रात दिनको कोलाहल, धुँवा, धुलो र भिडभाडले आक्रान्त शहर आज सुनसान देखिँदै गईरहेको छ । धुलो धुँवाको अन्त्यसँगै शहरमा हरियालीको सौन्दर्य समेत थपिईरहेको आभाष भईहेको छ । काठमाण्डौ शहर अब एउटा यस्तो बिम्ब लागिरहेको छ, आदिकविले बयान गरेको कान्तिपुरी नगरीको स्वरूप वास्तवमा यही नै हो कि ? नभए पनि अव त्यस्तो स्वरूपमा शहर जाने सम्भावनामा देखिन्छ । आशा छ त्यसपछि आदिकविको छटपटिएको मन् आफ्नो कान्तिपरी नगरीलाई हेरेर शान्त र सन्तुष्ट हुनेछ । शक्तिराष्ट्रहरूको दम्भ तथा पृथ्वीमाथिको आधिपत्यको सपना तुहिँदै गईरहेको छ । पुस्तौँ पुस्ता धान्ने सम्पत्तिका मालिकहरूको मन मृत्युको भयावह दर्शनले खडेरीको खहरेजस्तै उजाडिँदै गईरहेको छ । पैसा नै सबैथोक हो भन्दै पैसाकै पछाडि दगुर्दा दगुर्दा मानवीयताबाट हात धोईसकेका मनहरू पनि चुक्चुकाउँदै पछाडि फर्किरहेका छन् । महाविपत्तिको अन्त्यका निमित्त स्वास्थ्यकर्मी, सुरक्षाकर्मी (प्रहरी) तथा विभिन्न संघ संगठन तथा संस्थाका अभियन्ताहरू क्रियाशील छन् । उहाँहरूको उदार मनलाई सलाम नगरी रहन सकिन्न । यद्यपी हरेक घटनाक्रममा कोही न कोही खलनायक हुने गर्दछन् । म यहाँ ती खलनायकहरूको धेरै चर्चा गर्दिन । किनकी मलाई थाहा छ, “फूलको आँखामा फूलै संसार ।” म आफ्नो आँखामा जबरजस्ती काँडा कसरी राख्न सक्छु र ? कोरोना भाइरसको सङ्क्रमण समग्र मानवजातीको अस्तित्व माथि नै चुनौति भएर अहिले देखिएको छ । यसले मानवले गरेका यावत विकासे प्रविधिहरू माथि समेत चुनौति थपेको छ । सबै थोक विज्ञानमा सम्भव देख्ने आधुनिक मान्छेका आँखामा यसले कडा चुनौतिका साथ तिरीमिरी छरिदिएको छ । विज्ञानको उन्नती मात्रै वास्तविक विकासको सूचक होईन भन्ने कुरा प्रमाणित भईरहेको छ । मानवले मानव हुनुको नाताले मानवीय व्यवहारसहित बाँच्नसक्ने क्षमता राख्नुपर्दछ । हरेक वस्तुको अन्त्य निश्चित हुनेगर्दछ । त्यसैले बाँचुन्जेल दम्भ त्यागेर मानव हितमा प्रत्यकले आफूलाई लगाउन सके मात्रै यो मानवीय संसार सुन्दर हुनसक्दछ भन्ने कुरा विश्व समुदायले बुझिरहेको छ । विद्यार्थी लक्षित राहत वितरण कार्यक्रम, त्रिवि, कीर्तिपुर हरेक चुनौतिले अवसर पनि सँगसँगै बोकेर आएको हुन्छ । यो विपत्ति मानव जगतका लागि विपत्ति त हुँदै हो, तर यसबाट आएका सम्भावित अवसरहरूलाई केलाउन सकियो भने ती अवसरहरूकै उपयोगबाट यो मानव सभ्यता अर्को गति लिएर थप अगाडि अझैँ सुसज्जित भएर बढ्ने सम्भावना पनि रहन्छ । वास्तवमा यस विपत्तिले मानव समुदायलाई केही महत्वपूर्ण सन्देशहरू दिईरहेको छ । ती महत्वपूर्ण सन्देशहरूलाई पहिल्याउनु हाम्रो पहिलो दायित्व तथा आवश्यकता हो । महत्वाकांक्षी योजनासहित मानवले प्राकृतिक स्रोतको अनाधिकृत दोहन गर्नु, पूँजी र भौतिक विकासको चरम उत्कर्षमा मान्छेमा मानवीयता शून्य हुँदै जानु, प्राकृतिक रूपमा रहेका मानव बस्तीहरू पातलिँदै जानु तथा शहरकेन्द्रित बसाइँ सराई बढ्दै जानु, आधुनिकताको नाममा अस्वभाविक चालचलन तथा खानपान बढ्दै जानु जस्ता गतिविधिहरू मानव सभ्यताको हीतमा थिएन । यस कुराको पनि मानव समुदायमा चेतना अभिवृद्धि भईरहेको छ । अब हामीले यीनै यीनै कुराहरूलाई मनन् गरेर तत् तत् विषयमा सुधार गरेर लैजाने हो भने हामीले चाहेको वास्तविक मानवीय शान्ति र समृद्धियुक्त संसारको निर्माणका लागि जोखाना हेरिरहनु नपर्ला कि ? महाविपत्तिको प्रकोपलाई ध्यानमा राखेर अहिले सारा विश्वसँगै हाम्रो देशमा पनि लकडाउन गरिएको छ । दैनिक जीवनयापनमा परिवर्तन ल्याईएको छ । सामाजिक दूरी कायम गरौँ भनिएको छ, गर्ने प्रयास पनि गरिएको छ । यो “सामाजिक दूरी” भन्ने शब्द चयनमा भने मैले केही कमजोरी रहेको देखिरहेको छु । किनकि व्यवहारतः यसको अर्थ भनेको सङ्क्रमण एकअर्कामा सर्न नदिन व्यक्ति व्यक्ति बीचको भौतिक दूरी कायम गर्ने कुरा हो । सामाजिक दूरी भन्ने शब्दले समाजमा विद्यमान रहेको विविध प्रकारका विभेदहरूलाई सङ्केत गर्ने भएकाले यस अर्थमा भौतिक दूरी नै भन्नु सान्दर्भिक ठहर्दछ । अन्यथा यही व्यवहारले समाजमा अर्को प्रकारको विभेदको जन्म नहोला भन्न सकिन्न । यस्तो संवेदनशील समयमा हामीले एकअर्कालाई नकारेर अर्थात विभेद गरेर होईन भौतिक दूरीलाई प्राविधिक पक्षको रूपमा स्वीकार्दै तथा त्यसको पूर्ण परिपालना गर्दै सामाजिक रूपले त एकबद्ध हुनु आवश्यक छ । यस सन्दर्भमा सम्बद्ध विज्ञहरूबाट प्राप्त सुझावको पूर्ण पालना गर्नुको बिकल्प नरहेको कुरालाई हामीले राम्ररी बुझ्न जरुरी छ । यससँगै हाम्रो सामाजिक र मानसिक एकताले हामीलाई जुन उर्जा प्राप्त हुन्छ त्यसबाट नै यसप्रकारको विपत्तिबाट मुक्ति पाउन सम्भव पनि छ । विपत्तिसँग जुध्नको लागि भौतिक तयारी मात्र पूर्ण हुँदैन भन्ने कुरा पटक पटकको अभ्यासबाट प्रमाणित भईसकेको छ । त्यसैले हामी मानसिक रूपले पनि पूर्ण तयारीको अवस्थामा रहनु जरुरी हुन्छ । यसका लागि हामीमा समाजिक एकता हुनु अत्यन्तै जरुरी रहेको छ । सङ्क्रमितहरूलाई अर्कै ग्रहबाट आएका प्राणीलाई झैँ व्यवहार गर्नु हाम्रो मानवीयताभित्र पर्ने कुरा कहिल्यै पनि हुनसक्दैन । जसरी यस अघि यही समुदायमा क्षयरोगी, कुष्ठरोगी, एड्सरोगीजस्ता महारोगसँग लडिरहेका पिडित व्यक्तिहरूसँग सामाजिक दुरी कायम राख्ने कार्य गरिन्थ्यो । आजभोली यी विषय सामान्य लागे पनि कल्पना गर्न सकिन्छ, त्यतिबेला त्यो विभेद खेप्ने पिडित्ले कुन दशा व्यहोर्नुप¥यो होला । त्यसकारण ती गल्तीहरू फेरी नदोहोरियोस भनेर हामीले बेलैमा सचेत भएर सोही अनुसारको व्यवहार गर्नु आवश्यक छ । लकडाउनले सुनसान कीर्तिपुरमा बिहानको क्षणिक चहलपहल विपत्ति न्यूनिकरणका लागि लकडाउन गर्न र त्यसको पालना गर्नु अत्यन्तै जरुरी भएको छ । यसप्रकारको कार्यले सारा कामकाजसँगै आयआर्जनका क्रियाकलापहरू समेत ठप्प हुन गएको छ । अगाडि नै भनिसकियो कि दैनिक मजदुरीमा निर्भर मजदुरहरूको चुल्हो क्रमशः चिस्सिँदै गईरहेको छ । बिपत्तिमा सङ्क्रमणसँगसँगै ज्यान गुमाउनेको सङ्ख्या निरन्तर रूपले बढीरहेको छ । यस अर्थमा हेर्दा यो लकडाउनको समय तुरून्तै टर्ने सम्भावनामा छैन । यसरी लकडाउनको समय बढ्दै जाँदा अवस्था थप भयावह हुँदै जाने समेत निश्चित छ । त्यसैले समयमै सचेत भएर दीगो सोँचका साथ प्रत्यकले आफूलाई तयार पार्नुपर्ने अवस्था आएको छ । अन्यथा लक्षित विपत्ति टरे पनि त्यसको प्रभाव स्वरूप अर्को विपत्ति अर्थात आर्थिक मन्दीसँगै भोकमरी तथा लुटपाटको भयाबह अवस्था सिर्जना नहोला भन्न सकिन्न । भोको पेटले दर्शन बुझ्ने कुरा भएन । त्यसैले पहिलो कुरा आधारभूत आवश्यकताको परिपूर्ति हो । यसका लागि सम्बन्धित निकाय तथा तहले सचेतता त देखाउनु पर्छ नै, हामी प्रत्यक व्यक्ति पनि त्यत्तिकै जिम्मेवार हुनु जरुरी छ । उदार मनहरूको पहिचान यस्तै यस्तै विपत्तिमा हुने हो । त्यसैले यो एउटा परीक्षाको घडी पनि हो । त्यसैले आउनुस् मानव हुनुको गर्वलाई साकार रूप प्रदान गर्न मानवीय उदारता प्रकट गर्दै अगाडी बढौँ । मरीलानु के नै छ र ? यो कुरा हामी सबैलाई थाहा छ । तर, यसलाई सार्थक प्रयोग गर्ने अवसर सबैले सँधै प्राप्त गर्न सक्दैन । हामी यही विपत्तिबाट यो महत्वपूर्ण अवसरको प्रयोग गर्दै अगाडि बढ्ने प्रण गरौँ । हाम्रो भविष्य हामीसँग छ, हाम्रो व्यवहारमा छ । हामी सचेत भए दुनियाँ पनि सचेत हुनेछ, एउटा सभ्य र व्यवस्थित समाज निर्माणको बाटोमा तपाइँ हामी सबैजना हातेमालो गरिरहेका हुनेछौँ । विपत्तिबाटै एउटा सुन्दर संसारको रचना पनि सम्भव छ । त्यसका लागि तपाइँ हाम्रो भूमिका महत्वपूर्ण हुनेछ । डोटी, हाल कीर्तिपुर काठमाण्डौं [email protected]
कोभिड उन्नाईस भाइरस
छिमेकी राष्ट्र चीनको वुहानबाट एक भाइरसको उत्पत्ति भयो । विश्व भरी फैलिएर महामारीको रुप लिँदै सन्सार खायो ।। डब्लु एच ओले फेब्रुअरी एघारमा कोेभिड उन्नाईस नाम दियो । उक्त नाम धारी भाईरसले विश्वभरीका मानिसको रगत पियो ।। कोभिड उन्नाईस भाइरसबाट नेपाल रहन लौ सकेन अछुतो । यो समाचारले स्तब्ध बनायो नेपालीलाई, पार्यो पछुतो ।। कोभिड उन्नाईससँग बडे लडाई गर्न भयो लक्डाउनको घोषणा । ती ठग्न पल्केकाले गरे ज्यालादारी मजदूरीको शाेषण ।। खाद्यन्न, औषधी देखि तरकारी सम्मको मूल्या आकासियो । तर यसैबेलामा मनब जीवन बन्दाबन्दीले बाकासियो ।। सावधानी नअपनाएमा कोभिडले हाम्रो सत्यनास गर्छ । तर कत्ति पनि नहड्बडाई यो अवसरमा बदल्नु पर्छ ।।
लामाे प्रतिक्षा, ठूलाे क्षति
चीनकाे वुहानबाट शुरु भएकाे काेभिड-१९, अर्थात् काेराेना भाईरसले चीन मात्र नभएर सारा विश्व नै प्रभावित बनाएकाे छ । यस राेगलाई बितेका १०० वर्ष काेराेना सबै भन्दा ठूलाे महामारीकाे रुपमा लिईएकाे छ । काेराेनाकाे निदानका निम्ति वैज्ञानिकहरुकाे अनुसंघान जारी भएतापनि हालसम्म यसकाे औषाधी वा भ्याक्सीनकाे अविष्कार भएककाे छैन । विज्ञका अनुसार काेराेना भाईरसकाे औषाधि तत्काल बनेपनि विभिन्न चरणका सफल परिक्षण पश्चात यसकाे प्रयाेग गर्न कम्तीमा एक वर्ष लाग्नेछ । काेराेना महामारीकाे प्रभावलाई कुनै एक पाटोबाट हेरेर मात्र हुदैन यसले आगामी दिनमा मानवजातिकाे सम्पूर्ण क्रियाकलापमा प्रभाव पार्दैछ । काेराेना महामारीको प्रभाव र मानवजातिककाे भविष्यबारे यहा चर्चा गरौं। काेराेना महामारीको विश्वब्यापी अवस्था र नेपाल चीनकाे वुहानमा गत डिसम्बरमा देखापरेको काेराेना भाईरस त्यहाँको ठूलो मासुबजारमा चमेरोबाट मानिस, मानिसबाट मानिसमा संक्रमण भई बढेको रोगले उत्पत्ति स्थल चीनमा भन्दा बाकी बिश्वमा ठूलो संकट उत्पन्न गरेको छ, खासगरी यूरोपमा र अमेरिकामा । यदि समयमा सतर्कता अपनाईएन भने अबको इपीसेन्टर अफ्रिका हुने र त्यहाँ लाखौले ज्यान गुमाउन सक्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ । कोरोनाका कारण चीनमा भन्दा बढि अमेरिका, ईटली, स्पेन, फ्रान्स, बेलायत, जर्मनी, बल्जियम, नेदरल्याण्ड, इरानमा मृतक र संक्रमितको संख्या बढि छ । संसारमा सबैभन्दा बढि मृत्यु र संक्रमितकाे संख्या अमेरिकामा देखिएकाे छ । विश्वका २१२ भन्दा बढि देशमा कोरोना संक्रमित भेटिएका छन भने संसारका अधिकांश देशका नागरिक लकडाउनमा घरभित्र बस्न बाध्य छन । चीनले वुहानको लकडाउन ७६ दिनपछि हटाएको छ भने नेपाल, भारत, स्पेन, ईटली, क्यानडा, बेलायत लगायतका देशमा लकडाउनको समय बढेको छ ।विश्व स्वास्थ्य संगठनद्वारा महामारी घोषित कोरोनाको प्रभाव हाम्रो मुलुकमा पनि परेको छ । सरकारले चैत्र ११ गतेबाट घोषणा गरेको लकडाउन पटक पटक समय थप गरेकाे छ । नेपालमा देखिएका संक्रमित विदेशबाट आएका र विदेशी बढी छन । चीनको वुहानमा धेरै नेपाली नहुनु ,नेपाली ब्यपारीको गन्तब्य उक्त क्षेत्र नहुनु पनि संक्रमण कम हुनु एउटा प्रमुख कारण हो । हाम्रो जस्तो स्वास्थ्य सेवा, उपकरण आदिको अभाव , जनमानसमा रोग संक्रमण भएमा समयमा आवश्यक उपकरणको अभावमा उपचार पाईदैन र अकालमा मृत्युवरण गर्नुपर्छ अर्थात सरकारी संयन्त्र प्रतिको अविशवासले गर्दा पिडा सहेर भएपनि जनताले देखाएको जिम्मेवारीले कोरोना संक्रमितको संख्या कम देखिएको छ । कोरोनाबाट कसरी बच्ने कोरोना भाइरसबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेकै घरभित्र बस्नु , सामाजिक दूरी कायम गर्नु, तातोपानीको नियमित सेवन, सेनेटाईजरको प्रयोग सुरक्षित मानिएको छ । अत्यावश्यक काममा बाहिर निसक्नु परेमा सुरक्षाकर्मीको स्वीकृतिमा सामाजिक दूरी कायम गरी मास्क लगाई बाहिर निस्कनु पर्दछ र साबुन पानीले नियमित हात धुनु पर्दछ । नमस्ते संस्कारको विकास जुन हिन्दु संस्कारमा आदर र सम्मानको प्रतिक हो, यसलाई अंगिकार गर्ने, हग नगर्ने, हात नमिलाउने बानी गर्नुपर्छ । अनावश्यक काममा आफन्त वा अरु को घरमा नजानु पनि कोरोनाबाट बच्ने उपाए हो । अमेरिकी वैज्ञानिकले कोरोना संक्रमित ब्यक्ति हाच्छयु गर्दा ३ फिट टाढासम्म अरुलाई सर्न सक्ने बताएका छन । विश्व स्वास्थ्य संगठनले कोरोनाको पूर्ण निदानको निम्ति भ्याक्सीन नै आवश्यक बताएको छ । त्यसैगरी हावर्ड युनिभर्सीटी का अनुसंधानकर्ताले कोरोना भाइरसको पूर्ण रुपमा निदान हुन सन २०२४ सम्म को समय लाग्ने बताएका छन । विश्वका वैज्ञानिकहरु कोरोना भाइरसको भ्याक्सीनको अनुसन्धानमा लागेका भएता पनि हालसम्म प्रमाणीत भईसकेको छैन । विश्व समुदायमा कोरोनाले ल्याएको चुनौतिहरु विश्व स्वास्थ्य संगठनले कोरोनाको पूर्ण निदानको निम्ति भ्याक्सीन नै आवश्यक बताएको छ । त्यसैगरी हावर्ड युनिभर्सीटी का अनुसंधानकर्ताले कोरोना भाइरसको पूर्ण रुपमा निदान हुन सन २०२४ सम्म को समय लाग्ने बताएका छन । विश्वका वैज्ञानिकहरु कोरोना भाइरसको भ्याक्सीनको अनुसन्धानमा लागेका भएता पनि हालसम्म प्रमाणीत भईसकेको छैन । यतिबेला विश्वनै कोरोना महामारीको संत्रासले थलिएको छ । विश्व भरिका सरकारको ध्यान कोरोनाको नियन्त्रण र आफना नागरिकको जीवन रक्षामा केन्द्रित छ । यति बेलाको प्रमुख चुनौती स्वास्थ्यकर्मी र उपकरणको अभाव हो । नेपाल, अमेरिका, स्पेन, भारत, ईटली, बेलायत, लगायतका देशमा स्वास्थ्य सामाग्री अभावका समाचारहरु आईरहेका छन । स्वास्थ्य सामाग्री र औषधीको उचित र समयमा व्यवस्थापन, घरभित्र बन्द नागरिकको रोजगारी, पीडितलाई राहत , आपूर्तिको चेन टुटनबाट रोक्नु ,अर्थतन्त्र जोगाउन गरिने प्रयत्न आदि प्रमुख चुनाैतिकाे रूपमा देखिएका छन् । विभिन्न अन्तराष्ट्रिय संगठनको प्रक्षेपण अनुसार गरिबी को संख्या बढने बताईएको छ । त्यसमा पनि खाशगरी एशियामा बढी समस्या हुने भनिएकाे छ । प्रभावितको निम्ति राहतको कार्यक्रम ल्याउनु सरकारको प्रमुख कर्तब्य हुनेछ । अहिले लकडाउनको समयमा बाच्नु नै ठूलो भनिएको भएतापनि लकडाउन पश्चात पनि कायम रहने कोरोनाबाट सुरक्षित रहदै नागरिकको जीवनयापन सहज तुल्याउन गरिने प्रयत्न प्रमुख चुनौतीको रुपमा देखा पर्नेछ । अहिलेको संसारको स्वास्थ्य संरचनाले अचानक आइपर्ने महामारी बाट जुधन सक्ने त्यारी कम रहेछ भन्नेत हाम्रो जस्तो पछाडी परेको देशको के कुरा गर्नु विकसित भनिएका देशले पनि देखाएका छन । यस्ता खाले महामारीसँग जुध्न पूर्व तयारी अपनाउन आवश्यक देखिएको छ । नेपालमा देखिएका चुनौतिहरु विश्वब्यापी रुपमा कोरोनाको कहर जति बढिरहेको छ त्यति चुनौती पनि थपिरहेकोछ । नेपालमा काेराेना भाइरस संक्रमण बढ्दै गएकाे छ । सम्पूर्ण देश लकडाउन भईरहदा गरिब दुःखीलाई समयमा राहत उपलब्ध गराउनु पर्नेमा ढिलो गरी राहत दिने काम अगाडी बढाईयो, अझै राहतमा पनि कुहिएका, म्याद सिद्धिएका सामाग्री बाढिएका छन् । कतै त जनप्रतिनिधिले चामलका बोरा घरमा लगेका छन । यस विसम परिस्थितिमा सरकार गर्नुपर्ने काममा भन्दा नगर्ने काममा बढी सक्रिय भएको भान आम सर्वसाधारणमा छ । औषधी उपकरण खरिदमा व्यापक भ्रष्टचारको विषय, संयन्त्रभित्र कै मन्त्रीमा कार्यगत एकताको कमी, स्वास्थ्य मन्त्रिकाे विवादित भनाई, सबै भन्दा ठूलो कुरा त प्रधानमन्त्रीबाट भए गरेका गल्ती कमजोरीलाई ढाक छोप गर्न गरिने बयानले नागरिकमा नैराश्यता छाएको छ । कोरोनाको कहरले असर गरेका क्षेत्र उद्याेग कलकारखाना, मजदुर वर्ग, पर्यटन, मासिक पारिश्रमिकमा काम गर्ने व्यक्ति, गरीब दुःखी, राजस्व संकलनमा आएको कमी, लकडाउनपछि विदेशबाट आउने नेपालीको उचित ब्यवस्थापन अहिलेको प्रमुख चुनौती हो । कुनै पनि नराम्रो घटनालाई सही शिक्षाको रुपमा ग्रहण गर्न सकियो भने यसले पक्कै पनि केही सकारात्मक आयामहरु ल्याउन मद्दत पुर्याउछ । विश्वलाई दिएको संदेश कुनै पनि माहामारी आउनु भन्दा अगाडी वा आईसकेपछि चनाखो हुनुपर्दछ । महामारीले भयावह रुप लिई सकेपछि नियन्त्रण गर्न गाह्रो मात्र होईन, असम्भव हुन्छ भन्ने पाठ त यस घटनाले देखाएको छ । शुरुवाती चरणमा यसको निदानको उपाय चीनबाटै खोजिएको वा कोरोना देखिने बित्तिकै सम्पूर्ण क्षेत्र लकडाउन गरि अन्तराष्ट्रिय उडान समेत बन्द गरेको भए यस्तो अवस्था आउने थिएन भन्ने मत त विभिन्न विज्ञहरुबाट सुनिदै आएका छौ । अमेरिका, ईटली, स्पेन जस्ता देशले हेल्चेक्राई नगरेको भए ,नागरिकले सरकारबाट घोषणा गरिएको नियम पूर्ण रुपमा पालना गरेको भए आज संसारमा यस्तो भयावह अवस्था आउने थिएन । धर्म रोगसगं लडदैन भन्ने धर्म गुरूले बुझेको भए भारतमा जमातीको यसरी मृत्यु र संक्रमित भई भयावह अवस्था आउने थिएन । अमेरिकामा केहि हुदैन भन्ने धर्मगुरुको निधन नहुदो हो । यदि समयमै सचेत भएको भए । कुनै महामारीले धर्म, जात, लिंग, उमेर भन्दैन भन्ने पाठ सिक्नु आवश्यक छ हामीले । महामारीको प्रकोप देखा पर्न साथ सावधानी अपनाउनु, सतर्क गराउनु/रहनु , औषधीको उचित प्रयोग गर्नु बुद्धिमानी हुन्छ । अहिले अमेरिका र विश्व स्वस्थ्य संगठन देखापरेको विवद अहमको हो । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पद्वाराविश्व स्वस्थ्य संगठनलाई दिने सहयोग रोक्ने घोषण गर्नु, विश्व स्वस्थ्य संगठन चीको पछि लागेको जस्ता आरोप लगाउने समय उपयुक्त होईन । यो समय जनताको जीवनको रक्षा गर्नु हो । विश्व समुदायबाट यसको विरोध भएको छ । विश्व अर्थतन्त्र र नेपाली अर्थतन्त्रमा पार्ने प्रभावहरु कोरोना महामरीले १९३० पछिको ठूलो समस्या निम्त्याएको छ । संसारका लाखौ उद्योग बन्द छन् । करोडौ जनता घरमा लकडाउनमा छन्, मानव जीवनका प्रत्यक गतिविधि प्राय ठप्प छन् । विज्ञ भन्छन-भ्याक्सीन यदि बन्न सकेन भने यसको प्रभाव २०२४ सम्म रहने छ । यसरी वर्षौसम्म संसारनै ठप्प भएर बस्ने त कुरा भएन । क्रमिक रुपमा सुरक्षाका उपायहरु अपनाउदै निर्माण तथा उत्पादनका काम शुरु हुन थालेका छन । कोरोना प्रभावका कारण अन्तराष्ट्रिय मुद्रा कोषले विश्व अर्थव्यवस्था ऋणात्मक भई –३ प्रतिशत रहने प्रक्षेपण गरेको छ । अमेरिका, बेलायत, जर्मनी, स्पेन, इटलीको अर्थव्यवस्था त ७/८ प्रतिशतले ऋणात्मक रहने उल्लेख छ । खाशगरी पर्यटनमा भर पर्ने देशलाई बढी असर पर्ने देखिन्छ । त्यस्तै नेपालको आर्थिक वृद्धि गत माघमा अ.मु.कोष ले ६ प्रतिशत हुने बताएकोमा कोरोना कहर पछि वृद्धि दर २.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । नेपालमा पनि ठूलो संख्यामा विदेशमा रहेका नेपाली एकै पटक स्वदेश फर्किए भने बेरोजगारको संख्या त बढछ नै हाम्रो अर्थतन्त्रको प्रमुख श्रोत रेमिटयान्समा कमी आई नकारात्मक असर पर्न जान्छ । त्यस निम्ति सरकार सजग भई विदेशमा रहेका नेपालीको निम्ति त्यहाँको सरकारसँग सकारात्मक पहल गर्नु जरुरी छ । विदेशबाट आएको रकमले घर खर्च चलाउने, शिक्षा दिक्षा दिने, परिवार पाल्ने व्यक्ति स्वयं घर फर्कदा पर्ने प्रभाव सकारात्मक हुन सक्दैन । लकडाउनको कारण सुसुप्त प्राय रहेको अर्थतन्त्र र घरभित्र रहेका जनताको राहतको लागि अमेरिका, क्यानडा, भारत , स्पेन ,इटली लगायतका देशले करोडौ डलरको राहत घोषणा गरेका छन् । विडम्बना हाम्रो देशमा राहतको नाममा दिने ५/ १० किलो चामल पनि कुहिएको बाडेको समाचार आएका छन । यो भन्दा लाजमर्दो अरु के हुन सक्छ ? विश्व अर्थतन्त्रमा पार्ने प्रभावको कारण रोजगारी गुम्दा विश्वमा हिंसक घटनामा वृद्धि हुन सक्छ । हाम्रो जस्तो अविकसित देश जहाँ अधिकाशं जनता जीवन निर्वाह मुखी कृषि कर्ममा छन तिनको जीवन स्तर उकास्नको निम्ति राज्यले उचित अनुदान र सहयोग गर्नु पर्दछ । विदेशबाट आएका नेपालीलाई सीप अनुसारको काम गर्नको निम्ति प्रोत्साहन गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउन सकिन्छ । किसानलाई सहयोग गर्ने नाममा पार्टीका कार्यकर्तालाई सहयोग गरिनु हुदैन प्रदेश ५ सरकारले गरे जस्तो । मानव सभ्यता र संस्कृतिमा पार्ने प्रभावहरु आदिम कालदेखि क्रमिक रुपमा विकास हुदै आएको मानव सभ्यतालाई समाप्तै पार्ने अवस्थासम्म त यो महामारी नपुग्ला, काँही कतै अल्पसंख्यक,लोपन्मुख जाती आदीमा यसको संक्रमण देखिएमा केहि समस्या उत्पन्न हुन सक्दछ र कोरोनाले मानवको सास्ंकतिक गतिविधिमा भने यसले प्रभाव पार्ने निश्चित छ । हात मिलाउने, हग गर्ने, चुम्वन गर्ने, परिपटिको केहि हदसम्म अन्त्य हुन सक्दछ । नमस्ते संस्कारको विकास हुदैछ र व्यापक मात्रमा विस्तार हुने सम्भावना छ । नमस्ते अब हिन्दु संस्कारमा मात्र नभएर सम्पूर्ण मानव जाति कै संस्कार बन्न सक्दछ । जन्म, विवाह र मृत्यु संस्कारमा कम मान्छे निम्ता गर्ने परिपाटीको विकास हुन सक्दछ । अनलाईन सपिङ्गको बजार विस्तार, डिजिटल पेमेन्टको विस्तार हुन सक्दछ । स्कूलदेखि विश्वविद्यालयको पढाईमा परिवर्तन आउन सक्दछ । आपूर्ति व्यवस्था असहज हुनुको साथै महंगीको कारण मानवीय चरित्रमा परिवर्तन आउन सक्दछ ,पर्यटकीय स्थल अवलोकन घुमघाम आदी रोगको कारण प्रभाव पर्न सक्दछ । नमस्ते संस्कारको विकास हुदैछ र व्यापक मात्रमा विस्तार हुने सम्भावना छ ।अनलाईन सपिङ्गको बजार विस्तार, डिजिटल पेमेन्टको विस्तार हुन सक्दछ । स्कूलदेखि विश्वविद्यालयको पढाईमा परिवर्तन आउन सक्दछ । आपूर्ति व्यवस्था असहज हुनुको साथै महंगीको कारण मानवीय चरित्रमा परिवर्तन आउन सक्दछ । मानवजाति को भविष्यमा थपिएका चुनौती महामारी पूर्व को अवस्थामा जसरी मानवजाति एक ठाउँबाट अर्को ठाउमा सहज रुपमा आवतजावत गर्न सक्थ्यो, घुम्न सक्थ्यो, विभिन्न आफना धार्मिक क्रियाकलापमा सामेल हुन सक्थ्याे । त्यस्तो परिपाटीमा परिवर्तन आउन सक्छ । मानविय जीवनको ठूलो क्षति,अर्थतन्त्र धरासायी, बेरोजगारको संख्यामा अत्याधिक वृद्धि भएपनि विकसित देशबाट सम्पूर्ण मानवको कल्याणको निम्ति उदार भई सहयोगका कार्यक्रम अगाडि बढाएमा यस महामारीबाट परेको असरलाई केही वर्षमा पूर्ति गर्न सकिन्छ ।कोरोना महमारीले विश्व नै घर/देश भन्ने मान्यतालाई तोडदै देश/परिवारको अवस्था आउने देखिन्छ । वातावरण र जीवजगतमा पर्ने असर केहि नकारात्मक घटनाले पनि कहि न कहि सकारात्मक सन्देश प्रभाह गरेको हुन्छ । अहिले केरोना महामारीले वातावारणमा सकारात्मक सूचक ल्याएको छ । संसारका अधिकाशं मानिस घरभित्र छन, उद्योग धन्दा बन्द छ, सवारीसाधन आवश्यक बाहेक ठप्प छन, यसले पर्यावरणीय क्षेत्रमा अदभूत परिवर्तन ल्यएको छ । तापक्रम कम छ , प्रदूषण शुन्य बराबर छ । नदिको पानी सफा भएर बगेका छन । ध्वनि प्रदुषणले जीवजन्तुलाई हुने हानी कम भएको छ । चोरी सिकारी कम छ । यसैबीच विश्व स्वास्थ्य संगठनले वन्यजन्तुको मासुमा बिक्री प्रतिबन्ध लगाउने सम्बन्धी कडा कानुन बनाउन विश्व समुदायसँग आग्रह गरेको छ । समग्रमा कोरोनाले मानवजातीलाई घरभित्र खुम्चाएपनि पर्यावरणीय र जीवजन्तुको हिसाबले सकारात्मक संदेश दिएको छ । अन्तयमा यस बिषम परिस्थितीमा अहोरात्र काममा खटिने प्रहरी, सफाईकर्मी, डाक्टर, नर्स, चालक लगायत सम्पूर्णमा नमन ।
जीवित भगवानहरू
सुरक्षित ठाउँहरु असुरक्षित भएका छन् असुरक्षित ठाउँहरु सुरक्षित भएका छन् रोवर्ट सरी दौडिरहने मान्छेहरु दुलही सरी सिंगारिरहने सहरहरु आजको दैनिकीमा परेका छैनन् । सपनाको सहरहरुमा सपना देख्न छोडिएको छ मान्छे, मान्छेको भेदभावका ग्रेटवालहरु एक एक गरी क्षण भरमै ढलेका छन् । पैसाले सुख अनि सुखले खुसी किन्न नसकेर निरीह भएको छ जोडिएका सम्बन्धहरु तोडिएका छन् तोडिएका सम्बन्धहरु जोडिएका छन् । विज्ञानका अनेकौं चमत्कारहरु आज टुलुटुलु हेरिरहेका छन् अध्यात्मका अनेकौं कथाहरु, साधनाहरु आज व्यर्थ व्यर्थ लाग्दै छन् मन्दिर, मस्जिद, चर्च अनि गुम्बाहरुमा आज भगवानहरू एक्लै छन् मान्छेहरुको स्वर सुनिएको छैन लेखक मान्छेलाई एकपटक थचक्कै थचारिदिएको छ मान्छेको अहंमतालाई सिसा सरी चकनाचुर पारिदिएको छ अहंमताका कठोर महलहरु तासको घर सरी ढलाइदिएको छ मान्छेले, मान्छे मार्ने कला सिकेको रहेछ मान्छेले, मान्छे बचाउने कला सिक्न बाँकी रहेछ । प्रकृतिको सानो अंश सिक्दैमा मान्छे रमाएको रहेछ मान्छे मृगतृष्णा सरह टाढा टाढा भागिरहेको रहेछ । विज्ञानका अनेकौं चमत्कारहरु आज टुलुटुलु हेरिरहेका छन् अध्यात्मका अनेकौं कथाहरु, साधनाहरु आज व्यर्थ व्यर्थ लाग्दै छन् मन्दिर, मस्जिद, चर्च अनि गुम्बाहरुमा आज भगवानहरू एक्लै छन् मान्छेहरुको स्वर सुनिएको छैन तर पनि मान्छेहरु यतिबेला भगवानकै उपासना गरिरहेका छन् भगवानकै साक्षात्कारमा रमाइरहेका छन् । मात्र फरक ठाउँमा अनि फरक परिवेशमा निर्जीव भगवान होइन जीवित भगवानकाे । मान्छेको जीवनसंग नजोडिएको विज्ञानको के काम ? मान्छेको जीवनसंग नजोडिएको अध्यात्मको के काम ? विज्ञान र अध्यात्मको नयाँ अध्याय खोज्नु पर्ने भएको छ सफलताको इतिहास फरक रंगले लेखिनु पर्ने भएको छ छापामा नछाउने ती मान्छेहरु प्रतिमामा नअटाउने ती मान्छेहरु खोजी खोजी पुज्नु पर्ने भएको छ मान्छेहरु होइनन्, भगवानहरू हुन् उनीहरु जीवित भगवानहरू हुन् । मान्छेलाई मन मस्तिष्कमा अटाइन्छ भगवानलाई, जीवित भगवानलाई आस्था र विश्वासको धरोहरलाई जीवन र मृत्युको साक्षी र पहरेदारलाई सिधै मन मुटुमा सजाउनु पर्ने भएको छ निर्जीव भगवानको खोजमा अनवरत लम्किने पाइलाहरु जीवित भगवानहरुका खातिर रोकिनु पर्ने भएको छ श्रद्धाका दुई शब्दहरु चढाउँदै समर्पणका दुई हातले नमन गर्दै हौसलाका शिखरहरु अनि आत्मविश्वासका सगरमाथाहरु उक्लन सहयोगी बन्नु परेको छ विजयको झन्डा छिटो भन्दा छिटो गाड्नु परेको छ विजयको बिगुल छिटो भन्दा छिटो फुक्नु परेको छ । ख्वप इन्जिनियरिङ कलेज, भक्तपुर । [email protected]
जीवात्मा
हो मानिस मलाई त सँग बदला लिनुछ मलाई मारेझै, तलाई मार्ने मेरो साथी कोरोना आको छ। दुवै पखेटा फैलाएर आत्मा समर्पण पनि गरे चारै वटा खुटा जोड्दै जीवनको भिक पनि मागे तर के गरिस? त आफै भन, हरेक पटक किन यस्तै गरिस? छालहरू सँगै बग्ने म, दुई पेक रक्सी सँगै पेटभित्र बगाइस लेखक जंगलको राजा म चारभिते दिवार भित्र कैद गराइस हो मानिस, मलाई त सँग साचै बदला लिनुछ मलाई मारेझै , तलाई मार्ने मेरो साथी कोरोना आको छ। मेरो छाला, तैले कपडा बनाइस मेरो अंग, तेरो घरको सझावट रमाउन मलाई सिकार बनाइस छानि छानि हामीलाई तेरो निशाना बनाईस हेर त मानिस तैले के के गरिस? एउटाको रिसमा, लाचार बनिस सोच त, सबै मिले के गछस् ? यस पटक , बाच्लास त अको पटक के गरछस् ? [email protected]
धर्तीका सेता फूलहरु
गहका आँशु पुछेर तिम्ले, औषधी खुवाउँदा आधा रोग भाग्छ, मायालु हातको स्पर्श पाउँदा ती सेता वस्त्र, आशाको आधार देख्दछु जीवन दिन रात खटी बिरामी जाँची बनाउँछौ नवीन । आपतै लाग्यो, महामारी छायो हतास भइनौ व्यक्तिगत सुख सुविधा खोजी अन्यत्र गइनौं सेवा नै परम धर्म हो ठान्ने वाणीमा बसिछौ रहर छैन छापामा छाउने सिद्धान्त कसिछौ । लेखक मृत्युको मुखमा पुगेका हाम्लाई बचायौ धन्य छ तिम्रो यो कामको कदर गर्न सालिक बन्ने छ पुण्य छ यही, पवित्र पेशा युगाैं युग जिउनु है धर्तीकी तिमी जिउँदी देवी आशीवार्द लिनु है । यी सेता फूल शक्तिका पुञ्ज प्राणको सञ्चार सहारा तिम्रो नमिले आखिर कहाँ उठ्थ्यो संसार बस्नलाई लायक रहन्छ धर्ती मानवता रहन्जेल फर्केर आए झै जस्तो लाग्यो फ्लोरेन्स नाइटिङगेल ।
ढुङ्गामा पीपल र महामारीमा मानिस
काेराेना महामारीसँग चीनले १२ दिनमा निर्माण गरेकाे अस्पताल विश्व आज आधुनिक प्राविधिको विकासको चरम सीमामा पुगेर विज्ञान र प्राविधिको युगको रुपमा स्थापित भएको छ । तर हरेक विकास सँगसँगै नयाँ विनाश र समस्या पनि जोडिएर आईरहेका छन् । वर्तमान मानव समुदाय बढी महत्वकांक्षी भईरहेका कारण प्राकृतिक वातावरणलाई कृत्रिम वातावरणले प्रातिस्थापन गर्ने प्रवृति बढिरहेको छ । जसले गर्दा प्राकृतिक वातावरण असन्तुलन भई मानवजाति र प्राणी जगतको अस्तित्व र भविष्य दुवै धरापमा पर्ने अवस्थाहरु सिर्जना भईरहेका छन् । सम्पूर्ण मानवजाति तथा प्राणी जगतको भविष्य वर्तमानमा निर्भर रहन्छ । यदि वर्तमानमा भईरहेका विकास वा उपयोगितालाई मात्र पहिलो प्राथमिकतामा राख्ने तर सम्भावित समस्या वा विनाशलाई नजरअन्दाज नगर्ने हो भने यसबाट पछि विश्वमा धेरै नरसंहारकारी समस्या तथा चुनौतिहरुले जन्म लिन सक्दछन् । यसको ज्वलन्त उदाहरण हो, कोभिड–१९ कोरोना भाइरस । यो भाइरस २०१९ को अन्तिम सातातिर चीनको वुहान शहरमा पहिलोपटक देखिएको थियो । क्राउनको जस्तो आकार भएकाले यसलाई कोरोना भाइरस भनिएको हो । यसका कयौँ प्रजातिका भाइरसहरु रहेका छन् । यो संक्रामण एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमित व्यक्तिले खोक्दा, हाँच्छ्यु गर्दा निस्किने थुकको छिटा तथा संक्रमित व्यक्तिको सम्पर्कमा आउँदा सर्र्ने गर्दछ । वैज्ञानिकहरुका अनुसार यो भाइरस विगत लामो समयदेखि जनवारको प्रजतिमा रहेको थियो । केही चिनियाँ अनुसन्धानकर्ताहरुका अनुसार यो चीनको एउटा मासु बिक्रीवितरण केन्द्रबाट फैलिएको हो । जहाँ विभिन्न प्रजतिका जनावरहरुको किनमेल गरिन्थ्यो । यो भाइरस विशेषगरी श्वासनली तथा फोक्सोमा बस्दछ । खासगरी यो भाइरस बिरालो, सर्प, भ्यागुता तथा चमेरामा पाईन्छ । चिनियाँहरुले दैनिकरुपमा यिनीहरुको मासु सेवन गर्दछन् । मासु बजारमा ल्याइएका यिनै जङ्गली जनावरको मासु खाँदा यो खतरनाक भाइरस एकआपसमा सर्न पुगेको अनुमान गरिएको छ र एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दै एक महामारीको रुप लिन पुगेको छ । यस प्रकोपबाट सबैभन्दा बढी पिडित चीनको वुहान शहरबासी हुन पुगेका छन् । तीव्रताका साथ फैलिरहेको यस भाइरसले चीन लगायत विश्वभरि एउटा महामारीको रुप लिएको छ । यसभन्दा पहिले पनि बिरालोको मासु खाँदा यस्तै भाइरसका कारण सन् २००९ देखि २०१० सम्मको एक वर्षको अवधिमा विश्वभरिको करिब ५ लाख भन्दा बढीले ज्यान गुमाउनु परेको थियो । त्यस समयदेखि चीन सरकारले विरालोको मासु खान रोक लगाएको थियो । त्यसपछि चिनियाँहरुले जङ्गली जनावरहरुको मासु खान थाले । जसको परिणामस्वरुप भयनाक कोरोना भाइरस फैलन पुगेको हो । अहिलेको भाइरस पहिलेको भन्दा पृथक भएकाले यसलाई नोबेल कोरोना भाइरस नाम दिइएको छ । यसलाई रोकथाम गर्ने निश्चित साधन र औषधी नभए पनि न्युनिकारण गर्ने प्रयासहरु भने भइरहेका छन् । त्यसैले विगतका स्वाइनफ्लु, इबोला भाइरससँग जसरी हामी डटेर नियन्त्रण गर्न सफल भएजस्तै कोरोना भाइरसको संक्रामणलाई रोकथाम गर्न सम्पूर्ण विश्वसमुदाय एकजुट भई लागि पर्नु नितान्त आवश्यक छ । सर्वप्रथम कोभिड–१९ कोरोना भाइरस २०१९ डिसेम्बरको अन्तिम सालतिर चीनको वुहान शहरमा देखिएको थियो । अप्रिल १५, २०२० सम्म आइपुग्दा चीन, अमेरिका, नेपाल लगायत विश्वका २१० भन्दा बढी राष्ट्रहरुमा यो महामारीको रुपमा फैलिन पुगेको छ । अहिलेसम्मको विश्वतथ्याङ्क अनुसार विश्वभरि संक्रमितको सङ्ख्या २० लाख ७७ हजार नाघेको छ भने मृत्यु हुनेको सङ्ख्या १ लाख ३४ हजार भन्दा बढी रहेको छ । त्यस्तै ५ लाखको हाराहारीमा बिरामीहरु निको भइसकेका छन् भने १४ लाख भन्दा बढी संक्रमितहरु उपचाररत रहेका छन् । काभिड–१९ बाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । जहाँ संक्रमितको सङ्ख्या ६ लाख भन्दा १३ हजार भन्दा बढी रहेको छ भने २८ हजार भन्दा बढी अमेरिकी नागरिकले ज्यान गुमाएका छन् । भाइरसको उद्गमस्थल चीनमा संक्रमितको सङ्ख्या ८२ हजार भन्दा बढी रहेको छ भने संक्रामणका कारण ३ हजार १ सय ४१ जनाले ज्यान गुमाएका छन् । यहाँ निको हुने बिरमीको सङ्ख्या ७७ हजार भन्दा बढी रहेको छ । अहिलेसम्मको अवस्थालाई हेर्दा अमेरिकापछि लेखक स्पेन, इटाली, बेलायत, फ्रान्स, जापान जस्ता देशहरु बढी प्रभावित भएका छन् । पछिल्लो समय यो संकामण भारतमा तीव्रगतिमा बढिरहेको छ । एकैदिनमा १३०० जनामा कोरोना संकामण पुष्टि भएसँगै भारत पनि यस महामारीको उच्च जोखिममा रहेको देखिन्छ । यसबीचमा सीमाना जोडिएको सबैभन्दा नजिकको छिमेकी मुलुक चीन भएकाले नेपाल पनि अछुतो रहन सकेको छैन । नेपालमा सबैभन्दा पहिले माघ १० गते वुहान क्षेत्रबाट स्वादेश फर्केका युवकमा कोरोना संकामण पुष्टि भएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार अप्रिल १५ सम्मको तथ्याङ्कमा नेपालमा १६ जनामा संकामण पुष्टि भएको छ भने १ जना निको भएर घर फर्किसकेका छन् । १५ हजार भन्दा बढीको परिक्षण गरिएको छ भने सम्भावित लक्षण देखिएका बिरामीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । अहिलेसम्मको अवस्थालाई हेर्दा जतिपनि कोरोना भाइरसबाट संक्रमित छन्, उनीहरु प्राय वैदेशिक रोजगरीका लागि भारत, चीन, लगायत अन्य खाडी मुलुकमा गई फर्केका मानिसहरु र उनीहरुका परिवारका सदस्यहरु मात्र रहेका छन् । यस महामारीको झन्डै ४ महिनाको अवधिमा विदेशबाट करिब २ लाख भन्दा बढी नेपालीहरु स्वदेश आएका छन् । तसर्थ नेपालमा पनि कोरोना भाइरस संकामणको दृष्टिले उच्च जोखिमको सम्भावना रहेको छ । त्यस्तै विदेशस्थित नेपाली दुतावास, गैरआवासीय नेपाली संघका अनुुसार विदेशमा भएका करिब ६ सय ९७ जना नेपालीमा कोरोना पुष्टि भएकोमा १५ जना नेपाली नागरिकले ज्यान गुमाएका छन् । यसरी कोरोना भाइरसको संकामण विश्वभरि फैलिरहँदा यस्तो महामारीबाट सम्पूर्ण मानवजातिको अस्तित्व बचाउन विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । जसबाट कोरोना महामारीको नियन्त्रणमा विश्व स्वास्थ्य संगठनको भूमिका कोसेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ । वर्तमान अवस्थामा संसार कोरोना भाइरसको महामारीबाट आताङ्कित भएको छ । यसले अनेकौँ समस्याहरु खडा गरिदिएको छ । अनेकौँ सवाल तथा शङ्काहरु पैदा भएका छन् । यो भाइरस आफैँ फैलिएको नभई चीनमा रहेको एउटा भुमिगत गिरोहको हात रहेको शङ्का गरिएको छ । उक्त भुमिगत गिरोहले ल्याबको माध्यमबाट कोरोना भाइरस उत्पादन गरि नरसंहारकारी महामारी फैलाएर विश्वसमुदायलाई त्रासित बनाउँन खोजेको शङ्का गरिए पनि अहिलेसम्म आधिकारिक रुपमा पुष्टि भएको छैन । नोबेल कोरोना भाइरस एउटा अनुसन्धानको विषय बनेको छ । कोरोनाको प्रभावले गर्दा विश्वभरिका उद्योग, वाणिज्य, पर्यटन, आयात निर्यात जस्ता सबै प्रकारका आर्थिक क्रियाकलाप ठप्प भएका छन् । जसबाट आपेक्षित अनुपातमा आर्थिक वृद्धिदर वृद्धि हुन सकेको छैन । अहिले सुस्ताएको अर्थव्यवस्थालाई पुनरुत्थान गर्नु चुनौतिको विषय बनेको छ । तत्काल कोरोना भाइरसको संकामण व्यवस्थापन हुन नसक्ने अवस्था भएमा आर्थिक वृद्धिदरमा धेरै दरले गिरावट आई अर्थव्यवस्था अस्त व्यस्त हुने आर्थिक विज्ञहरुले विश्लेषण गरिरहेका छन् । विश्व अर्थतन्त्रमा मात्र नभएर नेपालको अर्थव्यवस्थामा पनि कोरोनाले प्रभाव पारेको छ । हाम्रो अर्थतन्त्रको प्रमुख मेरुदण्ड पर्यटन व्यावसाय हो। यही पर्यटन व्यावसायको प्रावद्र्धनको माध्यमबाट अर्थतन्त्रको सुधार र गर्नका लागि आर्थिक वृद्धिदर अधिकतम बनाउने उद्देश्य लिएर २०२० लाइ ”भिजिट नेपाल २०२०’’ घोषणा गरिएको थियो । जसअन्तर्गत लाखौँ आन्तरिक तथा बाह्य पर्यटकहरु भित्राएर पर्यटन प्रावद्र्धन आर्थिक विकासमा सुधार गर्ने महत्वकांक्षी कार्यक्रमहरु समावेश गरिएको थियो । जुन अहिलेको कोरोना महामारीको कारण खारेज भएको छ । तर अन्य देशमा जस्तो कोरोना वृहतस्तरमा संकामण फैलिन नपाए अर्थात तत्काल उक्त समस्याको व्यवस्थापन हुन सकेको अवस्थामा नेपालका् अर्थव्यवस्थ केही सुस्ताए पनि पुनरुत्थान गर्न सकिने नेपाली आर्थिक विज्ञहरुको ठम्याइ रहेको छ । त्यस्तै कोरोना महामारीको विषयलाई लिएर विश्व स्वास्थ्य संगठनले विश्वव्यपी स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ । यो घोषणा गर्नुको कारण चीनमा के भइरहेको छ भन्दापनि संकामण फैलिएका सबै देशमा के भइरहेको छ भन्ने कुरामा बढी केन्द्रित रहेको विश्व स्वास्थ्य संगठनको भनाइ छ । यसले यो भन्दा पहिले सन् २००९ मा स्वाइनफ्लु, २०१४मा पोलियो, २०१६मा जिका र २०१९मा इबोला संकामणको समयमा ५ पटक विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको थियो । यसलाई अनुसरण गर्दै नेपाल लगायत संकामण फैलिएको देशका सरकारले बन्दाबन्दीको व्यवस्था गरेका छन् । जसबाट सर्वसाधारण जनतामा सकारात्मक र नकारात्मक दुबै प्रभाव परेको छ । एकातिर उनीहरु केही हदसम्म संकामणबाट सुरक्षित हुने सम्भावना रहन्छ भने अर्कोतिर दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्ने वर्गहरुलाई खाद्यान्न, लगायत अन्य आधारभुत आवश्यकताका वस्तुहरुको अभाव भइरहेको छ । जसले गर्दा उनीहरु सडकमा उत्रिन थालेका छन् । भारतमा यस्तै समस्या सिर्जना हुँदा हजारौँको सङ्ख्यामा मजदुरहरु सडकमा उत्रेर अन्दोलन गरेका छन् । यसबाट समस्या समाधान गर्न खोज्दा झन् समस्या थपिनसक्ने सम्भावना देखिएको छ । यस्तो अवस्थामा सरकार लगायत सम्बन्धित सबै पक्षहरुले उचित ढङ्गबाट समस्या समाधान गर्ने प्रयास गर्नुपर्दछ । हाम्रो जस्तो विकाशोन्मुख राष्ट्रको लागि यस्तो परिस्थितिको सामना गर्नु चुनौतिको विषय बनेको छ । हामीसँग थोरै स्रोत र साधन छ, अर्थव्यवस्था बलियो छैन । तरपनि केही नहुनु भन्दा केही भएको राम्रो भनेझैँ हामीसँग जेजति साधन छ त्यसबाट चुनौतिलाई सामना गर्नु जरुरी छ । विश्व समुदायका मानवजातिको लागि तत्काल कोरोना महामारीबाट आफ्नो र प्राणीजगतको अस्तित्वलाई बचाउनु सबैभन्दा ठूलो चुनौतिको विषय बनेको छ । त्यस्तै भविष्यमा नयाँ प्रविधिको अविष्कार तथा विकाससँगै प्राकृतिक वातावरणको स्थायी सन्तुलन कायम गर्नु मानव समुदायको लागि अर्को ठूलो चुनौति थपिएको छ । विश्व समुदायका मानवजातिको लागि तत्काल कोरोना महामारीबाट आफ्नो र प्राणीजगतको अस्तित्वलाई बचाउनु सबैभन्दा ठूलो चुनौतिको विषय बनेको छ । त्यस्तै भविष्यमा नयाँ प्रविधिको अविष्कार तथा विकाससँगै प्राकृतिक वातावरणको स्थायी सन्तुलन कायम गर्नु मानव समुदायको लागि अर्को ठूलो चुनौति थपिएको छ । नेपालमा कोरोना भाइरसको संकामण वैदेशिक रोजगरीको विदेश गइ फर्केका नेपालीबाट भित्रिएको हो । त्यसैले वैदेशिक रोजगरीका लागि विदेशिने युवाहरुलाई स्वादेशमा नै स्वरोजगार बनाउनु आवश्यक छ । जसको लागि धेरै स्रोत, साधनका साथै उचित व्यवस्थापनको आवश्यकता पर्दछ । जुन हाम्रो देशको जटिल र चुनौतिको विषय हुन आउँछ । कोरोना भाइरसले चुनौति सिर्जना गर्नुका साथै समग्र मानवसभ्यता र संस्कृतिलाई पनि प्रभाव पारेको छ । मानिसहरु मृत्यु भएका आफन्तहरुलाई छुने मन भएपनि आँट गर्न सकिरहेका छैनन, कोरोना भाइरसले मानव सभ्यता माथि नै प्रश्न खडा गरेको छ की यस्तो महामारीको प्रमुख दोषी को हो त ? मानव वा प्रकृति ? जसरी प्राकृतिक वातावरणमा भएको असन्तुलनले गर्दा सयौँ बर्ष पहिले डाइनोसरको अस्तित्व अन्त भएका थियो, त्यसरी नै कोरोनाको महामारीले पनि मानवसभ्यता र संस्कृतिमा असन्तुलन बनाउन खोजेको छ । जसको परिणाम स्वरुप पृथ्वीमा भएको पारिस्थितिक प्रणालीमा पनि असन्तुलनको अवस्था सिर्जना हुने अनुमान गर्न सकिन्छ । यसबाट सम्पूर्ण मानवजाति, उसले गर्ने हरेक साँस्कृतिक क्रियाकलापका साथै प्राणीजगतको भविष्यलाई अनिश्चित बनाएको छ । राहातकाे सामान ल्याइदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कोरोना भाइरस एउटा महामारी हो, यसको अहिले सम्म कुनै पनि औषधी पत्ता लागभको छैन । यसलाई न्युनीकरण र नियन्त्रणमा विश्व समुदायका सबै वैज्ञानिकहरु, अनुसन्धनकर्ताहरु लागि परेका छन् । किनकी गर्न सक्दिन भनेर पछि हट्नु भन्दा प्रयास गर्नु नै सबैभन्दा ठूलो कुरा हो । अहिलेसम्म जति पनि संक्रमितको उपचार गरिएको छ, ती सबै प्रयोगात्मक र परिक्षणका क्रममा नै गरिएका छन् । आर.डी.टी. अर्थात र्यापिड डाइगोनोस्टिक टेस्ट तथा पी.सी.आर. परिक्षणको प्रयोग गरि संक्रमितको पुष्टि गर्ने र उपाचार गर्ने कार्य भइरहेको छ । यस महामारीको दौरानमा चीनले संक्रमितको उपाचार गर्न ८ दिन लगाएर १ हजार शैयाको अस्पाताल निर्माण गरेको छ भने अर्को १० हजार शैयाको अस्पाताल निर्माण गर्ने भएको छ । नेपालको सन्दर्भमा चीनबाट परिक्षणका लागि आवश्यक किट लगायत अन्य स्वास्थ्य सामाग्रीहरु ल्याइएको छ । परिक्षण तथा उपाचारलाई केन्द्रमा मात्र सीमित नराखी सातवटै प्रदेशमा विस्तार गरी सबै जिल्लाहरुमा पनि स्वास्थ्य सामाग्रीहरु पु¥याउने काम भइरहेको छ । यसको लागि कोभिड–१९ नियनत्रण तथा उच्चस्तरिय समन्वय समितिको समन्वयमा चीनबाट नै थप स्वास्थ्य सामाग्रीहरु जी.टु.जी. माध्यमबाट खरिद गरिने भएको छ । त्यस्तै संक्रमित व्यक्तिको उपाचार तथा यसबाट दैनिक जीवनयापनमा असर परेका जनतालाई राहात प्रदान गर्ने उद्देश्यर्ले कोरोना महामारी कोष’ स्थापना गरिएको छ । सरकारले आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको बेलामा सर्वसाधारण जनताले पनि आफ्नो तर्फबाट एउटा सचेत नागरिकको भूमिका निर्वाह गर्नु आवश्यक छ । सामाजिक सञ्जालहरुमा यस महामारीको विषयलाई लिएर आवश्यक र अनावश्यक दुबै हल्ला भइरहेको छ । तर हामीले यस्तो हल्लाको पछि नलागी यसबाट बच्नका लागि सुरक्षाका ’उपायहरु अपनाउनतिर ध्यान दिनु पर्दछ । एउटा भनाई नै छ ‘‘रोग लाग्नु भन्दा रोग लाग्न नदिनु नै बुद्धिमानी हो ।’’ त्यसैले हामीले यसबाट बच्नका लागि संक्रमणको सम्भावित लक्षण देखिनेबित्तिकै परीक्षणका लागि अस्पाताल जाने, साबुनपानीले हात धुने, खोक्दा हाच्छ्युँ गर्दा नाक मुख छोप्ने, मास्क लगाउने, भीडभाडमा नजाने, उपलब्ध भएमा सेनिटाईजरको प्रयोग गर्ने जस्ता आधारभूत सुरक्षाका उपायहरु अपनाउन सकिन्छ । जसबाट केही हदसम्म भएपनि संकामण फैलिन पाउँदैन । कोरोना भाइरस विनाशक मात्र नभएर एउटा सन्देशवाहकको रुपमा पनि लिइएको छ । अहिलेको मानवजाति प्राकृतिक वातावरण भन्दा कृत्रिम वातावरणमा रमाउन थालेको छ । प्राकृतिक सम्पदाको संरक्षण गर्नेभन्दा विनाश गर्नेतर्फ बढी अग्रसर भइरहेको छ । अहिलेको मानवजातिमा भातृत्व, मानवता, सामाजिक सद्भाव, आपसी मेलमिलाप भन्ने चिज हराउँदै गएको छ । समनताको व्यवहार भन्ने चिज वास्तविक जीवनमा लागु हुन सकेको छैन । ‘‘देखाउने दाँत’’ को रुपमा बाह्य समाजमा देखाउन मात्र खोजिएको छ । ‘‘चपाउने दाँत ’’ झैँ असमनता अहिले पनि हरेक देश, क्षेत्र र समाजमा विद्यामान रहेको छ । तर कोरोना भाइरसले न त निम्नवर्गलाई छोडेको छ न त उच्च वर्गलाई, न त विकाशोन्मुख देशलाई छोडेको छ न त विकसित देशलाई । विकासमा फड्को मारेका अमेरिका, चीन, जापान जस्ता विकसित राष्ट्रदेखि नेपाल, भारत, कतारजस्ता विकाशोन्मुख राष्ट्रहरु पनि यो भाइरसबाट अछुतो हुन सकेका छैनन् । यसले लिङ्गविशेष वा धर्मविशेष अर्थात न त महिला र पुरुष छुट्याएको छ न त हिन्दु धर्म, बौद्ध धर्म, क्रिश्चियन कुनै पनि धर्मका मानिसलाई विभेद गरेको छैन । यसले एकातिर सम्पूर्ण मानव तथा प्राणीजगतको अस्तित्वलाई संकटमा पारेको छ भने अर्कोतिर सबै जात, धर्म, वर्ग र देशका मानिसहरुबीच समनता कायम गर्न खोजेको छ । ‘कुनै कुरा पढेर जानिन्छ, कुनै कुरा परेर जानिन्छ’ भने झैँ अध्ययन, अविष्कार, प्राविधिक विकासबाट मात्र होइन, परिस्थिति र घटनाले पनि अवश्य केही न केही सिकाउँदछ । तसर्थ प्राकृतिक सन्तुलनलाई ध्यानमा राखी आर्थिक र प्राविधिक विकासको पछाडि दौडिरहेको मानव समुदायलाई विकास सँगसँगै त्यसबाट आउन सक्ने समस्याको पूर्वानुमान तथा रोकथामको लागि पूर्वसर्तकता अपनाउँदै अगाडि बढ्न सक्नुपर्छ भन्ने महत्वपूर्ण पाठ मिलेको छ । त्यस्तै वैदेशिक रोजगरीका सिलसिलामा विदेशमा हुँदा कोरोना भाइरसको सिकार बन्न पुगेका नेपालीहरुलाई ‘जननी जन्मभूमिश्च, स्बर्गदापी, गरीयसी’ अर्थात आफूलाई जन्म दिने आमा र आफू जन्मेको मातृभूमि स्वर्ग भन्दा पनि प्यारो हुन्छ भन्ने कुरालाई मनन गर्दै आफ्नै देशमा फर्केर आफ्नो बाँझो बारीमा पसिना बगाउन सन्देश दिएको छ । त्यस्तै गाउँबाट शहरकेन्द्रित भइ कृत्रिम वातावरणको प्रदुषणमा रमाईरहेका मानिसहरुलाई गाउँको प्राकृतिक स्वच्छ वातावरणमा फर्केर रमाउन सन्देश दिएको छ । ‘‘देखाउने दाँत’’ को रुपमा बाह्य समाजमा देखाउन मात्र खोजिएको छ । ‘‘चपाउने दाँत ’’ झैँ असमनता अहिले पनि हरेक देश, क्षेत्र र समाजमा विद्यामान रहेको छ । तर कोरोना भाइरसले न त निम्नवर्गलाई छोडेको छ न त उच्च वर्गलाई, न त विकाशोन्मुख देशलाई छोडेको छ न त विकसित देशलाई । विकासमा फड्को मारेका अमेरिका, चीन, जापान जस्ता विकसित राष्ट्रदेखि नेपाल, भारत, कतारजस्ता विकाशोन्मुख राष्ट्रहरु पनि यो भाइरसबाट अछुतो हुन सकेका छैनन् । कोरोना भाइरस एउटा महामारीको प्रतिरुप हो । विपत्ति बाजा बजाएर आउँदैन भने झैँ यो भाइरस पनि अचानक देखिएर महामारीको रुप लिएको छ । यसबाट लाखौँको सङ्ख्यामा मानिसहरुले ज्यान गुमाइरहेका छन् । कति मानिसहरुले आफ्नो आफन्त गुमाउनुको पिडा एकातिर छ भने अर्कोेतिर उनीहरुको मृत्युसंस्कार गर्न पाउनु त परको कुरा, चाहेर पनि छुन नपाउने कहालीलाग्दो अवस्था सिर्जना भएको छ । त्यस्तै कतिपय मानिसहरु भोकमरीको सिकार हुनुपर्ने अवस्थामा पुगेका छन् । यो अवस्थामा विश्व स्वास्थ्य संगठन एक्लैले सबै समस्याको समाधान गर्न सम्भव हुँदैन । ‘एक थुकी सुकी हजार थुकी नदी’ भने झैँ व्यक्ति, समाज, संकामणबाट प्रभावित देशका सरकार जस्ता सबै पक्षहरु एकजुट भइ समस्याको समाधान खोज्न आवश्यक छ । यस्तो अवस्थामा फुटेर होइन जुटेर विपत्तिको सामना गर्नुपर्ने हुन्छ । हुनेले नहुनेलाई मद्दत गर्नुपर्दछ । मानवताको नाताले सबैलाई मानवीय व्यवहार गर्नुपर्दछ । कसैलाई काख, कसैलाई पाखा गर्ने प्रवृत्तिलाई त्याग्नुपर्दछ । निष्पक्षरुपमा सबैलाई उचित व्यवस्थापन गर्नुपर्दछ । अहिलेको विषम परिस्थितिमा हामी कति पनि विचलित हुनुहुँदैन । खासगरी यस्तो अवस्थामा सबैभन्दा बढी बालबालिकाको मनोविज्ञानमा नकारात्मक प्रभाव पर्न सक्दछ । त्यसैले उनीहरुको मनोविज्ञानलाई स्थिर राख्नको लागि उनीहरुलाई बिरुवा रोप्ने, परम्परा र संस्कृतिका कुराहरु सिकाउने, कथा,कविता, चित्र बनाउने जस्ता सिर्जनात्मक कार्यमा सारिक गराउनु पर्दछ । जसले गर्दा थोरै भएपनि उनीहरुको मनोविज्ञानलाई नकारात्मक प्रभावबाट बचाउन मद्दत मिल्दछ । हरेक नकारात्मक कुरा भित्र नकारात्मकता मात्र हुँदैन, खोज्दै जाँदा त्यसमा केही न केही सकारात्मक पक्षहरु पनि भेटिन्छन् । त्यसैले आजको दिनमा कोरोना भाइरसको त्रासमा बाँच्नु भन्दा अगाडि के गर्न सकिन्छ, त्यतातिर ध्यान दिन जरुरी छ । आफू बाँचियो भने अरुलाई पनि बचाउन सकिने हुँदा आफैँ समस्यासँग भाग्नु हुँदैन । यस्तो अवस्थामा धैर्य गरेर संयमता अपनाउनु पर्दछ । हचुवाको भरमा परेर अत्तिनु हुँदैन । म गर्न सक्छु भन्ने आत्मविश्वासका साथ अगाडि बढ्नुपर्दछ । समस्यासँग जुध्न सिक्नुपर्दछ । जसबाट भविष्यमा आइपर्ने कोरोना भाइरसजस्तै अन्य संकटसँग जुध्न र प्रतिकार गर्न सक्षम र तत्पर बन्न सक्दछौँ । वर्तमान र भविष्यबीच घर र जगको जस्तो सम्बन्ध हुन्छ । जसरी एउटा घर बलियो हुनको लागि बलियो जगको आवश्यकता पर्दछ, त्यसरी नै हाम्रो भविष्य निश्चित हुनको लागि हाम्रो वर्तमान पनि निश्चित हुनुपर्दछ । यदि वर्तमान क्रियाकलाप अव्यवस्थित, अनियन्त्रित भएमा भविष्यकोे पनि कुनै टुङ्गो हुँदैन । वर्तमान अवस्थामा हरेक कठिनाईसँग जुध्न सक्नु पर्दछ । जसले गर्दा हरेक समस्यासँग जुध्न सक्ने क्षमताको विकास हुन्छ । तसर्थ ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल भने झैँ कोरोना भाइरसजस्ता भविष्यमा आईपर्ने हरेक कठिन परिस्थितिसँग जुधेर हाम्रो सुनिश्चित सुनौलो भविष्य कोर्न सक्नेछौँ भन्ने कुरामा कसैको दुई मत रहँदैन । धनकुटा नगरपालिका वार्ड नम्बर सात(७) धनकुटा
कोरोनाकाे बहुआयामिक प्रभाव, मानवीय संकट र सन्देश
कोरोना महामारीको विश्वव्यापी अवस्था चीनको वुहान शहरदेखि गत डिसेम्बरबाट सुरु भएको कोरोना (कोभिड-१९) भाइरसको प्रभाव विश्वभर फैलिसकेको छ । बैशाख ७ गते दिउँसोको १२ बजेसम्ममा यस रोगबाट करिब २३ लाख १० हजार ५ सय १७ जना मानिस संक्रमित छन् भने करिब १ लाख ५८ हजार ६ सय ९१ जना मानिसले यही रोगका कारण आफ्नो ज्यान गुमाउनु परेको छ । यद्यपि ५ लाख ९० हजार ६सय ८२जना मानिसहरु निको पनि भएका छन् । एकातिर संक्रमित र मृत्यु हुनेहरुको आंकडा दिनप्रतिदिन बढ्दै गएको छ भने अर्काेतिर प्रायजसो देशहरु लकडाउनमा गएकाले मानिसको जनजीवन कष्टकर बन्दै गएको छ । अमेरिका, इटली, फ्रान्स, जर्मन, चाइना लगायतका देशहरुमा यसको ठूलो असर देखिएको छ भने यसको प्रभाव सबैजसो मुलुकमा देखिन थालेको छ । कोरोना महामारीलाई विश्व स्वास्थ्य संगठनले ग्लोबल इमरजेन्सीको रुपमा घोषणा गरिसकेको छ भने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टलिना जर्जियावाले कोरोनाको प्रभाव २००८ को विश्वव्यापी वित्तीय संकटभन्दा पनि ठूलो हुने चेतावनी दिएकी छन् । भर्खरै मात्र संघीय संरचनाहरु अभ्यासरत हुंदै गएको र विकासको एजेन्डालाई प्रमुख रुपमा लिन थालेको नेपाल जस्तो देश पनि विश्व अर्थतन्त्रमा देखापर्ने संकटबाट अछुतो रहन नसक्ने प्रष्ट छ । नेपालको अवस्था चीनको वुहान शहरदेखि सुरु भएको कोरोना महामारी (कोभिड-१९)ले विश्व आम जगतलाई प्रभाव पार्दा छिमेकी मुलुक नेपाल पनि अछुतो हुन सकेन । पहिला केही दिनमा चीनमा कोरोना प्रभाव बढोत्तरी हुँदा नेपाल आफ्नो घोषित कार्यक्रम अन्तर्गत भ्रमण वर्ष (२०२०)मनाउने सुरुवाती चरणमा थियो । जब छिमेकी मुलुक चीन लगायत विश्व अरु राष्ट्रमा यसकाे प्रभाव स्वरुप आमनागरिकमा संकट देखा पर्न थाल्यो, नेपालका पर्यटन मन्त्री याेगेश भट्टराई नेपाल कोरोना (मुक्त ) सुरक्षित राष्ट्र हो, भ्रमण गर्न आउनुहोस् भनी आह्वान गर्दै थिए । जब विश्वका अधिकांश देशमा यो महामारी प्रभावबाट मानवीय क्षति, संक्रमित संख्या वृद्धि हुन थाल्यो, यस्तो भयावह अवस्थामा सावधानी रहन सरकारले पहल कदमी स्वरूप सबै कार्यक्रम स्थगित गरि नेपाल सरकार सचेतना नयाँ कार्यक्रमसहित रोकथामका लागि प्राथमिक चरण अपनाउन थाल्यो । विश्व स्वास्थ्य सङ्गठन नेपाल अत्यन्तै जोमिख राष्ट्रकाे रुपमा घोषणा गर्यो, जसकाे पहलकदमी स्वरुप भयावह स्थितिबाट बच्न अहिले बन्दाबन्दी लगाएको अवस्था छ । नेपालमा कोरोनाबाट संक्रमित पहिलो व्यक्ति नै यसकाे केन्द्रबिन्दु चीनको वुहान प्रान्तमा अध्यनरत विद्यार्थी रहेका छन्, जुन विद्यार्थी अहिले निको भइ घर फर्केको अवस्था छ । जहाँ अध्ययरत १७५ जना विद्यार्थीलाई उद्वार गरि नेपाल ल्याइ क्वारेनटाइन राखिएको थियो, उनीहरु संक्रमित नरहेको हुँदा घर फर्किसकेका छन्। विश्व अर्थतन्त्रमा कस्तो प्रभाव लेखक कोभिड-१९ संक्रमणको फैलावटको अनिश्चित प्रवृत्तिका कारण विश्व अर्थतन्त्रबारे गरिएका प्रक्षेपण पटक-पटक संशोधन गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ। सारा विश्व नै लकडाउन अवस्था रहेको हुँदा वस्तु तथा सेवाको माग र आपूर्ति दुबैमा भएको अवरोधकाे कारण कारोबार न्युन हुँदा विश्व इतिहासमै नराम्रो मन्दीको सामाना गर्नु परेको छ । रोजगारी र आयमा भारी गिरावट हुँदा आम नागरिकको दैनिकी कष्ट कर बन्दै गएको कुरा संयुक्त राष्ट्र संघले बताउँदै आएको छ । हालसम्म विश्वमा २ करोड बढी मानिस रोजगार बिहिन भएको र याे महामारीका कारण ६ कराेड भन्दा बढी मानिस बेराेजगार हुने विभिन्न संस्थाहरूले अनुमान गरिररहेका छन् । उत्पादन र व्यापारमा वैदेशिक लगानी पनि गिरावट हुने देखिन्छ । अवस्थामा वैदेशिक सहयोग गर्न नसक्ने शक्तिशाली राष्ट्रहरुले घोषणा गर्दैछन् । पर्यटन क्षेत्रमा प्रभावले कुल ग्राह्रस्थ उत्पादन योगदान गर्न नसक्ने हुँदा, जसकाे प्रभाव स्वरूप आर्थिक वृद्धि गिरावट हुने देखिन्छ ।मुल्य र वित्तीय क्षेत्रमा प्रभाव हुँदा मुल्य वृद्धि भइ एकातिर बस्तु मुल्य अवमूल्यन हुने अर्कोतिर तरलता व्यवस्थापन गर्न कठिनाइ पर्ने देखिन्छ । उल्लेखित क्षेत्र प्रभाव हुँदा बस्तु तथा सेवाको उत्पादन र वितरण गतिविधि ठप्प प्रायः हुँदा आर्थिक वृद्धि उल्लेखनीय गिरावट हुनेछन् । केहि यसै परिप्रेक्षमा एस एन्ड पी ग्लोबल रेटिङ्गले आफ्नो १४ मार्चको अपडेटलाई संशोधन गरी सन् २०२० मा विश्व आर्थिक वृद्धिदर ज्यादै न्यून भई ०.४ प्रतिशतमा झर्ने र सन् २०२१ मा फेरि सुधार भई ४.९ प्रतिशतमा उक्लने प्रक्षेपण गरेको छ । पछिल्ला दिनमा संक्रमण द्रुतगतिमा बढ्दै गएकाले शक्तिशाली मुलुक अमेरिका र युरोपको आर्थिक वृद्धिदर १ प्रतिशत र चीनको ३ प्रतिशतभन्दा कम रहने अनुमान छ । अर्थतन्त्रमा आउने यस्तो गिरावटले चीन निकट जापान, कोरिया, पूर्वी र दक्षिण-पूर्वी एसियालगायत केही अर्थतन्त्र, वस्तु निर्यातकर्ता मुलुक र युरोपियन क्षेत्रलाई बढी प्रभाव पार्नेछ । अर्थशास्त्रीहरूको विश्लेषणमा विश्व अर्थतन्त्र सन् २०२१ मा भने क्रमशः सुधारोन्मुख हुनेछ । तर, यस्तो सुधारको स्वरूप र मात्रा भने महामारीले कहाँसम्म, कहिलेसम्म, कतिसम्म र कस्तो प्रभाव पार्छ ? त्यसको नियन्त्रणका लागि लिइएका नीति कति प्रभावकारी र उपलब्धिमूलक हुन्छन् भन्नेमा भर पर्छ । नेपालमा आर्थिक प्रभाव कोरोना महासङ्कटबाट सिङ्गो विश्व नै आक्रान्त भइरहेको बेला हाम्रो देशसमेत त्यसको प्रभावबाट अक्षुतो हुन सकेन । यसकाे प्रभाव र मानवीय क्षती न्यूनीकरण गर्न देश अहिले(बन्दाबन्दी) लकडाउनको अवस्थामा छ । यसले आमनागरिकको आर्थिक सामाजिक, मनोबैज्ञानिक असर त पुगेकै छ त्योभन्दा ज्यादा असर अर्थतन्त्र हुने देखिएको छ।हाम्रो जस्तो अल्पविकसित मुलुक विकासको गति समाउँदै गरेको अवस्थामा ब्रेक लागेको छ । सरकारले प्रक्षेपण गरेको आर्थिक बुद्धिदर ८.५ अब कागजमै सीमित हुने यहि अवस्थामा कोरोना रोकथाम हुन सके मात्र ३ प्रतिशत आर्थिक वृद्धि हुने कुरा जानकार बताउँछ । उद्याेग, व्यवसाय, उत्पादन, रोजगार, निर्माण, पर्यटन, सेवा पुरै ठप्प अवस्थामा छन्, कुल ग्राह्रस्थ उत्पादनमा योगदान गर्ने कृषि, पर्यटन, रेमिट्यान्स प्रभावित हुँदा आर्थिक वृद्धिदर न्यून हुने देखिन्छ । रेमिट्यान्स प्रभावका कारण हुने आर्थिक चलखेल शुन्य प्रायः हुँदा त्यो सँग जोडिएका सेवाका क्षेत्र प्रभावित छन् भने अर्कोतिर वैदेशिक रोजगारी कटौतीले गर्दा युवाहरुको नेपाल आउने संख्या वृद्धि हुन जाने स्थिति छ जसले गर्दा नेपालमा रोजगारी तत्काल उपलब्ध नहुँदा सामाजिक बिचलन हुने खतरापूर्ण स्थिति छ । निर्माण काम प्रायः ठप्प हुँदा लागत बढने चिन्ता छ । समयमै आयोजना नसिद्धिने अवस्था आएको छ । पर्यटन व्यवसाय संकुचित हुँदा प्रत्यक्ष, अप्रत्यक्ष १० लाख रोजगारी गुम्ने खतरा आएको छ, अर्कोतिर बैंक वित्तीय संस्थाको लगानी रहेको पर्यटन क्षेत्र बन्द हुँदा बैंकिङ्ग समस्या देखापर्ने स्थिति सिर्जना भएको छ । कृषि लागि आवश्यक मल, बीउ बिजन औजार व्यवस्थापन गर्न असहजता आउँदा पुरानो कृषि प्रणालीले काम नगर्दा कृषिले योगदान गरेको आर्थिक वृद्धिदर घट्ने सकेत देखिएको छ । निजी क्षेत्र निराश हुने अवस्था आएको छ । यो बेला सरकारले जुन प्रकारको आर्थिक क्षति न्यूनीकरण गर्न सुरक्षात्मक पहलकदमी लिनुपर्ने हो त्यसको बिल्कुल अभाव भइरहेको छ । लकडाउनको घोषणा त गरिएको छ, सिङ्गै आपूर्ति व्यवस्था लथालिङ्ग र भताभुङ्ग छ । विकसित मुलुकहरूको जस्तो घरघरमा आपूर्ति व्यवस्था गर्ने ल्याकतमा त सरकार छैन नै, न्यूनतम् आपूर्तिलाई समेत सहज गर्न सकिरहेको छैन । महँगी व्यापक बढिरहेको छ । यही बेला व्यापारीहरूले हरवस्तु लुकाएर कृत्रिम अभाव उत्पन्न गरिरहेका छन् । लकडाउनको घोषणा त गरिएको छ, सिङ्गै आपूर्ति व्यवस्था लथालिङ्ग र भताभुङ्ग छ । विकसित मुलुकहरूको जस्तो घरघरमा आपूर्ति व्यवस्था गर्ने ल्याकतमा त सरकार छैन नै, न्यूनतम् आपूर्तिलाई समेत सहज गर्न सकिरहेको छैन । महँगी व्यापक बढिरहेको छ । यही बेला व्यापारीहरूले हरवस्तु लुकाएर कृत्रिम अभाव उत्पन्न गरिरहेका छन् । विदेशबाट आउने रेमिट्यान्सले चलेको अर्थतन्त्र अब कसरी टिक्छ त ? राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता तमाम जनताले त महसुस गर्ने नै छन्, बरु हाम्रा बौद्धिक मित्रहरू र राजनेताहरूले भने गर्ने हुन् वा होइन त्यो चाहिँ हेर्न बाँकी नै छ । तर पनि यस्तै चुनौती सामाना गर्दै उच्च मनोबल साथ अवसर बदल्ने समय आएको छ । विश्व सामु यसकाे चुनौती कोरोना प्रभावको कारण संसारभरका आम मानिसहरूको जीवनचर्या नै जबर्जस्ती फेरिएको छ । कोरोनाको प्रभाव रोक्न विविध रक्षात्मक उपायहरू लगाइए पनि कोरोनाको भयानक फैलावट निरन्तर जारी छ । मानिसले मानिसमाथि युद्ध गर्न निर्मित महाशक्तिशाली आणविक अस्त्रहरू यतिबेला कोरोनाविरुद्ध निष्काम भएका छन् । हालसम्म मेडिकल साइन्स समेत यो भाइरस रोकथाम लागि भ्याक्सिन पत्ता लगाउन सकेको छैन । प्राविधिक चमत्कारको प्रयोगले निकै ठूलो उचाइमा पुगेको मानव जीवन उसको श्रेष्ठतामाथि नराम्ररी धक्का लागेको छ । सिङ्गो मानव जातिका रोग निवारणका लागि प्रयोग लागि गरिएको प्रबिधियुत्त विकासले आज काम गरेको छैन, विज्ञानलाई समेत चुनौती दिएको छ । ‘बन्दाबन्दी अर्थात् आफूले आँफैलाई गरिएको तालाबन्दीको तरिकाले मानिसहरू कोरोनाविरुद्ध प्रतिरक्षाको युद्ध लडिरहेका छन् । यो लकडाउन कति दिनसम्म टिकाउन हो, यसकाे प्रभाव कति जेल रहने हो निक्र्योल हुन सकेको छैन । अर्कोतिर आर्थिक, सामाजिक, मनोवैज्ञानिक कस्तो भयावह स्थिति आउने हो आकलन गर्न सकिएको छैन । यस्तो चुनौतीपूर्ण अवस्था कसरी पार लगाउने हो, पर्ख र हेर सिवाय तत्काल अचुक औषधि छैन । मानव जातीमा भविष्यकाे चुनौती मानवजातिको उत्पत्तिपूर्वदेखि नै प्राणीजगतका विरुद्ध यसखाले महाविनाशका घटनाहरू बेलाबखत हुँदै आइरहेका देखिन्छन् । कुनै बेला त्यो अतिवृष्टि, अनावृष्टि, महाहिमपात, महाभूकम्प, सुनामी तथा बेलाबखतमा प्रकट हुने ज्यानमारा भाइरस र ब्याक्टेरियाहरूको महामारी बनेर प्रकट हुने गरेका तथ्यहरू आजको मानवका लागि अनौठा घटना भने होइनन् । यो तमाम कुराको जानकारी हुँदाहुँदै पनि वर्तमान विश्वका लागि चुनौतीपूर्ण कुरा के हो भने आफूलाई प्रविधि र चेतनाका दृष्टिले सर्वोच्च प्राणी ठान्ने मानवजाति र त्यसको पनि ठूलो ठेक्का लिएका महाशक्तिहरू कोरोना समक्ष अति कमजोर र निरीह बनेका छन् । उनीहरूको घमण्ड चुरचुर भएको छ । यो निरीहताले उनीहरूको चिन्तन दृष्टि र शासन प्रणालीको समेत ठिटलाग्दो र उदेकलाग्दो अवस्थालाई उर्जागर गरिदिएको छ । कोरोना आक्रमणले विश्वभरिकै अर्थतन्त्र तहसनहस हुने स्थितिमा छ । संसारभरको राजनीतिले यतिबेला जाम खाएको छ । सैनिक प्रभुत्वहरू तेजोबध भएका छन् । आखिर प्रकृतिसामू मानवीय क्रियाकलाप अझ भनौं अनावश्यक चुरीफुरी लाखको एक अंश पनि होइन भन्ने प्रमाणित भयो । यो महासङ्कटको बेला कुनै पनि व्यक्ति वा राष्ट्रले अरूमाथि दोष थोपरेर आफू उन्मुक्त हुने प्रयास आकाशतिर मुख फर्काएर थुक्नुजस्तै हो, बरु यो महासङ्कटले मानवजातिलाई आगामी दिनमा हुनसक्ने यस्तै अरू सङ्कटसँग जुध्न ठूलो शिक्षा प्रदान गरेको छ । अहिले अवस्थासम्म आउँदा देखिएका असरले आगामी दिन अझै चुनौतीपूर्ण देखिन्छ, तर आत्मबलका साथ यो कुरालाई गम्भीरताका साथ आत्मसात गर्दै कोरोनाविरुद्धको युद्धमा आफूलाई होम्नु प्रत्येक राष्ट्र र हरेक मानवको कर्तव्य हो । वातावरण र जीवन जगतमा प्रार्ने प्रभाव बढ्दो जनसंख्या वृद्धि र प्रविधिको उच्चतम प्रयोग कारण जलवायु परिवर्तनले पृथ्वीको तापमानमा निरन्तर भइरहेको फेरबदलले यसको वातावरण र भौगोलिक संरचनामा समेत केही लाख र हजार वर्षहरूमा ठूला उथलपुथलहरू आउने तथ्यांक हेर्दै आएको हो । ती उथलपुथलहरू प्राणीजगत्का लागि प्राकृतिक प्रकोप तथा जैविक र वातावरणीय चुनौतीका रूपमा समेत व्यक्त हुने गर्दछन् । त्यसलाई झेल्दै आउने क्रममा आजका समस्त प्राणीहरू र त्यसको सर्वोच्च प्रतिनिधि मानवको अस्तित्व कायम रहेको हो । मानिसले प्रकृतिको यो आन्तरिक संरचनामा हुने फेरबदल र त्यसबाट पैदा हुनसक्ने दुर्घटनाहरूलाई रोक्न कदापि सक्दैन, बरु आजको मानवका लागि सम्भव र आवश्यक कुरा भनेको त्यसखाले महासङ्कटको पूर्वानुमान गर्दै त्यसको प्रतिरक्षाको शक्तिशाली तयारी गर्नु हो । विडम्बना, आजको मानव यो जिम्मेवारीभन्दा निकै टाढा छ, बरु उल्टो मानव-क्रियाकलापकै कारण पृथ्वीको तापमानमा अनपेक्षित वृद्धि हुनुले वातावरणीय र जैविक प्रतिकूलताहरू झन् बढिरहेको विज्ञहरूले बेलाबखत बताउँदै आएका छन् । चेतावनी दिइरहेका छन् । विज्ञहरूबाट पर्यावरणीय चुनौतीको जोखिमबारे सचेत गराउँदा गराउँदै पनि सबैजसो राष्ट्रहरूले यसलाई कम आँकिरहेका छन् वा बेवास्ता गरिरहेका छन् । आजको कोरोना मात्र होइन, केही समयअघि देखापरेका इबोला, स्वाइन फ्लु, सार्सजस्ता भाइरस र ब्याक्टेरियाहरूको उत्पत्ति यही पर्यावरणीय चुनौतीकै एउटा परिणाम हो भन्नेमा कुनै बिमति हुँदैन । मानवजातिले यसबारे अझै नसोच्ने हो र पर्यावरणको विनाश गर्दै जाने हो भने भविष्यमा योभन्दा दसौ र सयौँ गुणा ठूला सङ्कट झेल्नुपर्नेमा कुनै शङ्का छैन । यसर्थ पर्यावरणको रक्षा नै मानव अस्तित्व हो भन्ने कुरा बेलैमा सबैले सोचौँ र कदम उठाऔँ । वातावरण र पर्यावरणको सुरक्षा नै कोरोनाजस्ता महासङकटबाट बच्ने उपाय हुन् । मानवजातिले यसबारे अझै नसोच्ने हो र पर्यावरणको विनाश गर्दै जाने हो भने भविष्यमा योभन्दा दसौ र सयौँ गुणा ठूला सङ्कट झेल्नुपर्नेमा कुनै शङ्का छैन । यसर्थ पर्यावरणको रक्षा नै मानव अस्तित्व हो भन्ने कुरा बेलैमा सबैले सोचौँ र कदम उठाऔँ । वातावरण र पर्यावरणको सुरक्षा नै कोरोनाजस्ता महासङकटबाट बच्ने उपाय हुन् । मानव सभ्यता जबजब मानवजाति विकसित हुँदै अघि बढ्यो मानवीय मूल्यमाथि चुनौतीहरू त्यत्तिकै बढ्दै गएका तथ्यहरू सबैका सामु छर्लङ्ग छन् । हुनत आजको मानव हिजोको झैँ फलामका साङ्लाहरूले बाँधिएको प्रत्यक्ष दास त छैन तर जुन प्रकारको उत्पादनप्रणाली आज संसारमा व्याप्त छ यसले मानवीय मूल्यलाई निरन्तर क्षयीकरणतिर धकेलिरहेको छ । मानिसको निकै ठूलो सङ्ख्या निश्चित पहुँचवाला व्यक्ति र समूहको अप्रत्यक्ष दास बनिरहेको छ । जुन व्यक्ति र समूहसँग उत्पादनका साधनहरूमाथिको ठूलो पहुँच कायम छ उनीहरू स्वतन्त्र र निर्भिक छन् । उत्पादनका साधनहरूबाट वञ्चित निकै ठूलो सङ्ख्या भने अभाव र अपमानबाट पैदा हुने विकार र सन्त्रासको ‘स्वतन्त्रता’ झेलिरहेको छ । आजको मानवीय मूल्य व्यक्ति-सर्वोच्चताको पुँजीवादी सिद्धान्तमा चलिरहेको छ । सक्नेले बाँच्ने, नसक्ने मर्ने यही सिद्धान्तले संसारमा राज गरिरहेको छ । यो सिद्धान्तको केन्द्रस्थलमा रहेको छ-निजत्व । आफ्ना सम्पूर्ण भौतिक र बौद्धिक सम्पत्तिलाई अँठ्याएर राख्नु र तिनको रक्षाका लागि अरूको सम्पत्ति हडप गर्नु, त्यसका लागि जुनकुनै मूल्य चुकाउन तयार हुनु र उस्तै परे विश्वयुद्धसमेत थोपर्नु यो सिद्धान्तको अनिवार्य विशेषता हो । संसारमा ठूला राष्ट्रहरूले साना राष्ट्रहरूलाई निषेध गर्नु र समाजमा हुनेखानेहरूले गरिब श्रमजीवीहरूलाई निचोर्नु त्यसकै परिणाम हो । यो मानवीय मूल्य समग्र मानवजातिको उन्मुक्त भविष्यका लागि विनाशक सावित भइरहेको छ । संसारभरका मानिसहरू कोरोना महासङ्कटमाथि विजय प्राप्त गर्न एक ढिक्का भएर लड्नुपर्ने आजको आवश्यकता त हुँदै हो भोलिको आवश्यकतालाई समेत ध्यानमा राखेर उच्च मानवीय एकता कायम राख्न जरुरी छ । तर त्यो एकताको मुख्य बाधक तत्व त्यही ‘व्यक्ति सर्वोच्चता’ को भाइरस रहेको छ, जसकाे प्रभाव स्वरुप मानव सभ्यता पहिचान नरहने होकि भन्ने चिन्ता पनि देखिन्छ । त्यसले समग्र मानव एकतालाई भताभुङ्ग पारिरहेको छ । देश-देशका बीच, जाति-जातिका बीच, क्षेत्र-क्षेत्रका बीच, धर्म-सम्प्रदाय र लिङ्गका बीचको एकता र सहअस्तित्वलाई ध्वस्त बनाइरहेको छ । आदिम दासत्वको नकारात्मक विरासतका रूपमा बाँचिरहेको आधुनिक दासत्वको यो मूल्य प्रणालीलाई ध्वस्त पारेर नयाँ मानवीय मूल्यको विकास कोरोना महासङ्कटको शिक्षा हो । विश्वलाई दिएको सन्देश जसरी आजको मानवीय मूल्यको नेतृत्वदायी स्थानमा व्यक्ति सर्वोच्चताको सिद्धान्त कायम रहेको छ ठीक त्यसैगरी आजको दुनियाँको राजनीतिक प्रणाली निजी पुँजी थुपार्ने होडबाजीमा केन्द्रित रहेको छ । आजको राजनीतिक प्रणालीले पुँजीवादी मुनाफाको अर्थनीतिलाई बलियोसँग समातेको छ । प्रत्येक वस्तुलाई ‘माल’ मा परिणत गर्नु र हरसङ्कटमा नाफाको व्यापार गर्नु उसको नीतिशास्त्र हो । आज एकातिर कोरोनाको आक्रमणले दैनिक हजारौं मानिसको ज्यान गइरहेको छ भने अर्कोतिर पुँजीवादी व्यापारीहरू सत्ता-राजनीतिको आडमा ठूलाठूला कमिसनको योजना बुनिरहेका छन् । बजारमा सामान्यभन्दा सामान्य वस्तु मास्क र हातमा लगाउने पन्जाको समेत अभाव छ । यही बेला औषधीमुलोको अभाव उत्पन्न गराइएको छ । दैनिक उपभोगका वस्तुहरूको निरन्तर अभाव बढिरहेको छ । उता यही मौकामा निकै नाफा कमाउने उद्देश्यका साथ गुणस्तरहीन सामानको उत्पादन र बिक्री वितरण भइरहेको छ । बजारमा बढिरहेको कृत्रिम अभाव, मूल्यवृद्धि र अराजकता त्यसकै परिणामहरू हुन् । भनिन्छ- जनताका हकहित र अधिकारको रक्षा राजनीतिक प्रणालीको आधारभूत दायित्व हो तर दुनियाँमा व्याप्त पुँजीवादी राजनीतिक प्रणालीले जनताको हकहित र अधिकारलाई व्यापारको वस्तु बनाइरहेको छ । बाहिर सडकमा जनहित र अधिकारको चर्को नारा लगाइन्छ तर अन्तर्यमा भने मुनाफा आर्जनको घटिया व्यवहार रहेको हुन्छ । कोरोना भाइरसका विरुद्ध पत्तो लाग्ने एन्टीभाइरस पनि प्रतिव्यक्ति हजारौँ डलरका दरले व्यापार हुनसक्ने सम्भावनालाई नकार गर्न सकिँदैन । आजको पुँजीवादी राजनीतिक प्रणालीले बाँच्ने अवसर पनि बलिया राष्ट्र र सम्पन्न व्यक्तिहरूलाई मात्र प्रदान गरेको छ । हुनत यतिबेलासम्म बलिया मात्र होइन, अति महाशक्ति राष्ट्रहरूसमेत कोरोनाको उच्च जोखिममा रहेका छन् । त्यहाँ हजारौँ जनताको मृत्यु भइसकेका समाचारहरू प्रसारण भइरहेका छन् तर यत्रो क्षति हुँदाहुँदै पनि कोरोना भाइरसका विरुद्ध प्रयोग गर्न उत्पादन हुनसक्ने एन्टीभाइरस वा कुनै पनि औषधी उनीहरूले नै पत्तो लगाउनेछन् किनकि उनीहरूसँग उच्च प्रविधि र संसारभरका मानिसहरूको पसिना चुसेर थुपारिएको पुँजीको अथाह केन्द्रीकरण रहेको छ । कमजोर मुलुकहरूमा यसखाले पुँजीवादी अझ त दलाल पुँजीवादी राजनीतिक प्रणाली रहँदासम्म आमजनतामाथि पर्ने दर्जनौँ र सयौँ सङ्कटहरू कैयौँ ठूलो सङ्ख्यामा जीवनको बलिदानीबाट मात्र भुक्तानी हुने सर्वविदितै छ तर यिनै कमजोर भनिने देशका प्रधानमन्त्री र मन्त्रीहरू भने कुनै रोगको जोखिममा पर्दा उनीहरू राज्यको लाखौँ ढुकुटी रित्याएर बाँच्न सक्छन् । तर त्योभन्दा कम जोखिमका रोगहरूबाट पीडित उनीहरूकै देशका लाखौँ जनता मरिरहँदा राज्य बेखबर रहन्छ । यसप्रकारको असमान व्यवहार प्रदान गर्ने राजनीतिक प्रणालीको अन्त्य गरेर सम्पूर्ण जनतालाई समान अवसर प्रदान गर्ने नयाँ राजनीतिक प्रणालीको रचना गर्नु कोरोना महासङ्कट दिएको सन्देश हो। कोरोनाबाट बच्ने उपायहरु कोरोना प्रभावबाट बच्न दुनियाँभर अवलम्बन गरिएको सबैभन्दा व्यावहारिक विधि भनेको एकान्तबास अर्थात् सेल्फ क्वारेन्टाइन रहन गयो भने प्राथमिक रुपमा स्यानेटाइजर लगाउने, मास्क लगाउने, साबुन पानीले हात धुने जस्ता प्राथमिक उपाय हुन् । एकान्तवास सबैभन्दा राम्रो आत्मरक्षाको रणनीति सावित हुन गएको छ । साना सहर र गाउँको तुलनामा ठूला सहरहरू बढी जोखिमयुक्त सावित भए । यो कुरा ठूला अन्य प्राकृतिक प्रकोपको हकमा पनि त्यत्तिकै लागू हुने यथार्थ हो । प्रकृतिका विरुद्धको युद्धमा मात्र होइन, मानिसहरू स्वयमले लड्नसक्ने आमविनाशकारी आणविक युद्धबाट समेत क्षति कम गर्न साना सहरको बस्तीप्रणाली लागू गर्नु भविष्यको एक अत्यावश्यक सर्त बन्न गएको छ । यद्यपि एक-अर्को सहरबीचको अन्तरसम्बन्धलाई निरन्तरता दिन र सुव्यवस्थित गर्न थप अध्ययन-अनुसन्धान हुनु आवश्यक छ तसर्थ मेडिकल साइन्स भ्याक्सिन पत्ता नलगाउन्जेल अपनाउनु पर्ने सावधानी यी हुन् । संस्कृतिमा पार्ने प्रभाव यस्को प्रभावले बन्दै आएको एकखाले संस्कृतिक आधारस्तभ फेरबदल हुने देखिन्छ ,वास्तवमा कोरोना महासङ्कट प्रकृति र मानवबीचको एक अप्रत्यासित तर एक अपरिहार्य महायुद्ध हो । जस्ले सस्कृतिक आधार भत्काउने देखिन्छ ।मानव अस्तित्वका लागि यो लडाइँमा मानवजातिको विजय अत्यावश्क छ र यो सम्भव पनि छ किनकि संसारभरका वैज्ञानिकहरू यो युद्धको अग्रमोर्चामा डटिरहेका छन् तर यो महासङ्कट केवल प्राकृतिक मात्र होइन । यो मानव सिर्जित प्रकृतिको परिणाम पनि हो भन्नेमा आजको मानवले बोध गर्नैपर्छ । यसको महामारी जसरी विश्वभर व्यापक भइरहेको छ त्यो आजको उत्पादनप्रणाली र राजनीतिक व्यवस्थाको परिणाम पनि हो । आजको विश्वमा व्याप्त सामाजिक मूल्य र राजनीतिक प्रणाली रहँदासम्म मानव जातिले बेहोर्नुपर्ने यसखाले महासङ्कटको कोटा भुक्तानी त्यति सामान्य हुने देखिँदैन । कोरोना महासङ्कटको अति महत्वपूर्ण शिक्षा भनेको नयाँ विश्व, नयाँ राजनीतिक प्रणाली र नयाँ मानव हो । त्यसका लागि पुँजीवादसँगको सम्बन्धविच्छेद तथा साम्यवादको यात्राबाहेक अर्को कुनै पनि विकल्प छैन जुन साम्यवाद वास्तवमा मानव-मानवबीच युद्धको अन्त्य हो र सास्कृतिक आधार स्तम्भ को बचावट पनि हो ! यस्तो संघिन मोडमा पुगेको विश्वलाई पुरानै अवस्थामा ल्याउन अबका दिनमा प्रकृति र मानवबीच सन्तुलन ल्याउन प्रकृति उपर हुने मानवीय क्रियाकलाप रोक्नु पर्ने देखिन्छ । सन्तुलन मिलाउँदै गरिने कार्यले मानव जीवनको अस्तित्व टिकाइ राख्न सकिन्छ, अब पाठ सिक्दै उच्च मनोबलका साथ बाच्नु नै अहिलेको प्रमुख उद्देश्य हो । एकपटक विभिन्न चुनौतीको सामाना गर्दै यो क्षतिलाई अवसरमा बदल्ने जिम्मेवारी मानव जातिमा आएको छ । (लेखक अर्थशास्त्र विद्यार्थी हुन्) [email protected]
सँधै रात हुँदैन, भाेलि उज्यालो अवश्य हुनेछ
मानव इतिहासमा यो नै पहिलो पटक हुन सक्छ कि अधिकांश देशहरु एकै चोटि एउटै समस्याबाट गुज्रिरहनु परेको । हुन त पहिलाको इतिहास पल्टाएर हेर्यौं भने कोरोना भन्दा डरलाग्दो र करोडौं मानवजनको क्षति पुर्याई सकेको भाइरसहरुको बारेमा हामीले विभिन्न माध्यमबाट देख्न, सुन्न र पढ्न पाउन सक्छौं । प्लेग, फ्लु, ऐड्स् लगायत अन्य रोगहरुले पनि करोडौं मानवहरुलाई घाटको बाटो देखाएको थियो । फरक यति मात्र हो कि यो समयसम्म आइ पुग्दा प्राय जसो मनिसहरु शिक्षित र वैज्ञानिक, स्वास्थ्य अनि टेक्नोलोजी क्षेत्रमा पनि धेरै नै परिवर्तन आइसकेका छन् । अहिलेको सञ्चार माध्यम नभएको भए सोचौं त हाम्रो स्थिति कस्तो हुन्थ्यो भनेर । अवश्य निकै नै नाजुक र भयाभह हुन्थ्यो होला । हामीलाई रोगको बारेमा थाहा पनि नभई, सतर्कता पनि नअपनाई हाम्रो ज्यान जान्थ्याे होला । त्यति मात्र नभएर हामी आफु त मर्थ्याैं मर्थ्याैं अरुलाई पनि मार्थ्याैं होला । धन्न अहिले यो युगसम्म आइपुग्दा हामीमा धेरै नै परिवर्तन आइसकेका छन् । यिनै स्वास्थ्य, टेक्नोलोजी र वैज्ञानिक क्षेत्रमा हामीले मार्न सकेको फड्कोको कारणहरुले गर्दा नै होला हामीमा अझै पनि विश्वास छ, हामी अवश्य पनि भोली आउने सुन्दर उज्यालो दिनहरुमा खुलेर रम्न बच्न पाउँछौ भनेर । चीनको वुहान शहरबाट शुरु भएको यो कोरोना भाइरस अहिले प्राय जसो देशहरुमा फैलिएर आफ्नो दब्दबा कायम गरिरहेको पाइन्छ । पहिले चीन हुँदै र अहिले ठूला र सक्षम कहलिएका देशहरु, इटाली, अमेरिका, स्पेन, फ्रान्स आदिमा कोरोना भाइरसले निकै नै क्षति पुर्याउँदै गइरहेको पाइन्छ । चौविसै घण्टा नसुत्ने भनिएको देशहरु आज त्यस्को विपरित स्थितिमा पुगेका छन् । सायद यो स्थितिमा यी देशहरु नपुग्थे होला, यदि उनीहरुले अलि अगाडिनै सतर्कता अपनाउन सकेको भए । कतिपय देशका प्रमुखहरुले कोरोना भाइरसलाई मामुली भाइरसको स्वरुप लिएका हुनाले नै यो भाइरसले आफु फैलिने मौका पायो । थाहा थियो यसकाे कुनै खालकाे औषधीहरु बनेको थिएन भनेर र यदि त्यतिखेर नै आ-आफ्ना देशहरुमा बाह्य लकडाउन गरेको भए अहिले मानव जनको यति धेरै क्षति हुने थिएन होला अनि नागरिकहरु पिजडामा राखेको चरा जस्तै पनि नहुनु पर्थ्याे होला सायद । बिडम्बना, जे गर्नु पर्ने थियो त्यो गरिएन र अहिले प्राय जसो देशले यसैको नतिजा भोग्दै छन् । लेखक आजको दिनसम्म आइपुग्दा विश्वमा हजारौं मनिसहरुले आफ्नो ज्यान गुमाई सकेका छन् । अनि विस्तारै विस्तारै गर्दै हाम्रो घर दैलोमा पनि कोरोना भाइरसको आगमन बढ्दै गईरहेको पाईन्छ । अहिले नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३१ पुगेको छ, निको हुने संख्या २ र मृत्यु संख्या शून्य नै छ । अझै पनि प्राथना गर्छु कि यो संख्या नबढाेस् भनेर । म लगायत अधिकांश नेपालीले पनि यहि चाहन्छन् । यो हाम्रो चाहाना साथसाथै हाम्रो वाध्यता पनि हामी सबैलाई थाहा नै भएको कुरा हो हाम्रो देश कत्तिको सक्षम छ भनेर । कथम कदाचित् यो संख्या बढ्यो भने हे प्रभु र कठै बर भन्ने शिवाय हामी अरु केहि पनि गर्न सक्दैनौ । न त हामीसँग प्रयाप्त दक्ष जनसंख्या छ न त उपचार गर्ने साधन नै । धन्न जति छन् त्यतिले हाम्रो सुरक्षा र उपचार सीमित साधन हुँदाहुँदै पनि आफ्नो स्वास्थ्यको ख्याल नगरी हाम्रो सेवा गर्न दिन रात खटिरहेका छन् । सलाम छ उहाँहरुलाई । चीनबाट शुरु भएको कोरोना भाईरस, नेपाल त पहिलेदेखि नै उच्च जोखिममा रहेको राष्ट्र थियो र पहिलो संक्रमित व्यक्ति पनि चीनबाट नै नेपाल प्रवेश गरेका थिए । सतर्कता अपनाएको हुनाले छिट्टै र बिना कसैलाई संक्रमित परेर निको पनि हुन सके । त्यसैगरी, फ्रान्सबाट नेपाल आएकी १९ वर्ष युवती पनि रोगबाट मुक्त भएकी छिन् । आफै, सेल्फ आसोलसनमा बसेको र सतर्कता अपनाएको हुनाले दुबै जनाले रोगलाई आफुमा मात्रै सीमित राख्न सफल भएका छन् । अनि यो प्रशंसा र उदाहरणीय जनक छ । यसबाट धेरै कुराहरु सिक्न र जान्न सकिन्छ । कथम कदाचित् आफु बिरामी भईयो भने पनि सतर्कता अपनाएर रोगलाई नफैलाईकन अस्पातल जानु नै एउटा मुल उद्देश्य हुनु पर्छ । रोगबाट ग्रसित हुनुभन्दा रोग लग्न नदिनु नै धेरै उत्तम हो । त्यसको लागि धेरै केहि गर्नु पनि पर्दैन, मात्र आफुलाई माया र समय दिनु पर्छ । यसको अर्थ सरकारले गरेको लकडाउनलाई राम्ररी पालना गर्ने, अत्यावश्यक परेको खण्डमा मात्र बाहिर निस्कने त्यो पनि पुरै सतर्कता अपनाएर, अनि घर फर्केपछि आफुले लगाएको लुगाहरु राम्ररी सफा गर्ने, हात नियमित रुपमा साबुन पानीले धुने घरमा बस्दा होस् या बाहिरबाट फर्किदा, जथाभावी जतासुकै नछुने र हातले बारम्बार आफ्नो नाक, मुख, र आँखा तिर पनि नछुने । छुन परे पनि कि त स्यानिटाइजर कि त हात मज्जाले धाेएपछि मात्र छुने । यदी रुगा खोकी, ज्वराे, सास फेर्न गाह्रो र पेट दुख्ने समस्याहरु देखिन थाल्यो भने तुरुन्तै अस्पतालमा मास्क लगाएर जाने । एकचोटि निश्चित हुनको लागि कुनै पनि अस्पतालमा कल पनि गर्दा राम्रो हुन्छ । अनि यदि लक्षण देखिएको खण्डमा बिरामीलाई एम्बुलेन्स मार्फत अस्पतालमा ल्याइन्छ अनि उपचार गरिन्छ । यो सुन्दा त सजिलो र गर्न सकिहालिन्छ नि जस्तो लाग्छ तर मान्छेको बानी नै भई सक्यो कि जे नगर भन्या हुन्छ त्यहि गर्ने त्यसैले अलि बढी नै ख्याल गर्नु होला यस विषयमा चाहि । यो बानीहरु अहिलेको समयलाई मात्र नभएर जीवन भरको लागि काम लग्ने कुरा हो । यहि बानीहरुलाई राम्ररी पालना गर्न जान्याैं भने सबै जसो सर्ने रोगहरुबाट हामी बच्न सक्छौं । नेपाली संस्कार आज विश्व सामु नै सुपरिचित भईरहेको छ । जब हामी हाम्रो आफन्तजन अथवा मित्र वा आफु भन्दा ठुला व्यक्तिहरुलाई भेट्ने गर्छौ हामी हाम्रो दुई हात जोडेर सम्बोधन गर्ने गर्छौ । यही हाम्रो संस्कृति आज संसारमै पालना गरिँदै छ । पश्चिमी संस्कृतिमा जब दुई व्यक्तिको भेट हुन्छ उनीहरु आफ्नो हात मिलाएर एक अर्कालाई सम्बोधन गर्छन् । पहिलेसम्म त ठिकै नै मान्निथियो तर जब कोरोनाको दब्दबा सुरु हुन थल्यो । अनि हात मिलाउँदा पनि कोरोनाबाट संक्रमित भईन्छ भनेर मानिसले थाहा पाउन थाले तब हाम्रो सम्बोधन गर्ने शैलीले हात मिलाउँ संस्कारलाई प्रतिस्थापन गर्न थल्यो । यो हाम्रो संस्कृतिको प्रचार प्रसार जस्तै हो । यदि हामी नेपालीहरुले कतै आफ्नो संस्कारलाई भुलेर पश्चिमी संस्कृतिलाई पालना गर्दै आइ रहेका छौं भने आफ्नै संस्कृतिलाई फेरी पालना गर्ने यो भन्दा राम्रो समय कहिले पनि आउँदैन र कथम कदाचित् त्यहि हात मिलाउ सम्बोधन नै गर्न थाल्यौं भने पछि हामी कोरोना संक्रमण तथा कुनै सरुवा रोगको शिकार नहोलौं भन्न सक्दैनौं । विगत दुई दशकलाई नियालेर हेर्याैं भने नेपालमा धेरै नै परिवर्तन आएका छन् । जनआन्दोलन २ ले शताब्दीदेखि चलिआइरहेको राजशासन नै हटाएर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालम ल्यायो ।अब चाहि देशमा विकासको बाटोले नयाँ मोड लिन्छ होला भनेर नेपालीहरु खुशी देखिन्थे । समय बित्दै गयो परिवर्तन आयो तर मात्र प्रधानमन्त्री र मन्त्रीहरुको अनुहारमा मात्र, देशमा भने देखिएन । देखियो होला तर जति देखिनु पर्थ्यो त्यति देखिएन । वर्षौं लाग्यो देशको संविधान बन्न पनि । कतिले लेख्ने कलमको मसी सिद्धियाे भने कतिले कपी नै छैन पनि भने । आखिर भ्रष्टचारको चपेटामा परेको देश त हो मसी र कपी किन्नको लागि बजेट कहाँ पुग्थ्याे र । आफ्नो गोजी बढ्दैमा देशको ढुकुटी रितिन्नथ्याे । अन्त्यमा जसो तसो भए पनि महाभूकम्प पश्चात देशलाई चाहिएको संविधानको जन्म भयो । दुःखको समयमा भए पनि यो एतिहासिक क्षणले नेपाली नागरिकहरुको मनमा खुसीकाे लहर ल्याएको थियो । खै किन हो ? भारतलाई यो खुसी नपचेर होला नेपालीहरु नाकबन्दीको चपेटा पनि परे । विस्तारै दिनहरु बित्दै गए भात्किएको नेपाल पनि बन्दै गयो । आर्थिक अवस्था पनि विस्तारै सुदृढ हुँदै आईरहेको थियो र खुसीको खबर राजनितिक क्षेत्रमा पनि स्थीरता पनि हुन थालि रहेको थियो । अब चाहि भ्रष्टचारलाई हटाउन सके विकासको बाटोले नयाँ मोड अवश्य पनि लिन सक्थ्याे । यो चुनौती त आफ्नो ठाउँमा छँदै छ अहिले फेरी नयाँ चुनौतिको सामना गर्नु पर्ने अवस्थामा पुगेकाे छ । भुकम्पले दिएको पीडा अझै नि आलै छ र अहिले नयाँ पीडा नेपालीहरुको माझ थपिँदै छ, कोरोनाको पीडा । यो रोगलाई नियन्त्रणमा ल्याउन सरकारले अलिक ढिलो त गरिएन कि जस्तो लाग्छ । छिमेकी देशबाट नै सुरु भएको थाहा हुँदाहुँदै पनि आजसम्म आउँदा हाम्रोमा लकडाउन भएको दुइ महिना हुन लागेकाे छ । बाह्य लकडाउन दुईदेखि तीन महिना अघि नै भएको भए, सायद आज पुरै देश ठप्प हुन नि पर्दैन थियो होला । लकडाउन नगरे तापनि हरेक विदेशबाट आएका यात्रुहरुलाई नेपाल प्रस्थान गर्ने बखत राम्ररी जाँच गरेर फिल्टर गरिएको भए पनि धेरै नै राम्रो हुन जान्थ्याे होला सबै क्षेत्रमा । यो त निश्चित नै छ कि लकडाउनले देशको अर्थतन्त्रमा नकारात्मक परिणाम ल्याउँछ भनेर । अझ हाम्रो जस्तो देशमा त झन बढि नै आउन सक्ला । जुन देशको आयात, निर्यात भन्दा धेरै कम छ त्यस देशलाई त झन बढि नै हुन्छ भन्दा नि फरक चाहिँ पर्दैन । हामीलाई भुकम्पले त मज्जाले सिकाएको थियो । जब आफ्नो देशमा उत्पादन हुँदैन देशलाई कत्तिको कठिन हुन्छ भनेर । यसबाट हामीहरुले अलिकति मात्र सिकेको भए हामीलाई आउने दिनहरुमा धेरै गह्रो हुने थिएन होला । सरकारलाई यसमा पनि ध्यान जाओस् कि देशमा बेरोजगार युवाहरुको संख्या ११.४ प्रतिशत छ र गरिबी संख्या २१ प्रतिशत छ भनेर । रोगलाई त सरकार र नगरिकहरु मिलेर जसो तसो बेअसर गर्लान तर आउने दिनहरु परिस्थितिले बेग्लै मोड लिन सक्छ । डर छ कि कति जना नेपालीहरु भोकभोकै मर्ने हुन आउने दिनहरुमा । यदि सरकारले राम्रो चाल चलेन भने अवश्य त्यो दिन नआउला चाहि भन्न सकिन्न । आउने दिनहरुमा नेपाल जस्तो अल्पविकसित देशलाई चाहि धेरै नै कठिनाई भोगेर अगाडी जानु पर्ने हुन सक्छ । यो भन्न चाहेको चाहि पक्कै पनि होइन कि विकसित देशहरुलाई चाहि कोरोना नियन्त्रणमा आए पछि कुनै कठिनाई भोग्नु पर्दैन भनेर । विकसित देशहरुलाई पनि त्यतिकै समस्या आउन सक्छ यदि त्यहाँको नेताहरुले राम्रो निर्णय लिन सकेनन् भने । यो त संसार सामू एउटा नयाँ चुनौती हो । जुन देश धेरैसम्म टिक्न र चुनौतीसँग जुध्न सक्छन् त्यही देशहरु अगाडि बढ्न सफल हुन्छन् । अहिलेको स्थिती हेर्ने हो भने चीन आउने दिनहरुमा झन शक्तिशाली हुन सक्छ । कोभिड-१९ को दब्दबा नभएको भए अहिले नेपाल ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाइरहेको हुन्थ्याे । बिडम्बना कोभिड-१९ ले गर्दा हाम्रो देशको योजनालाई असफल पारिदिएको छ र हालको लागि रद्द गरिदिएको छ । ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई प्रचार प्रसार गर्दा खेरी लागेको खर्च पनि नेपालले यो वर्ष उठाउन नसक्ने भएको छ र आउने वर्षमा पनि विदेशिक पर्यटकहरुको संख्या निकै कम हुनेछ यदि भाइरस संक्रमण अझै फैलिरह्यो भने । यसले नेपालको पर्यटकीय क्षेत्रलाई मात्र नभएर विश्वकै पर्यटकीय क्षेत्रलाई तछाड मछाड पारी दिईएको छ र यसबाट माथि उठ्न अधिकांश देशको होटेलहरुलाई निकै गाह्रो हुने स्थिती पनि देखिएको छ । कोभिड-१९ माहामारीले विश्वलाई नै ठुलो पाठ सिकाएको छ । यदि चाह्याैं भने हामी मानव जातिले पृथ्वीलाई बस्न योग्य बनाउन सक्दो रहेछौं । हेर्ने नै भए अहिलेको हाम्रो वरिपरिको वातावरण निकै नै सफा हुँदै गई रहेको छ र यसलाई हामीले निरन्तर्ता दियौं भने पक्कै पनि हाम्रो आफ्नै स्वास्थ्य र अन्य पशुपन्छिको जीवनमा पनि सकरात्मक परिणाम ल्याउन मद्दत हुनेछ । यो महामारीले सिकाएको अर्को ठुलो पाठ के हो भने हामीले अन्य पशुपन्छीहरुलाई धेरै नै अन्याय गरेका रहेछौं । हामी एक दुई महिना घरमा बस्दा हामी कसरी दिन बिताउने भनेर सोच्छौं । यता पल्ट्यो, उता पल्ट्यो दिन ढल्ने नाम नै लिँदैन । एकछिन सोचौं त ती पशुपन्छीहरु हाम्रो मनोरञ्जनको लागि जीवन भर त्यो सानो पिँजडामा बस्दा उनीहरुको हालत कस्तो हुन्छ होला भनेर । सोच्दा नै ठुलो पाप भई रहेको जस्तो लाग्छ । यसमा नि सबै सम्बन्धित निकायहरुलाई ध्यानाकर्षण होस् भन्न चाहन्छु । अर्को पाठ हामीले सिक्ने भनेको अनलाईन माध्यमबाट गरेको व्यापार, पढाई, समाचार हेराई, सुनाई आदि क्रियाकलापहरुले मानव जनलाई मात्र नभएर यसले प्रकृतिलाई पनि फाइदा पुर्याउन सक्दो रहेछ भनेर हो । प्रकृतिमा थोरै असर त पर्ला । अनलाईन माध्यमहरुको प्रयोग गर्याैं भने दैनिक पत्रपत्रिकाको लागि चाहिने रुख बिरुवा काटिनबाट बञ्चित चाहिं अवश्य हुन्छ । विस्तारै विस्तारै यहि माध्यमहरु प्रयोगमा आई रह्यो भने आउने दिनहरुमा कपी, पैसा र किताबहरु बनाउनको लागि चाहिने रुख बिरुवा पनि काटिन छोडिन्छ र प्रकृतिको लागि पनि राम्रो हुनेछ । अनि अर्को पाठ जुन सँधै सुन्दै आएको तर व्यवहारमा कमैले मात्र उतारेको ‘रोकथाम उपचार भन्दा राम्रो हुन्छ’ भन्ने हो । कोरोनाले हामीलाई फेरी मनन गर्न सिकाएको छ कि यदि हामीले राम्ररी हात धुएर खानपिन, बेला बखतमा नुहाई, जन्क फुड अथवा बाहिरको खाना खान छोड्याैं भने हामीलाई रोग कमै मात्रामा लाग्ला या लाग्दै नलाग्ला पनि । रोगी भएर जिउनु भन्दा निरोगी भएर बाच्नु नै धेरै राम्रो हुन्छ । त्यसैले, सधै राम्रो बानीको पालना गर्नु पर्छ । आजको दिनसम्म आईपुग्दा विश्वको हरेक कुनाकुनामा कथाहरु कोरिरहेका छन् । कति कथाहरु त दुःखद क्षणमा परिवर्तन पनि भइसके होलान् तर हामीले हार खानु हुन्न सबै मिलेर यो महामारीको सामना गरेर हल गर्नुपर्छ । मनलाई दरो बनाएर र अगाडी बढ्नु पर्छ । सधै रात त पक्कै पनि हुँदैन, भोलि उज्यालो दिन त अवश्य नै आउने छ ।
भविष्यको चिन्ताले वर्तमान खेर नफालौँ
कोरोनाले विश्वब्यापी रुपमा लाखौं मानिसको ज्यान लिइरहेको छ । विश्वका विभिन्न राष्ट्रहरुले यसको खोजी गरिरहँदा पनि अझै कुनै पनि देशले यसको औषधी पत्ता लगाउन सकेको छैन । कोरोना पहिलो पटक नोभेम्बर १७ ,२०१९ मा चीनको हुबइ भन्ने प्रदेशको ५५ वर्ष कि महिलालाई देखिएको कुरा “चाइना मर्निङ पोस्ट”ले उल्लेख गरेको छ । चीनको यो शहरबाट सुरु भएको यो रोग विश्वभर फैलिएर लाखौंको ज्यान लिएर नकारात्मक असर पर्न थालिसकेको छ। विश्वको अर्थतन्त्र दशौँ वर्ष पछाडि धकेलिएको छ । विश्वका ठूल्ठूला राष्ट्रहरुले हार खाइसकेका छन् । कोरोनाबाट बच्न एउटै मात्र उपाए एक्लोपन र दूरी रहेको छ भन्न थालेका छन् । एक अर्कोसङ बस्न नहुने, संगै बसेर खान नहुने, एकले अर्कालाई छुन नहुने सुझावहरू सुझाइएकाे छ । विश्वभर फैलिएको यो महामारीले करोडौंको भविष्यमाथि प्रश्न गरेको छ । वैज्ञानिकहरु मौन छ्न् । अझै के कस्ता असर पर्छन् भन्ने कुराको खबर कसैलाई छैन । अब मान्छेमा न कुनै इच्छा छ, न कुनै उत्सुकता छ, केवल मनमा डर उत्पन्न हुन थालेको छ । झुटा खबर र त्यसले ल्याएको नकारात्मक प्रभावले विश्वभरी नै झन् धेरै असर देखिएको छ । अझै यस्तै भैराख्ने हो भने भोकमरी पैदा हुने कुरा निश्चित जस्तो नै देखिन्छ । एक पछि अर्कोसँग डर र आशंका उत्पति हुन थालेको छ । मनमा अनेकौं कुराहरू खेल्न थालेका छन् । अझै के के हुने हो भनेर मानिहरु डराउन थालेका छन् जसको उत्तर कोहिसँग पनि छैन । कोरोना माहामारीबाट एक मात्र उपाए भनेको घर भित्र बस्ने, बाहिर ननिस्कने र सामाजिक दूरी कायम गर्ने रहेको छ । कोरोना चीनबाट सुरु भएर आज विश्वकाे २१० भन्दा धेरै राष्ट्रहरुमा पुगिसकेको छ । अचम्मको कुरा त के छ भने यो के बाट आयो भन्ने कुरा आजम्म पनि ठम्याउन सकिएको छैन । लेखक विभिन्न मानिसहरु आफ्नै आफ्नै प्रतिक्रिया दिँदै हिडिरहेका छन् । कोरोनालाई अर्को नाम कोभिड-१९ पनि भन्ने गरिएको छ । यो कुन रुपमा सर्छ भन्ने कुरा पनि ठ्याक्कै थाहा नहुने जस्तो देखिन्छ, यसको मुख्य लक्षण भनेको १०४ डिग्री फरेनहाइट भन्दा धेरै ज्वोरो आउनु, खोकी लाग्नु, सास फेर्न गाह्रो हुनु भनिएता पनि कुनै कुनै ठाउँमा बोल्दा बोल्दै, हिँड्दा हिँड्दै लडेको र पछि ल्याब टेस्ट गर्दा कोरोनाले गर्दा मृत्यु भएको भन्ने कुरा अर्को शंकाको विषय बनेको छ । आज २१ औं शताब्दीमा आइपुग्दा चन्द्रमामा जग्गा बिक्री हुने काम भैसक्दा एउटा आफ्नो आँखाले देख्न नसक्ने सुक्ष्म जीवले लाखौंको जान लिएको देख्दा विज्ञानको जगतमा पनि ठूलो प्रश्न खडा भएको विज्ञहरु बताउँछन् । एउटा आँखाले नदेख्ने जीवले यतिको बिनाश गर्छ भन्ने कुरा कतिको परिकल्पना भन्दा बाहिरको कुरा पनि हुन सक्छ । यसबाट हामीले शिक्षा हाँसिल गर्नुपर्छ “ठूला चिजहरु जसलाई हाम्रो आँखाले देख्छ ती भन्दा साना र आँखाले नदेख्ने चिजहरु नै बढी शक्तिशाली र खतरनाक हुने गर्छन् ।” त्यसैले हामीले कुनै पनि कुरालाई हेल्चेक्रर्याइ गर्नु हुँदैन । आखिर ठूलो घर जलाउने पनि एउटा सानो सलाईले नै त हो । हरेक दिन हजारौंको संख्यामा मानिसको मृत्यु भैरहँदा अब मेरो पालो कहिले आउने हो भनेर डर उत्पन्न हुनु सामान्य कुरा हो तर यहाँ डर र आशंकाले केवल विनाश गर्छ । हामीले घरभित्र बसेर सामाजिक दूरी कायम गर्यौ भने हामी कोहीसँग डराउनु पनि पर्दैन र हामीले कसैलाई शंका गर्नु पनि पर्दैन । हामी जनता आफैं सचेत र सजक भयौं भने कुनै पनि कुराले हामीलाई असर पुर्याउन सक्दैन । वैज्ञानिकहरु भन्छन् जो कमजोर छ, जसको रोक प्रतिरोधात्मक क्षमता कमजोर छ, जसले सानो सानो कुरा पचाउन नसक्ने र पाचन प्रणाली कमजोर छ उसलाई सबैभन्दा छिटो र सजिलोसँग असर गर्छ । यो सत्य हो जो कमजोर छ उसलाई नै हरेक कुराले सताउने गर्छ । जब ज्वोरो आउँछ, खोकी लाग्छ त्यहाँ पहिलेबाट नै एक किसिमको भाइरस हुन्छ र जब अर्को भाइरस त्यहाँ गएर सम्मिलित हुन्छ उनीहरू बलियो बनेर मानिसको अङ्गहरुलाई दबाउँदै अनेक किसिमको प्रभाव पार्दै मानिसको ज्यान लिने गर्छ । यसको मतलब यो हैन कि तन्दुरुस्त र हिस्टपुस्ट मान्छेलाई यसको असर पर्दैन । उनीहरुले पनि यसले मलाई असर गर्दैनन् भनेर योबाट बच्ने उपाए अपनाएनन् भने सबैभन्दा पहिले उनीहरू नै यसको शिकार हुन पुग्छन् । रोग त्यो पराक्रमी शक्ति जो जसले धनी-गरिव हेर्दैन, दुखी-सुखी हेर्दैन, पागल सद्दे हेर्दैन । जसले म हुँ मलाई कसैले केही गर्न सक्दैन भन्ने घमण्ड बोक्छ उसलाई कसैले पनि बचाउन सक्दैन । कोरोनाले विश्वलाई असर पुर्याइ रहँदा अचम्मको कुरा के छ भने कोरोना चीनको जुन ठाउँमा नोभेम्बर १७,१०१९ मा पहिलो पटक देखिएको ठाउँमा आज कोरोना खोज्दा पनि नभेटिने अवस्था भएको छ । किनकी उनीहरूले यसलाई गम्भीर ढंगले लिएन भनेर यसले देश र जनतामा धेरै ठूलो असर पुर्याउने भन्दै करिब दुई महिना त्यो प्रदेश पूर्ण रूपमा बन्द गरिदिएका थिए र अरु राष्ट्रहरुले गरेको हेल्चेक्रर्याइको नतिजा आज तपाईं हामीसँग छ । हरेक देशका नेताहरुको आँखामा आँसु भन्दा अर्को कुनै पनि विकल्प छैन । रोग छ औषधी छैन, भोक छ अन्न छैन । जो सँग धैर्यता छ उ सँग सबै कुरा छ जो सँग धैर्यता छैन उ सँग केहि पनि छैन । चीनले धैर्य भएर घरमा बस्नु पछि सबै ठिक हुन्छ भनेर आफ्ना जनतालाई आवह्नान गर्यो, जनता जिम्मेवार र आदर्श भएर आफ्नो घरमा नै बसे र थोरै मात्रमा लागेको कोरोना त्यही, विनास भएर सकियो र बाहिर संक्रमित हुन पाएन तर जो केही हुँदैन जे हुन्छ चीनमा नै हुन्छ भनेर अवहेलना गरे आज यो अवस्था भोग्न बाध्य छन् । कोरोना महामारीले एउटा ब्यक्ति, एउटा क्षेत्र, एउटा राष्ट्र मात्र नभएर सारा विश्वलाई नै उजाड बनाउने अवस्थामा पुर्याइसकेको छ । लाखौं कल-कारखाना बन्द भएका छन्, लाखौं ब्यक्ति परिवार बिहिन भएका छन्, करोडौंको संख्यामा अलपत्र परेका छन् । आफ्नो आफ्नो क्षेत्रमा असर पुर्याउन उसले सबैभन्दा ठूलो भूमिका निर्वाह गरेको छ तर पनि यसको एउटै विकल्प छ घरमा बस्ने, सफा सुग्गर हुने, हात धोइराख्ने, सेनिटाइजरको प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने आदि । यसले विश्वब्यापी रुपमा आ-आफ्नो क्षेत्रमा धेरै असर गरे पनि सबैभन्दा ठूलो असर मानिसको दिमागमा गरेको छ । हरेकको दिमागमा एउटै कुरा आउन थालेको छ- कोरोना, क्वारेन्टाइन, स्यानिटाइजर, आइसोलेसन र यति जनाको मृत्यु । आखिर कहिले सम्म ? यी सबै कुरा बिर्सेर केही हुँदैन घरमा बसौं भनेर आफ्नो मनस्थितिलाई कठोर र मजबुत बनाएर हरेक कुराको समाना गर्छु भनेर यो बेलामा म केही नयाँ सिक्छु, कहि नयाँ सिकाउँछु भनेर लाग्नुपर्छ । यो माहामारी कुनै एक व्यक्ति र राष्ट्रको कमजोरीले आएको होइन । यो विश्वव्यापी रूपमा नै आएको समस्या हो र यो समस्याको समधान जो जे जसरी रहेका छन् त्यसैगरि सकेको सहयोग गरि आ-आफ्नो ठाउँ बाट गर्नु पर्ने हुन्छ । नेपालको सन्दर्भमा खाद्यन्यको समस्या छोटो समयमा देखा परेको तेस्रो पटक हो । अर्थात कि भूकम्प र नाकाबन्दी पछिको यो अर्को महामारी हो । नेपाल र नेपाली जनताले बुझ्न पर्ने थियो । माहामारि र भोकमरी समय समयमा आउँछ भनेर, काम गर्ने मान्छे सबै मजदुर हुन् जो शारीरिक रूपमा अपाङ्गता भएका हुन्छन् ती व्यक्ति वास्तव मै पीडित हुन्छन् । जो शारीरिक रूपमा सक्षेम हुन्छन् ती व्यक्ति काम गरेर खान सक्छन्, जस्ले काम गर्छ उसले थोर-बहुत कमाउँछन । मान्छे आफ्नो जीविकोपार्जन सहज गर्नलाई धेरै कमाएर हैन, आफ्नो मिहिनेतले कमाएको पैसालाई सहि सदुपयोग गरेर हो । जबकि कुनै मजदुरले लामो समयदेखि जुन जुन ठाउँमा श्रम गरिरहेका छन् ती मजदूरलाई सम्बन्धित मालिकहरूले सकेको सहयोग गर्नुपर्ने हुन्छ । सबैलाई राज्यले दिएर सम्भव हुदैन । मान्छे आफ्नो जीविकोपार्जन सहज गर्नलाई धेरै कमाएर हैन, आफ्नो मिहिनेतले कमाएको पैसालाई सहि सदुपयोग गरेर हो । जबकि कुनै मजदुरले लामो समयदेखि जुन जुन ठाउँमा श्रम गरिरहेका छन् ती मजदूरलाई सम्बन्धित मालिकहरूले सकेको सहयोग गर्नुपर्ने हुन्छ । सबैलाई राज्यले दिएर सम्भव हुदैन । जो वास्तविक पीडित हुन् उनीहरूलाई राहत दिनु नै पर्ने हुन्छ र राहत दिने क्रममा अन्जानमा कुनै पीडित छुटेको पनि हुन्छ, यो समस्य हो । यो समस्यालाई समधान गर्न तपाईं हामीले देखेको र बुझेको उपाय दिने हो । घरको कोठामा बसेर, विदेशमा रहेर अरुको विरोध गर्ने हैन । समस्या देखाउन सजिलो छ समधान गर्न गाह्रो छ । त्यसैले बिरोध मात्र होइन आफ्नो गतिला सुझाब दिउँ । सङ्कटको घडीमा हामी सबैले सामान्य तरिकाले जीउन सिकौं खान पान खर्च घटाऔं । यो समस्या लामो समयसम्म रहन सक्छ । त्यसैले सादा जीवन उच्च विचार लिउँ बिरोध हैन, सद्भाव बाडौँ । यस्तो अवस्थामा यसले करोडौंको संख्यामा नोक्सान पुर्याएको छ । भिन्न देशका लाखौं स्कुल, कलेजहरु बन्द भएका छन् । महिनौं देखि ठप्प भएका शैक्षिक संस्थाहरुले गर्दा बिध्यार्थीको भविष्यमा कस्तो किसिमको असर पर्ने हो भनेर विश्व चिन्तित छ । अभिभावक चिन्तित छन् । बिद्यार्थी स्वयम् चिन्तित छ्न । यत्तिका समयमा हामीले पढ्ने र सिक्ने कुरा धेरै थिए भनेर सबै निरास छन् र निकट भविष्यमा यसले कस्तो खालको समस्या सिर्जना गर्छ भन्ने कुरामा निकै ठूलो आशंका देखिएको छ । कोरोनाको प्रकोपसंगै अस्पताल जानुअघि आँखाबाट आँसु झार्दै एक नर्स जोडि । कल कारखाना बन्द भएपछि खाद्यान्न सामान निर्माण कार्य बन्द भएको छ र पहिले जस्तो आयात हुने अवस्था पनि छैन । अहिले पहिलेको बाँकी भएकोबाट चल्दै जान्छ जब सकिन्छ तब के गर्ने भनेर अझै थाहा छैन । भर्खरै प्राप्त जानकारी अनुसार एक वृद्ध जोडीले “लकडाउन”को कारण खाद्यान्न अभाव भएर यसरी बाँच्न नसक्ने भन्दै आत्महत्या पनि गरेका छन् । लाखौंको जनजीवन प्रभावित भएको छ । मानिसहरु लथालिङ्ग अवस्थामा परेका छन् । एक ले अर्काको ज्यान सुरक्षाको निम्ति, एकले अर्कालाई मद्दत गर्नका लागि हामी एक अर्कासँग टाढा बस्न पर्ने अवस्था आएको छ । विभिन्न खोज र अनुसन्धानले कुनै पनि भाइरसको आयु चारदेखि पाँच महिनाको हुने र बिस्तारै त्यो आफैँ हराएर जाने उल्लेख गरेकाे पाइन्छ । तर आजको दिनसम्म कोराेना देखिएको चार महिना भन्दा धेरै बितिसक्दा पनि यसको न्यूनीकरण भने गर्न सकिएको छैन । दिन प्रतिदिन संक्रमित र मृत्यु हुनेको संख्या बढ्दो छ । हरेक रास्ट्रहरुले आफ्नो क्षेत्रबाट सकेको पहल गरिरहेका छन् तर पनि कमै मात्रामा यसको न्यूनीकरण गर्न सकिएको छ । को कोहिले वा कुनै राष्ट्रले यो सानो सुक्ष्म जीवले हामीलाई केही बिगार्न सक्दैन भनेर हेलचेक्रर्याइ गर्यो उसले आफ्ना हजारौं जनता गुमाइसकेको छ । विश्वका कति राष्ट्रहरुमा यसको कुनै ठूलाे असर देखिएको छैन किनकी, उनीहरूले सुरुदेखि नै आवत जावतमा प्रतिबन्ध लगाएर पछि देखा पर्ने विपत्तिबाट आफूलाई पहिलेबाट नै वञ्चित गराएका थिए । आज अमेरिका, यूरोप जस्ता बिश्वका ठूला र शक्तिशाली राष्ट्रहरुको हातमा रगत र आँखामा आँसु छ । कारण उनीहरूले गरेको लापरबाही हो । आज सबैभन्दा धेरै मृत्यु हुनेको संख्यामा यिनीहरू छन् किनकी यो फैलिनु पूर्व नै यसलाई सहि ढंगले हेरेनन् । जे जस्तो अवस्था आए पनि अर्थतन्त्रमा असर पुग्न नहुने र यसले खासै ठूलो नकारात्मक असर नगर्ने भ्रम पालेर यो बाट बच्ने विधि अपनायनन् । आज आएर आफ्ना जनताको वियोगमा आँसु झार्न भन्दा अरु विकल्प छैन उनीहरूसँग । आजको महामारीले भोलिको हामीलाई धेरै असर गर्ने कुरा सत्य हो तर आज हामी रहेनौँ भने भोलिको कुरा हामीलाई थाहा हुँदैन । आज ऋण लागे भोलि तिर्न सकिन्छ, तर दिन लाग्यो भने फेरि फिर्न सकिँदैन । आजको यो अवस्थाले हामीलाई धेरै पछाडी धकेलेको कुरा सत्य हो तर हामी फेरि उठ्न सक्छौं, फेरि त्यही स्थान हाँसिल गर्न सक्छौ आजको महामारीले भोलिको हामीलाई धेरै असर गर्ने कुरा सत्य हो तर आज हामी रहेनौँ भने भोलिको कुरा हामीलाई थाहा हुँदैन । आज ऋण लागे भोलि तिर्न सकिन्छ, तर दिन लाग्यो भने फेरि फिर्न सकिँदैन । आजको यो अवस्थाले हामीलाई धेरै पछाडी धकेलेको कुरा सत्य हो तर हामी फेरि उठ्न सक्छौं, फेरि त्यही स्थान हाँसिल गर्न सक्छौ । त्यसैले आज हामीले सरकारले आवाहन गरेको लकडाउनको पालन नगरेर बाहिर भिड गर्दै निस्कने जो भने यसले हामीलाई नै असर गर्छ । श्रीमद्भागवत गीतामा भनिएको छ” भूत बितेर गयो, भविष्य आएको छैन, त्यसैले वर्तमान सुन्दर बनाउ ।” आजको तिम्रो कर्मले भोलिको भविस्य निर्धारण गर्छ । आज तिमीले जे पर्छ त्यो टर्छ भन्न थाल्यौ भने तिम्रो न वर्तमान सुन्दर हुन्छ, न भविस्य । तिमीलाई लड्नबाट कसैले जोगाउन सक्ने छैन । शिक्षा विकासको मूल जग हो, शिक्षा विना कुनै पनि कुरा सम्भव छैन । जति बाड्दै गयो त्यति बढ्दै जाने एक मात्र चीज हो शिक्षा । अहिलेको कोरोना महामारीले सबैभन्दा धेरै असर परेको ठाउँ पनि शिक्षा हो । विद्यार्थी र अभिभावकमा डर उत्पन्न हुन थालेको छ । अब स्कूल/कलेज पठाउने कि नपठाउने भनेर । त्यो अलि पछिको कुरा भयो । आज तपाईं घरमा बस्दा कसरी कुन अवस्थामा बस्नु भएको छ । के गरेर दिन कटाउनु भएको छ । त्यो मुख्य कुरा हो । कोरोनाको प्रकोपबाट बचाइदेउ भनेर ईश्वरको शरणमा एक परिवार घरमा बस्दा पनि छिमेकका दुई- चार जना जम्मा गरेर तास खेल्ने, खाने, सुत्ने फेरि उठ्ने त गर्दै हुनुहुन्न नि ? त्यसले विनास गर्छ विकास हैन । त्यो बाहेक पनि हामीसँग धेरै घरमा बसिबसि गर्न सक्ने कामहरु छन् । किताब पढ्ने लेख्ने, आफ्ना बाबु-नानीहरुलाई विभिन्न सिर्जनात्मक क्रियाकलापमा लगाउने हो भने उनीहरूले कितावी ज्ञान मात्र नभएर जीवन बुझ्ने मौकासम्म पाउँछन् । केही सिक्छन्, उनीहरूले सिकेको केही नयाँ तपाईं हामीलाई सिकाउँछन् । खासमा भन्नुपर्दा कोरोनाले हामीलाई एउटा महत्त्वपूर्ण पाठ पनि सिकाएको छ जस्तो लाग्छ “कुनै पनि सानो कुरा भनेर हेलचेक्रर्याइ गर्नाले त्यसले वर्तमानमा असर नगरे पनि भविष्यमा धेरै ठूलो नकारात्मक असर सिर्जना गर्छ ।” आज तपाईंले कस्तो निर्णय लिनुहुन्छ त्यसको नतिजा तपाईंले केहि समय पछि मात्र पाउनु हुन्छ । आजको तीन दिन रमाएर पछिको पाँच वर्ष पछुताउन चाहनु हुन्छ कि, आजको तीन दिन सङ्घर्ष गरेर पछिको पाँच वर्ष खुशीसँग रहन चाहनु हुन्छ त्यो तपाईं आफैंमा भर पर्ने कुरा हो । ‘घरमै बसौं, सचेत रहौँ ।’ यो कुरा बिना काममा बाहिर डुल्न र घुम्न निस्कनेहरुका लागि हो । जसले बिहान काम गरेर राती परिवार र आफ्नो पेट पाल्छ्न उनीहरुको लागि पनि यो कुरा लागू होला र ? कहिलेसम्म बस्ने भित्र ? बाहिर आउँदा प्रहरीको लठ्ठी खाइएला भन्ने डर, भित्र बसौं भने छोराले बाबा कति दिन यसरी भोकै बस्ने भनेर सोध्छ । अझैसम्म पनि मान्छेको दिमागमा एउटा ठूलो भ्रम छ । केही बुझ्न खोज्नका लागि रोड र नजिकैको चिया पसलमा जानुपर्छ र त्यहीँ गएर धेरै कुरा सुन्न र बुझ्न सकिन्छ । तर त्यो सत्य हैन । तपाईं आफ्नै घरमा बसेर पनि खुशीहरु कमाउन सक्नुहुन्छ, आफ्नै परिवारसँग रमाउन सक्नुहुन्छ । ईन्टरनेटको माध्यमबाट विभिन्न कुराहरू सिक्न र सिकाउन सकिन्छ । आजको यो समयमा घरमै बसेर बसि बसि धेरै टाढा रहेका व्यक्तिहरुसँग अनुहार हेरिहेरि मज्जाले कुरा गर्न सकिन्छ र त्यहाँको हरेक गतिविधि नियाल्न सकिन्छ । हो ! गरिव र बिहान काम गरेर बेलुका चामल किनेर लगेर घरमा गुजारा चलाउने परिवारको लागि यो एकदमै कष्टपूर्ण नै हुन्छ त्यसको लागि सरकारले उनीहरूको मद्दत गर्नुपर्छ । आफ्नो जनताको लागि चाहिने उचित समानको सकेसम्म व्यवस्था गर्नुपर्छ । घरमै बसौं, सचेत रहौँ । यो कुरा बिना काममा बाहिर डुल्न र घुम्न निस्कनेहरुका लागि हो । जसले बिहान काम गरेर राती परिवार र आफ्नो पेट पाल्छ्न उनीहरुको लागि पनि यो कुरा लागू होला र ? कहिलेसम्म बस्ने भित्र ? बाहिर आउँदा प्रहरीको लठ्ठी खाइएला भन्ने डर, भित्र बसौं भने छोराले बाबा कति दिन यसरी भोकै बस्ने भनेर सोध्छ । होला कुनै कुनै ठाउँमा सरकार र सम्बन्धित निकाय पुगेको होला तर के देशको हरेक ठाउँमा यस्तै अवस्था छ हरेक ठाउँमा सरकारले पाइला राखेको छ त ? यो मुख्य ध्यानाकर्षण गर्नु पर्ने कुरा हो । “सरकारले आफ्नो ध्यानाकर्षण गर्नु पर्ने मुख्य कुरा के छ भने बाहिर कोरोनाको डरले बाहिर ननिस्किएका जनता भित्र खान नपाएर भोकमरीले नमरुन् ।” कोरोना हटेर जान्छ त्यसलाई हामी आफैंले हटाउनु पर्छ, सचेत रहौ घरमा नै बसौं । भविस्यको चिन्ताले वर्तमान खेर नफालौँ । हिजो भएको कुरा भोलि फेरि नहोला भन्न सकिन्न जब सम्म हामी छौं तब सम्म हामीसँग सबै छ ।
आध्यात्मिक चेतना र स्थानीय स्रोतसाधनको प्रयोग
नेपाली क्यालेण्डर अनुसारको नयाँ वर्ष २०७७ सुनसानका बीच शुरू भएकाे छ । विगतमा पुरानो वर्ष विदाइ गरी नयां वर्षलाई स्वागत गर्ने धुमधाम हुन्थ्यो । काठमाण्डौको शिवपुरीजगलको बीचमा रहेको धार्मिकस्थल वागद्वार जानेको लर्को लाग्थ्यो । भक्तपुरमा विस्केटको लिङ्गो ढलाउने जात्राको तम्तयारी चल्थ्यो । नयाँ वर्षको चहलपहल बेग्लै हुन्थ्यो । तर यो वर्षको बैशाख पहिलो दिन त्यो सबै तामझाम हुने अवस्था रहेन । चैत्र ११ गतेदेखि शुरुभएको बन्दाबन्दीले सबैलाई घरभित्र सीमित गरेकाे छ । बैशाख ३ गतेसम्म थियो । बन्दाबन्दीको त्यो अवधि पुनः थपिएर बैशाख १५ गतेसम्म पुगेको छ । परिस्थिति हेरेर बैशाख १५ गतेपछि पनि बन्दाबन्दीको अवधि थपिन सक्छ किनकि कोभिड १९ महामारीबाट सुरक्षित रहने एकमात्र उपाय भनेको संक्रमित ब्यक्तिसंगको संसर्गबाट टाढा रहनु मात्रै रहेछ । कोभिड १९ को विश्वब्यापी सन्दर्भ कोभिड १९ को विश्वब्यापी सन्दर्भ हेर्दा चीनको बुहानप्रान्तबाट सन् २०१९, डिसेम्बरको अन्त्यतिरबाट शुरु भएको यो महामारी बिस्तारै विस्तारै अन्य देशमा पनि सर्दै गएर विश्वको लगभग सबै देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य सगठनको अनुसार जनवरी २०, २०२० सम्म चीनमा संक्रमितको संख्या २७८ थियाे भने चीन बाहिर थाइल्याण्ड, जापान, र कोरियामा जस्ता देशहरुमा संक्रमणको संख्या फाट्टफुट्ट देखिन थालेको थियाे । तर अहिले कोभिड १९ बाट संक्रमित हुने देशमा अमेरिका उच्च स्थानमा छ । अमेरिका पछि कोभिड १९ बाट सबैभन्दा बढी आक्रान्त देशहरुमा इटाली, स्पेन, फ्रान्स र बेलायत आदि देशहरु पर्दछन् । विश्वभरिमा कोभिड १९ बाट संक्रमित हुनेको सख्या र मृत्यु हुनेको संख्या काहाली लाग्दाे रूपमा बढ्दै गएकाे छ । लेखक कोभिड १९ चीनमा शुरु भएको र संक्रमित ब्यक्तिको आवागमनसंगै विश्वभरी फैलियो । समाचार अनुसार कोभिड १९ को संक्रमण छिटो फैलिन बाह्य् संक्रमण भन्दा पनि स्थानीय संक्रमण जिम्मेवार रहेको पाइन्छ । बाहिरबाट आएको संक्रमणको दर हेर्ने हो भने हरेक देशमा शुरुमा दुई चार जनाबाट शुरु भएको देखिन्छ । तर तिनै दुईचारबाट स्थानीयमा सर्दै गएर लाखौंमा पुगेको पाइन्छ । यसले के देखाउँछ भने जुन देशले बाह्य संक्रमणलाई बेलैमा पहिचान गरेर स्थानीय संक्रमण बढ्न दिएनन् ती देशहरुमा यसको फैलावट कम भयो । अरु देशमा बढ्यो । सबै देशमा यो रोग चीनबाट आएकै ब्यक्तिहरुमार्फत आएको पनि होइन । जस्तैः नेपालकै स्थिति हेर्ने हो भने पनि नेपालमा चीनबाट भन्दा बढी अन्य देशबाट (फ्रान्स, बेलायत, भारतबाट) आदिबाट आएका ब्यक्तिहरुमा संक्रमण रहेको पाइएको छ । यो रोगको विषेशता नै संक्रमितलाई बेलैमा चिन्न नसकिने (तर संक्रमण सार्न सक्ने ) र सबै संक्रमितलाई एकैखालको लक्षण नदेखिने भएकोले संक्रमित र असंक्रमित छुट्याउन सकिएन । फलतः संक्रमितहरु असंक्रमितसंग जति धेरै मिसमास भए यो रोग उति धेरै फैलियो । चीन बाहिर यो रोगबाट यति धेरै ब्यक्तिमा संक्रमण फैलिएला र लाखौं ब्यक्ति चीन बाहिरमात्रै मर्लान् भनेर शायदै कसैले कल्पना गरेका थिए । यही अकल्पनीय कुरा सत्य भइदियो । यो रोगको विषेशता नै संक्रमितलाई बेलैमा चिन्न नसकिने (तर संक्रमण सार्न सक्ने ) र सबै संक्रमितलाई एकैखालको लक्षण नदेखिने भएकोले संक्रमित र असंक्रमित छुट्याउन सकिएन । फलतः संक्रमितहरु असंक्रमितसंग जति धेरै मिसमास भए यो रोग उति धेरै फैलियो । विभिन्न देशमा जब संक्रमण बढ्दै गयो, तब विश्वस्वास्थ्य संगठनले भन्यो यो महामारी हो, त्यसैले सोसियल डिस्टेन्स कायम गरौं भन्यो ।मानवशास्त्री डा. डम्बर चेम्जोङका अनुसार भनेकाे सोसियल डिस्टेन्स भनेकाे खास अर्थ फिजिकल डिस्टेन्स वा भौतिक दूरी हाे । भाैतिक दूरी कायम गर्ने सबैभन्दा सजिलो उपाय बन्दाबन्दी हो भनेर धेरै देशले बन्दाबन्दी गर्न शुरु गरे । सोसियल डिस्टेन्ससगै लकडाउन, आइसोलेसन, क्वारेन्टीन, भेन्टिलेटर, पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्टजस्ता शब्दहरुको प्रयोगमा आउन थाले । चीनमा संक्रमणको दर विस्तारै घट्दै गयो तर युरोपियन देशहरुमा बढ्दै गयो । इटालीमा अत्यसलाग्दो मृत्युदर देखियो, अस्पतालमा बिरामी राख्ने ठाउँ भएन, अन्तेष्टि गरिने परंपरागत स्थान सकियो । एम्बुलेन्स र शब बोक्ने ट्रककाे लाइन देखिन थाल्यो । स्पेनमा पनि त्यही स्थिति देखियो । यही बीच बेलायतका राजकुमार चाल्र्समा कोरोना भाइरसको संक्रमण देखियो । त्यसपछि प्रधानमन्त्री बोरिस जोन्सनमा । यसैबीच जर्मनीलगायतका देशहरुले बन्दाबन्दीलाई थप कडा पारे । संसारकै शक्तिशाली मानिएको अमेरिकाको सन्दर्भ युरोपको भन्दा अलि फरक देखिन्थ्यो । त्यहाँ सबभन्दा पहिले न्युयोर्क सिटिलाई गाज्यो । न्युयोर्कमा कोरोनाबाट मृत्यु हुनेलाई सामूहिक समाधिस्थल बनाएर अन्त्येष्टि गरियो । ट्रम्पले शुरुमै उद्घोष गरे १ देखि २ लाखसम्म मानिस मर्न सक्छन् । समयमै लकडाउन नगरेको भनेर उनको कठोर आलोचना पनि गरियो । कहिले चाइना भाइरस भनेर त कहिले चाइनाले सूचना लुकायो भनेका उनले अप्रिल १४, २०२० को भाषणमा विश्वस्वास्थ्य संगठनलाई दिदै आएको रकमसमेत रोक्का गरिदिने बताए । उनले बन्दाबन्दी गरे बेरोजगार बढने भएकाले बन्दाबन्दीलाई प्राथमिकतामा पारेनन् । अमेरिकामा मात्र पछिल्लो सप्ताहमा डेढ करोडसम्मले बेरोजगार भत्ताको लागि फर्म भरेको सूचनाले पनि के देखाउछ भने अमेरिकाको अर्थतन्त्र टिकाउने श्रम बजारमा बेरोजगार बढे भने त्यहाँको आर्थिक अवस्था चौपट हुन्छ । भारतको प्रसङ्ग बेग्लै छ । उसले पहिला एकदिने लकडाउनको रिहर्सल गर्न लगायो । त्यसपछि लकडाउन शुरु गर्यो । त्यो अझै जारी छ । इन्डियाका प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउनबाटै यो रोगलाई पन्छाउन सकिने विश्वास लिएका छन् जसको सिको (वाद्यता)नेपालले पनि गरेको छ । नेपालको अवस्था नेपालमा सर्वप्रथम चीनबाट आएका ब्यक्तिमा कोरोनको संक्रमण देखिएको थियो । २०७७ बैशाख ४ गतेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ थियो भने ५ गतेको दिन १४ जना थपिएर ३० जना पुगेको छ । याे लेख तयार गर्दासम्म काेराेना रोगबाट नेपालमा कसैको ज्यान गएको तथ्याङ्क बाहिर आएको छैन । तर एकैदिन १४ जना नया संक्रमित फेला पर्नुले नेपालमा पनि कोरोना रोग भूसको आगोजस्तै भित्रभित्रै सल्किदै जाने त हैन भन्ने त्रास बढेको देखिन्छ । बच्ने उपाय र नेपालमा अपनाइएका कदम माथिनै उल्लेख गरियो कोभिड १९ बाट बच्ने उपायमा बन्दाबन्दीमा बस्ने, शारीरिक दूरी कायम राख्ने र साबुन पानीले हात धुने कुरा आइरहेका छन् । कतिपय देशले मास्कको प्रयोगलाई पनि प्राथमिकता दिएका छन् । अन्य देशको तुलनामा बैशाख ७ गतेसम्मको तथ्याङ्कलाई हेर्दा नेपालमा कोरोना संक्रमण छिटफुटरुपले फैलिएको देखिन्छ । यसका कारणहरु धेरै हुनसक्छन । बेलैमा बन्दाबन्दी गर्नु एउटा कारण हुनसक्छ । नेपालका नेता तथा जनताले चीनलगायतका देशमा कोरोना संक्रमणसंग जुध्नको लागि महासंघर्ष गरेको देखेका छन् । नेपाली नेता, जनता सबै यदि नेपालमा काेराेटा भाइरस फैलियो भने चीनको तहको उपचार गर्न सकिदैन भन्ने तर्कमा सहमत देखिन्छन् । यसैले होला नेपालले २०७६ चैत्र ११ गते देखि पटकपटक गबन्दाबन्दीको अवधि बढाएको छ । यसमा भारतमा भइरहेको बन्दाबन्दीको पनि प्रत्यक्ष प्रभाव छ भन्ने देखिन्छ । यो बन्दाबन्दीबाट सबैभन्दा बढी प्रभावित हुने समुदाय वा वर्ग भनेको श्रमजीवि वर्ग हो जो विदेशमा छन् र स्वदेश फर्कन चाहन्छन्, जो काठमाण्डौमा छन् र गाउँ फर्कन चाहन्छन् वा भारतमा छन् र सिमानामा आएर अड्किएका छन् जो छिटोभन्दाछिटो घर पुग्न चाहन्छन् । कपनको स्थानीय तरकारी बजारमा बन्दाबन्दी सफल पार्न खटिएका सुरक्षाकर्मी र बन्द रहेका सटरहरु इटाली तथा स्पेनलगायतका कतिपय युरोपेली देशमा सरकारले गरेको बन्दाबन्दीको आग्रहलाई जनताले अधिकतम पालना गर्न नसकेका खबरहरु आइरहेको सन्दर्भमा हेर्ने हो भने नेपालमा बन्दाबन्दीको अवस्था अलि संयमित भएको देखिन्छ । नेपालमा ग्यास, खाद्यान्न तथा तरकारीको ओसारपसार पनि सीमित मात्रामा भइरहेकै छ । खाद्यान्न जोहो गर्न सक्ने परिवारहरुले बन्दाबन्दी स्वीकार्न सहजभए पनि कामगरी खाने मजदुरवर्गलाई भने अफ्ठेरो परेको समाचार आइरहेका छन् । यति हँुदाहुदै पनि नेपालमा कोरोना भाइरस फैलियो भने चीन वा पश्चिमी मुलुकमा प्राप्त स्वास्थ्य सुविधा नेपालमा पाइदैन भन्ने मानसिकताले धेरै हदसम्म काम गरेको पाइन्छ । अझ स्वास्थ्य सामग्रीको खरीदमा भएको भनिएको भ्रष्टाचार प्रकरणपछि नेपाली जनता सरकारसंग थप निराश भएका छन् र आफ्नो सुरक्षा आफैले गर्नुपर्छ नत्र मरिन्छ भन्नेमा सचेत छन् । खाद्यसामग्री किन्न तथा अन्य अत्यावश्यक प्रयोजनका लागि निस्किएका सर्वसाधारण हुन् वा प्रहरी धेरैजसोले पाएसम्म मेडिकल मास्क लगाएका छन् भने त्यो नपाउने कतिपयले कपडाकै मास्क पनि प्रयोग गरेका छन् । कतिपय महिलाले त आफूले ओढ्ने सलले पनि नाकमुख छोपेर हिड्ने गर्छन् । मास्क लगाउने बाहेक अधिकतर ब्यक्तिले साबुनपानीले हात धुने, एकअर्काको नजिक नजाने जस्ता अभ्यासहरु पनि सकेसम्म अपनाएको देखिन्छ । नेपालमा सबै प्रदेश तथा स्थानीय स्तरमा स्वास्थ्यपूर्वाधार तथा परीक्षण कीटलगायत स्वास्थ्यसामग्रीको अपर्याप्तताले गर्दा कोभिड १९ बाट संक्रमितको पहिचान गर्ने परीक्षणको दायरा साँघुरो छ । काठमाण्डौमै पनि सबै निजी अस्पतालहरु कोरोना परीक्षणको लागि तयार हुननसकेको तथ्यहरु बाहिर आएका छन् । अझै पनि स्वास्थ्यसामग्रीको पर्याप्त ब्यवस्था हुन नसकेको गुनासो सुनिदै आएको छ । यी सबैको कारण संक्रमितहरु परीक्षणको दायरामा आउननसकेका कारण वास्तविक संक्रमितको संख्या कम देखिएको छ । आमसंचारको प्रयोग नेपालीको चेतनाको स्तर बढाउन आमसंचार माध्यमको महत्वपूर्ण स्थान रहेको छ । बढ्दो इन्टरनेटको प्रयोग, खासगरी फेसबुक, मेसेन्जर, भाइवर, रेडियो, एफएम, ल्याण्डलाइन तथा मोबाइलफोनको रिगटोनमा बज्ने सूचनामूलक सन्देश, प्रहरी तथा प्रशासनद्वारा गरिने माइकिग आदिको ब्यवस्थाले नेपाली जनतालाई सुसूचित हुन ठूलो भूमिका खेलेको छ । यी माध्यमबाट नेपालीले विश्वमा फैलिरहेको कोरोनाको स्थिति र नेपालमा कोरोना संक्रमितको संख्या तथा अवस्था थाहा पाउन र सरकार, नागरिक समाज तथा स्थानीय प्रशासनले गरेका कामकारवाही थाहा पाउन, गाउँठाउँमा अपरिचित वा विदेशबाट कोही आएको छ कि निगरानी गर्ने, प्रहरी प्रशासनलाई खबर गर्ने जस्ता सुरक्षात्मक उपायहरु अपनाउन पनि यस्ता संचार माध्यमले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । नेपालीको चेतनाको स्तर बढाउन आमसंचार माध्यमको महत्वपूर्ण स्थान रहेको छ । बढ्दो इन्टरनेटको प्रयोग, खासगरी फेसबुक, मेसेन्जर, भाइवर, रेडियो, एफएम, ल्याण्डलाइन तथा मोबाइलफोनको रिगटोनमा बज्ने सूचनामूलक सन्देश, प्रहरी तथा प्रशासनद्वारा गरिने माइकिग आदिको ब्यवस्थाले नेपाली जनतालाई सुसूचित हुन ठूलो भूमिका खेलेको छ । सक्रिय स्थानीय तह कोरोना भाइरसको महामारीसग जुध्नको लागि स्थानीय तहका जनप्रतिनिधिले खेलेको भूमिका अत्यन्तै प्रशसनीय छ । आआफ्नो निर्वाचन क्षेत्रमा कसरी कोरोना फैलिन नदिने, संक्रमित भेटिए तिनको ब्यवस्थापन कसरी गर्ने लगायत आफ्नो निर्वाचन क्षेत्रभित्र रहेका बेरोजगार तथा शारीरिक रुपले अशक्तहरुको पहिचान गरी तिनलाई राहत दिने कार्यमा स्थानीय तहहरुले प्रसशनीय भूमिका खेलेका खबरहरु आइरहेका छन् । बैशाख ४, २०७७ को गोरखापत्र दैनिकले पनि आफ्नो सम्पादकीयमा सक्रिय स्थानीय तह भनी स्थानीय ब्यक्तिलाई क्वारेन्टीनमा राख्न, राहत वितरण गर्न र जनचेतना जगाउन अत्यन्तै सक्रिय भूभिका खेलेको भनी स्थानीय तहका कार्यको प्रसंशा गरेको छ । परम्परागत अभ्यासहरु नेपालमा कोरोना संक्रमण तीब्ररुपमा नफैलनुमा सामाजिक सांस्कृतिक कारणहरु छन् भनेर सामाजिक संजालका पानाहरु भरिएको देख्न पढ्न पाइन्छ । ती कारणमध्ये घरमा खाना पकाएर खाने चलन पनि पर्दछ । नेपालमा जस्तो घरैमा खाना पकाएरै खाने कार्य पश्चिमा देशमा आम प्रचलनको रुपमा छैन कि जस्तो देखिन्छ । उनीहरु घरमा चिया, कफी वा फाष्ट फुड खान्छन् । अरु खाना घरबाहिरै खान्छन् । अमेरिकामा बसोबास गर्ने मेरा केही नातेदारहरु पनि अनलाइन मार्फत खाना मगाएर खाने गरेको छु भन्छन् । नेपालमा भने अधिकांश परिवारले आफ्नै घरमा खाना पकाएर खाने गर्छन् । यो कार्य घरधनी हुन् वा डेराबासी हुन्, प्रायः सबैजसोले गर्ने गरेका छन् । घरमा खाना पकाएर खादा घरका सम्पूर्णप्रायः सदस्यलाई घरबाट बाहिर जानुपर्दैन र समय पनि राम्रोसंग ब्यतित हुन्छ । पानीको प्रयोग गरी सरसफाई गर्नेे (जस्तै चुठ्न पानीको प्रयोग, दिशा धुन, हात धुन, तरकारी पखाल्न इत्यादि) कारणहरु कोरोना संक्रमणलाई फैलिन नदिने कारणको रुपमा लिने गरिएको पाइन्छ । यसले गर्दा घरका बालबालिकाहरु, बृद्ध, अशक्त तथा बिरामी घरबाहिर गएर अपरिचितको संसर्गमा पर्नुपर्दैन । बिहानदेखि बेलुकासम्म पकाउने, खाने, घरधन्दा र सरसफाइ गर्ने गर्दा समय काटिएको पनि थाहा हुँदैन । अन्य परंपरागत चलनमा अभिवादन गर्दा ब्यक्ति ब्यक्ति नजोडिइकन परैबाट नमस्ते गर्ने चलन पनि पर्दछ । निश्चयपनि विश्वले नै ब्यक्ति ब्यक्ति बीचको दूरी कायम गरौ भनेको अवस्थामा नेपालजस्तो बिभिन्न जात र समूहमा वर्गीकृत समुदाय भएका देशमा परम्परागतरुपमै अगालिएका सांस्कृतिक पक्षले पनि कोरोना संक्रमण नियन्त्रणको लागि केहीमात्रामा भएपनि सहायकसिद्ध भएका तर्कहरु आइरहदा मानवशास्त्री शुरेश ढकालले बैशाख ५ गतेका कान्तिपुर अनलाइनमा भनेजस्तै यसैपनि जातिगत तथा वर्गगत उचोनीचो रहेको नेपालजस्तो मुलकमा कोरोनाबाट बच्नको लागि सामाजिक दूरी कायम गरौ भन्ने आह्वानले पछि गएर संक्रमित तथा असंक्रमित ब्यक्ति ब्यक्ति वा समुदाय समुदायबीच सामाजिक विद्वेष ल्याउने कारक बन्छ कि, डर त्यत्तिकै छ । इतिहासबाट सिकेको पाठ नेपालीहरु किन प्रतिकूल अवस्थालाई पनि सहजै स्वीकार गर्छन् भन्न यसको अर्थराजनीतिक विगत हेर्नुपर्ने हुन्छ । धेरै टाढाको विगत हेर्नुपर्दैन, २०४६ सालयताका राजनीतिक उतारचढावले (माओवादी आन्दोलन, राजा बीरेन्द्रको बंश विनाश, मधेश आन्दोलन आदि) आम नेपाली जनतालाई त्राहिमाम पारिदिएको थियो । त्यसमाथि २०७२ सालको महाभूकम्पले नेपालीको बस्नेखाने अवस्था चौपट पारिदिएको छ । त्यो सन्त्रासबाट त्राण नपाउदै कोरोना महामारीले सताएको छ । बैदेशिक रोजगारीमा हुने दुर्घटना, सवारी दुर्घटना, बाढीपहिरो आदिबाट ज्यान गुमाएका समाचार सुनेका नेपालीले मृत्युलाई राम्रोसंग चिनेका छन् र टार्न सकिने मृत्यलाई सकेसम्म टारौं भन्ने मनसाय प्रभावी देखिन्छ । कृषिकार्य नेपालमा जिवीकामुखी तथा निर्यातमुखी दुबैखाले कृषिकार्य चल्दैआएका छन् । धेरैजसो ग्रामीण जनता कृषिकार्यमा संम्बद्ध छन् जसले गर्दा ज्यालादारी श्रमिकको मात्रा कम छ । कृषिकार्यमा लाग्नेहरु प्रायः घरपरिवारसंगै हुनाले र बजारमा छरिएका ज्यालादारी श्रमिकलाई जस्तो राहत बाड्न नपर्ने हुनाले सरकारलाई अमेरिकामा जस्तो आर्थिक भार नपर्ने देखिन्छ । त्यसैले सरकारले बन्दाबन्दी थप्दै लैजान हिम्मत गरेको छ । अमेरिकामा जस्तो लाखौं बेरोजजगारहरु बजारमा निस्कने हो भने नेपालसरकारले पनि बन्दाबन्दी थप्ने हैन बरु घटाउनेतिर पो सोच्थ्यो कि ? काठमाण्डौमा असंगठित क्षेत्रमा काम गर्ने हजारौं श्रमिकहरु बन्दाबन्दी पछि खानेबस्ने समस्यामा परेको भन्दै रातारात काठमाण्डौ छोडेर घर फर्कदै गरेको लर्कोले पनि पुष्टि गर्छ श्रमिकवर्ग वास्तबमै अति संवेदनशील बर्ग रहेछ जसलाई पहिला भोकमरीबाट बच्नुछ अनि मात्रै कोरोनाबाट । बन्दाबन्दीको लागि आर्थिक तथा नैतिक चुनौती दिने कुनै बर्ग छ भने त्यो ज्यालादारी श्रमिक वर्ग नै रहेछ जो अनेकौं जोखिम मोलेर हप्तौंको बाटो हिडेर गाँउ फर्किरहेको छ । सरकारले श्रमिकहरुलाई खाद्यान्न दिने भने पनि त्यो पूर्ण सफल हुनसकेको देखिदैन । यस्तो अवस्थामा कृषिकार्यले ज्यालादारी श्रमिकको संख्या घटाएकोमा कुनै दुईमत छैन । यसैगरी स्थानीय श्रोतसाधनमा आधारित कृषिउन्मुख जीविकोपार्जन अरु खालको जीबिकोपार्जनभन्दा दिगो हुन्छ भन्ने पनि देखिन्छ । आफनै आगनचोकमा गमलालगायतमा तरकारी रोपेर फलाउदै कोरोनाले निम्त्याएका चुनौती कोरोना भाइरसले विश्वकै हुनेखानेदेखि आर्थिकरुपले विपन्न राष्ट्रहरुसमेतको आर्थिक, राजनीतिक तथा सामाजिक पद्धतिमाथि नराम्रोसग चुनौती थपिदिएको छ । कोरोना भाइरसको कारण चीनजस्तो शक्तिसम्पन्न राष्ट्रले सूचना लुकाएको आरोप ब्यहोर्नुपरेको छ भने अमेरिकाजस्तो शक्तिसम्पन्न देशका राष्ट्रपतिले बन्दाबन्दीलाई नअपनाई जनस्वास्थ्यमा संबेदनशील नभएको आरोप खप्नुपरेको छ । अमेरिकाले त विश्वस्वास्थ्य संगठनजस्तो संस्था पनि पूर्वाग्रही भयो भनेर उसलाई गरिआएको सहयोगसमेत रोक्का गरिदिने निर्णय ग¥यो जसको असर अमेरिकामा आउदै गरेको राष्ट्रपतिय निर्वाचनमासमेत देखिने निश्चित छ । कुनै राष्ट्रले कोरोनाको प्रभावकारी खोपको उत्पादन गर्नसक्यो भने त्यो बेचेर मात्रै पनि ऊ रातारात धनी हुनसक्छ । यस्तो अवस्थामा अहिले भइरहेको बैश्विक मानचित्रमा फेरबदल हुनसक्ने उत्तिकै संभावना छ । विश्व अर्थतन्त्र र नेपाली अर्थतन्त्रमा पार्ने प्रभाव कोरोनाको बिश्वब्यापी महामारी कतिसम्म बढ्ने हो र यसले बिभिन्न राष्ट्रहरुको कुल गार्हस्थ उत्पादनमा कतिसम्म गिरावट ल्याउने हो त्यसको अड्कल गर्न शुरु गरिए पनि राष्ट्रिय अर्थतन्त्र यतिसम्म शिथिल हुन्छ भन्नसक्ने अवस्था छैन । अहिले बिकसित देशका सरकारले बेरोजगारलाई भत्ता बाड्ने र स्वास्थ्यसेवाको उपलब्ध गराउने र सकेसम्म प्राइभेट क्षेत्रलाई पनि मर्न नदिने कार्य गरिरहेको देखिन्छ । यसको लागि अर्बौ अर्ब लगानी भइरहेको छ । अर्कोतिर विकाशशील देशले पनि कोरोनासंग जुध्न भएनभएको खर्च निकाल्नुपरेको छ । उनीहरुले धनी देशबाट पाउने सहायता रकम आगामी दिनमा पाउने वा नपाउने निश्चित छैन भने उनीहरु आफूले लिएको ऋणको सावाब्याज तिर्न सक्ने स्थितिमा रहने छैनन् । कुन देशमा कोरोनाले कति क्षति गर्छ र त्यसको अर्थतन्त्रमा कस्तो प्रभाव पर्छ त्यो हेर्न बाकी नै छ । अन्यदेशमा जस्तै नेपालमा पनि आर्थिक बृद्धिदर घट्ने प्रक्षेपणहरु आइरहेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा रेमिट्यान्स प्रत्यक्ष रुपले घट्ने बताएका छन् । त्यस्तै पर्यटन ब्यवसायबाट आउने कमाइ पनि प्रत्यक्षरुपले प्रभावित हुन्छ । तर पनि कृषि उत्पादबाट भने अर्थतन्त्रले केही राहत महसुस गर्नेछ । बैदेशिक रोजगारमा गएका नेपाली कामदारहरु फर्किएर आएमा उनहिरुको लागि रोजगारी सिर्जना गर्न सकिएमा नेपाली अर्थतन्त्रको लागि यो चुनौती मात्र नभई अवसर पनि हुने प्रसग उनले बताए । सर्सर्ती हेर्दा नेपालको अर्थतन्त्रमा देशमा रेमिट्यान्स बाहेक नेपालको अर्थतन्त्र धान्ने क्षेत्र भनेको क्षेत्र हो । नेपालमा अझै पनि निर्वाहमुखी, तथा निर्यातमुखी कृषिकार्य चलिरहेको पाइन्छ । डा. जीवनमणि पौडेल र टेकबहादुर कार्कीले गत बैशाख ३ मा लेखेको लेखमा “सरकारले समयमै सही निर्णय गरेमा अहिलेको महामारी नेपालको लागि खाद्य संकट होइन, खाद्यान्नको उत्पादन बढाउने अवसर हुनसक्ने छ ….नेपालको अर्थब्यवस्था मौलिकतामा आधारित भई आत्मनिर्भरताका लागि अगाडि बढ्ने अवसर हुनेछ” भनेका छन् । उनीहरुले भनेजस्तै बैदेशिक रोजगारबाट फर्किने नेपाली युवाले तत्काल गर्नसक्ने कार्य पनि कृषिजन्य कार्य नै हो । त्यसैगरी बिभिन्न तरिकाले चलिरहेका श्रमक्षेत्र जस्तै कृषि मजदुरी, यातायात मजदुरी बन्दाबन्दीको अवधिमा बन्द भएपनि यो खुलेपछि यथावत चल्ने आशा गर्न सकिन्छ । अनौपचारिकरुपले चलिरहेको घरेलु मजदुरीको कार्य बन्दाबन्दी पछि क्रमश सुचारु हुने देखिन्छ । यति भन्दाभन्दै पनि सुचारुरुपले चलिरहेको रेमिट्यान्सप्रधान अर्थतन्त्र र भिजिट नेपाल २०२० को लागि गरिसकिएको लगानीबाट बाञ्छित प्रतिफल नआउँदा आर्थिक बृद्धिदरमा ब्यापक गिरावट आउने निश्चितप्राय छ । मानवसभ्यता र संस्कृतिमा पार्ने असरहरु हालको विश्वमानचित्रमा देखिएको मानवसभ्यता र संस्कृति केही दशक वा केहीसय वर्षमा निर्माण भएको जेथा हेइन् । यी सांस्कृतिक तत्वहरु हजारौ हजार बर्षहरुमा मानबमानबबीच बाँच्नको लागि भएको अन्तरसंघर्ष र सहकार्यको परिणामस्वरुप बनेका हुन् । यसैगरी वैज्ञानिक आविष्कार, औपनिवेषिक होडबाजी तथा विश्वयुद्धहरु, असमान शिक्षा तथा आर्थिक बिकास, भूमण्डलीकरण, आमसंचारको उपलब्धता एवं बसाईसराईको लागि भइरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आवागमन लगायतका तत्वहरु अन्तरघुलन भएर अहिलेको मानवसभ्यता बनेको छ । अहिलेको विश्वसभ्यताले त स्थानीय सभ्यतालाई प्रभाव पारेकै (जस्तै अग्रेजी लेख्नेबोल्ने, नया वर्ष, भ्यालेन्टाइन, बातावरण, आप्रवासी, मजदुर, महिला दिवस मनाउने चलन आदि), छ तर स्थानीय घटनाले पनि विश्वसभ्यताको नक्सालाई हेरफेर गर्ने आंट राख्छ जस्तो देखिन्छ । उदाहरणको लागि कोरोना भाइरसलाई नै लिऊँ न । यो चीनको बुहानप्रान्तबाट शुरु भएर प्लेन चढ्दै विश्वब्यापी भयो । योग खासगरी भारतलगायतका देशमा चलिआएको परंपरा भनिए पनि अहिले यो विश्वब्यापी हुंदै गएको छ । यसैगरी नमस्कार गर्ने, शाकाहारी अभियान, बृक्षारोपण अभियान (जस्तै पाकिस्तानले अहिले लाखौं विरुवा रोप्ने अभियान चलाइरहेको छ), प्लाष्टिकको सट्टा नेपालीले प्रयोग गर्नेखालको पातको दुनाटपरी प्रयोग गरौ भन्ने दिन नआउला भन्न सकिन्न । यस्तैगरी घरघरमा खाना बनाउने संस्कृति पश्चिमी देशबाट हराउँदै गएको संस्कृति हो र यस्तै महामारी आइरहे भने यो संस्कृति पुनर्जीवित हुनसक्छ (जस्तै कि बन्दाबन्दी हुनसक्छ भन्ने कुरा थाहा पाएपछि मैले गुन्द्रुक खाँदे, मुलाको चाना काटेर सुकाएँ जुन धेरै बर्षअघिदेखि मैले गर्न छोडिसकेको थिए) । यस्तै टिस्युपेपरको सट्टा पानीले दिशा धुने, स्यानिटाइजरको सट्टा साबुनपानीले हात धुने संस्कार पनि त आउनसक्छ । स्थानीय श्रोतसाधन तथा संस्कार संस्कृतिको अन्तर्राष्ट्रियकरण गर्ने अवसर कोरोना भाइरसले दिएको छ । मानवजातिको भविश्यमा थपिएका चुनौतीहरुः कोरोनाले मानवजातिको भविश्यमा निकै ठूलो चुनौती थपिदिएको छ । आर्थिक तथा प्राविधिकरुपले साम्राज्य कायम गरिरहेका पश्चिमा मुलुकको लागि कोरोना संक्रमणको फैलावट र यसले पुर्याएको जनधनको क्षति आफैंमा अकल्पनीय छ । यो संक्रमणले मानब जातिले स्वास्थ्य क्षेत्रमा अहिलेसम्म नसोचेको संकट ल्याइदिएको छ भने भविश्यको कुन समयमा कुन रोग कताबाट उब्जिन्छ र कता कता कसरी फैलिन्छ र कतिको ज्यान लिन्छ त्यसको यकिन गर्न नसक्ने अवस्थामा अहिले विश्व जगत पुगेको छ । खासगरी वातावरण प्रदूषण, हावापानी परिवर्तन अहिलेका जल्दाबल्दा समस्या हुन । हावापानीको परिवर्तनका कारण मानिसहरुले परंपरागत जीवीकाको माध्यम नै छोड्नुपरेका तथ्यहरु आइरहेका छन् । अहिले कोभिड १९ का कारण जब बन्दाबन्दी शुरु भयो तब आर्थिक क्षेत्र चौपट भए पनि वातावरणीय क्षेत्रमा सकारात्मक प्रभाव परेको छ । गोरखापत्र दैनिकले २०७७ बैशाख पहिलो हप्तामा छापेको समाचारमा त्रिशुली नदी चौधवर्ष अघिको जस्तै सफा भएको समाचार छापेको थियो । कल्पना गरौं बन्दाबन्दीले विश्वका लाखौं नदी सफा भए होलान् । अर्को कुरा, कोरोनाको संक्रमण जनावरबाट मानिसमा सरेको प्रसंगले मानिसलाई जुनसुकै जनावर जसरीसुकै खानबाट सतर्क गराउने देखिन्छ । यी लगायत हरेक स्थानविषेशमा देखा पर्नसक्ने कुनैपनि रोग त्यो स्थानको लागिमात्र नभई विश्वकैलागि चुनौतीपूर्ण हुनसक्छ । कक्षा पाँचको परीक्षा दिएर कक्षा ५ मा जान तम्सिएकी मेरी छाेरीले परीक्षाफलको पर्खाइमा पोखेको अभिब्यक्ति यसैगरी बन्दाबन्दीको अवस्थामा महिला तथा बालबालिकामाथि अनेकप्रकारका घरेलु हिंसा भइरहेको खबर आएका छन् । बन्दाबन्दीका कारण घरभित्रै थन्किन बाद्य महिला तथा बालबालिका, अझ खासगरी औषधि सेवन गरिरहेका ब्यक्तिहरु, अशक्त तथा अपागता भएका ब्यक्तिहरुमा पर्नसक्ने शारीरिक एवं मानसिक प्रभावको अवस्था सोचेभन्दा कहालीलाग्दो हुनसक्छ, जुन मानवसमुदायकै लागि चुनौती बनेर उभिएको छ । तर कोरोना भाइरसको महामारीले मानिसलाई आर्थिक समृद्धिले मात्रै सुखी र खुशी हुन सकिन्न, आध्यात्मिक तथा मानवीय चेतना सहित स्थानीय स्रोत र साधनको समृचित प्रयोग गरी बाँच्ने उपायहरु प्रवर्धन गर्नसके अवसरको रुपमा पनि लिन सकिन्छ भन्ने सन्देश पनि यो महामारीले दिएको छ । उपप्राध्यापक (मानवशास्त्र) रत्नराज्यलक्ष्मी क्याम्पस, काठमाण्डौं