९.६६ अंकले घट्यो नेप्से, सबै सूचक राताम्मे

काठमाडौ । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से परिसूचकमा ९.३६ अंकले गिरावट आएको हो । ०.७५ प्रतिशतले घट्दा नेप्से परिसूचक १२४५.७३ बिन्दुमा पुगेको छ । सेयर बजारमा मंगलबार १६९ कम्पनीले कारोबार गरेका छन् । १४ लाख ४९ हजार ६ सय ९७ कित्ता किनबेच हुँदा ४५ करोड ७ लाख ५५ हजार १ सय ८२ रुपैयाँको कारोबार भएको छ । बजार घटेको दिन नेप्सको सबै समूहका सूचक राताम्ये देखिए । बैंकिङ समूह ९.३६, ट्रेडिङ समूह १.६९, होटल समूह २५.८८, विकास बैंक समूह ५.२१, जलविद्युत समूह ६.८३, वित्त समूह ४.७७, निर्जीवन बीमा समूह ४०.९७, उत्पादनमूलक समूह ३९.६४, अन्य समूह १.६, माईक्रोफाइनान्स २१.०९, जीवन बीमा समूह ६.११ र म्यूचुअल फण्ड समूह ०.०९ अंकले घटेका छन् । जोशी हाइड्रो पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी २ प्रतिशतले नाफा आर्जन गरेका छन् भने सर्पोट माईक्रो फाईनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।

साउन २८ गते लक्ष्मी भ्यालु फण्ड १ को इकाईधनी दर्ता किताब बन्द हुने

काठमाडौँ । लक्ष्मी भ्यालु फण्ड १ ले नगद लाभांश वितरण गर्ने प्रयोजनका लागि साउन २८ गते १ दिनको लागि इकाईधनी दर्ता किताब बन्द गर्ने भएको छ । लक्ष्मी बैंकद्वारा प्रवद्र्धन गरिएको तथा लक्ष्मी क्यापिटल योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तरगत सञ्चालित लक्ष्मी भ्यालु फण्ड–१ ले आव २०७५/७६ का लागि इकाईधनीहरुलाई १५ प्रतिशत नगद लाभांश दिने यस अघि नै घोषणा गरी सकेको छ ।

आईसीएफसीले १३ करोड ८९ लाख नाफा कमायो

काठमाडौं । आईसीएफसी फाइनान्सले आर्थिक वर्ष २०७५/७६ मा १३ करोड ८९ लाख ८६ हजार रुपैयाँ कमाएको छ । फाइनान्सले अघिल्लो आव २०७४/७५ मा ९ करोड ५५ लाख नाफा कमाएको थियो । कम्पनीले गएको आवमा ३५ करोड ४६ लाख खुद ब्याज आम्दानी गरेको छ । फाइनान्स कम्पनीको बोनस र राजस्व तिर्नुअघिको नाफा २२ करोड रहेको थियो । गएको आवमा फाइनान्स कम्पनीले १० अर्ब ९३ करोड निक्षेप संकलन गरेर विभिन्न क्षेत्रमा ८ अर्ब ७१ करोड लोन र एडभान्स प्रदान गरेको छ । कम्पनीको ८८ करोड २१ लाख चुक्ता पुँजी रहेका फाइनान्स कम्पनीको रिजर्भ ३५ करोड १४ लाख रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७६ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात १०.६६ रुपैयाँ रहेको छ । प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५ सय ८८ रुपैयाँ पुगेको छ । कष्ट अफ फन्ड ९.२३ रुपैयाँ रहेको छ । खराव कर्जा ०.०८ प्रतिशत रहेको छ । कम्पनीको बेस रेट ११.९३ रुपैयाँ र सीडी रेसियो ७१.७७ प्रतिशत रहेको छ । प्रतिसेयर नेटवर्थ १३९.८४ रुपैयाँ रहेको छ ।