बन्द रहेको क्लब हिमालय नगरकोट पुनः सञ्चालनमा, जोडीलाई विशेष छुट

काठमाडौं । कोभिड १९ लकडाउनको कारण सेवा बन्द रहेको नगरकोटको उत्कृष्ट होटल क्लब हिमालय नगरकोट उच्च स्वास्थ्य सुरक्षाका साथ पुनः सञ्चालनमा आएको छ । पाहुनाहरुको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्दै विश्व स्वास्थ्य संगठन र नेपाल पर्यटन बोर्डको स्वास्थ्य सम्बन्धी निर्देशिकालाई उच्च पालना गर्दै सिमित पाहुनालाई मात्र सेवा दिने र ७२ घण्टै रुम क्लिन साइकलको नियम पालना गर्दै पाहुनालाई बिहान छिटो चेकइन र दिउँसो ढिलो चेकआउट गर्न पाउने सुविधा लागू गरिएको छ । पुनः सञ्चालनमा आएको अवसरमा आउदै गरेको चाडपर्वलाई लक्षित गरी होटलले फेस्टिभ विशेष अफर समेत ल्याएको छ । अन्य समयमा नेपाली रुपैया नेट ११ हजार पर्ने मुल्यको यस अफरमा एक जोडीलाई प्रति रुम ६ हजारमा बेड एण्ड ब्रेक फास्ट समावेश गरिएको छ जसमा डिलक्स रुमको सुविधा, बेभरेजमा १० प्रतिशत छुट, दोस्रो पटकको बुकिङ्गमा १० प्रतिशतको डिस्काउन्ट भौचरका साथै २ गिलास वाइन लगायत थुप्रै अन्य सुविधाहरु समेत लिन सकिने छ । यस योजनामा शर्तहरु भने लागू हुनेछ । नगरकोटको उत्कृष्ट स्थानमा अवस्थित यस होटलबाट विश्व कै उत्कृष्ट मौषमी वातावरणमा मनोरम हिमाली श्रृङखलाको अवलोकनको आनन्द लिन सकिने छ । २०१९ मा ट्रिप एडभाइजरको १० उत्कृष्ट होटलमा पर्न सफल विश्व कैं उत्कृष्ट मध्येको ४० वर्षको ईतिहास भएको क्लब हिमालय एस होटेल्सको एउटा अंगको रुपमा पर्दछ ।

सात महिनापछि पुनः सञ्चालनमा आयो पोखरा क्यानोनिङ

काठमाडौं । कोभिड-१९ का कारण बन्द रहेको कास्कीको माछापुच्छ्रे गाउँपालिका-९ स्थित पोखरा क्यानोनिङ सात महिनापछि पुनःसञ्चालनमा आएको छ । कोरोना महामारीको जोखिम उच्च रहे पनि स्वास्थ्य सतर्कताको मापदण्डलाई पूर्णरुपमा पालना गरेर सञ्चालन गर्न लागेको सञ्चालक राम गुरुङले जानकारी दिए । “अब कोरोनासँग सँधै त्रासमा रहेर भन्दा पनि यसबाट जोगिएर कसरी अगाडि बढ्ने भन्ने सोच्नुपर्छ, सुस्ताएको पर्यटनलाई अब विस्तारै गति दिएर आर्थिक चलायमान गराउनुको विकल्प छैन, त्यसैले स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर क्यानोनिङ खुला गरिएको हो”, गुरुङले भने । उहाँले लामो समय एउटै दिनचर्यामा भएका आन्तरिक पर्यटक जो साहसिक खेलमा रुचि राख्छन् उनीहरुको चाहानालाई मध्यनजर गरेर क्यानोनिङ खुला गरेको जानकारी दिए । क्यानोनिङका लागि आवश्यक उपकरण र स्वास्थ्य सामग्री मास्क स्यानीटाइजरको प्रबन्ध गरेर पूर्ण सुरक्षित वातावरणमा क्यानोनिङ गराइने उनको भनाइ छ । पोखरामा क्यानोनिङ सन् २०१४ बाट सञ्चालनमा आएको हो । पोखराको हरिचोकबाट करिब २२ किलोमिटरको दूरीमा रहेको ल्वाङघलेल गाउँको मुनि कुदी छहरामा क्यानोनिङका लागि दुईवटा ७५ र ४५ मिटर अग्ला सुन्दर झरना छन् । साहसिक खेलमा रुचि राख्ने जो शारीरिक र मानसिक रुपमा तयार छन् । उनीहरुलाई ‘बिगनर’ र ‘प्रोफेशनल’ गरेर छुट्याइन्छ र झरनामा पानीमा मस्त रमाउन वातावरण तयार गरिन्छ । पहिलो पटक गर्न चाहानेका लागि प्रारम्भिक रुपमा डेमो देखाउने, सिकाउने प्रबन्धसमेत गरिएको छ । त्यसका लागि सात जना गाइड तैनाथ अवस्थामा रहन्छन् । गुरुङका अनुसार कोभिड-१९ अघि वार्षिक तीन हजार जनाले क्यानोनिङको अनुभव लिने गरेका छन् । क्यानोनिङका लागि तीन तहका प्याकेज छन्, क्यानोनिङ मात्र, ‘डे ट्रिप’ र ‘ओभर नाइट ट्रिप’ गरेर दुई हजार ४०० रुपैयाँदेखि चार हजार ९०० रुपैयाँसम्म शुल्क तोकिएको छ । गण्डकी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका ११ जिल्लाका विभिन्न पर्यटकीय गन्तव्यलाई समेटेर ११० नयाँ पर्यटकीयस्थल सार्वजनिक गरेको छ भने साहासिक पर्यटकीय गन्तव्यलाई समेत सूचीकृत गरेको छ । रासस

अब २१ सय रुपैयाँमै काभ्रेको तीन धारा घुम्न पाइने, खाना/खाजा नि:शुल्क, यस्ता छन् अन्य सुविधा

काठमाडौं । अब २१ सय ९९ रुपैयाँमै काभ्रेको तीन धारा घुम्न सकिने भएको छ । पछिल्लो समय घुम्नका लागि प्रख्यात ठाउँ काभ्रेको तीन धारा घुम्न २१ सय ९९ रुपैयाँ लाग्नेछ । अहिले विभिन्न टुर एण्ड ट्राभल एजन्सीहरुले एक दिनको टुर प्याकेज बनाएर तीन धारा घुमाइरहेका छन् । घुम्न चाहनेहरुलाई २१ सय ९९ रुपैयाँ तिर्नु पर्ने भएको छ । टुर एण्ड छ.ट्राभल एजेन्सीहरुले एक दिनको प्याकेजमा २१ सय ९९ रुपैयाँमै खाना, खाजा, खानेपानी पनि दिने जनाएका छन् । सो झरनामा डेढ घण्टा समय बिताउन सकिने गरी प्याकेज तयार पारिएका छन् । पछिल्लो समय सामाजिक सञ्जालमा चर्चित भएरैनै धेरै मानिसहरु तीन धारा पुग्ने गरेका छन् । एजेन्सीहरुले स्कारपियो बुक गरेर घम्न जानेहरुलाई लैजाने गरेका छन् ।