ग्लोबल आईएमई बैंकले माग्यो ४७ कर्मचारी

काठमाडौं । ग्लोबल आईएमई बैंकमा रोजगारीको अवसर खुलेको छ । बैंकले सार्वजनिक सूचना प्रकाशित गरेर ४७ जना कर्मचारीका लागि दरखास्त आव्हान गरेको छ । बैंकले सहायक प्रबन्धक ३ जना, बरिष्ठ अधिकृत ५ जना, अफिसर ४ जना, जुनियर अधिकृत ९ जना, बरिष्ठ सहायक २६ पदका लागि दरखास्त मागेको हो । बैंकले जनवरी ३१ तारिखसम्ममा आवेदन दिन सकिने जनाएको छ ।

गरिमा विकास बैंकको सञ्चालकमा खड्का र ढकाल चयन

काठमाडौं । गरिमा विकास बैंकको नयाँ सञ्चालकमा डा. भुपेन्द्रबहादुर खड्का र सञ्जिब ढकाल चयन भएका छन् । बैंकको हालै सम्पन्न ११औँ वार्षिक साधारणसभाले कम्पनीको सञ्चालकमा खड्का र ढकाललाई चयन गरेको छ । डा. भुपेन्द्रबहादुर खड्का                                                                                          सञ्जिब ढकाल खड्का र ढकाल दुबै जना सर्वसाधारण समूहबाट सञ्चालकमा निर्वाचित भएका हुन् ।

अरुण फाइनान्सको सञ्चालकमा तीन जना चयन

काठमाडौं । अरुण फाइनान्स लिमिटेडको सञ्चालकमा तीन जना चयन भएका छन् । गत पुस २७ गते सम्पन्न संस्थाको २१औँ वार्षिक साधारणसभाले फाइनान्सको सञ्चालकमा अम्बिका प्रसाद पौडेल, प्रकाश तिवारी र लिलानाथ ढकाललाई चयन गरेको हो ।