‘इण्डिया गेट’ बासमती चामल : पाकिस्तानमा सुरु, भारतमा राज

काठमाडौं । भारतीय चामल बजारमा राजा बनेको ‘इण्डिया गेट’ बासमती चामलको सफलताको कथा कम्ता चाखलाग्दो छैन । सम्भवतः यसका पारखी करोडौं उपभोक्तालाई यो चामलको इतिहास थाहा छैन । भारतमा चामलको राजा ब्राण्डमा दरिएको इण्डिया गेट बासमती चामल कुनै समय पाकिस्तानबाट भारतमा आएको थियो भन्ने पत्याउन धेरैलाई मुस्किल पर्छ । यो इण्डिया गेट बासमती चामलको सफलताको कथा हो। करिब १ सय ३४ वर्षअघि पाकिस्तानमा सुरु भएको यो कम्पनीको संस्कृति पेशावर सहरको थियो, तर यसलाई सफल हुन छिमेकी भारतको राजधानी नयाँदिल्ली आइपुग्नुपरेको थियो । अब लागौं यसको इतिहासतिर । सन् १८८९ मा खुसीराम र बिहारीलाल नामका दुई दाजुभाइले पाकिस्तानको ल्यालपुरमा आफ्नो सानो व्यवसाय सुरु गरे । यो व्यवसाय तेल, गहुँ र चामलको थियो । स्वतन्त्रतापछि दुवै दाजुभाइ भारत आएर बसे । दिल्ली आएपछि उनीहरूले फेरि आफ्नो व्यवसाय स्थापना गर्ने प्रयास सुरु गरे । यसका लागि उनीहरूले खुसीराम बिहारीलाल (केआरबीएल) नामको कम्पनी खोले । यही कम्पनीमार्फत दाल, चामल, तेलजस्ता खाद्य सामग्री बेच्न थाले । धेरै वर्षको मिहिनेतपछि अन्ततः उनीहरूको बासमती चामल (इण्डिया गेट बासमती राइस) ले ठूलो पहिचान पाउन थाल्यो । दिल्लीको लाहोरी गेटबाट एउटा सानो कम्पनी सुरु भएको थियो। जुन आज इण्डिया गेट बासमती राइस नामको वृहत ब्राण्ड बनेको छ । यो चामल भारतका हरेक कुनामात्र नभई विदेशी बजारमा पनि उपभोक्ताको रोजाइ बनेको छ । सन् १८८० मा पहिलोपटक यो बासमती चामल पाकिस्तानको रुक बजारमा आएको थियो । आज यो कम्पनीको कमाण्ड परिवारको पाँचौं पुस्ताकी प्रियंका मित्तलको हातमा छ । इण्डिया गेट बासमती चामलले पनि करिब ९५ हजार किसानलाई आफूसँगै जोडेको छ । कम्पनीले किसानबाट सिधै धान खरिद गर्छ । जसले गर्दा किसानले प्रत्यक्ष नाफा पाउन सक्छन् ।

अमेरिकामा डिसेम्बरमा २ लाख १६ हजार रोजगारी वृद्धि

काठमाडौं । अमेरिकी रोजगारदाताहरूले डिसेम्बरमा २ लाख १६ हजार रोजगारी वृद्धि गरेका छन् । रोजगार वृद्धि सुस्त हुँदा बेरोजगारी दर ३.७ प्रतिशतमा पुगेको थियो । प्रतिवेदनले सरकारी स्वास्थ्य सेवा, सामाजिक सहायता र निर्माणमा रोजगारीको प्रवृत्ति बढ्दै गएको देखाएके छ भने यातायात र गोदाममा रोजगारी गुमेको छ । अक्टोबरको लागि कुल गैर–फार्म पेरोल रोजगारीमा जागिर वृद्धि ४५ हजारबाट १ लाख ५ हजारमा परिमार्जन गरिएको थियो । नोभेम्बरमा २६ हजारबाट १ लाख ७३ हजारमा परिमार्जन गरिएको थियो । श्रम शक्ति सहभागिता दर ६२.५ प्रतिशतमा, डिसेम्बरमा ०.३ प्रतिशत बिन्दुले घटेको प्रतिवेदनले देखाएको छ । विगत १२ महिनामा, औसत घण्टाको आम्दानी ४.१ प्रतिशतले बढेको छ ।

जेट एयरवेजका संस्थापक गोयलले अदालतमा हात जोड्दै भने ‘म जेलमै मर्नु राम्रो हुन्छ’

तस्बिर : फ्री प्रेस जर्नलबाट एजेन्सी । केनरा बैंकलाई ठगी गरेको आरोप लागेका जेट एयरवेजका संस्थापक नरेश गोयल शनिबार मुम्बईको विशेष अदालतमा उपस्थित भएका थिए । उनले अदालतमा बयानको क्रममा आफूले जिवनको आशा गुमाएको, आफ्नो स्वास्थ्य निकै बिग्रिएको भन्दै आफू जेलमै मर्न राम्रो हुने बताए । भावुक मुद्रामा न्यायाधीश समक्ष उपस्थित भएका गाेयलले हात जोड्दै भने, ‘मैले जीवनको आशा गुमाएको छु। मेरो स्वास्थ्य निकै बिग्रिएको छ । म जेलमै मर्नु राम्रो हुन्छ ।’ ‘म मेरी श्रीमती अनितालाई धेरै मिस गर्छु, उनी क्यान्सरको अन्तिम चरणमा छन्’, गोयलले यसो भनेपछि न्यायाधीशले उनलाई बेसहारा नछोड्ने बताए । गोयलले विशेष न्यायाधीश एमजी देशपांडेसमक्ष जमानतका लागि निवेदन दिएका थिए । सोहीअनुसार उनलाई अदालतमा पेश गरिएको थियो र कार्यवाहीको क्रममा उनले व्यक्तिगत सुनवाईको लागि अनुरोध गरेका थिए । गोयलमाथि केनरा बैंकलाई ५३८ करोड भारु ठगी गरेको आरोप लागेको छ । उनलाई प्रवर्तन निर्देशालय (ईडी) ले गत वर्ष सेप्टेम्बर १ मा बैंक ठगीको आरोपमा पक्राउ गरेको थियो । उनी अहिले पनि न्यायिक हिरासतमा छन् । घट्नाको सारांश जेट एयरवेजको क्रेडिट लिमिट तथा ८४८.८६ करोड भारु ऋण दिइएको थियो । जसमध्ये ५३८.६२ करोड भारु बक्यौता छ । २९ जुलाई २०२१ मा सो खातालाई फ्रड घोषित गरिएको गरियो । गत मे ५ मा सीबीआईले गोयलको मुम्बईस्थित कार्यालयसहित ७ स्थानमा छापा मारेको थियो । जेट एयरवेजका पूर्व निर्देशक गौरांग शेट्टी, नरेश गोयल र उनकी पत्नी अनिता गोयलको घरमा पनि छापा मारिएको थियो । सीबीआईको एफआईआरको आधारमा ईडीले जुलाई १९ मा मनी लाउन्ड्रिङको मुद्दा दर्ता गरेको गर्यो । त्यसपछि ईडीले गोयल र उनका सहयोगीहरूको परिसरमा छापा मारेको थियो । बैंकको पैसा हिनामिना गरेको आरोप केनरा बैंकले जेट एयरवेजको फरेन्सिक अडिटमा जेट एयरवेजले १,४१०.४१ करोड भारु सम्बन्धित अन्य कम्पनीलाई ट्रान्सफर गरेको आरोप लगाएको थियो । गोयल परिवारको व्यक्तिगत खर्च जस्तै कर्मचारीहरूको तलब, फोन बिल र सवारी खर्च सबै जेट एयरवेजमार्फत नै गर्दै आएको अवस्था थियो । गोयलले सन् १९९३ मा जेट एयरवेजको स्थापना गरेका थिए, सन् २०१९ मा उनले एयरलाइन्सको अध्यक्ष पदबाट राजीनामा दिएका थिए । जेट एयरवेज अप्रिल २०१९ देखि बन्द जेट एयरवेज कुनै समय भारतको सबैभन्दा ठूलो निजी एयरलाइन्समध्ये एक थियो । एयरलाइन्स दक्षिण एसियाली देशहरूमा सबैभन्दा ठूलो निजी एयरलाइन्सको रुपमा स्थापित पनि भएको थियो । जेट एयरवेज १७ अप्रिल २०१९ मा ऋणका कारण ग्राउन्डेड भयो । जून २०२१ मा राष्ट्रिय कम्पनी कानून न्यायाधिकरण (एनसीएलटी) को दिवालियापन समाधान प्रक्रिया अन्तर्गत जालान-कालरोक कन्सोर्टियमले जेट एयरवेजको बोली जितेको थियो। त्यसयता जेटको पुनरुत्थानको प्रक्रिया चलिरहेको छ । तर, अहिलेसम्म एयरलाइन्स सञ्चालनमा आउन सकेको छैन । नरेश गोयलले नै शुरु गरेका थिए जेट एयरवेज सन् १९९० को दशकको सुरुतिर टिकटिङ एजेन्टबाट उद्यमी बनेका नरेश गोयलले जेट एयरवेज इन्डिया लिमिटेड को स्थापना गरेर मानिसहरूलाई एयर इन्डियाको विकल्प दिएका थिए। एक समय जेटसँग १२० वटासम्म विमानहरू थिए । ‘द जोय अफ फ्लाइङ’ ट्याग लाइन रहेको कम्पनीले राम्रो व्यवसाय गर्दा दैनिक ६५० उडान गरेको थियो । तर, कम्पनी बन्द हुने अवस्थामा आइपुग्दा भने जम्मा १६ वटा मात्र जहाज बाँकी थिए । मार्च २०१९ सम्ममा कम्पनीको घाटा ५,५३५.७५ करोड भारु थियो । मामाको ट्राभल एजेन्सीबाट शुरु गरेका थिए गोयलले करिअर जेट एयरवेज २५ वर्षसम्म चलेर अप्रिल २०१९ मा बन्द भयो । नरेश गोयल यस कम्पनीका संस्थापक थिए । नरेश गोयलका पिताको बाल्यकालमै मृत्यु भएको थियो । ११ वर्षको उमेरमा परिवारमा आएको आर्थिक संकटका कारण उनको घर लिलाम गरिएको थियो । त्यसपछि उनी आफ्नी आमाको काकासँग बस्न थाले । नरेशले सन् १९६७ मा आफ्नो मामाको ट्राभल एजेन्सीमा क्यासियरको रूपमा करियर सुरु गरेका गरे । उनको पहिलो तलब ३०० रुपैयाँ मात्रै थियो । स्नातक तहको अध्ययन सकेपछि भने उनी लेबनानी अन्तर्राष्ट्रिय एयरलाइन्समा सहभागी भएर ट्राभल बिजनेस गर्न शुरु गरेका थिए ।