इन्फिनिक्सको पर्व अफर सुरु : भेस्पा, स्मार्टफोनलगायत अन्य पुरस्कार जित्ने मौका
काठमाडौं । इन्फिनिक्सले दशैंतिहार र छठका लागि नयाँ योजना घोषणा गरेको छ । योजनाअन्तर्गत ग्राहकहरूले १५० सीसीकाे भेस्पा स्कूटर, स्मार्टफोन र अन्य आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् । यो अफर २७ सेप्टेम्बरदेखि ३ नोभेम्बरसम्म लागू हुनेछ । अफर देशभरका कुनै पनि आधिकारिक इन्फिनिक्स शाेरुममा उपलब्ध हुनेछ। इन्फिनिक्सको स्मार्टफोन किनेर ग्राहकहरूले स्पीन एन्ड वीन ह्वीलमार्फत विभिन्न पुरस्कार जित्ने मौका पाइनेछ । अफर विवरण बम्पर पुरस्कार: अफरकाे अवधि समाप्त भएपछि एक भाग्यशाली विजेतालाई १२५ सीसीकाे भेस्पा स्कूटर दिइनेछ । दैनिक राफल: प्रत्येक दिन दैनिक राफल ड्रमार्फत एक ग्राहकलाई नयाँ इन्फिनिक्स हट ४० आई (८+१२८जीबी) जित्न सक्नेछन् । १०० दिनसम्म स्क्रिन निशुल्क: इन्फिनिक्स स्मार्टफोन किन्नेलाई १०० दिनको स्क्रिन ग्यारेन्टी प्रदान गरिनेछ (पानीबाट भएको क्षति समावेश छैन)। सहभागी हुने तरिका याे अफरमा सहभागी हुनका लागि इन्फिनिक्सकाे स्मार्टफोन खरिद गर्नुपर्छ । त्यसपछि स्टोरमा उपलब्ध क्यूआर कोड स्क्यान गरीआफ्नो आईएमईआई नम्बर दर्ता गर्नुपर्छ । त्यसपछि डिजिटल स्पिन ह्वील घुमाएर पुरस्कार जित्न सकिनेछ ।
‘मह जात्रा’ का लागि खल्तीबाट टिकट बुकिङ खुल्ला
काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले ‘मह जात्रा’ नामक प्रहसनको टिकटिङ पार्टनरको रूपमा सम्झौता गरेको छ । ‘मह जात्रा’ मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका साथै विभिन्न कलाकारहरूकाे प्रस्तुति रहनेछ । ‘मह जात्रा’ नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा कार्तिक २९ देखि प्रदर्शन हुनेछ । खल्ती प्रयोगकर्ताहरूले यस हास्यव्यङ्ग्य प्रहसनको टिकट खल्ती एप वा वेबसाइटमार्फत सजिलै खरिद गर्न सक्नेछन् । दस वर्ष लामो अन्तरालपछि फेरि एकसाथ मञ्चमा मह जोडीको साथ किरण केसी, राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंसकार, शैलेन्द्र शिमखडा, यमन श्रेष्ठ, दिनेश काफ्लेलगायत कलाकारहरू आउनेछन् । खल्तीमा देशभरिका ४० लाखभन्दा बढी प्रयोगकर्ताहरू रहेका छन् । खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र इभेन्ट टिकट बुकिङ, बिमा शुल्क, इ-कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ ।
स्मार्ट च्वाइस टेक्नोलोजिजको सीईओमा घिमिरे नियुक्त, बैंकिङ अनुभव १५ वर्षको
काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज घिमिरे नियुक्त भएका छन् । सीईओ घिमिरेले बिहीबारमात्रै कम्पनीका अध्यक्ष रविनकुमार नेपालसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । बैंक अफ एशिया (हालको एनआईसी एशिया बैंक) बाट आफ्नो बैकिङ करिअर सुरुवात गरेका घिमिरे यसभन्दा अघि लक्ष्मी सनराइज बैंकमा प्रमुख कार्ड सर्भिसकाे रूपमा कार्यरत थिए । बैंकिङ तथा डिजिटल भुक्तानी (कार्ड, क्युआर मोबाइल बैंकिङ) इत्यादिमा १५ वर्षभन्दा लामो अनुभव भएका घिमिरेको कार्यदक्षता, अनुभव र लगनशीलताले कम्पनीलाई अझै उचाइमा लैजाने विश्वास लिएको कम्पनीका अध्यक्ष नेपालले बताए । विगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्ट च्वाइस टेक्नोलोजिजले भुक्तानी कार्ड, क्युआर, मोबाइल बैंकिङ र अन्तर बैंक भुक्तानीका सेवाहरू प्रदान गर्दै आइरहेकाे छ ।