युवालाई स्वरोजगार बनाई विदेश जान रोक्नुपर्छ: मन्त्री ज्ञवाली

त्रिशूली । सरकारी कार्यालयबाट हुने सेवा प्रवाह सरलसहित प्रभावकारी बनाउन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नुवाकोटका सरकारी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका छन् । रसुवामा निर्माणाधीन विभिन्न विकास योजना तथा चीनसँगको रसुवागढीको अवलोकन गरेर फर्कने क्रममा जिल्ला प्रशासन कार्यालय नुवाकोटमा शुक्रबार आयोजित अन्तक्र्रियामा मन्त्री ज्ञवालीले सिंहदरबारको अधिकार गाउँगाँउमा पुु¥याइसकेकाले त्यसको कार्यान्वयन जिल्लामा रहेका कार्यालयको काँधमा रहेको बताए । “आर्थिक प्रलोभनमा नपरी सुशासन र पारदर्शीरूपमा सेवा पु¥याउन लाग्नुपर्छ”, उनले भने, “जनतालाई सहज सेवा दिन कार्यालयमा नियमित उपस्थित, नरम व्यवहारदेखि अतिरिक्त समय समेत कार्यालयलाई दिएर राज्यको सेवा सरल बनाउनुहोस् ।” विकास निर्माणका योजना समयमै पूरा गर्नसके देशमा समृद्धि आउने उहाँको विश्वास छ । विकास निर्माणलगायतका कामसहित सेवा प्रवाहमा राजनीतिक दलसहितका सरोकारवाला निकायसँग सहकार्य गर्नुपर्ने सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री ज्ञवालीको सुझाव छ । “देशको शिक्षित युवा अध्ययन र बलिया युवा रोजगारको नाममा विदेश जान बाध्य भइरहेका छन्, त्यसलाई रोक्न सक्ने योजना बनाउनुपर्छ”, उनले भने, “तीन तहका सरकारले स्वरोजगारमुखी कार्यक्रममार्फत कृषि, पशुपक्षीपालनलगायतका क्षेत्रमा आकर्षित गराउने कार्यक्रम चलाउनुहोस् ।” रासस

एनआईसी एशिया लघुवित्तको सञ्चालकमा अग्रवाल नियुक्त

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा विभोर कुमार अग्रवाल नियुक्त भएका छन् । असोज २२ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले अग्रवाललाई संस्थाको सञ्चाल पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

जुम्लामा प्रधानमन्त्री रोजगार कार्यक्रममा दुई हजार सूचीकृत

जुम्ला । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जुम्लाको हिमा गाउँपालिकामा दुई हजार १६५ बेरोजगार सूचीकृत भएका छन् । आर्थिक वर्ष २०७७/०७८ का लागि हिमा गाउँपालिकामा ती व्यक्ति रोजगार व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) मा सूचीकृत भएका हुन् । सरकारले २०७७ साउन ८ देखि भदौ ७ गतेसम्म आफू स्थायी बसोबास रहेको स्थानीय तहको वडामा गएर इच्छुक १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो । तोकिएको समयावधिभित्र फाराम भरेका दुई हजार ८७६ बेरोजगार व्यक्ति उपर वडा समिति, स्थानीय निर्देशक समिति र कार्यपालिकाबाट वास्तविक बेरोजगार ठहरिएका दुई हजार १६५ जना व्यक्तिलाई रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत गरिएको गाउँपालिका रोजगार संयोजक दीपेन्द्र पौडेलले बताए । सूचीकृत बेरोजगार व्यक्तिलाई क्रमशः प्राथमिकताका आधारमा न्यूनतम एक सय दिनको काममा लगाइने प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर रावलले बताए । एक आर्थिक वर्षमा न्यूनतम एक सय दिन रोजगारमा संलग्न नभएका र कम्तीमा तोकिएबमोजिमको आयआर्जन हुने स्वरोजगारमा संलग्न नभएका व्यक्तिलाई मात्र फाराम भर्न लगाइएको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताए । यसवर्ष विश्व बैंकसँगको सहकार्यमा युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना र नेपाल सरकारको सहयोगमा कामका लागि पारिश्रमिक सामूदायिक आयोजनाबाट देशभर करिब पाँच लाख रोजगारी सिर्जना गर्न ११ अर्बभन्दा बढी रकम सरकारले विनियोजन गरेको छ ।