८ महिनादेखि तलब नपाएका शिक्षकहरू आन्दोलनमा

काठमाडौं । खैबर पख्तुनख्वा प्रान्तको सरकारले यस क्षेत्रका विद्यालयका शिक्षकहरूलाई आठ महिनादेखि तलब दिन नसक्दा विद्यार्थीहरूको भविष्यलाई असर पग्नुका साथै शिक्षकहरू आन्दोलित भएको द डन पत्रिकाले रिपोर्ट गरेको छ । द डनले रिपोर्ट गरेअनुसार, श्रमिकका लागि न्यूनतम ज्याला समेत दिन नसकेकाले विद्यालयहरूले प्राथमिक तथा माध्यमिक शिक्षा फाउन्डेसनअन्तर्गत काम गरिरहेका छन् । विद्यालय शिक्षकको तलबको लागि दुई अर्ब रुपैयाँ आवश्यक रहेको जनाउदै फाउन्डेसनका लागि रकम जारी गर्न सरकार असमर्थ रहेको एण्ड एसइएफका एक वरिष्ठ अधिकारीले बताएका छन् । एकजना शिक्षकले मार्चदेखि तलब नदिएकोमा दुःख व्यक्त गर्दै आफुसँग आयको अन्य कुनै स्रोत नभएकाले आधारभूत आवश्यकता पूरा गर्न आफन्तहरूबाट ऋण लिइरहेका बताएका छन् । शिक्षकहरुले तलब नपाए पछि धेरै विद्यालय बन्द भएका छन् भने अझै पनि सरकारले उनीहरूलाई तुरुन्तै तलबको व्यवस्था गर्न नसकेमा थप विद्यालयहरू बन्द हुने सम्भावना रहेको जनाइएको छ । रासस

अमेरिकी चुनाव : युक्रेनले पाउने सहायता टुट्ने वा जारी रहने निर्णायक क्षण

काठमाडौं । अमेरिकामा राष्ट्रपति निर्वाचनको माहाेल तात्दा यता किभ भने तनावमा छ । यो निर्वाचनले युक्रेनलाई हालसम्म दिइँदै आएको सहयोग टुटाउने वा जारी राख्नेबारे निर्णायक भूमिका खेल्ने बताइएकाे छ । विभिन्न सर्वेक्षणले रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीकी उपराष्ट्रपति कमला ह्यारिसबीच ‘कडा प्रतिस्पर्धा’ देखाएको छ। राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउस छाडेपछि जारी रुस र युक्रेनको द्वन्द्वमा युक्रेनले सहयोग पाउँछ कि पाउँदैन भन्नेमा किभ तनावमा छ । ह्वाइट हाउस र नाटोले युक्रेनको पक्षमा समर्थन देखाइरहे पनि युक्रेनलाई सहयोग गर्दै आएका देशहरू विशेषगरी अमेरिकाले अब सहयाेग नगर्ने महसुस हुन थालेकाे छ । रिपब्लिकनहरूले युक्रेनलाई थप सैन्य सहायता दिन अझै ठूलो चुनौती खडा गर्नेछन्, जसले युक्रेनलाई रुसविरुद्ध लड्न रोक्न सक्छ । तर, युक्रेनको पक्षमा रहेको कमला ह्यारिसको प्रशासनले पनि अमेरिकी सांसदहरूलाई अझ ठूलो सहयोग प्रदान गर्न सहमत गराउन कठिनाइ सामना गर्न सक्छ । किभका अधिकारीहरू राष्ट्रपतीय निर्वाचनलाई निकै नजिकबाट हेरिरहेको र भविष्यको सहायता कटौती हुने डर रहेको बताउँछन् । ‘यो सम्भावित परिदृश्य हो जुन युक्रेनको लागि अत्यन्त प्रतिकूल हुनेछ,’ वरिष्ठ युक्रेनी अधिकारी युरी साकले सीएनबीसीलाई गत साता भनेका थिए । ‘तर, हामीले अमेरिकी साझेदारहरूलाई उस्तै स्तरको सहयोग जारी राख्न आग्रह गर्न सक्छौं, उनले थपेका थिए । अधिकारी साकले युक्रेनले रुसमाथि विजय प्राप्त नगरेसम्म अमेरिकाले युक्रेनलाई समर्थन जारी राख्ने विश्वास गरेकाे पनि बताए । ‘हामी विश्वास गर्छौं कि जसले आगामी राष्ट्रपतिको निर्वाचन जितेपनि अमेरिकाले तबसम्म युक्रेनलाई समर्थन जारी राख्नेछ जबसम्म हामीले विजय प्राप्त र न्यायपूर्ण शान्ति स्थापना गर्दैनौं,’ उनले भने । युक्रेन आफ्नो सैन्य, मानवीय र आर्थिक सहायता पाउन अन्तर्राष्ट्रिय साझेदारहरूमाथि निर्भर रहँदै आएकाे छ । यसले देशलाई आर्थिक रूपमा सुदृढ राख्न र रुससँगको लडाइँमा सक्षम बनाएकाे छ । २०२२ को फेब्रुअरीमा युक्रेन-रुस युद्ध सुरु भएदेखि यस वर्षको अगस्टसम्म अमेरिकाले लगभग १०८ अर्ब डलर बराबरको सैन्य, मानवीय र आर्थिक सहयोगमा खर्च गरेको विभिन्न तथ्यांकले देखाउँछन् । साथै युरोपियन इन्भेस्टमेन्स बैंक र युरोपियन कमिसनले कूल १६१.११ अर्ब युरो (१७५.४७ अर्ब डलर) जति सहयोग प्रदान गरेको द किल इन्स्चिच्युट अफ वर्ल्ड इकाेनाेमीले जनाएकाे छ । डोनाल्ड ट्रम्पले स्पष्ट रूपमा संकेत गरेका छन् कि उनले किभको लागि सैन्य सहायता रोक्नेछन् । उनले चुनिएकाे २४ घण्टाभित्रै युद्ध रोक्ने दावी गरे पनि कसरी गर्ने भन्ने थप विवरण भने दिएका छैनन् । विश्लेषकहरू ट्रम्पले युद्ध जबरजस्ती रोक्नको लागि वित्तीय सहायता रोक्नसक्ने विकल्पको रूपमा हेर्छन् । रिपब्लिकनका तर्फबाट उपराष्ट्रपति उम्मेदवार जेडी भेन्सले युक्रेनलाई थप सहायता दिने कुरामा विरोध गरेका छन् र अमेरिकाले किभलाई रुससँग शान्ति सम्झौतामा सहमत गराउन प्रेरित गर्नुपर्ने र मस्कोलाई केही भूमि छोड्न तयार हुनुपर्ने तर्क गरेका छन् । कमला ह्यारिसको चुनावी जित किभका लागि राहत हुनेछ किनकि उनले आफ्नो प्रशासनले युक्रेनलाई जित्न जति समय लागे पनि सहयोग गर्ने प्रतिज्ञा गरेकी छन् । यद्यपि न त उनले न त वाशिङ्टनले यसबारेमा स्पष्ट रूपमा उक्त वक्तव्यको सटीक अर्थ दिएका छैनन् ।

टाटा परिवारमा १३ वर्षमा पहिलो पटक नयाँ काम, रतन टाटाको निधनपछि के-के भयो परिवर्तन ?

काठमाडौं । टाटा समूहको होल्डिङ कम्पनी टाटा सन्सको बोर्डमा नोएल टाटा समावेश भएका छन् । उनलाई टाटा ट्रस्टको मनोनीत सदस्यको रूपमा नियुक्त गरिएको हाे । गत महिना रतन टाटाको निधनपछि उनलाई टाटा ट्रस्टको अध्यक्षमा नियुक्त गरिएको थियो । नोएल टाटा समूहका अन्य कम्पनीहरूको बोर्डमा पनि छन् । टाटा ट्रस्ट र टाटा सन्स दुवैको बोर्डमा एकैसाथ बस्ने उनी सन् २०११ पछि टाटा परिवारको पहिलो सदस्य हुन् । टाटा सन्समा टाटा ट्रस्टको ६६ प्रतिशत सेयर छ । ६७ वर्षीय नोएल समावेश भएपछि टाटा सन्सको बोर्डमा टाटा ट्रस्टबाट तीनजना मनोनीत निर्देशकहरू छन्, जसमा टीभीएस अध्यक्ष इमेरेटस वेणु श्रीनिवासन र रक्षा मन्त्रालयका पूर्व अधिकारी विजय सिंह छन् । नोएल टाटा, सिंह, श्रीनिवासन र मेहली मिस्त्री हाल टाटा ट्रस्ट सञ्चालन गर्ने कार्यकारी समितिमा छन् । टाटा सन्सको आर्टिकल अफ एशाेसिएशनकाे लेखअनुसार टाटा ट्रस्टले बोर्डमा एक तिहाइ निर्देशकहरूलाई मनोनयन गर्न सक्छ । हाल टाटा सन्सको बोर्डमा ९ जना निर्देशक छन् । जसमा अध्यक्ष एन चन्द्रशेखरनसहित दुई कार्यकारी निर्देशक, नोएल टाटा, श्रीनिवासन र सिंहसहित तीन गैर-कार्यकारी निर्देशक र चार स्वतन्त्र निर्देशकहरू छन् । स्रोतका अनुसार नियुक्तिपछि नोएल टाटाले चन्द्रशेखरनलाई भेटेका थिए । नोएल टाटा हाल टाटा इन्भेष्टमेन्ट कर्प, ट्रेन्ट र भोल्टासका गैर-कार्यकारी निर्देशक र अध्यक्षको रूपमा काम गर्छन् । यसका साथै उनी टाइटन र टाटा स्टिलमा पनि उपाध्यक्ष र गैर-कार्यकारी निर्देशकको पदमा छन् । रतन टाटा टाटा ट्रस्टका अध्यक्ष र टाटा सन्सका अध्यक्ष थिए । २०२२ मा टाटा सन्स बोर्डले एओएलाई परिमार्जन गरेकाे थियाे ताकि एउटै व्यक्ति दुवैको प्रमुख नहोस् । सेवानिवृत्त उमेर नोएल टाटाले ६५ वर्षको उमेरमा समूहका विभिन्न कम्पनीहरूमा आफ्नो कार्यकारी भूमिका छोडेका थिए । यो उमेरमा समूहबाट अवकाश लिनुपर्छ । कार्यकारीहरूले ७० वर्षको उमेरमा बोर्डका सबै पद छोड्नुपर्ने बाध्यता पनि छ । यद्यपि, ट्रस्टी वा अध्यक्षको लागि कुनै अवकाश उमेर छैन । समूहका नजिकका विज्ञहरूले नोएल टाटालाई समूहका कम्पनीहरूको अध्यक्षको रूपमा निरन्तरता दिन कुनै कानुनी समस्या नभएको बताउँछन् किनभने यो गैर-कार्यकारी भूमिका हो । अप्रिल २०१४ मा नोएल टाटा समूहको रिटेल डिभिजन ट्रेन्टको अध्यक्ष बनेका थिए । उनी एफएच कवारनाको स्थानमा आएका थिए । उनको नेतृत्वमा ग्रुपको रिटेल चेन राजस्व बढेर २ हजार ३३३ करोडबाट १२ हजार ३७५ करोड पुगेकाे थियाे । यस अवधिमा कम्पनीले १९ करोड रुपैयाँ घाटाबाट पुनः एक हजार ४७७ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीहरूको प्रदर्शन अगस्ट २०१७ मा नोएल टाटाले भोल्टासको अध्यक्षको पदभार ग्रहण गरेका थिए । कम्पनीको राजस्व वित्त २०१७ मा ६ हजार ४०४ करोड भारुबाट २०२४ मा बढी १२ हजार ४८१ करोड भएकाे थियाे । कम्पनीको सेयर अगस्ट २०१७ देखि लगभग ३०० प्रतिशतले बढेको छ । टाटा इन्भेस्टमेन्ट कर्प मुख्यतया सूचीबद्ध र गैर-सूचीबद्ध इक्विटी सेयरहरूमा लगानी गर्न संलग्न छ । कम्पनीको सेयरले विगत पाँच वर्षमा ७०५ प्रतिशत प्रतिफल दिएको छ । यस अवधिमा निफ्टीले १०२ प्रतिशत प्रतिफल दिएको छ । एजेन्सीहरूकाे सहयाेगमा याे पनि पढ्नूहोस् : सार्वजनिक भयो टाटाको जीवनी ‘रतन टाटा : अ लाइफ’, के-के छन् किस्सा ? चीन, रुस र भारतको गठबन्धनबाट अमेरिका चिन्तित, खतरा बन्न सक्छ ब्रिक्स र जी-७ सिभिल इन्जिनियरिङकाे क्षेत्रमा प्रवेश गर्दै गौतम अडानी, कसमा छ नजर ?