निर्धन उत्थान लघुवित्तले गर्यो ब्यवसायिक गाई/भैंसीपालन तालिम
काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको रुपन्देही जिल्ला स्थित सितलनगर शाखा मार्फत ३० जना र पर्सा जिल्ला स्थित पोखरिया शाखा मार्फत ३२ जना ग्राहक सदस्यहरुको सहभागितामा असोज १२ गतेदेखि १५ गतेसम्म ‘ब्यवसायिक गाई/भैंसीपालन तालिम’ सम्पन्न गरेको छ । तालिममा वाह्य विशेषज्ञ सहित संस्थाका शाखा प्रमुख र कार्यक्रम अधिकृतहरु प्रशिक्षक रहेका थिए । सितलनगर स्थित कार्यक्रमको संचालन शाखा प्रमुख कृष्णबहादुर दर्जी र कार्यक्रम अधिकृत पूर्णबहादुर खड्काको उपस्थितिमा भएको थियो । साथै, पोखरिया स्थित कार्यक्रमको संचालन शाखा प्रमुख रामरक्षा यादव र कार्यक्रम अधिकृत राधेश्याम साहनीको उपस्थितिमा भएको थियो । गाईपालनको परिचय, गाईपालनको महत्व, नेपालमा पालिने विभिन्न स्थानीय तथा उन्नत नश्लकागाईकोे जातिय परिचय, कमीकमजोरी, संरक्षण तथा विकास, दुग्ध उत्पादनमा गाई/भैंसीको योगदान, दुधालु गाई छनौट गर्ने प्रक्रिया र यसको महत्वगाईको भाले खोज्ने उमेर, भाले खोजेको समय पत्तालगाउने, भाले लगाउने उत्तम समय र पहिचान गर्ने तरीका लगायतका विषयमा तालिममा छलफल भएको थियो ।
सिभिल क्यापिटल र बुद्ध एयर प्रालिबीच एक अर्काको ग्राहक सेवामा छुट दिने सम्झौता
काठमाडौँ । सिभिल क्यापिटल मार्केट लि. र बुद्ध एयर प्रालिबीच कर्मचारी तथा ग्राहकहरुलाई एक अर्काको ग्राहक सेवामा छुट दिने सम्झौता भएको छ । उक्त सम्झौतामा सिभिल क्यापिटल मार्केट लि.का कामु प्रमुख कार्यकारी अधिकृत सुशिल महर्जन र बुद्ध एयर प्रालिका बिक्री तथा बजार व्यवस्थापन निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका छन् । यस किसिमको संझौता सिभिल क्यापिटल मार्केट लि.ले यसअघि अन्य संघ संस्थाहरुसँग पनि गरिसकेको छ ।
९७ रुपैंया मूल्य भएको कम्पनीको २५ लाख कित्ता शेयर लिलामीमा
काठमाडौं । बजारमा ९७ रुपैंयामा अन्तिम कारोबार भएको कम्पनीको २५ लाख कित्ता शेयर लिलामीका लागि बोलपत्र खुला हुने भएको छ । असोज ३० गतेदेखि कात्तिक ७ गतेसम्मको समय दिएर मल्टिप्रपोज फाइनान्सले १८ लाख ६० हजार कित्ता संस्थापक र ६ लाख २६ हजार कित्ता साधारण शेयरका लागि बोलपत्रमार्फत् बिक्री आह्वान गर्न प्रस्ताव गरिएको हो । उक्त शेयरको न्यूनतम बिक्री मूल्य नै १०० रुपैंया तोकिएको छ जुन बोलपत्र आह्वान गरिएको दिन (बिहीबार)सम्म रहेको अन्तिम मूल्यभन्दा ३ रुपैंया कम हो । सामान्यतयाः बोलकबोल लिलामीबाट शेयर उठाउनेले बजारमूल्यभन्दा कम्तीमा पनि १० प्रतिशत सस्तो मूल्यमा शेयरको अपेक्षा राखेका हुन्छन् । यसो गर्दा मल्टिप्रोपोज फाइनान्सको शेयरका लागि ९० रुपैंयासम्म हाल्न आवेदकहरु तयार हुन्छन्, अझ बजारमा सीधै बिक्री नहुने संस्थापक शेयरको मूल्य त झन् सर्वसाधारण शेयरभन्दा पनि कम हुनुपर्ने हो तर यहाँ न्यूनतम मूल्य नै १०० रुपैंया तोकिएको छ ।