पेमेन्ट गेटवे ईसेवा नवौँ वर्षमा प्रवेश, सेवा लिने ६० लाख नाघे
काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी ‘इसेवा फोन पे प्रा.लि.’ ९ वर्षमा प्रवेश गरेको छ । २००९ को अन्त्यमा बेटा भर्जज रिलिज गरी २०१० जनवरी २५ बाट बिधिवत रूपमा सेवा सुरु गरेको ईसेवा नवौँ वर्षमा प्रवेश गरेको हो । मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा हाल देशभर विस्तार भइसकेको छ । ९ वर्षको अवधिमा इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा ६० लाख बढिले सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर ३० हजार भन्दा बढि एजेन्ट छन् । इसेवाको मोबाईल एप्स् प्रयोग गर्नेको संख्या ४ लाख ३० हजार नाघेको छ । इसेवा खाता खोलेर कारोबार गर्नेको संख्या ७ लाख भन्दा बढी छ । यस्तै देशैभर रहेका जोन, पोइन्ट तथा मोबाईल बैंकिङ मार्फत ६० लाख बढीले इसेवाका सेवा लिइरहेका छन् । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका २ सय भन्दा बढि सेवाहरूमा शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४४ वटा बैंक सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
सुबिसुलाई ८ वटा जिल्लाहरुमा एफटीटीएच नेटवर्क सञ्चालन गर्न स्वीकृति
काठमाडौं । सुबिसु केबलनेट प्रा.लि.लाई प्रदेश २ को आठ वटा जिल्लाहरुमा एफटीटीएच नेटवर्कको पुर्वाधार विकाश गर्नको लागि नेपाल दुरसंचार प्राधिकरणले स्वीकृति प्रदान गरेको छ । आफ्नो नेटवर्कलाई सुदिृढ गर्न तथा ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नको लागि सुबिसुले नोकियासँग गुणस्तरीय प्रडक्टको लागि हातेमालो गरेको छ । एफटीटीएच इमजिङ ब्रोडब्याण्ड टेक्नोलोजि हो । सुबिसु केबलनेटले ग्राहकहरुलाई उच्चस्तरीय सर्पोट सर्भिससँगै राम्रो, सुदृढ र गुणस्तरीय सेवा उपलब्ध गराउनका लागि आफ्ना ग्राहकहरुलाई तुरुन्तै २.५ जिपिएस गतिको इन्टरनेट र भविष्यमा १० जिपिएस गतिको इन्टरनेट सेवा प्रदान गर्ने मुख्य उद्देश्य राखेकोे छ । सुबिसुले ग्राहकहरुलाई गुणस्तरीय सेवाप्रदानगर्नको लागि देशभरी नै अप्टिकल फाइबर नेटवोर्क विस्तार गरीरहेको छ । भैगोलिक बनावट, राजनैतिक अस्थिरता, विज्ञहरुको कमी र नयाँ प्रविधिको लागि चाहिने पुँजीको अभावले नै नेपालमा स्थिर तथा समक्ष नेटवर्कको सेवा प्रदान गर्न ठुलो चुनौती देखिने सुबिसुले जनाएको छ । नेपालभरका घरघरमा ब्रोड ब्याण्डको पुर्वाधार विकास गर्नकालागि नेपाल सरकार तथा नेपाल दुर संचार प्राधिकरणले(एनटीए) देशमा संचालित टेलिकम अपरेटरर्स तथा इन्टरनेट सर्भिस प्रोभाइडर कम्पनीहरुसँग सहकार्य गरेको छ ।
एनआईबीएल क्यापिटलको निःशुल्क एसएमएस सेवा
काठमाडौं । एनआईबीएल क्यापिटल मार्केटस् लिमिटेडले आफना हितग्राही खातावालालाई निशुल्क एसएमएस सेवा प्रदान गर्ने भएको छ । उक्त सेवाबाट खातावालाले आफ्नो शेयर कारोबारबाट डिम्याट खातामा भएको घटबढको बारेमा तुरुन्तै जानकारी पाउने छन् । कम्पनीले हालसम्म १ लाख १४ हजार ९०० ग्राहकहरुलाई हितग्राही खाता सम्बन्धी सेवा प्रदान गर्दे आइरहेको छ ।