दसैंमा मात्रै यान्त्रिक पुलले कमायो साढे १० लाख रुपैयाँ
पर्वत, १ कात्तिक । मुलुककै पहिलो व्यावसायिक यान्त्रिक पुल कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडले यसबर्षको दसैँमा १० लाख ४१ हजार रुपैयाँ आम्दानी गरेको छ । केबुलकार मोडेलमा निर्माण गरिएको यान्त्रिक पुलले दसैँको प्रतिपदादेखि पूर्णिमासम्म आठ लाख ४१ हजार रुपैयाँको कारोबार गरेको हो । कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडले दिएको जानकारीअनुसार दसैँको प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म कारोबार उत्साहजनक रुपमा भएको हो । यसपटक दसैँमा यान्त्रिक पुलबाट १३ हजार २७६ जनाले वारपार गरेका छन् । गत वर्ष यान्त्रिक पुलबाट प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म यात्रा गर्ने यात्रुबाट १० लाख ८३ हजार रुपैयाँ आम्दानी भएको थियो । यस वर्ष पनि उत्साहजनक रुपमा आम्दानी गर्न सफल भएको यान्त्रिक पुल लिमिटेडका कार्यालय प्रमुख चिरञ्जीवी रेग्मीले जानकारी दिए। पर्वत सदरमुकाम कुश्मा बजारबाट बागलुङ जिल्लाको बलेवा पुग्नका लागि पैदल मार्गबाट झन्डै एक घन्टा लाग्ने गर्छ । यान्त्रिक पुलको सञ्चालनसँगै एक घन्टाको यात्रा करिब सात मिनेटमा छोटिृएको छ । केबलकार मोडेलमा निर्माण गरिएको उक्त पुलबाट यात्रा गर्नका लागि एकतर्फी भाडा रु एक सय तोकिएको छ भने बागलुङ जिल्लाको बलेवा क्षेत्रका बासिन्दाका लागि रु ७५ तोकिएको छ । सो पुल गाउँघर र पहाडी क्षेत्रमा यात्रु ओसारप्रसार गर्न तथा कृषि उपज र अन्य सामग्री ढुवानीका लागि सबैभन्दा उपयुक्त माध्यम बन्न सक्ने देखिएको पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिओम शर्मा लामिछानेले बताए। “गाउँमा कच्ची सडक खन्नुभन्दा यस्तै यान्त्रिक पुल र केवलकार निर्माण गर्ने हो भने धेरै सहज हुन सक्छ”, उनले भने – “हाम्रोजस्तो पहाडी भूभागका लागि यो नै अति उत्तम विकल्प हो, सरकारले यसलाई प्रवद्र्धन गर्नुपर्छ ।” पर्वत उद्योग वाणिज्य सङ्घको पहलमा यान्त्रिक पुल निर्माण भएको हो । रासस
धमाधम हेलिकोप्टर थपिँदै, नयाँ तथा पुराना कम्पनी अधिकांशले हेलिकोप्टर थप गर्दै
काठमाडौं २९, असोज । आन्तरिक उडानका हेलिकोप्टर सेवा प्रदायक कम्पनीेले धमाधम हेलिकोप्टर थप थर्न थालेका छन् । दसैं लक्षित गर्दै नेपाली आकासमा अल्टिच्युट नामकको नयाँ हेलिकोप्टर कम्पनी नै थप भएको छ । अर्को एक एभरेष्ट हेलिकोप्टर नामक कम्पनीले पनि सेवा सुरु गर्ने अन्तिम तयारीमा रहेको छ । एभरेष्ट हेलिकोप्टरले श्री एयरलाइन्सका दुई वटा एएस ३५० बी थ्री नामक हेलिकोप्टर किनेर सेवा सुरु गर्ने योजना रणनीति बनाइसकेको छ । यो वायुसेवाले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिन आवश्यक प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिएको छ । हेलिकोप्टर सेवामा क्रियाशील आधा दर्जन हेलिकोप्टरको तुलनामा फरक रविन्सन्स कम्पनीको सानो हेलिकोप्टरबाट सेवा दिइरहेको प्रभु हेलिकोप्टरल सोही कम्पनीको अर्को हेलिकोप्टर थप गरेको छ । दसैंलाई नै लक्षित गरेर यो कम्पनीले नयाँ हेलिकोप्टर थप गरेको हो । हेलिकोप्टर सेवामा आफ्नो फरक पहिचान बनाएको फिस्टेल एयरले पनि दसैंलाई नै दृष्ट्रिगत गरेर एक नयाँ हेलिकोप्टर थप गरेको छ । यो वायुसेवा कम्पनीले एयरवस हेलिकोप्टरको एएस ३५० बी थ्री नामक हेलिकोप्टर थप गरेर दसैदेखि नै सेवा सुरु गरेको एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृति सुमन पाण्डेले बताए । उनका अनुसार आगामी एक वषभित्रै एक अर्ब रुपैयाँसम्म लगानी थप गर्ने योजना फिस्टेल ग्रुपको छ । फिस्टेल ग्रुपमा फिस्टेल एयर नामक हेलिकोप्टर र नियमति उडानको आन्तरिक वायुसेवा कम्पनी गोमा एयर छन् । पाण्डेका अनुसार फिस्टेलले आगामी एक वर्षभित्रै बेल कम्पनीको दुई वटा हेलिकोप्टर थप गर्ने भएको छ । गोमा एयरका लागि भने एउटा लेट ४१० जहाज आगामी जनावरीभित्र थप गर्ने भएको छ । फिस्टेलले सिम्रिक हेलि ट्रेडमार्फत बेलका दुईवटा हेलिकोप्टर खरिदको सम्झौता दसैं अगाडि गरेको पाण्डेले जानकारी दिए । सिम्रिक हेलि नेपालका लागि बेलको आधिकारीक विक्रेता कम्पनी भएको सिम्रिक एयरका प्रमुख प्रवन्धक दिलबहादुर ओलीले बताए । ओलीका अनुसार सिम्रकले पनि आगामी तिहारसम्मा नै एउटा हेलिकोप्टर ल्याउने भएको छ । बेलकै एक हेलि ल्याउने अन्तिम तयारी गरिहेको छ । यो सिम्रिकले एउटा युरोपक हेलिकोप्टरको पुरानो भर्सनको हेलिकोप्टर भने काठमाडौं भित्र्याएसकेको छ । यसलाई उडाउने तयारीमा रहेको पनि ओलीले जानकारी दिए । फिस्टेलले दसैंदेखि एयरवस हेलिकोप्टर कम्पनीको एउटा एएस ३५० बी थ्री नामक ६ सीट क्षमताको हेलिकोप्टर थप गरेको थियो । यो हेलिकोप्टर करीब २५ करोड रुपैयाँमा खरिद भएको फिस्टेलको भनाइ छ । फिस्टेल एयरले दसैंबाटै उडान सुरु गरेको नयाँ हेलिकोप्टर फिस्टेलले थप गर्न लागेको दुई वटा हेलिकोप्टरमा एउटाको १२ करोड रुपैयाँ पर्ने उल्लेख छ । फिस्टेलले नयाँ बजार रणनीति बनाएर बजार विस्तार गर्दै जाने र आन्तरिक उडानमा फिक्स विंग्स तथा हेलिकोप्टर सेवाको पहुँच बढाउने योजना रहेको पनि पाण्डेले जानकारी दिए । उनका अनुसार विकास राणा अध्यक्ष रहेको यो कम्पनीले नेपाली हवाई क्षेत्रमा बलियो पहुँच बनाएर अगाडि बढ्ने दीर्घकालिन रणनीति बनाइरहेको छ । फिस्टेलले दसैं अगाडि मात्रै बेलका दुईवटा हेलिकोप्टर खरिद गर्न टेक्ट्रोन कम्पनीसँग सम्झौता गरेको छ । सम्झौतामा फिस्टेलक अध्यक्ष विकास राणाले हस्ताक्षर गरेका छन् नेपाली आकासमा दुई प्रकारको हेलिकोप्टर सेवा प्रदान गरेर नयाँ पुस्तालाई सेवा दिन यो कम्पनी अब्बल ठहरिदै गएको बुझाई पनि फिस्टेल एयरको छ । नेपाली आकासमा फिस्टेल, अल्टिच्यूट, प्रभु, सिम्रिक एयर, श्री एयरलाइन्स, माउन्टेल हेलिकोप्टर्स, एयर डाइनेष्टि, मनाङ एयरले हेलिकोप्टरको सेवा प्रदान गरिरहेका छन् । यी सबै वायुसेवासँग एकदेखि चारवटासम्म हेलिकोप्टर रहेकोले दैनिक १८ वटासम्म हेलिकोप्टर उड्ने गरेको मनाङ एयरका कर्पोरेट प्रमुख राजु न्यौपानेको भनाइ छ । उनका अनुसार हेलिकोप्टरमा पछिल्लो समय बजारको अवश्यकता भन्दा चर्को प्रतिस्पर्धा बढेको छ । सेम्टेम्बरदेखि डिसेम्बसम्मको पर्यटकीय सिजनमा त सबैले काम पाउने भएपनि त्यसपछिको समय भने हेलिकोप्टर नै काम नपाउने अवस्थामा पुग्ने गरेका छन् । प्रतिस्पर्धा बढेपनि सेवामा गुणस्तर बढाउन नसकिएको न्यौपानेको बुझाई छ ।
दसैं विदा मनाउनले होटल भरिभराउ, पोखरामा पनि आन्तरिक पर्यटककको घुइँचो
काठमाडौं २९, असोज । दसै बिदा मनाउन आउने आन्तरिक पर्यटकले म्याग्दी र मुस्ताङका होटल भरिभराउ भएका छन् । म्याग्दी सदरमुकाम बेनीबजार देखि बेनी–जोमसोम सडक अन्तर्गत पर्ने गलेश्वर, झुरुङ तातोपानी, घांसाका होटल भरिभराउ भएका छन् । लेते, मार्फा, जोमसोम र मुक्तिनाथसम्मका करिब १ सय ५० साना तथा ठूला होटल दशमीको भोलिपल्टदेखि नै भरिभराउ भएका हुन् । बिदा मनाउन आउन विद्यार्थी, नीजि संघसँस्थाका कर्मचारी बढी छन् । यो रुटमा मोटरसाइकल र नीजि सवारीसाधनमा यात्रा गर्ने आन्तरिक पर्यटक धेरै देखिएका छन् । पोखरामा पनि आन्तरिक पर्यटकको होटल खचाखच भएका छन् । पर्यटकीय सिजन सुरु भएपनि दसैं विदामा घुम्न निस्कने आन्तरिक पर्यटकले नै होटलका कोठा भरिएको पोखरा क्षेत्र आन्तरिक पर्यटकको चहलपहल बढेको समाचार शनिबारको अन्नपुर्ण पोस्ट्मा छापिएको छ ।