वैदेशिक राेजगारकाे विषयमा एनआरएनको आधिकारिक धारणा, नेपालकाे अर्थतन्त्र संकटमा
काठमाडौं । वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित, व्यवस्थित तथा सुरक्षित बनाउन र वैदेशिक रोजगार सम्बन्धि संघको आधिकारिक धारणा पत्र बनाएको छ । वैदेशिक रोजगार तथा गैरआवासीय नेपाली कल्याणकारी हित विभागका प्रमुख डा.बद्री केसीको अध्यक्षतामा बसेको बैठकले आगामी दिनमा यस क्षेत्रमा देखिने चुनौतीका विषयमा कुरा गरेका हुन् । विश्वव्यापी महामारी रुप लिन खोजीरहेको कोरोना भाइरसले वैदेशिक रोजगारी र नेपाली अर्थतन्त्रलाई गम्भिर संकट पार्न सक्ने भन्दै संघलाई यस सम्बन्धमा कसरी असर कम गर्न सकिन्छ भन्ने विषय छलफल भएको हो । वैदेशिक रोजगारीको क्षेत्रमा हाल देखिएका समस्याको समाधान गर्न गैरआवासीय नेपाली संघको भूमिका प्रष्ट पारेका हुन्। वैदेशिक रोजगारीमा जानेहरुको सामाजिक सुरक्षा तथा संघको आधिकारीक धारणामा समेटिने छ । यस कार्यक्रममा उपस्थित हुनु भएका विज्ञ तथा सरोकारवालाहरुले माथिका विषयहरुमा रहेर आआफ्ना धारणा व्यक्त गरेको थियो । संघले सबै विषय समेट्नुको सट्टा आफ्नो स्तरबाट योगदान गर्न सक्ने र आफुले प्रभाव पार्न सक्ने क्षेत्रहरुमा केन्द्रित हुन अनुरोध गरेको छ । साथै उनले वैदेशिक रोजगारीमा जानेहरुका लागि आवश्यक सीप र फर्केकाहरुको सीपको सदुपयोग बारे ध्यान दिन संघले अनुरोध गरेको छ । संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा गैरआवासीय नेपाली कल्याणकारी हित विभागका प्रमुख डा.केसीले संघले वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउनका लागि नेपाल सरकार र सरोकारवाला संघसंस्थाहरुसंग समन्वय तथा सहकार्य गरी आफ्ना गतिविधिहरु संचालन गर्दै आएको बारे जानकारी दिए । यस कार्यक्रमा वैदेशिक रोजगारका विज्ञहरु क्रमश डा. गणेश गुरुङ, नेपाल सरकारका पूर्व सचिव पूर्ण चन्द्र भट्टराई, मधुविलाश पंडित, रामेश्वर नेपाल, गोविन्द मणि भूर्तेल लगायत अन्य सरोकारबालाहरु र संघको तर्फबाट उपाध्यक्ष डा.बद्री केसी, सचिव आरके शर्मा, सहकोषाध्यक्ष लोक प्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो ।
पाटा नेपाल च्याप्टरका सिइओ सुरेशले पाए ‘पाटा फेस अफ द एयर’ अवार्ड
काठमाडौं । प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) ले पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुडाललाई पाटा फेस ‘अफ द एअर २०२०’ अवार्डबाट सम्मान दिने भएकाे छ । पाटा अन्तरराष्ट्रियद्वारा प्रदान गरिने सो अवार्ड प्रशान्त एशिया क्षेत्रमा आबद्ध युवा पर्यटन व्यक्तिव बुडाललाई दिने निर्णय भएकाे हाे । पाटा अन्तरराष्ट्रियका प्रमुख कार्यकारी अधिकृत हार्डीले उक्त अवार्ड विजेताको रुपमा बुडाललाई बधाई ज्ञापन गर्दै नेपाली पर्यटन क्षेत्रमा पाटाको उद्देश्य र भावना अनुरुप दिगो तथा जिम्मेवार पर्यटन विकास र प्रर्वद्धनमा प्रशंसनीय काम गरेको बताए । हार्डीले पर्यटन शिक्षणमा समेत आबद्ध रहेका बुडाललाई मानव जनशक्ति विकास र युवा पुस्ताको शसक्तिकरणको महत्वबारे राम्रो बुझाई भएको र पाटाको दक्ष जनशक्ति निर्माण अभियान अन्तर्गत नेपालमा विविध कार्यक्रमहरु आयोजना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे । पाटा नेपाल च्याप्टरका सिइओ बुडालले दिगो पर्यटन विकासका लागि कटिवद्ध एक अद्धितीय संस्था भएको बताउदै यस्तो संस्थामा काम गर्नु आफ्नो लागि पनि गौरवको विषय भएको बताए । पर्यटन व्यवस्थापनमा काठमाडौं एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटीबाट स्नातकोत्तर गरेका बुडाल सन् २०१३ देखि पाटा नेपाल च्याप्टरमा कार्यरत छन । कार्यकारी अधिृकतको रुपमा पाटामा प्रवेश गरेका बुडालले आफ्नो बहुमुखी सीप तथा दक्षता प्रस्तुत गर्दै पाटाको युवा पुस्तासंगको आबद्धता, मानव संशाधन विकास देशको पर्यटन प्रर्वद्धन सदस्य संस्थाहरुको व्यापार तथा नेटवर्क प्रबद्र्धन गर्ने अभियानमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन ।
कोरियामा कोरोनाको संक्रमण बढ्दो, नेपाली कामदार भन्छन्ः हामी सुरक्षित छौं
काठमाडौं । यतिखेर विश्वभर कारोना भाइरसको संक्रमण बढदो छ । त्यसमाथि कोरियामा त झन दिनप्रति दिन संक्रमित हुनेको संख्या बढिरहेको छ । कोरियामा कोरोना भाइरसको संक्रमण बढी रहँदा कोरियामा बस्ने नेपालीहरु पनि त्रसित बनेका छन् । करिब ४५ हजार नेपालीहरु कोरियामा कामदारका रुपमा गएका छन् । उनीहरुमा हालसम्म कोरोनाको संक्रमण नदेखिएपनि त्रसितको वातावरण भने सिर्जना भएको छ । हालसम्म विश्वमा कोरोना भाइरस संक्रमणका कारण ३ हजार १ सय २० जनाको मृत्यु भईसकेको छ भने करिब ९३ हजार भन्दा बढि मानिसहरु यसको संक्रमणमा छन् । तिनीहरुमा दक्षिण कोरीयामा मात्रै ५ हजार १ सय ८६ जना कोरोनाको संक्रमणमा छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार कोरियामा मात्रै हालसम्म २९ जनाको मृत्यु भइसकेको छ । कोरियाको सुवनमा बस्दै आएका भरत सुवेदीले कोरियामा कोरोनाको संक्रमण बढेपनि नेपाली कामदारमा भने हालसम्म संक्रमण नभेटिएको बताए । उनले कोरोना भाइरस संक्रमण बढेसँगै मानिसको आवत–जावतमा पनि कमि आएको बताए । कोरियाको सबैभन्दा बढी संक्रमित भएको र थेगु शहरमा घरबाट सार्वजनिक ठाउँमा निस्कन पनि निषेध गरिएको छ । उक्त शहरमा लगभग १ हजार भन्दा बढी नेपाली रहेको बताइएको छ । कोरोनाकै कारण कतिपय कम्पनीहरु बन्द भएकोले त्यहाँ काम गर्ने नेपालीहरु नेपाल फर्किन चाहेको थेगुस्थित नेपालीले बताएका छन् । थेगुमा काम गर्दै आएका सरोज पौडेलले काम गर्ने कम्पनीमा नियमित ज्वरो रुवाखोकी जाँच्ने भएकोले आत्तिनुपर्ने अवस्था नरहेका बताए । नेपाल आफै पनि कोरोना संक्रमणको जोखिममा रहेको हुँदा नेपाल फर्किहाल्ने निर्णय गर्न नसकेको पौडेल बताउँछन । वैदेशिक रोजगारीका लागि ४५ हजारभन्दा बढी नेपाली कामदार रहेको कोरियामा हालसम्म नेपाली कामदारमा यो भाइरस नरहेको कोरिया स्थिति नेपाली दुतावासले जानकारी दिएको छ । यस्तै, गजेस्थित सामसङ पानी जहाज कम्पनीमा काम गर्ने चन्द्रप्रकाश तिमल्सिनाले पछिल्लो केही दिनमा नै कोरोना संक्रमितहरुको संख्या अत्याधिक बढेको बताए । उनले हालसम्म सबै नेपालीहरु सुरक्षित रहेका बताए । गजेदो स्थित सामसुङ र देउ पानी जहाज कम्पनी गरि पाँच सय भन्दा बढि कामदार रहेकोमा हालसम्म सबै सुरक्षित रहेको जानकारी दिए । कोरियाली सरकारले कुनैपनि प्रकारको कार्यक्रम कन्सट र खेलहरु आयोजना गर्न रोकेको छ । राजदुतावास,एनआरएन र नेपाल सम्पर्क समिति(एनसीसी) ले कोरियामा रहेका सबै सचेत रहन, आफु पनि बच्न र अरुलाई पनि बचाउन आग्रह गरेको छ । कोरिया स्थित नेपाली दुतावासले पनि कोरियामा रहेका नेपालीहरुलाई सगज भएर बस्न हाग्रह गरिसकेको छ । साथै, सबैलाई माक्स लगाउन,नियमित हान्ड् सेनेटिजाइटरले हात सफागर्न, भिडभाड, सार्वजनिक सवारी साधनको सकभर प्रयोग नगर्न, अनि मानिसहरु जम्मा हुन निषेध गरेको छ ।