सिभिल अपार्टमेन्टलाई होटलमा रुपान्तरण गर्ने

  काठमाडौं । राजधानीको सुन्धारामा रहेको सिभिल अपार्टमेन्टस् अब सिभिल होटल बन्ने भएको छ । सिभिल ग्रुपले काठमाडौं महानगरपालिका वडा नम्बर ११ मा रहेको सिभिल अपार्टमेन्टस्लाई सिभिल होटलमा रुपान्तरण गर्न लागेको हो । होटलको कुल क्षेत्रफल ३ हजार ५१ वर्ग मिटर रहेको छ । यस होटलमा अत्याआधुनिक सेवा सुविधा सहितका ३२३ वटा कोठा हुनेछन् । ती मध्ये ७७ वटा सुपर डिलक्स हुनेछन् भने १४६ वटा डिलक्स कोठा हुने सिभिलले जनाएको छ । त्यसैगरी होटलमा बार तथा रेस्टुरेन्ट सहित स्विमिङ्ग पुल, जिम, स्पा, हेल्थ क्लब, स्काई लाउन्ज÷रुफ टप बार, बगैंचा, बाहिरी समारोह स्थान लगायतको सेवा सुविधाहरु रहनेछन् । होटलको अन्य सुविधाहरुमा ८८५ जना क्षमताको ब्याङ्केट हुनेछ । फोहोर पानीको प्रशोधन, फोहोर मैला व्यवस्थापन जस्ता प्रदुषण न्यूनिकरण संयन्त्रहरु पनि राखिने भएका छन् । सिभिलले होटल निर्माणमा पार्ने वातावरणीय प्रभावको मूल्याकनका लागि सुचना प्रकाशित गरेको छ । होटल निर्माण गर्नुपुर्व वातावरण संरक्षण नियमावली २०५४ को दफा ४ को नियम ३ को अनुसूची २ को पर्यटन क्षेत्रको बुँदा (१) आकर्षित भएकोले सोही अनुसार वातावरणीय प्रभाव मुल्याङ्कनको लागी सूचना प्रकासित गरिएको होटल प्रालीले जनाएको छ । प्रालीले सूचना प्रकाशित भएको १५ दिनभित्र प्रस्तावकको ठेगानामा आइपुग्ने गरी लिखत राय तथा सुझावहरु पठाउन सकिने समेत जनाएको छ ।

पर्यापर्यटनबाट ६० लाख आम्दानी, सबैभन्दा बढी जिप सफारीबाट

चितवन । पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनले पर्यापर्यटनबाट रु ६० लाख आम्दानी गर्न सफल भएको छ । सौराहा नजिकै रहेको उक्त सामुदायिक वन चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । पर्यटकले सौराहामा पाउने सुविधा उक्त वनमा समेत पाउँदै आएका छन् । आम्दानीको स्रोत हात्ती सफारी, जिप सफारी, डुंगा सयर, मचानलगायत हो । उक्त सामुदायिक वनले एक वर्षमा पर्यापर्यटनबाट ५९ लाख ९६ हजार आम्दानी गरेको सामुदायिक वनका कार्यालय सचिव भरतप्रसाद नेपालले जानकारी दिएका छन् । गएको एक वर्षमा जिप सफारीबाट मात्रै वनले रु ३० लाख ५१ हजार आम्दानी गरेको छ । हाल कुमरोज सामुदायिक वनमा दैनिक ३० वटा जिप सञ्चालनमा छन् । जिपमा बसेर जंगली जनावर गैँडा, बाघ, भालु हात्ती अवलोकन गर्न यहाँ पर्यटक आउँछन् । जिप प्रवेशबापत सामुदायिक वनले प्रतिजिप रु ५०० लिने गरेको छ भने नेपाली पर्यटकलाई प्रति व्यक्ति रु ५०, भारतीयलाई रु १०० र अन्य विदेशीलाई रु २०० लिने गरेको कुमरोज सामुदायिक वनका अध्यक्ष हीराबहादुर गुरुङले जानकारी दिएका छन् । हात्ती प्रवेश टिकट बिक्रीबाट रु १३ लाख ७५ हजार आम्दानी गरेको वनका अध्यक्ष गुरुङले बताए । डुंगा सवारबाट रु सात लाख ४८ हजार, मचान टिकट बिक्री विदेशीबाट पाँच लाख ३१ हजार रुपैयाँ, सोही शीर्षकमा नेपाली पर्यटकबाट रु ९४ हजार आम्दानी भएको छ । कुमरोज वनमा एउटा काठ र अर्को क्रंकिटको मचान छ । यस्तै आन्तरिक पर्यटक प्रवेश शुल्कबापत रु एक लाख ४५ हजार, गिट्टी बालुवा बिक्रीबाट रु छ लाख तीन हजार आम्दानी भएको छ । आर्थिक प्रतिवेदनअनुसार आव २०७३/७४ मा यस वनले रु ६९ लाख १९ हजार आम्दानी गरेको वनले जनाएको छ । रासस

भिरचुङ्माडाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण

खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने दिप्रुङ गाउँपालिकामा गरिएको प्याराग्लाइडिङको परीक्षण सफल भएको छ । पर्यटन प्रवद्र्धन गरी गाउँमै स्वरोजगारको वातावरण सिर्जना गर्ने उद्देश्यले दिप्रुङ गाउँपालिकाले आज बतासेको भिरचुङ्माडाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण गरेको हो । भिरचुङ्माडाँडाबाट उडेको प्याराग्लाइडर बतासेकै सुनकोशी किनारमा रहेको सानो भँडारेघाटमा झार्ने गरी प्याराग्लाइडिङको परीक्षण सफल भएको सो गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए । “प्याराग्लाइडिङ र ¥याफ्टिङका माध्यमबाट गाउँपालिकामा भित्रिने पर्यटकलाई धिप्लुङ झरनासम्म पु¥याउने लक्ष्य छ,” उहाँले भने, “यसले ओझेलमा परेको झरनाको पर्यटन प्रवद्र्धन गर्दै गाउँपालिकालाई आन्तरिक स्रोत पनि जुट्नेछ ।” बतासेको भिरचुङ्माडाँडाबाट एकैसाथ चारवटा प्याराग्लाइडरले प्याराग्लाइडिङ उडान भरेका थिए । बतासेको भिरचुङ्माडाँडामा प्याराग्लाइडिङको सम्भावना बलियो प्रमाणित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एटिसी अफिसर मुकेश डंगोलले बताए । प्याराग्लाइडिङका लागि जिल्लाका अधिकांश ठाउँ सम्भावित रहेकाले यसलाई दीर्घकालीन योजनाका साथ अगाडि बढाइने प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए । “हाम्रो जिल्ला भौगोलिक रुपमै पर्यटकीयस्थल हो,” उहाँले भने, “भिरचुङ्माडाँडालगायत सम्भावित ठाउँमा प्याराग्लाइडिङको व्यावसायिक उडान गर्न सम्बन्धित निकायमा पहल गर्नेछु ।” यसअघि जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल हलेसी, रुपाकोट मझुवागढी नगरपालिकाको खार्मी, हलेसी चुवाचुङ नगरपालिकाको भुम्जुडाँडा लगायतका ठाउँमा पनि अनौपचारिक रुपमा प्याराग्लाइड उडाइएको थियो । खोटाङ पहाडै पहाडले बनेको जिल्ला भएकाले अधिकांश ठाउँमा प्याराग्लाइडिङ व्यवसाय सञ्चालन गर्न सकिने व्यवसायीले बताएका छन् । रासस