सनराइज क्यापिटलको साधारण सभामा २० प्रतिशत नगद लाभांश पारित

काठमाडौँ । सनराइज क्यापिटलको ९ औं वार्षिक साधारण सभाबाट २० प्रतिशत नगद लाभांश पारित गरेको छ । सभाले सञ्चालक समितिबाट सिफारिस भए बमोजिम आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांश  (४ करोड नगद लाभांश)  वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै, सभाले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब एवं नगद प्रवाह, लेखा परिक्षकको नियुक्ती र निजको पारिश्रमिक समेत पारित गरेको कम्पनीको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मुनाल सहकारीका ग्राहकलाई चरक मेमोरियल हस्पिटलमा विशेष छुट

काठमाडौँ । कास्की जिल्लाभर कार्यक्षेत्र भएको पोखराको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पोखरा पृथ्बीचोकमा रहेको चरक मेमोरियल हस्पीटल प्रालिबीच स्वास्थ्य सेवामा छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ । बिहीबार दुबै संस्थाका संचालकहरुको उपस्थितिमा मुनाल बचत तथा ऋण सहकारीको तर्फबाट अध्यक्ष दुर्गाप्रसाद हुमागाई र चरक मेमोरियल हस्पीटल प्रालिको तर्फबाट अध्यक्ष डा. बद्री पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यो सम्झौतापछि मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सम्पूर्ण सेयर सदस्य, सदस्यका परिवार र सहकारीका कर्मचारीले मुनाल डिस्काउन्ट कार्ड र आफ्नो परिचयपत्र मार्फत चरक मेमोरियल हस्पिटलले प्रदान गर्ने सबै किसिमका स्वास्थ्य सेवामा बिशेष छुट सुविधा प्राप्त गर्न सक्नेछन् । हस्पिटलले २४ घण्टा इमर्जेन्सी सेवा, अनुभवी विशेषज्ञ डाक्टरहरुबाट सबै प्रकारका रोगको उपचार सेवा, आधुनिक ल्याव, आधुनिक शल्यक्रीया कक्ष, फार्मेसी मार्फत स्वास्थ्य सेवा प्रदान गरिरहेको बताइएको छ । हस्पिटलले छिटै नै नागढुङ्गा स्थित हेलीप्याड सहितको आफनै भवनबाट नियमित स्वास्थ्य सेवाको अलावा सिटि स्क्यान, अत्याधुनिक ल्याब, फार्मेसी, मुटुरोग, न्युरो, मृगौला सम्बन्धी सम्पुर्ण रोगको शल्यक्रिया र उपचार गर्ने तयारी गरेको अध्यक्ष डा. बद्री पौडेलले बताए । पोखरामा कर्पोरेट हस्पिटलको आबश्यकता महसुस गरी चरकले यस किसिमको उपचार सेवा दिन लागेको अध्यक्ष डा.पौडेलले बताए । चरक मेमोरियल हस्पिटलसंगको यो सहकार्यबाट सहकारीका सेयर सदस्य, सदस्यका परिवार र कर्मचारी स्वास्थ्य सेवाबाट लाभान्वित हुने मुनाल सहकारीका अध्यक्ष दुर्गाप्रसाद हुमागाईँले बताए ।

एनआईसी एशिया क्यापिटलले घर र अफिसमै डिम्याट सेवा दिने

काठमाडौँ । एनआई सी एशिया क्यापिटल लिमिटेडले तेश्रो वार्षिक साधारण सभा सम्पन्न गरेको अवसरमा सेवाग्राहीहरुको घर/कार्यालयमै गई डिम्याट खाता खोलिदिने भएको छ । २०७६ बैशाख १ गतेदेखि शुरु गरेको ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई प्रभावकारी बनाई ‘एनआईसी एशिया क्यापिटल एक्सप्रेस डिम्याट सेवा’को अभियान थालनी गरेको हो । साथै उक्त सेवामा सहभागी हुन कम्तीमा तीनजना व्यक्तिहरुको समूह हुनु पर्ने यो सेवा काठमाडौँ उपत्यका भित्रको लागि मात्र उपलब्ध हुने प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले जनाएका छन् ।