आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीति सार्वजनिक शुरु(भिडियो लाइभ)
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर डा. चिरञ्जीवी नेपालले अहिले होटल र्याडिशनबाट मौद्रिक नीति सार्वजनिक गरिरहनु भएको छ । Live link Publiée par Bikashnews.com sur Mercredi 24 juillet 2019
६.९० अंकले बढ्यो नेप्से, मौद्रिक नीति पछि के होला ?
काठमाडौँ । आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीति आउने दिन बुधबार सेयर बजार बढेको छ । आज ६.९० अंकले नेप्से परिसूचक बढेको हो । ०.५४ प्रतिशतले परिसूचक बढ्दा १२८४.०७ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का अनुसार आज सेयर बजारमा १७० कम्पनीका १३ लाख ४६ हजार ३ सय ३० कित्ता सेयर किनबेच हुँदा ४४ करोड ३४ लाख ८१ हजार ३ सय ९१ रुपैयाँको कारोबार भयो । आज वित्त र उत्पादनमूलक समूह बाहेका अरु सबै सूचकमा हरियाली छायो । बैंकिङ समूह ६.२३, होटल समूह ४०.३६, विकास बैंक समूह ८.५, जलविद्युत समूह २.२८, निर्जीवन बीमा समूह ६८.४४, अन्य समूह ३.१६, लघुवित्त समूह १४.९८, जीवन बीमा समूह ८.२१ र म्युचुअल फण्ड ०.०९ अंकले बढेका हुन् । त्यसैगरी वित्त समूह १ र उत्पादनमूलक समूह २.३४ अंकले घटेका हुन् । आज नेपाल बैंकको सबैभन्दा बढी ३ करोड ९९ लाख, कृषि विकास बैंकको २ करोड ६६ लाख, प्रभु बैंकको २ करोड ६० लाख, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ५९ लाख र एनआईसी एशिया बैंकको १ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । आज गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीहरुले सबैभन्दा बढी ९.१३ प्रतिशतले नाफा कमाए भने युनियन हाइड्रो पावर लिमिटेडका सेयरधनीहरुले सबैभन्दा बढी ५.०५ प्रतिशतले घाटा व्यहोरेका छन् । आज बढेको सेयर बजार मौद्रिक नीति पछि भोलिका दिनमा के होला यसै भन्न सकिन्न ।
बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड एनआईसी एशियालाई, दोश्रो र तेश्रोमा एनएमबी र सिटिजन्स
काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था(आइक्यान)ले यो वर्षको छनौट भएका वित्तीय प्रतिवेदन मध्ये ‘बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट(बीपीए) अवार्ड एनआईसी एशिया बैंकलाई प्रदान गरेको छ । मंगलबार आइक्यानको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण समारोहमा अर्थमन्त्री डा. युवराज खतिवडाले अवार्ड प्रदान गरेका हुन् । बाणिज्य बैंकतर्फको उक्त अवार्ड एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले ग्रहण गरेका हुन् । त्यसैगरी, वित्तीय प्रतिवेदन मध्ये फस्ट रनरअप अर्थात दोश्रो एनएमबी बैंक र सेकेन्ड रनरअप अर्थात तेश्रो सिटिजन्स बैंक भएको थियो । बैंकका प्रतिनिधिले अर्थमन्त्रीबाट अवार्ड ग्रहण गरेका हुन् । यता, विकास बैंकतर्फको ‘बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट(बीपीए)’ अवार्ड महालक्ष्मी विकास बैंकलाई प्रदान गरिएको छ । त्यसैगरी फस्ट रनरअप फष्र्ट माइक्रोफाइनान्स भएको छ । त्यसैगरी उत्पादनमूलक समूहतर्फ बुटवल पावर कम्पनी, सेवामूलकतर्फ र्याडिसन होटल र अन्य समूहतर्फ कर्जा सूचना केन्द्रलाई अवार्ड प्रदान गरिएको हो । लेखापरीक्षकहरुलाई अर्थमन्त्रीले भने-‘बाहिर जे छ, भित्र पनि त्यही देखाउनोस्, मेकअप नगर्नोस्’ संस्थागत सुशासनका लागि प्रतिबद्ध छुः आइक्यान अध्यक्ष आचार्य