टेलिकमको जीएसएम मोवाइल सेवा सिन्धुपाल्चोकको विभिन्न स्थानमा, ४ हजार सेवाग्राही लाभान्वित हुने

काठमाडौं । नेपाल टेलिकमले कम्पनीको मोबाइल सेवा नपुगेका सिन्धुपाल्चोक जिल्लाका विभिन्न विकट ग्रामीण क्षेत्रमा जीएसएम मोवाइल सेवा उपलब्ध गराउन आरम्भ गरेको छ । कम्पनीले सिन्धुपाल्चोकका विकट ग्रामीण क्षेत्रहरुः मनिसौरा, गुमथाङ, थागम, तातोपानी र लिस्तीका अधिकांश स्थानमा जीएसएम मोबाइल सेवा उपलब्ध गराएको छ । कम्पनीले मंगलबारदेखि ती विभिन्न क्षेत्रमा सेवा उपलब्ध गराउन थालेको हो ।  अब ती क्षेत्रहरुमा जीएसएम टुजी र थ्रिजी मोबाइल सेवा उपभोग गर्न सकिने भएको छ । उक्त जिल्लाको बाह्रविसे नगरपालिका वडा नम्बर ६ को विकट मानिने गति मान्द्रामा टावर स्थापना गरी ती क्षेत्रमा सेवा उपलब्ध गराइएको हो । गति मान्द्रा भोटेकोशीको बन्जी जम्पिङ रहेको स्थानबाट करिब १५ किलोमिटरको दुरीमा अवस्थित छ । अब यी स्थानमा मोबाइलमार्फत कुराकानी गर्ने सुविधा उपलब्ध हुनुको साथै डाटा चलाउन समेत सकिने छ । ती क्षेत्रका करिब ४ हजार सेवाग्राही दूरसञ्चार सुविधाबाट लाभान्वित हुने भएका छन् ।

कुमारी बैंकले गर्याे अत्याधुनिक कोर बैंकिङ सफ्टवेयरको सुरुवात

काठमाडौं । कुमारी बैंक लिमिटेडले अत्याधुनिक कोर बैंकिङ(सीबीएस) सफ्टवेयर फिनाकल–१०.२.१९ सेवाको सुरुवात गरेको छ । ग्राहकवर्गलाई आधुनिक, गुणस्तरिय तथा सुरक्षित सेवा दिने उद्देश्यले उक्त नयाँ प्रविधि भित्र्याएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)सुरेन्द्र भण्डारीले अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यले बैंकले नयाँ कोर बैंकिङ सफ्टवेर खरिद गरेको बताए । बैंकहरुमध्ये कुमारी बैंक फिनाकल प्रविधिको पछिल्लो संस्करण (सीबीएस) प्रयोग गर्ने पहिलो बैंक भएको उनले जानकारी दिए । उनका अनुसार सफ्टवेयर खरिद गर्नका लागि विश्व प्रख्यात सूचना प्रविधि कम्पनी इन्फसाइस इण्डीयासँग सम्झौता गरिएको थियो । ‘विगतदेखिनै देशको बैंकिङ क्षेत्रमा नयाँ प्रविधि भित्र्याउन कुमारी बैंकले अग्रणी भूमका निर्वाह गरेको छ,’ उनले भने ‘यस बैंकले नेपालमा सबैभन्दा पहिले इन्टरनेट बैंकिङ सेवा सुरुवात गरेको थियो ।’ बैंकको डेपुटीसीईओ उमेशसिंह भण्डारीले वर्षदिन लाग्ने उक्त सफ्टवेयर बैंकले अत्यन्त छोटो अबधि ५ महिनामै प्रयोगमा ल्याउन सफल भएको बताए । ‘यति छिटो समयमा नयाँ प्रविधि फिनाकल सफ्टवेयर सफलतापूर्वक कार्यान्वयन ल्याउनेमा विश्वका बैंकमध्ये नेपाल पहिलो हो,’ उनले भने ‘बैंकभित्र भएको दक्ष जनशक्तीको प्रयत्नले यो सम्भव भएको हो । बैंकको अनुसार फिनाकल प्रविधि संसारभरी चल्तीमा रहेको उच्चस्तरीय बैंकिङ सफ्टवेयर मध्ये एक हो । हाल सो प्रविधि विश्वका ४५ वटा देशहरुमा प्रयोग भइरहेको छ ।

नेशनल बैंकिंग इन्स्टिच्यूटल डिजिटाईजेशन कन्फेरेन्स गर्ने

काठमाडौं । नेशनल बैंकिंग इन्स्टिच्यूटले आगामी चैत्र २ गते काठमाण्डौँमा ‘डिजिटाईजेशन कन्फेरेन्स’ आयोजना गर्ने भएको छ । बदलिदो पारिस्थितिमा सूचना प्रबिधिले मारेको फड्को र नयाँ प्रबिधिले ल्याएका चुनौतिलाई बैंकिंग, टेलिकम, सरकारी निकाय र अरुसंग संस्थाहरुले आत्मसार गर्नुपर्ने देखिएको उक्त सम्मेलन गर्न लागिएको आयोजकले जनाएको छ । बैंकिंग, टेलिकम, इन्सुरेन्सलगायत विभिन्नसंग संस्थाहरुले प्रबिधिलाई आप्नाइ राणानितिक एवम दुर्गामी सोच लिनुपर्ने आवश्यकता देखिएको छ । यसै सन्दर्भमा डिजिटाईजेशन जस्तो प्रबिधिक बिषय र यसको परिस्थिति र प्रणालीलाई बुझ्न र यसबाट सम्पूर्ण आर्थिक क्षेत्र, उद्योगहरुलाई मध्यानजर राख्दै अन्तराष्ट्रिय अनुभव आदनप्रदान गर्ने उदेश्यले यो सम्मेलन सान्दर्भिक र समय सापेक्ष हुने आयोजकको विश्वास छ । सम्मेलनमा भारतको कोटप महिन्द्रा बैंकका प्रमुख डिजिटल अधिकारी दीपकशर्मा, आईसीआईसीआई बैंकका पूर्व डिजिटल चैनल एस्पर्ट राहुलजोशि र आरबीएल बैंकका क्यास म्यानेजमेन्ट एण्ड इलेक्ट्रोनिक बैंकिङ सोलुशनका प्रमुख राजेश लोहरीले कार्यपत्र प्रस्तुत गर्ने भएको छन् । यस सम्मेलनमा आर्यटी विभागका कर्मचारीहरुदेखि मार्केटिङ, अपरेशनमा काम गर्नेहरु सहभागि हुनेछन् ।