आशा लघुवित्तको लगानी व्यवस्थापन सम्बन्धि तालिम

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने लगानी व्यवस्थापन तालिम सम्पन्न गरेको छ । यही २०७६ फाल्गुन २३ र २४गते बोडे भक्तपुरमा आयोजित तालिम कार्यक्रममा देश भर संचालित २५ वटा शाखा कार्यालयहरुमा कार्यरत २५जना शाखा प्रबन्धकहरुको सहभागीता रहेको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले उद्घाटन गरेको उक्त कार्यक्रमको उद्देश्यबारे स्पष्ट पार्दै यस प्रकारका कार्यक्रमहरुले कर्मचारीहरुको कार्य क्षमता अभिवृद्धि हुनुका साथै मनोबल उच्च रहने जानकारी दिए । कार्यक्रममा लगानी व्यवस्थापन सम्बन्धी तालिम मेघराज गजुरेलले प्रशिक्षण भएका थिए । सो कार्यक्रममा आशा लघुवित्त वित्तीय संस्थाका विभागीय प्रमुखहरु बिजेन्द्र चौधरी, रबिन खतिवडा तथा दिपेन्द्र खनालले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा आन्तरिक व्यवस्थापनको सम्बन्धमा प्रस्तुति दिए भने जिवसन धामीले सुचना प्रविधी सम्बन्धी तालिम प्रदान गरेका थिए । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘बिपन्नका निम्ति आशा’ भन्ने मुल नाराका साथ स्थापना भयो । ककनी – ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट शुरु भएको हो । हालसम्म संस्थाले २९वटा जिल्लाका ५५ शाखा कार्यालयमार्फत करिब ५३ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउदै आएको छ । संस्थाको हालसम्म करीब २ अर्ब ३० करोड कर्जा लगानीमा रहेको छ भने ६७ करोड भन्दाबढी निक्षेप संकलन छ ।

धितोपत्र बोर्ड कर्मचारी युनियनको नयाँ कार्यसमिति चयन, न्यौपानेले नेतृत्व गर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार सम्पन्न यूनियनको पाँचौं अधिवेशनले तोलाकान्त न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमितिलाई सर्वसम्मत रूपमा चयन गरेको हो । यूनियनको नयाँ कार्य समितिमा ९ जना चयन भएका छन् । कार्यसमितिको उपाध्यक्षमा नहकुल भट्टराई, सचिवमा श्यामु मण्डल, कोषाध्यक्षमा सनु खड्का र सदस्यहरुमा राजन खतिवडा, अजय ढुंगाना, संगम राई, वसन्त रसाली र विपिन सापकोटा समेत सर्वसम्मत रुपमा चयन भएका छन् । कार्य समितिको कार्यकाल ४ वर्षको हुनेछ । यस यूनियन विगत १४ वर्षदेखि राजु बहादुर जि.सी.को नेतृत्वमा रहेको थियाे । धितोपत्र बोर्डको सभाहलमा भएको अधिवेशनको उद्घाटन राजु बहादुर जिसीको अध्यक्षतामा सम्पन्न भएको हो । बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले व्यवस्थापन र युनियन संगसंगै मिलेर बजारको विकासमा लाग्नु पर्ने कुरामा जोड दिएका छन् । त्यसैगरी, बोर्डका कार्यकारी निर्देशक परिष्टनाथ पौड्याल र निरज गिरीले यूनियनको नयाँ कार्यसमितिलाई शुभकामना दिएका छन् ।

जापान रोजगारीमा पठाउने भन्दै ठगी गर्ने कन्सल्टेन्सीप्रति विभागकाे ध्यान

काठमाडौं । जापान रोजगारीमा पठाइदिने भन्दै पछिल्लो समय ठगी गर्ने कन्सल्टेन्सीप्रति विभागकाे बढ्दै गएकाे छ । वैदेशिक रोजगार विभागमा जापान रोजगारीमा पठाउने भन्दै भाषा सकिरहेका व्यक्तिसँग रकम असुल उपर गरी ठगिका उजुरी आउन थालेका छन् । जापान रोजगारीका लागि अनुमति दिएको भन्दै विभिन्न सञ्चार मध्यमबाट विज्ञापन प्रकाशन गरि ठग्ने प्रविधि बढेसँगै त्यस्ता कन्सल्टेन्सीमा वैदेशिक रोजगार विभागको चाँसो बढेको छ । जापान पठाउने भनेसँगै विभागबाट इजाजत पत्र नलिएका संस्थाले नै व्यक्तिको पैसा असुल गरेको लिखित एवंम मौखिक उजुरीहरु प्राप्त हुने गरेको विभागले जानकारी दिएको । जापान पठाउने भन्दै गैर कानूनी रुपमा सूचनाहरु प्रवाह गर्ने संस्थाप्रति विभागको ध्यान बढेको हो ।