इन्टरनेट सेवा प्रदायक संघकाे नयाँ कार्यसमिति चयन, अध्यक्षमा सुधिर पराजुली

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) मा नयाँ कार्यसमिति चयन भएको छ । बुधबार सुबिसु केबल नेटका सह-संस्थापक एवम् अध्यक्ष रहेका सुधिर पराजुलीको अध्यक्षतामा संघमा नयाँ कार्यसमिति चयन भएको हो । अध्यक्ष पराजुली सर्वसम्मत रूपमा उक्त पदमा चयन भएका हुन् । यससँगै, बुधबार गठन भएको कार्यसमितिमा उपाध्यक्ष पदमा प्रमेश खनाल र महासचिवमा नवीनकुमार श्रेष्ठ चयन भएका छन् । त्यस्तै, संघको सचिवमा कमलप्रसाद बास्तोला सचिव र कोषाध्यक्षमा पुष्कारसिंह बडाल चयन भएका छन् । त्यसैगरी, संघको वरिष्ठ सल्लाहकारमा विजय जलान, विनय बोहरा, विनयमोहन साउद रहेका छन् भने सदस्यमा विनोद तिमल्सिना र सुरेन क्षेत्री चयन भएका छन् । बुधबार भर्जुअल बैंठक गरी नौ जनाको नयाँ कार्यसमिति चयन गरिएको थियो । उक्त बैंठकमा सङ्घका निवर्तमान अध्यक्ष एवम् नेटम्याक्सका अध्यक्ष भोजराज भट्टले नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण गरेका थिए ।

सिभिल लघुवित्तको अध्यक्षमा रायमाझी, सञ्चालकमा नेवा र ढकाल नियुक्त

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा सचिन जङ्ग रायमाझी नियुक्त भएका छन् । कार्तिक १८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले सचिन जङ्ग रायमाझी, सचिन नेवा र आँचल ढकाललाई सञ्चालक पदमा नियुक्त गरेको थियो । सोही बैठकको निर्णय अनुसार सञ्चालक समितिको रिक्त रहेकाे अध्यक्ष पदमा रायमाझीलाई चयन गरेको हो । बैठकले संस्थापक सेयरधनी सिभिल बैंकको तर्फबाट प्रतिनिधिको रुपमा मनोनयन भएका तीनै जनालाई कार्तिक १८ गतेदेखि लागू हुने गरी नियुक्त गरेको हो ।

बेष्ट फाइनान्सको कामु सीईओमा शैलेन्द्र वादे श्रेष्ठ नियुक्त

काठमाडौं । बेष्ट फाइनान्सको कामु सीईओमा शैलेन्द्र वादे श्रेष्ठ नियुक्त भएका छन् । संस्थाको कार्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई कामु सीईओ पदमा नियुक्त गरेको हो । उक्त बैठकले कामु सीईओ सहित संस्थाको तीन वटा पदमा नयाँ नियुक्ती गर्ने निर्णय गरेको छ । सो अनुसार कम्पनीको रिक्त रहेको महिला सञ्चालक पदमा सुशिला खनाल नियुक्त भएकी छिन् । संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने गरी उनलाई उक्त पदमा नियुक्त गराइएको हो । त्यसैगरी, बैठकले कम्पनी सचिव पदमा राज सुन्दर श्रेष्ठलाई नियुक्त गराएको छ ।